Print Page Options
Previous Prev Day Next DayNext

Bible in 90 Days

An intensive Bible reading plan that walks through the entire Bible in 90 days.
Duration: 88 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यहूदा - प्रकाश 17

येशू ख्रीष्टको दास अनि याकूबको एक भाइ, यहूदाबाट।

ती सबै मानिसहरू प्रति जो परमेश्वरद्वारा चुनिएकाछन्। पिता परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरू येशू ख्रीष्टको विश्वासमा सुरक्षित राखिएका छौ।

सम्पूर्ण कृपा, शान्ति अनि प्रेम तिमीहरूमा रहोस्।

खराब काम गर्ने मानिसहरूलाई परमेश्वरले दण्ड दिनु हुनेछ

प्रिय मित्रहरू, म तिमीहरूलाई हामी सबैले एकसाथ सहभागी भएको उद्धारको बारेमा लेख्न खूबै इच्छुक भएको छु। म तिमीहरूलाई परमेश्वरले उहाँको पवित्र मानिसहरूलाई प्रदान गर्नु भएको विश्वासको निम्ति कठिन संङ्घर्ष गर्ने उत्साह प्रदान गर्ने इच्छा गर्छु। परमेश्वरले यो विश्वास एकै पल्ट प्रदान गर्नुभयो अनि यो सबै समयको निम्ति पर्याप्त भयो। कोही मानिसहरू तिमीहरूको समूहमा सुटुक्क पसेका छन्। तिनीहरूले गरिरहेका कुराको निम्ति दोषी ठहर्याई सकिएकोछ। धेरै अघि, अगमवक्ताहरूले तिनीहरूको विषयमा लेखेका थिए। तिनीहरू परमेश्वरका शत्रुहरू हुन्। तिनीहरूले हाम्रा परमेश्वरको अनुग्रहलाई हर तरहको पापकर्म गर्ने अनुमति पत्र बनाएका छन्। तिनीहरू हाम्रा एकमात्र मालिक एवं प्रभु येशू ख्रीष्टलाई अस्वीकार गर्छन्।

तिमीहरूले जानिसकेको कुराहरू तिमीहरूलाई स्मरण गराउनमा म सहायता गर्न चाहन्छु याद गर कि प्रभुले मिश्र देशबाट बाहिर ल्याएर उहाँका मानिसहरूलाई बचाँउनु भयो। तर उहाँले ती सबै मानिसहरूको संहार गर्नु भयो जसले विश्वास गरेनन्। अनि याद गर, ती स्वर्गदूतहरूलाई जो सित अधिकार थियो तर उहाँले राख्नु भएन। तिनीहरूले आफ्नै घर त्याग गरे। यसर्थ प्रभुले ती स्वर्गदूतहरूलाई अन्धकारमा राख्नु भयो। तिनीहरूलाई सदा रहिरहने बन्धनमा बाँध्नु भयो। उहाँले त्यो महान् दिनमा न्याय गर्न तिनीहरूलाई राख्नु भयो। सदोम अनि गमोरा शहरहरू अनि वरिपरिका अन्य शहरहरूलाई स्मरण गर। तिनीहरू पनि ती स्वर्गदूतहरू जस्तै हुन्। ती शहरहरू व्यभिचार अनि अ-प्राकृतिक आनन्द मनाइरहेका थिए। तिनीहरूले अनन्त जलनको दण्ड भोग्छन्। तिनीहरूको दण्ड हाम्रो निम्ति उदाहरण हो।

ती तिमीहरूका दलमा पस्ने मानिसहरू पनि त्यही अनुशरण गर्छन्। तिनीहरूलाई तिनीहरूको सपनाले डोर्याएको छ अनि तिनीहरूले स्वयंलाई अनैतिक पारेका छन्। तिनीहरू आफैंलाई अनैतिक बनाउँछन्। तिनीहरू परमेश्वरलाई अस्वीकार गर्छन् अनि महिमामय स्वर्गदूतहरूको निन्दा गर्छन्। प्रधान स्वर्गदूत मिखाएलले पनि यसो गरेनन्। मिखाएलले शैतानसँग मोशाको शरीर छ भन्ने कुरामा मानेन। तर मिखाएलले निन्दनीय वचनहरूले शैतानलाई गाली गर्ने आँट गरेनन्। यसकारण, मिखाएलले भने, “परमप्रभुले तिमीलाई दण्डित तुल्याउने छन्।”

10 तर यी मानिसहरू जुन कुराहरू आफैंले बुझेका छैनन् त्यस बारेमा निन्दनीय शब्दहरू प्रयोग गर्छन्। अनि तिनीहरूले जे बुझ्छन् बुद्धिद्धारा होइन तर लाटा विवेक अनि शून्य पशुले भै बुझ्छन्। अनि यी कुराहरूद्वारा तिनीहरू ध्वंश हुन्छन्। 11 यो तिनीहरूका निम्ति अत्यन्तै नराम्रो हुनेछ। यी मानिसहरूले कयिन हिँडेको मार्ग अनुशरण गरेका छन्। धन कमाउन तिनीहरू बालाम हिँडेको बाटोमा हिंडिरहेका छन्। तिनीहरू परमेश्वरको विरोधमा कोरह झैं लड़छन्। यसर्थ कोरह झैं तिनीहरू पनि सड्नेछन्।

12 यी मानिसहरू तिमीहरूको समूह भोजमा भएका फोहोर दागहरू जस्तै हुन्। तिनीहरू तिमीहरूको भोजनमा साथ दिन्छन् अनि निर्भय साथ खान्छन्। तिनीहरू आफ्नै स्वार्थ केन्द्रित गोठालाहरू हुन्। ती वृष्टिहीन मेघहरू हुन्। बतासले तिनीहरूलाई चारैतिर उडाउँछ। तिनीहरू ती बृक्षहरू हुन् जुन समयमा फल दिँदैनन्, अनि भूँइबाट उखेलिन्छन्। यसरी तिनीहरू पूर्णरुपले मर्छन्। 13 तिनीहरू समुद्रका भयानक छाल जस्तै हुन्। छालले फिँज सृष्टि गर्छ। यी मानिसहरूले, छालले फिँज उत्पन्न गरे भै लज्जापूर्ण कुराहरू गर्छन्। यी मानिसहरू ती ताराहरू जस्तै हुन् जो आकाशमा निरुद्देश्य घुम्छन्। तिनीहरूको निम्ति चुक झैं कालो ठाँउ सदैवको लागि राखिएको छ।

14 आदमका सातौं सन्तान हनोकले तिनीहरूको बारेमा यसो भनेका छन् “हेर, प्रभु उहाँका हजारौं-हजार पवित्र दूतहरूसँग आउँनु हुँदैछ। 15 प्रभुले हरेक मानिसको न्याय गर्नु हुनेछ। प्रभु सबै मानिसहरूको न्याय गर्न अनि जो परमेश्वरका विरुद्ध छन्, तिनीहरूलाई दण्ड दिन आउँनु हुँदैछ। परमेश्वरले तिनीहरूले गरेको परमेश्वर विरोधी जम्मै कुराहरूको निम्ति तिनीहरू सबैलाई दण्ड दिनुहुनेछ। उहाँले यी पापीहरूलाई, जो परमेश्वरका विरुद्धमा जति कर्णकदु कुरा गरे ती सबैको निम्ति दण्ड दिनु हुनेछ।”

16 यी मानिसहरू सदैव विरोध जनाउँछन् अनि अरूको त्रुटि खोज्छन्। तिनीहरूले सदैव तिनीहरूले गर्न चाहेका कुकर्महरू गर्छन्। तिनीहरू आफ्नै गर्व गर्छन्। तिनीहरूले अन्य मानिसहरूको विषयमा राम्रो कुरा भन्नुको एउटा कारण तिनीहरू जे चाहन्छन् त्यो प्राप्त गर्नु हो।

चेतावनी अनि कर्त्तव्य

17 प्रिय मित्रहरू, हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितले के अगमवाणी गरेका छन्, याद गर। 18 प्रेरितले तिमीहरूलाई भनेका थिए, “आखिरमा त्यहाँ मानिसहरू हुने छन् जो परमेश्वरबारे आक्षेप गर्नेछन्। तिनीहरूले आफ्नो इच्छा पूरा गर्नेछन् अनि परमेश्वर विरुद्धका कुराहरू गर्नेछन्।” 19 यी मानिसहरू तिनीहरूका पापमय आत्माले खोजेको मात्र गर्छन्। तिनीहरूको आत्मा हुँदैन।

20 तर प्रिय मित्रहरू, तिमीहरू स्वयंलाई दृढ तुल्याउनका निम्ति तिमीहरूका अति पवित्र विश्वास उपयोग गर। पवित्र आत्मासित प्रार्थना गर। 21 तिमीहरू स्वयंलाई परमेश्वरको प्रेममा राख। तिमीहरूलाई सदाको निम्ति जीवन प्रदान गर्न उहाँका कृपा सहित प्रभु येशू ख्रीष्टको प्रतीक्षा गर।

22 जो मानिसहरू सन्देह गर्छन् तिनीहरूलाई दया देखाऊ। तिमीहरूले कोही मानिसहरूलाई बचाँउनु आवश्यक छ। 23 तिमीहरू तिनीहरूलाई आगोबाट खोस। तर खुबै सावधान बन जब तिमी अन्य मानिसहरूलाई सहायता गर्छौ। तिनीहरूका वस्त्र समेतलाई घृणा गर जुन पापले फोहोर भएका छन्।

परमेश्वरको स्तुति गर

24 परमेश्वर शक्तिशाली हुनुहुन्छ अनि तिमीहरूलाई पतन हुनबाट जोगाउन सहयोग गर्ने योग्य हुनुहुन्छ। कुनै दोष अनि महा आनन्द बिनै उहाँको महिमामय उपस्थिति अघि तिमीलाई ल्याउन योग्य हुनुहुन्छ। 25 उहाँ एक मात्र परमेश्वर हुनुहुन्छ जसले हामीलाई बचाँउनु सक्नुहुन्छ। सबै बितेका समय, अहिले, अनि सदासर्वदा हाम्रा प्रभु येशू ख्रीष्ट मार्फत महिमा, महानता, शक्ति अनि अधिकार उहाँका साथ रहुन्। आमिन।

यूहन्ना यस पुस्तकको विषयमा भन्छन्

यो येशू ख्रीष्टको अभिमानिस हो। परमश्वरले येशूलाई यी कुराहरू, अब चाँडै जे घट्नेवाला छ सो उनका सेवकहरूलाई दर्शाउनका निम्ति प्रदान गर्नुभयो। ख्रीष्टले आफ्ना सेवक यूहन्नालाई यी कुराहरू दर्शाउनका निम्ति आफ्ना स्वर्गदूत पठाउँनु भयो। यूहन्नाले आफूले देखेका कुरा भने। यही सत्य हो की येशू ख्रीष्टले तिनलाई भन्नुभयो अनि यो परमश्वरको सन्देश हो। त्यो मानिस धन्य हो जसले यो पढिरहेको छ अनि तिनीहरू धन्य हुन् जो यी अगमवाणीको शब्दहरू सुन्दछन् र यही अनुसार कामहरू गरिरहेका छन्। किनभने धेरै समय बाँकी छैन।

यूहन्ना येशूका सन्देशहरू मण्डलीहरूलाई लेख्छन्

यहून्नाबाट,

एशिया प्रान्तका सातवटा मण्डलीहरूलाई:

अनुग्रह अनि शान्ति रहोस् तिमीहरूलाई उहाँद्वारा जो अहिले हुनुहुन्छ, जो सदैव हुनुहुन्थ्यो, अनि जो आउँदै हुनुहुन्छ अनि उहाँको सिंहासन अघिका सात आत्माहरूद्वारा अनि विश्वासी साक्षी येशू ख्रीष्टद्वारा। मृत्युबाट बौराइनु भएको उहाँ पहिलो हुनुहुन्छ। येशू पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ।

येशू नै एकजना हुनुहुन्छ जसले हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रा पापबाट आफ्नो रगतले स्वतन्त्र तुल्याउनु भयो। येशूले हामीलाई एउटा राज्यमा परिणत गर्नुभयो। उहाँले आफ्नो पिताको सेवाको लागि हामीलाई पूजाहारीहरू बनाउनु भयो। सदाका निम्ति येशूमा महिमा अनि शक्ति रहिरहोस्। आमिन।

हेर, येशू मेघहरूमा आँउदै हुनुहुन्छ। उहाँलाई सबै मानिसहरूले, ती मानिसहरू जसले घोंचेका थिए तिनीहरूले पनि देख्नेछन्। उहाँको कारणले पृथ्वीका सम्पूर्ण मानिसहरू जोडले कराउनेछन्। यो सत्य हो, यो घट्ने छ। आमिन।

प्रभु परमेश्वर भन्नुहुन्छ, “म अल्फा अनि ओमेगा[a] हुँ। म नै एक हुँ जो अहिले छु, जो सदैव थिए अनि जो आउँदै छु। म सर्व शक्तिमान हुँ।”

