Bible in 90 Days
स्तिफनसको विरुद्ध यहूदीहरू
8 स्तिफनस एक अनुग्रही अनि शक्तिशाली मानिसले मानिसहरू माझ आर्श्चयमय कुराहरू अनि चमत्कार गरे। 9 तर कतिपय यूहीहरू आए अनि स्तिफनसँग तर्क गरे। यी यहूदीहरू स्वाधीन सभाघरबाट आएका थिए। यी यहूदीहरू साइरिनीबाट आएका थिए। अलेक्जेन्ड्रिया अनि सिलिसिया अनि एशियाका थिए। तिनीहरूले स्तिफनसँग बहस गरे। 10 तर आत्माले स्तिफनलाई बुद्धिमानीसँग बोल्न सघाइरहेको थियो। यसर्थ यहूदीहरूले तिनीसित बहस गर्न सकेनन्।
11 तब उनीहरूले केही मानिसहरूलाई घुस दिएर बोल्न लगाए, “हामीले मोशा र परमेश्वरका विषयमा स्तिफनसले धर्म निन्दा गरेको सुनेका छौ।” 12 यसो गरेर तिनीहरूले मानिसहरू, अग्रज यहूदी अगुवाहरू र शास्त्रीहरूलाई उक्साए (चम्काए) तिनीहरू क्रूद्ध भए अनि तिनीहरू आएर स्तिफनसलाई समाते अनि तिनीहरूले उनलाई यहूदी सभाघरमा यहूदीहरूका सभामा उपस्थित गराएर।
13 तिनीहरूले केही झूटा गवाहीरू पनि ल्याए। ती झूटा गवाहीहरूले भने, “यस मानिसले सदैव यो पवित्र स्थान अनि मोशाको नियम विरूद्ध बोल्छ। 14 नासरतका येशूले यो ठाउँ ध्वंश पार्नु हुनेछ अनि मोशाले हामीलाई दिनुभएको दस्तुरहरू बद्लिदिनु हुनेछ भनी यो मानिसले भनेको सुनेकाछौं।” 15 सभामा बसिरहेका सबै मानिसहरूले स्तिफनसलाई आँखा गाडेर हेरे। उनको अनुहार स्वर्गदूत जस्तो देखिन्थ्यो, हरेकले त्यो देख्यो।
स्तिफनसको भाषण
7 प्रधान पूजाहारीले स्तिफनसलाई भने, “के यी कुराहरू सत्य हुन्?” 2 स्तिफनसले उत्तर दिए, “मेरा यहूदी पिताहरू र दाज्यू-भाइहरू, मलाई ध्यानसित सुन। हाम्रा पुर्खा अब्राहाम समक्ष महिमामय परमेश्वर प्रकट हुनुभयो। अब्राहाम त्यसबेला मेसोपोटामियामा थिए। यो उहाँ हारानमा रहनु भन्दा पहिलेको कुरा हो। 3 परमेश्वरले अब्राहामलाई भन्नुभयो, ‘तिम्रो देश र त्यहाँका तिम्रा मनिसहरूलाई छोड अनि त्यो देशमा जाऊ, म तिमीलाई देखाउने छु।’
4 “यसैले अब्राहामले कल्दी देश छाडे अनि हारानमा बस्न गए। अब्राहमको पितकाको मृत्युपछि उनलाई परमेश्वरले यो ठाँउमा पठाउनु भयो, जहाँ अहिले तिमी बस्छौ। 5 तर उहाँले अब्राहामलाई त्यो जमीनको कुनै टुक्रा आफ्नो बनाउन दिनुभएन, खालि यसको एक फूट मात्र पनि दिनुभए। तर तिनले प्रतिज्ञा गरे कि भविष्यमा त्यो जमीन उसको अनि उसको उत्तरधिकारीको हुनेछ। यद्यपि त्यस बेला अब्राहमको कुनै सन्तान थिएन।
6 “परमेश्वरले उनलाई भन्नुभयो, ‘तिम्रो सन्तानहरूले यो ठाउँमा बस्नु पर्नेछ। त्यहाँका मानिसहरूले तिनीहरूलाई दास बनाउने छन् र चार सय वर्ष सम्म कुव्यवाहर गरेर राख्नेछन्। 7 तर म त्यो राष्ट्रलाई दण्ड दिनेछु जुन राष्ट्रले तिनीहरूलाई दास बनाउनेछ।’ परमेश्वरले यो पनि भन्नुभयो, ‘तब तिम्रा मानिसहरू त्यस देशबाट निस्कि आउनेछन् अनि तिनीहरूले यस ठाउँमा मलाई आराधना गर्नेछन्।’
8 “परमेश्वरले अब्राहामसँग एक करार बाँध्नु भयो; यस करारको संकेत खतना थियो। यसर्थ जब अब्राहमको छोरो भयो, त्यो आठ दिनको पुग्दा उनले खतना गरिदिए। उनको छोरोको नाउँ इसहाक थियो। पछि उसले आफ्नो छोरो याकूबको पनि खतना गरे पछि याकूबले आफ्ना छोराहरूलाई त्यसै गरे। ती छोराहरू पछि बाह्रजना पिताहरू भए।
9 “त्यसपछि ती पिताहरू यूसुफसँग डाह गर्ने भए। यूसुफलाई मिश्रदेशमा दास बनाउन बेचे। तर यूसुफसँग परमेश्वर हुनुहुन्थ्यो। 10 यूसुफले धेरै दुःख-कष्टहरू सामना गर्नु पर्यो, तर परमेश्वरले उनलाई ती सबै दुःख-कष्टहरूबाट बचाउनु भयो। फिरऊन मिश्रदेशका राजा थिए। उहाँले यूसुफलाई मनपराउनु भयो अनि आदर पनि गर्नु भयो किनभने यूसुफमा परमेश्वरबाट पाएको ज्ञान थियो। उसले यूसुफलाई मिश्र देशका राज्यपाल बनाए अनि तिनलाई उहाँको घरका सम्पूर्ण मानिसहरूमाथि शासन गर्ने अधिकार दिए। 11 तर सम्पूर्ण मिश्रदेश र कनानमा अनिकाल लागेको थियो। यसले मानिसहरूलाई अत्यन्त यातना भोगायो। हाम्रा पुर्खाहरूले खाने-कुरा केही पाउन सकेनन्।
12 “तर याकूबले त्यहाँ मिश्रदेशको गोदामहरूमा अन्नको राश छ भनेर थाहा पाए। यसकारण उनले हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए। तिनीहरूको त्यो प्रथम मिश्रदेश यात्रा थियो। 13 पछिबाट तिनीहरू त्यहाँ दोस्रो पल्ट गए। त्यसबेला यूसुफले आफ्ना भाइहरूलाई ऊ को हो बताए। अनि फिरऊनले यूसुफको परिवारको विषयमा जान्न पाए। 14 तब यूसुफले उनका पिता याकूबलाई मिश्र देशमा निमन्त्रण गर्न केही मानिसहरू पठाए। उनले जम्मै आफन्तहरू पनि निम्त्याए (जम्मा पचहत्तर जना मानिसहरू)। 15 यसकारणा याकूब मिश्र देश आए। याकूब र हाम्रा पुर्खाहरू नमरून्जेल सम्म त्यहाँ बसे। 16 त्यसपछि तिनीहरूका शरीरहरू शकेम्मा पठाइयो अनि तिनीहरूलाई चिहानमा राखियो। यो त्यही चिहान हो जुन अब्राहमले शकेममा हमोरका छोराहरूबाट चाँदी दिएर किनेका थियो।
17 “मिश्र देशमा यहूदीहरूको संख्या बढेर गयो। त्यहाँ अधिक भन्दा अधिक हाम्रा मानिसहरू उपस्थित थिए। परमेश्वरले अब्राहामलाई दिनु भएको वचन पूरा हुने समय नजिक आइरहेको थियो। 18 त्यसपछि एक अर्को राजाले मिश्र देशमा शासन गर्न थाल्यो। उसले यूसुफको विषयमा केही पनि जानेन्। 19 ती राजाले हाम्रो मानिसहरूलाई हानी पुरयाउन धूर्त तरिकाहरू प्रयोग गरे। उनले तिनीहरूको भर्खर जन्मेका नानीहरू मरोस् भनी बाहिर राख्न वाध्य गराए।
20 “यो त्यसबेलाको कुरा हो जब बालक मोशा जन्मेका थिए। ती एउटा खुबै सुन्दर अनि परमेश्वरलाई खुशी पार्ने बालक थिए। उनलाई तीन महीना सम्म आफ्नो पिताको घरमा पाले। 21 जब तिनीहरूले मोशालाई बाहिर निकाले, फिरऊनकी छोरीले तिनलाई आफ्नै छोरो सरह स्याहार-सुसार गरिन्। 22 मिश्र देशवासीहरूले तिनलाई जानेको प्रत्येक विषयको प्रशिक्षण दिए। तिनी वचन अनि कर्ममा दृढ भए।
23 “जब मोशा चालीस वर्षका भए, उनको आफ्ना यहूदी दाज्यू-भाइहरूलाई भेट्ने निर्णय लिए। 24 मोशाले एक यहूदीलाई मिश्रदेशवासीले नराम्रो व्यवहार गरेको देखे। यसर्थ तिनी त्यो यहूदीको रक्षा गर्न गए अनि त्यो मिश्र देशीलाई मारे जसले यहूदीमाथि कुव्यवहार गरिरहेको थियो। 25 परमेश्वरले उनलाई उनीहरूकै बचाऊको लागि प्रयोग गरिरहनु भएको तिनको यहूदी भाइहरूले बुझ्लान् भन्ने मोशाले सोचे। तर तिनीहरूले त्यो बुझेनन्।
26 “अर्को दिन मोशाले दुइ यहूदीहरूलाई आपसमा झगडा गरेको देखे। उनले तिनीहरूलाई शान्त गराउन खोजे। उनले भने, ‘ए मानिस हो! तिमीहरू दाज्यू-भाइहरू हो! किन तिमीहरू एकार्को प्रति नराम्रो व्यवहार गरिरहेकाछौ?’ 27 जुन मानिसले अर्को मानिससित कुव्यवहार गर्दैथ्यो त्यसले मोशालाई घचेट्यो अनि भन्यो, ‘कसले तिमीलाई हाम्रो शासक अनि न्यायकर्त्ता बनायो? 28 जसरी तिमीले हिजो मिश्र देशवासीलाई मार्यो त्यसरी नै मलाई मार्छौ?’(A) 29 जब मोशाले त्यस्तो सुने तिनले मिश्रदेश छोडे। उनि मिद्यानको देशमा नौला मानिस जस्तै बस्न थाले अनि त्यहीं उनका दुइ छोराहरू भए।
30 “चालिस वर्ष पछि मोशा सीनै पर्वतको मरूभूमिमा थिए। बलिरहेको पोथ्राको ज्वालामा एकजना स्वर्गदूत तिनको अघाडि देखा परे। 31 जब मोशाले यस्तो देखे, उनी अचम्मित भए। जब उनी नियालेर हेर्न नजिक गए, मोशाले परमप्रभुको आवाजले भन्दै गरेको सुने। 32 परमप्रभुले उनलाई भन्नुभयो, ‘म तिम्रा पिताहरूको परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर, याकूबका परमेश्वर हुँ।’(B) मोशा डरले काम्न थाले। उनलाई त्यस बल्दै गरेको पोथ्रामा हेर्ने साहस भएन।
33 “परमप्रभुले उनलाई भन्नुभयो, ‘तिम्रा जुत्ताहरू खोल, किनभने जुन ठाउँमा तिमी उभिरहकाछौ त्यो पवित्र ठाँउ हो। 34 मैले मेरा मानिसहरूलाई मिश्र देशमा अत्यन्तै कष्ट पाइरहेको देखें। मैले तिनीहरूको विलाप सुने। म तिनीहरूलाई बचाउन तल झरें। अब आऊ, म तिमीलाई मिश्र देश पठाउँछु।’(C)
35 “यो मोशा त्यही मानिस थिए जसलाई यहूदीहरूले चाहिंदैन भनेका थिए। तिनीहरूले उनलाई भनेका थिए, ‘कसले तिमीलाई हाम्रो शासक र न्यायकर्त्ता बनायो?’ त्यही मानिसलाई परमश्वरले शासक र उद्धारकको रूपमा पठाउनु भएको थियो। परमेश्वरले मोशालाई स्वर्गदूतको माध्यम पठाउनु भएको थियो जो जल्दै गरेको पोथ्रामा उनी अघि देखापरेको थियो। 36 तब मोशाले मानिसहरूका अगुवाई गरे। उनले आश्चर्यमय कुराहरू अनि चमत्कारहरू मिश्र देशमा लाल सागरमा अनि मरुभूमिमा चालीस वर्ष सम्म गरे।
37 “उनी त्यही मोशा थिए जसले यहूदीहरूलाई भनेका थिए, ‘परमेश्वरले तिमीहरूको लागि तिमीहरूकै माझबाट एक अगमवक्ता पठाउनु हुनेछ। उनी म जस्तै नै हुनेछन्।’ 38 उनी त्यही मोशा हुन जो यहूदीहरूकै जमघटमा एकत्रित भएर मरूभूमिमा सँगै थिए। तिनी त्यो स्वर्गदूतसँग जो सीनै पर्वतमा तिनीसित बोले अनि तिनी हाम्रा पुर्खाहरूसँग थिए। मोशाले परमेश्वरबाट आदेशहरू प्राप्त गरे जसले जीवन दिन्छ। मोशाले हामीलाई ती आदेशहरू दिए।
39 “तर हाम्रा पुर्खाहरूले मोशाका आज्ञा पालन गर्न चाहेनन्। तिनलाई स्वीकार गरेनन्। अनि तिनीहरूले मिश्रदेश फर्की जाने इच्छा गरे। 40 हाम्रा पुर्खाहरूले हारूनलाई भने, ‘मोशाले हामीलाई मिश्र देश बाहिर निकालेर ल्याए। तर उनलाई के भयो हामी जान्दैनौ। हाम्रा निम्ति केही देवताहरू सृष्टि गरिदेऊ जो हाम्रो अघि जानेछन् अनि हामीलाई अगुवाइ गर्नेछन्।’(D) 41 यसकारणले मानिसहरूले बाछो जस्तो देखिने एउटा मूर्ति बनाए। त्यसपछि तिनीहरूले त्यसलाई बलिहरू चढाए। मानिसहरू आफ्नै हातले त्यस्तो चीज बनायौं भनेर अत्यन्त खुशी थिए। 42 तर परमेश्वर तिनीहरूबाट टाढा जानु भयो अनि तिनीहरूलाई आकाशको झूटो देवताहरूको पूजा गर्न छाडिदिनु भयो। अगमवक्ताहरूका पुस्तकमा लेखिए जस्तै यो घट्योः
‘तिमी यहूदीहरूले चालीस वर्षसम्म यो मरूभूमिमा मेरा निम्ति पशु-बलि अनि भेटीहरू अर्पण गरेनौं;
43 तिमीहरूले तिनीहरूसित मोलेकको पाल
अनि तिम्रो देवता रिफमका तारा ल्यायौ।
तिनीहरू मुर्तिहरू थिए जो तिमीहरूले पुज्नलाई बनायौ।
ती मूर्तिहरू थिए जसलाई आराधनाका निम्ति बनाइएको थियो।
यसैकारण म तिमीहरूलाई बेबिलोन देखि निक्कै टाढा पठाउनेछु।’(E)
44 “हाम्रा पुर्खाहरूसँग मरूभूमिमा पवित्र मण्डप थियो। कसरी तम्बू बनाउनु मोशालाई परमेश्वरले बताउनु भयो। तिनले परमेश्वरले देखाउनु भएको योजना अनुसार बनाए। 45 तब यहोशूले हाम्रा पुर्खाहरूलाई अरू राष्ट्रहरूको जमीन हत्याउनुमा अगुवाइ गरे। हाम्रा मानिस जमीनभित्र पसे अनि परमेश्वरले अन्य राष्ट्रहरूलाई बाहिर खेद्नु भयो। जब हाम्रा मानिसहरू त्यस नयाँ जमीनमा गए, तिनीहरूले आफूसित त्यही मण्डप लगेर गए। हाम्रा मानिसहरूले त्यो मण्डप आफ्ना पुर्खाहरूबाट प्राप्त गरेका थिए, अनि तिनीहरूले त्यसलाई दाऊदको समय सम्म जोगाएर राखे। 46 परमेश्वर दाऊदसँग अत्यन्त खुशी हुनुभयो। दाऊदले परमेश्वरलाई याकूबको परमेश्वरका निम्ति भवन निर्माण गर्न दिनुहोस् भनी परमेश्वरलाई आग्रह गरे। 47 तर सुलेमान (दाऊद का पुत्र) एक मानिस थिए जसले उहाँको लागि मन्दिर निर्माण गरे।
48 “तर मानिसको हातले बनाएको मन्दिरमा सर्वोच्च परमेश्वर बस्नु हुन्न। जस्तो अगमवक्ताले भन्छन्:
49 ‘परमप्रभु भन्नुहुन्छ,
स्वर्ग मेरो सिंहासन हो।
पृथ्वी त्यो ठाउँ हो जहाँ मेरा खुट्टाहरू आराम गर्छन्।
कस्तो प्रकारको घर तिमी मेरो लागि बनाउन सक्छौ?
