Print Page Options
Previous Prev Day Next DayNext

Bible in 90 Days

An intensive Bible reading plan that walks through the entire Bible in 90 days.
Duration: 88 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 शमूएल 12:11-22:18

11 “परमप्रभु यसो भन्नुहुन्छः ‘म तिमीमा विपत्ति ल्याइदिन्छु। त्यो विपत्ति आफ्नै परिवारबाट आउनेछ। म तिम्रो पत्नीहरूलाई तिम्रो एउटा धेरै नजिकका व्यक्तिलाई दिनेछु। त्यो मानिस तिम्री पत्नीहरूसँग सुत्नेछ र सबैले त्यो कुरा जान्नेछन्। 12 तिमी त गुप्त रूपमा बेतशेबासँग सुत्यौ। तर म तिमीलाई इस्राएलका मानिसहरूले थाहा पाउने गरी सजाय दिन्छु।’”

13 तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरूद्धमा पाप गरें।”

नातानले दाऊदलाई भने, “तिमीले यत्रो ठूलो पाप गरेर पनि परमप्रभुले क्षमा गर्नेछन्। तिमी मर्ने छैनौ। 14 तर तिमीले जे गर्यौ त्यसले गर्दा परमप्रभुका शत्रुहरूले उहाँलाई आदर गर्न छोडे। यही कारण तिम्रो काखको छोरा मर्नेछ।”

दाऊद र बेतशेबाको काखे नानी मर्छ

15 त्यसपछि नातान घर गए। परमप्रभुले दाऊद र उरियाहकी पत्नीबाट जुन छोरा जन्मियो, त्यसलाई साह्रै बिमारी बनाइदिनु भयो। 16 दाऊदले शिशुको निम्ति परमेश्वरमा प्रार्थना गरे। दाऊदले खान पिउन नै छोडे। उनी घर गएर भित्रै बस्न थाले। रातभरि भूइँमा नै लडिरहन थाले।

17 दाऊदका घरका ठूला बडाले दाऊदलाई बलपूर्वक उठाउन खोजे। तर दाऊद उठ्न मानेनन्। उनले खाना खान पनि मानेन्। 18 सातौं दिनको दिन शिशु मर्यौ। दाऊदका नोकरहरूले दाऊदलाई शिशु मरेको खबर भन्न साह्रै डराए। तिनीहरूले भने, “हेर्नुहोस्, शिशु जब जिउँदै थियो त्यस समय त हामीले दाऊदसँग कुरा गर्न सकेनौं। हाम्रो कुरा सुन्नै चाहानु भएन। यदि हामीले शिशु मरेको खबर दियौं भने आफैंले आत्महत्या गर्न सक्लान्।”

19 तर दाऊदले नोकरहरूले कानेखुशी गरेको थाहा पाए। तब दाऊदले शिशु मरेको अन्दाज गरे। यसैले दाऊदले नोकरलाई सोधे, “के शिशु मर्यो?”

नोकरहरूले जवाफ दिए, “ज्यू, मर्यो।”

20 त्यसपछि दाऊद भुइँबाट उठे। आफू स्नान गरे र लुगाहरू लगाए र तयार भए। त्यसपछि परमप्रभुको पवित्र स्थानमा आराधना गर्न गए। फर्केर आई खानेकुरा के छ भनेर मागे। नोकर चाकरले खाना टक्राए, तिनले खाए।

21 दाऊदका नोकरहरूले तिनलाई सोधे, “तपाईंले यसो किनगर्नु भयो? जबसम्म शिशु जिउँदै थियो तपाईंले केही पनि खानुभएन। तपाईं रोइरहनु भयो। तर जब शिशु मर्यो अनि उठेर खाना खानुभयो।”

22 दाऊदले भने, “जबसम्म शिशु जीवित रह्यो मैले केही खाइनँ र रोइमात्र रहें कारण मैले सोचें, ‘कसलाई थाहा छ? हुनसक्छ परमप्रभु मेरो निम्ति दुःखी हुनुहुन्छ र शिशुलाई बचाइराख्नु हुन्छ।’ 23 तर अहिले शिशु मर्यो। अब पनि म किन नखाई बस्ने? के म शिशुलाई जीउँदो पाउन सक्छु? सकिंदैन। कुनै दिन म त्यो भएकहाँ जाउँला, तर त्यो यहाँ मकहाँ आउन सक्दैन।”

सुलेमानको जन्म

24 त्यसपछि दाऊदले आफ्नी पत्नी बेतशेबालाई सान्त्वना दिए। तिनले पत्नीसँग शारिरीक सम्बन्ध पनि स्थापित गरे। बेतशेबा फेरि गर्भवती भइन्। अर्को छोरा जन्माइन्। दाऊदले छोराको नाउँ सुलेमान राखे। परमप्रभुले सुलेमानलाई प्रेम गर्नु भयो। 25 परमप्रभुले अगमवक्ता नातानद्वारा सन्देश पठाउनुभयो, नातानले सुलेमानको नाउँ यददीया राखे। नातानले परमप्रभुको निम्ति यसो गरे।

दाऊदले रब्बामाथि अधिकार जमाउँछन

26 रब्बा शहर अम्मोनीहरूको राजधानी थियो। योआबले रब्बामाथि लडाईं गरेर अधिकार जमाए। 27 योआबले दाऊदकहाँ दूतहरू पठाएर खबर भने, “मैले रब्बा बिरूद्ध लडाईं गरें। मैले पानीको शहर जितें। 28 अब अरू सैनिकहरू ल्याएर रब्बामाथि अधिकार जमाउनुहोस् नत्र यदि मैले शहरमाथि अधिकार जमाएँ भनें शहरको नाउँ मेरो आफ्नो नाममा हुनेछ।”

29 यसैले दाऊदले मानिसहरू भेला पारेर रब्बातिर लागे। तिनले रब्बामा धावा बोलेर आफ्नो अधिकार जमाए। 30 दाऊदले उनीहरूका राजाको मुकुट झिकिदिए। उक्त मुकुटको ओजन झण्डै एक तोडा[a] सुनको थियो। त्यसमा बहुमूल्य पत्थरहरू पनि जडित थिए। तिनीहरूले दाऊदको शिरमा उक्त मुकुट पहिर्याए। दाऊदले शहरबाट धेरै बहुमूल्य सम्पत्ति हात पारे।

31 दाऊदले रब्बा शहरदेखि मानिसहरू बाहिर ल्याए। तिनीहरूलाई आरा, गल र बञ्चरोहरूले काम गर्न लगाए। ईंटाको काम गर्न लगाए। दाऊदले सबै अम्मोनीहरूका शहरमा एउटै व्यवहार गरे। त्यसपछि दाऊद र तिनका फौज यरूशलेम फर्किए।

अम्नोन र तामार

13 दाऊदका अब्शालोम नामका एका छोरा थिए। अब्शालोमकी सानी बहिनी तामार नामकी थिई। तामार असाध्यै राम्री थिई। दाऊदका अर्का एकजना अम्मोन नाउँ गरेको छोरा थियो जसले तामारसँग प्रेम गरेको थियो। तामार कुमारी थिई। अम्नोनले उसको कन्यापन भ्रष्ट पार्न सक्छ भन्ने सोचेका थिएनन्। तरै पनि अम्नोनले उनलाई साह्रै चाहान्थ्यो। अम्नोनले उनलाई सधैँ सम्झिरहने भएकोले आफैं बिरामी भयो।

अम्नोनका एउटा मित्रको नाउँ योनादाब थियो जो शिमीका छोरा थिए। (शिमी दाऊदका दाजु थिए।) योनादाब साह्रै चलाख थिए। योनादाबले अम्मोनलाई सोधे, “प्रत्येक दिन तिमी दुब्लाउँदै गइरहेका छौ। तिमी त राजकुमार हौ। खान लाउनुको कुनै अभाव छैन, तरै पनि दुब्लाउँदै छौ? मलाई भन त! किन?”

अम्नोनले योनादाबलाई भने, “म तामारलाई प्रेम गर्छु। जो अब्शालोमकी बहिनी हुन् तर म तिमीहरूको सौतेलो भाइ हुँ।”

योनादाबले अम्नोनलाई भने, “ओछ्यानमा सुत र बिमारीले गरे झैं गर। त्यसपछि तिम्रा पिताजी तिमीलाई हेर्न आउनुहुन्छ। उहाँलाई भन, ‘दया गरी मेरी बहिनी तामारलाई आउन दिएर मलाई खाना खुवाउनु भन्नुहोस्। मेरै अगाडि खाना तयार गर्न लगाउनु होस्। म त्यो हेर्नेछु र उनकै हातले खाना खानेछु।’”

त्यसरी अम्नोन ओछ्यानमा लडेर बिमारीले जस्तै गर्न थाले। राजा दाऊद उसका छोरालाई हेर्न आए। अम्नोनले दाऊदलाई भने, “दया गरी तामार बहिनीलाई मेरो कोठा भित्र आउन अनुमति दिनुहोस्। दया गरी भनिदिनु होस् मेरो अघिल्तिर दुइवटा रोटी बनाइदिनुहोस्। त्यसपछि म तिनकै हातबाट खान्छु।”

दाऊदले तामारको घरमा दूतहरू पठाए। दूतहरूले तामारलाई भने, “तिम्रा दाइ अम्नोनका घर गएर खाना बनाइदिनु अरे।”

यसकारण तामार अम्नोनको घर गइन्। अम्नोन ओछ्यानमा लडिरहेका थिए। तामारले मुछेको आँटा हातमा लिएर थिच्दै रोटी पकाइदिइन्। अम्नोनले हेर्दा हेर्दै तिनीले रोटी बनाइन्। त्यसपछि तावाबाट रोटी निकालेर अम्नोनलाई भाग लगाइदिन्। तर अम्नोनले खान मानेनन्। अम्नोनले आफ्ना नोकरहरूलाई बाहिर जानु भने, यसैले सबै बाहिर गए।

अम्नोनले तामारलाई बलात्कार गर्छ

10 तब अम्नोनले तामारलाई भन्छन्, “सुत्ने कोठामा खाना ल्याएर मलाई आफ्नै हातले खुवाइदेऊ।”

त्यसरी तामारले आफूले बनाएको रोटी लिएर दाइको सुत्नेकोठामा गइन्। 11 उनले अम्नोनलाई खुवाउन मात्र थालेकी थिइन्, तर अम्नोनले उनको हात समाते। तिनले उनलाई भने, “बहिनी, आऊ मसँग सुत।”

12 तामारले अम्नोनलाई भनिन्, “होइन, दाजू! मलाई जबरजस्ती नगर्नुहोस्। यस्तो लाजमर्दो काम नगर्नुहोस्। यस्तो भयानक कार्य इस्राएलमा कहिले हुनैसक्दैन। 13 यस्तो लाजमर्दो अवस्थाबाट म कहिले पनि मुक्ति पाउने छैन। मानिसहरूले सोच्नेछन् तपाईं एउटा साधारण दुष्ट जस्तैं बन्नु भयो। दया गरी राजासँग भन्नुहोस्। उहाँले हामी दुवैलाई विवाह गर्न दिनुहुनेछ।”

14 तर अम्नोन तामारका कुरा सुन्न पटक्कै राजी भएनन्। तिनी तामार भन्दा बलिया थिए। उसले शारीरिक सम्बन्ध राख्न जबरजस्ती गरे। 15 त्यसपछि अम्नोनले तामारलाई घृणा गर्न थाले। पहिले जति माया गर्थे त्योभन्दा ज्यादा घृणा गर्नथाले। अम्नोनले तामारलाई भने, “उठेर यहाँबाट गइहाल।”

16 तामारले अम्नोनलाई भनिन्, “होइन! यसरी मलाई ननिकाल। तिमीले मलाई केही क्षण अघि जे गर्यौ त्योभन्दा खराब भएर जानेछ।”

तर अम्नोनले तामारका कुरा पटक्कै सुनेनन्। 17 अम्नोनले आफ्ना नोकरहरू बोलाए र भने, “अहिले नै यस केटीलाई कोठाबाट निकाल! त्यसपछि दैलो बन्द गर।”

