Print Page Options
Previous Prev Day Next DayNext

Bible in 90 Days

An intensive Bible reading plan that walks through the entire Bible in 90 days.
Duration: 88 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रेरित 28:17 - रोमी 14:23

17 तीन दिन पछि पावलले त्यहाँका मुख्य-मुख्य यहूदीहरू बोलाई पठाए। जब तिनीहरू एक साथ आए, पावलले भने, “मेरा यहूदी दाज्यू-भाइहरू! मैले हाम्रो मानिसहरूको विरुद्धमा केही गरेको छैन। न त मैले मेरा पुर्खाहरूको रीति-रिवाज विरुद्ध नै केही गरेको छु। तर मलाई यरूशेलममा पक्राइयो र रोमीलाई सुम्पिइयो। 18 रोमीहरूले धेरै प्रश्नहरू गरे। तर तिनीहरूले मलाई मृत्यु दण्ड दिनलाई कारण पाएनन्। यसर्थ तिनीहरूले मलाई स्वतन्त्र दिन चाहे। 19 तर यहूदीहरूले विरोध गरे। अत सिजरको अघि मेरो जाँच गराउन मलाई रोम पठाइयोस् भनि मैले भन्नु पर्यो। तर मैले मेरा आफ्नो मानिसहरूको विरोधमा केही आपत्ति गर्नु छैन। 20 यही कारण म तिमीहरूसँग भेट्न र बोल्न चाहन्छु। म यो साङ्गालाले बाँधिएको छु किनभने इस्राएलको आशामा म विश्वास गर्छु।”

21 यहूदीहरूले पावललाई उत्तर दिए, “हामीले तिम्रो विषयमा यहूदियाबाट कुनै चिट्ठीहरू पाएका छैनौ। न त हाम्रा कुनै यहूदी दाज्यू-भाइहरू जो यहूदियाबाट आए केही खबरहरू नै ल्याए न तिम्रो विषयमा केही खराब भने। 22 हामी तिम्रो विचारहरू सुन्न चाहन्छौ। हामी जान्दछौ कि यस पन्थको विषयमा मानिसहरूले चारैतिर खराब भनिरहेकाछन्।”

23 पावल र यहूदीहरूले सभा गर्ने दिन रोजे। त्यस दिन धेरै जना यहूदीहरूले पावललाई घरमा भेटे। दिनभरि पावल तिनीहरूसँग बात गरिरहे। पावलले परमेश्वरको राज्यको विषयमा तिनीहरूलाई व्याख्या गरे। पावलले मोशाको व्यवस्था र अगमवक्ताहरूले लेखेका कुराहरूको उपयोग गरेर येशूको विषयमा तिनिहरूलाई विशवास गराउन खोजे। 24 कतिपयले उनको कुरामा विश्वास गरे तर कतिपयले गरेनन्। 25 तिनीहरूमा तर्क भयो। यहूदीहरू जान लागेका थिए तर पावलले अझ तिनीहरूलाई एउटा कुरा भनेः “पवित्र आत्माले यशैया अगमवक्ताको माध्यमद्वारा तिम्रा पुर्खाहरूको विषय सत्य छ भने। उनले भने,

26 ‘यो मानिस भए तिर जाऊ र तिनीहरूलाई भनः
तिमीहरू सुन्न त सुन्छौ,
    तर तिमीहरू बुझ्दैनौ।
तिमीहरू हेर्छौ अनि देख्छौ,
    तर तिमीहरू जे देख्छौ बुझ्ने छैनौ!
27 हो, यी मानिसहरूका मन अहिले बन्द छन्।
    यी मानिसहरूका कानहरू छन् तर तिनीहरूले सुन्दैनन्,
    अनि यी मानिहरूका आँखाछन् तर सत्य हेर्न मान्दैनन्।
यस्तो भएकोछ,
    यसैले तिनीहरूले आफ्ना आँखाहरूले देख्ने छैनन्,
    आफ्ना कानहरूले सुन्ने छैनन्,
    आफ्ना मनले बुझ्ने छैनन्,
यस्तो भएको छ यसैले तिनीहरू मपट्टि फर्किने छैनन्।’(A)

28 “म चाहन्छु तिमी यहूदीहरूले जान कि परमेश्वरले गैर-यहूदीहरूका निम्ति मुक्ति पठाउनु भएको छ। तिनीहरूले सुन्ने छन!” 29 [a]

30 पावल पूरा दुइ वर्ष आफ्नो भाड़ाको घरमा बसे। उनले सबै मानिसहरूलाई स्वागत गरे जो उनीसँग भेट्न आए। 31 पावलले परमेश्वरको राज्यको विषयमा प्रचार गरे। उनले प्रभु येशू ख्रीष्टको विषयमा भने। उनी एकदम निर्भय थिए अनि कसैले पनि उनलाई बोल्नलाई रोक्न सकेनन्।

ख्रीष्ट येशूको सेवक पावलबाट, अभिवादन!

परमेश्वरले मलाई एक प्रेरित भनेर बोलाउनु भयो अनि सबै मानिसहरूलाई सुसमाचार सुनाउन मलाई छान्नु भएको छ। परमेश्वरले धेरै पहिले नै आफ्ना अगमवक्ताहरूद्वारा उहाँका मानिसहरूलाई सुसमाचार दिनु भनेर वचन दिनुभएको थियो। त्यो वचन पवित्र धर्मशास्त्रमा लेखिएको छ। 3-4 सुसमाचार भन्नु नैं हाम्रा प्रभु येशू ख्रीष्ट, परमेश्वरका पुत्रको विषयमा बताउनु हो। एउटा मानिसको रूपमा उहाँ दाऊद परिवारमा जन्मिनु भएको थियो। पवित्र आत्मा द्वारा येशूलाई परमेश्वरको पुत्र भनेर देखाउनु भयो। उहाँलाई महान शक्तिले मृत्युबाट बौरीउठाउनु भयो।

ख्रीष्ट द्वारा परमेश्वरले मलाई प्रेरितको खास काम सुम्पिनु भयो। परमेश्वरले यो काम सारा राष्ट्रहरूका जातिहरूलाई डोर्याएर प्रभुमाथि विश्वास गर्न र उहाँको कुरा पालन गर्न भनेर सुम्पिनु भयो। यो म ख्रीष्टको निम्ति गर्दछु। अनि रोममा भएका मानिसहरूलाई पनि येशू ख्रीष्ट कै परिवार बन्नु भनेर बोलाईयो।

यो पत्र तिमीहरू सबै रोमवासीहरूलाई हो कि प्रभुले तिमीहरूलाई आफ्ना पवित्र मानिसहरू भनेर बोलाउनु भएको छ। तिमीहरू ती मानिसहरू हौ जसलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।

तिमीहरूलाई हाम्रो पिता परमेश्वरबाट र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति।

धन्यवादको प्रार्थना

सर्वप्रथम तिमीहरू सबै जनाको लागि येशू ख्रीष्ट द्वारा मेरो परमेश्वरलाई म धन्यवाद प्रकट गर्दछु। म मेरो परमेश्वरलाई त्यस कारणले धन्यवाद प्रकट गर्दछु कि संसारमा चारैतिर मानिसहरूले तिमीहरूको विश्वासको विषयमा प्रशंसा गरिरहेका छन्। 9-10 प्रत्येक समयमा म प्रार्थना गर्दछु र सधैँ सम्झना गर्दछु। प्रभुलाई यो सत्य हो भन्ने थाहा छ। परमेश्वर एक हुनुहुन्छ जसको सेवा म आफ्नो आत्मामा उहाँकै पुत्रको सुसमाचारको प्रचारद्वारा गर्छु। म प्रार्थना गर्छु कि मलाई तिमीहरूलाई भेट्ने अनुमति दिईयोस्। परमेश्वरले चाहनु भयो भने मात्र यी सबै हुनेछन्। 11 म तिमीहरूलाई हेर्न एकदमै इच्छुक छु। म तिमीहरूलाई कुनै आत्मिक उपहार दिन चाहन्छु जसले तिमीहरूलाई दरिलो बनाओस्। 12 मेरो भन्नुको तात्पर्य हामी प्रत्येकलाई विश्वासले परस्परमा प्रोत्साहन गरोस्। तिमीहरूको विश्वासले मलाई सहयोग गर्छ अनि मेरा विश्वासले तिमीहरूलाई सहयोग गर्छ।

13 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, तिमीहरूले जान कि मैले धेरै पटक तिमीहरूकहाँ आउने योजना गरें। म तिमीहरूकहाँ आउन चाहन्थे ताकि तिमीहरूलाई आत्मिक तवरले सहायता पुर्याउन सकुँ। म तिमीहरूलाई अन्य गैर-यहूदीहरूलाई जस्तै सहयोग गर्न चाहन्छु।

14 मलाई लाग्छ मैले सबै मानिसहरूको सेवा गर्न परेको छः ग्रीकहरू, गैर-ग्रीकहरू, ज्ञानी र मूर्ख मानिसहरू। 15 यसैले म रोममा हुने तिमीहरूलाई पनि सुसमाचार प्रचार गर्न इच्छुक छु।

16 म सुसमाचारसँग शर्माउँनदिन तर गौरव गर्छु। सुसमाचार त्यस्तो शक्ति हो जुन परमेश्वरले प्रयोग गर्नुहुन्छ। जसले उहाँमाथि विश्वास गर्छ पहिले यहूदी र गैर-यहूदीहरूलाई रक्षा गर्नलाई प्रयोग गर्नुहुन्छ। 17 सुसमाचारले मानिसहरूलाई उहाँसँग धार्मिक बन्ने कुरो प्रकट गरेको छ। परमश्वरको बाटोले मानिसहरूलाई शुरूदेखि अन्तसम्म विश्वासद्वारा धार्मिकता तिर डोर्याउँदछ। जस्तो धर्मशास्त्रमा भनिएको छ, “जुन मानिस परमेश्वरको विश्वासमा ठीक रहँदछ ऊ अनन्त सम्म बाँच्नेछ।”

सबैले गलत गरे

18 परमेश्वरको क्रोध स्वर्गबाट प्रकट भयो। किनकि मानिसहरूले उहाँको विरूद्धमा दुष्ट र नराम्रा कामहरू गरे। तिनीहरूसँग सत्य छ, तर त्यो सत्य उनीहरूका दुष्ट-कार्यले लुकाई दिएको छ। 19 परमेश्वरले आफ्नो क्रोध देखाउनुभयो, किनभने उहाँको बारेमा जान्नुपर्ने प्रत्येक कुरो परमेश्वरले स्पष्टसित देखाइदिनु भएकोछ। हो, उहाँले आफ्नो बारेमा सबै कुराहरू स्पष्ट बताई दिइसक्नु भएकोछ।

20 परमेश्वरको विषयमा धेरै कुराहरू छन् जुन मानिसहरूले देख्न सक्तैनन् उहाँकै अनन्तको शक्ति र अन्य थोकहरू जसले उहाँलाई परमेश्वर भनि चिनाउँछ। तर संसारको शुरूदेखि नै ती सबै चीजहरू बुझ्न मानिसहरूलाई सजिलो छ। ती थोकहरू स्पष्ट छन् जुन परमेश्वरले बनाउनु भएको थियो। यसैले ती सबै मानिसहरू आफूले गरेको खराब कामहरूबाट परमेश्वरदेखि उम्कन पाउँदैनन्।

21 मानिसहरूले परमेश्वरलाई चिने। तर तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा महिमा गरेनन् र धन्यवाद पनि प्रकट गरेनन्। मानिसहरूका विचारहरू बेकामका भए अनि अन्धकारले तिनीहरूको मुर्ख बुद्धिलाई ढाकी दियो। 22 मानिसहरूले आफूलाई ज्ञानी भनेर ठाने अनि तिनीहरू मूर्ख बने। 23 तिनीहरूले परमेश्वरको महिमा गर्न छोडिदिए जो अनन्त हुनुहुन्छ। तर परमेश्वरको महिमालाई संसारिक वस्तु जस्ता देखिने मूर्ति-पूजासँग साटे। मानिसहरूले परमेश्वरको महिमालाई चरा-चुरूङ्गी, पशुहरू र सर्पहरू जस्ता देखिने बनाइएका मूर्ति-पूजासँग साटे।

24 मानिसहरू पापले भरिएका थिए, तिनीहरू दुष्ट कामहरू गर्न चाहन्थे। यसैले परमेश्वरले तिनीहरूलाई पापपूर्ण जीवनमै जीउन् भनेर छोडिदिनु भयो। त्यसैले तिनीहरूले एका-अर्कामा आफ्ना शरिरहरूको अनादर गर्दै यौन-पापहरू गरे। 25 ती मानिसहरूले परमेश्वरको सत्यलाई झूटमा परिवर्तन गरे। आफैंद्वारा बनाइएका ती थोकहरूलाई पुज्न र सेवा गर्न थाले। तर परमेश्वरले बनाउनु भएको कुराहरूको उनीहरूले न त पूजा गरे न सेवा गरे। परमेश्वरको प्रशंसा सधैँ हुनपर्छ। आमिन।

26 मानिसहरूले त्यस्तो कार्यहरू गरेकाले परमेश्वरले तिनीहरूलाई लाजमर्दो काम गर्नलाई छोडिदिनु भयो जुन तिनीहरू गर्न चाहन्थे। पत्नी मानिसहरूले पुरुषहरूसँग प्राकृतिक यौन सर्म्पक छडेर स्त्रीसँग नै अप्राकृतिक यौन सर्म्पक गर्न थाले। 27 त्यस्तै प्रकारले लोग्ने-मानिसहरूले पनि स्त्रीसँगको प्राकृतिक यौन छोडेर अन्य लोग्ने-मानिसहरूसँग अप्राकृतिक सम्बन्ध राख्न थाले। तिनीहरूले आपसमा लाजमर्दो कामहरू गरे। अनि तिनीहरूले गल्ती काम गरेकोले तिनीहरूका शरीरले कष्ट पाए।