मैले आराम गर्न सक्ने स्थान त्यहाँ कहाँ छ?
50 के मेरा हातहरूले यी सबै कुराहरू बनाएको होइनन्?’”(F)
51 तब स्तिफनसले भने, “तिमी अट्टेरी यहूदी अगुवाहरू! तिमीहरूले आफ्ना हृदय परमेश्वरलाई दिएका छैनौ! तिमीहरूले उहाँलाई कहिल्यै सुनेनौ! पवित्र-आत्माले तिमीहरूलाई जे भन्नुहुन्छ त्यो तिमीहरूले सधैँ विरोध गर्छौ। तिम्रा पुर्खाहरूले त्यसै गरे अनि तिमीहरू उनीहरू जस्तै छौ। 52 तिमीहरूका पुर्खाहरूले नसताएका कुनै अगमवक्ता होलान? ती अगमवक्ताहरूले एक धार्मिक आउनु हुन्छ भनेर पहिल्यै भनिसकेका थिए। तर तिमीहरूका पुर्खाहरूले तिनीहरूलाई मारे। अनि अहिले तिमीहरूले एक धार्मिक मानिस प्रति विश्वासघात गर्यौ अनि उहाँलाई मार्यौ। 53 तिमीहरू त्यही मानिसहरू हौ जसले स्वर्गका दूतहरूले दिएको मोशाको व्यवस्थालाई ग्रहण गर्यौ तर पालन गरेनौं।”
स्तिफनस मारियो
54 जब यहूदी नेताहरूले यी कूरा सुने तिनीहरू रिसले चूर भए अनि उनको विरूद्ध दाह्रा किट्न थाले। 55 तर स्तिफनस पवित्र-आत्माले परिपूर्ण थिए। स्तिफनसले उँभो आकाश तिर हेरे। उनले परमेश्वरको महिमा देखे। अनले येशूलाई परमेश्वरको दाहिने तर्फ उभिरहेको देखे। 56 स्तिफनसले भने, “हेर! मैले स्वर्ग खुल्ला अनि मानिसको पुत्र परमेश्वरको दाहिने तर्फ उभिरहेको देख्छु!”
57 तुरून्तै समस्त यहूदी अगुवाहरू एकसाथ ठूलो स्वरमा चिच्याए। तिनीहरूले आफ्ना हातले कान बन्द गरे। तिनीहरू सबै एकसाथ स्तिफनस तिर दौडे। 58 तिनीहरूले उनलाई शहर बाहिर फ्याँके अनि ढुङ्गा हान्न थाले। ती मानिसहरू ज-जसले स्तिफनसको विरूद्ध झूटो कुरा गरेका थिए, तिनीहरूले आफ्ना पोशाक खोलेर शावल नाउँको एक युवकलाई दिए। 59 अनि त्यसपछि तिनीहरूले स्तिफनस माथि ढुङ्गा हान्न शुरू गरे। तर स्तिफनस प्रार्थना गरिरहेका थिए। उनले भने, “प्रभु येशू, मेरो आत्मा ग्रहण गर्नुहोस्!” 60 तब उनले घूँडा टेके अनि जोडले चिच्याए, “प्रभु, यिनीहरूलाई यो पापका निम्ति दोष नदिनुहोस्!” यति भनिसके पछि स्तिफनसले देह त्याग गरे।
8 1-3 शावलले स्तिफनसलाई मार्न आफ्नो सहमती दिए। केही भक्त-जनहरूले स्तिफनसलाई गाडे। तिनीहरूले उनको निम्ति शोक गरे।
विश्वासीहरूलाई सताइ
त्यही दिनदेखि यहूदीहरूले यरूशलेममा विश्वासीहरूलाई खुबै यातना दिन थाले। शावलले पनि मण्डली ध्वंश गर्ने प्रयास गरिरहेका थिए। ऊ तिनीहरूको घरमा गए। उसले पुरूष र स्त्रीहरूलाई समाते, तान्दै बाहिर निकाले अनि जेलमा थुने। सम्पूर्ण विश्वासीहरूले यरूशलेम छोडेर गए। त्यहाँ प्रेरितहरू मात्र बसे। विश्वासीहरू यहूदिया र सामरिया भरि फैलिएका थिए। 4 विश्वासीहरू जो चारैतिर छरिएका थिए, जहाँ तिनीहरू गए, परमेश्वरको सुसमाचार मानिसहरूलाई सुनाए।
फिलिपले सामरियामा प्रचार गर्दछ
5 फिलिप सामरिया शहरमा गए अनि ख्रीष्टको विषयमा प्रचार गरे। 6 मानिसहरूले त्यहाँ फिलिपले चमत्कारहरू गरेका सुने अनि देखे। फिलिपले भनेको कुराहरू मानिसहरूको भीडले एक मनले ध्यान लगाएर सुने। 7 धेरै जसो मानिसहरू दुष्ट आत्माहरूले भेट्टाएका थिए। तर दुष्ट आत्माहरू जोडले चिच्याएर मानिसहरूबाट बाहिर निस्के। पक्षाघात लागेको र लङ्गडो मानिसहरू निको भए। 8 त्यही कारणले गर्दा त्यस शहरमा मानिसहरू अत्यन्त आनन्दित थिए।
9 तर त्यस शहरमा शिमोन नाउँ गरेको एकजना मानिस थिए। फिलिप त्यहाँ आउन भन्दा अघि तिनी जादू गर्दै थिए अनि सामरियाका मानिसहरूलाई चकित पारेका थिए। शिमोनले घमण्ड साथ आफूलाई महान-मानिस दावी गर्थे। 10 निम्नस्तरका देखि अति प्रमुख मानिसहरूले शिमोन प्रति खूबै ध्यान दिए। तिनीहरूले भने, “यस मानिसकोमा ईश्वरीय शक्ति छ त्यसैलाई ‘महान शक्ति’ भनिन्छ!” 11 शिमोनले आफ्ना जादू-कलाद्वारा मानिसहरूलाई धेरै समयदेखि प्रभावित पारेका थिए अनि तीनीहरू उनका भक्त भएका थिए। 12 तर फिलिपले मानिसहरूलाई परमेश्वरको राज्यको विषयमा सुसमाचार एवं येशू ख्रीष्टको नाउँको विषयमा बताइदिए। पुरुष-स्त्रीहरू जसले विश्वास गरे तिनीहरूले बप्तिस्मा लिए। 13 शिमोन स्वंयले विश्वास गरे अनि बप्तिस्मा लिए। फिलिप एकदम नजिकमा बसे। उनले फिलिपले गरेका चमत्कारहरू अनि महान कार्यहरू देखे। शिमोन छक्क परे।
14 प्रेरितहरू अझ सम्म यरूशलेमा नै थिए। तिनीहरूले सामरियाका मानिसहरूले परमेश्वरको वचनलाई स्वीकार गरे भन्ने बारेमा सुने। यसैकारणले तिनीहरूले पत्रुस र यूहन्नालाई सामारिया पठाए। 15 जब तिनीहरू सामारिया पुगे, तिनीहरूले सामरियाका विश्वासीहरूले पवित्र-आत्मा पावोस् भनेर प्रार्थना गरे। 16 ती मानिसहरू प्रभु येशूको नाउँमा बप्तिस्मा भएका थिए, तर पवित्र-आत्मा तिनीहरू कसैमाथि पनि आइपुगेको थिएन। यही कारणले गर्दा पत्रुस र यूहन्नाले प्रार्थना गरे। 17 तब ती प्रेरितहरूले तिनीहरूका हात मानिसहरूमा राखी दिए तब तिनीहरूले पवित्र-आत्मा प्राप्त गरे।
18 प्रेरितहरूले मानिसहरूलाई हात राखिदिंदा तिनीहरूमाथि पवित्र आत्मा दिइएको शिमोनले देखे। यसकारण शिमोनले प्रेरितहरूलाई पैसा देखाउदै। 19 अनि भने, “यो शक्ति मलाई पनि दिनुहोस् ताकि जब मैले कसैमाथि हात राख्दा उसले पवित्र आत्मा प्राप्त गरोस्।”
20 पत्रुसले तिनलाई भने, “तिमी र तिम्रो पैसा दुवै नष्ट भई जाओस्! किनभने तिमीले सोच्यौ कि प्रभुको उपहार पैसाले किन्न सक्छौ। 21 यस काममा हामीसँग अंश ग्रहण गर्न सक्तैनौ। किनभने तिम्रो हृदय परमेश्वर समक्ष सही छैन। 22 तिम्रो हृदय बद्ली गर अनि यी कुकर्महरूदेखि टाडो भई हाल। प्रभुलाई प्रार्थना गर। हुनसक्छ तिम्रो यस्तो सोचाइलाई उहाँले क्षमा गरिदनु हुन्छ। 23 किनभने तिमी कटुता इर्ष्याले भरिएको अनि पापको अधीनमा भएको म देख्दछु।”
24 शिमोनले जवाफ दिए, “तिमीहरूले मेरो लागि प्रभुलाई प्रार्थना गरिदेऊ। प्रार्थना गरिदेऊ कि तिमीहरूले भनेका कुनै पनि कुरा म माथि नघटोस्।”
25 त्यसपछि, ती दुइ प्रेरितहरूले आफ्नो गवाही दिए अनि प्रभुको सन्देश सुनाए। त्यसपछि तिनीहरू यरूशलेम फर्के। तिनीहरू जाँदा हुँदी सामरीयाका धेरै शहरहरू भएर गए अनि जता-जता पस्दै गए। त्यतातिर मानिसहरूलाई सुसमाचार प्रचार गरे।
एथियोपियावासीलाई फिलिपले शिक्षा दिए
26 परमेश्वरको एकजना दूतले फिलिपलाई भने, “झट्ट तयार होऊ र दक्षिणतर्फ जाऊ। यरूशलेमदेखि गाजातर्फ जाने बाटो जाऊ- त्यो बाटो मरूभूमि भएर जान्छ।”
27 यसकारण फिलिप तयार भए अनि गए। बाटोमा उनले एकजना एथियोपियावासी मानिसलाई देखे जो नपुंसक थिए। उनी एथियोपिया देशकी रानी कन्दकीको ठूला अधिकारी थिए। उनी रानीका जम्मै पैसा-रूपियाँका जिम्मेवार थिए। त्यो मानिस आराधना गर्न यरूशलेम गएका थिए। 28 अहिले ऊ आफ्नो रथमा बसेर घर तर्फ गइरहेका थिए। तिनी अगमवक्ता यशैयाको पुस्तक पढिरहेका थिए।
29 आत्माले फिलिपलाई भने, “त्यस रथमा जाऊ र त्यसको छेउमा बस्।” 30 तब फिलिप रथको छेउमा दगुरे अनि त्यो मानिसले पढी रहेको सुने। उसले यशैया अगमवक्ताको पुस्तक पढिरहेको थियो। फिलिपले उसलाई भने, “के तिमीले पढेको कुरा बुझ्दैछौ?”
