Bible in 90 Days
परमप्रभुद्वारा यरूशालेमको विनाश
2 हाय! कसरी परमप्रभुले सीयोनकी छोरीलाई बादलले ढाक्नु भएको छ,
उहाँले कसरी इस्राएलको गौरवलाई आकाशदेखि भूईँमा खसाल्नु भएकोछ!
परमप्रभुले जब आफ्नो रिस देखाउनु भयो,
उहाँले इस्राएलमा राखिएको पाउदानलाई[a] पर्वाह गर्नु भएन।
2 परमप्रभुले याकूबको घर भत्काउनु भयो।
उहाँले बडो निदर्यतापूर्वक यसो गर्नु भयो।
रिस उठेको बेला उहाँले यहूदाकी छोरीको किल्ला पनि ध्वंश पार्नु भयो।
परमप्रभुले यहूदाको राज्य र यसका शासकलाई धूलोमा मिलाउनु भयो।
3 परमप्रभु रिसाउनु भयो यसर्थ उहाँले,
इस्राएलको सम्पूर्ण शक्ति ध्वंश पार्नुभयो।
उहाँले इस्राएलको सैनिक सामर्थलाई लानु भयो।
उहाँले त्यसो गर्नु भयो।
जतिबेला शत्रुहरू प्रवेश गरेका थिए।
उहाँले याकूबलाई आगोको ज्वाला झैं जलाई दिनुभयो।
उनी चारै तिर बल्ने आगो जस्तै भए।
4 परमप्रभुले आफ्ना शत्रुहरूले झैं
आफ्नो धनुमा ताँदो चढाउनुभयो।
उहाँले दाहिने हातले काँड तयार पार्नुभयो।
उहाँले यहूदाका सबै राम्रा मानिसहरूलाई मार्नु भयो।
परमप्रभुले उनको आफ्नो शत्रुलाई झैं हत्या गर्नुभयो।
परमप्रभुले आफ्नो रिस सियोनको पालमाथि खनाउनु भयो।
5 परमप्रभु शत्रु जस्तै हुनु भएकोछ।
उहाँले इस्राएलका सबै राजमहलहरू
र सबै किल्लाहरू
निल्नु भएकोछ।
उहाँले यहूदाको छोरीलाई,
यस्तो दु:खी र मृत्युमा रूने बनाउनु भयो।
6 परमप्रभुले आफ्नो पाल यसरी उखाल्नु भयो,
मानौ त्यो एउटा बगैंचा हो।
जुन ठाँउमा मानिसहरू भेला भएर उहाँको पूजा गर्थे,
उहाँले त्यस ठाउँलाई ध्वंश पार्नु भएको छ।
उनीहरू कुनै विशेष पवित्र दिन सियोनमा विशेष सम्मेलन गर्थे।
परमप्रभुले मानिसहरूलाई भुल्न लगाउनु भयो।
परमप्रभुले राजा र पूजाहारीलाई त्याग्नु भयो।
किनभने उहाँ रिसाउनु भएको थियो र त्याग्नु भएको हो।
7 परमप्रभुले आफ्नो वेदी त्याग गर्नु भयो,
उहाँले आफ्नो उपासनाको पवित्र स्थान पनि त्याग्नु भयो।
उहाँले शत्रुलाई यरूशलेम राजप्रसादहरूका
पर्खाल पनि ढाल्न लगाउनु भयो।
परमप्रभुको भवनमा शत्रुहरू आनन्दले चित्कार गर्न लागे।
उनीहरूको चित्कारले छुट्टीको जस्तो परिवेश बनिएको थियो।
8 परमप्रभुले सियोनकी छोरीको पर्खाललाई
ध्वंश गर्ने योजना गर्नुभयो।
त्यसकारण उहाँले ती पर्खालहरू
ध्वंश गर्नु पर्ने ठाउँमा
चिन्ह लगाउन गजले नाप्नु भयो।
त्यस पछि तिनीहरू सबै भत्के।
9 यरूशलेमका सबै फाटकहरू भूइँमा भासिए।
यहाँले फाटकका सबै डण्डाहरू टुक्राई धुलो पार्नुभयो।
उहाँका राजा र राजकुमारहरू अरू कुनै राष्ट्रमा छन्।
उनीहरूलाई अब शिक्षा दिइने छैन।
र यरूशलेमका अगमवक्ताहरूले पनि परमप्रभुबाट कुनै दर्शन पाएनन्।
10 सियोनका सबै बूढा-प्रधानहरू भूइँमा बसिरहेका छन्।
उनीहरू भूइँमा चुपचाप बसिरहेका छन्।
उनीहरूले आफ्नो टाउकोमा धूलो हाले,
अनि भाङ्ग्राको लुगा लगाएका छन्।
यरूशलेमका तरूणीहरू दु:खले टाउको भूइँमा झुकाएकाछन्।
11 मेरो आँखा रोएर राता भएका छन् र फुलेका छन्।
मेरो हृदय दु:खीरहेकोछ।
मेरो हृदय भूइँमा खनिए झैं अनुभव गर्छु।
मेरा मानिसहरू नष्ट भएकाले मलाई यस्तो अनुभव भएको हो।
नानीहरू र दूधे शिशुहरू मूर्छा पर्दैछन्।
उनीहरू शहरका गल्लीहरूमा मूर्छा पर्दैछन्।
12 जब आफ्ना आमाहरूका काखमा नानीहरूको प्राण शिथिल हुँदै जान्छ
तिनीहरू आफ्ना आमालाई सोध्छन्,
“रोटी र दुध कहाँ छन्?”
13 सियोनको छोरी तिमीहरूलाई म कोसित तुलना गरूँ?
हे सियोनकी कन्या-छोरी तिमीलाई म कोसित तुलना गरूँ?
म तिमीहरूलाई कसरी सुख शान्ति दिनसक्छु।
तिमीहरूको विनाश समुद्र झैं विशाल छ।
तिमीहरूलाई कसले जाती पार्न सक्छ?
14 तेरा अगमवक्ताहरूले तेरोलागि केहि देखेका थिए।
तर उनीहरूको दर्शनहरू झूटो थियो।
सुधारका निम्ति तिनीहरूले
तेरो दोष देखाएनन्।
तिनीहरूले तेरो विषयमा प्रचार गरे
तर तिनीहरूले तँलाई शुद्ध मूर्ख बनाए।
15 त्यो बाटो हिँड्ने कुनै पनि मानिसले,
अचम्मले थप्पडी मार्छन्।
तिनीहरूले यरूशलेमका छोरीलाई सिट्टी बजाउँछन्
र टाउको हल्लाउँछन्।
उनीहरूले सोध्छन, “के जुन शहरलाई मानिसहरूले ‘परम सुन्दर शहर’
र ‘सारा पृथ्वीको आनन्द’ भन्ने गर्थे त्यो यही शहर हो?”
16 तेरा सबै शत्रुहरू तँलाई खिसि गर्छन।
तिनीहरू सिट्टी बजाउँछन् र दाह्रा किट्दै भन्छन्,
“हामी पूर्णरूपले ध्वंश भएका छौं।
साँच्चै आज त्यही दिन हो,
जुन दिनको आशा हामीले गरेका थियौं।
अन्तमा हामीले आज त्यही देखिरहेका छौं,
जो हामीले सोचेका थियौं।”
17 परमप्रभुले त्यही काम गर्नुभयो,
जो उहाँले परिकल्पना गर्नुभएको थियो।
उहाँले त्यही काम गर्नुभयो,
जो उहाँले हामीहरूलाई गर्छु भन्नु भएको थियो।
उहाँले त्यहि गर्न भयो जो धैरे समय वहाँले गर्नु चाहानुहुन्थ्यो।
उहाँले कुनै दया नदेखिाईकन नष्ट गर्नु भयो।
तिम्रो यो अवस्था देखेर तिम्रो शत्रुहरू अत्यन्तै खुशी भए।
उहाँले तिम्रो शत्रुहरूलाई अत्यन्तै बलियो बनाउनुभयो।
18 परमप्रभुको सामुने अन्तर हृदयबाट क्रन्दन गर।
हे सियोनकी छोरी तेरो पर्खालहरू
आँसुको खोला जस्तै बग्न दे।
रात-दिन तेरो आँसु बग्न दे।
तेरो आँखालाई नरोक शान्त हुन नदे!
19 उठ! राती रोऊ! रातको प्रत्येक पहरको शुरूमा रोऊ।
हृदयलाई परमप्रभुको समीप पोखाऊ।
परमप्रभुसँग प्रार्थनाको लागि हात उचाल।
आफ्ना नानीहरूको जीवनका निम्ति प्रार्थना गर।
भोकले बेहोस भएका नानीहरूलाई जीवनदान दिने प्रार्थना गर।
उनीहरू शहरका बाटो-घाटोमा खाना बिनानै बेहोस हुँदैछन्।
20 हे परमप्रभु! मलाई हेर्नु होस्, हेर्नुहोस्,
म को हुँ, जसलाई तपाईंले यस्तो व्यवहार गर्नु हुँदैछ?
म तपाईंलाई एउटा प्रश्न गर्न चाहन्छु,
“के आफूले जन्माएको शिशुलाई नै स्त्रीले खान्छे र?
के तिनीहरूले हुर्काएको नानीहरूलाई नै खान्छन् र?
के पूजाहारी र अगमवक्ताहरूलाई परमप्रभुको मन्दिरमा मार्नै पर्छ?”
21 गल्लीहरूमा जवानहरू,
र बूढा मानिसको लाशहरू लडिरहेकाछन्।
तरूणी अनि तन्देरीहरू तरवारले बराबरी काटिए।
परमप्रभु जब तपाईं रिसाउनु भयो,
तब तिनीहरूलाई मार्नु भयो।
कुनै दया नदेखाइकन तपाईंले तिनीहरूको नष्ट गर्नु भयो।
22 तपाईंले चारैतिरबाट मकहाँ,
आतङकलाई निम्ताउनु भयो।
तपाईंले आतंकलाई कुनै पर्वका दिन जस्तै
गरेर निम्ताउनु भयो।
कुनै त्यक्ति पनि परमप्रभुको क्रोधबाट
बाँच्न सकेन जसलाई,
हुर्काइ बढाई गरेकी थिएँ,
मेरा शत्रुहरूले तिनीहरूलाई मारे।
वेदनाको अर्थ
3 म एक मानिस छु जसले पीडाको अनुभव गरेको छ।
परमप्रभुले हामीलाई एउटा लाठ्ठीले कुट्नु भयो।
अनि जे भयो मैले त्यो देखें।
2 परमप्रभुले मलाई डोर्याउनु भयो
र ज्योति नभएको कालो अँध्यारोमा ल्याउँनु भयो।
3 परमप्रभुको हात मेरो विरूद्ध उठ्यो,
उहाँले दिन भरि घरी-घरी यस्तो गर्नु भयो।
4 उहाँले मेरो मासु र छाला तान्नु भयो।
उहाँले मेरा हड्डीहरू भाँचि दिनुभो।
5 परमप्रभुले मलाई घेर्नु भयो अनि सबै तिरबाट आक्रमण गर्नु भयो।
उहाँले मेरो वरीपरी समस्या र तिक्तता ल्याउनु भयो।
6 धेरै समय देखि मृत रहेको मानिस झैं
उहाँले मलाई अँध्यारोमा बस्न बाध्या पार्नुभयो।
7 परमप्रभुले मलाई बन्द गरेर राख्नु भयो, म उम्कनँ सकिनँ।
उहाँले मलाई गह्रुँङ्गो साङ्गलाले बाँध्नुभएको थियो।
8 मैले विलाप गर्दै गुहार मागें
तर परमप्रभुले मेरो प्रार्थना सुन्नु नै भएन।
9 उहाँले मेरो बाटो ढुङ्गाको पर्खाल बनाएर छेकिदिनु भयो।
उहाँले मेरो मार्ग नष्ट गर्नु भयो।
10 परमप्रभुले एउटा भालू सरह मलाई आक्रमण गर्न तयार हुनुहुन्थ्यो।
उहाँ एक लुकि बस्ने सिंह जस्तै हुनुहुन्थ्यो।
11 परमप्रभुले मेरो बाटो नै ढाकि दिनु भयो।
उहाँले मलाई टुक्रा-टुक्रा पार्नु भयो,
उहाँले मलाई उजाड ठाउँ जस्तो बनाउनु भयो।
12 उहाँले आफ्नो धनु तयार पार्नु भयो।
उहाँले आफ्नो काँडले मलाई ताँदो बनाउनुभयो।
13 उहाँले मलाई भुँडीमा हिर्काउनु भयो।
उहाँले मलाई काँडले हिर्काउनु भयो।
14 म सारा मानिसहरूको समक्ष हाँसोको पात्र बनेको छु।
सारा दिन तिनीहरूले मेरो खिल्ली उडाउँदै गीतहरू गाइरहे।
15 परमप्रभुले मलाई दण्ड-स्वरूप विष पिउन दिनुभयो।
उहाँले कपको वीटसम्म भर्नु भयो,
र तितो चिराईतो मिलाएर त्यो सबै पिउन लगाउनुभयो।
16 परमप्रभुले मेरो दाँतहरू ढुङ्गामा ठेलेर भाँचिदिनु भयो,
उहाँले मलाई दलदलमा धकेली दिनुभयो।
17 मैले सोचें अब फेरि मैले कहिल्यै शान्ति पाउने छैन्।
मसँग भएका सबै राम्रा कुराहरू मैले भूलें।
18 मैले आफैंलाई भनें, “परमप्रभुबाट सहयोग पाउने,
आशा अब म गर्दिनँ।”
19 परमप्रभु मलाई सम्झनु होस् म अति उदास छु।
अनि मेरो घर छैन।
त्यो तीतो विष सम्झनु होस् जुन तपाईंले मलाई दिनु भएको थियो।
20 म राम्रो प्रकारले मेरा कष्टहरू सम्झन्छु
र अति उदास छु।
21 तर त्यसपछि अन्य केही कुरा सोचें।
तब ममा आशा जाग्यो।
22 परमप्रभुको महान प्रेम र कृपा-दृष्टि कहिल्यै समाप्त हुँदैन।
उहाँको संवेदना कहिल्यै समाप्त हुँदैन।
23 हरेक बिहान उहाँले यसलाई नयाँ रूपमा देखाउनु हुन्छ।
परमप्रभु, तपाईं अत्यन्त सत्य र विश्वासयोग्य हुनुहुन्छ।
24 म आफैलाई भन्छु, “परमप्रभु नै मेरो परमेश्वर हुनुहुन्छ
अनि म उहाँमाथि विश्वास गर्दछु।”
25 परमप्रभु ती मानिसहरूका लागि,
असल हुनुहुन्छ जसले प्रतीक्षा गर्दछ।
परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ,
जसले उहाँलाई खोज्दछ।
26 ती मानिसहरूको लागि राम्रो हो।
परमप्रभुले चुपचाप रक्षागर्न प्रतिक्षा गर्नु हुन्छ!
