Bible in 90 Days
परमेश्वरले यहोशूलाई इस्राएलको अगुवाई गर्नका निम्ति चुन्नुहुन्छ
1 मोशा परमप्रभुका दास थिए। नूनका छोरा यहोशू मोशाका सहायक थिए। मोशाको मृत्यु भए पछि, परमप्रभु यहोशूसित बात गर्नुभयो। परमप्रभुले भन्नुभयो, 2 “मेरो दास मोशाको मृत्यु भयो। अब तिमी अनि यी मानिसहरू यर्दन नदी पार गरी जानु पर्छ। तिमीहरू त्यो भूमिमा अवश्यै जानु पर्छ जुन चाहि तिमीहरू इस्राएलका मानिसहरूलाई दिदैछु। 3 मैले मोशालाई प्रतिज्ञा दिएको थिए कि म यो भूमि तँलाई दिनेछु। यसर्थ तँ जहाँ कही जानेछस् म तँलाई त्यो भूमि दिनेछु। 4 हित्तीहरूको सम्पूर्ण भूमि, मरुभूमि अनि लबानोनदेखि महानदी यूफ्रेटिससम्म तिमीहरूको हुने छ। अनि यहाँ देखि पश्चिमको भूमध्यसागर (त्यो स्थान जहाँ सूर्य अस्त हुन्छ) सम्मका समस्त भूमि तेरो सीमाना भित्र हुनेछ। 5 कुनै पनि मानिसले तँलाई सम्पूर्ण जीवन भरी रोक्न सक्ने छैन। म जसरी मोशासित रहेको थिएँ, त्यसरी नै म तँसित रहनेछु। म तँलाई त्याग्ने छैन। म तँलाई कहिले छाड्ने छैन।
6 “यहोशू, तँ दृढ़ अनि साहसी हुनुपर्छ। तैंले यी मानिसहरूको अगुवाइ गर्नुपर्छ जसद्वारा तिनीहरूले आफ्ना भूमि लिन सकुन्। मैले तिनीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा दिएको थिएँ कि म तिनीहरूलाई यो भूमि दिनेछु। 7 तर तँ एउटा अर्कोको कारणले पनि दृढ अनि साहसी हुनुपर्छ। मेरो दास मोशाले तँलाई दिएका आज्ञाहरू पालन गर्नमा तँ निश्चित हुनु पर्छ। यदि तैंले उसको उपदेशहरू दाहिने देब्रे नफर्कीकन अनुशरण गरिस् भने तैंले गरेका सबै काममा तँ सफल हुनेछस्। 8 त्यस व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरू सदैव याद राख्। दिन-रात त्यस पुस्तकको अध्यान गर्। तब तँ त्यसमा लेखिएका कुराहरू पालन गर्न निश्चित हुने छस्। यदि तैंले यसो गरिस् भने तँ ज्ञानी बन्ने छस् अनि तैंले जे कुरा गर्छस् त्यसमा सफल हुने छस्। 9 याद राख, मैले तँलाई दृढ अनि साहसी हुनु भनी आज्ञा गरेकोछु। यसकारण, भयभीत नहो, किनभने परमप्रभु तेरो परमेश्वर तँ जहाँ कँही गएता पनि तेरो साथ रहनु हुनेछ।”
यहोशूले आदेश दिन्छन्
10 यसकारण यहोशूले मानिसहरूका अगुवाहरूलाई आदेश दिए, उसले भने, 11 “छाउनी भएर जाऊ अनि मानिसहरूलाई तयार हुनु भन। मानिसहरूलाई भन, ‘केही खाद्य पदार्थ तयार गर। अहिले देखि तीन दिनमा हामी यर्दन नदी पारी जानेछौं। परमप्रभु परमेश्वरले तिमीहरूलाई दिनुहुँदै गरेको भूमि अधिकार गर्न हामी जानेछौ।’”
12 तब यहोशू रूबेन, गादका कुल समूह अनि मनश्शेका आधा कुल समूहसित बात गरे, यहोशूले भने, 13 “याद गर परमप्रभुका दास मोशाले तिमीहरूलाई के भनेका थिए। उनले तिमीलाई भनेका थिए, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एउटा विश्राम गर्ने भूमि दिनुभएको छ, परमप्रभुले यो भूमि तिमीहरूलाई दिनुभएको हो। 14 वास्तवमा, परमप्रभुले तिमीहरूलाई यर्दन नदीको पूर्व तफर्को यो भूमि दिइसक्नु भएकोछ। यो भूमिमा तिमीहरूका पत्नीहरू, अनि छोरा-छोरीहरू तिमीहरूका पशु प्राणीहरू समेत बस्न सक्नेछौ। तर तिमीहरूका योद्धा मानिसहरू तिमीहरूका दाज्यू-भाइहरूसित यर्दन नदी पार गरी जानुपर्छ। तिमीहरू युद्धका निम्ति तयार हुनुपर्छ अनि तिनीहरूलाई आफ्ना भूमि लिनका निम्ति सहायता गर्नुपर्छ। 15 परमप्रभुले तिमीहरूलाई विश्राम गर्नका निम्ति एक स्थान दिनु भएकोछ। अनि तिम्रा दाज्यू-भाइहरूका निम्ति पनि उहाँले त्यसै गर्नु हुनेछ। तर तिमीहरूले तिनीहरूलाई त्यस बेलासम्म सहायता गर्नु पर्छ, जबसम्म तिनीहरूले त्यो भूमि प्राप्त गर्ने छैनन्। जुन परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूलाई दिनु हुँदैछ। तब तिमीहरूको आफ्नै देश, यर्दन नदीको पूर्व तर्फर्को देशमा फर्की आउँन सक्छौ। परमप्रभुको दास मोशाले त्यो भूमि तिमीहरूलाई दिनु भएको छ।”
16 तब मानिसहरूले यहोशूलाई उत्तर दिए, “हामीलाई गर्नु भनी जो आज्ञा तपाइले दिनुहुन्छ त्यो हामी गर्नेछौं। तपाइले हामीलाई जहाँ जानु भन्नुहुन्छ हामी जानेछौं। 17 तपाइले हामीलाई जे भने पनि हामी त्यसको पालन गर्नेछौं जसरी हामीले मोशाका आज्ञा पालन गरेका थियौं। हामी परमप्रभुसित एउटा कुराको मात्र याचना गर्न सक्छौ। हामी यो याचना गर्छौ कि, परमप्रभु तपाईंको परमेश्वर जसरी उहाँ मोशाका साथ हुनुहुनथ्यो त्यसरी नै तपाईंको साथ रहनुहुनेछ। 18 तब, यदि कुनै मानिसले तपाईंको आज्ञा पालन गर्न अस्वीकार गर्छ भने अथवा यदि कुनै मानिस तपाईंको विरूद्ध हुन्छ भने, त्यस मानिसलाई मारिने छ। बलियो अनि साहसी मात्र बन्नुहोस्।”
यरीहोमा दुइ जासूस
2 नूनको छोरा यहोशू र सबै मानिसहरूले शित्तीममा छाउनी बसाएका थिए। यहोशूले दुइजना जासूसहरूलाई पठाए। यहोशूले यी मानिसहरूलाई पठाएको हो भनेर कसैलाई पनि थाहा थिएन। यहोशूले ती मानिसहरूलाई भने, “जाऊ अनि त्यस भूमिलाई हेर, विशेष गरी यरीहो शहरलाई हेर।”
यसर्थ ती मानिसहरू यरीहो शहरमा गए। तिनीहरू एउटी वेश्याको घरमा गए उसको नाउँ राहाब थियो अनि त्यहाँ बसे।
2 कसैले यरीहोका राजालाई भने, “हिजो राती केही मानिसहरू इस्राएलबाट हाम्रो देशको कमजोरी जान्नलाई आएका छन्।”
3 यसकारण यरीहोका राजाले राहाबलाई यो सन्देश पठाए, “तिम्रो घरमा बस्ने मानिसहरूलाई हामी कहाँ ल्याऊ। तिनीहरू हाम्रो देशको भेद लिन आएका हुन्।”
4 स्त्रीले दुइ मानिसहरूलाई लुकाई र भनी, “हो दुइ मानिस यहाँ आएका थिए, तर मलाई थाहा भएन तिनीहरू कहाँबाट आएका थिए। 5 साँझमा, जब शहरको द्वार बन्द हुने बेला भएको थियो, ती मानिसहरू गए। मलाई थाहा भएन तिनीहरू कहाँ गए। हुनसक्छ यदि तिमीहरू चाँडो गयौ भने तिनीहरूलाई पक्रन सक्ने छौ।” 6 (राहाबले ती कुराहरू भनिन्, तर वास्तवमा, तिनले ती मानिसहरूलाई छतमाथि लगेकी थिइन्, अनि तिनले तिनीहरूलाई त्यहाँ थाक पारेर राखेको परालमा लुकाएकी थिइन्।)
7 यसकारण राजाका मानिसहरू शहरबाट बाहिर गए, अनि मानिसहरूले शहर-द्वारहरू बन्द गरे। राजाका मानिसहरू इस्राएलका ती दुइ मानिसहरूलाई खोज्न गए। तिनीहरू यर्दन नदीतर्फ गए अनि ती सबै ठाउँहरू तिर हेरे जहाँ मानिसहरू नदी पार गर्थे।
8 दुइ मानिसहरू राती सुत्न तयार थिए। तर राहाब छतमा गइन् अनि तिनीहरूसित बात गरिन्। 9 राहाबले भनिन्, “म जान्दछु कि परमप्रभुले यो भूमि तपाईंहरूको मानिसहरूलाई दिनु भएको छ। तिमीहरूले हामीलाई भयभीत तुल्याउँछौ। यो देशमा बस्ने समस्त मानिसहरू तिमीहरूसित भयभीत छन्। 10 हामीहरू भयभीत भएका छौं किनभने हामीले सुनेका छौं कि परमप्रभुले तिमीहरूलाई कुन प्रकारले सहायता प्रदान गर्नु भयो। हामीले सुन्यौं कि उहाँले लाल समुद्रको पानी सुकाई दिनु भयो जब तिमीहरू मिश्रदेशबाट बाहिर आयौं। तिमीहरूले ती दुइ एमोरी राजाहरू सीहोन अनि ओगलाई के गर्यौ, हामीले त्यो पनि सुन्यौ अनि कसरी तिमीहरूले ती दुइ राजाहरूलाई जो यर्दन नदीको पूर्वमा बस्दथे विनाश गर्यो। 11 हामीले ती कुराहरू सुन्यौं अनि हामी अत्यन्त भयभीत भयौं। अनि जब हामी मध्ये कोही पनि यस्तो साहसी मानिस छैन जो तिमीहरूसित युद्ध गर्न सकुन्। किनभने परमप्रभु तिमीहरूका परमेश्वरले माथि स्वर्ग अनि तल पृथ्वीमा शासन गर्नुहुन्छ। 12 यसकारण अब म चाहन्छु कि तिमीहरूले मलाई एक वचन देऊ। म तिमीहरू प्रति दयालु थिएँ अनि तिमीहरूलाई सहायता गरें। यसर्थ परमप्रभु समक्ष वचन देऊ कि तिमीहरू मेरो परिवार प्रति दयालु हुनेछौ। कृपया मलाइ भन कि तिमीहरू यसो गर्नेछौं। 13 मलाई भन कि तिमीहरूले मेरो परिवारलाई जीवित रहन दिनेछौ। मेरो माता-पिता, दाज्यू-भाइहरू, दिदी बहिनीहरू अनि तिनीहरूका सबै परिवारहरूको लागि वचन देऊ कि तिमीहरूले हामीलाई मृत्युबाट बचाँउने छौ।”
14 ती मानिसहरू सहमत भएर तिनीहरूले भने, “तिमीहरूको जीवनका निम्ति हामी हाम्रो जीवन दिनेछौं। कसैलाई न भन हामीहरूले के गरिरहेछौ। जब परमप्रभुले हामीलाई हाम्रो देश दिनु हुनेछ, तब हामी तिमी प्रति दयालु रहनेछौं। तिमीले हामीलाई विश्वास गर्न सक्छौ।”
15 त्यो स्त्रीको घर शहरको पर्खालमाथि बनाइएको थियो। यो पर्खालकै एउटा भाग थियो यसकारण त्यो स्त्रीले डोरी प्रयोग गरेर ती मानिसहरूलाई शहरको बाहिरा झ्यालबाट तल झारी दिइन्। 16 तब त्यस स्त्रीले तिनीहरूलाई भनिन्, “पहाडको पश्चिम तिर जाऊ जसमा कि राजाका मानिसहरूले अचानक तिमीहरूलाई भेट्ने छैनन्। त्यहाँ तीन दिन सम्म लुकेर बस। राजाका मानिसहरू फर्केर आएपछि तिमीहरू तिमीहरूको बाटो जान सक्नेछौं।”
17 ती मानिसहरूले तिनलाई भने, “हामीले तिमीसँग प्रतिज्ञा गर्यौं। तर तिमीले हाम्रा आदेशहरू पालन गर्नुपर्छ, नत्र हामीले गरेको प्रतिज्ञा प्रति हामी उत्तरदायी हुने छैनौं। 18 हामी यो इलाकामा फर्की आउनेछौं। जब हामी यसो गछौं, तिमीले यही रातो डोरी तिम्रो झ्यालबाट तल रहन दिनु पर्छ र तिमीले तिम्रो बाबु, आमा, दाज्यू-भाइहरू, अनि सारा परिवारलाई तिम्रो घरभित्र ल्याउनु पर्छ। 19 हामी यो घरमा रहने प्रत्येक मानिसको सुरक्षा गर्नेछौं। यदि तिम्रो घरमा कसैलाई चोट लाग्यो भने, तब हामी त्यसको जिम्मावार हुनेछौं। तर यदि कुनै मानिस तिम्रो घरको बाहिर जान्छ, तब त्यो मानिसलाई मार्न सकिन्छ। हामी त्यस मानिसका निम्ति उत्तरदायी हुने छैनौं। यो उसको आफ्नै दोष हुनेछ। 20 हामी तिमीसित यो सम्झौता गरिरहेछौं। तर यदि तिमीले कसैलाई हामीले के गर्दैछौं सो भन्यौ भने तब हामी यो सम्झौताबाट मुक्त रहनेछौं।”
21 त्यस स्त्रीले जवाफ दिई, “तिमीहरूले जे भन्यौ म ठीक त्यसै गर्नेछु।” त्यस स्त्रीले बिदाई गरिन् अनि ती मानिसहरू तिनको घर छाडेर हिँडे। अनि त्यस स्त्रीले रातो डोरी झ्यालमा बाँधिन्।
22 ती मानिसहरूले तिनको घर छाडे अनि पहाडमा गए। तिनीहरू त्यहाँ तीन दिनसम्म बसे। राजाका मानिसहरूले बाटो भरि हेरे। तीन दिन पछि, राजाका मानिसहरूले खोजी गर्न छाडि दिए अनि फर्केर शहरतिर गए। 23 त्यसपछि ती दुइ मानिस फर्केर यहोशू कहाँ गए। ती मानिसहरूले पहाड़ छोडे अनि नदी पार गरे। तिनीहरू नूनका छोरा यहोशू कहाँ गए। तिनीहरूले थाहा पाएका प्रत्येक कुराहरू यहोशूलाई भने। 24 तिनीहरूले यहोशूलाई भने, “परमप्रभुले साँच्चै नै सम्पूर्ण देश हामीलाई दिनु भएको छ। त्यस देशका समस्त मानिसहरू हामीसित भयभीत छन्।”
यर्दन नदीमा अद्भुत कार्य
3 भोलिपल्ट बिहानै उठे यहोशू अनि इस्राएलका समस्त मानिसहरू अनि शित्तीम छाडेर हिँडे। तिनीहरूले यर्दन नदी तिर यात्रा गरे, अनि नदी तर्नु अघि छाउनी हालेर बसे। 2 तीन दिन पछि अगुवाहरू छाउनी भएर गए। 3 अगुवाहरूले मानिसहरूलाई आज्ञा दिए। तिनीहरूले भने, “तिमीहरूले पूजाहारी अनि लेवीहरूलाई परमप्रभु तिमीहरूको परमेश्वरको करारको सन्दूक बोकेका देख्ने छौ त्यसबेला तिमीहरू तिनीहरूको पछि लाग्नु पर्छ। 4 तर धेरै नजिक भएर नपछ्याउनु। तिनीहरूसँग दुइ हजार हातको पछि रहनु। तिमीहरू पहिला यहाँ आएका थिएनौ। तर यदि तिमीहरूले तिनीहरूलाई पछ्यायौ भने कहाँ जानु पर्ने तिमीहरूले थाहा पाउनेछौ।”
