Print Page Options
Previous Prev Day Next DayNext

Bible in 90 Days

An intensive Bible reading plan that walks through the entire Bible in 90 days.
Duration: 88 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 इतिहास 10-23

राजा शाऊलको मृत्यु

10 पलिश्ती मानिसहरू इस्राएलका मानिसहरू सित लडे। इस्राएलका मानिसहरू पलिश्ती मानिसहरू देखि भागे। धेरै इस्राएलीहरू गिल्बो डाँडामा मारिए। पलिश्तीहरूले शाऊल अनि उनका छोरालाई खेद्दै गए। तिनीहरूले उनीहरूलाई भेट्टाए अनि मारिदिए। पलिश्तीहरूले शाऊलका छोराहरू जोनाथन, अबीनादाब अनि मल्कीशूअलाई मारिदिए। शाऊलको चारैतिर घमासान युद्ध भयो। धनुधारीहरूले आफ्ना काँडले शाऊललाई हाने अनि उनलाई घाइतेतुल्याए।

तब शाऊलले आफ्ना हतियार बोक्नेलाई भने, “तेरो तरवार बाहिर निकाल अनि मलाई मार्न प्रयोग गर। तब ती विदेशीहरूले मलाई चोट पुर्याउने छैनन्। अनि तिनीहरू आउँदा मलाई लज्जित बनाउने छैनन्।”

शाऊलका हतियार बोक्ने डराए। तिनले शाऊललाई मार्न अस्वीकार गरे। तब शाऊलले आफैंलाई मार्न आफ्नै तरवार प्रयोग गरे। तिनी आफ्ना तरवारको चुच्चोमा लडे। हतियार बोक्नेले शाऊलको मृत्यु भएको देखे। तब उसले पनि ऊ तरवारको चुच्चोमा लडे र आत्माहत्या गरे। यसरी शाऊल अनि तिनका तीन जना छोराहरूको पनी मृत्यु भयो। शाऊलका परिवार सबैको एकसाथ मृत्यु भयो।

बेंसीमा बस्ने सबै इस्राएलका मानिसहरूले देखे कि तिनीहरूका आफ्नै सेना भागे। तिनीहरूले देखे कि शाऊल अनि तिनका छोराहरू मरे। यसर्थ तिनीहरूले आफ्ना शहरहरू छोडे र भागे। तब पलिश्ती मानिसहरू इस्राएलका मानिसहरूले छाडेका शहरहरूमा आए अनि पलिश्ती मानिसहरू ती शहर कब्जागरि बसे।

भोलि पल्ट पलिश्ती मानिसहरू मृत शरीरहरूबाट मूल्यवान चीजहरू लिन आए। तिनीहरूले शाऊलको शरीर अनि तिनका छोराहरूका शरीरहरू गिल्बो डाँडामा पाए। पलिश्तीहरूले शाऊलको शरीरबाट मूल्यवान चीजहरू निकाली लगे। तिनीहरूले शाऊलको शिर अनि हतियारहरू पनी लगे। तिनीहरूले उनीहरूका देशभरि उनीहरूका असत्य देवताहरू अनि उनीहरूका मानिसहरूलाई खबर सुनाउनका निम्ति दूतहरू पठाए। 10 पलिश्तीहरूले शाऊलको हतियारहरू तिनीहरूका असत्य देवताहरूको मन्दिरमा राखे। तिनीहरूले शाऊलको शिर दागोनको मन्दिरमा झुण्ड्याए।

11 याबेश गिलाद शहरमा बस्ने सबै मानिसहरूले पलिश्ती मानिसहरूले शाऊल प्रति गरेका सबै कुराहरू सुने। 12 याबेश गिलादको सबै साहसी मानिसहरू लिएर शाऊल अनि उसका छोराहरूका मृतदेहहरू लिन गए। तिनीहरूले ती मृतदेहहरू याबेश गिलादमा ल्याए। तिनीहरूले शाऊल अनि तिनका छोराहरूको हड्डीहरू याबेशमा एक विशाल रूखमुनि गाडे। त्यस पछि तिनीहरू सात दिनसम्म उपवास बसे।

13 शाऊलको मृत्यु भयो किनभने तिनी परमप्रभु प्रति विश्वासनीय भएनन्। शाऊलले परमप्रभुका वचन पालन गरेनन्। शाऊलले परमप्रभुलाई सोध्नुको सट्टा एउटा तन्त्र-मन्त्र गर्नेकहाँ गए अनि तिनको सल्लाह मागे। 14 तिनले परमप्रभुको सल्लाह लिएनन्। त्यसै कारणले परमप्रभुले शाऊललाई मारिदिनु भयो अनि राज्य यिशैको छोरा दाऊदलाई दिनु भयो।

दाऊद इस्राएलका राजा हुन्छन्

11 इस्राएलका सबै मानिसहरू हेब्रोन शहरमा दाऊदकहाँ आए। तिनीहरूले दाऊदलाई भने, “हामी तपाईकै मासु र रगत हौं। अतीतमा तपाईले हामीलाई युद्धमा अगुवाइ गर्नु भयो। तपाईले शाऊल राजा हुँदा पनि हाम्रो अगुवाई गर्नु भयो। परमप्रभुले तपाईलाई भन्नुभयो, ‘दाऊद तँ इस्राएलका मेरा मानिसहरूलको गोठालो हुनेछस्। तँ मेरा मानिसहरूको प्रधान हुनेछस्।’”

इस्राएलका सबै बूढा-प्रधानहरू हेब्रोन शहरमा दाऊद कहाँ आए। दाऊदले हेब्रोनमा परमप्रभु समक्ष ती बूढा-प्रधानहरूसित एक करार गरे अनि ती बूढा-प्रधानहरूले दाऊदलाई अभिषेक गरे। तिनीहरूले तिनलाई इस्राएलका राजा बनाए। परमप्रभुले यसो हुन्छ भनी वचन दिनु भएको थियो। परमप्रभुले त्यो वचन दिनुका निम्ति शमूएलाई प्रयोग गर्नु भएको थियो।

दाऊदले यरूशलेम कब्जा गरेका

दाऊद अनि इस्राएलका सबै मानिसहरू यरूशलेम शहर गए। यरूशलेमलाई त्यस समयमा यबूस भनिन्थ्यो। त्यो शहरमा बस्ने मानिसहरूलाई यबूसी भनिन्थ्यो। त्यो शहरमा जो मानिसहरू बस्थे तिनीहरूले दाऊदलाई भने, “तपाई हाम्रो शहर भित्र आउन सक्नु हुन्न।” तर दाऊदले ती मानिसहरूलाई परास्त गरिदिए। दाऊदले सियोनको किल्ला लिए। यो स्थान दाऊदको शहर बन्यो।

दाऊदले भने, “त्यो व्यक्ति जसले यबूसी मानिसहरू माथि आक्रमण गर्छ, मेरा सम्पूर्ण सेनाको सेनापति हुनेछ।” यसर्थ योआबले आक्रमणको अगुवाई गरे। योआब सरूयाहका छोरा थिए। योआब सेनाका सेनापति बने।

तब दाऊदले किल्लामा आफ्ना घर बनाए। त्यसै कारणले यसलाई दाऊदको शहर नाउँ दिइएको हो। दाऊदले किल्ला वरिपरि शहर बसाए। तिनले यो मिल्लो देखि शहर वरिपरिको सबै ठाउँमा पर्खाल बनाए। योआबले शहरका अन्य भागको मर्मत गरे। दाऊद लगातार सफल हुँदैगए। सर्वशक्तिमान परमप्रभु तिनीसित हुनुहुन्थ्यो।

तीन वीरहरू

10 यो सूची दाऊदका विशेष सेनापतिहरूको हो। यी बीरहरू दाऊदसित तिनका राज्यमा अति शक्तिशाली बने। तिनीहरू र इस्राएलका सबै मानिसहरूले दाऊदलाई सहयोग गरे अनि तिनलाई राजा बनाए। यो परमेश्वरले वचन दिनु भए जस्तै भयो।

11 यो सूची दाऊदका विशेष सैनिकहरूको होः

याशोबाम हक्मोनी थिए। याशोबाम अधिकारीहरूका अगुवा थिए। याशोबामले एकै पल्टमा तीन सय मानिसहरूलाई आफ्नो भाला प्रयोग गरेर मारे।

12 अर्को अहोही दोदोका छोरा एलाजार थिए। एलाजार ती तीन वीरहरू मध्ये एक थिए। 13 एलाजार पास-दम्मीममा दाऊदसँग थिए। पलिश्तीहरू युद्ध लड्न तयारीको निम्ति त्यस स्थानमा आएका थिए। त्यस स्थान एक जौंले भरिएको खेत थियो। इस्राएलीहरू पलिश्तीहरू देखि भागे। 14 तर ती तीन बीरहरू त्यही खेतमा बसीरहे अनि त्यसलाई रक्षा गरे। तिनीहरूले पलिश्तीहरूलाई परास्त गरे। परमप्रभुले इस्राएलका मानिसहरूलाई महान विजय दिनुभयो।

15 एकपल्ट, दाऊद अद्‌दुलामको ओडारमा थिए, अनि पलिश्ती सेना तल रपाईमको बेंसीमा थिए। तीसजना वीरहरू मध्ये तीनजना वीरहरू दाऊदलाई भेट्न ओडारसम्म पुगे।

16 अर्कोसमय, दाऊद किल्लामा थिए, अनि पलिश्ती सेनाका एकदल बेतलेहेममा थिए। 17 दाऊद तिर्खाएका थिए आफ्ना शहरको पानीका निम्ति यसर्थ तिनले भने, “म चाहन्छु कि कसैले मलाई बेतलेहेम शहरको द्वार नजिकको कूवाबाट केही पानी देओस्।” दाऊदले वास्तवमा त्यो चाहेका थिएनन् तिनी केवल कुरा मात्र गरेका थिए। 18 तर ती तीन जना वीरहरूले पलिश्ती सेनाहरूको बीच भएर युद्धगर्दै बाटो पैल्याए र यी तीन व्यक्तिहरूले बेतलेहेमको शहरद्वार छेउको कूवाबाट केही पानी लिए। तब ती तीन वीरहरूले ल्याएको पानी दाऊदकहाँ ल्याए। दाऊदले पानी पिउन अस्वीकार गरे। तिनले त्यो पानी परमप्रभुलाई भेटीको रूपमा भूइँमा खन्याए। 19 दाऊदले भने, “परमेश्वर, म यो पानी पिउँन सक्तिनँ। यो पानी मैले पिएँ भने ती व्यक्तिहरूको रगत पिएको जस्तो हुनेछ जसले मेरो निम्ति यो पानी ल्याउँन आफ्ना जीवन खतरामा पारे।” त्यस कारण दाऊदले पानी पिउन अस्वीकार गरे। ती तीन जना वीरहरूले यस्ता अनेक साहसी कार्यहरू गरे।

अन्य वीर सैनिकहरू

20 योआबका भाइ अबीशै यी तीन बीरहरूका प्रधान थिए। तिनले आफ्ना भालाद्वारा 300 मानिसहरूसित युद्ध गरे अनि तिनीहरूलाई मारिदिए। अबीशै ती तीन वीरहरू जस्तै प्रसिद्ध थिए। 21 अबीशै ती तीस जना वीरहरू भन्दा दोबर प्रसिद्ध थिए। तिनी ती तीन वीरहरू मध्ये एक नभएता पनि तिनी तीसजनाका अगुवा थिए।

22 यहोयादाका छोरा, बनायाह शक्तिशाली मानिस थिए। उनी कबसेलबाटका थिए। बनायाहले मोआब देशका दुइजना महान् वीरहरूलाई मारे। एक दिन हिउँ पर्दै थियो, बनायाह भूईँमा भएको खाडल भित्र पसे। अनि एक सिंहलाई मारे। 23 अनि बनायाहले एक ठूलो मिश्र देशका सैनिकहरूलाई मारे। ती व्यक्ति प्रायः साडे सात फीट अग्ला थिए। त्यस मिश्रदेशकाहरूसँग एउटा भाला थियो त्यो खूबै ठूलो अनि गह्रौं। थियो। त्यो जुलाहाको तानको डण्डा जस्तै ठूलो थियो। बनायाहसित एउटा लहुरो मात्र थियो। बनायाहले त्यो मिश्रीको हातमा भएको भाला अँठ्याए र उसको हातबाट खोसे। तब बनायाहले त्यस मिश्रदेशीलाई उसको आफ्नै भालाद्वारा मारिदिए। 24 बनायाह यहोयादाका छोराले अनेक यस्ता साहसी कार्य गरे। बनायाह ती तीन वीरहरू जस्तै प्रसिद्ध थिए। 25 बनायाह ती तीसजना वीरहरू भन्दा अधिक प्रसिद्ध थिए, तर पनी तीन वीरहरू मध्येका एकजना तिनी थिएनन्। दाऊदले बनायाहलाई आफ्ना अङ्गरक्षकहरूका प्रधान बनाए।