27 मानव जातिको लागि बाल्य अवस्था देखि
परमप्रभुको जुवा बोक्नु असल कुरा हो।
28 जब परमप्रभुले उसलाई जुवा लगाई दिनु हुन्छ।
त्यो मानिस एक्लो र चुपचाप बस्नु पर्छ।
29 त्यो मानिसले परमप्रभुको,
अगाडि आफ्नो अनुहार जमीन तिर निहुराएर घोप्टीनुपर्छ।
हुनसक्छ, त्यहाँ अझ आशा होला।
30 त्यो मानिसलाई कसैले हिर्काउँदा अर्को गाला पनि फर्काउनु पर्छ।
मानिसहरूलाई अपमान गर्न दिनुपर्छ।
31 त्यो मानिसले त्यो कुरा याद गर्नु पर्छ
कि परमप्रभुले मानिसहरूलाई सदा रद्द गर्नु हुन्न।
32 जब परमप्रभुले दण्ड दिनुहुन्छ, तर उहाँसँग दया पनि हुन्छ।
उहाँसँग दया छ किनभने उहाँको महान प्रेम र करूणा अपार छ।
33 परमप्रभु मानिसहरूलाई दण्ड दिन चाहनुहुन्न।
उहाँ मानिसहरूलाई दु:खी बनाउन चाहनुहुन्न।
34 परमप्रभु यी कुराहरू मनपारउनु हुन्न।
उहाँले पृथ्वीका सारा कैदीहरूलाई आफ्नो खुट्टाले कुल्चन चाहनुहुन्न।
35 उहाँले सर्वोच्च परमेश्वर सामु
मानिसहरूले मानिसहरूलाई अन्याय गरेको चाहनुहुन्न।
36 मानिसलाई धोका दिएको मनपराउनु हुन्न।
यस्तो कुराहरू परमप्रभुले पटक्कै मनपराउनु हुन्न।
37 परमप्रभुले आज्ञा नगरून्जेलसम्म
कसैले पनि एस्तो घट्ना होस् भनेर भन्न सक्तैन।
38 सर्वोच परमप्रभुले नै असल
र खराब दुवै घटनाहरू गराउन सक्नु हुन्छ।
39 जब परमप्रभुले उसको पापहरूको लागि दण्ड दिनु हुन्छ।
कुनै जीउँदो मानिसले विरोध गर्न सक्तैन
40 जाँचौं र हेरौं हामीले के-के गर्यौं।
त्यसपछि परमप्रभु तर्फ फर्कौं।
41 हामी हाम्रा हृदय र हातहरू
र्स्वगका परमप्रभुको तर्फ उठाऔं,
42 अनि उहाँलाई भनौं, “हामीले पाप गर्यौं र बागी भयौं
त्यसैकारण तपाईंले हामीलाई क्षमा दिनु भएनँ।”
43 तपाईंले स्वयंलाई क्रोधले ढाक्नु भयो।
अनि हामीलाई खेद्नु भयो।
तपाईंले हामीलाई निष्ठुरी प्रकारले मार्नु भयो।
44 तपाईंले स्वयंलाई बादलले ढाक्नु भयो
त्यसकारण कुनै पनि उपासकहरू तपाईंकहाँ पुग्न सकेनन्।
45 तपाईंले हामीलाई अन्य जातिहरू प्रति मैला कसिङ्गर
र फोहरी बनाउनु भयो।
46 हाम्रा सारा शत्रुहरू,
हामीसँग क्रोधित भएर बोले।
47 हामी अत्यन्तै त्रासीत भयौं
र हाम्रो विनाश भयो।
48 मेरा आँखाहरूबाट आँसुका धारा बगे।
मेरो मानिसहरूको सर्वनाश देखेर म रोएँ।
49 मेरा आँखाबाट निरन्तर आँसु बगिरहे।
म लगातार रोइरहने छु।
50 परमप्रभु म लगातार रूनेछु,
जबसम्म माथिबाट तपाईंले हामीलाई हेर्नुहुन्न।
म लगातार रूँनेछु,
जबसम्म तपाईंले स्वर्गबाट हामीलाई हेर्नुहुन्न।
51 मेरा सबै शहरहरू रोएको देखेर,
मेरो आँखाहरूले मलाई दु:खी तुल्यायो।
52 हामीलाई घृणा गर्ने कुनै कारणै नभाएकाहरूले,
हामीलाई मात्र चरालाई झैं खेदाए।
53 म जीउँदोलाई तिनीहरूले खाडलमा फ्याँकी दिए।
तिनीहरूले ममाथि ढुङ्गाहरू बर्षाए।
54 मेरो टाउको सम्म पानी आई पुग्यो।
मैले आफैंलाई भनें, “म खत्तम भएँ।”
55 हे परमप्रभु, मैले तपाईंको नाउँ डाकें।
मैले खाडलको पींदबाट तपाईंलाई पुकारें।
56 तपाईंले मेरो आवाज सुन्नुभयो।
कान नथुन्नु होस् र मलाई उद्धार गर्नुहोस्
अनि मलाई बचाउनु होस्।
57 मैले सहायताका निम्ति गुहारेकै दिन तपाईं आउनुभयो।
तपाईंले मलाई भन्नुभयो, “नडराऊ।”
58 परमप्रभु, तपाईंले मेरो प्रतिरक्षा गर्नुभयो।
तपाईंले मेरो जीवन पुन फर्काई दिनु भयो।
59 हे परमप्रभु, तपाईंले मेरो कष्ट देख्नु भएको छ।
अब मेरो न्याय गरीदिनु होस्।
60 मेरो विरूद्धमा तिनीहरूले बनाएको सबै
प्रतिशोधका योजनाहरू तपाईंले देख्नु भयो।
61 हे परमप्रभु तिनीहरूले मेरो अपमान गरेको सुन्नु भयो।
मेरो विरूद्धमा दुष्ट योजनाहरू गरेको तपाईंले देख्नु भयो।
62 मेरा शत्रुहरूका शब्द
र विचारहरू सारा समय मेरो विरूद्धछन्।
63 जब तिनीहरू उठ बस गर्छन।
हेर्नुहोस् तब मेरो खिल्ली उडाउँदैछन्।
64 हे परमप्रभु! तिनीहरूले गरेको कर्म अनुसार तिनीहरूलाई दण्ड दिनुहोस्।
तिनीहरूले जे गरे त्यसको लागि दण्ड भोगाउनुहोस्।
65 तिनीहरू माथि आफ्नो श्राप स्वरूप
कठोर हृदय दिनुहोस्।
66 तिनीहरूलाई क्रोधमा खेद्नु होस्, तिनीहरूको सर्वनाश गर्नुहोस्।
हे परमप्रभु आकाश मुनी देखि तिनीहरूलाई सर्वनाश गर्नुहोस्।
यरूशलेममाथि भिषण आक्रमण
4 हेर सुन कसरी फिक्का भयो।
हेर असली सुन कसरी बद्लियो।
त्यहाँ चारैतिर छरिएका हीरामोतीहरू छन्।
तिनीहरू प्रत्येक गल्छेडाहरूमा छरिएका छन्।
2 सियोनका मानिसहरू बहुमूल्य रत्नहरू जस्तै थिए।
तिनीहरूलाई सुनझैं कदर गरिन्थ्यो।
तर अहिले तिनीहरूका शत्रुहरूले तिनीहरूलाई
कुमालेले बनाएका माटोका पुराना भाँडाहरू जस्तै ठानिरहेका छन्।
3 स्यालहरूले पनि आफ्नो छाउराहरूलाई
दूध चुसाएर हुर्काउँछन्,
तर मेरा मानिसकी छोरी निष्ठुरी छन्।
उनी मरुभूमिमा हुने शतुमुर्ग जस्तै छन्।
4 दूध खाने शिशुको जिब्रो,
तिर्खाले तालुमा टाँसिन्छ।
नानीहरूले रोटी मागिरहेका छन्,
तर तिनीहरूलाई कसैले पनि दिइरहेका छैनन्।
5 ती मानिसहरू जो स्वादिष्ट खाना खान्थे,
गल्लीमा भोकले मरिरहेकाछन्।
ती मानिसहरू जो राता लुगाहरू पहिरिएर हुर्के
तिनीहरूले घुरान-पेटीबाट मैलाहरू टिप्दैछन्।
6 मेरा मानिसका छोरीहरूको पाप
सदोम र गोमोरको भन्दा ठूलो छ।
सदोम र गोमोर
सजिलै सर्वनाश भए।
त्यो मानिसको हातबाट
सर्वनाश भएको होइन।
7 यहूदका कतिपय मानिसहरूले
विषेश प्रकारले परमप्रभुलाई समर्पण गरे।
ती मानिसहरू अति पवित्र थिए।
तिनीहरू हिँऊँभन्दा पनि सफा
र दुध भन्दा पनि सेता थिए।
तिनीहरूका शरीर मुँगा भन्दा पनि राता थिए।
तिनीहरूका दाह्री नीलमणि ढुङ्गा जस्तै थिए।
8 अहिले तिनीहरूको अनुहारहरू लालटिनको मोसोभन्दा काला छन्।
तिनीहरूलाई गल्लीहरूमा पार भएर जाँदा कसैले पनि चिन्दैन।
तिनीहरूका छाला हड्डीसँग टाँसिएर चाउरी परेका छन।
तिनीहरूका छाला काठझैं खस्रा छन्।
9 जो भोकले मर्नेहरू भन्दा
तरवारले काटिएर मर्नेहरू भाग्यमानी हुन्।
खानको कमीले मर्नेहरू भन्दा
चोटबाट रगत बगेर मर्नेहरू अझ भाग्यमानी हुन्।
10 एक समयमा माया गर्ने आइमाईहरूले
आफ्ना नानीहरूका लागि खाना पकाउँथे।
पछिबाट ती नानीहरू नै
तिनीहरूका आमाहरूका एकमात्र आहार बने।
यी सबै कुराहरू भए
जब मेरो मानिसहरूलाई नष्ट पारिएको थियो।
11 परमप्रभुले आफ्ना सारा क्रोध प्रकट गर्नुभयो
र उहाँले आफ्नो क्रोध पोखाउनु भयो।
उहाँले सियोनमा आगो लगाउनु भयो।
आगोले सियोनको जगहरू धराशायी गरिदियो।
12 यरूशलेमका फाटकहरूबाट शत्रुहरू प्रवेश गर्ने छन्
भन्ने कसैले विश्वास गर्न सक्दैन थे।
13 यी सबै कुराहरू यरूशलेमका अगमवक्ताहरू
र पूजाहारीहरूको पापको कारणले गर्दा
अनि त्यहाँका निर्दोष जनतलाई जसले मारे
ती मानिसहरूको कारणले गर्दा भएको थियो।
14 अगमवक्ताहरू र पूजाहारीहरू
अन्धा मानिस सरह गल्लीहरूमा हिँड्थे।
तिनीहरू रगतले लत्पत् भएका थिए।
एका अर्कामा लुगा छुन पनि घिनाउँथे।
15 तिनीहरू चिच्याए, “भाग!
भाग! हामीलाई नछोऊ!”