म यूहन्ना हुँ अनि म तिमीहरूको भाइ जो कष्टमा राज्यमा अनि धैर्यपूर्वकको सहनशीलतामा सहभागिता गर्छ। म पत्मोस टापूमा थिएँ किनभने म परमेश्वरको सन्देश अनि येशूको सत्यप्रति विश्वासी थिएँ। 10 परमप्रभुको दिनमा आत्माले मलाई अधिकारमा लियो। मैले मेरो पछि एक ठूलो आवाज सुनें। त्यो तुरहीको आवाज जस्तो सुनियो। 11 त्यो आवाजले भन्यो, “तिमीले जे देख्नेछौ एउटा पुस्तकमा लेख अनि त्यसलाई सात मण्डलीहरूमा एफिसस, स्पर्ना, पर्गामम, थिआटायरा, सार्डिस, फिलाडेल्फिया अनि लाओडिसियामा यो पत्र पठाऊ।”

12 को हो जो मसित बात गदैंछ भनी हेर्न म पछि फर्किएँ। जब म फर्किएँ, मैले सुनका सातवटा दीप-दानी देखे। 13 मैले ती दीप-दानी माझमा कसैलाई देखें जो “मानिसको पुत्र” जस्तै हुनुहुन्थ्यो। तिनीले खुट्टा छुने एक लामो पोशाक लगाइरहेका थिए। तिनको छाती वरिपरि सुनौलो पेटी बाँधिएको थियो। 14 तिनको शिर अनि केश हिउँ र ऊन जस्तो सेतो थियो। उहाँका आँखा आगोको ज्वाला जस्ता थिए। 15 तिनका पाउहरू भट्टीमा चम्किरहेको काँसा जस्ता थिए। तिनको आवाज बाढी आएको समयको छालको जस्तो थियो। 16 उहाँको दाहिने हातमा सातवटा ताराहरू थिए। एउटा दुइपट्टिधार भएको लाग्ने तरवार तिनको मुखबाट निस्कियो। तिनको अनुहार मध्यान्हमा चम्केको सूर्य जस्तै देखिन्थ्यो।

17 जब मैले उहाँलाई देखें, म एक मरेको मानिस जस्तै उहाँको गोडामा परें। उहाँले आफ्नो दाहिने हात ममा राखेर भन्नुभयो, “भयभित नहोऊ, नडराऊ। म आदि अनि अन्त हुँ। 18 म नै एक हुँ जो बाँचेको छु। एक जो जीवीत छु म नै हुँ। म मरेको थिएँ। तर हेर, म सदा-सर्वदाको लागि जीवित छु। अनि मसँग मृत्यु र पातालको साँच्चोहरू छन्। 19 यसर्थ तिमीले जो देख्यो लेख। ती लेख जो भइरहेको छ, अनि जो पछि भविष्यमा हुनेवाला छ। 20 तिमीले मेरो दाहिने हातमा देखेका सातवटा ताराहरू अनि तिमीले देखेका सातवटा सुनौला दीप-दानीहरूको गुप्त अर्थ यस्तो छ। ती सातवटा दीप-दानीहरू सातवटा मण्डलीहरू हुन्। ती सातवटा ताराहरू सातवटा मण्डलीका स्वर्गदूतहरू हुन्।”

एफिसस को मण्डलीलाई येशूको पत्र

“एफिससको मण्डलीका स्वर्गदूतलाई यो लेखः

“तिनी जसले आफ्नो दाहिने हातमा सातवटा ताराहरू लिएका छन् अनि सातवटा सुनौला दीप-दानी माझ हिड्नेछन्, तिमीहरूलाई यी कुराहरू भनिरहेका छन्।

“मलाई तिमीहरूको कार्य, कठिन परिश्रम र धैर्य थाहा छ अनि थाहा छ कि तिमीहरूले दुष्ट मानिसहरूलाई सहन सक्दैनौ। तिमीहरूले तिनीहरूलाई जो आफैं प्रेरितहरू हौं भन्ने दावी गर्छन्, जाँचेका छौ। तिमीहरूले तिनीहरूलाई झूटो पायौ। तिमीहरूले लगातार कोशिश गरिरह्यौ। तिमीहरूले मेरो नाउँका निम्ति दु:ख-काष्ट सह्यौ अनि तिमीहरू यसो गर्नमा थकित भएनौ।

“तर तिमीहरूको विरुद्ध मसँग यस्तो कुरो छ तिमीहरूसित शुरुमा भएको प्रेम तिमीहरूले त्यागेका छौ। यसर्थ याद राख, तिमीहरूको पतन हुन अघि तिमीहरू कहाँ थियौ। तिमीहरूको हृदय परिवर्तन गर अनि तिमीहरूले पहिला गरेका कुराहरू गर। यदि तिमीहरू परिवर्तन भएनौ भने, म तिमीहरूकहाँ आउनेछु र म दीप-दानी त्यसको स्थानबाट हटाउनेछु। तर तिमीहरूको पक्षमा केही छ, तिमीहरू निकोलाइटहरूले[b] गरेका कुरा तिरस्कार गर्छौ। तिनीहरूले जे गर्छन् त्यो म पनि घृणा गर्छु।

“ऊ जसले सुन्छ आत्माले के भन्नु हुन्छ मण्डलीले सुन्नुपर्छ। त्यो मानिस जसले विजय प्राप्त गर्छ, म उसलाई जीवनरुपी रुखको फल खाने अधिकार दिनेछु। यो रुख परमेश्वरको बगैंचामा छ।

स्पर्नाको मण्डलीलाई येशूको पत्र

“स्मर्नाको मण्डलीका स्वर्गदूतलाई यो लेख:

“तिनी एक जो आदी अनि अन्त हुन् तिमीहरूलाई यो कुरा भन्दैछन्। उनी नै एक हुन् जो मरे अनि फेरि मृत्युबाट जीवनमा फर्की आए।

“मलाई तिमीहरूको कष्ट थाहा छ। अनि मलाई थाहा छ कि तिमीहरू निर्धन छौ। तर वास्तवमा तिमीहरू धनवान् छौ। कोही मानिसहरूले तिमीहरूको विरोधमा भनेको नराम्रा कुराहरू मलाई थाहा छ। तिनीहरू दावी गर्छन् कि तिनीहरू यहूदीहरू हुन्। तर तिनीहरू साँच्चो यहूदीहरू होइनन्। तिनीहरू शैतानको सभा-घर हुन्। 10 तिमीहरूले पाउने कष्टहरूमा भयभीत नबन। म तिमीहरूलाई भन्दछु, शैतानले तिमीहरू मध्ये कसैलाई कैदखानामा परीक्षा लिनका निम्ति हाल्नेछ। तिमीहरूले दशै दिन सम्म यातना भोग्नेछौ। तिमीहरूले जीवनको मूल्य चुकाउनु परे पनि विश्वासी भई रहनु। यदि तिमीहरू विश्वासी रह्यौ भने, म तिमीहरूलाई जीवनको मुकुट प्रदान गर्नेछु।

11 “जसले सुन्न सक्छ मण्डलीहरूलाई आत्माले के भनिर हुनुभएकोछ, सुन्नुपर्छ। जसले विजय प्राप्त गर्छ उसलाई दोस्रो मृत्युले चोट पुर्याउने छैन।

पर्गाममको मण्डलीलाई येशूको पत्र

12 “पर्गाममको मण्डलीका स्वर्गदूतलाई यो लेख:

“जोसित लाग्ने दुइधारे तरवार छ, तिमीहरूलाई यी कुराहरू भनिरहेछन्।

13 “मलाई थाहा छ तिमीहरू कहाँ बस्छौ। तिमीहरू त्यहाँ बस्छौ जहाँ शैतानको आफ्नो सिंहासन छ। तर तिमीहरू म प्रति विश्वासी छौ। तिमीहरूले एन्टियासको समयमा पनि म प्रतिको विश्वास बारे भन्न अस्वीकार गरेनौ। एन्टिपास मेरा विश्वासी साक्षी थिए जसलाई तिमीहरूको नगरमा मारियो। तिमीहरूको नगर त्याही हो जहाँ शैतान बस्छ।

14 “तर तिमीहरूका विरुद्ध मेरा केही कुराहरू छन् तिमीहरूको समुदायमा केही मानिसहरू छन् जो बालामको शिक्षा पालन गर्छन्। इस्राएलका मानिसहरूलाई मूर्ति अघि चढाइएका बलि खानु र यौन पाप गर्नु प्रलोभित पार्नु बालामले बालाकलाई सिकाए। 15 तिमीहरूको सम्प्रदायमा पनि यस्तै छ। तिमीहरू माझ निकोलाइटन्सको शिक्षा अनुशरण गर्ने मानिसहरू छन्। 16 यसर्थ तिमीहरूको हृदय परिवर्तन गर। यदि तिमीहरू परिवर्तन भएनौ भने, मेरो मुखबाट निस्कने तरवार लिएर ती मानिसहरूसँग लड्न चाँडै तिमीहरूकहाँ आउनेछु।

17 “जसले सुन्नुसक्छ मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ सुन्नुपर्छ।

“म त्यस विजयलाई प्राप्त गर्ने हरेक व्यक्तिलाई लुकाई राखेको मन्ना दिनेछु। म त्यस व्यक्तिलाई सेतो पत्थर पनि दिनेछु। यो पत्थरमा नयाँ नाउँ लेखिएको छ। त्यो मानिस जसले मात्र त्यो पत्थर पाउँछ, त्यो नयाँ नाउँ जान्नेछ।

थिआटीराको मण्डलीलाई येशूको पत्र

18 “थिआटीराको मण्डलीका स्वर्गदूतलाई यो लेख:

“परमेश्वरका पुत्रले यी कुराहरू भन्दैहुनुहुन्छ। उहाँ नै एक हुनु हुन्छ जसका आँखा आगो जस्तै जल्दैछन् अनि पाउ चम्किलो काँसा जस्ता छन्। उनले तिमीहरूलाई जे भन्नु हुन्छ, त्यो यस्तो छ

19 “तिमीहरूले के गरेका छौ मलाई थाहा छ। म तिमीहरूको प्रेम, विश्वास, सेवा अनि धीरजको बारेमा जान्दछु। मलाई थाहा छ तिमीहरूले अहिले शुरुमा जे गरेका थियौ त्यो भन्दा अधिक गर्दैछौ। 20 तर तिमीहरू विरुद्ध मसँग यो कुरा छ तिमीहरूले जिजेबेल नाउँकी स्त्रीलाई उसले चाहेको कुरा गर्न दियौ। उसले दावी गर्छे की ऊ एक अगमवक्ता हो। तर उसले मेरा मानिसहरूलाई आफ्ना शिक्षाद्वार टाढा लगिरहेकी छे। जिजेबेलले मेरा मानिसहरूलाई यौन पाप गर्न अनि मूर्तिहरू अघि अर्पण गरेको खाद्य पदार्थ खान अग्रसर पारिरहेकी छे। 21 मैले उसलाई आफ्नो हृदय परिवर्तन गर्ने अनि आफ्नो पापदेखि मुक्त हुने मौका दिएको छु। तर ऊ परिवर्त्तन हुन चाहाँदिन।

22 “यसर्थ म उसलाई शैंय्यामा फालिदिनेछु। अनि सबै मानिसहरू, जो उसित व्याभिचार गर्छन्, तिनीहरूले साह्रै कष्ट भोग्नेछन् यदि उसको दुष्ट जीवन शैली अनुशरण गर्न नछोडे। 23 म उसको छोरा-छोरीहरूलाई पनि मार्नेछु। अनि सबै मण्डलीहरूले, थाहा पाउनेछन् कि म उही हुँ। जसले मानिसहरूका मन अनि हृदय जान्दछ। अनि म तिमीहरूको कर्म अनुसार दिनेछु।

24 “तर थिआटीराका तिमीहरू जस्ता अन्य मानिसहरूले उसको शिक्षा स्वीकार गरेका छैनन्। तिमीहरूले ती कुराहरू जानेका छैनौ जुन तिनीहरू शैतानको गहन रहस्य भनी दावी गर्छन्। म तिमीहरूलाई जे भन्छु त्यो यो हो म तिमीहरूमाथि अरू भारी लदाउने छैन। 25 म नआएसम्म तिमीहरू यही तरीकामा बस।

26 “जसले विजय प्राप्त गर्छ अनि, अन्तिम सम्म मैले चाहेका कुराहरू गरिरहन्छ म ती प्रत्येकलाई राष्ट्रहरूमाथि अधिकार दिनेछु 27 उसले तिनीहरूमाथि अत्यन्तै कडा शासन चलाउनेछ। उसले त्यसलाई फुटेको माटाका भाँडाहरू जस्तै टुक्रा-टुक्रा पार्नेछ।[c] 28 जस्तो मैले मेरा पिताबाट अधिकार पाएँ, म त्यस व्यक्तिलाई दिनेछु, म त्यस व्यक्तिलाई विहानको तारा दिनेछु। 29 जसको सुन्ने कान छ, त्यसले सुनोस् पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ।

सार्डिसको मण्डलीलाई येशूको पत्र

“सार्डिसको मण्डलीका स्वर्गदूतलाई यो लेख:

“उहाँ जसकोमा सात आत्माहरू अनि सात ताराहरू छन् तिमीहरूलाइ यस्तो भनिरहनु भएकोछ तिमीहरूले गर्दै गरेका कुरा मलाई थाहा छ:

