Bible in 90 Days
पूजाहारीहरू नियुक्त हुँदा मनाइने उत्सव
29 त्यसपछि परमप्रभुले मोशालाई भन्नु भयो, “हारून र तिनका छोराहरूले आफू पूजाहारी भई विशेष रूपमा मेरो सेवा कसरी गर्नु पर्छ भनी तिमीले देखाउनको निम्ति के गर्नु पर्छ म तिमीलाई अब भन्नेछु। तिमीले निष्खोट एउटा बाछा र दुइवटा भेंडाको पाठाहरू जोगाड गर। 2 त्यसपछि खमीर बिनाको गहुँको मिहीन पिठो जोगाड गरी रोटी बनाउनु त्यसमा भद्राक्षको तेल मिसाऊ। अनि त्यस पिठोको पात्लो रोटी बनाएर त्यसमाथि तेल छर्क। 3 रोटीहरू डालोमा हाल र यो हारून अनि उसको छोराहरूकहाँ साँढे अनि पाठाहरूसँगै ल्याऊ।
4 “त्यसपछि हारून र तिनका छोराहरूलाई भेटहुने पालको प्रवेश द्वार अघि ल्याएर नुहाउन लगाऊ। 5 हारूनलाई सेतो पोशाक एपोद अनि निलो पोशाक लगाइदेऊ। उसलाई न्यायको थैली अनि एपोद लगाउन लगाऊ। त्यसपछि त्यो सुन्दर पेटी तिनलाई लगाइदेऊ। 6 उसको टाउकोमा फेटा लगाइदेऊ अनि पवित्र मुकुट फेटामाथि राखि देऊ। 7 हारूनको शिरमा अभिषेक गर्ने तेल छर्किदेऊ।
8 “त्यसपछि हारूनका छोराहरूलाई त्यस स्थानमा ल्याऊ। बुनेको सेतो लबेदा तिनीहरूलाई लगाई देऊ। 9 त्यसपछि तिनीहरूको कम्मरमा पटुका बाँधिदेऊ। तिनीहरूलाई फेटा कसि देऊ। तब तिनीहरू पूजाहारी बनिन्छन् र आराधना गर्न शुरू गर्छन् अनि त्यही नियम अनुसार जुन नियम सदा-सर्वदाको निम्ति चलिरहन्छ। तिनीहरू पूजाहारी रहन्छन्। यही तरीकाले हारून अनि तिनका छोराहरूलाई तिमीले पूजाहारी बनाउने छौ।
10 “त्यसपछि भेट हुने पालको प्रवेशद्वारमा बाछोलाई ल्याऊ अनि हारून र उसका छोराहरूले बाछोको शिरमाथि तिनीहरूको हात राखून। 11 तब बाछोलाई परमप्रभुको सामुन्ने भेट हुने पालको प्रवेशद्वारमा मार। 12 बाछाको केही रगत तिम्रो औलामा लैजाऊ अनि यसलाई वेदीको सींङहरूमाथि राख। बाँकी रहेको जम्मै रगत वेदीको फेदमा खन्याइदेऊ। 13 बाछाको आन्द्रा भँडी छोपिएको बोसो कलेजोको भाग बोसो, दुइवटा मिर्गौलाहरू अनि त्यो मिर्गौलाहरूमाथि भएका बोसो सबै उठाऊ अनि वेदीमा जलाई देऊ। 14 बाछोको मासु, छाला अनि भुडी ल्याऊ अनि त्यसलाई छाउनी बाहिर जलाई देऊ। यो पाप बलि हो।
15 “त्यसपछि हारून अनि उसको छोराहरूलाई भेंडाहरूमध्ये एउटाको शिरमाथि हातहरू राख्नु भन। 16 त्यसपछि त्यो भेंडा मारेर त्यसको रगत जम्मा गर। रगतलाई वेदीको वरिपरि छर्किदेऊ। 17 तब भेंडालाई टुक्रा-टुक्रा बनाएर सम्पूर्ण रूपले धोऊ अनि खुट्टाहरू पनि धोऊ र यी सबै भेंडाको चीजहरू यसको शिरसितै राख। 18 तब सम्पूर्ण भेंडालाई वेदीमा जलाई देऊ। यसको सुगन्धले परमप्रभुलाई प्रसन्न तुल्याउँछ। अनि त्यस्तो होम बलि जुन हो आगोद्वारा चढाईन्छ।
19 “हारून र तिनका छोराहरूलाई अर्को पाठोको शिरमाथि हात राख्नु भन। 20 त्यस भेंडालाई मार र त्यसको केही रगत ल्याऊ। हारून र तिनका छोराहरूको दाहिने कानको लोतीमा त्यो रगत लगाइदेऊ। अनि केही रगत तिनीहरूको दाहिने हातको बूढी औंलाहरूमा लगाइदेऊ। र दाहिने खुट्टाको बूढी औंलामाथि केही रगत राख। त्यसपछि रगतलाई वेदीको वरिपरि छर्क। 21 त्यसपछि वेदीबाट केही रगत झिकेर अभिषेक गर्ने तेलसित मिलाऊ र हारून र तिनका छोराहरूमाथि छर्किदेऊ। तिनीहरूका पोशाकहरूमाथि पनि छर्किदेऊ। यसले हारून र तिनका छोराहरूले मेरो विशेष रूपले सेवा गर्नेछन् भन्ने बुझाउँछ। अनि यसले तिनीहरूको लुगाहरू पनि विशेष समयमा मात्र प्रयोग गरिन्छ भनी दर्शाउँछ।
22 “त्यसपछि भेंडाबाट बोसो झिक। पुच्छरको बोसो निकाल आन्द्रा भुँडी छोप्ने बोसो अनि भित्री कलेजो अनि दुवै मिर्गौला अनि तिनीहरूमाथिको बोसो र दाहिने खुट्टा निकाल। 23 त्यसपछि एउटा टुक्रा रोटी, एउटा केकको रोटी, तेलमा पकाएको फूलौरो र डालोबाट अखमिरो नभएको पातलो रोटी निकाल जुन चाँहि परमप्रभुको अघि छ। 24 ती चीजहरू हारून अनि उनको छोराहरूलाई देऊ। तिनीहरूले यी चीजहरू तिनीहरूको हत्केलामा राखून अनि तिनीहरूलाई परमप्रभुको सामुन्ने उठाउन। 25 त्यसपछि हारून र तिनका छोराहरूबाट यी सब चीजहरू लेऊ र वेदीमा पाठोसितै राख। अनि वेदीमा प्रत्येक चीज जलावोस्। यो आगोद्वारा चढाइएको होमबलि हो। यसको सुगन्धले परमप्रभुलाई सन्तुष्ट तुल्याउँछ।
26 “त्यसपछि त्यो पाठोबाट ह्याकुला झिक। (यो त्यही पाठो हो जुन हारूनलाई प्रधान पूजाहारी बनाउँने उत्सवमा प्रयोग गरिनेछ।) पाठोको ह्याकुलो परमप्रभु सम्मुख विशेष भेटी स्वरूप समाती राख। पशुको त्यो भाग तिम्रो हुन्छ। 27 तब पाठोको त्यो ह्याकुला र खुट्टा समात जुन हारूनलाई प्रधान पूजाहारी बनाउँदा प्रयोग गरिएको थियो। त्यस भागहरूलाई पवित्र बनाऊ र तिनीहरू हारून अनि उसको छोराहरूलाई देऊ। 28 इस्राएली मानिसहरूले यी अंशहरू हारून र तिनका छोराहरूलाई सधैँ दिनेछन्। जहिले पनि इस्राएलीहरूले परमप्रभुलाई चढाएको मेलबलिहरू चढाउँछन् ती बलिका भागहरू पूजाहारीहरूलाई दिनेछन्।
29 “हारूनको निम्ति बनाएको विशेष पोशाकहरू उसका सन्तानहरूलाई दिइन्छ जब तिनीहरूलाई पूजाहारी अभिषेक गरिन्छन्। 30 हारून पछि तिनको छोरो प्रधान पूजाहारी हुनेछ। हारूनको त्यस छोराले ती पोशाकहरू सात दिनसम्म लगाउनेछ जब त्यो पवित्र स्थानमा सेवाको निम्ति भेट हुने पालमा आउनेछ।
31 “हारूनलाई प्रधान पूजाहारी बनाउँदा प्रयोग गरिएको भेंडाको मासु पकाऊ। त्यो मासु पवित्र स्थानमा पकाऊ। 32 त्यसपछि हारून र तिनका छोराहरू भेट हुने पालको ढोका अघि बसेर त्यो मासु र डालोमा भएको रोटी पनि खाने छन्। 33 यी चीज तिनीहरू पूजाहारी हुँदा तिनीहरूको प्रायश्चितका निम्ति चढाइएका हुन् अब तिनीहरूले ती उपहारहरू खानु पर्छ। अन्य मानिसहरूले यी उपहारहरू खानु हुँदैन किनभने यी चीजहरू पवित्र हुन्। 34 यदि हारूनलाई पूजाहारीको रूपमा अभिषेक गर्दा बलि चढाएका रोटी अथवा मासु बिहानसम्म रहे त्यो जलाउनु पर्छ। अर्को दिन तिमीहरूले त्यो रोटी अथवा मासु खानु हुदैन किनभने तिनीहरू पवित्र छन्।
35 “तिमीहरूले यी सबै चीजहरू हारून र उसका छोराहरूको निम्ति मैले तिमीहरूलाई आदेश गरे जस्तै गर्नु पर्छ। तिनीहरूका पूजाहारी नियुक्ती को उत्सव लगातार सात दिनसम्म चल्नु पर्छ। 36 यी सात दिनसम्म प्रत्येक दिन तिमीहरूले एउटा बाछा बलि चढाउनु पर्छ। यो हारून र उसको छोराहरूको प्रायश्चितका निम्ति हुनेछ। तिमीहरूले एउटा बाछा पनि वेदीको शुद्धताको निम्ति चढाउनु पर्छ। तिमीहरूले शुद्ध भद्राक्षको तेल वेदीमाथि खन्याएर यसलाई पवित्र बनाउनु पर्छ। 37 सात दिनसम्म तिमीहरूले वेदीको लागि प्रायश्चित गर्नेछौ अनि पवित्र पार्नेछौ। त्यस समय वेदी अत्यन्तै पवित्र हुनेछ। कुनै चीजहरूले वेदीलाई छुनेहो भने त्यो पनि पवित्र हुनुपर्छ।
38 “प्रत्येक दिन तिमीले वेदीमा उपहार चढाउनु नै पर्छ। तिमीले दुइवटा एक बर्षे थुमाबलि चढाउनु पर्छ। 39 तिमीहरूले पहिलो थुमा बिहान अनि दोस्रो थुमा घाम अस्ताउँदा बलि दिनु पर्छ। 40-41 जब तिमीले पहिलो थुमा बलि दिनेछौ त्यस समय एक दशांश एपाको राम्रो गहुँको पिठोसित भद्राक्षको एक पावा कुटेको तेल अनि एक पावा दाखरसको अर्घबलि यो बलिमा मिसाऊ र चढाऊ। जब तिमीहरूले साँझमा दोस्रो बलि चढाउँछौ पहिलो थुमालाई बिहान गरे झैं गर बलिको सुगन्धले परमप्रभुलाई खुशी पार्छ।
42 “तिमीहरूले यी चीजहरू बलिदान स्वरूप परमप्रभुलाई तिमीहरूका सन्तानहरू बाँचुन्जेलसम्म प्रत्येक दिन जलाउनु पर्छ। भेट हुने पालको प्रवेश द्वारमा यसो गर। यो त्यो स्थान हो जहाँ म परमप्रभुले तिमीहरूलाई भेट्नेछु र तिमीहरूसित कुरा गर्नेछु। 43 त्यस स्थानमा म इस्राएली मानिसहरूलाई भेट्छु अनि मेरो महिमाले त्यो स्थान सधैँ पवित्र बनिरहनेछ।
44 “यसर्थ म भेट हुने पाल र वेदी पवित्र पार्नेछु। म हारून र तिनका छोराहरूलाई पनि पवित्र बनाउँनेछु अनि तिनीहरूले मलाई पूजाहारीहरू झैं सेवा गर्न सक्छन्। 45 म इस्राएली मानिसहरूको परमेश्वर भई तिनीहरूसँग बस्ने छु। 46 तिनीहरूले जान्नेछन् म नै परमप्रभु तिनीहरूका परमप्रभु परमेश्वर हुँ जसले तिनीहरूलाई मिश्र बाहिर निकाले म तिनीहरू माझ वास गर्न सकूँ। म परमप्रभु तिनीहरूको परमेश्वर हुँ।”
धूप जलाउँनको निम्ति वेदी