तिनीहरू भन्छन्, “तिनीहरू
बेगारी भई घुम्नु पर्छ।
उनीहरू यहाँ रहन सक्दैनन्।”
16 परमप्रभु स्वयंले ती मानिसहरूलाई नष्ट गर्नुभयो।
उहाँले तिनीहरूको हेरचाह गर्नुभएन।
उहाँले पूजाहारीहरूको आदर गर्नुभएन
यहूदका बूढा-प्रधानहरूसँग उहाँको मैत्रीभाव थिएन।
17 सहायताको निम्ति हेर्दा हेर्दै हाम्रो आँखाहरू टट्टाए।
तर कतैबाट सहायता आएन।
हामीले स्वयंलाई बचाउँन
कुनै एक जातिलाई हेर्यौं।
तर कुनै जाति पनि आएन।
18 हाम्रा शत्रुहरूले सारा समय हामीलाई घात पारीरहे।
हामी गल्लीमा सम्म निस्कन सकेनौं।
हाम्रो अन्त्य नजीक आई सक्यो।
हाम्रो समय पूरा भैसक्यौ।
19 ती मानिसहरू जसले हामीलाई खेदे
तिनीसहरू आकाशमा उड्ने चील भन्दा तेज थिए।
ती मानिसहरूले हामीलाई पर्वतहरू सम्म खेदे
हामीलाई समात्न भनेर मरुभूमिमा लुकेर ढुकी बसे।
20 राजा हाम्रो लागि अत्यन्त प्रमुख थिए
उनी हाम्रा प्राणका स्वास जस्तै थिए।
तर राजालाई तिनीहरूले पासोमा पारे
परमप्रभुबाटनै चुनिएका राजा थिए।
हामीले राजाको विषयमा भन्यौं,
“हामी उहाँको छाँयासँग बाँच्नेछौं,
उहाँले हामीलाई अन्य जातिहरूबाट जोगाउनु हुनेछ।”
21 एदोमका मानिसहरू खुशी बन,
ऊज भूमिमा बस्नेहरू खुशी बन।
तर याद गर, परमप्रभुको कचौरा तिमीहरूका वरिपरि आउने छ।
जब तिमी त्यो कचौराबाट पिउँछौ तिमीहरू मातिने छौं।
अनि आफैंलाई नाङ्गो पार्ने छौ।
22 हे सियोन तिमीहरूका दण्ड पूर्ण भयो,
तिमीहरू फेरि कैदखानामा छैनौ।
तर हेर परमप्रभुले एदोमका मानिसहरूलाई,
तिमीहरूको पापको दण्ड दिनुहुनेछ।
उहाँले तिमीहरूका पाप उदाङ्गो पार्नु हुनेछ।
परमप्रभुलाई प्रार्थना
5 हे परमप्रभु, याद गर्नुहोस्, हामीमा के घटेको थियो।
हाम्रो अपमान हेर्नु होस्।
2 हाम्रो भूमि प्रदेशीहरूको हातमा सुम्पिदिए
हाम्रा घरहरू विदेशीहरूलाई सुम्पिदिए।
3 हामी अनाथ भयौं।
हाम्रा पिता छैनन्।
हाम्रा आमाहरू विधवा जस्ती भएकि छिन्।
4 हामीले पिउने पानी पनि किन्नु परेको छ।
हामीले दाउराको पनि ज्याला तिर्नु परेको छ।
5 हामीलाई भन्जयाङमा जुवा बोकेर लैजान जोर गरिइएकोछ।
हामी थकित छौं र हामीलाई विश्राम छैन।
6 रोटी पाउनका लागि हामीले मिश्रसँग एउटा सम्झौता गर्यौ।
हामीले अश्शूरसँग एउटा सम्झौता गर्यौं।
7 हाम्रा पिता-पुर्खाहरूले पाप गरेका थिए अनि तिनीहरू मरेका छन्।
तिनीहरूको पापको कर्म अहिले हामीले भोगी रहेका छौं।
8 जो ठीक हाम्रा नोकरहरू थिए तिनीहरू हाम्रा शासक भएका छन्।
कसैले पनि हामीलाई तिनीहरूबाट बचाउन सकेनन्।
9 हामीले आहार खोज्नको लागि प्राणघातक
उजाड ठाउँमा होम्रो जीवन खतरामा पार्यौ।
10 हाम्रा छाला चुल्हा जस्तै तातेको छ।
भोकको अतिशयाले गर्दा हामीलाई असाध्य ज्वरो आएको छ।
11 शत्रुहरूले सियोनका स्त्रीहरूमाथि व्यभिचार गरेका छन्।
तिनीहरूले यहूदाका शहरहरूमा तरूणीहरूलाई व्यभिचार गरेका छन्।
12 हाम्रा राजकुमारहरूलाई शत्रुले झुण्ड्याएर मारेका छन्।
तिनीहरूले हाम्रा बूढा-प्रधानहरूलाई सम्मान गरेका छैनन्।
13 हाम्रा जवान छोराहरू शत्रुको कमारा छन्।
अनि हाम्रा छोराहरूका खुट्टाहरू शत्रुहरूको भारी कामले लर्वरिन्छन्।
14 बूढा-प्रधानहरू शहरका मूल ढोकाहरूमा भेला हुन छाडीदिए।
जवान मानिसहरूले सँगीत बजाउन छाडीदिए।
15 अब हाम्रो हृदयमा आनन्दको चिन्ह समेत पनि रहेन।
हाम्रा नाचहरू शोक गीतमा परिवर्तन भएका छन्।
16 मुकुट हाम्रो टाउकोबाट झरेर गयो।
हामीले गरेको पापको कारणले,
हामीमा खराब समय आएकोछ।
17 ती कुराहरूको कारणले गर्दा,
हाम्रा आँखाहरूले स्पष्ट देख्न छोड्यो।
18 सियोन पर्वत बाँझोभूमि भयो।
स्यालहरू सियोन पर्वतको वरिपरि दर्गुछन्।
19 तर हे परमप्रभु। तपाईंले हामीमाथि सदैव शासन गर्नुभएको छ।
तपाईंको सिंहासन सदाको लागि रहन्छ।
20 हे परमप्रभु, हामीलाई तपाईंले सदाको लागि बिर्से जस्तो देखियो।
तपाईंले त्यस्तो लामो समयदेखि हामीलाई एक्लै छाडनु भयो।
21 हे परमप्रभु, हामीलाई फेरि फर्काई तपाई कहाँ ल्याउनु होस्।
हामी आनन्दले तपाई कहाँ फर्कने छौं।
हामीहरूको जीवन पहिलेको जस्तै बनाईदिनु होस्।
22 तपाई हामीप्रति अति क्रोधित हुनुहुन्थ्यो।
के तपाईले हामीलाई पूर्ण प्रकारले इन्कार गर्नु भयो?
परिचय
1 1-3 म बूजीको छोरो पूजाहारी इजकिएल हुँ। म बाबेलमा कैदीहरूसित कबार नदीको किनारमा थिएँ। स्वर्ग खुल्यो अनि मैले परमेश्वरको दर्शन देखें। यो तीसौं बर्षको चौथो महीनाको पाँचौ दिन थियो। (यो राजा यहोयाकीनको देश निष्कासनको पाँचौं बर्षको पाँचौं महीनाको पाँचौं दिन इजकिएलले परमप्रभुको वचन प्राप्त गरे। त्यस स्थानमा परमप्रभुको शक्ति ममाथि आयो।)
परमप्रभुको रथ अनि उहाँको सिंहासन
4 मैले उत्तर दिशाबाट आँधी-बेहरी आउँदै गरेको देखें। त्यो बाक्लो बादल थियो अनि बादलको चारै तिर उज्यालो थियो र यसबाट आगो बलिरहेको थियो। त्यस आगोको बीचमा टल्किएको तातो धातु[b] झैं केही देखिन्थ्यो। 5 बादल भित्रबाट चारवटा जीवित प्राणीहरू झैं केही देखा पर्यो, त्यो हेर्दा मानिसको रूप जस्तै देखिन्थ्यो। 6 तर हरेक प्राणीको चारवटा अनुहारहरू अनि चारवटा पखेंटाहरू थिए। 7 तिनीहरूको खुट्टाहरू सीधा थियो अनि पैताला बाछाको खुर जस्तो थियो। अनि त्यो टल्काइ राखेको काँसा जस्तै टल्किन्थ्यो। 8 तिनीहरूको पखेंटा मुनि चारैतिर मानिसको हातहरू थियो अनि ती चारै जनाको चारवटा चेहराहरू अनि चारवटा पखेंटाहरू थियो। 9 पखेंटाले एका-अर्कालाई छुन्थ्यो। जब तिनीहरू हिँड्थे, यता-उता फर्कदैन थिए अनि त्यसै दिशापट्टि हिंडथे जता हेरिरहेको हुन्थे।
10 हरेक प्राणीको चारवटा मुख थियो। अघाडी पट्टिको अनुहार मानिसको जस्तो थियो। दाहिने पट्टि सिंहको अनुहार जस्तो थियो। देब्रेपट्टि गोरूको जस्तो अनुहार थियो, अनि पछाडि पट्टिको अनुहार चीलको जस्तो थियो। 11 प्राणीहरूको पखेंटा तिनीहरूमाथि फैलिएका थियो, तिनीहरूले आफ्नो दुइवटा पखेंटाले आफ्नो छेउको प्राणीको दुइवटा पखेंटालाई छोएको हुन्थ्यो तथा दुइवटालाई आफ्नो शरीर छोप्नका निम्ति प्रयोग गरिएको थियो। 12 जब ती प्राणीहरू हिँड्थे तिनीहरू फर्कंन्दैन थिए। ती त्यसै दिशामा हिँड्थे जुन दिशा पट्टि तिनीहरू फर्केका थिए। तिनीहरू त्यहीं जान्थे जहाँ तिनीहरूलाई हावाले लिएर जान्थ्यो। 13 हरेक प्राणीलाई यस्तो देखिन्थ्यो, ती प्राणीहरूको बीचको भाग बल्दै गरेको कोईलाको आगो जस्तै देखिएको हुन्थ्यो।
यो आगो सानो-सानो राँको जस्तै ती प्राणीहरूको बीचमा बलिरहेको थियो। आगो चहकिलो थियो अनि त्यसबाट बिजुली निस्कन्थ्यो। 14 ती प्राणीहरू बिजुली चम्के जस्तै यतादेखि उता बेगसँग दौडन्थे।
15-16 जति बेला मैले प्राणीहरूलाई हेरिरहेको थिएँ मैले चारवटा पाङ्ग्राहरू देखें। प्रत्येक प्राणीका निम्ति एउटा पाङ्ग्रा थियो। पाङ्ग्राले जमीनलाई छोएको थियो अनि सबै पाङ्ग्रा एक समान थिए। पाङ्ग्रा हेर्दा पहेंलो शुद्धमणि जस्तो थियो, अनि तिनीहरूको बनावट पाङ्ग्रा भित्र पाङ्ग्रा जस्तै थियो। 17 त्यो पाङ्ग्रा कुनै दिशामा पनि घुम्न सक्थ्यो, तर ती जीवित प्राणीहरू हिँड्दा यता उता घुम्न सक्दैन थिए।
18 त्यो पाङ्ग्रा अग्लो डरलाग्दो सुइरोले घेरिएको थियो। त्यसको चारै पाङ्ग्राहरू आँखै-आँखाले घेरिएका थिए।
19 पाङ्ग्रा सधैँ प्राणीहरूसँग हिँड्थ्यो। यदि प्राणी माथि हावामा गयो भने पाङ्ग्रा पनि सँगै जान्थ्यो। 20 तिनीहरू त्यहीं जान्थे जहाँ हावाले लिएर जान्थ्यो अनि पाङ्ग्रा पनि तिनीहरूसितै जान्थ्यो किनभने यी प्राणीहरूको हावा पाङ्ग्राहरू थियो। 21 यसकारण प्राणी चल्दा पाङ्ग्रा पनि चल्थ्यो, अनि प्राणी रोकिए पाङ्ग्रा पनि रोकिन्थ्यो। यदि पाङ्ग्रा हावामा माथि गए ती प्राणीहरू पनि जान्थ्यो, किनभने हावा पाङ्ग्राहरूमा थियो।
22 प्राणीहरूको शिरमाथि आश्चर्यजनक चीज थियो। यो एउटा उल्टा बटुका जस्तै थियो। बटुका बरफ जस्तै स्वच्छ थियो। 23 यो बटुकाको तल प्रत्येक प्राणीको सीधा पखेंटा थियो त्यो अर्को प्राणीसम्म पुगेको थियो। प्रत्येक प्राणीले यसको दुइवटा फिँजिएको पखेंटाहरू अनि अर्को दुइवटा पखेंटाहरूले यसको शरीर छोपेको थियो।
24 जब-जब त्यो प्राणीहरू हिँड्थ्यो, त्यसको पखेंटाको ध्वनि बडो तेजसँग आउँथ्यो। त्यो ध्वनि समुद्रको गर्जन जस्तै हुन्थ्यो। त्यो सर्वशक्तिमान परमेश्वरको छेउमा निस्कने वाणी समान थियो। त्यो कुनै सेना समूहको स्वर जस्तै थियो। जब ती प्राणीहरू हिँड्न छोड्थे त्यति बेला आफ्नो पखेंटा तल झर्थ्यो।