31 त्यस मानिसले भन्यो, “म कसरी बुझ्न सक्छु? मलाई त्यस्तो मानिसको खाँचो छ जसले मलाई यो व्याख्या गरिदिन सक्छ।” त्यसपछि उसले फिलिपलाई उसको छेउमा आएर बस्न निमन्त्रणा गर्यो। 32 उसले पढ्दै गरेको धर्म शास्त्रको अंश यस्तो थियोः
“जसरी भेंडा़ काटिन लगिन्छ, भेंडा़को पाठा कत्रनेको सामु चुपचाप उभिन्छ,
त्यसरी नै उनी रहे।
त्यसरी नै उहाँ उभिई रहनु भयो।
33 उहाँको उपहाँस गरियो अनि उहाँका अधिकारहरू खोसियो।
पृथ्वीमा उहाँको जीवन समाप्त भयो।
अनि उहाँको पुस्ताको बिषयमा भन्न को सामर्थ हुनेछ।”(G)
34 त्यस अधिकारीले फिलिपलाई भने, “दया गरेर मलाई भन्नुहोस् अगमवक्ताले कसको विषयमा भनेका हुन्? उनले आफ्नै विषयमा कि अन्य कसैको विषयमा भनेका हुन?” 35 फिलिपले बताउन थाले। उनले त्यही धर्मशास्त्रको अंशबाट शुरू गरे अनि उसलाई येशूको विषयमा सुसमाचार भने।
36 उनीहरू बाटोमा गइरहेको बेला पानी भएको ठाउँमा पुगे। अधिकारीले भन्यो, “हेर! यहाँ पानी छ! कसले मलाई बप्तिस्मा लिन देखि रोक्न सक्छ?” 37 [a] 38 त्यसपछि अधिकारीले रथ थाम भनेर आदेश गर्यो। दुवै फिलिप र अधिकारी पानी भए तिर ओर्लिए अनि फिलिपले तिनलाई बप्तिस्मा दिए। 39 जब तिनीहरू पानी बाहिर आए प्रभुको आत्मा फिलपबाट खोसियो अधिकारीले उनलाई फेरि कहिल्यै पनि देखेन्। अधिकारी आफ्नो घरको बाटो लागे। उनी खुशी थिए। 40 तर फिलिप अश्दोदको शहरमा देखा परे। उनी सिजरियाको शहर तिर गइरहैका थिए। अश्दोददेखि सिजरिया जाँदा बाटामा पर्ने प्रत्येक शहरमा उनले सुसमाचार प्रचार गरे।
शावलको जीवन परिवर्तन
9 त्यसैबेला शावलले यरूशलेममा प्रभुका चेलाहरूलाई अझै डर देखाउँदै अनि तिनीहरूलाई मार्ने प्रयास गरिरहेको थियो। यसैले तिनी प्रधान पूजाहारीकहाँ गए। 2 शावलले प्रधान पूजाहारीलाई दमीशकको शहरमा सभाघरहरूका यहूदीहरूलाई ख्रीष्टका मार्ग पहिल्याउनेहरू खोजी निकाल्ने अधिकार दिँदै चिट्ठीहरू लेखी माँगे। उसले यदि कुनै पुरुष वा स्त्री विश्वासीहरू भेट्टाए तिनीहरूलाई पक्रेर यरूशलेम फर्काई ल्याउनेछ।
3 तब शावल दमीशक गए। जब ऊ शहरको नजीक पुगे, अचानक आकासबाट प्रज्वलित ज्योति उनको चारैतिर चम्कियो। 4 शावल भूइँमा लडे। उनले एउटा आवाज उनैसँग बोलिरहेको सुने, “शावल, शावल! तिमी मलाई किन सताइरहेछौ?”
5 शावलले भने, “तपाईं को हुनुहुन्छ प्रभु?”
त्यो आवजले जवाफ दियो, “म येशू हुँ। जसलाई तिमी दुःख दिइरहेका छौ। 6 उठ अनि शहर तर्फ जाऊ। त्यहाँ कसैले तिमीलाई के गर्नु पर्ने बताई दिनेछ।”
7 शावलसँग यात्रा गरीरहेका मानिसहरू त्यहाँ ठिङ्गै उभिरहे। ती मानिसहरूले आवाज सुने तर कतै कोही देखनन्। 8 शावल भूइँबाट उठे। उसको आँखा खोलियो तर केही देख्न सकेनन्। यसकारण शावलसँग आएका मानिसहरूले उनको हात पक्रेर तिनलाई दमीशक सम्म लगे। 9 तीन दिन सम्म शावलले न देख्न सक्यो, न खायो न पियो।
10 दमीशकमा येशूका एकजना चेला थिए। उनको नाउँ हननिया थियो। प्रभुले हननियासँग सपनामा भन्नुभयो, “हननिया!”
हननियाले उत्तर दियो, “म यहाँ छु, प्रभु।”
11 प्रभुले हननियालाई भन्नुभयो, “उठ अनि सोझो गल्ली भन्ने गल्लीतिर जाऊ। यहूदाको घर पत्ता लगाऊ। टार्सस भन्ने ठाउँका शावल नाउँ भएको मानिसलाई खोज। ऊ अहिले त्याहँ प्रार्थना गरिरहेछ। 12 शावलले दर्शन देख्यो। आफ्नो सपनामा उसले हननिया भन्ने मानिस आफू भएतिर आयो र तिनका हातहरू आफू माथि राखिदिए जसद्वारा उसले फेरि देख्न सकून्।”
13 तर हननियाले उत्तर दियो, “प्रभु धेरै जनाले मलाई यस मानिसको विषयमा भनिसेकेको छ। तिनीहरूले भने यस मानिसले यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कतिको सताएको छ। 14 अहिले ऊ दमीशकमा आइपुगेको छ। मुख्य पूजाहारीहरूले तपाईंमा विश्वास गर्ने मानिसहरू सबैलाई पक्रनु भनेर उसलाई अधिकार दिएकोछ।”
15 तर प्रभुले हननियालाई भन्नुभयो, “जाऊ! मैले शावललाई मेरो विषयमा राजाहरूलाई, यहूदीहरूलाई र अन्य जातिहरूलाई बताउनको निम्ति एक पात्रको रूपमा चुनेको छु। 16 म उसलाई सबै कुरा देखाउनेछु जसले गर्दा मेरो नाउँको लागी उसले कष्ट भोग्नु पर्छ।”
17 यसकारण हननिया त्यहाँबाट यहूदाका घरतर्फ लाग्यो। उसले आफ्नो हात शावलमा राखे अनि भने, “शावल, मेरो भाइ, प्रभु येशू जो तिमी आउँदा बाटोमा देखा पर्नु भयो उहाँले मलाई तिम्रोमा पठाउनु भएको छ ताकि तिमीले फेरि देख्न सक र पवित्र आत्माद्वारा तिमी भरिपूर्ण होऊ।”
18 तुरन्तै, माछाको कत्लाहरू जस्तो केही उसको आँखाबाट खस्यो। शावल फेरि देख्न सक्ने भए अनि उठेर बप्तिस्मा लिए। 19 त्यसपछि उनले अलिकति भोजन गरेर पुन शक्ति प्राप्त गरे।
शावलले दमीशकमा प्रचार गर्दछन्
शावाल केही दिनसम्म चेलाहरूसँग दमीशकमा बसे। 20 चाँडै उनले यहूदीहरूका सभाघरहरूमा येशूको विषयमा प्रचार गर्न थाले। उनले मानिसहरूलाई भने, “येशू परमेश्वरका पुत्र हुनुहुन्छ।”
21 सबै मानिसहरू शावलको त्यस्तो कुरा सुनेर छक्क परे। तिनीहरूले भने, “यो त्यही मानिस होइन जो यरूशलेममा थियो अनि यही नाउँमा विश्वास गर्ने मानिसहरूलाई नष्ट गर्ने प्रयास गर्दै थियो? के ऊ यहाँ येशूका चेलाहरूलाई पक्रन अनि तिनीहरूलाई यरूशलेममा मुख्य पूजाहारीहरूकहाँ लान आएको होइन?”
22 तर शावल झन् झन प्रभावशाली भए अनि येशू नै ख्रीष्ट हुनुहुन्छ भनी सिद्ध गर्दै दमीशकमा बस्ने यहूदीहरूलाई अलमल्ल पारिदिए।
शावल यहूदीहरूबाट बाँचे
23 धेरै दिन पछि यहूदीहरूले शावललाई मार्ने योजनाहरू बनाए। 24 यी यहूदीहरूले रात-दिन शहरको ढोकामा शावललाई ढुकिरहेका थिए। तिनीहरू उनलाई मार्न चाहन्थे। तर शावलले तिनीहरूको योजना जानिसकेका थिए। 25 एक रात उनका केही विश्वासीहरूले त्यस शहरबाट भाग्न उनलाई मद्दत गरे। तिनीहरूले शावललाई एउटा टोकरी भित्र हाले अनि शहरको पर्खालको एउटा प्वालबाट छिराएर तल झारे।
शावल यरूशलेममा
26 त्यसपछि शावल यरूशलेमतिर गए। उनले विश्वासीहरूको झुण्डमा सम्मिलित हुन कोशिश गरे तर तिनीहरू उनीबाट डराए। किनभने शावल साँची नै येशूका चेला हुन् भनेर विश्वास गरेनन्। 27 तर बर्णाबासले उनलाई स्वीकार गरे अनि प्रेरितहरू कहाँ ल्याए अनि कसरी शावलले दमीशकको बाटोमा प्रभुलाई देखेका थिए अनि कसरी प्रभु उनिसित बोल्नु भयो सो तिनीहरूलाई वर्णन गरे। अनि उसले शावलले कुनै डर बिना येशूको विषयमा दमीशकमा कसरी प्रचार गरे सो पनि भने।
28 अनि त्यसकारण शावल विश्वासीहरूसँगै बसे। उनी जताततै निर्भय भएर यरूशलेममा प्रभुको प्रचार गर्दै हिँडे। 29 शावल प्रायः ती यहूदीहरूसँग वार्तालाप गर्थे जसले ग्रीक भाषा जान्दथे। तिनीहरूसँग उनले तर्क-वितर्क पनि गरे। तर उनीहरूले शावललाई मार्ने प्रयास गरे। 30 जब चेलाहरूले त्यो कुरा थाहा पाए कि तिनीहरूले शावललाई सिजरिया भन्ने शहरमा लगे। त्यहाँ देखि तिनीहरूले उनलाई टार्सस शहरमा पठाए।
31 त्यसरी चारैतिर यहूदिया, गालील र सामरियाका मण्डलीहरूमा शान्ति छायो। विश्वासीहरूको समुदाय पराक्रमी भए किनकि तिनीहरू प्रभुको डरमा बसेका थिए अनि पवित्र आत्माले उत्साहित तुल्याइएका थिए। त्यसैले गर्दा विश्वासीहरूको संख्यामा बृद्धि हुन थाल्यो।
पत्रुस लिड्डामा र जोप्पामा
32 पत्रुसले यरूशलेम वरिपरि सम्पूर्ण शहरहरू यात्रा गरे। तिनले ती विश्वासीहरूलाई भेटे जो लिड्डामा बस्थे। 33 लिड्डामा तिनको एकजना आठ वर्ष देखि पक्षघात बिमारले ग्रस्त भएको एनियास भन्ने मानिससँग भेट भयो। एनियास आफ्नो विछ्यौनाबाट चल्न सक्तैन थियो 34 पत्रुसले तिनलाई भने, “एनियास, येशू ख्रीष्टले तिमीलाई निको पार्नु हुन्छ, उठ अनि तिम्रो विछ्यौना मिलाऊ।” एनियास तत्काल जुरूक्का उठयो। 35 लिड्डा अनि शारोमा सबै मानिसहरूले उसलाई देखे अनि प्रभु येशूमाथि विश्वास बढाए।
36 जोप्पा भन्ने शहरमा येशूका एकजना चेली थिए। उनको नाउँ तबिता थियो। उनको ग्रीक नाउँ डोरकस् थियो जसको अर्थ हो “हरिणी”। तिनले मानिसहरूका लागि सदैव असल कामहरू गरेकी थिईन् अनि खाँचो परेकाहरूलाई सधैँ पैसा दिन्थिन्। 37 पत्रुस लिड्डामा भएको बेला तबीता बिमार भई अनि मरी। तिनीहरूले उनको शरीर धोई-पखालेर माथिल्लो तल्लामा राखिदिए। 38 जोप्पामा भएका चेलाहरूले पत्रुस लिड्डामा थियो भन्ने सुने। लिड्डा जोप्पाको छेउमा थियो। यसर्थ तिनीहरूले पत्रुसकहाँ दुइजना मानिसहरू पठाए। तिनीहरूले उनलाई बिन्ती गरे, “दया गरेर हामी भएको ठाउँमा छिटो आउनुहोस्।”
39 पत्रुस तयार भए अनि तिनीहरूसँग लागे। जब तिनी आइपुगे तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे। सबै विधवाहरू पत्रुसका वरिपरि रूँदै उभिए। तिनीहरू रोई-कराई विलाप गरिरहेका थिए। तबिता जीउँदो हुँदा बनाएकी कोटहरू साथै अन्य पोषाकहरू तिनीहरूले देखाए। 40 पत्रुसले ती सबैजनालाई कोठा बाहिर पठाए। उनले घुँडा टेके अनि प्रार्थना गरे। त्यसपछि तिनी तबीताको मृतशरीरपट्टी फर्किए र भने, “तबीता जुरूक्क उठ!” उनले आँखाहरू खोलिन्। जब तिनले पत्रुसलाई देखिन्, तिनी उठेर बसिन्। 41 पत्रुसले तिनलाई हातको साहारा दिएर उठाए। त्यसपछि उनले विश्वासीहरूलाई डाके, विधुवीहरूलाई कोठाभित्र बोलाए। तिनले तबिता जीउँदो भएकी तिनीहरूलाई देखाए!
42 जोप्पाको चारैतिरका मानिसहरूले त्यो घट्नाको विषयमा सुने। धेरैजना प्रभुलाई विश्वास गर्न लागे। 43 पत्रुस जोप्पामा धेरै दिनसम्म बसे। उनी शिमोन नाउँको छालाको काम गर्ने कर्मीसँग बसे।
पत्रुस र कर्नीलियस
10 सिजरिया भन्ने शहरमा कर्नीलियस नाउँ भएको एकजना मानिस थिए। उनी रोमन एकाईका पल्टनका एकजना कप्तान थिए जसलाई “इटालियन” भनिन्थ्यो। 2 कर्नीलियस एक जना धार्मिक मानिस थिए। उनी र अन्य मानिसहरू जो उनकै घरमा बस्थे साँच्चो परमेश्वरलाई आराधना गर्थे। उनले गरीबहरूलाई यथाशक्य पैसा-रूपिया दिन्थे कर्नीलियसले नित्य परमेश्वरको प्रार्थना गर्थे। 3 एक पल्ट अपरान्ह तीन बजेतिर, कर्नीलियसले स्पष्ट एउटा दर्शन देखे। त्यहाँ तिनले एक स्वर्गदूत आफूतिरै “कर्नीलियस!” भन्दै आइरहेको देखे।
4 कर्नीलियसले स्वर्गदूतलाई डराएर हेरे अनि भने, “तपाईं के चाहनु हुन्छ, प्रभु?”
