Print Page Options
Previous Prev Day Next DayNext

Bible in 90 Days

An intensive Bible reading plan that walks through the entire Bible in 90 days.
Duration: 88 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यहोशू 15:1 - न्यायकर्ता 3:27

यहूदाका निम्ति भूमि

15 त्यो भूमि जो यहूदालाई दिइएको थियो त्यो कुल समूहका माझ विभाजन गरियो। त्यो भूमि एदोमको सीमानासम्म अनि दक्षिणमा तेमानको सीन मरुभूमिसम्म फैलिएको थियो। यहूदाको भूमिको दक्षिणी सीमाना खारा समुद्रको दक्षिण अन्त देखी शुरू भएको थियो। सीमाना अक्रब्बीन छिरूर्वोको दक्षिणबाट जीन मरुभूमि तर्फ अनि माथि कादेश तिर यसको दक्षिणतिरबाट हुँदै हेस्रोन कटेर अद्दारसम्म अनि त्यहाँबाट कर्कासम्म गयो। यो सीमाना मिश्रको खोला अज्मोन तिर बडेर गएको थियो। अनि त्यसपछि भूमध्य सागर तर्फ अघि बढेको थियो। यो तिनीहरूको दक्षिणी सीमाना हो।

तिनीहरूको पूर्वी सीमाना खारा समुद्र किनार देखि त्यो क्षेत्र सम्म फैलिएको थियो, जहाँ यर्दन नदी, खारा समुद्र भित्र बहन्थ्यो।

तिनीहरूको उत्तरी सीमाना त्यो क्षेत्रबाट शुरू भएको थियो, जहाँ यर्दन नदी खारा समुद्र भित्र प्रवेश गर्थ्यो। बेथोग्लमदेखि उत्तरमा बेतराबा सम्म सीमाना फैलिएको थियो। त्यो सीमाना बोहनको चट्टान छिचलेर गएको थियो। (बोहन: रूबेनका छोरा थिए।) उत्तरी सीमाना आकोर वेशीदेखि दबीरको उकालोसम्म छ। तब सीमाना उत्तरतर्फ सोजो गिलगाल तिर गएको थियो। गिलगाल बाटोको अर्को पट्टि छ जुन अदुम्मीम पर्वत भएर गएको छ। त्यो सानो खोलाको दक्षिण पट्टि थियो। त्यो सीमाना एन्शेमेशको खोला पछिल्तिर गएको थियो। त्यो सीमाना एन्शेगेलमा अन्त भएको थियो। त्यसपछि त्यो सीमाना यबूसी शहरको दक्षिणी छेउबाट हिन्नोम बेंसी भएर गएको थियो। (त्यो यबूसी शहरलाई यरूशलेम भनिन्थ्यो।) त्यस स्थानमा त्यो सीमाना हिन्नोम बेंसीको पश्चिममा भएको पहाडको चुचुरो तिर गएको थियो। यो रपाईं बेंसीको उत्तरतर्फ अन्तमा थियो। त्यस स्थान देखि त्यो सीमाना नेप्तोहको पानीको तलाउ तर्फ गएको थियो। त्यस पछि त्यो सीमाना एप्रोन नजिकका शहरहरू तिर गएको थियो। त्यस स्थानमा त्यो सीमाना घुमेर बाला तिर गएको थियो। (बालालाई किर्यत्यारी पनि भनिन्छ।) 10 बालामा त्यो सीमाना पश्चिम तर्फ घुमेको थियो। अनि सेईरको पहाडी देश तर्फ गएको थियो। त्यो सीमाना यारीम पर्वत (कसालोन)को उत्तरी छेउसम्म भएर तलतिर बेतशेमेश तिर फैलिएको थियो। त्यहाँ देखि त्यो सीमाना तिम्रामा पार गरेर गएको थियो। 11 सीमाना एक्रोनको उत्तरी पहाड भएर फैलिएको छ। त्यस सीमाना बाला पर्वत पार भएर शिक्करोन तिर सोझैं यब्नेल भएर भूमध्य सागरमा अन्त भएको थियो। 12 भूमध्य सागर यहूदको भूमिको पश्चिमी सीमाना थियो। यसरी यहूदाको भूमि यी चार सीमानाहरू भित्र थियो। यहूदाका कुलहरू यो क्षेत्रमा बस्थे।

13 यहोशूले यपून्नेको छोरो कालेबलाई यहूदाको निम्ति तोकिएको क्षेत्रभित्रको केही भूमि परमप्रभुले भन्नु भए झैं नै दिए। तिनले अर्बा किर्यार्वाको शहर (जसलाई हेब्रोन शहर भनिन्छ) अनाकका पिताले तिनलाई दिए। 14 कालेबले हेब्रोनमा बसेका तीन अनाकी वंशीहरूलाई त्यो स्थान छोड्न बाध्य तुल्याए। ती वंशहरू शेशै, अहीमन र तल्मै थिए। तिनीहरू अनाक वंशका थिए। 15 त्यसपछि कालेब दबीर निवासीहरूको विरूद्ध अघिबढे (पहिला, दबीरलाई कीर्यत सेपेर पनि भनिन्थ्यो।) 16 कालेबले भने, “म कीर्यत सेपेर माथि आक्रमण गर्न चाहन्छु। म मेरे छोरी अक्सालाई त्यस मानिसलाई दिनेछु जसले आक्रमण गरेर त्यो शहरलाई परास्त गर्छ। म त्यस मानिसलाई मेरो छोरी विवाह गर्न दिनेछु।”

17 ओत्निएल कालेबका भाइ कनजका छोरा थिए। ओत्निएलले त्यो शहरलाई परास्त गरे, यसकारण कालेबले आफ्नी छोरी अक्सालाई ओत्निएलसँग विवाह गरिदिए। 18 जब अक्सा ओत्निएल कहाँ आई, ओत्निएलले अक्सालाई भने तिम्रा बाबु कालेबसित पानी भएको उब्जाउ भूमिको निम्ति बिन्ती गर। अक्सा आफ्ना पिताकहाँ गइन्। जब तिनी आफ्नो गधाबाट ओर्लिइन्, कालेबले सोधे, “तँ के चाहन्छेस्?”

19 अक्साले उत्तर दिइन्, “मलाई एउटा आशीर्वाद दिनुहोस्। तपाईंले मलाई नेगवमा सूखा भूमि दिनुभयो। दयागरी मलाई पानी भएको केही भूमि पनि दिनु होस्।” यसर्थ तिनले चाहेको भूमि कालेबले दिए। तिनले त्यो भूमिको पानीका माथिल्लो अनि तल्लो पोखरीहरू दिए।

20 यहूदाका कुल समूहले त्यो भूमि प्राप्त गरे, जो परमप्रभुले तिमीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो। प्रत्येक कुल समूहले भूमिको अंश पाए।

21 यहूदाका कुल समूहले नेगेबको दक्षिणी अंशका सबै शहरहरू प्राप्त गरे। यी शहरहरू एदोमको सीमाना नजिकै थिए। यहाँ ती शहरहरूको सूची छः

कब्सेल, एदेर, यागूर, 22 कीना, दीमोना, अदादा, 23 केदेश, हासोर, यित्नान, 24 जीप, तेलेम, बालोत, 25 हासोरादत्ता, किरय्योथ-हेस्रोन (हासोर), 26 अमान, शर्मा, मोलादा, 27 हसगद्दा, हेशमोन, बेत्पालेत, 28 हसर्शूआल, बेशेर्बा, बिज्योत्या, 29 बाला, ईम, एसेम, 30 एल्तोलद, कसील, होर्मा, 31 सिक्लग, मदूमन्ना, सन्सन्ना, 32 लबाओत, शिल्हीम, एन अनि रिम्मोन। त्यहाँ सबजसम्म उन्तीसवटा शहर अनि तिनका सबै खेतहरू थिए।

33 यहूदाका कुल समूहले पश्चिमी तराईमा भएका शहरहरू पनि पाए। ती शहरहरूको सूची यहाँ छः

एश्तोल, सारा, अश्ना, 34 जानोह, एन्गन्नीम, तपूह, एनाम, 35 यर्मूत, अदुल्लाम, सोको, अजेका, 36 शारैम, अदीतैम, अनि गदेरा (गदेरोतेम) त्यहाँ जम्मा चौधवटा शहरहरू अनि तिनका सबै खेतहरू थिए।

37 यहूदाका कुल समूहलाई यी शहरहरू पनि दिइएः

सनान, हदाशा, मिग्दलाद, 38 दिलान, मिस्पे, योक्तेल, 39 लाकीश, बोस्कत, एग्लोन, 40 कोब्बन, लहमाम, कितलीश, 41 गदेरोत, बेत्दागान, नामा अनि मक्केदा। त्यहाँ जम्मा सोह्रवटा शहर अनि ती वरिपरिका सबै खेतहरू थिए।

42 यहूदाका मानिसहरूले यी शहरहरू पनि पाएः

लिब्ना, एतेर, आशान, 43 यिप्ताह, अश्ना, नसीब, 44 कीला, अक्जीब अनि मारेशा। त्यहाँ जम्मा नौंवटा शहर अनि ती वरिपरिका खेतहरू थिए। 45 यहूदाका मानिसहरूले एक्रोन शहर अनि यसका नजिकका सबै स-साना शहरहरू र ती वरिपरिका खेतहरू पनि प्राप्त गरे। 46 तिनीहरूले एक्रोनको पश्चिमको क्षेत्र अनि अश्दोद नजिकका सबै खेतहरू अनि शहरहरू पनि पाए। 47 अश्दोद वरिपरिका सबै क्षेत्र अनि स-साना शहरहरू यहूदाको भूमिका अंश थिए। यहूदाका मानिसहरूले गाजा वरिपरिका क्षेत्र अनि खेतहरू अनि त्यसका नजिकमा भएका शहरहरू पनि प्राप्त गरे। तिनीहरूको भूमि मिश्रको नदीसम्म लगातार फैलिएको थियो। अनि तिनीहरूको भूमि, भूमध्य समुद्रको किनारा छेउ-छाउ सम्म लगातार थियो।

48 यहूदाका मानिसहरूलाई पहाडी देशका शहरहरू पनि प्रदान गरे। ती शहरहरूको सूची यहाँ छः

शामीर, यत्तीर, सोको, 49 दन्ना, किर्यत्सन्ना (दबीर), 50 अनाब, एश्तमो, अनीम, 51 गोशेन, होलोन, अनि गीलोह। त्यहाँ जम्मा एघारवटा शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।

52 यहूदाका मानिसहरूलाई यी शहरहरू पनि दिइयोः

अरब, दुमा, एशान, 53 यार्नूम, बेत्तप्पूह, अपेका, 54 हुम्ता, किर्यतर्बा (हेब्रोन) अनि सीओर। त्यहाँ नौंवटा शहरहरू र ती वरिपरिका सबै खेतहरू थिए।

55 यहूदाका मानिसहरूलाई यी शहरहरू पनि दिइयोः

माओन, कर्मेल, जीप, यूता, 56 यिज्रेल, योक्दाम, जानोह, 57 कैन, गिबा अनि तिम्ना। त्यहाँ जम्मा दशवोटा शहरहरू अनि ती वरिपरिका खेतहरू थिए।

58 यहूदाका मानिसहरूलाई यी शहरहरू पनि प्रदान गरिएः

हल्हूल, बेत्सर, गदोर, 59 मारात, बेतनोत, एल्तकोन। सबजम्मा त्यहाँ छवटा शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।

60 यहूदाका मानिसहरूलाई (रब्बा अनि किर्यतबाल जोकिर्यत्यारीम) यी दुइ शहरहरू पनि दिइए।

61 यहूदाका मानिसहरूलाई मरुभूमिमा भएका शहरहरू पनि दिइए। यहाँ ती शहरहरूको सूचीछः

बेतराबा, मिद्दीन, सकाका, 62 निब्शान, नूनको शहर अनि एनगदी। त्यहाँ जम्मा छवटा शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।

63 यहूदाका सेना यरूशलेममा बसेका यबूसी मानिसहरूलाई बाहिर निक्लन बाध्य तुल्याउन सामर्थ भएनन्। यसर्थ आजसम्म यरूशलेममा यहूदाका मानिसहरू माझ यबूसी मानिसहरू बस्छन्।

एप्रैम अनि मनश्शेका निम्ति भूमि

16 यो त्यो भूमि हो जो यूसुफका कुलले प्राप्त गरे। यो भूमि यरीहो नजिकै यर्दन नदीबाट शुरू भएर यरीहोको जल क्षेत्रसम्म लगातार फैलिएको थियो। (यो यरीहोको ठीक पूर्वमा थियो।) यसको सीमाना यरीहो देखि माथि तिर बेतेलको पहाडी देशसम्म लगातार फैलिएको थिए। त्यसपछि त्यो सीमाना बेतेल (लाज) देखि अरकीको सीमाना अतारोत तर्फ लगातार गएको थिए। तब सीमाना थल्पेतीको सीमानासम्म पश्चिमतिर गयो। त्यो सीमाना निम्न बेथोरोन तर्फ गएको थिए। त्यसपछि त्यो सीमाना गेजेर तर्फ गएर भूमध्य समुद्र तिर फैलिएको थियो।

यसरी मनश्शे अनि एप्रैमका मानिसहरूले आफ्ना भूमिप्राप्त गरे। (मनश्शे अनि एप्रैम यूसुफका छोराहरू थिए।)

एप्रैमका मानिसहरूलाई दिइएको भूमि यो होः तिनीहरूको पूर्वी सीमाना अत्रोतद्दार, उच्च बेथोरोनको नजिकैबाट शुरू भएको थियो। अनि पश्चिमी सीमाना मिक्मतातबाट शुरू भएको थियो। त्यो सीमाना पूर्वतिर तानत्शीलो तर्फ घुमेर पूर्वतिर यानोहसम्म लगातार गएको थियो। त्यसपछि त्यो सीमाना यानोह देखि तलतिर अतारोत अनि नारासम्म गएको थियो। त्यो सीमाना यरीहोलाई नछोइ सम्म लगातार गएर यर्दन नदीमा समाप्त भएको थिए। त्यो सीमाना तप्पूह देखि पश्चिम तिर कानाको बेसी तर्फ गएर समुद्रमा समाप्त भएको थियो। यो सबै भूमिहरू एप्रैमका मानिसहरूलाई दिइएका भूमिहुन्। त्यस कुल समूहका प्रत्येक वंशले यो भूमिको एक अंश पाए। एप्रैमको सीमानाका अनेक शहरहरू वास्तवमा मनश्शेका सीमाना भित्र थिए। तर एप्रैमका मानिसहरूले ती शहरहरू अनि ती वरिपरिका खेतहरू पाए। 10 तर एप्रैमका मानिसहरूले कनानी मानिसहरूलाई गेजेर शहर छाड्न बाध्य तुल्याउन समर्थ थिएनन्। यसकारण कनानी मानिसहरू एप्रैमी मानिसहरू माझ बस्छन्। तर कनानी मानिसहरू एप्रैमी मानिसहरूका दास भएका छन्।