25 ती प्राणीहरूले हिँड्न बन्द गर्थे, आफ्नो पखेंटाहरू तल झर्थे अनि त्यँहा फेरि डरलाग्दो आवाज हुन्थ्यो। त्यो आवाज बटुकाबाट हुन्थ्यो जुन तिनीहरूको शिरमाथि थियो। 26 त्यो बटुकाको माथि केही थियो जुन एउटा सिंहासन जस्तो देखिन्थ्यो। यो नीलमणि जस्तै नीलो थियो, त्यहाँ कोही थियो जुन त्यो सिंहासनमाथि बसेको मानिस जस्तै देखिन्थ्यो। 27 मैले त्यसको कम्मरमाथि हेरे। त्यो चहकिलो काँसा जस्तो देखिन्थ्यो। त्यसको चारैतिर आगोको ज्वाला निस्किरहेको थियो। मैले त्यसको कम्मरदेखि मुन्तिर हेरें, त्यहाँ पनि आगो जस्तै निक्लिरहेको थियो जुन त्यसको चारैतिर आगो जस्तै जग्मगाई रहेको थियो। 28 त्यसको चारैतिर उज्यालो प्रकाश बादलमा इन्द्रेणीको आकार जस्तै थियो। त्यो परमप्रभुको महिमा जस्तो थियो। जब मैले त्यो देखें र म पृथ्वीमा लडें। मैले भूईंमा टाउको घोप्टो पारें अनि मैले कोही बोलिरहेको जस्तो स्वर सुनें।
2 त्यस आवाजले भन्यो, “हे मानिसको छोरो, खडा़ होऊ र म तिमीसित कुरा गर्नेछु।”
2 जब उहाँले मसित बात गर्नुभयो, तब उहाँको आत्मा म भित्र पस्यो र मलाई खडा गरायो। अनि मैले त्यस मानिसलाई मसित कुरा गरेको सुनें। 3 उहाँले मलाई भन्नुभयो, “मानिसको छोरो, म तिमीलाई इस्राएलको परिवारसँगकेही भन्नका निम्ति पठाउँदैछु। तिनीहरू बागीहरूको जाति हुन्। लगातार मेरो विरूद्ध बागी भएकाछन् तिनीहरूका पिता-पुर्खाहरू पनि मेरो विरूद्धमा बागी भएको थिए। तिनीहरू र तिनीहरूका पिता-पुर्खाहरूले मेरो विरूद्धमा अपराधहरू गरे अनि आज सम्म तिनीहरू त्यसै गर्दैछन्। 4 म तिमीलाई तिनीहरू विरूद्ध केही भन्नको निम्ति पठाउँदैछु। तर तिनीहरू एकदमै हठी छन्। तिनीहरू कठोर हृदयका छन्। तर तिमीले तिनीहरूसँग कुरा गर्नु पर्नेछ। तिमीले भन्नु पर्छ, ‘परमप्रभु हाम्रा मालिकले यो कुराहरू भन्नुहुँदैछ।’ 5 तिनीहरूले तिम्रो कुरा सुन्नेछन् वा सुन्नेछैनन् किनभने तिनीहरू बिद्रोहीहरू हुन्। तर तिमीले ती कुराहरू भन्नुपर्छ ताकि उनीहरूले बुझ्न सकुन् कि तिनीहरूको माझमा एक जना अगमवक्ता छन्।
6 “हे मानिसको छोरो! तिनीहरूसँग नडराऊ। तिनीहरू जे भन्छन् त्यसको निम्ति नडराऊ। यो साँच्चो हो तिनीहरू तिम्रो विरूद्ध हुनेछन् अनि तिमीलाई चोट पुर्याउनँ चाहन्छन्। तिनीहरू काँडा जस्तै हुनेछन्। तिमीलाई यस्तो लाग्ने छ कि तिमी बिच्छीहरूको बीचमा बसेका छौ। तर तिनीहरूले जे जति भन्नेछन्, त्यसका निम्ति नडराऊ। तिनीहरू विद्रोहीहरू हुन्। 7 तिमीले तिनीहरूसँग यी सबै कुराहरू भन्नुपर्छ, जुन मैले तिमीसँग भन्दछु। तिमीले भनेको तिनीहरूले सुन्न पनि सक्छन् अथवा सक्तैनन् पनि, किनभने तिनीहरू विद्रोहीहरू हुन्।
8 “हे मानिसको छोरो! तिमीले ती कुराहरू सुन्नु पर्छ, जुन कुरा म तिमीलाई भन्छु। ती बागी मानिसहरू जस्तै मेरो विरूद्ध नहोऊ। आफ्नो मुख खोल, जुन कुरा म तिमीलाई भन्छु त्यो स्वीकार गर अनि ती कुराहरू मानिसहरूलाई भन। यी सबै वचनहरू पालनगर।”
9 अनि जब मैले एउटा हात आफूतिर बढ़दै गरेको देखें। त्यो एउटा मुट्ठो पारेर बेह्ररिएको लामो पुस्तक जसमा केही लेखेर समातेको थियो। 10 मैले त्यो बेहेरिएको पत्र खोलें अनि त्यसको छेउ अनि पछाडि पट्टि केही कुराहरू लेखिएको थियो। त्यसमा सबै प्रकारको विलाप, शोक र दु:खका गीत, कथाहरू अनि चेताउनीहरू थिए।
3 परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो! जुन तिमीले देख्दै छौ, त्यो खाऊ। यो बेह्ररिएको पत्र खाऊ अनि गएर इस्राएलका परिवारहरूलाई यी कुराहरू भन।”
2 यसकारण मैले मेरो मुख खोलें अनि उहाँले त्यो बेह्ररिएको पत्र मेरो मुखमा राखिदिनु भयो। 3 तब परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरा! म तिमीलाई यो बेह्ररिएको पत्र दिँदैछु। यसलाई निल! यो बेहेरिएको पत्र तिम्रो शरीरमा भरियोस्।”
यसकारण मैले त्यो बेहेरिएको पत्र खाँए। त्यो मेरो मुखमा मह जस्तै मीठो भयो।
4 तब परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरा! इस्राएलको परिवारमा जाऊ। मैले भनेको कुराहरू तिनीहरूलाई भन। 5 मैले तिमीलाई कतै विदेशहरू पठाएको होइन, जसको भाषा तिमी बुझ्दैनौ। तिमीले अर्को भाषा सिक्नु पर्नेछैन। मैले तिमीलाई इस्राएलको परिवारकहाँ पठाउँदैछु। 6 मैले तिमीलाई विभिन्न देशहरूमा पठाएको होइन जहाँका मानिसहरू यस्तो भाषाहरू बोल्छन् जुन तिमीले बुझ्दैनौं। यदि तिमी तिनीहरूकहाँ गई कुरा गर्छौ तब तिनीहरूले तिम्रो कुरा सुन्नेछन्। 7 अँहँ! मैले तिमीलाई इस्राएलको परिवारकहाँ पठाउँदैछु। किनकि इस्राएलका सारा घराना नै अट्टेरी, ढीठ र कठोर मनका छन् अनि इस्राएलका मानिसहरूले तिम्रो कुरा सुन्न इच्छा गर्ने छैनन्। तिनीहरूले मेरो कुरा सुन्ने छैनन्। 8 तर म तिमीलाई त्यति नै हठ्ठी बनाउनेछु जति तिनीहरू छन्। उनीहरूको जस्तै तिम्रो हृदय त्यति नै कठोर हुनेछ। 9 हीरा, अग्नि चट्टान भन्दा पनि कडा हुन्छ, त्यस्तै प्रकारले तिम्रो हृदय पनि उनीहरूको भन्दा कठोर हुन्छ, तिमी उनीहरू भन्दा पनि हठ्ठी हुनेछौ, तिमी उनीहरूसँग डराउनेछैनौ। तिमी उनीहरूसँग नडराऊ जो सधैँ मेरो विरूद्धमा गएका छन्।”
10 तब परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरा! तिमीले मेरो प्रत्येक कुरा जुन म भन्दैछु सुन्नु पर्छ अनि ती कुराहरू याद राख्नु पर्छ। 11 तब सबै तिम्रा मानिसहरू कहाँ जाऊ, जो कैदमा छन्। तिनीहरू कहाँ जाऊ अनि भन, ‘परमप्रभु हाम्रा मालिकले यी कुराहरू भन्नुहुन्छ।’ वास्ता नगर्नेहरूलाई यी कुराहरू भन चाहे तिनीहरूले सुन्छ अथवा सुन्दैनन्।”
12 तब मलाई एउटा हावाले माथि उठायो। तब मैले आफ्नो पछाडीबाट एउटा आवाज सुनें। यो आवाज मेघको गर्जन जस्तो थियो। त्यसले भन्यो, “परमप्रभुको महिमा धन्य छ जहाँ कहीं यो जान्छ।” 13 अब ती प्राणीहरूले तिनीहरूको पखेंटा हल्याउन शुरू गरे। जब पखेंटाहरूले एक-अर्कालाई छुन्थे, अनि पाङ्ग्राहरू तिनीहरू तर्फ सर्थे, तिनीहरूले मेघ गर्जे झैं आवाज निकाल्थे। 14 आत्माले मलाई उठाएर माथि टाढो लग्यो। मैले त्यो स्थान छोडें। म साह्रै दु:खी थिएँ अनि मेरो आत्मा अत्यन्त खिन्न थियो, तर परमप्रभुको शक्ति म भित्र अत्यन्त प्रबल थियो। 15 म ती कैदीहरू भए कहाँ गएँ जो कबार नदीको तेलाबीबमा[c] बस्दै थिए। म त्यहाँ सात दिन सम्म तिनीहरूको बीचमा शान्तसँग खिन्न भएर बसिरहें।
16 सात दिन पछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 17 “हे मानिसको छोरो! म तिमीलाई इस्राएलको प्रहरी बनाउँदैछु। म ती सबै नराम्रो घटनाहरू बताउनेछु जुन उनीहरूमाथि घट्नेछ, अनि तिमीले इस्राएलको ती घटनाहरूको बारेमा चेतावनी दिनुपर्नेछ। 18 यदि मैले, ‘यो नराम्रो मानिस मर्नेछ भनें।’ भनें तिमीले त्यो चेतावनी पनि उसलाई दिनुपर्छ। तिमीले उसलाई भन्नु पर्छ, आफ्नो जिन्दगी बद्ली गर अनि नराम्रो काम गर्न छोड। यदि तिमीले त्यो मानिसलाई चेताउनी दिएनौं भने त्यो मर्नेछ। किनकि त्यसले पाप गरेको छ। तर म तिमीलाई त्यसको मृत्युको उत्तरदायी बनाउँछु। किनकि तिमी त्यसकहाँ गएनौ अनि त्यसको जीवन बचाएनौ।
19 “यो पनि हुन सक्छ तिमीले कुनै मानिसलाई चेतावनी दियौ, त्यसलाई त्यसको जीवन मार्ग बद्ली गर्नका निम्ति सम्झायौ अनि नराम्रो काम नगर्नु भन्यौ। यदि त्यसले तिम्रो कुरा सुनेन भने त्यो मर्नेछ। त्यो मर्नेछ किनकि त्यसले पाप गरेको छ। तर तिमीले उसलाई चेतावनी दियौ यसकारण तिमीले आफ्नो जीवन बचायौ।
20 “यो पनि हुन सक्छ कि कुनै राम्रो मानिस राम्रो भइरहनु छोड्छ। किनभने मैले त्यसको पछि केही यस्तो राखेकोछु जसले त्यसलाई पाप गर्न लगाउँछ। त्यसले नराम्रो काम गर्न शुरू गर्छ यसकारण त्यो मर्नेछ। उसले गरेको असल कर्महरू उसको पक्षमा सम्झना गरिनेछैन। त्यो मर्नेछ किनभने त्यसले पाप गर्यो र तिमीले उसलाई चेताउनी दिएनौ। म तिमीलाई उसको मृत्युको उत्तरदायी सम्झनेछु।
21 “तर यदि तिमीले त्यो राम्रो मानिसलाई चेताउनी दियौ अनि त्यसलाई पाप गर्न बन्द गर्नु भन्यौ अनि त्यसले पाप गर्न बन्द गर्यो भने त्यो मानिस मर्नेछैन। किनभने तिमीले उसलाई चेतावनी दियौं अनि उसले सुन्यो। यस प्रकारले तिमीले आफ्नो जीवन बचायौ।”
22 तब परमप्रभुको शक्ति मकहाँ आयो। उहाँले मलाई भन्नुभयो, “उठ, अनि बेंसीमा जाऊ। म तिमीसित त्यहाँ कुरा गर्नेछु।”
23 यसकारण म उठें अनि बेंसीमा गएँ। परमप्रभुको महिमा त्यहाँ त्यसरी नै प्रकट भयो जस्तो मैले कबार नदीको किनारमा देखेको थिएँ। यसकारण मैले मेरो अनुहार भूइँतिर निहुराएँ। 24 तर एउटा हावा आयो अनि यसले मलाई मेरो खुट्टामा उभ्यायो परमप्रभुले मलाई भन्नुभयो, “घर जाऊ, अनि आफैं घरभित्र ढोका थुनेर बस। 25 हे मानिसको छोरा! मानिसहरू डोरी लिएर आउनेछन् अनि तिमीलाई बाँध्नेछन्। तिनीहरूले तिमीलाई बाहिरका अरू मानिस भएकोमा जान दिनेछैनन्। 26 म तिम्रो जिब्रो तिम्रो तालुमा टँसाई दिनेछु। तिमीले बात गर्न सक्नेछैनौ। यसकारण तिनीहरूले कोही मानिसलाई पनि यस्तो भेट्टाउने छैनन् जसले तिनीहरूलाई शिक्षा दिन सकोस् कि तिनीहरूले पाप गरिरहेका छन्। किनकि तिनीहरू सधैँ मेरो विरूद्धमा गइरहेका छन्। 27 तर जब म तिमीसित कुरा गर्छु त्यसबेला तिमीलाई म बोल्ने बनाउँनेछु। तर तिमीले भन्नु पर्छ, ‘परमप्रभु हाम्रा मालिकले यी कुराहरू भन्नु हुन्छ।’ यदि कसैले सुन्न चाहन्छ भने उसले सुनोस्। यदि होइन भने, मलाई तिरस्कार गरोस्। किनभने तिनीहरू विध्वंशकारीहरू हुन्।