28 परमेश्वरको सत्य ज्ञान राख्नु पर्छ भन्ने कुरालाई मानिसहरूले महत्व दिएनन्। त मानिसहरूले नगर्नु पर्ने काम गरे। यसैले व्यर्थकै कामहरू गरोस् भनेर परमेश्वरले छाडिदिनु भयो। 29 तिनीहरूको मन हरेक प्रकारको पाप, दुष्ट्याइँ, स्वार्थपन र घृणाले भरियो। ती मानिसहरू आफैंमा डाह, हत्याको भावना, झैझगडा झूटा र एक-अर्कामा दुर्विचारले भरिए। 30 तिनीहरू आपसमा दुष्ट्याईँ पूर्ण कुराहरू गर्छन्। तिनीहरू परमेश्वरलाई घृणा गर्छन्। तिनीहरू रूखो, अहंकार अभिमानी, र ढीट छन्। तिनीहरूले नराम्रा कामहरू गर्ने नयाँ बाटोहरू खोजि हिँड्छन्। तिनीहरूले आफ्ना माता-पितालाई पनि टेर्दैनन्। 31 तिनीहरू मूर्ख छन् र तिनीहरूले आफ्नो भाकलहरू पूरा गर्दैनन्। तिनीहरूमा अरूहरू प्रति प्राकृतिक ममता हुँदैन अनि कसैलाई पनि दया देखाउँदैनन्। 32 तिनीहरूले परमेश्वरको धार्मिक विधान जान्दछन्। त्यस्ता मानिसहरू मर्नै पर्छ भन्ने परमेश्वरको नियम तिनीहरू जान्दछन्। तथापि तिनीहरूले ती गल्ती कामहरू गरी मात्र रहेनन् तर अरूले त्यसो गरेको पनि ठीकै ठाने।

तिमी यहूदीहरू पनि पापपूर्ण छौ

यदि तिमीले अरूलाई जाँच गर्न सक्छु भनेर सोच्छौ भने, तब तिमी भूल धारणामा छौ। तिमी पनि पापको दोषी छौ। तिमीले अरू मानिसहरूलाई जाँच गर्छौ तर तिमीले पनि त्यस्तै नराम्रो कामहरू गरेका हुन्छौ। यसकारण जब तिमी तिनीहरूलाई जाँच गर्छौ तब तिमी आफैंले आफूलाई जाँच गरिरहेका हुनेछौ। ज-जसले नराम्रा कामहरू गर्छन् उनीहरूलाई परमेश्वरले न्याय गर्नुहुन्छ। अनि हामी जान्दछौं कि परमेश्वरको न्याय ठीक हुँदछ। तिमीहरूले पनि ती गल्ती काम गर्नेलाई जाँच गर्छौ। तर तिमी आफैं पनि त्यस्तै नराम्रो काम गरिरहेका हुन्छौ। यसैले तिमीहरूलाई थाहा छ कि परमेश्वरले निश्चय न्याय गर्नुहुनेछ अनि त्यसबाट तिमीहरू भाग्न पाउने छैनौ। के तिमी परमेश्वरको दया, सहनशीलता र धैर्यलाई नकार्न सक्छौ? के तिमीहरू उहाँको दया तिमीहरूकै हृदय र जीवन परिवर्तनको निम्ति हो भन्ने कुरालाई अमान्य ठान्छौ?

तर तिमीहरू आफूलाई परिवर्तन गर्ने कुरामा अत्यन्त उग्र र हठी छौ। यसकारण तिमीहरूले आफैं प्रति परमेश्वरको क्रोधलाई उकास्दैछौ जुन परमेश्वरको न्यायको बेलामा बुझ्ने छौ। परमेश्वरले मानिसहरूका आ-आफ्नो कर्म अनुसार पुरस्कार अथवा दण्ड दिनुहुनेछ। कतिपय मानिसहरू परमेश्वरको महिमा, सम्मान, र जीवनको लागि बाँच्दछन् जुन कहिल्यै नष्ट गर्न सकिंदैन। ती मानिसहरू जो यी कुराहरूका निम्ति बाँच्दछन्, उनीहरू सधैँ असल कर्म गर्दछन्। परमेश्वरले तिनीहरूलाई अनन्त जीवन दान गर्नु हुँदछ। तर अन्य मानिसहरू स्वार्थी र सत्य पछ्याउन अस्वीकार गर्छन्। तिनीहरूले दुष्टताको बाटो अफ्नाउँदछन्। परमेश्वरले उनीहरूलाई दण्ड र क्रोध दिनुहुँदछ। जसले दुष्ट कामहरू गर्छन् उनीहरूलाई परमेश्वरले दुःख र पीडाहरू दिनुहुनेछ-पहिले यहूदीहरूलाई र गैर-यहूदीहरूलाई पनि। 10 तर जसले असल कर्म गर्छ उनीहरूलाई परमेश्वरले गौरव, सम्मान र शान्ति प्रदान गर्नु हुनेछ पहिले यहूदीहरूलाई र त्यसपछि गैर-यहूदीहरूलाई। 11 परमेश्वरले सबैलाई समान न्याय गर्नु हुनेछ।

12 जस-जसले व्यवस्था बिना पापकर्म गरेकाछन् तिनीहरू व्यवस्था बिना नै नाश हुनेछन्। जसले व्यवस्था पाएर पनि पाप कर्महरू गर्छन् तिनीहरूको न्याय व्यवस्था अनुसार नै गरिने छ। 13 व्यवस्था सुनेर मात्र मानिसहरू परमेश्वरको अघि धार्मिक ठहरिदैनन्, तर व्यवस्थाको पालन गरेर धार्मिक बन्दछन्।

14 गैर-यहूदीहरूसँग व्यवस्थानै छैन। तर जब उनीहरूले व्यवस्था अनुरूपका कुराहरू स्वभावतः गर्छन् भने तिनीहरूसँग व्यवस्था नभए ता पनि व्यवस्था भएकै बराबर हो। 15 किनकि तिनीहरूले सिद्ध गर्छन कि व्यवस्थाले भने अनुसारको कुरा उनीहरूको हृदयमा लेखिएको हुन्छ। र उनीहरूका विवेकले पनि उनीहरूलाई त्यसै भन्छ। अनि उनीहरूको कर्म अनुसारका विचारहरूले तिनलाई दोष्याउँछन वा समर्थन गर्छन्।

16 यी सम्पूर्ण कुराहरू त्यस दिनमा मात्र हुने गर्दछ जब परमेश्वरले मानिसहरूका हृदयका गुप्त कुराहरूको न्याय गर्नुहुनेछ। अनि जुन सुसमाचार म प्रचार गर्दछु, यसले यही भन्छ कि परमेशवरको न्याय ख्रीष्ट येशू द्वारा हुनेछ।

यहूदीहरू र व्यवस्था

17 तिमी को हौ? तिमी आफैंले आफूलाई यहूदी भन्दछौ। तिमी व्यवस्थामा भरोसा गर्छौ अनि आफ्नो परमेश्वरको घमण्ड गर्छौ। 18 तिमी जान्दछौ कि परमेश्वरले तिमीहरूबाट के चाहनु हुन्छ। अनि तिमीहरू कुन कुरो मुख्य छ त्यो जान्दछौ, किनभने तिमीहरूलाई व्यवस्थाले सिकाएको छ। 19 तिमीहरू सोच्दछौं कि तिमीहरू नै जनताका मार्गदर्शक हौ तर तिमीहरू ठीक मार्ग जान्दैनौ। तिमी सोच्दछौ कि तिमीहरू जनताको निम्ति ज्योति हौं तर आफू स्वयं नै अन्धकारमा छौ। 20 तिमीले आफूलाई ती अज्ञानी मानिसहरूलाई सही कुरा सिकाउने भनेर सम्झन्छौ। अनि तिमीहरू आफूलाई मानिसहरूका उपदेशक भनेर ठान्दछौ जसले धेरै सिक्नु परेको छ। तिमीहरूसँग व्यवस्था छ यसैले तिमीहरू सोच्दछौ की सबै कुराहरू जान्दछौं र सबै सत्य तिमीहरूसँगै छ। 21 तिमीहरूले अन्य मानिसहरूलाई सिकाउँदैछौ। यसकारण तिमीहरू आफैंलाई किन पढाउँदैनौ? तिमीहरू अरूलाई नचोर भन्छौ तर आफैंचाहिँ चोर्दैछौं? 22 तिमीहरू मानिसहरूलाई व्यभिचारको पाप नगर्नु भन्छौ। तर तिमीहरू आफैं चाँहि त्यस्ता पाप गर्दछौ। तिमीहरू मूर्ती-पूजालाई घृणा गर्दछौ। तर तिमीहरू आफैं मूर्तिका मन्दिरहरूको धन किन लुट्छौ? 23 परमेश्वरको व्यवस्थाको विषयमा तिमीहरू घमण्ड गर्छौं। तर तिमीहरूले परमेश्वरको व्यवस्था भङ्ग गरेर उहाँलाई अनादर गर्छौ। 24 धर्मशास्त्रमा लेखिएको छः “तिमीहरूको कारणले, अन्य गैर-यहूदीहरूद्वारा परमेश्वरको अपमान भएको छ।”

25 यदि तिमीहरूले व्यवस्था अनुशरण गरेको भए तिमीहरूको खतनाको माने रहने थियो। तर यदि तिमीहरूले व्यवस्था भङ्ग गर्यौ भने तिमीहरू कहिल्यै खतना नभएको ठर्हने छौ। 26 गैर-यहूदीहरूको खतना भएको हुँदैन। तर यदि तिनीहरूले व्यवस्था अनुसार त्यसो गरे भने तिनीहरू खतना भएका ठहर्दछन्। 27 तिमी यहूदीहरूसँग लिखित व्यवस्था र खतना छ, तर तिमीहरूले व्यवस्था भङ्ग गर्यौ। यसकारण ती मानिसहरू जसको शारीरिक खतना भएको छैन, तर तिनीहरूले व्यवस्थालाई मान्दछन्, यसले तिमीहरू दोषी भएको देखाउँदछ।

28 यदि एक मानिस शारीरिक रूपले मात्र यहूदी हो भने ऊ साँच्चो अर्थमा यहूदी होइन। सत्य खतना शारिरिक खतना मात्र होइन। 29 एक मानिस मनको भित्री तहबाट मात्र साँच्चो यहूदी हुँदछ। साँच्चो खतना आत्माद्वारा हृदयमा भएको हुँदछ विधानद्वारा होइन। यो आत्माले गरेको हुँदछ, लिखित व्यवस्थाले गरेको हुँदैन। हृदयमा खतना भएको मानिसले मात्र परमेश्वरबाट प्रशंसा पाउँदछ, अनि मानिसहरूबाट होइन।

यसकारण के यहूदीहरूमा अन्य गैर-यहूदीहरूमा नभएको कुरा छ त? खतनामा के विशेषता छ? हो, यहूदीहरूसँग धेरै विशेष कुराहरू छन्। मुख्य कुरा यो होः परमेश्वरले आफ्ना शिक्षाहरूबाट यहूदीहरूलाई विश्वास गर्नु भयो। यो सत्य हो कि कतिपय यहूदीहरू परमेश्वरको आज्ञाकारी थिएनन्। तर त्यसले के परमेश्वर भाकल पूरा गर्न रोक्नेछ? अँहँ! परमेश्वर सत्य भएरै रहनु हुन्छ, सबै मानिसहरू झूटो भए पनि। धर्माशास्त्रमा लेखिएको छ,

“तिमीहरू आफ्ना वचनमा सच्चा प्रमाणित हुनेछौ जब बोल्दछौ,
    अनि तिमीहरूले जित्नेछौ जब तिनीहरूको न्याय हुनेछ।”(B)

जब हामी गल्ती गर्छौ, त्यसले परमेश्वर सही हुनुहुन्छ भन्ने कुरा अझ स्पष्ट पार्दछ। यसकारण के हामी भन्न सक्छौ कि परमेश्वरले हामीलाई दण्ड दिनु हुँदा उहाँ बेठीक बनिनु हुन्छ? म मानव विचारको अनुसार बोल्दैछु। होइन! यदि परमेश्वरले हामीलाई दण्ड दिन सक्नु भएन भने, उहाँले संसारलाई न्याय गर्न सक्नु हुन्न।

कुनै मानिसले भन्न सक्ला, “जब म झूटो बोल्छु, यसले परमेश्वरलाई अझै बडी महिमा दिँदछ, किनभने मेरो झूटले परमेश्वरको सत्यलाई प्रकट गर्दछ। यसकारण म किन पापीको रूपमा न्याय गरिनु?” तब हामी भन्न सक्छौ, “हामीले दुष्ट काम गर्न पर्छ ताकि असल चीज आउला।” कतिपय मानिसहरूले हामीलाई निन्दा गर्दै भन्छन् कि हामी नै त्यस्तो कुरा सिकाउँछौ। ती भर्तसना हुनै पर्छ।

सबै मानिसहरू दोषी छन्

यसकारण हामी यहूदीहरू के अन्य मानिसहरू भन्दा श्रेष्ट छौं? होइन, कदापि छैनौं। हामीले पहिल्यै भनिसकेका छौं कि यहूदीहरू र गै-यहूदीहरू सबै समानरूपले पापको शक्ति मुनि छौं। 10 धर्मशास्त्रले भन्दछ,

“त्यहाँ पापरहित मानिस कोही छैनन्।
    एउटै पनि छैनन्!
11 त्यहाँ कोही बुझ्झकी मानिस छैनन्।
    त्यहाँ परमेश्वरको खोजी गर्ने एकैजना पनि छैन।
12 सबैले परमेश्वरपट्टि पीठ फर्काएका छन्,
    अनि सबै बेकम्मा भएका छन्।
असल कर्म गर्ने कोही छैन।
    एकैजना पनि छैन।”(C)

13 “मानिसहरूका मुख खुल्ला चिहानहरू जस्ता छन्।
    तिनीहरू आफ्ना जिब्रोले अरूलाई धोका दिंदछन्।”(D)

“तिनीहरूले जुन कुराहरू भन्दछन् ती सर्पका विष जस्ता हुँदछन्।”(E)

14 “तिनीहरूका मुखहरू श्राप र तीतोपनले भरिपूर्ण छन्।”(F)

15 “तिनीहरूका खुट्टा हत्या गर्नमा छीटो कुद्दछन्।
16     जता-जता तिनीहरू जान्छन् त्यहाँ सर्वनाश र विपत्ति ल्याउँदछन्।
17 तिनीहरू शान्तिको बाटो जान्दैनन्।”(G)

18 “तिनीहरूमा परमेश्वरको डर र सम्मान छैन।”(H)

19 हामी जान्दछौं कि व्यवस्थाले भने झैं, त्यो व्यवस्थाकै अधीनमा हुनेहरूलाई हो। यसले सारा मानवीय बहानाहरूको अन्त गर्नेछ सम्पूर्ण संसारलाई परमेश्वरको न्यायको अधीनमा ल्याउने छ। 20 किनभने व्यवस्थालाई पछ्याएर कोही पनी परमेश्वरको अघि धर्मी हुन सक्तैन। व्यवस्थाले हाम्रो पापलाई मात्र औंल्याउँछ।