17 तब मनश्शेका कुल समूहलाई भूमि दिइयो। मनश्शे यूसुफका जेठा छोरा थिए। मनश्शेका जेठा छोरा माकीर थिए, जो गिलादका पिता थिए। माकीर एकजना महान सैनिक थिए, यसर्थ गिलाद अनि बाशानका क्षेत्रहरू माकीरका वंशलाई दिए। मनश्शेका कुल समूहका अन्य वंशहरूलाई पनि भूमि दिए। ती कुलहरू अबीएजेर, हेलेक, अस्रीएल, शेकेल, हेपेर अनि शमीदा थिए। यी सबै मानिसहरू यूसुफका छोरा मनश्शेक अन्य छोराहरू थिए। यी मानिसका कुलहरूले भूमिका आफ्ना अंश प्राप्त गरे।

सलोफाद हेपेरका छोरा थिए। हेपेर गिलादका छोरा थिए। गिलाद माकीरका छोरा थिए अनि माकीर मनश्शेक छोरा थिए। सलोफदका कुनै छोराहरू थिएनन् तर तिनका पाँच जना छोरी थिए। तिनीहरूको नाउँ महला, नोआ, होग्ला, मिल्का अनि तिर्सा थियो। ती छोरीहरू एलीजार पूजाहारी, नूनका छोरा यहोशू अनि सबै अगुवाहरूकहाँ गए। ती छोरीहरूले भने, “परमप्रभुले मोशालाई भन्नुभयो कि उहाँले हामीलाई त्यसरी नै भूमि दिउन् जसरी हाम्रा पुरूष नातेदारहरूलाई दिइन्छ।” यसर्थ तिनले परमप्रभुको आज्ञा पालन गरे अनि छोरीहरूलाई केही भूमि दिए। यसरी यी छोरीहरूले आफ्ना काकाहरूले जस्तै आफ्नो भूमि पाए।

यसरी मनश्शेका कुल समूहका यर्दन नदीको पश्चिमतर्फ दशवटा क्षेत्रहरू अनि यर्दन नदीको अर्को तफर्का गिलाद अनि बाशानका भूमिका दुइ अधिक क्षेत्रहरू भए। यसरी नै मनश्शेका कुल समूहका यी स्त्रीहरूले पनि पुरषहरूले जस्तै भूमि प्राप्त गरे। गिलादको भूमि बाँकी रहेका मनश्शेका सन्तानहरूलाई दिइयो।

मनश्शेका भूमिहरू आशेर अनि मिक्मतात माझको क्षेत्रमा थिए। यो शकेमको नजिकै छ। यसको सीमाना दक्षिण तर्फ एन्तप्पूहको क्षेत्रतिर गएको थियो। तप्पूह विरपरिका भूमि मनश्शेका थियो, तर तप्पूह शहर तिनको थिएन। तप्पूह शहर मनश्शेको भूमिको सीमानामा थियो अनि यो एप्रैमका मानिसहरूको थियो। मनश्शेको सीमाना दक्षिण तिर कानाको बेंसीसम्म लगातार थियो। यो क्षेत्र मनश्शेका कुल समूहको थियो, तर शहरहरू एप्रैमका मानिसहरूका थिए। मनश्शेको सीमाना नदीको उत्तर तर्फ थियो अनि यो पश्चिम तर्फ भूमध्य समुद्रसम्म फैलिएको थियो। 10 दक्षिण तर्फको भूमि एप्रैमको थियो। अनि उत्तर तर्फको भूमि मनश्शेको थियो। भूमध्य समुद्र पश्चिमी सीमानामा थियो। त्यो सीमानाले उत्तरमा आशेरको भूमि अनि पूर्वमा इस्साकारको भूमिलाई छोएको थियो।

11 मनश्शेका मानिसहरूको इस्साकार अनि आशेर क्षेत्रहरूमा शहरहरू पनि थिए। बेत्शान, यिवलाम अनि वरिपरिका स-साना शहरहरू मनश्शेका कुल समूहको थिए। मनश्शेका मानिसहरू दोर, एन्दोर, तानाक, मिगद्दो अनि ती शहरहरू वरिपरिका स-साना शहरहरूमा पनि बस्थे। तिनीहरू नापोतका तीन शहरहरूमा पनि बस्थे। 12 मनश्शेका मानिसहरू ती शहरहरू परास्त गर्न समर्थ भएनन्। यसर्थ कनानी मानिसहरू त्यहाँ बसिरहे। 13 तर इस्राएलका मानिसहरू शक्तिशाली भए। जब यस्तो भयो तब तिनीहरूले कनानका मानिसहरूलाई आफ्ना निम्ति काम गर्न बाध्य तुल्याए। तिनीहरूले कनानी मानिसहरूलाई त्यो भूमि छोड्न बाध्य तुल्याएनन्।

14 यूसुफका कुल समूहले यहोशूसित बात गरे र भने, “तपाईंले हामीलाई भूमिको एक भाग मात्र दिनुभयो। जब हामी यति धेरै संख्यामा छौं, परमप्रभुले ज्यादा संख्यामा आशीर्वाद दिनु भएको छ, कि सम्पूर्ण भूमिबाट हामीलाई एक भाग मात्र दियौ?”

15 यहोशूले तिनीहरूलाई उत्तर दिए, “यदि तिमीहरूसित अति धेरै मानिसहरू भए तब माथि पहाडी भूमिको जंङ्गलले भरिएको क्षेत्रमा जाऊ अनि त्यो भूमिको जंङ्गल फाँडेर त्यसलाई प्रयोग गर्न सक्छौ। त्यो भूमि अहिले परिज्जी अनि रपाई मानिसहरूको हो। तर यदि एप्रैमको पहाडी देश तिमीहरूका निम्ति अति सानो भए गएर त्यो भूमि लेऊ।”

16 यूसुफका सन्तानले भने, “हाम्रो लागि पर्वतहरू प्रशस्त भूमि हुने छैन, तर हामी ती बेंसीहरूलाई लिन सक्तैनौं कारण बेशानको नजिकै यिर्जेब बेसीमा बस्ने र वरिपरिका गाउँहरूमा बस्ने कनानीका रथहरू छन् (अनि हाम्रो छैनन्।)”

17 तब यहोशूले यूसुफ, एप्रैम अनि मनश्शेका मानिसहरूलाई भने, “तर तिमीहरू त्यहाँ अति धेरै छौ। अनि तिमीहरू अत्यन्त शक्तिशाली छौ। तिमीहरूले भूमिको एक हिस्सा भन्दा अधिक पाउनु पर्छ। 18 तिमीहरूले पहाडी देश लिने छौ। त्यो एक जङ्गल हो, तर रूखहरू काटेर त्यस स्थानलाई बस्नका निम्ति असल तुल्याउन सक्छौ। अनि त्यो सम्पूर्ण भूमि तिमीहरूको हुनेछ। कनानी मानिसहरूलाई त्यो भूमि छोड्न तिमीहरूले वाध्य तुल्याउने छौ। तिनीहरू बलिया र तिनीहरूसित शक्तिशाली हात हतियारहरू भएता पनि तिमीहरूले तिनीहरूलाई पराजित गर्नेछौ।”

शेष भूमिको विभाजन

18 समस्त इस्राएली मानिसहरू शीलोमा एकसाथ भेला भए। त्यस स्थानमा तिनीहरूले भेट-हुने पाल लगाए। इस्राएलका मानिसहरूले त्यो देशलाई नियन्त्रण गरे। त्यस भूमिका सम्पूर्ण शत्रुहरूलाई तिनीहरूले परास्त गरे। तर त्यस समय त्यहाँ अझ इस्राएलका सात कुल समूहहरू थिए परमेश्वरले भाकल गर्नु भएको भूमि तिनीहरूलाई अझ सम्म पनि प्राप्त भएको थिएन।

त्यसपछि यहोशूले इस्राएलका मानिसहरूलाई भने, “तिमीहरूको भूमि लिन तिमीहरू किन यतिलामो पर्खन्छौ? परमप्रभु, तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरले त्यो भूमि तिमीहरूलाई दिन्छु भन्नु भएको छ। यसर्थ तिमीहरू प्रत्येक कुल समूहले तीन मानिसहरूलाई चुन्नु पर्छ। म ती मानिसहरूलाई भूमिको निरक्षण गर्न पठाउने छु। तिनीहरूले त्यो भूमिको विवरण लिनेछन् अनि तिनीहरू फर्केर मकहाँ आउनेछन्। तिनीहरूले त्यो भूमिलाई सात भागमा विभाजन गर्नेछन्। यहूदा र यूसुफका मानिसहरूले आफ्ना भूमि दक्षिणमा लिनेछन्। तर तिमीहरूले भूमिको विवरण दिनु पर्नेछ अनि त्यसलाई सात भाग गर्नेछन्। मलाई मानचित्र ल्याई देऊ अनि कुन कुलले कुन भूमि प्राप्त गर्ने सो परमप्रभु हाम्रा परमेश्वरले निर्णय गरून्। लेवी मानिसहरूले भूमिको हिस्सा पाउँदैनन्। तिनीहरूको हिस्सा पूजाहारीको रूपमा परमप्रभुको सेवा गर्नु हो। गाद, रूबेन, मनश्शेका आधा कुल समूहले तिनीहरूलाई भाकल गरिएका भूमि पाइसकेका छन्। ती यर्दन नदीको पूर्वतर्फ छन्। परमप्रभुका दास मोशाले त्यो भूमि तिनीहरूलाई दिइसकेका छन्।”

यसर्थ ती चुनिएका मानिसहरू त्यो भूमि हेर्न अनि त्यसबारे विवरण लेख्नका निम्ति गए। यहोशूले तिनीहरूलाई भने, “पूरा भूमिमा जाऊ अनि त्यसको विवरण लेख। त्यसपछि म कहाँ शीलोमा आऊ। त्यस पछि म चिट्ठा गर्नेछु अनि परमप्रभुले तिमीहरूका निम्ति भूमि विभाजन गरून्।”

यसर्थ मानिसहरू त्यस भूमिमा गए। मानिसहरू सम्पूर्ण भूमिमा गए अनि यहोशूका निम्ति त्यसको विवरण लेखे। तिनीहरू सबैले शहरहरूको सूची तयार गरे अनि भूमिलाई सात भागमा विभाजन गरे। त्यसपछि तिनीहरू यहोशू कहाँ शीलोमा फर्के। 10 यहोशूले शीलोमा परमप्रभुको समक्ष तिनीहरूको निम्चि चिट्ठा गरे। यस प्रकार यहोशूले भूमि विभाजित गरे अनि प्रत्येक कुल समूहलाई भूमिको अंश दिए।

बिन्यामीनको निम्ति भूमि

11 त्यो भूमि बिन्यामीनको कुल समूहलाई दिइयो जो यहूदा अनि यूसुफका क्षेत्रहरूको माझमा थियो। बिन्यामीनका कुल समूहका प्रत्येक वंशले आफ्नो भूमि प्राप्त गरे। बिन्यामीनको निम्ति चुनिएको भूमि यो होः 12 यर्दन नदीबाट उत्तरी सीमाना शुरू भएको थियो। सीमाना यरीहको उत्तरी किनार भएर फैलिएको थियो। त्यसपछि सीमाना पश्चिम तिर पार्वत्य देशतर्फ फैलिएको थियो। बेतवानको पूर्वमा नपुगेसम्म सीमाना फैलिएर गएको थियो। 13 त्यसपछि सीमाना दक्षिणमा लूज (बेतेल) तिर फैलियो। तब सीमाना अत्रोतद्दार तिर झर्यो। अत्रोतद्दार तल्लो बेथोरोनको दक्षिणको पहाडमाथि अवस्थित छ। 14 बेथोरोनको दक्षिणी पहाडमा त्यो सीमाना दक्षिणतर्फ घुमेर पहाडको पश्चिम तिर फैलिएको थियो। सीमाना कियर्थबात तर्फ फैलिएको थियो (यसलाई किर्यत्यारीम पनि भनिन्छ।) यो शहर यहूदाका मानिसहरूको थियो। यो पश्चिमी सीमाना थियो।

15 दक्षिण सीमाना किर्यत्यारीमको नजिकबाट शुरू भएर नेप्तोह मुहान तर्फ गएको थियो। 16 त्यसपछि सीमाना रपाईहरूको बेंसी उत्तरमा भएको हिन्नोम छोराको बेंसीको नजिकैको पहाडको फेद तिर फैलिएको थियो। सीमाना यबूसी शहरको ठीक दक्षिणमा भएको हिन्नोम बेंसीको तर्फ झरेको थियो। त्यसपछि सीमाना एन्रोगेल तर्फ गएको थियो। 17 त्यहाँ, त्यो सीमाना उत्तरतर्फ घुमेर एन्शेमेश तर्फ गएको थियो। सीमाना गलीलोत तर्फ फैलिएको थियो (गलीलोत, पहाडमा अदूम्मीम उकालोको नजिकमा छ।) त्यो सीमाना रूबेनको छोरो बोहनको नाउँको महान् शिला तिर झरेको थियो। 18 त्यो सीमाना अराबको उत्तर तिर फैलिएको थियो र अराबमा नै झरेको थियो। 19 त्यसपछि त्यो सीमाना बथोग्लाको उत्तर तर्फ भएर खारा समुद्रको उत्तरी किनारमा अन्त भएको थियो। यो त्यही स्थान हो जहाँ पुगेर यर्दन नदी समुद्रमा प्रवेश हुन्छ। त्यो दक्षिणी सीमाना थियो।

20 यर्दन नदी पूर्वी सीमाना थियो। यसरी यो भूमि बिन्यामीनको कुल समूहलाई प्रदान गरियो। ती सबैतिरका सीमानाहरू थिए। 21 प्रत्येक कुलले आफ्नो भूमि प्राप्त गरे। यी तिनीहरूका शहरहरू थिएः यरीहो, बेथोग्ला, एमोकसीस। 22 बेत-अराबा, समारैम, बेतेल, 23 अब्बीम, पारा, ओप्रा, 24 कपरम्मोनी, ओप्नी अनि गेबा। त्यहाँ बाह्र शहरहरू अनि ती वरिपरिका खेतहरू थिए।

25 बिन्यामीनको कुल समूहले गिबोन, रामा, बेरोत, 26 मिस्पा, कपीरा, मोसा, 27 रेकेम, यिर्पल, तरला, 28 सेला, एलेप, यबूसी शहर (अर्थात यरूशलेम), गिबत अनि किर्यत। त्यहाँ चौध शहरहरू अनि ती वरिपरिका खेतहरू थिए। बिन्यामीनका कुल समूहले यी सबै क्षेत्रहरू प्राप्त गरे।