30 परमेश्वरले मोशालाई भन्नु भयो, “बबुल काठको वेदी बनाऊ। यो वेदी तिमीले धूप बाल्नको निम्ति प्रयोग गर्नेछौ। 2 तिमीले त्यो वेदी वर्गाकारमा बनाउनु पर्छ जसको लम्बाइ अनि चौंडाइ एक हातको र उचाइँ दुइ हातको रहनेछ। त्यसवेदीको चार कुनामा सींङहरू हुनेछन्। यी सींङहरू वेदीसित एउटै काठले बनिएको जस्तो हुनुपर्छ। 3 वेदीमाथिका सबै किनारहरू अनि यसको सींङहरू सुनले मोहोर। वेदीको वरिपरि सुनको एउटा घेरा बनाऊ। 4 दुइवटा सुनको मुन्द्रीहरू बनाऊ प्रत्येकलाई वेदीको छेउमा घेरा मुनि जोडी छेऊ वेदी बोक्नको निम्ति यी मुन्द्रीहरूमा लौराहरू लगाइदेऊ। 5 लौराहरू बबुल काठको बनाऊ अनि तिनीहरूलाई सुनले मोहोर। 6 वेदीलाई पर्दाहरूअघि राख जसले करारको सन्दूकलाई ढाक्छ र त्यस ढकनीले सन्दूकलाई छोप्छ। त्यो ढकनी त्यही ठाउँ हो जहाँ म तिमीसित भेट गर्नेछु।
7 “प्रत्येक बिहान हारूनले वेदीमा सुगन्धित धूप जलाउनु पर्छ। उसको यो कार्य बत्तीहरूको हेरचाह गर्न आउँदा गर्नेछन्। 8 साँझमा पनि जति बेला तिमी बत्तीको हेरचाहा गर्न आउँछौ त्यस समयमा उसले सुगन्धित धूप जलाउनु पर्नेछ। यसर्थ परमप्रभुको सामुने तिनीहरूको सन्तान जतिञ्ञेल रहन्छ सदा-सर्वदा धूप जलाउनु पर्छ। 9 यस वेदीमा अरू कुनै प्रकारको धूप अथवा होमबलि अन्नबलि अथवा अर्घबलि प्रयोग गर्नु हुँदैन।
10 “बर्षमा एकपल्ट हारूनले परमप्रभुलाई एउटा विशेष बलि चढाउनेछ। हारूनले शुद्धिकरण बलिको त्यो रगत प्रयोग गरेर वेदीलाई प्रायश्चित गर्छन्। हारूनले वेदीको सींङहरूमा त्यो रगत चढाउनेछन। त्यो वस्तु परमप्रभुको निम्ति महा-पवित्र हुनेछ।”
मन्दिरको निम्ति कर
11 परमप्रभुले मोशालाई भन्नुभयो, 12 “इस्राएलीहरूको गन्ती गर जसद्वारा तिमीले त्यहाँ कति जन-संख्या छ थाहा पाउनेछौ। हरेकले आफ्नो जीवन बचाउनु परमप्रभुलाई केही भेटी दिनु पर्छ। नत्र तिनीहरूले कष्ट भोग्नु पर्छ जब तिमी उनीहरूको गन्ती गर्छौ। 13 गन्ती गरिएका प्रत्येक अधिकारिक नापमा आधा शेकेल तिर्नुपर्छ। (एक शेकेल बीस गेराको हुन्छ) यो एउटा बलिदान परमप्रभुको लागि हो। 14 गन्ती गरिएकोहरूमा प्रत्येक बीस बर्ष अथवा अधिक उमेर भएकाहरूले यो उपहार चढाउनु पर्छ। 15 बलि धनी र गरीब बीच कुनै भिन्नता बिनै सबैले बराबर तिर्नु पर्छ तर धनीले वेशी र गरीबले कम्ती तिर्नु हुँदैन। यो बलि तिम्रो आफ्नो जीवनको लागि हो। 16 उद्धारको पैसा भेट हुने पालको सेवामा प्रयोग गर। यो बलिदानले इस्राएलीहरूलाई सम्झना गराउँछ तिनीहरूका जीवनको निम्ति मोल तिरिएको छ।”
हात गोडा धुने कचौरा
17 परमप्रभुले मोशालाई भन्नु भयो, 18 “काँसाको एउटा भाँडा बनाऊ, त्यसलाई काँसाको आधारमा राख। यो भाँडा भेट हुने पाल र वेदीको बीचमा राखि देऊ अनि हात गोडा धुनको निम्ति यस भित्र पानी भर। 19 हारून अनि उनका छोराहरूले तिनीहरूको हातहरू अनि खुट्टाहरू यो पानीले धुनु पर्छ। 20 जब हारून अनि उसका छोराहरू भेट हुने पालभित्र पस्छन् अथवा वेदीको छेउमा आएर परमप्रभुलाई आगोद्वारा बलिदानहरू चढाउँछन्। 21 यदि तिनीहरूले हात खुट्टा धोए भने तिनीहरू मर्ने छैनन्। यो नियम हारून र तिनका मानिसहरूको निम्ति भविष्यमा पनि सदा-सर्वदा चलिरहनेछ।”
अभिषेकको तेल
22 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, 23 “राम्रो मसलाहरू जम्मा गर। 500 शेकेल तरल मूर्र त्यसको आधा (अर्थात 250 शेकेल) मिठो सुगन्धित दालचिनी अनि 250 शेकेल मिठो सुगन्धित काठ, 24 अनि 500 शेकेल तेजपात ल्याऊ। एक टीन भद्राक्षको तेल पनि ल्याउनु पर्छ यी सबै चीजहरूको नाप अधिकारिक नाप अनुसार गर।
25 “यी सबै चीजहरू एक साथ मिलाएर मिठो सुगन्धित पवित्र अभिषेक गर्ने पवित्र तेल बनाऊ। 26 यो तेल भेट हुने पाल अनि करारको सन्दूकमाथि छर्क। 27 अनि टेबलमाथि, सामदान सबै सामानहरूमाथि अनि सबै सामानहरू अनि धूप वेदीमाथि। 28 होमबलि चढाउने वेदी र त्यसमाथिको प्रत्येक चीजहरूमा यो तेल हाल। कचौरा अनि यसको आधारमा पनि यो तेल हाल। 29 यी सबै चीजहरू महा-पवित्र हुनेछन्। यसलाई स्पर्श गर्ने कुनै पनि वस्तु पवित्र हुनपर्छ।
30 “हारून अनि उसका छोराहरूलाई यो तेलले अभिषेक गर। तिनीहरू पवित्र हुनेछन अनि पूजाहारीले जस्तै मेरो सेवा गर्नेछन्। 31 इस्राएलीहरूलाई भन, तिमीहरूका संन्तानहरू रहुन्जेल सदा-सर्वदा यो मेरो पवित्र अभिषेकको तेल हुनेछ। 32 यो पवित्र तेललाई तिमीहरूको शरीरमा साधरण प्रकारले नदल। अरू कुनै तेल यस तरीकाले नबनाऊ। यो तेल पवित्र हो तिमीहरूको निम्ति विशेष तेल मानिनु पर्छ। 33 यदि कुनै मानिसले यो तेल बनाउँछ अनि यो विदेशीलाई दिन्छ जो एउटा पुजाहारी होइन, तब त्यो मानिसलाई उसका मानिसहरूबाट अलग्ग राख्नु पर्छ।”
सुगन्धित धूप
34 त्यसपछि परमप्रभुले मोशालाई भन्नु भयो, “यी सुगन्धित मसलाहरू लेऊः खोटो, कस्तुरी गन्ध, सालधूप अनि शुद्ध धूप। यी सबै मसलाहरूको मात्रा बराबर हुनु आवश्यक छ। 35 सुगन्धित धूप बनाउन यी सबै मसला मिसाऊ र जसरी सुगन्धित तेल बनाएको तरीकामा नै यो धूप पनि बनाउनु पर्छ। शुद्ध र पवित्र पार्नको निम्ति त्यसमा नुन पनि मिलाऊ। 36 केही धूपहरू पिँधेर एकदमै मसिनो बनाऊ। त्यो धूलोलाई भेट हुने पालभित्र जहाँ म तिमीलाई भेट्छु, करारको सन्दूक छेउमा राख। यो धूपको धूलो मात्र विशेष उदेश्यमा प्रयोग गर्नु पर्छ। 37 यस प्रकारले बनाएको धूपलाई केही उदेश्यको निम्ति प्रयोग नगर। तिमीले यसलाई परमप्रभुको निम्ति विशेष तरिकाले प्रयोग गर्नु पर्छ। 38 कोही मानिसहरूले आफ्नो निम्ति यस प्रकारको विशेष धूप बनाउन खोज्ला र उसले त्यसको सुगन्ध लिन सक्ला, तर यदि कुनै मानिसले त्यसो गरे उसलाई उसको आफन्तहरूबाट छुट्टयाउनै पर्छ।”
बजलेल र ओहोलीआब
31 तब परमप्रभुले मोशालाई भन्नु भयो, 2 “यहूदाको परिवारबाट बजलेल ऊरीको छोरा हूरको नातीलाई मेरो निम्ति विशेष काम गर्न चुनेको छु। 3 मैले बजलेललाई परमेश्वरको आत्मासित परिपूर्ण पारिदिएको छु अनि उसलाई सबै किसिमको निपुणता, कुशलता, अनि ज्ञानले आशीष दिएको छु। 4 उसले सुन, चाँदी अनि काँसाको सुन्दर-सुन्दर वस्तुहरू बनाउन सक्छ किनभने ऊ एउटा राम्रो शिल्पकार हो। 5 बजलेलले सबै प्रकारको कामहरू गर्न सक्छ जस्तै सुनमा कुँद्न पत्थर घेरा लगाउनको निम्ति ढुङ्गा काट्नु अनि सबै उदेश्यको निम्ति काठहरू काट्न सक्छ। 6 दान कुलका अहीसामको छोरा ओहोलीआबलाई मैले बजलेलको सहयोगीको रूपमा चुनेको छु। मैले दिएको आदेश अनुसार सबै प्रकारका चीजहरू बनाउन सकून् भनेर अन्य सबै कर्मीहरूलाई पनि कार्यक्षमता दिएको छु।
7 भेट हुने पाल, कराको सन्दूक,
सन्दूकको ढकनी,
भेट हुने पालका सबै सामानहरू,
8 टेबल अनि त्यसका सबै सामानहरू,
सामदान र यसका सबै सामानहरू,
धूप जलाउने वेदी,
9 होमबलिको निम्ति वेदी
र वेदीमा प्रयोग गर्ने सहयोगी कचौराहरू अनि आधारहरू।
10 पूजाहारी हारूनको निम्ति विशेष पोशाकहरू,
हारूनका छोराहरू जब पूजाहारी भई सेवा गर्छन, तिनीहरूको निम्ति विशेष पोशाकहरू।
11 अभिषेकको निम्ति सुगन्धित तेल
अनि सुगन्धित धूप मैले तिमीलाई आज्ञा दिए
अनुसार ती कर्मीहरूले यी सबै चीजहरू बनाउनु पर्छ।”
विश्राम दिन
12 तब परमप्रभुले मोशालाई भन्नु भयो, 13 “इस्राएली मानिसहरूलाई भन, ‘मेरो विशेष विश्रामको दिनको नियम तिमीहरूले पालन गर्नु पर्छ। तिमीहरूका भावी सन्तानक निम्ति तिमी र म बीचको चिनो यही हुनेछ। यी नियमहरू एउटा नियमहरूले दर्शाउनेछन् कि म परमप्रभुले तिमीहरूलाई मेरा आफ्नो मानिस बनाएको हुँ।
14 “‘विश्राम दिनलाई एक विशेष दिनको रूपमा मान। यदि कुनै मानिसले विश्रामलाई अन्य दिन सरह मान्छ त्यो मानिसलाई मार्नु नै पर्छ। यदि कुनै मानिसले विश्रामको दिन काम गर्छ त्यस मानिसलाई उसका आफन्तहरूबाट छुट्ट्याउनु पर्छ। 15 काम गर्नको निम्ति छः दिन पूरा रहन्छ तर सातौं दिन चाँहि परमप्रभुको निम्ति एकदमै विशेष आरामलिने दिन हुनेछ। कुनै पनि मानिस जसले विश्राम दिनमा काम गर्छ भने त्यस मानिसलाई मृत्यु दण्ड दिइनेछ। 16 इस्राएलीहरूले विश्राम दिनलाई विशेष दिन भनी सम्झना राख्नु पर्छ। यस सम्झौतालाई इस्राएलीहरूले पुस्तौं पुस्तासम्म सदा-सर्वदाको निम्ति पालन गरून्। 17 विश्राम दिन म अनि इस्राएलीहरूको बीच एउटा संकेत हो।’” (परमप्रभुले छः दिन काम गर्नु भयो र आकाश र पृथ्वी बनाउनु भयो अनि सातौं दिन उहाँले विश्राम लिनु भयो।)
