Print Page Options
Previous Prev Day Next DayNext

Bible in 90 Days

An intensive Bible reading plan that walks through the entire Bible in 90 days.
Duration: 88 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 इतिहास 23:16-35:15

16 तब यहोयादाले सबै मानिसहरू अनि राजासित एक करार बाँधे। तिनीहरू सहमत भए कि तिनीहरू सबै परमप्रभुका मानिस हुनेछन्। 17 सबै मानिसहरू बाल मूर्तिका मन्दिरमा गए अनि त्यसलाई फोडि दिए। तिनीहरूले बाल मन्दिरमा भएका वेदीहरू अनि मूर्तिहरू पनि भत्काइदिए। तिनीहरूले बालका पुरोहित मातानलाई बाल वेदीहरूको सामुन्ने मारे।

18 तब यहोयादाले परमप्रभुको जिम्मामा रहने पूजाहारीहरू चुने। ती पूजाहारीहरू लेवीहरू थिए अनि दाऊदले तिनीहरूलाई परमप्रभुको मन्दिरको जिम्मामा रहने काम दिएका थिए। ती पूजाहारीहरूले मोशाका व्यवस्थाका आदेश अनुसार परमप्रभुलाई होमबलि अर्पण गर्नु पर्ने थियो। तिनीहरूले दाऊदका आदेश अनुसार अति खुशी साथ गाउँदै बलि अर्पण गरे। 19 यहोयादाले परमप्रभुको मन्दिरको द्वारमा रक्षकहरू राखेका थिए। यसकारण एउटा व्यक्ति जो अशुद्ध थियो भने मन्दिरभित्र पस्न पाउँदैन थियो।

20 यहोयादाले सेनाका सेना-नायकहरू, प्रमुखहरू, मानिसहरूका शासकहरू अनि देशका सबै मानिसहरूलाई आफ्ना साथ लिए। तब यहोयादाले राजालाई परमप्रभुको मन्दिर बाहिर ल्याए अनि माथिल्लोद्वार भएर तिनीहरू राज भवनमा गए। त्यस स्थानमा तिनीहरूले राजालाई सिंहासनमा बसाए। 21 यहूदाका सबै मानिसहरू अत्यन्त आनन्दित थिए। अनि यरूशलेम शहरमा शान्ति थियो किनभने अतल्याहलाई तरवारद्वारा मारिएको थियो।

योआशले फेरि मन्दिर निर्माण गर्छन्

24 योआश सात बर्ष उमेरका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा चालीस बर्ष शासन गरे। तिनकी आमाको नाउँ सिब्या थियो। सिब्या बेर्शेबा शहरकी थिइन्। योआशले पूजाहारी यहोयादा बाँचुन्जेल परमप्रभुको सामुन्ने उचित कार्य गरे। यहोयादाले योआशका निम्ति दुइवटी पत्नीहरू चुने। योआशका छोरा-छोरीहरू भए।

तब, पछि योआशले परमप्रभुको मन्दिर फेरि निर्माण गर्ने निर्णय गरे। योआशले पूजाहारी अनि लेवीहरूलाई साथ बोलाए। तिनले तिनीहरूलाई भने, “यहूदा शहरमा जाऊ अनि इस्राएलका सबै मानिसहरूले प्रति बर्ष तिर्ने धन सँग्रह गर। त्यो धन तिम्रो परमेश्वरको मन्दिर फेरि निर्माण गर्नमा प्रयोग गर। चाँडो गर अनि यो काम गर।” तर लेवीहरूले हतार गरेनन्।

यसर्थ राजा योआशले मुख्य पूजाहारी यहोयादालाई बोलाए। राजाले भने, “यहोयादा, तिमीले किन लेवीहरूलाई यहूदा अनि यरूशलेमबाट तिरो-धन ल्याउन लगाएनौं? परमप्रभुको सेवक मोशा अनि इस्राएलका मानिसहरूले पवित्र पाल निर्माण गर्नमा त्यो तिरो-धन प्रयोग गरेका थिए।”

विगत कालमा, अतल्याहका छोराहरू जबरजस्ती परमेश्वरको मन्दिर भित्र पसेका थिए। तिनीहरूले परमप्रभुको मन्दिरमा भएका पवित्र चीजहरू आफ्ना बाल देवताहरूको पूजा गर्नमा प्रयोग गरेका थिए। अतल्याह अत्यन्त दुष्ट स्त्री थिइन्।

राजा योआशले एउटा सन्दूक बनाउने अनि त्यसलाई परमप्रभुको मन्दिरको द्वारको बाहिर राख्ने आदेश गरे। तब लेवीहरूले यहूदा अनि यरूशलेममा एक घोषणा गरे। तिनीहरू रोए मानिसहरूलाई परमप्रभुका निम्ति तिरो-धन ल्याउनु भने। परमेश्वरका सेवक मोशाले मरू-भूमिमा भएको समयमा इस्राएलका मानिसहरूबाट जो तिरो-धन मागेका थिए यो धन त्यति नै हो। 10 समस्त प्रमुखहरू अनि मानिसहरू खुशी थिए। तिनीहरूले आफ्ना धन ल्याए अनि त्यसलाई सन्दूकमा हाले। तिनीहरूले तबसम्म लगातार दिइरहे जब सम्म सन्दूक भरी भएन। 11 तब लेवीहरूले त्यो सन्दूक राज-अधिकारीहरू कहाँ लानु पर्यो। तिनीहरूले सन्दूक धनले परिपूर्ण भएको देखे। राजाका सचिव अनि मुख्य पूजाहारीका अधिकारी आए अनि सन्दूकबाट धन निकालेर लगे। तब तिनीहरूले त्यो सन्दूकलाई फेरि त्यसकै स्थानमा फर्काई लगे। तिनीहरूले यो काम घरि-घरि गरे अनि प्रचुर धन सँग्रह गरे। 12 तब राजा योआश अनि यहोयादाले त्यो धन ती मानिसहरूलाई दिए जो परमप्रभुको मनिदरमा काम गर्थे। अनि परमप्रभुको मन्दिरमा काम गर्ने मानिसहरूले परमप्रभुको मन्दिर फेरि निर्माण गर्नका निम्ति निपूण काठ खोप्नेहरू अनि सिकर्मीहरूलाई ज्यालमा राखे। तिनीहरूले ती कर्मीहरू पनि ज्यालमा ल्याए जो परमप्रभुको मन्दिरलाई फेरि निर्माण गर्नका निम्ति फलाम अनि काँसाका काम गर्न सिपालु थिए।

13 मानिसहरू जसले कामको निरीक्षण गर्दथे एक्दमै परिश्रमी थिए। परमप्रभुको मन्दिर फेरि निर्माण गर्ने कार्य सफल भयो। तिनीहरूले परमप्रभुको मन्दिर पहिलाको जस्तै निर्माण गरे अनि तिनीहरूले यसलाई पहिलाको भन्दा बलियो बनाए। 14 जब कर्मीहरूले काम पूरा गरे तिनीहरूले उब्रिएको धन राजा योआश अनि यहोयादा कहाँ ल्याए। तिनीहरूले त्यो धन परमप्रभुको मन्दिरका निम्ति चीज-बीज बनाउनमा प्रयोग गरे। ती चीज-बीजहरू मन्दिरको सेवामा अनि होम-बलि अर्पण गर्नमा प्रयोग गरिन्थे। तिनीहरूले सुन-चाँदीका कचौरा एवं अन्य चीजहरू पनि बनाए। पूजाहारीहरूले यहोयादा जीवित रहेसम्म प्रतिदिन परमप्रभुको मन्दिरमा होमबलि अर्पण गरिरहे।

15 यहोयादा बृद्ध भए। तिनी लामो समयसम्म बाँचे, त्यसपछि तिनको मृत्यु भयो। यहोदा 130 बर्षको बृद्ध हुँदा तिनको मृत्यु भयो। 16 मानिसहरूले यहोयादालाई दाऊदका शहरमा गाडिदिए जहाँ राजाहरूलाई गाडिन्छन्। मानिसहरूले यहोयादालाई त्यहाँ गाडि दिए किनभने तिनले आफ्ना जीवनमा इस्राएलमा परमेश्वर अनि परमेश्वरका मन्दिरका निम्ति धेरै असल कार्य गरे।

17 यहोयादाको मृत्यु पछि, यहूदाका प्रमुखहरू आए अनि राजा योआश समक्ष झुके। राजाले ती प्रमुखहरूका कुरा सुने। 18 राजा अनि ती अगुवाहरूले तिनीहरूका पिता-पुर्खाहरूले आराधना गर्ने परमप्रभु परमेश्वरको मन्दिरलाई परित्याग गरे। तिनीहरूले अशेरा खामा अनि अन्य मूर्तिहरूका पूजा गर्न शुरू गरे। परमेश्वर यहूदा अनि यरूशलेमका मानिसहरूसित क्रोधित हुनु भयो किनभने राजा अनि अगुवाहरू दोषी थिए। 19 परमेश्वरले मानिसहरू कहाँ तिनीहरूलाई परमप्रभु तिर फर्काइ ल्याउन भनी अगमवक्ताहरू पठाउनु भयो। अगमवक्ताहरूले मानिसहरूलाई चेताउनी दिए। तर मानिसहरूले सुन्न अस्वीकार गरे।

20 परमेश्वरको आत्मा जकर्याह माथि उत्रिनुभयो। जकर्याहका पिता पूजाहारी यहोयादा थिए। जकर्याह मानिसहरूका सामुन्ने उभिए अनि भने, “परमेश्वरले जे भन्नु हुन्छ त्यो यो होः ‘किन तिमीहरूले परमप्रभुको आदेशहरूको पालन गर्न अस्वीकार गर्छौ? तिमीहरू सफल हुने छैनौं। तिमीहरूले परमप्रभुलाई त्याग्यौ यसकारण परमप्रभुले पनि तिमीहरूलाई त्याग्नु भएको छ।’”

21 तर मानिसहरूले जकर्याहको विरूद्ध षड्‌यन्त्र रचे। राजाले जकर्याहलाई मार्न भनी मानिसहरूलाई आदेश दिए, यसर्थ तिनको मृत्यु नहुन्जेल मानिसहरूले तिनलाई ढुङ्गा हाने। मानिसहरूले यो काम मन्दिरको आँगनमा गरे। 22 राजा योआशले तिनी प्रति यहोयादाले दर्शाएको दया सम्झेनन्। यहोयादा जकर्याहका पिता थिए। तर योआशले यहोयादाका छोरा जकर्याहलाई मारिदिए। जकर्याहको मृत्यु हुनु अघि तिनले भने, “परमप्रभुले देख्नु हुनेछ जो तिमीहरूले गर्दै छौ अनि तिमीहरूलाई दण्ड दिनु हुनेछ।”

23 बर्षको अन्ततिर, अरामी सेना योआशको विरूद्ध आए। तिनीहरूले यहूदा अनि यरूशलेम माथि आक्रमण गरे अनि मानिसका सबै प्रमुखहरूलाई मारिदिए। तिनीहरूले सबै मूल्यवान बस्तुहरू दमीशकका राजा कहाँ पठाए। 24 अरामी सेना मानिसहरूको सानो दलको रूपमा आएका थिए तर परमप्रभुले तिनीहरूलाई यहूदाका अति विशाल सेनालाई परास्त पार्न दिनु भयो। परमप्रभुले यसो गर्नु भयो। किनभने यहूदाका मानिसहरूले, आफ्ना पुर्खाहरूले अनुशरण गरेका परमप्रभु परमेश्वरलाई त्याग गरे। यसरी योआश दण्डित भए। 25 जब अरामीहरूले योआशलाई छाडे तब तिनी नराम्रो प्रकारले घाइते भएका थिए। योआशका आफ्नै सेवकहरूले तिनको विरूद्ध षड्‌यन्त्र रचे। तिनीहरूले यसो गरे किनभने योआशले पूजाहारी यहोयादाका छोरा जकर्याहलाई मारेका थिए। सेवकहरूले योआशलाई तिनको आफ्नै ओछ्यानमा मारिदिए। योआशको मृत्यु भएपछि मानिसहरूले तिनलाई दाऊदको शहरमा गाडीदिए। तर तिनीहरूले तिनलाई त्यस स्थानमा गाडेनन् जहाँ राजाहरूलाई गाडिन्छ।

26 ती यिनै सेवकहरू हुन् जसले योआशको विरूद्ध षड्‌यन्त्र रचेका थिएः जाबाद अनि यहोजाबाद। जाबादकी आमाको नाउँ शिमात थियो। शिमात अम्मोनकी थिइन्। अनि यहोजाबादकी आमाको नाउँ शिम्रित थियो। शिम्रित मोआबकी थिइन्। 27 योआशका छोराहरूको विषयमा कथा, तिनी विरूद्धको महान अगमवाणीहरू अनि तिनले कसरी फेरि परमेश्वरको मन्दिर निर्माण गरे, यी सबै राजाहरू सम्बन्धी व्याख्या नाउँको पुस्तकमा लेखिएका छन्। अमस्याह तिनका पछि नयाँ राजा भए। अमस्याह योआशका छोरा थिए।

यहूदाका राजा अमस्याह

25 अमस्याह पच्चीस बर्षका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा उनन्तीस बर्ष शासन गरे। तिनकी आमाको नाउँ यहोअद्‌दान थियो। यहोअद्‌दान यरूशलेमकी थिइन्। अमस्याहले त्यही कुराहरू गरे जो परमप्रभुले तिनीद्वारा गराउन चाहनु हुन्थ्यो। तर तिनले ती कुराहरू सम्पूर्ण हृदयले गरेनन्। अमस्याह शक्तिशाली राजा भए। त्यस पछि तिनले ती अधिकारीहरूलाई मारि दिए जसले तिनका राजा मारेको थिए। तर अमस्याहले ती अधिकारीहरूका छोरा छोरीहरूलाई मारेनन्। किनकि तिनले मोशाको पुस्तकमा लेखिएका व्यवस्था पालन गरे। परमप्रभुले आदेश दिनु भएको थियो, “माता-पितालाई उनीहरूका छोरा-छोरीहरूले केही गरेको खण्डमा मार्नु हुँदैन। अनि छोरा-छोरीहरूलाई तिनीहरूका माता-पिताहरूले केही गरेका खण्डमा मार्नु हुँदैन कुनै व्यक्तिलाई तिनी स्वयंले गरेका नराम्रो कामका निम्ति मात्र मार्नु पर्छ।”