तीस जना वीरहरू

26 पराक्रमी सैनकहरूका तीस जना बीर योद्धा यी हुनः

योआबका भाइ असाहेल,

बेतलेहेम, दोदोका छोरा एल्हानान;

27 शम्मोत, हारोद,

हेलेस, पेलोनी,

28 ईरा, तकोईका ईक्केशका छोरा;

अनातोतका अबीएजेर,

29 सिब्बकै हुशाती;

ईलै, अहोही;

30 नतोपाका महरै;

नतोपाकै बानाका छोरा हेलेद,

31 बिन्यामीनको गिबाका रीबैका छोरा;

इतै, पिरातोनका, बनायाह,

32 गाशका खोल्चाहरूका

हुरै, अर्वातीका अबीएल,

33 बहरीमका अज्माबेत;

शाल्बोनका, एल्याहबा,

34 गीजोनी हाशेमका छोराहरू;

जोनाथन, हरारी शागेका छोरा;

35 अहीआम, हरारी साकारका छोरा;

एलीपाल, ऊरका छोरा,

36 मेकराहका हेपेर,

अहियाह, पेलोनी,

37 कार्मेली हेस्रो,

एज्बैका छोरा; नारै,

38 नातानका भाइ;

योएल, हग्रीका छोरा; मिभार,

39 अम्मोनी; सेलेक, बेरोतका;

नहरै, नहरैले सरूयाहका छोरा योआबको कवच बोकेका थिए।

40 येतेरी, ईरा,

सतत्री, गारेब,

41 अहलैका छोरा हित्ती,

उरियाह, जाबाद,

42 अदीन, रूबेनको कुल समूहका शीजाका छोरा; अदीना रूबेनको कुल समूहका अगुवा थिए, अनि उसित तीस वीरहरू थिए।

43 हानान, माकाका छोरा;

मित्नी, योशापात,

44 उज्जीयाह, अश्तेराती;

होतामका छोराहरू शामा अनि यीएल, अरोएका

45 यदीएल, शिम्रीका छोरा

अनि तिनका भाइ तिजी योहा,

46 महाबी, एदीएल, यरीबै अनि योशब्याह,

एल्नामका छोराहरू,

यित्मा, मोआबी;

47 एलीएल; ओबेद अनि योबाका यासीएल।

दाऊदसँग भएका साहसी मानिसहरू

12 यो मानिसहरूको सूची थियो जो दाऊद कहाँ समिलित हुन आएका थिए जब तिनी सिक्लगमा थिए। यो त्यस समयको कुरा थियो जब दाऊद कीशका छोरा शाऊलबाट लुकेका थिए। यी मानिसहरूले दाऊदलाई युद्धमा सहायता गरेका थिए। यी मानिसहरू आफ्ना दाहिने वा देब्रेहातले आफ्ना धनुहरूबाट काँड हान्न सिपालू थिए। तिनीहरूले दुवै हातले आफ्ना घुयेत्रोद्वारा पनि ढुङ्गा हान्न सक्थे। तिनीहरू बिन्यामीनका कुल समूहका शाऊलका आफन्तहरू थिए। तिनीहरू थिए!

अहीएजेर, तिनीहरूका प्रधान अनि योआश; अहीएजेर अनि योआश गिबीयाती शेमाहका छोराहरू थिए। यजीएल अनि पेलेत; यजीएल र पेलेत अज्मावेतका छोराहरू थिए। बराका र येहू अनातोत शहरका थिए। यिश्मायाह गिबोन शहरका थिए। यिश्मायाह तीन वीरहरू मध्य एक थिए अनि तिनी तीन वीरहरूका प्रधान पनि थिए। यिर्मयाह, यहजीएल, योहानान अनि योजाबाद- गदेरा ती मानिसहरूबाट; एलूजै- यरीमोत, बाल्याह, अनि शमर्याह, शपत्याह, हारूपी, एल्काना, यिशियाह अज्रेल, योएजेर अनि याशोबाम, सबै कोरहका परिवार समूहका; योएलह अनि जबदियाह, गेदोर शहरका यरोहामका छोराहरू हुन।

गादी मानिसहरू

गाद कुल समूहका एक भाग दाऊदसँग मरुभूमिमा तिनका किल्लामा आएर मिले। तिनीहरू युद्धका निम्ति शिक्षा पाएका साहसी सैनिकहरू थिए। तिनीहरू ढाल अनि भाला चलाउनमा सिपालु थिए। तिनीहरू सिंह जस्तै भीषण देखिन्थे। अनि तिनीहरू पर्वतमा मृगजस्तै छिटो दगुर्न सक्थे।

एजेर गाद कुल समूहबाट सेनाका प्रधान थिए। ओबदियाह अधिकारमा दोस्रो दर्जाका थिए। एलिआब अधिकारमा तेस्रो दर्जाका थिए। 10 मिश्मन्ना अधिकारमा चौथा दर्जाका थिए। यिर्मयाह अधिकारमा पाँचौं दर्जाका थिए। 11 अत्तै अधिकारमा छैटौं दर्जाका थिए। एलीएल अधिकारमा सातौं दर्जाका थिए। 12 योहानान अधिकारमा आठौं दर्जाका थिए। एल्जाबाद अधिकारमा नवौं दर्जाका थिए। 13 यिर्मयाह अधिकारमा दशौं दर्जाका थिए। मकबन्नै अधिकारमा एघारौं दर्जाका थिए।

14 ती मानिसहरू गादी सेनाका प्रधानहरू थिए। त्यस समूहका सबैभन्दा कमजोर सैनिकले पनि शत्रुका एकसय सैनिकहरूसित युद्ध गर्न सक्थे। त्यो परिवार समूहका सबै भन्दा बलवान सैनिक शत्रुका एकहजार सैनिकहरूसित युद्ध गर्नसक्थे। 15 गाद कुल समूहका मानिसहरू सैनिक थिए जो बर्षको पहिलो महीना यर्दन नदी पारी जान्थे। त्यो बर्षाको समय थियो जब यर्दन नदीमा बाढी आइरहेथ्यो। तिनीहरूले बेंसीहरूमा बस्ने सबै मानिसहरूलाई खेदी पठाए। तिनीहरूले ती मानिसहरूलाई पूर्व र पश्चिम तिर खेदे।

दाऊदसँग अन्य सैनिकहरू मिले

16 बिन्यामीन र यहूदाका कुल समूहहरूबाट अन्य मानिसहरू किल्लामा दाऊदकहाँ आए। 17 दाऊद तिनीहरूलाई भेट्न बाहिर गए। दाऊदले तिनीहरूलाई भने, “यदि तिमीहरू शान्तिसित मलाई सहायता गर्न आएका हौ भने म तिमीहरूलाई स्वागत गर्छु। मेरो साथ बस। तर यदि तिमीहरू मेरो जासूसी गर्न आएका हौ भने, जब मैले केही नराम्रो गरेको छैन् तब हाम्रा पिता-पुर्खाहरूका परमेश्वरले हेर्नु हुनेछ तिमीहरूले के गर्यौ भनी अनि तिमीहरूलाई दण्ड दिनु हुनेछ।”

18 अमासै तीस बीरहरूका अगुवा थिए। तब, आत्माद्वारा बोल्यो अनि भन्यो।

“दाऊद, हामी तपाईका हौं।
    यिशैका छोरा, हामी तपाईसित छौं,
तपाईलाई शान्ति, शान्ति होस्!
    ती मानिसहरूलाई शान्ति होस जसले तपाईलाई सहायता गरे!
    किनभने तपाईको परमेश्वरले तपाईलाई सहायता गर्नुहुन्छ।”

यसकारण दाऊदले यी मानिसहरूलाई आफ्ना समूहमा स्वागत गरे अनि तिनीहरूलाई उसका सेनाहरूका अधिकारीहरू बनाए।

19 मनश्शेका कुल समूहका केही मानिसहरू पनि दाऊदसित मिले। जब तिनीहरू दाऊदसित मिले तब तिनी पलिश्तीहरूका साथ शाऊलसित युद्ध गर्न गए। तर दाऊद अनि तिनका मानिसहरूले पलिश्तीहरूलाई वास्तवमा सहायता गरेनन्। पलिश्ती प्रधानहरूले तिनीहरूलाई दाऊदले सहायता गरिरहेछन् भन्ने विषयमा कुरा गरे, तब तिनीहरूले तिनलाई पठाइदिने निश्चय गरे। ती शासकहरूले भने, “यदि दाऊद तिनका मालिक शाऊल कहाँ फर्के भने हाम्रा शिरहरू काटिने छन्।” 20 यी मनश्शेका मानिसहरू थिए जो दाऊदसँग मिलेका थिए जब तिनी सिक्लग शहर गएः अदनाह, योजाबाद, यदीएल, मीकाएल, योजाबाद, एलीहू अनि सिल्लतै। यी सबै जना मनश्शेका कुल समूहबाट सेना अध्यक्षहरू थिए। 21 तिनीहरूले दाऊदलाई नराम्रा मानिसहरूसित लड्न सहायता गरेका थिए। ती नराम्रा मानिसहरू देशको चारै तिर गएर मानिसहरूका सामानहरू चोर्थे। मनश्शेका यी सबै मानिसहरू साहसी सैनिकहरू थिए। तिनीहरू दाऊदका सेना प्रधानहरू भए।

22 धेरै भन्दा धेरै मानिसहरू दिन प्रतिदिन दाऊदलाई सहायता गर्नआए। यसरी दाऊदका धेरै शक्तिशाली सेनाहरू भए।

अन्य मानिसहरू हेब्रोनमा दाऊदसँग मिले

23 यी संख्याहरू ती मानिसहरूका हुन जो हेब्रोन शहरमा दाऊद कहाँ आए। यी मानिसहरू युद्धका निम्ति तयार थिए। तिनीहरू शाऊलको राज्याधिकार दाऊदलाई दिन आए। यो त्यही कुरा थियो जो हुने छ भनी परमप्रभुले भन्नु भएको थियो। यो तिनीहरूको संख्या होः

24 यहूदाका कुल समूहबाट युद्धका निम्ति 6,800 मानिसहरू तयार थिए। तिनीहरूले ढाल र भालाहरू बोक्थे।

25 शिमोनका कुल समूहबाट 7,100 मानिसहरू थिए। तिनीहरू युद्धका निम्ति तयार साहासी सैनिकहरू थिए।

26 लेवीका कुल समूहबाट 4,600 मानिसहरू थिए। 27 यहोयादा त्यो समूहमा थिए। तिनी हारून परिवारका अगुवा थिए। यहोयादासित 3,700 मानिसहरू थिए।

28 सादोक पनि त्यस समूहमा थिए। तिनी एक साहसी युवा सैनिक थिए। तिनी आफ्ना परिवारका बाईस जना अधिकारीहरूसित आए।

29 बिन्यामीन कुल समूहबाट 3,000 मानिसहरू थिए। तिनीहरू शाऊलका आफन्तहरू थिए। धेरै जसो यी मानिसहरू त्यस बेलासम्म शाऊलका परिवार प्रति विश्वसनीय रहे।

30 एप्रैम कुल समूहबाट 20,800 मानिसहरू थिए। तिनीहरू साहसी सैनिकहरू थिए। तिनीहरू आफ्ना गोत्र अनुसार प्रसिद्ध मानिसहरू थिए।

31 मनश्शे कुल समूहका आधाबाट 18,000 मानिसहरू थिए। तिनीहरूलाई नाउँद्वारा आउनु अनि दाऊदलाई राजा बनाउन बोलाइयो।

32 इस्साकार कुल समूहबाट 200 बुद्धिमान अगुवाहरू थिए। ती मानिसहरूले उचित समयमा इस्राएलले गर्नु पर्ने ठीक कुराहरू जान्दथे। तिनीहरूका आफन्तहरूले तिनीहरूको आदेश भन्द थिए।

33 जबूलून कुल समूहमा 50,000 शिक्षित सैनिकहरू थिए। तिनीहरू सबै किसिमका हतियारहरू चलाउनमा सिपालू थिए। तिनीहरू दाऊद प्रति खुबै बफादार थिए।

34 नप्तली कुल समूहबाट 1,000 अधिकारीहरू थिए। तिनीहरूसित 37,000 मानिसहरू थिए। ती मानिसहरू ढाल अनि भालाहरू बोक्थे।

35 दान कुल समूहबाट 28,600 मानिसहरू युद्धका निम्ति तयार थिए।

36 आशेर कुल समूहबाट युद्धका निम्ति 40,000 शिक्षित सैनिकहरू तयार थिए।

37 यर्दन नदीको पूर्व तर्फबाट रूबेन गाद अनि मनश्शेका आधा कुल समूहबाट 1,20,000 मानिसहरू थिए। ती मानिसहरूसित सबै किसिमका हतियारहरू थिए।