4 “हे मानिसको छोरो! एउटा ईंटाका पाटा लिएर। त्यसमा एउटा नक्सा बनाऊ। एउटा शहरको अर्थात यरूशलेमको एउटा नक्सा बनाऊ। 2 अनि त्यस्तो काम गर मानौं त्यस शहरलाई चारैतिरबाट तिम्रो सेनाले घेरेको छ। शहरको चारैतिर एउटा माटोको पर्खाल यस्तो प्रकारले बनाऊ जसबाट आक्रमण गर्न सहायता होस्। शहरको द्वार सम्म पुग्ने गरी एउटा कच्चा बाटो बनाऊ, त्यसलाई भत्काउने मूढाहरू ल्याऊ अनि शहरको चारैतिर सैनिकहरूको छाउनी लगाऊ। 3 अनि अब एउटा फलामको कराई ल्याऊ अनि तिमी आफू र शहरको बीचमा राख। यो एउटा फलामको पर्खाल जस्तै हुनेछ। जसले तिमी र शहरलाई अलग राख्छ। तिमीले यस्तो प्रकारले प्रदर्शन गर कि तिमी त्यो शहरको विरूद्धमा छौ। तिमीले त्यो शहरलाई घेर अनि त्यसमाथि आक्रमण गर। किनभने यो इस्राएलको परिवारका निम्ति एउटा उदाहरण हुनेछ। यसबाट यो प्रर्दशित हुनेछ कि म यरूशलेमलाई नष्ट गर्नेछु।
4 “त्यसपछि, तिम्रो देब्रेपट्टि ढल्क। तिमीले इस्राएलीहरूको पापहरूका तिम्रो दण्ड कार्यद्वारा अवश्यै देखाउनु पर्छ। तिनीहरूको पापहरूको निम्ति दण्ड जति बर्ष सम्म दण्ड भोग्नु पर्ने छ त्यति दिन सम्म तँ देब्रेपट्टि कोल्टे परेर ढल्की रहनु पर्छ। 5 तिमीले यस्तो प्रकारले इस्राएली मानिसहरूको पाप 390 दिनसम्म सहनु पर्छ। यस प्रकार म तिमीलाई बताउँदैछु इस्राएल एक दिन एकबर्षको बराबर लामो समयसम्म दण्डीत हुनेछ।
6 “तब तिमी तिम्रो दाहिनेपट्टि फर्किएर चालिस दिन सम्म लडिरहने छौ। यस्तै प्रकारले यहूदाको पापको सजाय चालिस दिन सम्म तिमीले देखाउँनेछौ। एक दिन बराबर एक बर्ष हुन्छ। म तिमीलाई बताउँदैछु कि कहिले सम्म यहूदा दण्डीत हुनेछ।”
7 परमेश्वरले फेरि भन्नुभयो, “अब आफ्नो पाखुरा घुमाऊ अनि आफ्नो हातलाई ईंटामाथि राख। यस्तो देखाउ मानौ तिमीले यरूशलेम शहरमाथि आक्रमण गरिरहेछौ। यो देखाउनको निम्ति गर कि तिमी मेरो अगमवक्ताको रूपमा मानिसहरूसँग बात गरिरहेका छौ। 8 हेर, म तिमीलाई डोरीले बाँधिराख्नेछु। जब सम्म घेराको दिन समाप्त हुँदैन तिमी यता उता फर्कन सक्ने छैनौ।”
9 परमेश्वरले यसो पनि भन्नुभयो, “तिमीले रोटी पकाउनको निम्ति केही समान ल्याउनु पर्नेछ। केही गहुँ, जौं, सिमी, दाल कोदो, फापर, यो सबैलाई एउटै भाँडामा हालेर पिँध अनि पिठो बनाऊ। तिमीले यो पिठो रोटी बनाउनका निम्ति प्रयोग गर्नुपर्छ। तिमीले खाली यो रोटी मात्र 390 दिन सम्म कोल्टे परेर खानु पर्छ। 10 तिमीले तिम्रो आफ्नै निम्ति खाने कुराहरू तौलनु पर्छ। प्रत्येक दिनको निम्ति बीस शेकेल। अनि तिमीले दिनको तोकिएको समयमा मात्र खानु पर्छ। 11 अनि तिमीले दिनमा एक हिनको छैटौं भाग मात्र पानी पिउन सक्छौ। 12 प्रतिदिन तिमीले आफ्नो रोटी पकाउनु पर्छ। तिमीले मानिसको मल बाल्नु पर्छ अनि त्यो बल्दै गरेको मलमा रोटी पकाउनु पर्छ। तिमीले यो रोटी मानिसको आँखाको सामने खानु पर्छ।” 13 तब परमप्रभुले भन्नुभयो, “यसले यो देखाउँछ कि इस्राएलका परिवारले विदेशमा अशुद्ध भोजन खानेछन् अनि मैले तिनीहरूलाई इस्राएल छोड्नु अनि विदेशहरूमा जान बाध्य गरें।”
14 त्यसपछि मैले आश्चर्य भएर भनें, “तर हे परमप्रभु मेरो मालिक! मैले अशुद्ध भोजन कहिले खाइनँ। मैले कहिले जनावरको मासु खाइन जुन कुनै रोगले मरेको होस् या कुनै जङ्गली जनावरले मारेको होस्। मैले बाल्यकालदेखि अहिले सम्म कुनै दिन पनि अपवित्र मासु खाइनँ। मेरो मुखमा त्यस्तो नराम्रो मासु पसेको छैन।”
15 तब परमेश्वरले मलाई भन्नुभयो, “ठीक छ! म तिमीलाई रोटी पकाउनुको निम्ति गाईको गोबर प्रयोग गर्न दिनेछु। तिमीले मानिसहरूको सुकेको दिसाको प्रयोग गर्न आवश्यक छैन।”
16 तब परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो, म यरूशलेममा भोजनको लागि उब्जनी नष्ट पार्दै छु। मानिसकहाँ भोजन कम्ती रहनेछ। तिनीहरू आफ्नो भोजनको अभावले साह्रै चिन्तित हुनेछन् अनि तिनीहरूले पिउने पानी पनि नापेर (जोखेर) मात्र पिउँने छन्। 17 किनभने मानिसहरूको निम्ति प्रयाप्त भोजन अनि पानी हुँदैन। मानिसहरू एक अर्कालाई हेरेर डराउनेछन् किनकि तिनीहरूले आफ्नो पापको कारण एउटाले अर्कोलाई नष्ट भएको देख्नेछन्।
5 1-2 “हे मानिसको छोरो! तिमीले आफ्नो उपवासको समयपछि यो काम गर्नुपर्छ। तिमीले एउटा धारिलो तरवार लिनु पर्छ। त्यो तरवारको प्रयोग हजामको छुरा जस्तै गर। तिमीले आफ्नो कपाल र दाह्री त्यसले काट। कपाललाई तराजुमा राखेर तौल। आफ्नो कपाललाई तीन बराबर भागमा बाँड। आफ्नो कपालको तिहाईं भाग त्यस ईंटामाथि राख जसमा तिमीले शहरको चित्र बनाएका छौ। त्यो ‘शहरमा’ राखेको कपाल जलाऊ। यसले देखाउने गर्छ केही मानिसहरू शहर भित्र मर्नेछन्। त्यस समय तरवार प्रयोग गर अनि आफ्नो कपालको एक तिहाईं भाग सानो-सानो टुक्रा पारेर काट। त्यो कपाललाई ईंटामा बनाएको शहरको वरिपरि राख। यसले देखाउँछ कि केही मानिस शहर बाहिर मर्नेछन्। त्यसपछि आफ्नो कपालको एक तिहाईं भाग हावामा उडाइदेऊ। त्यसलाई हावाले टाढो उडाएर लान देऊ। यसले त्यो देखाउँछ कि म आफ्नो तरवार निकाल्नेछु अनि कतिपय मानिसहरूलाई खेद्दै तिनीहरूलाई टाढो देशमा भगाई दिनेछु। 3 तर त्यति बेला तिमी जानुपर्छ अनि त्यो कपालको केही भाग ल्याउनु पर्छ। त्यो कपालहरू ल्याएर, त्यसलाई छोप अनि त्यसको रक्षा गर। यसले देखाउँछ कि म आफ्नो मानिसहरू मध्ये कतिलाई बचाउँनेछु। 4 अनि अब केही ज्यादा कपालहरू ल्याऊ अनि तिनीहरूलाई आगोमाथि फ्याँकिदेऊ। यसले त्यो देखाउँछ आगो त्यहाँबाट शुरू हुनेछ अनि इस्राएलको सम्पूर्ण परिवारलाई जलाई दिनेछ।”
5 त्यति बेला परमप्रभु मेरा मालिकले मलाई भन्नुभयो, “त्यो ईंटा यरूशलेम हो। मैले यरूशलेम शहरलाई अन्य राष्ट्रहरूको बीचमा राखेको छु। यस समय इस्राएलको चारैतिर अन्य देशहरू छन्। 6 यरूशलेमका मानिसहरूले मेरो नियमहरू र विधिहरू प्रति विद्रोह गरे। तिनीहरू अन्य कुनै पनि राष्ट्र भन्दा एकदमै नराम्रो छन्। तिनीहरूले मेरो नियमहरू त्यति ज्यादा विरोध गरे जति चारैतिरको अन्य देशहरूले विरोध गरेनन्। तिनीहरूले मेरो आदेशहरू सुन्नु अस्वीकार गरिदिए। तिनीहरूले मेरो विधि-विधानहरू पालन गरेनन्।”
7 यसकारण परमप्रभु मेरो मालिकले भन्नुभयो, “म तिमीहरूमाथि भयङ्कर विपत्ती ल्याइदिनेछु। किनभने तिमीहरूले मेरो नियम पालन गरेनौ। तिमीहरूले मेरो नियमहरू तिमीहरूको चारै तिर बस्ने मानिसहरूले भन्दा पनि ज्यादा भङ्ग गर्यौ। तिमीहरूले त्यो काम पनि गर्यौ जुन तिनीहरूले गल्ती भन्छन्।” 8 यसकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म पनि तिमीहरूको विरूद्धमा छु, म तिमीहरूलाई यस्तो दण्ड दिनेछु जसलाई अर्को मानिसले पनि देख्न सकोस्। 9 म तिमीहरूलाई यस्तो गर्नेछु जुन मैले अघि कहिले गरेको थिइनँ। अनि म त्यो भयानक काम फेरि कहिले पनि गर्नेछैन। किनभने तिमीहरूले धेरै डरलाग्दा कार्यहरू गरेकाछौ। 10 यरूशलेमका मानिसहरू भोकले यति तड्पिने छन् कि आमा-बाबुले तिनीहरूको आफ्नै छोरा-छोरीहरू खाने छन् अनि छोरा-छोरीहरूले तिनीहरूको आफ्नै आमा बाबुहरू खाने छन्। म तिनीहरूलाई यस्तो प्रकारले दण्ड दिनेछु, अनि जो जति बाँचेको हुन्छन् तिनीहरूलाई म हावामा तितर-बितर पारिदिनेछु।”
11 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “यरूशलेम, म आफ्नो जीवनको शपथ खाएर भन्दैछु म तँलाई दण्ड दिनेछु। म प्रतिज्ञा गर्दैछु कि म तँलाई दण्ड दिनेछु। किनभने तैंले मेरो पवित्र स्थानको विरूद्धमा भयङ्कर पाप गरिस्। तैंले घृणित काम गरेर मेरो स्थान मैला बनाइ दिइस्। म तँलाई दण्ड दिनेछु। म तँमाथि दया गर्ने छैन्। म तेरो निम्ति दु:खको अनुभव गर्ने छैन्। 12 तेरो एक तिहाईं मानिस शहरभित्र रोगले अनि भोकै मर्नेछन्। तेरो एक तिहाईं मानिस युद्धको समयमा शहर बाहिर मर्नेछन् अनि एक तिहाईं मानिसहरूलाई म आफ्नो तरवार हातमा लिएर खेद्दै तितर-बितर पार्नेछु। 13 तब मात्र म तिनीहरू प्रति क्रोधित हुन रोकिनेछु। तिनीहरूले नराम्रो कार्यहरू गरेकोमा म आफैंले तिनीहरूमाथि बदला लिन तिनीहरूलाई घटाउनेछु। तब तिनीहरूले सम्झनेछन् म परमप्रभुले तिनीहरूको विरूद्धमा उत्साहित भएर काम गरेको छु।”