स्वर्गदूतले भने, “परमेश्वरले तिम्रो प्रार्थना सुन्नु भयो अनि गरीब, दुःखीहरूप्रति गरेको दया देख्नु भयो। परमेश्वरले तिम्रो सम्झना गर्नु हुँदैछ। 5 केही मानिसहरू जोप्पा शहरमा पठाऊ। शिमोनलाई फर्काई ल्याउन तिम्रा केही मानिसहरू पठाऊ जसलाई पत्रुस पनि भनिन्छ। 6 शिमोन जुन मानिसकोमा बस्दैछ उसको नाउँ पनि शिमोन नै हो। उसले छालाको काम गर्छ। उसको घर समुद्रको नजिकमा छ।” 7 कर्नीलियससँग बोल्ने स्वर्गदूत गए कर्नीलियसलले आफ्ना दुइजना नोकरहरू र एकजना सिपाहीलाई बोलाए। त्यो सिपाही धार्मीक प्रवृतिका मानिस थिए। तिनी कर्नीलियसको मानिसगत सहयोगी थियो। 8 कर्नीलियसले ती तीनैजनालाई राम्ररी गरेर कुरा सम्झाए। त्यसपछि तिनीहरूलाई जोप्पा पठाइदिए।
9 अर्को दिन ती तीनैजना जोप्पा शहर नजीक आईपुगे। त्यसबेला पत्रुस छानामाथि प्रार्थना गर्न भनी गए। त्यो मध्याह्रको बेला थियो। 10 पत्रुस भोको थिए। तिनी खान चाहन्थे। तिनीहरूले भोजन तयार गरिरहेको बेला दर्शन देखे। 11 उनले आकाश खुल्ला देखे अनि ठूलो लुगाको टुक्रा जस्तो केही तल खसिरहेथ्यो। त्यो ठूलो लुगा त्यसका चार कुना द्वारा अडिएको थियो अनि भूइँमा झरिरहेको थियो। 12 नाना किसिमका प्राणीहरू त्यहाँ थिए- हिँड्ने प्राणीहरू, धस्रिने प्राणीहरू, अनि हावामा उड्ने चरा-चुरूङ्गीहरू। 13 त्यसपछि एउटा आवाजले पत्रुसलाई भन्यो, “उठ पत्रुस, कुनै पनि एउटा सजीव प्राणी मारेर खाऊ।”
14 तर पत्रुसले भने, “म त्यस्तो कहिल्यै गर्नै छैन, प्रभु! मैले त्यस्तो कुनै पनि अशुद्ध र अपवित्र खाना खाएको छैन।”
15 तर आवाजले उसलाई दोस्रो पलट भन्यो, “परमेश्वरले ती सबै कुराहरू शुद्ध भएको घोषणा गर्नु भएको छ। यसर्थ तिमी त्यसलाई ‘अपवित्र’ नसोच!” 16 यस्तो घट्ना तीनपल्ट भयो। त्यसपछि सबै चीजहरू आकशतिरै फर्काएर लग्यो। 17 यस्तो दर्शनको मतलव के होला भनेर पत्रुस छक्क परे।
यसबेला कार्नीलियसले पठाएका मानिसहरूले शिमोनको घर पत्ता लगाए। तिनीहरू दैलोमा उभिरहेका थिए। 18 तिनीहरूले जोडले बोलाए अनि सोधे, “के शिमोन पत्रुस यहाँ बस्छन्?”
19 पत्रुस त्यही दर्शनको विषयमा सोचिरहेका थिए। तर आत्माले उनलाई भन्नुभयो, “हेर! तीनजना मानिसहरूले तिमीलाई खोजिरेहछन्। 20 उठ अनि तल्लो तलामा जाऊ। ती मानिसहरूसँग अप्ठेरो, नमानी जाऊ। मैले तिनीहरूलाई तिमीकहाँ पठाएको हुँ।” 21 तब पत्रुस ती मानिसहरू भएकहाँ तल्लो तलामा ओर्ले। उनले भने, “तिमीहरूले खोजिरहेको मानिस म हुँ। तिमीहरू किन यहाँ आयौ?”
22 ती मानिसहरूले भने, “कर्नीलियस एक सैनिक अधीकारी हुन्। उनी धार्मिक प्रवृतिका मानिस हुन् उनी परमेश्वरको आराधना गर्दछन्। सम्पूर्ण यहूदीहरूले उहाँलाई सम्मान गर्दछन्। एक पवित्र स्वर्गदूतले उहाँको घरमा तपाईंलाई निमन्त्रणा गर्नु भन्नु भएथ्यो ताकि उहाँले तपाईंबाट केही सन्देशहरू सुन्न सकुन्।” 23 पत्रुसले तिनीहरूलाई भित्र आउने र आज राती त्यही बस्ने आग्रह गरे।
अर्कोदिन पत्रुस तयार भएर ती तीनजना मानिसहरूसँग गए। केही जोप्पाका चेलाहरू पनि पत्रुससँग गए। 24 अर्कोदिन तिनीहरू सिजरिया भन्ने शहरमा आइपुगे। कर्नीलियसले तिनीहरूलाई पर्खिरहेका थिए। उनले पहिल्यैबाट आफ्ना सन्तानहरू र आफ्ना साथीहरूलाई घरमा भेला गरिसकेका थिए।
25 जब पत्रुस घरभित्र पसे, कर्नीलियसले उनीसँग भेट गरे अनि पत्रुसको पाउमा निहुरिएर श्रद्धा गरे। 26 तर पत्रुसले उनलाई उठ्ने आग्रह गरे। पत्रुसले भने, “उठ! म केवल तिमी जस्तै मानिस हुँ।”
27 पत्रुस कर्नीलियसँग वार्तालाप गर्दै भित्र पसे अनि त्यहाँ धेरै मानिसहरू भेला भएका देखे।
28 उनले तिनीहरूलाई भने, “तिमीहरूले जान्दछौ कि यहूदी भएर अरू वंशका मानिसहरूसँग यसरी सँगत गर्नु अथवा मानिसहरूकोमा जानु यहूदीहरूको व्यवस्थाको विरुद्ध हो। तर परमेश्वरले मलाई देखाई सक्नु भएको छ कि मैले कसैलाई ‘अपवित्र’ अथवा ‘अशुद्ध’ भनेर भन्नु हुँदैन। 29 त्यसैकारणले म यहाँ कुनै आक्षेप विनै आएँ। अब मलाई भन, के कारणले मलाई यसरी बोलाएको हो”
30 कर्नीलियसले भने, “चार दिन अघि, म घरमा प्रार्थना गरिरहेको थिएँ। त्यसबेला अपरान्ह तीन बजेको थियो। अचानक एकजना स्वर्गदूत चम्किलो लुगा लगाएर मेरो सामुन्ने उभिए। 31 तिनले भने, ‘कर्नीलियस! परमेश्वरले तिम्रो प्रार्थाना सुन्नु भयो अनि गरीब दुःखीहरूलाई तिमीले दान दिएको देख्नु भयो। परमेश्वरले तिमीलाई याद गर्नु हुन्छ। 32 त्यसैले शहर जोप्पामा मानिसहरू पठाऊ र शिमोन जसलाई पत्रुस पनि भनिन्छ यहाँ आउने निवेदन गर। पत्रुसलाई आउने आग्रह गर। उनी सिमोन छालाको कर्मीको घरमा बसेकाछन्। उसको घर समुद्रको छेउमा छ।’ 33 यसकारण मैले तपाईंलाई तुरून्त लिएर आउन भनि मानिस पठाएँ। तपाईं आइदिनु नै हाम्रो लागि राम्रो भयो। यहाँ हामी अब परमेश्वर समक्ष छौं ती सबै कुराहरू सन्नुलाई जो प्रभुले भन्नु भनि तपाईंलाई आदेश दिनु भएकोछ”
कर्नीलियसको घरमा पत्रुसको भाषण
34 पत्रुसले बोल्न शुरू गरे, “अब मैले साँच्चै बुझ्नु कि परमेश्वरको निम्ति सबै मानिसहरू एक समान हुन्। 35 अनि हरेक राष्ट्रमा परमेश्वरले त्यसलाई स्वीकार गर्नुहुन्छ, जसले उहाँको आराधाना गर्छ अनि जे सही छ त्यो गर्छ। 36 परमेश्वर यहूदीहरूसँग बोल्नु भएको छ। परमेश्वरले येशू ख्रीष्टको जो सबै मानिसहरूका परमप्रभु हुनुहुन्छ उनको माध्यमद्वारा शान्तिको सुसमाचार उनीहरूका लागि पठाउनु भयो।
37 “यहूदिया भरि के भयो भन्ने कुरा तिमीहरूलाई थाहा होला। यो गालीलमा यूहन्नाले बप्तिस्माको बारेमा मानिसहरूलाई प्रचार गरे पछि शुरू भएको हो। 38 तिमी नासरतका येशूको विषयमा जान्दछौ। परमेश्वरले उहाँलाई पवित्र-आत्मा र शक्ति प्रदान गरेर ख्रीष्ट बनाउनु भयो। येशू चारैतिरका मानिसहरूको लागि राम्रो काम गर्दै जानुभयो अनि प्रेतात्मा वा दुष्टात्मा लागेका मानिसहरूलाई उहाँले निको पार्नुभयो। यसले परमेश्वर येशूको साथमा भएको प्रमाण दिँदछ।
39 “हामीले उहाँले यहूदिया र यरूशलेममा गर्नु भएका सम्पूर्ण कार्यहरू देख्यौं। हामी त्यो देखिरहेका छौ। त्यसको गवाही बनिरहेछौ। तर तिनीहरूलले उहाँलाई काठले बनाएको क्रूसमा झुण्ड्याएर मारे। 40 तर, उहाँको मृत्यु भएको तीन दिन पछि परमेश्वरले उहाँलाई बौराउनु भयो अनि मानिसहरूलाई छर्लक्क येशूलाई देखाइदिनु भयो। 41 तर येशूलाई सबै मानिसहरूले देख्न सकेनन्। जजसलाई परमश्वरले गवाहीको रूपमा छान्नु भएको थियो तिनीहरूले मात्र येशूको दर्शन पाए। हामी ती गवाहीहरू हौं उहाँ मृत्युबाट बौरे पछि हामीले येशूसँगै खाना-पिना गर्यौं।
42 “येशूले हामीलाई प्रचार गर्नु अनि मानिसहरूलाई भन्नुभयो कि उहाँलाई मात्र परमेश्वरले जीउँदो मानिसहरू अनि मृतहरूको पनि न्याय गर्नका निम्ति छान्नु भएको हो। 43 प्रत्येक मानिस जसले येशूमाथि विश्वास गर्दछ येशूको नाउँमा उसले पापहरू माफ पाउनेछ। सम्पूर्ण अगमवक्ताहरूले उनको सत्यता सावित गरे।”
गैर-यहूदीहरूसँग पवित्र-आत्मा
44 पत्रुस बोलिरहेको बेला सन्देश सुन्ने ती सबै मानिसहरूमा पवित्र आत्मा उत्रनु भयो। 45 यहूदी विश्वासीहरू जो पत्रुससँग त्यहाँ आएका थिए तिनीहरू छक्क परे किनकी गैर-यहूदीहरूमा पनि पवित्र-आत्माको उपहार बर्षिएको थियो। 46 यहूदीहरूले ती गैर-यहूदीहरूले विभिन्न भाषाहरू बोलेका र परमेश्वरको स्तुति गरेको सुने। त्यसपछि पत्रुसले भने, 47 “के कसैले पानीलाई रोक्न सक्छ जसद्वारा यी मानिसहरूलाई बप्तिस्मा लिनबाट रोक्न सकिन्छ? तिनीहरूले पनि हामीहरूले जस्तै पवित्र आत्मा प्राप्त गरेका छन्।!” 48 तब पत्रुसले कर्नीलियस, उनका सन्तानहरू अनि साथीहरूलाई येशू ख्रीष्ट को नाउँमा बप्तिस्मा दिने आज्ञा दिए। तब मानिसहरूले पत्रुसलाई केही दिन सम्म त्यही बसिदिने बिन्ती गरे।
पत्रुस यरूशलेम फर्कन्छन्
11 यहूदियामा प्रेरितहरू र दाज्यू-भाइहरूले गैर यहूदीहरूले पनि परमेश्वरको शिक्षालाई स्वीकार गरेको थाहा पाए। 2 तर जब पत्रुस यरूशलेम फर्किए कतिपय यहूदी विश्वासीहरूले उनीसँग त्यस विषयमा बहस गरे। 3 तिनीहरूले भने, “तपाईं ती गैर-यहूदीहरूका घर जानुभयो। तपाईंले त्यस्ता मानिसहरूसँग बसेर भोजन सम्म गर्नुभयो!”
4 पत्रुसले तिनीहरूलाई सम्पूर्ण कथा विस्तार गरेर बताए। 5 उनले भने, “म जोप्पा शहरमा थिएँ। मैले प्रार्थना गरिरहेको बेला एउटा दर्शन पाएँ। त्यस दर्शनमा मैले ठूलो लुगा जस्तो केही आकाशबाट तल ओर्लिरहेको देखे। त्यसलाई त्यसको चारै कोणबाट समातिएको थियो। त्यो म भएकोमा आयो। 6 जब मैले भित्र हेर मैले त्यहाँ चारखुट्टे स्थलचर पशुहरू जंगली जनावर घस्रने सर्प जातिय प्राणि अनि आकाशका चराचुरूङ्गीहरू देखें। 7 तब मैले एउटा आवाजले मलाई भनिरहेको सुने, ‘उठ पत्रुस! कुनै पनि जीवित प्राणी मार र खाऊ!’
8 “तर मैले भने, ‘म कदापि त्यसो गर्ने छैन, प्रभु! मैले त्यस्तो कुनै चीज खाएको छैन जुन अपवित्र अथवा अशुद्ध हो।’
9 “तर आकाशबाट आएको आवाजले फेरि भन्यो, ‘परमेश्वरले घोषणा गर्नुभयो कि यी सबै चीजहरू शुद्ध छन। यसर्थ तिमी तिनीहरूलाई अपवित्र नसोच!’
10 “यस्तो तीनपल्ट भयो। त्यसपछि सम्पूर्ण थोक आकाश तिरै लगियो। 11 त्यसै समयमा म बसिरहेको घरमा तीनजना मानिहरू आए। ती तीनजना मानिसहरूलाई सिजरिया शहरबाट मेरो निम्ति पठाइका थिए। 12 आत्माले मलाई नहिच्किचाइ कन जाऊ भन्नुभयो। यी छः जना दाज्यू-भाइहरू पनि मसँग आए। हामी कर्नीलियसको घरमा गयौं। 13 कर्नीलियसले घरमा उभिरहेको स्वर्गदूतलाई देखेको कुरा गरे। स्वर्गदूतले उनलाई भने, ‘केही मानिसहरू जोप्पातिर पठाऊ अनि शिमोन पत्रुसलाई आउनु भन्ने निमन्त्रन गर। 14 उनले तिमीहरूलाई ती कुरा भन्नेछन् जसले तिमीलाई अनि तिम्रा घरमा बस्ने सबै मानिसहरूलाई बचाउँनेछन्।’
15 “जब मैले भाषण शुरू गरें, पवित्र आत्मा तिनीहरूमा त्यसरी नै आउनु भयो जसरी प्रारम्भमा हामीकहाँ आउनु भएको थियो। 16 तब मलाई प्रभु येशूको वचनको सम्झना भयो। प्रभुले भन्नुभएको थियो, ‘यूहन्नाले मानिसहरूलाई पानीले बप्तिस्मा गरे, तर तिमी पवित्र आत्माद्वारा बप्तिस्मा हुनेछौ।’ 17 प्रभुले ती मानिसहरूलाई त्यही उपहार दिनु भयो जुन हामीलाई दिनुभएको थियो जसले प्रभु येशू ख्रीष्टमाथि विश्वास गरे। तब म को हुँ परमेश्वर को काम बन्द गर्ने?”