शिमियोनका निम्ति भूमि

19 तब यहोशूले शिमोन कुल समूहका सबै वंशहरूलाई तिनीहरूका भूमिका भाग प्रदान गरे। तिनीहरूले प्राप्त गरेको भूमि त्यो इलाका भित्र थियो जो यहूदाका थियो। तिनीहरूले जो प्राप्त गरे ती यी हुन्ः बेर्शेबा (शेबा पनि भनिन्छ।), मोलादा, हजर्शूआल, बाला, एसेम, एल्तोलाद, बतूल, होर्मा, सिकलग, बेत्मर्काबोत, हसर्सूसा, बेत्लबाओत अनि शारूहेन। त्यसमा तेह्र शहरहरू अनि ती वरिपरिका समस्त खेतहरू थिए।

तिनीहरूले ऐन, रिम्मोन, एतेर, अनि आशान शहरहरू पनि प्राप्त गरे। त्यसमा चार शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए। तिनीहरूले शहरहरू वरिपरिका बालात-बेअर सम्मका सबै खेतहरू पनि पाए। यसरी त्यो क्षेत्र थियो जो शिमोनको कुल समूहलाई प्रदान गरिएको थियो। प्रत्येक कुलले आफ्ना भूमि प्राप्त गरे। शिमोनको भागको भूमि यहूदाले प्राप्त गरेको इलाका भित्र थियो। यहूदाका मानिसहरूको भूमि तिनीहरूलाई चाहिएको भन्दा ज्यादा थियो। यसर्थ शिमोनका मानिसहरूले तिनीहरूको भूमिको अंश प्राप्त गरे।

जबलूनका निम्ति भूमि

10 तेस्रो कुल समूहको आफ्ना जमीन प्राप्त गर्ने जबूलूनहरू थिए। जबूलूनका प्रत्येक कुल समूहले तिनीहरूलाई भाकल गरिएका भूमि प्राप्त गरे। जबूलूनको भूमिको सीमाना सारीदसम्म रहेको थियो। 11 त्यसपछि त्यो सीमाना पश्चिम तर्फ मरलासम्म फैलिएर ठीक दब्बेशेतलाई भेट्न पुगेको थियो। त्यसपछि त्यो सीमाना योक्नाम नजिकको साँधुरो गल्छी भएर गएको थियो। 12 त्यसपछि त्यो सीमाना सारीदको पूर्वबाट घुमेर किस्लोत्ताबोर सम्म पुग्यो। सीमाना दाबरत देखि फैलिएर यापी सम्म पुग्यो। 13 त्यसपछि त्यो सीमाना पूर्वतिर गथेपेर अनि इथकासीन तिर फैलिएको थियो। त्यो सीमाना रिम्मोनमा अन्त भएको थियो। त्यसपछि त्यो सीमाना घुमेर नेआतर्फ गएको थियो। 14 नेआदेखि त्यो सीमाना घुमेर उत्तरमा हन्नतोन अनि त्यसपछि इफथहेलको बेंसीसम्म फैलिएरको थियो। 15 यो सीमाना भित्र काथाथ, नहलल, शीम्रोन, इदलाह अनि बेतलेहेम शहरहरू थिए। त्यहाँ जम्मा बाह्र शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।

16 यसरी, यी शहरहरू अनि ती वरिपरिका खेतहरू जबूलूनलाई दिए। जबूलूनका प्रत्येक कुलले भूमिका आफ्ना अंश प्राप्त गरे।

इस्साकारका निम्ति भूमि

17 भूमिको चौथो अंश इस्साकारको कुल समूहलाई प्रदान गर्यो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिको आफ्नो हिस्सा प्राप्त गरे। 18 त्यस कुल समूहलाई प्रदान गरिएको भूमि यो होः यिज्रल, कसुल्लोत, शूनेम, 19 हपरैम, शीओन, अनाहारत, 20 रब्बीत, किश्योन, एबेस, 21 रेमेत, एन्गन्नीम, एन्हद्दा अनि बेतपसेस।

22 तिनीहरूको सीमानाले ताबोर, शहसूमा अनि बेत्शेमेशसम्म गएको थियो। त्यो सीमाना यर्दननदीमा टुङ्गिएको थियो। त्यसमा जम्मा सोह्र शहरहरू र ती वरिपरिका खेतहरू थिए। 23 यी शहरहरू त्यो भूमिका अंश थिए जो इस्साकारको कुल समूहलाई दिएको थियो। प्रत्येक वंशले भूमिको आफ्नो भाग पाए।

आशेरका निम्ति भूमि

24 भूमिको पाँचौं भाग आशेरको कुल समूहलाई दिइयो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिको आफ्ना भाग पाए। 25 त्यस कुल समूहलाई दिएको भूमि यो होः हेलकत, हली, बेतेन, अक्क्षाप, 26 अल्लम्मेलेक, अमाद अनि मिशाल।

यसको पश्चिमी सीमाना कर्मेल पर्वत अनि शीहोर्लिब्नातसम्म फैलिएको थियो। 27 त्यसपछि सीमाना पूर्व तर्फ घुम्यो र बेत्दागोनसम्म पुगेको थियो। त्यो सीमानाले जबूलून अनि यिप्तहेलको बेंसीलाई भेट्टाएको थियो। त्यसपछि त्यो सीमाना बेतेमेक अनि नीएलको उत्तर तर्फ गएको थियो। त्यो सीमानाले काबूलको उत्तर पार गर्यो। 28 त्यसपछि त्यो सीमाना एब्रोन, रहोब, हम्मोन अनि कानातर्फ फैलिएको थियो। त्यो सीमाना महा-सीदोन तर्फ लगातार फैलिएको थियो। 29 त्यसपछि त्यो सीमाना दक्षिणमा रामा तिर फर्केको थियो। त्यो सीमाना टायरको सुदृढ शहर तर्फ लगातार फैलिएर गएको थियो। त्यसपछि त्यो सीमाना घुमेर होसातिर गएको थियो। त्यो सीमाना अक्जीब, 30 उम्मा, अपेक अनि रहोब नजिकको समुद्रमा टुङ्गिएको थियो।

सबजम्मा त्यसमा बाइस शहरहरू अनि ती वरिपरिका खेतहरू थिए। 31 ती शहर अनि ती वरिपरिका खेतहरू आशेरको कुल समूहलाई प्रदान गरिएका थिए। त्यस कुल समूहका प्रत्येकले भूमिको आफ्ना-आफ्ना हिस्सा प्राप्त गरे।

नप्तालीका निम्ति भूमि

32 भूमिको छैटौं भाग नप्तालीको कुल समूहलाई दिइयो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिका आफ्ना भाग पाए। 33 तिनीहरूको भूमिको सीमाना सानन्नीम नजिकको विशाल बृक्षदेखि शुरूभएको थियो। यो हेलेपको नजिकै छ। त्यसपछि त्यो सीमाना अदामीनेकेब अनि यब्नेल भएर गएको थियो। त्यो सीमाना लक्फूम तर्फ लगातार फैलिएर यर्दन नदीमा टुङ्गिएको थियो। 34 तब त्यो सीमाना अजमोत्ताबोर हुँदै पश्चिम तर्फ फर्क्यो। त्यसपछि त्यो जबूलूनको दक्षिणी किनारा हुँदै हुक्कोक पुग्यो अश्शेरको पश्चिमी किनारा अनि त्यसपट्टि यर्दन नदीको पूर्वपछि छोयो 35 यी सीमानाहरू भित्र केही सुदृढ शहरहरू थिए। ती शहरहरू सिद्दीम, सेर, हम्मत, रक्कत, किन्नरेत, 36 अदामा, रामा, हासोर, 37 केदेश, एद्रेई, एन्हसोर, 38 यिरोन, मिग्दलेल, होरेम, बेतनात अनि बेत्शेमेश। जम्मा त्यसमा उन्नाईस शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।

39 यी शहरहरू अनि ती वरिपरिका खेतहरू नप्तालीका कुल समूहलाई दिए। त्यस कुल समूहका प्रत्येकले आफ्ना भूमि प्राप्त गरे।

दानका निम्ति भूमि

40 त्यसपछि दान सातौं कुल समूह थियो जसलाई भूमि दिइयो। 41 यो त्यो भूमि हो जो तिनीहरूलाई दिएको थियोः सोरा, एश्ताओल, इशेमेस, 42 शाललबीन, अय्यालोन, इत्ला, 43 एलोन, तिम्ना, एक्रोन, 44 एल्तके, गिब्बतनो, बालात, 45 यहूद, बनेबरक, गत्रिमोन, 46 मेयरकोन, रकोन जोपाको अनि नजिकका इलाका।

47 तर दानका मानिसहरूलाई आफ्नो भूमि लिनमा कष्ट थियो। त्यहाँ शक्तिशाली शत्रुहरू थिए अनि दानका मानिसहरूले तिनीहरूलाई सजिलैसित परास्त गर्न सकेनन्। यसर्थ दानका मानिसहरू इस्राएलको उत्तरतर्फ गए अनि लेशेमको विरूद्ध लडे। तिनीहरूले लाएसाहलाई परास्त गरे अनि त्यहाँ जो बस्थे तिनीहरूलाई मारे। यसर्थ दानका मानिसहरू लेशेम शहरमा बसे। तिनीहरूले नाउँ दानमा परिवर्त्तन गरे किनभने त्यो तिनीहरूको कुल समूहका पिताको नाउँ थियो। 48 यी समस्त शहर अनि ती वरिपरिका खेतहरू दानका कुल समूहलाई दिइयो। प्रत्येकले भूमिको आफ्नो भाग पाए।

यहोशूका निम्ति भूमि

49 यसरी अगुवाहरूले भूमि विभाजन गर्ने अनि विभिन्न कुल समूहलाई ती प्रदान गरिने कार्य पूर्ण गरे। तिनीहरूले कार्य समाप्त गरिसके पछि इस्राएलका समस्त मानिसहरूले नूनका छोरा यहोशूलाई पनि केही भूमि प्रदान गर्ने निश्चय गरे। तिनलाई प्रतिज्ञा गरिएको भूमि यो थियो। 50 तिनले यो भूमि प्राप्त गरून् भनी परमप्रभुले आज्ञा दिनु भएको थियो। यसर्थ यहोशूलाई तिनीहरूले एप्रैमको पार्वत्य देशको तिम्नथसेरह शहर प्रदान गरे। यो त्यही शहर थियो जो तिनलाई चाहिन्छ भनी यहोशूले तिनीहरूलाई भनेका थिए। यसर्थ यहोशूले त्यो शहरलाई दृढ तुल्याए अनि त्यहाँ बसे।

51 यसरी यी सबै भूमिहरू इस्राएलका विभिन्न कुल समूहमा विभाजित गरिए। पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि प्रत्येक कुल समूहका अगुवाहरू भूमि विभाजन गर्न शीलोमा भेला भए। तिनीहरू भेट-हुने पालको प्रवेशद्वारमा परमप्रभुको समक्ष भेला भए। यसरी तिनीहरूले भूमि विभाजन पूर्ण गरे।

शरण शहरहरू

20 तब परमप्रभुले यहोशूलाई भन्नु भयो, “मैले तिमीहरूलाई निर्देश दिन मैले मोशालाई आज्ञा गरे झैं सुरक्षाका विशेष शहरहरू निर्माण गर्न इस्राएलीहरूलाई भन। इस्राएलीहरूलाई शरण स्थानको विशेष शहरहरू नियुक्त गर्नु भन। यदि कुनै मानिसले अर्को मानिसलाई मार्छ, तर त्यो अन्जानमा हो अनि उसले त्यस मानिसलाई मार्न चाहेको होइन भने उसलाई मार्न चाहने उसका आफान्तहरूबाट लुक्नका निम्ति त्यो शरण शहरमा जान सक्छ।

“त्यस मानिसले जे गर्नुपर्छ त्यो यो होः जब त्यो भागेर ती शहरहरू मध्ये एउटामा जान्छ। त्यो त्यस शहरको प्रवेश द्वारमा रोकिएर उभिनु पर्छ अनि मानिसहरूका अगुवाहरूलाई भन्नु पर्छ के भएको थियो। तब अगुवाहरूले त्यसलाई शहरमा प्रवेश गर्न दिने छन्। त्यसलाई तिनीहरूसँगै बस्न दिऊन्। तर त्यस मानिसलाई खेद्‌दै आउने मानिस शहरमा पछ्याउँदै आउन सक्नेछ। यदि यस्तो भयो भने शहरका अगुवाहरूले उसलाई छोड्नु हुँदैन। तिनीहरूले त्यस मानिसको रक्षा गर्नुपर्छ जो तिनीहरू कहाँ सुरक्षाको निम्ति आएकोछ किनभने त्यसले एउटा मानिसलाई अन्जानमा मारेको थियो। उ क्रोधित भएको थिएन, अनि त्यस मानिसलाई मार्ने योजना गरेको थिएन। त्यो मानिसलाई त्यस शहरको न्यायलयले त्यसको न्याय नगरे सम्म त्यस शहरमा बस्नु पर्नेछ। अनि प्रधान पूजाहारीको मृत्यु नहुन्जेल त्यो त्यस शहरमा बस्नु पर्नेछ। त्यसपछि त्यो आफ्नै घर भएको शहरमा फर्की जानसक्नेछ, जहाँबाट त्यो व्यक्ति भागेको थियो।”

यसर्थ इस्राएलका मानिसहरूले “शरणस्थान-शहरहरू” घोषणा गर्नको निम्ति केही शहरहरू चुने। ती शहरहरू थिएः गालीलमा नप्तालीको पहाडी देश कादेश एप्रैमको पहाडी देश शकेममा। यहूदाको पहाडी देशमा किर्यतर्बा (हेब्रोन)। रूबेनको भूमिको मरुभूमि इलाकाको यरीहोदेखि यर्दन नदी पारी पूर्वको बेसेर, गादको भूमि गिलादको रामोत, मनश्शेका भूमिमा बाशानको गोलान।

कुनै इस्राएली वा कुनै विदेशी तिनीहरूमाझ बस्ने जसले अन्जानमा कसैलाई मारेका थिए, उनीहरूलाई सुरक्षाका ती शहरहरू मध्ये एउटामा भागेर जान दिइन्थ्यो। तब त्यो मानिस त्यहाँ सुरक्षित हुनसक्थिएन अनि कसैद्वारा, जसले त्यसलाई खेदिरहेथ्यो, त्यसलाई मारिदिन्थे। त्यस मानिसलाई त्यस शहरको अदालतद्वारा जाँच गरिनेछ।