18 यसरी परमप्रभुले मोशासित सीनै पर्वतमा कुरा गरे शेष गर्नु भयो। त्यसपछि उहाँले दुइवटा शिला-पाटीहरूमा आफ्नै औंलाले करार लेखेर मोशालाई दिनु भयो।
सुनको बाछा
32 मोशा पर्वतबाट तल नओर्लेको धेरै दिन भइसकेको मानिसहरूलाई थाहा भयो। यसर्थ मानिसहरूले हारूनलाई वरिपरि घेरेर भने, “हेर, मोशाले हामीलाई अगुवाई गरी मिश्रबाट बाहिर लिएर आउनु भयो। हामीलाई थाहा छैन तिनलाई के भयो। यसर्थ हाम्रो अगुवाई गर्न हाम्रोलागि केही देवताहरू बनाऊ।”
2 हारूनले तिनीहरूलाई भने, “तिमीहरूकी आफ्नी पत्नीहरू अनि छोरीहरूले कानमा लगाएका सुनको कुण्डलहरू मकहाँ ल्याऊ।”
3 यसकारण सबै मानिसहरूले कानका सुनको कुण्डलहरू जम्मा गरे अनि हारून कहाँ ल्याए। 4 हारूनले तिनीहरूबाट सुन लिए, पगालेर यसको एउटा बाछोको मूर्ति बनाए अनि उनले यसलाई सुनले मोहरी दिए।
तब मानिसहरूले भने, “हे इस्राएल यिनीहरू तिमीहरूको देवताहरू हो जसले तिमीहरूलाई मिश्र बाहिर ल्याए।”
5 हारूनले यी सब देखे अनि तिनले बाछाको अघि एउटा वेदी बनाए। त्यसपछि तिनले घोषणा गरे, “परमप्रभुको सम्मानमा भोलि एक विशेष चाड़ मनाइनेछ।”
6 मानिसहरू बिहान चाँडै उठे पशुहरू मारेर होमबलिहरू चढाए अनि मेलबलिहरू चढाए। मानिसहरू खान तल बसे, तब रमाइलो गर्न उठे।
7 तब परमप्रभुले मोशालाई भन्नु भयो, “पर्वतबाट तल ओर्ली हाल। तिमीले मिश्र देशबाट ल्याएका ती तिम्रा मानिसहरूले असाध्यै पाप गरिरहेका छन्। 8 तिनीहरूले यति चाड़ै नियमहरूलाई त्यागे जुन मैले तिनीहरूलाई अनुशरण गर्नु भनी आज्ञा दिएको थिएँ। तिनीहरूले सुन पगालेर एउटा बाछो बनाएका छन् र त्यही बाछोलाई पूजा गर्दैछन् र बलिहरू चढाइरहेका छन्। ती मानिसहरूले भने, ‘हे इस्राएली, यहाँ तिमीहरूका देवताहरू छन् जसले तिमीहरूलाई मिश्रबाहिर ल्याए।’”
9 परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मैले देखे यी मानिसहरू एकदमै अट्टेरी छन्। 10 यसकारण मलाई एक्लो छोडिदेऊ मेरो क्रोध तिनीहरूमाथि उठ्नेछ अनि तिनीहरूलाई ध्वंश गरिदिनेछु। तब म तिम्रा सन्तानलाई एउटा ठूलो जाति बनाउनेछु।”
11 तर मोशाले परमप्रभु उसका परमेश्वरलाई शान्त गराए अनि भने, “हे परमप्रभु तपाईंका आफ्नै मानिसहरूसित चाँडै क्रोधित नहुनुहोस्। तपाईंले यी मानिसहरूलाई मिश्रबाट तपाईंका विशाल अद्भुत शक्ति र बल प्रयोग गरेर बाहिर ल्याउनु भयो। 12 यदि तपाईंले तिनीहरूलाई ध्वंश पार्नु भयो भने, ‘मानिसहरूले सोच्ने छन् परमप्रभुले मानिसहरूलाई मिश्र बाहिर लगेको कारण तिनीहरूलाई पर्वतमाथि ध्वंश पार्न मात्र रहेछ।’ यसर्थ तपाईंका आफ्नै मानिसहरूसँग क्रोधित नहुनुहोस्। तपाईंको मन बदली गर्नुहोस् र तपाईंका मानिसहरूलाई नमार्नु होस्। 13 अब्राहाम, इसहाक तथा याकूबलाई सम्झना गर्नु होस्, ती मानिसहरूले तपाईंलाई सेवा गरेका थिए अनि तपाईंले एउटा प्रतिज्ञा गर्नुभयो। तपाईंले भन्नु भयो, ‘म तिमीहरूका सन्तानलाई आकाशका ताराहरू भन्दा वेशी बनाउनेछु अनि तिनीहरूलाई सम्पूर्ण भूमि दिनु भयो। यो भूमि तिनीहरूलाई सदाको निम्ति हुनेछ।’”
14 यसर्थ परमप्रभुले आफ्नो हृदयलाई कोमल बनाउनु भयो अनि उहाँले के गर्न चाहनु भएको थियो त्यो गर्नु भएन। उहाँले तिनीहरूलाई ध्वंश गर्नु भएन।
15 तब मोशा पर्वतबाट तल ओर्लिए। तिनीसित दुवैपट्टि करार लेखिएको दुइवटा शिला-पाटीहरू थियो। यी पाटीहरूमा दुवै पट्टि लेखेको थियो। 16 यी पाटीहरू परमेश्वर आफैंले बनाउनु भयो, अनि यसमाथि आज्ञाहरू लेख्नु भयो।
17 जब मोशा पर्वतबाट तलतिर ओर्लिदै थिए यहोशूले मानिसहरूलाई चिंच्याउदै गरेको सुने, यहोशूले मोशालाई भने, “मैले छाउनीभित्र युद्धको ध्वनि सुने।”
18 मोशाले उत्तर दिए, “यो आवाज सेनाहरूको विजय ध्वनि होइन। अनि यो हार्ने सेनाहरूको आवाज पनि होइन। त्यो आवाज जो म सुन्दैछु, त्यो सँगीतको स्वर हो।”
19 मोशा छाउनी नजिक आइपुगे अनि त्यहाँ एउटा बाछो र मानिसहरू नाच्दै गरेको देखे। मोशा एकदमै क्रोधित भए अनि तिनीसित भएको च्याप्टो ढुङ्गाहरू भूँईमा फ्याँके। पर्वतको बेंसीमा ती ढुङ्गाहरू फुटेर टुक्रा-टुक्रा भए। 20 तब मोशाले बाछालाई पगाले र यसलाई धूलो पारे। तब उनले धूलोलाई पानीभित्र हाले, उनले त्यो पानी इस्राएलीहरूलाई पिउन कर लगाए।
21 उसले हारूनलाई भने, “यी मानिसहरूले तिमीलाई के गरे? किन तिनीहरूमाथि तिमीले यस्तो ठूलो पाप ल्यायौ?”
22 हारूनले उत्तर दिए, “हजूर, क्रोधित नहुनुहोस्। तपाईंलाई थाहा छ यी मानिसहरू सधैँ केही गल्ती गर्न तैयार नै रहन्छन्। 23 यी मानिसहरूले मलाई भने, ‘मोशाले हामीलाई मिश्र देशबाट अगुवाई गर्नु भयो, तर उहाँलाई के भयो हामी जान्दैनौं, यसर्थ हाम्रो अगुवाई गर्न केही देवताहरू बनाऊ।’ 24 यसकारण मैले तिनीहरूलाई भनें तिनीहरूको सुन ल्याऊ तिनीहरूले त्यो मलाई दिए। मैले त्यो सुन आगोमा हाले् र आगोबाट त्यो बाछो निस्कियो।”
25 मोशाले देखे हारूनले मानिसहरूलाई नियन्त्रणबाट बाहिर जान दिए, मानिसहरू जंगली जस्तो कुदिरहे अनि तिनीहरूका सबै शत्रुहरूले तिनीहरूको मूर्खको जस्तो व्यवहार देखे। 26 यसर्थ मोशा छाउनीको प्रवेशद्वारमा उभिए र भने, “परमप्रभुलाई समर्पण गर्ने जो पनि मेरो वरिपरि भेला हुनुपर्छ। सबै लेवीहरू उनको वरिपरि भेला भए।”
27 त्यसपछि मोशाले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वरले के भन्नु भएको छ म तिमीहरूलाई भन्नेछु ‘प्रत्येकले हातमा तरवार लिएर छाउनीको एक कुनादेखि अर्को कुनासम्म जानुपर्छ। तिमीहरूले आफ्नो दाज्यू-भाइ, साथीहरू, अनि छिमेकीहरूलाई मार्नै पर्छ।’”
28 लेवीहरूले मोशाको आज्ञा पालन गरे अनि त्यस दिन लगभग तीन हजार इस्राएलीहरूले ज्यान गुमाए। 29 त्यसपछि मोशाले भने, “आज तिमीहरूका छोराहरू अनि दाज्यू-भाइ मारेर आफूलाई परमप्रभुको सेवामा सर्मपण गर्यौ। यसको निम्ति तिमीहरूले आशिष पाउनेछौ।”
30 अर्को बिहान मोशाले मानिसहरूलाई भने, “तिमीहरूले असाध्यै ठूलो पाप गर्यौ। अब म परमप्रभुकहाँ जानेछु। हुन सक्छ म तिमीहरूको पापका निम्ति प्रायश्चित गर्नु सक्छु।” 31 तब, मोशा परमप्रभुकहाँ गए अनि भने, “दया गरी सुन्नु होस्, यी मानिसहरूले सुनको देवता बनाए र साह्रै नराम्रो पाप गरेका थिए। 32 अब यिनीहरूका पाप क्षमा गरि दिनुहोस्। यदि तिनीहरूलाई क्षमा गर्नु हुँदैन भने तपाईंले लेख्नु भएको पुस्तकबाट मेरो नाउँ निशान मोटाइ दिनुहोस्।”
33 तर परमप्रभुले मोशालाई भन्नु भयो, “ज-जसले मेरो विरोधमा पाप गरेकाछन्, म तिनीहरूको नाउँहरू मेरो पुस्तकबाट हटाउने छु। 34 यसर्थ तल गएर मैले जहाँ जानु भन्छु त्यहाँ तिनीहरूको अगुवाइ गर। मेरो स्वर्गदूतले तिमीलाई अगुवाई गर्नेछ। जब पाप गर्ने मानिसहरूलाई दण्ड दिने समय आउँछ तिनीहरूलाई दण्ड दिइनेछ।” 35 यसर्थ परमप्रभुले मानिसहरूमाथि डरलाग्दो बिमार खन्याई दिनु भयो। उहाँले यसो गर्नु भयो किनभने हारूनले अगुवाइ गरेका मानिसहरूले एउटा सुनका बाछो बनाएका थिए।
“म तिमीहरूसित जाने छैन”
33 तब परमप्रभुले मोशालाई भन्नु भयो, “तिमी र तिम्रा मानिसहरू जसलाई तिमीले मिश्र देशबाट ल्याएका छौ त्यो ठाउँबाट गईहाल। अनि तिमीहरू त्यो भूमिमा जाऊ जुन मैले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूलाई वचन दिएर भनेको थिएँ, तिमीहरूका भावी सन्तानलाई म त्यो भूमि दिनेछु। 2 म एकजना स्वर्गदूतलाई तिम्रो अगुवाइ गर्न पठाउनेछु अनि कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी अनि यबूसीहरूलाई तिनीहरूको भूमि छोड्न बाध्य गराउनेछु। 3 यसर्थ तिमीहरू त्यो भूमिमा जाऊ जुन भूमि असल-असल चीजहरूले भरिभराऊ छ। म तिमीहरूसित जाँदिन र यदि म तिमीहरूसित गएँ भने, हुन सक्छ, तिमीहरूलाई म आधा बाटोमा नै ध्वंश पार्नेछु कारण तिमीहरू अत्यन्तै अट्टेरी छौ।”
4 मानिसहरू यस्तो दुःख पूर्ण समाचार सुनेर चिन्तित भए। तिनीहरूले गर-गहनाहरू लगाएनन्। 5 परमप्रभुले मोशालाई भन्नु भयो, “इस्राएलीहरूलाई भन, ‘तिमीहरू अट्टेरी छौ। यदि म तिमीहरूसँग केही क्षणका निम्ति पनि जानु पर्ने भए म तिमीहरूलाई ध्वंश पार्ने थिएँ। अब तिमीहरूले आफ्नो गहना निकाल अनि म निश्चय गर्ने छु, तिमीहरूलाई के गर्नुपर्ने हो।’” 6 यसकारण गहनाहरू होरेब पर्वतमा इस्राएलीहरूले फुकालिदिए।
अस्थायी भेट हुने पाल