18 अम्नोनका नोकरले तामारलाई निकालेर दैलो बन्द गरिदिए।

तामारले कन्यकेटीहरूले राजदरवारमा लगाउने लुगा जस्तो लामो बाहुला भएको रङ्गी-बिरङ्गी लुगा लगाएकी थिईन्। 19 तामारले लगाएका विभिन्न रंगको लुगा च्यातेर टाउकोभरि खरानी दलिन्। अनि टाउकोमा हात राखेर रून थालिन।

20 तब, तामारका दाजू अब्शालोमले तिनलाई भने, “के तेरो ठूलो दाजू अम्नोन तँसित थिए? उसले तँलाईं चोट पुर्यायो? अब, शान्त हो बहिनी। अम्नोन तेरै दाज्यू हो। अब यी कुरा तेरो हृदयमा नली।” त्यसपछि तामार चुप लागिन्। तिनी अपमानित स्त्री भई अब्शालोमको घरमा बसिन्।

21 राजा दाऊदले त्यो कुरा सुनेर साह्रै रिसाए तर दाऊदले तिनको पहिला जम्मेका अतिप्रिय छोरो अम्मोनलाई भड्काउँन चाहेनन् यसकारण केही गरेनन्। 22 अब्शालोमले अम्नोनलाई घृणा गर्नथाले। अम्नोनका बारे अब्शालोमले राम्रो-नराम्रो कुनै कुरै गरेनन्। आफ्नी बहिनीलाई अम्नोनले व्यविचार गरेको हुनाले घृणा गरे।

अब्शालोमको प्रतिशोध

23 दुइ बर्ष पछि केही मानिसहरू बाल्हासोरमा अब्शालोमका भेंडाका ऊन कात्रन आए। यस समय अब्शालोमले राजाका सबै छोराहरूलाई निम्त्याए। 24 अब्शालोमले राजालाई भने, “मैले भेंडाको ऊन कात्रन केही मानिसहरू बोलाएको छु। दया गरी राजा अनि उसका अधिकारीहरू पनि आइदिनु होस्।”

25 राजाले अब्शालोमलाई भने, “होइन, छोरा। हामी सबै जाँदैनौं। यसले तिमीलाई धेरै बोझ हुनेछ।”

अब्शालोमले अनेक बिन्ति गरे। दाऊद नजाने नै भए, तर उसले आशीर्वाद दिए।

26 अब्शालोमले भने, “तपाईं जानु हुँदैन भने मेरा भाइ अम्नोनलाई मसँग जानदिनुहोस्।”

राजा दाऊदले भने, “किन उ तिमीसँग जाने?”

27 अब्शालोमले दाऊदलाई धेरै बिन्ती चढाएपछि अन्त्यमा दाऊदले अम्नोन र अरू छोराहरूलाई जान दिने भए।

अम्नोनको हत्या हुन्छ

28 तब अब्शालोमले आफ्ना सेवकहरूलाई आदेश दिए, “अम्नोनलाई होशियार साथ ख्याल राख्नु। जब उ मातेर बेहोस हुन्छ म आदेश दिन्छु। तिमीहरूले अवश्यै अम्नोनलाई मारिदिनु। दण्ड पाउने डर नलिनु। मैले आदेश दिएकोले तिमीलाई कुनै सजायय हुनेछैन। अब बलिया र सहासी बन।”

29 अब्शालोमका जवान सिपाहीहरूले आदेशको पालन गरे। अम्नोनलाई मारे। दाऊदका अरू छोराहरू आ-आफ्ना खच्चरमा चढेर भागे।

दाऊदले अम्नोनको मृत्युको खबर सुने

30 राजकुमारहरू शहरमा अझ आइपुगेका थिएनन्। तर राजा दाऊदले घट्नाको खबर पाइहाले। तर उसले सुनेको खबर थियो, “अब्शालोमले राजाका सबै छोराहरूको हत्या गरिदिए। कुनै पनि छोराहरू जीवित छैनन्।”

31 राजा दाऊदले लगाएको लुगा सबै च्यातेर भुइँमा पछारिए। राजाका सबै अधिकारीहरूले पनि आ-आफ्ना लगाएका लुगा च्याते।

32 तर दाऊदका दाज्यू शिमीका छोरा योनादाबले भने, “राजाका सबै छोरा मारिइएका छन् भनेर नसोचौं। खालि अम्नोन मारिइएको हो। अब्शालोमले जुन दिन अम्नोनले आफ्नी बहिनीको व्यविचार गरेको थियो त्यसै दिन देखि योजना बनाएको हो। 33 मेरा मालिक राजा, तपाईं यो नसोच्नुहोस् सबै छोरा मारिए। खालि अम्नोन मर्यो।”

34 अब्शालोम भागे।

शहरको पर्खालमाथि एउटा रक्षक उभिरहेका थिए। तिनले धेरै मानिसहरू पहाडको अर्को भागवाट आउँदै गरेका देखे। 35 यसैले योनादाबले राजा दाऊदलाई भने, “हेर्नुहोस्, मैले भनेको कस्तो लाग्यो। राजाका छोराहरू आउँदै छन्।”

36 योनादाबले भन्दा भन्दै राजकुमारहरू आइपुगे। उनीहरू जोड-तोडले रून लागे। दाऊद र अन्य अधिकारीहरू पनि रून थाले। तिनीहरू साह्रै रोए। 37 दाऊद प्रत्येक दिन आफ्ना छोरा अम्नोनका लागि रून्थे।

अब्शालोम भागेर गेशुर गए

अब्शालोम भागेर अम्मीहूदका छोरा तल्मैकहाँ गए। तल्मै गेशूरका राजा थिए। 38 भागेर गएपछि अब्शालोम तीन बर्ष सम्म गशूरमा बसे। 39 राजा दाऊदको अम्नोनको मृत्यु माथि शोक घट्यो, तर उसले अब्शालोलाई एकदमै गुमाए अनि उसलाई अतिनै हेर्न चाहन्थे।

योआबले दाऊदकहाँ एउटी ज्ञानी महिला पठाउँछन्

14 सरूयाहका छोरा योआबले राजा अब्शालोमका बारेमा साह्रै चिन्तित छन् भन्ने थाहा पाए। यसैले योआबले टुकोमाबाट एउटी ज्ञानी महिलालाई लिन भनेर दूतहरू पठाए। योआबले त्यस ज्ञानी महिलालाई भने, “दया गरी साह्रै शोकित अवस्थाको बहना गर। पहिरण पनि त्यस्तै लगाऊ। चिटिक्क पर्ने काम छैन। धेरै दिनदेखि आफन्त मरेर रोइरहेकी स्त्री झै अभिनय गर। राजाको अघि गएर म जे-जे भन्छु त्यही कुरा गर।” त्यसपछि योआबले त्यस महिलालाई कुरा सिकाए।

टुकोबाट आएकी त्यस महिलाले झुकेर भुँइतिर अनुहार पार्दै राजालाई भनिन्, “महाराज, मलाई दया गर्नुहोस्।”

राजा दाऊदले त्यसलाई भने, “तिम्रो के असुविधा छ?”

महिलाले भनिन्, “म विधवा हुँ। मेरा लोग्ने मरे। मेरो दुइजना छोराहरू थिए। दुवैजना एक-दोस्रोमा बाहिर मैदानमा लडाईं लडे। त्यहाँ छुट्याउने कोही थिएनन्। एउटा छोराले अर्कोलाई मार्यो। अहिले सबै परिवारका सदस्यहरू मेरो विरूद्धमा छन्। तिनीहरू भन्छन्, ‘त्यस हत्यारा छोरालाई हाम्रो अघि ल्याऊ, हामी। पनि त्यसलाई मार्छौ। किनभने त्यसले आफ्ना भाइ मार्यो।’ मेरो छोरा घरको बत्ती हो। यदि तिनीहरूले त्यसलाई मारिदिए भने त्यो अन्तिम बत्ती पनि निभ्नेछ। बाबुको सम्पत्तिको हकदार त्यही एउटै त बाँचिरहेको छ। यदि त्यो मारियो भने मेरो पतिको नाउँ यस पृथ्वीबाट नाउँ निशन नै मेटिने छ।”

तब राजाले त्यस स्त्रीलाई भने, “तिमी घर जाऊ। तिम्रो पक्षमा आदेश दिनेछु।”

टकोमाकी त्यस महिलाले राजालाई भनिन्, “हे मालिक राजा ठीकै छ दोष मलाई नै आवोस्। तर तपाईं र तपाईंको राज्य भने निर्दोष छ।”

10 राजाले भने, “यदि कसैले तिमीलाई केही नराम्रो भन्दैछ भने त्यसलाई मेरो अघि हाजिर गराऊ। त्यसपछि त्यसले तिमीलाई त्यसरी सताउने छैन।”

11 त्यस स्त्रीले भनी, “दया गरी तपाईंले आफ्ना परमप्रभु तपाईंको परमेश्वरको नाउँ लिएर शपथ दिनोस् तपाईंले तिनीलाई रोकि दिनहुनेछ। तिनीहरूले उसकै भाइको मृत्युको बदलामा मेरो छोरालाई मार्न चाहन्छन्। दया गरेर मलाई विश्वास दिलाउनुहोस् कि मेरो छोरालाई तिनीहरूबाट बचाउनु हुनेछ।”

दाऊले भने, “म तिमीलाई परमप्रभुको जीउँदो नाममा भनिहरेछु कसैले पनि तिम्रो छोरालाई चोट पुर्याउन छैन। तिम्रो छोरोको शिरबाट एउटा केश पनि भूईमा खस्ने छैन।”

12 त्यस महिलाले भनिन्, “मालिक राजा, मलाई केही कुरा भन्न दिनुहोस्।”

राजाले भने, “भन।”

13 तब स्त्रीले भनिन्, “परमेश्वरका मानिसहरूका विरूद्धमा तपाईंले यो योजना किन बनाउनु भयो? ज्यू, जब तपाईं नै यसो भन्दै हुनुहुन्छ भने तपाईंनै दोषी देखिनु भयो। किनभने तपाईंको छोरो जसलाई घर छोड्न बाध्य गराइएको थियो, उसलाई फर्केर आउनु भनिएको छैन। 14 एक दिन हामी सबै मर्ने नै हौं हामी भुइँमा पोखीएको पानी जस्तै छौ जसलाई कसैले पनि जम्मा गर्न सक्दैन। परमेश्वरले क्षमा दिनुहुन्छ। भागेर जाने मानिसहरूको निम्ति परमेश्वरको योजना छ। उहाँले तिनीहरूले फर्केर आउँने भन्ने इच्छ गर्नु हुन्छ। 15 मेरो मालिक राजा, म यति भन्न आएकी हुँ। जस्तो मानिसहरूले मलाई धम्क्याए। म आफैंले सोचें, ‘म राजालाई भन्नेछु। हुनसक्छ राजाले मेरो सहायता गर्लान। 16 मलाई सुनेर राजाले मेरो छोरालाई बचाउनु हुनेछ। परमेश्वरले प्रदान गर्नुभएको कुराहरूबाट त्यो मानिसले हामीलाई बञ्चित गराउने प्रयास गरिरहेकोछ।’ 17 म निश्चित थिएँ कि मेरो राजाको वचनले मलाई सहयोग हुनेछ। कारण तपाईं त परमेश्वरको दूत जस्तै हुनुहुन्छ। तपाईंलाई राम्रो र नराम्रो के हो थाहै छ। परमप्रभु तपाईंका परमेश्वर तपाईंको साथमा रहुन्।”

18 राजाले त्यस स्त्रीलाई जवाफमा भने, “म तिमीलाई एउटा प्रश्न गर्छु, मेरो प्रश्नको उत्तर देऊ।”

त्यस स्त्रीले भनी, “मेरो परमप्रभु राजा तपाईं तपाईंको प्रश्न सोध्नु होस्।”

19 राजाले भने, “योआबले यी सब भन्नु भनेका थिए तिमीलाई।?”