अमस्याहले यहूदाका मानिसहरूलाई एक साथ भेला गरे। तिनले परिवार अनुसार तिनीहरूको दल बनाए अनि ती दलहरूलाई सेनाध्यक्ष र सेना नायकहरूका जिम्मामा राखे। ती प्रमुखहरूका जिम्मामा यहूदा अनि बिन्यामीनका समस्त सैनिकहरू थिए। सबै मानिसहरू जो सैनिक हुनका निम्ति छानिए ती बीस बर्ष अनि त्यस भन्दा अधिक उमेरका थिए। जम्मा 3,00,000 सिपालु सैनिकहरू भाला अनि ढाल सहित युद्धका निम्ति तयार थिए। अमस्याहले इस्राएलबाट 1,00,000 सैनिकहरू पनि ज्यालामा ल्याए। ती सैनिकहरूलाई ज्यालामा ल्याउनका निम्ति तिनले 100 तोडा चाँदी दिए। तर परमेश्वरका एक व्यक्ति अमस्याह कहाँ आए। परमेश्वरका व्यक्तिले भने, “राजा इस्राएलका सेनालाई तपाईं साथ जान नदिनु होस्। परमप्रभु इस्राएलीहरूका साथमा हुनुहुन्न। परमप्रभु एप्रैमका मानिसहरूका साथ हुनुहुन्न। यदि तपाईंले तपाईं आफैंलाई बलियो अनि युद्धको निम्ति तयार बनाउनुहुन्छ भने परमेश्वरले तपाईंलाई परास्त गर्नुहुनेछ, किनकि विजय अथवा परास्त परमेश्वरको सहायतामा भर पर्छ।” अमस्याहले परमेश्वरका व्यक्तिलाई भने, “तर मेरो धनको बारेमा के हुन्छ जो मैले इस्राएली सेनाहरूलाई दिइ सकेको छु?” परमेश्वरका मानिसले भने, “परमप्रभुसित प्रशस्त छन्। उहाँले तपाईंलाई त्यो भन्दा धेरै दिन सक्नु हुन्छ।”

10 यसर्थ अमस्याहले इस्राएली सैनिकहरूलाई घर तिर एफ्राईम फर्काई पठाए। ती मानिसहरू राजा अनि यहूदाका मानिसहरू प्रति अत्यन्त क्रोधित भए। तिनीहरू अत्यन्त क्रोधित भएर घर फर्किए।

11 तब अमस्याह अत्यन्त साहसी भए अनि आफ्ना सेनाहरूलाई लिएर एदोम देशको नूनकोबेंसी तर्फ गए। त्यस स्थानमा अमस्याहका सेनाहरूले सेईरका 10,000 मानिसहरूलाई मारे। 12 यहूदाका सेनाले पनि सेईरका 10,000 मानिसहरूलाई कब्जामा लिए। तिनीहरूले सेइरका ती मानिसहरूलाई एक पहाडको टुप्पोमा लगे। ती मानिसहरू अझसम्म जीवित थिए। तब यहूदाका सेनाले ती मानिसहरूलाई पहराको टुप्पोदेखि तल तिर झारिदिए अनि तिनीहरूका शरीरहरू तल चट्टानहरूमा चकना चूर भए।

13 तर त्यस समयमा अमस्याहले ती सोनाहरूलाई यहूदाका शहरहरू सामरिया देखि बेत-होरोनसम्म आक्रमण गेर्न अनुमति दिएका थिएनन्। तै पनि तिनीहरूले शहरहरूमा आक्रमण गरे। तिनीहरूले 3,000 मानिसहरू मारे धेरै मालहरू लुटे।

14 अमस्याह एदोमी मानिसहरूलाई परास्त गरे पछि घर आए। तिनले सेइरका मानिसहरूले पूजा गर्ने मूर्तिहरू ल्याए। अमस्याहले ती मूर्तिहरूको पूजा गर्न शुरू गरे। तिनी ती मूर्तिहरू अघि झुके अनि तिनीहरूका निम्ति धूप बाले। 15 परमप्रभु अमस्याह सित अत्यन्त क्रोधित हुनुभयो। परमप्रभुले अमस्याह कहाँ अगमवक्ता पठाउनु भयो। अगमवक्ताले भने, “अमस्याह किन तपाईंले ती मानिसहरूले पूजा गर्ने मूर्तिहरूको पूजा गर्नु भएको? ती देवताहरूले तिनीहरूका आफ्नै मानिसहरूलाई पनि तपाईंबाट बचाउन सकेनन्।”

16 जब अगमवक्ता बोले, अमस्याहले अगमवक्तालाई भने, “हामीले तिमीलाई राजाको सल्लाहकार बनाएका छैनौं! चुप लाग! तिमी चुप लागेनौ भने तिमीलाई मारिने छ।” अगमवक्ता चुप भए, तर तब भने, “परमेश्वरले तपाईंलाई ध्वंश गर्ने निश्चय गर्नु भएकोछ। किनभने तपाईंले ती नराम्रा कुराहरू गर्नु भयो। अनि मेरो वचन सुन्नु भएन।”

17 यहूदाका राजा अमस्याहले आफ्ना परामर्शदाताहरू सित कुरा गरे। तब तिनले इस्राएलका राजा योआशलाई एक संन्देश पठाए। अमस्याहले योआशलाई भने, “हामी मुखा-मुखी भेट गरौं।” योआश यहोआहाजका छोरा थिए। योआहाज येहूका छोरा थिए।

18 तब योआशले अमस्याह कहाँ आफ्नो उत्तर पठाए। योआश इस्राएलका राजा थिए अनि अमस्याह यहूदाका राजा थिए। योआशले यो कथा भनेः “लबानोन एक सानो काँढादार पोथ्राले लबानोन एक विशाल देवदारको वृक्ष कहाँ संन्देश पठायो। सानो काँढादार पोथ्राले भन्यो, ‘तिम्री छोरीलाई मेरो छोरासित विवाह गरिदेऊ।’ तर एक जङ्गली पशु आयो अनि काँढादार पोथ्रा माथि हिंड्यो र त्यसलाई नष्ट गरि दियो। 19 तिमी स्वयंमलाई भन्छौं, ‘मैले एदोमलाई परास्त गरे।’ तिमी घमण्डी छौ अनि तिमी धाक लाउँछौ। तर तिमी घरमा बस। तिमीलाई खतरा मोल्नु खाँचो छैन। यदि तिमी मसित लड्यौ भने, तिमी अनि यहूदा ध्वंश हुने छौ।”

20 तर अमस्याहले सुन्न अस्वीकार गरे। यो परमेश्वरबाट आएको हो परमेश्वरले इस्राएलद्वारा यहूदालाई परास्त गराउने योजना बनाउनु भयो, किनभने यहूदाका मानिसहरूले एदोमका मानिसहरूले अनुशरण गर्ने देवताहरूको अनुशरण गरे। 21 यस कारण इस्राएलका राजा योआशले यहूदाका राजा अमस्याहसित बत-शेमेश शहरमा मुखा-मुखी भेट गरे। बेत-शेमेश यहूदामा छ। 22 इस्राएलले यहूदालाई परास्त गरे। यहूदाका हरेका मानिस आफ्ना घर तिर भागे। 23 योआशले अमस्याहलाई बेत-शेमेशमा पक्रे अनि तिनलाई यरूशलेम लगे। अमस्याहका पिताको नाउँ योआश थियो। योआशको पिताको नाउँ योआहाज थियो। योआशले यरूशलेमको एप्रैम फाटक देखि कुनाको फाटक सम्मको पर्खालको 400 हात[a] लामो अंश भत्काइ दिए। 24 परमेश्वरको मन्दिरमा सुन अनि चाँदी एवं धेरै अन्य चीज-बीजहरू थिए। ओबेद एदोम ती चीज बीजहरूको जिम्मामा थिए। तर येहोआशले ती सबै चीज-बीजहरू लगे। योआशले राज महलबाट कोषहरू पनि लगे। त्यस पछि योआशले केही मानिसहरूलाई कैदीको रूपमा लगे अनि फर्केर सामरिया गए।

25 योआशको मृत्यु पछि अमस्याह पन्ध्र बर्षसम्म बाँचे। अमस्याहका पिता यहूदाका राजा योआश थिए। योआशको पिता यहोआहाज इस्राएलका राजा थिए। 26 अमस्याहले शुरू देखि अन्तसम्म गरेका अन्य कुराहरू यहूदा अनि इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्। 27 जब अमस्याहले परमप्रभुको आज्ञा पालन गर्न छाडे, यरूशलेममा मानिसहरूले अमस्याह विरूद्ध षडयन्त्र रचे। तिनी लाकीश शहर तिर भागेर गए। तर मानिसहरूले लाकीशमा मानिसहरू पठाए अनि तिनीहरूले अमस्याहलाई त्यही मारिदिए। 28 तब तिनीहरूले अमस्याहको शरीरलाई घोडाहरूमा लदाएर ल्याए अनि यहूदाको शहरमा तिनका पुर्खाहरूसित गाडि दिए।

उज्जियाह यहूदाका राजा

26 त्यस पछि यहूदाका मानिसहरूले उज्जियाहलाई अमस्याहको स्थानमा नयाँ राजा हुनका निम्ति चुने। अमस्याह उज्जियाहका पिता थिए। उज्जियाह सोह्र बर्षका हुँदा यस्तो भयो। उज्जियाहले एलात शहरलाई फेरि निर्माण गरे अनि यहूदालाई फर्काइ दिए। अमस्याहको मृत्यु भयो र तिनका पुर्खासित गाडिए पछि उज्जियाहले यसो गरे।

उज्जियाह सोह्र बर्षका थिए जब तिनी राजा भए। तिनले बाउन्न बर्ष सम्म यरूशलेममा शासन गरे। तिनकी आमाको नाउँ यकोल्याह थियो। यकोल्याह यरूशलेमकी थिइन्। उज्जियाहले ती कुराहरू गरे जो परमप्रभुले तिनी द्वारा गराउन चाहनु हुन्थ्यो। तिनले परमेश्वरको आज्ञा त्यसरी नै पालन गरे जसरी तिनका पिता अमस्याहले गरेका थिए। उज्जियाहले परमेश्वरको अनुशरण जकर्याहको जीवनकालमा गरे। जकर्याहले उज्जियाहलाई परमेश्वरको कसरी सम्मान गर्नु अनि आज्ञा पालन गर्नु सो सिकाए। जब उज्जियाहले परमप्रभुको आज्ञा पालन गरिरहेका थिए परमेश्वरले तिनलाई सफलता प्रदान गर्नु भयो।

उज्जियाहले पलिश्ती मानिसहरूको विरूद्ध युद्ध लडे। तिनले गात, यब्ने अनि अश्दोद शहरहरूका वरिपरिका पर्खालहरू भत्काइ दिए। उज्जियाहले अश्दोद शहरको छेउमा अनि पलिश्ती मानिसहरू माझ अन्य स्थानहरूमा शहरहरू बसाए। परमेश्वरले उज्जियाहलाई पलिश्तीहरू अनि गुर-बलमा बस्ने अरबीहरू अनि मूनीहरूको विरूद्धमा युद्ध गर्नमा सहायता दिनुभयो। अम्मोनीहरूले उज्जियाहलाई सौगातहरू तिर्थे। उज्जियाहको नाउँ मिश्रदेशको सीमाना सम्म प्रसिद्ध भएर गयो। तिनी प्रसिद्ध थिए किनभने तिनी अत्यन्त शक्तिशाली थिए।

उज्जियाहले यरूशलेममा कुनाको फाटकमा र बेंसीको फाटकमा अनि पर्खाल घुमेको स्थानमा किल्लाहरू निर्माण गरे। उज्जियाहले ती किल्लाहरू दृढ बनाए। 10 उज्जियाहले मरुभूमिमा किल्लाहरू निर्माण गरे। तिनले अनेक कुवाहरू पनि खनाए। तिनीसित पहाडी देश अनि समतल भूमिमा प्रशस्त गाई-बस्तुहरू थिए। उज्जियाहका पर्वतहरू अनि असल उब्जनी हुने भूमिका कृषक थिए। तिनीसित ती व्यक्तिहरू पनि थिए जसले दाख उम्रने खेतहरूको हेरचाह गर्थे। तिनीले खेती-पाती मन पराउँथे।

11 उज्जियाहसित प्रशिक्षित सैनिकहरूका सेना थिए। ती सैनिकहरूलाई सचिव यीएल अनि अधिकारी मासेयाहले दल-दल पारेर राखेका थिए। हनन्याह तिनीहरूका प्रमुख थिए। यीएल अनि मासेयाहले ती सैनिकहरूको गन्ती गरे अनि तिनीहरूलाई दल, दलमा राखे। हनन्याह राजाका एक अधिकारी थिए। 12 सैनिकहरू माथि 2,600 प्रमुखहरू थिए। 13 ती परिवार-प्रमुखहरूका जिम्मामा 3,07,500 मानिसहरूका सेना थिए जो ठूलो शक्तिसित लडथे। ती सैनिकहरूले शत्रुको विरूद्ध राजालाई सहायता गर्थे। 14 उज्जियाहले सेनालाई ढाल, भाला, फलामको टोपी, कवच, झिलम, धनु अनि घुँयेत्रोका निम्ति ढुङ्गाहरू दिएका थिए। 15 यरूशलेममा उज्जियाहले यन्त्रहरू बनाए जो चतुर व्यक्तिहरूले आविष्कार गरेका थिए। ती यन्त्रहरूलाई किल्लाहरू अनि कुनाका पर्खालहरूमा राखिएका थिए। यी यन्त्रहरूले काँढहरू अनि ठूल्ठूला ढुङ्गाहरू हान्दथे। उज्जियाह प्रसिद्ध भए। मानिसहरूले टाढा-टाढाका स्थानहरूमा तिनका नाउँ जान्दथे। तिनले प्रशस्त सहायता पाए अनि शक्तिशाली राजा बने।

16 तर जब उज्जियाह शक्तिशाली भए तिनको घमण्डको कारणले तिनलाई नष्ट पार्थ्यो। तिनी परमप्रभु तिनका परमेश्वर प्रति विश्वसनीय थिएनन्। तिनी परमप्रभुको मन्दिर भित्र धूप बाल्ने वेदीमा धूप बाल्न गए। 17 पूजाहारी अजर्याह अनि अस्सी जना साहसी पूजाहारीहरू, जो परमप्रभुको सेवा गर्थे, उज्जियाहलाई पछ्याउँदै मन्दिर भित्र गए। 18 तिनीहरूले उज्जियाहलाई भने तपाईंले गल्ती गर्नु हुँदैछ। तिनीहरूले तिनलाई भने, “उज्जियाह, परमप्रभुको निम्ति धूप बाल्ने यो तपाईंको काम होइन। यसो गर्नु तपाईंको निम्ति असल छैन। पूजाहारीहरू अनि हारूनका सन्तानहरूले मात्र परमप्रभुको निम्ति धूप बाल्ने गर्छन्। यी पूजाहारीहरूलाई पवित्र सेवाका निम्ति धूप बाल्न प्रशिक्षित तुल्याइएका छन्। तपाईं यो महा-पवित्र स्थानबाट बाहिर जानु होस्। तपाईं विश्वसनीय हुनु भएको छैन। परमप्रभु परमेश्वरले यसका निम्ति तपाईंको सम्मान गर्नु हुने छैन।”