18 जब यहूदी विश्वासीहरूले यी कुराहरू सुने, तिनीहरूले तर्क गर्न छाडे। तिनीहरूले परमेश्वरको प्रशंसा गरे र भने, “तब परमेश्वरले गैर-यहूदीहरूलाई पनि हृदय परिवर्तन गर्ने अनि हाम्रो जस्तै जीवन प्राप्त गर्ने अनुमति दिनु भयो।”
एन्टिओक तर्फ सुसमाचार
19 स्तिफनस मारिए पछि खेदो शुरू गरिएको कारणले विश्वासीहरू चारै तर्फ छरपष्ट भए। कतिपय विश्वासीहरू फोनिसिया, साइप्रस र इन्टिओक जस्ता टाढा-टाढा ठाउँहरूमा गए। तर तिनीहरूले यहूदीहरूलाई मात्र सुसमाचार भने। 20 कतिपय ती विश्वासीहरू साइप्रस र साइरेनीका नागरिकहरू थिए। जब ती मानिसहरू एन्टओक आइपुगे, तिनीहरू ग्रीकहरूसँग पनि बोल्न लागे अनि तिनीहरूलाई प्रभु येशूको विषयमा सुसमाचार भने। 21 प्रभुको शक्ति तिनीहरूसँग थियो। अनि ठूलो संख्यामा मानिसहरूले प्रभुलाई विश्वास गर्न अनि अनुशरण गर्न लागे।
22 एन्टिओकमा नयाँ विश्वासीहरू भएका समाचहरू यरूशलेमको मण्डलीमा पुग्यो। यसैले तिनीहरूले बर्णाबासलाई एन्टिओकमा पठाए। 23-24 बर्णाबास एक असल मानिस थिए। ऊ पवित्र-आत्मा र विश्वासले परिपूर्ण थियो। जब उनी त्यहाँ आइपुगे बर्णबासले एन्टिओकका मानिसहरूमा परमेश्वरले अत्यन्त अधिक आशीर्वाद दिनु भएको देखे। यसले उनलाई अत्यन्त खुशी बनायो। उनले तिनीहरूलाई भने, “आफ्ना विश्वास कहिल्यै नहराऊ। सधैँ प्रभुको आज्ञा भित्री हृदयले पालन गर।” अधिक भन्दा अधिक मानिसहरू परम-प्रभुका विश्वासीहरू भए।
25 त्यसपछि, बर्णाबास टार्सस भन्ने शहरतर्फ लागे। उनी शावललाई खोजिरहेका थिए। 26 शावललाई जब उनले भेट्टाए, बर्णाबासले तिनलाई एन्टिओक लगे। शावल र बर्णाबास त्यहाँ पुरा एक वर्ष बसे। तिनीहरूले त्यँहा मण्डलीका सभाहरूमा भाग लिए अनि धेरै मानिसहरूलाई शिक्षा दिए। प्रथमपल्ट एन्टिओकमा विश्वासीहरूलाई “ख्रीष्टयनहरू” भनिए।
27 यस समयमा केही अगमवक्ताहरू यरूशलेमाबाट एन्टिओक तिर गए। 28 तिनीहरू मध्ये एकजना अगाबस थिए। एन्टिओकमा अगाबस उभिए अनि पवित्र-आत्माको मार्फत अगमवाणी गरे, “सम्पूर्ण संसारभरि महा-अनिकाल हुनेछ।” (यो सम्राट क्लौडियसको समयमा घट्यो)। 29 चेलाहरूले यहूदियामा बस्ने आफ्ना दाज्यू-भाइ र दिदी-बहिनीहरूलाई सहायता पठाउने निर्णय गरे। प्रत्येकले आफूले जति सकिन्छ दिने निर्णय लिए। 30 तिनीहरूले पैसा बटुले र बर्णाबास र शावललाई दिए तिनीहरूले ती पैसा यहूदियाका अग्रजहरूलाई दिए।
हेरोद अग्रिपाले मण्डलीलाई सताए
12 त्यति नै बेला (त्यही समयमै) राजा हेरोदले मण्डलीका कतिपय मानिसहरूलाई सताउन थाले। 2 हेरोदले याकूबलाई तरवाले मार्नु भन्ने हुकुम दिए। याकूब यूहन्नाका भाइ थिए। 3 हेरोदले देखे कि यहूदीहरूले त्यो मन पराए। यसकारण उनी अघि गए अनि पत्रुसलाई पनि पक्रे। यो घट्ना यहूदीहरूको निस्तार चाडको समयमा घटेको थियो। 4 हेरोदले पत्रुसलाई पक्रेर जेलमा राखे। सोह्र-जना सिपाहीहरूले पत्रुसलाई कडा नजरमा राखे। हेरोदले पत्रुसलाई निस्तार चाडको पछि जनता समक्ष ल्याउने योजना गरे। 5 यसैले उनले पत्रुसलाई जेलमा राखे। तर मण्डलीले पत्रुसको लागि परमेश्वरलाई लगातर प्रार्थना गरिरहे।
पत्रुसले जेल छोडदछन्
6 पत्रुस दुइजना सिपाहीहरूका माझमा सुतिरहेका थिए। उनलाई दुइटा साङ्गलाले बाँधिएको थियो। अरू सिपाहीहरू कैदखानाको ढोकामा पहरा दिइरहेका थिए। यो रातको समय थियो। हेरोदले पत्रुसलाई भोलिपल्ट जनतासमक्ष ल्याउन सोंचिरहेथ्यो। 7 अचानक परमप्रभुको स्वर्गदूत त्यहाँ उभियो। कोठाभरि प्रकाश चम्कियो। स्वर्गदूतले पत्रुसलाई एकपट्टी स्पर्श गरेर उनलाई व्यूँझाए। दूतले भने, “चाँडो, उठ!” साङ्गलाहरू पत्रुसका हातहरूबाट सुल्किए। 8 स्वर्गदूतले पत्रुसलाई भने, “तयार हौ, तिम्रा जुत्ताहरू लगाऊ।” पत्रुसले त्यसै गरे। दूतले भन्यो, “तिम्रो वस्त्र लगाऊ र मेरो पछि लाग।”
9 तब स्वर्गदूत त्यहाँबाट निस्किए र पत्रुस पनि उनैको पछि लागे। पत्रुसले जानेनन् कि स्वर्गदूले जे गरिरहेका थिए त्यो साँच्चो थियो। उनले सोचे कि उनले दर्शन देखिरहेछन्। 10 पत्रुस र स्वर्गदूत पहिलो त्यसपछि दोस्रो पहरे चौकीहहरू भएर निस्किए। तब तिनीहरू फलामको द्वार भए तिर पुगे जसले तिनीहरूलाई शहरदेखि छुट्याएको थियो। त्यो प्रवेशद्वार तिनीहरूका निम्ति आफैं खुलियो। त्यस द्वार भएर तिनीहरू बाहिर निस्के र एक खण्डको दूरी पार गरेर गए। त्यसपछि अचानक स्वर्गदूत अल्पिए।
11 तब पत्रुसले के भएको थियो भनेर थाहा पाए अनि आफैंलाई भने, “अब मैले थाहा पाएँ कि यो वास्तवमा सत्य रहेछ। प्रभुले आफ्ना स्वर्गदूत पठाउनु भयो अनि मलाई हेरोदबाट बचाउनु भयो। यहूदीहरूले ममाथि केही अप्रिय घट्ना हुन्छ भनि सोचे होलान्। तर मलाई प्रभुले ती सबै कष्टहरूबाट मुक्त पार्नुभयो”
12 त्यसको विषयमा जाने पछि पत्रुस मरियमको घरतर्फ लागे। मरियम यूहन्नाकी आमा थिइन्। (यूहन्नालाई मर्कूस पनि भनिन्थ्यो।) धेरै मानिसहरू त्यहाँ जम्मा भएका थिए। तिनीहरू सबैले प्रार्थना गरिरहेका थिए। 13 पत्रुसले बाहिरबाट दैलो ढक्ढकाए। रोदा नाउँ गरेकी केटी ढोका खोल्न भनि गई। 14 रोदाले पत्रुसको आवाज चिनी र खुशी भई। खुशीले गर्दा उसले ढोका खोल्न सम्म भुली। उनी भित्र गई र जम्मा भएका झुण्डलाई भनी, “पत्रुस ढोकामा हुनुहुन्छ!” 15 तिनीहरूले रोदालाई भने, “तँ पागल होस्!” तर उसले यो साँच्चो हो भनी रही। ती झुण्डले भने, “यो पत्रुसको स्वर्गदूत हुनुपर्छ।”
16 तर पत्रुसले दैलो ढक्ढकाई रहे। जब चेलाहरूले ढोका उघारे तब उनीहरूले पत्रुसलाई देखे। तिनीहरू उनलाई देखेर छक्क परे। 17 पत्रुसले हातको ईशारा गरेर तिनीहरूलाई चूपचाप बस्नु भने। उनले, कसरी परमप्रभुले उनलाई जेलबाट मुक्त गराइदिनु भयो, वर्णन गरे। उनले भने, “याकूब र अन्य दाज्यू-भाइहरूलाई पनि बताइदिनु।” पछिबाट पत्रुस अर्को ठाँउ तर्फ लागे।
18 अर्कोदिन सिपाहीहरू अत्तालिए। तिनीहरू छक्क पर्दै थिए पत्रुसलाई के भएको हुन सक्थ्यो? पत्रुस यसरी हाराएकोमा तिनीहरू अन्योलमा परे। 19 राजा हेरोदले पत्रुसलाई चारैतिर खोज तलाश गरे तर पाउन सकेनन्। तब हेरोदले सिपाहीहरूलाई सोधखोज गर्न थाले। पत्ता नलाग्दा सिपाहीहरूलाई नै मार्ने हुकुम दिए।
हेरोद अग्रिपाको मृत्यु
पछि हेरोद यहूदियाबाट सिजरिया शहरमा केही समयको लागि त्यही बसे। 20 हेरोद टायर र सायडनवासीहरूसँग अत्यन्त रिसाएका थिए। यसर्थ तिनीहरू एक समूहको रूपमा हेरोदकहाँ आए। तिनीहरूले हेरोदका निजी सेवक बलस्तको सहयोग प्राप्त गरे अनि हरोदलाई शान्तिको लागि बिन्ती गरे। किनभने तिनीहरूले राजा हेरोदको देशबाट नै भोजन प्राप्त गर्दै थिए।
21 हेरोदले तिनीहरूसँग एकदिन भेट गर्ने निश्चय गरे। त्यस दिन हेरोदले सुन्दर शाही-पोषाक लगाएका थिए। उनी राजसिंहासनमा बसे अनि मानिसहरूलाई सम्बोधन गरे। 22 मानिसहरू चिच्याए, “यो त परमेश्वरको आवाज हो मानिसको होइन!” 23 हेरोदले यस्तो प्रशंसा ग्रहण गरे अनि प्रभुको महिमालाई मान्यता दिएनन्। यसैले प्रभुको दूतले उनलाई रोगी तुल्याए। उनलाई भित्र-भित्रै कीराले खायो अनि मरे।
24 परमेश्वरको सन्देश चारैतर्फ फिंजिरहेथ्यो अनि अधिक भन्दा अधिक मानिसहरूलाई पूर्ण प्रभाव पार्यो। विश्वासीहरूका समूहहरू धेरै गुणा बढेर गए।
25 बर्णाबास र शावलले यरूशलेममा आफ्ना काम सिद्धाए पछि एन्टिओक फर्के। तिनीहरूका साथमा यूहन्ना (मर्कूस) पनि थिए।
बर्णाबास र शावलले खास काम प्रदान गरे
13 एन्टिओकको मण्डलीमा केही अगमवक्ताहरू र शिक्षकहरू थिए। तिनीहरू बर्णाबास, सिमियोन (उसलाई पनि भनिन्थ्यो) लुसियस (साइरिनीवासी) मनेन (हेरोद राजसँगै हुर्किएको मानिस) र शावल थिए। 2 ती मानिसहरू सवैले प्रभुको सेवा गरिरहेका थिए अनि उपवास लिएका थिए। पवित्र आत्माले तिनीहरूलाई भन्नुभयो, “खास कामको लागि मलाई बर्णाबास र शावल देऊ। मैले तिनीहरूलाई त्यो काम गर्नलाई छानेकोछु।”
3 तब तिनीहरूले उपवास र प्रार्थना गरे, तिनीहरूले बर्णाबास र शावल माथि आफ्नो हात राखे अनि बाहिर पठाए।
साइप्रसमा बर्णाबास र शावल
4 बर्णाबास र शावललाई पवित्र आत्माले पठाउनु भएको थियो। तिनीहरू सिल्युसियामा शहरतर्फ गए। तिनीहरू सिल्युसियाबाट जलयात्रा गर्दै साइप्रस पुगे। 5 तब तिनीहरू सलामिस भन्ने ठाउँमा पुगे, त्यहाँ यहूदीहरूका सभाघरहरूमा तिनीहरूले परमेश्वरको सुसमाचारको प्रचार गरे। यूहन्ना र मर्कूस पनि सहयोगीको रूपमा तिनीहरूलसँगै थिए।
6 तिनीहरूले सम्पूर्ण टापू पार गरेर पाफोस भन्ने शहरमा आइपुगे। तिनीहरूले त्यहाँ एक यहूदी जादूवाला भेटे। उसको नाउँ बारयेशू थियो। उनी एक झूटो अगमवक्ता थिए। 7 बारयेशू सधैँ नै सर्गियस पौलस प्रशासकसित बस्दथे। सर्गियस पौलस एक बुद्धिमानी मानिस थिए। उनले बर्णाबास र शावललाई बोलाए। उनी परमेश्वरको सन्देश सुन्न चाहन्थे। 8 तर जादूगर इलुमास, बर्णाबास र शावलको विरोधमा थियो। ग्रीक भाषामा येशूलाई इलुमास भनिन्छ। इलुमासले प्रशासकलाई येशूमाथि विश्वास गर्न रोक्न चाहन्थे। 9 तर शावल पवित्र आत्माले पूर्ण भएका थिए। पावलले (शावलको अर्को नाउँ) इलुमासलाई हेरे। 10 अनि भने, “तँ शैतानको छोरो! तँ सबै सही कुराको शत्रु होस्। तँमा शैतानी छक्कापन्जा मात्र छ। के तैले सधैँ प्रभुको सत्यहरूलाई झूटहरूमा परिणत गर्न छोडदैनस्! 11 अब प्रभुले तँलाई छुनु हुनेछ अनि तुरन्तै तँ अन्धा हुनेछस्। केही समय तँ केही देख्न सक्ने छैनस् यहाँ सम्म कि घामको किरण पनि देख्दैनस्।”
तुरन्तै इलुमासमाथि धुम्म अनि अन्धार झर्यो। ऊ वरिपरि घुम्यो, अनि हात समातेर उसको मार्ग देखाउनलाई मानिसहरू खोज्यो। 12 जब प्रशासक सर्गियस पावलले यो देखे, उनले विश्वास गरे। प्रभुको शिक्षाको विषयमा उनी आचर्य चकित भए।
पावल र बर्णाबासले साइप्रस छाडे
13 पावल र उनीसँग भएका मानिसहरू पाफोसबाट जहाजमा गए। तिनीहरू प्याम्फिलियाको एक शहर पर्गामा आई पुगे। तर यूहन्ना मर्कूसले तिनीहरूलाई छाडे, उनी यरूशलेम फर्के। 14 तिनीहरूले आफ्ना यात्रा जारी राखे अनि पर्गा देखि पिसिदिया शहरको एन्टिओकतिर गए। विश्रामको समयमा, तिनीहरू यहूदीहरूका सभाघरभित्र गए र बसे। 15 मोशाका नियमहरू र अगमवक्ताहरूको पुस्तकहरू पाठ गरिए। त्यसपछि सभा-घरको कर्मचारीहरूरले पावल र बर्णाबासलाई एक समाचार पठाए। यो समाचारमा भनिएको थियोः “बन्धुहरू, यदि तपाईंहरू केही भन्नुहुन्छ, जो मानिसहरूका निम्ति लाभदायक छ भने, कृपया भन्नुहोस!”