7 मोशाले छाउनी केही अघि लगे अनि छाउनी त्यहाँ बसाले अनि त्यसलाई “भेट हुने पाल” नाउँ दिए। कुनै मानिस जसले परमप्रभुबाट केही माग्ने इच्छा गर्छ ऊ भेट हुने पालमा जानु पर्थ्यो जो छाउनी बाहिर थियो। 8 जति बेला मोशा पालमा जान्थे, मानिसहरू तिनको आफ्नै पालहरूको ढोकाहरूमा खडा हुन्थे। जबसम्म उनी भेट हुने पालभित्र पस्दैन थिए। तिनीहरूले मोशालाई हेर्थे। 9 मोशा भेट हुने पालमा जान्थे बादलको लामो स्तम्भ झैं माथिबाट तल आउँथ्यो। त्यो बादलको खामो पालको द्वारमा खडा भई पर्खिरहन्थ्यो यसरी परमप्रभुले मोशासँग कुरा गर्नु हुन्थ्यो। 10 यसर्थ जब बादलको खम्बालाई मानिसहरूले देख्थे तिनीहरू आफ्नो-आफ्नो पालको द्वारमा गएर परमेश्वरको आराधना गरी निहुरिन्थे।
11 यस रीति अनुसार परमप्रभुले मोशासँग साथी जस्तै कुरा गर्नु हुन्थ्यो। परमप्रभसँग कुरा गरिसकेपछि मोशा पालमा फर्कन्थे। तर उसको युवक सहायक नुनको छोरा यहोशू पालभित्र नैं रहन्थ्यो।
परमप्रभुको महिमा मोशाले देखे
12 मोशाले परमप्रभुलाई भने, “तपाईंले मलाई यी मानिसहरूलाई अगुवाइ गर्ने आदेश दिनु भयो तर यो भन्नु भएन तपाईंले मसँगै कुन मानिस पठाउनु हुन्छ। तपाईंले मलाई भन्नु भयो, ‘म तिमीलाई राम्ररी जान्दछु र म तिमीसित अत्यन्तै खुशी छु।’ 13 यदि मैले तपाईंलाई साँच्चै खुशी पारेको भए मलाई तपाईंका तरीकाहरू बताउनु होस्। म तपाईंलाई जान्न चाहन्छु। तब म तपाईंलाई नित्य प्रसन्न पारिराख्छु। स्मरण रहोस् यी सबै मानिसहरू तपाईंका हुन्।”
14 परमप्रभुले उत्तर दिनु भयो, “म आफैं तिमीसित जानेछु र तिम्रो अगुवाइ गर्नेछु।”
15 त्यसपछि मोशाले परमप्रभुलाई भने, “यदि तपाईं हामीसित जानुहुन्न भने हामीलाई पनि यस ठाउँबाट नपठाउनुहोस्। 16 नत्र हामीहरू कसरी थाहा पाउँछौं तपाईं ती मानिसहरू र मसँग खुशी हुनुहुन्छ। यदि तपाईं हामीसित जानु भएन भने ती मानिसहरूका लागि म र अरू मानिसहरूमा केही भिन्नता रहेन।”
17 तब परमप्रभुले मोशालाई भन्नुभयो, “तिमीले जो भन्यौ म गर्नेछु। किनभने म तिमीसँग प्रसन्न छु अनि म तिमीलाई राम्रो जान्दछु।”
18 त्यसपछि मोशाले भने, “अब दया गरी मलाई तपाईंको महिमा देखाउनुहोस।”
19 तब परमप्रभुले भन्नुभयो, “म मेरा सबै परिपक्क भलो धर्म तिम्रो अघाडी जानमा लागि गर्नेछु। म ‘यहोवा’ मेरो नाउँ घोषणा गर्ने छु, किनभने म परिपक्क कल्याण कार्य र प्रेम आफूले मन पराएको मानिसअघि देखाउने छु। 20 तर तिमीले मेरो अनुहारलाई हेर्न असमर्थ हुनेछौ। कुनै पनि मानिसले मलाई हेर्न सक्दैन अनि जिउँदो रहन सक्दैन।”
21 परमप्रभुले भन्नुभयो, “हेर मेरो छेउमा एउटा चट्टान छ अनि तिमी यसमा उभिन सक्छौ। 22 मेरो महिमा त्यहाँ जाने छ। म तिमीलाई त्यस चट्टानमा लामो चर्केको ठाउँमा बसाउनेछु। अनि जब म त्यहाँ जान्छु मेरो हातले तिमीलाई छोप्ने छ। 23 त्यसपछि म मेरो हात हटाउनेछु र तिमीले मेरो पछिल्तिरको भाग देख्नेछौ, तर मेरो अनुहार देख्न सक्ने छैनौ।”
नयाँ शिला पाटीहरू
34 परमप्रभुले मोशालाई भन्नुभयो, “तिमी आफैंले पहिलाको जस्तै दुइवटा चेप्टा ढुङ्गाहरू काट। म त्यही शब्दहरू नयाँ ढुङ्गाहरूमाथि लेख्नेछु मैले जुन पहिले तिमीले धूलो पारेको ढुङ्गामाथि लेखेको थिएँ। 2 भोलि बिहानै तयार भएर सीनै पर्वतमा म भएकहाँ आऊ। त्यस पर्वतको टाकुरामा मेरोआघि उभिनु। 3 तिमीसित कसैलाई पनि आउन नदेऊ। पर्वतको कुनै ठाउँमा कसैलाई देखिनु हुँदैन। पर्वतको बेंसीमा तिमीहरू कसैको गाई, गोरू अथवा भेंडाहरू चर्न पाउने छैनन्।”
4 यसकारण अर्को दिन मोशाले दुइवटा चेप्टा ढुङ्गाहरू तयारी बनाए अनि बिहानै ऊ सीनै पर्वतमाथि चढे। परमप्रभुद्वारा आज्ञा भएका सबै कुरा मोशाले गरे। उनी त्यहाँ ती दुइवटा टुक्रा चेप्टो ढुङ्गा लिएर गए। 5 परमप्रभु उनी भएकहाँ तल पर्वतमाथि बादलमा आउनु भयो अनि मोशाको अघि उभिनु भयो। मोशाले परमप्रभुको नाउँको उच्चारण गरे। 6 परमप्रभु मोशाको अघि जानु भयो अनि भन्नुभयो, “म यहोवा अनि म परमप्रभु हुँ। म करूणापूर्ण अनि दयालु हुँ। म रिसाउनुमा ढीलो, म प्रेमले परिपूर्ण अनि विश्वास योग्य छु। 7 एउटा पुस्तादेखि अर्को पुस्तासम्म परमप्रभुले कृपा देखाउनु हुन्छ। उहाँले मानिसहरूलाई तिनीहरूको दुष्टता, कुकर्म अनि विद्रोहमा क्षमा गर्नुहुन्छ। तर दोषी मानिसलाई दण्ड दिन उहाँ बिर्सिनु हुन्न। तिनीहरूद्वारा गल्ती गरिएको कारण तिनीहरूका छोरा-छोरीहरू, नाति-पनाति, तिनीहरूका सन्तानले तेस्रो अथवा चौथो पुस्तासम्म दुःख भोग्नु पर्छ।”
8 तब झट्टै मोशा भुइँमा घोप्टे अनि परमप्रभुको आराधना गरे। तब मोशाले भने, 9 “हे परमप्रभु यदि तपाईं मसित खुशी हुनुहुन्छ भने हामीसँग हिंड्नु होस्। म जान्दछु यी मानिसहरू अट्टेरी छन् हामीद्वारा कुकर्म गरेकोमा क्षमा गर्नुहोस् अनि हामीलाई तपाईंका आफ्नै मानिसहरू भनी ग्रहण गर्नु होस्।”
10 तब परमप्रभुले भन्नुभयो, “म यो करार तिम्रा सबै मानिसहरूसँग बनाउन गइरहेछु। म यस्तो आश्चर्यजनक कामहरू गर्नेछु जुन यस पृथ्वीको कुनै भूमिमा अथवा राष्ट्रमा कहिल्यै भएका थिएनन्। तिमीहरू प्रत्येकले देख्नेछन् म परमप्रभु अनि महान सर्वोच्च हुँ। 11 आज म जुन आज्ञाहरू दिनेछु त्यो पालन गर अनि म एमोरी, कनानी, हित्ती, परिज्जी, हिव्वी अनि यबूसीहरूलाई भूमि छोड्न जोड लगाउनेछु। 12 तर होशियार होऊ, कुनै मानिससँग सन्धि नगर जुन भूमिमा तिमीहरू बस्न गइरहेका छौ। यदि तिमीहरूले तिनीहरूसित सन्धि गर्यौ भने तिनीहरूले तिमीहरूलाई नराम्रो कार्य तिर लैजान्छन्। 13 यसकारण तिनीहरूको वेदीहरू नष्ट गरिदेऊ तिनीहरूका पवित्र खम्बाहरू भत्काइदेऊ अनि तिनीहरूका डण्डाहरू टुक्रा-टुक्रा पारिदेऊ। 14 अरू कुनै देवताको आराधना नगर। परमप्रभुको नाउँ ‘एल-कनाह’ हो डाह गर्ने परमेश्वर।
15 “होशियार होऊ त्यस ठाउँमा बस्ने मानिसहरूसँग कुनै सन्धि नगर, नत्र तिमीहरूले तिनीहरूका देवताहरूको आराधना र अनि बलिदान दिन शुरू गर्ने छौ। तिनीहरूले तिमीहरूलाई बलिदानका भोजन खानु निम्त्याउने छन्। 16 तिमीहरू तिनीहरूको छोरीहरूलाई तिमीहरूको छोराहरूसित विवाह गरिदिन सक्छौ। तर तिनीहरूका छोरीहरू वेश्या झैं झूटो देवताहरूको आराधना गर्छन्। तिम्रा छोराहरूलाई पनि त्यही गर्न लगाउनु सक्छन्।
17 “मूर्तिहरू नबनाऊ।
18 “अखमिरे रोटीको चाड़ मनाऊ। मैले तिमीहरूलाई आज्ञा दिए अनुसार सात दिनसम्म खमीर बिनाको रोटी खाऊ। यो आबीब महीनामा गर, किनभने त्यो त्यही महीनामा हो जब तिमीहरू मिश्र बाहिर आएका थियौ।
19 “गाई वस्तु होस् अथवा भेंडा तिनीहरूको पशुहरूबाट पहिले जन्मेको मेरो हो। 20 प्रत्येक पहिले जन्मेको गधासित थुमा साट्न सक्छौ। यदि तिमीले थुमासित गधा साटेनौ भने, तिमीले गधाको मुण्टो भाँचि दिनुपर्छ। तिमीहरूले मबाट आफ्नो छोराहरूको उद्धार गर्नुपर्छ। कुनै मानिस मेरोअघि बिना भेटी आउनु हुँदैन।
21 “तिमीले छ दिन काम गर्नेछौ र सातौं दिन विश्राम लिनु पर्छ। यो विश्राम तिमीहरूले बाली रोप्ने र उठाउने समयमा पनि लिनु पर्छ।
22 “साताको चाड़ पहिलो अन्न बाली उठाऊ र मनाऊ। अन्न भित्र्याउने चाड़ ऋतुको आखिरमा मनाऊ।
23 “बर्षमा तीन पल्ट सबै इस्राएली मानिसहरू र तिनीहरूका छोराहरू परमप्रभु तिनीहरूका स्वामी इस्राएलका परमेश्वरकहाँ जानु पर्छ।
24 “तिमीहरू जब आफ्नो भूमिमा जानेछौ म तिमीहरूका शत्रुहरूलाई बलपूर्वक भगाईदिनेछु। म तिमीहरूको भूमिको सिमाना विस्तारित गर्नेछु। जब तिमीहरू बर्षमा तीन पल्ट परमप्रभु आफ्नो परमेश्वरको सामुन्ने जान्छौ तिमीहरूको भूमि कसैले पनि लाने चेष्टा गर्ने छैन।
25 “जब तिमीले मलाई बलिदान चढाउँछौ, रगतसँग कुनै खमीर नचढाऊ।
“निस्तार चाड़को मासु अर्को बिहानसम्म नराख।
26 “तिमीहरूको फसलबाट पहिलो अन्नहरू परमप्रभु तिमीहरूका परमेश्वरको घरमा ल्याऊ।
“कलिलो पाठीलाई त्यसकी माऊको दूधमा नै पकाउनु हुँदैन।”
27 परमप्रभुले मोशालाई भन्नु भयो, “मैले तिमीलाई भनेका सबै कुराहरू लेख। यी कुराहरू करार हुन्, जुन मैले तिमी र इस्राएलीहरूसँग गरिरहेकोछु।”
28 त्यहाँ मोशा चालीस दिन र चालीस रातसम्म परमप्रभुसँग बसे। तिनले न ता केही खाए न ता पिए। मोशाले करारका वचनहरू अर्थात् दश आज्ञाहरू दुइवटा पाटीहरूमा लेखे।
मोशाको उज्जवल अनुहार