38 ती सबै मानिसहरू साहसी लडाकुहरू थिए। तिनीहरू दाऊदलाई राजा तुल्याउन दृढ संकल्प गरेर हेब्रोनमा आएका थिए। समस्त इस्राएलका राजा बनाउन पूर्ण सहमत भएर हेब्रोन शहरमा इस्राएलका अन्य सबै मानिसहरू पनि दाऊद राजा हुनु पर्छ, भन्ने कुरामा सहमत थिए। 39 ती मानिसहरूले दाऊदसित हेब्रोनमा तीन दिन बिताए। तिनीहरूले खाए अनि पिए किनभने तिनीहरूका आफन्तहरूले तिनीहरूका निम्ति खाने कुरा तयार गरेका थिए। 40 तिनीहरूका ती क्षेत्रका छिमेकीहरूले पनि जहाँ इस्साकार, जबूलून अनि नप्तालीका कुल समूहहरू बस्थे! खाने कुरा, गधा, ऊँट, खच्चर अनि गोरूहरूमा लिएर आए। तिनीहरूले प्रशस्त मात्रामा पीठो, नेभाराका डल्ला, किसमिसका झुप्पा, दाखका डल्ला, दाखरस, तेल गाई गोरूहरू अनि भेंडाहरू ल्याए। इस्राएलका मानिसहरू अत्यन्त प्रसन्न थिए।

करारको सन्दूक फर्काई ल्याएको

13 दाऊदले आफ्ना सेनाका सबै अधिकारीहरूसित कुरा-कानी गरे। तब दाऊदले इस्राएली मानिहसहरूलाई एक साथ बोलाए। तिनले उनीहरूलाई भने, “यदि तिमीहरूले राम्रो विचार हो भन्ने सम्झन्छौ भने, अनि यदि परमप्रभु यही चाहनुहुन्छ इस्राएलका सबै क्षेत्रमा हाम्रा दाज्यू-भाइहरूलाई हामी सन्देश पठाऔं साथै पूजाहारीहरू अनि लेवीहरू कहाँ पनि सन्देश पठाऔं जो हाम्रा दाज्यू-भाइहरूसित आफ्ना शहरहरू र ती शहर नजिकका खेतहरूमा बस्छन्। सन्देशमा तिनीहरूलाई आउनु अनि हाम्रो साथ रहनु भनियोस्। करारको सन्दूकलाई यरूशलेममा हामीकहाँ फर्काइ ल्याऔ। हामीले करारको सन्दूकको वास्ता गरेका थिएनौं जब शाऊल राजा थिए।” यसर्थ इस्राएलका सबै मानिसहरू दाऊदसँग सहमत भए। तिनीहरू सबैले सोचे यसो गर्नु नै उचित हुनेछ।

यसर्थ दाऊदले मिश्रदेशको शिहोर नदी देखि लेबो हमात शहर सम्मका सबै इस्राएलका मानिसहरूलाई भेला गरे। करारको सन्दूकलाई किर्यत-यारीमबाट फर्काई ल्याउँदा तिनीहरू साथमा आए। दाऊद र तिनका साथमा सबै इस्राएलका मानिसहरू यहूदाको बालाहामा गए। (बालाहा, किर्यत-यारीमको अर्को नाउँ हो।) तिनीहरू करारको सन्दूक बाहिर ल्याउनका निम्ति त्यहाँ गए। त्यो करारको सन्दूक परमप्रभु परमेश्वरको सन्दूक हो। उहाँ करूब स्वर्ग दूतहरूको माथि बस्नुहुन्छ। यो त्यो सन्दूक हो जसलाई परमप्रभुको नाउँद्वारा पुकारिन्छ।

मानिसहरूले अबीनादाबको घरबाट करारको सन्दूक सारे। तिनीहरूले सन्दूकलाई नयाँ रथमा राखे। उज्जाह अनि अहियोले रथ हाँक्दै लगे।

दाऊद अनि इस्राएलका सबै मानिसहरू परमेश्वरको समक्ष उत्सव मनाइरहेका थिए। तिनीहरूले परमेश्वरको स्तुति गर्दै थिए अनि गीतहरू गाउँदै थिए। तिनीरू साराङ्गी, वीणा, ढोल, झ्याली, खैंजडी अनि तुरही बजाउँदै थिए।

तिनीहरू किदोनको खलामा आए। रथ तान्ने साँढेहरू ठोक्किए अनि करारको सन्दूक झण्डै लडयो। उज्जाहले सन्दूक समात्न हात बढाए। 10 परमप्रभु उज्जाहसित खुबै रिसाउनु भयो। परमप्रभुले उज्जाहलाई मारिदिनु भयो किनभने उसले सन्दूक छोएका थिए। यसरी उज्जाह त्यतिनैखेर परमेश्वरको समक्ष मरे। 11 परमेश्वरले उहाँको क्रोध उज्जाह प्रति देखाउनु भयो अनि यसले दाऊदलाई अप्रशन्त तुल्यायो। त्यस समय देखि अहिले सम्म त्यस स्थानलाई “पेरेस-उज्जाह” भनिन्छ।

12 दाऊद त्यस दिन परमेश्वर देखी भयभीत भए। दाऊदले भने, “म करारको सन्दूक यहाँ मेरोमा ल्याउन सक्तिनँ।” 13 यसर्थ दाऊदले करारको सन्दूक आफूसित दाऊदको शहरमा लगेनन् तर तिनले एकातिर लगे गिन्ती ओबेद-एदोमको घरमा छोडे। 14 करारको सन्दूक ओबेद-एदोमका परिवारसित उनको घरमा तीन महीना सम्म रह्यो। परमप्रभुले ओबेद-एदोमका परिवारलाई अनि ओबेद एदोमका हरेक वस्तुलाई आशिष दिनुभयो।

दाऊदको राज्य बिस्तार हुन्छ

14 हीराम सोर शहरका राजा थिए। हीरामले दाऊदकहाँ दूतहरू पठाए। हीरामले देवदार बृक्षका मूढाहरू, डकर्मी र सिकर्मीहरू पनि दाऊद कहाँ पठाए। हीरामले ती दाऊदको निम्ति महल निर्माण गर्नलाई पठाए। तब दाऊदले देखे कि परमप्रभुले साँच्चै नै तिनलाई इस्राएलका राजा बनाउनु भयो। परमप्रभुले दाऊदको राज्यलाई खुबै विशाल अनि शक्तिशाली तुल्याइदिनु भयो। परमेश्वरले यसो गर्नुभयो किनभने उहाँले दाऊदलाई अनि इस्राएलका मानिसहरूलाई प्रेम गर्नुहुन्थ्यो।

दाऊदले यरूशलेम शहरमा धेरै स्त्रीहरूलाई विवाह गरे। अनि तिनका धेरै छोरा-छोरीहरू भए। यरूशलेममा जन्म भएका दाऊदका छोरा-छोरीहरूका नाँउ यी हुन्; शम्मूअ, शोबाब, नातान, सुलेमान, यिभार, एलीशूअ, एल्पेलेत, नोगह, नेपेग, यापी, एलीशामा, बेलीयादा अनि एलीपेलेत।

दाऊदले पलिश्तीहरूलाई पराजित गर्छन्

पलिश्ती मानिसहरूले सुने कि दाऊद इस्राएलका राजा चुनिएकाछन्। यसर्थ सबै पलिश्ती मानिसहरू दाऊदको खोजिमा गए। दाऊदले यस विषयमा सुने। तब तिनी पलिश्ती मानिसहरूसित युद्ध गर्न निक्ले। पलिश्ती मानिसहरूले रपाईमको बेंसीमा बस्ने मानिसहरू माथि आक्रमण गरे अनि तिनीहरूका सर सामानहरू चोरे। 10 दाऊदले परमेश्वरलाई सोधे, “के म जाऊँ अनि पलिश्ती मानिसहरूसित युद्ध गरौं? के मलाई तपाईले उनीहरूलाई परास्त गर्नु दिनुहुन्छ?”

परमप्रभुले दाऊदलाई उत्तर दिनु भयो, “जाउ, म तिमीलाई ती पलिश्ती मानिसहरू माथि बिजय गराउनेछु।”

11 तब दाऊद र तिनका मानिसहरू बाल पराजीम शहरसम्म गए। त्यहाँ दाऊद अनि तिनका मानिसहरूले पलिश्ती मानिसहरूलाई परास्त गरे। दाऊदले भने, “भत्केको बाँधबाट पानी छुट्छ। त्यही प्रकारले परमेश्वरले मेरो शत्रुहरू माथि छुट्नु भयो। परमेश्वरले मेरो माध्यमबाट यसो गर्नुभयो।” त्यसै कारणले त्यस स्थानको नाउँ बाल-पराजीम राखिएको हो। 12 पलिश्ती मानिसहरूले बाल पराजीममा आफ्ना मूर्तिहरू छाडेका थिए। दाऊदले आफ्ना मानिसहरू ती मूर्तिहरूलाई जलाउने आदेश दिए।

पलिश्ती मानिसहरू माथि अर्को विजय

13 पलिश्तीहरूले रपाईमको बेंसीमा बस्ने मानिसहरू माथी फेरि आक्रमण गरे। 14 दाऊदले फेरी परमेश्वरसित प्रार्थना गरे। परमेश्वरले दाऊदको प्रार्थनाको उत्तर दिनुभयो। परमेश्वरले भन्नु भयो, “दाऊद, जब तँ आक्रमण गर्दा पलिश्तीहरूको पछि पहाड तिर नलाग। त्यसको साटो तिनीहरूको चारै तिर जा अनि पीपलका रूखहरूका पहाड पट्टी लुक। 15 अनि त्यस समयमा तिमीले किम्बूको टुप्पोहरूबाट हिडीरहेको आवाज सुन्ने छौ। तब तिमीले पलिश्तीहरू माथि आक्रमण गर्नु नै पर्छ। तिमीले यसो अवश्यै गर्नु पर्छ। परमेश्वर आफैं तिमीहरूका अघि-अघि पलिश्तीका सेनाहरूलाई प्रहार गर्न जानुहुनेछ।” 16 दाऊदले त्यसै गरे जो परमेश्वरले तिनलाई गर्नु भन्नुभएको थियो। यसरी दाऊद अनि तिनका मानिसहरूले पलिश्ती सेनालाई परास्त गरे। तिनीहरूले गिबोन शहरदेखि गेजेर शहर सम्मका सबै पलिश्ती सेनालाई परास्त गरे। तिनीहरूले गिबोन शहरदेखि गेजेर शहर सम्मका सबै पलिश्ती सेनाहरूलाई मारे। 17 यसरी दाऊद सबै देशहरूमा प्रसिद्ध भए। परमप्रभुले सबै राष्ट्रहरूलाई दाऊददेखी भयभीत तुल्याउनुँ भयो।

यरूशलेममा करारको सन्दूक

15 दाऊदले आफ्नो निम्ति दाऊदशहरमा राजमहलहरू बनाए। तब तिनले करारको सन्दूक राख्नलाई एउटा स्थान बनाए। तिनले त्यसका निम्ति पाल टाँगे। तब दाऊदले भने, “लेवीहरूलाई मात्र करारको सन्दूक बोक्ने अनुमति छ। किनभने तिनीहरू हुन् जसलाई परमप्रभुले करारको सन्दूक बोक्न अनि सदा-सर्वदा उहाँको सेवा गर्नका निम्ति छान्नु भएको थियो।”

दाऊदले इस्राएलका सबै मानिसहरूलाई यरूशलेममा एकसाथ भेट्नु भने जब लेवीहरूले करारको सन्दूकलाई बोकेर तिनले यसको निम्ति बनाएको स्थान मा ल्याउने छन्। दाऊदले हारूनका सन्तानहरू र लेवीहरूलाई एक साथ बोलाए।

कहातका परिवार समूहबाट 120 मानिसहरू थिए। ऊरीएल तिनीहरूका मुखिया थिए।

मरारीका परिवार समूहबाट 220 मानिसहरू थिए। असायाह तिनीहरूका अगुवा थिए।

गेर्शोमका परिवार समूहबाट 130 जना मानिसहरू थिए। योएल तिनीहरूका अगुवा थिए।

एलीसापानका परिवार समूहबाट 200 मानिसहरू थिए। शमायाह तिनीहरूका मुखिया थिए।

हेब्रोनका परिवार समूहबाट 80 जना मानिसहरू थिए। तिनीहरूका मुखिया एलीएल थिए।

10 उज्जीएलका परिवार समूहबाट 112 जना मानिसहरू थिए। तिनीहरूका मुखिया अम्मोनीदाब थिए।