त्यस महिलाले भनिन्, “मेरा मालिक राजा, तपाईंको शपथ खादै भन्छु, तपाईंले ठिक भन्नुभयो। तपाईंका अधिकारी योआबले मलाई सब सिकाएका हुन्। 20 योआबले त्यसो गर्नुको कारण घट्नालाई अर्को प्रकारले तपाईंलाई बुझ्न लगाउनु हो। मेरो मालिक तपाईं परमेश्वरका दूत झै ज्ञानी हुनुहुन्छ। पृथ्वीमा के हुँदैछ तपाईंलाई सबै थाहा हुन्छ।”

अब्शालोम यरूशलेम फर्कन्छ

21 राजाले योआबलाई भने, “मैले अघिनै निर्णय गरी सकेको छु। अब जाऊ अनि अब्शालोमलाई लिएर आऊ।”

22 योआबले भुँइतिर अनुहार झुकाए र तिनले राजा दाऊदप्रति आभार व्यक्त गर्दै भने, “आज तपाईं म प्रति खुशी हुनुहुन्छ मैले बुझें तपाईंले मेरो कुरा सुन्नुभयो।”

23 तब योआब गेशूर गएर अब्शालोमलाई यरूशलेम लिएर आए। 24 तर राजा दाऊदले भने, “अब्शालोम उसको आफ्नै घर जानसक्छ। उ मलाई भेट्न नआवोस्।” यसैले अब्शालोम आफ्नै घर गए। अब्शालोम राजालाई भेट्न जान सकेन।

25 मानिसहरूले अब्शालोमको सुन्दरताको साह्रै प्रशंसा गर्थे। इस्राएलमा अब्शालोम जति सुन्दर अरू कोही थिएन। टाउको देखि पैताला सम्मै कतै खोट लगाउने ठाउँ थिएन। 26 प्रत्येक बर्षको अन्तमा अब्शालोमले टाउकोको कपाल काट्थे र तौलन्थे। कपालको ओजन झण्डै 200 शेकेल हुन्थ्यो। 27 अब्शालोमका तीनजना छोराहरू र एउटी छोरी थिए। छोरीको नाउँ तामार थियो। तामार साह्रै सुन्दर थिई।

अब्शालोमले योआबलाई भेट गर्न बाध्य गराउँछ

28 अब्शालोम पूरा दुइ बर्ष यरूशलेममा राजासँग भेट नगरी बसे। 29 अब्शालोमले योआबकहाँ दूत पठाए। दूतहरूले योआबलाई भने अब्शालोमलाई राजासँग भेट गराइ देऊ। तर योआब अब्शालोम कहाँ आएनन्। दोस्रो चोटि पनि अब्शालोमले खबर पठाए। तर योआब आउन मानेनन्।

30 त्यसपछि अब्शालोमले नोकरहरूलाई अह्राए, “हेर, मेरो खेतकै छेउमा योआबको जौंको बाली पाकिरहेको छ। गएर त्यसमा आगो लगादेऊ।”

यसरी अब्शालोमका नोकरहरू गएर आगो लगाइदिए। 31 योआब अब्शालोमका घर आए। योआबले अब्शालोमलाई भने, “तिम्रा नोकरहरूले मेरो खेतीमा किन आगो लगाए?”

32 अब्शालोमले योआबलाई भने, “मैले तिमीकहाँ खबर पठाएँ मैले तिनीलाई यहाँ आउनु भने। म तिमीलाई राजाकहाँ पठाउन चाहान्थें। म तिमीद्वारा राजालाई सोध्न चाहान्थें किन मलाई गेशूरबाट यहाँ ल्यायौ। यो मलाई असल हुने थियो यदि म त्यही भएको भए, मलाई राजासित भेट्न देऊ यदि मैले पाप गरेको भए उसले मलाई मारून्।”

अब्शालोमले राजा दाऊदको दर्शन गर्छन्

33 तब योआब राजाकहाँ आएर अब्शालोमका सबै कुरा बताउँछन्। राजाले अब्शालोमलाई बोलाउँछन्। त्यसपछि अब्शालोम राजालाई भेट्न आउँछन्। राजाका अघि अब्शालोम झुकेर उभिन्छन्। अनि राजाले अब्शालोमलाई म्वाईं खान्छन्।

अब्शालोमले धेरै मित्रहरू बनाउँछन्

15 त्यसपछि अब्शालोमले एउटा रथ र घोडाहरू राख्छन्। जब रथमा सवार गर्थे त्यस बेला 50 जना मानिसहरू आफू अघि हिंडाउँथे। बिहानै उठेर अब्शालोम फाटकमा उभिन्थे। अब्शालोमले राजाकहाँ न्यायको निम्ति समस्या लिएर जाने कोही मानिसको निधो लिन्थे। तब अब्शालोमले उक्त व्यक्तिलाई सोध्थे, “कुन शहरको वासिन्दा हुनुहुन्छ तपाईं?” त्यस व्यक्तिले जवाफ दिन्थे, “म फलना-फलना इस्राएलको परिवार समूहबाट आएको हुँ।” तब अब्शालोमले भन्ने, “गर्थे तपाईं आफ्नो मामला जित्ने योग्य हुनुहुन्छ, तर राजा दाऊदले तपाईंहरूको कुरै सुन्दैनन्।”

अब्शालोमले यो पनि भन्थे, “अहो, कसैले मलाई यस देशको न्यायधीश नियुक्ति गरिदिएको भए म प्रत्येकलाई साँचो न्याय दिनसक्थें।”

अनि यदि कोही पनि एकजना मानिस अब्शालोमको अघि आएर झुकेर अभिवादन गरे भने, अब्शालोमले अघि बढेर साथी जस्तो व्यवहार गरेर हात मिलाउने गर्थे। अब्शालोमले ती कुराहरू प्रयोग गर्थे अनि प्रत्येकलाई म्वाईं खान्थे जो राजा कहाँ न्यायको निम्ति आउँद थिए। यसरी अब्शालोमले इस्राएलका प्रत्येकलाई मुर्ख बनाए।

अब्शालोमले दाऊदको राज्य लिने योजना बनाउँछ

चार बर्षपछि, अब्शालोमले राजा दाऊदलाई भने, “दया गरी मलाई मैले हेब्रोनको परमप्रभुलाई गरेको प्रतिज्ञा पूरा गर्न जान दिनुहोस्। मैले त्यो प्रतिज्ञा म गेशूरणमा बसेको समयमा गरेको थिएँ। मेरो प्रतिज्ञा थियो, ‘यदि परमप्रभुले मलाई यरूशलेम फिर्ता गराउनु भयो भने म परमप्रभुको सेवा गर्नेछु।’”

राजा दाऊदले भने, “शान्तिसित जाऊ।”

अब्शालोम हेब्रोन गए 10 तर अब्शोलोमले इस्राएलका सबै परिवार समूहमा गुप्तचर पठाए। ती गुप्तचरहरूले मानिसहरूलाई भने, “जब तिमीहरूले तुरही बजेको सुन्छौ, भन्नु, ‘अब्शालोम हेब्रोनमा राजा भएका छन्।’”

11 अब्शालोमले 200 मानिसहरूलाई तिनको साथ लानलाई आमन्त्रित गरे। ती मानिसहरूले यरूशलेम छोडे अनि तिनीसितै हेब्रोन गए। तर तिनको योजना बारे उनीहरू अनभिज्ञ थिए। 12 अहीतोपेल दाऊदका एकजना सल्लाहकार थिए। अहीतोपेल गीलोह शहरका बासिन्दा थिए। जब अब्शालोमले बलिदान चढाउन पुगे तब गीलोह शहरबाट अहीतोपेललाई पनि बोलाए। अब्शालोमको योजना ठीकसँग कार्यन्वित हुँदै थियो अनि धेरै भन्दा धेरै मानिसहरू तिनको पक्षमा लाग्नथाले।

दाऊदले अब्शालोमको षड्‌यन्त्र बुझे

13 दाऊदलाई खबर दिन भनेर एकजना मानिस दाऊदकहाँ आए। ती मानिसहले भने, “इस्राएलका मानिसहरूले अब्शालोमको नेतृत्वलाई पछ्याउन थालेका छन्।”

14 तब दाऊदले आफूसँग यरूशलेममा छाडीएका अधिकारीहरूलाई भने, “हामी चाँडै जाऊँ। यदि भागेनौं भने अब्शालोमले हामीलाई छोड्ने छैन। छिटो गरी यहाँबाट भागौं होइन भने अब्शालोम आइपुग्छ। हामीलाई खत्तम गर्नेछ। अनि त्यसले यरूशलेमका सबै मानिसहरूलाई मार्नेछ।”

15 राजाका अधिकारीहरूले भने, “तपाईंले जे भन्नुहुन्छ हामी त्यसै गर्नेछौं।”

दाऊद र तिनका मानिसहरू भाग्छन्

16 राजा दाऊद उसको महलमा बस्ने जति सबैलाई लिएर महलबाट निक्लन्छन्। तर राजाले उसका दश जना उप-पत्नीहरूलाई महलका हेरचाह गर्न राखे 17 राजा आफ्ना मानिसहरूका साथमा हिंडे। अन्तिम महलमा पुगेर तिनी रोकिए। 18 त्यहाँ देखि सबै अधिकारीहरू राजाको अघि लागे। (अघाडी 600 गित्तीहरू राजासित आए।) गातमा उनी बसेको समय देखि त्यहाँ तिनीहरू उनिसँग थिए अनि करेतीहरू र पलेतीहरू राजाको अघाडी गए।

19 राजाले गित्तीबाट आएका इत्तैलाई भने, “तिमीहरू किन हामीसँग हिंडदैछौ? फर्केर नयाँ राजा (अब्शालोम) सँग बस। तिमीहरू विदेशी हौ। यो तिमीहरूको मातृभूमि होइन। 20 क्षणिक समय अघि तिमीहरू म सँग सामेल हुन आएका हौ। अब तिमीहरू मसँग एक ठाउँदेखि अर्को ठाउँ गर्दै घुमिरहनु पर्छ। आफ्ना दाज्यू-भाइहरू लिएर फर्क। दया र विश्वास तिमीहरूलाई देखाउन्।”

21 तर इत्तैले राजालाई भने, “जबसम्म तपाईं परमप्रभु बाच्नुहुन्छ म तपाईंकै साथमा रहने छु। यदि म मर्नु परेता पनि तपाईंसितै मर्नेछु।”

22 दाऊदले इत्तैलाई भने, “आऊ, हामी किद्रोन बेंसी तरौं।”

त्यसकारण सबै इत्तै र तिनका मानिसहरू अनि तिनीहरूका परिवारहरूले किद्रोन बेंसी तरे। 23 सबै मानिसहरू चिच्चाई रहेका थिए। राजा दाऊद र तिनका मानिसहरू मरुभूमि अघि बढदै जब किद्रोन बेंसी तरे तिनीहरू रोए। 24 सादोक र तिनीसँग भएका लेवीहरूले परमेश्वरको करारको सन्दूक बोकेका थिए। तिनीहरूले परमेश्वरको पवित्र सन्दूकलाई राखे। अनि एबीयातारले मानिसहरूले दाऊदसित यरूशलेम नछाडुन्जेलसम्म प्रार्थना गरे।

25 राजा दाऊदले सादोकलाई भने, “परमेश्वरको पवित्र सन्दूकलाई यरूशलेममा नै छोड। यदि परमप्रभु मसित खुशी हुनुहुन्छ भने मलाई यरूशलेम र उहाँको मन्दिरलाई हेर्ने मौका दिनुहुन्छ। 26 तर यदि परमप्रभु मसित खुशी हुनुहुन्न् भने उहाँले मलाई जे पनि गर्नसक्नु हुन्छ।”

27 राजाले पूजाहारी सादोकलाई भने, “तिमी एकजना द्रष्टा (अगमवक्ताको अर्को नाम) पनि हौ। शान्तसित शहर फर्क। साथमा तिम्रो छोरा अहीमास र एबीयातारका छोरा जोनाथन पनि लैजाऊ। 28 तिमीबाट सुन्नलाई म त्यहाँ पर्खिरहनेछु जहाँ मरुभूमि पारि मानिसहरू नदी तर्छन्।”

29 यसैले सादोक र एब्यातारले पवित्र सन्दूकलाई यरूशलेममा फिर्ता लगे र त्यहीं बसे।

दाऊद अहीतोपेलको बिरूद्धमा प्रार्थना गर्छन्

30 दाऊद जैतून डाँडा उक्ले। तिनी रोए। टाउको ढाकेर खाली खुट्टै हिंडे। दाऊदका साथमा भएका अन्य मानिसहरूले पनि टाउको ढाके। तिनीहरू पनि रूँदै दाऊदसँग गए।