प्रभुले कसरी मानिसहरूलाई ठीक बनाउनु हुन्छ

21 तर अब व्यवस्था बिना नै मानिसहरूलाई धार्मिक बनाउने परमेश्वरको नयाँ बाटो देखा परेको छ। व्यवस्था र अगमवक्ताहरूले हामीलाई त्यस नयाँ बाटोको विषयमा भनेका छन्। 22 परमेश्वरले हामीलाई येशू ख्रीष्टमा विश्वासको माध्यमद्वारा धर्मी बनाउनु हुन्छ। परमेश्वरले कुनै पक्षपात बिना नै सबैलाई धर्मी बनाउनु हुन्छ जसले ख्रीष्टमा विश्वास गर्छ। 23 सबै मानिसहरूले पाप गरेका छन् अनि परमेश्वरको महिमासम्म पुग्न चुकेका छन्। 24 मानिसहरू परमेश्वरको अनुग्रहद्वारा धर्मी बनाइए। यो सित्तैको उपहार हो। येशू ख्रीष्टको माध्यमद्वारा परमेश्वरले मानिसहरूलाई पापबाट मुक्त गराउँदै धर्मी बनाउनु हुन्छ। 25 परमेश्वरले हामीहरूका पापहरूको छुटकाराको निम्ति येशूलाई पठाउनु भयो। तिनीहरूका विश्वासको कारणले परमेश्वरले येशूका रगतद्वारा मानिसहरूलाई पापको क्षमा दिनुहुन्छ। उहाँ धार्मिक हुनुहुन्छ भन्ने देखाउनलाई परमेश्वरले यसो गर्नु भयो। आफ्नो धैर्यको कारणले परमेश्वरले मानिसहरूलाई तिनीहरूले गरेका पापहरूको निम्ति सजाय दिनु भएन। 26 अहिले पनि उहाँ धार्मिक नै हुनुहुन्छ भन्ने देखाउन परमेश्वरले यसो गर्नु भयो। परमेश्वरले यस्तो देखाउन गर्नुभयो कि उहाँ न्यायी हुनुहुन्छ र येशूमा उनीहरूको विश्वासद्वारा मानिसहरूलाई धार्मिक पनि बनाउन सक्नु हुन्छ।

27 यसकारण हामीले आफैंले त्यस्तो घमण्ड गर्ने कुनै ठाउँ छ? अँहँ, कुनै ठाउँ छैन। किन ठाउँ छैन? किनभने यो विश्वासको मार्ग हो अथवा व्यवस्थाको मार्ग हो। 28 किनभने हामी विश्वास गर्दछौं कि एउटा मानिसलाई व्यवस्था विनै विश्वासद्वारा धार्मिक बनाइन्छ। अनि हामी यही विश्वास गर्छौ। 29 परमेश्वर यहूदीहरूका मात्र परमेश्वर हुनुहुन्न। उहाँ गैर-यहूदीहरूका पनि परमेश्वर हुनुहुन्छ। 30 परमेश्वर एउटै मात्र हुनुहुन्छ। उहाँले यहूदीहरूलाई तिनीहरूका विश्वासद्वारा धर्मी बनाउनु हुनेछ। त्यसरी नै गैर-यहूदीहरूलाई पनि तिनीहरूको विश्वासद्वारा धर्मी बनाउनुहुनेछ। 31 यसकारण हामीले विश्वासको बाटोमा लागेर व्यवस्था नष्ट गरिदिनु? होइन! विश्वासले हामीलाई त्यही बनाउँछ जुन व्यवस्थाले चाहन्छ।

अब्राहामको उदाहरण

यसकारण हाम्रा मानिसहरूका पुर्खा अब्राहाम बारे हामी के निष्कर्षमा पुग्छौं? विश्वासको बारेमा उनले के सिके? यदि उनले गरेकै कर्मबाट धार्मिक बनाइएको हो भने, तब उनले घमण्ड गर्ने कारण थियो। तर अब्राहामले परमेश्वरको सामु घमण्ड गर्न सकेनन्। धर्माशस्त्रले भन्छ, “अब्राहामले परमेश्वरमाथि विश्वास गरे। अनि उनको विश्वास परमेश्वरले एक धर्मीको रूपमा गन्नुभयो।”(I)

जब कुनै मानिसले काम गर्दछ, उसलाई उपहारको रूपमा ज्याला दिइँदैन। उसले पाउनु पर्ने ज्याला कमाउँछ। कसैले त्यस्तो काम गर्न सक्दैन जसले उसलाई धर्मी बनाउनेछ। यसैले मानिसले परमेश्वरमा विश्वास गर्नु पर्दछ जसले उसलाई धर्मी बनाउनुहुन्छ। तब परमेश्वरले उसको विश्वास ग्रहण गर्नुहुन्छ र उसलाई धर्मी बनाउनु हुन्छ। त्यस्तै प्रकारले, दाऊदले त्यस मानिसको प्रसन्नता व्यक्त गरे जसलाई परमेश्वरले उसको कर्महरू नविचारी धर्मी ठहराउनु हुन्छ। दाऊदले भनेः

“धन्य हुन तिनीहरू
    जसका दुष्कर्महरू क्षमा भए र पापहरू ढाकिए।
    धन्य हुन ती जसको पापको लेखा परमेश्वरले लिनु हुन्न।
अनि जब परमप्रभु पापरहित मानिसलाई स्वीकार गर्नु हुँदैछ,
    त्यो मानिस साँच्ची नै खुशी हुँदछ।”(J)

यस्ता आशिष त्यस्ता मानिसहरूलाई मात्र हो जसले खतना गरेका छन्? अथवा ती खतना नगर्नेहरूलाई पनि हो? हामीले भनिसेकेका छौं अब्रहामको विश्वास एउटा धर्मीको रूपमा गनिएको थियो। 10 यो कसरी हुन गयो? के परमेश्वरले अब्राहामलाई उनले खतना गर्न अगाडी अथवा खतना गरे पछाडी स्वीकार गर्नुभयो? परमेश्वरले उनलाई खतना गर्न अगाडी स्वीकार गर्नु भएको थियो। 11 परमेश्वरले स्वीकार गर्नुभयो भनेर देखाउनाका लागि अब्राहामले पछि खतना गरे। परमेश्वरले स्वीकार गरेको देखाउनका लागि उनले आफ्नो खतना परमेश्वरको अगाडी विश्वास गरेको प्रमाणित गरे। यसैले अब्राहाम सबैका पिता हुन जसलाई खतना नगरेकाहरूले पनि विश्वास गर्दछन्। जसले विश्वास गर्दछ उसलाई पनि धर्मीको रूपमा ग्रहण गरिने छ। 12 अनि अब्राहाम ती खतना गर्नेहरूका पनि पिता हुन्। तर तिनीहरूका खतनाले गर्दा मात्र अब्राहाम उनीहरूका पिता भएका होइनन्। उनी तिनीहरूका पनि पिता हुन् यदि तिनीहरू हाम्रा पिता अब्राहामको विश्वास जस्तै अनुशरण गर्दछन् जुन उनले आफ्नो खतना गर्न भन्दा अघि देखाए का थिए

विश्वासद्वारा परमेश्वरको प्रतिज्ञा पाउन सकिन्छ

13 अब्राहाम र उनका भावी सन्तानहरूले परमेश्वरको प्रतिज्ञा पाए कि उनीहरूले सारा संसार पाउने छन्। अब्राहामले त्यो प्रतिज्ञा पाएको व्यवस्थालाई विश्वास गरेको कारणले होइन। अब्राहामले परमेश्वरको प्रतिज्ञा पाएको कारण उनी आफ्नो विश्वासले गर्दा धर्मी थिए। 14 यदि मानिसहरूले व्यवस्था पछ्याएर परमेश्वरको वचन पाउने भए, तब विश्वास मूल्यहीन बन्ने थियो, र परमेश्वरको अब्राहामसँग को प्रतिज्ञा बेकम्मा बन्ने थियो। 15 किनभने जब मानिसहरूले व्यवस्था पालन गर्दैनन् तब व्यवस्थाले परमेश्वरलाई रिस उठाउँछ। तर यदि त्यहाँ कुनै व्यवस्था छैन भने, त्यहाँ अनाज्ञाकारीताको कुनै प्रश्न आउँदैन।

16 यसकारण परमेश्वरको विश्वास प्रतिज्ञाको फल हो। त्यसैले परमेश्वरको प्रतिज्ञा सित्तैको उपहार जस्तै पाउन सकिन्छ। अनि यदि प्रतिज्ञा सित्तैको उपहार भए, अब्राहामका विश्वास हुने सबै मानिसहरूले त्यो वचन पाउन सक्छन्। यो प्रतिज्ञा ती मानिसहरूका लागि मात्र होइन जो मोशाको व्यवस्थाको अधीनमा छन्। प्रतिज्ञा सबैको निम्ति हो जो अब्राहाम जस्तै विश्वासी थिए। अब्राहाम हामी सबैका पिता हुन्। 17 धर्मशास्त्रमा यस्तो लेखिएको छ, “मैले तिमीलाई सबै जातिका पिता बनाएँ”(K) यो परमेश्वर समक्ष सत्य छ। अब्राहामले परमेश्वरमा विश्वास गरे जसले मृतहरूलाई जीवन दिनुहुन्छ र जुन कुराहरू अहिलेसम्म भएको छैन त्यसको निर्णय दिनुहुन्छ।

18 अब्राहामको सन्तान हुनेछ भन्ने आशा थिएन। तर अब्राहामले परमेश्वरमा विश्वास गरे र आशा जीवित राखे। त्यही कारणले अब्राहाम धेरै जातिका पिता भए। परमेश्वरले जस्तो उनलाई भन्नुभयो, “तिमीसँग धेरै सन्तानहरू हुनेछन्।”(L) 19 अब्राहाम प्रायः एकसय वर्ष उमेर पुगिसकेका थिए, यसैले उनको शरीरबाट सन्तानहरू हुन उमेर बितिसकेको थियो। सारहबाट पनि कुनै छोरा-छोरी भएन। अब्राहामले यसको विषयमा सोचेका थिए। तर परमेश्वरप्रति उनको विश्वास कमजोर भएन। 20 परमेश्वरले प्रतिज्ञा गर्नु भएको कुरा गर्नुहुनेछ भन्ने कुरामा अब्राहामले किहिल्यै शंका गरेनन्। अब्राहमले आफ्नो विश्वास गुमाएनन्। बरू, उनको विश्वास अझ दृढ भयो अनि उनले परमेश्वरको प्रशंसा गरे। 21 आफूले दिनुभएको प्रतिज्ञा पूर्ण गर्नमा परमेश्वर सामर्थी हुनुहुन्छ भन्ने कुरामा अब्राहाम पूर्णरूपले निश्चिन्त थिए। 22 यसैले, “परमेश्वरले अब्राहामको विश्वासलाई ग्रहण गर्नु भयो। औ उनलाई धर्मी बनाउनु भयो।”(M) 23 ती शब्दहरू “परमेश्वरले उनको विश्वासलाई मानिलिए” भने अब्राहामको लागि मात्र लेखिएको थिएन। 24 ती शब्दहरू हाम्रो निम्ति पनि थियो। परमेश्वरले हामीलाई पनि ग्रहण गर्नुहुन्छ जसले उहाँमा विश्वास गर्दछ, जसले हाम्रा प्रभु येशूलाई मृत्युबाट बौराउन भयो। 25 येशूलाई हाम्रो पापहरूका निम्ति मर्नु दिइयो। अनि हामीलाई धर्मी बनाउन उहाँ मृत्युबाट जीवनमा आउनु भयो।

परमेश्वरसँग शान्ति

हाम्रो विश्वासको कारणले गर्दा हामी परमेश्वरसँग धर्मी बनेकाछौं। यसर्थ हाम्रा प्रभु येशू ख्रीष्टद्वारा थियो हामी परमेश्वरबाट शान्ति पाउँछौं। ख्रीष्टको माध्यम र हाम्रो विश्वासको कारण हामीले अनुग्रहमा प्रवेश पाएकाछौं जहाँ हामी अहिले उभिएकाछौं अनि परमेश्वरको महिमा पाउने आशामा हामी आनन्द मनाइरहेछौं। त्यति मात्र होइन हामी आफ्ना दुःखहरूमा पनि खुशी छौं। किन हामी आफ्ना दुःखहरूमा पनि खुशी छौं? किनभने हामी जान्दछौं कि ती दुःखहरूले हामीलाई संयमी बनाउँदछ। अनि यही संयमले हामीलाई प्रमाण गर्दछ कि हामी बलिया छौं। अनि यस्तो प्रमाणहरूले हामीलाई आशा प्रदान गर्दछ। अनि यस आशाले हामीलाई कहिल्यै निराशा बनाउँदैन। किनभने परमेश्वरले आफ्नो प्रेमको बर्षाले हाम्रा हृदयहरू पारिपूर्ण पारिदिनु भयो। पवित्र आत्माद्वारा उहाँले हामीलाई आफ्नो प्रेम दिनुभो। त्यो पवित्र आत्मा परमेश्वरबाट हामीलाई उपहार हो।

जब हामी अझै कमजोर थियौं, ठिक त्यसै बेला ख्रीष्ट हामी दुष्ट मानिसहरूको लागि मर्नु भयो। राम्रा मानिसहरूको निम्ति मर्ने साह्रै कठिनले कोही राजी होलान। कोही भने अति असल मानिसको निम्ति मर्ने निश्चय पनि गर्न सक्लान। यद्यपि हामीहरू अझै पापी जीवन जिउँदा-जिउँदै पनि ख्रीष्ट हाम्रो निम्ति मर्नु भयो। यस प्रकारले परमेश्वरले आफ्नो प्रेम हामीलाई देखाउनु भयो।

हामी ख्रीष्टको रगतद्वारा परमेश्वरसँग धर्मी बनियौं। यसैले, निःसन्देह हामी ख्रीष्टद्वारा नै परमेश्वरको क्रोधबाट जोगिने छौं। 10 मेरो मतलब के हो भने जब हामी परमेश्वरका शत्रु थियौं उहाँले आफ्नो पुत्रको मृत्युद्वारा हामीलाई आफ्नो मित्र बनाउनु भयो। यसैले जब हामी अहिले परमेश्वरका मित्र छौं, हामी निश्चय छौं आफ्नो पुत्रको जीवन द्वारा उहाँले हामीलाई रक्षा गर्नु हुनेछ। 11 यस बाहेक, हामी हाम्रा प्रभु ख्रीष्टको माध्यमबाट परमेश्वरसँग खुशी छौं, येशूको कारणले गर्दा अहिले हामी परमेश्वरका मित्र बनेका छौं।