पूजाहारीहरू अनि लेवीहरूका निम्ति भूमि

21 लेवी कुल समूहका शासकहरू पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि इस्राएलका अन्य कुल समूहका शासकहरूसित बात गर्न गए। यो कुरा कनानको भूमिको शीलो शहरमा भयो। लेवी अगुवाहरूले तिनीहरूलाई भने, “हामीहरूलाई बस्नका निम्ति शहरहरू दिनु भनी मोशाद्वारा परमप्रभुले तिमीहरूलाई आदेश दिएका थिए। अनि उहाँले हामीलाई खेतहरू पनि दिनु, जहाँ हाम्रा पशुहरू चर्छन्, भनी तपाईंलाई आदेश दिनु भएको थियो।” यसर्थ इस्राएलका मानिसहरूले परमप्रभुको यो आदेशको पालन गरे। तिनीहरूले लेवी मानिसहरूलाई यी शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति ती वरिपरिका भूमि दिए।

कहातीको कुल, लेवीको वंश समूहका पूजाहारी हारूनका वंशजहरू थिए। कहाती वंशका अंशलाई तेह्र शहरहरू दिइयो जो यहूदा, शिमोन अनि बिन्यामीनका इलाका भित्र थिए।

अन्य कहाती कुलहरूलाई दश शहरहरू दिइयो जो एप्रैम, दान अनि आधा मनश्शेका इलाका भित्र थिए।

गेर्शोन कुलका मानिसहरूलाई तेह्र शहरहरू प्रदान गरिए। यी शहरहरू ती इलाकामा थिए जो इस्साकार, आशेर, नप्ताली अनि बाशानमा भएको आधा मनश्शेका थिए।

मरारी कुलका मानिसहरूलाई बाह्र शहरहरू दिइए। यी बाह्र शहरहरू रूबेन, गाद अनि जबूलूनका इलाकाबाट आएका थिए।

यसरी इस्राएलका मानिसहरूले लेवी मानिसहरूलाई यी शहरहरू अनि ती वरिपरिका खेतहरू दिए जसरी परमप्रभुले मोशालाई भन्नु भएको थियो।

यी नाउँहरू ती शहरहरूका हुन्, जो यहूदा अनि शिमोनको इलाकामा थिए। 10 कहात कुलबाट शहरहरू पहिला लेवीहरूलाई प्रदान गरियो। 11 लेवीहरूलाई तिनीहरूले दिए किर्यत-अर्बा (यो हेब्रोन हो। यसको नाउँ अर्बानामको मानिसको नाउँबाट राखिएको थियो। अर्बा अनाकका पिता थिए।) तिनीहरूका पशुहरूका निम्ति पनि कहातीहरूले शहर छेऊका केही भूमि तिनीहरूलाई दिए। 12 तर किर्यतर्बा शहर वरिपरिका खेत अनि स-साना शहरहरू यपुन्नेका छोरा कालेबका थिए। 13 यसर्थ तिनीहरूले हेब्रोन शहर हारूनका वंशलाई दिए (हेब्रोन शरणस्थान-शहर थियो।) हारूनका सन्तानहरूलाई तिनीहरूले लिब्ना, 14 यत्तीर, एश्तमो, 15 होलोन, दबीर, 16 ऐन, युत्ता अनि बेतशेमेश पनि दिए। तिनीहरूलाई पशुहरूको निम्ति पनि ती शहरहरू नजिकका केही भूमि तिनीहरूले दिए। तिनीहरूले ती दुइ समूहहरूलाई नै शहरहरू दिए।

17 तिनीहरूले हारूनका सन्तानलाई शहरहरू दिए जो बिन्यामीनका कुल समूहका थिए। यी शहरहरू गिबोन, गेबा, 18 अनातोत अनि अल्मोन थिए। तिनीहरूले यी चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति यी शहरहरू नजिकैका केही भूमि तिनीहरूलाई दिएका थिए। 19 त्यहाँ जम्मा तिनीहरूले पूजाहारीहरूलाई तेह्र शहरहरू प्रदान गरे। (सबै पूजाहारीहरू हारूनका सन्तानहरू थिए।) तिनीहरूले तिनीहरूका पशुहरूका निम्ति पनि प्रत्येक शहर नजिकैका केही भूमि तिनीहरूलाई दिए।

20 कहात वंशका अन्य मानिसहरूलाई ती शहरहरू प्रदान गरिए जो एप्रैम कुल समूहका क्षेत्रमा थिए। तिनीहरूले यी शहरहरू पाए। 21 एप्रैमको पहाडी देशका शकेम शहर। (शकेम एक शरण स्थान शहर थियो।) तिनीहरूले गेजेर, 22 किब्सैम अनि बेथहोरोन पनि प्राप्त गरे। एप्रैमले तिनीहरूलाई चार शहरहरू अनि प्रत्येक शहर वरिपरिका केही भूमि तिनीहरूका पशुहरूका निम्ति दिए।

23 दानको कुल समूहले तिनीहरूलाई एल्तके, गिब्बतौन, 24 अय्यालोन अनि गात-रिम्मोन दिए। दानले तिनीहरूलाई चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।

25 मनश्शेको आधा कुल समूहले तिनीहरूलाई तानाक र गत्रिम्मोन दिए। यो मनश्शेको आधा कुल समूहले तिनीहरूलाई दुइ शहर अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।

26 कहात कुलका बाँकी मानिसहरूले जम्मा दश शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि पाए।

27 गेर्शोन कुल पनि लेवी कुल समूहमा थिए। तिनीहरूले यी शहरहरू पाएः

मनश्शेका आधा कुल समूहले तिनीहरूलाई बाशानको गोलन दिए। (गोलन शरणस्थान-शहर थियो।) मनश्शेले तिनीहरूलाई बेश्तरा पनि दिए। यो मनश्शेको आधा कुल समूहले जम्मा दुइ शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।

28 इस्साकार कुलसमूहले तिनीहरूलाई किश्योन, दाबरत, 29 यर्मत अनि एन्गन्नीम दिए। इस्साकारले जम्मा चार शहरहरू र तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि तिनीहरूलाई दिए।

30 आशेरका कुल समूहले तिनीहरूलाई मिशाल, अब्दोन, 31 हेल्कात, अनि रहोब दिए। जम्मा आशेरले तिनीहरूलाई चार शहरहरू र तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।

32 नप्ताली कुल समूहले तिनीहरूलाई गालीलको केदेश दिए। (केदेश शरणस्थान-शहर थियो।) नप्तालीले तिनीहरूलाई हम्मोत्दर अनि कर्तान पनि दिए। नप्तालीले जम्मा तीन शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।

33 गेर्शोन कुलले जम्मा तेह्र शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि पाए।

34-39 अन्य लेवीसमूह मरारी कुलका थिए। मरारी कुलले यी शहरहरू पाएः जबूलूनका कुल समूहले तिनीहरूलाई योक्नाम, कर्ता, दिम्ना, अनि नहलाल दिए। जबूलूनले जम्मा चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए। रूबेन कुल समूहले तिनीहरूलाई बेसेर, यहसा, कदेमोत, अनि मेपात दिए। रूबेनले जम्मा चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका भूमि तिनीहरूलाई दिए। गाद कुल समूहले तिनीहरूलाई गिलादको रामोत दिए। (रामोत शरणस्थन-शहर थियो।) तिनीहरूले महनैम, हेस्बोन अनि याजेर पनि तिनीहरूलाई दिए। तिनीहरूलाई गादले जम्मा चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका भूमि तिनीहरूलाई दिए।

40 यसरी, अन्तिम लेवी कुलले जम्मा बाह्र शहरहरू प्राप्त गरे।

41 यसरी लेवीहरूले जम्मा अठचालीस शहरहरू अनि आफ्ना पशुहरूका निम्ति हरेक शहर वरिपरिका केही भूमि प्राप्त गरे। यी सबै शहरहरू ती इलाकामा थिए जो अन्य कुल समूहहरूका थिए। 42 यी प्रत्येक शहरमा आफ्ना पशुहरूका निम्ति केही भूमि थियो। प्रत्येक शहरका निम्ति त्यो प्रकृत थियो।

43 यसरी परमप्रभुले प्रतिज्ञा गर्नु भयो जो उहाँले इस्राएलका मानिसहरूलाई दिनु भन्नुभएको थियो। उहाँले मानिसहरूलाई सबै भूमि दिनुभयो जो उहाँले प्रतिज्ञा गर्नु भएको थियो। मानिसहरूले भूमि लिए अनि त्यहाँ बसे। 44 अनि परमप्रभुले तिनीहरूलाई, उहाँले तिनीहरूका अगुवाहरूसित प्रतिज्ञा गर्नु भए जस्तै, आफ्नो भूमिका चारैतिर शान्ति प्रदान गर्नदिनु भयो। तिनीहरूका कुनै पनि शत्रुहरूले तिनीहरूलाई परास्त गरेनन्। परमप्रभुले इस्राएलका मानिसहरूलाई हरेक शत्रुलाई परास्त गर्न दिनुभयो। 45 परमप्रभुले हरेक प्रतिज्ञा पूर्ण गर्नुभयो जो उहाँले इस्राएलका मानिसहरू प्रति गर्नु भएको थियो। त्यहाँ कुनै पनि प्रतिज्ञाहरू बाँकी रहेनन् जसलाई पूर्णगर्न चुक्नु भयो। प्रत्येक प्रतिज्ञा सत्य हुन आयो।

तीन कुल समूहहरू घर जान्छन्

22 त्यसपछि यहोशूले रूबेन, गाद अनि मनश्शे कुल समूहहरूका सबै मानिसहरूलाई सभामा बोलाए। “परमप्रभुका दाश मोशाले तिमीहरूलाई दिएका ती सबै आदेश पालन गर्यौ, अनि तिमीहरूले मेरो सबै आदेशहरू पनि पालन गर्यौ। तिमीहरूले अरू इस्राएली कुल समूहहरूलाई छोडिदियौ। सबै आदेशहरू सावधानीसित पालन गर्यौ जुन परमप्रभु तिनीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको थियो। परमप्रभु तिमीहरूका परमेश्वरले इस्राएलका मानिसहरूलाई शान्ति प्रदान गर्ने प्रतिज्ञा दिनुभएको थियो र परमप्रभुले उहाँको वचन अहिले पुरागर्नु भयो। यसर्थ अब तिमीहरू घर जान सक्छौ। परमप्रभुका दास मोशाले तिमीहरूलाई यर्दन नदीको पूर्व तर्फको भूमि दिएका छन्। अब तिमीहरू त्यस भूमिमा आफ्नो घरमा जान सक्छौ। तर याद राख-त्यो नियम पालन गर्नु पर्छ जो मोशाले तिमीहरूलाई दिएका थिए। तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नु पर्छ अनि उहाँका आज्ञाहरूको सदा-सर्वदा पालन गर्नु पर्छ। तिमीहरूले लगातार अनुशरण अनि लगातार उत्तम प्रकारले उहाँको सेवालाई जारिराख्नु पर्छ।”

तब यहोशूले तिनीहरूलाई बिदा दिए र तिनीहरू घर फर्के। मोशाले मनश्शेका आधा कुल समूहलाई बाशान भूमि दिएका थिए। यहोशूले मनश्शेका अर्को आधा कुल समूहलाई यर्दन नदीको पश्चिम तफर्को भूमि दिए। यहोशूले तिनीहरूलाई आशीर्वाद दिए अनि तिनीहरूलाई घर पठाई दिए। तिनले भने, “तिमीहरू अत्यन्त धनी भएका छौ। तिमीहरूसित अनेक पशुहरू छन्। तिमीहरूका धेरै सुन अनि चाँदी अनि बहुमूल्य मणिहरू छन्। तिमीहरूसित धेरै सुन्दर बस्त्रहरू छन्। तिमीहरूले तिम्रा शत्रुहरूबाट अनेक वस्तुहरू लग्यौ। तिमीहरू घर जाऊ अनि ती वस्तु तिमीहरू माझ विभाजन गर।”

यसरी रूबेन, गाद अनि मनश्शेका आधा कुल समूहहरूका मानिसहरूले इस्राएलका अन्य मानिसहरूलाई छाडेर कनानको शीलोमा गए। तिनीहरूले त्यो स्थान छोडे अनि गिलादमा फर्के। तिनीहरू आफ्नै भूमिको घरमा गए तिनीहरूलाई त्यो भूमि मोशाले दिएका थिए। परमप्रभुले त्यो भूमि तिनीहरूलाई दिनु भनी मोशालाई आज्ञा गर्नु भएको थियो।

10 रूबेन, गाद अनि मनश्शेका आधा कुलका मानिसहरू गलीलोत नामक स्थानमा गए। यो यर्दन नदीको छेऊ कनान देश भित्र थियो। त्यहाँ तिनीहरूले सुन्दर बेदी निर्माण गरे। 11 तर इस्राएलका अन्य मानिसहरू, जो अझसम्म शीलोमा नै थिए, यी तीन कुल समूहले निर्माण गरेका बेदीको विषयमा तिनीहरूले सुने त्यो बेदी गलीलोत नामक स्थानमा कनानको सीमानामा थियो। यो यर्दन नदीको नजीकैमा इस्राएल तर्फ थियो। 12 इस्राएलका सबै मानिसहरू यी तीन कुल समूह प्रति अत्यन्त क्रोधित भए। तिनीहरू एकसाथ भेला भए अनि तिनीहरूको विरूद्ध लडाईं गर्ने निश्चय गरे।

13 यसर्थ इस्राएलीहरूले केही मानिसहरूलाई रूबेन, गाद अनि मनश्शेका आधा कुलका मानिसहरूसित बातचित गर्न पठाए। यी मानिसहरूका अगुवा पूजाहारी एलाजारका छोरा पीनहास थिए। 14 तिनीहरूले कुल समूहहरूका दशजना अगुवाहरूलाई पनि त्यहाँ पठाए। त्यस शीलोहमा भएका इस्राएली कुल समूहका प्रत्येक परिवारबाट एक मानिस थिए।

15 यसर्थ यी एघारजना मानिसहरू गिलाद तिर गए। तिनीहरू रूबेन, गाद अनि आधा कुल मनश्शेका मानिसहरूसित कुरा गर्न गए। ती एघारजना मानिसहरूले तिनीहरूलाई भने, 16 “इस्राएलका समस्त मानिसहरूले तिमीहरूलाई सोध्छन्: ‘किन तिमीहरूले इस्राएलका परमेश्वरको विरूद्ध यस्तो कुरा गर्यौ? किन तिमीहरू परमप्रभु विरूद्ध भयौ? किन तिमीहरूले तिमीहरू स्वयंका निम्ति एक बेदी निर्माण गर्यौ? तिमीहरूलाई थाहा छ यो परमेश्वरको उपदेशको विरूद्ध हो। 17 याद गर पोरमा के भएको थियो? त्यस पापको कारणले हामी अझ दुःख भोगिरहे छौं। त्यो महा-पापको कारणले परमेश्वरले इस्राएलका धेरै जस्तो मानिसहरूलाई साह्रै विरामी तुल्याउनु भयो। त्यो महामारीको कारणले आज पनि हामी दुःख भोगी रहेका छौं। 18 अनि अहिले तिमीहरू त्यही कुरा गरिरहेछौ। तिमीहरू परमप्रभुको विरूद्ध भइरहेछौ। के तिमीहरू परमप्रभुको अनुशरण गर्न अस्वीकार गर्छौ? यदि तिमीहरूले जे गरिरहेछौ त्यो रोकेनौं भने परमप्रभु इस्राएलका परमेश्वर हामी हरेक मानिस प्रति क्रोधित हुनुहुनेछ।