31 एकजना मानिसले दाऊदलाई भने, “अहीतोपेल त्यो एउटा व्यक्ति हो जसले अब्शालोमसँग षडयन्त्रमा भाग लियो।” तब दाऊदले प्रार्थनामा भने, “परमप्रभु, म भन्दैछु अहीतोपेलको सल्लाह अनुरूपको कार्य विफल होस्।” 32 दाऊद पहाडको चुचुरोमा उक्ले। जहाँ दाऊदले कहिलेकाहीं परमेश्वरलाई आराधना गर्थे। त्यही समय एरेकी हूशै फाटेको कोट अनि टाउकोभरि धुलो हालेर तिनका अघि आए।

33 दाऊदले हूशैलाई भने, “यदि तिमी मसित गयौ भने अर्को हेरचाह गर्ने व्यक्ति हुनेछौ। 34 तर यदि तिमी यरूशलेम फर्कियौ भने तिमीले अहीतोपेलको सल्लाहलाई विफल पार्न सक्छौ। अब्शालोमलाई भन्नु, ‘राजा म तपाईंको सेवक हुँ। मैले तपाईंको पितालाई सेवा गरें। अब म तपाईंको सेवा गर्नेछु।’ 35 पूजाहारी सादोक र एबीयातार पनि तिमी सितै हुनेछन्। राजदरवारमा सुनेका कुरा सबै तिनीहरूलाई बताउने छौ। 36 सादोकका छोरा अहीमास र एबीयातारका छोरा जोनाथन तिनीहरू सितै हुनेछन्। तिमी जे-जे सुन्छौ तिनीहरूद्वारा तिमीले मलाई बुझ्नदेऊ।”

37 तब दाऊदका साथी हूशै शहर गए। अनि अब्शालोम यरूशलेम पुगे।

सीबाले दाऊदलाई भेट्छन

16 दाऊद जैतुन डाँडाको टापुमा अलिक पर मात्र पुगेका थिए, मपीबोशेतको नोकर सीबाले दाऊदलाई भेटे। सीबासँग जीन लगाम कस्सिएका दुइवटा गधा थिए। गधामा 200 रोटी, 100 झुप्पा किसमिस, 100 ग्रीष्मफल र दाखरस लादिएको एउटा मसक थियो। राजा दाऊदले सीबालाई सोधे, “यी चीज किन ल्यायौ?”

सीबाले जवाफ दिए, “गधाहरू राजाको परिवारलाई चढनको निम्ति ल्याएको हो। रोटी र ग्रीष्मफलहरू अधिकारीहरूलाई खाना भनेर अनि मरुभूमिमा हिंडदा जो कमजोरी भएर हिंडन सक्दैनन् तिनीहरूका निम्ति दाखरस ल्याएको।”

राजाले सोधे, “मपीबोशेत खै कहाँ छन्।?”

सीबाले जवाफ दिए, “मपीबोशेत यरूशलेममा नै बसे। तिनले सोचे, ‘अब इस्राएलीहरूले मेरा पिताका राज्य मलाई दिन्छन्।’”

तब राजाले सीबालाई भने, “यही कारणले मेपीबोशेथका जाय जेथा अब म तिमीलाई दिन्छु।”

सीबाले भने, “म तपाईंसँग नतमस्तक छु। मलाई विश्वास छ म तपाईंलाई सधैँ रिझाउनसक्छु।”

शिमीले दाऊदलाई सराप्छ

दाऊद बहूरीममा आए। बहूरीमबाट शाऊलका परिवारका एकजना मानिस निस्किए। त्यसको नाउँ शिमी थियो, जो गेराका छोरा थिए। शिमीले दाऊदलाई धेरै सराप्दै आए। लगातार नराम्रो नामले सराप्दै थिए।

शिमीले दाऊद र तिनका अधिकारीहरूलाई ढुङ्गाले हान्न शुरू गरे। तर मानिसहरू र सिपाहीहरूले दाऊदलाई घेरे। शिमीले दाऊदलाई सराप दिए। उनले भने, “ए हत्यारा, भाग यहाँबाट छिटो भाग। परमप्रभुले तलाईं सजाय दिदैछन्। किन थाहा छ? कारण तैले शाऊलका परिवारलाई मारिस्। तैंले शाऊलको राजसिंहासन चोरिस्। तर अहिले ठीक यस्तो गति हुँदैछ तेरो। परमप्रभुले तेरो राज्य तेरो छोरा अब्शालोमलाई दिनुभयो। किन थाहा छ? कारण तँ हत्यारा होस्।”

सरूयाहका छोरा अबीशैले राजालाई भने, “हे मेरो मालिक राजा यो मरेको कुकुरले किन तपाईंलाई सराप्दैछ? दया गरी मलाई उसको टाउको छिनाउन दिनुहोस्।”

10 तर राजाले जवाफ दिए, “सरूयाहका छोराहरू किन तिमीहरू मेरो मामलाहरूमा हात हाल्छौ? साँच्चो हो, शिमीले मलाई सराप्दै छ। तर सायद परमप्रभुले मलाई सराप्नु उसलाई भन्नु भएको होला। कसले परमप्रभुलाई उहाँले गर्नु भएको विषयमा प्रश्न गर्न सक्छ र?” 11 दाऊदले अबीशै र सारा नोकरहरूलाई भने, “हेर, मेरो आफ्नै छोरा (अब्शालोम) ले मलाई मार्न खोज्दैछ। यो मानिस (शिमी) बिन्यामीन कुल समूहले मलाई मार्ने अधिकार ज्यादा प्राप्त गर्छ। उसलाई एक्लै रहन देऊ। मलाई मनपरि भन्न देऊ। परमप्रभुले नै त्यसो गर्नु भन्नु भएको हो। 12 यो हुनसक्छ, परमप्रभुले मैले शिमीद्वारा गालि खाएको देखेर म प्रति दया गर्दै राम्रो गर्नुहुन्छ।”

13 यसकारण दाऊद र तिनका मानिसहरू आफ्नो बाटो लागे। तर शिमीले दाऊदलाई पछ्याए। पहाडको बाटोको अर्कोतिर भएर शिमी हिंड्न थाल्यो। यात्राभरि दाऊदलाई गाली गर्दै शिमी हिडयो। शिमीले दाऊदलाई ढुङ्गा र धूलोले पनि हान्यो।

14 राजा दाऊद र तिनका अनुयायीहरू यर्दन नदी पुगे। राजा र अनुयायीहरू थकित थिए। त्यहाँ तिनीहरूले आराम गरे र आफूलाई थकावट मुक्त पारे।

15 अब्शालोम, अहीतोपेले र अन्य मानिसहरू जो इस्राएलवासी थिए यरूशलेम आए। 16 दाऊदका एरेकी हूशै नामक साथी अब्शालोमलाई भेट्न आए। उसले अब्शालोमलाई भने, “राजाको चिरायु होस्। राजाको चिरायु होस्।”

17 अब्शालोमले सोधे, “तिमी तिम्रा मित्र दाऊदको विश्वासपात्र किन बनेनौ? यरूशलेम छोडेर किन दाऊदसँग गएनौ?”

18 हूशैले भने, “म परमप्रभुले छान्नु भएको मानिसका अधीनमा बस्छु। यी मानिसहरू अनि इस्राएलका मानिसहरूले तपाईंलाई छाने। म तपाईंसँगै बस्छु। 19 पहिले मैले तपाईंका पिताको सेवा गरें। अब म तपाईंको सेवा गर्नेछु तपाईं दाऊदका छोरा हुनहुन्छ।”

अब्शालोमले अहीतोपेलबाट सल्लाह लिन्छन्

20 अब्शालोमले अहीतोपेललाई भन्छन्, “कृपया अब हामीले के गर्नु पर्छ भन।”

21 अहीतोपेलेले अब्शालोमलाई भने, “तिम्रा पिताजीले उहाँका केही पत्नीहरूलाई आफ्नो घर रेखदेख गर्न छोड्नु भएको छ। जाऊ र तिनीहरूसित शारीरिक सम्बन्ध राख। त्यसपछि प्रत्येक इस्राएलीलाई यो थाहा हुनेछ कि तिमीलाई तिम्रा पिताले घृणा गर्छन् भनेर। अनि ती सबै मानिसहरूले तिमीलाई सहयोग पुर्याउन उत्साहित हुनेछन्।”

22 तब अब्शालोमको निम्ति तिनीहरूले महलको छानामा एउटा पाल हाले। अनि अब्शालोमले आफ्ना पिताका रखौटी पत्नीहरूसित शारीरिक सम्बन्ध राखे। सबै इस्राएलीहरूले यो देखे। 23 त्यस समय अहीतोपेलको सल्लाह दाऊद र अब्शालोम दुवैका निम्ति साह्रै महत्वपूर्ण थियो। तिनीहरूले सोचे कि यो त्यति महत्वपूर्णको हो जति परमेश्वरको वचन एउटा मानिसको निम्ति हुन्छ।

अहीतोपेलले दाऊदबारे सल्लाह दिन्छन्

17 अहीतोपेलले अब्शालोमलाई भने, “दया गरि मलाई 12,000 मानिस छान्न दिनुहोस्। म आज राती नै दाऊदको खेदो गर्छु। जब उ थाकेर कमजोर भएको हुन्छ म उसलाई पक्रनेछु। म त्यसलाई धम्काउँछु। तब उसका मानिसहरू सबै भाग्नेछन्। तर म खालि दाऊदलाई मात्र मार्नेछु। त्यसपछि उसका सेनालाई तपाईंको अनुगामी बनाइदिन्छु। यदि दाऊद मरे भने सबै मानिसहरू शान्तिसित तपाईंको पछि आउनेछन्।”

यो योजना अब्शालोम र इस्राएलका अगुवाहरूलाई राम्रो लाग्यो। तर अब्शालोमले भने, “अहिले एरेकी हूशैलाई बोलाऊ। म उसलाई पनि सोध्छु, उसले के भन्छ सुनौं।”

हूशैले अहीतोपेलको सल्लाहलाई खतम पारिदिन्छ

हूशै अब्शालोम भएकहाँ आए। अब्शालोमले हूशैलाई भने, “यो अहीतोपेलको योजना हो। के यो योजनालाई हामी कार्यमा ल्याउन सक्छौं? अथवा सक्दैनौं दया गरेर तपाईंको विचार भन्नुहोस्।”

हूशैले भने, “यस समय अहीतोपेलको सल्लाह ठीक छैन। तपाईंलाई थाहै छ तपाईंका पिता र उहाँसँग भएका मानिसहरू धेरै बलियाछन्। तिनीहरू बच्चाहरू खोसिएका भालू जस्तै हिंस्रक छन् तपाईंका पिता निपुण योद्धा हुनुहुन्छ। उहाँ रातभरी सैनिकहरू सित रहनु हुन्न। जहाँसम्म उहाँ त कुनै गुफा अथवा अरू कुनै ठाउँमा लुकिसक्नु भयो। यदि तपाईंका पिताजीले तपाईंका मानिसहरू माथि धावा बोल्नुभयो भने मानिसहरूले यो खबर सुन्नेछन्। अनि तिनीहरूले सोच्ने छन्, ‘अब्शालोमका अनुयायीहरू हार्दैछन्।’ 10 तब सिंह जस्ता सहासी मानिसहरू पनि डराउने छन। किनभने? इस्राएलका सबै मानिसहरूलाई थाहै छ कि तपाईंका पिता बलिया लडाकू हुन्, अनि उनका मानिसहरू धेरै साहसी छन्।

11 “म यो सुझाव दिन्छुः दानदेखि बेर्शेबासम्मका सबै इस्राएलीहरूलाई भेला गराउनु होस्। मानिसहरू समुद्रका किनारका बालुवा जस्तै हुनेछन्। त्यसपछि तपाईं आफैं युद्धभूमिमा जानुहोस्। 12 हामीले दाऊदलाई लुकेकै ठाउँमा समाउने छौं। दाऊदलाई धेरै सिपाहीहरूको साथमा जाइलाग्नु पर्छ। हाम्रो संख्या भुइँमा खसेको शीतका थोपाहरू जस्तो हुनुपर्छ। हामीले दाऊदलाई उसका मानिसहरूसँगै मार्नु पर्छ। कसैलाई जिउँदो छाड्ने होइन। 13 तर यदि दाऊद कुनै शहरमा भाग्यो भने, सबै इस्राएलीहरूले डोरी ल्याउने छन् अनि हामी शहरको पर्खाललाई बेंसीको तल तान्ने छौ एउटा सानो ढुङ्गा सम्म पनि छोडिने छैन्।”