5 त्यसपछि यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले स्वयंलाई पवित्र बनाऊ। भोलि परमप्रभुले अद्भुत कुराहरू गर्नका निम्ति तिमीहरूको उपयोग गर्नु हुनेछ।”
6 तब, यहोशूले पूजाहारीहरूलाई भने, “करारको सन्दूक लेऊ अनि मानिसहरूको अघि गएर नदी पारी जाऊ।” यसकारण पूजाहारीहरूले सन्दूक उठाए अनि बोकेर मानिसहरूको अगाडी गए।
7 तब परमप्रभुले यहोशूलाई भन्नु भयो, “आज म तँलाई इस्राएलका समस्त मानिसहरूको नजरमा महान तुल्याउने काम शुरू गर्नेछु। तब मानिसहरूले जान्ने छन् म मोशाको साथमा थिएँ त्यसरी नै तेरो साथमा पनि छु। 8 पूजाहारीहरूले करारको सन्दूक बोक्ने छन्। पूजाहारीहरूलाई भन, ‘तिमीहरूले यर्दन नदीमा खुट्टा राख्नु पर्छ र पानीमा उभिनु पर्छ।’”
9 तब यहोशूले इस्राएलका मानिसहरूलाई भने, “आऊ, अनि परमप्रभु तिमीहरूका परमेश्वरको वचन सुन। 10 यहाँ प्रमाण छ कि जीवित परमेश्वर साँच्चै तिमीहरूका साथ हुनुहुन्छ। यहाँ प्रमाण छ कि उहाँले सँच्चै नै तिमीहरूका शत्रुहरूलाई परास्त गरिदिनु हुनेछ। उहाँले कनानी, हित्ती, परिज्जी, गिर्गाशी, एमोरी अनि यबूसी मानिसहरूलाई परास्त गर्नुहुने छ, उहाँले तिनीहरूलाई त्यो भूमि छोड्न वाध्य तुल्याउनु हुनेछ। 11 जब तिमीहरू यदर्न नदी पार गर्छौ सम्पूर्ण संसारका मालिकको करारको सन्दूक तिमीहरूको अघि जानेछ। 12 अब, बाह्रजना मानिसहरू छान। इस्राएलको बाह्र कुल समुहबाट एक मानिस छान। 13 पूजाहारीहरूले परमप्रभुको सन्दूक बोक्नेछन्। परमप्रभु सम्पूर्ण पृथ्वीका मालिक हुनुहुन्छ। जब तिनीहरू पानीमा पस्छन् यर्दन नदीको पानी बग्न रोकिन्छ। पानी बन्द भएर बाँध जस्तै बनिनेछ।”
14 पूजाहारीहरूले करारको सन्दूक बोके अनि मानिसहरूले आफ्नो छाउनी छाडे, मानिसहरूले यर्दन नदी तर्न तिनीहरूको पछि लागे। 15 (फसल कटनीको समयमा यर्दन नदी किनार माथि-माथि भएर बग्छ।) यसर्थ नदी पूर्ण रूपले भरिएको थियो। पूजाहारीहरू, जसले सन्दूक बोकेका थिए, नदीका किनारमा आए र तिनीहरूले पानीमा टेके। 16 अनि पानी बग्न तुरन्तै बन्द भयो। यो पानी नदीको धेरै टाढो अदाम (शरतानको शहर) सम्म एउटा बाँध जस्तो थुप्रियो, यस्तो प्रकारले कि अराबाह समुद्र (मृत सागर) तिर बगिरहेको पानी पुरै काटिएको थियो। मानिसहरू नदी पार गरेर यरीहोको नजीक पुगे। 17 त्यस स्थानको भूमि सूक्खा भयो, अनि पूजाहारीहरू परमप्रभुको करारको सन्दूक बोकेर नदीको माझमा पुगे र तिनीहरू रोकिए। पूजाहारीहरू त्यहाँ पर्खिए तब इस्राएलका सबै मानिसहरू सूख्खा भूमि भएर हिँडेर यर्दन नदी पारी पुगे।
मानिसहरूलाई स्मरण गराउने ढुङ्गाहरू
4 सबै मानिसहरूले यर्दन नदीपार गरिसके पछि परमप्रभुले यहोशूलाई भन्नुभयो, 2 “प्रत्येक कुल समूहबाट एक-एकजना गरी बाह्र जना मानिसहरू छान। 3 त्यहाँ तिनीहरूलाई नदीमा जहाँ पूजाहारीहरू उभिरहेका छन् हेर भन्। त्यस स्थानमा बाह्रवटा ढुङ्गा खोज भनी तिनीहरूलाई भन। ती बाह्रवटा ढुङ्गाहरू तिमीहरूले बोक। आज राती तिमीहरू जहाँ बस्छौ त्यस स्थानमा ती बाह्रवटा ढुङ्गाहरूलाई राख।”
4 यसकारण यहोशूले प्रत्येक कुल समूहबाट एक एकजना मानिसलाई चुनें। तब तिनले ती बाह्र-मानिसहरूलाई साथमा बोलाए। 5 यहोशूले ती मानिसहरूलाई भने, “नदीको त्यस ठाउँमा जाऊ जहाँ परमप्रभु तिमीहरूका परमेश्वरको करारको सन्दूक छ। तिमीहरू प्रत्येकले एक-एकवटा ढुङ्गा लिनै पर्छ। इस्राएलका बाह्र कुल समूह प्रत्येक समूहको लागि तिमीहरूले एक-एकवटा ढुङ्गा लेऊ। यी ढुङ्गा तिमीहरूले आफ्नो काँधमा बोक। 6 यी ढुङ्गाहरू तिमीहरूका निम्ति यादको चिन्ह हुनेछन। भविष्यमा, तिमीहरूका छोरा-छोरीहरूले तिमीहरूलाई ‘यी ढुङ्गाहरूको अर्थ के हो?’ भनी सोध्नेछन् 7 तिमीहरूले छोरा-छोरीहरूलाई भन्ने छौ कि परमप्रभुले यर्दन नदीको पानी बग्न बन्द गरिदिनु भयो। जब परमप्रभुको करारको पवित्र सन्दूक नदीपार भयो। ती ढुङ्गाहरूले इस्राएलका मानिसहरूलाई यो कुरा सदा याद गर्नमा सहायता गर्नेछ।”
8 यसकारण इस्राएलका मानिसहरूले यहोशूको आज्ञा पालन गरे। तिनीहरूले यर्दन नदीको माझबाट बाह्रवटा ढुङ्गाहरू बोके। इस्राएलका बाह्र कुल समूहका प्रत्येकले एक-एकवटा ढुङ्गा लिए। तिनीहरूले यो काम परमप्रभुले यहोशूलाई आज्ञा गर्नु भए अनुसार गरे। मानिसहरूले ती ढुङ्गाहरू आफूसित बोके। त्यसपछि तिनीहरूले ती ढुङ्गाहरू त्यस स्थानमा राखे जहाँ तिनीहरूले आफ्ना छाउनी खडा गरेका थिए। 9 यहोशूले बाह्रवटा ढुङ्गाहरू यर्दन नदीका माझमा राखे। उसले ती ढुङ्गाहरू त्यस स्थानमा राखे जहाँ परमप्रभुको पवित्र सन्दूक बोक्दा पूजाहारीहरू उभिएका थिए। त्यस स्थानमा ती ढुङ्गाहरू आजसम्म पनि छन्।
10 परमप्रभुले यहोशूलाई आज्ञा दिनु भएको थियो कि मानिसहरूलाई भन कि तिनीहरूले के गर्नु पर्छ। ती यी कुराहरू थिए जो मोशा र यहोशूले गर्नैपर्छ भनेका थिए। जबसम्म पवित्र सन्दूक बोकेर पूजाहारीहरू नदीको माझमा उभिरहे तबसम्म ती कुराहरू पूरा भएनन्। मानिसहरू हत्तारिएर नदीपारि गए। 11 मानिसहरूले नदी तर्ने काम सके त्यसपछि, पूजाहारीहरूले परमप्रभुको सन्दूक मानिसहरूको समक्ष बोकेर ल्याए।
12 रूबेन, गाद अनि मनश्शेका आधा कुल समूहका लडाकु मानिसहरूले मोशाका आदेशहरू अनुशरण गरे र नदी पार गरी अरू मानिसहरूको अगाडि गए। 13 झण्डै चालिस हजार सैनिकहरू युद्धका निम्ति तयार भए, तिनीहरू यरीहोको मैदानतिर गएर परमप्रभुको अगाडि नदी पार गरे।
14 त्यस दिन परमप्रभुले इस्राएलका सबै मानिसहरूको नजरमा यहोशूलाई एक महान मानिस बनाउनु भयो। त्यस समय देखि मानिसहरूले यहोशूलाई सम्मान गर्न थाले। तिनीहरूले यहोशूलाई तिनको जीवनकाल भरि त्यही प्रकारले सम्मान गरे जसरी तिनीहरूले मोशालाई सम्मान गर्थे।
15 सन्दूक बोकेर पूजाहारीहरू नदीमा उभिरहेका बेला परमप्रभुले यहोशूलाई भन्नु भयो, 16 “पूजाहारीहरूलाई यर्दन नदीबाट बाहिर निस्कनु भनी आदेश देऊ।”
17 यसकारण यहोशूले पूजाहारीहरूलाई आदेश दिए। तिनले भने, “यर्दन नदीको बाहिर आऊ।”
18 पूजाहारीहरूले यहोशूको आज्ञा पालन गरे। तिनीहरूले आफूसित सन्दूक बोके अनि नदी बाहिर आए। जब पूजाहारीहरूले नदीको पल्लो छेउको भूमिलाई छोडे, नदीको पानी फेरि बग्न शुरूभयो। पानीले यसको किनारहरू त्यस्तै गरि ढाक्यो जसरी मानिसहरू नदी पार गर्नु अघि ढाकेको थियो।
19 मानिसहरूले पहिलो महीनाको दशौं दिनमा यर्दन नदीपार गरे। मानिसहरूले यरीहोको पूर्व गिलगालमा छाउनी बसाए। 20 मानिसहरूले तिनीहरूसित ती बाह्रवटा ढुङ्गाहरू बोके जो यर्दन नदीबाट ल्याएका थिए। अनि यहोशूले ती ढुङ्गाहरूलाई गिलगालमा स्थापना गरे। 21 तब यहोशूले मानिसहरूलाई भने, “भविष्यमा तिमीहरूका छोरा-छोरीहरूले आफ्ना माता-पितालाई सोध्नेछन्, ‘यी ढुङ्गाहरूको अर्थ के हो?’ 22 तिमीहरूले छोरा छोरीहरूलाई भन्नेछौ, ‘ती ढुङ्गाहरूले इस्राएलका मानिसहरूले सूख्खा भूमि भएर कसरी यर्दन नदी पार गरे सो सम्झना दिलाउन हामीलाई सहायता गर्नेछ। 23 परमप्रभु तिमीहरूका परमेश्वरले यर्दन नदीको पानीलाई बग्न बन्द गरिदिनु भयो यसकारण तिमीहरूले सूख्खा भूमि भएर यर्दन पार गर्न सक्यौ-ठीक त्यही बेलामा जस्तै जब परमप्रभुले लाल समुद्रको पानीलाई रोकि दिनु भयो अनि हामीले यसलाई सूख्खा भूमि भएर पार गर्न सक्यौ।’ 24 परमप्रभुले यस भूमिमा भएका मानिसहरूलाई उहाँ अति शक्तिशाली हुनुहुन्छ र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रत्येक दिन स्मारण गरून् भनी यसो गर्नु भयो।”
5 यसरी इस्राएलका मानिहरूले यर्दन नदी पार नगरून्जेल यर्दन नदीलाई सूख्खा पारिदिनु भयो। यर्दन नदीको पश्चिम तर्फ बस्ने एमोरी अनि भूमध्य सागरको छेउमा बस्ने कनानीहरूका राजाहरूले यस विषयमा सुने अनि अत्यन्त भयभीत भए। त्यसपछि तिनीहरू इस्राएलका मानिसहरूको विरूद्ध खड़ा हुन र युद्ध गर्नको लायक साहसी रहन सकेनन्।
इस्राएलीहरूको खतना
2 त्यसबेला, परमप्रभुले यहोशूलाई भन्नुभयो, “दर्शिन ढुङ्गाबाट कर्दहरूबनाऊ अनि इस्राएलका मानिसहरूको खतना गर।”
3 यसकारण यहोशूले दर्शिन ढुङ्गाबाट कर्दहरू बनाए। त्यस पछि तिनले गिबियथ-हाअरालोथमा इस्राएल मानिसहरूको खतना गरिदिए।
4-7 यसैकारण यहोशूले मानिसहरूको खतना गरे। इस्राएलका मानिसहरूले मिश्रदेश छाडे पछि सबै मानिसहरू जो सेनामा रहन योग्यका थिए, खतना गरिदिए। यद्यपि मरुभूमिमा हुँदा धेरै जना लडाकू योद्धाहरूले परमप्रभुको आज्ञा पालन गरेनन्। यसकारण परमप्रभुले यो प्रतिज्ञा गर्नु भएको थियो, “ती मानिसहरूले त्यो देश जहाँ प्रशस्त खाद्य वस्तुहरू उम्रन्छ सो देख्न पाउने छैनन्।” परमप्रभुले हामीलाई भूमि दिन्छु भनी हाम्रा पिता-पुर्खाहरूसँग प्रतिज्ञा गर्नु भएको थियो, तर, ती मानिसहरूका कारण परमेश्वरले मानिसहरूलाई मरुभूमिमा चालीस बर्षसम्म यता, उता घुम्न बाध्य गराउनु भयो जबसम्म ती सबै लडाकू मानिसहरू मरेनन् अनि तिनीहरूका छोराहरूले तिनीहरूका स्थान लिए। तर, मिश्रदेशबाट यात्रा गरेको बेला मरुभूमिमा जन्मेका कुनै केटाहरूको खतना भएको थिएन। यसकारण यहोशूले तिनीहरूको खतना गरिदिए।
8 यहोशूले सबै मानिसहरूको खतना गरिदिने काम पूर्ण गरे। मानिसहरूले त्यस स्थानमा छाउनी बनाएर बसे जब सम्म सबै मानिसहरू निको भएनन्।
कनानमा पहिलो निस्तार चाड़
9 त्यसबेला, परमप्रभुले यहोशूलाई भननुभयो, “मिश्रमा तिमीहरू दास थियौ। अनि जसले तिमीहरूलाई लज्जित तुल्यायो। तर आज मैले त्यो लाज हटाइ दिएको छु।” यसकारण यहोशूले त्यस स्थानको नाउँ गिलगाल राखे। अनि त्यस स्थानलाई आज पनि गिलगाल नै भनिन्छ।
10 जब तिनीहरू यरीहोको मैदान गिलगालमा छाउनी हालेर बसेका थिए इस्राएलका मानिसहरूले निस्तार चाड मनाए। यो त्यस महीनाको चौधौं दिनको साँझमा थियो। 11 निस्तार चाडको पछिल्लो दिन मानिसहरूले भोजन खाए जुन त्यस भूमिमा उम्रिएको थियो तिनीहरूले अखमिरे रोटी र भुटेको अन्न खाए। 12 भोलिपल्ट बिहान स्वर्गबाट विशेष भोजन आउन बन्द भयो। मानिसहरूले कनान देशमा उम्रिएका खाद्य पदार्थ खाएको पछिल्लो दिन यस्तो भयो। त्यसबेला देखि यता इस्राएलका मानिसहरूले स्वर्गबाट विशेष भोजन पाएनन्।
परमप्रभुको सैनिकहरूको कप्तान
13 जब यहोशू यरीहोको नजिक थिए उनले माथितिर हेरे अनि आफ्नो अघि एकजना मानिसलाई उभिरहेको देखे। त्यो मानिसको हातमा एउटा तरवार थियो। यहोशू त्यस मानिसकहाँ गए र सोधे, “तपाईं हाम्रा मानिसहरूको मित्र हुनुहुन्छ, अथवा शत्रु?”