“मानिसहरूले भन्दछन् कि तिमीहरू जीवित छौ। तर वास्तवमा तिमीहरू मृत हौ। उठ! जब तिमीहरूसित केही शेष छ, सम्पूर्ण रुपले मर्न भन्दा स्वयंलाई बलियो तुल्याऊ। मैले यो थाहा पाएँ कि तिमीहरूका कार्यहरू परमेश्वरले इच्छा गर्नुभए झैं भएनन्। यसर्थ तिमीहरूले जे प्राप्त गरेका छौ अनि जुन तरिकाले सुन्यौ त्यो याद राख त्यसको पालन गर। तिमीहरूको हृदय अनि जीवनलाई परिवर्तन गर। तिमीहरू व्यूँझ र उठ नत्र म तिमीहरूकहाँ आउनेछु अनि चोरले जस्तै आश्चर्य चकित तुल्याउनेछु। म कहिले आउनेछु त्यो तिमीहरूले थाहा पाउने छैनौं।

“तर सार्डिसको तिमीहरूसित तिमीहरूको समूहमा कोही मानिसहरू छन् जसले तिनीहरू स्वयंलाई स्वच्छ राखेका छन्। ती मानिसहरू मसित हिँड्नेछन्। तिनीहरूले सेतो वस्त्र पहिरिने छन् किनभने तिनीहरू त्यसका योग्य छन्। हरेक मानिस जसले विजय प्राप्त गर्छ, यी मानिसहरूले जस्तै सेतो बस्त्र लाउनेछ। म त्यस व्यक्तिको नाउँ जीवनको पुस्तकबाट हटाउने छैन। म दावी गर्नेछु कि उ मेरो हो। म यो कुरा मेरा पिता अनि उनका स्वर्गदूतहरूको समक्ष भन्नेछु। हरेक मानिस जसले यी कुराहरू सुन्छ आत्माले मण्डलीहरूलाई जे भनिरहेको छ उसले त्यो सुन्न पर्छ।

फिलाडेल्फियाको मण्डलीलाई येशूको पत्र

“फिलाडेल्फियाको मण्डलीलाइ यो लेख:

“उहाँ जो पवित्र अनि सत्य हुनुहुन्छ, तिमीहरूलाई यी कुराहरू भन्नु हुन्छ। उहाँसित दाऊदको चाबी छ। जब उहाँले केही खोल्नु हुन्छ कसैले त्यसलाई बन्द गर्न सक्तैन। अनि यदि उहाँले केही बन्द गर्नु हुन्छ भने कसैले खोल्न सक्तैन।

“मलाई तिमीहरूले गरेका कुराहरू थाहा छन्। मैले तिमीहरू समक्ष ढोका खुला राखेको छु। कुनै व्यक्तिले त्यासलाई बन्द गर्न सक्तैन। तिमीहरूको शक्ति सीमित छ भनी मलाई थाहा छ। तिमीहरूले मेरो उपदेश अनुशरण गरेका छौ। मेरो नाउँ उच्चारण गर्न तिमीहरू डराएका थिएनौ। सुन, त्याहाँ एक सभाघर छ जो शैतानको हो। तिनीहरू दावी गर्छन् कि तिनीहरू यहूदीहरू हुन् तर झूटो हो। तिनीहरू साँच्चो यहूदीहरू होइनन्। म तिनीहरूलाई तिमीहरू समक्ष आउन अनि तिमीहरूको अघि झुक्न वाध्य गराउँनेछु। तब तिनीहरूले थाहा पाउनेछन् कि मैले प्रेम गरेका मानिसहरू तिमीहरू नै हौ। 10 तिमीहरूले धैर्यपूर्वक मेरो आदेश अनुशरण गर्यौ। यसर्थ म तिमीहरूलाई दुःख कष्टको समयमा रक्षा गर्नेछु जो सम्पूर्ण संसारको निम्ति आउनु हुनेछ। यो दुःख कष्टले पृथ्वीमा बस्ने मानिसहरूलाई जाँच गर्नेछ।

11 “म चाँडै आउँदैछु। तिमीहरू अहिले कै स्थितिमा बस। तब कुनै पनि व्यक्तिले तिमीहरूको मुकुट खोस्ने छैन। 12 मानिस जसले विजय प्राप्त गर्छ उसलाई म मेरा परमेश्वरको मन्दिरको खम्बा बनाउनेछु। त्यस व्यक्तिले फेरि कहिल्यै पनि परमेश्वरको मन्दिर छोडनु पर्नेछेन। म मेरा परमेश्वरको नाउँ अनि मेरा परमेश्वरको नगरको नाउँ त्यस व्यक्तिमा लेख्नेछु। त्यो नगर नयाँ येरुशलेम हो जुन स्वर्गदेखि तल झरिरहेको छ। म मेरो नयाँ नाउँ पनि त्यस व्यक्तिमा लेखिदिनेछु। 13 त्यो मानिस जसले यी कुराहरू सुन्छ मण्डलीहरूलाई आत्माले के भनी रहनु भएको छ त्यो सुन्नुपर्छ।

लाउडिसियको मण्डलीलाई येशूको पत्र

14 “लाउडिसियाको मण्डलीका स्वर्गदूतलाई यो लेख:

“आमिन[d] एक हुनुहुन्छ जसले तिमीहरूलाई यी कुराहरू भनिरहनु भएको छ। उहाँ विश्वासी अनि साँच्चो साक्षी हुनुहुन्छ। उहाँ परमेश्वरको सम्पूर्ण सृष्टिका शासक हुनु। उहाँ यसो भन्नु हुन्छ

15 “तिमीहरूले जे गर्छों म जान्दछु। तिमीहरू न तातो छौ न चिसो। म इच्छा गर्छु, तिमीहरू न तातो होऊ न चिसो होऊ। 16 तर तिमीहरू केवल मन-तातो छौ, न तातो न चिसो। यसर्थ मेरो मुखबाट म तिमीहरूलाई उगेल्न तयार छु। 17 तिमीहरू दावी गर्छों तिमीहरू धनवान छौ। तिमीहरू सोच्छौ तिमीहरू सम्पत्तिवान भयौ अनि केही कुरा चाहिंदैन। तर तिमीहरू जान्दैनौ कि तिमीहरू वास्तवमा भयानक, दयनीय, गरीब, अन्धा अनि नग्न छौ। 18 म तिमीहरूलाई आगोमा शुद्ध पारिएको सुन मेरोबाट किन्ने सल्लाह दिन्छु। तब तिमीहरू साँच्चै धनवान हुन सक्ने छौ। म तिमीहरूलाई यो भन्दैछु। तिमीहरूको लज्जास्पद औ नग्नता ढाक्नु सेतो बस्त्र मबाट किन, अनि आँखामा लाउने औषधि किन। तब तिमीहरू साँच्चै देख्न सक्नेछौ।

19 “जसलाई म प्रेम गर्छु म सच्याउँछु अनि अनुशासित पार्छु तिनीहरूलाई यसर्थ सकेसम्म चेष्टा गर। तिमीहरूको हृदय अनि जीवनलाई परिवर्तन गर। 20 म यहाँ छु! म ढोकामा उभिन्छु अनि ढक्ढकाउँछु। यदि कुनै मानिसले मेरो स्वर सुन्छ अनि ढोका खोल्छ भने म भित्र पस्नेछु अनि म तिनीसँग भोजन गर्नेछु। अनि उसले मसित भोजन गर्नेछ।

21 “म हरेक मानिसलाई, जसले विजय प्राप्त गर्छ, मेरो सिंहासनमा मसित बस्न अधिकार दिनेछु। त्यसरी मैले विजय प्राप्त गरें अनि म उनीसित उनको सिंहासनमा बसें। 22 प्रत्येक मानिस, जसले यी कुराहरू सुन्छ, मण्डलीहरूलाई आत्माले जे भनिहेछ, त्यो सुन्नुपर्छ।”

यूहन्नाले स्वर्ग देखे

तब मैले हेरें अनि मेरो अगाडी स्वर्गमा एउटा ढोका खोलिएको थियो। अनि मैले त्यही आवाज सुनें जो मैले अघि सुनेको थिएँ। त्यो आवाज तुरहीको आवाज जस्तो थियो। त्यो स्वरले भन्यो, “यहाँ माथि आऊ, अनि म तिमीलाई यसपछि के हुनु पर्छ त्यो देखाउने छु।” तब आत्माले मलाई नियन्त्रणमा लियो। स्वर्गमा मेरो अघि एउटा सिंहासन थियो। त्यस सिंहासनमा कोही बसिरहेका थिए। उहाँ एक जो सिंहासनमा बस्नु भएको थियो, मूल्यवान पत्थर-जास्पर अनि गोमेद जस्तै देखिनु हुन्थ्यो। सिंहासनको वरिपरि पन्ना जस्तै स्पष्ट रङ्ग सहितको इन्द्र-धनुष थियो।

सिंहासनको वरिपरि चौबीसवटा अन्य सिंहासनहरू थिए। ती चौबीस सिंहासनमा चौबीस जना अग्रजहरू बसिरहेका थिए। ती अग्रजहरू सेतो लुगामा थिए अनि तिनीहरूका शिरमा सुनको मुकुट थियो। सिंहासनबाट बिजुली चम्किरहेथ्यो अनि गड्याङ-गुडुङको आवाज आइरहेको थियो। सिंहासनको अधि सातवटा दीप बलिरहेका थिए। ती दीपहरू परमेश्वरका सातवटा आत्माहरू हुन्। सिंहासनको अघि काँचका समुद्र झैं केही थियो। त्यो स्फटिक जस्तै स्वच्छ थियो।

सिंहासनको सामुन्ने अनि प्रत्येक छेऊमा चारवटा सजीव बस्तु थिए। ती सजीव बस्तुहरूका अघाडि, पछाडि सम्पूर्ण शरीर भरि आँखाहरू थिए। पहिलो सजीव बस्तु सिंह जस्तै थियो। दोस्रो गाई जस्तै थियो। तेस्रोको अनुहार मानिसको अनुहार जस्तै थियो। चौथो उडिरहेको गरुड़ जस्तो थियो। यी प्रत्येक चार सजीव बस्तुहरूका छ वटा पखेंटाहरू थिए। यी सजीव बस्तुहरूका शरीर भरि, भित्र अनि बाहिर आँखाहरूले भरिएका थिए। तिनीहरू यसो भनिरहन दिन रात रोकिएनन्:

“पवित्र, पवित्र, परमप्रभु परमेश्वर पवित्र छन्, सर्व-शक्तिमान छन्।
उनी सर्वदा थिए, उनी छन् अनि उनी आउँदैछन्।”

यी सजीव वस्तुहरूले त्यहाँ “एक” जो सिंहासनमा हुनु हुन्थ्यो, उहाँलाई महिमा, सम्मान अनि धन्यवाद अर्पण गर्छन्। उहाँ एक हुनुहुन्छ जो सदासर्वदा रही रहनु हुन्छ। अनि हरेक समय ती जीवित बस्तुहरू यसो गर्छन्, 10 ती चौबीस जना अग्रजहरू उहाँ एक जो सिंहासनमा बस्छन्, उहाँको अघि शिर झुकाउँछन्। जो सदा-सर्वदा जीवित रहन्छन्, अग्रजहरू उहाँलाई पूजा गर्छन्। अग्रजहरू आफ्ना मुकुट सिंहासन मुनि राख्छन् अनि भन्छन्:

11 “हाम्रा परमप्रभु अनि परमेश्वर!
तपाईंलाई महिमा, सम्मान अनि शक्ति प्राप्त गर्न योग्य हुनुहुन्छ।
    तपाईंले सबै बस्तुहरू सृष्टि गर्नु भयो।
हरेक बस्तुको अस्तित्व छ अनि ती सृष्टि भएका छन्, किनभने तपाईंले यस्तो चाहानु भएको छ।”

तब मैले जो सिंहासनमा विराजमान हुनु हुन्थ्यो उहाँको दाहिने हातमा एक मूठ्ठा बेह्रेको चर्म पत्र देखें। त्यो बेह्रेको पत्रको दुवै पट्टि केही लेखिएको थियो। त्यो बेह्रिएको पत्र सातवटा मोहरले बन्द गरिएको थियो। अनि मैले एक शक्तिशाली स्वर्गदूतलाई देखें। त्यो स्वर्गदूतले ठूलो स्वरमा भन्यो, “यसको मोहर फुटाएर यो बेह्रिएको चर्मपत्र खोल्नु योग्य को छ?” तर स्वर्गमा, पृथ्वीमाथि वा पृथ्वी मुनि कोही पनि थिएन जसले त्यो बेह्रिएको चर्म-पत्र खोल्न वा भित्र हेर्न सक्थ्यो। म साह्रै रोएँ किनभने त्यो बेह्रिएको चर्मपत्र खोल्ने वा हेर्ने कोही थिएन। तर अग्रजहरू मध्ये एक जनाले मलाई भने, “नरोऊ! यहूदाका परिवार समूहबाट सिंहले विजय प्राप्त गर्यो। उनी दाऊदका सन्तान हुनुहुन्छ। उहाँ त्यो बेह्रिएको चर्मपत्र अनि त्यसका सातवटा मोहर खोल्ने योग्यको हुनुहुन्छ।”