29 त्यसपछि मोशा सीनै पर्वतबाट तल आए। उनले आफूसित दुइ शिला-पाटीहरू ल्याए। मोशाले थाह पाएनन् उनको अनुहार चम्किरहेको थियो किनभने उनले परमप्रभुसँग कुरा गरेका थिए। 30 हारून र इस्राएली मानिसहरूले देखे मोशाको अनुहार चम्किरहेको थियो। तिनीहरू उनको छेउमा जान डराए। 31 मोशाले हारून अनि सबै बूढा-प्रधानहरूलाई आफूसित बस्न बोलाए। मोशाले तिनीहरूसँग कुरा गरे। 32 त्यसपछि इस्राएलीहरू मोशाको छेउमा आए अनि उनले परमप्रभुद्वारा सीनै पर्वतमाथि दिनु भएका ती आज्ञाहरू तिनीहरूलाई दिए।
33 जब तिनले मानिसहरूसित कुरा गरी सके पछि तिनले आफ्नो अनुहार ढाके। 34 कुनै पनि समय जब मोशा कुरा गर्नको निम्ति परमप्रभुअघि जान्थे आफ्नो अनुहार नढाकी जान्थे। त्यसपछि मोशा बाहिर आएर परमप्रभुले दिनु भएका आज्ञाहरू इस्राएलका मानिसहरूलाई सुनाउथे। 35 इस्राएली मानिसहरूले मोशाको अनुहार चम्किरहेको देखे। यसकारण अर्को पल्ट परमप्रभुसँग कुरा गर्न नजाउञ्ञेलसम्म मोशाले आफ्नो अनुहार छोपिरहे।
विश्राम-दिनको विषयमा नियमहरू
35 मोशाले सबै इस्राएलीहरूलाई एक जग्गामा भेला पारे अनि तिनीहरूलाई भने, “परमप्रभुका आज्ञाहरू म तिमीहरूलाई भन्छु।
2 “काम गर्नको निम्ति छ दिन छ र सातौं दिन तिमीहरूको निम्ति विश्राम गर्ने विशेष दिन हो। सात दिन परमप्रभुलाई समर्पण गरिएको हो। कुनै पनि मानिस जसले विश्राम दिनमा काम गर्छ त्यो मारिनु नै पर्छ। 3 विश्राम दिनमा तिमीहरूले तिमीहरू बसेको भूमिमा आगो पनि बाल्नु हुँदैन।”
पवित्र पालको निम्ति सामग्री
4 इस्राएलका सबै मानिसहरूलाई मोशाले भने, “परमप्रभुले दिनु भएको आज्ञा यही हो। 5 परमप्रभुको निम्ति विशेष उपहारहरू भेला गर। तिमीहरू प्रत्येकले के चढाउन चाहन्छौ हृदयले निर्णय गर। त्यसपछि परमप्रभुलाई चढाउन उपहार लिएर आउनु पर्छ। सुन, चाँदी, काँसा, 6 निलो, बैजनी अनि रातो धागो र मसिनो सुती कपडा, र बाख्राको भुत्ला, 7 तन्काएको बाख्राको छाला, नरम छाला र बबुलको काठ। 8 दीयोको निम्ति तेल, अभिषेक तेल बनाउनको निम्ति मसला र सुगन्धित धूपको निम्ति मसला। 9 गोमेदक-रत्न तथा एपोदमा र न्यायको थैलीमा कुँदाउने अरू रत्नहरू ल्याऊ।
10 “तिमीहरू जो निपुण कर्मीहरू छौ, परमप्रभुले गर्नु भन्नु भएको आज्ञा अनुशरण गरेर सब चीजहरू बनाउनु पर्छ। 11 पवित्र पाल, त्यसको बाहिरी पाल र त्यसलाई आवरणहरू, अंकुसे, बार, खम्बा अनि आधारहरू, 12 पवित्र सन्दूक, त्यसका डण्डाहरू अनि आवरण र पर्दा जसले पवित्र सन्दूक राखिने जग्गा ढाक्नेछ। 13 टेबल अनि यसको डण्डाहरू र यसको चीज-बीजहरू जो टेबलमाथि राखिन्छ अनि विशेष रोटी परमप्रभुको अघाडी राखिन्छ। 14 बत्तीको निम्ति सामदान, त्यसले सबै सामग्रीहरूमा प्रकाश दिन्छ, अनि तेल त्यो जलेर प्रकाश दिन्छ। 15 धूपको निम्ति वेदी अनि त्यसका डण्डाहरू, अभिषेक गर्ने तेल, अनि सुगन्धित धूप र पवित्र पालको प्रवेशद्वारमा लगाइने पर्दा, 16 होमबलिको निम्ति वेदी अनि काँसाको कोरेसो डण्डाहरू अनि वेदीमा प्रयोग गरिने सबै चीजहरू, काँसाको बटुका र तिनका आधार, 17 आँगन वरिपरिको पर्दा। तिनीहरूका डण्डाहरू र आधार जुन आँगनको फाटकमा राखिएको थियो। 18 चुकुलहरूले पवित्र पाल अनि आँगनका वरिपरिको पर्दाहरू अड्याउनलाई प्रयोग गरिएका चुकुलहरू स्थिर राख्छन् अनि डोरी जसले ती चुकुललाई बाधेर राख्छ। 19 पवित्र स्थानमा पूजाहारीहरूले विशेष बुनेको लुगा लगाउनु पर्छ। हारून अनि उसका छोराहरूले पूजाहारी भई सेवा गर्दा यी पोशाकहरू लगाउँथे।”
मानिसहरूबाट महा-उपहारहरू
20 तब इस्राएली मानिसहरू मोशालाई छोडेर गए। 21 तिनीहरू जसले परमप्रभुलाई भेटीहरू चढाउन इच्छा गरे तिनीहरूले सबै भेटीहरू ल्याए। ती भेटीहरू भेट हुने पालको काममा अनि विशेष पोशाकको निम्ति प्रयोग गरियो। 22 सबै पुरूष र स्त्रीहरू ज-जसले भेटी चढाउनु चाहन्थे सबै प्रकारको सुनका गहनाहरू ल्याए। तिनीहरूले कुण्डल, औंठी र अंकुसेहरू ल्याए। तिनीहरू सबैले परमप्रभुको निम्ति यी भेटीहरू चढाए।
23 प्रत्येक मानिसहरू जोसित मिहीन सुती अथवा निलो, बैजनी, रातो धागो, मसिनो सुती कपडा थिए, परमप्रभुलाई चढाउन ल्याए। प्रत्येक मानिस जससित बाख्राका भुत्ला अनि सुकाएको बाख्राको छाला अथवा मिहीन छाला थियो ती छालाहरू परमप्रभुलाई चढाउन ल्याए। 24 प्रत्येक जोसँग चाँदी अथवा काँसा थियो परमप्रभुकहाँ विशेष भेटीहरू स्वरूप चढाए। जोसँग बबुलको काठ थियो यो काममा प्रयोग गराउनु ल्याए। 25 प्रत्येक निपुण स्त्रीहरूले मसिनो सुती कपडा, निलो, बैजनी अनि रातो धागो बनाए। 26 ती सबै स्त्रीहरू जो निपुण थिए अनि सहायता गर्न चाहन्थे तिनीहरूले पनि बाख्राको भुत्लाबाट लुगाहरू बनाए।
27 नायक मानिसहरूले पनि गोमेद अनि र अन्य रत्नहरू ल्याए। यी रत्नहरू एपोद अनि न्याय थैलीमाथि लगाए। 28 मानिसहरूले मसला र भद्राक्षको तेल पनि ल्याए। ती चीजहरू सुगन्धित धूप, अभिषेक तेल बत्तीको निम्ति तेल प्रयोग गरियो।
29 इस्राएलका सारा मानिसहरू जसले भेटी चढाउने इच्छा गर्थे तिनीहरू सबैले परमप्रभुलाई भेटी चढाउने चीजहरू ल्याए। सम्पूर्ण हृदयले आफूलाई इच्छा लागेको चीजहरू चढाए। परमप्रभुले मोशा र इस्राएली मानिसहरूलाई बनाउनु भन्नु भएको चीजहरू बनाउन थालियो।
बजलेल र ओहोलीआब
30 तब इस्राएली मानिसहरूलाई मोशाले भने, “हेर, यहूदा कुल समूहका ऊरीका छोरो बजलेललाई परमप्रभुले चुन्नु भयो। (ऊरी हुरका छोरा हुन्।) 31 परमप्रभुले बजलेलमा परमेश्वरको आत्मा भर्नु भयो। उहाँले बजलेललाई सब प्रकारको सीप र ज्ञान दिनुभएको छ। 32 उसले सुन, चाँदी अनि पीतलमा कसरी आकार बनाउनु पर्छ जान्दछ। 33 उसले पत्थर तथा गहनाहरू चाहिए अनुसार कुँद्न सक्छ। उसले काठमा खोप्न अनि काठबाट सबै प्रकारको चीजहरू बनाउन सक्छ। 34 परमप्रभुले बजलेल र ओहोलीआबलाई विशेष सीप दिनु भएकोछ र तिनीहरूले अरू मानिसहरूलाई पनि सिकाउन सक्छन्। (ओहोलीआब दान कुल समूहका अहीसामाकको छोरो हो।) 35 परमप्रभुले तिनीहरूलाई काठ र धातुमा। कुँद्ने र बुट्टा बनाउने अनि निलो, बैजनी अनि रातो धागोबाट लुगा अनि मिहीन सुती लुगा बनाउने सीप दिनु भएको छ।
36 “यसकारण बजलेल, ओहोलीआब अनि अरू सबै निपुण कर्मीहरूलाई आज्ञा परमप्रभुले दिनुभएको अनुसारका चीज बनाउनु पर्छ। परमप्रभुले पवित्र स्थान बनाउन आवश्यक पर्ने चीज बनाउनु ती निपुण कर्मीहरूलाई सीप दिनु भयो।”
2 त्यसपछि मोशाले बजलेल, ओहोलीआब अनि अरू सबै निपुण मानिसहरूलाई बोलाए ज-जसलाई परमप्रभुले विशेष ज्ञान दिनुभएको थियो। ती मानिसहरू पनि आए किनभने तिनीहरूले यो काममा सहायता गर्न चाहन्थे। 3 मोशाले तिनीहरूलाई ती सब चीजहरू दिए जो इस्राएली मानिसहरूले परमप्रभुको निम्ति उपहार स्वरूप ल्याएका थिए अनि तिनीहरूले ती सबै चीजहरू पवित्र स्थान निर्माण गर्न प्रयोग गरे। मानिसहरूले प्रत्येक बिहान भेटीहरू ल्याए। 4 आखिरमा ती सबै कर्मीहरूले तिनीहरूले गर्दै गरेको काम रोके। तिनीहरू मोशाकहाँ गए र भने, 5 “मानिसहरूले उपहारहरू धेरै ल्याए। अहिले हामीसँग परमप्रभुले आज्ञा गर्नु भए अनुसार चीजहरू बनाउन चाहे भन्दा प्रशस्त समानहरू छन्।”
6 तब मोशाले पुरै छाउनीमा यो समाचार पठाए, “अब कुनै पनि पुरूष अथवा स्त्रीले पवित्र स्थानका निम्ति केही पनि भेटी ल्याउनु पर्दैन।” यसकारण मानिसहरूले भेटीहरू ल्याउन रोके। 7 मानिसहरूले आवश्यक भन्दा बेशी भेटीहरू पठाए।
पवित्र पाल
8 तब निपुण कर्मीहरूले पवित्र पाल निर्माण गर्न शुरू गरे। तिनीहरूले मसिनो सुतीको कपडा अनि निलो, बैजनी अनि रातो धागोहरू बाट दशवटा पर्दाहरू बनाए। तिनीहरूले प्रत्येक पर्दाहरूमाथि करूब स्वर्गदूतको बुट्टा बनाए। 9 त्यहाँ बनिएका प्रत्येक पर्दा एउटै नापको थिए। 28 हात लामो अनि 4 हात चौंडाई भएको। 10 ती कर्मीहरूले पाँचवटा पर्दाहरूलाई जोडेर एउटा बनाए, अनि तिनीहरूले अर्को पाँचवटा पर्दाहरूलाईसँगै जोडेर अर्को एउटा पर्दा बनाए। 11 पहिलाको पर्दाको अन्तिम किनारमा सुर्काउनी बनाउन तिनीहरूले निलो लुगा प्रयोग गरे। तिनीहरूले अर्को समूहको अन्तिममा पनि त्यसै गरे। 12 एक समूहको अन्तिम पर्दामा पचास सुर्काउनी र अर्को समूहको अन्तिम पर्दामा पनि पचास सुर्काउनीहरू थिए। सुर्काउनीहरू एकार्को थिए। 13 त्यसपछि तिनीहरूले सुनका पचासवटा अंकुसेहरू ती दुइ पर्दालाई जोडन बनाए अनि यसरी पवित्र पालसँगै जोडिएर एउटै भयो।