14 त्यस मानिसले उत्तर दिए, “म शत्रु होइन। म परमप्रभुको सैनिकहरूका कप्तान हुँ। म भर्खरै तिमी कहाँ आएको छु।”
तब यहोशूले भूइँतिर आफ्ना शिर झुकाए। तिनले सम्मान जनाउन यसो गरे। तिनले सोधे, “म तपाईंको सेवक हुँ। के मेरो मालिकबाट मलाई केही सन्देश छ?”
15 परमप्रभुका सेनाका कप्तानले उत्तर दिए, “तिम्रो जुत्ता खोल। जहाँ तिमी उभिरहेको छौ त्यो स्थान अहिले पवित्र छ।” यसर्थ यहोशूले उसको आज्ञा पालन गरे।
6 यरीहो शहर बन्द थियो। शहरका मानिसहरू भयभीत थिए किनभने इस्राएलका मानिसहरू नजिकमा थिए। कोही पनि शहर भित्र पसेनन् अनि कोही पनि शहर बाहिर आएनन्।
2 तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “हेर, म यरीहो शहरलाई परास्त गर्नेछु अनि यसको राजा र सबै लडाकूहरू म तिमीलाई दिनेछु। 3 प्रत्येकदिन एकपल्ट आफ्ना सेना सहित शहर वरिपरि हिँड। छः दिन सम्म यसो गर। 4 पूजाहारीहरूलाई पवित्र सन्दूक बोक्नु भन। सातजना पूजाहारीहरूलाई भेंडाको सींगबाट बनाएको तुरही बोक्नु भन अनि पवित्र सन्दूकको अघि अघि हिंड्नु भन। सातैं दिनमा, शहर वरिपरि सात पल्ट घुम। सातैं दिनमा तिनीहरू हिंड्दा पूजाहारीहरूलाई, तुरही बजाउनु भन। 5 पूजाहारीहरूले तुरहीको ठुलो ध्वनि निकाल्ने छन्। तिनीहरूले तुरहीहरू फुक्नेछन् तब मानिसहरू कराउनु पर्छ। जब तिमीहरूले यसो गर्छौ शहरका पर्खालहरू भत्किनेछन् अनि तिम्रा मानिसहरू शहरभित्र जान समर्थ हुनेछन्।”
यरीहो शहर कब्जा गरे
6 यसकारण नूनका छोरा यहोशूले पूजाहारीहरूलाई साथमा बोलाए। यहोशूले तिनीहरूलाई भने, “परमप्रभुको पवित्र सन्दूक बोक। अनि सातजना पूजाहारीहरूलाई तुरही बोकेर सन्दूकको अगि अगि हिँड्नु भन।”
7 त्यसपछि यहोशूले मानिसहरूलाई आदेश दिए, “अब जाऊ, शहर वरिपरि घुम। सैनिकहरू हात-हतियार सहित परमप्रभुको पवित्र सन्दूक अगि अगि हिंड्ने छन्।”
8 जब यहोशूले मानिसहरूलाई आज्ञा गरे सातजना पूजाहारीहरू परमप्रभुको अघि हिंड्न थाले। तिनीहरूले सातवटा तुरहीहरू बोके अनि बजाउँदै हिँडे। पूजाहारीहरूले तिनीहरूलाई परमप्रभुको पवित्र सन्दुकसितै पछ्याए। 9 सैनिकहरू हात हतियार सहित ती पूजाहारीहरूका अघि-अघि हिंडे जो तुरही बजाउँदै थिए। अनि पछाडिका रक्षकहरू पवित्र सन्दूकको पछि-पछि हिंडे। यसरी तिनीहरू पैदल हिंडदै अनि तुरही बजाउँदै शहर वरिपरि हिंडे। 10 यहोशूले मानिसहरूलाई नकराउनु भनी आदेश दिएका थिए। उनले भने, “नकराऊ। जबसम्म म तिमीहरूलाई भन्दिन त्यस दिनसम्म एउटा शब्द ननिकाल अनि तब कराऊ।”
11 यसरी यहोशूले पूजाहारीहरूलाई परमप्रभुको पवित्र सन्दूक बोकेर एकपल्ट शहर वरिपरि घुम्न लगाए। तब तिनीहरू छाउनीमा फर्किए अनि त्यो रात बिताए।
12 भोलि पल्ट बिहानै यहोशू उठे। पूजाहारीहरूले परमप्रभुको पवित्र सन्दूक फेरि बोके। 13 अनि सातजना पूजाहारीहरूले सातवटा तुरहीहरू बोके। तिनीहरू हिँड्दै अनि तिनीहरूका तुरही बजाउँदै परमप्रभुको पवित्र सन्दूक अघि-अघि हिंडे। हात-हतियार सहितका सैनिकहरू तिनीहरूको अघि हिंडे अनि पछाडिको रक्षकहरू परमप्रभुको पवित्र सन्दूक पछि-पछि हिँडे। तिनीहरू हिंड्दै अनि तुरही बजाउँदै शहर वरि-परि गए। 14 यसरी दोस्रो दिन तिनीहरू शहर वरि-परि सबै एकपल्ट घुमे। अनि तिनीहरू छाउनी तिर फर्किए। तिनीहरूले छ दिनसम्म दैनिक यसो गरे।
15 सातौं दिनमा तिनीहरू झिसमिसेमा नै उठे। अनि तिनीहरू शहर वरिपरि सात पल्ट घुमे। तिनीहरू त्यही तरिकाले हिंडे जसरी अघिल्ला दिनहरूमा हिंडेका थिए, तर त्यसदिन तिनीहरू सात पल्ट शहर वरिपरि घुमे। 16 जब सातौ पल्ट तिनीहरू शहर वरिपरि घुमे, पूजाहारीहरूले आफ्ना तुरहीहरू बजाए। त्यसबेला, यहोशूले आदेश दिए, “अब कराऊ। परमप्रभुले यो शहर तिमीहरूलाई प्रदान गर्नु हुँदैछ। 17 यो शहर अनि यसमा भएका हरेक थोक परमप्रभुका हुन्। केवल राहाब वेश्या अनि तिनका घरमा भएका सबै मानिसहरू मात्र जीवित रहने छन्। यी मानिसहरूलाई मार्नु हुँदैन किनभने राहाबले ती दुइ गुप्तचरहरूलाई सहयोग गरेकी थिइन्। 18 यो पनि याद राख कि हामीले अन्य सबै कुराहरू नष्ट गर्नु पर्छ। ती कुराहरू नलिनु। यदि तिनीहरूले ती कुराहरू लियौ अनि हाम्रा छाउनीमा ल्यायौ भने तब तिमीहरू स्वयंम नष्ट हुनेछौ। अनि तिमीहरूले इस्राएलका सबै मानिसहरू प्रति पनि कष्ट ल्याउने छौ। 19 सुन, चाँदी, काँस र फलामले बनाएका वस्तुहरू परमप्रभुका हुन्। ती वस्तुहरू परमप्रभुको भण्डारमा ल्याउनु पर्छ।”
20 पूजाहारीहरूले तुरही बजाए। मानिसहरूले तुरही बजेका सुने अनि कराउन थाले। ती पर्खालहरू भत्किए अनि मानिसहरू सीधै शहर भित्र कुदे। यसरी इस्राएलका मानिसहरूले त्यस शहरलाई परास्त गरे। 21 मानिसहरूले शहरमा भएका हरेक वस्तु नष्ट गरे। जो त्यहाँ जीवित थिए। तिनीहरूले जवान, बृद्ध, मानिसहरू, जवान स्त्री र बृद्ध स्त्रीहरू गाईवस्तु, भेंडा अनि गधाहरू सबैलाई मारे।
22 यहोशूले ती दुइ गुप्तचरसित कुरा गरे। यहोशूले भने, “वेश्याको घरमा जाऊ। तिनलाई र तिनीसित भएका सबैलाई बाहिर ल्याऊ। यसो गरिहाल किनकि तिमीहरूले तिनलाई प्रतिज्ञा गरेकाछौ।”
23 यसकारण ती दुइ मानिसहरू घर भित्र गए अनि राहाबलाई बाहिर ल्याए। तिनीहरूले तिनका पिता-माता, दाज्यू-भाइ, अनि तिनीसित भएका अन्य सबै मानिसहरूलाई पनि बाहिर ल्याए। तिनीहरूले सबै मानिसहरूलाई इस्राएलका छाउनी बाहिर एक सुरक्षित स्थानमा राखे।
24 त्यसपछि इस्राएलका मानिसहरूले पूरा शहर आगोले जलाइ दिए। तिनीहरूले शहरका सुन, चाँदी, काँसा अनि फलाम द्वारा बनाएको वस्तुहरू बाहेक अन्य सबै वस्तुलाई जलाइ दिए। तिनीहरूले ती वस्तुहरू परमप्रभुको भण्डारमा राखे। 25 यहोशूले राहाब वेश्या, तिनका परिवार अनि तिनीसित भएका अन्य सबै मानिसहरूलाई बचाए। यहोशूले तिनीहरूलाई जीवित रहन दिए किनभने राहाबले ती जासूसी गर्न पठाएका दूतहरूलाई सहयोग गरेकि थिइन्, जसलाई यहोशूले यरीहोमा पठाएका थिए। राहाब इस्राएलका मानिसहरू बीच आजसम्म बस्छिन्।
26 त्यस समयमा, यहोशूले यो महत्वपूर्ण शपथ लिए। तिनले भनेः
“जो कोही मानिस जसले यरीहोको
फेरि निर्माण गर्छ त्यो परमप्रभुद्वारा खतरामा पर्नेछ।
जो कसैले यो शहरमा जग बसाल्छ त्यसले
आफ्नो सबै भन्दा जेठा छोरा गुमाउने छ।
जसले त्यस्ता मानिसद्वारा खडा गर्छ,
त्यसले आफ्नो कान्छा छोरा गुमाउने छ।”
27 यसरी परमप्रभु यहोशूका साथ हुनुहुन्थ्यो। र यहोशू सम्पूर्ण देशभरि प्रसिद्ध भए।
आकानको पाप
7 तर इस्राएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरेनन्। यहूदाका कुलको जेरहको छोरो जब्दी, त्यसको छोरो कर्मी, कर्मीको छोरो आकान थिए। आकानले ती केही वस्तुहरू राखे जसलाई नष्ट गरिनु पर्ने थियो। यसर्थ परमप्रभु इस्राएलका मानिसहरू प्रति अत्यन्त क्रोधित हुनुभयो।
2 यरीहोलाई परास्त गरे पछि यहोशूले केही मानिसहरूलाई ऐ शहरमा पठाए। ऐ शहर बेतेलको पूर्वतर्फ बेत-आवनको नजिकमा थियो। यहोशूले तिनीहरूलाई भने, “ऐ शहरमा जाऊ अनि त्यो क्षेत्रमा भएका कमजोरीहरूको पत्तालगाऊ।” यसकारण ती मानिसहरू त्यस स्थानमा जासूस गर्न गए।
3 पछि, ती मानिसहरू यहोशू कहाँ फर्केर आए। तिनीहरूले भने, “ऐ शहर एक कमजोर क्षेत्र हो। त्यो स्थानलाई परास्त गर्न हामीलाई हाम्रा सबै मानिसहरूको खाँचो पर्ने छैन। त्यहाँ लड्नका निम्ति 2,000 अथवा 3,000 मानिसहरू पठाए हुन्छ। सम्पूर्ण सेना प्रयोग गर्नु त्यहाँ खाँचो छैन। त्यहाँ हामीसित लड्नका निम्ति थोरै मानिसहरू मात्र छन्।”
4-5 यसर्थ प्रायः 3,000 मानिसहरू ऐ शहरमा गए। तर ऐ शहरका मानिसहरूले इस्राएलका छत्तीस जना मानिसहरू मारे। अनि इस्राएलका मानिसहरू भागे। मानिसहरूले शहर-द्वारदेखि ढुङ्गाका खानी सम्म तिनीहरूलाई खेदे। ऐ शहरका मानिसहरूले तिनीहरूलाई नराम्रो प्रकारले परास्त गरे।
जब इस्राएलका मानिसहरूले यो देखे, तिनीहरू अत्यन्त भयभीत भए, अनि आफ्ना साहस गुमाए। 6 जब यहोशूले यस विषयमा सुने, तिनले दुःख प्रगट गर्न आफ्ना वस्त्रहरू च्याते। तिनले पवित्र सन्दूकको सामुन्ने भूइँतिर शिर झुकाए। यहोशू त्यहाँ साँझसम्म बसिरहे। इस्राएलका अगुवाहरूले पनि त्यसै गरे। तिनीहरूले पनि आफ्नो दुःख प्रगट गर्न आफ्ना शिरमा धुलो हाले।
7 यहोशूले भने, “परमप्रभु मेरो मालिक! तपाईंले हामीलाई यर्दन नदी पारी ल्याउनु भयो। तपाईंले किन हामीलाई यति टाढा ल्याउनु भयो अनि एमोरी मानिसहरूद्वारा हामीलाई नष्ट पार्न छोड्नु हुन्छ? हामी इच्छा गर्छौ कि त्यही हामी यर्दन वारिनै रहेको भए सन्तुष्ट हुने थियौं। 8 परमप्रभु म मेरो प्राणद्वारा शपथ गर्छु। अब मैले भन्न सक्ने केही छैन। इस्राएलले शत्रुहरूको समक्ष समर्पण गरेको छ। 9 कनानी मानिसहरू अनि यो देशका अन्य सबै मानिसहरूले जे भयो त्यस बारे सुन्ने छन्। तब तिनीहरूले हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई मार्नेछन्। तब तपाईंको महान नाउँको रक्षा गर्नका निम्ति तपाईं के गर्नु हुनेछ?”