16 पावल उभिए। उनले आफ्नो हात उठाए र भने, “मेरा यहूदी दाज्यू-भाइहरू एवं अन्य जनसमूह जसले प्रभुलाई साँच्चो श्रद्धा गर्दछ, कृपया मेरो कुरालाई ध्यानसित सुनिदेऊ! 17 इस्राएलका परमेश्वरले हाम्रा पुर्खाहरू छान्नु भयो। जब तिनीहरू मिश्रदेशमा परदेशी भएर बसेका थिए परमेश्वरले तिनीहरूलाई सफल गराउनका निम्ति सहयोग गर्नुभएको थियो। परमेश्वरले तिनीहरूलाई मिश्रदेशबाट आफ्ना महान शक्तिद्वारा निकाली ल्याउनु भयो। 18 अनि परमेश्वरले उनीहरूको व्यवहार त्यस मरूभूमिमा चालीस वर्ष सम्म सहनु भयो। 19 परमेश्वरले कनान देशमा सातवटा राष्ट्रहरूलाई पूर्ण ध्वंश पार्नु भयो। उहाँले ती जमीनहरू केवल उहाँका मानिसहरूलाई दिनुभयो। 20 यी सम्पूर्ण घट्नाहरू लगभग् 450 वर्षको अवधि सम्म थियो।
“त्यसपछि, परमेश्वरले अगमवक्ता शामूएलको अवधिसम्म तिनीहरूलाई न्यायकर्त्ताहरू दिनुभयो। 21 तब मानिसहरूले राजाको माग गरे। परमेश्वरले कीशका छोरो शावललाई दिनुभयो। शावल बिन्यामीन कुलका थिए। उनले चालीस वर्षसम्म राजा भएर राज गरे। 22 शावललाई हटाए पछि परमेश्वरले दाऊदलाई तिनीहरूका राजा बनाउनु भयो। परमेश्वरले दाऊदको विषयमा यसो भन्नु भयोः ‘यस्सीको छोरा दाऊद एउटा मानिस हो जसले मैले सोचे जस्तो सोच्छ। मैले चाहे अनुसार सबै कामहरू उसले गर्नेछ।’
23 “परमेश्वरले आफ्नो वचन अनुसार दाऊदको एउटा सन्तानलाई मुक्तिदाताको रूपमा इस्राएलमा पठाउनु भयो। त्यो वंशका सन्तान येशू हुनुहुन्छ। 24 येशू आउन अघि यूहन्नाले सबै यहूदीहरूमा प्रचार गरे। यूहन्नाले तिनीहरूलाई भने ‘तिमीहरू स्वयं परिणत हुन चाहन्छौ भनि देखाउनका निम्ति बप्तिस्मा लेऊ।’ 25 यूहन्नाले आफ्नो काम सिध्याउने बेलामा भने, ‘म को हुँ भनेर तिमीहरू ठान्छौ? म ख्रीष्ट होइन। तर उहाँ, म पछि आउनु हुनेछ। म उहाँको जुत्ता फुकाल्ने सम्मको योग्यको छैन।’
26 “मेरा दाज्यू-भाइहरू! अब्राहाम परिवारका नानीहरू अनि तिमी धर्मभीरू गैर-यहूदीहरू, ध्यान दिएर मेरो कुरा सुन। यो मुक्तिको समाचार हामीकहाँ पठाइसकेको छ। 27 यरूशलेमका निवासीहरू अनि तिनीहरूका अगुवाहरूले येशू स्वयं नै मुक्तिदाता हुन् भनेर जान्दै जानेनन्। अगमवक्ताहरूले येशूको विषयमा लेखेका शब्दहरू हरेक विश्रामका दिनमा मानिसहरू प्रति पढिन्छ तर तिनीहरूले ती बुझेनन्। यहूदीहरूले येशूलाई निन्दा गरे। तर अगमवक्ताहरूले भनेका शब्दहरू पूर्ण भयो। 28 तिनीहरूले येशू किन मर्नु पर्थ्यो भन्ने कुनै खास कारण भेटाएनन्, तर तिनीहरूले उहाँलाई मार्न भनि पिलातससित माग गरे।
29 “यी यहूदीहरूले येशूको विषयमा के हुनेवाला थियो, धर्मशास्त्रमा लेखिएका सबै पुरा गरे। तब तिनीहरूले येशूलाई क्रूसबाट झारे अनि चिहानमा हाले। 30 तर परमेश्वरले उहाँलाई मृत्युबाट बौराई उठाउनु भयो! 31 यस घट्ना पछि, धेरै दिन, मानिसहरू जो-जो येशूसँग गालिलीदेखि यरूशलेमसम्म साथ गएका थिए उनीहरूले उहाँलाई देखे। अहिले ती मानिसहरू नै उहाँको अरू मानिसहरूका निम्ति गवाही हुन्।
32 “हाम्रा पूर्वजहरूलाई दिएको प्रतिज्ञाको बारेमा सुसमाचार हामी तिमीहरूलाई भन्छौ। 33 हामी तिमीहरूका बालकहरू हौं अनि परमेश्वरले यो प्रतिज्ञा हाम्रा निम्ति येशूलाई मृत्यूबाट बौराइ उठाउनु भएर पूरा गर्नु भएको छ। हामीले भजनसंग्रहमा पनि यो कुरा पढ़छौं:
‘तिमीहरू मेरा पुत्र हौ।
आज म तिमिहरूका पुर्खा भएँ।’(H)
34 परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो। येशू फेरि कहिल्यै पनि चिहानभित्र पस्नु हुनेछैन न त धुलो नै हुनुहुनेछ। तब परमेश्वरले भन्नुभयो,
‘म तिमीहरूलाई पवित्र र सत्य प्रतिज्ञाहरू दिनेछु जुन मैले दाऊलाई दिएँ।’(I)
35 तर अर्को ठाउँमा भजनसंग्रहले भन्छ,
‘तिम्रो एकजनाको पवित्र शरीरलाई चिहानमा कुहुन दिइने छैन।’(J)
36 “दाऊदले आफ्नो अवधि भरि परमेश्वरको इच्छा अनुसार सेवा गरे। त्यसपछि दाऊदको मृत्यु भयो अनि उनका आफ्नै पुर्खाहरूसँग दफन गरियो। अनि उनको शरीर चिहानमा सड्यो। 37 तर एक जसलाई परमेश्वरले मृत्युबाट बौराउनु भयो उहाँको शरीर चिहानमा कुहेन। 38-39 दाज्यू-भाइहरू तिमीहरूले यो बुझ्नु पर्छः उहाँको मार्फत तिमीहरूको पापहरूका निम्ति क्षमा प्रदान गरिएको छ। अनि हरेक मानिस जसले उहाँमा विश्वास गर्छ ती सबै कुराहरूबाट मुक्त गरिन्छ जसको निम्ति मोशाको व्यवस्थाले तिमीलाई मुक्त गर्न सकेन। 40 अगमवक्ताहरूले केही घट्ना घट्नेछ भनेर भने, होशियार! सावधन! यस्तो घट्ना आफूमा घट्न नदेऊ। अगमवक्ताले भनेः
41 ‘जसले शंका गर्छौ, सुन्!
तिमीहरू छक्क पर्न सक्छौ, तर मेरो नजरदेखि टाढा हौ अनि तुरन्तै मर;
किनभने तिमीहरूको अवधिमा,
म केही गर्नेछु जुन तिमीहरू विश्वास गर्ने छैनौ।
यदि कसैले तिमीहरूलाई त्यसको वर्णन दिंदा पनि तिमीहरूले विश्वास गर्ने छैनौ!’”(K)
42 पावल र बर्णाबासले सभाघर छोडेर गइरहेको बेला मानिसहरूले फेरि अर्को विश्रामको दिनमा आउनुहोस् भने अनि यी कुराहरूबाट अझ अधिक भन्नु होस् भनी तिनीहरूलाई विन्ती गरे। 43 सभा सिद्धिए पछि धेरै यहूदीहरूले अनि धेरै मानिसहरू जो यहूदी धर्ममा परिणत भएका थिए अनि सत्य परमेश्वरको आराधना गर्दै थिए, तिनीहरूको पछि गए। पावल अनि बर्णाबास तिनीहरूसित बोले अनि परमेश्वरको अनुग्रह पाईरहन उत्साह दिए।
44 अर्को विश्रामको दिनमा, शहरका प्रायः जम्मै मानिसहरू प्रभुको वचन सुन्नलाई एकत्रित भए। 45 जब यहूदीहरूले ती मानिसहरूलाई त्यहाँ देखे तिनीहरूमा खूबै डाह उत्पन्न भयो। तिनीहरूले नराम्रा शब्दहरू भने अनि पावलसँग तर्क-वितर्क गरे। 46 तर पावल र बर्णाबासले निडर भएर बोले। “परमेश्वरको सन्देश पहिला तिमी यहूदीहरूलाई भन्न आवश्यक थियो। तर तिमीहरूले सुन्न अस्वीकार गर्यौ। तिमीहरू आफैंले आफूलाई अनन्त जीवनको निम्ति अयोग्य ठान्यौ अब हामी अन्य जातिहरू तर्फ फर्कनेछौं। 47 यही नै परमप्रभुले हामीलाई गर्नु भनि आज्ञा गर्नु भएकोछ। परमप्रभुले भन्नुभयोः
‘मैले तिमीहरूलाई अन्य जातिको लागि ज्योति बनाएकोछु,
ताकि तिमीहरूले मुक्तिको मार्ग सारा संसारमा देखाउन सक्छौ।’”(L)
48 जब गैर यहूदीहरूले पावलले त्यसो भनेको सुने तिनीहरू खुशी भए। तिनीहरूले प्रभुको सन्देशलाई सम्मान गरे। अनि कतिपय मानिसहरूले त्यो सन्देशमा विश्वास गरे। तिनीहरू त्यही मानिसहरू थिए जसलाई अनन्त जीवनको लागि छानिएका थिए।
49 अनि प्रभुको सन्देशले सारा क्षेत्रभरि प्रचार पाइरहेथ्यो। 50 तर यहूदीहरूले शहरका कतिपय मुख्य नारीहरू जो सत्य परमेश्वरको आराधना गरिरहेका थिए, अनि मुख्य पुरूषहरूलाई पावल र बर्णाबासको विरुद्ध उस्काए। ती मानिसहरूले पावल र बर्णाबासलाई सताउने काम शुरू गरे अनि तिनीहरूलाई शहरबाट बाहिर निकाले। 51 यसैकारणले पावल र बर्णाबासले तिनीहरूको विरुद्ध आफ्ना खुट्टाका धुलाहरू टक्टकाए। त्यसपछि तिनीहरू आइकोनियम भन्ने शहरतर्फ लागे। 52 तर एन्टिओकमा भएका चेलाहरू आनन्दित र पवित्र आत्माले परिपूर्ण थिए।
पावल र बर्णाबास आइकोनियममा
14 पावल र बर्णाबास आइकोनियम शहरमा गए। तिनीहरू यहूदीहरूका सभाघर भित्र पसे (उनिहरूले प्रत्येक शहरमा गरे जस्तै) तिनीहरूले यस्तो प्रकारले बोले कि धेरै यहूदीहरू अनि गैर-यहूदीहरूले उनीहरूले भनेका कुरामा विश्वास गरे। 2 तर केही यहूदीहरूले विश्वास गरेनन्। ती यहूदीहरूले गैर-यहूदीहरूलाई उक्साए अनि विश्वासीहरूको बिरुद्ध कुभावना सृष्टि गरे।
3 तब पावल र बर्णाबास आइकोनियममा लामो समय सम्म बसे र प्रभुको विषयमा निडर भई प्रचार गरे। तिनीहरूले परमेश्वरको दयाको प्रचार गरे। अनि प्रभुले तिनीहरूलाई चमत्कारहरू र आश्चर्यमय कुराहरू गर्ने शक्ति दिनु भएर तिनीहरूका सन्देश प्रमाणित गर्नुभयो। 4 कतिपय मानिसहरू यहूदीहरूका पक्षमा थिए, जब अन्य मानिसहरू पावल यहूदीहरूका पक्षमा थिए। यसरी त्यो शहरका मानिसहरू दुइ भागमा बाँडिए।
5 कतिपय गैर-यहूदीहरू, कतिपय यहूदीहरू अनि यहूदीहरूका अगुवाहरूले पावल र वर्णाबासलाई हानि पुर्याउने प्रयास गरे। तिनीहरूले उनीहरूलाई ढुङ्गाले हिर्काएर मार्न चाहन्थे। 6 जब पावल र बर्णाबासले त्यस्तो षड़यन्त्रहरू थाहा पाए तिनीहरूले त्यो शहर छोडे अनि लाइकाओनियाका लिस्त्रा अनि डर्बी शहरहरू र त्यसका वरिपरिका क्षेत्रहरू तर्फ गए। 7 तिनीहरूले त्यहाँ पनि सुसमाचार प्रचार गरे।
पावल लिस्त्रा र डर्बीमा
8 लिस्त्रामा एकजना लङ्गडो मानिस थियो। ऊ जन्मै देखि लङ्गडो थियो अनि कहिले पनि हिंडेको थिएन। 9 उसले पावलले भनेका कुराहरू सुन्यो। पावलले उसलाई सोझै हेरे अनि यो थाहा पाए कि उसमा जाति हुन्छु भन्ने प्रशस्त विश्वास थियो। 10 यसर्थ पावल जोडले चिच्याए, “आफ्नो खुट्टामा उभि!” त्यो मानिस उफ्रियो र वरिपरि हिँड्न थाल्यो।
11 जब पावलले जे गरे त्यो मानिसहरूले देखे तिनीहरू लाइकाओनिया भाषामा चिच्याए। तिनीहरूले भने, “देवताहरू मानिसहरू जस्तै भएका छन् अनि तिनीहरू हामीकहाँ आएका छन्!” 12 मानिसहरूले बर्णाबासलाई “जिउस”[b] र पावललाई “हर्मेस”[c] भन्न लागे किनभने उनी प्रमुख वक्ता थिए। 13 जिउसको मन्दिर शहरको नजिकमा थियो। त्यस मन्दिरका पूजाहारीले शहरका द्वारहरूमा केही साँढेहरू अनि फूलका मालाहरू ल्याए। त्यो पूजाहारी र त्यहाँ बस्ने मानिसहरूले पावल र बर्णाबासलाई बलि अर्पण गर्न चाहन्थे।