14 त्यसपछि कर्मीहरूले पवित्र पाल ढाक्नको निम्ति अर्को एउटा पाल बनाए। तिनीहरूले एघारवटा पर्दाहरू बनाउन बाख्राको भुत्ला प्रयोग गरे। 15 तीस हात लामो अनि चार हात चौंडा सबै पर्दाहरू एउटा नापका बनाए। 16 ती कर्मीहरूले पाँचवटा पर्दा जोडेर एउटा ठूलो र फेरि छ वटा पर्दा जोडेर अर्को समूह बनाए। 17 एक समूहको आखिरी पर्दीको अन्तिम किनारामा तिनीहरूले पचासवटा प्वालहरू पारे अनि अर्को समूहको अन्तिम किनारामा पनि पचासवटा प्वालहरू पारे। 18 ती दुइ समूहका पर्दाहरू जोडेर एउटा पाल बनाउन तिनीहरूले काँसाको पचासवटा अंकुसे बनाए। 19 तब तिनीहरूले पवित्र पालको निम्ति अझ दुइवटा आवरणहरू बनाए। एउटा आवरण रातो रंगले रंगाएको भेंडाको छालाबाट अनि अरू नरम छालाहरूबाट बनाए।
20 तब तिनीहरूले बबुल काठको फल्याकहरू पवित्र स्थानलाई सहायता गर्न बनाए। 21 प्रत्येक फल्याक दश हात लामा अनि एक हात आधा चौंडाइको थियो। 22 प्रत्येक फल्याक बनाउँदा दुइवटा खम्बाहरू एका अर्कोमा बाख्राको भुत्लासित जोडिएका थिए। यी सबै फल्याकहरू पवित्र स्थानको निम्ति थिए। 23 पवित्र स्थानको दक्षिण पट्टिको निम्ति तिनीहरूले बीसवटा फल्याकहरू बनाए। 24 त्यसपछि तिनीहरूले चालीसवटा चाँदीको आधारहरू बनाए तिनीहरूले दुइवटा आधारहरू प्रत्येक फल्याकमा लगाए। 25 तिनीहरूले पवित्र पालको उत्तर पट्टिको निम्ति पनि बीसवटा फल्याकहरू बनाए। 26 तिनीहरूले चालीसवटा आधारहरू बनाए, तिनीहरूले दुइवटा आधारहरू प्रत्येक फल्याकमा लगाए। 27 पवित्र पालको पश्चिम भागको तिनीहरूले अझै छःवटा फल्याकहरू तैयार गरे। 28 पवित्र पालको पछिल्तिरको कुनाको निम्ति पनि तिनीहरूले दुइवटा फल्याकहरू बनाए। 29 अनि यी फल्याकहरू तल सबै सँगै जोडिएका थिए। माथिल्लो भागमा कुनाका फल्याकहरू एउटा अंकुसेले जोडिएका थिए। ती कर्मीहरूले अरू कुनाका फल्याकहरू पनि त्यसरी नै जोडेका थिए। 30 यसकारण त्यहाँ जम्मा आठवटा फल्याकहरू अनि प्रत्येक फल्याकको दुइवटा आधारहरू थिए, जम्मा सोह्रवटा चाँदीका आधारहरू थिए।
31 कर्मीहरूले बबुलको काठ पवित्र पालको एक पट्टिको फल्याक पाँच पट्टी बनाउन प्रयोग गरे। 32 प्रयोग गरे अर्को पट्टिको फल्याकहरूको निम्ति पाँचवटा पट्टीहरू अनि पवित्र पालको पछि पट्टिको फल्याकहरूको पश्चिम पट्टि। 33 तिनीहरूले मध्य फल्याकहरूबाट एक कुना देखि अर्को कुनासम्म छिराएर पठाउनलाई बनाए। 34 तिनीहरूले यी फल्याकहरूलाई सुनले मोहोरे। तब तिनीहरूले पट्टी समात्नको निम्ति मुन्द्राहरू बनाए। तिनीहरूले बारहरूलाई सुनले मोहोरे।
35 तिनीहरूले महापवित्र स्थानका पर्दाहरू बनाउदा मिहीन निलो सुती लुगा बैजनी र रातो धागो प्रयोग गरे अनि तिनीहरूले मिहीन सूती लुगामाथि करूब स्वर्गदूतको चित्रमा बुट्टा भरे। 36 तिनीहरूले बबुल काठको चारवटा खम्बाहरू बनाएर सुनले मोहरे। ती खम्बाहरूका निम्ति सुनको अंकुसेहरू बनाए। तिनीहरूले ती खम्बाहरूको निम्ति चारवटा चाँदीका आधारहरू पनि बनाए। 37 त्यसपछि पवित्र पालको प्रवेशद्वार ढाक्न तिनीहरूले पर्दा बनाए। यस पर्दाको निम्ति मिहीन सूती अनि निलो, बैजनी अनि रातो धागो प्रयोग गरे र पर्दामा नक्शा सिलाए। 38 प्रयोग द्वारमाथि पर्दाको लागि तिनीहरूले पाँचवटा खम्बाहरू तथा अंकुसेहरू बनाएर खम्बाका सुर्काउनीहरू र पर्दाका खाम्बालाई सुनले मोहोरे। ती पाँचवटा खम्बाको लागि तिनीहरूले पाँचवटा आधारहरू बनाए।
करारको सन्दूक
37 बजलेलले बबुल काठको पवित्र सन्दूक बनाए। त्यो सन्दूकको लम्बाई दुइ हात आधा, चौंडाइ र उचाइ एक हात आधाको थियो। 2 त्यसको भित्र र बाहिर उसले सुनले मोहोर्यो उसले सन्दूकको वरिपरि सबैमा सुनको घेरा बनाए। 3 सन्दूकको एकपट्टि दुइवटा मुन्द्री लगाए। 4 उसले बबुल काठका डण्डाहरू बनाए अनि तिनीहरूलाई सुनले मोहोरी दियो। 5 उसले डण्डाहरू सन्दूकको दुवै भागमा भएका मुन्द्रीहरू भित्र घुसार्यो। यी डण्डाहरू सन्दूक बोक्न प्रयोग गर्थे। 6 तब सन्दूकको आवरण शुद्ध सुनले बनाए। यो दुइ हात आधा लामो अनि एक हात आधा चौंडाईको थियो। 7 तब आवरणको प्रत्येक छेउममा बजलेलले करूब स्वर्गदूतको सुनको दुइवटा आकृतिहरू कुँदे। 8 उनले एउटा करूब स्वर्गदूतलाई आसनको एक छेउमा राखे, उनले अर्को करूब स्वर्ग दूतलाई आसनको अर्को छेउमा राख्यो, र करूब स्वर्गदूतलाई आसनसित जोडे तिनीहरू एउटै भए। 9 करूब स्वर्गदूतका पखेंटाहरू आसनमाथि फैलिएका थिए, र तिनीहरूले त्यसलाई ढाकेका थिए। स्वर्गदूतहरू एक-अर्काका सम्मुख आसनभित्र हेरिरहेका थिए।
विशेष टेबल
10 बजलेलले बबुल काठबाट एउटा टेबल बनाए। यो टेबलको लम्बाई दुइ हात चौंडाइ एक हात अनि एक हात आधा उँचाई थियो। 11 उनले टेबललाई शुद्ध सुनले मोहोरी दिए अनि सुनको घेरा टेबलको वरिपरि बनाए। 12 उनले टेबलको वरिपरि चार औंलो ठूलो ताक्ता बनायो। उनले फल्याकको वरिपरि सबैतिर सुनले मोहोरी दियो। 13 फेरि उनले सुनको चारवटा मुन्द्रीहरू बनाए र त्यस टेबलको चारकुनामा र खुट्टाको छेउमा लगाए। 14 उनले फल्याकको नजिकै मुन्द्रीहरूलाई जोडे। डण्डाहरू मुन्द्रीहरूभित्र टेबल बोक्न लगाए। 15 तब उनले बबुल काठको डण्डा बनाए अनि यसलाई सुनले मोहोर्यो। ती डण्डाहरू टेबल बोक्नमा प्रयोग गर्थे। 16 त्यसपछि उनले टेबलमा प्रयोग गरिने वस्तुहरू थालहरू, धुपौरोहरू, कोपरा पेयबलि चढाउनको लागी गाग्री बनाए यी सबै शुद्ध सुनबाट बनाएका थिए।
सामदान
17 त्यसपछि उनले सामदान बनाए। उनले शुद्ध सुनलाई मार्तोलले कुटेर सामदानको आधार अनि डण्डा बनाए। तब उनले कोपिला, फूल र पत्र बनाएर एकै ठाँउ जोडे। 18 त्यो सामदानको एकापट्टि तीनवटा र अर्को तिर तीनवटा गरी जम्मा छ वटा शाखाहरू थिए। 19 प्रत्येक शाखामा तीनवटा फूलहरू थिए। यी फूलहरू वदामको फल जस्तै र त्यससित कोपिला र पत्रहरू पनि थिए। 20 त्यो सामदानको डण्डामा चारवटा फूलहरू थिए। तिनीहरूको आकार बदामको फूलसित कोपिला अनि पातहरू जस्ता थिए। 21 सामदानका दुइ पाटाबाट निकालिएको तीन तीनवटा गरी छ वटा शाखामा फूल, कोपिला र पत्रहरू थिए। ती फूलहरू शाखा निस्किएको ठाउँमा थिए। 22 सबै फूल सामदानका, हागाहरू शुद्ध सुनबाट बनाए। यी सबै भाग एउटै बनाउनलाई सँगै जोडिएका थिए। 23 उनले सामदानको निम्ति सातवटा दियोहरू बनाए। उनले शुद्ध सुनबाट सलेदो मिलाउने थाली बनाए। 24 उनले एक तोडा शुद्ध सुनको सामदान अनि सबै सामग्री बनाए।
धूप जलाउँनको निम्ति वेदी
25 बजलेलले वेदी बनाउनका लागि बबुल काठका उपयोग गरे। यो वेदी धूप बाल्नमा उपयोग हुन्थ्यो। यो एक हात लामो, एक हात चौंडा अनि दुइ हात उँचाईको थियो। यो वेदी वर्गकार थियो। प्रत्येक कुनामा एक-एकवटा गरी यस वेदीमा चावटा सींङहरू थिए। यी सींङहरू एउटै बनाउनलाई वेदीसित जोडिएको थियो। 26 उनले सिङहरूमाथि अनि सींङका पाटाहरू शुद्ध सुनर त्यसपछि वेदीको वरिपरि सुन पगालेर घेरा ठोके। 27 उनले सुनको दुइवटा मण्डपहरू बनाएर वेदीको दुवै पट्टि मोहोरेको भित्र जोडीदिए। यी मुन्द्रीहरू वेदी उठाएर कतै लाँदा डण्डाहरू घुसार्ने काममा प्रयोग हुन्थे। 28 उनले त्यसपछि बबुल काठको डण्डा बनाएर त्यसलाई सुनले मोहोरे।
29 त्यसपछि उनले अभिषेक गर्ने पवित्र तेल अनि सुगन्धित शुद्ध धूप बनाए। उनले सबै चीजहरू सुगन्धित अत्तर बनाउनेले झैं बनाए।
होमबलिको निम्ति वेदी
38 त्यसपछि बजलेलले होमबलिको निम्ति बबुल काठको एउटा वेदी बनाए। यो वेदी पाँच हात लामो, पाँच हात चौंडा अनि तीन हात अग्लो थियो। 2 उनले यस वेदीको चार कुनामा लगाउन चारवटा सींङहरू बनाए। उनले वेदीलाई काँसाले मोहरे। 3 त्यसपछि उनले त्यस वेदीमा प्रयोग गरिने हतियारहरू सबै काँसाकै बनाए। उनले भाँडाहरू, करूबहरू, काँटा र तावाहरू सबै काँसाको बनाए। 4 त्यसपछि उनले वेदीको निम्ति एउटा जाली बनाए अनि यसको मनि उसले किनारा राख्यो। यो वेदीको आधा भागसम्म पुगेको थियो। 5 त्यसपछि उनले डण्डाहरूलाई समात्न चारवटा काँसाको मुन्द्रीहरू बनायो। यी मुन्द्रीहरू चार किनाराहरूमा थिए। 6 उसले वेदी बोक्ने डण्डा बबुल काठका बनाएर त्यसलाई काँसाले मोहरे। 7 वेदी बोक्न मुन्द्रीहरूमा डण्डा हाले। वेदी रित्तो सन्दूक झैं खोक्रो फल्याकले बनिएको थियो।