तब मैले ती चार सजीव वस्तुहरू अग्रजहरूले वरिपरि घेरिएको सिंहासनको अगाडी एउटा भेंड़ाको पाठो उभिरहेको देखें। त्यो भेंड़ाको पाठा मारिएको थुमा जस्तो देखिन्थ्यो। त्यसका सातवटा सींङ अनि सातवटा आँखहरू थिए, यी परमेश्वरका सात-आत्माहरू हुन् जो संम्पूर्ण संसारमा पठाइएका थिए। तो भेंड़ाको पाठो आयो अनि जो सिंहासनमा बसिरहेका थिए तिनको दाहिने हातबाट त्यो बेह्रिएको पत्र लियो। जब भेंड़ाको पाठोले त्यो बेह्रिएको पत्र लियो ती चार सजीव पशुहरू अनि चौबीस जना अग्रजहरू भेंडा़को पाठोको समक्ष निहुरिए। तिनीहरू प्रत्येकसित वीणा अनि सुनौलो धूप-दानी थियो। यी सुनौलो धूप पात्रहरू परमेश्वरका पवित्र-मानिसरुको प्रार्थना हुन्। अनि तिनीहरू सबैले भेंडा़को पाठाको लागि एउटा नयाँ गीत गाए:

“तिमी त्यो बेह्रिएको चर्मपत्र लिन
    अनि त्यसको मोहर खोल्न योग्य छौ,
किनभने तिमी मारिएका थियौ,
    अनि तिम्रो रगतद्वारा तिमीले परमेश्वरका निम्ति
    हरेक जाति, भाषा, कुल अनि राष्ट्रबाट मानिसहरूलाई किन्यौ।
10 यी मानिसहरूलाई तिमीले राज्यको रुप दियौ अनि, तिमीले यी मानिहरूलाई हाम्रा परमेश्वरका निम्ति पूजाहारीहरू बनायौ।
    अनि तिनीहरूले पृथ्वीमाथि शासन गर्नेछन्।”

11 तब मैले हेरें, अनि मैले धेरै स्वर्गदूतहरूको आवाज सुनें। ती स्वर्गदूतहरू सिंहासनको ती चार सजीव वस्तुहरूको, अनि ती अग्रजहरूको वरिपरि थिए। त्यहाँ हजारौं स्वर्गदूतहरू थिए-त्यहाँ दशहजार स्वर्गदूतहरू थिए। 12 ती स्वर्गदूतहरूले ठूलो स्वरमा भने:

“त्यो भेंडा़को पाठा जसलाई मारियो, उनैलाई शक्ति, सम्पत्ति, ज्ञान अनि पराक्रम,
    उहाँ सम्मान, महिमा अनि प्रशंसा पाउन योग्यको हुनुहुन्छ।”

13 तब मैले स्वर्गमा भएका, पृथ्वीमा भएका, पृथ्वी मूनि भएका अनि सागरमा भएका हरेक सजीव वस्तुहरूलाई भन्दै गरेको सुनें। मैले तिनीहरू सबैले यो भनेको सुनें,

“उहाँ एक जो सिंहासनमा बस्नु भएकोछ, उहाँ अनि भेंडा़को पाठाप्रति,
    सम्पूर्ण स्तुति अनि सम्मान अनि गौरव अनि शक्ति सदा-सर्वदा रहुन्।”

14 ती चार सजीव वस्तुहरूले भने, “आमिन!” अनि अग्रजहरूले घुँडा टेके र आराधना गरे।

भेंड़ाको पाठोले चर्म-पत्र खोल्दछन्

तब, भेंडा़को पाठाले सातवटा मोहर मध्ये पाहिलो मोहर खोलेको बेला मैले हेरें। मैले ती चार सजीव वस्तुहरू मध्ये एक बस्तु गर्जनको जस्तै आवाजमा बोलेको सुनें, “आऊ”। अनि मैले देखें त्यहाँ मेरो अघि एउटा सेतो घोडा थियो। घोड सवारको धनु थियो। घोड-सवारलाई मुकुट प्रदान गरियो। अनि तिनी विजेता झैं अझ विजय हासिल गर्न अघि बढे।

भेंडा़को पाठाले दोस्रो मोहर खोल्यो। तब मैले दोस्त्रो सजीव वस्तुले “आऊ” भनेको सुनें। तब अर्को घोडा वाहिर आयो। त्यो रातो घोडा थियो। त्यो घोड-सवारलाई पृथ्वीदेखि शान्ति उठाएर लाने अनि मानिसहरूलाई एक-अर्कामा हत्या गराउने अधिकार प्रदान गरियो। त्यस घोड-सवारलाई एक विशाल तरवार दिइयो।

त्यो भेंडा़को पाठाले तेस्रो मोहर खोल्यो। तब मैले तेस्रो सजीव वस्तुले “आऊ” भनेको सुनें। मैले हेरे, अनि त्यहाँ कालो घोडा थियो। घोड-सवारले आफ्नो हातमा एक जोर तराजु लिएको थियो। तब मैले केही आवाज जस्तै सुनें। त्यो स्वर ती चार सजीव वस्तुहरू भएको स्थानबाट आएको थियो। त्यो आवाजले भन्यो, “एक दिनको पारिश्रमिक एक किलो गहुँ अनि एक दिनको परिश्रमिक तीन किलो जौं, तर तेल अनि दाखरस नष्ट नपार्नु।”

त्यो भेंडा़को पाठाले चौथो मोहर खोल्यो। तब मैले चौथो सजीव वस्तुले “आऊ” भनेको सुनें। मैले हेरें अनि त्यहाँ मेरो अघि पहेंलो रङ्गको घोडा थियो। त्यो घोडसवार मृत्यु थियो। उसको पछि पाताल लोकले पछ्याइरहेथ्यो। तिनीहरूलाई एक-चौथाइ पृथ्वीमाथि तरवार, अकाल, महामारी अनि पृथ्वीका जङ्गली पशुहरूद्वारा मानिसहरूलाई मार्ने अधिकार दिइएको थियो।

त्यो भेंडा़को पाठाले पाँचौं मोहर खोल्यो। तब मैले वेदी मूनि केही आत्माहरू देखें। ती आत्माहरू ती मारिएका मानिसहरूका थिए किनभने तिनीहरू परमेश्वरको सन्देश अनि तिनीहरूले प्राप्त गरेको सत्याप्रति विश्वासी थिए। 10 यी आत्माहरूले ठूलो स्वरमा कराए, “पवित्र अनि सत्य परमप्रभु, हाम्रो हत्या गरेकोमा पृथ्वीका मानिसहरूको न्याय गर्नमा अनि उनीहरूलाई दण्ड दिनमा कति लामो समय र्पखिरहनु हुन्छ?” 11 त्यसपछि ती आत्माहरू प्रत्येकलाई सेतो पोशाक दिइयो। तिनीहरूलाई केही समय प्रतीक्षा गर्नु भनियो। तिनीहरूका अझ कोही भाइहरू जसलाई तिनीहरू जस्तै मारिनु थियो ख्रीष्टका सेवामा तिनीहरूसित थिए। ती आत्माहरूलाई यो मार्ने काम पुरा नभए सम्म प्रतीक्षा गर्नु भनियो।

12 तब, त्यो भेंडा़को पाठाले छैटौं मोहर खोल्यो। त्यहाँ डरलाग्दो भूँईचालो गयो। सूर्य, केशले बनिएको वस्त्र जस्तै कालो भयो। चन्द्रमा पूर्ण रगत जस्तै रातो भइहाल्यो। 13 आकाशका ताराहरू, तेज हावाले नेभाराको रुखबाट नेभाराहरू झरे जस्तै पृथ्वीमा भरे। 14 आकाश पत्र बेह्रिए झैं हरायो। अनि हरेक पर्वत अनि द्वीप आफ्ना ठाँउबाट सरे।

15 तब समस्त मानिसहरू गुफाहरूमा अनि पर्वतका चट्टानहरूमुनि लुके। त्यहाँ संसारका राजाहरू, शासकहरू, सेनाध्यक्षहरू, अनि शक्ति सम्पन्न मानिसहरू थिए। हरेक मानिस, दास अनि मुक्त सबैले स्वयंलाई लुकाए। 16 मानिसहरूले पर्वत अनि चट्टानहरूलाई भने, “हामीमाथि खस। हामीलाई सिंहासनमा बस्ने तिनी एकबाट लुकाऊ। हामीलाई भेंडा़को पाठाको क्रोधबाट बचाऊ। 17 तिनीहरूको क्रोध दिवस आईपुग्यो अनि यसको विरुद्धमा को उभिन सक्छ?”

इस्राएलका एकलाख चवालीस हजार मानिसहरू

यो घट्ना पछि मैले चारवटा स्वर्गदूतहरूलाई पृथ्वीका चारकुनामा उभिएको देखें। ती स्वर्गदूतहरूले वायुलाई भूमिमा वा समुद्रमा वा कुनै बृक्षमा वहनदेखि रोक्नुको लागि पृथ्वीका चारै वायुलाई समातिरहेका थिए। त्यसपछि मैले अर्को स्वर्गदूतलाई पूर्वबाट आइरहेको देखें। त्यो स्वर्गदूतको साथमा सजीव परमेश्वरको मोहर थियो। त्यो स्वर्गदूतले ठूलो स्वरमा ती चार स्वर्गदूतहरूलाई बोलाए। ती चार स्वर्गदूतहरू ती थिए जसलाई परमेश्वरले पृथ्वी अनि समुद्रलाई चोट पुर्याउने शक्ति दिनु भएको थियो। त्यो स्वर्गदूतले ती चार स्वर्गदूतहरूलाई भने, “भूमि वा समुद्र वा बृक्षहरूलाई, हाम्रा परमेश्वरको सेवा गर्ने मानिसहरूको निधारमा हामीले चिन्ह नलगाउन्जेल चोट नपुर्याऊ।”

तब मैले, कति जना मानिसहरूलाई चिन्हित गरियो, त्यो सुनें। त्याहाँ एकलाख चवालीस हजार थिए। तिनीहरू इस्राएलका मानिसहरूको हरेक कुल समूहबाट थिए:

यहूदाको कुल समूहबाट12,000
रुबेनको कुल समूहबाट12,000
गादको कुल समूहबाट12,000
आशेरको कुल समूहबाट12,000
नप्तालीको कुल समूहबाट12,000
मनश्शेको कुल समूहबाट12,000
शिमियोनको कुल समूहबाट12,000
लेवीको कुल समूहबाट12,000
इस्साखारको कुल समूहबाट12,000
जबूलूनको कुल समूहबाट12,000
यूसुफको कुल समूहबाट12,000
बेन्यामीनको कुल समूहबाट12,000

विशाल भीड

त्यासपछि मैले हेरें, अनि त्यहाँ कसैले गनिनसक्ने मानिसहरू थिए। तिनीहरू पृथ्वीका हरेक राष्ट्र, जाति, कूल अनि विभिन्न भाषाका मानिसहरू थिए। तिनीहरू सिंहासन अनि भेंडा़को पाठा सामुन्ने उभिरहेका थिए। तिनीहरू सबै सेतो पोशाकमा थिए अनि तिनीहरूका हातमा खजूरका हाँगा थिए। 10 तिनीहरू ठूलो स्वरमा कराए, “हाम्रा परमेश्वर जो सिंहासनमा विराजमान हुनुहुन्छ अनि भेंडा़को पाठाको जय होस्।”

11 अग्रजहरू अनि ती चार सजीव वस्तुहरू त्यहाँ थिए। सबै स्वर्गदूतहरू तिनीहरूको अघि सिंहासनको वरिपरि थिए। ती स्वर्गदूतहरूले सिंहासनको अघि घुँडा टेके अनि परमेश्वरको उपासना गरे। 12 तिनीहरूले भने, “आमिन! प्रशंसा, महिमा, ज्ञान, धन्यवाद, सम्मान, शक्ति अनि पराक्रम सदा-सर्वदा हाम्रा परमेश्वरलाई रहोस्। आमिन।”

13 तब एकजना अग्रजले मलाई सोधे, “यी सेता पोशाकका मानिसहरू को हुन्? तिनीहरू कहाँवाट आएका हुन्?”