19 तर उज्जियाह क्रोधित भए। तिनको हातमा धूप दानी थियो। जब उज्जियाह पूजाहारीहरूसित खूबै रिसाएका थिए त्यस बेला तिनको निधारमा कोर रोग निस्कियो। यो घटना परमप्रभुको मन्दिरको धूप बाल्ने वेदीको छेउमा पूजाहारीहरूको सामुन्ने घट्‌यो। 20 अजर्याह-मुख्य पूजाहारी अनि अन्य सबै पूजाहारीहरूले उज्जियाहलाई हेरे। तिनीहरूले तिनको निधारमा कोर रोग देख्न सक्थे। पूजाहारीहरूले उज्जियाहलाई मन्दिरबाट चाँडो बाहिर जान कर लगाए। उज्जियाह स्वयं हत्तारिएर बाहिर निस्के किनभने परमप्रभुले तिनलाई दण्ड दिनुभएको थियो। 21 उज्जियाह राजा कोरी भएको थियो। तिनी भिन्नै घरमा बस्नु पर्थ्यो। तिनी परमप्रभुको मन्दिरमा प्रेवश गर्न सक्तैन थिए। उज्जियाहका छोरा योतामले राज दरबारलाई नियन्त्रणमा राखे अनि दरबारको निम्ति प्रशासक भए।

22 उज्जियाहले शुरू देखि अन्त सम्म अन्य जे कुराहरू गरे ती आमोसका छोरा अगमवक्ता यशैयाद्वारा लेखिएका थिए। 23 उज्जियाहको मृत्यु भयो अनि आफ्ना पिता-पुर्खाहरूका छेउमा गाडिए। उज्जियाहलाई राजाको चिहान नजिकको खुल्ला मैदानमा गाडे। किनभने मानिसहरूले भने, “उज्जियाहलाई कोर निस्केको छ।” अनि उज्जियाहको स्थानमा योताम नयाँ राजा भए। योताम उज्जियाहका छोरा थिए।

यहूदाका राजा योताम

27 योताम राजा हुँदा पच्चीस बर्षका थिए। तिनले यरूशलेममा सोह्र बर्ष शासन गरे। तिनकी आमाको नाउँ यरूशा थियो। यरूशा सादोककी छोरी थिइन्। योतामले ती कुराहरू गरे जो परमप्रभुले तिनी द्वारा गरिएको चाहनु हुन्थ्यो। तिनले आफ्ना पिता उज्जियाहले जस्तै परमेश्वरको आज्ञा पालन गरे। तर योताम आफ्ना पिताले गरे जस्तै धूप बाल्नु परमप्रभुको मन्दिर भित्र पसेनन्। तर मानिसहरूले नराम्रा काम लगातार गरिरहे। योतामले परमप्रभुको मन्दिरको माथिल्लो फाटक फेरि निर्माण गरे। तिनले ओपेल नाउँका स्थानमा पर्खाल लगाउने अनेक निर्माण कार्य गरे। योतामले यहूदाको पहाडी देशमा पनि शहरहरू बनाए। योतामले जङ्गलहरूमा गढहरू अनि किल्लाहरू निर्माण गरे। योताम अम्मोनी मानिसहरूका राजा अनि तिनका सेनाका विरूद्ध पनि लडे अनि तिनीहरूलाई परास्त गरे। यसर्थ हरेक बर्ष तीन बर्ष सम्म अम्मोनीहरूले योतामलाई 100 तोडा चाँदी, 10,000 मुरी[b] गहुँ अनि 10,000 मुरी जौं दिए।

योताम शक्तिशाली भए किनभने तिनले विश्वसनीय रूपले परमप्रभु उसका परमेश्वरका आदेश पालन गरे। योतामले गरेका अन्य कुराहरू अनि तिनका सबै युद्धहरू इस्राएली अनि यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्। योताम पच्चीस बर्षका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा सोह्र बर्ष सम्म शासन गरे। तब योतामको मृत्यु भयो अनि तिनका पुर्खाहरूसित गाडिए। मानिसहरूले तिनलाई दाऊदका शहरमा गाडे। आहाज योतामका स्थानमा नयाँ राजा भए। आहाज योतामका छोरा थिए।

आहाज यहूदाका राजा

28 आहाज बीस बर्षका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा सोह्र बर्ष सम्म शासन गरे। आहाज आफ्ना पुर्खा दाऊद जस्तै ठीक सित बसेनन्। आहाजले ती कुराहरू गरेनन् जो परमप्रभु तिनले गरेका चाहनु हुन्थ्यो। आहाजले इस्राएलका राजाहरूको नराम्रो उदाहरण अनुशरण गरे। तिनले बाल देवताहरूको पूजा गर्नका निम्ति मूर्ति निर्माण गर्न साँचाहरूको प्रयोग गरे। आहाजले बेन-हिन्नोम बेंसीमा धूप जलाए। तिनले आफ्नै छोराहरूलाई आगोमा जलाएर बलि चढाए। तिनले त्यस्तै भयानक पापहरू गरे जस्तो पाप त्यस देशमा बस्ने मानिसहरूले गरेका थिए। परमप्रभुले ती मानिसहरूलाई त्यहाँबाट बाहिर निक्लन विवश पार्नु भएको थियो, जब इस्राएलका मानिसहरू त्यस देशमा आएका थिए। आहाजले उच्च स्थानहरूमा, पहाडहरूमा अनि हरेक हरियो वृक्ष मुनि बलिहरू चढाए र धूप बाले।

5-6 आहाजले पाप गरे, यसर्थ परमप्रभु तिनका परमेश्वरले अरामका राजालाई आहाजलाई परास्त गर्न दिनु भयो। अरामका राजा अनि तिनका सेनाले आहाजलाई परास्त गरे अनि यहूदाका अनेक मानिसहरूलाई बन्दी बनाए। अरामका राजाले ती बन्दीहरूलाई दमीशक शहरमा लगे। परमप्रभुले इस्राएलका राजा पेकहलाई पनि आहाजलाई परास्त गर्न दिनु भयो। पेकहका पिताको नाउँ रमल्याह थियो। पेकह अनि तिनका सेनाले यहूदाका 1,20,000 साहसी सैनिकहरूलाई एकै दिनमा मारे। पेकहले ती यहूदाका मानिसहरूलाई परास्त गरे किनभने तिनीहरूले तिनीहरूका पुर्खाहरूले आज्ञा पालन गर्ने परमप्रभु परमेश्वरको आज्ञा पालन गर्न छाडेका थिए। जिंक्री एप्रैमका एक साहसी सैनिक थिए। जिंक्रीले राजा आहाजका छोरा मासेयाह राज महलको जिम्मामा रहेको अधिकारी अज्रीकाम अनि एल्कानालाई मारे। एल्काना राजा देखि दोस्रो शक्तिका थिए।

इस्राएली सेनाले यहूदामा बस्ने तिनीहरूको आफ्नै 2,00,000 आफन्तहरू पक्रे। तिनीहरूले स्त्री, केटा-केटीहरू अनि मूल्यवान वस्तुहरू यहूदाबाट लगे। इस्राएलीहरूले ती बन्दीहरू अनि ती बस्तुहरूलाई सामरिया शहरमा ल्याए। तर त्यहाँ परमप्रभुको एउटा अगमवक्ता थिए। यो अगमवक्ताको नाउँ ओबेद थियो। ओबेदले ती इस्राएली मानिसहरूसित भेट गरे जो सामरिया फर्की आएका थिए। ओदेदले इस्राएली सेनालाई भने, “तिमीहरूका पुर्खाहरूले आज्ञा पालन गर्ने परमप्रभु परमेश्वरले तिमीहरूलाई यहूदाका मानिसहरूलाई परास्त पार्न दिनु भएको थियो किनभने उहाँ तिनीहरूसित क्रोधित हुनुहुन्थ्यो। तिमीहरूले यहूदाका मानिसहरूलाई अति नीच प्रकारले मार्यौ अनि दण्ड दियौ अब परमेश्वर तिमीहरूसित क्रोधित हुनुहुन्छ। 10 तिमीहरूले यहूदा र यरूशलेमका मानिसहरूलाई दासको रूपमा राख्ने योजना गरेका छौ। तिमीहरूले तिमीहरूका परमप्रभु परमेश्वरको विरूद्ध पनि पाप गरेका छौ। 11 मेरो कुरा सुन। तिम्रा दाज्यू-भाइ अनि दिदी-बहिनीहरू जसलाई तिमीहरूले पक्रेका छौ, फर्काइ पठाऊ। यो काम गरिहाल किनभने परमप्रभुको भयानक क्रोध तिमीहरूको विरूद्ध छ।”

12 तब एप्रैमका केही प्रमुखहरूले इस्राएली सेनालाई युद्ध देखि घर फर्किएर आएका देखे। ती प्रमुखहरूले इस्राएली सैनिकहरूसित भेट गरे अनि तिनीहरूलाई चेताउनी पनि दिए। ती प्रमुखहरू योहानानका छोरा अजर्याह, मशिल्लेमोतको छोरा बेरेक्याह, शल्लूमका छोरा हिजकियाह अनि हद्लेका छोरा अमासा थिए। 13 ती प्रमुखहरूले इस्राएली सैनिकहरूलाई भने, “यहूदाका कैदीहरूलाई यहाँ नल्याऊ। यदि तिमीहरूले त्यसो गर्यौ भने यसले हामीलाई परमप्रभुको विरूद्ध घोर पाप गरेको तुल्याउने छ। त्यसले हाम्रा पाप अनि दोषहरूलाई अधिक नराम्रो तुल्याउने छ अनि परमप्रभु इस्राएलको विरूद्ध अत्यन्त क्रोधित हुनुहुने छ।”

14 यसर्थ, सैनिकहरूले ती कैदीहरू अनि मूल्यवान वस्तुहरू ती प्रमुखहरू अनि इस्राएलका मानिसहरूलाई दिए। 15 ती प्रमुखहरू अजर्याह, बेरेक्याह, हिजकियाह अनि अमासा उठे अनि कैदीहरूलाई सहायता गरे। यी चार व्यक्तिहरूले वस्त्रहरू लिए जो इस्राएली सैनिकहरूले ल्याएका थिए अनि ती वस्त्रहरू, ती मानिसहरूलाई दिए जो नग्न थिए। ती प्रमुखहरूले ती मानिसहरूलाई जुत्ताहरू पनि दिए। तिनीहरूले यहूदाका कैदीहरूलाई केही खान अनि पिउन दिए। तिनीहरूले ती मानिसहरूको घाउलाई नरम पार्न अनि निको तुल्याउन तेल मालिस गरि दिए। त्यस पछि एप्रैमका ती प्रमुखहरूले कमजोर कैदीहरूलाई गधामा चढाए र तिनीहरूलाई खजूर बृक्षको शहर यरीहोमा तिनीहरूका परिवारहरू कहाँ घर फर्काइ लगे। तब ती चार जना प्रमुखहरू घर तर्फ सामरिया फर्के।

16-17 त्यस समयमा, एदोमका मानिसहरू फेरि आए अनि यहूदाका मानिसहरूलाई परास्त गरे। एदोमीहरूलाई मानिसहरूले पक्रे अनि तिनीहरूलाई कैदीको रूपमा लगेर गए। यसर्थ राजा आहाजले अश्शूरका राजासित तिनलाई सहायता गर्नु भनी याचना गरे। 18 पलिश्ती मानिसहरूले पनि पहाडहरू अनि दक्षिण यहूदाका शहरहरू माथि आक्रमण गरे पलिश्तीहरूले बेत-शेमेश, अय्यालोन, गदेरोत, सोको, तिम्ना अनि गिम्जो शहरहरू कब्जामा लिए। तिनीहरूले ती शहरहरू नजिकका गाउँहरू पनि अधिकारमा लिए। त्यस पछि ती पलिश्तीहरू ती शहरहरूमा बसे।

19 परमप्रभुले यहूदालाई दुःख-कष्ट दिनु भयो किनभने यहूदाका राजा आहाजले यहूदाका मानिसहरूलाई पाप गर्नमा उत्साहित तुल्याएका थिए। तिनी परमप्रभु प्रति अत्यन्त अविश्वासनीय थिए। 20 अश्शूरका राजा तिग्लत पिलेसेर आए अनि आहाजलाई सहायता गर्नका सट्टा कष्ट दिए। 21 आहाजले परमप्रभुको मन्दिरबाट र राज महलबाट अनि राज कुमार-महलबाट केही मूल्यवान वस्तुहरू निकाले। आहाजले ती बस्तुहरू अश्शूरका राजालाई दिए। तर त्यसले आहाजलाई केही सहायता भएन।

22 आहाजको कष्टमा तिनले अझ नराम्रो पाप गरे अनि परमप्रभु प्रति अझ अधिक अविश्वासनीय भए। 23 तिनले दमीशकका मानिसहरूले पूजा गर्ने देवताहरूलाई बलि अर्पण गरे। दमीशकका मानिसहरूले आहाजलाई परास्त पारेका थिए। यसर्थ तिनले आफै सोचे, “अरामका मानिसहरूले पूजा गर्ने देवताहरूले तिनीहरूलाई सहायता गरे। यसर्थ यदि मैले ती देवताहरूलाई बलि अर्पण गरें भने हुन सक्छ तिनीहरूले मलाई पनि सहायता गर्ने छन्।” आहाजले ती देवताहरूको पूजा गरे। यस प्रकारले तिनले पाप गरे अनि तिनले इस्राएलका मानिसहरूलाई पाप गर्न लगाए।

24 आहाजले परमेश्वरको मन्दिरबाट चीज-बीज जम्मा गरे अनि तिनीहरूलाई टुक्रा-टुक्रा पारे। त्यसपछि तिनले परमप्रभुको मन्दिरको ढोका बन्द गरिदिए। तिनले वेदीहरू बनाए अनि तिनीहरूलाई यरूशलेमको हरेक सडकका कुना-कुनामा राखे। 25 यहूदाका प्रत्येक शहरमा आहाजले अरू देवताहरूको पूजा गर्नका निम्ति धूप बाल्न उच्च स्थानहरू निर्माण गरे। आहाजले तिनका पुर्खाहरूले आज्ञा पालन गर्ने परमप्रभु परमेश्वरलाई अत्यन्त क्रोधित तुल्याए।

26 आहाजले शुरू देखि अन्त सम्म गरेका अन्य कुराहरू यहूदा अनि इस्राएलका राजाहरूका इतिहास पुस्तकमा लेखिएका छन्। 27 आहाजको मृत्यु भयो अनि तिनका पुर्खाहरू सित गाडिए। मानिसहरूले आहाजलाई यरूशलेम शहरमा गाडे। तर तिनीहरूले आहाजलाई त्यो चिहानमा गाडेनन् जहाँ इस्राएलका राजाहरूलाई गाडिन्थ्यो। हिजकियाह आहाजका स्थानमा नयाँ राजा भए। हिजकियाह आहाजका छोरा थिए।

हिजकियाह यहूदाका राजा

29 हिजकियाह जब पच्चीस बर्ष पुगे तब तिनी राजा भए। तिनले यरूशलेममा उनन्तीस बर्षसम्म राज गरे। तिनकी आमाको नाउँ अबियाह थियो। अबियाह जकर्याहकी छोरी थिइन्। हिजकियाहले परमप्रभुले तिनीद्वारा गर्न चाहनु भएका कुराहरू गरे तिनले आफ्ना पुर्खा दाऊदले गरेका जस्तै सही कार्य गरे।