आदम र ख्रीष्ट

12 पाप संसारमा एकजना मानिसको कारणले आएको हो। अनि पापसँग मृत्यु पनि आयो। यसैले गर्दा सबै मानिसहरू मर्नै पर्ने भयो, किनभने सबैले पाप गरेका छन्। 13 मोशाको व्यवस्था अघि पनि संसारमा पाप थियो। तर त्यहाँ व्यवस्था नभएको भए परमेश्वरले मानिसलाई पापको दोषी ठहर्याउनु हुने थिएन। 14 तर आदमको समयदेखि मोशाको समयसम्म, सबै मानिसहरूलाई मर्नु नै थियो। आदमले परमेश्वरको आज्ञा पालन नगर्नाले मर्नु पर्यो। तर आदमले जस्तो अन्य मानिसहरूले पाप नगरे तापनि तिनीहरूले मर्नु पर्यो।

आदम ख्रीष्ट जस्तै थिए जो भविष्यमा संसारमा आइरहेका थिए। 15 तर परमेश्वरको सितैको वरदान आदमको पाप जस्तो होइन। धेरै जना त्यस एकजना मानिसको पापको कारणले गर्दा मरे। तर परमेश्वरको अनुग्रह अत्यन्त महान थियो। धेरै मानिसहरूले परमेश्वरबाट जीवन-दान पाए त्यो एउटै मानिस येशू ख्रीष्टको अनुग्रहद्वारा पाइएको हो। 16 जब आदमले पाप गरे, उनी पापी भनेर न्याय गरिए। तर परमेश्वरको उपहार भिन्नै छ। परमेश्वरको मुल्यरहित उपहारले मानिसहरूलाई धर्मी तुल्याउँदछ। 17 एकजना मानिसको पापले गर्दा मृत्युले सबैमाथि राज गर्यो। यसकारण जसले परमेश्वरको पूर्ण अनुग्रह र उहाँको धार्मिकताको महान उपहार स्वीकार गर्छन् तिनीहरूले सत्य जीवन पाउँछन् र एक मात्र येशू ख्रीष्टद्वारा शासित हुन्छन्।

18 यसैले एउटा मानिसको पापले सबै मानिसहरूमाथि मृत्युको दण्ड ल्यायो। तर त्यस्तै प्रकाले, ख्रीष्टले एउटा असल काम गर्नुभयो जुन कामले सबै मानिसहरूलाई धार्मिक बनाउँदछ र अनन्त जीवन ल्याउदछ। 19 एकजना मानिसको अनाज्ञाकारीताले धेरै मानिसहरू पापी भए। तर त्यस्तै प्रकारले एकजना मानिसको अनाज्ञाकारीताले धेरै मानिसहरू धार्मिक बनाइन्छन्। 20 पाप बढ़ला कि भनेर व्यवस्था बनियो। तर जति पाप बढ़दै गयो परमेश्वरको अनुग्रह अझै धेरै बढ़दै गयो। 21 जसरी मृत्युले पापद्वारा शासन गरयो उसरी नै परमेश्वरको अनुग्रहले मानिसलाई धार्मिक बनाउन शासन गर्नेछ। यसले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अनन्त जीवन ल्याउने छ।

पापको निम्ति मर्नु चाँहि ख्रीष्टको निम्ति जिउनु

हामीले के भन्ने? परमेश्वरको धेरै भन्दा धेरै अनुग्रह प्राप्त गर्नलाई हामीले अझै धेरै पाप गरिरहनु पर्ने? होइन! हामी हाम्रा पापले मर्यौं। यसकारण हामी कसरी लगातार पापमा बसिरहनु? के तिमीहरूले भुल्यौ, जब हामी बप्तिस्मा भयौं तबदेखि नै हामी येशू ख्रीष्टका एक अंश बन्यौं? हामीले बप्तिस्मा लियौं, हामी उहाँको मृत्युमा भागीदार बन्यौं। यसैकारण जब हामी बप्तिस्मा भयौं, हामी ख्रीष्ट सँगै गाडियौं र उहाँको मृत्युमा भागीदार बन्यौं। हामी ख्रीष्टसँगै दफन भयौं ताकि हामी जोगीन सकौं अनि नयाँ जीवन जीउन सकौं। यस्तै प्रकारले, पिताको अचम्मको शक्तिले ख्रीष्ट मृत्युबाट जीवित हुनुभयो।

ख्रीष्ट मर्नु भयो, र हामी पनि उहाँको मृत्युकै अनुरूपमा उहाँसित मिल्यौं। यसकारण हामी उहाँको बौराइको अनुरुपमा पनि ख्रीष्टसितै मिल्नेछौं। हामी जान्दछौं हाम्रो पुरानो जीवन ख्रीष्ट सँगै क्रूसमा मर्यो। यो त्यस्तै भयो जसमा कि हाम्रो पापपूर्ण स्वभावले हामीमाथि नियंत्रण गर्ने थिएन र अब हामी आफैं पापको दास हुने थिएनौं। जो मर्दछ उ पापको नियंत्रणबाट मुक्त हुँदछ।

यदि हामी ख्रीष्टसँगै मरेका छौं भने, हामी जान्दछौं कि हामी पनि उहाँसँगै बाँच्ने छौं। ख्रीष्ट मृत्युबाट जाग्नु भयो। अनि हामी जान्दछौ कि उहाँ फेरि कहिल्यै मर्नु हुनेछैन। उहाँमाथि मृत्युको कुनै प्रभाव छैन। 10 हो, जब ख्रीष्ट मर्नु भयो, उहाँ पापको शक्तिलाई जित्न एकैपल्ट मर्नु भयो। अब उहाँसँग नयाँ जीवन छ अनि त्यो नयाँ जीवन परमेश्वरसँग छ। 11 त्यस्तै प्रकाले तिमीहरूले पनि पापको कारणले मरेको सम्झ। अनि ख्रीष्ट येशूमा परमेश्वरको निम्ति जीवित भएको ठान।

12 यसकारण पापलाई तिमीहरूको पार्थिव जीवन नियंत्रण गर्न नदेऊ। तिम्रा पापपूर्ण स्वभावलाई तिमीमा राज गर्न दिनु हुदैन जसले तिमीलाई उसको इच्छा अनुसार कर्म गर्न लगाउँछ। 13 तिम्रा शरीरका अंगहरूलाई पापर्कम र दुष्टकर्महरू गर्नलाई अर्पण नगर। बरू आफू मृत्युबाट जिउँदो भएको कारण स्वयंलाई परमेश्वरप्रति समर्पित गर। राम्रो कामको लागि तिम्रा शरीरका अङ्गग परमेश्वरको सेवामा अर्पण गर। 14 पाप तिम्रो स्वामी हुनेछैन। किनभने तिमी व्यवस्थाको अधीनमा छैनौ। तिमीहरू अब परमेश्वरको अनुग्रहमा छौ।

धार्मिकताको कमारो

15 तब हामीले के गर्नु पर्ने? हामी व्यवस्थाको अधीनमा छैनौं तर प्रभुको अनुग्रहमा छौं भनेर पाप गर्नु पर्ने? होइन! 16 निःसन्देह तिमीहरू जान्दछौ कि जब तिमीहरूले आफैंलाई कसैको आज्ञा पालन गर्ने दास बनाउँछौ, तब तिमीहरू त्यही मानिसको दास हौ। जुन मानिसको आज्ञा तिमी पालन गर्छौ त्यही तिम्रो स्वामी हुनेछ। तिमीहरू पापको पछि लाग कि परमेश्वरको आज्ञा पालन गर, पापले आत्मिक मृत्यु ल्याउँदछ। तर परमेश्वरको आज्ञा पालन गर्यौ भने तिमीहरू धार्मिक बनाइने छौ। 17 विगतमा तिमीहरू पापको दास थियौ। पापले तिमीहरूलाई अधिनमा राखेको थियो। तर परमेश्वरलाई धन्यवाद छ, तिमीहरूले ती आदेश हृदयले पालन गर्‌यौ जुन तिमीहरूलाई दिइयो। 18 तिमीहरू पापदेखि मुक्त भयौ। अनि अब तिमीहरू धार्मिकताका दास भयौ। 19 म यसको व्याख्या उदाहरण दिएर व्याख्या गरिरहेछु किनभने तिमीहरूलाई बुझ्न गाह्रो हुन्छ। विगतमा, तिमीहरूले पापको निम्ति आफ्ना शरीरका अंगहरू अर्पण गर्यौ र पापकै दास भयौ। तिमीहरू दुष्ट कुराहरूको लागि मात्र बाँच्यौ। त्यस्तै प्रकारले, तिमीहरूले धार्मिकताको लागि शरीरका अंगहरू समर्पण गर। त्यसपछि मात्र तिमीहरू परमेश्वरको निम्ति बाँच्नेछौ।

20 विगतमा तिमीहरू पापका दास थियौ अनि धार्मिकताले तिमीहरूलाई नियन्त्रण गरेन। 21 तिमीहरू दुष्ट कर्महरू गर्दै बाँच्यौ। ती कुराहरूका लागि अहिले तिमीहरू लज्जित छौ। के ती कुराहरूले तिमीहरूलाई साथ दियो? अँहँ! ती कुराहरूले आत्मिक मृत्यु ल्याँउछ। 22 तर अब तिमीहरू पापबाट मुक्त छौ। अब तिमीहरू परमेश्वरका दास हौ। अनि यसले तिमीहरूलाई यस्तो जीवन ल्याउँछ जुन परमेश्वरको निम्ति मात्र हुन्छ। अनि त्यहाँबाट तिमीहरूले अनन्त जीवन प्राप्त गर्नेछौ। 23 जब मानिसहरूले पाप गर्दछन्, तिनीहरूले पापको ज्याला कमाउँछन् जो चाँहि मृत्यु हो। तर परमेश्वरले आफ्ना मानिसहरूलाई मूल्य रहित उपहार दिनु हुन्छ जुन हाम्रा ख्रीष्ट येशू प्रभुमा अनन्त जीवन हो।

विवाहबाट एउटा उदाहरण

दाज्यू-भाइ, दिदी-बहिनीहरू तिमीहरू सबैले मोशाको व्यवस्था बुझ्दछौ। यसकारण निःसन्देह, तिमीहरू जान्दछौ कि व्यवस्थाले कुनै पनि मानिसलाई उ बाँचुन्जेल मात्र आफ्नो अधीनमा राख्दछ। म तिमीहरूलाई एउटा उदाहरण दिदँछुः एकजना पत्नी मानिस आफ्नो लोग्ने बाँचुन्जेल सम्म उसँगै बस्नु पर्दछ। तर यदि उसको लोग्ने मर्यो भने ऊ विवाहको निम्ति विवाह विधानबाट मुक्त हुन्छ। तर यदि त्यस पत्नी मानिसले आफ्नो लोग्ने छँदाछँदै अर्को पुरुषसँग विवाह गरी भने त्यसलाई व्यभिचारिणी भनिन्छ। तर यदि उसको लोग्ने चाँहि मर्यो भने ऊ विवाहको विधानबाट मुक्त बन्छे अनि यदि आफ्नो लोग्ने मरे पछि उसले अर्को पुरुषसँग विवाह गरी भने, उसलाई व्यभिचारिणीको दोष लाग्दैन।

त्यस्तै प्रकारले, मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिम्रा पूराना स्वभावहरू मरिसकेकाछन् र तिमीहरू पनि ख्रीष्टका शरीरद्वारा व्यस्थाबाट मुक्त बन्यौ। अब तिमीहरू कसैको भयौ। तिमीहरू ख्रीष्टको भयौ जो मृत्युबाट जगाइनु भयो। हामी ख्रीष्टका छौं र हामी परमेश्वरको सेवामा हुनसक्छौं। विगतमा हामी हाम्रा पापपूर्ण स्वभावले शासित थियौं। व्यवस्थाले हामीमा पापपूर्ण कार्यहरू गर्न इच्छा जगायो जसले हाम्रो शरीर अधीनमा राख्यो। यसकारण जुन कुराहरू हामीले गर्यौ त्यसले हाम्रो आत्मिक मृत्यु भयो। विगतमा, व्यवस्थाले हामीलाई कैदी बनायो। तर हाम्रा पुराना स्वभावहरू मरेर गए अनि हामी व्यवस्थावाट मुक्त गरियौं। यसैले अब हामी परमेश्वरलाई आत्माको नयाँ ढाँचाले सेवा गर्दछौं, नियमहरूमा लेखिएको पुरानो ढाँचाले होइन। अब, हामी परमेश्वरलाई आत्माद्वारा नयाँ ढाँचाले पुज्दछौं।

पापको विरूद्ध हाम्रो लडाँई

हामीले के भन्नु पर्ने हो? के व्यवस्था पापको समान हो? होइन, तर व्यवस्था त एक मात्र त्यस्तो बाटो हो जहाँबाट मैले पाप भनेको के हो बूझ्न सकें। यदि व्यवस्थाले पाप भनेको के हो भन्ने नबताएको भए मैले कहिल्यै बुझ्न सक्ने थिएन। तर व्यवस्थाले भन्यो, “अरूसँग भएको कुराहरूको चाहना तिमीले गर्नु दैन।” तर पापले त्यस आज्ञाबाट अवसर पायो र ममा धेरै प्रकारको इच्छा जागृत गरायो किन कि पाप व्यवस्था बिनै मृत बन्यो। एक समय म व्यवस्था बिना नै जीवित थिएँ। तर जब आज्ञ आयो, पापले जीवन पायो। 10 यसकारण पापको कारणले गर्दा म आत्मिक रूपले मरे। आज्ञाको अर्थ थियो जीवन ल्याउनु तर मेरो लागि त्यसले मृत्यु ल्यायो। 11 व्यवस्था पालन गरेर पापले मलाई मूर्ख बनाउने ठाउँ पायो। व्यवस्था पालन गरेर पापले मलाई आत्मिक रूपले मार्यो।

12 तब त्यसैले व्यवस्था नै पवित्र हो, अनि आज्ञा पनि पवित्र, धार्मिक र राम्रो हो। 13 ममा मृत्यु ल्याउने कुरो राम्रो भनेको हो? होइन! तर पापले त्यो राम्रो भन्ने कुरो प्रयोग गरेर ममा मृत्यु ल्यायो। त्यसो भएकोले गर्दा खासमा कुरो खुबै नराम्रो हो भन्ने देखाइयो। अनि यही आज्ञा देखाउनलाई प्रयोग गरियो।

मानसिका द्वन्द्व

14 हामी जान्दछौ कि व्यवस्था आत्मिक हो। तर म आत्मिक छैन। पापले ममाथि शासन गर्छ, मानौं म त्यसको दास हुँ। 15 म केही जाँन्दिन म के गरिरहेछु। किनकि म केही जान्दिँन म के गर्न चाहन्छु। यसको सट्टामा म त्यही गर्छु जुन कुरो म गर्न घृणा गर्छु। 16 यदि मैले नचाहेको काम गरे भने म व्यवस्था राम्रो छ भनेर मान्छु। 17 तर म एकमात्र होइन जसले यस्तो खराब काम गरिरहेछ। पाप जुन मभित्र बसेकोछु, त्यसैले यस्तो कामहरू गर्दैछ। 18 हो, म जान्दछु कि राम्रो भन्ने केही कुरो ममा छैन, म असल कुरा गर्न चाहन्छु तर गर्न असमर्थ छु। 19 आफूले चाहेको असल कुरा पनि म गर्दिनँ। त्यसको बदली गर्न नचाहेको नराम्रो कुरा चाहिं म गर्छु। 20 यदि आफूले नचाहेको कुरो म गर्छु भने ती कुराहरू गर्ने म होइन। मभित्र रहेको पापले नै ती सब गर्दछ।

21 त्यसैले मैले आफैंमा एउटा विधान भेटें जब म असल गर्न चाहन्छु मभित्र सधैँ दुष्ट रहन्छ। 22 भित्रीरूपले म परमेश्वरको व्यवस्थासँग खुशी छु। 23 तर म मेरो शरीरमा अर्कै व्यवस्थाले काम गरिरहेको पाउँछु। त्यो विधान मभित्रको विधानसित झगडा़ गरिरहेछ। त्यो अर्को विधान पापको विधान हो अनि त्यसले मलाई कैदी बनाउँछ। 24 म कति दयनीय छु! मृत्यु ल्याउने यस कुराबाट मलाई कसले बचाउँछ? 25 परमेश्वरले मलाई बचाउनु हुनेछ! म उहाँलाई हाम्रो प्रभु येशू ख्रीष्ट मार्फत धन्यवाद चढाउँदछु!