10 परमप्रभुले यहोशूलाई भन्नुभयो, “उठ तँ घोप्टो परेर भूइँ तिर किन झुकि बस्छस्! 11 इस्राएलका मानिसहरूले मेरो विरूद्ध पाप गरेका छन्। तिनीहरूले करार भङ्ग गरे जो मैले तिनीहरूलाई पालन गर्नु भनी आज्ञा गरेको थिएँ। तिनीहरूले ती केही वस्तुहरू लगे जसलाई मैले नष्ट गर्नु भनी आज्ञा दिएको थिएँ। तिनीहरूले मबाट चोरी गरेका छन्, तिनीहरूले झूटो काम गरेका छन्। तिनीहरूले ती वस्तुहरू आफ्नै निम्ति लगे। 12 यसकारण इस्राएलका सेनाहरू युद्ध भूमि देखि भागे। तिनीहरूले त्यसो गरे किनभने तिनीहरूले नराम्रो काम गरेका थिए। तिनीहरूलाई नष्ट गरिदिनु पर्छ। जबसम्म मैले आज्ञा दिएका ती चीजहरू तिमीहरूले ध्वंश पार्देनौ म तिमीहरूको सहायताको लागि साथमा रहँदिन।
13 “अब मानिसहरूलाई शुद्ध तुल्याउनका निम्ति जा। मानिसहरूलाई भन्, ‘स्वयंमलाई शुद्ध तुल्याऊ। भोलिको निम्ति तैयार हौ।’ परमप्रभु इस्राएलका परमेश्वरले भन्नुहुन्छ, ‘केही मानिसहरूले ती वस्तुहरू राखिछोडेका छन् जसलाई उहाँले नष्ट गर्नु भनी आदेश गर्नु भएको थियो।’ तँ त्यस बेलासम्म तेरो शत्रुहरूलाई परास्त गर्न समर्थ हुने छैनस् जबसम्म तैंले ती वस्तुहरूलाई फ्याँक्दैनस्।
14 “‘भोलि बिहान तिमीहरू सबै परमप्रभुको समक्ष उभिनु पर्छ। सबै कुल समूहहरू परमप्रभुको सामुन्ने खडा हुनुपर्छ। परमप्रभुले कुनै एक कुल समूहलाई चुन्नुहुनेछ। तब त्यो कुल समूह मात्र परमप्रभुको समक्ष उभिने छन्। तब परमप्रभुले त्यस कुल समूहबाट एक सन्तानलाई छान्नु हुनेछ। तब त्यो सन्तानमात्र परमप्रभुको समक्ष उभिनु पर्छ। त्यसपछि परमप्रभुले त्यो सन्तानका प्रत्येक परिवारलाई हेर्नु हुनेछन्। र परमप्रभुले एक मानिसलाई छान्नु हुनेछन्। 15 त्यो मानिसले जो हामीले नष्ट गर्नु पर्ने थियो, ती वस्तुहरू राखेकोछ, उसलाई आगोले नष्ट गरिनेछ। अनि त्यस मानिससित भएका हरेक वस्तुहरू त्यो सँगै नष्ट गरिनेछ। त्यो मानिसले परमप्रभुसित भएको करार भङ्ग गर्यो। त्यसले इस्राएलका मानिसहरूका निम्ति अत्यन्त नराम्रो काम गरेको छ।’”
16 भोलि पल्ट बिहानै यहोशूले इस्राएलका सबै मानिसहरूलाई परमप्रभुको समक्ष लगे। सबै कुल समूह परमप्रभुको सामुन्ने उभिए। परमप्रभुले यहूदाका कुल समूहलाई चुन्नु भयो। 17 यसर्थ यहूदाका सबै कुल समूहहरू परमप्रभु-समक्ष उभिए। परमप्रभुले जेरह कुल समूहलाई छान्नु भयो। त्यसपछि जेरहको सबै कुल समूहहरू परमप्रभुका सामुन्ने उभिए। जिम्रीका परिवार चुनिए। 18 तब यहोशूले त्यो परिवारका सबै मानिसहरूलाई परमप्रभुको समक्ष आउनु भन्नु भने। परमप्रभुले कर्मीका छोरा आकानलाई छान्नु भयो। (कर्मी जिम्रीका छोरा थिए। अनि जिम्री जेरहका छोरा थिए।)
19 तब यहोशूले आकानलाई भने, “छोरो, तैंले परमप्रभु इस्राएलका परमेश्वरलाई सम्मान गर् अनि उहाँको अघि तेरो पाप स्वीकार गर्। मलाई भन तैंले के गरिस् अनि मबाट कुनै कुरा पनि लुकाउने चेष्टा नगर्।”
20 आकानले उत्तर दियो, “यो सत्य हो, मैले परमप्रभु इस्राएलका परमेश्वरको विरूद्ध पाप गरे। मैले जे गरें त्यो यो होः 21 हामीले यरीहो शहर अनि त्यहाँ भएका सबै वस्तुहरू कब्जा गर्यौं। मैले बाबेलका एउटा सुन्दर कोट, दुइ सय शेकेल ओजनको चाँदी अनि लगभग पचास शेकेल ओजनको सुन देखें। ती वस्तुहरू मैले आफ्नै निम्ति राख्न चाहें। यसकारण मैले ती वस्तुहरू लिएँ। तपाईंले ती वस्तुहरू मेरो पाल मुनि भूइँमा गाढिएको पाउनु हुनेछ। चाँदी, कोटको मुनि छ।”
22 यसर्थ यहोशूले केही मानिसहरूलाई त्यस पालमा पठाए। तिनीहरू पालतिर दगुरे अनि ती वस्तुहरूलाई त्यही पालमा लुकाइएको पाए। चाँदी कोट मुनि थियो। 23 मानिसहरूले ती वस्तुहरू पाल बाहिर ल्याए र यहोशू अनि इस्राएलका समस्त मानिसहरू कहाँ लगे। तिनीहरूले ती परमप्रभुको समक्ष भूइँमा राखिदिए।
24 त्यसपछि यहोशू र सबै मानिसहरूले आकान जेरहका छोरालाई तिनीहरूका चाँदी, कोट, सुन, त्यसका छोरा-छोरीहरू, त्यसका गाई-वस्तु, अनि गधाहरू, भेंडाहरू, पाल अनि त्यसका जम्मै वस्तु आकोर बेंसीमा लगे। 25 तब यहोशूले भने, “तैंले हामीमाथि धेरै कष्ट दिइस्, तर अब परमप्रभुले तँमाथि कष्ट ल्याउनु हुनेछ।” त्यसपछि सबै मानिसहरूले आकान अनि त्यसका परिवारमाथि तिनीहरू नमरून्जेल उनीहरूले ढुङ्गा बर्षाए तब मानिसहरूले तिनीहरूलाई जलाइ दिए। 26 आकानलाई जलाइसके पछि तिनीहरूले धेरै ढुङ्गाहरू त्यसको शरीर माथि राखिदिए। ती ढुङ्गाहरू आज सम्म पनि त्यहाँ छन्। परमेश्वरले आकानमाथि यसरी कष्ट ल्याइदिनु भयो। त्यसै कारणले गर्दा त्यस स्थानलाई आकोरको बेंसी भनिन्छ। त्यसपछि मानिसहरूसित परमप्रभु क्रोधित हुनु भएन।
ऐ शहर नष्ट भयो
8 तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “नडरा, निराश नहो। तेरो सबै योद्धाहरूलाई ऐ शहरमा लैजा। ऐ का राजालाई परास्त गर्नमा म तँलाई सहयोग गर्नेछु। म तँलाई त्यसका मानिसहरू, त्यसको शहर अनि त्यस देश दिंदैछु। 2 यो समयमा मात्र तिमीहरू सबै सम्पत्ति र पशुहरू लिन सक्छौ र तिमीहरू आफ्नै लागि राख्न सक्छौ। अब, तेरा केही सैनिकहरूलाई शहर पछाडि लुक्नु भन।”
3 यसर्थ यहोशू अनि सबै सेनाहरूले ऐलाई आक्रमण गर्न तयार भए। यहोशूले अति योग्य 3,000 योद्धाहरू छाने अनि तिनीहरूलाई राती नै पठाई दिए। 4 यहोशूले तिनीहरूलाई यो आज्ञा दिए, “ध्यान दिएर सुनः तिमीहरूले शहरको पछाडि लुकेर पर्खिरहने छौ शहरदेखि धेरै टाढा नबस्नु ताकि तिमीहरू आक्रमण गर्न तयारी रहनसक। 5 अघाडि शहर तिर जान मानिसहरूलाई म अगुवाई गर्नेछु। शहरका मानिसहरू हाम्रो विरूद्ध लड्न बाहिर आउने छन्। त्यसरी नै हामी पछि फर्कने छौं अनि तिनीहरू देखि भाग्ने छौं जसरी हामी पहिला भागेका थियौ। 6 मानिसहरूले हामीलाई शहरदेखि टाढा खेद्ने छन्। तिनीहरूले सोच्नेछन् कि हामी पहिले भागे झैं भाग्दैछौं। यसकारण हामी भाग्ने छौं। 7 तब तिमीहरू लुकेको ठाउँबाट बाहिर आउनु पर्छ अनि शहरलाई अधिकारमा लिनु पर्छ। यसप्रकारले परमप्रभु तिमीहरूका परमेश्वरले शहरलाई कब्जा गर्न तिमीहरूलाई सहयोग गर्नुहुनेछ।
8 “तिमीहरूले शहर कब्जा गरेपछि, यसलाई जलाउनु पर्छ। तिमीहरूले परमप्रभुको नियमहरू ठीकसित पालन गर्नु पर्छ; म जस्तो आशा गर्छु तिमीहरूले ठीक त्यसै गर्ने छौ।”
9 तब यहोशूले ती मानिसहरूलाई तिनीहरूको लुक्ने ठाउँमा पठाए अनि प्रतिक्षा गर्न लागे। तिनीहरू बेतेल र ऐ शहर माझको एउटा ठाउँमा गए। यो स्थान ऐ शहरको पश्चिममा थियो। अनि यहोशू रात भरी अरूहरूसँग बसे।
10 भोलिपल्ट बिहानै यहोशूले मानिसहरूलाई एक साथ भेला गरे। तब यहोशू अनि इस्राएलीहरूका अगुवाहरूले मानिसहरूलाई ऐ शहरतर्फ लिएर गए। 11 सबै सैनिकहरू जो यहोशूसित थिए ऐ शहरतर्फ हिंडे। तिनीहरू शहरद्वारको सामुन्ने रोकिए। सेनाहरूले आफ्नो छाउनी शहरको उत्तर तर्फ बनाए। ऐ शहर र सेनाहरू बीच एक बेंसी थियो।
12 त्यसपछि यहोशूले लगभग 5,000 मानिसहरू छाने। यहोशूले ती मानिसहरूलाई शहर देखि पश्चिम तिरका बेतेल अनि ऐ शहर बीचको क्षेत्रमा लुक्न पठाए। 13 यसरी यहोशूले आफ्ना मानिसहरूलाई युद्ध गर्नका निम्ति तयार पारेका थिए। मुख्य छाउनी शहरको उत्तर तर्फ थियो। अन्य मानिसहरू पश्चिम तर्फ लुकेका थिए। त्यस रात यहोशू बेंसी तिर गए।