14 अब्शालोम अनि इस्राएलीहरूले भने, “एरेकी हूशैको सल्लाह अहीतोपेलको भन्दा राम्रो छ।” तिनीहरूले किन यसो भन्यो भने यो परमप्रभु कै योजना हो। परमप्रभुले अहीतोपेलको राम्रो सल्लाहलाई नष्ट पारिदिनु भयो। कसरी परमप्रभुले अब्शालोमलाई सजाय दिनुभयो।

हूशैले दाऊदलाई चेतावनी पठाउँछन्

15 हूशैले ती कुराहरू पूजाहारी सादोक र एबीयातारलाई भने। हूशैले अहीतोपेलको अब्शालोम र इस्राएलका अधिकारीलाई दिएको सल्लाहबारे भने। हूशैले आफूले दिएको सल्लाहको पनि उल्लेख गरे। हूशैले भने, 16 “दाऊदलाई छिटो खबर पठाऊ। तिनलाई मानिसहरूले जहाँ मरुभूमि पार गर्छन् त्यहाँ नबस्नु भन्नु। चाँडै यर्दन नदी पार गर्नु भन्नु। यदि नदी पार गरे भने राजा र तिनका मानिसहरू समातिने छैनन्।”

17 पूजाहारीका छोरा जोनाथन अनि अहीमास एन-रोगेलमा पर्खिएका थिए। शहरभित्र आफू नदेखुन् भनेर तिनीहरू चाहान्थे, यसैले एउटी नोकर्नी तिनीहरूकहाँ आइन् र तिनले खबर दिइन्। तब जोनाथन र अहीमास दाऊदलाई खबर भन्न हिँडे।

18 तर एउटा केटोले जोनाथन र अहीमासलाई देखे। त्यो केटो अब्शालोमलाई भन्न दौड्यो। जोनाथन र अहीमास चाँडो-चाँडो भागे। तिनीहरू बहूरीमका एकजनाको घरमा आइपुगे। जसको आँगनमा एउटा कुवा थियो। जोनाथन र अहीमास कुवाभित्र गए। 19 त्यस मानिसकी पत्नीले च्यादरले कुवा ढाकिदिइन्। तब तिनले त्यो च्यादरलाई अन्नले ढाकिन। कुवा अन्नको राश जस्तो देखिइयो। यसकारण कसैले पनि जोनाथन र अहीमास त्यहाँ लुकेका छन् भनेर सोच्नै सकेनन्। 20 अब्शालोमको नोकर त्यस महिलाको घरमा आएर सोधे, “अहिमास र जोनाथन कहाँ छन्?”

त्यस महिलाले अब्शालोमको नोकरलाई भनिन्, “तिनीहरूले त खोला तरिसके होला।”

अब्शालोमको नोकर जोनाथन र अहीमासको खोजीमा अघि बढ्यो। तर तिनीहरूलाई भेट्न सकेनन् यसर्थ अब्शालोमको नोकर यरूशलेम फर्कियो।

21 अब्शालोमको नोकर हिँडेपछि जोनाथन र अहीमास कुवाबाट निस्किए। तिनीहरू दाऊदलाई खबर भन्न गए। तिनीहरूले दाऊदलाई भने, “छिटो, नदी पार गरिहाल्नु होस्। अहीतोपेलले तपाईंको विरूद्धमा यस्तो योजना बनाएको छ।”

22 तब दाऊद र उसका सबै मानिसहरूले यर्दन नदी तरे सूर्य उदय हुन अघि, दाऊदका मानिसहरू प्रत्येकले यर्दन नदी पार गरे।

अहीतोपेलले आत्माहत्या गर्छन्

23 अहीतोपेलले बुझे कि कुनै इस्राएलीले पनि उनको सल्लाह मानेनन्। अहीतोपेल आफ्नो गधामा चढेर आफ्नो शहरको घर गए। परिवारका लागि केही योजना बनाएर आफू पासो लागेर मरे। तिनको मृत्युपछि मानिसहरूले उनैका पिताको चिहानको छेउमा गाडे।

अब्शालोमले यर्दन नदी पार गरे

24 दाऊद महनैम पुगे। अब्शालोम र उनका साथमा रहेका इस्राएलीहरू यर्दन नदी पार गरेर गए। 25 अब्शालोमले आमासालाई सेनाका नयाँ कप्तान बनाए। आमासाले योआबको ठाउँ लिए। आमासा इश्माएली यित्रका छोरा थिए। आमासाकी आमा अबीगेल सरूयाहकी बहिनी नाहाशकी छोरी थिइन्। सरूया योआबकी आमा थिइन्। 26 अब्शालोम र इस्राएलीहरूले गिलादमा छाउनी बसाए।

शोबी, माकिर अनि बर्जिलाइ

27 दाऊद महनैम पुगे। शोबी, माकीर र बर्जिलाइहरू त्यस ठाउँमा थिए। (शोबी रब्बाको अम्मोनी नाहाशका छोरा थिए। माकीरचाहि लोदबारको अमीएलका छोरा थिए। बर्जिलाइ गिलादका रोग्लीमबाट थिए।) 28-29 ती तीनै जना मानिसहरूले भने, “यस मरुभूमिद्वारा जाने मानिसहरू साह्रै थकित र भोक प्यासी छन्।” यसैले तिनीहरूले दाऊद र उनका मानिसहरूका निम्ति धेरै थोक ल्याए। तिनीहरूले ओढ्ने-ओछ्यान, र अन्य भाँडा-कुँडाको बन्दबस्त मिलाइदिए। तिनीहरूले गहुँ, जौं, आँटा, उसिनेको फल, सिमी, सुकेको विजन, मह, नौनी, भेंडा अनि गाईको दूधबाट बनेको चिज ल्याइ दिए।

दाऊद युद्धको निम्ति तयार हुन्छन्

18 दाऊदले आफ्ना मानिसहरू गने। तिनले ती मानिसहरूलाई नेतृत्व गर्न 1,000 र 100 को माथि कप्तानहरू छाने। दाऊदले मानिसहरूलाई तीन भागमा छुट्याए। अनि दाऊदले मानिसहरू पठाए। योआबको एक तिहाइ सैनिकहरूलाई नेतृत्व गरे। अर्को तीन भागको एक तिहाई सैनिकहरू योआबका सानो भाइ अबीशैको अधिकारमा थिए अनि तीन भागको अन्तिम तिहाई ईत्तैबाटका गित्तीको अधिकारमा थिए।

राजा दाऊदले मानिसहरूलाई भने, “म पनि तिमीहरूसित जानेछु।”

तर मानिसहरूले भने, “होइन! तपाईं हामीसित नजानुहोस्। कारण के हो भने, यदि हामी युद्धभूमिबाट विमुख भयौं भने अब्शालोमका मानिसहरूलाई प्रभाव पर्दैन। यदि हामी आधा नै मर्यौ भने पनि त्यत्ति फरक पर्दैन। तर तपाईं 10,000 को संख्याका हामीभन्दा महत्वपूर्ण हुनुहुन्छ। तपाईं यही शहरमा बस्नु भए असल हुन्छ। यदि हामीलाई दरकार पर्यो भने सहयोग पुर्याउनुहोस्।”

राजाले मानिसहरूलाई भने, “तिमीहरूलाई जे राम्रो लाग्छ म त्यही गर्छु।”

तब राजा द्वारमा खडा भए। फौज अघि बड्यो। सय र हजारको समूहमा तिनीहरू हिडे।

योआब, अबीशै र ईत्तैलाई दाऊदले आदेश दिए। उसले भने, “मेरो खातिर जवान अब्शालोम प्रति दयालु बन्नु।” राजाले कप्तानहरूलाई के भने सैनिकहरूले सबै सुने।

दाऊदका सेनाले अब्शालोमका सेनालाई हराउँछन्

दाऊदका सैनिकहरूले अब्शालोमका इस्राएलीहरूलाई आक्रमण गरे। तिनीहरूले एप्रैमको जङ्गलभित्र लडाईं गरे। दाऊदका सेनाहरूले इस्राएलीहरूलाई परास्त गरे। त्यस दिन 20,000 मानिसहरू मारिए। देशभरि युद्ध फैलियो। तरवारले भन्दा ज्यादा मानिस जङ्गलमा मरे।

अब्शालोमले दाऊदका अधिकारीहरूलाई भेटे। अब्शालोम एउटा खच्चरमा चढेर टाढा भाग्ने चेष्टा गरे। खच्चर बजराँठको रूखको हाँगाहरू मुनि भाग्यो। त्यो हाँगो मोटो थियो, अब्शालोमको टाउको हाँगामा अल्झियो। खच्चर लगातार दौडिरह्यो अनि ऊ जमीन माथि हाँगामा झुण्डिए।

10 एकजना मानिसले यो घटना देखे। उसले योआबलाई भने, “मैले बजराँठको रूखमा अब्शालोम झुण्डिरहेको देखें।”

11 योआबले त्यस मानिसलाई भने, “तैंले मारेर त्यसलाई रूखबाट भुइँमा किन झारिनस्? म तँलाई एउटा पेटी र चाँदीको दश टुक्रा दिने थिएँ!”

12 त्यस मानिसले योआबलाइ भने, “यदि मलाई 1,000 चाँदीको टुक्रा दिएको भएता पनि म राजाको छोरालाई केही गर्ने थिइनँ। कारण राजाले तपाईं अबीशै र इत्तैलाई भएको आदेश हामीले सुन्यौ। राजाले भनेका थिए, ‘नौजवान अब्शालोमलाई चोट नपुर्याउनु।’ 13 यदि मैले उसलाई मारेको भए राजाले पत्तो लगाउनु हुने थियो। अनि तपाईं, याओबले, मेरो रक्षागर्नु हुने थिएन।”

14 योआबले भने, “म यहाँ तँसँग समय बरबाद गर्दिन।”

अब्शालोम अझै जीवितै बजराँठको रूखमा झुण्डिरहेको थिए। योआबले तीनवटा भाला निकालेर अब्शालोमलाई हाने। भाला गएर अब्शालोमको मुटुमै रोपियो। 15 योआबका दशजना जवान सिपाही थिए जो योआबका अंगरक्षक हुन्। ती दशजना मानिस अब्शालोमको वरिपरी भेला भएर उसलाई मारे।

16 अब्शालोमका सेनाहरूलाई नखेद्नु भन्नाका खातिर योआबले तुरही फूके। 17 योआबका मानिसहरूले अब्शालोमको लाश जङ्गलको ठूलो दूलोमा फ्याँकिदिए। तिनीहरूले लाश हालेर उक्त दूलोलाई ढुङ्गाले पुरिदिए।

अब्शालोमका जति पनि इस्राएली अनुयायीहरू थिए भागेर घर गए।

18 जब अब्शालोम जीवित थिए तिनले राजाको बेंसीमा एउटा स्तम्भ खडा गरेका थिए। अब्शालोमले भनेका थिए, “मेरो नाउँ जीवित राख्ने कुनै छोरा छैन।” यसैले तिनले त्यस स्तम्भको नाउँ आफ्नो नाममा राखे। आज पनि उक्त स्तम्भलाई, “अब्शालोम स्मृति-चिन्ह” भनिन्छ।

योआबले दाऊदलाई समाचार पठाउँछन्

19 सादोकका छोरा अहीमासले योआबलाई भने, “राजा दाऊदलाई खबर दिन मलाई नियुक्त गर्नु होस्। म उहाँलाई परमप्रभुले उहाँको शत्रुलाई नष्ट गरिदिनु भयो भनेर सूचना दिन्छु।”

20 योआबले अहीमासलाई जवाफ दिए, “होइन, आज यो खबर लिएर दाऊद कहाँ जाने तिमी एक छैनौ। तिमीले यो खबर राजा भए कहाँ अरू कुनै दिनमा लिएर जाऊ। किनभने राजाका छोरा मारिएका छन्।”

21 तब योआबले कूशबाट आएका मानिसलाई भने, “जाऊ अनि तिमीले जे जति देखेका छौ राजालाई स्‌चना गर।”