19 “‘यदि तिमीहरू भूमिको पूजा अर्चनाको निम्ति त्यति उत्तम नभए, हाम्रो भूमितिर आऊ। परमप्रभुको पाल हाम्रो भूमिमा छ। तिमीहरूले हाम्रो केही भूमि लिन सक्नेछौ, अनि त्यहाँ बस्न सक्ने छौ। तर परमप्रभुको विरूद्ध नगर। अर्को वेदी निर्माण नगर। हाम्रो भेट-हुने पालमा परमप्रभु हाम्रा परमेश्वरको वेदी छँदैछ।

20 “‘जेरहका छोरा आकान नाउँको मानिसलाई सम्झ। उसले ती वस्तुहरूलाई ध्वंश गर्नुपर्छ भन्ने आज्ञालाई पालन गर्न अस्वीकार गरे। त्यो एक मानिसले परमेश्वरको नियम भङ्ग गरे, तर इस्राएलका समस्त मानिसहरूले दण्ड पाए। उसको पापको कारण आकानको मृत्यु भयो साथै अन्य धेरै मानिसहरूको पनि मृत्यु भयो।’”

21 रूबेन, गाद अनि आधा मनश्शेका कुल समूहहरूका मानिसहरूले ती एघार मानिसहरूलाई उत्तर दिए र तिनीहरूले भने, 22 “परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, फेरि पनि हामी भन्छौ, कि परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ। अनि हामीले किन यो काम गर्यौ त्यो परमेश्वरले जान्नु हुन्छ। हामी चाहन्छौं कि तिमीहरूले पनि यो जान्नुपर्छ। तिमीहरूले न्याय गर्न सक्छौ, हामीले के गर्यौं। यदि हामीले केही गल्ती गर्यौं भनी तिमीहरू विश्वास गर्छौ भने, तिमीहरूले हामीलाई मार्न सक्छौ। 23 यदि हामीले परमेश्वरको नियम भङ्ग गर्यौं भने परमप्रभुलाई नै हामीलाई दण्ड दिउन् भनी याचना गर्नुहोस्। के हामीले होमबलि, अन्नबलि अनि मेलबलिहरू अर्पण गर्नका निम्ति यो बेदी निर्माण गरेका हौं भनी तिमीहरू ठान्छौ? 24 अँहँ! हामीले त्यो कारण यसलाई निर्माण गरेका होइनौं। हामीले यो वेदी किन निर्माण गर्यौं? हामीलाई डर थियो कि भविष्यमा तिमीहरूका मानिसहरूले हामीलाई तिमीहरूको राष्ट्रको एक भाग हो भन्न अस्वीकार गर्नेछन् तब तिमीहरूका मानिसहरूले भन्न सक्छन् कि हामीहरू इस्राएलका परमप्रभु परमेश्वरको आराधान गर्न सक्तैनौ। 25 तिमीहरूका मानिसहरूले भन्न सक्छन् परमेश्वरले तिमीहरू र हामी बीचको सीमानाको निम्ति यर्दन बनाउनु भयो, ‘अनि ती रूबेन र गादका मानिसहरूको इस्राएलमा केही भाग छैन।’ यसकारण तिमीहरूका छोरा-छोरीहरूले हाम्रा छोरा-छोरीहरूलाई परमप्रभुको आराधना गर्न रोक्न सक्नेछन्।

26 “यसर्थ हामीले यो वेदी निर्माण गर्ने निश्चय गर्यौं। तर हामीले यसलाई भेटीहरू अनि बलि चढाउनको निम्ति उपयोग गर्ने योजना गरेका थिएनौं। 27 हामीलाई वेदी चाहिएको वास्तविक कारण यो हो कि हामी हाम्रा मानिसहरूलाई तिमीहरूले सेवा गर्ने परमेश्वरलाई नै हामीले पनि आराधना गर्छौं भनी देखाउनलाई हो। यो वेदी, तिमीहरू अनि हामीहरूका निम्ति अनि हाम्रा भविष्यका समस्त सन्तानहरूका निम्ति हामीले परमप्रभुको आराधना गर्छौं, भन्ने कुराको प्रमाण हुनेछ। हामी हाम्रा होमबलिहरू, अन्नबलिहरू अनि मेलबलिहरू परमप्रभुलाई प्रदान गर्नेछौं। तिमीहरूका सन्तानहरूलाई हुर्काउन हामी पनि स्वयं तिमीहरू जस्तै इस्राएलका मानिसहरू हौं भनी जानुन् भन्ने हामीले चाहेको हो। 28 भविष्यमा यदि यस्तो हुनेछ तिमीहरूका सन्तानहरूले यो भन्लान् हामीहरू इस्राएलका होइनौ, तब हाम्रा सन्तानहरूले भन्न सक्नेछन्, ‘हेर! हामी भन्दा अघि बाँचेका हाम्रा पिता-पुर्खाहरूले एक वेदी निर्माण गरेका छन्। त्यो वेदी पवित्र पालमा भएको परमप्रभुको वेदी जस्तै नै छ। हामी यो वेदीलाई बलिहरू चढाउन प्रयोग गर्दैनौ-यो वेदी यसको प्रमाण हो कि हामी इस्राएलका भाग हौं।’

29 “साँच्चै नै हामी परमप्रभुको विरूद्ध जान चाहँदैनौं। उहाँको अनुशरण नगर्ने हाम्रो इच्छा छैन। हामी जान्दछौं सत्य वेदी त्यही मात्र हो जो पवित्र पालको समक्ष छ। त्यो वेदी परमप्रभु हाम्रा परमेश्वरको हो।”

30 पूजाहारी पीनहास अनि तिनीसित भएका अगुवाहरूले रूबेन, गाद अनि मनश्शेका आधा कुल मानिसहरूले भनेका यी कुराहरू सुने। यी मानिसहरूले सत्यकुरा भन्दैछन् भनी तिनीहरू सन्तुष्ट भए। 31 यसकारण पूजाहारी पीनहासले भने, “अब हामीलाई थाहा भयो कि परमप्रभु हामीसँग हुनुहुन्छ। अनि हामी जान्दछौं कि तिमीहरू उहाँको विरूद्ध गएनौं। हामी खुशी छौं कि इस्राएलका मानिसहरू परमप्रभुद्वारा दण्डित हुने छैनन्।”

32 तब पीनहास अनि अगुवाहरू त्यस स्थान छाडेर घरतर्फ गए। तिनीहरूले रूबेन अनि गादका मानिसहरूलाई गिलाद भूमिमा छाडे र कनान तिर फर्के अनि तिनीहरू इस्राएलका मानिसहरू कहाँ गए के भएको थियो त्यो भने। 33 इस्राएलका मानिसहरू पनि सन्तुष्ट भए। तिनीहरू खुशी भए अनि परमेश्वरलाई धन्यवाद चढाए। तिनीहरूले रूबेन, गाद अनि मनश्शेका मानिसहरूको विरूद्ध गएर लडाईं नगर्ने निर्णय गरे। तिनीहरूले त्यो ठाउँ जहाँ ती मानिसहरू बस्थे त्यो ठाउँलाई ध्वंश नगर्ने निश्चय गरे।

34 रूबेन अनि गादका मानिसहरूले त्यो वेदीलाई एउटा नाउँ प्रदान गरे। तिनीहरूले त्यस ठाउँको नाउँ “‘साक्षी’ राखे हामी त्यो विश्वास गर्छौ परमप्रभु नै परमेश्वर हुनुहुन्छ भन्ने प्रमाण गर्छौ।”

यहोशूले मानिसहरूलाई प्रोत्साहन दिन्छन्

23 परमप्रभुले इस्राएलीहरूलाई तिनीहरूका वरिपरि भएका शत्रुहरूबाट शान्ति प्रदान गर्नु भयो। परमप्रभुले इस्राएललाई सुरक्षित तुल्याउनु भयो। धेरै बर्ष बितेर गए, अनि यहोशू अत्यन्त बृद्ध भए। यस बेला यहोशूले समस्त बूढा अगुवाहरू, कुल नायकहरू, न्यायकर्ताहरू, अनि इस्राएली मानिसहरूका अधिकारीहरूको सभा राखे। यहोशूले भने, “म अत्यन्त बृद्ध भएको छु। तिमीहरूले ती कुराहरू देख्यौ जो परमप्रभुले हाम्रा शत्रुहरू प्रति गर्नु भयो। उहाँले हामीलाई सहायता गर्न यसो गर्नुभयो। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति युद्ध गर्नु भयो। मैले तिमीहरूलाई भनेका कुरा सम्झ। तिमीहरूका मानिसहरूले यर्दन नदी अनि पश्चिममा भूमध्य समुद्र माझको भूमि प्राप्त गर्न सक्ने छौ। मैले त्यो भूमि तिमीहरूलाई दिने वचन दिएको थिएँ। तर तिमीहरूले त्यसलाई अझ अधिकारमा लिएका छैनौ। तर परमप्रभु तिमीहरूका परमेश्वरले त्यहाँ बसेका मानिसहरूलाई त्यो भूमि छाड्न वाध्य तुल्याउनु हुनेछ। तिमीहरूले त्यो भूमि लिने छौ। परमप्रभुले त्यहाँ बस्ने मानिसहरूलाई भूमि छोड्न वाध्य तुल्याउनु हुनेछ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका निम्ति यसो गर्ने वचन दिनु भएको छ।

“परमप्रभुले हामीलाई आज्ञा गर्नु भएका सबै कुराहरू पालन गर्न तिमीहरू सावधान हुनुपर्छ। मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका हरेक कुरा पालन गर। त्यो नियमबाट टाढा नफर्कनु। हाम्रो माझ अझ पनि केही मानिसहरू बसेकाछन् जो इस्राएलका मानिस होइनन्। ती मानिसहरूले तिनीहरूका आफ्नै देवताहरूको पूजा गर्छन्। तिनीहरूको देवताहरूको सेवा अथवा तिमीहरूले पूजा नगर। तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको अनुशरण गर्दै जानुपर्छ। बितेका समयमा तिमीहरूले यसो गरेका थियौ अनि तिमीहरूले यसो गर्दै जानुपर्छ।

“परमप्रभुले अनेक महान अनि शक्तिशाली राष्ट्रहरूलाई परास्त गर्नमा सहायता प्रदान गर्नुभयो। परमप्रभुले ती मानिसहरूलाई छोड्न बाध्य तुल्याउनु भयो। तिमीहरूलाई परास्त गर्न कुनै राष्ट्रपनि समर्थ भएन। 10 परमप्रभुको सहयोगद्वारा इस्राएलका एक मानिसले शत्रुहरूका हजार सैनिकलाई परास्त गर्न सके। किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको निम्ति लड्नु भएको थियो। परमप्रभुले यसो गर्ने प्रतिज्ञा दिनु भएको थियो। 11 यसर्थ तिमीहरूले परमप्रभु तिम्रा परमेश्वरलाई प्रेम गरिरहनु पर्छ।

12 “परमप्रभुको अनुशरण गर्न नछोड। ती अन्य मानिसहरूको मित्र नबन जो इस्राएली होइनन्। तिनीहरूका कुनै मानिसहरूसित विवाह नगर। तर यदि तिमीहरू यी मानिसहरूका मित्र बन्यौ भने। 13 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका शत्रुहरूलाई परास्त गर्नमा सहयोह गर्नुहुने छैन। यी मानिसहरू तिमीहरूका निम्ति पासो जस्तै हुनेछन्। तिनीहरूले तिमीहरूलाई तिम्रा आखाँमा धुँवा र धूलो परे जस्तै कष्ट दिनेछन्। अनि तिमीहरूलाई यो उत्तम भूमि छोड्न बाध्य तुल्याउने छन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई यो भूमि दिनुभयो। तर यदि तिमीहरूले यो आज्ञा पालन गरेनौ भने तिमीहरूले यसलाई गुमाउन सक्छौ।

14 “अब प्रायः मेरो मृत्यु हुने समय भयो। तिमीहरू जान्दछौ अनि साँच्चै विश्वास गर्छौ कि परमप्रभुले तिमीहरूका निम्ति महान कार्यहरू गर्नु भएको छ। तिमीहरूलाई थाहा छ। कि उहाँले आफ्ना कुनै पनि प्रतिज्ञा पूर्ण गर्न चुक्नु भएन। परमप्रभुले सबै प्रतिज्ञा पूर्ण गर्नु भयो जो उहाँले हामीसँग गर्नु भएको थियो। 15 परमप्रभु तिमीहरूका परमेश्वरले हामी प्रति गर्नु भएको हरेक उत्तम प्रतिज्ञा सत्य भएको छ। तर त्यसरी नै परमप्रभुले उहाँका अन्य प्रतिज्ञाहरूलाई सत्य तुल्याउनु हुनेछ। उहाँले वचन दिनु भएको छ कि यदि तिमीहरूले नराम्रो कुरा गर्यौ भने तिमीहरू माथि नराम्रा कुराहरू घट्नेछन्। उहाँले वचन दिनु भएको छ कि उहाँले तिमीहरूलाई दिनु भएको यो उत्तम भूमिबाट निक्लन तिनीहरूलाई उहाँले बाध्य तुल्याउनु हुनेछ। 16 यदि तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरसित गरेको करार पालन गर्न अस्वीकार गर्यौ भने यस्तो हुनेछ। यदि तिमीहरूले अन्य देवताहरूको पूजा गर्यौ भने, यो भूमि गुमाउने छौ। यदि तिमीहरूले यसो गर्यौ भने तिमीहरू प्रति परमप्रभु अत्यन्त क्रोधित हुनुहुनेछ। तब उहाँले तिमीहरूलाई दिनु भएको यो उत्तम भूमि तुरन्तै छोड्न बाध्य तुल्याइने छ।”

यहोशू बिदाइ जनाउँछन्

24 यहोशूले इस्राएलका सबै कुल समूहहहरूलाई शकेममा एकसाथ भेला हुन बोलाए। तब उनले बूढा-प्रधानहरू कुलनायकहरू, अनि इस्राएलका अधिकारीहरू, अनि न्यायकर्त्ताहरू र शासकहरूलाई पनि बोलाए। यी मानिसहरू परमेश्वर समक्ष उभिए।