14 परमेश्वरले भन्नुभयो, “यरूशलेम म तँलाई नष्ट गर्छु। तँ ढुङ्गाको थुप्रो बाहेक अरू केही हुने छैनस्। चारैतिरका मानिसहरूले तेरो हाँसो उडाउने छन्। प्रत्येक मानिस जुन तेरो छेउबाट जान्छ त्यसले तेरो हाँसो उडाउँछ। 15 चारैतिरका जातिहरूले तेरो हाँसो उडाउँने छन्, तर त्यसबाट तिनीहरूले शिक्षा पाउँनेछन्। तिनीहरूले देख्नेछन्, म क्रोधित थिएँ अनि मैले तिमीहरूलाई दण्ड दिएँ। म एकदमै क्रोधित थिएँ। मैले तिमीहरूलाई चेतावनी दिएको थिएँ। म, परमप्रभुले तिमीहरूलाई भनेको थिएँ म के गर्नेछु। 16 मैले भनेको थिएँ कि म तिमीहरूमाथि भयङ्कर अनिकालको समय पठाइदिनेछु। मैले तिमीसित भनेको थिएँ, म ती चीजहरू पठाउँनेछु जसले तिमीलाई नाश गर्छ अनि तिमीसित भनेको थिएँ म तिम्रो भोजनको आपूर्ति खोस्नेछु, अनि त्यो अनिकालको समय घरि-घरि आउनेछ। 17 मैले तिमीसँग भनेको थिएँ कि म तिमीहरू भएको ठाउँमा अनिकाल या जङ्गली जनावर पठाउँनेछु, जसले तिम्रो नानीहरू मार्नेछ। मैले तिमीसित भनेको थिएँ कि पुरै शहरमा रोग अनि मृत्यु फैलिनेछ अनि म ती सैनिक शत्रुहरू तिम्रो विरूद्धमा लड्नका निम्ति ल्याउँदैछु। म परमप्रभुले यी सबै कुराहरू घट्नेछ भनेको थिएँ अनि तिनीहरू घट्नेछन्।”
6 त्यसपछि परमप्रभुको वचन फेरि मकहाँ आयो। 2 उहाँले भन्नुभयो, “हे मानिसको छोरो, इस्राएलको पर्वतहरूपट्टि फर्क। मेरो निम्ति तिनीहरूको विरूद्ध भन। 3 ती पर्वतहरूसित यसो भन, ‘हे इस्राएलको पर्वतहरू! परमप्रभु मेरो मालिकको तर्फबाट यो सन्देश सुन। परमप्रभु मेरा मालिक पहाडहरू, पर्वतहरू, बेंसीहरू अनि खोल्चाहरूसँग यसो भन्नुहुन्छ! ध्यान देऊ। म (परमेश्वर) शत्रुलाई तिम्रो विरूद्धमा लड्नका निम्ति ल्याउँदैछु। म तिम्रो उच्च स्थानहरू नष्ट गरिदिनेछु। 4 तिम्रो वेदीहरू भत्काएर टुक्रा-टुक्रा पारिदिनेछु। तिम्रो सुगन्धित धूप चढाउने वेदीहरू पनि भत्काइ दिनेछु। अनि म तिम्रो लाशहरू तिम्रो अपवित्र मूर्तिहरूको अगाडी फ्याँकिदिनेछु। 5 म इस्राएलका मानिसहरूको लाशहरू तिनीहरूको अपवित्र मूर्तिहरूको अघि फ्याँकिदिनेछु। म तिमीहरूको हड्डीहरू तिमीहरूको वेदीहरूको चारैतिर तितर बितर पारिदिनेछु। 6 जहाँ-जहाँ तिमीहरूका मानिसहरू बस्छन् त्यहाँ नराम्रा कुराहरू ल्याई दिनेछु। तिनीहरू शहरहरूमा खाली ढुङ्गाको थुप्रोमा परिणत हुनेछन्। तिनीहरूको उच्च स्थान नष्ट हुनेछ। किनकि ती पूजा स्थानहरूको प्रयोग फेरि हुन नसकोस्। ती सबै वेदीहरू नष्ट गरिनेछ। मानिसहरूले फेरि ती अपवित्र मूर्तिहरू पूज्ने छैनन्। त्यो सुगन्धि धूपको वेदीहरू स-साना टुक्रा पारिनेछ। तिमीहरूले जे बनायौ त्यो पूर्ण रूपमा नष्ट पारिनेछ। 7 तिम्रा मानिसहरू मर्नेछन् अनि तिमीले थाहा पाउनेछौ कि परमप्रभु म नै हुँ।’”
8 परमेश्वरले भन्नुभयो, “तर म तिमीहरूका कतिपय मानिसहरूलाई बाँच्न दिनेछु। ती केही समय सम्म विदेशमा बस्नेछन्। म तिनीहरूलाई तितर-बितर पार्नेछु अनि विदेशमा बस्नका निम्ति बाध्य पार्नेछु। 9 त्यसपछि ती बाँचेका मानिसहरूलाई बन्दी बनाइनेछ। तिनीहरूलाई विदेशमा बस्नको निम्ति बाध्य पारिनेछ। तर ती बाँचेका मानिसहरूले मलाई सम्झनेछन्। मैले तिनीहरूको आत्मालाई[d] खण्डित पारें। जुन पाप तिनीहरूले गरे त्यसको निम्ति तिनीहरू स्वंयले आफैंलाई धृणा गर्ने छन्। बितेको समयमा जो मबाट विमुख भएर टाढा गएका थिए, तिनीहरू आफ्नो नराम्रो मूर्तिहरूको पछि लागेका थिए। तिनीहरू त्यस प्रकारको स्त्रीहरू जस्तै थिए जो आफ्नो पतिलाई छोडेर अर्को पुरूषको पछि लाग्छे। तिनीहरूले भयंकर पाप गरेका थिए। 10 तर तिनीहरूले बुझ्नेछन् कि म नै परमप्रभु हुँ अनि तिनीहरूले यो पनि थाहा पाउनेछन् यदि मैले केही गर्छु भन्ने ठानें भने त्यो गर्छु। तिनीहरूले बुझ्नेछन् यो सबै आपतहरू तिनीहरूमाथि आइलाग्यो ती सबै मैले गराएको हुँ।”
11 तब परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “ताली बजाऊ र खुट्टा ठटाएर भन, हाय! इस्राएलका मानिसहरूले गरेका सबै डरलाग्दा कुरा भन। तिनीहरूलाई चेतावनी देऊ कि तिनीहरू रोग अनि भोकले मर्नेछन्। तिनीहरूलाई भन कि तिमीहरू युद्धमा मारिन छौ। 12 टाढाका मानिसहरू रोगबाट मर्नेछन्। छेउका मानिसहरू तरवार द्वारा मारिनेछन्। शहरमा छाडिएका मानिसहरू भोकले मर्नेछन्। त्यसपछि म क्रोधित हुनछाड्नेछु। 13 अनि तब मात्र तिमीहरूले थाहा पाउने छौ कि म परमप्रभु हुँ। तिमीले यो त्यति बेला सम्झने छौ जब तिमी आफ्नो लाश अपवित्र मूर्तिहरूको छेऊ अनि वेदीहरूको चारैतिर देख्नेछौ। ती शरीरहरू तिमीहरूका प्रत्येक पूजा स्थानहरूका ठाउँमा प्रत्येक पहाड तथा प्रत्येक हरियो फल नलाग्ने रूख अनि त्यस रूखको मुनि लाश हुनेछ। ती सबै ठाँउमा तिमीहरूले आफ्नो बलि चढाएकाछौ। 14 तर म आफ्नो हात तिमीहरूमाथि उठाउँनेछु अनि तिमी र तिम्रा मानिसहरू जहाँ बस्छन म दण्ड दिनेछु। म तिम्रो देश नष्ट पारिदिने छु! यो दिब्ला मरुभूमि भन्दा पनि सुनसान हुनेछ। त्यस पछि तिनीहरूले जान्ने छन् म नै परमप्रभु हुँ।”
7 तब परमप्रभुको सन्देश मकहाँ आयो। 2 उहाँले भन्नुभयो, “हे मानिसको छोरा, अब परमप्रभु मेरो मालिकको सन्देश यस प्रकार छ। यो सन्देश इस्राएल देशको निम्ति हो:
“अन्त्य! अन्त्य!
अन्त्य! आइरहेको छ।
सारा देश नष्ट हुनेछ।
3 अब तिम्रो अन्त्य आएको छ।
म देखाउँने छु कि म तिमीहरू प्रति कति क्रोधित छु।
म तिमीलाई त्यो नराम्रो कर्मका निम्ति दण्ड दिनेछु,
जुन तिमीले गरेका छौ।
तिमीले जुन डरलाग्दो काम गरेका छौ,
म तिमीलाई त्यसको दण्ड तिराउने छु।
4 म तिमीहरूलाई दया देखाउने छैन,
म तिमीहरू प्रति टिठाउँने छैन।
म तिमीहरूलाई तिमीहरूको नराम्रो कामको निम्ति दण्ड दिने छु।
तिमीहरूले डरलाग्दो काम गरेका छौ।
अब तिमीले बुझ्नेछौ म नै परमप्रभु हुँ।”
5 परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो, “एक पछि अर्को गर्दै आपत आउँनेछ। 6 अन्त आइरहेछ अनि यो एकदमै छिटो आउनेछ। 7 तिमी इस्राएलका मानिसहरू, के तिमीहरूले चेतावनीको ध्वनी सुनिरहेकोछौ? शत्रुहरू आउँदैछन्। त्यो दण्डको समय चाँढै आउँदैछ। शत्रुहरूको खैला-बैला झन चर्को हुँदै पर्वतमाथि पुग्दैछ। 8 म चाँडै नै देखाउँनेछु कि म कति क्रोधित छु। म तिम्रो विरूद्ध मेरो सारा क्रोध प्रकट गर्नेछु। म ती नराम्रो कामको निम्ति दण्ड दिनेछु जुन तिमीले गरेकाछौ। तिमीलाई तिमीले गरेको डरलाग्दो कार्यको निम्ति ज्याला दिन लगाउनेछु। 9 म तिमीहरूप्रति अलिकति पनि दया देखाउने छैन। म तिमीलाई छोड्ने छैन। तिमीहरूको नराम्रो कामको निम्ति तिमीलाई दण्ड दिँदैछु। तिमीहरूले जुन डरलाग्दो काम गरेकाछौ, अब तिमीले थाहा पाउने छौ, म नै परमप्रभु हुँ।
10 “दण्डको त्यो समय आई पुग्यो। दण्ड फूलहरू फूल्न शुरू भए जस्तै शुरू हुनेछ; के तिमीले चेताउनीको ध्वनी सुन्दैछौ? परमेश्वरले संकेत दिनु भएकोछ। फूल फूल्नु लागे झैं दण्ड आरम्भ हुँदैछ। घमण्डी राजा नबूकदनेस्सर तयार छ। 11 त्यो हिंस्रक मानिस दुष्ट मानिसहरूलाई दण्ड दिन तयारी भइरहेको छ। ऊ तिनीहरू मध्येको एकजना होइन। ऊ तिनीहरूको भीडबाट एक जना होइन। ऊ तिनीहरूको सन्तान मध्येको पनि एक होइन। ऊ तिनीहरूको अगुवाहरू मध्यको पनि होइन।
12 “दण्डको समय आई पुगेको छ। त्यो दिन आई पुग्यो। जसले ती चीजहरू किन्छन, तिनीहरू खुशी नहुन्। ती जो खिन्न चीजहरू बेच्छन तिनीहरू पनि खुशी नहुन्। किनभने डरलाग्दा दण्ड प्रत्येक मानिसमाथि आउँनेछ। 13 मानिस जसले उसको सम्पत्ति बेच्छ यो उसले फिर्ता पाउने छैन। यद्यपि मानिस जीवित रहेता पनि उसले उसको सम्पत्ति फिर्ता पाउँने छैन। किनभने यो दर्शन सम्पूर्ण समूहका मानिसहरूका निम्ति हो। यसलाई फिर्ता लिन सक्तैन। प्रत्येक मानिसले उसको पापहरूको कारण उसको ज्यान सम्म बचाउनु सक्तैन।
14 “तिनीहरूले मानिसहरूलाई चेतावनी दिन तुरही बजाउने छन्। मानिसहरू युद्ध गर्नको निम्ति तयार रहन्छन्। तर तिनीहरू युद्ध गर्न निस्कने छैनन्। किनभने तिनीहरू सबैसित अत्यनतै क्रोधित छु। 15 तरवार लिएर शत्रुहरू शहरको बाहिर छन्। रोग अनि भोक शहर भित्र छ। यदि कोही पनि शत्रुको मैदानमा गयो भने शत्रुको सेनाले त्यसलाई मार्नेछ। यदि ऊ शहरमा बस्यो भने रोग र भोकले उसलाई नष्ट पार्नेछ।
16 “तर कति मानिसहरू बाँचेर निस्कने छन्। ती बाँचेका मानिसहरू भागेर पहाडमाथि जानेछन्। तर तिनीहरू सुखी हुने छैनन्। तिनीहरू आफ्नो पापले गर्दा दु:खी हुनेछन्। तिनीहरू चिच्याउने छन् अनि ढुकुरले जस्तै दु:खले भरिएको आवाज निकाल्नेछन्। 17 मानिसहरू यति थकित र खिन्न हुनेछन् कि तिनीहरू आफ्नो हात पनि उठाउँनु सक्ने छैनन्। तिनीहरूको खुट्टा पानी जस्तै हुनेछ। 18 तिनीहरूले भाङ्गरा लगाउँने छन् अनि डरले काम्ने छन्। तिमीहरू प्रत्येकको अनुहारमा लाज देख्ने छौ। तिनीहरूले शोक देखाउनको निम्ति आफ्नो टाउको खौराउँने छन्। 19 तिनीहरूले तिनीहरूको चाँदीको मूर्तिहरू सडकमा फ्याँकिदिने छन्। तिनीहरूको आफ्नो सुनको मूर्तिहरू अशुद्ध चीज जस्तै हुनेछन्। किनकि जब परमप्रभुले क्रोध प्रकट गर्नु भयो त्यति बेला मूर्तिहरूले तिनीहरूलाई बचाउँन सकेन्। ती मूर्तिहरू मानिसका निम्ति पतनको जाल अतिरिक्त अरू थिएनन्। ती मूर्तिहरूले मानिसहरूलाई खाने कुरा दिन सकेनन्। ती मूर्तिहरूले तिनीहरूको पेटमा अन्न पुर्याएनन्।