यसकारण अब म मानसिक रूपले परमेश्वरको व्यवस्थाको दास हुँ। तर मेरो पापपूर्ण स्वभावमा म पापको विधानको दास छु।

आत्मा र जीवन

यसैले, अब जो-जो ख्रीष्ट येशूका साथ छन् उनीहरूलाई दोषी ठहरइने छैन। किन म दोषी भनेर मानिन्नँ? किनभने ख्रीष्ट येशूमा, जीवनदाता आत्माको विधान जसले जीवन ल्याँउछ त्यसले मलाई मुक्ती दियो। त्यो विधान जसबाट पाप र मृत्यु आउँछ त्यसबाट पनि मलाई मुक्ति दियो। व्यवस्था शक्तिहीन थियो किनभने त्यो व्यवस्था हाम्रा पापपूर्ण स्वभावहरूले कमजोर बनायो। तर व्यवस्थाले गर्न नसकेको काम परमेश्वरले गर्नु भयो। परमेश्वरले आफ्नो पुत्रलाई मनुष्य चोला दिएर यस पृथ्वीमा पठाउनु भयो जुन चोला पाएर मानिसहरूले पापपूर्ण कामहरू गर्छन्। परमेश्वरले आफ्ना पुत्रलाई पापको निम्ति बलिको रूपमा पठाउनु भयो अनि उहाँले पापको र्भत्सना गर्न मनुष्य चोला प्रयोग गर्नु भयो। परमेश्वरले त्यसो गर्नुभयो ताकि तोकिएको व्यवस्था हामीमा परिपूर्ण होस्, जो आफ्नो पापपूर्ण प्रकृति अनुसार बाँच्दैनौं तर आत्मा अनुसार बाँच्छौं।

जो पापपूर्ण स्वभाव लिएर बाँचिरहेका छन् तिनले आफ्ना पापपूर्ण स्वभाव अनुसारै सोंच्दछन्। जो आत्मा अनुसार जिउँदछन् उनीहरू आत्माको इच्छा अनुसारै बाँच्दछन्। यदि कुनै मानिसको मन पापपूर्ण स्वभावले नियन्त्रित छ भने उसको आत्मिक मृत्यु हुँदछ। यदि कुनै मानिसको मन आत्माले नियंत्रित छ भने उसलाई जीवन र शान्ति मिल्नेछ। यो किन सत्य हो? किनभने, जब कुनै मानिसको विचार पापपूर्ण स्वभावको अधीनमा हुन्छ तब ऊ परमेश्वरको विरुद्धमा हुँदछ। त्यस मानिसले परमेश्वरको व्यवस्था मान्दैन अनि वास्तवमा त्यो मानिस परमेश्वरको व्यवस्था पालन गर्न असमर्थ हुन्छ। ती मानिसहरू जो पापपूर्ण स्वभावको अधीनमा छन् भने परमेश्वरलाई कहिल्यै खुशी पार्न सक्तैनन्।

तिम्रो लागि, यदि परमेश्वरको आत्मा तिमीमा बस्छ। तिमी आफ्ना पापपूर्ण स्वभावबाट नियन्त्रित छैनौ, तर आत्माबाट छौ। तर यदि कसैमा ख्रीष्टको आत्मा छैन भने ऊ ख्रीष्टसित हुँदैन। 10 किनभने तिमीहरूको शरीर पापले गर्दा मरेकोछ। तर यदि तिमीमा ख्रीष्ट हुनुहुन्छ भने, तब आत्माले जीवन दिंदछ जस्तो ख्रीष्टले तिमीहरूलाई परमेश्वरसित धर्मी तुल्याउनु भयो। 11 परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो। अनि यदि तिमीहरूमा उहाँको आत्माले वास गर्छ भने, उहाँले तिमीहरूको शरीरलाई पनि जीवन-दान दिनुहुनेछ जुन मरणशील छ। उहाँले तिम्रो शरीरमा आत्माद्वारा जीवन-दान दिन हुन्छ जुन आत्मा तिमीहरूमा बस्छ।

12 यसकारण मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू, हामी आफ्ना पापपूर्ण स्वभावद्वारा नियन्त्रित हुनुहुँदैन। हामीले पापपूर्ण स्वभावले डोर्याएको बाटामा लाग्नु हुँदैन। 13 यदि तिमीहरू आफ्ना पापपूर्ण स्वभावको चाहनाको पछि लाग्छौ भने तिमीहरू आत्मिक रूपले मर्नेछौ। तर यदि तिमीहरू कुकर्म गर्नदेखि आफूलाई रोक्न आत्माको शक्ति प्रयोग गर्छौ भने तिमीले सत्य-जीवन पाउने छौ।

14 परमेश्वरका साँच्चो छोरा-छोरीहरू भनेका ती नै हुन् जो परमेश्वरकै आत्माद्वारा डोर्याइएका हुन्छन्। 15 जुन आत्मा तिमीले पाएकाछौ त्यो तिमीलाई फेरि दास बनाउने र डर देखाउने आत्मा होइन। हामीले पाएको आत्माले हामीलाई परमेश्वरका छोरा-छोरी बनाउँछ अनि त्यही आत्मासँगै हामी भन्छौ, “हे अब्बा हे पिता।” 16 अनि त्यो आत्मा आफैंले हाम्रो आत्मालाई साक्षी दिन्छ कि हामी परमेश्वरका सन्तानहरू हौं। 17 यदी हामी परमेश्वरका सन्ताहरू हौं भने हामीले आशीर्वाद पाउनेछौं जुन परमेश्वरसित आफ्ना मानिहरूका लागि छ। हामीले ती आशीर्वाद परमेश्वरबाट ख्रीष्टसितै पाउनेछौं। तर हामीले ख्रीष्टले जस्तै दुःख-पीडा सहनु पर्छ त्यसपछि मात्र हामीले पनि ख्रीष्टले जस्तै गौरव प्राप्त गर्नेछौ।

हामीले भविष्यमा महिमा पाउने छौ

18 अहिले हामी कष्टमा छौं। तर जुन कष्ट अहिले हामीमा छ त्यो भविष्यमा हामीलाई दिइने महिमासँग तुलना गर्दा त्यो केही होइन। 19 परमेश्वरले बनाउनु भएको प्रत्येक वस्तुले ठूलो उत्सुकताको साथ त्यस समयलाई पर्खिरहेकोछ जब परमेश्वरले उहाँका छोराहरू को को हुन् भनेर देखाउनु हुनेछ। त्यो विशेष समय हेर्न सारा संसारको उत्कट अभिलाषा छ। 20 प्रत्येक वस्तु जुन परमेश्वरले बनाउनु भयो त्यो मूल्यहीन भएर गयो। त्यसले परिवर्तन गर्न चाहेन, तर परमेश्वरकै इच्छा अनुसार यस्तो भयो। तथापि त्यहाँ यस्तो आशा थियोः 21 परमेश्वरले बनाउन भएको हरेक कुरा नाश हुनबाट मुक्त बनाइने छ र परमेश्वरका छोरा-छोरीहरूले महिमा र स्वतन्त्रता प्राप्त गर्नेछन्।

22 हामी जान्दछौ सारा संसार सृष्टि गरिएको प्रसव-वेदनाले तडपिरहेकी एउटी स्त्रीले झैं आज सम्म उत्सुकतापूर्वक पर्खिरहेकै छन्। 23 यो संसारले मात्र होइन, हामीले पनि आन्तरिक पीडा बोकेर पर्खिरहेकाछौं। हामीमा परमेश्वरको प्रतिज्ञाको प्रथम अंश सरह आत्मा छ। यसैले हामीलाई उहाँले आफ्ना सन्तान कहिले बनाउनु हुने हो भनेर उत्सुकतापूर्वक पर्खिरहेकाछौं। मेरो भन्नुको तात्पर्य, हामीलाई उहाँले हाम्रा शरीरहरूबाट कहिले मुक्ति दिनुहुनेछ भनेर पर्खिरहेकाछौं। 24 हामीहरू बचाईँयौं र हामीमा यो आशा छ। यदि हामीले पर्खिरहेका कुरा देख्न सके त्यो साँचिकै आशा हुने छैन। मानिसहरूले त्यस कुराको आशा गर्दैनन् जुन तिनीहरूले पहिल्यै पाइसकेका हुँन्छन्। 25 तर हामी केही चीजको आशा गरिरहेछौं जुन हामीले अहिले सम्म पाएका छैनौं। हामीले ठूलो धैर्यसित त्यो पर्खिरहेका छौं।

26 आत्माले नै हामीलाई हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नु पर्ने हो! जान्दैनौ। तर आत्माले गंभीर भावले परमेश्वरसँग हाम्रो पक्षमा प्रार्थना गरिदिनुहुनेछ जुन शब्दहरूमा वर्णन गर्न सकिँदैन। 27 परमेश्वरले हाम्रो हृदयमा के छ बुझ्न सक्नु हुन्छ किनभने आत्मा मानिसहरूका लागि परमेश्वरसँग उहाँकै इच्छाले बोल्नु हुन्छ।

28 हामी जान्दछौं कि परमेश्वरले प्रत्येक कुरामा तिनीहरूको भलाईको लागि गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्दछ। ती मानिसहरू हुन् जसलाई परमेश्वरले बोलाउनु भयो किनभने त्यो उहाँकै योजना थियो। 29 यो संसार बनाउन भन्दा अघिदेखि नै परमेश्वरले ती मानिसहरूलाई जान्नु हुन्थ्यो। अनि परमेश्वरले तिनीहरू आफ्नै पुत्र जस्तै होउन् भन्ने निर्णय गर्नुभयो। त्यसैकारण येशू धेरै दाज्यू-भाइहरू र दिदी-बहिनीहरूमा जेठो हुनुभयो। 30 परमेश्वरले ती मानिसहरूलाई आफ्नै पुत्र जस्तै होउन् भन्ने योजना गर्नुभयो। अनि परमेश्वरद्वारा बोलइएका तिनीहरूलाई पनि धर्मी बनाइयो। अनि परमेश्वरद्वारा धर्मी बनाइएका तिनीहरूलाई उहाँले महिमा पनि दिनुभयो।

येशू ख्रीष्टमा परमेश्वरको प्रेम

31 यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने, हामीलाई कसले पराजय गर्न सक्छ? 32 परमेश्वरले हाम्रो निम्ति जे पनि गर्नुहुनेछ। परमेश्वरले उहाँको आफ्नै पुत्रलाई कष्ट मात्र भोगाउनु भएन तर हाम्रा निम्ति बलि दिनुभयो। तब के परमेश्वरले हामीलाई येशूका साथै हरेक उपहार दिनुहुन्न र? 33 परमेश्वरले चुन्नु भएका मानिसहरूलाई कसले दोष लगाउन सक्छ? कसैले सक्तैन! परमेश्वर मात्र एक हुनुहुन्छ जसले आफ्ना मानिसहरूलाई धर्मी बनाउनुहुन्छ। 34 परमेश्वरका मानिसहरूलाई कसले दोषी हो भनी भन्न सक्छ? कसैले सक्तैन! ख्रीष्ट येशू हाम्रा निम्ति मर्नुभयो, तर त्यति मात्र होइन, उहाँ मृत्युबाट जीवित पनि हुनुभयो। अनि उहाँ परमेश्वरको दाहिनेपट्टि हुनुहुन्छ र हाम्रा निम्ति परमेश्वरलाई बिन्ति गरिरहनु भएको छ। 35 ख्रीष्टको प्रेमबाट हामीलाई अलग गर्न सक्ने कुनै थोक छ? छैन। के दुःखले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन! के कठिनाई वा खेदाइले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन। के अनिकाल वा नाङ्गोपनाले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? अँहँ। के कुनै आपद वा मृत्युले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अँहँ सक्दैन। 36 धर्मशास्त्रले भन्छ,

“तिमीहरूका निमित्त हामीहरू दिनभरि नै मृत्युको मुखमा छौं।
    मानिसहरू सोंच्दछन् हामी बेकारहौं, मारिने भेंडा़ जस्ता छौं।”(N)

37 तर परमेश्वरको प्रेमको कारणले हामी ती सबै कुराहरूमा पूर्ण विजयी बन्छौं। 38-39 हो, म निश्चिन्त छु कि कुनै चीजले पनि हामीलाई परमेश्वरको प्रेमबाट अलग पार्न सक्तैन न मृत्यु वा जीवनले न स्वर्गदूतहरू वा शासन गर्ने आत्माहरूले न त कुनै वर्तमानका वा भविष्यका कुराले न त कुनै माथिका वा तलका शक्तिले न त सारा संसारको कुनै अरू सिर्जित कुराले हाम्रो परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछ जो हाम्रा प्रभु ख्रीष्ट येशूमा छ।