हिजकियाहले परमप्रभुको मन्दिरका ढोकाहरू लगाइ दिए अनि तिनीहरूलाई दृढ बनाए। हिजकियाहले मन्दिर फेरि खुल्ला गरि दिए। तिनले यो काम आफू राजा भएको पहिलो बर्षको पहिलो महीनामा गरे। 4-5 हिजकियाले पूजाहारीहरू अनि लेवीहरूलाई सभामा एक साथ गरे। तिनले तिनीहरूसित मन्दिरको पूर्व तफर्को खुल्ला आँगानमा सभा गरे। हिजकियाहले तिनीहरूलाई भने, “मेरो कुरा सुन, लेवीहरू। तिमीहरूले स्वयंलाई पवित्र सेवाको निम्ति तयार गर। परमप्रभु परमेश्वरको मन्दिरलाई पवित्र सेवाका निम्ति तयार पार, उहाँ तिमीहरूका पुर्खाहरूले आज्ञा पालन गर्ने परमेश्वर हुनु हुन्छ। मन्दिरबाट ती चीज-बीजहरू हटाइ देऊ जो त्यहाँको होइन। ती चीज बीजहरूले मन्दिरलाई शुद्ध तुल्याउँदैन। हाम्रा पुर्खाहरूले परमप्रभुलाई त्याग गरे अनि आफ्ना अनुहार परमप्रभुको मन्दिरबाट टाढा फर्काए। तिनीहरूले मन्दिरको दलानका ढोकाहरू थुनि दिए अनि दीपहरूमा बत्ती निभ्न दिए। तिनीहरूले इस्राएलका परमेश्वरलाई पवित्र स्थानमा धूप बाल्न अनि होमबलि चढाउन बन्द गरे। यसर्थ परमप्रभु यहूदा अनि यरूशलेमका मानिसहरू प्रति अत्यन्त क्रोधित हुनु भयो। परमप्रभुले तिनीहरूलाई दण्ड दिनु भयो। अरू मानिसहरू भयभीत भए अनि विचलित भए जब तिनीहरूले देखे परमप्रभुले यहूदा अनि यरूशलेमका मानिसहरूलाई के गरे। ती अन्य मानिसहरूले यहूदाका मानिसहरूका निम्ति घृणा अनि लाजले आफ्ना शिरहरू हल्लाए। तिमीहरू जान्दछौ, यी कुराहरू सत्य हुन्। तिमीहरू आफ्नै आँखाले देख्न सक्छौ। अनि, त्यसै कारणले गर्दा हाम्रो पुर्खाहरू युद्धमा मारिए। हाम्रा छोरा अनि छोरीहरू अनि पत्नीहरूलाई कैदी बनाइए। 10 यसकारण अब म, हिजकियाहले इस्राएलका परमप्रभु परमेश्वर सित करार गर्ने निश्चय गरेको छु। तब उहाँ हामी सित अब उप्रान्त क्रोधित हुनहुने छैन। 11 यसकारण मेरो छोराहरू, अल्छे नबन वा अझ अधिक समय खेर नफाल। परमप्रभुले उहाँको सेवा गर्नका निम्ति तिमीहरूलाई चुन्नु भएको छ। उहाँले तिमीहरूलाई उहाँको मन्दिरमा सेवा गर्न अनि धूप बाल्नका निम्ति चुन्नु भएको छ।”

12-14 यो त्यहाँ भएका लेवीहरूको सूचीहो जसले काम गर्न शुरू गरेः

कहातका परिवारबाट अमासैका छोरा महत अनि अजर्याहका छोरा योएल थिए।

मरारीका परिवारबाट अब्दीका छोरा कीश अनि यहल्लेलका छोरा अजर्याह थिए।

गेर्शोनका परिवारबाट जीम्माका छोरा योआह अनि योआहका छोरा एदेन थिए।

एलीसापानका परिवारहरूबाट शिम्री अनि यूएल थिए।

आसापका परिवारहरूबाट जकर्याह अनि मत्तन्याह थिए।

हेमानका परिवारहरूबाट यहूएल अनि शिमी थिए।

यदूतूनका परिवारहरूबाट शमायाह अनि उज्जीएल थिए।

15 तब, यी लेवीहरूले आफ्ना दाज्यू-भाइहरूलाई पनि तिनीहरू सित भेला गरे अनि स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारे। तिनीहरूले राजाका आदेशको पालन गरे जो परमप्रभुबाट आएको थियो। तिनीहरूले यसलाई शुद्ध पार्नका निम्ति परमप्रभुको मन्दिर भित्र गए। 16 पूजाहारीहरू परमप्रभुको मन्दिरको भित्री भाग शुद्ध गर्न गए। तिनीहरूले भेट्टाएका सबै अशुद्ध चीज-बीजहरू निकाले। तिनीहरूले अशुद्ध चीज-बीजहरू परमप्रभुको मन्दिरको आँगनमा ल्याए। तब लेवीहरूले ती अशुद्ध चीज-बीजहरू बाहिर किद्रोन बेंसीमा लगे। 17 पहिलो महीनाको पहिलो दिनमा लेवीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार पार्न शुरू गरे। त्यो महीनाको आठौं दिनमा लेवीहरू परमप्रभुको मन्दिरको दलानमा आए। अझ आठ दिन तिनीहरूले परमप्रभुको मन्दिरलाई पवित्र प्रयोगका निम्ति तयार पार्नका निम्ति सफा गरे। तिनीहरूले पहिलो महीनाको सोह्रौं दिनमा काम पूर्ण गरे।

18 तब तिनीहरू राजा हिजकियाह कहाँ गए। तिनीहरूले तिनलाई भने, “राजा हिजकियाह, हामीले परमप्रभुको मन्दिरको, होमबलिको वेदी अनि मन्दिरका सबै चीजहरू सफा गर्यौं। हामीले रोटीका लहर राख्ने मेच त्यस मेच सित प्रयोग गरिने सबै चीहरू सहित सफा गर्यौं। 19 आहाज राजा रहेको समयमा तिनले परमेश्वरको विरूद्ध विद्रोह गरे। तिनले मन्दिरमा भएका धेरै चीजहरू फ्याँकी दिए। तर हामीले ती सबै चीजहरू राखि दियौं अनि तिनीहरूलाई तिनीहरूको विशेष प्रयोगका निम्ति तयार पार्यौं। अहिले तिनीहरू परमप्रभुको वेदी सामुन्ने छन्।”

20 राजा हिजकियाहले शहर अधिकारीहरूलाई भेला गरे अनि भोलि पल्ट बिहानै परमप्रभुको मन्दिर सम्म गए। 21 तिनीहरूले सातवटा गोरूहरू सातवटा भेंडाहरू, सातवटा भेंडाका थुमाहरू अनि सातवटा भेडका पाठाहरू ल्याए। यी पशुहरू राज्यका पापबलिको निम्ति थिए, पवित्र स्थानलाई शुद्ध तुल्याउन अनि यहूदाका मानिसहरूका निम्ति थिए। राजा हिजकियाहले ती पशुहरूलाई परमप्रभुको वेदीमाथि अर्पण गर्नु भनी पूजाहारीहरूलाई आज्ञा दिए जो हारूनका सन्तानहरू थिए, तिनीहरूलाई आदेश दिए। 22 यसर्थ पूजाहारीहरूले गोरूहरूलाई मारे अनि रगत लिए। त्यसपछि तिनीहरूले गोरूको रगत वेदीमा छर्किदिए। तब पूजाहारीहरूले भेंडाका पाठाहरू मारे अनि भेंडाका पाठाको रगत वेदीमा छर्किदिए। 23-24 त्यस पछि पूजाहारीहरूले बाख्राहरूलाई राजा र भेला भएका मानिसहरूको सामुन्ने ल्याए। ती बाख्राहरू पाप बलि थिए। पूजाहारीहरूले आफ्ना हात बाख्रा माथि राखे अनि बाख्राहरूलाई मारे। पूजाहारीहरूले बाख्राको रगतद्वारा वेदीमा पाप बलि अर्पम गरे। तिनीहरूले यसो गरे जसद्वारा परमेश्वरले इस्राएलका मानिसहरूको पापलाई क्षमा गरिदिनुहुनेछ। राजाले भने कि त्यो होमबलि अनि पाप बलि इस्राएलका सबै मानिसहरूका निम्ति हुनु पर्छ।

25 राजा हिजकियाहले लेवीहरूलाई दाऊद, राजाका दर्शी गाद अनि अगमवक्ता नातानले आदेश गरेका प्रकारले, झ्याम्टा, सितार अनि वीणाहरू सहित परमप्रभुको मन्दिरमा राखे। यो आदेश उहाँका अगमवक्ता मार्फत परमप्रभुबाट आएको हो। 26 यसर्थ लेवीहरू दाऊदका वाद्य-यन्त्रहरू सहित अनि पूजाहारीहरू आफ्ना तुरहीहरू सहित उभिए। 27 तब हिजकियाहले वेदीमा होमबलि चढाउने आदेश दिए। जब होमबलि शुरू भयो परमप्रभुको स्तुति गान पनि शुरू भयो। तुरहीहरू फुके अनि इस्राएलका राजा दाऊदका बाजा बजाइए। 28 सम्पूर्ण सभाले शिर झुकाए, संङ्गीतकारहरूले गाए अनि तुरही बजाउनेहरूले आ-आफ्ना तुरही होमबलि पूर्ण नभएसम्म बजाए।

29 बलिदानहरू पूरा भए पछि राजा हिजकियाह अनि तिनका साथ भएका सबै मानिसहरू तल झुके र आराधना गरे। 30 राजा हिजकियाह अनि तिनका अधिकारीहरूले लेवीहरूलाई परमप्रभुको प्रशंसा गर्ने आज्ञा दिए। तिनीहरूले ती गीतहरू गाए जो दाऊद अनि दर्शी आसापले लेखेका थिए। तिनीहरूले परमेश्वरको प्रशंसा गरे अनि प्रशन्न भए। तिनीहरू सबै झुके र परमेश्वरको आराधना गरे। 31 हिजकियाहले भने, “अब यहूदाका मानिसहरू तिमीहरूले स्वयंलाई परमप्रभु प्रति अर्पण गरिसकेकाछौ। नजिक आऊ बलि र धन्यवादको भेटी परमप्रभुको मन्दिरमा ल्याऊ।” तब मानिसहरूले बलिहरू अनि धन्यवादका भेटीहरू ल्याए। कुनै पनि व्यक्ति जसले चाहन्थे, तिनीहरूले पनि होमबलि ल्याए। 32 सभाले मन्दिरमा ल्याएका होमबलिहरू यी हुन्; 70 गोरूहरू, 100 वटा भेंडाहरू अनि 200 भेंडाका थुमाहरू। यी सबै पशुहरूलाई परमप्रभुका निम्ति होमबलिको रूपमा बलिदान गरिए। 33 परमप्रभुको निम्ति पवित्र भेटीहरू 600 गोरूहरू अनि 3,000 भेंडा अनि बाख्रहरू थिए। 34 तर त्यहाँ होमबलिका निम्ति पशुहरूको छाला काढ्ने अनि पशुहरूलाई काट्ने पर्याप्त पूजाहारीहरू थिएनन्। यसर्थ तिनीहरूका आफन्तहरू, लेवीहरूले काम नसकुन्जेल अनि अन्य पूजाहारीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार नपारून्जेल तिनीहरूलाई सहायता गरे। तिनीहरू स्वयंलाई परमप्रभुको सेवाका निम्ति तयार गर्न लेवीहरू अधिक ध्यान मग्न थिए। तिनीहरू पूजाहारीहरू भन्दा अधिक ध्यान मग्न थिए। 35 त्यहाँ अनेक होमबलि, अनि मेलबलिको बोसो अनि अर्घबलिहरू थिए। यसरी परमप्रभुको मन्दिरमा सेवा कार्य फेरि शुरू भयो। 36 हिजकियाह अनि मानिसहरू अति प्रशन्न थिए परमेश्वरले मानिसहरूका निम्ति प्रस्तुत गर्नु भएका कुराहरूको बारेमा अनि तिनीहरू उहाँले यति चाँडो गर्नु भएकोमा खुशी थिए।

हिजकियाहले निस्तार चाड़मा नयाँ उत्सव मनाउँछन्

30 राजा हिजकियाहले इस्राएल अनि यहूदाका समस्त मानिसहरूलाई खबर पठाए। तिनले एप्रैम अनि मनश्शेका मानिसहरूलाई पनि पत्रहरू लेखे। हिजकियाहले ती सबै मानिसहरूलाई परमप्रभुको मन्दिरमा यरूशलेम आउनु भनी निमन्त्रण गरे, ताकि परमप्रभु इस्राएलका परमेश्वरका निम्ति तिनीहरू सबैले निस्तार चाड मनाउन सकून्। उसका सबै अधिकारीहरू अनि यरूशलेमका मानिसहरूले निस्तार पर्व दोस्रो महीना गरिने कुरामा राजा हिजकियाह सहमत भए। तिनीहरूले निस्तार उत्सव नियमित समयमा मनाउन सकेनन्। किनभने पूजाहारीहरू पर्याप्त संख्यामा स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारेका थिएनन्। अनि अर्को कारण हो मानिसहरू यरूशलेममा भेला भएका थिएनन्। त्यो सहमतीले राजा हिजकियाह अनि सम्पूर्ण सभालाई सन्तुष्ट तुल्यायो। यसर्थ तिनीहरूले इस्राएलका चारैतिर, बेर्शेवा शहरदेखि दान शहरसम्म एउटा घोषणा गरे। तिनीहरूले मानिसहरूलाई परमप्रभु इस्राएलका परमेश्वरका निम्ति निस्तार चाड मनाउन यरूशलेममा आउनु भनी भने। इस्राएलका मानिसहरूको एक विशाल समूहले निस्तार चाड लामो समय अघि देखि त्यस प्रकारले मनाउन पाएका थिएनन् जुन प्रकारले मोशाको व्यवस्थाले यसलाई मनाउनु भनेका थिए। यसर्थ संन्देश बाहकहरू राजा अनि अधिकारीहरू राजाले आज्ञा गरे झैं पत्रहरू लिएर इस्राएल अनि यहूदा भरि गए। ती पत्रहरूमा यस्तो भनिएको थियोः