8 उनले काँसाको बाटा र त्यसलाई अडाउने आधारहरू बनाए। उनले काँसाको ऐना बनायो जुन ती आइमाईहरूले चढाएका थिए। यी आइमाईहरू भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्थे।
पवित्र पाल वरिपरिको आँगन
9 उनले सबै आँगनको वरिपरि पर्दाहरूको पर्खाल बनाए। दक्षिणति एक सय हात लामो पर्दाहरू पर्खाल बनाए। पर्दाहरू मिहीन सुती लुगाको बनाए। 10 बीसवटा खम्बाहरूले दक्षिण तिरको पर्दाहरूलाई सहारा दिएको थिए। ती खम्बाहरू बीसवटा काँसाका आधारहरूमाथि थिए। खम्बाहरू र पर्दाको डण्डाको निम्ति अंकुसेहरू चाँदीले बनिएका थिए। 11 आँगनको उत्तर तिर एक सय हात लामो पर्दाहरूको बार जस्तो थियो। त्यहाँ पनि बीसवटा खम्बाहरू र तिनीहरूलाई अड्याउन बीसवटा खम्बाको निम्ति काँसाका आधारहरू थिए। खम्बा र पर्दाको डण्डाको निम्ति अंकुसेहरू चाँदीले बनिएका थिए।
12 आँगनको पश्चिम तिर पचास हात लामा पर्दाहरूको बार थियो। त्यहाँ दशवटा खम्बाहरू र दशवटा आधारहरू थिए। खम्बाहरू र पर्दाको लागि अंकुसहरू चाँदीका बनाएको थिए
13 आँगनको पूर्व पट्टिको लम्बाई पचास हात थियो। आँगनको प्रवेशद्वार यही दिशामा थियो। 14 प्रवेशद्वारको एकापट्टि भएको पर्दाको पर्खालको लम्बाई पन्ध्र हात थियो। त्यता पट्टि तीनवटा खम्बा र तीनवटा आधारहरू थिए। 15 प्रवेशद्वारको अर्को तिरको पर्खालको लमाई पनि पन्ध्र नै थियो। त्यहाँ पनि तीनवटा खम्बा र तीनवटा आधारहरू थिए। 16 आँगन वरिपरि लगाइएका पर्दाहरू मिहीन सुती लुगाले बनिएका थिए। 17 खम्बाको निम्ति आधारहरू काँसाको बनिएका थिए। अंकुसेहरू र पर्दाका डण्डाहरू चाँदीले बनिएका थिए। खम्बाकोमाथिल्लो भाग चाँदीले मोहोरेको थियो। आँगनमा लगाइएका सबै खम्बाका पर्दामा चाँदीको डण्डाहरू लगाइएका थिए।
18 आँगनको मूलद्वारमा लगाइएका पर्दाहरू मिहीन सुती लुगाले बनिएको र रातो, बैजनी र निलो धागोले बुटा भरेका थिए। पर्दाहरूमा बुट्टा बनाइएको थियो। आँगन वरिपरिका पर्दा बीस हात लामो र पाँच हात अग्ला थिए। 19 यो पर्दालाई काँसाको आधारमा उभ्याइएका चारवटा खम्बाहरूमा अंकुसेहरू थियो। खम्बाहरूसित लगाइएको अङकुसेहरू चाँदीका थिए। पर्दाका डण्डाहरू र खम्बाका शिरमा चाँदीले मोहोरिएका थिए। 20 पवित्र पालको र आँगन वरिपरि लगाइएका पर्दाका कीलाहरू काँसाले बनिएका थिए।
21 पवित्र पालमा प्रयोग गरिएका सबै चीजहरूको सूची बनाउन मोशाले लेवी मानिसहरूलाई आज्ञा दिए। जस्तै करारको मण्डप हारूनका छोरो ईतामार त्यो सूची बनाउने मानिस थियो।
22 यहूदा वंशको नाति अनि ऊरीका छोरो बजलेलले प्रत्येक चीज मोशालाई परमप्रभुले दिनु भएको आज्ञा अनुसार बनाए। 23 दान वंशको अहीसामाकको छोरो ओहोलीआबले पनि उसलाई सहायता पुर्याए। ओहोलीआब एक शिल्प कर्मी तथा चित्रकार थिए। ऊ पनि मसिनो सुतीको कपडा अनि निलो, बैजनी अनि रातो धागोले बुट्टा बुन्न निपुण थिए।
24 पवित्र स्थान निर्माण गर्न उनन्तीस तोडा र सात सय तीस शेकेलभन्दा ज्यादा सुन परमप्रभुलाई बलिदानको रूपमा भेटी चढाए। (यो ओजन मन्दिरका अधिकारी अनुसार थियो।)
25 सबै गन्ती गरिएका मानिसहरूले लगभग एक सय तोडा अझै एक हजार सात सय पचत्तर शेकेल चाँदीहरू चढाए। (अधिकारीहरू द्वारा गरिएको ओजन) 26 त्यहाँ छ लाख तीन हजार पाँच सय पचास जना मानिसहरू (बीस बर्ष अथवा त्यो भन्दा ज्यादा उमेर मानिसहरूको गन्ती गरिएको थियो।) प्रत्येक मानिसले अधिकारीले प्रयोग गरेको ओजन अनुसार आधा शेकेल चाँदी तिर्नु पर्थ्यो। 27 परमप्रभुको पवित्र पाल अनि पर्दाहरूको निम्ति एक सय आधारहरू बनाउँदा तिनीहरूले एक सय तोडा चाँदी प्रयोग गरे। तिनीहरूले प्रत्येक आधारको निम्ति एक तोडा चाँदी खर्च गरे। 28 थोरैभन्दा थोरै सत्र सय पचहत्तर शेकेल चाँदी पर्दाको निम्ति अंकुसेहरू बनाउन र खाम्बाहरू मोहोर्न प्रयोग गरे।
29 अनि सत्तर तोडा अनि दुइ हज्जार चार सय शेकेल काँसा भन्दा वेशी परमप्रभुका निम्ति चढाईयो। 30 त्यो काँसा भेट हुने पालको प्रवेशद्वारको आधारहरू बनाउनमा प्रयोग गरे। तिनीहरूले पीत्तलको वेदी, काँसाको जाली र वेदीमा चाहिने समानहरू बनाए। 31 काँसा आँगन वरिपरि र प्रवेश द्वारको पर्दाहरूको निम्ति आधारहरू बनाउन पनि प्रयोग गरे। अनि पवित्र पालको कीलाहरू र आँगन वरिपरिका पर्दाको कीलाहरू बनाउँदा पनि प्रयोग गरे।
पूजाहारीहरूका विशेष पोशाकहरू
39 पूजाहारीहरूले पवित्र स्थानमा सेवा गर्दा लगाउने विशेष लुगाहरू बनाउदा ती चित्रकारहरूले निलो, बैजनी अनि राता धागोको प्रयोग गरे। परमप्रभुले मोशालाई आज्ञाहरू दिए अनुसार तिनीहरूले हारूनको निम्ति विशेष लुगाहरू बनाए।
एपोद
2 तिनीहरूले एपोद सुनको धागो, मिहीन सुतीको लुगा अनि निलो, बैजनी र रातो धागोले बनाए। 3 तिनीहरूले सुनलाई पिटेर पातलो च्याप्टो पारे अनि त्यसलाई काटेर धागो बनाए। तिनीहरूले यी धागोलाई दक्षतापूर्वक मसिनो सुतीको लुगा अनि निलो, बैजनी र रातो धागोहरूसित मिलाएर काम गरे। 4 तिनीहरूले एपोदको निम्ति काँधको टुक्वाहरू बनाए अनि एपोदको दुइवटा छेऊ बाँधिदिए। 5 एपोद जस्तै तिनीहरूले यो मिहीन सुती लुगा सुनको धागो, निलो बैजनी अनि रातो धागोले बनाए। तिनीहरूले यसलाई परमेश्वरले मोशालाई आज्ञा दिनु भए अनुसार बनाए।
6 ती शिल्पकारहरूले एपोदको सुनको घेराहरूमा गोमेद पनि लगाए। त्यसका मणिहरूमा तिनीहरूले इस्राएलीहरूको छोराको नाउँ कुँदे। 7 तिनीहरूले यी मणिहरू एपोदको कुमका टुक्राहरूमा जोडिदिए। यी मणिहरूले परमेश्वरलाई इस्राएलीहरूको सम्झना गराउँछन्। तिनीहरूले त्यही गरे जो परमप्रभुले मोशालाई आज्ञा दिनु भएको थियो।
न्यायको छाती-पाता
8 तब तिनीहरूले न्यायको थैली बनाए। एपोद झैं यो निपुणता पूर्वक बनाए। यो सुनको धागो, मसिनो मिहीन सुती लुगा, निलो, बैजनी र रातो धागोले बनाइएको थियो। 9 न्यायको छाती-पाता वर्गादार जेब बनाउन पट्टाएर आधा बनाइएको थियो। यो एक बित्ता लामो अनि एक बित्ता चौंडाको थियो। 10 त्यसपछि कर्मीहरूले न्यायको छाती-पातामाथि सुन्दर रत्नहरूको चार लहर गरी मणि लगाए। पहिलो लहरमा माणिक, पुष्पराज र पन्ना थियो। 11 दोस्रो लहरमा नीर लाल हीरा थियो। 12 तेस्रो लहरमा धमकान्त, सूर्यकान्त र मर्तिस थियो। 13 अनि चौथोमा लहर पिरोज, गोमेद र स्फटिकको थियो। यी मणिहरू सुन कुँदिएका थिए। 14 न्यायको छाती-पाता भित्र बाह्रबटा रत्नहरू थिए। त्यहाँ एउटा रत्न इस्राएलीको प्रत्येक वंशका निम्ति थियो। प्रत्येक इस्राएलीको नाउँ एउटा रत्नमाथि खोपिएको थियो।
15 न्यायको छाती-पाताको निम्ति कर्मीहरूले शुद्ध सुनका दुइवटा साङ्गली बनाए। ती साँङ्गलीहरू डोरी झैं बटारिएका थिए। 16 तिनीहरूले सुनको दुइवटा मुन्द्रीहरू बनाए न्यायको थैली दुइ कुनामा अड्काए। तिनीहरूले सुनको दुइवटा घेराहरू (कुमामाथि एपोदको लागि टुक्राहरू) बनाए। 17 तिनीहरूले थैलीको कुनाहरूमा सुनको मुन्द्रीहरूबाट साँङ्गली हाले। 18 तिनीहरूले सुनको साँङ्गलीको अर्को पट्टिको अन्त कुमको जोडेको घेरा सुनमा लगाए। तिनीहरूले यो एपोदको अघिल्लो भागमा बाँधे। 19 तिनीहरूले न्यायको छाती-पातामा अन्य दुइ कुनामा अरू दुइवटा सुनको मुन्द्रीहरू जोडे। यो एपोदको छेउमा न्यायको छाती-पाताको किनारा भित्रपट्टि थियो। 20 तिनीहरूले सुनका दुइवटा मुन्द्रीहरू एपोदको काँधको टुक्रामा लगाए। यो मुन्द्रीहरू गाँसिने ठाउँको छेउमा पेटीको अलिकतिमाथि थियो। 21 त्यसपछि तिनीहरूले न्याय थैलीमाथिको मुन्द्रीहरूदेखि एपोदमाथिको मुन्द्रीहरू बाँध्न निलो डोरी प्रयोग गरे। यसप्रकारले न्याय थैली एपोदसित बलियोसँग बाँध्न सकिन्थ्यो। तिनीहरूले प्रत्येक चीज परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार नै गरे।
पूजाहारीहरूको निम्ति अन्य पोशाकहरू
22 त्यसपछि तिनीहरूले एपोदको निम्ति लबेदा बनाए। निपुण शिल्पकारले बुनेको निलो लुगाबाट तिनीहरूले यो लबेदा बनाए। 23 लबेदाको बीचमा तिनीहरूले एउटा दुलो पारे अनि त्यस दुलोको वरिपरि एउटा लुगाको टुक्रा लगाएर सिलाए जसले गर्दा त्यो दुलोको छेऊ नच्यातियोस्।
24 तिनीहरूले मसिनो गरी बाटेको सुतीको लुगा अनि निलो, बैजनी अनि राता धागाहरू प्रयोग गरेर सबै लुगाको फेरा वरिपरि दारिमहरू बनाए। 25 फेरि तिनीहरूले शुद्ध सुनका घण्टीहरू बनाए अनि तिनीहरूले ती घण्टीहरूलाई लुगाको फेरोमा दारिमहरूको बीचमा झुण्डाइदिए। 26 परमप्रभुले मोशालाई दिनु भएको आज्ञा अनुसार नै तिनीहरूले घण्टीहरू अनि दारिमहरू एकपछि अर्को गर्दै पोशाकको फेरोमा वरिपरि झुण्ड्याईदिए।