कूशीले योआबलाई शिर झुकाएर तब दाऊदलाई खबर दिन दगुरे।

22 तर सादोकका छोरा अहीमासले योआबलाई बिन्ती गरे, “जसरी हुन्छ, दयागरी त्यस कूशीसित समाचार पुर्याउन मलाई पनि पठाउनुहोस्।”

योआबले भने, “यो खबर तँ किन लान्छस्? यो समाचारहरू दिंदा तैंले कुनै पुरस्कार पाउने छैनस्।”

23 अहीमासले जवाफ दिए, “जसरी भएता पनि म दाऊदकहाँ जान्छु।”

योआबले भने, “ठीक छ, यदि तँ दाऊद कहाँ जान्छस् भने जा।”

तब अहीमास यर्दन बेंसी भएर कूशीलाई नाघेर गए।

दाऊदले खबर सुन्छन्

24 दाऊद शहरका दुइ द्वारको बीचमा बसिरहेका थिए। पहरादार पर्खालहरूको द्वारको छप्परमाथि चढे। पहरादारले एउटा मानिस एक्लै कुद्‌दै आइरहेको देखे। 25 पहरादारले चिच्याएर राजा दाऊदलाई भने।

राजा दाऊदले भने, “यदि मानिस एक्लै छ भने त्यसले खबर ल्याउँदैछ।”

शहरको नजिकै त्यो मानिस आइपुग्यो। 26 पहरादारले अर्को मानिस पनि कुद्‌दै गरेको देखे। त्यो पहरादारले ढोकेलाई भने हेर त्यो मानिस पनि एक्लै कुदेर आइरहेछ।

राजाले भने, “उसले पनि समाचार ल्याइरहेकोछ।”

27 त्यस पहरादारले भने, “मलाई लाग्दैछ त्यो पहिला कुद्‌दै आउने चाहिं सादोकका छोरा अहीमास हुनुपर्छ।”

राजाले भने, “अहीमास राम्रो मानिस हो। उसले राम्रो खबर ल्याउँदैछ।”

28 अहीमासले राजालाई भने, “सबै राम्रै छ।” राजाका अघि शिर झुकाएर अहीमासले भने, “परमप्रभु राजाका परमेश्वरको महिमा गाऔ! परमप्रभुले तपाईंको विरोधीलाई हराउनुभयो, मेरो मालिक राजा।”

29 राजाले भने, “नौजवान अब्शालोम ठीकै छ त?”

अहीमासले जवाफ दिए, “जब मलाई योआबले पठाए, मैले ठूलो उत्साह देखें। तर के भयो मलाई थाहा छैन।”

30 तब राजाले भने, “यहाँ उभ र पर्ख।” अहीमास त्यहाँ उभिए र पर्खिए।

31 कूशी आए। उनले भने, “मेरा मालिक राजालाई खबर छ। आज परमप्रभुले तपाईंका विरोधीहरूलाई दण्ड दिनुभयो।”

32 राजाले कूशीलाई सोधे, “के अब्शालोम ठीक छ त?”

कूशीले जवाफ दिए, “म विश्वास गर्छु जो तपाईंका बिरूद्धमा थिए ती सबैले त्यो जवान केटो (अब्शालोम)ले पाएको जस्तै सजाय पाउने छन्।”

33 तब राजाले अब्शालोम मरे भनेर थाहा पाए। राजा साह्रै दुःखी भए। ऊ द्वारबाट कोठामा गएर रोए। कोठामा जाँदा रूँदै गए। तिनले भन्दैथिए, “हे मेरो छोरा अब्शालोम, तिम्रो सट्टामा म मर्नु असल थियो। हे अब्शालोम, मेरो छोरा, छोरा!”

योआबले दाऊदलाई गाली गर्छन्

19 मानिसहरूले योआबलाई खबर सुनाउँछन्। तिनीहरूले योआबलाई भन्छन्, “हेर्नुहोस्, राजा अब्शालोमको लागि दुःखी भएर रोइरहेकाछन्।” दाऊदका सेनाले त्यस दिन युद्ध जिते। तरै पनि मानिसहरूलाई उक्त दिन पटक्कै चैन भएन। कारण मानिसहरूले सुने, “राजा आफ्ना छोराको निम्ति साह्रै दुःखी छन्।”

मानिसहरू चुपचाप शहरमा भित्रिए। पराजित भएर भागेर आएका मानिसहरू जस्तै भए। राजाले अनुहार ढाकेका थिए। हे मेरो छोरा “अब्शालोम, मेरो छोरा भन्दै राजा जोड-जोडले रोइरहेका थिए।”

योआब राजाका घरमा आए। योआबले राजालाई भने, “तपाईंले आफ्ना सबै अधिकारीहरूको बेज्जत गर्दैहुनुहुन्छ। हेर्नुहोस्, ती अधिकारीहरूले आज तपाईंको प्राण बचाए। अनि तिनीहरूले तपाईंका छोरा छोरी, पत्नीहरू र नोकर्नीहरूलाई पनि बचाए। जसले तपाईंलाई घृणा गर्यो उसैलाई माया गर्नुहुन्छ। आज तपाईंले तपाईंका अधिकारीहरू र आफ्ना मानिसहरूलाई केही जस्तो नठानेको प्रमाण भयो। मलाई यस्तो लाग्दैछ यदि अब्शालोम चाहिं बाँचेर हामी सबै मारिएको भए तपाईं खुशी हुनुहुन्थ्यो। अब उठेर तपाईंका अधिकारहरूलाई उत्साहका केही शब्द भन्नुहोस्। म परमप्रभुको शपथ खाएर भन्छु यदि तपाईं झट्टै बाहिर निस्कनु भएन भने रात हुन अघि कसैले पनि तपाईंलाई सहयोग गर्ने छैन। तपाईंको बाल्यकाल देखिको विपत्तीहरूमा सबभन्दा नराम्रो विपत्ती यो हुनेछ।”

त्यसपछि राजा शहरको फाटकमा गए। त्यत्ति नै बेला राजा फाटकमा सवारी भए भनेर हल्ला चारैतरि फैलियो। यसैले सबै मानिसहरू राजालाई हेर्न आए। अब्शालोमका अनुयायी भएका सबै इस्राएलीहरू भागेर घर गए।

दाऊद फेरि राजा भए

इस्राएलका सबै कुल र परिवार समूहका मानिसहरूले तर्क-बितर्क गरे। तिनीहरूले भने, “राजा दाऊदले हामीलाई पलिश्ती र अन्य शत्रुहरूबाट बचाए। दाऊद अब्शालोमको अघिबाट भागे। 10 यसैले हामीले अब्शालोमको शासन छान्यौ। तर अहिले अब्शालोम मरे। उ युद्धमा मारिए। यसर्थ हामीले दाऊदलाइ फेरि राजा बनाउनु पर्छ।”

11 राजा दाऊदले पूजाहारीहरू सादोक र एबीयातारकहाँ खबर पठाए। दाऊदले, “यहूदाका अधिकारीहरूलाई भने। ‘किन तिमीहरू दाऊदलाई राजसिंहासनमा फेरि बसाउन किन अन्तिम परिवार समूह भयौ? हेर, इस्राएलीहरूले राजालाई फर्काएर ल्याउने बारेमा भने, अनि राजाको डेरामा पुगे। 12 तिमीहरू मेरो एउटै परिवार समूहका भाइहरू हौ। तिमीहरू मेरो आफ्नै परिवार छौ। तब किन तिमीहरू राजालाई फर्काएर ल्याउने अन्तिम परिवार भयौ?’ 13 अनि आमासालाई भन, ‘तिमी मेरो कुल समूहका हौ। यदि मैले तिमीलाई योआबको स्थानमा सेनाको कप्तान बनाइन भने परमेश्वरले मलाई दण्ड दिउन्।’”

14 दाऊदले यहूदावासीहरूको हृदयमा स्नेह पाए यसैले तिनीहरूले एउटै मानिसको रूपमा मत प्रकट गरे। यहूदाका मानिसहरूले राजालाई खबर पठाए। तिनीहरूले भने, “तपाईं र तपाईंका अधिकारीहरू आउनुहोस्।”

15 तब राजा दाऊद यर्दन नदी आए। यहूदाका मानिसहरू गिलगालमा राजालाई भेट्न आए र उहाँलाई यर्दन नदी पारि लगे।

शिमीले राजा दाऊदसँग क्षमा मागे

16 गेराका छोरा शिमी बिन्यामीन परिवार समूहका थिए। तिनी बहूरीममा बस्थे। शिमीलाई राजा दाऊद भेट्न हतार लाग्यो। शिमी यहूदाका मानिसहरूसँग आए। 17 झण्डै 1,000 मानिसहरू बिन्यामीन कुल समूहका शिमीसित आए। सीबा शाऊलका नोकर पनि आए। सीबाले 15 छोराहरू र 20 नोकरहरू पनि साथमा ल्याए। यी सबै मानिसहरू यर्दन नदी पुगी राजा दाऊदलाई हेर्न हतारीएका थिए।

18 ती मानिसहरू यर्दन नदी तरेर राजाका परिवार यहूदामा फिर्ता गराउन गए। मानिसहरूले राजाले जे चाहन्थे त्यही गरे। जब राजा नदी तर्दैथिए, गेराका छोरा शिमी तिनलाई भेट्न आए। 19 राजाको अघि भुइँतिर झुकेर शिमीले भने, “मेरा मालिक, मैले जे गरें त्यसलाई भूल नबुझिदिनहोस्। मेरा मालिक राजा, जब तपाईं यरूशलेम छोडेर जानुभयो मैले गरेका कु-कर्महरू नसम्झनुहोस्। 20 मलाई थाहा छ मैले पाप गरें। यही कारणले यूसुफ परिवारबाट तपाईंलाई भेट्ने म पहिलो व्यक्ति हुँ, मेरा मालिक राजा।”

21 तर सरूयाहका छोरा अबीशैले भने, “शिमी जसले परमप्रभुद्वारा चुनिएका राजालाई श्रापे अवश्यै मार्नु पर्छ।”

22 दाऊदले भने, “सरूयाहका छोरा म तिमीसित के गरौं? आज तिमी मेरो विरूद्धमा छौ। इस्राएलमा कसैलाई पनि मार्नु हुँदैन। आज म जान्दछु इस्राएलको राजा म हुँ।”

23 तब राजाले शिमीलाई भने, “तिमी मर्ने छैनौ।” राजाले शिमीलाई म तिमीलाई मार्दिन भनि वचन दिए।

मपीबोशेत दाऊदलाई भेट्न जान्छन्

24 शाऊलको नाति मपीबोशेत दाऊदलाई भेट्न आए। राजा गए पश्चात यरूशलेम फर्केर नआइन्जेल सम्म मपीबोशेतले खुट्टाको वास्ता गरेनन्। दाह्री जुँगा काटेनन् र लुगाफाटा धोएनन्। 25 जब मपीवोशेतले राजालाई यरूशलेममा भेटे राजाले उनलाई भने, “जब म यरूशलेमबाट जाँदै थिए तँ किन मसँग गइनस्?”