14 तर जब ती प्रेरितहरू पावल र बर्णाबासले त्यस्तो कुरा थाह पाए, तिनीहरूले आफ्नै लुगाहरू च्याते।[d] मानिसहरू तिर दौडे अनि चिच्याएः 15 “हे मानिसहरू हो! तिमीहरूले किन यसो गरिरहेकाछौ? हामी देवताहरू होइनौं! हामी तिमीहरू जस्तै मानिसहरू मात्र हौं! हामी तिमीहरूलाई सुसमाचार भन्न आयौं ताकि तिमीहरू यस्ता बेकारका कुराहरूबाट हट्न सक्छौ अनि जीवित परमेश्वर तर्फ फर्कन्छौ। उहाँ नै एक हुनुहन्छ जसले आकाश, पृथ्वी, समुद्र अनि यिनीहरूमा भएका हरेक थोक बनाउनु भयो।
16 “बितेका दिनहरूमा उहाँले सबै जातिहरूलाई आफ्नो इच्छा अनुसार बाँच्न दिनुभयो 17 तर पमेश्वरले गर्नु भएको कार्यले उहाँको वास्तविकताको प्रमाण गर्यो। उहाँले तिमीहरूका लागि असल कामहरू गर्नुभयो उहाँले तिमीहरूलाई आकाशबाट वर्षा दिनुभयो। उहाँले ठीक समयमा नै तिमीहरूलाई फसल दिनुभयो। उहाँले तिमीहरूलाई प्रशस्त आहार दिनुभयो र साथै तिमीहरूका हृदय आनन्दले परिपूर्ण पारिदिनु भयो।”
18 पावल र बर्णाबासले तिनीहरूलाई ती कुराहरू भने। तरै पनि तिनीहरूले ती भीडलाई तिनीहरूको बलिहरू अर्पण गर्न नदिनलाई निकै संघर्ष गर्नु पर्यो।
19 त्यसपछि एन्टिओक र आइकोनियमाबाट केही यहूदीहरू आए। तिनीहरूले पावल र बर्णाबासको विरुद्ध मानिसहरूलाई भड्काए अनि त्यसैकारणले तिनीहरूले पावलमाथि ढुङ्गा होने र शहरदेखि बाहिर तानी निकाले। मानसिहरूले पावललाई मारियो भनी सोचे। 20 येशूका चेलाहरू (विश्वासीहरू) पावलको वरिपरि जम्मा भए। अनि उनी उठे र शहरतिर फर्किए। अर्कोदिन उनी र बर्णाबसले त्यो शहर छाडे अनि डर्बी तिर लागे।
एन्टिओक तिर फर्काई
21 पावल र बर्णाबसले डर्बीमा सुसमाचार प्रचार गरे। धेरै मानिसहरू येशूका चेला भए। पावल र बर्णाबास लिस्त्रा, आइकोनियम र एन्टिओक शहर तिर फर्किए। 22 ती शहरहरूमा तिनीहरूले चेलाहरूलाई आत्मिकरूपले पराक्रमी तुल्याए। तिनीहरूले उनीहरूलाई विश्वासमा दृढ रहन सहायता गरे। तिनीहरूले भने, “हामी परमेश्वरको राज्यमा अनेक यातनासहेर प्रवेश गर्नु पर्छ।” 23 तिनीहरूले हरेक मण्डलीको निम्ति अग्रजहरू नियुक्त गरे। तिनीहरूले ती अग्रजहरूका निम्ति उपवास र प्रार्थना गरे। ती अग्रजहरूले प्रभुमा आफ्ना विश्वास सुम्पे अनि यसैकारणले पावल र बर्णाबासले तिनहरूलाई उहाँको देखरेखमा छाडे।
24 पावल र बर्णाबास पिसिदिया देश भएर प्यामफिलिया भन्ने देशमा आए। 25 तिनीहरूले सन्देश पर्गा शहरमा प्रचार गरे अनि अटालिया भन्ने शहर तर्फ गए। 26 अनि त्यहाँबाट समूद्र यात्रा गरेर तिनीहरू सिरिया अन्तर्गत एन्टिओकतिर गए। यही एउटा शहर हो जहाँ विश्वासीहरूलाई परमेश्वरको अनुग्रहमा सुम्पिएर यो काम गर्न पठाए। अब तिनीहरूले त्यो काम सिद्धयाएका थिए।
27 जब पावल र बर्णाबास त्यहाँ आईपुगे तिनीहरूले मण्डलीका सदस्यहरूको एउटा सभा बोलाए। परमेश्वरले तिनीहरूसँग जे गर्नु भयो सो वृतान्त तिनीहरूले विश्वासीहरूलाई बताइदिए। तिनीहरूले भने, “परमेश्वरले ढोका उघारिदिनु भयो ताकि अन्य जातिहरूले पनि विश्वास गर्न सकुन्!” 28 पावल अनि बर्णाबास चेलाहरूसित धेरै लामो समय सम्म एण्टिओकमा बसे।
यरूशलेममा सभा
15 त्यसपछि कतिपय मानिसहरू यहूदियाबाट एन्टिओकमा आए। तिनीहरूले गैर- यहूदी दाज्यू-भाइहरूलाई शिक्षा दिन शूरू गरेः “मोशाको व्यवस्था अनुसार जब सम्म खतना हुदैनौ तबसम्म तिमीहरूको मुक्ति हुने छैन।” 2 पावल र बर्णाबास यस्तो शिक्षाको घोर विरोधी थिए अनि तिनीहरूले यस विषयमा ती मानिसहरूसँग बहश गरे। तब मण्डलीले पावल, बर्णाबास र अन्य मानिसहरूलाई यरूशलेम पठाउने निर्णय लिए। ती मानिसहरू त्यस विषयमा प्रेतिहरू र अग्रजहरूसँग अझ बहश गर्न गए।
3 उनीहरूको यात्रालाई मण्डलीले सहयोग गर्यो। तिनीहरू फोनिसिया र सामरिया भएर गए। ती देशहरूमा तिनीहरूले कसरी गैर-यहूदी मानिसहरू सत्य परमेश्वरतर्फ मोडीए भनेर बताए। यो खबरले सबै दाज्यू-भाइहरूलाई खुबै आनन्द तुल्यायो। 4 पावल, बर्णाबास र अन्य मानिसहरू यरूशलेम आइपुगे। त्यहाँका प्रेरितहरू, अग्रजहरू र सम्पूर्ण विश्वासीहरूले तिनीहरूलाई स्वागत गरे। पावल, बर्णाबास र अन्य मानिसहरूले परमेश्वरले उनीहरूमार्फत गर्नु भएको सबै कुराहरू भने। 5 यरूशलेममा कतिपय विश्वासीहरू जो फरिसीहरूको दलका थिए उठे अनि भने, “गैर-यहूदी विश्वासीहरूले खतना गर्नै पर्छ। मोशाको व्यवस्था मान्नै पर्छ भनेर हामीले भन्नु पर्छ!”
6 तब प्रेरितहरू, अग्रजहरू यस समस्या माथि एकत्रित भएर अध्ययन गर्न थाले। 7 यस विषयमा त्यहाँ लामो तर्क सभा बस्यो। पत्रुस उभिए अनि भने, “मेरा दाज्यू भाइहरू! प्रारम्भिक दिनहरूमा के भयो तपाईंहरू राम्रोसँग जान्नु हुन्छ। परमेश्वरले तपाईहरू माझबाट नै उहाँको सुसमाचारको संदेश गैर-यहूदीहरूलाई प्रचार गर्नलाई मलाई छान्नु भयो। तिनीहरूले मबाट सुसमाचार सुने अनि विश्वास गरे। 8 परमेश्वरले प्रत्येकको हृदय जान्नु हुन्छ अनि उहाँले यी गैर-यहूदीहरूलाई स्वीकार गर्नुभयो। परमेश्वरले हामीलाई उहाँले दिनुभए जस्तै तिनीहरूलाई पवित्र आत्मा दिनुभए हामीलाई यो देखाउनु भएको छ। 9 परमेश्वरको लागि ती मानिसहरू कुनै पनि खण्डमा हामी भन्दा भिन्न छैनन्। विश्वासद्वारा परमेश्वरले उनीहरूका हृदय शुद्ध पारिदिनु भयो। 10 तिमीहरू किन गैर-यहूदी दाज्यू-भाइहरूरको घिच्रोमा जुवा वाँधिदिनु चाहन्छौ? के तिमीहरू परमेश्वरलाई क्रोधित बनाउन प्रयास गरिरहेका छौ? हामी र हाम्रा पुर्खाहरू त्यो जुवा बोक्न असमर्थ थियौं! 11 होइन, हामी विश्वास गछौं कि दुवै हामी र यी मानिसहरू प्रभु येशूको अनुग्रहले बचाइनेछौं।”
12 त्यसपछि सम्पूर्ण दल नै शान्त भए। तिनीहरूले पावल र बर्णाबासको कुराहरू ध्यान दिएर सुने। पावल र बर्णाबासले तिनीहरूका माध्यम गैर-यहूदीहरू माझ परमेश्वरले गर्नु भएका जम्मै चमत्कारहरू र आश्चर्यजनक कामहरू बारे वृतान्त सुनाए। 13 तिनीहरूले भनी सकेपछि याकूबले भने, “मेरा दाज्यू-भाइहरू, ध्यान लगाएर मेरो कुरा सुन। 14 शिमोनले तिमीहरूलाई कसरी परमेश्वरले गैर-यहूदीहरूलाई आफ्नो प्रेम प्रकट गर्नु भयो सोही कुरा बताए। प्रथम पल्ट परमेश्वरले गैर-यहूदीहरूलाई ग्रहण गर्नुभयो अनि तिनीहरूलाई आफ्नो मानिस बनाउनु भयो। 15 अगमवक्ताहरूको वचनहरू यो सँग सहमत छः
16 ‘त्यसपछि म फर्की आउँने छु।
म दाऊदको घर फेरि बनाउने छु,
जुन ढलेको छ।
उसको घरको भागहरू फेरि बनाईदिने छु।
जुन ध्वंश भएको छ,
अनि म उसको घर नयाँ बनाउनेछु।
17 ताकि अन्य सबै मानिसहरूले प्रभुलाई खोज्नेछन् अन्य सबै गैर-
यहूदीहरू पनि मेरा आफ्ना मानिसहरू हुन्।
प्रभुले त्यसै भन्नु भयो।
अनि उहाँ मात्र एक हुनुहुन्छ जसले सबै यी चीजहरू गर्नुहुन्छ।’(M)
18 ‘ती चीजहरू प्रारम्भिक कालदेखि नै जानिएको हो।’
19 “यसैले हामीले गैर-यहूदीहरूलाई बोझ दिनुहुँदैन जो परमेश्वरप्रति फर्केकाछन्। 20 बरू हामीले तिनीहरूलाई यी कुराहरूमा बताउँदै एउटा चिट्ठी लेख्नु पर्छः
मूर्तिलाई चढाएको चीजहरू नखाऊ। यसले खाद्य अशुद्ध पार्छ।
कुनै व्यभिचार नगर्।
रगत नखाऊ।
निमोठेर मारिएका पशुहरू नखाऊ।
21 तिनीहरूले त्यसो गर्नु हुँदैन किनभने त्यहाँ अझै त्यस्ता मानिसहरू छन् जसले मोशाको व्यवस्था सिकाउँछन्। मोशाको वचनहरू धेरै वर्ष देखि प्रत्येक विश्रामको दिनमा सभाघरमा पढिन्दैछ।”
गैर-यहूदी विश्वासीहरूलाई चिट्ठी
22 तब प्रेरितहरू, अग्रजहरू र समस्त मण्डलीले निर्णय लिए कि पावल र बर्णाबासको साथमा आफ्नै केही मानिसहरू एन्टिओकमा पठाउने। तिनीहरूले यहूदा जसलाई बर्णाबास पनि भनिन्छ र सिलासलाई छाने। ती मानिसहरूलाई यरूशलेमका दाज्यू-भाइहरूले खुबै सम्मान गर्थे। 23 मण्डलीले तिनीहरूका हातमा यो चिट्ठी पठाए।
एन्टिओक शहर अनि सिलिसिया र सिरिया देशका
गैर-यहूदी दाज्यू-भाइहरूलाई तिमीहरूका दाज्यू-भाइ प्रेरितहरू, अग्रजहरूबाट अभिवादनः
प्रिय दाज्यू-भाइहरू,
24 हामीले सुनेकाछौकि कतिपय हाम्रा मण्डलीका मानिसहरू तिमीहरूकहाँ आए अनि तिनीहरूले भनेका कुराहरूले तिमीहरूलाई दुःखी र खिन्न पार्यो। तर हामीले तिनीहरूलाई त्यसो भन भनेर भनेनौं! 25 तिमीहरूकहाँ केही चुनिएका मानिसहरू पठाउन एकमत भएकाछौं। तिनीहरू हाम्रा प्रिय मित्र बर्णाबास र पावलसँग आउनेछन्। 26 तिनीहरूले प्रभु येशू ख्रीष्टको सेवामा आफ्ना जीवन समर्पण गरेकाछन्। 27 त्यसैले हामीले उनीहरूसँग यहूदा र सिलासलाई पनि पठाउँदै छौं। तिनीहरूले यही चिट्ठीमा भएका कुराहरू मुखले भन्न गईरहेका छन्। 28 पवित्र आत्माले सोच्दछ कि हामीहरूले तिमीहरूलाई अधिक जिम्मेवार दिनु हुँदैन। अनि त्यसमा हामी सहमत छौं। तिमीहरूले यति मात्र गर्नु आवश्य छः
29 मूर्तिहरूलाई चढाएको खाद्य नखाऊ।
रगत नखानु, निमोठेर मारिएको पशुहरू नखानु,
कुनै प्रकारको यौन पापहरू नगर्नु।