पूजाहारी र लेवीहरूसित दाऊद कुराकानी गर्छन्

11 तब दाऊदले पूजाहारीहरू, सादोक अनि अबियाथारलाई तिनी कहाँ आउनु भने। दाऊदले यी लेवीहरूलाई पनि तिनी कहाँ आउनु भने, उरीएल, असायाह, योएल, शमायाह, एलीएल अनि अम्मीनादाब। 12 दाऊदले तिनीहरूलाई भने, “तिमीहरू लेवी कुल समूहका अगुवाहरू हौ। तिमीहरू र अन्य लेवीहरूले आफैंलाई पवित्र बनाउनु पर्छ। त्यसपछि करारको सन्दूकलाई मैले त्यसको निम्ति बनाएको स्थानमा ल्याउनु पर्छ। 13 अघिल्लो पल्ट करारको सन्दूक कसरी बोक्नु पर्ने भनी हामीले परमप्रभुलाई सोधेनौं। तिमी लेवीहरूले त्यो बोकेनौ अनि त्यसै कारण परमप्रभुले हामीलाई दण्ड दिनुभयो।”

14 तब पूजाहारी र लेवीहरूले स्वयंमलाई पवित्र तुल्याए जसद्वारा तिनीहरूले परमप्रभु इस्राएलका परमेश्वरको करारको सन्दूक बोक्न सके। 15 लेवीहरूले मोशाले आदेश गरे झैं करारको सन्दूकलाई आफ्ना काँधमा बोक्नको निम्ति विशेष डन्डा प्रयोग गरे। तिनीहरूले करारको सन्दूक परमप्रभुले भन्नु भए अनुसार बोके।

सङ्गीतकारहरू

16 दाऊदले लेवीहरूलाई आफ्ना सङ्गीतकार दाज्यू-भाइहरूलाई ल्याउनु भने। सङ्गीतकारहरूले बाजा, वीणा, सारङ्गी अनि झ्यालीहरू ल्याउनु पर्ने अनि खुशीको गीत गाउनु पर्ने थियो।

17 तब लेवीहरूले हेमान अनि उसका दाज्यू-भाइहरू आसाप अनि एतानलाई ल्याए। जो हेमान योएलका छोरा थिए। आसाप बेरेक्याहका छोरा थिए। एतान कुशायाहका छोरा थिए। यी मानिसहरू मरारीका परिवार समूहका थिए। 18 तिनीहरूको परिवारमा दोस्रो दर्जाका थिए। तिनीहरू जकर्याह, याजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, बनायाह, मासेयाह, मत्तित्याह, एलीपलेहु, मिक्नेयाह ओबेद एदोम र यीएल यी मानिसहरू द्वार पालहरू थिए।

19 सङ्गीतकार हेमान, आसाप अनि एतानले काँसाका झ्यालीहरू बजाए। 20 जकर्याह, अजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, मासेयाह अनि बनायाहले अलामोत सारङ्गी बजाए। 21 मत्तित्याह, एलीपलेहू मिक्नेयाह, ओबेद-एदोम यीएल अनि अजज्याहले शिमीनीत निदेशकका अनुसार वीणा बजाउँथे। यो तिनीहरूको प्रतिदिनको कार्य थियो। 22 लेवी प्रमूख कनन्याह गाउँने जिम्मामा थिए। कनन्याहले यो काम पाए किनभने तिनी गाउनमा खूबै निपुण थिए।

23 बेरेक्याह अनि एल्काना करारको सन्दूकका दुइ रक्षकहरू थिए। 24 पूजाहारीहरू शबन्याह, योशापात, नतनेल, अमासै, जकर्याह, बनायाह अनि एलीएजेरको काम करारको सन्दूक अघि-अघि हिंड्दा तुरही बजाउने थियो। ओबेद-एदोम अनि यहियाह करारको सन्दूकका अन्य रक्षकहरू थिए।

25 दाऊद, इस्राएलका बूढा-प्रधानहरू अनि सेनाका कप्तानहरू करारको सन्दूक लिन गए। तिनीहरूले त्यसलाई ओबेद एदोमको घर बाहिर निकाले। प्रत्येक व्यक्ति खुशी थिए। 26 परमेश्वरले लेवीहरूलाई सहायता गर्नु भयो जसले करारको सन्दूक बोकेका थिए। तिनीहरूले सातवटा साँढे र सातवटा भेंडाहरूको बलिदिए। 27 सबै लेवीहरू जसले करारको सन्दूक बोकेका थिए तिनीहरूले मलमलका राम्रा पोशाक लगाएका थिए। कनन्याह, गाउने जिम्माका व्यक्ति अनि सबै गायकहरूका मलमलका राम्रा पोशाकहरूमा थिए। दाऊदले पनि मलमलद्वारा निर्मित राम्रा पोशाक लगाएका थिए। अनि दाऊदले उत्तम मलमलद्वारा निर्मित एपोद पनि लाएका थिए।

28 यसरी इस्राएलका सबै मानिसहरूले करारको सन्दूक ल्याए। तिनीहरूले जय-जयकार गरे, तिनीहरूले नरसिङ्गा तुरहीहरू र झ्याली, वीणा अनि साराङ्गीहरू बजाए।

29 जब करारको सन्दूक दाऊदको शहरमा ल्याइपुर्याइयो, मीकलले झ्यालबाट हेरिन्। मीकल शाऊलकी छोरी थिइन्। तब तिनले राजा दाऊदलाई नाच्दै गरेका अनि बाद्य-बाजाहरू बजाउँदै गरेका देखिन्, अनि तिनले दाऊद प्रतिको आफ्नो श्रद्धा हराइन अनि तिनले सोचिन दाऊदले आफैंलाई मूर्ख बनाइरहेछन्।

16 लेवीहरूले करारको सन्दूक ल्याए अनि त्यसलाई दाऊदले टाँगेको पालभित्र राखे। त्यस पछि तिनीहरूले परमेश्वरलाई होमबलि र मेलबलि अर्पण गरे। दाऊदले होमबलि अनि मेलबलि चढाइसकेपछि तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए। त्यस पछि तिनले हरेक इस्राएली पुरूष र स्त्रीहरूलाई एउटा-एउटा रोटी, केही खजूरका झुप्पा अनि किसमिसहरू दिए।

तब दाऊदले करारको सन्दूकको अघि सेवा गर्न का निम्ति केही लेवीहरूलाई चुने। ती लेवीहरूको काम उत्सव मनाउने, धन्यवाद दिने अनि इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गाउने थियो। आसाप पहिलो दलका प्रमुख थिए। आसापका दलले झ्याली बजाए। जकर्याह दोस्रो दलका प्रधान थिए। अन्य लेवीहरू यीएल, शमीरामोत, यहीएल, मत्तित्याह, एलीआब, बनायाह, ओबेद एदोम अनि यीएल थिए। यी मानिसहरूले वीणा, अनि सारङ्गी बजाए। बनायाह अनि यहजीएल पूजाहारीहरू थिए जसले सदैव करारको सन्दूक अघि तुरही बजाउथे। यो त्यसबेला थियो जब दाऊदले पहिलो पल्ट आसाप अनि उनका भाइहरूलाई परमप्रभुको स्तुतिगान गर्ने काम दिएका थिए।

दाऊदको धन्यवादको गीत

परमप्रभुको स्तुति गर। उहाँको नाउँ पुकार।
    मानिसहरूलाई ती महान कार्यहरूको बारेमा भन जो परमप्रभुले गर्नु भएको छ।
परमप्रभुको निम्ति गाओ। परमप्रभुको निम्ति स्तुति गान गर।
    उहाँका आश्चर्यकर्महरूको विषयमा सुनाऊ।
10 परमप्रभुको पवित्र नाउँको गौरव गर।
    परमप्रभु तर्फ आउने सबै मानिसहरू, प्रसन्न होऊ।
11 परमप्रभु र उहाँको शक्ति तर्फ हेर।
    परमप्रभु कहाँ जाऊ अनि उहाँको सहायता सधै खोज।
12 ती अचम्मका कामहरू सम्झ जो परमप्रभुले गर्नु भएको छ।
    उहाँका फैसलाहरू अनि उहाँले गर्नु भएका शक्तिशाली कार्यहरूको स्मरण गर।
13 इस्राएलका मानिसहरू परमप्रभुका दास हुन्।
    याकूबका सन्तानहरू परमप्रभुका चुनिएका मानिसहरू हुन्।
14 परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ।
    उहाँले संसार भरि नै न्याय राख्नु हुन्छ।
15 उहाँको करार सदैव सम्झ।
    उहाँले ती आज्ञाहरू हजारौं पुस्ताहरूका निम्ति दिनुभएको छ।
16 त्यो करारलाई सम्झ जो परमप्रभुले अब्राहामसित गर्नु भएको थियो।
    उहाँले इसहाकसित गर्नु भएको प्रतिज्ञा सम्झ।
17 परमप्रभुले यसलाई याकूबको निम्ति विधि बनाउनु भयो।
    यो करार इस्राएलसितको हो जो सदैव लगातार चलिरहन्छ।
18 परमप्रभुले इस्राएललाई भन्नु भयोः “मैले तिमीलाई यो कनानको भूमि सुम्पि दिएँ।
    यो तिम्रो पैतृक सम्पत्तिको भाग हुनेछ।”

19 जब तिनीहरू एउटा सानो संख्याका मानिसहरू मात्र थिए,
    अनि केही समयको लागि अन्य राज्यहरूसँग बसि रहें।
20 तिनीहरू एक राष्ट्रदेखि अर्को राष्ट्रमा गए।
    तिनीहरू एक राज्य देखि अर्को राज्यमा गए।
21 तर परमप्रभुले कसैलाई पनि तिनीहरू माथि चोट पुर्याउन दिनु भएन।
    परमप्रभुले तिनीहरूलाई चोट नपुर्याउनु भनी राजाहरूलाई चेतावनी दिनुभयो।
22 परमप्रभुले ती राजाहरूलाई भन्नु भयो, “मेरो अभिषेक भएका व्यक्तिहरूलाई चोट नदेऊ।
    मेरा अगमवक्ताहरूलाई चोट नदेऊ।”
23 सारा पृथ्वीका मानिस हो, परमप्रभुको निम्ति गाओ।
    हामीलाई बचाउँने परमप्रभुको बारेमा हरेक दिन तिमीले असल समाचार भन्नुपर्छ।
24 सबै राष्ट्रलाई परमप्रभुको महिमाको विषयमा घोषणा गर।
    हरेकलाई भन उहाँ कति महान हुनुहुन्छ।
25 परमप्रभु महान् हुनुहुन्छ, अनि धेरैले उहाँको महिमा गाउँछन्,
    परमप्रभुको डर सबै देवताहरूका भन्दा धेरै भयभित हुन्छ।
26 किनभने संसारमा सबै देवताहरू केवल व्यर्थका मूर्तिहरू हुन्।
    तर परमप्रभुले आकाश बनाउनु भयो।
27 परमप्रभुको महिमा अनि गौरव छ।
    शक्ति र आनन्दले त्यो ठाउँ भर्दछ जहाँ उहाँ बस्नु हुन्छ।
28 परिवारहरू अनि समूहहरू,
    परमप्रभुको महिमा र शक्तिको प्रशंसा गर।
29 परमप्रभुको प्रशंसा र उहाँको नाउँको महिमा होस्।
    परमप्रभु प्रति तिमीहरूका भेटीहरू ल्याऊ।
    परमप्रभु अनि उहाँको पवित्र सुन्दरताको आराधना गर।
30 उहाँको सामुने डराओ, जो सबै पृथ्वीमाथि छ।
    जतिसक्दो संसार दृढ निमार्ण गरिएको छ। यो हल्लिने छैन।
31 पृथ्वी अनि आकाश प्रशन्न होऊन्!
    सबैतिरका मानिसहरूले भनून्, “परमप्रभुले शासन गर्नुहुन्छ।”
32 समुद्र अनि यसमा भएका सबै वस्तुहरूले जय-जयकार गरून्!
    खेतहरू र तिनीहरूमा भएका हरेक थोकहरूले आनन्द देखाऊन्।
33 तब जंङ्गलका वृक्षहरूले गाउने छन्। किनभने परमप्रभु आउनु हुँदैछ।
    उहाँ पृथ्वीको न्याय गर्न आउनु हुँदैछ।
34 परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँ असल हुनुहुन्छ,
    हो परमप्रभुको प्रेम सदा-सर्वदा लगातार बगीरहन्छ।
35 परमप्रभुसित भनः
    “हाम्रो परमेश्वर हाम्रा उद्धारकर्ता हामीलाई बचाउँनुहोस्
हामीलाई एकसाथ पारिदिनुहोस्
    र हामीलाई अन्य देशहरूबाट बचाउनु होस्।
यसकारण हामी तपाईको पवित्र नाउँको स्तुति अनि महिमा गर्न सकौं
    जब तपाईको स्तुति गर्छौं।”
36 परमप्रभु इस्राएलका परमेश्वरको सदा सर्वदा स्तुति भइरहोस्, जसरी सदा-सर्वदा उहाँको स्तुति भइरहेकोछ।