27 निपुण शिल्पकारहरूले हारून र तिनका छोराहरूको निम्ति कमेजहरू बुने। यी कमेजहरू मसिनो सुती कपडाबाट बनिएका थिए। 28 ती शिल्पीहरूले मसिनो सुती लुगाले फेटाहरू पनि बनाए। टोपी अनि भित्री लुगाहरू पनि तिनीहरूले मिहीन सुती लुगाबाट बनाए। 29 जस्तो मोशालाई परमप्रभुले आज्ञा दिनु भएको थियो, तिनीहरूले मसिनो सुतीको लुगा, निलो, बैजनी अनि रातो कातेको धागो लगाएर बुट्टा भरेको पेटी बनाए।
30 तब तिनीहरूले शुद्ध सुनबाट पवित्र मुकुटमा लगाउने पातो बनाए त्यस पातोमाथि यी शब्दहरू खोपे: परमप्रभुको निम्ति पवित्र। 31 तिनीहरूले पातोलाई निलो डोरीले बाँधे, तब तिनीहरूले निलो डोरीले फेटामा बाँधे परमप्रभुले मोशालाई आज्ञा दिए जस्तै गरे।
मोशा पवित्र पाल निरीक्षण गर्छन्
32 परमप्रभुले आज्ञाहरू दिनु भए अनुसार नै इस्राएलीहरूले पवित्र पाल, अर्थात् भेटहुने पाल निर्माण समाप्त गरे। 33 तब तिनीहरूले समाप्त भएका सबै कुराहरू मोशाकहाँ ल्याए जस्तै पवित्र पाल अनि पालहरू भित्रको सबै चीजहरू अंकुसेहरू, बारहरू, फल्याकहरू र आधार खाम्बाहरू। तिनीहरूले मोशालाई पाल छोप्न रातो रङ्गाले रङ्गाएको भेंडाको छालाले बनाएको ढकनी देखाए। 34 तिनीहरूले मोशालाई बाख्राको सुकेको रातो छालाले बनिएको पाल छोप्ने सील छालाबाट बनाइएको पर्दा देखाए। अनि तिनीहरूले अति पवित्र स्थानको प्रवेशद्वार ढाक्ने पर्दा पनि मोशालाई देखाए।
35 तिनीहरूले मोशालाई करारको सन्दूक देखाए। तिनीहरूले तिनलाई सन्दूक बोक्ने डण्डाहरू, सन्दूकको कृपा-आसान पनि देखाए। 36 तिनीहरूले उनलाई टेबल अनि यसको सबै भाँडा-वर्तनहरू र विशेष रोटी पनि देखाए। 37 तिनीहरूले मोशालाई शुद्ध सुनले बनिएको सामदान दियोहरू, सामदानको निम्ति प्रयोग गरिने सबै सामानहरू अनि बत्तीहरू बाल्नको निम्ति तेल देखाए। 38 तिनीहरूले मोशालाई सुनको वेदी, अभिषेक गर्ने तेल, सुगन्धित धूप पालमा जाने द्वार र ढाक्ने पर्दा पनि देखाए। 39 तिनीहरूले उनलाई काँसाको वेदी, काँसाको कोरेसो अनि (वेदी बोक्न प्रयोग हुने) डण्डाहरू देखाए। तिनीहरूले उनलाई वेदीमा प्रयोग गरिने प्रत्येक चीजहरू देखाए तिनीहरूले उसलाई हात खुट्टा धुने कचौरा अनि यसको आधार देखाए।
40 तिनीहरूले मोशालाई आँगनको निम्ति पर्दाहरू, यसको खम्बाहरू, खम्बाको आधारहरू, आँगनको प्रवेशद्वारका निम्ति पर्दा र डोरीहरू, पाल-कीलाहरू अनि पवित्र स्थान जुन भेट हुने पाल हो त्यहाँ चाहिने सबै चीजहरू देखाए।
41 त्यस पवित्र क्षेत्रमा सेवा गर्ने पूजाहारीहरूका निम्ति जुन तिनीहरूले बुनेर बनाएका पोशाकहरू थिए ती मोशालाई देखाए। तिनीहरूले हारून र उसका छोराहरूका निम्ति बनाइएका विशेष पोशाकहरू पनि मोशालाई देखाए। ती लुगाहरू तिनीहरूले पूजाहारी भई सेवा गर्दा लाउनु पर्दथ्यो।
42 इस्राएली मानिसहरूले प्रत्येक चीज नै परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार गरे। 43 जब मोशाले प्रत्येक चीजहरू परमप्रभुले आज्ञा गरे अनुसार मानिसहरूले बनाएको देखे, उनले तिनीहरूलाई आशीर्वाद दिए।
मोशा पवित्र पाल स्थापना गर्छन्
40 तब परमप्रभु मोशालाई भन्नु हुन्छ, 2 “पवित्र पाललाई जुन भेट हुने पाल पनि भनिन्छ पहिलो महीनाको पहिलो दिन स्थापना गरिनु पर्छ। 3 पवित्र पालभित्र करारको सन्दूक राखेर त्यसलाई पर्दाले ढाकिदेऊ। 4 त्यसपछि टेबल ल्याऊ र त्यसमाथि राखिनु पर्ने प्रत्येक चीज राख। सामदानलाई पालभित्र ल्याऊ अनि त्यसमा दियोहरू जलाऊ। 5 धूप चढाउनलाई सुनको वेदीको पालभित्र राख। वेदीलाई करारको सन्दूक अघि राख। तब पवित्र पालको प्रवेशद्वारमा पर्दा लगाऊ।
6 “तब होम बलिको लागि पवित्र पालको प्रवेशद्वारमा जसलाई भेट हुने पाल पनि भनिन्छ वेदी राख। 7 भेट हुने पाल र वेदीको बीचमा बाटा राख। त्यस बाटामा पानी हाल। 8 आँगनको वरिपरि पर्दाको पर्खाल लगाऊ। तब आँगनको प्रवेश द्वारको अघि पर्दा लगाऊ।
9 “अभिषेक गर्ने तेल लिएर पाल तथा त्यसमा भएका प्रत्येक चीजलाई अभिषेक गर। यदि तिमीले ती सबै चीजमा अभिषेक तेलले अभिषेक गरेर तिनीहरू सबैलाई पवित्र पार्नेछौ। 10 होमबलिको वेदीमाथि अनि वेदीको निम्ति प्रयोग गरिने सबै चीजहरूमा तेल छर्क। यसले ती सबै चीजहरूलाई पवित्र अनि वेदी अति पवित्र बनाउँछ। 11 बाटा र त्यस मुनिको आधार पवित्र पार्न तिनीहरूमाथि अभिषेक गर।
12 “हारून र तिनका छोराहरूलाई भेट हुने पालको प्रवेश द्वारमा ल्याएर पानीले नुहाउन लगाऊ। 13 त्यसपछि हारूनलाई विशेष लुगा लगाई पवित्र पार्न तेलले अभिषेक गर। त्यसपछि उसले पूजाहारी भई मेरो सेवा गर्न सक्छ। 14 त्यसपछि उसका छोराहरूलाई लुगा लगई देऊ। 15 छोराहरूलाई पनि बुबालाई गरेकै प्रकारले अभिषेक गरिदेऊ। तब तिनीहरूले पनि पूजाहारी भई मेरो सेवा गर्न सक्छन्। जब तिमी तिनीहरूलाई अभिषेक गर्छौ तब तिनीहरू पूजाहारी हुन्छन्। भविष्यमा पनि त्यो परिवार पूजाहारी नै भइरहनेछ।” 16 परमप्रभुले आज्ञा गर्नु भए अनुसार नै मोशाले प्रत्येक चीज गरे।
17 त्यसकारण पवित्र पाल ठीक समयमा स्थापन गरियो। इस्राएलीहरूले मिश्र छोडेको यो दोस्रो बर्षको पहिलो महीनाको पहिलो दिन थियो। 18 मोशाले पवित्र पाल स्थापित गरे। तिनले पहिले आधारहरू राखे अनि त्यसपछि आधारहरूमाथि फल्याकहरू राखे। तब उसले बार र तक्ताहरू भित्र लगाए अनि खम्बाहरू ठडाए। 19 तब मोशाले पवित्र पालमाथि कृपा-आसान राखे परमप्रभुले दिनु भएको आज्ञा अनुसार तिनले यसो गरे।
20 मोशाले करार पत्र पवित्र सन्दूकभित्र राखे। मोशाले सन्दूकमाथि डण्डाहरू राखे अनि ढकनीले ढाके। 21 तब मोशाले पवित्र सन्दूक पवित्र पालभित्र राखे अनि यसको अघि पर्दा झुण्डाइदिए। यस प्रकारले पर्दा पछाडी करारको सन्दूकलाई तिनले सुरक्षित पारे। तिनले परमप्रभुले दिनु भएको निर्देशन अनुसार गरे। 22 तब मोशाले भेट हुने पालमा टेबल राखे। यो तिनले पवित्र सन्दूकको उत्तर तिर राखे। यो तिनले पवित्र पालभित्र पर्दाको अघाडी राखे। 23 तब उनले टेबलमाथि परमप्रभुको सामने रोटी राखे। तिनले परमप्रभुले तिनलाई दिनु भएको आज्ञा अनुसार यसो गरे। 24 उनले सामदान भेट हुने पालको दक्षिण भागमा टेबलको अघाडी राखे। 25 उनले परमप्रभुको अघि दियोहरू बाले। तिनले यी सब कामहरू परमप्रभुले तिनलाई दिनु भएको आज्ञा अनुसार गरे।
26 तब तिनले सुनको वेदी भेट हुने पाल भित्र राखे। वेदी पर्दाको अघिललातिर राखे। 27 तब तिनले वेदीमा सुगन्धित धूप बाले। उनले यो परमप्रभुले दिनु भएको आज्ञा अनुसार गरे। 28 तब मोशाले पवित्र पालको प्रवेश द्वारमा पर्दा लगाए।
29 मोशाले होमबलिहरूका निम्ति वेदीलाई पवित्र पालको, (जसलाई भेट हुने पाल पनि भनिन्छ) प्रवेशद्वारमा राखे। उनले वेदीमाथि होमबलि र अन्नबलिहरू चढाए। उनले यो सबै परमप्रभुले आज्ञा गरे अनुसार नै गरे।
30 तब मोशाले बाटा भेट हुने पाल र वेदीको माझमा राखे। तिनले बाटामा हात धुनलाई पानी पनि राखे। 31 मोशा, हारून र तिनका छोराहरूले आफ्नो हात-खुट्टा धुन यो बाटामा प्रयोग गरे। 32 तिनीहरू भेट हुने पालमा पस्दा प्रत्येक पल्ट आफ्नो हात-खुट्टा धोए अनि त्यसरी नै तिनीहरू वेदी सामने जाँदा पनि हात-खुट्टा धोए। तिनीहरूले परमप्रभुले आज्ञा गरे अनुसार यसो गरे।
33 मोशाले पवित्र पालको आँगन वरिपरि पर्दा लगाए। तिनले आँगनमा वेदी राखे। अनि आँगनको प्रवेशद्वारमा पर्दा लगाए। मोशाले यी सबै काम समाप्त गरे।
परमप्रभुको महिमा
34 भेट हुने पाललाई बादलले ढाक्यो र परमप्रभुको महिमाले पवित्र पाल भरिपूर्ण भयो। 35 बादल त्यहाँ बसेकोले र पवित्र पालभित्र परमप्रभुको महिमा भरिएकोले मोशा भेटहुने पालभित्र जान सकेनन्।
36 जब बादल पवित्र पालबाटमाथि उठ्थ्यो इस्राएलीहरूले आफ्नो यात्रा शुरू गर्थे। 37 तर जब बादल पवित्र पालबाटमाथि उठ्दैनथ्यो भने मानिसहरू हिंड्ने चेष्टा गर्दैनथे। तिनीहरू बादल माथि नउठुन्जेलसम्म एकैठाउँमा बसिरहन्थे। 38 यसर्थ दिउँसो पवित्र पालमाथि परमप्रभुको बादल रहन्थ्यो अनि राती बादलमा आगो देखिन्थ्यो। यसर्थ जब यात्रा गर्थे समस्त इस्राएलीहरू बादल देख्न सक्थे।
© 2004, 2010 Bible League International