यदि तिमीहरू उपयुक्त कुराहरूबाट टाढा रहन्छौ भने, तिमीहरूले राम्रो गर्नेछौ।
अब हामी बिदा माग्छौं।
30 यसर्थ पावल, बर्णाबास, यहूदा र सिलासले यरूशलेम छाडेर एन्टिओक गए। त्यहाँ तिनीहरूले विश्वासीहरूको समूह भेला पारे अनि तिनीहरूलाई चिट्ठी दिए। 31 विश्वासीहरूले त्यो चिट्ठी पढिसके पछि त्यसले उत्साहित पारेकोमा तिनीहरू आनन्दित भए। 32 यहूदा र सिलास पनि अगमवक्ताहरू थिए। तिनीहरूलाई उत्साह दिन र दृढ बनाउन तिनीहरूले पनि निकै कुराहरू गरे। 33 त्यहाँ केही समय बसे पछि यहूदा र सिलास फर्के। तिनीहरूले विश्वासीहरूबाट शान्तिको आशीर्वाद पाए पछि यरूशलेमका दाज्यू-भाइहरू जसले तिनीहरूलाई त्यस काममा पठाएका थिए तिनीहरूकहाँ फर्के। 34 [e]
35 तर पावल र बर्णावास एन्टओकमा नै बसे। तिनीहरू र अन्य मानिसहरूले त्यहाँ सुसमाचार प्रचार गरे अनि प्रभुको संदेश सिकाए।
पावल र बर्णाबास छुट्टिए
36 केही दिन पछि, पावलले बर्णाबासलाई भने, “हामीले धेरै शहरहरूमा प्रभुको सन्देश भन्यौं। हामी ती शहरहरूमा हाम्रा दाज्यू-भाइ दिदी-बहिनीहरू के गर्दै होलान् भनेर हेर्नलाई एकपल्ट भेट्न जानु पर्छ।”
37 बर्णाबासले यूहन्ना मर्कूसलाई पनि सँगै लैजान चाहन्थे। 38 तर तिनीहरूको प्रथम यात्रामा नै तिनीहरूलाई यूहन्ना मर्कूसले छाडेका थिए। प्याम्फिलियामा उनले तिनीहरूसँग एक साथ नलिन जोड गरे। 39 पावल र बर्णाबास माझमा यस विषयमा गहन चर्चा भयो। तिनीहरू छुट्टीए अनि भिन्दा भिन्दै बाटो लागे। बर्णाबास मर्कूसलाई लिएर समूद्र यात्रा गर्दै साइप्रसतिर लागे।
40 पावलले सिलासलाई आफूसित लान चुने अनि गए। अन्टिओकका दाज्यू-भाइहरूले पावललाई प्रभुको रेखदेखमा राखे अनि बाहिर पठाइदिए। 41 मण्डलीहरू अझ बलियो बनाँउदै पावल र सिलास सिरिया र सिलिसिया देशहरू हुँदै गए।
तिमोथी पावल र सिलाससँग गए
16 पावल डर्बी र लिस्त्रा शहरहरूमा पुगे। ख्रीष्टका एकजना चेला तिमोथी त्यहाँ थिए। तिमोथीकी आमा यहूदी थिइन् तर येशूमा विश्वास गर्थिन्। उनको बाबु ग्रीक थिए। 2 लिस्त्रा र आइकोनियमवासी विश्वासीहरूले तिमोथीलाई सम्मान गर्थे। तिनीहरूले उनको विषयमा राम्रो कुरा गर्थे। 3 पावलले आफ्नो यात्रामा तिमोथीलाई साथ लान चाहन्थे। तर त्यस इलाकामा बस्ने यहूदीहरूलाई उनको बाबू यहूदी होइन ग्रीक हुन भनेर थाहा थियो। यसैले पावलले यहूदीहरूलाई खुशी पार्नको लागि तिमोथीलाई खतना गरे।
4 तिनीहरू शहरहरू हुँदै यात्रा गरे अनि यरूशलेमका प्रेरितहरू र अग्रजहरूले दिएको निर्णयहरू र नियमहरू विश्वासीहरूलाई बताए अनि तिनीहरूलाई यी नियमहरू पालन गर्न भने। 5 यसकारण मण्डलीहरू विश्वासमा बलियो बनिदै अनि दिन प्रति दिन संख्यामा बढ्दै थियो।
पावललाई एशियाबाट बोलाइयो
6 पावल र तिनीसँग अन्य मानिसहरू फ्रिगिया र गलतिया भन्ने देश हुँदै गए। पवित्र आत्माले तिनीहरूलाई एशिया देशमा देश सुसमाचार प्रचार गर्ने अनुमति दिनु भएन। 7 पावल र तिमोथी माइसिया देश तिर लागे। तिनीहरू बिथनिया देश जान जाहन्थे। तर येशूको आत्माले त्यातातिर जाने अनुमति दिनु भएन। 8 यसर्थ तिनीहरू माइसिया देश भएर त्रोआस शहर गए।
9 त्यस रात पावलले एउटा दर्शन पाए। उनको दर्शनमा एकजना मानिस म्यासिडोनियाबाट उनकोमा आयो। त्यस मानिस त्यहाँ उभियो र विन्ती गर्यो, “म्यासिडोनिया पार गर्नुहोस् अनि हामीलाई सहयोग गर्नुहोस्!” 10 पावलले त्यस्तो सपना देखे पछि हामी तुरन्त म्यासिडोनिया जान तयार भयौं। हामीले बुझ्यौं कि परमेश्वरले हामीलाई ती मानिसहरूलाई सुसमाचार भन्न बोलाउनु भएको हो।
लिडियाको परिवर्तन
11 एउटा जहाजमा त्रोआस छाडी हामी समुद्र यात्रा गर्दै सोमोथ्रेसको टापुतिर गयौं। अर्को दिन हामी समुद्र यात्रा गरेर नियापोलिस शहर आई पुग्यौं। 12 त्यसपछि हामी फिलिप्पी गयौं। यो म्यासिडोनिया अञ्चलको मुख्य शहर हो अनि यो रोमीहरूको शहर हो। हामीहरू यहाँ केही दिन बस्यौं।
13 विश्रामको दिनमा हामी शहरको मुख्य फाटकबाट निस्क्यौं अनि नदी तिर गयौं। हामीले सोच्यौं कि त्यहाँ प्रार्थना गर्ने एउटा ठाउँ हुन सक्थ्यो। केही पत्नी मानिसहरू त्यहाँ भेला भएका थिए। यसकारण हामी बस्यौं अनि तिनीहरूसँग बात गर्न लाग्यौं। 14 त्यहाँ थाइआटीरा भन्ने शहरबाट लिडिया नाउँकी एक पत्नी मानिस पनि थिई। उसको पेशा बैगुनी लुगा बेच्ने थियो। तिनले साँच्चो परमेश्वरको आराधना गर्थिन्। लिडियाले पावल बोलेको सुनिरहेकी थिई अनि प्रभुले पावलले भनेको कुरा विश्वास गराउन उसको हृदय उगारिदिनु भयो। 15 तिनी र उनका घरमा बस्ने सबैलाई बप्तिस्मा गरियो। त्यसपछि लिडियाले आफ्नो घरमा हामीलाई निम्तो गरिन्। तिनले भनिन्, “यदि तपाईंहरूले मलाई प्रभु येशूको साँच्चो विश्वासी मान्नु हुन्छ भने, मेरो घरमा आउनु होस् अनि बस्नु होस्।” तिनले आफ्ना घरमा हामीलाई बस्न भनी जोड गरिन्।
पावल र सिलास जेलमा
16 एक समय जब हामी प्रार्थना स्थलमा गइरहेको बेला यो घट्ना घट्यो। एउटी नोकर्नी केटीले हामीलाई भेटी। उभित्र एउटा खास आत्मा थियो। त्यस आत्माले उसलाई भविष्यमा के हुन सक्छ भन्ने कुरा बताउने शक्ति दियो। त्यसो गरेर त्यस नोकर्नीले आफ्नो मालिकहरूको निम्ति धेरै पैसा कमाउँथि। 17 त्यस केटीले पावल र हामीलाई पछ्याई। त्यो चिच्याई अनि भनी, “यी मानिसहरू एकदमै सर्वोच्च परमेश्वरको दास हुन्! तिनीहरूले मुक्तिको बाटो तिमीहरूलाई बताइरहेछन।” 18 उसले यस्तो धेरै दिनसम्म गरी। यसले पावललाई दिक्क लाग्यो अनि यसैले ऊ फर्कियो अनि त्यो आत्मालाई भन्यो, “येशू ख्रीष्टको शक्तिले म तँलाई आज्ञा गर्छु, त्यस केटीबाट बाहिर निस्की!” त्यो आत्मा लगत्तै बाहिर निस्क्यो।
19 यस केटीका मालिकहरूले त्यो देखे अनि तिनीहरूलाई थाहा भयो अनि तिनीहरूले बुझे कि अब त्यस केटीले पैसा कमाउन सक्तिनँ। यसैले तिनीहरूले पावल र सिलासलाई पक्रे अनि मुख्य ठाउँमा पुर्याए जहाँ शहरका अधिकारीहरू थिए। 20 पावल र सिलासलाई पक्रेर ल्याए अनि हाकिमहरूलाई भने, “यी मानिसहरू यहूदी हुन्। यिनीहरूले हाम्रो शहरमा गडबडी गराईरहेछन्। 21 यिनीहरूले रीति-थितिहरू सिकाउँदैछन जो हामीलाई ग्रहण गर्न अनुमति छैन्। हामी रोमन नागरिकहरू हौं र ती कुराहरू गर्न सक्तैर्नौ।”
22 भीडले मानिसहरूलाई पावल र सिलासमाथि आक्रमण गर्न साथ दियो। त्यहाँका हाकिमहरूले पावल र सिलासको लुगाहरू च्याती दिए र मानिसहरूलाई कुट्ने आदेश दिए। 23 तिनीहरूले पावल र सिलासलाई धेरैपल्ट कुट-पिट गरे अनि तिनीहरूलाई जेलमा थुने। जेलका अधिकारीलाई तिनीहरूले भने, “यिनीहरूलाई खुबै होशियारी साथ पहरा दिनु!” 24 जेलको अधिकारीले त्यस्तो विशेष आदेश सुनेपछि पावल र सिलासलाई निक्कै भित्र पुग्ने जेलमा थुने। उनले तिनीहरूका खुट्टा ठिङ्गुरामा कसे।
25 मध्यरात तिर पावल र सिलासले प्रार्थना गर्दै र प्रभुको भजनहरू गाईरहेका थिए। अन्य कैदीहरूले तिनीहरूलाई सुने। 26 अचानक त्यहाँ ठूलो भूईंचालो आयो जसले जेलको जग पनि हल्लियो। त्यसपछि तुरुन्तै जेलको सबै ढोकाहरू खोलिए। सबै कैदीहरू बाँधिएका साङ्गलाहरूबाट मुक्त भए। 27 जब जेल अधिकारी जागे। उनले जेलका सबै ढोकाहरू खोलिएका देखे। कैदीहरू अघि नै भागी सेकको कुरा उसले सोच्यो। यसकारण तरवार निकालेर जेल अधिकारी आफैंलाई मार्न तयार भएको थियो। 28 तर पावल चिच्यायो, “आफैंलाई घात नगर। हामी सबै जना यहीं छौं।”
29 जेल अधिकारीले बत्ती ल्याउन आदेश गरे। त्यसपछि ऊ डरले काम्दै भित्र दौड्यो ऊ पावल र सिलासको सामु लड्यो। 30 त्यसपछि तिनीहरूलाई बाहिर निकाल्यो अनि भन्यो, “महोदयहरू! मुक्ति पाउनलाई मैले के गर्नु पर्ला?”
31 तिनीहरूले उसलाई भने, “प्रभु येशूमा विश्वास गर तब तिमी र तिम्रो घरका मानिसहरूले मुक्ति पाउनेछन्।” 32 यसर्थ पावल र सिलासले प्रभुको सन्देश जेल अधिकारी र उसको घरमा भएका सबैलाई भने। 33 निक्कै रात छिप्पिसकेको थियो, त्यसकारण जेल अधिकारीले पावल र सिलासलाई ल्याएर तिनीहरूका घाउहरू धोइदिए। तुरन्तै जेल अधिकारी र उसका जम्मै कुटुम्बलाई बप्तिस्मा दिइयो। 34 तब जेल अधिकारीले पावल र सिलासलाई आफ्नो घर लगे अनि केही भोजन गराए। ऊ र उसको कुटुम्बका सबै मानिसहरू अत्यन्तै खुशी भए किनभने तिनीहरूले परमेश्वरलाई विश्वास गरेका थिए।
35 अर्को बिहान हाक्कीमहरूले केही सिपाही हरूलाई जेल अधिकारीकहाँ खबर दिएर पठाए; “ती मानिसहरूलाई छोडिदिनु!”
36 जेल अधिकारीले पावललाई भन्यो, “हाकीमहरूले यी सिपाहीहरू तपाईंहरूलाई छोड्न लाउन पठाएका हुन्। तपाईंहरू अब शान्तिले जान सक्नु हुन्छ।”
37 तर पावलले सिपाहीहरूलाई भने, “तिम्रा हाकीमहरूले हामीले गल्ती गरेको कारण प्रमाण गर्न सकेनन्। तर तिमीहरूले हामीलाई मानिसहरूका अगाडी कुट-पिट गरे अनि जेलमा थुने। हामी रोमी नागरिक हौं, यसैले हाम्रो अधिकार छ। अहिले तिनीहरूले हामीलाई गुप्ती रूपमा पठाउन चाहन्छन्? होइन! तिनीहरू स्वयं आउनु पर्छ अनि हामीलाई बाहिर निकाल्नु पर्छ।”
© 2004, 2010 Bible League International