20 “ती मानिसहरूले तिनीहरूको सुन्दर गहना प्रयोग गरेर मूर्ति बनाए। तिनीहरूले त्यो मूर्तिमाथि घमण्ड गरे। तिनीहरूले तिनीहरूको डरलाग्दो मूर्तिहरू बनाए। तिनीहरूले अपवित्र चीजहरूको बनाए। त्यसकारण म तिनीहरूलाई अशुद्ध चीज जस्तै फ्याँकिदिनेछु। 21 म तिनीहरूलाई विदेशीहरूको हातमा छोडिदिनेछु। ती विदेशीहरूले तिनीहरूको हाँसो उडाउनेछन्। ती विदेशीहरूले तिनीहरू मध्ये कतिलाई मार्नेछन अनि कतिलाई बन्दी बनाउँनेछन्। 22 म आफ्नो अनुहार तिनीहरूदेखि फर्काउनेछु तिनीहरूलाई हेर्नेछैन्। ती विदेशीहरूले मेरो मन्दिर भत्काउनेछन् तिनीहरू त्यो पवित्र भवनको गुप्त भागमा जान्छन् अनि त्यसलाई अपवित्र बनाउँनेछन्।
23 “कैदीहरूका निम्ति साङ्गली तयार पार! किनभने धेरै मानिसहरूलाई अरू मानिसहरू मारेको खातिर दण्ड दिनेछ। त्यहाँ शहरका प्रत्येक ठाउँहरूमा अत्याचार फैलिने छ। 24 म अरू देशहरूबाट दुष्ट मानिसहरू ल्याउँनेछु। अनि ती दुष्ट मानिसहरूले सबै इस्राएलका मानिसहरूका घरहरू पाउँनेछन्। म सबै शक्तिशाली मानिसहरूलाई घमण्डी हुनुबाट रोक्नेछु। अरू देशहरूका ती मानिसहरूले तिमीहरूको पूजा गर्ने सबै स्थानहरू लिनेछन्।
25 “तिमीहरू मानिसको डरले काम्ने छौ। तिमीहरू शान्ति खोज्नेछौ तर त्यहाँ पाउँने छैनौं। 26 तिमीले एक पछि एक गर्दै दु:खको कथा सुन्ने छौ। तिमीले नराम्रो खबर बाहेक अरू केही सुन्ने छैनौ। तिमीले अगमवक्ताको खोजी गरेर दर्शन सोध्नेछौ, तर तिमीहरूले केही पनि पाउने छैनौ। पूजाहारीसँग तिमीहरूलाई दिने व्यवस्थाको शिक्षा केही पनि हुने छैन अनि बूढा-प्रधानहरूसँग तिमीलाई दिने राम्रो सल्लाह हुनेछैन। 27 तिमीहरूको राजा तिनीहरूको निम्ति रूनेछन् जो मरिसकेको छ। अगुवाहरूले शोक वस्त्र लगाउने छन्। साधरण मानिसहरू अत्यन्तै डराउँनेछन्। किनकि म त्यसको बदला लिन्छु जुन तिनीहरूले गरेका छन्। म तिनीहरूलाई निश्चय दण्ड दिनेछु। त्यति बेला तिनीहरूले सम्झने छन् कि म नै परमप्रभु हुँ।”
8 एक दिन म आफ्नो घरमा बसिरहेका थिएँ अनि यहूदाको बूढा-प्रधानहरू त्यँहा मेरो छेउमा बसेका थिए। यो देशबाट निकालिएको छैटौं बर्षको छैटौं महिनाको पाचौं दिनको कुरा हो। अचानक परमप्रभु मेरो मालिकको शक्ति मकहाँ आयो। 2 मैले देखें त्यो आगो जस्तै थियो। एउटा मानिसको शरीर जस्तै देखिँदै थियो। कम्मरमुनि त्यो आगो जस्तै थियो। कम्मरमाथि त्यो आगोले टल्काएको पीतल जस्तै चहकिलो थियो। 3 तब मैले केही हात जस्तै देखिने पसारेको देखें। त्यो हातले मेरो टाउकाको कपाल समातेर मलाई उठायो। तब बतासले मलाई हावामा उचाल्यो अनि मलाई यरूशलेम लिएर गयो। परमेश्वरको दर्शनमा हातले मलाई उत्तर तिर फर्केको मन्दिरको भित्री ढोकामा पुर्यायो। परमप्रभुलाई डाह गराउने मूर्ति त्यहाँ थियो। 4 त्यहाँ इस्राएलका परमेश्वरको महिमा थियो। मैले त्यस्तो महिमीत दर्शनको कबारको महिमा थियो। मैले त्यस्तो महिमीत दर्शन कबारको खोल्चामा देखें।
5 परमप्रभु मसित बोल्नुभयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो। उत्तर पट्टि हेर!” यसकारण मैले उत्तर पट्टि हेरें। अनि त्यहाँ मूल ढोकाको वेदी द्वारको उत्तरपट्टि त्यो मूर्ति थियो, जुन प्रति परमेश्वरको डाह, हुन्थ्यो।
6 तब परमेश्वरले मलाई भन्नुभयो, “मानिसको छोरा! के तिमीले देख्यौ इस्राएलका मानिसहरूले कति डरलाग्दा कुराहरू गरिरहेका छन्? तिनीहरूले त्यो चीज यहाँ मेरो मन्दिरको छेउमा बनाएकोछ। यदि तिमी मसँग आयौ भने त्यो भन्दा पनि अझै भयंकर चीजहरू देख्नेछौ।”
7 यसकारण म चोकको प्रवेशद्वारमा गएँ अनि मैले भित्तामा एउटा प्वाल देखें। 8 परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो। त्यो भित्ताको प्वाल भित्र पस।” यसकारण म भित्ताको प्वाल भएर गएँ अनि यहाँ मैले एउटा ढोका देखें।
9 तब परमेश्वरले मलाई भन्नुभयो, “भित्र जाऊ, अनि ती डरलाग्दा दुष्ट कामहरू हेर, जुन मानिसहरूले यहाँ गरिरहेका छन्।” 10 यसकारण म भित्र गएँ अनि हेरें। मैले त्यहाँ सबै किसिमको घस्रने जन्तुहरू, घिनलाग्दा पशुहरू र इस्राएलको घरानाका सबै मूर्तिहरूका चित्रहरू बनाएको देखें, जसको विषयमा सोच्न पनि घिन लाग्छ। ती इस्राएलका मानिसहरूले पूज्ने देव-मूर्तिहरू अपवित्र थिए। त्यहाँ ती जनावरहरूको चित्र प्रत्येक भित्तामा चारैतिर खोपेको थियो।
11 तब मैले ध्यान दिएँ कि शापानको छोरा याजन्याह अनि इस्राएलका सत्तरीजना बूढा-प्रधानहरू त्यस स्थानमा पूजा गर्नेहरूसित थिए। त्यहाँ तिनीहरू मानिसहरूको ठीक छेउमा थिए। अनि प्रत्येक अगुवाहरूको हातमा आ-आफ्नो सुगन्धित धूपको थाल थियो। बल्दै गरेको धूपको धूवाँ हावामा उड्दै थियो। 12 तब परमेश्वरले मसित भन्नुभयो, “हे मानिसको छोरो के तिमी देख्दैछौ इस्राएलको बूढा-प्रधानहरू अँध्यारोमा के गर्दारहेछन्? प्रत्येक मानिमसँग आ-आफ्नो झूटो देवताका निम्ति एउटा विशेष कोठा छ। तिनीहरू आपसमा यसो भनेर कुरा गर्छन्, ‘परमप्रभुले हामीलाई देख्नु हुँदैन र परमप्रभुले यस देशलाई छोडिसक्नु भएको छ।’” 13 तब परमप्रभुले मलाई भन्नुभयो, “यदि तिमी मसँग आयौ भने ती मानिसहरूले गर्दै गरेको डरलाग्दो कामहरू तिमीले देख्नेछौ।”
14 तब परमेश्वरले मलाई परमप्रभुको मन्दिरको प्रवेश द्वारमा लिएर जानुभयो। यो द्वार उत्तरपट्टि थियो। त्यहाँ मैले स्त्रीहरू बसेर रूँदै गरेको देखे। तिनीहरू झूटा देवता तम्मूजको विषयमा शोक मनाइरहेका थिए।
15 परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो, के तिमीले ती भयङ्कर कुराहरू देखिरहेकाछौ? मेरो साथमा आऊ अनि तिमीले यो भयङ्कर चीजहरू देख्नेछौ?” 16 तब उहाँले मलाई परमप्रभुको मन्दिरको भित्री चोकमा लिएर जानुभयो। त्यस ठाउँमा मैले पच्चीस जना मानिसहरू तल निहुरेर पूजा गर्दै गरेको देखें। त्यो दलान अनि वेदीको बीचमा थियो। तर तिनीहरू गलत दिशातिर फर्केर उभिएका थिए। तिनीहरूको ढाड पवित्रस्थान पट्टि थियो। तिनीहरू सूर्यको पूजा गर्नका निम्ति तल निहुरिएका थिए!
17 तब परमेश्वरले भन्नुभयो, “मानिसको छोरा, तिमी यो देख्दैछौ? यहूदाका मानिसहरूले त्यो मेरो मन्दिरलाई यति महत्वहीन सम्झन्छन् कि तिनीहरूले यस्तो डरलाग्दा कुराहरू गर्छन्। यो देश हिंसाले भरिएको छ। तिनीहरूले मलाई निरन्तर रीस उठाउने काम गर्छन्। हेर, तिनीहरूले आफ्नो नाकमा मूर्खहरूले झैं कुण्डल पनि घुसार्छन्। 18 म तिनीहरूमाथि आफ्नो क्रोध प्रकट गर्नेछु, म तिनीहरूमाथि कुनै दया राख्ने छैन। म तिनीहरूको निम्ति दु:ख अनुभव गर्ने छैन। तिनीहरू मलाई उच्च स्वरले बोलाउँने छन्, तर म सुन्न अस्वीकार गरिदिनेछु।”
9 तब परमेश्वरले शहरमा दण्ड दिनको निम्ति उत्तरदायी प्रमुखहरूलाई ठूलो स्वरले बोलाउनुभयो प्रत्येक प्रमुखको हातमा उसको आफ्नों ध्वंशक हतियार थियो। 2 तब मैले छ जना मानिसहरू माथिल्लो ढोकाबाट सडकमा आउँदै गरेको देखें। त्यो ढोका उत्तरपट्टि थियो। प्रत्येक मानिसले आफैंलाई नाश गर्ने हतियार आ-आफ्नो हातमा लिएका थिए। ती मानिसहरू मध्ये एक जनाले सूती लुगा लगाएको थियो। उसले कम्मरमा मसीदानी भिरेको थियो। तिनीहरू मन्दिरभित्र गएर काँसाको वेदीको छेउमा उभिए। 3 तब इस्राएलका परमेश्वरको महिमा करूब स्वर्गदूतहरू कहाँ गयो जहाँ उहाँ हुनुहुन्थ्यो। तब महिमा मन्दिरको ढोकामा गयो। जब त्यो सङ्घारमा उभियो तब महिमाले जसले सूतीको लुगा लगाएर लेखेको लेख्ने साधानहरू लिएको थियो त्यस मानिसलाई बोलायो।
4 तब परमप्रभुले उसलाई भन्नुभयो, “यरूशलेम शहरबाट भएर जाऊ। त्यो शहरमा मानिसहरू तिनीहरूप्रति गरिएको डरलाग्दो चीजहरूको विषयमा दु:खी छन् अनि आपतमा छन्, तिनीहरू प्रत्येकको निधारमा एउटा चिन्ह लगाई देऊ।”
5-6 तब मैले परमेश्वरले अरू छ जना मानिसहरूसित कुरा गरेको सुनें, “म चाहन्छु कि तिमी प्रथम मानिसलाई अनुशरण गर। तिमीले ती सबै मानिसहरूलाई मार जसको निधारमा चिन्ह छैन्। यो केही नसोच कि बूढा-मानिस, युवक, युवती, नानी अथवा आमाहरू हुन् भनेर। तिनीहरू माझ जसको निधारमा चिन्ह छैन प्रत्येकलाई मार्न तिमीले तिम्रो हतियारहरू प्रयोग गर्नु पर्छ। कुनै दया नदेखाऊ। तिनीहरूलाई नछोड यहाँ मेरो मन्दिरबाट शुरू गर।” यसकारण तिनीहरूले मन्दिर भित्रको बूढा-पाकाहरूबाट शुरू गरे।
7 परमेश्वरले उसलाई भन्नुभयो, “यो मन्दिरलाई अपवित्र बनाइदेऊ। यो चोकहरू लाशले भरिदेऊ!” यसकारण तिनीहरू गए अनि तिनीहरूले शहरमा मानिसहरू मार्न थाले।
8 जब ती मानिसहरूले, मानिसहरूलाई मार्न गए, त्यति बेला म त्यहीं उभिरहें। मैले मेरो शिर भूईतिर निहुराएर कराए, “परमप्रभु मेरो मालिक तपाईं यरूशलेमको विरूद्ध क्रोध प्रकट गर्नका निम्ति तपाईंले इस्राएलमा बाँचेका सबै मानिसहरू मार्दैहुनु हुन्छ?”