14 मैले उतर दिएँ, “महाशय, तपाईंले चिन्नुहुन्छ।”

अनि अग्रजले भने, “यी ती मानिसहरू हुन् जसले महा-यातना भोगेर आएका छन्। तिनीहरूले भेंडा़को रगतले आफ्ना पोशाक धोएका छन्। अब तिनीहरू शुद्ध अनि सेता भएका छन्। 15 यसर्थ अहिले यी मानिसहरू परमेश्वरको सिंहासनको सामुन्ने छन्। तिनीहरू दिन रात परमेश्वरको उपासना उहाँको मन्दिरमा गर्छन्। अनि उनी एक, जो सिंहासनमा बस्छन् तिनीहरूलाई रक्षा गर्नेछन्। 16 तिनीहरूले कहिल्यै भोकाएको महशुस गर्ने छैनन्। तिनीहरू फेरि कहिल्यै तृषित हुने छैनन्। सूर्यले तिनीहरूलाई कहिले क्षति पुर्याउने छैन। तिनीहरूलाई गर्मिले पोल्ने छैन। 17 सिंहासनको माझमा भएको भेंडा़को पाठा तिनीहरूको गोठालो हुनुहुनेछ। उनले तिनीहरूलाई पानीको मुलतिर लानेछन् जसले जीवन प्रदान गर्नेछन्। अनि परमेश्वरले तिनीहरूका आँखाबाट प्रत्येक थोपा आँसु पुछिदिनेछन्।”

सातौं मोहर

भेंडा़को पाठाले सातौं मोहर खोल्यो। तब प्राय: आधा घण्टासम्म स्वर्गमा शुन्यता छायो। अनि मैले देखें सात स्वर्गदूतहरूलाई जो परमेश्वरको सामुन्ने उभिएका थिए। तिनीहरूलाई सातवटा तुरही दिइयो।

अर्को स्वर्गदूत आयो अनि वेदीमा उभियो। त्यो स्वर्गदूतसित सुनौलो धूप-दानी थियो। त्यो स्वर्गदूतलाई परमेश्वरका समस्त पवित्र मानिसहरूको प्रार्थनासहित अर्पण गर्नका निम्ति धेरै धूप दिइयो। त्यो स्वर्गदूतले यो भेटी सिंहासन अघिको सुनौलो बेदीमा राखे। धूपको धुवाँ स्वर्गदूतको हातबाट उँभो उठेर परमेश्वरकहाँ गयो। त्यो घुवाँ परमेश्वरका मानिसहरूको प्रार्थनासितै उँभो गयो। त्यसपछि स्वर्गदूतले बेदीको आगो धूपदानीमा भरे। स्वर्गदूतले त्यो धूपदानी बेदिको आगो धूपदानीमा भरे। स्वर्गदूतले त्यो धूपदानी पृथ्वीमा फ्याँके। तब त्याहँ बिजुली चम्क्यो, गर्जनको आवाजहरू आयो अनि भूईँचालो गयो।

सात स्वर्गदूतहरूले तुरही बजाए

तब सात तुरही साहितका ती सात-स्वर्गदूतहरू आफ्ना तुरहीहरू बजाउन तयार भए।

पहिलो स्वर्गदूतले तुरही बजाए। तब रगत मिसिएको असिना अनि आगो पृथ्वीमा झर्यो अनि पृथ्वीको एक-तिहाइ अंश अनि सबै हरिया घाँसहरू अनि एक-तिहाइ रुखहरू जले।

दोस्रो स्वर्गदूतले आफ्नो तुरही बजाए। तब आगोले जलेका पहाड जस्तै केही समुद्र तर्फ फ्याँकियो। अनि समुद्रको एक-तिहाई अंश रगत बन्यो। अनि एक-तिहाइ समुद्रका प्राणीहरू मरे, अनि एक-तिहाइ जहाजहरू नष्ट भए।

10 तेस्रो स्वर्गदूतले आफ्नो तुरही बजाए। तब, राँको बलेको जस्तो एक विशाल तारा आकाशाबाट झर्यो। त्यो तारा एक-तिँहाईँ अंश नदीहरू अनि पानीको मुलमा खस्यो। 11 त्यो ताराको नाउँ “नागदौना” थियो। अनि सबै एक तिहाइ अंश पानी तितो भयो। त्यो तितो पानी पिएर धेरै मानिसहरू मरे।

12 चौथो स्वर्गदूतले आफ्ना तुरही बजाए। तब एक-तिहाई अंश सूर्य, एक-तिहाई अंश चन्द्रमा अनि एक-तिहाई अंश ताराहरूमाथि प्रहार भयो। ती जम्मैको एक तिहाई अंश अँध्यारो भयो। दिन अनि रातको पनि एक तिहाई अंश प्रकाशरहित भयो।

13 जब म हेर्दै थिँए मैले माथि आकाशमा गरुड उडिरहेको आवाज सुनें। त्यो गरुडले ठूलो स्वरमा भन्यो, “कष्ट, कष्ट, मानिसहरूलाई जो पृथ्वीमा बस्छन्, तिनीहरूलाई कष्ट, कष्ट होस्। त्यो कष्ट बाँकी रहेका अन्य तीन स्वर्गदूतहरूले तुरही बजाएको आवाज सुने पछि शुरु हुनेछ।”

पाँचौं तुरही बज्छ

पाँचौ स्वर्गदूतले आफ्नो तुरही बजायो। तब मैले आकाशबाट एउटा तारालाई पृथ्वीमा झर्दै गरेको देखें। त्यो तारालाई गहिरो प्वालको चाबी दिइयो जुन प्वाल अतुलनीय खाल्डातिर जान्छ। अतुलनीय खाल्डोतिर जाने प्वाल उसले खोल्यो। भट्टीबाट निस्के जस्तै धुँवा त्यस प्वालबाट निस्कँदै थियो अनि त्यसले गर्दा घाम र आकास अँध्यारो भयो।

तब त्यो धुँवाबाट सलहहरू पृथ्वीतिर आए। तिनीहरूलाई विच्छीहरूले जस्तै चिल्ने शक्ति दिइएको थियो। ती सलहहरूलाई पृथ्वीको घाँस, वा कुनै पोथ्रा वा बृक्षलाई हानी नपुर्याउनु भनिएको थियो। तिनीहरूले ती मानिसहरूलाई मात्र हानी पुर्याउन सक्थे जसको निधारमा परमेश्वरको चिन्ह अङ्कीत थिएन।

ती सलहहरूलाई, मानिसहरूलाई पाँच महीनासम्म कष्ट दिने शक्ति दिइएको थियो। तर ती सलहहरूलाई मानिसहरूलाई मार्ने अधिकार दिइएको थिएन। अनि त्यो कष्ट मानिसहरूले अनुभव गरे जुन कुनै मानिसलाई बिच्छीले चिले जस्तै थियो। ती दिनहरूमा मानिसहरू मर्ने उपाय खोज्नेछन्, तर तिनीहरूले पाउने छैनन्। तिनीहरू मर्न चाहन्छन् तर मृत्यु तिनीहरूदेखि लुक्नेछ।

ती सलहहरू युद्धका निम्ति तयार गरिएका घोडाहरू जस्तै देखिन्थे। तिनीहरूको शिरमा तिनीहरूले सुनको मुकुटहरू जस्तै देखिने लगाएका थिए। तिनीहरूको अनुहार मानवको जस्तै देखिन्थ्यो। तिनीहरूको केश स्त्रीहरूको केश जस्तै थियो। तिनीहरूका दाँत सिंहका जस्तै थिए। तिनीहरूका छाती फलामका कवच जस्तै देखिन्थे। तिनीहरूको पखेंटाले उत्पन्न गरेको आवाज युद्धतर्फ हत्तारिएका धेरै रथहरूले उत्पन्न गरोका आवाज जस्तै थिए। 10 ती सलहहरूको पुच्छर विच्छीका जस्ता खिलहरू भएका थिए। मानिसहरूलाई पाँच महीनाको निम्ति कष्ट दिने शक्ति तिनीहरूको पुच्छरमा थियो। 11 ती सलहहरूका राजा थियो। त्यो राजा अतल खाडलको स्वर्गदूत थियो। हिब्रू भाषामा उसको नाउँ एबिड्डोन[e] थियो। यूनानी भाषामा त्यसको नाउँ अपोल्लियोन थियो।

12 पहिलो महाकष्ट पार भयो। अझ दुइ अन्य महाविपतहरू आउनेछ।

छैठौं तुरही बज्यो

13 छैटौं स्वर्गदूतले उसको तुरही बजायो। तब परमेश्वरको समक्ष सुनौलो बेदीमा भएको सींङबाट आएको स्वर मैले सुनें। 14 त्यो आवाजले छैटौ स्वर्गदूत, जोसित तुरही थियो त्यसलाई भन्यो, “ती चार स्वर्गदूतहरूलाई मुक्त गर जो महानदी यूफ्रेटिसमा बाँधिएका छन्।” 15 यी चार स्वर्गदूतहरूलाई यस घडी, दिन, महीना अनि वर्षको निम्ति तयार राखिएका थिए। यी स्वर्गदूतहरूलाई पृथ्वीमा भएका एक तिहाइ सबै मानिसहरूलाई मार्न भनी मुक्त गरिए। 16 मैले सुनें तिनीहरूको सेनामा घोड-सवार सैनिक कतिजना थिए। त्यहाँ बीस करोड थिए।

17 मेरो दिव्य दृष्टिमा मैले घोडाहरू अनि घोड-सवाहरूलाई देखेँ। तिनीहरू यस्ता देखिन्थे तिनीहरूका कवचहरू आगो जस्ता थिए जो रातो, गाढा नीलो अनि गन्धक झै पहेंलो थियो। घोडाका शिरहरू सिंहका शिरहरू जस्तै देखिन्थे। घोडाहरूको मुखबाट आगो, धुवाँ अनि गन्धक निस्किरहेथ्यो। 18 पृथ्वीका सम्पूर्ण मानिसहरूका एक-तिहाइ अंश घोडाको मुखबाट निस्केका यी तीन नराम्रा कुराहरू आगो, धुवाँ अनि गन्धकद्वारा मारिए। 19 ती घोडाहरूका शक्ति तिनीहरूको मुख अनि पुच्छरमा थियो। तिनीहरूको पुच्छर सर्प जस्तै थियो जसको टाउकाहरूले मानिसहरूलाई डस्ने अनि घात पुर्याउनको लागि थियो।

20 पृथ्वीका अन्य मानिसहरू बिषालु पदार्थले मारिएनन्। तर यी मानिसहरूले आफ्नो हृदय अनि जीवन परिवर्तन गरेनन् अनि तिनीहरूले आफ्नै हातले निर्माण गरेका कुराहरूबाट तिनीहरूले मुख फर्काएनन्। तिनीहरूले दानवहरू अनि सुन, चाँदी, काँसा, पत्थर अनि काठमूर्तिलाई जो देख्न वा सुन्न वा हिँड्न सक्तैनन्, पूजा गर्न छाडेनन्। 21 यी मानिसहरूले आफ्ना हृदय अनि जीवन परिवर्तन गरेनन् अनि अरू मानिसहरूलाई मार्न छाडेनन्, तिनीहरू आफ्ना जादु-टुनामुना, आफ्ना यौन-पाप, चोरी कमदेखि पर सरेनन्।

स्वर्गदूत अनि सानो पुस्तिका

10 तब, मैले अर्को शक्तिवान स्वर्गदूतलाई स्वर्गबाट ओर्लिरहेको देखे। त्यो स्वर्गदूतले बादलको पोशाक लगाएको थियो। तिनको शिर इन्द्रेणीले घेरिएको थियो। त्यो स्वर्गदूतको अनुहार सूर्य जस्तो थियो, उसका पाउहरू आगोको स्तम्भहरू जस्ता थिए। त्यो स्वर्गदूतसित एउटा पुस्तिका थियो। त्यो पुस्तिका उसको हातमा खोलिएको थियो। त्यो स्वर्गदूतले उसको दाहिने खुट्टा समुद्रमा अनि देब्रे खुट्टा भूमिमा राखेको थियो। त्यो स्वर्गदूत सिंह गर्जेको जस्तो ठूलो स्वरले करायो। स्वर्गदूत कराए पछि, सात-गर्जनले पनि बोल्यो।

ती सात गर्जनले बोले, अनि मैले लेख्न शुरु गरें। तर, तब मैले स्वर्गबाट आएको स्वर सुनें। त्यो स्वरले भन्यो, “ती सात गर्जनले भनेका कुरा नलेख। तिनीहरूलाई गुप्त राख।”

तब, मैले समुद्र अनि भूमिमा पाउ राख्ने स्वर्गदूतले आफ्नो दाहिने हात स्वर्गतिर उठाएको देखें। त्यो स्वर्गदूतले, उहाँ एक जो सदासर्वदा रहनु हुन्छ, उहाँको शक्तिद्वारा प्रतिज्ञा गर्यो। उहाँ नै एक हुनुहुन्छ जसले आकाश अनि त्यसमा देखिएका सबै कुरा सृष्टि गर्नुभयो। उहाँले पृथ्वी अनि यसमा भएका सबै कुरा सृष्टि गर्नु भयो अनि उहाँले समुद्र अनि त्यसमा देखिएका सबै सृष्टि गर्नुभयो। त्यो स्वर्गदूतले भन्यो, “अब अधिक प्रतिक्षा हुने छैन। ती दिनहरूमा जब सातौं स्वर्गदूत आफ्नो तुरही फुक्न तयार हुन्छ, परमेश्वरका गुप्त योजना पूर्ण हुनेछन। यो योजना, परमेश्वरले आफ्ना सेवकहरूलाई भनेको सुसमाचार हो, जो अगमवक्ताहरू हुन्।”

तब मैले फेरि स्वर्गबाट त्यही आवाज सुनें। त्यो आवाजले मलाई भन्यो, “जाऊ अनि त्यो खुल्ला पुस्तिका लेऊ जो स्वर्गदूतको हातमा छ। यो त्यही स्वर्गदूत हो जो सागर अनि भूमिमा उभिरहेको छ।”

यसर्य म त्यो स्वर्गदूतकहाँ गएँ अनि त्यो सानो बेह्रेको पुस्तिका मलाई दिनु भनी माँगें। त्यो स्वर्गदूतले मलाई भन्यो, “यो सानो पुस्तिका लेऊ अनि यसलाई खाऊ। तिम्रो भूँडीमा यो अमिलो हुनेछ। तर तिम्रो मुखमा यो मह जस्तो मीठो हुनेछ।” 10 यसर्थ मैले स्वर्गदूतको हातबाट त्यो सानो बेह्रेको पुस्तिका लिएँ अनि मैले त्यो खाँए। मेरो मुखमा त्यो मह जस्तो मीठो भयो। तर मैले त्यो खाई सकें पछि त्यसको स्वाद भुँडीमा अमिलो भयो। 11 तब मलाई भनियो, “तिमीले फेरि अनेक जाति, धेरै राष्ट्रहरू, अनेक भाषाहरू अनि राजाहरूको बारेमा अगमवाणी गर्नु पर्छ।”