26 मपीबोशेतले जवाफ दिए, “मेरा मालिक राजा, मेरो नोकरले मलाई झुक्कायो। म लङ्गडो भएको हुनाले मैले मेरो नोकर सीबालाई भनें, ‘गधामा जीन लगाम कस म चढेर राजालाई भेट्न जान्छु।’ 27 तर मेरो नोकरले मलाई छक्कायो। तिनीहरूले मलाई धोका दिएर तपाईंलाई भेट्न गए अनि तिनले अघि मलाई गाली गरे। तर मेरो मालिक राजा तपाईं त परमेश्वरका दूत जस्तै हुनुहुन्छ तपाईंलाई जस्तो ठीक लाग्छ गर्नुहोस्। 28 तपाईंले मेरा बाजेका सबै सन्तानहरूलाई मार्न सक्नु हुन्थ्यो। तर तपाईंले त्यसो गर्नुभएन। तपाईंसँगै टेबलमाखान मलाई स्थान दिनुहुन्छ। यसैले तपाईंलाई गुनासो गर्ने मेरो अधिकारै छैन।”

29 राजाले मपीबोशेतलाई भने, “यो भन्दा ज्यादा समस्याहरू मलाई नभन। मैले आदेश दिएः सिबा र तिमीले जमिन भाग गर्नेछौ।”

30 मपीबोशेतले राजालाई भने, “मेरो मालिक राजा, तपाईं शान्तिसित घर फर्कनुभएको नै यथेष्ट छ। जमीन सीबाले नै लगोस्।”

दाऊदले बर्जितलाई डाके

31 गिलादीको बर्जितले रागलीमबाट आए। तिनी यर्दन नदीदेखि राजासँगै आए। उसले राजासितै नदी पार गर्न साथ दिए। 32 बर्जितले 80 बर्ष पुगेका साह्रै बृद्ध मानिस थिए। दाऊद महनैममा भएका बखत राजालाई खाना पिना र अन्य सामानहरू तिनैले जुटाइदिए। बर्जितले यो कार्य सजिलै गर्न सक्थे कारण तिनी साह्रै धनी थिए। 33 दाऊदले बर्जितलाई भने, “नदी तरेर मसित आऊ। यहीं यरूशलेममा मसित बस म ख्याल राख्ने छु।”

34 तर बर्जितले राजालाई भने, “तपाईंलाई थाहा छ म कति बर्ष पुगें? म तपाईंसित यरूशलेम जानसक्छु भनेर तपाईंलाई लाग्छ? 35 म 80 बर्षको मानिस हुँ। म राम्रो र नराम्रो छुट्याउन नसक्ने गरी बूढो भएँ। मलाई खान-पिनको स्वाद थाहा हुँदैन। लोग्ने मानिस र स्त्रीको स्वर छुट्याउन नसक्ने गरी बूढो भएँ। तपाईंले मेरो निम्ति किन दुःख उठाउन चाहानु हुन्छ? 36 तपाईंबाट मलाई कुनै कुरा चाहिएको छैन। म तपाईंसित यर्दन नदी पार गर्छु। 37 तर दया गरी मलाई फर्केर आउँन दिनुहोस्। तब म मेरो आफ्नै शहरमा मर्नेछु र मेरो आमा-बाबुको चिहानहरूको छेउमा गाडिनेछु। तर किमहाम तपाईंको सेवक हुनसक्छ; उसलाई तपाईंसँगै लग्नुहोस्, मेरो मालिक राजा। तपाईंको इच्छा अनुसार उसलाई प्रयोग गर्न सक्नु हुन्छ।”

38 राजाले जवाफ दिए, “किमहाम मसितै फर्कन्छ। तपाईंको खातिर म उप्रति दयालु बन्छु। तपाईंलाई जे पनि म गुण लगाउँछु।”

दाऊद घर फर्कन्छन्

39 राजाले बर्जितलाई म्वाईं खाए र आशीर्वाद दिए। अनि राजा र अरू मानिसहरू नदी पार गए। बरसीलै घर फर्किए।

40 राजाले गिलगालको निम्ति यर्दन नदी पार गरे। किमहाम तिनीसितै गए। यहूदाका सबै मानिसहरू र इस्राएलका आधा जनताले दाऊदलाई नदी पार गराए।

इस्राएलीहरूले यहूदाका मानिसहरूसँग तर्क गर्छन्

41 सबै इस्राएलीहरू राजा कहाँ आए र भने, “हाम्रो दाज्यू-भाइहरू यहूदाका मानिसहरूले तपाईंलाई तपाइका सबै मानिसहरूसितै यर्दन नदी पारि गुप्तमा लिएर भागे। किन?”

42 यहूदाका सबै मानिसहरूले इस्राएलीहरूलाई जवाफ दिए, “कारण राजा हाम्रा नजिकका नातेदार हुन्। यसको निम्ति तिमीहरू किन रिसाउँछौ? हामीले राजाको खर्चमा खाना खाएका छैनौं। राजाले हामीलाई कुनै उपहार पनि दिएका छैनन्।”

43 इस्राएलीहरूले जवाफ दिए, “दाऊदको राज्यको बाह्र भागमा दश भाग हामीसँग छ। यसैले तपाईंहरूको भन्दा बढ्ता अधिकार हाम्रो छ। तर तिमीहरूले हामीलाई ध्यान दिएनौं राजालाई ल्याउनु पर्छ भन्ने पहिलो मानिसहरू हामी नै थियौं।”

तर यहूदाका मानिसहरूले इस्राएलीहरूलाई नराम्रो जवाफ दिए। यहूदाका मानिसहरूको वचनहरू ती इस्राएलीहरूको भन्दा ज्यादा कठोर थियो।

शेबाले इस्राएलीहरूलाई दाऊदबाट छुट्टै अगुवाई गर्छन

20 त्यहाँ बिक्रीका छोरा शेबा नाउँ गरेको दुष्ट प्रवृतिका बिन्यामीन कुल समूहका एकजना मानिस थिए। शेबाले तुरही फुकेर मानिसहरू भेला गर्ने भए। तब उसले भने,

“हामीसित दाऊदको भाग छैन।
    यिशैको छोरामा हाम्रो कुनै अंश छैन।
इस्राएल, हामी सबै घर जाऔं आफ्नो पालमा।”

यसैले सबै इस्राएलीहरू दाऊदलाई छोडेर बिक्रीका छोरा शेबाकापछि लागे। तर यहूदाका सबै मानिसहरू यर्दन नदी देखि यरूशलेमसम्मै बाटोमा राजाका साथ बसे।

दाऊद उनको महल यरूशलेम फर्किएर आए। दाऊदले आफ्ना 10 जना उप-पत्नीहरूलाई महलको हेरचार गर्नका निम्ति छोडेका थिए। तब दाऊदले ती उप-पत्नीहरूलाई विशेष महलमा राखेका थिए। यो घरको सुरक्षा गरिरहन द्वारपालेहरू त्यहाँ थिए। ती स्त्रीहरू नमरिन्जेलसम्म त्यहीं बसे। दाऊदले तिनीहरूका निम्ति भोजनको बन्दोबस्त गरिदिएका थिए, तर शारीरिक सम्बन्ध भने गरेन्‌न। तिनीहरूले विधवाको जस्तै जीवन बिताए।

राजाले आमासालाई भने, “यहूदाका मानिसहरूलाई तीन दिन भित्र मलाई भेट्नु भन्नु। अनि त्यहाँ तिमी पनि हुने छौ।”

आमासाले यहूदाका मानिसहरू भेला गर्न गए। तर राजाले दिएको समयभन्दा ज्यादा लगाए।

दाऊदले अबीशैलाई शेबाको हत्या गर्न अह्राउँछन्

दाऊदले अबीशैलाई भने, “बिक्रीको छोरा शेबा हाम्रो निम्ति अब्शालोम भन्दा डरलाग्दो हो। मेरा अधिकारीहरूसित शेबालाई पछ्याऊ। शहरको पर्खालमा पस्नु भन्दा अघि उसलाई समात। यदि शेबाले सुरक्षित शहरमा प्रवेश गर्यो भने हामीले त्यसलाई भेट्न सक्दैनौ।”

यसैकारण योआब अनि अबीशै बिक्रीको छोरा शेवाको पिछा गर्न यरूशलेम छोडे। योआबले आफ्ना साथमा करेती, पलेती र अरू सिपाहीहरू लगे।

योआबले अमासालाई मार्छन्

जब गिबोनका ठूला चट्टानमा योआब र तिनका सिपाहीहरू आए, अमासा तिनीहरूलाई भेट्न आए। योआबले आफ्नो पोषाक लगाएका थिए। योआबले पेटी कसेका थिए अनि म्यानमा तरवार भिरेका थिए। जस्तो योआब अमासालाई भेट्न गए त्यस्तै योआबको म्यानबाट तरवार खस्यो। योआबले तरवार टिपेर हातमा लिए। योआबले अमासालाई सोधे, “भाइ, जाती नै छौ?” तब योआबले दाहिने हातले अमासाको दाह्री समातेर म्वाई खान खोजे। 10 अमासाले योआबको देब्रे हातमा भएको तरवार ख्यालै गरेनन्। त्यही मौकामा योआबले तरवारद्वारा अमासाको भुँडी रोपिदिन्छ। अमासाको आन्द्रा भुँडी भुँइभरि हुन्छ। योआबले अर्कोचोटि रोप्न परेन ऊ मरिसकेको थियो।

दाऊदका मानिसहरूले अझै शेबाको खोजी गर्छन्

तब योआब र तिनका भाइ अबीशैले बिक्रीको छोरा शेबाको लगातार खोजी गर्छन्। 11 योआबका एकजना जवान सिपाही अमासाको लाशको छेउमा उभिएका थिए। त्यस जवान सिपाहीले भने, “ज-जसले योआब र दाऊदलाई समर्थन गर्दछौ, तिमीहरू योआबलाई पछ्याऊ।”

12 अमासाको शरीर बाटोको बीचमा रगतमा मुछिएर लडिरहेको थियो। त्यस जवान सिपाहीलाई लाग्यो कि अमासाको लाश हेर्न सबै त्यहाँ रोकिए। यसैले उसले लाशलाई बाटोबाट खेततिर पल्टाइदियो। तब उसले यस लाशलाई लुगाले ढाकि दियो। 13 बाटोबाट अमासाको लाश हटाएपछि मानिसहरू योआबको पछि-पछि लागे। योआबलाई भेटेपछि बिक्रीको छोरा शेबाको खोजीमा लागे।

शेबा भागेर आबेल-बेतामाका लाग्छन्

14 बिक्रीको छोरा शेबा सबै इस्राएल कुल समूहबाट हुँदै आबेल-बेत-माका तिर लागे। सबै मानिसहरू जम्मा भए अनि शेबाको अनुशरण गरे।

15 योआब र तिनका मानिसहरू आबेल बेत-माका आए। योआबका सेनाले शहरलाई घेरे। तिनीहरूले पर्खालको छेउमा माटो थुपारे, जसद्वारा पर्खाललाई नाग्न सकियोस्। योआबका मानिसहरूले पर्खालका ढुङ्गाहरू फुटाउन थाले, जसले पर्खाललाई लडाउँन सकियोस्।

16 तर त्यस शहरमा एउटी ज्ञानी स्त्री थिई। तिनले याओबलाई शहरभित्रबाट कराइन्। तिनले भनिन्, “मेरो कुरा सुन्नुहोस्, योआबलाई यहाँ आउनु भन। म ऊसित कुरा गर्न चाहान्छु।”

17 त्यस महिलासँग कुरा गर्न योआब गए। त्यस महिलाले योआबलाई भनिन्, “तपाईं नै योआब हुनुहुन्छ?”

योआबले जवाफ दिए, “ज्यू, म नै हुँ।”

तब त्यस महिलाले भनिन, “मेरो कुरा सुन्नुहोस्।”

योआबले भने, “म सुन्दैछु।”

18 तब त्यस महिलाले भनिन्, “पहिले-पहिले मानिसहरू भन्ने गर्थे, ‘आबेल-बेतमा सहायता माग जे जस्तो समस्या पनि हल हुन्छ।’ 19 म यस शहरका शान्तिप्रिय र राजभक्त मानिसहरूमध्ये एकजना हुँ। इस्राएलको एउटा महत्वपूर्ण शहर नष्ट गर्ने चेष्टामा छौ। किन तपाईं परमप्रभुको सम्पत्ति नष्ट गर्न चाहानु हुन्छ?”