यहोशूले समस्त मानिसहरूलाई भने। तिनले भने, “म तिमीहरूलाई यो भनिरहेछु जो परमप्रभु इस्राएलका परमेश्वरले तिमीहरूलाई यसो भन्नु हुन्छः ‘धेरै समय अघि, तिमीहरूका पिता-पुर्खाहरू यूफ्रेटिस नदीको पारी पट्टि बस्थे। म अब्राहाम अनि नाहोरका पिता तेरह जस्ता मानिसहरूको विषयमा कुरा गरिरहेछु। त्यस समयमा, ती मानिसहरूले अन्य देवताहरूको पूजा गर्थे। तर, म परमप्रभुले तिमीहरूका पिता-पुर्खा अब्राहामलाई भूमि बाहिर महानदीको अर्को तर्फ लगें। मैले उसलाई कनानको भूमि भएर लगे र उसलाई धेरै-धेरै सन्तानहरू दिएँ। मैले अब्राहामलाई उसको छोराको नाउँ इसहाक दिएँ। अनि मैले इसहाकलाई याकूब अनि एसाव नाउँका दुइ छोराहरू प्रदान गरें। एसावलाई मैले सेइर पर्वत वरिपरिका भूमि दिएँ। याकूब अनि उसका छोराहरू त्यहाँ बसेनन्। तिनीहरू मिश्रको भूमिमा बस्न गए।

“‘तब, मैले मोशा र हारूनलाई मिश्रमा पठाएँ। तिनीहरूले मेरा मानिसहरूलाई मिश्रदेश बाहिर ल्याएको म चाहन्थें। मैले मिश्रका मानिसहरू माथि अनेक भयानक घटनाहरू घटाएँ। त्यसपछि मैले तिमीहरूका मानिसहरूलाई मिश्र बाहिर निकालेर ल्याएँ। यसरी नै मैले तिमीहरूका अगुवाहरूलाई मिश्रबाहिर ल्याएँ। तिनीहरू लाल समुद्रमा आए अनि मिश्रका मानिसहरूले तिनीहरूलाई खेदिरहेका थिए। त्यहाँ रथ अनि घोड सवारहरू थिए। यसकारण मानिसहरूले म परमप्रभुलाई सहायताको निम्ति याचना गरें। अनि तिमीहरू र मिश्रका मानिसहरू बीचमा मैले अन्धकार स्थापित गरें। म परमप्रभुले तिनीहरूलाई समुद्र छोप्न बनाएँ। मैले मिश्रका सेनालाई जे गरें त्यो त तिमीहरू आफैंले देख्यौ।

“‘त्यसपछि, तिमीहरू लामो समयसम्म मरुभूमिमा बस्यौ। तब मैले तिमीहरूलाई एमोरी मानिसहरूको देशमा ल्याएँ। यो यर्दन नदीको पूर्वतर्फ थियो। ती मानिसहरू तिमीहरूको विरूद्ध लडे, तर मैले तिनीहरूलाई परास्त गर्न तिमीहरूलाई दिएँ। ती मानिसहरूलाई नष्ट गर्ने मैले शक्ति तिमीहरूलाई प्रदान गरें। तब तिमीहरूले त्यो भूमिलाई अधिकारमा लियौ।

“‘तब मोआबको राजा, सिप्पोरका छोरा बालाकले इस्राएलका मानिसहरू विरूद्ध लड्न तयार भए। ती राजाले बओरका छोरा बालामलाई बोलाई पठाए। उसले बालामलाई तिमीहरूलाई श्रापदिन लगाए। 10 तर म, परमप्रभुले बालामको कुरा सुन्न अस्वीकार गरें। यसर्थ बालामले तिमीहरूलाई अनेक पल्ट आशीर्वाद दिए। मैले तिमीहरूलाई बचाएँ अनि विपत्तबाट निकालें।

11 “‘त्यसपछि तिमीहरू यर्दन नदी पारी यरीहो शहर तर्फ गयौ। यरीहोका मानिसहरू तिमीहरू विरूद्ध लडे। एमोरी, परिज्जी, कनानी, हित्ती, गिर्गाशी, हव्वी अनि यबूसी मानिसहरू पनि तिमीहरू विरूद्ध लडे। तर मैले तिनीहरू सबैलाई तिमीहरूलाई परास्त गर्न दिएँ। 12 जब तिमीहरूका सेनाहरू अघि बढ्दै थिए मैले तिनीहरूको अघि बिच्छ्यूँहरूलाई पठाईदिएँ। ती बिच्छ्यूँहरूले दुइजना राजाहरूलाई छोडन बाध्य गरयो। यसरी तिमीहरूले आफ्ना तरवार अनि धनुको प्रयोग नगरी नै त्यो भूमि लियौ।

13 “‘मैले त्यो भूमि तिमीहरूलाई दिएँ। जुन भूमिका निम्ति तिमीहरूले काम गरेनौ मैले त्यो भूमि तिमीहरूलाई दिएँ। तिमीहरूले ती शहरहरू निर्माण गरेनौ-ती मैले तिमीहरूलाई दिएँ। तिमीहरूसित दाखबारी अनि भद्राक्षेका बृक्षका बगौंचाहरू छन्, तर ती बगौंचाहरूमा तिमीहरूले विरूवा लाउनु परेन।’”

14 तब यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुका बचनहरू सुन्यौ, यसर्थ तिमीहरूले परमप्रभुको सम्मान गर्नु पर्छ अनि साँचो भागमा उहाँको सेवा गर्नु पर्छ। ती अपवित्र देवताहरूलाई फ्याँकि देऊ, जुन तिमीहरूका पिता-पुर्खाहरूले मिश्रमा र यूफ्रेटिस नदीको पारिपट्टि पूज्ने गर्थे। अब तिनीहरूले परमप्रभुलाई मात्र आराधना गर्नु पर्छ।

15 “तर हुन सक्छ, तिमीहरू परमप्रभुको सेवा गर्न चाहँदैनौ। कसलाई सेवा गर्छौ त्यो तिमीहरूले निर्णय लिनु पर्छ। के तिमीहरू, तिमीहरूका अगुवाहरूले यूफ्रेटिस नदीको पारिपट्टि बस्दा पूजेका झूटा देवताहरूको सेवा गर्छौ? अथवा, यो भूमिमा बस्ने एमोरी मानिसहरूका देवताको सेवा गर्छौ? तिमीहरू आफैंले चुन्नु पर्छ। तर म अनि मेरो घरनाले भने परमप्रभुकै सेवा गर्ने छौं।”

16 तब मानिसहरूले उत्तर दिए, “हामीहरू परमप्रभुको अनुशरण गर्न कहिल्यै पनि छाड्ने छैनौं। हामी अन्य देवताहरूको सेवा कहिले पनि गर्ने छैनौं। 17 हामी जान्दछौं कि परमप्रभु नै परमेश्वर हुनुहुन्थ्यो, जसले हाम्रा मानिसहरूलाई मिश्रबाट बाहिर निकाल्नु भयो। त्यस देशमा हामी दास थियौं। तर परमप्रभुले हाम्रा निम्ति त्यहाँ महान् काम गर्नु भयो। उहाँले हामीलाई त्यो देशबाट बाहिर ल्याउनु भयो, अनि अन्य भूमिहरूबाट यात्रा गर्दा हामीलाई सुरक्षा प्रदान गर्नु भयो। 18 परमप्रभुले हामीलाई यी भूमिहरूमा बस्ने मानिसहरूलाई परास्त गर्नमा सहयोग प्रदान गर्नु भयो। परमप्रभुले हामीलाई जो एमोरी मानिसहरू यो देशमा बस्थे त्यहाँ अहिले हामी छौं, यो परास्त गर्नमा हामीलाई सहायता गर्नुभयो। यसर्थ हामी परमप्रभुको सेवा गरिरहनेछौं। किनभने उहाँ नै हाम्रो परमेश्वर हुनुहुन्छ।”

19 तब यहोशूले भने, “त्यो सत्य हो। परमप्रभुको सेवा गर्दैजान तिमीहरू सक्तैनौ। परमप्रभु परमेश्वर पवित्र हुनुहुन्छ। अनि आफ्ना मानिसहरूले अन्य देवताहरूको पूजा गरेको परमेश्वरले घृणा गर्नुहुन्छ। यदि तिमीहरू त्यसरी उहाँको विरूद्ध भयौ भने परमेश्वरले तिमीहरूलाई क्षमा गर्नु हुने छैन। 20 तर तिमीहरूले परमप्रभुलाई त्यागनेछौ अनि अन्य देवताहरूको सेवा गर्ने छौ। परमप्रभुले तिमीहरू माथि भयानक घटनाहरू घटाउनु हुनेछ। परमप्रभुले तिमीहरूलाई नष्ट गर्नु हुनेछ। परमप्रभु परमेश्वर तिमीहरू प्रति भलो हुनुहुन्छ। तर यदि तिमीहरू उहाँको विरूद्ध भयौ भने उहाँले तिमीहरूलाई नष्ट गर्नु हुनेछ।”

21 तब मानिसहरूले यहोशूलाई भने, “अँहँ! हामी परमप्रभुको सेवा गर्नेछौं।”

22 तब यहोशूले भने, “तिमीहरू आफैंलाई अनि तिमीहरूसित भएका मानिसहरूलाई हेर। के, तिमीहरू सब जान्दछौ अनि सहमत हुन्छौ? के तिमीहरूलाई परमेश्वरको सेवा गर्नका निम्ति चुनिएको छौ? तिमीहरू सबै यसका साक्षी छौ?”

मानिसहरूले उत्तर दिए, “हो, यो सत्य हो! हामी सबैले देख्न सक्छौं कि हामीहरू परमप्रभुको सेवा गर्नका निम्ति चुनिएका छौं।”

23 तब यहोशूले भने, “त्यसो हो भनी तिमीहरूसित भएका झूटा देवताहरूलाई फ्याँकि देऊ र परमप्रभु इस्राएलका परमेशवरलाई तिमीहरूको सम्पूर्ण हृदयले प्रेम गर।”

24 तब मानिसहरूले यहोशूलाई भने, “परमप्रभु हाम्रा परमेशवरको सेवा गर्नेछौं। हामी उहाँको आज्ञा पालन गर्नेछौं।”

25 यसर्थ त्यसदिन यहोशूले मानिसहरूका निम्ति एक करार गरे। यहोशूले त्यो करार शकेम नाउँको शहरमा गरे। त्यहाँ तिनीहरूले अनुशरण गर्नु पर्ने नियम बन्यो। 26 यहोशूले यी कुराहरू परमेशवरको व्यवस्थाको पुस्तकमा लेखे। तब यहोशूले एउटा विशाल ढुङ्गा भेट्टाए। यो ढुङ्गा त्यो करारको प्रमाण थियो। उनले त्यो ढुङ्गालाई परमप्रभुको पवित्र पालको नजीकै भएको फलाँटको रूख मुनि राखे।

27 त्यसपछि यहोशूले सबै मानिसहरूलाई भने, “यो ढुङ्गाले तिमीहरूलाई आज मैले भनेका कुराहरूको सम्झना गराउनमा सहायता गर्नेछ। जब परमप्रभु आज हामीसित बात गरिरहनु भएको बेला यो ढुङ्गा यहाँ थियो। यसर्थ यो ढुङ्गाले आज के भयो त्यही कुरा तिमीहरूलाई सम्झना गर्न सहायता गर्नेछ। यो ढुङ्गा तिमीहरूको विरूद्ध एउटा साक्षी बन्नेछ। यसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेशवरको विरूद्धमा जान देखि रोक्नेछ।”

28 तब यहोशूले मानिसहरूलाई घर जानु भने। यसर्थ हरेका मानिस आफ्ना भूमिमा फर्के।

यहोशूको मृत्यु

29 त्यसपछि नूनका छोरा यहोशूको मृत्यु भयो। यहोशू 110 बर्ष उमेरका थिए। 30 यहोशूलाई तिम्नथसेरहमा उसको आफ्नै भूमिमा गाडे। यो गाश डाँडाको उत्तरमा भएको एप्रैमको पहाडी देशमा थियो।

31 इस्राएलका मानिसहरूले यहोशू जीवित रहेको समयमा परमप्रभुको सेवा गरेका थिए। अनि यहोशूको मृत्यु भएपछि पनि मानिसहरूले परमप्रभुको सेवा जारिराखे। मानिसहरूले परमप्रभुको सेवा गर्दै गए। जब तिनीहरूका अगुवाहरू जीवित थिए। यी अगुवाहरू नै थिए, जसले ती कुराहरू देखेका थिए जो परमप्रभुले इस्राएलका निम्ति गर्नु भएको थियो।

यूसुफ घर आउँछन्

32 जब इस्राएलका मानिसहरूले मिश्रदेश छाडे, तिनीहरूले यूसुफको शरीरका हाडहरू साथमा बोकेर हिंडे। यसरी मानिसहरूले यूसुफका हाडहरूलाई शकेममा गाडिदिए। तिनीहरूले ती हाडहरू त्यो भूमिमा गाडे जो याकूबले शकेम नाउँ गरेका मानिसका पिता हमोरका छोराहरूकोबाट किनेका थिए। याकूबले त्यो भूमि शुद्ध चाँदीका एकसय सिक्कामा किनेका थिए। यो भूमि यूसुफका सन्तानको थियो। 33 हारूनका छोरा एलाजारको पनि मृत्यु भयो अनि एप्रैमको पहाडी देश गिबामा गाडे। गिबा एलाजारका छोरा पीनहासलाई दिइएको थियो।

यहूदा कनानीहरू विरूद्ध युद्धगर्छन्

यहोशूको मृत्युपछि इस्राएलका मानिसहरूले परमप्रभुलाई प्रार्थना गरे। तिनीहरूले भने, “हाम्रा निम्ति कनानी मानिसहरूको विरूद्ध युद्ध गर्न पहिला हाम्रो कुन कुल समूह जानु पर्छ?”