दुइ साक्षीहरू

11 त्यसपछि मलाई नाप्ने दण्ड जस्तै एउटा टेक्ने लट्ठी दिइयो। मलाई भनियो, “जाऊ अनि परमेश्वरको मन्दिरको वेदीको नाप लेऊ, अनि त्यहाँ पूजा गर्नेहरूको संख्या गन्ती गर। तर मन्दिर बाहिरको आँगन छोडिदेऊ। त्यसलाई ननाप। त्यो अयहूदीहरूलाई दिइएको छ। तिनीहरू बयालीस महीनासम्म पवित्र नगरमा पाइताला ठटाएर हिँडनेछन्। अनि म मेरा दुइ साक्षीहरूलाई अधिकार दिनेछु। अनि तिनीहरूले एकहजार दुइसय साट्ठी दिन अगमवाणी गर्नेछन्। तिनीहरूले पशुको भूत्लाको वस्त्र पहिरेका हुनेछन्।”

यी दुइ साक्षीहरू दुइ भद्राक्षका बृक्षहरू हुन् अनि दुइ दीप-दानी जो पृथ्वीका परमप्रभु अघि खड़ा छन्। यदि कुनै मानिसले ती साक्षीहरूलाई घात गर्ने प्रयास गरे ती साक्षीहरूका मुखबाट आगो निस्कनेछ अनि आफ्ना शत्रुलाई मार्नेछन्। कुनै मानिस जसले तिनीहरूलाई घात पुर्याउने चेष्टा गर्छ, यसै प्रकारले मारिनेछ। यी साक्षीहरूसित, तिनीहरूले अगमवाणी गरिरहेको समयमा आकाशलाई वृष्टि गराउनुबाट रोक्ने शक्ति छ। तिनीहरूसित पानीलाई रगत तुल्याउने शक्ति छ। तिनीहरूसित हरेक किसिमका कष्ट पृथ्वीमा पठाउने शक्ति छ। तिनीहरूले जति पल्ट यसो गर्न चाहन्छन् गर्न सक्छन्‌।

जब ती दुइ साक्षीहरूले आफ्ना प्रमाण सिध्याएका हुन्छन्, तब पशु तिनीहरूको विरुद्ध लडनेछ। यो त्यो पशु हो जो पातालबाट माथि आउँछ। त्यो पशुले तिनीहरू सबैलाई जित्नेछ अनि तिनीहरूलाई मार्नेछ। ती दुइ साक्षीहरूको शरीर महान्-नगरको गल्लीमा हुनेछ। यो नगरको नाउँ सोदोम अनि मिस्रदेश हो। नगरका यी नाउँहरूमा विशेष अर्थ छ। यो त्यही नगर हो जहाँ प्रभुलाई मारिएको थियो। हरेक वंश, जाति, भाषा अनि राष्ट्रका मानिसहरूले साढे तीन दिनसम्म ती दुइ साक्षीहरूको शवलाई देख्नेछन्। तिनीहरूलाई गाढ्न मानिसहरूले अस्वीकार गर्नेछन्। 10 किनभने यी दुइ मरेकोमा पृथ्वीका बासिन्दाहरू खुशी हुनेछन्। तिनीहरू भोज गर्नेछन् अनि एक अर्कालाई उपहार दिनेछन्। किनभने यी दुइ अगमवक्ताहरूले पृथ्वीमा बस्ने मानिसहरूमा अनेक यातना दिए।

11 तर साँढे तीन दिनपछि परमेश्वरले ती दुइ अगमवक्ताहरूमा परमेश्वरबाटको जीवन हाली दिनुभयो। तिनीहरू आफ्ना खुट्टामा उभिए। सबै मानिसहरू जसले तिनीहरूलाई देखे खुबै डराए। 12 तब ती अगमवक्ताहरूले स्वर्गबाट ठूलो आवाज सुने, “यहाँ माथि आऊ।” अनि ती दुइ अगमवक्ताहरू बादलमा माथि स्वर्ग गए। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई माथि गएको देखे।

13 त्यसैबेला त्यहाँ ठूलो भूँईचालो गयो। शहरको दशौं भाग नष्ट भयो। अनि सात हजार मानिसहरू त्यस भूँईचालोमा मरे। मानिसहरू जो मरेनन् तिनीहरू अत्यन्त भयभीत थिए। तिनीहरूले स्वर्गका परमेश्वरलाई महिमा गरे।

14 दोस्रो विपत्ती पूर्ण भयो। तेस्रो विपत्ती चाँडै आइरहेछ।

सातौं तुरही बज्यो

15 सातौं स्वर्गदूतले आफ्नो तुरही बजाए। तब स्वर्गमा ठूलो आवाजहरू भयो। आवाजहरूले भने,

“संसारको राज्य अब हाम्रा परमप्रभु परमेश्वरको अनि ख्रीष्टको भएको छ।
    अनि उहाँले सदा-सर्वदा शासन गर्नेछन्।”

16 तब ती चौबीस धर्म-गुरुहरूले शिर झुकाए अनि परमेश्वरको आराधान गरे। तिनीहरू ती धर्म-गुरुहरू हुन् जो परमेश्वरको सामुन्ने आफ्ना सिंहासनमा बस्छन्। 17 ती अग्रजहरूले भने,

“प्रभु परमेश्वर, जो सर्व-शक्तिमान हुनुहुन्छ, हामी तपाईंलाई धन्यवाद चढ़ाउँछौ।
    तपाईं नै एक हुनुहुन्छ, जो हुनुहुन्छ, जो सर्वदा हुनुहुन्थ्यो।
हामी तपाईंलाई धन्यवाद दिन्छौ किनभने तपाईंले आफ्नो महान-शक्ति लिनुभयो
    अनि शासन गर्नु शुरु गर्नुभयो।
18 संसारका राष्ट्रहरू क्रोधित थिए,
    तर अब तपाईंको क्रोधित हुने समय हो।
अब, मृत मानिसहरूको न्याय गर्ने समय हो।
    अब, तपाईंका सेवकहरू अनि अगमवक्ताहरूलाई पुरस्कृत गर्ने समय हो,
अनि तपाईंको पवित्र मानिसहरूलाई पुरस्कृत गर्ने समय हो,
    ती ठूला अनि साना मानिसहरू जो तपाईंलाई सम्मान गर्छन्।
यो ती मानिसहरूलाई संहार गर्ने समय हो, जसले पृथ्वीको संहार गर्छन्।”

19 त्यसपछि स्वर्गमा परमेश्वरको मन्दिर खोलियो। त्यो पवित्र सन्दूक जसमा परमेश्वरले उनका मानिसहरूलाई दिएको करार थियो, उनको मन्दिरमा देख्न सकिन्थ्यो। तब त्यहाँ बिजुली चम्क्यो, हल्ला भयो, गर्जन भयो, भूँईचालो आयो अनि धेरै असीना पर्यो।

स्त्री अनि विशाल सर्प

12 त्यसपछि स्वर्गमा एक आश्चर्यजनक चिन्ह देखापर्यो। त्यहाँ एक स्त्री थिइन् जसले सूर्य पहिरिहेकी थिइन्। चन्द्रमा उसको पाउ मुनि थियो। उसको शिरमा बाह्रवटा तारा लगाइएको मुकुट थियो। ती स्त्री गर्भवती थिइन्। तिनी पीढाले कराइन् किनभने तिनी बालकलाई जन्म दिने अवस्थामा थिइन्।

त्यसपछि स्वर्गमा अर्को संकेत देखा पर्यो। त्यहाँ एक विशाल रातो सर्प थियो। त्यो विशाल सर्पको सातवटा शिर र दशवटा सिंग थियो। त्यसको शिरमा सातवटा मुकुटहरू थियो। त्यो विशाल सर्पको पुच्छरले आकाशको ताराहरूको एक तिहाईं अंश सोहोरेर पृथ्वीमा खसालि दियो। त्यो विशाल सर्प त्यस स्त्रीको सामुन्ने खड़ा थियो जो स्त्री बालक जन्म दिन तयार थिइन्। त्यो सर्प त्यस स्त्रीको बालक जन्मने बितिकै त्यसलाई खान चाहन्थ्यो।

त्यो स्त्रीले छोरो एक पुरुष बालकलाई जन्माइन्। उसले फलामको छडीद्वारा सम्पूर्ण राष्ट्रहरूमा शासन गर्नेछ। अनिष्ठ त्यस स्त्रीको छोरोलाई परमेश्वरकहाँ अनि सिंहासनमा लगियो। त्यो स्त्री परमेश्वरले उसको निम्ति तयार गरिदिनु भएको स्थान मरुभूमितर्फ भागिन्। उसलाई त्यो मरुभूमिमा एक हजार दुइ सय साठ्ठी दिनसम्म हेरचाह गरिनेछ।

त्यसपछि स्वर्गमा एक युद्ध भयो। माइकल[f] अनि तिनका दूतहरू त्यस विशाल सर्पका विरोधमा लडे। त्यो सर्प अनि त्यसका दूतहरू प्रतिकारमा लडे। तर त्यो विशाल सर्प त्यति शक्तिशाली थिएन। त्यो विशाल सर्प अनि त्यसका दूतहरूले स्वर्गमा आफ्ना स्थान गुमाए। त्यो विशाल सर्प त्यसका दूतहरू सहित पृथ्वीमा फालियो। त्यो विशाल सर्प त्यही पुरानो सर्प हो जसलाई शैतान भनिन्छ, त्यसले सम्पूर्ण संसारलाई नै कुमार्गमा डोर्याउँछ। उसका दूतहरू पनि उसँगै पृथ्वी तल फालियो।

10 तब मैले स्वर्गमा ठूलो स्वरमा भनेको सुने “हाम्रा परमेश्वरको विजय, शक्ति, अनि राज्य अनि ख्रीष्टको अधिकार अब आएको छ। किनभने हाम्रो भाइहरूलाई दोषलगाउने फ्याँकिएको छ। उसले हाम्रो भाइहरूलाई परमेश्वरको अघि दिन रात दोष लगाई रहेको थियो। 11 हाम्रा भाइहरूले तिनलाई भेंडा़को पाठाको रगत अनि सत्य प्रचार गरेर परास्त गरेका छन्। तिनीहरूले आफ्ना जीवनलाई त्यति प्रेम गरेनन् यसर्थ तिनीहरू मृत्युसित डराएका थिएनन्। 12 यसर्थ तिमी स्वर्गहरू अनि सबै जो त्यहाँ बस्छन्, सुखी होऊ। तर पृथ्वी अनि समुद्रको निम्ति नराम्रो हुनेछ किनभने शैतान तिमीहरूकहाँ गएको छ। जब त्यसलाई थाहा छ कि उसको समय अति कम्ती छ त्यो क्रोधपूर्ण छ।”

13 त्यो विशाल सर्पले देख्यो कि त्यो पृथ्वी तलतिर फ्याँकिएको छ। यसर्थ उसले त्यस स्त्रीलाई देख्यो जसले एउटा छोरो जन्म दिएकी थिई। 14 तर त्यस स्त्रीलाई विशाल गरुड़को दुइ पखेंटा दिइयो। यसर्थ तिनी त्यस स्थानमा उडेर जान सक्थिन् जो मरुभूमिमा तिनको निम्ति तयार गरिएको थियो। त्यस स्थानमा साढे तीन वर्षसम्म तिनको हेरचाह गरिने थियो। त्यहाँ तिनी त्यो सर्पदेखि टाढो बस्न सक्थिन। 15 तब त्यस सर्पले आफ्नो मुखबाट नदीले जस्तो पानी पोखायो। त्यस सर्पले त्यस स्त्री तिर पानी खन्यायो जसद्वारा उसलाई बाढीले बगाउन सक्थ्यो। 16 तर त्यस स्त्रीलाई पृथ्वीले सहायता गर्यो। पृथ्वीले आफ्नो मुख खोल्यो अनि त्यस सर्पको मुखबाट निस्केको पानी निल्यो। 17 तब त्यो विशाल सर्प त्यस स्त्री प्रति खूबै क्रोधित भयो। त्यो सर्प त्यस स्त्रीको अन्य बालकहरूको विरुद्ध लडाईं गर्न हिँड्यो। त्यस स्त्रीका बालकहरू तिनीहरू थिए जसले परमेश्वरको आदेशको पालन गर्थे। येशूले सिकाएको सत्य तिनीहरूसित थियो।

18 त्यो विशाल सर्प समुद्र किनारमा खडा भयो।

समुद्र बाटकोपशु

13 त्यसपछि मैले समुद्रबाट एक पशु उठिरहेको देखें। त्यसको दशवटा सिङ्ग अनि सातवटा टाउको थिए। त्यसको प्रत्येक सिङ्गमा एउटा मुकुट थियो। त्यसको प्रत्येक टाउकोमा ईश्वर निन्दाको नाउँ लेखिएको थियो। यो पशु भालूको जस्तो खुट्टा भएको चितुवा जस्तो देखिन्थ्यो। त्यसको सिँहको जस्तो मुख थियो। त्यो विशाल सर्पले त्यस पशुलाई आफ्ना सबै शक्ति, उसको सिंहासन अनि महान अधिकार दियो।

त्यस पशुको एउटा टाउको चोट लागेको अनि मारिएको जस्तो देखिन्थ्यो। तर त्यो मृत्यु-घाउ निको भएको थियो। संसारका समस्त मानिसहरू आश्चर्य चकित भए अनि सबैले त्यस पशुलाई पछ्याए। मानिसहरूले त्यस विशाल सर्पको उपासना गरे किनभने त्यसले आफ्नो शक्ति त्यस पशुलाई दिएको थियो। अनि मानिसहरूले त्यस पशुको पनि उपासना गरे। तिनीहरूले सोंचे, “त्यो पशु जस्तो शक्तिशाली को छ? को त्यसको विरुद्धमा लडाईं गर्न सक्छ?”