तब सबै मानिसहरूले परमप्रभुको स्तुति गर्दै भने, “आमिन।”

37 त्यस पछि दाऊदले आसाप अनि उनका भाइहरूलाई करारको सन्दूकको सामु छाडे। दाऊदले तिनीहरूलाई त्यसको अघि हरेक दिन सेवा गर्न भनी छोडेका थिए। 38 दाऊदले ओबेद-एदोमलाई र 68 जना अन्य लेवीहरूलाई पनि आसाप अनि तिनका भाइहरूसित सेवा गर्नका निम्ति छाडे। ओबेद एदोम र होस्सा रक्षकहरू थिए। ओबेद-एदोम यदूतूनका छोरा थिए।

39 दाऊदले पूजाहारी सादोक अनि अन्य पूजाहारीहरू जसले तिनीसित गिबोनको उच्च स्थानमा परमप्रभुको पाल अघि सेवा गरेका थिए। 40 हरेक बिहान र साँझमा सादोक अनि अन्य पूजाहारीहरू होमबलिको बेदीमा होमबलि चढाउँथे। तिनीहरूले परमप्रभुको व्यवस्थामा लेखिएका नियमहरू जो परमप्रभुले इस्राएलीहरूलाई दिनु भएको थियो, पालन गर्नलाई यसो गर्थे। 41 हेमान यदूतून अनि अन्य सबै लेवीहरूले स्तुति गान गाउँदै भने, “परमप्रभुको स्तुति गर, किनभने उहाँको प्रेम सदा-सर्वदा रहिरहन्छ।” 42 गायक नाउँ अनुसार चुनिएका थिए। हेमान अनि यदूतून तिनीहरूका साथ थिए। तिनीहरूको काम तुरही फुक्नु अनि झ्याली बजाउनु थियो। जब परमप्रभुका निम्ति भजन गाइन्थ्यो तिनीहरूले अन्य वाध्ययन्त्रहरू पनि बजाउने गर्थे। यदूतूनका छोराहरूले द्वारको रक्षा गर्दथे।

43 समारोह पछि, सबै मानिसहरू आफ्नो-आफ्नो घर गए। अनि दाऊद पनि आफ्ना परिवारलाई आशीर्वाद दिन घर गए।

परमेश्वरको दाऊदलाई प्रतिज्ञा

17 दाऊद आफ्ना घर गए पछि तिनले अगमवक्ता नातानलाई भने, “हेर, म देवदारको काठले बनाएको घरमा बसिरहेछु, तर करारको सन्दूक पाल मुनि राखेको छ। म परमेश्वरको निम्ति एउटा मन्दिर बनाउन चाहन्छु।”

नातानले दाऊदलाई उत्तर दिए, “तपाई जे गर्न चाहनुहुन्छ त्यो गर्न सक्नु हुन्छ। परमेश्वर तपाईसित हुनुहुन्छ।”

तर त्यो रात परमेश्वरको वचन नातान कहाँ आयो। परमेश्वरले भन्नु भयो,

“जा, अनि यी कुराहरू मेरो दास दाऊदलाई भनः परमप्रभुले भन्नु हुन्छ, ‘दाऊद म बस्नको निम्ति मेरो मन्दिर निर्माण गर्ने व्यक्ति तँ होइनस्। 5-6 इस्राएललाई मैले मिश्र देशबाट बाहिर ल्याएको समय देखी आज सम्म म मन्दिरमा बसेको छैन। म पालको चारैतिर घुमिरहेछु। मैले मानिसहरूलाई इस्राएलका मानिसहरूका विशेष अगुवाहरू हुनलाई छानें। ती अगुवाहरू मेरा मानिसहरूका निम्ति गोठालाहरू तुल्य छन्। जब म इस्राएलका चारैतिर विभिन्न स्थानमा घुमिरहेथें। त्यसबेला कुनै पनि ती अगुवाहरूलाई मैले कहिले पनि भनिन किन तिमीहरूले मेरो निम्ति देवदारू काठको मन्दिर निर्माण गरेनौ?’

“यसकारण अब, यी सबै कुराहरू मेरो सेवक दाऊदलाई भन, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘मैले तँलाई गोठाला हुँदा खेतबाट ल्याएँ। मैले तँलाई मेरा इस्राएल मानिसहरूका राजा बनाएँ। तँ जहाँ गए ता पनि म तेरो साथ थिएँ। म तँ भन्दा अघि गएँ र तेरा शुत्रहरूलाई मारिदिएँ। अब म तँलाई पृथ्वीको एक प्रसिद्ध मानिस बनाउनेछु। म यो भूमि मेरो इस्राएली मानिसहरूलाई दिरहेकोछु। म उनिहरूलाई यस भूमिमा स्थापना गर्नेछु अनि तिनीहरू त्यहाँ बस्नेछन्। कसैले तिनीहरूलाई दिक्दारी दिनेछैन। नराम्रा मानिसहरूले तिनीहरूलाई चोट पुर्याउने छैनन्। जसरी तिनीहरूले पहिले गरेका थिए। 10 ती नराम्रा कुराहरू भए, तर मैले मेरा इस्राएली मानिसहरूको हेरचाहको निम्ति प्रमुखहरू चुने अनि म तेरा सबै शत्रुहरूलाई पनि परास्त गर्नेछु।

“‘म तँलाई भन्छु कि परमप्रभुले तेरो निम्ति एउटा राजकीय घरना निर्माण गरिदिनु हुनेछ। 11 जब तेरो मृत्यु हुनेछ अनि तँ तेरा पिता-पुर्खाहरूसित मिल्नेछस् म तेरो आफ्नै छोरालाई नयाँ राजा बनाउँनेछु। नयाँ राजा तेरा छोराहरू मध्ये एक जना हुनेछ। अनि म उसको राज्यलाई शक्तिशाली बनाउनेछु। 12 तेरो छोराले मेरो निम्ति एक मन्दिर निर्माण गर्नेछ। म तेरो परिवारालाई सर्वदा शासन गर्ने बनाउनेछु। 13 म उसको पिता हुनेछु अनि उ मेरो छोरा हुनेछ। तेरो अघि शाऊल राजा थियो। अनि मैले मेरो सहयोग शाऊलबाट हटाएँ। तर म तेरो छोरालाई प्रेम गर्न कहिले पनि छाड्ने छैन। 14 म उसलाई मेरो मन्दिर अनि राज्यको जिम्मामा सर्वदा राख्ने छु। उसको शासन सर्वदा चलिरहने छ।’”

15 नातानले यो दर्शनबाट परमेश्वरले भन्नु भएका सबै कुराहरूको विषयमा दाऊदलाई भने।

दाऊदको प्रार्थना

16 तब, राजा दाऊद पवित्र पालमा गए र परमप्रभु समक्ष बसे। दाऊदले भने,

“हे परमप्रभु परमेश्वर तपाईले मेरा निम्ति अनि मेरा परिवारका निम्ति यति बिघ्न वास्ता गरिदिनु भयो। म यो किन बुझ्दिनँ? 17 यिनीहरू बाहेक तपाईंले मलाई जान्न दिनु भयो कि भविष्यमा मेरा परिवारको भाग्य के हुन्छ भनि। तपाईले मलाई सधैँ एउटा अनि प्रसिद्ध व्यक्तिलाई जस्तै व्यवहार गर्नुभयो। 18 यो भन्दा धेरै म के भन्न सक्छु र? तपाईले मेरो निम्ति यति धेरै गरिदिनु भयो। अनि म तपाईको मात्र दास हुँ। तपाईंले मलाई जान्नुहुन्छ। 19 हे परमप्रभु, तपाईंले मेरा निम्ति यो अद्भुत कार्य गरिदिनु भयो। तपाईले यसो गर्नुभयो किनभने तपाई यो चाहनु हुन्थ्यो। 20 हे परमप्रभु तपाई जस्तो अन्य कोही हुने छैन। तपाई बाहेक अन्य ईश्वर छैन। हामीले कहिले पनि कुनै ईश्वरले यस्तो महान कार्य गरेको सुनेका छैनौ। 21 इस्राएल जस्तै अन्य कुनै राष्ट्र छ? छैन। पृथ्वीमा इस्राएल मात्र यस्तो राष्ट्र हो जसको निम्ति तपाईंले यस्ता महान कार्यहरू गर्नु भयो। हामीलाई मिश्रदेश बाहिर निकाल्नुभयो अनि तपाईले हामीलाई स्वतन्त्र बनाउनु भयो। तपाईले आफैं स्वयंलाई प्रसिद्ध तुल्याउनु भयो। तपाईले तपाईका मानिसहरूका अघि जानु भयो अनि अन्य मानिसहरूलाई हाम्रो निम्ति तिनीहरूको देश छोड्न बाध्य तुल्याउनु भयो। 22 तपाईंले तपाईका इस्राएली मानिसहरूलाई सदा-सर्वदा तपाईंको बनाउनुभयो। अनि तपाई परमप्रभु तिनीहरूको परमेश्वर बन्नु भयो।

23 “त्यसैकारण परमप्रभु तपाईले म अनि मेरो सन्तानहरूको विषयमा के भन्नुभयो यो सदा-सर्वदा सत्य रहोस्। तपाईले के भन्नुभयो त्यो गर्नुहोस् तपाईले गर्नु हुनेछ। 24 तपाईंका वचन राख्नुहोस् जसद्वारा मानिसहरूले सदैव तपाईको नाउँको सम्मान गर्नेछन्। तब मानिसहरूले भन्ने छन्, ‘सर्व-शक्तिमान परमप्रभु इस्राएलका परमेश्वर हुनुहुन्छ।’ अनि दाऊद तपाईंको दासको साम्राज्य तपाईंको सामुन्ने स्थापित होस्।

25 “तपाईं आफैंले मलाई प्रकट गर्नु भएकोछ। त्यो तपाईंले मेरो परिवारलाई, राजाहरूको परिवार बनाउँनु हुनेछ। त्यसै कराण म निर्धक्क साथ तपाईलाई दयाहरू मागिरहेछु। 26 यसकरण अब मेरो परमप्रभु, तपाई नै परमेश्वर हुनुहुन्छ। परमेश्वर तपाई स्वयंले मेरा निम्ति यी असल कुराहरू गरिदिन्छु भनी प्रतिज्ञा गर्नु भएको छ। 27 त्यसकारण मेरो परमप्रभुलाई इच्छा भए तपाईंले तपाईंको दासको राजवंशलाई आशिष दिनुहोस् यो तपाईंको उपस्थिमा सदा-सर्वदा लगातार रहनेछ। कारण परमप्रभु तपाईं आफैंले यसलाई आशीर्वाद दिनु भएको छ। अनि तपाईंले जे आशीर्वाद दिनुभयो सदा-सर्वदै आशीष हुनेछ।”

दाऊदले विभिन्न राष्ट्रहरू जित्छन्

18 पछि दाऊदले पलिश्ती मानिसहरूलाई आक्रमण गरे। तिनले पलिश्तीहरूलाई परास्त गरे। तिनले गात शहर अनि त्यसका वरिपरिका स-साना अरू शहरहरू पलिश्ती मानिसहरूबाट लिए।

त्यस पछि दाऊदले मोआब देशलाई परास्त गरे। मोआबीहरू दाऊदका सेवक बने। तिनीहरूले दाऊदलाई कर तिर्थे।

दाऊदले हदर-एजेरको सेनाहरू विरूद्ध पनि युद्ध गरे। हदर-एजेर सोबाका राजा थिए। दाऊद ती सेनाहरूसित हमात शहरसम्म लडाईँ गरे। दाऊदले यसो गरे किनभने हदर-एजेरले आफ्नो राज्य यूफ्रेटिस नदी सम्म फैलाउने चेष्टा गरेका थिए। दाऊदले हदर-एजेरका 1,000 रथहरू, 7,000 सारथिहरू अनि 20,000 पैदल सैनकिहरू कब्जामा लिए। दाऊदले हदर-एजेरका बलिया घोडाहरू पनि अपाङ्ग बनाइदिए जुन चाँही रथ तान्नमा प्रयोगगरिएका थिए। तर दाऊदले 100 वटा रथहरू तान्ने प्रशस्त घोडाहरू आफ्नो निम्ति बचाइराखे।

अरामी मानिसहरू दमीशक शहरबाट हदर-एजेरलाई सहायता गर्न आए। हदर-एजेर सोबाका राजा थिए। तर दाऊदले तिनलाई परास्त गरे र 22,000 अरामी सैनिकहरूलाई मारिदिए। दाऊदले अराममीहरूको राज्य दमीशका शहरमा सेना लगेर बसाए। अरामी मानिसहरू दाऊदका सेवक भए अनि तिनीकहाँ कर ल्याउन थाले। यसरी परमप्रभुले दाऊदलाई जहाँ गए ता पनि विजय गराउनुभयो।