14 तब ऐ शहरका राजाले इस्राएली सैनिकहरूलाई देखे। अनि राजा उनका सबै मानिसहरू इस्राएलीहरूसित युद्ध गर्न गए। तिनीहरू पूर्वपट्टि यर्दनतिर फर्केको युद्ध भूमिमा गए। ती इस्राएली सैनिकहरू शहरको पछाडि लुकेर पर्खिरहेका छन् भन्ने उसलाई थाहा भएन।
15 यहोशू अनि इस्राएलका सबै मानिसहरूले ऐका सेनाद्वारा आफूहरूलाई पछि धकेल्न दिए। यहोशू अनि तिनका मानिसहरू पूर्वमा मरुभूमि तर्फ दौडन थाले। 16 शहरका मानिसहरू कराउन थाले अनि यहोशू र तिनका मानिसहरूलाई खेद्न थाले। सबै मानिसहरूले शहर छोडे। 17 ऐ अनि बेतेलका समस्त मानिसहरूले इस्राएलका सेनालाई खेदे। शहर खुल्ला छाडियो कोही पनि शहरको रक्षा गर्न बसेनन्।
18 तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “आफ्नो भालालाई ऐ शहर तर्फ फर्काएर बस। म तँलाई त्यो शहर दिनेछु।” यसकारण यहोशूले आफ्नो भाला ऐ शहर तर्फ फर्कए। 19 इस्राएलका मानिसहरू जो लुकिरहेका थिए तिनीहरूले यो देखे। तिनीहरू झट्टै आफ्ना लुकिरहेका स्थानबाट बाहिर आए अनि हत्तारिएर शहरतर्फ कुदे। तिनीहरूले शहर भित्र प्रवेश गरे अनि त्यसलाई अधिकारमा लिए। त्यसपछि सैनिकहरूले शहरमा आगो लाउन थाले।
20 ऐका मानिसहरूले फर्केर हेरे अनि तिनीहरूका शहर जल्दै गरेका देखे। तिनीहरूले आकाशमा धूँवा उठेका देखे। यसर्थ तिनीहरूले आफ्ना शक्ति र साहस हराए। अनि इस्राएलका मानिसहरूलाई खेद्न छाडे। इस्राएलका मानिसहरू भाग्न छाडे। तिनीहरू फर्के अनि ऐका मानिसहरूसित लड्न गए। ऐका मानिसहरूका निम्ति भागेर जानको कुनै सुरक्षित स्थान थिएन। 21 यहोशू अनि तिनका मानिसहरूले देखेकि आफ्ना सेनाले शहरलाई कब्जा गरेका थिए। यो त्यसबेला भयो जब तिनीहरू भाग्न छाडेर, फर्किए अनि ऐका मानिसहरूसँग लड्नलाई दगुरे। 22 त्यसपछि ती लुकेका मानिसहरू युद्धमा सहयोग गर्न शहर बाहिर आए। इस्राएलका सेनाहरू ऐ शहरका मानिसहरूका दुवै तिर थिए-ऐ शहरका ती मानिसहरू फन्दामा परे। तिनीहरूले तब सम्म युद्ध गरिरहे जबसम्म ऐका एकजना मानिस पनि जीउँदो रहेनन् तिनीहरूका कोही पनि बाँचेनन्। 23 तर ऐका राजालाई जीवित छाडियो। यहोशूका मानिसहरूले तिनलाई यहोशू कहाँ ल्याए।
युद्धको विवरण
24 युद्धको समयमा, इस्राएलका सेनाहरूले ऐका मानिसहरूलाई मैदान अनि मरुभूमि तिर खेदे। यसरी इस्राएलका सेनाहरूले ऐ शहरका मानिसहरूलाई मैदान तिर अनि मरुभूमि तिर मार्ने काम पूर्ण गरे। त्यसपछि इस्राएलका मानिसहरू ऐ तिर फर्केर गए अनि शहरमा अझ जीवितरहेका सबै मानिसहरूलाई मारिदिए। 25 ऐ शहरका समस्त मानिसहरू त्यस दिन मरे। त्यहाँ 12,000 पुरूष र स्त्रीहरू थिए। 26 यहोशूले शहरलाई ध्वंश गर्नका निम्ति आफ्ना मानिसहरूलाई संकेतको रूपमा आफ्नो भाला ऐ शहरतर्फ फर्काई राखेका थिए। यहोशूले उनको भाला जबसम्म समाति रहे तबसम्म ऐ शहरका मानिसहरू सबै नष्ट भएनन्। 27 इस्राएलका मानिसहरूले शहरका पशु-प्राणीहरू अनि अन्य चीज बीजहरू आफ्नै निम्ति राखे। परमप्रभुले यहोशूलाई भन्नुभएको थियो कि मानिसहरूले यसो गर्न सक्छन्।
28 त्यसपछि यहोशूले ऐ शहरलाई जलाइ दिए। त्यो शहर रित्तो ढुङ्गाहरूको राश बन्यो। त्यो आजसम्म त्यही रूपमा छ। 29 यहोशूले ऐका राजालाई एक रूखमा झुण्ड्याए। तिनले उसलाई साँझसम्म त्यतिकै झुण्ड्याइ राखे। सूर्यास्तको समयमा यहोशूले आफ्ना मानिसहरूलाई ऐका राजाको मृत-शरीरलाई रूखबाट झार्नु भने। तिनीहरूले त्यसको मृत-शरीरलाई शहर-द्वारमा खसाइ दिए। त्यसपछि तिनीहरूले मृत-शरीरलाई ढुङ्गाले ढाकि दिए। त्यो ढुङ्गाको थुप्रो आज सम्म त्यहाँ छ।
आशीर्वाद एवं अभिशापहरूको पठन
30 तब यहोशूले परमप्रभु, इस्राएलका परमेश्वरका निम्ति एबाल पर्वतमा एउटा वेदी निर्माण गरे। 31 परमप्रभुका दास मोशाले इस्राएलका मानिसहरूलाई भनेका थिए, कि वेदी कसरी निर्माण गर्नु पर्ने। यसर्थ यहोशूले, मोशाको व्यवस्थाको पुस्तकमा व्याख्या गरे अनुसार निर्माण गरे। त्यो वेदी नकाटिएको ढुङ्गाद्वारा बनाइएको थियो। ती ढुङ्गाहरूमा कुनै हात हतियार कहिले प्रयोग भएको थिएन। तिनीहरूले त्यो वेदीमा परमप्रभु प्रति होमबलि अर्पण गरे। अनि मेलबलि पनि चढाए।
32 त्यस ठाउँको ढुङ्गामा यहोशूले मोशाको व्यवस्था लेखे। उसले इस्राएलका समस्त मानिसहरूका निम्ति हेर्नलाई त्यसो गरे। 33 बूढा-प्रधान, अधिकारी, न्यायकर्त्ता अनि इस्राएलका समस्त मानिसहरू पवित्र सन्दूक वरिपरि लेवी पूजाहारीहरूका सामुन्ने उभिएका थिए जसले परमप्रभुको करारको पवित्र सन्दूक बोकेका थिए। इस्राएलका मानिसहरू अनि तिनीहरूसित भएका अन्य मानिसहरू सबै त्यहाँ उभिएका थिए। आधा मानिसहरू एबाल पर्वतको सामुन्ने उभिएका थिए अनि अर्को आधा मानिसहरू गीरिज्जीम पर्वतको सामुन्ने उभिएका थिए। परमप्रभुका दास मोशाले मानिसहरूलाई यसो गर्नु भनेका थिए। मोशाले तिनीहरूलाई यो आशीर्वादका निम्ति गर्नु भनेका थिए।
34 तब यहोशूले व्यवस्थाका सबै शब्दहरू पढे। यहोशूले आशीर्वादहरू अनि श्रापहरू पढे। तिनले हरेक कुरा त्यही प्रकारले पढे जुन प्रकारले व्यवस्थाको पुस्तकमा लेखिएका थिए। 35 इस्राएलका समस्त मानिसहरू त्यहाँ भेला भएका थिए। सबै स्त्रीहरू, केटा-केटीहरू अनि सबै विदेशीहरू त्यहाँ थिए जो इस्राएलका मानिसहरूसित बस्थे। अनि यहोशूले प्रत्येक आज्ञा पढे जो मोशाले दिएका थिए।
गिबोनीहरूद्वारा यहोशू प्रति छल
9 जब यर्दन नदीको पश्चिम क्षेत्रका राजाहरूले यस विषयमा सुने, यहोशू र इस्राएलीहरूसँग युद्ध गर्न सम्मिलित भए। तिनीहरू पर्वतहरूबाट, समतल भूमिबाट, भूमध्यसागरको किनाराबाट, लबानोनको माथिबाट आए। तिनीहरू हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी, यबूसीहरू सबै एक दलमा आए। 2 यी सबै राजाहरू एक साथ भेला भए। तिनीहरूले यहोशू अनि इस्राएलका मानिसहरूको विरूद्ध युद्ध गर्ने योजना बनाए।
3 कसरी यहोशूले यरीहो अनि ऐ शहरलाई परास्त गरे गिबोन शहरका मानिसहरूले त्यस विषयमा सुने। 4 यसर्थ ती मानिसहरूले इस्राएलका मानिसहरूलाई मूर्ख तुल्याउने प्रयत्न गरे। तिनीहरूको योजना यो थियो, तिनीहरूले दाखरस हाल्ने छालाका पुराना मशकहरू जम्मा गरे जो चर्केका अनि फुटेका थिए। तिनीहरूले ती दाखरस हाल्ने छालाका पुराना मशकहरू आफ्ना पशुहरूमा लधाए। अनि आफ्ना पशुहरू माथि पुराना थाङ्गनाहरू लगाए। जसद्वारा यस्तो देखियोस् कि तिनीहरू अत्यन्त टाढाबाट यात्रा गरेर आएका हुन्। 5 ती मानिसहरूले आफ्ना खुट्टामा पुराना जुत्ता लगाए। ती मानिसहरूले पुराना बस्त्रहरू लगाए। अनि केही बासी रोटी भेट्टाए जो सूख्खा अनि ढुँडी परेका थिए। यसरी ती मानिसहरू धेरै टाढाका स्थानबाट यात्रा गरेर आएका जस्तै देखिन्थे। 6 तब ती मानिसहरू इस्राएलका मानिसहरूका छाउनीमा गए। यो छाउनी गिलगाल नजिक थियो।
ती मानिसहरू यहोशू कहाँ गए अनि तिनलाई भने, “हामी अति टाढा देशबाट यात्रा गरेर आएका हौं हामी तपाईंसित शान्ति-सन्धि गर्न चाहन्छौं।”
7 इस्राएलका मानिसहरूले यी हिव्वी मानिसहरूलाई भने, “हुन सक्छ तिमीहरूले हामीलाई छल्ने कोशिश गर्दैछौ। हुन सक्छ तिमीहरू हाम्रो नजिकमा बस्छौ। हामी तिमीहरूसित सन्धि गर्न सक्तैन्नौं। जब सम्म हामी जान्दैनौं तिमीहरू कहाँबाट आएका हौ?”
8 ती हिव्वी मानिसहरूले यहोशूलाई भने, “हामी तपाईंका दासहरू हौं।”
तर यहोशूले सोधे, “तिमीहरू को हौ? तिमीहरू कहाँबाट आएका हौ?”