“इस्राएलका छोरा-छोरीहरू, परमप्रभु, परमेश्वर तर्फ फर्केर आऊ जसका आज्ञा अब्राहाम, इसहाक अनि इस्राएलले पालन गर्दथे। तब परमेश्वरका मानिसहरू तिमीहरू जो अझ सम्म जीवित छौ अनि अश्शूरका राजाको अधिकारबाट उम्केका छौ। तिमीहरू कहाँ परमेश्वर फर्की आउनु हुनेछ। तिमीहरू आफ्ना पिताहरू अनि दाज्यू-भाइहरू जस्तो नहोओ। परमप्रभु तिनीहरूका पिता-पुर्खाहरूका परमेश्वर हुनुहुन्थ्यो, तर तिनीहरू उहाँको विरूद्ध फर्के यसर्थ परमप्रभुले मानिसहरूलाई तिनीहरू प्रति तिरस्कार गर्ने अनि तिनीहरूको बारेमा नराम्रो भन्ने बनाइदिनु भयो। तिमीहरू तिमीहरूका आफ्नै आँखाले देख्न सक्छौ कि यो साँच्चो हो। तिमीहरूका पुर्खाहरू जस्तै तिमीहरू ढीट नबन। तर साँचो हृदयले परमप्रभुको आज्ञा पालन गर। सर्वाधिक पवित्र स्थानमा आऊ। परमप्रभुले महा-पवित्र स्थानलाई सधैँका निम्ति पवित्र तुल्याउनु भएको छ। परमप्रभु तिम्रा परमेश्वरको सेवा गर। तब परमप्रभुको डरलाग्दो क्रोध तिमीहरूबाट टाढा फर्कने छ। यदि तिमीहरू फर्की आयौ भने अनि परमप्रभुको आज्ञा पालन गर्यौ भने, तब तिम्रा आफन्तहरू अनि तिम्रा केटा-केटीहरूले ती मानिसहरूबाट दया पाउने छन् जसले तिनीहरूलाई कैद गरे। अनि तिम्रा आफन्तहरू अनि तिम्रो केटा-केटीहरू यो देशमा फर्की आउने छन्। परमप्रभु तिम्रा परमेश्वर दयालु अनि कृपालु हुनुहुन्छ। उहाँ तिमीहरूबाट टाढा फर्कनु हुने छैन यदि तिमीहरू उहाँ कहाँ फर्की आयौ भने।”

10 संन्देश वाहकहरू एप्रैम अनि मनश्शेका क्षेत्रका प्रत्येक शहरमा गए। तिनीहरू जबूलून क्षेत्र सम्म गए। तर मानिसहरू ती दूतहरू प्रति हाँसे अनि तिनीहरूको खिल्ली उडाए। 11 तर, आशेर, मनश्शे अनि जबूलूनका केही मानिसहरूले स्वयंलाई विनम्र तुल्याए अनि यरूशलेम तिर गए। 12 यहूदामा पनि परमेश्वरको शक्तिले मानिसहरूलाई सँगठित तुल्याए जसद्वारा तिनीहरूले राजा अनि तिनका अधिकारीहरूका आज्ञा पालन गर्ने छन्। यस प्रकारले तिनीहरूले परमप्रभुको वचन पालन गरे।

13 धेरै मानिसहरू दोस्रो महीनामा अखमीरे रोटीको चाड मनाउनका निम्ति यरूशलेममा साथ आए। यो एउटा अत्यन्त विशाल भीड थियो। 14 ती मानिसहरूले यरूशलेमका वेदीहरू निकाले जो असत्य देवताहरूका निम्ति थिए। तिनीहरूले सबै धूप वेदीहरू पनि हटाए जो असत्य देवताहरूका निम्ति थिए। तिनीहरूले ती वेदीहरूलाई किद्रोन बेंसीमा फ्याँकि दिए। 15 त्यस पछि तिनीहरूले दोस्रो महीनाको चौधौं दिनमा निस्तार चाडको थुमाको पाठा मारे। पूजाहारी अनि लेवीहरू लज्जित भए। तिनीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार गरे। पूजाहारी अनि लेवीहरूले परमप्रभुको मन्दिर भित्र होमबलिहरू ल्याए। 16 तिनीहरूले मोशा, परमेश्वरको मानिसको व्यवस्थामा भनिएको जस्तै प्रकारले मन्दिरमा आफ्ना नियमित स्थानहरू लिए। लेवीहरूले रगत पूजाहारीहरूलाई दिए तब पूजाहारीहरूले रगतलाई वेदीमा छर्कि दिए।

17 त्यहाँ समूहमा धेरै मानिसहरू थिए जसले स्वयंलाई पवित्र सेवाका निम्ति तयार राखेका थिएनन्, यसर्थ तिनीहरूलाई निस्तार चाडको थुमाको पाठालाई मार्ने अनुमति थिएन। त्यसै कारणले हरेक व्यक्तिका निम्ति, जो शुद्ध थिएन, निस्तार चाडको थुमाको पाठालाई मार्ने जिम्मा लेवीहरूलाई थियो। लेवीहरूले प्रत्येक थुमाका पाठालाई परमप्रभुका निम्ति पवित्र बनाए।

18-19 एप्रैम, मनश्शे, इस्साकार अनि जबूलूनका धेरै मानिसहरूले स्वयमलाई निस्तार चाडका निम्ति उचित ढङ्गले तयार पारेका थिएनन्। तिनीहरूले मोशाको व्यवस्थामा भनेको प्रकारले ठीक ढङ्गले निस्तार चाड मनाएनन्। तर हिजकियाहले ती मानिसहरूका निम्ति प्रार्थना गरे। यसर्थ हिजकियाहले यो प्रार्थनामा यो भने, “परमप्रभु परमेश्वर, तपाईं असल हुनुहुन्छ। यी मानिसहरू साँच्चैनै तपाईंको आराधना उचित ढङ्गले गर्न चाहन्थे, तर तिनीहरूले व्यवस्थामा भने अनुसार स्वयंलाई शुद्ध पारेनन्। कृपया ती मानिसहरूलाई क्षमा गरिदिनु होस्। तपाईं परमेश्वर हुनुहुन्छ जसको आज्ञा हाम्रो पुर्खाहरू मान्थे। यदि कसैले महा-पवित्र स्थानको नियम अनुसार स्वयंलाई शुद्ध नपारेको भएता पनि क्षमा गरिदिनु होस्।” 20 परमप्रभुले राजा हिजकियाहको प्रार्थना सुनिदिनु भयो। परमप्रभुले मानिसहरूलाई क्षमा प्रदान गर्नु भयो। 21 यरूशलेममा इस्राएलका केटा-केटीहरूले अखमिरी रोटीको उत्सव सात दिन सम्म मनाए। तिनीहरू अत्यन्त प्रसन्न थिए। लेवी अनि पूजाहारीहरूले आफ्ना पूरा शक्ति लाएर प्रतिदिन परमप्रभुको स्तुति गरे। 22 राजा हिजकियाहले ती सबै लेवीहरूलाई उत्साह दिए जसले परमप्रभुको सेवा कसरी गर्नु पर्छ सो राम्रोसित जान्दथे। मानिसहरूले त्यो उत्सव सात दिनसम्म मनाए अनि मेलबलि अर्पण गरे। तिनीहरूले तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरलाई धन्यवाद चढाए अनि स्तुति गरे।

23 समस्त मानिसहरू अझ सात दिन बस्न सहमत भए। तिनीहरूले निस्तार चाड अझ सात दिन मनाउँदा तिनीहरू अति प्रसन्न रहे। 24 हिजकियाह, यहूदाका राजाले 1,000 गोरूहरू अनि 7,000 भेंडाहरू मार्नु र खानु भनी सभालाई दिए। प्रमुखहरूले 1,000 गोरूहरू अनि 10,000 भेंडाहरू सभालाई दिए। धेरै पूजाहारीहरूले तिनीहरू स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारे। 25 यहूदाका सम्पूर्ण सभा, पूजाहारीहरू, लेवीहरू, सम्पूर्ण सभा जो इस्राएलबाट आएका थिए अनि यात्रीहरू जो इस्राएलबाट आएर यहूदामा पुगेका थिए। ती सबै मानिसहरू अत्यन्त प्रसन्न थिए। 26 यसरी यरूशलेममा अति ठूलो रमाहट थियो। यस किसिमको समारोह जस्तो इस्राएलका राजा दाऊदका छोरा सुलेमानको समय देखि यता अरू कुनै कुरा भएको थिएन। 27 पूजाहारीहरू अनि लेवीहरू उभिए अनि मानिसहरूलाई आशीर्वाद दिनु भनी परमप्रभु सित प्रार्थना गरे। परमेश्वरले तिनीहरूका प्रार्थना सुनिदिनु भयो। तिनीहरूको प्रार्थना स्वर्गमा परमप्रभुको पवित्र मन्दिर सम्म पुग्यो।

राजा हिजकियाहले सुधार गर्छन्

31 निस्तार चाडको समारोह समाप्त भयो। इस्राएलका मानिसहरू जो निस्तार चाडका निम्ति यरूशलेममा थिए यहूदाका शहरहरूतिर गए। तब तिनीहरूले पवित्र खामाहरू तोडिदिए जो त्यो शहरहरूमा थिए। ती पवित्र खामाहरू असत्य देवताहरूको लागि अर्पण गरिएका थिए। मानिसहरूले अशेरा स्तम्भहरू पनि काटि दिए। अनि तिनीहरूले यहूदा अनि बिन्यामीन क्षेत्र भरिका उच्च-स्थानहरू अनि वेदीहरू नष्ट गरिदिए। मानिसहरूले एप्रैम अनि मनश्शे क्षेत्रमा त्यसै गरे। मानिसहरूले असत्य देवताहरूको पूजा गर्नमा प्रयोग गरिने सबै चीज-बीजहरू नष्ट नभए सम्म यस्ता कुराहरू गरिरहे। त्यसपछि सबै इस्राएलीहरू आ-आफ्ना शहरमा घर तिर फर्के।

पूजाहारी अनि लेवीहरू समूहहरूमा विभक्त गरिएका थिए अनि प्रत्येक समूहले गर्नु पर्ने आफ्नै विशेष कामहरू थिए। यसर्थ राजा हिजकियाहले यी समूहहरूलाई आफ्ना कामहरू गर्न शुरू गर्नु भने। यसर्थ पूजाहारी अनि लेवीहरूले फेरि होमबलि अनि मेलबलि चढाउने काम गर्न थाले। अनि तिनीहरूको काम मन्दिरमा सेवा गर्नु, अनि गाउनु अनि परमप्रभुको मन्दिरको द्वारमा परमेश्वरको स्तुति गर्नु थियो। हिजकियाहले तिनका आफ्नै केही पशुहरू होमबलिका निम्ति चढाउनु भनी दिए। यी पशुहरूलाई दैनिक होमबलिका निम्ति प्रयोग गरिन्थ्यो जो प्रत्येक विहान अनि प्रत्येक साँझ गरिन्थ्यो। यी पशुहरूलाई विश्रामका दिनहरूमा, औंसीका उत्सवहरूमा अनि अन्य विशेष उत्सवहरूमा चढाइन्थ्यो। यसलाई परमप्रभुको व्यवस्थामा लेखिएको जस्तै रूपमा गरिन्थ्यो।

मानिसहरूले आफ्ना फसल अनि बस्तुहरूको एक अंश पूजाहारी अनि लेवीहरूलाई दिनु पर्ने थियो। यसर्थ हिजकियाहले यरूशलेममा बस्ने मानिसहरूलाई तिनीहरूका भाग दिनु भनी आदेश गरे। यस रीतले पूजाहारी अनि लेवीहरूले आफ्ना पुरा समय त्यसो गर्नमा लगाउन सक्ने छन् जो व्यवस्थाले तिनीहरूलाई गर्नु भनेको छ। देश भरिका मानिसहरूले यो आदेशको बारेमा सुने। यसर्थ इस्राएलका मानिसहरूले आफ्ना अन्न, दाख, तेल, मह अनि तिनीहरूले आफ्ना खेतहरूमा उमारेका सबै चीजहरूको फसलको पहिलो भाग दिए। तिनीहरूले यी धेरै चीजहरूका दशौं भाग ल्याए। यहूदामा बस्ने इस्राएलीहरू अनि यहूदाका मानिसहरूले पनि आफ्ना गाई बस्तु अनि भेंडाका एक-दशौं भाग ल्याए। तिनीहरूले ती चीजहरूको एक-दशौं अंश पनि ल्याए जसलाई विशेष स्थानमा राखिन्थ्यो जो केवल परमप्रभुको निम्ति थियो। यी सबै चीज-बीजहरू तिनीहरूले आफ्ना परमप्रभु परमेश्वरको निम्ति ल्याए। तिनीहरूले ती सबै चीज-बीजहरू थाक पारेर राखे।

मानिसहरूले ती चीज-बीजहरू तेस्रो महीना तिर ल्याउन शुरू गरे अनि सातौं महीनामा सँग्रहको काम पूरा गरे। जब हिजकियाह अनि प्रमुखहरू आए तिनीहरूले चीज-बीजका राश देखे जो सँग्रह गरिएका थिए। तिनीहरूले परमप्रभु अनि उहाँका मानिसहरूको, इस्राएलका मानिसहरूको प्रशंसा गरे।

तब हिजकियाहले पूजाहारी अनि लेवीहरूलाई चीज बीजको रासको बारेमा सोधे। 10 अजर्याह, सादोकका परिवारका प्रधान पूजाहारीले हिजकियाहलाई भने, “मानिसहरूले परमप्रभुको मन्दिरमा भेटीहरू ल्याउन थालेको समय देखि हामीले प्रशस्त खाने कुरा पाएका छौं। हामीले हाम्रो पेट नभरिए सम्म खाएका छौं अनि अझ पनि प्रशस्त मात्रमा उब्रिएका छन्। साँच्चैनै परमप्रभुले आफ्ना मानिसहरूलाई आशीर्वाद दिनु भएको छ। त्यसै कारणले हामी सित यति धेरै उब्रिएका छन्।”

11 तब हिजकियाहले पूजाहारीहरूलाई परमप्रभुको मन्दिरमा भण्डार कक्षहरू बनाउने आदेश दिए। यसर्थ यो काम गरियो। 12 तब पूजाहारीहरूले भेटीहरू, दशौं अंशहरू अनि अन्य चीज-बीजहरू ल्याए जो केवल परमप्रभुलाई अर्पण गर्नु पर्ने थियो। सँग्रह गरिएका ती सबै चीज-बीजहरूलाई मन्दिरमा भण्डार कक्षहरूमा राखियो। लेवी कोनन्याह ती सबै चीजहरूका जिम्मावार भए जो सँग्रह गरिएका चीज-बीजहरू थिए। ती चीजहरूका दोस्रो जिम्मावार व्यक्ति शिमी थिए। शिमी कोनन्याहका भाइ थिए। 13 कोनन्याह अनि तिनका भाइ शिमी यी मानिसहरूका निरीक्षक थिएः यहीएल, अज्जयाह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत अनि बनायाह। राजा हिजकियाह अनि परमप्रभुको मन्दिरको जिम्मावार रहेका अधिकारी अजर्याहले ती मानिसहरूलाई चुने।

14 ती भेटीहरूका जिम्मामा थिए कोरे जो मानिसहरूले मुक्त रूपले परमेश्वरलाई अर्पण गरेका थिए। तिनी ती सँग्रह गरिएका बस्तुहरू दिइ पठाउने जिम्मामा थिए जो परमप्रभुलाई अर्पण गरिएका थिए। अनि तिनी ती भेटीहरू दिइ पठाउने जिम्मामा थिए जो परमप्रभुका निम्ति पवित्र तुल्याईका थिए। कोरे पूर्व द्वारका द्वारपाल थिए। तिनका पिताको नाउँ लेवी यिम्ना थियो। 15 एदेन, मिन्यामीन, येशूअ, शमायाह, अमर्याह अनि शकन्याहले कोरेलाई सघाउँथे। ती मानिसहरूले शहरहरूमा विश्वास पूर्वक सेवा गर्थे जहाँ पूजाहारीहरू बस्दथे। तिनीहरूले चीज बिजहरूको सँग्रह पूजाहारीहरू को प्रत्येक समूहका आफ्ना आफन्तहरूलाई दिन्थे। तिनीहरूले त्यस्तै कुराहरू अधिक प्रमुख मानिसहरूलाई अनि अल्प प्रमुख मानिसहरूलाई दिन्थे।