दाऊदले हदर-एजेरका सेना प्रधानहरूबाट सुनका ढालहरू लिए अनि ती यरूशलेममा ल्याए। दाऊदले तेबह अनि कून-शहरहरूबाट धेरै मात्रामा काँसा पनि ल्याए। ती शहरहरू हदर-एजेरका थिए। पछि सुलेमानले त्यो काँसालाई काँसाको कुण्ड, काँसाका स्तम्भ र काँसाका विभिन्न भाँडाहरू मन्दिरको निमार्ण गर्नको निम्ति प्रयोगगरे।

तोऊ हमात शहरका राजा थिए। हदर-एजेर सोबाका राजा थिए। तोऊले हदर-एजेरका सबै सेनालाई दाऊदले परास्त पारे भन्ने कुरा सुने। 10 यसकारण तोऊले उसको छोरा हदोरामलाई दाऊद कहाँ उसलाई उसको विजयमा अभिनन्दन गर्न अनि बधाई दिन पठाए। तिनले यसो गरे किन भने दाऊद हदर-एजेरका विरूद्ध लडेका थिए अनि तिनलाई परास्त गरेका थिए। हदर-एजेरका अघि तोऊसँग युद्ध गरेका थिए। हदोरामले दाऊदलाई सुन, चाँदी अनि काँसाद्वारा निर्मित धेरै किसिमका चीज बीजहरू दिए। 11 दाऊदले ती वस्तुहरूलाई पवित्र तुल्याए र परमप्रभुलाई चढाए। दाऊदले एदोम, मोआब, अम्मोनीहरू, पलिश्तीहरू अनि अमालेकीहरूबाट ल्याएका सबै चाँदी अनि सुन पनि त्यसै गरे।

12 अबीशै, सरूयाहका छोराले 18,000 एदोमी मानिसहरूलाई नूनको बेंसीमा मारे। 13 अबीशैले एदोममा किल्लाहरू बसाए अनि सबै एदोमीहरू दाऊदका सेवक बनाए। परमप्रभुले दाऊदलाई तिनी जहाँ सुकै गए पनि विजय दिलाउनु भयो।

दाऊदका प्रमुख अधीकारीहरू

14 दाऊद सम्पूर्ण इस्राएलका राजा थिए। तिनले त्यही गरे जो हरेकका निम्ति उचित अनि उत्तम थियो। 15 योआब सरूयाहका छोरा दाऊदका सेनाका सेनापति थिए। यहोशापात, अहीलूदको छोराले दाऊदले गरेका कार्यहरूको विषयमा लेखे। 16 सादोक अनि अबीमेलेक पूजाहारीहरू थिए। सादोक अहीतूबका छोरा थिए अनि अहीमेलेक एबियातारका छोरा थिए। शब्शा लेखापाल थिए। 17 बनायाह करेती अनि पेलेथीहरूका अगुवाइ गर्ने जिम्मामा थिए। बनायाह यहोयादाका छोरा थिए। अनि दाऊदका छोराहरू मुख्य अधिकारीहरू थिए। तिनीहरू राजा दाऊदसँग सेवागर्थे।

अम्मोनीहरूले दाऊदका मानिसहरूलाई लज्जित तुल्याउँछन्

19 नाहाश अम्मोनी मानिसहरूका राजा थिए। केही समयपछि नाहाशको मृत्यु भयो र तिनको सट्टामा उनका छोरा नयाँ राजा भए। तब दाऊदले भने, “नाहाश म प्रति दयालु थिए, यसर्थ म हानून, नाहाशका छोरा प्रति दयालु हुनेछु।” यसर्थ दाऊदले तिनको पिताको मृत्यु प्रति हानूनलाई सान्त्वना दिनका निम्ति दूतहरू पठाए। दाऊदका दूतहरू अम्मोन देशमा हानूनलाई सान्त्वना दिन गए।

तर अम्मोनी प्रधानहरूले हानूनलाई भने, “मूर्ख नबन्नुहोस्। दाऊदले वास्तवमा यी मानिसहरू तपाईलाई सहानुभूति दिन वा तपाईंका मृत पिता प्रति सम्मान जनाउन पठाएका होइनन्, दाऊदले तिनका समाचारवाहकहरूलाई तपाईंको देशको जासूसी गर्न भनी पठाएका हुन्। दाऊदले वास्तवमा तपाईंको देशलाई ध्वंश पार्न चाहन्छन्।” यसर्थ हानूनले दाऊदका समाचारवाहकहरूलाई पक्रे अनि तिनीहरूका दाह्री र कपाल काटिदिए। हानूनले तिनीहरूका वस्त्रहरू पनि कम्मर सम्म काटि दिए। त्यस पछि तिनले तिनीहरूलाई पठाइदिए।

दाऊदका मानिसहरूलाई घर जान अप्ठेरो पर्यो। केही मानिसहरू दाऊद कहाँ गए अनि तिनका मानिसहरू प्रति के घट्ना-घट्यो सो भने। यसर्थ राजा दाऊदले आफ्ना मानिसहरूलाई यो समाचार पठाए “तिनीहरू तिमीहरूको दाह्री फेरि नबढुन्जेल यरीहो शहरमै बस्नु। त्यस पछि तिमीहरू घर फर्केर आउन सक्छौ।”

अम्मोनीहरूले सोचे कि दाऊदले तिनीहरूलाई उसको शत्रु हो भन्ने विचार गरे। तब तिनीहरूले 1,000 तोडा चाँदी प्रयोग गरेर मिसुपुतामियाबाट रथहरू अनि सारथिहरू ज्यालामा ल्याए। तिनीहरूले अराम-माका अनि सोबाबाट पनि रथहरू अनि सारथिहरू ज्यालामा ल्याए। अम्मोनीहरूले 32,000 रथहरू ज्यालामा ल्याए। तिनीहरूले मकाका राजा अनि तिनका सेनालाई सहायता गर्न आउनु भनी तिनीहरूलाई ज्याला दिए। माकाका राजा र उसका सैनिकहरू आए अनि मेदबा शहरको नजिकमा छाउनी बसाए। अम्मोनीहरू आफैं आफ्ना शहरहरू बाट बाहिर आए र युद्धका निम्ति तयार भए।

दाऊदले सुने कि अम्मोनी मानिसहरू युद्धका निम्ति तयार हुँदैछन्। यसर्थ तिनले योआब अनि इस्राएलका समस्त सेनालाई अम्मोनी मानिसहरूसित युद्ध गर्न पठाए। अम्मोनीहरू बाहिर आए अनि युद्धका निम्ति तयार बसे। तिनीहरू शहरद्वारको नजिक थिए। जो राजाहरू सहायता गर्न आएका थिए तिनीहरू आफैं बाहिर मैदान तिर बसे।

10 योआबले देखे कि तिनीसित लड्नका निम्ति दुइ सैन्यदलहरू तयार थिए। एक दल तिनको सामुन्ने थियो अनि अर्को दल तिनका पछिल्लतिर थियो। यसर्थ योआबले इस्राएलका केही सर्वोत्तम सैनिकहरूलाई छाने। तिनले तिनीहरूलाई अरामका सेना विरूद्ध लड्न पठाए। 11 योआबले इस्राएलका सैनिकहरूलाई अबीशैको अधीनमा रहने आदेश दिए। अबीशै योआबका भाइ थिए। ती सैनिकहरू अम्मोनी सेना बिरूद्ध लड्न गए। 12 योअबले अबीशैलाई भने, “यदि अरामका सैनिक मेरा निम्ति अति शक्तिशाली भए तब तिमीले मलाई सहायता गर्नुपर्छ। यदि अम्मोनी सैनिक तिम्रा निम्ति अति शक्तिशाली भए भने म तिमीलाई सहायता गर्नेछु। 13 हामी साहसी अनि शक्तिशाली बनौं जब हामी हाम्रा मानिसहरूका निम्ति अनि हाम्रा परमेश्वरको शहरहरूका निम्ति लड्छौं। परमप्रभुले त्यही गरून् जो उहाँले उचित ठान्नुहुन्छ।”

14 योआब अनि तिनीसित भएका सेनाले अरामका सेनालाई आक्रमण गरे। अरामका सेनाहरू योआब अनि तिनका सेनाहरू देखि भागे। 15 अम्मोनी सेनाहरूले अरामका सेनाहरू भागिरहेको देखे यसर्थ तिनीहरू पनि भागे। तिनीहरू अबीशै र तिनका सेना देखि भागे। अम्मोनीहरू आफ्ना शहरमा फर्के अनि योआब यरूशलेम फर्केर गए।

16 अरामी प्रधानहरूले देखे कि इस्राएलीहरूले तिनीहरूलाई परास्त गरे। यसर्थ तिनीहरूले यूफ्रेटिस नदीको पूर्वतिर बसेका अरामी मानिसहरूबाट सहायता पाउनका निम्ति दूतहरू पठाए। शोपक अरामका हदर-एजेरका सेनापति थिए। शोपकले ती अन्य अरामी सैनिकहरूको पनि अगुवाइ गरे।

17 दाऊदले समाचार सुने कि अरामका मानिसहरू युद्धका निम्ति एकत्रित भइरहेका छन्। यसर्थ दाऊदले इस्राएलका सबै मानिसहरूलाई एकजुट गराए। दाऊदले तिनीहरूलाई यर्दन नदी पारी लगे। तिनीहरू अरामीहरूको आमने-सामने भए। दाऊदले आफ्ना सेनालाई युद्धका निम्ति तयार हुनु हुकुम गरे अनि तिनीहरूले अरामीहरूलाई आक्रमण गरे। 18 अरामीहरू इस्राएलीहरूबाट भागे। दाऊद र तिनका सेनाले 7,000 सारथिहरू अनि 40,000 अरामी सैनिकहरूलाई मारे। दाऊद अनि तिनका सेनाले अरामी सेनाका सेनापति शोपकलाई पनि मारिदिए।

19 जब हदर-एजेरका अधीकारीहरूले तिनीहरूलाई इस्राएलले परास्त पारेका देखे, तिनीहरूले दाऊदसित सन्धि गरे। तिनीहरू दाऊदका सेवक बने। यसर्थ अरामीहरूले अम्मोनीहरूलाई फेरि सहायता गर्न अस्वीकार गरे।

योआबले अम्मोनीहरूलाई नष्ट पार्दछन्

20 बसन्त ऋतुमा, योअबले इस्राएलका सैनिकहरूलाई युद्धमा लगेर गए। यो बर्षको त्यो समय थियो जब राजाहरू युद्धमा जान्थे, तर दाऊद यरूशलेम मै बसे। इस्राएलका सैनिकहरू अम्मोन देशमा गए अनि त्यसलाई ध्वंश पारे। त्यस पछि तिनीहरू रब्बा शहरमा गए। सैनिकहरू शहरको चारैतिर छाउनीमा तिनीहरू जानबाट रोक्नलाई मानिसहरूलाई शहरको भित्र वा बाहिर त्यहाँ बसे। योआब अनि इस्राएलका सेना रब्बा शहरको विरूद्ध त्यसलाई ध्वंश नपारून्जेल सम्म लडे।

दाऊदले तिनीहरूका राजाको शिरबाट श्रीपेच निकाले। त्यो सुनको श्रीपेच लगभग एक तोडा[a] थियो। श्रीपेचचमा मूल्यवान रत्नहरू थिए। श्रीपेच दाऊदको शिरमा लगाइयो। तब दाऊदले रब्बा शहरबाट धेरै मूल्यवान बस्तुहरू पाए। दाऊदले रब्बाका मानिसहरूलाई ल्याए अनि तिनीहरूलाई आरा, फलामका गल अनि बञ्चरोद्वारा काम गर्न लगाए। दाऊदले अम्मोनीहरूका सबै शहरहरूलाई पनि त्यसै गर्न लगाए। त्यस पछि दाऊद अनि सबै सेना यरूशलेम फर्के।

पलिश्ती दैंत्यहरू मारिन्छन्

पछि इस्राएलीहरूको पलिश्ती मानिसहरूसित गेजेर शहरमा युद्ध भयो। त्यस समय हूशाका सिब्बकैले सिप्पैलाई मारे। सिप्पै दैंत्यहरूका (रपाईहरूका) एकजना छोरा थिए। यसरी ती पलिश्ती मानिसहरू इस्राएली मानिसहरूका दास सरह भए।