9 ती मानिसहरूले उत्तर दिए, “हामी तपाईंका दास हौं। हामी अति टाढा देशबाट आएका हौं। हामी आयौं किनभने परमप्रभु तपाईंहरूका परमेश्वरले मिश्रमा गर्नु भएको सबै महान कार्यहरूको विवरण हामीले सुन्यौ। 10 अनि हामीले सुन्यौं कि उहाँले यर्दन नदीको पूर्वतफर्का एमोरी मानिसहरूका दुइ राजाहरूलाई परास्त गरिदिनु भयो। ती हेश्बोनका राजा सीहोन अनि अस्तारोत देशको बाशानका राजा ओग थिए। 11 यसर्थ हाम्रा अगुवाहरू र हाम्रा मानिसहरूले हामीलाई भने, ‘तिमीहरूको यात्राका निम्ति प्रचुर मात्रामा खाद्य पदार्थ बोक। जाऊ अनि इस्राएलका मानिसहरूसित भेट गर।’ तिनीहरूलाई भन, ‘हामी तपाईंहरूका दासहरू हौं। हामीसित शान्ति सन्धि गर्नुहोस्।’
12 “हाम्रा रोटीहरू हेर्नु होस्। हामीले घर छोड्दा यी तातो र ताजा थिए। तर अहिले तपाईंहरूले देख्न सक्नुहुन्छ कि यी सूख्खा अनि पुराना भएको छन्। 13 हाम्रा दाखरसका छालाका मशकहरू हेर्नुहोस्। हामीले घर छोड्दा यी नयाँ अनि दाखमद्यले भरिएका थिए। अहिले तपाईंहरूले देख्नसक्नु हुन्छ, कि तिनीहरू चर्केका अनि पुराना भएका छन्। हाम्रा बस्त्र अनि चप्पलहरू हेर्नु होस्। तपाईंहरूले देख्न सक्नु हुन्छ कि लामो यात्राले गर्दा हामीले लगाएका कुराहरू प्रायः थोत्रा भएका छन्।”
14 इस्राएलका मानिसहरू, जान्न चाहन्थे के यी मानिसहरूले सत्य भन्दै छन्। यसर्थ तिनीहरूले केही रोटी चाखे-तर तिनीहरूले परमप्रभुलाई सोधेनन् जो तिनीहरूले गर्नु पर्ने थियो। 15 यहोशू तिनीहरूसित सन्धि गर्न सहमत भए। तिनीहरूलाई जीवित राख्न तिनी सहमत भए। इस्राएलका अगुवाहरू यहोशूको यो शपथ प्रति सहमत भए।
16 तिमीहरूसित सम्झौता गरेको तीन दिन पछि इस्राएलीले थाहा पाए। कि ती मानिसहरू वास्तवमा तिनीहरूका नजिकै बस्नेहरू रहेछन्। 17 यसकारण तेस्रो दिनमा इस्राएलीहरू तिनीहरूको शहरहरूमा गए। ती शहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत्यारैम थिए। 18 तर इस्राएलका सेनाले ती शहरहरूको विरूद्ध युद्ध गर्ने प्रयत्न गरेनन् तिनीहरूले ती मानिसहरूसित शान्ति-सम्झौता गरेका थिए। तिनीहरूले परमप्रभु इस्राएलका परमेश्वरको समक्ष ती मानिसहरूलाई शपथ दिएका थिए।
सबै मानिसहरूले ती अगुवाहरू विरूद्ध विरोध जनाए जसले सम्झौता गरेका थिए। 19 तर ती अगुवाहरूले उत्तर दिए, “हामीले हाम्रो शपथ दिएका छौं। हामीले परमप्रभु इस्राएलका परमेश्वरको सामुन्ने शपथ गरेका छौं। अब हामी तिनीहरू विरूद्ध लड्न सक्तैनौं। 20 यो त्यही हो जो हामीले गर्नु पर्छ। हामीले तिनीहरूलाई बाँच्न दिनुपर्छ। हामीले तिनीहरूलाई चोट पुर्याउनु हुँदैन नत्र परमेश्वर हामीसित क्रोधित हुनुहुनेछ किनभने हामीले तिनीहरूलाई दिएको शपथ भङ्ग हुनेछ। 21 यसर्थ तिनीहरूलाई जीवित रहन देऊ। तर तिनीहरू हाम्रा सेवक हुनेछन्। तिनीहरूले हाम्रो निम्ति दाउरा काट्नेछन् अनि हाम्रा सबै मानिसहरूका निम्ति पानी बोक्ने छन्।” यसर्थ ती अगुवाहरूले ती मानिसहरूसित गरेका प्रतिज्ञा भङ्ग गरेनन्।
22 यहोशूले गिबोनी मानिसहरूलाई बोलाए। तिनले भने, “तिमीहरूले हामीसित किन झूटो बोल्यौ? तिमीहरूको देश हाम्रो छाउनीको छेउमा थियो। तर तिमीहरूले तिमीहरू टाढा देशका भनेर हामीलाई भन्यौ। 23 अब तिमीहरूका मानिसहरूले अनेक कष्ट पाउने छन्। तिमीहरूका सबै मानिसहरू दास हुनेछन्-तिमीहरूले दाउरा काट्नु पर्नेछ अनि परमेश्वरको मन्दिरका निम्ति पानी बोक्नु पर्नेछ।”
24 गिबोनी मानिसहरूले उत्तर दिए, “हामीले तपाईंसित झूटो कुरा गर्यौं किनभने हामीलाई तपाईंहरूले मार्नु हुनेछ भनी हामी भयभीत थियौं। हामीले यो सुन्यौं कि परमेश्वरले उहाँका दास मोशालाई यो सम्पूर्ण देश तपाईंहरूलाई दिनु भनी आज्ञा दिनु भएको थियो। अनि परमेश्वरले तपाईंहरूलाई भन्नुभयो यो देशमा बस्ने सबै मानिसहरूलाई मारिदिनु। त्यसै कारणले हामीले तपाईंसित झूटो बोल्यौं। 25 अब हामी तपाईंहरूका दासहरू हौं। तपाईं जे उचित ठान्नु हुन्छ तपाईंले गर्न सक्नु हुन्छ।”
26 गिबोनका मानिसहरू यसरी दास भए। तर यहोशूले तिनीहरूलाई जीवित रहन दिए। यहोशूले इस्राएलका मानिसहरूलाई तिनीहरूलाई मार्न दिएनन्। 27 यहोशूले गिबोनका मानिसहरूलाई इस्राएलका मानिसहरूका दास बन्न दिए। तिनीहरूले इस्राएलका मानिसहरूका निम्ति र परमप्रभुको बेदीका निम्ति दाउरा काट्थे अनि पानी ल्याउँथे-परमप्रभुले चुन्नु भएको जुन सुकै स्थानमा ती मानिसहरू आज सम्म पनि दास छन्।
त्यो दिन सूर्य अटल रह्यो
10 त्यसबेला अदोनिसेदेक यरूशलेमका राजा थिए। ती राजाले सुने कि यहोशूले ऐ शहरलाई परास्त गरे अनि पूर्णरूपले त्यसलाई नष्ट गरिदिए। ती राजाले थाहा पाए कि यहोशूले यरीहो अनि त्यसका राजालाई पनि त्यसै गरेका थिए। ती राजाले यो पनि थाहा पाए कि गिबोनका मानिसहरूले इस्राएलका मानिसहरूसित शान्ति सन्धि गरेका थिए। अनि ती मानिसहरू यरूशलेमको अत्यन्त नजिकमा बस्थे। 2 यसर्थ अदोनिसेदेक अनि तिनका मानिसहरू अत्यन्त डराएका थिए। गिबोन ऐ शहर जस्तो सानो शहर थिएन। गिबोन अति विशाल शहर थियो। यो एउटा राजकीय शहर जस्तै ठूलो थियो। अनि त्यस शहरका सबै मानिसहरू असल लडाकूहरू थिए। यसकारण राजा भयभीत भए। 3 अदोनि सेदेक, यरूशलेमका राजाले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्लोनको राजा दबीरकहाँ समाचारवाहक पठाए, 4 “मेरो साथमा आउनु होस्, अनि मलाई गिबोनमाथि आक्रमण गर्न सहयोग दिनु होस्। गिबोनले यहोशू अनि इस्राएलका मानिसहरूसित शान्ति-सम्झौता गरेकोछ।”
5 यसकारण यी पाँच राजाहरूले तिनीहरूका सेनाहरू जम्मा गरे। (पाँच राजाहरू यरूशलेमका राजा, हेब्रोनका राजा, यर्मूतका राजा, लाकीशका राजा अनि एग्लोनका राजा थिए।) तिनीहरू आफ्ना सैनिकहरू लिएर गिबोनमा गए, शहरलाई घेरा हाले अनि लडाईं लडे।
6 गिबोन शहरका बासिन्दाहरूले गिलगालको छाउनीमा यहोशूकहाँ एकजना समाचारवाहक पठाए। तिनले ल्याएको समाचार यस्तो थियो, “हामी तपाईंहरूका दाशहरूलाई नत्याग्नुहोस् चाँडै आउनुहोस् र हामीलाई सहायता गर्नुहोस्। पहाडी देशका सबै एमोरी राजाहरूले तिनीहरूका सेनाहरूलाई हाम्रो विरूद्ध लड्न ल्याएका छन्।”
7 यसर्थ यहोशू आफ्ना सम्पूर्ण सेनाहरू सहित गिलगालबाट हिंडे। यहोशूका सर्वोत्तम योद्धाहरू तिनीसित थिए। 8 परमप्रभुले यहोशूलाई भन्नुभयो, “ती सेनाहरू देखि भयभीत नहोऊ। म तिमीहरूलाई तिनीहरूलाई हराउने शक्ति दिनेछु। ती सैनिकहरूमा कोही पनि तेरो सामाना गर्ने योग्यको छैन।”
9 यहोशू अनि तिनका सेना रात भरि गिबोन तर्फ हिंडे। शत्रुहरूले यहोशू आउँदैछन् भनेर थाहा पाएनन्। यसर्थ यो एक आश्चर्यपूर्ण कुरा भयो जब तिनले तिनीहरू माथि आक्रमण गरे।
10 परमप्रभुले ती सेनाहरूलाई अन्योलमा पारिदिनु भयो जब इस्राएलले आक्रमण गरे। यसरी इस्राएलीहरूले तिनीहरूलाई परास्त गरे र महान विजय प्राप्त गरे। इस्राएलका सेनाले शत्रुलाई गिबोन देखि बेथारोनको उकालो बाटो सम्म खेदे। इस्राएलका सेनाले आजेका अनि मक्केदा सम्मका मानिसहरूलाई मारे। 11 जब तिनीहरूले शत्रुहरूलाई ओह्रालो बाटोमा बेथारोन देखि आजेकासम्म शत्रुहरूलाई खेद्दै थिए, परमप्रभुले आकाशबाट ठूला-ठूला असिना खसाउनु भयो। यी ठूला-ठूला असिनाहरूद्वारा अनेक शत्रुहरू मारिए। इस्राएली सैनिकहरूका तरवारले भन्दा असिनाद्वारा धेरै मानिसहरूको मृत्यु भयो।
12 त्यसदिन परमप्रभुले इस्राएलीले एमोरी मानिसहरूलाई परास्त गर्न दिनुभयो। अनि त्यसदिन यहोशू इस्राएलका समस्त मानिसहरूको सामुन्ने उभिए र परमप्रभुलाई भनेः
“हे सूर्य, गिबोन माथि स्थिर बस्।
चन्द्रमा, अय्ययालोन-बेंसीमाथि स्थिर बस्।”
13 यसर्थ सूर्य स्थिर रह्यो अनि मानिसहरूले आफ्ना शत्रुहरूलाई परास्त नगरेसम्म रोकियो। यो कुरोको उल्लेख याशारको पुस्तकमा लेखिएको छ। सूर्य आकाशको माझमा रोकियो। यो एक दिन पूरा अचल रह्यो। 14 यस्तो पहिला कहिले पनि भएको थिएन। अनि यस्तो फेरि कहिले हुनेछैन। यो त्यो दिन थियो जुनदिन परमप्रभुले मानिसको कुरा सुन्नु भयो। परमप्रभु वास्तवमा इस्राएलीहरूका निम्ति लडिरहनु भएको थियो।
15 यसपछि, यहोशू अनि तिनका सेना गिलगालको छाउनीम फर्के। 16 तर युद्ध भइरहेको समयमा ती पाँचजना राजाहरू भागेर गए। तिनीहरू मक्केदा नजिकको एक गुफामा लुके। 17 तर तिनीहरूलाई त्यो गुफामा लुकि रहेको कसैले देखे। यहोशूले यस विषयमा थाहा पाए। 18 यहोशूले भने, “गुफा भित्र पस्ने ढोकालाई ठूला चट्टानहरूले बन्द गरिदेऊ। केही मानिसहरूलाई त्यहाँ रखवाली गर्न राखि देऊ। 19 तर तिमीहरू स्वयं त्यहाँ नबस। शत्रुलाई खेद्न जारिराख। तिनीहरूलाई लगातार पछिबाट आक्रमण गर। शत्रुलाई तिनीहरूका शहरमा फर्केर जान नदेऊ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई तिनीहरू माथि विजय प्रदान गराउनु भएको छ।”
20 यसरी यहोशू अनि इस्राएलका सेनाले शत्रुहरूलाई मारे। तर केही शत्रुहरू तिनीहरूको शहरमा, जस्का वरिपरि उच्च पर्खालहरू थिए, जान समर्थ भए अनि लुके, ती मानिसहरू मारिएनन्। 21 युद्ध पछि यहोशूका मानिसहरू मक्केदामा तिनी कहाँ फर्की आए। त्यसदेशमा इस्राएलका मानिसहरूको विरूद्ध साहसी मानिस कोही पनि थिएनन्।
22 यहोशूले भने, “गुफाको द्वारमा बन्द गरेका ढुङ्गाहरू हटाऊ। ती पाँचजना राजाहरूलाई मकहाँ ल्याऊ।” 23 यसर्थ यहोशूका मानिसहरूले ती पाँचजना राजाहरूलाई गुफा बाहिर ल्याए। तिनीहरू यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश अनि एग्लोनका राजाहरू थिए। 24 तिनीहरूले ती पाँचजना राजाहरूलाई यहोशू कहाँ ल्याए। यहोशूले उसका सबै मानिसहरूलाई भने, “यहाँ आऊ, तिमीहरूका खुट्टा यी राजाहरूका धिच्रोमा राख।” यसर्थ यहोशूका सैनिक अधिकारीहरू नजिकमा आए। तिनीहरूले आफ्ना पाउ ती राजाहरूको घिच्रोमा राखे।
25 तब यहोशूले आफ्ना मानिसहरूलाई भने, “बलवान अनि साहसी बन। भयभीत नहौं। म तिमीहरूलाई देखाउनेछु जो परमप्रभुले ती शत्रुहरू प्रति गर्नुहुनेछ जोसित तिमीहरू भविष्यमा लड्नेछौ।”
26 त्यसपछि यहोशूले ती पाँच राजाहरूलाई मारे। तिनीहरूको शरीरलाई तिनले पाँचवटा रूखमा झुण्ड्याइ दिए। यहोशूले साँझ नभएसम्म तिनीहरूलाई रूखमै झुण्डि्याएर राखे। 27 सूर्यास्तको समयमा यहोशूले उसका मानिसहरूलाई रूखहरूबाट मृत शरीरहरू तल झार्ने आदेश दिए। तिनीहरूले मृत शरीरहरू त्यही गुफामा फ्याँकि दिए जहाँ स्वंय राजाहरू लुकेका थिए अनि गुफालाई ठूला ढुङ्गाहरूले छोपेका थिए। ती ढुङ्गाहरू आजसम्म त्यहीं छन्।