16 यी मानिसहरूले चीज-बीजहरूको सँग्रह तीन बर्ष अनि त्यस भन्दा अधिक उमेरका पुरूषहरूलाई पनि दिन्थे जसका नाउँ लेवी पारिवारिक इतिहासहरूमा थिए। यी सबै पुरूषहरू तिनीहरूको जिम्माका कामहरू गर्न दैनिक सेवाका निम्ति परमप्रभुको मन्दिरमा प्रवेश गर्नु पर्दथ्यो। प्रत्येक लेवी समूहको तिनीहरूको आफ्नै जिम्मावारी थियो। 17 पूजाहारीहरूलाई सँग्रहको तिनीहरूको भाग दिइन्थ्यो। यो काम परिवारहरूद्वारा परिवारिक इतिसहासमा लेखिएका तरीकाले गरिन्थ्यो। बीस बर्ष अनि त्यस भन्दा अधिक उमेरका लेवीहरूलाई सँग्रहका तिनीहरूका अंश दिइन्थ्यो। यो काम तिनीहरूको जिम्मावारी अनि समूह अनुसार गरिन्थ्यो। 18 लेवीका नानीहरू, पत्नीहरू, छोरा अनि छोरीहरूले पनि सँग्रहका अंश पाउँथे। यसो सबै लेवीहरूका निम्ति गरिन्थे जसका नाउँ पारिवारिक इतिहासमा लेखिएका थिए। यस्तो भयो किनभने लेवीहरू सदैव स्वयंलाई पवित्र राख्न अनि सेवाका निम्ति तयार राख्नमा विश्वासी थिए।

19 हारूनका केही सन्तानहरू पूजाहारीहरूका, शहरहरूको नजिक जहाँ लेवीहरू बस्दथे, केही कृषि भूमिहरू थिए। अनि हारूनका केही सन्तानहरू शहरहरूमा पनि बस्दथे। ती प्रत्येक शहरहरूमा मानिसहरूलाई, हारूनका यी सन्तानहरूलाई सँग्रहका अंश दिनका निम्ति नाउँ द्वारा चुनिन्थे। पुरूषहरू अनि लेवीहरूको परिवारिक इतिहासहरूमा नाउँ लेखिएका ती सबैले सँग्रहका अंश पाउँथे।

20 यसरी राजा हिजकियाहले यहूदामा ती असल कार्यहरू गरे। तिनले त्यही गरे जो परमप्रभु तिनका परमेश्वरका समक्ष असल, उचित अनि विश्वास योग्य थियो। 21 तिनले शुरू गरेका हरेक काममा तिनले सफलता प्राप्त गरे—परमेश्वरको मन्दिरको सेवामा, व्यवस्था अनि आदेशहरूको पालनमा अनि आफ्ना परमेश्वरको अनुशरण गर्नमा। हिजकियाहले यी सबै कुराहरू आफ्ना सम्पूर्ण हृदयले गरे।

अश्शूरका राजाले हिजकियाहलाई सताउँछन्

32 हिजकियाहले यी सबै कुराहरू विश्वास पूर्वक गरि सकेपछि, अश्शूरका राजा सनहेरीब यहूदा देश माथि आक्रमण गर्न आए। सनहेरीब अनि तिनका सेनाले किल्लाका बाहिर छाउनी बसाए। तिनले यसो गरे जसमा कि ती शहरहरूलाई परास्त गर्नका निम्ति तिनले योजना बनाउन सकून्। सनहेरीब ती शहरहरूलाई आफ्नै निम्ति जित्न चाहन्थे। हिजकियाहले जान्दथे कि सनहेरीब यरूशलेममा यसलाई आक्रमण गर्न आएको हो। तब हिजकियाहले आफ्ना अधिकारीहरू अनि सैनिक अधिकारीहरू सित कुरा-कानी गरे। तिनीहरू सबै शहर बाहिरका जल स्रोतका पानी रोकि दिन सहमत भए। ती अधिकारीहरू अनि सैन्य अधिकारीहरूले हिजकियाहलाई सहयोग गरे। धेरै मानिसहरू साथ आए अनि सबै जल-स्रोत अनि देशको मध्य भागबाट बग्ने खोलालाई बन्द गरिदिए। तिनीहरूले भने, “अश्शूरका राजाले अधिक पानी पाउने छैन जब तिनी यहाँ आउँछन्।” हिजकियाहले यरूशलेमलाई अझ अधिक सुदृढ बनाए। तिनले यो काम यसरी गरेः तिनले पर्खालका सबै अंशहरू फेरि बनाए जो भत्किएका थिए। तिनले पर्खाल माथि किल्लाहरू बनाए। तिनले पहिलो पर्खालको बाहिर पट्टि अर्को पर्खाल पनि निर्माण गरे। तिनले यरूशलेमको पुरानो अंशको पूर्व तिरको सुदृढ स्थानहरूलाई फेरि निर्माण गरे। तिनले अनेक हतियारहरू अनि ढालहरू बनाए। 6-7 हिजकियाहले युद्धका अधिकारीहरूलाई मानिसहरू प्रति जिम्मावार रहनुका निम्ति चुने। तिनले यी अधिकारीहरूसित शहर द्वार नजिकको खुल्ला स्थानमा भेट गरे। हिजकियाहले ती अधिकारीहरूसित कुरा-कानी गरे अनि तिनीहरूलाई उत्सहित तुल्याए। तिनले भने, “बलियो र साहसी होऊ। अश्शूरका राजा वा तिनीसित भएका विशाल सेनासित नडराऊ वा चिन्ता नगर। अश्शूरका राजा जो तिनीसित भएको शक्ति भन्दा हामीसित महान शक्ति छ। अश्शूरका राजाका मानिसहरू मात्र छन्। तर हामी सित परमप्रभु हाम्रा परमेश्वर साथ हुनुहुन्छ। हाम्रा परमेश्वरले हामीलाई सहायता गर्नु हुने छ। हाम्रा लडाईहरू उहाँले लडी दिनु हुनेछ।” यसरी यहूदाका राजा हिजकियाहले मानिसहरूलाई उत्साह दिए अनि तिनीहरूलाई शक्तिशाली अनुभव गराए।

अश्शूरका राजा सनहेरीब अनि तिनका सबै सेनाहरू लाकीश शहरको नजिकमा छाउनी लाएर बसेका थिए जसमा कि तिनीहरूले यसलाई परास्त गर्न सकून्। तब सनहेरीबले आफ्ना अधिकारीहरूलाई यहूदाका राजा हिजकियाह अनि यरूशलेमका सबै मानिसहरूका निम्ति सनहेरीबाका अधिकारीहरूसित संन्देश थियो।

10 तिनीहरूले भने, “अश्शूरका राजा सनहेरीब यसो भन्नु हुन्छ, ‘तिमीहरू के कुरामा विश्वास गर्छौ जसले तिमीहरूलाई युद्धको स्थितिमा पनि यरूशलेममा बसिरहन सिकायौ? 11 हिजकियाहले तिमीहरूलाई मूर्ख बनाउँदै छन्। तिमीहरूलाई छल गरेर यरूशलेममा बसिरहन लाएका छन् जसमा कि तिमीहरू भोक र तिर्खाद्वारा मर्ने छौ। हिजकियाहले तिमीहरूलाई भन्छन्, “परमप्रभु हाम्रा परमेश्वरले हामीलाई अश्शूरका राजा देखि बचाउँनु हुन्छ।” 12 हिजकियाह आफैंले परमप्रभुको उच्च स्थानहरू अनि वेदीहरू हटाए। तिनले तिमी यहूदा अनि यरूशलेमका मानिसहरूलाई भने कि तिमीहरूले केवल एउटा वेदीमा मात्र पूजा गर्नु पर्छ अनि धूप बाल्नु पर्छ। 13 निश्चय नै तिमीहरू जान्दछौ कि मेरा पुर्खाहरू अनि मैले अन्य देशका मानिसहरू प्रति के गरेका छु? अन्य देशहरूका देवताहरूले आफ्ना मानिसहरूलाई बचाउँन सकेनन्। ती देवाताहरूले तिनीहरूका मानिसहरूलाई नष्ट गर्न देखि मलाई रोक्न सकेनन्। 14 मेरा पुर्खाहरूले ती देशहरूलाई ध्वंश गरे। कुनै यस्तो देवता छैन जसले मलाई उहाँका मानिसहरूलाई नष्ट गर्न देखि रोक्न सक्छन्। यसर्थ तिम्रो देवताले तिमीहरूलाई म बाट बचाउँन सक्छन् भनी तिमी सोच्छौ? 15 हिजकियाहलाई तिमीहरूले मूर्ख तुल्याउन वा तिमीहरूलाई छल्न नदेऊ। तिनी प्रति विश्वास नगर किनभने कुनै राष्ट्र वा राज्यका कुनै पनि देवता आफ्ना मानिसहरूलाई म वा मेरा पुर्खाहरूबाट बचाउँन कहिले पनि समर्थ भएनन्। यसर्थ तिम्रा देवताले तिमीहरूलाई नष्ट गर्न बाट मलाई रोक्न सक्छन् भनी नसोच।’”

16 अश्शूरका राजाका अधिकारीहरूले परमप्रभु परमेश्वरको विरूद्ध अनि परमेश्वरका सेवक हिजकियाहको विरूद्ध अत्यन्त नराम्रा कुराहरू भने। 17 अश्शूरका राजाले पत्रहरू पनि लेखे जसमा परमप्रभु इस्राएलका परमेश्वरको अपमान गरिएको थियो। यी शब्दहरू अश्शूरका राजाद्वारा पत्रहरूमा भनेको थिएः “अन्य राष्ट्रहरूका देवताहरूले तिनीहरूका मानिसहरूलाई ध्वंश गर्नबाट मलाई रोक्न सकेनन्। यस्तै प्रकारले हिजकियाहका परमेश्वरले उहाँका मानिसहरूलाई ध्वंश गर्नबाट मलाई रोक्न समर्थ हुने छैनन्।” 18 तब अश्शूरका राजाका अधिकारीहरूले यरूशलेमका मानिसहरूलाई जोडले कराए जो शहरका पर्खालमा थिए। ती अधिकारीले हिब्रू भाषा प्रयोग। गरे जब तिनीहरू माथि भएका मानिसहरू प्रति कराए। अश्शूरका राजाका ती अधिकारीहरूले यरूशलेमका मानिसहरूलाई भयभीत तुल्याउन भनी यसो गरे। तिनीहरूले ती कुराहरू भने जसद्वारा तिनीहरू यरूशलेम शहरलाई कब्जा गर्न सकुन्। 19 ती अधिकारीहरूले संसारका मानिसहरूले पूजा गर्ने देवताहरूको विरूद्ध नराम्रा कुराहरू भने। ती देवताहरू केवल मानिसहरूले अफ्ना हातहरूद्वारा बनाएका कुराहरू हुन्। त्यही प्रकारले, ती अधिकारीहरूले त्यस्तै नराम्रा कुराहरू यरूशलेमका परमेश्वरको विरूद्ध भने।

20 राजा हिजकियाह अनि अगमवक्ता यशौया-आमोसका छोराले यो समस्याको विषयमा प्रार्थना गरे। तिनीहरूले ठूलो आवाजमा स्वर्गतिर हेरेर प्रार्थना गरे। 21 तब परमप्रभुले अश्शूरका राजाको छाउनीमा एक स्वर्गदूतलाई पठाउनु भयो। त्यो स्वर्गदूतले अश्शूरी सेनाका सबै सैनिकहरू अनि प्रमुखहरू र अधिकारीहरूलाई मारिदिए। यसर्थ अश्शूरका राजा आफ्नै देशतर्फ फर्किए, अनि तिनका मानिसहरू तिनी प्रति लज्जित थिए। तिनी आफ्ना देवताको मन्दिर भित्र गए अनि तिनका आफ्नै केही छोराहरूले तिनलाई त्यही तरवारद्वारा मारिदिए। 22 यसरी परमप्रभुले हिजकियाह अनि यरूशलेमका मानिसहरूलाई अश्शूरका राजा सनहेरीब अनि सबै अन्य मानिसहरूबाट बचाउँनु भयो। परमप्रभुले हिजकियाह अनि यरूशलेमका मानिसहरूको हेरचाह गरिदिनु भयो। 23 धेरै मानिसहरूले यरूशलेममा परमप्रभुका निम्ति उपहारहरू ल्याए अनि यहूदाका राजा हिजकियाहका निम्ति मूल्यवान वस्तुहरू ल्याए। त्यस समयदेखि सबै राष्ट्रहरूले हिजकियाहलाई सम्मान गरे।

24 ती दिनहरूमा हिजकियाह साह्रै बिरामी भए अनि मृत्युको नजिक पुगे। तिनले परमप्रभुलाई प्रार्थना गरे। परमप्रभु हिजकियाहसित बोल्नु भयो अनि तिनलाई संकेत दिनु भयो। 25 तर हिजकियाहको हृदय घमण्डले भरिएको थियो, यसर्थ तिनले परमेश्वरको दयालुपन प्रति परमेश्वरलाई धन्यवाद चढाएनन्। यसै कारणले गर्दा परमेश्वर हिजकियाह अनि यहूदा र यरूशलेमका मानिसहरू प्रति क्रोधित हुनु भयो। 26 तर हिजकियाह अनि यरूशलेममा बस्ने ती मानिसहरूले तिनीहरूको हृदय र जीवनलाई परिवर्त्तन गरे। तिनीहरू नम्र भए र घमण्ड गर्न छोडे त्यसकारण हिजकियाह जीवित रहेसम्म परमप्रभुको क्रोध तिनीहरूमाथि परेन।

27 हिजकियाहसित धेरै धन अनि सम्मान थिए। तिनले चाँदी, सुन, मूल्यवान रत्न, मसाला, ढाल अनि सबै किसिमका चीजहरू राख्ने स्थानहरू बनाए। 28 हिजकियाहका अन्न, नयाँ दाख मद्य अनि तेलहरू, ती मानिसहरूले पठाएका वस्तुहरू, राख्ने भंण्डारहरू थिए। तिनका सबै किसिमका पशुहरू राख्ने पशुशालाहरू अनि भेंडाहरू राख्ने खर्कहरू थिए। 29 हिजकियाहले अनेक शहरहरू पनि निर्माण गरे अनि तिनले धेरै भेंडा अनि गाई बस्तुहरूका बथानहरू पनि प्राप्त गरे। परमेश्वरले हिजकियाहलाई धेरै धन-सम्पत्ति दिनु भयो। 30 यो हिजकियाह नै थिए जसले यरूशलेममा गीहोन जल स्रोतको माथिल्लो स्रोत बन्द गरिदिए अनि ती पानीलाई दाऊदको शहरको पश्चिम तर्फ बगेर जाने तुल्याए। अनि तिनले गरेका हरेक कुरामा हिजकियाह सफल रहे।