फेरि त्यहाँ इस्राएलीहरू अनि पलिश्तीहरूको बीचमा युद्ध भयो। एल्हानान, याएरका छोराले लहमीलाई मारे। लहमी गोल्यतका भाइ थिए। गोल्यत गात शहरका थिए। लहमीको भाला अत्यन्त ठूलो अनि गह्रौ थियो। त्यो तानको विशाल डन्डा जस्तै थियो।

पछि, इस्राएलीहरूले पलिश्तीहरूसित गात शहरमा युद्ध लडे। यो शहरमा एकजना दैंत्य मानिस थियो। त्यसको हात अनि खुट्टामा चौबीसवटा औंलाहरू थिए। त्यस मानिसको प्रत्येक हातमा छः वटा औंलाहरू अनि प्रत्येक खुट्टामा छ वटा औंलाहरू थिए। त्यो पनि दैत्यहरूको छोरा थियो। यसरी जब त्यस मानिसले इस्राएललाई निन्दा गर्यो, तब जोनाथनले त्यसलाई मारिदिए। जोनाथन शिमेअका छोरा थिए। शिमेअ दाऊदका दाज्यू थिए।

ती पलिश्ती मानिसहरू गात शहरका दैंत्यहरूका (रफाका सन्तान) छोराहरू थिए। दाऊद अनि तिनका सेवकहरूले ती दैंत्य मानिसलाई मारे।

इस्राएलीहरूको गन्ती गरेर दाऊदले पाप गर्छन

21 शैतान इस्राएलका मानिसहरूको विरूद्ध थियो। त्यसले दाऊदलाई इस्राएलका मानिसहरूको गन्ती गर्न उत्साहित तुल्यायो। यसर्थ दाऊदले योआब र मानिसहरूका अगुवाहरूलाई भने, “जाऊ अनि इस्राएलका सबै मानिसहरूको गणना गर। देशमा भएका हरेकको गन्तीगर। बेर्शेबा शहरदेखि दान शहरसम्म। तब मलाई भन, जसद्वारा त्यहाँ कति जना मानिसहरू छन् म जान्ने छु।”

तर योआबले भने, “परमप्रभुले उहाँको राष्ट्रलाई सय गुणा विशाल बनाउन्। हजूर, इस्राएलका सबै मानिसहरू तपाईका दास हुन्। तपाई किन यो काम गर्न चाहनुहुन्छ, मेरा परमप्रभु राजा तपाईले इस्राएलका सबै मानिसहरूलाई पापको दोषी तुल्याउनु हुनेछ।”

तर राजा दाऊद ढीट थिए। योआबले त्यसै गर्नु पर्यो जो राजाले भने। यसर्थ योआब गए अनि मानिसहरूको गिन्ती गर्दै देश भरि घुमे। त्यस पछि योआब यरूशलेम फर्की आए। अनि कतिजना मानिसहरू थिए सो दाऊदलाई भने। इस्राएलमा 11,00,000 मानिसहरू थिए जो तरवार चलाउन सक्थे। अनि 4,70,000 मानिसहरू यहूदामा थिए जो तरवार चलाउन सक्थे। योआबले लेवी अनि बिन्यामीनका कुल समूहहरूको गिन्ती लिएनन्। योआबले ती अनि परिवार समूहहरूको गणना गरेनन् किनभने तिनलाई दाऊदको आदेश मनपरेन। परमेश्वरको नजरमा दाऊदले नराम्रो कार्य गरेका थिए। यसर्थ परमेश्वरले इस्राएललाई दण्ड दिनु भयो।

परमेश्वरले इस्राएललाई दण्ड दिनु हुन्छ

तब दाऊदले परमेश्वरलाई भने, “मैले अति मूर्खतापूर्ण काम गरेकोछु। मैले इस्राएलका मानिसहरूको गणना गरेर अति नराम्रो पाप गरेका छु। त्यसकारण म तपाईको दासबाट यो पाप हटाई दिनुहोस् भनी याचना गर्छु।”

9-10 गाद दाऊदका दर्शी थिए। परमप्रभुले गादलाई भन्नुभयो, “जा, अनि दाऊदलाई भनः ‘परमप्रभुले जे भन्नुहुन्छ त्यो यो होः म तँलाई तीनवटा रोजाइ दिंदैछु। तैंले ती मध्ये एउटा रोज्नु पर्छ। तब म तैंले रोजे अनुसार दण्ड दिनेछु।’”

11-12 तब गाद दाऊद कहाँ गए र गादले दाऊदलाई भने, “परमप्रभु यही भन्नुहुन्छ, ‘दाऊद रोज कुन चाँही दण्ड तिमी चाहन्छौ? अनिकालको तीन बर्ष, वा तीन महीनासम्म तेरो शत्रुहरू देखि भागी हिँड्नु जब तिनीहरू आफ्ना तरवार लिएर तँलाई खेद्नेछन् अथवा परमप्रभुबाट तीन दिनको दण्ड। या भयानक रूढ़ी देश भरि फैलिने छ अनि परमप्रभुका स्वर्गदूतले मानिसहरूलाई ध्वंश गर्दै इस्राएलको चारैतिर जानेछन्।’ दाऊद, परमेश्वरले मलाई पठाउनु भएको हो। अब तपाईंले निर्णय गर्नुहोस्, कुन उत्तर मैले उहाँलाई दिनु?”

13 दाऊदले गादलाई भने, “म संकष्टमा परेको छु। म कुनै मानिसले मलाई दण्ड दिएको फैसला चाहँदिन। परमप्रभु दयालू हुनुहुन्छ यसकारण मलाई उहाँको हातमा पर्न दिनोस्।”

14 यसर्थ परमप्रभुले इस्राएलमा भयंकर रोगहरू पठाउनुभयो अनि 70,000 मानिसहरू मरे। 15 परमेश्वरले एउटा स्वर्गदूतलाई यरूशलेम ध्वंश त गर्न पठाउनु भयो। तर जब ती स्वर्ग दूतले यरूशलेमलाई ध्वंशत गर्न शुरू गरे परमप्रभुले त्यो देख्नु भयो अनि उहाँलाई दुःख लाग्यो यसर्थ परमप्रभुले यरूशलेमलाई नाश नपार्ने निश्चय गर्नुभयो। परमप्रभुले स्वर्गदूतलाई जो नाश गर्दै थिए, भन्नुभयो, “रोक! यति नै पर्याप्त छ।” परमप्रभुका स्वर्गदूत यबूसी ओर्नानको खलामा उभिएका थिए।

16 दाऊदले माथितिर हेरे अनि परमप्रभुका स्वर्गदूतलाई आकाशमा देखे। स्वर्गदूतले तिनको तरवार यरूशलेम शहर माथि समातिरहेका थिए। तब दाऊद अनि बूढा-प्रधानहरूले आफ्ना शिरलाई भूईँ छुनेगरि झुकाएर प्रणाम गरे। दाऊद अनि बूढा-प्रधानहरूले आफ्ना दुःख प्रकट गर्नका निम्ति विशेष वस्त्र पहिरेका थिए। 17 दाऊदले परमेश्वरलाई भने, “म त्यही एक हुँ जसले पाप गर्यो। मानिसहरूको गन्ती गर्नका निम्ति मैले नै आदेश गरेको थिएँ। म अन्जानमा थिएँ। इस्राएलका मानिसहरूले केही भूल गरेका थिएनन्। परमप्रभु मेरा परमेश्वर, मलाई र मेरो परिवारलाई दण्ड दिनुहोस्। तर यो भयानक रोगहरूलाई रोक्नुहोस् जसले तपाईंका मानिसहरूलाई मारिरहेछ।”

18 तब परमप्रभुका स्वर्गदूतले गादलाई भने, “दाऊदलाई परमप्रभुको आराधना गर्नका निम्ति एक वेदी निर्माण गर्नु भन। दाऊदले त्यो बेदी यबूसीका ओर्नानको खलाको नजिक निर्माण गर्नुपर्छ।” 19 गादले ती कुराहरू दाऊदलाई भने अनि दाऊद ओर्नानको खलातिर गए।

20 ओर्नान गहुँ कुट्दै थिए। ओर्नान फर्के अनि स्वर्गदूतलाई देखे। ओर्नानका चारजना छोराहरू लुक्नलाई कुदे। 21 दाऊद ओर्नान डाँडा तिर उकालो लागे। ओर्नानले तिनलाई देखे र खला छाडे। तिनी दाऊद भए तिर गए अनि तिनको सामुन्ने भूईँ छुनेगरी शिर झुकाई प्रणाम गरे।

22 दाऊदले ओर्नानलाई भने, “तिम्रो खला मलाई बेच। म तिमीलाई पूरा दाम दिनेछु। तब म यो जग्गालाई परमप्रभुको अराधना गर्नको निम्ति बेदी निर्माण गर्न प्रयोग गर्ने छु। तब यी भयानक रोगहरू बन्द हुनेछन्।”

23 ओर्नानले दाऊदलाई भने, “यो खला लिनुहोस्। तपाईं मेरो स्वामी, महाराजा हुनुहुन्छ। तपाईंलाई जे इच्छ लाग्छ त्यही गर्नु होस्। तपाईलाई होम बलिहरूका निम्ति गाई-गोरूहरू पनि दिनेछु। म तपाईलाई खलाको तखताहरू दाउराको रूपमा दिनेछु। म अन्न बलि चढाउनको निम्ति गहुँ र यी सबै सामानहरू तपाईलाई दिनेछु।”

24 तर राजा दाऊदले ओर्नानलाई उत्तर दिए, “होइन, म तिमीलाई पूरा दाम दिन्छु। परमप्रभुलाई अर्पण गर्नका निम्ति म तिम्रो केही चीज लिँदिन। म त्यो भेट अर्पण गर्दिनँ जसको कुनै मूल्य दिनु पर्दैन।”

25 यसर्थ दाऊदले ओर्नानलाई त्यो स्थानको निम्ति 600 शेकेल जति सुन दिए। 26 दाऊदले त्यहाँ परमप्रभुको आराधना गर्नका निम्ति एउटा बेदी निर्माण गरे। दाऊदलले होमबलि र मेलबलि चढाए। दाऊदले परमप्रभुसित प्रार्थना गरे। परमप्रभुले स्वर्गबाट आगो पठाएर दाऊदलाई उत्तर दिनुभयो। त्यो आगो तल होमबलिको बेदीमा झर्यो। 27 तब परमप्रभुले स्वर्गदूतलाई तिनको तरवार म्यानमा हाल्नु भनी आज्ञा दिनुभयो।

28 दाऊदले देखे कि परमप्रभुले ओर्नानको खलामा तिनलाई उत्तर दिनुभयो। यसर्थ दाऊदले परमप्रभुको निम्ति बलि चढाए। 29 (पवित्र पाल अनि होमबलिको वेदी गिबोन शहरको उच्च स्थानमा थियो। मोशाले त्यो पवित्र पाल निर्माण गरेका थिए जब इस्राएलका मानिसहरू मरुभूमिमा थिए। 30 दाऊद परमेश्वरसित कुरा-कानी गर्न पवित्र पालमा जान सकेनन् किनभने तिनी भयभीत थिए। दाऊद परमप्रभुका स्वर्गदूत अनि तिनको तरवारसित भयभीत थिए।)

22 दाऊदले भने, “परमप्रभु परमेश्वरको मन्दिर अनि इस्राएलका मानिसहरूका निम्ति भेटीहरू जलाउने बेदी यहाँ निर्माण गरिने छ।”

दाऊदले मन्दिर निमार्णको निम्ति योजना बनाउँछन्

दाऊदले इस्राएलमा बस्ने सबै विदेशीहरूलाई एकसाथ भेला हुने आदेश दिए। दाऊदले विदेशीहरूबाट ढुङ्गा काट्ने मानिसहररू छाने। तिनीहरूको काम परमेश्वरको मन्दिर बनाउँनका निम्ति ढुङ्गा काटेर तयार गर्ने थियो। दाऊदले फाटकको ढोकाहरूका निम्ति काँटी अनि कब्जाहरू बनाउन फलाम ल्याए। दाऊदले जोख्न पनि नसकिने मात्रामा प्रशस्तै काँसा ल्याए। अनि दाऊदले गन्ती गर्न नसकिने हिसाबमा देवदारूका मूढाहरू ल्याए। सीदोन अनि सोर शहरका मानिहरूले पनि दाऊद कहाँ धेरै देवदारूका मूढाहरू ल्याए।

दाऊदले भने, “हाम्रा परमप्रभुको निम्ति हामीले अत्यन्त विशाल मन्दिर बनाउनु पर्छ। तर मेरो छोरा सुलेमान सानै छ यसर्थ त्यसले ती कुराहरू सिकेको छैन जो त्यसले जान्नु पर्छ। परमप्रभुको मन्दिर अत्यन्त विशाल हुनु पर्छ। यो यसको विशाल अनि सुन्दरताको निम्ति सबै राष्ट्रहरूमा प्रसिद्ध अनि उज्वल हुनुपर्छ। त्यसै कारण म परमप्रभुको मन्दिर निर्माण गर्नको लागि योजनाहरू बनाउँने छु।” यसकारण उनको मृत्यु अघि दाऊदले मन्दिर निमार्णको निम्ति धेरै योजनाहरू बनाएँ र सामग्रीहरू तयार गरें।