28 त्यसदिन यहोशूले मक्केदालाई परास्त गरे। यहोशूले त्यस शहरका राजा र प्रजा सबैलाई मारि दिए। त्यहाँ मानिसहरू कोही जीवित छाडिएन। यहोशूले यरीहोका राजा प्रति जे गरेका थिए त्यस्तै मक्कैदाका राजा प्रति गरे।
दक्षिणी शहरहरूलाई लिएको
29 त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरूले मक्केदाबाट यात्रा गरे। तिनीहरू लिब्ना गए अनि त्यस शहर माथि आक्रमण गरे। 30 परमप्रभुले इस्राएलका मानिसहरूलाई शहर अनि त्यसका राजालाई पराजित गराइदिनु भयो। इस्राएलका मानिसहरूले त्यस शहरका प्रत्येक मानिसहरूलाई मारे। एउटा मानिस पनि जीउँदो रहेनन्। अनि यरीहोका राजालाई गरे जस्तै यहोशूले त्यस राजालाई पनि गरे।
31 त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरूले लिब्ना छाडे अनि लाकीश तिर गए। यहोशू अनि तिनका सेनाले त्यो शहरको चारैतिर छाउनी बसाए अनि त्यस माथि आक्रमण गरे। 32 लाकीश शहर परास्त गर्न परमप्रभुले तिनीहरूलाई सहयोग गर्नु भयो। तिनीहरूले त्यस शहरलाई दोस्रो दिनमा परास्त गरे। इस्राएलीहरूले त्यस शहरका प्रत्येक मानिसहरूलाई मारिदिए जसरी तिनीहरूले लिब्नामा मारेका थिए। 33 गेजेरका राजा होराम लाकीशलाई सहायता गर्नु आए, तर यहोशूले तिनी र तिनका सेनालाई पनि परास्त गरे। तिनीहरू मध्ये एक जनालाई पनि जीवित छाडिएन।
34 तब यहोशू अनि इस्राएलका समस्त सेनाहरू लाकीश देखि एग्लोनतर्फ यात्रा गरे। तिनीहरूले एग्लोनको चारैतिर छाउनी बसाए अनि त्यस माथि आक्रमण गरे। 35 त्यसदिन तिनीहरूले शहरमा अधिकार गरे अनि शहरका सबै मानिसहरूलाई मारिदिए। यो त्यस्तै कुरा थियो जो तिनीहरूले लाकीश प्रति गरेका थिए।
36 त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरूले एग्लोन देखि हेब्रोनको यात्रामा गए। तब तिनीहरूले हेब्रोन माथि आक्रमण गरे। 37 तिनीहरूले हेब्रोन नजिकका सबै स-साना शहरहरू कब्जा गरे। इस्राएलीहरूले त्यस शहरका राजा अनि सबै मानिसहरूलाई मारिदिए। एकजना मानिसलाई पनि जीवित राखेनन्। यो त्यस्तै भयो जस्तो तिनीहरूले एग्लोन प्रति गरेका थिए। तिनीहरूले शहरलाई ध्वंश पारे त्यहाँ जो थिए सबै मारिए।
38 तब यहोशू अनि इस्राएलका सबै मानिसहरू दबीरतिर फर्केर गए र त्यस शहरलाई आक्रमण गरे। 39 तिनीहरूले त्यो शहर, त्यसका राजा अनि दबीर नजिकका सबै ससाना शहरहरू अधीनमा लिए। तिनीहरूले त्यस शहरमा भएका हरेक मानिसलाई मारे। कसैलाई पनि जीवित छाडिएन। इस्राएलका मानिसहरूले दबीर अनि त्यसका राजालाई त्यसै गरे जस्तो तिनीहरूले हेब्रोन अनि त्यहाँका राजालाई गरेका थिए। यो त्यस्तै कुरा थियो जस्तो तिनीहरूले लिब्ना अनि त्यसका राजाप्रति गरेका थिए।
40 यसरी यहोशूले पहाडी देश, नेगेब, पश्चिमी तराई, अनि पूर्वी तराईका शहरका सबै राजाहरूलाई परास्त गरे। परमप्रभु इस्राएलका परमेश्वरले यहोशूलाई सबै मानिसहरूलाई मारिदिनु भन्नु भएको थियो। यसर्थ यहोशूले ती स्थानहरूमा कसैलाई पनि जीवित छाडेनन्।
41 यहोशूले कादेशबर्ने देखि गाजा सम्मका समस्त शहरहरू अधिकारमा ल्याए। तिनले गोशेन देखि (मिश्रदेशमा) गिबोन सम्मका सबै शहरहरू कब्जा गरे। 42 यहोशूले ती सबै शहरहरू अनि तिनीहरूका राजाहरूलाई एकै चोटि अधीनमा लिए। यहोशूले यसो गरे किनभने, परमप्रभु इस्राएलका परमेश्वरले इस्राएलका निम्ति युद्ध गरिरहनु भएको थियो। 43 त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरू गिलगालमा आफ्ना छाउनीमा फर्किए।
उत्तरी शहरहरूलाई परास्त गरे
11 हासोरका राजा याबीनले जो भयो त्यस विषयमा सबै कुरा सुने। यसर्थ तिनले अनेक राजाहरूका सेनाहरूलाई साथ बोलाउने निश्चिय गरे। याबीनले मादोनका राजा, योबाब शिम्रोनका राजा, आक्षापका राजा, 2 अनि उत्तरका पहाडी देश र मरुभूमिका राजाहरूलाई संन्देश पठाए। याबीनले किन्नरेत, नेगेव अनि पश्चिमी तराईका राजाहरूलाई संन्देश पठाए। याबीनले पश्चिमका नाफोत-दोरका राजालाई पनि सन्देश पठाए। 3 याबीनले त्यो सन्देश पूर्वमा पनि पश्चिममा भएका कनानी राजाहरूलाई त्यो संन्देश पठाए। तिनले एमोरी, हित्ती, परिज्जी अनि पहाड देशमा बस्ने यबूसी मानिसहरूलाई पनि संन्देश पठाए। तिनले मिस्पा नजिकको हेर्मोन पर्वत मुनि बस्ने हिव्वी मानिसहरूलाई पनि संन्देश पठाए। 4 यसकारण यी सबै राजाहरूका सेनाहरू साथ आए। त्यहाँ अनेक योद्धाहरू, अनि अनेक घोडा एवं रथहरू थिए। यो एक अत्यन्त विशाल सेना खचाखच देखिन्थ्यो कि त्यहाँ समुद्रको किनारमा भएका बालुवाका कणहरू जस्तै अनेक मानिसहरू थिए।
5 ती सबै राजाहरू इस्राएलको विरूद्धमा एक साथ जम्मा भए। तिनीहरू एक साथ आए अनि इस्राएलीसित युद्ध गर्न मेरोम नदी छेऊमा एक साथ छाउनी लगाए।
6 तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “त्यो सेनादलसित नडरा। भोलि यही समयमा तिमीहरूले तिनीहरूका घोडाहरूलाई लङ्गडा बनाइ सकेका हुनेछौ अनि तिनीहरूका सबै रथहरू जलाइसकेका हुनेछौ।”
7 यहोशू अनि तिनका सम्पूर्ण सेनाले शत्रुलाई उदेक बनाए। तिनीहरूले शत्रुलाई मेरोम नदीमा आक्रमण गरे। 8 परमप्रभुले तिनीहरूलाई इस्राएलको निम्ति परास्त पारिदिनु भयो। इस्राएलका सेनाले तिनीहरूलाई मारिदिए अनि तिनीहरूलाई महान सीदोन, मिश्रपोत मैम अनि पूर्वमा मिस्पा बेंसी सम्म खेदे। इस्राएलका सेनाहरू शत्रुहरूका एकजना पनि जीवित नरहुन्जेल सम्म लडे। 9 यहोशूले त्यही गरे जो परमप्रभुले तिनलाई गर्नु भन्नु भएको थियो। यहोशूले तिनीहरूका घोडाका खुट्टाकाटि दिए र तिनीहरूका रथहरू जलाइदिए।
10 त्यसपछि यहोशू फर्किर अनि हासोर शहरलाई कब्जा गरे। यहोशूले हासोरका राजालाई मारिदिए। (हासोर ती सबै राज्यहरूका अगुवा थिए जो इस्राएल विरूद्ध लडे।) 11 इस्राएलका सेनाले त्यस शहरका प्रत्येक मानिसलाई मारिदिए। तिनीहरूले सबै मानिसहरूलाई पूर्णरूपले नष्ट गरिदिए। त्यहाँ कोही पनि जीवित छाडिएनन्। त्यसपछि तिनीहरूले शहर जलाइदिए।
12 यहोशूले यी सबै शहरहरूलाई अधीनमा लिए। तिनले तिनीहरूका सबै राजाहरूलाई मारिदिए। यहोशूले ती शहरहरूमा भएका हरेक चीजहरू पूर्णरूपले नष्ट गरिदिए। तिनले परमप्रभुका दास मोशाले आज्ञा दिए अनुसार यसो गरे। 13 तर इस्राएलका सेनाहरूले पर्वतहरूमाथि निर्माण भएका शहरहरू जलाएनन्। पर्वतमा निर्मित शहर हासोर तिनीहरूले जलाए। यो शहर यहोशूले जलाएको हो। 14 इस्राएलका मानिसहरूले शहरमा भेट्टाएका सबै चीजहरू आफ्नै निम्ति राखे। तिनीहरूले सबै पशुहरू राखे जो तिनीहरूले शहरमा पाएका थिए। तर तिनीहरूले त्यहाँका सबै मानिसहरूलाई मारे। तिनीहरूले कुनै पनि मानिसलाई जीवित रहन दिएनन्। 15 धेरै अघि परमप्रभुले उहाँका दास मोशालाई यसो गर्ने आज्ञा दिनु भएको थियो। तब मोशाले यहोशूलाई यो गर्न आज्ञादिए। यहोशूले ती सबै कुराहरू गरे जो परमप्रभुले मोशालाई भन्नु भएको थियो। कुनै आदेशहरूमा तिनी शिथिल भएनन्।
16 यसरी यहोशूले सम्पूर्ण देशमा अधिकार गरे। पहाडी देश नेगेव, गोशेनका सबै क्षेत्र, पश्चिमी तराईका क्षेत्र, यर्दन बेंसी अनि इस्राएलका पर्वतहरू र नजिकका सम्पूर्ण पर्वतलाई तिनले नियन्त्रणमा लिए। 17 सेइरको नजिकको हालाक पर्वत देखि हेर्मोन पर्वतमुनिको लबानोन बेंसीको बाल-गादसम्मका सबै भूमि यहोशूको अधिकारमा थियो। यहोशूले त्यस देशका सबै राजाहरूलाई समातेर मारिदिए। 18 यहोशू ती राजाहरूको विरूद्ध धेरै बर्ष लडे। 19 देश भरिमा एउटा शहरले मात्र इस्राएलसित शान्ति-सम्झौता गर्यो। त्यो हिव्वीहरूको शहर गिबोन थियो। अरू सबै शहरहरू युद्ध जितेर लिएका हुन। 20 परमप्रभुले चाहनु हुन्थ्यो कि ती मानिसहरूले सोचुन् कि तिनीहरू शक्तिशाली थिए। तब तिनीहरू इस्राएलको विरूद्ध लडाइँ गर्नेछन्। यस प्रकारले उहाँले तिनीहरूलाई बिना दया नष्ट गर्न सक्नु हुनेछ। उनले तिनीहरूलाई त्यस प्रकारले नष्ट गर्न सक्नेछन्, जुन प्रकारले परमप्रभुले मोशालाई गर्नु भनी आज्ञा दिनु भएको थियो।
21 अनाकी मानिसहरू हेब्रोन, दबीर, अनाब, यहूदा र इस्राएलका सारा पहाडी देशमा बस्थे। यहोशू तिनीहरू विरूद्ध लडे अनि ती सबै मानिसहरू र तिनीहरूका शहरहरूलाई पूर्ण रूपले नष्ट गरि दिए। 22 इस्राएलमा कुनै अनाकी मानिसलाई जीवित छाडिएन। अनाकी मानिसहरू जसलाई जीवित छाडिए ती गाजा, गात अनि अश्दोदभित्र थिए। 23 यहोशूले इस्राएलको सम्पूर्ण भूमिलाई परमप्रभुले मोशालाई धेरै अघि भन्नु भए कै तरीकामा आफ्नो अधिकारमा लिए। अनि यहोशूले इस्राएलका कुल समूहहरूमा ती भूमिहरू विभाजन गरे। आखिरमा, युद्ध अन्त भयो अनि त्यो भूमिमा शान्ति कायम भयो।
इस्राएलद्वारा परास्त गरिएका राजाहरू
12 इस्राएलका मानिसहरूले यर्दन नदीको पूर्वतर्फको भूमिमा अधिकार गरेका थिए। अर्नोनको बेंसी देखि हेर्मोन पर्वतसम्म अनि यर्दनको बेंसी तफर्का पूर्व तिरका सम्पूर्ण भूमि तिनीहरूका थिए। यो भूमि लिनका निम्ति इस्राएलका मानिसहरूले परास्त गरेका सबै राजाहरू यस प्रकार छन्;
2 तिनीहरूले हेशबोन शहरमा बस्ने एमोरी राजा सीहोनलाई परास्त गरे। तिनले अरोएर क्षेत्रदेखि अर्नोन कन्दराको बीच हुँदै अनि गिलादको आधा हुँदै यब्बोक कन्दरासम्म जुन चाँहि तिनीहरूको अमोरीहरूसित सीमाना थियो, शासन गर्थे। 3 उसले यर्दन बेसीको पूर्व किन्नरेतको झील देखि लिएर खारा समुद्र अनि बेत्यशीमोतको दक्षिणतिर लिएर पिसगाको पहाडहरू सम्म राज्य गर्दथे।
4 तिनीहरूले बाशानका राजा ओगलाई पनि परास्त गरे। ओग रपाई मानिसहरूबाट थिए। तिनी अस्तारोत अनि एद्रई भूमिमा बस्थे। 5 ओगले हेर्मोन पर्वत, सलका अनि बाशानका समूर्ण क्षेत्रमा शान गरे। तिनको भूमिको सीमाना त्यहाँ अन्त हुन्थ्यो जहाँ गशूर अनि माका ती मानिसहरू बस्दथे। ओगले गिलादका आधा भूमिमा पनि शासन गरे। यो भूमि हेश्बोनका राजा सीहोनको इलाकाको सीमानासम्म थियो।
6 परमप्रभुका दास मोशा अनि इस्राएलका मानिसहरूले यी सबै राजाहरूलाई परास्त गरे। अनि मोशाले त्यो भूमि रूबेनका कुल समूह, गादका कुल समूह अनि मनश्शेका आधा कुल समूहलाई दिए। मोशाले तिनीहरूलाई त्यो भूमि तिनीहरूको आफ्नै नाउँमा गरिदिए।
7 यहोशू अनि इस्राएलीहरूले यर्दन नदीको पश्चिमको भूमिहरूका राजाहरूलाई पराजित गरे। अनि यहोशूले यो मानिसहरूलाई दिए अनि यसलाई बाह्र कुल समूहमा विभाजित गरिदिए। यो भूमि उत्तरमा लेबनान बेंसीको बालगाल देखि दक्षिणमा पर्वत हालाकसम्म जुन (पूर्वतिर) सेईर (एदोम) तिर अघि बढ्दै विस्तारित थियो। 8 यसमा पहाडी देश, पश्चिमी तराई, यर्दन बेंसी पूर्वी पर्वतहरू, मरुभूमि अनि नेगेब सम्मिलित थिए। यो भूमि त्यो थियो जहाँ हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी अनि यबूसी मानिसहरू बस्थे। यहाँ इस्राएलका मानिसहरूले परास्त गरेका राजाहरूको सूची छः