31 एक समयमा बाबेलका प्रमुखहरूले हिजकियाह कहाँ दूतहरू पठाए। ती दूतहरूले एक अद्भूत संकेतको बारेमा सोधे जो राष्ट्रहरूमा प्रकट भएको थियो। जब तिनीहरू आए, परमेश्वरले तिनको परिक्षा गर्न अनि हिजकियाहको मनमा के छ ती सबै जान्नका निम्ति हिजकियाहलाई एक्लै छाड्नु भयो।

32 हिजकियाहले गरेका अन्य कुराहरू र उनको परमेश्वर प्रतिको विश्वासयोग्यता, आमोसका छोरो यशैया अगमवक्ताको दर्शन भनिने पुस्तक अनि यहूदा अनि इस्राएलका राजाहरूका इतिहास भनिने पुस्तकमा लेखिएका छन्। 33 हिजकियाहको मृत्यु भयो अनि आफ्ना पुर्खाहरूसित गाडिए। मानिसहरूले हिजकियाहलाई डाँडामा गाडे जहाँ दाऊदका पुर्खाहरूका चिहानहरू छन्। यहूदाका अनि यरूशलेममा बस्ने सबै मानिसहरूले हिजकियाहलाई सम्मान प्रदान गरे जब तिनको मृत्यु भयो। मनश्शे हिजकियाहका स्थानमा नयाँ राजा भए। मनश्शे हिजकियाहका छोरा थिए।

मनश्शे यहूदाका राजा

33 मनश्शे बाह्र बर्ष उमेरका थिए जब तिनी यहूदाका राजा भए। तिनी यरूशलेममा पचपन्न बर्ष सम्म राजा भए। मनश्शेले ती कामहरू गरे जो परमप्रभुले गल्ती हो भन्नुभयो। तिनले ती राष्ट्रहरूका भयानक अनि पाप पूर्ण तरिका अनुशरण गरे जसलाई परमप्रभुले इस्राएलका मानिसहरूको सामुन्ने देशबाट निक्लन वाध्य तुल्याउनु भएको थियो। मनश्शेले उच्च स्थानहरू फेरि निर्माण गरे जसलाई हिजकियाह तिनका पिताले भत्काइदिएका थिए। मनश्शेले बाल देवताहरूका निम्ति वेदीहरू निर्माण गरे अनि अशेरा स्तम्भहरू खडा गरे। तिनी तारा-मण्डललाई शिर झुकाउँथे अनि ती नक्षत्र समूहका पूजा गर्थे। मनश्शेले असत्य देवताहरूको निम्ति वेदीहरू परमप्रभुको मन्दिरमा बनाए। परमप्रभुले मन्दिरको बारेमा भन्नुभएको थियो, “मेरो नाउँ सदैव यरूशलेममा रहनेछ।” तर मनश्शेले परमप्रभुका दुइ आँगनहरूमा सारा तारा-मण्डलहरूका निम्ति वेदीहरू निर्माण गरे। मनश्शेले बलिको निम्ति आफ्नै छोरा-छोरीहरूलाई पनि बेन हिन्नोमको बेंसीमा होम गरे। मनश्शेले भविष्य भन्ने, जोखाना हेर्ने, जादू-टुना गर्ने काम गरेर जादूको प्रयोग पनि गरे। तिनले मृत आत्मासित कुरा-कानी गर्ने र भूत-प्रेतहरूसित कुरा-कानी गरे। मनश्शेले धेरै कुराहरू गरे जसलाई परमप्रभुले गल्ती हो भन्नु भयो अनि यसले परमप्रभुलाई क्रोधित तुल्यायो। मनश्शेले एउटा मूर्तिको शालिक बनाए अनि त्यसलाई परमेश्वरको मन्दिरमा राखे। त्यही मन्दिर जसको बारेमा परमेश्वरले दाऊद अनि तिनका छोरा सुलेमान सित कुरा-कानी गर्नु भएको थियो। परमेश्वरले भन्नु भएको थियो, “म मेरो नाउँ यो मन्दिर अनि यरूशलेम त्यो शहरमा राख्छु जसलाई मैले सबै परिवार समूहका सबै शहरहरूबाट चुनेको छु, अनि मेरो नाउँ सदा-सर्वदा त्यहाँ रहने छ। म इस्राएलीहरूलाई फेरि यो भूमिबाट बाहिर गर्ने छैन जसलाई मैले तिनीहरूका पुर्खाहरूलाई दिनुका निम्ति चुनें। तर मैले तिनीहरूलाई दिएका सबै आदेशहरू तिनीहरूले पालन गर्नु पर्ने छ। इस्राएलका मानिसहरूले सबै व्यवस्था, विधि अनि आदेशहरू पालन गर्नु पर्ने छ जो तिनीहरूलाई दिनु भनी मैले मोशालाई दिएँ।”

मनश्शेले यहूदाका मानिसहरू अनि यरूशलेममा बस्ने मानिसहरूलाई गल्ती कुरा गर्न उत्साहित तुल्याए। तिनीहरू ती राष्ट्रहरू भन्दा अति नराम्रा थिए जो यो भूमिमा इस्राएलीहरू भन्दा अघि थिए अनि परमप्रभुले ती मानिसहरूलाई नष्ट गर्नु भएको थियो।

10 परमप्रभुले मनश्शे अनि तिनका मानिसहरू सित कुरा-कानी गर्नु भयो, तर तिनीहरूले सुन्न अस्वीकार गरे। 11 यसर्थ परमप्रभुले यहूदामाथि आक्रमण गर्नका निम्ति अश्शूरका राजाका सेनाका सेनापतिहरू ल्याउनु भयो। ती सेनापतिहरूले मनश्शेलाई पक्रे अनि तिनलाई आफ्ना बन्दी बनाए। तिनीहरूले तिनलाई अंकुशेहरू लगाइ दिए अनि हातमा पित्तलका साङ्गलाहरू लगाइ दिए अनि तिनलाई बाबेल देशमा लगे।

12 जब तिनी माथि यी दुःख कष्ट आई पर्यो तब मनश्शेले तिनका परमप्रभु परमेश्वरबाट सहायताको निम्ति बिन्ती गरे। मनश्शेले आफ्ना पुर्खाहरूका परमेश्वर समक्ष स्वयंलाई बिनम्र तुल्याए। 13 मनश्शेले परमेश्वरसँग प्रार्थना गरे अनि तिनलाई सहायता गर्नु होस् भनी परमेश्वरसित बिन्ती गरे। परमप्रभुले मनश्शेको प्रार्थना सुन्नु भयो अनि तिनका निम्ति दुःखीत हुनु भयो। परमप्रभुले तिनलाई यरूशलेम अनि तिनका सिंहासनमा फर्केर जान दिनु भयो। तब मनश्शेले जाने परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ भनी।

14 त्यो घट्ना भए पछि, मनश्शेले दाऊद शहरको निम्ति एक बाहिरी पर्खाल निर्माण गरे। यो पर्खाल किद्रोन बेंसीको गीहोन जलस्रोतको पश्चिमतिर, मतस्थ फाटकको प्रवेशद्वार तिर अनि ओपेल डाँडाको वरिपरि फैलिएको थियो। तिनले पर्खाल अत्यन्त अग्लो बनाए। त्यसपछि तिनले यहूदाका सबै किल्लाहरूमा अधिकारीहरू राखे। 15 मनश्शेले ती विचित्र मूर्तिदेवताहरू हटाए। तिनले परमप्रभुको मन्दिरबाट मूर्ति निकाले। तिनले मन्दिर डाँडामा अनि यरूशलेममा तिनले निर्माण गरेका सबै वेदीहरू हटाए। मनश्शेले ती सबै वेदीहरू यरूशलेम शहर बाहिर निकाले। 16 तब उसले परमप्रभुको वेदी स्थापना गरे अनि त्यसमा मेलबलि अनि धन्यवादका उपहारहरू अर्पण गरे। मनश्शेले यहूदाका सबै मानिसहरूका निम्ति परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्नु भनी एक आदेश गरे। 17 मानिसहरूले उच्च-स्थानहरूमा बलिहरू चढाउन थाले, तर तिनीहरूका बलिहरू केवल परमप्रभु तिनीहरूका परमेश्वर निम्ति थिए।

18 मनश्शेले गरेका अन्य कुराहरू, अनि तिनका परमेश्वरसित तिनका प्रार्थना अनि दर्शीहरूका वचनहरू जसले परमप्रभु इस्राएलका परमेश्वरबाट मनश्शेलाई दिएका वचनहरू यी सबै कुराहरू, इस्राएलका राजाहरूको अधिकारिक उल्लेख नाउँका पुस्तकमा लेखिएका छन्। 19 मनश्शेको प्रार्थना परमेश्वरले कसरी सुनीदिनु भयो अनि तिनी प्रती दुःखीत हुनु भयो, सो दर्शीहरूको पुस्तकमा लेखिएको छ। मनश्शेका तिनी स्वयं विनम्र हुनु भन्दा अघिका पापहरू र गल्तीहरू, ती स्थानहरू जहाँ तिनले उच्च स्थानहरू निर्माण गरेका थिए अनि अशेरा स्तम्भहरू स्थापित गरेका थिए सो पनि दर्शीहरूको पुस्तकमा लेखिएका छन्। 20 यसरी मनश्शेको मृत्यु भयो अनि तिनका पुर्खाहरूसित गाडिए। मानिसहरूले मनश्शेलाई तिनको आफ्नै राज भवनमा गाडि दिए। आमोन मनश्शेका स्थानमा नयाँ राजा भए। आमोन मनश्शेका छोरा थिए।

आमोन यहूदाका राजा

21 आमोन बाईस बर्षका हुँदा यहूदाका राजा भए। तिनी यरूशलेममा दुइ बर्ष सम्म राजा थिए। 22 आमोनले परमप्रभुको समक्ष नराम्रा कुराहरू गरे। तिनले आफ्ना पिता मनश्शेले जस्तै परमप्रभुले जो तिनीद्वारा गराउन चाहनु हुन्थ्यो, ठीक त्यसरी गरेनन्। आमोनले कुँदिएका मूर्ति अनि सालिकहरूलाई बलिहरू चढाए जो तिनका पिताले निर्माण गरेका थिए। आमोनले ती मूर्तिहरूको पूजा गरे। 23 आमोनले तिनी स्वयंलाई परमप्रभुको समक्ष नम्र तुल्याएनन् जसरी मनश्शे, तिनका पिताले आफूलाई नम्र तुल्याएका थिए। यसकारण आमोन परमेश्वरको सामुन्ने धेरै दोषी थिए। 24 आमोनका सेवकहरूले तिनी विरूद्ध षडयन्त्र रचे। तिनीहरूले आमोनलाई तिनको आफ्नै घरमा मारिदिए। 25 तर यहूदाका मानिसहरूले ती सबै सेवकहरूलाई मारिदिए जसले राजा आमोनको विरूद्ध षडयन्त्र रचेका थिए। त्यसपछि मानिसहरूले योशियाहलाई नयाँ राजा हुन चुने। योशियाह आमोनका छोरा थिए।

योशियाह यहूदाका राजा

34 योशियाह आठ बर्ष पुगेका थिए जब तिनी राजा भए। तिनी एकतीस बर्षसम्म यरूशलेममा राजा थिए। योशियाहले त्यही गरे जो सही थियो। परमप्रभुले चाहनु भएका कुराहरू नै तिनले गरे। तिनले तिनका पुर्खा दाऊदले जस्तै राम्रा कुराहरू गरे। योशियाहले उचित कुराहरू गर्नबाट मुख मोडेनन्। जब योशियाह उसको राज्यको आठौं बर्षमा पुगेका थिए तिनले परमेश्वरको अनुशरण गर्न शुरू गरे जसलाई तिनका पुर्खा दाऊदले अनुशरण गरेका थिए। योशियाह अझ सानै थिए जब तिनले परमेश्वरलाई पछ्याउन शुरू गरे। जब योशियाह उनी राजा राज्यको बाह्रौं बर्षमा थिए तिनले उच्च स्थानहरू, अशेरा स्तम्भहरू अनि मूर्तिहरू जो कुँदिएका थिए, अनि मूर्तिहरू जो यहूदा अनि यरूशलेमका साँचाहरूबाट निर्माण गरिएका थिए सबै नष्ट गर्न शुरू गरे। मानिसहरूले बाल देवताहरूका वेदीहरू भत्काइदिए। तिनीहरूले योशियाहका सामुन्ने यसो गरे। तब योशियाहले धूप वेदीहरू काटिदिए जो वेदीमाथि बाललाई अर्पण गरेका थिए। उसले मूर्तिहरू जो कुँदिएका थिए अनि मूर्तिहरू जो साँचोमा ढालेर निर्माण गरिएका थिए, भत्काइदिए। तिनले ती मूर्तिहरूलाई धूलो-पीठो पारिदिए। तब योशियाहले त्यो पीठो ती मानिसहरूका चिहानहरूमा छर्किदिए जसले बाल देवताहरूलाई बलिहरू चढाएका थिए। योशियाहले ती पूजाहारीहरूका हाडहरू पनि जलाइदिए जसले आफ्नै वेदीमा बाल देवताहरूको सेवा गरेका थिए। यस्तै प्रकार योशियाले यहूदा अनि यरूशलेमलाई शुद्ध पारे। योशियाहले मनश्शे, एप्रैम, शिमोन देखि नप्ताली सम्मका इलाकाका शहरहरूमा पनि यसै गरे। योशियाहले वेदीहरू अनि अशेरा स्तम्भहरू भत्काइदिए। तिनले मूर्तिहरूलाई धूलो पीठो पारिदिए। तिनले इस्राएल देश भरि बाल पूजाका निम्ति प्रयोग गरिएका धूप वेदीहरू भत्काई दिए। त्यसपछि योशियाह यरूशलेम फर्केर गए।

जब योशियाह यहूदाका राजाका रूपमा अठाह्रौ बर्षमा थिए तिनले शापान, मासेयाह अनि योआहलाई तिनका परमप्रभु परमेश्वरको मन्दिरलाई फेरि निर्माण अनि स्थापना गर्नु भनी पठाए। शापानका पिताको नाउँ अजलियाह थियो। मासेयाह शहरका प्रमुख थिए, अनि योआहका पिताको नाउँ योआहाश थियो। योआहाश त्यही मानिस थिए जसले जे कुराहरू घटे ती लेखे।