परमप्रभुले इस्राएली मानिसहरूलाई भन्नुभयो, “यहूदाको कुल समूह जानेछ। म तिनीहरूलाई यो भूमि लिन सहायता गर्नेछु।”

यहूदाका मानिसहरूले तिनीहरूको दाजू-भाइ शिमोनका मानिसहरूसित सम्झौता गरे, “आऊ हामीलाई सहायता गर्न हाम्रो क्षेत्रमा युद्ध गर अनि हामीहरू त्यसरी नै तिमीहरूको क्षेत्र जित्न तिमीहरूलाई सहायता गर्नेछौ।” शिमोनका मानिसहरू राजी भए र यहूदाका मानिसहरू, तिनीहरूका दाज्यू-भाइहरूलाई सहायता गर्न गए।

परमप्रभुले यहूदाका मानिसहरूलाई कनानीहरू अनि परिज्जीहरूलाई पराजित गर्नमा सहायता प्रदान गर्नुभयो। यहूदाका मानिसहरूले दशहजार मानिसहरूलाई बेजेक शहरमा मारिदिए। बेजेक शहरमा यहूदाका मानिसहरूले बेजेकका शासकलाई भेट्टाए अनि तिनीहरूसित लडे। यहूदाका मानिसहरूले कनानी अनि परिज्जीहरूलाई पराजित गरे।

बेजेकका राज्यपाल उम्कने कोशिश गरे। तर यहूदाका मानिसहरूले तिनलाई खेदे र समाते। जब तिनीहरूले उसलाई समाते, तिनीहरूले तिनका बूढी-औंलाहरू काटिदिए। तब बेजेकका शासकले भने, “मैले सत्तरी जना राजाहरूको हात र खुट्टाका बूढी-औंलाहरू काटिदिएँ। अनि ती राजाहरूले मेरो मेचबाट झरेका खानेकुराका टुक्राहरू खानु पर्यो। मैले ती राजाहरू प्रति गरेका कुराहरू अहिले म माथि परमेश्वरले फर्काउनु भयो।” यहूदाका मानिसहरूले बेजेकका शासकलाई यरूशलेममा लगे अनि त्यहाँ उसको मृत्यु भयो।

यहूदाका मानिसहरू यरूशलेमको विरूद्ध लडे अनि त्यसलाई कब्जा गरे। यहूदाका मानिसहरूले यरूशलेमका मानिसहरूलाई मार्न आफ्ना तरवारहरू प्रयोग गरे। त्यसपछि तिनीहरूले त्यस शहरलाई जलाइदिए। पछि यहूदाका मानिसहरू धेरै कनानीहरूसँग युद्ध गर्ने उँधोतिर आए जो नेगेवको पहाडी देश अनि पश्चिमी मैदानतिर बस्थे।

10 तब यहूदाका मानिसहरू कनानी मानिसहरूको विरूद्ध युद्ध गर्न गए जो हेब्रोनमा बस्थे। (हेब्रोनको अर्को नाउँ किर्यात-अर्बा थियो) यहूदाका मानिसहरूले शेशै, अहीमन अनि तल्मै नाउँका मानिसहरूलाई पराजित गरे।

कालेब र तिनकी छोरी

11 यहूदाका मानिसहरूले त्यो स्थानलाई छोडे। तिनीहरू त्यहाँका मानिसहरू विरूद्ध लडनको निम्ति दबीर शहर तर्फ गए। (बितेको समयमा दबीरलाई किर्यत-सेपेर भनिन्थ्यो) 12 तर यहूदाका मानिसहरूले युद्ध शुरूगर्नु अघि कालेबले मानिसहरूलाई शपथ गराए। कालेबले भने, “म किर्यत-सेपेर माथि लडाइँ गर्न चाहन्छु। म मेरी छोरी अक्सालाई त्यस मानिससित विवाह गर्न दिनेछु जसले त्यो शहरमाथि आक्रमण गर्छ अनि त्यसलाई कब्जा गर्छ। म त्यस मानिसलाई मेरो छोरीसित विवाह गरि दिनेछु।”

13 कालेबको कनज नाउँको कान्छो भाइ थियो। कनजको ओत्निएल नाउँको एउटा छोरो थियो। ओत्निएलले किर्यत-सेपेर शहरमालाई कब्जा गरे। यसर्थ कालेबले आफ्नी छोरी अक्सालाई उसको पत्नी हुन दिए।

14 अक्सा ओत्निएलसित बस्नगइन्। ओत्निएलले अक्सालाई आफ्ना पितासित केही भूमि माग्नु भने। अक्सा पिता कहाँ गइन्। जब तिनी आफ्नो गधाबाट ओर्लिन् कालेबले तिनलाई भने, “के गल्ती भयो?”

15 अक्साले कालेबलाई उत्तर दिइन्, “मलाई एक आशीर्वाद दिनुहोस्। तपाईंले मलाई नेगेबमा एक टुक्रा जमीन दिनुभयो। कृपया मलाई त्यसमा पानीको व्यवस्था गरिदिनु होस्।” यसर्थ कालेबले अक्सालाई तिनले चाहेको कुरा दिए। कालेबले अक्सालाई त्यस भूमिका माथिल्लो अनि तल्लो पानीको मूलहरू दिए।

16 मोशाका ससुराका सन्तान, केनीहरू यहूदाका मानिसहरू खजूरका रूखहरूको शहरबाट आराद नजीक नेगेवमा भएको यहूदाको मरुभूमिमा गए, र त्यहाँका मानिसहरूसँग बसोबास गर्न लागे।

17 केही कनानी मानिसहरू सपत शहरमा बस्थे। यसर्थ यहूदा अनि शिमोनका कुल समूहका मानिसहरूले ती कनानी मानिसहरू माथि आक्रमण गरे। तिनीहरूले पूर्णरूपले शहरलाई नाश पारे। यसर्थ तिनीहरूले त्यो शहरको नाउँ होर्मा राखे। 18 यहूदाका मानिसहरूले गाजा शहर अनि त्यसका वरिपरिका स-साना शहरहरूलाई पनि अधिकारमा लिए। यहूदाका मानिसहरूले अश्कलोन, एक्रोन शहरहरू अनि ती वरिपरिका सबै स-साना शहरहरूलाई पनि कब्जा गरे।

19 यहूदाका मानिसहरूले जब युद्ध गरे परमप्रभु तिनीहरूका पक्षमा हुनुहुन्थ्यो। तिनहरूले पहाडी देशको भूमि लिए। तर यहूदाका मानिसहरूले बेंसीको भूमि लिन असफल भए, किनभने त्यहाँ बस्ने मानिसहरूसित फलामका रथहरू थिए। 20 मोशाले कालेबलाई हेब्रोन दिएका थिए। यसर्थ त्यो भूमि कालेबका कुललाई दिए। कालेबका मानिसहरूले अनाकका तीनजना छोराहरूलाई त्यो स्थान छोड्न वाध्य तुल्याए।

21 बिन्यामीन कुल समूहले यबूसी मानिसहरूलाई यरूशलेम छोड्न वाध्य तुल्याउन सकेनन्। यसकारण आज पनि, यरूशलेममा यबूसी मानिसहरू बिन्यामीन कुल समूहसित बस्छन्।

यूसुफका मानिसहरूले बेतेल कब्जा गर्छन्

22 यूसुफका कुल समूहका मानिसहरू बेथेल विरूद्ध लँडाईं गर्न गए। (अतीतमा बेथेललाई लूज भनिन्थ्यो।) परमप्रभु यूसुफका कुल समूहका मानिसहरूका पक्षमा हुनुहुन्थ्यो। 23 यूसुफका कुल समूहका मानिसहरूले बेथेल शहरमा केही जासूसहरू पठाए। ती मानिसहरू बेथेल शहरलाई पराजित गर्ने मौका खोजीरहेका थिए। 24 जब ती जासूसहरूले बेथेल शहरलाई हेर्दैथे तिनीहरूले एकजना मानिसलाई शहर बाहिर आइरहेको देखे र जासूसहरूले त्यस मानिसलाई भने, “हामीलाई शहर भित्र प्रवेश गर्ने एउटा गुप्त मार्ग देखाऊ। हामी शहर माथि आक्रमण गर्नेछौं। तर यदि तिमीले हामीलाई सहायता गर्यौ भने हामी तिमीलाई नोक्सान पुर्याउने छैनौं।”

25 त्यो मानिसले जासूसहरूलाई शहर भित्र पस्ने गुप्त मार्ग देखाइ दियो। यूसुफका मानिसहरूले बेतेलका मानिसहरूलाई मार्न तिनीहरूका तरवारहरू प्रयोग गरे। तर त्यो मानिस अनि उसको सबै परिवारका सदस्यहरूलाई तिनीहरूले शहर कब्जा गर्न सहायता गरेको कारणले स्वतन्त्र साथ शहर जान दिए। 26 त्यो मानिस त्यसपछि त्यस देशमा गयो जहाँ हित्ती मानिसहरू बस्थे र शहर निर्माण गर्यो। उसले त्यो शहरलाई लूज नाउँ दियो। अनि त्यो शहरलाई आजसम्म पनि लूज नै भनिन्छ।

अन्य कुल समूहहरू कनानीहरूसित युद्ध गर्छन्

27 कनानी मानिसहरू बेतशान, तानाक, दोर, इब्लाम, मगिदो अनि ती शहरहरू वरिपरिका स-साना शहरहरूमा बस्दै थिए। मनश्शेका कुल समूहका मानिसहरूले ती मानिसहरूलाई ती शहरहरू छोड्न बाध्य तुल्याउन सकेनन्। यसकारण कनानी मानिसहरू त्यहाँ बसे। तिनीहरूले आफ्ना घर छोड्न अस्वीकार गरे। 28 पछि इस्राएलका मानिसहरू शक्तिशाली भए अनि कनानी मानिसहरूलाई तिनीहरूका दासको रूपमा कार्य गर्न बाध्य तुल्याए। तर इस्राएलका मानिसहरूले समस्त कनानी मानिसहरूलाई तिनीहरूका भूमि छोड्न बाध्य तुल्याउन सकेनन्।

29 एप्रैम कुल समूहका मानिसहरूसित पनि त्यस्तै (घट्ना) भयो तिनीहरूले कनानी मानिसहरूलाई गेजेर देखि भगाउन सकेनन्। यसर्थ कनानी मानिसहरू एप्रैम गेजेरका मानिसहरूसित बसिरहे।

30 जबूलूनका कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। जबूलूनका मानिसहरूले कनानी मानिसहरूलाई कित्रोन र नहलोल शहरहरूबाट बाहिर निकालेनन् ती कनानी मानिसहरू त्यहाँ रहेर जबूलूनका मानिसहरूसित बसे। तर जबूलूनका मानिसहरूले ती मानिसहरूलाई तिनीहरूका निम्ति दासको रूपमा काम गर्न लगाए।

31 आशेर कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। आशेरका मानिसहरूले अन्य मानिसहरूलाई अक्को, सीदोन, अहलाब, अक्जबी, हेलबा, अपीक अनि रहोब शहरहरू छोड्न कर गरेनन्। 32 आशेरका कुल समूहका मानिसहरूले पनि ती कनानीहरूलाई तिनीहरूका भूमि छोड्न कर लगाएनन्। यसर्थ कनानीहरू आशेरका मानिसहरूसित बसिरहे।

33 नप्ताली कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। नप्तालीका मानिसहरूले कनानी मानिसहरूलाई बेतशेमेश अनि बेतनात शहरहरू छोड् भनी कर गरेनन्। यसरी नप्तालीका मानिसहरू ती मानिसहरूसित ती शहरहरूमा रहे। ती कनानी मानिसहरूले नप्ताली मानिसहरूका निम्ति दासको रूपमा काम गरे।

34 एमोरी मानिसहरूले दानका कुल समूहका मानिसहरूलाई पहाडी देशमा बस्न बाध्य तुल्याए। तिनीहरू पहाडतिर बस्नु पर्यो किनभने एमोरी मानिसहरूले तिनीहरूलाई उपत्यकामा बस्न तल झर्न दिएनन्। 35 एमोरी मानिसहरूले हेरेस पर्वत, अय्यालोन अनि शाल्बीममा रहने निर्णय गरे। पछि यूसुफका कुल समूह शक्तिशाली भए। तब तिनीहरूले एमोरी मानिसहरूलाई तिनीहरूका निम्ति दासको रूपमा काम गर्ने तुल्याए। 36 एमोरी मानिसहरूको भूमि बिच्छी घाँटी देखि सेला अनि सेला पारिको पहाडी देशसम्म थियो।

बोकीममा परमप्रभुका स्वर्गदूत

परमप्रभुका स्वर्गदूत गिलगाल शहर देखि बोकीम शहरसम्म गए। स्वर्गदूतले इस्राएलका मानिसहरूलाई भने, “मैले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याएँ। मैले तिमीहरूलाई यो भूमिमा ल्याएँ जो मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिनेछु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिमीहरूलाई भनेको थिएँ कि तिमीहरूसित गरेको करार कहिल्यै भङ्ग गर्ने छैन। तर बद्लामा, तिमीहरूले यस भूमिमा बस्ने मानिसहरूसित कुनै पनि करार कहिले बाँध्ने छैनौ। तिमीहरूले तिनीहरूका वेदीहरू नष्ट गर्नुपर्छ। त्यो तिमीहरूलाई मैले भनेको थिएँ। तर तिमीहरूले मेरो आज्ञा पालन गरेनौं।

“अब म तिमीहरूलाई भन्नेछु, ‘अब देखि उता यी मानिसहरूलाई म यो भूमिदेखि धपाउने छैन। यी मनिसहरू तिमीहरूको निम्ति समस्या बनिनेछन्। तिनीहरूका असत्य देवताहरूले तिमीहरूलाई पासोमा पार्नेछन्।’”

परमप्रभुका स्वर्गदूतले इस्राएलका मानिसहरूलाई वचन दिइसके पछि मानिसहरू जोडले रोए। यसर्थ इस्राएलका मानिसहरूले जहाँ विलाप गरे त्यस स्थानको नाउँ, बोकीम राखे। बोकीममा इस्राएलका मानिसहरूले परमप्रभुका निम्ति बलिदानहरू अर्पण गरे।

अवज्ञा अनि पराजित

तब यहोशूले मानिसहरूलाई घर जानु भने। यसर्थ हरेक कुल समूह त्यहाँ बस्नका निम्ति आफ्ना इलाका ओगट्न गए। इस्राएलीहरूले परमप्रभुको सेवा यहोशू जीवित रहेसम्म गरे अनि उसको मृत्यु पछि पनि जब सम्म बूढा प्रधानहरू रहिरहे। यी बूढा प्रधानहरूले इस्राएलका मानिसहरूका निम्ति परमप्रभुले गर्नु भएको सम्पूर्ण महान कुराहरू देखेका थिए। नूनका छोरा, परमप्रभुका सेवक यहोशूको एक सय दश बर्षको उमेरमा मृत्यु भयो। इस्राएलका मानिसहरूले यहोशूलाई दफन गरिदिए। तिनीहरूले यहोशूलाई त्यो भूमिमा गाडिदिए जुन तिनलाई दिइएको थियो। त्यो तिम्नात-हेरेसमा गाशपर्वतको उत्तरतर्फ एप्रैमको पहाडी देशमा थियो।