20 योआबले जवाफ दिए, “होइन, मैले केही नष्ट गर्न चाहिरहेको छैन। मैले तिम्रो शहरलाई पनि नष्ट गर्दिन। 21 तर एप्रैमको एकजना मानिस तिम्रो यस शहरमा छ। उसको नाउँ शेबा हो, ऊ बिक्रीको छोरा हो। त्यसले राजा दाऊदको विरूद्धमा जाने चेष्टा गर्यो। त्यसलाई मेरो जिम्मा लगाइदेऊ, म शहर छोडिहाल्छु।”

त्यस महिलाले योआबलाई भनिन्, “ठीक छ। त्यसको टाउको पर्खालबाट तपाईंलाई दिइने छ।”

22 तब त्यस महिलाले बुद्धिमानी तवरले शहरका सबै मानिसहरूलाई भनिन्। मानिसहरूले बिक्रीको छोरा शेबाको टाउको छिनाए। त्यसपछि पर्खालबाट शेबाको टाउको योआबको निम्ति हुत्याइदिए।

त्यसपछि योआबले तुरही फुके अनि सेनाहरूले शहर छोडे। सिपाहीहरू घर गए, अनि योआब यरूशलेममा राजाकहाँ गए।

दाऊदका अधिकारीबर्ग

23 योआब इस्राएली सेनाका कप्तान थिए। यहोयादाका छोरा बनायाहाले करेती र पलेतीहरूका सेनापति थिए। 24 अदोनिराम ती कठिन काम गर्न बाध्य गरिएका मानिसहरूका नाईके थिए। अहीलूदका छोरा यहोशापात इतिहासकार थिए। 25 शेबा सचिव थिए। सादोक र एबीयातार दुवै पूजाहारी थिए। 26 अनि याइरी ईरा चाँहि दाऊदका मुख्य सल्लाहाकार थिए।

शाऊलको परिवारलाई सजाय हुन्छ

21 दाऊद राजा भएको समयमा अनिकाल लाग्यो। यस्तो भोकमारी तीन बर्षसम्म रह्यो। दाऊदले परमप्रभुलाई प्रार्थना गरे अनि परमप्रभुले जवाफ दिनु भयो। परमप्रभुले भन्नु भयो, “शाऊल र तिनका परिवार हत्या हुनाले गर्दा यस्तो परिस्थिति झेल्नु परेको हो। शाऊलले गिबोनीहरू मारेकोले गर्दा यो अनिकाल लागेको हो।” (गिबोनीहरू इस्राएली थिएनन्। तिनीहरू त अमोरीहरू समूहका थिए। इस्राएलीहरूले गिबोनीहरूलाई केही घात नगर्ने वचन दिएका थिए। तर शाऊलले गिबोनीहरूलाई मार्न चाहे कारण थियो शाऊलको इस्राएली र यहूदाप्रति ज्यादा झुकाव।)

राजा दाऊदले गिबोनीहरूलाई भेला गराए र कुरा गरे। दाऊदले गिबोनीहरूलाई भने, “म तिमीहरूको निम्ति के गर्न सक्छु? इस्राएलको पापलाई कसरी धुँदा तिमीहरूले परमप्रभुका मानिसहरूलाई आशीर्वाद दिन सक्छौ?”

गिबोनीहरूले भने, “शाऊलका परिवारले गरेको कार्यको मूल्य चुकाउने त्यति सुन चाँदी छैन। अनि हामीलाई कुनै पनि मानिसको हत्या गर्ने अधिकार छैन।”

दाऊदले भने, “ठीक छ, म तिमीहरूको निम्ति के गर्नसक्छु?”

गिबोनीहरूले राजा दाऊदलाई भने, “शाऊलले हाम्रो बिरूद्ध योजना बनायो। इस्राएलमा बस्ने हाम्रा सबै मानिसहरूलाई खतम गर्न चाहेको थियो। दया गरि शाऊलका सातै छोराहरू हामीलाई दिनुहोस्। शाऊल परमप्रभुले छान्नु भएको राजा थिए। यसैले हामी उसका छोराहरूलाई शाऊलको गिबा पर्वतमा परमप्रभुको अगाडि झुण्ड्याउँछौं।”

राजा दाऊदले भने, “ठीक छ, म तिनीहरू तिमीलाई सुम्पिदिनेछु।” तर राजाले जोनाथनको छोरा मपीबोशेतलाई बचाए। जोनाथन शाऊलका छोरा थिए। परमप्रभुको साक्षी राख्दै दाऊदले जोनाथनलाई वचन दिएका थिए। यसैले राजाले मपीबोशेतलाई तिनीहरूबाट आघात पार्नबाट बचाए। दाऊदले आरमोनी र मपीबोशेत[b] तिनीहरूलाई सुम्पिए। तिनीहरू शाऊलका र रिश्पाका छोराहरू थिए। शाऊलकी एउटी छोरी मेराब नाउँकी थिई। महोलाका बर्जितका छोरा अद्रीएलसँग शाऊलकी उक्त छोरीको विवाह भएको थियो। यसैले दाऊदले मेराब र अद्रीएलका पाँच जना छोराहरू लिए। दाऊदले यी सातैजनालाई गिबोनीहरूलाई दिए। गिबोनीहरूले ती सातैजनालाई गिबा पर्वतमा परमप्रभुको अघि फाँसी दिए। ती सातैजना सँगै मरे। जौंको फसल काट्नुभन्दा एक दिन अघि उनीहरूलाई मारियो।

दाऊद र रिश्पा

10 रिस्पा, एयाइकी छोरीले भाङ्ग्रा आफ्नै निम्ति चट्टानमाथि राखिन्। भाङ्ग्रा चट्टामाथि फसल काटिने शुरू देखि लिएर बर्षाको शुरू नहुन्जेल सम्म बसिन्। रिश्पाले रात दिन मृत्य शरीरको ख्याल गरिन्। दिन समयमा कुनै चराहरूलाई लाशको छेउमा आउँन दिइनन् रातमा पनि तिनले जङ्गली जनावरहरूलाई लाशको छेउमा आउँन दिइनन्।

11 मानिसहरूले दाऊदलाई रिश्पाको यस्तो गति-विधीमाथि सबै जानकारी गराए। 12 तब दाऊदले याबेश गिलादको मानिसहरू शाऊल र जोनाथनका हड्डीहरू ल्याए पछि याबेशक मानिसहरूले तिनीहरूको शरीर बेत-शानका सार्वजनिक ठाउँबाट चोरेर ल्याए, (जहाँ पलिश्तीहरूले शाऊल र जोनाथनलाई मारे पछि गल्बिम झुण्डाएका थिए।) 13 दाऊदले याबेश गिलादबाट शाऊल र जोनाथनका हड्डीहरूल्याए। जो सातजना झुण्डायाइएका थिए उनीहरूका लाशहरू पनि पाए। 14 बिन्यामीन क्षेत्रमा शाऊल र जोनाथनका हड्डीहरू तिनीहरूले गाडे। शाऊलका पिता किशको चिहानको नजिक सुरूङमा मानिसहरूले गाडे। राजाको आदेश अनुसार तिनीहरूले काम गरे। तब परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नुभयो।

पलिश्तीहरूसँग युद्ध

15 पलिश्तीहरूले इस्राएलसँग अर्को युद्ध शुरू गरे। दाऊद र तिनका मानिसहरू पलिश्तीहरूसँग युद्ध गर्न गए। तर दाऊद साह्रै कमजोर र थकित थिए। 16 इशबि-बेनोब रपाईम जातिका थिए। इशबि-बेनोबको भालाको ओजन 300 शेकेलको थियो। उसको नयाँ तरवार पनि थियो। उसले दाऊदलाई मार्ने कोशिश गर्यो। 17 तर सरूयाहका छोरा अबीशैले त्यस पलिश्तीलाई मारेर दाऊदको ज्यान बचाए।

तब दाऊदका मानिसहरूले दाऊदसँग प्रतिज्ञा गरे। उनीहरूले तिनलाई भने, “तपाईं अबदेखि हामीसँग युद्ध गर्न जानुहुने छैन। यदि जानुभयो भने, इस्राएलले साह्रै ठूला नेता हराउने छन्।”

18 पछि, अर्को एउटा युद्ध गोबमा पलिश्तीहरूसँग भयो। हूशाका सिब्बकैले त्यहाँ एउटा रपाईम वंशी सफको हत्या गरे।

19 फेरि पछि गोबमा पलिश्तीहरूसँग युद्ध भयो। बेतलेहेम याईर गिबका छोरा एल्हनानले गातको गोल्यत गित्तिका भाइ लहमीलाई मारे उसको भाला जुलाहाको लुगा बुन्ने डण्डा जत्रो ठूलो थियो।

20 गातमा अर्को युद्ध भयो। त्यहाँ एउटा ठूलो मान्छे थियो। त्यस मान्छेको दुवै हातमा 6-6 वटा औंला थिए र खुट्टामा पनि 6-6 वटा औंला गरेर जम्मा 24 औंलाहरू थिए। त्यो मानिस पनि रिपाइम वंशकै थियो। 21 त्यो मानिसले इस्राएलीलाई धम्की दियो र तिनीहरूको खिल्ली उडायो। तर जोनाथनले त्यस मानिसको हत्या गरे। (जोनाथन चाहिं दाऊदका भाइ शिमीका छोरा थिए।)

22 यी चारैजना मानिसहरू गातको रपाईमका थिए। तिनीहरू दाऊद र तिनका मानिसहरूद्वारा मारिए।

परमप्रभुप्रति दाऊदको स्तुति गीत

22 परमप्रभुले दाऊदलाई शाऊल र तिनका अन्य शत्रुहरूबाट सुरक्षित राख्नुभएको बेला दाऊदले गाएको स्तुति गीत यस्तो छ।

परमप्रभु मेरो चट्टान मेरो किल्ला मेरो निर्भयस्थल हुनुहुन्छ।
    उहाँ नै मेरो परमेश्वर, मेरो बचाउँको निम्ति म चट्टानमा दौडन्छु,
    परमेश्वर मेरो सुरक्षा कवच हुनहुन्छ।
उहाँको परमशक्तिले मलाई बचाउँछ।
    परमप्रभु मेरो शरणस्थल हुनुहुन्छ,
मेरो सुरक्षाको स्थान र मेरो उच्च टाकुरा हुनुहुन्छ,
    निर्दयी शत्रुहरूबाट मलाई बचाउँनुहुन्छ।
तिनीहरूले मेरो खिल्ली उडाए
    तर मैले सहायताको निम्ति परमप्रभुलाई पुकारें,
    अनि म मेरा शत्रुहरूबाट सुरक्षित रहें।

मेरा शत्रुहरूले मलाई मार्न पर्खिरहेका छन्।
मृत्युको छालहरू मेरा वरिपरि छन्।
    धेरै बाढले म खल्बलिएँ विपत्तिले मलाई व्याकुल बनायो।
    बाढीले मलाई मृत्यु स्थानमा लगिरहेको थियो।
चिहानको साङ्गलोले म बेह्रिए
    मृत्युको पासो मेरो अघिल्तिर पर्यो
हो, मैले परमप्रभुलाई पुकारें जब म खतरामा थिएँ,
    मैले परमेश्वरलाई पुकारें।
    परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थ्यो।
उहाँले मेरो आवाज सुन्नु भयो।
    मेरो सहायताको चिच्याई उहाँले सुन्नु भयो।
पृथ्वी हल्लियो, भुईचालो गयो
    आकाशको आधार हल्लियो किन?
    किनभने परमप्रभु रिसाउनु भएको थियो।
परमेश्वरको नाकबाट धूवाँ निस्क्यो
    मुखबाट बलिरहेको ज्वाला निस्क्यो
    उहाँबाट आगोको भुङ्ग्रो निस्क्यो।
10 परमप्रभु आकाश च्यातेर तल आउनुभयो!
    उहाँ बाक्लो कालो बादलमा उभिनुभयो!
11 उहाँ उड्ने दूतहरूमाथि
    हावामा उडिरहनु भएको थियो।
12 परमप्रभुले कालो बादललाई तम्बू जस्तै आफूलाई बेर्नुभयो
    उहाँले बाक्लो बादलबाट पानी जम्मा गर्नुभयो।
13 उहाँको अघि बल्दै गरेको आगो जस्तै बत्ती बल्यो।
14 परमप्रभु स्वर्गबाट गर्जनु भयो!
    र अति उच्च परमेश्वरको चर्को स्वर सुनियो।
15 परमप्रभुले आफ्ना काँडहरू हान्नुभयो
र आफ्ना शत्रुहरूलाई छरपस्ट पारिदिनुभयो।
    परमप्रभुको चट्याङद्वारा मानिसहरू साह्रै डराए।

16 परमप्रभु, तपाईं जोडले बोल्नुहुँदा,
शक्तिशाली हावा तपाईंको मुखबाट बह्‌यो
    र पानी जति सबै पन्छियो,
यसैले हामीले समुद्रको फेदलाई देख्न
    र धर्तीको आधारलाई देख्न सक्ने भयौं।

17 परमप्रभुले मलाई सहायता गर्न माथिबाट तल आइपुग्नुभयो
    परमप्रभुले गहिरो पानीबाट समातेर मलाई बाहिर निकाल्नु भयो।
18 मेरा शत्रुहरू मभन्दा बलिया थिए तिनीहरूले मलाई घृणा गर्थे
मेरो लागि शत्रुहरू बलिया थिए।
    यसैले परमेश्वरले मलाई बचाउँनुभयो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International