परमेश्वर र यहूदी मानिसहरू

म ख्रीष्टमा छु र सत्य कुरा बोलिरहेछु। म झूटो बोल्दिनँ। मेरो अन्तारात्मा पवित्र-आत्माद्वारा नियंत्रित छ। अनि यो अन्तरात्माले निश्चित गर्छ कि म झूटो होइनः मलाई ठूलो अफसोस छ र मेरो हृदयमा अटुट वेदना छ यहूदी जातिको निम्ति। तिनीहरू मेरा दाज्यू-भाइ दिदी-बहिनीहरू हुन्, पृथ्वीमा मेरा सन्तानहरू हुन्। यदि यसले तिनीहरूलाई सहायता गर्न सक्थे भने म ख्रीष्टबाट श्राप पाउन र उहाँसित छुट्टिनें पनि इच्छा गर्थें। तिनीहरू इस्राएलका मानिसहरू हुन्। जसलाई परमेश्वरले आफ्नो सन्तान बनाउन चुन्नु भएको छ। तिनीहरूसँग परमेश्वरको महिमा र उहाँ अनि उहाँका मानिसहरू माझमा करार छ। परमेश्वरले उनीहरूलाई आराधाना र संकल्प गर्ने तरिका भएको मोशाको व्यवस्था दिनुभयो। ती मानिसहरू हाम्रा पुर्खाहरूका सन्तानहरू हुन्। अनि तिनीहरू ख्रीष्टका पार्थिव परिवार हुन्। ख्रीष्ट सबै प्राणीहरू माथिका परमेश्वर हुनुहुन्छ। सदा उहाँको प्रशंसा गर! आमिन।

हो, म यहूदीहरूको लागि दुःख अनुभव गर्छु। म भन्दिनँ कि परमेश्वर उनीहरूको लागि आफ्नो प्रतिज्ञा राख्नमा चुक्नु भयो। तर इस्राएलका कतिपय मानिसहरू मात्र परमेश्वरका साँच्चो मानिस छन्। अनि अब्राहामका सन्तानहरू मध्ये थोरै मात्र अब्राहामको साँच्चो सन्तान थिए। यही कारण परमेश्वरले अब्राहामलाई भन्नुभयो: “इसहाक मात्र खालि कानूनी छोरो हुनेछ।”(O) यसले बताउँछ अब्राहामका सबै सन्तानहरू परमेश्वरका खास छोरा-छोरीहरू होइनन्। परमेश्वरले अब्राहामलाई प्रतिज्ञाको आधारामा अब्राहामका खास छोरा-छोरीहरू ती हुन् जो परमेश्वरका छोरा-छोरीहरू भए। परमेश्वरले अब्राहमलाई यो प्रतिज्ञा दिनुभएको थियोः “निश्चित समयमा म फर्कने छु अनि साराले एउटा छोरो पाउनेछिन्।”(P)

10 अनि यति मात्र होइन। रिबेकाको पनि छोराहरू थिए। अनि ती छोराहरूका एउटै पिता थिए। उनी हाम्रा पिता पूर्खा इसहाक थिए। 11-12 तर दुइजना छोराहरू जन्मनू भन्दा अघाडी परमेश्वरले रिबेकालाई भन्नुभयो, “ठूलो छोराले सानालाई सेवा गर्नेछ।”(Q) केटाहरू जन्मनु भन्दा र तिनीहरूले राम्रो वा नराम्रो कुनै काम गर्न भन्दा अगाडी यसो भनिएको थियो। आफूले चुनेको केटो आफ्नो योजनाकै आधारमा होस् भन्नालाई परमेश्वरले यसो भन्नुभएको थियो। परमेश्वरकै चाहनाले उनी चुनिएका थिए तर ती केटाहरूले केही गरेको कारणले होइन। त्यो परमेवरको इच्छा थियो। 13 जस्तो धर्मशास्त्रमा भनिएको छ, “मैले याकूबालाई प्रेम गरें तर एसावलाई घृणा गरें।”(R)

14 यसकारण यस विषयमा हामीले के भन्नुपर्छ? के परमेश्वरमा कुनै अन्याय छ? निश्र्चय छैन। 15 परमेश्वरले मोशालाई भन्नुभयो, “जसलाई म कृपा दर्शाउनु चाहन्छु उसैलाई कृपा दर्शाउँछ। अनि जसलाई सहानुभूति दर्शाउनु चाहन्छु उलाई सहानुभूति दर्शाउछु।”(S) 16 यसैले हरेक कुरो परमेश्वरको कृपामा निर्भर छ, अनि मानिसको इच्छामा वा प्रयासमा निर्भर छैन। 17 धर्मासास्त्रमा परमेश्वरले फिरऊनलाई भन्नुभयो, “मैले तिमीलाई राजा बनाएँ ताकि मेरो निम्ति तिमीले केही गर्न सकौला। म मेरो शक्ति तिमी मार्फत प्रदर्शन गर्न चाहन्थें। म चाहन्थे मेरो नाउँ संसारभरि घोषित होस्।”(T) 18 यसैले, परमेश्वरले जसलाई चाहनु हुन्छ उसैमाथि कृपा दर्शाउनु हुन्छ। अनि परमेश्वरले जसलाई हठी बनाउनु चाहनु हुन्छ उसलाई हठी बनाउनु हुन्छ।

19 यसकारण तिमीहरूमध्ये कसैले पनि प्रश्न गर्नसक्छौः “यदि परमेश्वरले हामीले गरेका सबै कुराहरूमा नियंत्रण गर्नुहुन्छ भने परमेश्वरले हाम्रो पापहरूको निम्ति हामीलाई किन दोष दिनुहुन्छ?” 20 हे मानिस, तिमी आफूलाई को हुँ भन्ने सम्झन्छौ? परमेश्वरलाई प्रश्न गर्ने तिमी को हौ? के एउटा माटाको हाँडीले कुमालेलाई “मलाई किन यस्तो बनायौ” भनेर सोध्छ? 21 कुमालेको अधिकार छ एउटै माटोबाट उसले विशेष प्रयोगमा आउने एक किसिमको भाँडो बनाउँछ भने सामान्य प्रयोगमा आउने अर्को किसिमको भाँडो पनि बनाउँछ। के यो ठीक होइन?

22 यस्तै प्रकारले परमेश्वरले पनि काम गर्नुहुन्छ। परमेश्वरले आफ्नो क्रोध मानिसहरूमा प्रकट गर्न चाहनु भयो, जसमा कि उनीहरूले उहाँको शक्ति देखुन्। तर परमेश्वरले ठूलो धैर्यसित ती मानिसहरूलाई सहनु भयो जो विनाश हुनै आँटेका थिए। 23 परमेश्वरले धैर्यतापूर्वक पर्खनु भयो जसमा कि उहाँको कृपा पाउनेहरूलाई उहाँले आफ्नो सम्पन्न महिमा देखाउन सकून्। परमेश्वरले ती मानिसहरूलाई आफ्नो महिमा प्राप्त गर्न तयार गर्नु भयो। 24 हामी तिनै मानिसहरू हौं। परमेश्वरले हामीलाई यहूदी र गैर-यहूदी दुवै सम्प्रदायबाट चुन्नु भएको छ। 25 होशेको कितावमा धर्मशास्त्रले भन्दछ,

“जो मानिसहरू मेरा होइनन्-
    म भन्नेछु ती मेरा मानिसहरू हुन्।
अनि ती मानिसहरू जसलाई मैले प्रेम गरिनँ-
    म भन्नेछु तिनीहरूलाई प्रेम गर्छु।”(U)

26 अनि

“त्यही ठाउँमा जहाँ परमेश्वरले भन्नुभयो,
    ‘तिमीहरू मेरा मानिसहरू होइनौ’
    त्यसै ठाउँमा तिनीहरूलाई जीउँदा परमेश्वरका पुत्रहरू भनेर भनिने छ।”(V)

27 अनि इस्राएलको विषयमा यशैयाले भनेका छन्:

“इस्राएलका मानिसहरू
    समुद्र किनारका बालुवाका कणहरू झैं अनगन्ती छन्।
तर तिनमा थोरैको मात्र उद्धार हुनेछ।
28     हो, परमेश्वरले चाँडै नै यस पृथ्वीमा मानिसहरूको न्याय गरिसक्नु हुनेछ।”(W)

29 यस्तै कुरा यशैयाले भनेः

“परमप्रभु सर्व-शक्तिमान हुनुहुन्छ,
    प्रभुले हाम्रा निम्ति उहाँका कतिपय मानिसहरूलाई बचाउनु भयो।
यदि उहाँले त्यसो नगर्नु भएको भए,
    अहिले हामी सदोम,
    र गमोरा जस्तै हुने थियौं।”(X)

30 यसकारण यी सबले के बुझाउँछ? यसको तात्पर्य होः गैर-यहूदीहरूले धर्मी बन्न खोजिरहेका थिएनन्। तर तिनीहरू विश्वासमा आधारित धर्मी बनाइए। 31 अनि इस्राएलका मानिसहरूले व्यवस्थालाई पछ्याएर धर्मी बन्ने कोशिश गरे। तर तिनीहरू आफ्नो उद्देश्यमा सफल भएनन्। 32 किन असफल भए? किनभने, आफ्ना कामहरूको आधारमा तिनीहरूले आफैंलाई धर्मी बनाउने कोशिश गरे, विश्वासको आधारमा होइन। तिनीहरू त्यस ढुङ्गामा ठेस लागेर लडे जसले मानिसलाई लडाउँछ। 33 त्यस ढुङ्गाको विषयमा धर्मशास्त्र भन्छः

“हेर, सियोनमा म एउटा ढुङ्गा राख्छु, जसमा मानिसहरूलाई ठेस लाग्छ।
    यो एउटा चिहान हो जसले मानिसलाई पाप गर्न लाउँछ।
तर चट्टानमा कसैले विश्वास गर्दछ भने
    उसलाई लज्जित पारिने छैन।”(Y)

10 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, यहूदीहरूको उद्धार हुनसकोस् भनेर म हृदयबाटै चाहन्छु। यो मेरो परमेश्वरप्रति प्रार्थना छ। यति मात्र म यहूदीहरूको विषयमा भन्न सक्छुः तिनीहरू साँचि नै परमेश्वलाई पछ्याउन चाहन्छन्। तर तिनीहरू ठीक बाटो जान्दैनन्। तिनीहरूले धर्मी बनाउने परमेश्वरको बाटो चिनेनन्। तिनीहरूले आफ्नै तरिकाबाट धार्मिक बन्न खोजे अनि त्यसैले मानिसहरूलाई धर्मी बनाउने परमेश्वरको बाटो तिनीहरूले स्वीकार गरेनन्। ख्रीष्टले व्यवस्था समाप्त गरिदिनुभयो ताकि प्रत्येक मानिस जसले विश्वास गर्छ ऊ धर्मी हुन सक्छ।

व्यवस्थाले दिएको धार्मिकताको बारे मोशा भन्दछन्, “व्यवस्था अनुसार हिँड्ने मानिस त्यसबाटै बाँच्नेछ।”(Z) तर विश्वासले दिएको धार्मिकताको विषयमा धर्मशास्त्रले भन्छ, “तिमीहरू स्वयंले नसोध, ‘स्वर्गमा को जानेछ?’” (जसको अर्थ हुँदछ “ख्रीष्टलाई पृथ्वीमा उतार्न को स्वर्ग जानेछ?”) “र नभन, ‘पातालमा को जानेछ?’” (जसको अर्थ हुँदछ, “ख्रीष्टलाई मृत्युबाट फर्काउन पातालमा को जानेछ?”)

धर्मशास्त्रले यसरी भन्छः “परमेश्वरको शिक्षा तिमीहरूको नजिक छ, त्यो तिम्रो मुखमा र तिम्रो हृदयमा छ।”(AA) यो शिक्षा विश्वासको शिक्षा हो जुन हामी प्रचार गर्छौं। यदि तिमीहरूले “येशू नै प्रभु हुनुहुन्छ,” भन्न मुख खोल्यौ भने अनि यदि परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो भन्ने कुरामा तिमीहरू विश्वास गर्छौ भने, तिमीहरूको उद्धार हुनेछ। 10 हो, हामी हृदयले विश्वास गर्छौं त्यसैले हामी धर्मी बनाइका छौं। अनि हामी विश्वास गर्छौं भन्ने स्वीकार गर्न हामी आफ्ना मुख खोल्दछौं त्यसैले हामी बचाईएका छौं। हामीले मुख खोल्यौं र विश्वास गर्यौ अनि हाम्रो उद्धार भयो।

11 हो, धर्मशास्त्रले भन्छ, “जसले पनि उहाँमा विश्वास गर्छ भने, ऊ लज्जित हुने छैन।”(AB) 12 किनभने यहूदी र गैर-यहूदीहरूमा भिन्नता छैन। उहाँनै परमप्रभु सबैका लागि प्रभु हुनुहुन्छ। ज-जसले उहाँमा विश्वास राख्दछ ती सबैलाई उहाँ पूर्ण आशिष दिनुहुन्छ। 13 हो, धर्माशास्त्रले भन्छ, “जसले परमप्रभुमा भरोसा राख्छ उसको उद्धार हुँदछ।”(AC)

14 तर मानिसहरूले प्रभुलाई पत्याउन भन्दा पहिले उहाँमा विश्वास गर्नुपर्छ? अनि विश्वास गर्न अघि, तिनीहरूले उहाँको बारेमा सुनन्नुपर्छ। तर उहाँको बारेमा सुन्नलाई कसैले उहाँको बारे तिनीहरूलाई प्रचार गर्नुपर्छ। 15 तर कसैले प्रचार गर्नु भन्दा अघि, उसलाई पठाइनु पर्छ। धर्मशास्त्रले भन्छः “सुसमाचार ल्याउनेहरूको खुट्टा सुन्दर हुन्छन्।”(AD)

16 तर सबै यहूदीहरूले त्यो सुसमाचार स्वीकार गरेनन्। यशैयाले भने, “परमप्रभु हाम्रो सन्देशलाई कसले विश्वास गरे?”(AE) 17 यसैले सुसमाचार सुनेपछि विश्वास आउँदछ। अनि यदि कसैले मानिसलाई ख्रीष्टको बिषयमा बताए तिनीहरूले सुसमाचार सुन्नेछन्।

18 तर म सोध्छु, “के तिनीहरूले सुसमाचार सुने?” हो, तिनीहरूले सुने। धर्मशास्त्रले भन्छ,

“तिनीहरूका आवाज सारा-संसारमा फैलिउन्।
    तिनहरूका शब्द संसारका चारै दिशा पुगुन्”(AF)

19 फेरि म सोध्छु, “के इस्राएलका मानिसहरूले बुझेनन्?” हो तिनीहरूले बुझे। मोशा पहिले परमेश्वरका कुरा भन्छन्,