10 त्यसपछि त्यो सम्पूर्ण पुस्ताको मृत्यु भयो, अर्को पुस्ता बढेर आयो। यो नयाँ पुस्ताले परमप्रभुको विषयमा अनि परमप्रभुले इस्राएलका मानिसहरूका निम्ति गर्नु भएको कुराहरू जान्दैनथ्यो। 11 यसकारण इस्राएलका मानिसहरूले परमेश्वरसितको तिनीहरूको करार झूटा देवता बालको सेवा गरेर तोडिदिए। 12 परमप्रभुले इस्राएलका मानिसहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनु भएको थियो। अनि यी मानिसहरूका पिता-पुर्खाहरूले परमप्रभुलाई आराधना गरेका थिए। तर इस्राएलका मानिसहरूले परमप्रभुको अनुशरण गर्न छोडिदिए। इस्राएलका मानिसहरूले तिनीहरूका वरिपरि बस्ने मानिसहरूका झूटा देवताहरूको पूजा गर्न शुरू गरे। त्यसले परमप्रभुलाई क्रोधित तुल्यायो। 13 इस्राएलका मानिसहरूले परमप्रभुको आराधना अनुशरण गर्न छोडे र बाल र अश्तारोतको पूजा गर्न थाले।

14 परमप्रभु इस्राएलीहरूसित क्रोधित हुनुभयो। यसकारण परमप्रभुले लुटमार गर्नेहरूलाई इस्राएलीहरूमाथि आक्रमण गर्ने र सम्पति लूट्ने अनुमति दिनुभयो। परमप्रभुले तिनीहरूका वरिपरि बस्ने तिनीहरूका शत्रुहरूलाई, पराजित गर्न दिनुभयो। इस्राएलीहरूले तिनीहरू स्वयंलाई आफ्ना शत्रुहरूको आक्रमण विरूद्ध आफ्नो रक्षा गर्न सकेनन्। 15 यदि इस्राएलीहरूले तिनीहरूका छिमेकिहरूका देवताहरूको सेवा गरे, उहाँले त्यसो गर्छु भनी प्रतिज्ञा गर्नु भए जस्तै जहिले पनि इस्राएलीहरू लडाइँ गर्थे परमप्रभु तिनीहरूको विरूद्धमा रहनु हुन्थ्यो। यसकारण तिनीहरू लगातार पराजित भइरहे। इस्राएलका मानिसहरूले अनेक कष्ट पाए।

16 तब परमप्रभुले न्यायकर्ता भनिने अगुवाहरू चुन्नुभयो। यी अगुवाहरूले इस्राएलका मानिसहरूलाई तिनीहरूको सम्पत्तिहरू लाने शत्रुहरूबाट बचाए। 17 तर इस्राएलका मानिसहरूले आफ्ना न्यायकर्ताहरूको कुरा सुनेनन्। इस्राएलका मानिसहरू परमेश्वर प्रति विश्वासनीय थिएनन्। तिनीहरूले अन्य देवताहरूको अनुशरण गरे। अतीतमा इस्राएली मानिसहरूका पिता-पुर्खाहरूले परमप्रभुको आज्ञा पालन गर्दथे। तर अहिले इस्राएली मानिसहरू परिवर्तन भए अनि परमप्रभुको आज्ञा पालन गर्न छोडे।

18 धेरै पल्ट इस्राएलका शत्रुहरूले मानिसहरू प्रति नराम्रा कुराहरू गरे। यसर्थ इस्राएलका मानिसहरूले सहायताको निम्ति विलाप गरे। परमप्रभु धेरै पल्ट मानिसहरूका निम्ति दुःखीत हुनुभयो। धेरै पल्ट उहाँले मानिसहरूलाई तिनीहरूका शत्रुहरूबाट बचाउँनको निम्ति न्यायकर्ता पठाउनु भयो। परमप्रभु सदैव ती न्यायकर्ताहरूसित हुनुहुन्थ्यो। यसरी धेरै पल्ट इस्राएलका मानिसहरूलाई तिनीहरूका शत्रुहरूबाट बचाउँनु भयो। 19 तर जब हरेक न्यायकर्ताको मृत्यु हुन्थ्यो, इस्राएलका मानिसहरू फेरि पाप गर्न अनि असत्य देवताहरूको पूजा गर्न शुरू गर्थे। इस्राएलका मानिसहरू अति हठ्ठी थिए। तिनीहरूले आफ्ना कु-कर्म छोडन् अस्वीकार गरे।

20 यसर्थ परमप्रभु इस्राएलका मानिसहरूसित क्रोधित हुनुभयो, अनि उहाँले भन्नुभयो, “यी जातिहरूले तिनीहरूका पिता-पुर्खाहरूसित गरेको मेरो करारलाई भङ्ग गरेका छन्। तिनीहरूले मेरो कुरा सुनेनन्। 21 यसर्थ इस्राएलका मानिसहरूका निम्ति म अब उप्रान्त ती जातिहरूलाई पराजित गरेर मार्ग खुल्ला गरिदिने छैन। ती मानिसहरू त्यस बेलासम्म त्यही भूमिमा थिए जब यहोशूको मृत्यु भयो। अनि म ती जातिहरूलाई यस भूमिमा रहनदिनेछु। 22 म ती जातिहरूलाई इस्राएलका मानिसहरूको जाँच गर्नमा प्रयोग गर्नेछु। म यो हेर्ने छु कि इस्राएलीहरूले तिनीहरूका पिता-पुर्खाहरूले झैं परमप्रभुका आज्ञा पालन गर्छन् कि गर्दैनन्।” 23 परमप्रभुले ती जातिहरूलाई त्यस भूमिमा रहनदिनु भयो। परमप्रभुले ती जातिहरूलाई देश झट्टै छोड्नु भनी बाध्य तुल्याउनु भएन। उहाँले यहोशूका सेनालाई पराजित गर्न तिनीहरूलाई दिनु भएन।

1-2 परमप्रभुले ती अन्य जातिहरूका सबै मानिसहरूलाई इस्राएलको भूमि छोडन कर लगाउँनु भएन। परमप्रभु इस्राएलका मानिसहरूको परीक्षा गर्न चाहनु हुन्थ्यो। यस समय जीवित रहेका कुनै पनि इस्राएलका मानिसहरू कनानको भूमि लिनका निम्ति गरिएको युद्धमा लडेका थिएनन्। यसर्थ परमप्रभुले ती अन्य जातिहरूलाई तिनीहरूका देशमा रहन दिनुभयो। (परमप्रभुले इस्राएलका मानिसहरूलाई, जो ती युद्धहरूमा लडेका थिएनन्, शिक्षा दिनलाई यसो गर्नु भएको थियो।) परमप्रभुले यस भूमि छोड्न लगाउनु भएका जातिहरूका नाउँ यो होः पलिश्ती मानिसहरूका पाँच जना शासकहरू, समस्त कनानीहरू, सिदोनीहरू अनि हिव्वी मानिसहरू जो लेबानोन पर्वतका बाल-हेर्मोन पर्वतदेखि लेबो-हमातसम्म बस्थे। परमप्रभुले ती जातिहरूलाई, इस्राएली मानिसहरूको जाँच गर्नका निम्ति त्यो भूमिमा छोड्नु भएको थियो। उहाँले यो हेर्न चाहनुहुन्थ्यो कि इस्राएलका मानिसहरू परमप्रभुका आज्ञाहरू, जो उहाँले तिनीहरूका पिता-पुर्खाहरूलाई मोशा मार्फत दिनु भएको आज्ञाहरू पालन गर्छन् कि गर्दैनन् भनेर।

इस्राएलका मानिसहरू कनानी, हित्ती, एमोरी, परिज्जी, हिब्बी अनि यबूसी मानिसहरू साथ बस्थे। इस्राएलका मानिसहरू ती मानिसहरूका छोरीहरूसित बिवाहवारी गर्न थाले। इस्राएलका मानिसहरूले आफ्ना छोरीहरूलाई ती मानिसहरूका छोराहरूसित विवाह गर्न दिए। अनि इस्राएलका मानिसहरूले ती मानिसहरूका देवताहरू पूज्न थाले।

पहिलो न्यायकर्ता, ओत्निएल

इस्राएलका मानिसहरूले परमप्रभुसित गरेको करार तिनीहरूले भङ्ग गरे। तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरलाई बिर्से अनि झूटा देवताहरू बाल अनि अशेराको सेवा गरे। परमप्रभु इस्राएलका मानिसहरूसित क्रोधित हुनुभयो। इस्राएलका मानिसहरूमाथि शासन गर्न परमप्रभुले अरम-नहैरमका राजा कूशन रिशातैमलाई तिनीहरूलाई हराउने शक्ति दिनुभयो। इस्राएलीहरू आठ बर्षसम्म त्यो राजाको अधीनमा रहे। तर इस्राएलका मानिसहरूले सहायताका निम्ति परमप्रभुसित विलाप गरे। परमप्रभुले तिनीहरूलाई बचाउँन एउटा व्यक्तिलाई पठाउनु भयो। त्यो व्यक्तिको नाउँ ओत्निएल थियो। उनी कनज नाउँ गरेका एक व्यक्तिका छोरा थिए। कनज कालेबका कान्छा भाइ थिए। ओत्निएलले इस्राएलका मानिसहरूको सेवा गरे। 10 परमप्रभुको आत्मा ओत्निएल माथि आउनुभयो अनि तिनी इस्राएली मानिसहरूका न्यायकर्ता बने। ओत्निएलले इस्राएली मानिसहरूलाई युद्ध तर्फ अग्रसर गराए। परमप्रभुले ओत्निएललाई अरामका राजा कूशन रिशातैमलाई पराजित गर्नमा सहायता गर्नुभयो। 11 यसरी त्यो भूमि कनजका छोरा ओत्निएलको मृत्यु नभए सम्म चालीस बर्षको निम्ति शान्तिसित रह्यो।

न्यायकर्ता एहूद

12 फेरि इस्राएलका मानिसहरूले परमप्रभुसित गरेको तिनीहरूको करार भङ्ग गरे। यसकारण परमप्रभुले इस्राएलका मानिसहरूलाई पराजित गर्न मोआबका राजा एग्लोनलाई बल दिनुभयो। 13 एग्लोनले अम्मोनी अनि अमालेकी मानिसहरूबाट सहायता प्राप्त गरे। तिनीहरू उनीसित मिले अनि इस्राएलका मानिसहरू माथि आक्रमण गरे। एग्लोन अनि उनका सेनाले इस्राएलका मानिसहरूलाई पराजित गरे। अनि तिनीहरूलाई खजूर वृक्षको शहर छोड्न वाध्य तुल्याए। 14 मोआबका राजा एग्लोनले इस्राएलका मानिसहरू माथि अठ्ठार बर्षसम्म शासन गरे।

15 मानिसहरूले परमप्रभुसित विलाप गरे। यसैकारण परमप्रभुले इस्राएलका मानिसहरूलाई बचाउँनका निम्ति एकजना व्यक्तिलाई पठाउनु भयो। यो व्यक्तिको नाउँ एहूद थियो। एहूद बिन्यामीन कुल समूहका गेरा नाउँको मानिसका छोरा थिए। एहूदले आफ्ना देब्रेहातले लडाँई गर्ने तालिम लिएका थिए। इस्राएलका मानिसहरूले एहूदलाई मोआबका राजा एग्लोन कहाँ उपहारसितै पठाए। 16 एहूदले स्वंयका निम्ति एउटा तरवार बनाएका थिए। त्यो तरवारको दुवै पट्टि धारहरू थिए अनि अठ्ठार इंच लामो थियो। एहूदले त्यो तरवार आफ्नो दाहिने जाँघमा बाँधेका थिए अनि आफ्नो पोशाक मुनि लुकाएका थिए।

17 यसरी एहूदले मोआबका राजा एग्लोन कहाँ भेटी ल्याए। एग्लोन अत्यन्त मोटा मानिस थिए। 18 भेटी चढाएपछि तिनले ती मानिसहरूलाई पठाए जसले भेटी बोकेका थिए। 19 तिनीहरूले राजदरबार छाडे। जब एहूद गिलगाल नजिकका मूर्तिहरू भएको ठाउँमा पुगे, तिनी घुमे अनि राजालाई भेट्न फर्किए। एहूदले राजा एग्लोनलाई भने, “राजा, तपाईंको निम्ति मसित गुप्तको सन्देश छ।”

राजाले तिनलाई चूपलाग्नु भने अनि त्यसपछि सबै सेवकहरूलाई कोठाबाट बाहिर पठाए। 20 एहूद एग्लोन राजा कहाँ गए। राजा आफ्नो दरबारको माथिल्लो कोठामा एक्लै बसिरहेका थिए।

तब एहूदले भने, “मसित तपाईंको निम्ति परमेश्वरको सन्देश छ।” राजा आफ्नो गद्दीबाट उठे। उनी एहूदका अत्यन्त छेउमा थिए। 21 जसै राजा आफ्नो गद्दीबाट उठ्दै थिए, एहूदले आफ्नो देब्रेहात बढाएर आफ्नो दाहिने जाँघमा बाँधिएको तरवार निकाले। त्यसपछि एहूदले तरवार राजाको भूँडीमा रोपिदिए। 22 त्यो तरवार एग्लोनको भूँडीमा यति भित्र पस्यो कि त्यसको बींड पनि बोसोले छोप्यो। एहूदले एग्लोनदेखि तरवार बाहिर तान्न सकेनन् अनि एग्लोनको आन्द्रा-भूँडी बाहिर निस्कियो।

23 एहूदले माथिल्लो कोठाका ढोकाहरू बन्दगरी राजालाई भित्रै ताल्चा लगाएर त्यो निजी कोठाबाट निस्किए। 24 एहूदले त्यसपछि मूल कोठा छाडे अनि सेवकहरू फर्केर भित्र गए। सेवकहरूले माथिल्लो कोठाको ढोका बन्द गरिएको पाए। यसर्थ सेवकहरूले भने, “राजा आफ्ना निजी विश्राम कोठामा विश्राम गरिरहेका हुनुपर्छ।” 25 यसर्थ सेवकहरूले धेरै लामो समयसम्म पर्खिरहे। राजाले माथिल्लो कोठाका ढोकाहरू खोलेनन्। आखिरमा सेवकहरू चिन्तित भए। तिनीहरूले चाबी ल्याए अनि ढोकाहरू खोले। जब सेवकहरू भित्र पसे, तिनीहरूले आफ्ना राजालाई भूइँमा लडेर मरिरहेका देखे।

26 सेवकहरूले राजालाई पर्खंदै गर्दा एहूदले उम्कने समय पाए। एहूदले मूर्तिहरू पार गरे र सीरा नाउँ गरेको स्थान तिर गए। 27 जब एहूद सीरामा आए तिनले त्यहाँ, एप्रैमको पहाडी देशमा, तुरही बजाए। इस्राएलका मानिसहरूले तुरही बजेको आवाज सुने अनि तिनीहरू पहाडबाट तल झरे, एहूदले तिनीहरूको अगुवाइ गरे।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International