9 यरीहोका राजा
बेतेल नजीकका ऐका राजा
10 यरूशलेमका राजा
हेब्रोनका राजा
11 यमूर्तका राजा
लाकीशका राजा
12 एग्लोनका राज
गेजेरका राज
13 दबीरका राजा
गेदेरका राजा
14 होर्माका राज
आरादका राजा
15 लिब्नाका राजा
अद्रदुलामका राज
16 मक्केदाका राजा
बेतेलका राजा
17 तप्पूहका राज
हेपेरका राजा
18 अपेकका राजा
लश्शारोनका राजा
19 मादोनका राजा
हासोरका राजा
20 शिम्रोन-मोरनका राजा
अक्षापका राजा
21 तानाकका राजा
मगिद्दोका राजा
22 कादेशका राजा
कर्मेलको योक्रामका राजा
23 दोर पर्वतको दोरका राजा
गिलगालको गोयीमका राजा
24 तिर्साका राजा
राजाहरूको मोठ संख्या, 31
अझसम्म नलिएको भूमि
13 जब यहोशू अत्यन्त बृद्ध भए, परमप्रभुले तिनलाई भन्नुभयो, “यहोशू तँ बृद्ध भइसकेको छस्, तर तैंले अझ्झ धेरै भूमि अधिकारमा ल्याउनुछ। 2 त्यहाँ पलिश्तीहरू र गश्शूरीहरूको भूमि अझ्झै बाँकी नै छ, 3 भूमि मिश्रको शिहोर नदीदेखि लिएर एक्रोनको सम्म अनि उत्तरतिरको भूमि सम्म छ। भूमि अझ्झै पनि कनानी मानिसहरूद्वारा अधिकार भइरहेको छ। पलिश्तीहरूको पाँच अगुवाहरू गाजी, अश्दोदी, अश्कलोनी, गात अनि एक्रोनलाई नष्ट भएको छैन, न ता अव्वी मानिसहरूलाई, 4 जो दक्षिणतिर बस्छन्। कनानीहरूको सबै भूमि (जुन चाँहि सीदोनीहरूको हो) देखि लिएर अपेक सम्म, जहाँ सम्म एमोरीहरूको सीमानामा पर्छ। 5 अनि गीबालीहरूको भूमि लबानोनको बाल गादको पूर्वतिर देखि लिएर हेर्मोको पर्वतको मुनि देखि लेबो-हमात प्राप्त गर्न अझै बाँकी नै छ।
6 “सबै सीदोनी मानिसहरू, पनि जो लबानोनको पहाडी भूमिदेखि लिएर मिश्रपोत मैमसम्म बस्दछन्। म यी सबै मानिसहरूलाई इस्राएलीहरूका निम्ति भगाइदिनेछु। मैले आज्ञा गरे झैं भूमि तिनीहरूको उत्तराधिकार अनुसार इस्राएलीहरूको बीचमा बाँडिदेऊ। 7 अब नौं कुल समूहहरू अनि मनश्शेका आधा कुल समूहको माझ भूमि विभाजन गर।”
भूमि-विभाजन
8 रूबेन, गाद अनि मनश्शेका अर्को आधा कुल समूहहरूले सबै तिनीहरूका भूमि अघिनै लिइसकेका थिए। परमप्रभुका दास मोशाले तिनीहरूलाई यर्दन नदी पूर्वको भूमि दिए। 9 तिनीहरूको भूमि आरोएर देखि शुरू भएर अर्नोनको बेंसी अनि बेंसीको बिचमा भएको शहर सम्म थियो। अनि त्यसमा मेदबा देखि दीबोन सम्मको सम्पूर्ण भूमि सम्मिलित थिए। 10 एमोरी मानिसहरूका राजा सीहोनले शासन गरेका सबै शहरहरू त्यस भूमिमा थिए। ती राजाले हेश्बोनको शहरमा शासन गरेका थियो। त्यो भूमि त्यो क्षेत्रसम्म फैलिएको थियो जहाँ एमोरी मानिसहरू बस्थे। 11 गिलाद शहर पनि त्यस भूमिमा थियो। अनि त्यो क्षेत्र जहाँ गशूर अनि माकाका मानिसहरू त्यस भूमिमा बस्दथे। सम्पूर्ण हेर्मोन पर्वत अनि सम्पूर्ण बाशानका सलकासम्मको क्षेत्र त्यस भूमिमा थियो। 12 बाशनमा ओगको सम्पूर्ण राज्य विगतमा जसले अश्तारोत र एद्रईहरूमा शासन, गरेका थिए। ओग रपाई मानिसहरूको अन्तिम थिए, मोशाले यी मानिसहरूलाई आक्रमण गरे अनि तिनीहरूको भूमि लिए। 13 इस्राएलका मानिसहरूले गेशूर अनि माकाका मानिसहरूलाई बाहिर निक्लन बाध्य तुल्याएनन्। ती मानिसहरू अझसम्म इस्राएलका मानिसहरू माझ बस्छन्।
14 लेवी कुल समूह मात्र त्यो एक थियो। जसले कुनै भूमि प्राप्त गरेन। बद्लामा लेवीका मानिसहरूले ती सबै पशुहरू पाए जो आगोद्वारा परमप्रभु परमेश्वरलाई अर्पण गरिएका थिए। यो त्यही थियो जो परमप्रभुले तिनीहरूलाई भाकल गर्नु भएको थियो।
15 मोशाले प्रत्येक कुल समूहलाई रूबेनका कुल समूहबाट केही भूमि दिएका थिए। तिनीहरूले पाएको भूमि यो होः 16 यो भूमि अर्नोनको बेंसी नजिकको अरोएर मेदबा शहरसम्म थियो। यसमा सम्पूर्ण समतल भूमि अनि बेंसी माझको शहर सम्मिलित थियो। 17 त्यो भूमि हेश्बोनसम्म लगातार थियो। यसमा समतल भूमिको सबै शहरहरू सम्मिलित थियो। ती शहरहरू दीबोन, बमोतबाल, बेतबाल्मोन, 18 यहसा, कदेमोत, र मेपात, 19 किर्यातैम, सिब्मा, डाँडाको बेंसी सेरेथशेहर, 20 बेतपोर, पिसगाको पाखो अनि बेत्यशीमोत थिए। 21 यसरी त्यहाँका सबै भूमिमा अनि सबै क्षेत्रमा एमोरी मानिसहरूका राजा सीहोनले शासन गर्थे, सम्मिलित थिए। ती राजाले हेश्बोनमा शासन गर्थे। तर मोशाले तिनलाई अनि मिद्यानका अगुवाहरूलाई परास्त गरेका थिए। ती अगुवाहरू एवी, रेकेम, सूर, हूर अनि रेबा थिए। (यी सबै अगुवाहरू एक साथ सीहोन विरूद्ध लडेका थिए।) यी सबै अगुवाहरू त्यस देशमा बस्थे। 22 इस्राएलका मानिसहरूले बओरका छोरा बिलामलाई परास्त गरे। (बालामले भविष्य भन्नका निम्ति जादूको उपयोग गर्ने कोशिश गरे।) इस्राएलका मानिसहरूले युद्धमा धेरै मानिसहरूलाई मारे। 23 जो भूमि रूबेनलाई दिइएको थियो त्यो यर्दन नदीको किनारमा टुङ्गिइन्थ्यो। यसर्थ रूबेनलाई दिइएको भूमिमा यी सबै शहरहरू र सूचीमा भएका तिनीहरूका खेतहरू सम्मिलित थिए।
24 मोशाले गादका कुल समूहलाई दिएको भूमि यही हो। मोशाले यो भूमि प्रत्येक कुल समूहलाई दिए।
25 याजेरको भूमि अनि गिलादका सम्पूर्ण शहरहरू। तिनीहरूलाई मोशाले रब्बाको नजिकको अरोएरसम्म अनि अम्मोनीहरूका आधाभूमि दिए। 26 त्यो भूमि हेश्बोन देखि रामत मिस्पा अनि बेतोनीम सम्मका क्षेत्रहरू सम्मिलित थिए। त्यो भूमि महनोम देखि दबीरको सीमानासम्म थियो। 27 त्यस भूमि बेथाराम बेंसी, बेतनिम्रा सुक्कोत, र सापोन सम्मिलित थिए। अन्य भूमि जो सीहोन, हेश्बोनका राजाले शासन गरेका थिए यो सबै भूमि सम्मिलित थियो। यो भूमि यर्दन नदीको पूर्वतर्फ र गालील समुद्रको छेउसम्म थियो। 28 यी सबै भूमिहरू जो मोशाले गादका कुल समूहलाई दिएका थिए। त्यो भूमिमा सूचीमा भएका सबै शहरहरू सम्मिलित थिए। मोशाले त्यो भूमि प्रत्येक कुल समूहलाई दिएका थिए।
29 मोशाले मनश्शेका आधा कुल समूहलाई दिएको भूमि यही हो। मनश्शेको कुल समूहका सबै कुलका आधाले यो भूमि प्राप्त गरेः
30 त्यो भूमि महनोमबाट शुरू भएको थियो। त्यो भूमिमा सम्पूर्ण बाशान सम्मा, र बाशानका राजा ओगले शासन गरेका सम्पूर्ण भूमि, बाशान र याईरका सबै शहरहरू सम्मिलित थिए। (त्यहाँ जम्मा साट्ठीवटा शहरहरू थिए।) 31 त्यो भूमिमा गिलादको आधा, अश्तारोत अनि एद्रेई-ओगको राजधानीवरिपरीका शहरहरू पनि सम्मिलित थिए। यी सबै भूमिहरू मनशशेका छोरा माकीरका कुललाई दिए। ती छोराहरू मध्ये आधाले यो भूमि प्राप्त गरे।
32 मोशाले यी सबै भूमि ती कुल समूहहरूलाई दिए, मोशाले यसो गरे जब मानिसहरू मोआबको समतल भूमिको छाउनीमा बसेका थिए। यो यरीहोको पूर्व यर्दन नदी पारी थियो। 33 मोशाले लेवी कुल समूहलाई कुनै पनि भूमि दिएनन्। परमप्रभु इस्राएलका परमेश्वरले प्रतिज्ञा गर्नु भएको छ कि उहाँ स्वयं लेवी कुल समूहका निम्ति भेट्नु हुनेछ।
14 पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि इस्राएलका सबै कुल समूहका अगुवाहरूले कनानमा कुन चाहि भूमि मानिसहरूलाई दिने भनि निर्णय गरे। 2 परमप्रभुले धेरै अघि त्यो तरिका मोशालाई आज्ञा गर्नु भएको थियो जुन तरिकाले उहाँ चाहनु हुन्थ्यो, कि मानिसहरूले आफ्ना भूमि छानुन्। साढे नौं कुल समूहका मानिसहरूले कुन भूमि कस-कसले पाउने सो निर्णय गर्नका निम्ति चिट्ठा लगाए। 3 मोशाले अघिनै अढाई कुल समूहलाई यर्दन नदीको पूर्व तिरको भूमि तिनीहरूलाई दिइसकेका थिए। तर अन्य मानिसहरूलाई दिए जस्तै लेवी कुल समूहलाई कुनै भुमि दिइएन। 4 ती बाह्र कुल समूहहरूलाई तिनीहरूकै भूमि पाए। यूसुफका छोराहरू दुइ कुल समूहमा विभाजन भएका थिए मनश्शे अनि एप्रैम। अनि प्रत्येक कुल समूहले केही भूमि प्राप्त गरे। तर लेवी कुल समूहका मानिसहरूलाई कुनै भूमि दिइएन। तिनीहरूलाई बस्नका निम्ति केवल केही शहरहरू दिए। अनि यी शहरहरू प्रत्येक कुल समूहका भूमिमा थिए। तिनीहरूलाई आफ्ना पशुहरू अनि खेतहरू पनि दिइयो। 5 परमप्रभुले मोशाद्वारा आज्ञा गरे अनुसार इस्राएलको मानिसहरूले भूमि विभाजित गरे।
कालेबले आफ्नो भूमि प्राप्त गरे
6 एकदिन यहूदाका कुल समूहबाट केही मानिसहरू गिलगालमा यहोशूकहाँ गए। ती मानिसहरू मध्ये एकजना कनज्जी-यपुन्नेका छोरा कालेब थिए। कालेबले यहोशूलाई भने, “परमप्रभुले कादेशबर्नेमा तपाईं र मेरो विषयमा उहाँको दास मोशालाई भन्नु भएका कुराहरू तपाईंलाई याद छ। 7 हामी जहाँ जाँदै थियौं परमप्रभुका दास मोशाले मलाई भूमि हेर्न पठाउनुभयो। त्यस समयमा म चालीस बर्षको थिएँ। जब म फर्कें, जो यसको बारेमा ईमान्दारी साथ मैले अनुभव गरेको थिएँ। मैले मोशालाई भने। 8 ती अन्य मानिसहरू जो मसित गएका थिए तिनीहरूले मानिसहरूलाई ती कुराहरू भने जसले तिनीहरूलाई भयभीत तुल्याए। तर म साँच्ची नै विश्वास गरें कि परमप्रभुले त्यो भूमि हामीलाई दिनुहुनेछ। 9 यसकारण त्यसदिन मोशाले मसित एउटा प्रतिज्ञा गरे। तिनले भने, ‘त्यो भूमि जहाँ तिमी गयौ त्यो तिम्रो हुनेछ। तिम्रा छोरा-छोरीहरू सदाका निम्ति त्यो भूमिको मालिक हुनेछन्। म त्यो भूमि तिमीलाई दिनेछु। किनभने तिमीले साँच्चै नै परमप्रभु, मेरा परमेश्वर माथि विश्वास गरेका छौ।’
10 “अहिले, परमप्रभुले भन्नु भए अनुसार पैंतालीस बर्ष सम्म उहाँले मलाई जीवित राख्नु भएको छ। त्यस समयमा हामी सबै मरुभूमिमा बिनाकाम घुमि-हिँड्यौं। अहिले म पचासी बर्ष पुगें। 11 म अझै उतिकै बलियो छु जतिबेला मोशाले मलाई बाहिर पठाएका थिएँ। म त्यसबेला जस्तै आज पनि युद्ध गर्न सक्छु। 12 यसर्थ अब मलाई त्यो पहाडी देश दिनुहोस् जो परमप्रभुले धेरै अघि मलाई वचन दिनु भएको थियो। त्यससमय तपाईंले सुन्नु भयो कि शक्तिशाली अनाकी मानिसहरू त्यहाँ बस्थे। अनि शहरहरू अत्यन्त ठूला र सुरक्षित थिए। तर अब, हुन सक्छ, परमप्रभु मेरो साथ हुनुहुन्छ अनि परमप्रभुले भन्नु भए झैं त्यो भूमि म लिने छु।”
13 यहोशूले यपुन्नेका छोरा कालेबलाई आशीर्वाद दिए। यहोशूले तिनलाई आफ्नै हुने गरी हेब्रोन शहर दिए। 14 अनि त्यो शहर अझ पनि कनिज्जी यपुन्नेका छोरा कालेबको अधीनमा छ किनभने उसले परमप्रभु इस्राएलका परमेश्वर प्रति विश्वास गरे अनि उहाँको आदेश पालन गरे। 15 पहिले त्यो शहरलाई कितर्यर्बा भनिन्थ्यो। शहरको नाउँ अनाकी मानिसहरू मध्ये सबै भन्दा महान मानिस अर्बाको नाउँमा राखिएको थियो।
त्यसपछि, त्यो भूमिमा शान्ति छायो।
© 2004, 2010 Bible League International