“म ती मानिसहरूलाई प्रयोग गरेर तिनीहरूमा इर्ष्या उत्पन्न गराउँछु, जो एक जाति होइन।
    एउटा मूर्ख जातिलाई प्रयोग गरेर म तिमीहरूलाई क्रुद्ध बनाउँछु।”(AG)

20 त्यसपछि यशैया अझ निर्भयताका साथ परमेश्वरलाई भन्छन्:

“जुन मानिसहरूले मलाई खोज्दै खोजेका थिएनन्,
    तिनीहरूले नै मलाई पाए।
जसले मलाई सोध्दै सोधेका थिएनन्, म तिनीहरूकहाँ प्रकट भएँ।”(AH)

21 परमेश्वरले यी कुराहरू यशैयाद्वारा गैर-यहूदीहरूलाई भन्नुभयो। तर यहूदीहरूका बारेमा परमेश्वर भन्नुहुन्छ,

“सारा दिन मैले ती मानिसहरूलाई पर्खें,
    तर तिनीहरूले मेरो आज्ञा मानेनन् अनि मलाई पछ्याएनन् पनि।”(AI)

आफ्ना मानिसहरूलाई परमेश्वरले बिर्सनुभएन

11 तब मैले सोधें, “के परमेश्वरले आफ्ना मानिसहरूलाई फालिदिनु भयो त?” त्यसो होइन! म स्वयं एक इस्राएली हुँ। म अब्राहामको परिवारको हुँ। म बिन्यामीनको कुलको हुँ। तिनीहरू जन्मनु भन्दा पहिलेनै परमेश्वरले इस्राएलहरूलाई आफ्नो मानिसको रूपमा चुन्नु भएको थियो। अनि परमेश्वरले ती मानिसहरूलाई निकालेर फ्याँकनु भएन। निःसन्देह, तिमीहरू जान्दछौ धर्मशास्त्रले एलियाको बारेमा कथा भन्छ। धर्मशास्त्रले भन्छ, एलियाले परमेश्वरलाई इस्राएलका मानिसहरूको विरुद्धमा यसप्रकारले प्रार्थना गरिरहेका थिए, “परमप्रभु, मानिसहरूले तपाईंका अगमवक्ताहरूलाई मारे। अनि तपाईंका वेदीहरू सबै भत्काई दिए। म मात्र एकजना अगमवक्ता अझ बाँचिरहेछु। अनि मानिसहरू मलाई मार्न खोजिरहेछन्।”(AJ) तर परमेश्वरले एलियालाई कस्तो उत्तर दिनुभयो? उहाँले भनन्नुभयो, “मैले अझ सम्म मलाई पुज्न सात हजार मानिसहरू राखेकोछु। ती सात हजार मानिसहरूले बाललाई पुजेनन्।”(AK)

यस्तै प्रकारले, परमेश्वरको अनुग्रहले चुनिएका अहिले पनि इस्राएलमा कतिपय मानिसहरू छन्। अनि यो परमेश्वरको अनुग्रहकै फल हो भने, त्यो मानिसहरूको कामको फल होइन। नत्र भने परमेश्वरको अनुग्रह नै रहने थिएन।

यसैले त्यो यस्तो हुन गयोः इस्राएलका मानिसहरूले धर्मी बन्ने कोशिश गरे। तर ती सफल बनिन सकेनन्। तर परमेश्वरले चुन्नु भएका मानिसहरू भने धर्मी बनिए। अरू मानिसहरू कठोर थिए र परमेश्वरको कुरा सुन्न चाहेनन्। जस्तो धर्मशास्त्रमा लेखिएको छ,

“परमेश्वरले मानिसहरूका इन्द्रियलाई चेतनाहीन बनाइदिनु भयो।”(AL)

“परमेश्वरले तिनीहरूका आँखा बन्द गरिदिनु भयो ताकि तिनीहरूले देख्न नसकुन्,
    उहाँले तिनिहरूका कान बन्द गरिदिनु भयो ताकि तिनीहरूले सुन्न नसकुन्।
अझसम्म त्यही भइरहेछ।”(AM)

अनि दाउद भन्छन्,

“तिनीहरूका भोजहरूमा, तिनीहरू पासोमा परून् र पक्राउ खाऊन्।
    तिनीहरूले ठोक्कर खाउन् र ती लडून्, तिनीहरू दण्डित होऊन्।
10 तिनीहरूका आँखा बन्द रहुन्, तब ती देख्न सक्दैनन्।
    अनि ती सदा कष्टमा परिरहुन्।”(AN)

11 त्यसैले म सोध्छु जब यहूदीहरूले ठोक्कर खाए, त्यस ठोक्करले के ती ध्वंश भए? भएनन्। तिनीहरूको गल्तीले गैर-यहूदीहरूलाई मुक्ति प्रदान गर्यो र यहूदीहरूलाई इर्ष्यालु बनायो। 12 यहूदीहरूको ठोक्करले संसारलाई ठूलो आशिष ल्याएको छ, अनि तिनीहरूले जे गुमाए त्यसले गैर-यहूदीहरूलाई ठूलो आशिष ल्याएको छ। यसकारण कल्पना गर परमेश्वरले तिनीहरूलाई जस्तो हुनु चाहनुहुन्छ तो त्यस्तै भइदिए संसारले कति महान् आशिष पाउने थियो!

13 अब म तिमीहरूसँग बोलिरहेछु जो यहूदीहरू होइनौ। म गैर-यहूदीहरूको प्रेरित हुँ। यसैले जति बेला मसँग त्यो कर्म हुन्छ, म यथासक्य असल गर्छु। 14 म आशा गर्छु कि म आफ्नै मानिसहरूलाई इर्ष्यालु बनाउन सक्छु। त्यस्तै प्रकारले म आशा गर्छु म तिनीहरूमा कतिपयलाई उद्धार गर्न सक्छु। 15 परमेश्वर यहूदीहरूसँग रिसाउनु भनेको उहाँ संसारका अन्य मानिसहरूको मित्र बन्नुभयो भनेको हो। त्यसैले कल्पना गर, परमेश्वरले यहूदीहरूलाई पुनः स्वीकार गर्नु भयो भने के होला? त्यसले मृत्युपछि जीवन ल्याउँनेछ।

16 यदि रोटीको पहिलो टुक्रा परमेश्वरलाई अर्पण गरे, जम्मै रोटी पवित्र हुन्छ। यदि एउटा रूखका जराहरू पवित्र छन् भने त्यसका हाँगाहरू पनि पवित्र हुनेछन्।

17 भद्रक्षको रूखको केही हाँगाहरू भाँचिएका थिए। अनि जङ्गली भद्राक्षको हाँगा (जस्तो गैर-यहूदी) तिमीहरू त्यस भद्राक्षको हाँगाहरूमा कलमी बाँधिएकाहरू थियौ। अब त्यसै भद्राक्ष रूखको शक्ति र जीवनको साझेदारी तिमीहरूले गर्नेछौ। 18 यसैले भाँचिएका हाँगाहरू भन्दा ठूला बन्ने घमण्ड नगर। तिमीहरूले घमण्ड गर्ने कुनै कारण छैन। किन तिमीहरूले त्यो जरामा प्राण भर्दैनौं? त्यो जराले पो तिमीहरूलाई प्राण दिन्छ। 19 तिमीहरूले भन्नेछौ, “हागाँहरू भाँचिएर गए जसमा कि म रूखमा कलमी बनाउन सकुँ।” 20 त्यो सत्य हो। ती हाँगाहरू भाँचिएका थिए किनभने तिनीहरूले विश्वास गरेनन्। अनि तिमीहरू आफ्नो विश्वासको कारणले त्यस रूखमा ठाउँ पाउँछौ। घमण्डी नबन तर नम्र बन। 21 परमेश्वरले प्राकृतिक हाँगाहरूलाई नजोगाए जस्तै यदि तिमीहरूले विश्वास गरिरहेनौ भने उहाँले तिमीहरूलाई जोगाउनु हुने छैन।

22 यसकारण बुझ, परमेश्वर कति दयालु हुनुसक्नु हुन्छ, तर साथै बुझ, परमेश्वर कठोर पनि हुन सक्नुहुन्छ, जसले परमेश्वरको बाटो पछ्याउन छाड्छ उसित उहाँ कठोर हुनुहुन्छ। तर तिमी उहाँका दयाभित्र रहिरह्यौ भने परमेश्वर दयालु हुनुहुन्छ। तर तिमीले त्यसो गरेनौ भने तिमी रूखका हाँगाहरू काटिए झौं, काटिने छौ। 23 अनि यदि यहूदीहरूले परमेश्वरमा फेरि विश्वास राख्न थाले, परमेश्वरले तिनीहरूलाई फेरि ग्रहण गर्नुहुनेछ। परमेश्वरमा तिनीहरूलाई फेरि फर्काई ल्याउने क्षमता छ जहाँ तिनीहरू पहिले थिए 24 एउट असल भद्राक्षको रूखमा जंगली भद्राक्ष का हाँगाहरू कलम सार्नु प्राकृति कुरो होइन। तर तिमी गैर-यहूदीहरू जङ्गली भद्राक्ष रूखका हाँगाहरू जस्ता हुन्। यसकारण निःसन्देह तिनीहरू मूल रूखमा कलमी सार्न सकिन्छ।

25 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, म तिमीहरूलाई यो गुप्त कुरा बताउन चाहन्छु। यसले तिमीहरूलाई नबुझेका सबै कुराहरू बुझ्नमा सहयोग गर्नेछ। सत्य यो होः इस्राएलको एउटा भाग हठी भयो। तर त्यो परिवर्तन हुन सक्नेछ जब प्रशस्त अ-यहूदीहरू परमेश्वरकहाँ आउँदछन्। 26 अनि त्यसै गरी सारा इस्राएलीहरूलाई बचाइनेछ। यो धर्मशास्त्रमा लेखिएको छः

“उद्धारक सियोनबाट आउनु हुनेछ;
    उहाँले याकूबका परिवारबाट दुष्ट्याइँ हटाउनुहुनेछ।
27 अनि म तिनीहरूसँग यो वाचा गर्नेछु
    जब तिनीहरूका पापहरू म हरण गर्नेछु।”(AO)

28 यहूदीहरू सुसमाचार ग्रहण गर्न अस्वीकार गर्छन्, यसकारण तिनीहरू परमेश्वरका शत्रुहरू हुन्। यो तिमी गैर-यहूदीहरूलाई सहायता गर्नको लागि भएको हो। तर तिनीहरू चुनिएका मानिसहरू हुनाको कारण परमेश्वरले अझ पनि प्रेम गर्नुहुन्छ। किनभने तिनीहरूका पिताहरूलाई वचन दिनुभएको थियो। 29 परमेश्वरले मानिसहरूलाई आफूले दिनुहुने उपहारको बारेमा अनि आफ्नो बोलावटको बारेमा आफ्नो मन परिवर्तन गर्नुहुने छैन। 30 एक समयमा तिमीहरूले परमेश्वरलाई मान्न अस्वीकार गरेका थियौ। तर अहिले तिमीहरूले परमेश्वरको कृपा पायौ कारण तिनीहरूले आज्ञा पालन गर्न मानेनन्। 31 अनि अहिले तिनीहरूले परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गर्छन् किनभने परमेश्वरले तिनीहरू प्रति कृपा दर्शाउनुभयो। तिनीहरूले पनि परमेश्वरबाट कृपा प्राप्त गरून् भनि त्यसो भएको थियो। 32 सबै मानिसहरू अवज्ञाको कारागारमा यसकारण थुनिएका छन् कि परमेश्वरको कृपा सबैमा पुग्न सकोस्।

परमेश्वरको प्रशंसा गर

33 हो, परमेश्वरको एश्वर्यको सीमा छैन! उहाँको ज्ञान र बुद्धिको कुनै अन्त छैन! कसैले पनि परमेश्वरले गर्नुभएको निर्णयको व्याख्या गर्न सक्तैन। कसैले पनि परमेश्वरको बाटोहरू बुझ्दैन। 34 जस्तो धर्मशास्त्रमा लेखिएको छः

“परमप्रभुको मन कसले जान्दछ?
    उहाँलाई सल्लाह कसले दिनसक्छ?”(AP)

35 “कसैले कहिल्यै परमेश्वरलाई केही उपहार दिएको छ?
    ता कि बद्लिमा परमेश्वरले पनि उसलाई उपहार दिनु परोस्।”(AQ)

36 हो, परमेश्वरले सबै थोक सृजना गर्नुभयो। सबै कूरा उहाँकै कारणले र उनैका निम्ति चलिरहेछ। परमेश्वरको महीमा रहिरहोस्! आमिन।

परमेश्वरलाई तिमीहरूको जीवन देऊ

12 यसैले दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, केही गर भनेर म बिन्ती गर्दछु। परमेश्वरले हामीलाई ठूलो दया देखाउनुभयो। यसकारण परमेश्वरलाई प्रसन्न गर्दै आफ्नो जीवनलाई जीवित बलिदानको रूपमा अर्पण गर। यही तिमीहरूको आत्मिक उपासना हो। सांसारिक स्तरमा आफूलाई परिवर्तन नगर। तर विचारको नयाँ बाटो अप्नाएर आफूलाई आन्तरिक रूपले परिवर्तन गर। अनि त्यसपछि तिमीहरू राम्रो के हो, उहाँलाई के मन पर्छ र सम्पूर्णता के हो, आफैं परमेश्वरको इच्छा पत्तो लाउन समर्थ हुने छौ।

परमेश्वरले मलाई अनुग्रहको वरदान दिनुभएकोछ, म तिमीहरू सबैलाई भन्छु आफू जे छौ त्यो भन्दा बढता आफूलाई नसम्झौं। परमेश्वरले दिनुभएको विश्वासको आधारमा तिमी वास्तवमा बाँचिरहेकाछौ त्यो स्वयं हेर। हामी प्रत्येकको एउटै शरीर छ अनि यो धेरै भागमा बाँडिएको छ। यी भागहरूको एउटै काम हुँदैन। उसै गरी, हामी धेरै मानिसहरू छौं, तर ख्रीष्टमा हामी एक शरीर हौं। अनि प्रत्येक अंग अरू भागहरूका हुन्।