त्यस पछि दाऊदले आफ्ना छोरा सुलेमानलाई बोलाए उनलाई इस्राएलका परमप्रभु परमेश्वरको निम्ति मन्दिर बनाउँनु भने। दाऊदले सुलेमानलाई भने, “मेरो छोरो, परमप्रभु मेरा परमेश्वरको निम्ति म एउटा मन्दिर बनाउँन चाहन्थें। तर परमप्रभुले मलाई भन्नुभयो, ‘दाऊद, तैंले धेरै युद्धहरू लडेको छस् र धेरै मानिसहरू मारेको छस्। यसर्थ मेरो नाउँको निम्ति तैंले मन्दिर बनाउन सक्तैनस्। तर तिम्रो छोराहरू मध्ये एकजना जो शान्ति प्रिय व्यक्ति हो। म शान्तिको समय प्रदान गर्नेछु। त्यसका वरिपरिका शत्रुहरूले त्यसलाई आक्रमण गर्ने छैनन्। त्यसको नाउँ सुलेमान हो। म इस्राएललाई उ राजा भएको समयमा शान्ति र आरम प्रदान गर्नेछु। 10 सुलेमान एउटा हो जसले मेरो निम्ति अवश्यै मन्दिर बनाउँनेछ। सुलेमान मेरो छोरा हुनेछ अनि म उसको पिता हुनेछु। अनि म उसको राजवंशलाई शक्तिशाली तुल्याउने छु र उसको सन्तानहरूले इस्राएलमा सदासर्वदा शासन गर्ने छ।’”

11 दाऊदले यो पनि भने, “अब छोरा परमप्रभु तेरो साथ रहुन्! तँ सफल बन् अनि तैंले मन्दिर बनाउने छस् भनी परमप्रभुले भन्नु भए जस्तै परमप्रभु तेरो परमेश्वरको निम्ति मन्दिर निर्माण गर। 12 जसरी पनि परमप्रभुले तँलाई ज्ञान र बुद्धि दिउन्। ताकि जब उहाँले तँलाई इस्राएल माथि अधिकार दिनु हुन्छ, तैले होसियारी साथ परमप्रभु तेरो परमेश्वरको आज्ञा पालन गर्ने छस्। 13 यदि तैंले होशियारी साथ ती नियम अनि व्यवस्थाहरू पालन गरिस् भने, परमप्रभुले मोशालाई जो दिनु भएको थियो, तैंले त्यो सफलता प्राप्त गर्ने छस्। बलियो र साहसी हो। नडराऊ निरूत्साहित नहो।

14 “सुलेमान, मैले परमप्रभुको मन्दिर निर्माण गर्न कठिन परिश्रम गरेको छु। मैले एक लाख तोडा[b] सुन दिएको छु। अनि लगभग दश लाख तोडा[c] चाँदी दिएको छु। मैले यति धेरै काँसा र फलाम दिएको छु जसको तौल गर्न सकिंदैन। साथै मैले काठपात र ढुङ्गाहरू दिएकोछु। सुलेमान तैंले त्यस माथि थप्न सक्छस्। 15 तँसित धेरै कारीगरहरू, डकर्मीहरू अनि सिकर्मीहरू छन्। तँसित हरेक प्रकारको काम गर्न सिपालु मानिसहरू छन्। 16 तिनीहरू सुन, चाँदी, काँसा अनि फलामका काम गर्नमा सिपालु छन्। तँसित अधिक निपुण कर्मीहरू छन् जसको गन्ती लिन सकिंदैन। अब काम शुरू गर। अनि परमप्रभु तेरो साथ रहुन्।”

17 तब दाऊदले इस्राएलका समस्त अगुवाहरूलाई तिनका छोरा सुलेमानलाई सहायता गर्नु भनी आदेश दिए। 18 दाऊदले ती अगुवाहरूलाई भने, “साच्चै नै परमप्रभु तिमीहरूका साथ हुनुहुन्छ। अनि उहाँले तिमीहरूलाई राजनीतिक शान्ति दिनुभएको छ। किनभने उहाँले यस भूमि निवासीहरूलाई परास्ता गर्न मलाई सहायता गर्नु भएकोछ अब परमप्रभु र उहाँका मानिसहरूले यस भूमिमाथि अधिकार गर्नेछन्। 19 अब तिमीहरूको तन मन अनि धन परमप्रभु तिम्रा परमेश्वर प्रति लगाऊ, अनि उहाँले भन्नु भएका कामहरू गर। परमप्रभु परमेश्वरको पवित्र स्थान र परमप्रभुको निम्ति मन्दिर निर्माण गर। त्यस पछि करारको सन्दूक अनि अन्य सबै पवित्र बस्तुहरू मन्दिरमा ल्याओ।”

लेवीहरूका निम्ति मन्दिरमा सेवाकार्यका योजनाहरू

23 दाऊद वृद्ध भए, यसर्थ तिनले आफ्ना छोरा सुलेमानलाई इस्राएलका नयाँ राजा बनाए। दाऊदले इस्राएलका समस्त अगुवा पूजाहारीहरू अनि लेवीहरूलाई पनि भेला गरे। दाऊदले तीस बर्ष अनि त्यस भन्दा अधिक उमेर भएका लेवीहरूको गिन्ती लिए। जम्मा 38,000 लेवीहरू थिए। दाऊदले भने, “24,000 लेवीहरूले परमप्रभुको मन्दिर निर्माण कार्यको हेरचाह गर्नेछन्। 6,000 लेवीहरू सुरक्षा कर्मी अनि न्यायकर्त्ताहरू हुनेछन्। चारहजार लेवीहरू द्वार-पाल हुनेछन् अनि 4,000 विशेष वाध्य-यन्त्र लेवीहरू बनाएको छु। ती यन्त्रहरू तिनीहरूले परमप्रभुको स्तुतिका निम्ति प्रयोग गर्नेछन्।”

दाऊदले लेवीहरूलाई तीन समूहमा विभाजन गरे। ती लेवीका तीन जना छोराहरू गेर्शोन, कहात र मरारीका परिवार समूहहरू थिए।

गर्शोनका परिवार समूह

गेर्शोनको परिवार समूहबाट लादान र शिमी थिए। लादानका तीन जना छोराहरू थिए। तिनका सबै भन्दा जेठा छोरा यहीएल थिए। तिनका अन्य छोराहरू जेताम अनि योएल थिए। शिमीका छोराहरू शलोमोत, हजीएल अनि हारान थिए। यी तीन छोराहरू लादानको परिवारका अगुवाहरू थिए।

10 शिमीका चार जना छोराहरू यहत, जीजा, येऊश अनि बरीआ थिए। 11 यहत सबै भन्दा जेठा छोरा थिए अनि जीजा महिला छोरा येऊश अनि बरीआलाई एकै परिवारको रूपमा गन्ती गरिन्थ्यो।

कहातका परिवार समूह

12 कहातका चार जना छोराहरू अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल थिए। 13 अम्रामका छोराहरू हारून अनि मोशा थिए। हारूनलाई अति विशिष्ट हुनको निम्ति चुनिएको थियो। हारून अनि तिनका सन्तानहरूलाई सदा-सर्वदा विशिष्ट हुनको निम्ति चुनिएको थियो। तिनीहरू परमप्रभुको सेवाको निम्ति सबै पवित्र सामग्रीहरू तयार गर्नलाई चुनिएका थिए। हारून अनि तिनका सन्तानहरू परमप्रभुको समक्ष धूप बाल्नुको निम्ति चुनिएका थिए। तिनीहरू परमप्रभुको सेवाका निम्ति पूजाहारीरूको रूपमा चुनिएका थिए। तिनीहरूलाई परमप्रभुको पवित्र नाउँमा मानिसहरूलाई आशीर्वाद दिन सदाका निम्ति चुनिएको थियो।

14 जहाँ सम्म परमप्रभुका जन मोशा सम्बन्धित उसका छोराहरू लेवी कुल समूहमा गाभिए। 15 मोशाका छोराहरू गेर्शोम अनि एलीएजर थिए। 16 गेर्शोमका सबै भन्दा जेठा छोरा। शबूएल थिए। 17 एलीएजेरका सबै भन्दा जेठा छोरा रहब्याह थिए। एलीएजेरका अन्य छोराहरू थिएनन्। तर रहब्याहका धेरै छोराहरू थिए।

18 यिसहारका सबै भन्दा जेठा छोरा शलोमीत थिए।

19 हेब्रोनका सबै भन्दा जेठा छोरा यरियाह, माहिला छोरा अमर्याह थिए। यहजीएल साँहिला छोरा थिए अनि यक्माम कान्छा छोरा थिए।

20 उज्जीएलका सबै भन्दा जेठा छोरा मीका अनि यिशियाह कान्छा छोरा थिए।

मरारीका परिवार समूह

21 मरारीका छोराहरूः महली र मूशी थिए। महलीका छोराहरूः एलाजार अनि कीश थिए। 22 एलाजारको छोराहरू नभई मृत्यु भयो। तिनका छोरीहरू मात्र थिए। एलाजारका छोरीहरूले आफन्तहरूसित विवाह गरे। तिनीहरूका आफन्तहरू कीशका छोराहरू थिए। 23 मूशीका छोराहरूः महली, एदेर र यरीमोत गरी। जम्मा तीन जना छोराहरू थिए।

लेवीका कार्यहरू

24 यी लेवीका सन्तानहरू थिए। सूचीमा तिनीहरूको नाउँ आफ्ना परिवार-परिवार अनुसार थियो। ती परिवारका प्रधानहरू थिए। प्रत्येक व्यक्तिको नाउँ सूचीमा लेखिएको थियो। सूचीमा लेखिएका व्यक्तिहरू बीस बर्ष वा त्यस भन्दा माथिका थिए। तिनीहरू परमप्रभुको मन्दिरमा सेवा गर्थे।

25 दाऊदले भनेका थिए, “परमप्रभु इस्राएलका परमेश्वरले उहाँका मानिसहरूलाई शान्ति दिनुभएको छ। परमप्रभु सदा-सर्वदा रहनको निम्ति यरूशलेममा आउनुभएको छ। 26 यसर्थ लेवीहरूले पवित्र पाल वा सेवामा प्रयोग गरिने कुनै पनि सामग्री बोक्नु पर्नेछैन।”

27 इस्राएलका मानिसहरूका निम्ति दाऊदका अन्तिम निर्देशन लेवी कुल समूहका सन्तानहरूको गन्ती गर्नु पर्ने थियो। तिनीहरूले ती लेवी मानिसहरूको गन्ती लिए जो बीस अनि त्यस भन्दा बढ्ता उमेरका थिए।

28 लेवीहरूको काम हारूनका सन्तानहरूलाई परमप्रभुको मन्दिरको सेवाकार्यमा सहायता गर्नुथियो। लेवीहरूले मन्दिरको आँगान अनि मन्दिरका छेउका कोठाहरूको पनि हेरचाह गर्थे। तिनीहरूको काम सबै पवित्र चीज बीजहरूलाई शुद्ध गर्नु अनि परमेश्वरको मन्दिरमा सेवागर्ने काम थियो। 29 मन्दिरको टेबिलमा विशेष रोटी राख्ने तिनीहरू जिम्मा थियो। तिनीहरू पीठो, अन्नबलि र अखमिरी रोटी पोलेका अनि मिश्रित भेटीहरूको पनि जिम्मामा थिए। तिनीहरूले सबै कुराको नाप-तौल गर्थे। 30 लेवीहरू हरेक बिहान उभिन्थे अनि परमप्रभु प्रति धन्यवाद चढाउँथे र स्तुति गर्थे। तिनीहरूले यो पनि हरेक साँझ गर्थे। 31 शाबाथ अनि अरू चाडका दिनहरूमा अनि औंसी उत्सवमा तिनीहरूले होमबलिहरू तयार गर्थे। परमप्रभुको अघि तिनीहरू होमबलिहरू तयार गर्थे। परमप्रभुको अघि तिनीहरू हरेक दिन सेवा गर्थे। त्यहाँ नियमहरू थिए कति जना लेवीहरूले सेवा गर्नु पर्थ्यो। 32 तिनीहरूले पवित्र पाल साथै पवित्र स्थानको हेरचाह गर्थे। तिनीहरूले आफ्ना पूजाहारी, हारूनका सन्तानहरूलाई सहायता गर्थे। लेवीहरूले परमप्रभुको मन्दिरका कामहरूद्वारा पूजाहारीहरूलाई सहायता गर्थे।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International