त्यस पशुलाई अहङ्कारी बचन अनि ईश्वर निन्दा गर्न अनुमति दिइयो। त्यो पशुलाई बयालीस महीनासम्म त्यसको शक्ति प्रयोग गर्ने दिइयो। त्यो पशुले परमेश्वरको पक्षमा नराम्रा कुरा भन्नलाई मुख उघार्यो। त्यो पशुले परमेश्वरको नाउँको विरुद्ध, त्यो स्थानको विरुद्ध जहाँ परमेश्वर बस्नु हुन्छ अनि ती सबै, जो स्वर्गमा बस्छन् उनीहरूको विरुद्ध कुरा गर्यो। त्यो पशुलाई परमेश्वरको पवित्र मानिसहरूको विरुद्ध युद्ध गर्ने अनि उनीहरूलाई परास्त गर्ने शक्ति दिइएको थियो। त्यो पशुलाई हरेक जाति, वंश, भाषा अनि राष्ट्रमाथि अधिकार दिइएको थियो। समस्त मानिसहरू जो पृथ्वीमा बस्छन्, त्यो पशुको पूजा गर्नेछन्, अर्थात् तिनीहरूले, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्तकमा लेखिएको छैन।

यदि कुनै मानिसको कान छ भने त्यसले सुनोस्:

10 कुनै मानिस यदि कैदी हुनु छ भने,
    तब त्यो मानिस कैदी हुने नैं छ।
कुनै मानिस तरवारले मारिनु पर्छ भने,
    त्यो मानिस तरवारले नै मारिनेछ।

यसको मतलब यो हो कि परमेश्वरको पवित्र मानिसहरूसँग धैर्य र विश्वास हुनुपर्छ।

पृथ्वी बाटको पशु

11 त्यसपछि मैले अर्को पशुलाई पृथ्वीबाट आइरहेको देखें। त्यसको भेंडा़को पाठाको जस्तो दुइवटा सिङ्ग थियो, तर त्यो विशाल सर्प झौं कुरा गर्थ्यो। 12 यो पशु पहिलेको पशु अघि उभिन्छ। अनि पहिलो पशु जस्तै शक्तिको उपयोग गर्छ। त्यसले यो शक्ति पृथ्वीमा बस्ने सबै मानिसहरूलाई पहिलो पशुको पूजा गराउनुमा उपयोग गर्छ। त्यो पहिलो पशु त्यो पशु हो जसको टाउकोमा मृत्यु तुल्य डरलाग्दो घाउ निको भएको थियो। 13 यो दोस्रो पशुले महान् चमत्कारहरू गर्छ। मानिसहरूको आँखा अघि स्वर्गबाट आगो पृथ्वीमा झर्र्न लाग्यो।

14 त्यो दोस्रो पशुले उसलाई दिइएको शक्ति प्रयोग गरेर पृथ्वीमा बस्ने मानिसहरूलाई धोका दिन्छ। त्यसले यी चमत्कारहरू पहिलो पशुको सेवाको निम्ति गर्छ। दोस्रो पशुले पहिलो पशुलाई सम्मान गर्नका निम्ति मानिसहरूलाई एउटा मूर्ति बनाउने आदेश दियो। यो त्यो पशु हो जसलाई तरवारको चोट लागेको थियो, तर मरेन। 15 त्यो दोस्रो पशुलाई त्यो पहिलो पशुको मूर्ति जीवित तुल्याउने शक्ति दिइएको थियो। तब त्यो मूर्ति बोल्न सक्थ्यो अनि त्यसलाई पूजा-गर्ने सबैलाई मार्ने आदेश दिन सक्थ्यो। 16 त्यो दोस्रो पशुले ठूला अनि साना, धनी अनि गरीब, मुक्त अनि दास, सबै मानिसहरूलाई तिनीहरूको दाहिने हात अथवा निधारमा चिन्ह लाउन विवश तुल्यायो। 17 यो चिन्ह भएका मानिसहरू बाहेक कसैले केही पनि किन्न वा बेच्न सक्तैनथ्यो। चिन्ह त्यो पशुको नाउँ वा त्यसको नाउँको संख्या थियो।

18 कोही पनि जसकोमा बुद्धि छ उसले त्यस पशुको संख्या थाहा लगाउनु सक्थ्यो। यहाँ बुद्धिको आवश्यक छ। यो संख्याले मानिसको नाउँ प्रतिनिधित्व गर्छ। यो 666 हो।

मुक्त व्यक्तिको गीत

14 त्यसपछि मैले हेरें, अनि त्यहाँ मेरो अघि परमेश्वरको थुमा थियो। ऊ सियोन पर्वतमा उभिरहेको थियो। त्यहाँ उसित एक लाख चवालीस हजार मानिसहरू थिए। तिनीहरू सबैको निधारमा उसको अनि उसका पिताको नाउँ लेखिएको थियो।

अनि मैले बाढी आएको आवाज अथवा ठूलो गर्जनको आवाज जस्तो स्वर्गबाट आएको सुनें। मैले सुनेको आवाज वीणा बजाउँदा मानिसहरूको आवाज जस्तै थियो। मानिसहरूले सिंहासन, ती चार सजीव वस्तु अनि धर्म-गुरुहरू अघि एउटा नयाँ गीत गाए। केवल ती मानिसहरू जसले नयाँ गीत सिक्न सके, एक लाख चवालीस हजार थिए जसलाई पृथवीबाट मुक्त गरिएका थिए। अन्य कसैले त्यो गीत सिक्न सकेनन्।

यी एक लाख चवालीस हजार मानिसहरू जसले स्त्रीहरूसित अनुचित कर्म गरेनन् अनि स्वयंलाई शुद्ध राखे। तिनीहरूले परमेश्वरको थुमा जता गयो त्यतै पछ्याए। यी एक लाख चवालीस हजारलाई पृथ्वीका मानिसहरूबाट मुक्त गरिएको थियो। परमेश्वर अनि परमेश्वरको थुमालाई अर्पण गरिएका तिनीहरू नै पहिलो मानिसहरू थिए। यी मानिसहरूले कहिल्यै झूटो बोलेनन्। तिनीहरू दोषरहित थिए।

तीन स्वर्गदूतहरू

तब मैले अर्को स्वर्गदूतलाई आकाशमा उडिरहेको देखें। पृथ्वीमा बस्ने मानिसहरू प्रत्येक राष्ट्र, जाति, भाषा अनि वंशलाई प्रचार गर्नका निम्ति त्यो स्वर्गदूतसित अनन्त सुसमाचार थियो! त्यो स्वर्गदूतले ठूलो आवाजमा भन्यो, “परमेश्वरको भय राख अनि उहाँको स्तुति गर। सबै मानिसहरूको न्याय गर्ने परमेश्वरको समय आएको छ। परमेश्वरको उपासना गर। जसले स्वर्ग, पृथ्वी, समुद्र अनि जल श्रोत सृष्टि गरे।”

तब दोस्रो स्वर्गदूतले पहिलो स्वर्गदूतको अनुशरण गर्यो अनि भन्यो, “ऊ नष्ट भई। महान् नगर बेविलोनको नष्ट भयो। उसले सम्पूर्ण राष्ट्रहरूलाई आफ्नो व्यभिचारको अनि परमेश्वरको क्रोधबाट निस्किएको दाखरस पिउन लगाई।”

तेस्रो स्वर्गदूतले पहिलो दुइ स्वर्गदूतहरूको अनुशरण गरे। त्यो तेस्रो स्वर्गदूतले ठूलो आवाजमा भने, “जसले त्यस पशु अनि पशुको मूर्तिको पूजा गर्छ, अनि आफ्ना निधार अथवा हातमा पशुको चिन्ह अंकित गर्छ, त्यस मानिसको निम्ति नराम्रो हुनेछ। 10 त्यस मानिसले परमेश्वरको क्रोधको दाखरस पिउनेछ। परमेश्वरको प्यालामा कड़ा दाखरस हालिएको छ। त्यो मानिसले पवित्र स्वर्गदूतहरू अनि परमेश्वरको थुमाको अघि पोल्ने गन्धकद्वारा प्रचण्ड यातना पाउनुपर्छ। 11 अनि तिनीहरूको निम्ति कष्टदायक धुवाँ सदा सर्वदा रहनेछ। ती मानिसहरू जसले पशुको अनि त्यसको मूर्तिको पूजा गर्नेछन् अथवा त्यसको नाउँ खोपाउने छन्, तिनीहरूको निम्ति दिन रात आराम रहने छैन।” 12 यसको मतलब-परमेश्वरको पवित्र मानिसहरूमा धैर्य हुनुपर्छ। तिनीहरूले परमेश्वरको आदेशहरू पालन गर्नुपर्छ अनि आफ्ना विश्वास येशूमाथि राख्नु पर्छ।

13 तब, मैले स्वर्गबाट यस्तो भन्दै गरेको आवाज सुने, “यसलाई लेख परमप्रभुमा जो मरे तिनीहरू धन्य हुन्।”

आत्माले भन्छ, “हो, त्यो सत्य हो। ती मानिसहरू तिनीहरूका कठिन परिश्रमदेखि विश्राम गर्नेछन् किनभने तिनीहरूले गरेका कुराहरू तिनीहरूसितै रहनेछन्।”

पृथ्वीको फसल

14 मैले हेरें अनि मेरो अघि त्यहाँ सेतो बादल थियो। त्यो सेतो बादलमा जो बसेका थिए तिनी मानिसको पुत्र जस्तै देखिन्थे। उनको शिरमा सुनौलो मुकुट अनि हातमा धारीलो हँसिया। 15 तब, मन्दिर बाहिर अर्को स्वर्गदूत आयो। त्यो स्वर्गदूतले जो बादलमाथि बसेका थिए तिनलाई भन्यो, “तिम्रो हँसिया लेऊ अनि बाली काट। फसल काट्ने समय आयो। पृथ्वीको फल पाक्यो।” 16 यसर्थ उनी जो बादलमा बसेका थिए, पृथ्वीमाथि आफ्नो हँसिया चलाए अनि पृथ्वीको फसल काटियो।

17 तब स्वर्गमा मन्दिर बाहिर अर्को स्वर्गदूत निस्के। त्यो स्वर्गदूतसित पनि धारिलो हँसिया थियो। 18 त्यसपछि वेदिबाट अर्को स्वर्गदूत आए। यो स्वर्गदूतको आगोमाथि अधिकार थियो। यो स्वर्गदूतले धारिलो हँसिया हुने स्वर्गदूतलाई भने। उसले भने, “तिम्रो धारिलो हँसिया लेऊ अनि पृथ्वीको अंङ्गूर घारीबाट अङ्गूरका झुप्पा संग्रह गर। पृथ्वीका अङ्गूरहरू पाकेका छन्।” 19 त्यो स्वर्गदूतले उसको हँसिया पृथ्वीमाथि चलाए अनि स्वर्गदूतले पृथ्वीका अङ्गूरहरू संग्रह गरे अनि परमेश्वरको क्रोधको बृहत दाखदानीमा हालिदिए। 20 नगर बाहिर दाखदानीमा अङ्गूरहरू निचोरियो। दाखदानी बाहिर रगत बग्यो। यो दुइ सय माइल टाढासम्म घोडाको लगामसम्म पुग्ने गरी गहीरो थियो।

आखिरी महामारीहरू सहित स्वर्गदूतहरू

15 तब मैले स्वर्गमा अर्को संकेत देखे। यो महान अनि अद्भूत थियो। त्यहाँ सात विपत्ती ल्याउने सात स्वर्गदूतहरू थिए। ती अन्तिम विपत्तीहरू थिए। किनभने यी विपत्तीहरू पछि परमेश्वरको क्रोध समाप्त हुनेछ।

मैले आगोसित मिसिएको काँचको समुद्र जस्तै केही चीज देखेँ। समस्त मानिसहरू जसले त्यो पशु अनि त्यसको मूर्ति अनि त्यसको नाउँका संख्याहरूमाथि विजय प्राप्त गरेका थिए, समुद्रको छेउमा उभिरहेका थिए। यी मानिसहरूसित वीणा थियो जो परमेश्वरले दिएका थिए। तिनीहरूले परमेश्वरको सेवक मोशा अनि परमेश्वरको थुमाको गीत गाए:

“परमप्रभु-परमेश्वर, सर्व-शक्तिमान्,
    तपाईंले जे गर्नु हुन्छ, महान् अनि आश्चर्यपूर्ण छन्।
राष्ट्रहरूका राजा,
    तपाईंका विचार सबै सही अनि सत्य छन्।
हे परमप्रभु, समस्त मानिसहरू तपाईंसित भयभीत हुनेछन्।
सबै मानिसहरूले तपाईंको नाउँको स्तुति गर्नेछन्।
    किनभने तपाईं मात्र पवित्र हुनुहुन्छ।
सम्पूर्ण मानिसहरू आउनेछन् अनि तपाईंको सामुन्ने प्रशंसा गर्नेछन्,
    किनभने यो स्पष्ट छ कि तपाईं त्यो कुरा गर्नुहुन्छ जो सही छन्।”

तब मैले स्वर्गमा साक्षीको मन्दिर देखें जुन खुल्ला थियो। अनि सात विपत्तीहरू ल्याउने स्वर्गदूतहरू मन्दिर बाहिर आए। तिनीहरूले सफा चम्किलो मलमलको लुगा लगाएका थिए। तिनीहरूले आफ्नो छाती सुनौंला पट्टीले बाँधेका थिए। तब चार मध्ये एक सजीव वस्तुले ती सात स्वर्गदूतहरूलाई सातवटा सुनौला कचौरा दिए। ती कचौराहरू सदा-सर्वदा जीवित रहनु हुने परमेश्वरको क्रोधले भरिएको थियो जो सदा सर्वदा बस्नेछन्। मन्दिरमा परमेश्वरको महिमा अनि शक्तिको धुवाँले भरिएको थियो। सात स्वर्गदूतका सात विपत्तीहरू पुरा नहुन्जेलसम्म मन्दिरभित्र कसैले पनि प्रवेश गर्न सक्तैनथ्यो।

परमेश्वरको क्रोध भरिएका कचौराहरू

16 तब मैले मंदिरबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले ती सात स्वर्गदूतलाई भन्यो, “जाऊ अनि परमेश्वरको क्रोधका सात कचौराहरू पृथ्वीमा खन्याइदेऊ।”

पहिलो स्वर्गदूत गए। उनले आफ्नो कचौरा जमीनमा खन्याए। तब समस्त मानिसहरूले जसकोमा त्यस पशुको चिन्ह थियो अनि जसले त्यसको मूर्तिको पूजा गर्थे तिनीहरूलाई अति दु:खदायक औ घिनलाग्दो घाउहरू भयो।

दोस्रो स्वर्गदूतले समुद्रमा उनको कचौरा खान्याए। तब समुद्र मरेको मानिसको रगत जस्तै बन्यो। समुद्रका हरेक जीवित वस्तु मर्यो।

तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदीहरू अनि पानीको मुहानमा खन्यायो। नदीहरू अनि पानीको मुहानहरू रगतमा परिणत भयो। तब मैले पानीको स्वर्गदूतले परमेश्वरलाई भनेका सुनें:

“तपाईं नै एक जो हुनुहुन्छ अनि जो हुनुहुन्थ्यो।
तपाईं नै एक पवित्र हुनुहुन्छ।
तपाईं न्यायहरू गर्नुमा सही हुनुहुन्छ,
तिनीहरूले तपाईंका पवित्र मानिसहरू अनि तपाईंका अगमवक्ताहरूको रगत बगाइदिए।
अहिले तिनीहरूलाई तपाईंले त्यो रगत पिउन दिनु भएको छ।
    तिनीहरू त्यसको योग्य छन्।”

अनि मैले वेदीले यसो भन्दै गरेको सुनें,

“हे, परमप्रभु परमेश्वर, सर्वशक्तिमान्
    तपाईंको न्याय सत्य अनि उचित छ।”

तब चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खन्याए। सूर्यलाई मानिसहरूलाई आगोले पोल्ने शक्ति दिइयो। मानिसहरू प्रचण्ड तातोले डडे। ती मानिसहरूले परमेश्वरको नाउँमा सरापे जसको नाउँमा यी महामारीहरू थिए। तर मानिसहरूले आफ्ना हृदय परिवर्तन गर्न अनि परमेश्वरलाई महिमा प्रदान गर्न अस्वीकार गरे।

10 पाँचौ स्वर्गदूतले आफ्नो कचौरा त्यो पशुको सिंहासनमाथि खन्याए। अनि पशुको राज्यमा अन्धकारले ढाक्यो। मानिसहरूले कष्टमा आफ्ना जिब्रो टोके। 11 मानिसहरूले तिनीहरूले पाएको पीडा अनि घाउको कारण स्वर्गका परमेश्वरलाई सरापे। तर तिनीरुले आफ्नो कुकर्मको लागि पश्चताप गर्न अस्वीकार गरे।

12 छैटौं स्वर्गदूतले आफ्नो कचौरा विशाल नदी यूफ्रेटिसमा खन्याए। पूर्वबाट आउनुपर्ने राजाहरूको पथ निमार्णको निम्ति त्यो नदीको पानी सुक्यो। 13 तब मैले तीनवटा दुष्ट आत्माहरू देखें जो भ्यागुत्तो जस्तै देखिन्थ्यो। तिनीहरू त्यो विशाल सर्पको मुखबाट, त्यो पशुको मुखबाट अनि झूटा अगमवक्ताको मुखबाट निस्के। 14 यी दुष्ट आत्माहरू दानवहरूका आत्मा थिए। तिनीहरूमा चमत्कार गर्ने शक्ति थियो। यी दुष्ट आत्माहरू संसारका राजाहरूकहाँ जान्छन्। तिनीहरू परमेश्वर सर्वशक्तिमानको महा-दिवसमा लडाँई गर्न राजाहरू बटुल्न जान्छन्।

15 “सुन! म चोर जस्तो गरी आउनेछु। धन्य हो जुन मानिस नसुती बस्छ अनि आफ्ना वस्त्रहरू आफूसित राख्छ। तब ऊ नाङ्गै हुने छैन अनि उसमा मानिसहरूले नाङ्गेपनामा लज्जास्पद हुनुपर्ने छैन।”

16 त्यासपछि ती दुष्ट आत्माहरूले राजाहरूलाई त्यस स्थानमा भेला गर्छन् जसलाई हिब्रू भाषामा अर्मागेद्दोन भनिन्छ।

17 सातौं स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए। तब मन्दिरभित्र भएको सिंहासनबाट ठूलो आवाज आयो। आवाजले भन्यो, “यो अब समाप्त भयो।” 18 तब बिजुली चम्कयो, हो हल्ला, गर्जन भयो अनि ठूलो भूँईचालो गयो। यो भूईँचालो थियो। 19 त्यो विशाल नगर तीन भागमा टुक्रियो! राष्ट्रहरूका नगरहरू नष्ट भए। अनि परमेश्वरले विशाल बेबिलोन नगरलाई दण्ड दिनु बिर्सनु भएन। उहाँले त्यस नगरलाई उहाँको अर्को भयानक प्रकोपको प्याला दिनु भयो। 20 हरेक द्वीपहरू लुप्त भयो अनि त्यहाँ पर्वतहरू रहेनन्। 21 ठूल-ठूला असिना आकाशबाट मानिसहरूमाथि झर्यो। यी असिनाहरू प्रत्येकको ओजन लगभग एक सय पाउण्ड थियो। मानिसहरूले परमेश्वरलाई यो असिनाबाट पाएको कष्टको कारणले सरापे। यो कष्ट एक भयानक कष्ट थियो।

रातो पशुमाथि बसेकी स्त्री

17 सातवटा कपहरू हुने स्वर्गदूतहरू मध्ये एकजना आए अनि मलाई भने, “आऊ, म तिमीलाई त्यो दण्ड देखाउँछु जो त्यस महा-वेश्यालाई दिइनेछ। ऊ धेरै पानीमाथि बसेकी छे। पृथ्वीका राजाहरूले उसित यौन पाप गरेका छन्। पृथ्वीका मानिसहरू उसको यौन-पापको दाखरस पिएर बेहोस भएका छन्।”

तब त्यो स्वर्गदूतले मलाई बोकेर मरुभूमिमा आत्माको नजिक लगे। त्यहाँ मैले एउटी स्त्रीलाई रातो पशुमाथि बसेकी पाँए। त्यो पशु जुन परमेश्वरको वदनामी लेखिएका नाउँहरूले ढाकिएको थियो। त्यो पशुका सातवटा टाउँको अनि दशवटा सीङ्गहरू थिए। त्यो स्त्रीले बैजनी अनि रातो रङ्गको बस्त्र पहिरेकी थिई। त्यो उसले लाएका सुन, रत्न अनि मोतीहरूमा चम्किरहेकी थिई। उसको हातमा एक सुनौलो प्याला थियो। त्यो प्याला भयानक वस्तुहरू अनि त्यस स्त्रीको अशुद्ध यौन-पापले भरिएको थियो। उसको निधारमा उपाधि लेखिएको थियो। त्यो उपाधिको गुप्ती अर्थ थियो:

महान बेविलोन

वेश्याहरूकी आमा

अनि पृथ्वीका दुष्ट कुराहरूको जननी।

मैले देखें कि त्यस स्त्री मातेकी थिई। उसले परमेश्वरको पवित्र मानिसहरू अनि जसले येशूमा आफ्नो विश्वास बताएका थिए तिनीहरूको रगत पिएर मातेकी थिई।

जब मैले त्यस स्त्रीलाई देखें, म पुरै आश्चर्य चकित भएँ। तब त्यो स्वर्गदूतले मलाई भने, “तिमी किन आश्चर्य चकित भयौ? म तिमीलाई यस स्त्रीको अनि ऊ चढेको पशुको जसको सातवटा टाउको अनि दशवटा सींङ छ गुप्ती अर्थ बताउनेछु। त्यो पशु जसलाई तिमीले देख्यौ, एक समयमा जीवित थियो। तर अहिले त्यो पशु जीवित छैन। तर त्यो पशु जीवित हुनेछ अनि अतल खाल्डोबाट निस्केर नष्ट हुनलाई जानेछ। पृथ्वीमा बस्ने मानिसहरू, आश्चर्य चकित हुनेछन्। जब तिनीहरूले त्यो पशु देख्छन् तिनीहरू आश्चर्य चकित हुनेछन् किनभने एक समयमा त्यो पशु जीवित थियो, अहिले जीवित छैन, तर त्यो फेरि आउनेछ। यी मानिसहरू ती हुन् जसका नाउँहरू संसारको सृष्टि भएदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्।

“यसलाई बुझ्नका निम्ति तिमीलाई ज्ञानपूर्ण हृदयको खाँचो छ। त्यो पशुमा भएका सात टाउकाहरू सातवटा पहाडहरू हुन् जहाँ त्यो स्त्री बस्छे। तिनीहरू सात राजाहरू पनि हुन्। 10 पाँचजना राजाहरू मरिसकेकाछन्। एकजना राजा आहिले जीवित छ। अनि अन्तिम राजा आइरहेकाछन्। जब आउँछन्, छोटो समय मात्र रहनेछन्। 11 त्यो पशु जो एक समयमा जीवित थियो, तर अहिले मरेको छ, त्यो आठौं राजा हो। त्यो आठौं राजा पनि पहिलो सात राजाहरूकै मध्येको हो र त्यो नष्ट हुनको लागि जानेछ।

12 “तिमीले देखेका दशवटा सीङ्गहरू दश राजाहरू हुन्। यी दश राजाहरूले अहिलेसम्म राज्य पाएका छैनन्। तर तिनीहरूले एक घण्टाको निम्ति त्यो पशुसित शासन गर्ने अधिकार प्राप्त गर्नेछन्। 13 यी सबै दश राजाहरूको एउटै उद्देश्य छ। अनि तिनीहरूले आफ्नो शक्ति अनि अधिकार त्यो पशुलाई दिनेछन्। 14 तिनीहरूले परमेश्वरको थुमासित लडाईं गर्नेछन्। तर परमेश्वरको थुमाले तिनीहरूलाई परास्त गर्नेछ, किनभने जहाँ प्रभुहरूका परमप्रभु अनि राजाहरूका राजा हुनुहुन्छ। उहाँले तिनीहरूलाई उहाँद्वारा चुनिएका अनि बोलाइएका विश्वासी चेलाहरूद्वारा परास्त गर्नुहुनेछ।”

15 तब स्वर्गदूतले मलाई भने, “तिमीले त्यो वेश्या जहाँ बसेकी थिई त्यो पानी देख्यौ। त्यो पानी संसारका धेरै मानिसहरू, भिन्न-भिन्न वंशहरू, राष्ट्रहरू अनि भाषाहरू, हुन्। 16 त्यो पशु अनि दश सिङ्गेहरू जसलाई तिमीले देख्यौ, त्यो वेश्यालाई तिरस्कार गर्नेछन्। त्यो सित भएका हरेक चीज तिनीहरूले लिनेछन् अनि त्यसलाई नाङ्गे पारेर छाडिदिने छन्। तिनीहरूले त्यसको मासु खानेछन् अनि आगोले डढाउनेछन्। 17 परमेश्वरले ती दश सिङ्गेलाई आफ्नो उद्देश्य पुरा गर्ने इच्छुक बनाउनु भयो। तिनीहरू शासन गर्न आफ्नो शक्ति त्यो पशुलाई दिनु राजी भए। आफ्नो शक्ति प्रदान गर्न राजी भए। परमेश्वरले भन्नु भएको कुराहरू पूर्ण नहुन्जेल सम्म तिनीहरूले शासन गर्नेछन्। 18 तिमीले देखेको त्यस स्त्री त्यो महानगर हो जसले पृथ्वीका राजाहरूमाथि शासन गर्छे।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International