हामी सबैसँग विभिन्न वरदानहरू छन्। हरेक वरदान परमेश्वरको अनुग्रहबाट आएको छ। यदि कसैसँग अगमवाणी गर्ने वरदान छ भने उसले आफ्नो विश्वासको अनुसार त्यसको उपयोग गर्नुपर्छ। यदि कसैसँग सेवाको वरदान छ भने उसले सेवा गर्नुपर्छ। यदि कसैसँग उपदेशको वरदान छ भने उसले उपदेश दिनुपर्छ। यदि कसैसँग उत्साहको वरदान छ भने उसले अरू मानिसलाई उत्साह दिनुपर्छ। यदि कसैसँग अरूलाई सहयोग गर्ने वरदान छ भने उसले उदारतापूर्वक सहयोग गर्नुपर्छ। यदि कसैसँग नेतृत्व गर्ने वरदान छ भने उसले प्रवीणतापूर्वक नेतृत्व दिनुपर्छ। यदि कसैसँग दया देखाउने वरदान छ भने उसले खुशीको साथमा अरूलाई दया देखाउनु पर्छ।

तिमीहरूको प्रेम शूद्ध हुनुपर्छ। ती कुराहरूलाई घृणा गर जुन कुरामा दुष्ट्याइँ छ। असल कुराहरू मात्र गर। 10 एका-अर्कामा दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई जस्तो प्रेम गर। तिमी आफूलाई जस्तो चाहन्छौ आफ्ना दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई त्यो भन्दा अझ बढता सम्मान देऊ। 11 परमप्रभुको काममा अल्छी नहोऊ। आत्मिक रूपले इर्ष्यालु भएर उहाँको सेवा गर। 12 खुशी होऊ किनभने तिमीहरूसँग आशा छ। दुःखमा धैर्य धारण गर। सधैँ प्रार्थना गर। 13 परमेश्वरका मानिसहरूले सहायता खोजेको देखे आफूमा भएको कुरो बाँड र सहायता देऊ। अनि मानिसहरूलाई आफ्नो घरमा स्वागत गर।

14 ती जसले तिमीहरूलाई नराम्रो गर्छ उसित मीठो वचन बोल। तर तिनीहरूलाई नसराप। 15 जब अरूहरू खुशी हुँदछन् तिमी पनि तिनीहरूसँगै खुशी हुनुपर्छ। अनि जब अरूहरू रून्छन् तिमीपनि तिनीहरूसँग रोऊ। 16 परस्परमा शान्तिपूर्वक मिलेर बस। अंहकार नगर। निम्न पदका मानिसहरूसित मित्रता राख। अभिमानी नहोऊ।

17 यदि तिमीलाई कसैले चोट पुर्याँउछ भने तिमीले त्यसको बद्ला नलेऊ। सबै मानिसलाई राम्रो गर्ने प्रयास गर। 18 सबैसँग शान्तिसित बस्ने चेष्टा गर। 19 हे मेरा मित्रहरू, तिमीहरूलाई नराम्रो गर्नेलाई दण्ड दिने कोशिश नगर। परमेश्वरलाई पर्ख, उहाँले क्रोधको बेलामा तिनीहरूलाई दण्ड दिनुहुनेछ। धर्मशास्त्रमा परमप्रभु भन्नुहुन्छ,

“दण्ड़ दिने काम मेरो हो,
    म साटो फेर्ने छु।”(AR)

20 यसर्थ तिमीहरूले यसो गर्नुः

“यदि तिम्रो शत्रु भोको छ भने,
    उसलाई खुवाऊ।
यदि तिम्रो शत्रु प्यासा छ भने,
    उसलाई पानी देऊ।
यसप्रकारले तिमीले ती मानिसहरूलाई लज्जित पार्नेछौ।”(AS)

21 दुष्टले तिमीलाई नजितोस्, तर भलाईले दुष्टलाई जित।

सरकारको शासकहरूको आज्ञा मान्नु

13 तिमीहरू सबैले शासकहरूको आज्ञा मान्नु पर्छ। किनभने शासकहरूलाई अधिकार दिने परमेश्वरनै हुनुहुन्छ। अनि अहिले शासन गर्नेहरू परमेश्वरबाट नियुक्त गरिएका हुन्। यसैले जो शासकहरूको विरोधमा जान्छ ऊ परमेश्वरको नियुक्तिको विरोधमा जान्छ। जो शासकको विरोधमा जान्छ ऊ दण्डित हुनेछ। ज-जसले उचित काम गर्दछन् उनीहरूलाई शासकहरूदेखि डराउने काम छैन। तर ज-जसले अनुचित काम गर्दछन् उनिहरूलाई शासकहरूदेखि डराउनु पर्छ। के तिमीहरू शासकहरूका डरबाट मुक्त हुन चाहन्छौ? तब उचित काम गर, शासकहरूले तिमीहरूको प्रशंसा गर्नेछन्।

शासकवर्ग तिमीहरूलाई सहयोग गर्ने परमेश्वरका सेवक हुन्। तर तिमीले अनुचित काम गर्यो भने तिमी डराउँछौ। शासकसँग दण्ड दिने अधिकार छ अनि उसले यो अधिकार चलाउँछ। अनुचित काम गर्नेलाई दण्ड दिने ऊ परमेश्वरको सेवक हो। तिमीले शासकको आज्ञा मान्नै पर्छ, तिमीले मान्नै पर्छ किन कि मानेनौ भने तिमीले दण्ड पाउन सक्छौ। तिमीले मान्नु पर्छ किनभने तिमी जान्दछौ कि असल काम गरिनु पर्छ।

अनि यसैकारण तिमीहरूले कर पनि तिर्नु पर्दछ। शासकहरू परमेश्वरको सेवा गरिरहेछन् अनि त्यसैको लागि तिनीहरूले आफ्नो समय दिन्छन्। तिमीले जे दिनुपर्छ सबै मानिसलाई देऊ। तिमीले जसलाई कर र महसूल तिर्नु परेको हुन्छ उसलाई तिर। आदर गर्नुपर्ने मानिसलाई आदर गर। सम्मान गर्नु पर्ने मानिसलाई सम्मान गर।

अरूलाई प्रेम गर्नु नै व्यवस्था हो

तिमी कसैसँग ऋणी हुनु हुँदैन। तर तिमीहरू सधैँ एका अर्कामा प्रेमको ऋणी हुनुर्पछ। जसले अरूलाई प्रेम गर्दछ उसले सम्पूर्ण व्यवस्था मान्दछ। म यो किन भन्दैछु? किनभने व्यवस्थाले भन्दछ, “व्यभिचारको पाप नगर, हत्य नगर, कुनै कुरो नचोर, अरूको चीजको लोभ नगर।”(AT) यी सबै आदेशहरू र अन्य आदेशहरू एउटै आदेशमा समाहित छन् “आफूलाई प्रेम गरे जस्तै अरूलाई प्रेम गर।”(AU) 10 प्रेमले कसैलाई चोट पुर्याउँदैन। यसकारण प्रेम गर्नु नै सबै व्यवस्थाको पालन गर्नु हो।

11 मेरो भनाइको कारण यो हो कि हामी अप्ठ्यारो समयमा बाँचिरहेछौं। हो, अब निद्राबाट ब्यूँझिने तिम्रो समय आएको छ। किनभने जति बेला हामीले विश्वास गर्यौं त्यस बेला भन्दा अहिले हाम्रो मुक्ति हामी नजिक भएको छ। 12 “रात” प्रायः सिद्धिसक्यो “दिन” लगभग यहाँ आइसक्यो। यसर्थः हामीले अन्धकारको कामगर्न छोडनु पर्छ, अनि उज्यालाको कामहरू गर्नु पर्छ। 13 दिनको मानिसहरू जस्तो हामीले स्वच्छातापूर्वक काम गर्नुपर्छ। हामी जङ्गली र खर्चिलो भोजमा भुलिनु हुँदैन। हामी दाखरसले मात्तिनु हुँदैन। हामीले व्यभिचारका पापहरू गर्नु हुँदैन र हामीले आफ्ना शरीरले कुनै पाप गर्नु हुँदैन। हामीले झगड़ा गर्नु हुँदैन र ईर्ष्या गर्नु हुँदैन। 14 त्यसको सट्टामा आफूले प्रभु येशू ख्रीष्ट झैं होऊ। आफ्नो पापमय स्वभाव र पापमय इच्छाहरूलाई सन्तुष्टी नदेऊ।

अरूको भर्त्सना नगर

14 कमजोर विश्वास भएका आफ्नो समूहका सदस्यहरूलाई अप्नाउन अस्वीकार नगर। अनि तिनीहरूको विचारमाथि तिनीहरूसित तर्क नगर। आफूलाई जे मन पर्छ त्यो खान सक्छु भन्ने विश्वासहरू एउटा मानिसको हुन सक्छ। तर कमजोर विश्वास हुने अर्को मानिसले सोच्न सक्छ कि ऊ खाली साग-सब्जी मात्र खान सक्छ। अनि जे पनि खान सक्छु भन्ने मानिसले त्यो साग-सब्जी मात्र खाने मानिस भन्दा उत्तम छु भनेर आफूलाई ठान्नु हुँदैन। अनि साग-सब्जी मात्र खाने मानिसले पनि सबै खाने मानिस गल्ती हो भनेर सोच्नु हुँदैन। परमेश्वरले ती दुवैलाई ग्रहण गर्नुहुन्छ। तिमीले अरूको सेवकलाई जाँच्न सक्तैनौ। उसको स्वामीले मात्र त्यसको ठीक र बेठीकको निणर्य गर्नसक्छ। अनि परमप्रभुको सेवक ठीक बन्नेछ किनभने प्रभु तिनलाई ठीक बनाउनु सामर्थी हुनुहुन्छ।

कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्दा महत्वपूर्ण ठान्न सक्छ। अनि अर्को मानिसले सबै दिन एकै ठान्न सक्छ। हरेक मानिस आफ्नो विश्वासमा निश्चित हुनुपर्छ। जसले एउटा दिन भन्दा अर्को दिन महत्वपूर्ण भनेर सोच्दछ उसले त्यो परमप्रभुको लागि सोंच्दैछ। अनि जसले सबै थोक खान्छु भन्छ त्यसले प्रभुको लागि खाँदैछ। हो, त्यस भोजनको लागि उसले प्रभुलाई धन्यवाद दिंदछ। अनि जसले केही थोक खान अस्वीकार गर्दछ जसले प्रभुकै लागि अस्वीकार गरिरहेछ। उसले पनि परमेश्वरलाई धन्यवाद दिंदछ।

हो, हमी सबैजना प्रभुको लागि बाँच्दछौं। हामी आफ्नै निम्ति बाँच्दैनौं अथवा आफ्नै निम्ति मर्दैनौं पनि। यदि हामी बाँच्छौ भने प्रभुको लागि बाँचिरहेकाछौं। अनि यदि हामी मर्छौं भने, हामी प्रभुको लागि मर्दछौं। यसैले हामी मरौं कि हामी बाँचौ हामी प्रभुकै हौं। यही कारणले गर्दा ख्रीष्ट मर्नुभयो र मृत्युबाट बाँच्नु भयो। ख्रीष्टले त्यसै गर्नुभयो र उहाँ मरेकाहरूको लागि पनि र बाँचेकाहरूको लागि पनि प्रभु हुनसक्नु भयो।

10 तब तिमी ख्रीष्टमा भाइ भनेर किन जाँच्छौ? अथवा तिमीले आफूलाई आफ्ना दाज्यू-भाइ भन्दा ठूला किन ठान्छौं? हामी सबैजना परमेश्वरका सम्मुख उभिनु पर्छ। अनि उहाँले हामी सबैलाई जाँच्नु हुन्छ। 11 हो, धर्मशास्त्रमा लेखिएको छः

“‘जसरी म जिबित छु,’ परमप्रभु भन्नु हुन्छ,
    ‘प्रत्येक मानिस मेरो सामु झुक्नेछ;
    अनि प्रत्तेकले मलाईनै परमप्रभु हुन् भन्नेछन्।’”(AV)

12 यसकारण हामी प्रत्येकले परमेश्वरको अघाडी आफ्नो हिसाब दिनु पर्नेछ।

अरूलाई पापी भनेर दोष नलगाऊ

13 यसैले एक अर्कालाई जाँच्ने काम बन्द गरौं। त्यसको सट्टामा तिमीले दाज्यू-भाइका वा दिदी-बहिनीका बाटोमा वाधा नहाल्ने वा केही त्यस्तो नगर्ने निश्चय गर जसले गर्दा ती पाप गर्न तिर लाग्लान्। 14 म प्रभु येशूमा हुँ। म जान्दछु कुनै खाद्य आफैंमा फोहोर छैन। तर यदि कसैले फोहोर भनेर विश्वास गर्छ भने त्यो उसैको लागि फोहोर छ।

15 केही खाँदैमा यदि तिमीले आफ्ना दाज्यू-भाइ दिदी-बहिनीको भावनामा चोट पुर्याउँछौ भने तिमीले प्रेमको बाटो पछ्याउँदैनौ। कसैले गलत सम्झेको खाना खाएर तिमीले उसलाई नष्ट गर्नु हुँदैन। ख्रीष्ट त्यस मानिसको लागि पनि मर्नु भयो। 16 आफूलाई असल लागेको कुनै कुराको निन्दा हुन नदेऊ। 17 परमेश्वरको राज्यमा खानु र पिउनुको कुनै महत्व छैन। परमेश्वरको राज्यमा महत्वपूर्ण कूरा त यी हुन धार्मिकता, शान्ति र पवित्र आत्मामा आनन्द। 18 कसैले यस प्रकारले ख्रीष्टको सेवा गरे उसले परमेश्वरलाई खुशी पार्दछ। अनि त्यो मानिस अरूहरूद्वारा स्वीकृत हुनेछ।

19 यसैले कठोर परिश्रमको साथ त्यस्तो काम गरौं जसबाट शान्ति छाउँछ। अनि त्यस्तो काम गरौं जसमा कि त्यो एका अर्कामा सहयोग बन्न सकोस्। 20 भोजनले परमेश्वरको कार्य नष्ट गर्न नदेऊ। हरेक खाद्य खान लायकको हुन्छ। तर अर्कोलाई पापमा पार्ने खाना खानु अनुचित हो। 21 मासु, दाखरस वा अरू कुनै थोक जसले दाज्यू-भाइ, दिदी-बहिनीलाई पापमा धकेल्दछ। असल हो नखानुनै।

22 यी चिजहरूमा तिम्रो विश्वास परमेश्वर र आफूमाझ राख्नु पर्छ। अपराध बोध नगरी आफूले उचित ठहरयाएको काम गर्ने मानिस धन्य हो। उसलाई परमेश्वरबाट आशिष, प्रदान गरिन्छ। 23 तर कसैले शंका गर्दै केही कुरो खान्छ भने ऊ स्वयं नै दोषी हुँदछ। किनभने उसलाई त्यो उचित हो भन्ने भरोसा भएन अनि भरोसा नभई गरेको जे कुरा पनि पाप हो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International