यसरी योशियाहले मन्दिरलाई स्थापना गर्ने आदेश दिए जसद्वारा तिनले यहूदा अनि मन्दिरलाइ शुद्ध तुल्याउन सकून्। ती मानिसहरू हिल्कियाह, प्रधान पूजाहारी कहाँ आए। तिनीहरूले तिनलाई धन दिए जो मानिसहरूले परमेश्वरका मन्दिरका निम्ति दिएका थिए। लेवी द्वारपालहरूले मनश्शे, एप्रैमका मानिसहरूबाट अनि रहेका सबै इस्राएलीबाट धनसँग्रह गरेका थिए। तिनीहरूले यो धन यहूदा, बिन्यामीन अनि यरूशलेममा बस्ने समस्त मानिसहरूबाट पनि सँग्रह गरेका थिए। 10 तब लेवीहरूले ती मानिसहरूलाई पैसा भुक्तानी गरे जसले परमप्रभुको मन्दिरको काम रेख-देख गरे। अनि रेख-देख गर्नेहरूले कर्मीहरूलाई भुक्तानी गरे जसले परमप्रभुको मन्दिर स्थापित गरे। 11 तिनीहरूले धन सिकर्मी अनि निर्माण कर्त्ताहरूलाई ठूला ढुङ्गाहरू किन्न जो अघिनै काटि राखेका थिए अनि काठहरू किन्न भनी दिए। काठहरू मन्दिरहरूलाई फेरि निर्माण गर्न अनि मन्दिरहरूका निम्ति आड दिने काठ बनाउनमा प्रयोग गरिए। विगत समयमा यहूदाका राजाहरूले मन्दिरहरूको वास्ता गरेका थिएनन्। ती मन्दिरहरू पुराना अनि ध्वस्त भएका थिए। 12-13 मानिसहरूले विश्वास पूर्वक काम गरे। तिनीहरूका निरीक्षकहरू पहत अनि ओबदियाह थिए। यहत अनि ओबदियाह लेवीहरू थिए, अनि तिनीहरू मरारीका सन्तान थिए। अन्य निरीक्षकहरू जकर्याह अनि मशुल्लाम थिए। तिनीहरू कहातका सन्तानहरू थिए। लेवीहरू जो संङ्गीतका वाध्य यन्त्रहरू बजाउनमा सिपालु थिए तिनीहरूले श्रमिकहरूको र अन्य सबै कर्मीहरूको निरिक्षण पनि गर्दथे। केही लेवीहरूले सचिव, अधिकारी अनि द्वारापालहरूको रूपमा काम गर्दथे।

व्यवस्थाको पुस्तक पाए

14 लेवीहरूले त्यो धन बाहिर निकाले जो परमप्रभुको मन्दिरमा थियो। त्यस समयमा पूजाहारी हिल्कियाहले परमप्रभुको व्यवस्थाको पुस्तक पाए जो मोशाद्वारा दिइएको थियो। 15 हिल्कियाहले सचिव शापानलाई भने, “मैले व्यवस्थाको पुस्तक परमप्रभुको मन्दिरमा पाएँ।” हिल्कियाहले त्यो पुस्तक शापानलाई दिए। 16 शापानले त्यो पुस्तक राजा योशियाह कहाँ ल्याए। शापानले राजालाई सूचना दिए, “तपाईंका सेवकहरूले तपाईंले तिनीहरूलाई गर्नु भन्नु भएका हरेक कुराहरू गरिरहेका छन्। 17 तिनीहरूले त्यो धन निकाले जो परमप्रभुको मन्दिरमा थियो अनि तिनीहरूले धन निरीक्षकहरू अनि कर्मीहरूलाई भुक्तानी गर्दै छन्।” 18 तब शापानले राजा योशियाहलाई भने, “पूजाहारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन्।” तब शापानले पुस्तकबाट पढे। तिनी पढ्दै गर्दा राजाका सामुन्ने थिए। 19 जब राजा योशियाहले पढिएको व्यवस्थाका शब्दहरू सुने, तिनले तिनका बस्त्रहरू च्याते। 20 तब राजाले हिल्कियाह, शापानका छोरा अहीकम, मीकाका छोरा अब्दोन, सचिव शापान अनि सेवक असायालाई एक आदेश दिए। 21 राजाले भने, “जाऊ, मेरा निम्ति अनि मानिसहरूका निम्ति जो इस्राएल अनि यहूदामा रहेका छन्, परमप्रभु सित याचना गर। ती पुस्तकका शब्दहरूको बारेमा जो पाइएको थियो, सोध। परमप्रभु हामी सित अत्यन्त क्रोधित हुनुहुन्छ किनभने हाम्रा पुर्खाहरूले परमप्रभुको बचनको पालन गरेनन्। तिनीहरूले यो पुस्तकले गर्नु भनेका सबै कुराहरू गरेनन्।”

22 हिल्कियाह अनि राजाका सेवकहरू अगमवादिनी हुल्दा कहाँ गए। हुल्दा शल्लूमकी पत्नी थिइन्। शल्लूम तोखतका छोरा थिए। तोखत हसराका छोरा थिए। शल्लूम राज-बस्त्रहरूको हेरचाह गर्दथे। हुल्दा यरूशलेमको नयाँ अंशमा बस्थीन्। हिल्किया अनि सेवकहरूले हुल्दालाई सबै कुरा भने जो भइसकेको थियो। 23 हुल्दाले तिनीहरूलाई भनीन्, “इस्राएलका परमप्रभु परमेश्वर जे भन्नुहुन्छ त्यो यो होः राजा योशियाहलाई भनः 24 ‘म यो स्थानमा अनि यहाँ बस्ने मानिसहरू माथि दुःख कष्ट ल्याइदिनेछु। म ती सबै भयानक कुराहरू ल्याउनेछु जो त्यो पुस्तकमा लेखिएका छन् जसलाई यहूदाका राजाको सामुन्ने पढिएको थियो। 25 म यसो गर्नेछु किनभने मानिसहरूले मलाई त्याग गरे अनि अन्य देवताहरूलाई धूप बाले। ती मानिसहरूले मलाई क्रोधित तुल्याए किनभने तिनीहरूले सबै नराम्रा कुराहरू गरेका छन्। यसर्थ म यो स्थान माथि मेरो क्रोध पोखाउने छु। तातो बल्दो आगो जस्तै मेरो क्रोधलाई निभाउन सकिने छैन।’

26 “‘तर यो कुरा यहूदाका राजा योशियाहलाई भन जसले तिमीहरूलाई परमप्रभु सित सोध्नु पठाउनुभयो यही परमप्रभु इस्राएलका परमेश्वर तिमीहरूले सुनेक वचनहरू बारेमा भन्नुहुन्छ। 27 योशियाह जब तैंले यो भूमि अनि बासिन्दाहरूको विषयमा कुराहरू सुनिस् तैंले आफैंलाई नम्र बनाइस् अनि तेरो लुगाहरू च्यातिस्। तँ मेरो सामुन्ने रोइस् अनि मैले यो सुने यसकारण तेरो हृदय कोमल छ। 28 म तँलाई तेरो पिता-पुर्खाहरू कहाँ लाने छु। तँ तेरो चिहानमा शान्तिसित जाने छस्। तैंले कुनै पनि दुःख कष्टहरू देख्नु पर्ने छैन जो म यो स्थान माथि अनि यहाँ बस्ने मानिसहरू माथि ल्याउने छु।’” हिल्कियाह अनि राजाका सेवकहरू यो संन्देश लिएर राजा योशियाह कहाँ फर्के।

29 तब राजा योशियाहले यहूदा अनि यरूशलेमका सबै अग्रज मानिसहरूलाई आउनु अनि तिनीसित भेट्नु भनी बोलाए। 30 राजा परमप्रभुको मन्दिर सम्म गए। यहूदाका सबै मानिसहरू, अनि यरूशलेममा बस्ने मानिसहरू, पूजाहारीहरू लेवीहरू अनि सबै मुख्य अनि साधरण मानिसहरू योशियाहसाथ थिए। योशियाहले तिनीहरूलाई करारको पुस्तकमा भएका सबै कुराहरू पढेर सुनाए। त्यो पुस्तक परमप्रभुको मन्दिरमा पाइएको थियो। 31 तब राजा आफ्ना स्थानमा उभिए। तिनले परमप्रभुसित करार गरे। तिनी परमप्रभुको अनुशरण गर्न अनि परमप्रभुको आदेश, नियम, विधिहरू पालन गर्न सहमत भए। योशियाहले आफ्नो सम्पूर्ण हृदय अनि आत्माद्वारा आज्ञा पालन गर्न सहमत भए। तिनी यो पुस्तकमा लेखिएका करारका कुराहरू पालन गर्न सहमत भए। 32 तब योशियाहले यरूशलेम अनि बिन्यामीनका सबै मानिसहरूलाई करार स्वीकार गर्न प्रतिज्ञा गराए। यरूशलेमका मानिसहरूले परमेश्वरको आज्ञापालन गरे, जसरी तिनीहरूका पिता-पुर्खाहरूले परमेश्वरलाई पछ्याएका थिए। 33 इस्राएलका मानिसहरू सित बिभिन्न देशका मूर्तिहरू थिए। तर योशियाहले ती भयानक मूर्तिहरू सबै ध्वस्त गरिदिए। योशियाहले इस्राएलका सबै मानिसहरूलाई परमप्रभु तिनीहरूका परमेश्वरको सेवा गर्न लगाए। अनि जब सम्म योशियाह जीवित थिए तब सम्म मानिसहरूले तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरको सेवा गरिरहे।

योशियाह निस्तार चाड मनाउँछन्

35 राजा योशियाहले परमप्रभुका निम्ति यरूशलेममा निस्तार चाड मनाए। निस्तार चाडको थुमाको पाठालाई पहिलो महीनाको चौधौं दिनमा मारियो। योशियाहले तिनीहरूको कार्य गर्नका निम्ति पूजाहारीहरू छाने। तिनले पूजाहारीहरूलाई उत्साह दिए जब तिनीहरू परमप्रभुको मन्दिरमा सेवा गरिरहेका थिए। योशियाहले ती लेवीहरूसँग कुरा-कानी गरे जसले इस्राएलका मानिसहरूलाई शिक्षा दिन्थे अनि जसलाई परमप्रभुको सेवाको निम्ति पवित्र तुल्याइएका थिए। तिनले ती लेवीहरूलाई भने, “पवित्र सन्दूकलाई मन्दिर भित्र राख जसलाई सुलेमानले निर्माण गरे। सुलेमान दाऊदका छोरा थिए। दाऊद इस्राएलका राजा थिए। पवित्र सन्दूकलाई काँधमा बोकेर एक स्थान देखि अर्को स्थानतिर नलैजाऊ। अब परमप्रभु तिम्रा परमेश्वरको सेवा गर। परमेश्वरका मानिसहरू इस्राएलका मानिसहरूको सेवा गर। तिमीहरू स्वंयलाई तिम्रा परिवार समूहहरू अनुसार मन्दिरमा सेवाका निम्ति तयार पार। ती कामहरू गर जो राजा दाऊद अनि तिनका छोरा सुलेमानले गर्नु भनी तिमीहरूलाई दिएका छन्। पवित्र स्थानमा लेवीहरूको समूहसित उभिएरबस हरेक भिन्न-भिन्न परिवार समूहका मानिसहरूको निम्ति यसो गर, यसरी तिमीहरू तिनीहरूको सहायता गर्न सक्ने छौ। निस्तार चाडका थुमा पाठाहरू मार, तिमीहरू स्वयंलाई परमप्रभुका निम्ति पवित्र तुल्याऊ। भेंडाका पाठाहरूलाई तिम्रा दाज्यू-भाइहरू इस्राएलका मानिसहरूका निम्ति तयार पार। परमप्रभुले हामीलाई गर्नु भनी आदेश गर्नु भएका सबै कुराहरू गर। परमप्रभुले हामीलाई ती सबै आदेशहरू मोशाद्वारा दिनु भएको थियो।”

योशियाहले इस्राएलका मानिसहरूलाई निस्तार चाडका निम्ति मार्नु भनी 3,000 भेंडा र बाख्राहरू दिए। तिनले मानिसहरूलाई 3,000 गाई-बस्तुहरू पनि दिए। यी सबै पशुहरू राजा योशियाहका आफ्नै बगालका थिए। योशियाहका अधिकारीहरूले पनि खुशीसाथ मानिसहरूलाई, पूजाहारीहरूलाई अनि लेवीहरूलाई निस्तार चाडमा प्रयोग गर्नु भनी पशुहरू अनि चीज-बीजहरू दिए। प्रधान पूजाहारी हिल्कियाह, जकर्याह अनि यहीएल मन्दिरको जिम्मावार अधिकारीहरू थिए। तिनीहरू पूजाहीहरूलाई 2,600 भेंडाका पाठा र बाख्राहरू अनि 300 गोरूहरू निस्तार चाडका बलिहरूका निम्ति दिए। कोन्नयाह तिनका भाइहरू शमायाह अनि नतनेल, अनि हशबियाह सहित, यीएल अनि योजाबादले 5,000 भेंडा र बाख्राहरू अनि 500 गोरूहरू निस्तार चाडका बलिहरूका निम्ति लेवीहरूलाई दिए। तिनीहरू लेवीहरूका अगुवाहरू थिए।

10 निस्तार चाडको सेवाका निम्ति जब हरेक कुरा तयार भए तब पूजाहारीहरू तिनीहरूको स्थानहरूमा गए अनि लेवीहरू तिनीहरूको समूहहरूमा खडा भए। राजाले जो आदेश गरे त्यो यस्तै थियो। 11 निस्तार चाडका थुमाहरू मारिए। तब लेवीहरूले पशुहरूका छाला काढे अनि रगत पूजाहारीहरूलाई दिए। पूजाहारीहरूले रगत वेदीमा छर्किदिए। 12 त्यसपछि तिनीहरूले विभिन्न परिवार समूहहरूलाई होमबलिका निम्ति प्रयोग गर्न भनी पशुहरू दिए। यो यसकारणले गरियो कि होमबलि मोशाले व्यवस्थामा लेखिए अनुसार अर्पण गर्न सकियोस्। तिनीहरूले गोरूहरू लाई पनि त्यसै गरे। 13 लेवीहरूले निस्तार चाडका बलिहरूलाई तिनीहरूलाई आदेश गरिएको प्रकारले आगोमा पोले। अनि तिनीहरूले पवित्र भेटीहरूलाई भाँडा, कित्ली अनि तावाहरूमा उमाले। तब तिनीहरूले चाँडो गरी मासु मानिसहरूलाई दिए। 14 यो समाप्त भएपछि, लेवीहरूले आफ्नै निम्ति अनि पूजाहारीहरू जो हारूनका सन्तानहरू थिए। तिनीहरूका निम्ति मासु ल्याए। ती पूजाहारीहरूलाई अँध्यारो नभएसम्म खराएर ब्यस्त राखिए। तिनीहरूले होमबलिहरू अनि बलिका बोसो जलाउन कठिन परिश्रम गरे। 15 आसापका परिवारका लेवी गायकहरू ती स्थानहरूमा गए जो राजा दाऊदले तिनीहरू उभिनका निम्ति चुनेका थिए। ती आसाप, हेमान अनि यदूतून-राजाका अगमवक्ता थिए। प्रत्येक फाटकमा द्वारपालहरूले आफ्ना स्थान छाडनु परेन किनभने तिनीहरूका लेवी दाज्यू-भाइहरूले निस्तार चाडका निम्ति हरेक कुरा तिनीहरूका निम्ति तयार गरेका थिए।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International