9 परमेश्वरले भन्नुभयो, “इस्राएल अनि यहूदाका परिवारले अत्यन्तै पाप गरेका छन्। यस देशमा सम्पूर्ण मानिसहरूको हत्या भइरहेकोछ अनि यो शहर अपराधले भरिएकोछ। किनभने मानिसहरू स्वंय भन्छन्, ‘परमप्रभुले यो देश छोडेर जानु भयो। उहाँले हामीलाई यी कामहरू गरिरहेको हेर्न सक्नु हुन्न।’ 10 अनि म दया देखाउँने छैन्। म तिनीहरूका निम्ति अफसोस अनुभव गर्ने छैन। तिनीहरू स्वंयले यो बोलाएका हुन्, म यिनीहरूलाई मात्र दण्ड दिंदैछु जसको यिनीहरू पात्र हुन्।”
11 तब सूती लुगा लगाए र लेखकको लेख्ने साधनहरू लिने मानिस बोल्यो। उसले भन्यो, “मैले त्यो गरें जुन तपाईंले आज्ञा दिनु भएको थियो।”
10 तब मैले त्यो बटुका देखें जुन करूब स्वर्गदूतको शिरमाथि थियो। बटुका नीलमणि जस्तै स्वच्छ नीलो थियो। त्यहाँ बटुकामाथि सिंहासन जस्तो केही चीज देखिन्थ्यो। 2 तब सिंहासनमा बस्ने मानिसले मिहिन सूती लुगा लगाएको मानिससित भन्नुभयो, “करूब स्वर्गदूतको मुनि रहेको पाङ्ग्राहरूको माझमा आऊ। करूब स्वर्गदूतको बीचबाट जलिरहेको कोइला हातमा लेऊ। जल्दै गरेको कोइलाहरू लैजाऊ अनि तिनीहरूलाई यरूशलेमको शहरमाथि फ्याँकिदेऊ।”
मैले हेरिरहेको थिएँ मानिस भित्र गयो। 3 जब त्यो मानिस भित्र पस्यो करूब स्वर्गदूत त्यस समय मन्दिरको दक्षिणपट्टि उभिरहेको थियो, भित्री चोक बादलले भरियो। 4 तब परमप्रभुको महिमा करूब स्वर्गदूतबाट अलग भएर मन्दिरको ढोकामा गयो। बादल मन्दिरमा भरियो अनि परमप्रभुको महिमाले चोक पूरै भरियो। 5 तब मैले करूब स्वर्गदूतको जोडसित पखेंटा फट्फटाएको आवाज चोकमा सुनें। चोकमा फट्फटाहट बढो जोडसित थियो। सर्वशक्तिमान परमेश्वर बोल्नु भए झैं त्यो फट्फटाहटको आवाज जोडेले सुनिन्थ्यो।
6 परमेश्वरले मिहिन सूतीको लुगा लगाउने मानिसलाई आज्ञा दिनुभयो। परमेश्वरले उसलाई पाङ्ग्राहरूको बीचमा जाने आज्ञा दिनुभयो अनि करूब स्वर्गदूतको मुनिबाट बल्दै गरेको कोइला ल्याउन लगाउनु भयो। यसकारण ऊ पाङ्ग्राहरूको बीचमा पस्यो अनि पाङ्ग्राहरू मध्ये एउटा पाङ्ग्राको छेउमा उभियो। 7 करूब स्वर्गदूतले आफ्नो हात पसारे अनि करूब स्वर्गदूतको क्षेत्रको बीचमा बल्दै गरेको अलिकति कोइला लिएर गयो। उसले त्यो कोइला त्यस मानिसको हातमा राखिदियो। 8 (करूब स्वर्गदूतको पखेंटाको मुनि यस्तो चीज थियो जुन हेर्दा मानिसको हात जस्तै देखिन्थ्यो।)
9 तब मैले देखें कि त्यहाँ चारवटा पाङ्ग्राहरू थिए। प्रत्येक करूब स्वर्गदूतको छेउमा एउटा पाङ्ग्रा थियो। अनि त्यो पाङ्ग्रा स्वच्छ पहेलो रंगको थियो। 10 त्यहाँ चारवटा पाङ्ग्राहरू थिए अनि सबै पाङ्ग्राहरू एक समानका थिए। त्यो यस्तो देखिन्थ्यो कि मानौं एउटा पाङ्ग्रा अर्को पाङ्ग्राभित्र थियो। 11 जब पाङ्ग्राहरू हिँड्थे, तिनीहरू कुनै पनि दिशामा जान सक्थे। तर तिनीहरू पछि फर्कन्दैंन थिए। तिनीहरू जति बेला हिँड्ँथे सबै एकै साथ हिँड्ँथे। त्यो त्यस दिशामा हिँड्थ्यो जता त्यसको मुख फर्केको हुन्थ्यो। पछि नहेरी तिनीहरू हिँड्थे। 12 त्यसको सम्पूर्ण शरीरमा नै आँखा थियो। त्यसको पीठ, हात, त्यसको पखेंटा अनि पाङ्ग्रामा आँखा थियो। हो चारै पाङ्ग्रामा आँखा थियो। 13 ती पाङ्ग्राहरूलाई, “हुरूरू घुम्ने पाङ्ग्रा” भनेको मैले सुनें।
14-15 प्रत्येक करूब स्वर्गदूतको चारवटा अनुहारहरू थिए। पहिलो अनुहार करूबको थियो। दोस्रो अनुहार मानिसको थियो। तेस्रो अनुहार सिंहको थियो अनि चौथो गरूडको थियो। (तब मलाई थाहा भयो कि ती करूब स्वर्गदूत तिनीहरू नै थिए जुन मैले कबार नदीमा दर्शनमा देखेको थिँए।)
तब करूबहरू हावामाथि उडे। 16 तिनीहरूसित पाङ्ग्रा पनि उड्यो। पाङ्ग्राले आफ्नो दिशा त्यस बेला सम्म बद्ली गरेन जति बेला सम्म करूब स्वर्गदूतहरूले पखेंटा खोलेर हावामा उडेनन्। 17 यदि करूब स्वर्गदूतहरू शान्तिसँग उभिए पाङ्ग्रा पनि उभिबस्थ्यो। किनकि त्यसमा प्राणीहरूको आत्माको शक्ति थियो।
18 त्यसपछि परमप्रभुको महिमा मन्दिरको सँघारबाट उठ्यो अनि करूब स्वर्गदूतहरूको स्थानमाथि गएर रोकियो। 19 त्यसपछि करूब स्वर्गदूतहरूले आफ्नो पखेंटा खोलेर हावामा उडे। मैले उनलाई मन्दिर छोड्दै गरेको देखें। पाङ्ग्रा उनकै साथमा गयो। त्यसपछि उनी परमप्रभुको मन्दिरको पूर्वी ढोकामा गएर बसे। इस्राएलको परमेश्वरको महिमा हावामा तिनीहरूमाथि थियो।
20 त्यसपछि मैले इस्राएलको परमेश्वरको महिमाको तल प्राणीहरूको कबार नदीको दर्शनमा याद गरे अनि मैले अनुभव गरे कि त्यो प्राणी करूब स्वर्गदूत थियो। 21 प्रत्येक प्राणीको चारवटा मुख औ चारवटा पखेंटा थिए। पखेंटाको तल यस्तो चीज थियो जुन चीज मानिसको हात जस्तो देखिन्थ्यो। 22 करूब स्वर्गदूतको त्यही चारवटा मुख थियो जुन कबार नदीको दर्शनमा प्राणीहरूको थियो अनि त्यो सिधै अघाडि त्यस दिशा तर्फ हेर्थे जुन दिशा तर्फ तिनीहरू गइरहेका हुन्थे।
11 तब हावाले मलाई परमप्रभुको मन्दिरको पूर्वी ढोकामा लग्यो। त्यस ढोका पूर्वपट्टि फर्केको थियो, जताबाट सूर्य उदय हुन्थ्यो। मैले त्यस मूल ढोकाको प्रवेशमा पच्चीस जना मानिसहरू देखें। अज्जूरको छोरा याजन्याह तिनीहरूसित थिए अनि बनायाहको छोरा पलत्याह दुवै जना मानिसहरूको अगुवा त्यहाँ थिए।
2 त्यसपछि परमेश्वर मसित बोल्नु भयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो। यिनीहरू ती मानिसहरू हुन् जसले शहरमा नराम्रो योजनाहरू बनाउँछन्। तिनीहरूले मानिसहरूलाई नराम्रो काम गर्न उस्काउँछन्। 3 तिनीहरू भन्छन्, ‘हामीहरू फेरि चाँडै आफ्नो घर बनाउदैनौं? यो शहर एउटा भाँडा हो र हामी मासु हौं।[e]’ 4 तिमीले मानिसहरूसँग मेरो निम्ति कुरा गर्नुपर्छ। मानिसको छोरो जाऊ र मानिसहरूलाई अगमवाणी गर।”
5 तब परमप्रभुका आत्मा ममाथि आउनु भयो र मलाई भन्नुभयो, “तिनीहरूलाई भन परमप्रभुले यी सबै कुरा भन्नु हुँदैछ इस्राएलका घरानाहरू, तिमीहरूले ठूलो योजना बनाउँदैछौ। तर मलाई थाहा छ तिमीहरूले के सोचिरहेकाछौ। 6 तिमीले यो शहरको धेरै मानिसहरू मार्यौ। तिमीले सडकको गल्लीहरू मारिएका मानिसहरूको लाशले भरिदियौ। 7 अब हाम्रा परमप्रभु यसो भन्नु हुन्छ, ‘यी सबै लाशहरू मासु हो अनि शहर भाँडा हो। तर उनी (नबूकदनेस्सर) आउनेछन अनि तिमीहरूलाई यो सुरक्षाको भाँडाबाट लिएर जानेछन्। 8 तिमी तरवारसँग भयभीत छौ। तर म तिम्रो विरूद्ध तरवार लिएर आउँदैछु।’” परमप्रभु हाम्रो मालिकले यी सबै कुरा भन्नुभयो। यसकारण यो घट्ने छ।
9 परमेश्वरले यो पनि भन्नुभयो, “म तिमीहरूलाई यो शहरबाट बाहिर निकाल्नेछु अनि तिमीहरूलाई अपरिचितहरूको हातमा सुम्पिदिनेछु। म तिमीहरूलाई दण्ड दिनेछु। 10 तिमीहरू तरवारद्वारा मारिनेछौ। म तिमीहरूलाई त्यहाँ इस्राएलमा दण्ड दिनेछु, यसकारण तिमीहरूले सम्झनेछौ कि त्यो म हुँ जसले तिमीहरूलाई दण्ड दिँदैछु, म परमप्रभु हुँ। 11 हो, यो स्थान पकाउँने कराही हुनेछ अनि तिमीहरू यसमा मासु हुनेछौ जुन भुटिन्छ! म तिमीहरूलाई यहाँ इस्राएलमा दण्ड दिनेछु! 12 त्यसपछि तिमीहरूले जान्नेछौ कि म नै परमप्रभु हुँ। त्यो मेरो नियम थियो जुन तिमीले तोड्यौ। तिमीले मेरो नियमहरू पालन गरेनौ। तिमीले आफ्नो चारैतिरको राष्ट्रका मानिसहरू जस्तै बस्ने निर्णय गर्यौ।”
13 मैले परमेश्वरको निम्ति बोल्न समाप्त गर्ने साथ, बनायाहको छोरा पलत्याह मरे। म पृथ्वीमा लडें। मैले पृथ्वीमा टाउको टेकें र भनें, “हाय! परमप्रभु मेरा मालिक के तपाईं इस्राएलका सबै बाँचेका मानिसहरूलाई सम्पूर्ण रूपले नाश गर्न तयार हुनुहुन्छ?”
14 तर त्यसपछि परमप्रभुको वचन मैले प्राप्त गरें। उहाँले भन्नुभयो, 15 “मानिसको छोरो! तिमी इस्राएलको परिवारको आफ्ना दाजू-भाइहरूलाई सम्झना गर जसलाई आफ्नो देश छोड्नलाई बाध्य गरिएको थियो। तर म तिनीहरूलाई फर्काई ल्याउँनेछु। तर यहाँ यरूशलेमका बासिन्दाहरूले भन्दैछन्, ‘तिनीहरू परमप्रभुबाट टाढो गए। यो भूमि हामीलाई दिइसकेकोछ यो हाम्रो हो।’
16 “यसकारण मानिसहरूसँग भन परमप्रभु हाम्रा मालिक भन्नु हुन्छ, ‘यो साँच्चो हो कि मैले आफ्नो मानिसहरूलाई टाढो भूमिहरूमा जानको निम्ति बाध्य गरें। मैले नै तिनीहरूलाई धेरै देशहरूमा तितर-बितर पारें। ती भूमिहरूमा म तिनीहरूको निम्ति केही समय मन्दिर हुनेछ। 17 यसकारण तिमीले तिनीहरूलाई भन्नु पर्छ कि परमप्रभु तिनीहरूको मालिकले तिनीहरूलाई फेरि फर्काएर ल्याउँनु हुन्छ। मैले तिमीहरूलाई धेरै देशहरूमा छरिदिएँ। तर म तिमीहरूलाई एक ठाँउमा जम्मा गर्नेछु अनि ती देशहरूबाट तिमीहरूलाई फर्काएर ल्याउँनेछु। म इस्राएलको प्रदेश तिमीहरूलाई फेरि दिनेछु। 18 अनि जब हाम्रा मानिसहरू फर्कन्छन् त्यसबेला तिनीहरूले त्यो सबै डरलाग्दा कुहिएको देव-मूर्तिहरू जुन अहिले यहाँ छ नष्ट गरिदिनेछन्। 19 म तिनीहरूलाई एकैसाथ ल्याउँनेछु अनि तिनीहरूलाई एउटै मानिस जस्तै बनाउँनेछु। म तिनीहरूमा नयाँ आत्मा भर्नेछु। म तिनीहरूको ढुङ्गाको हृदय तोडेर त्यो ठाँउमा साँच्चो हृदय भरिदिनेछु। 20 तब तिनीहरूले मेरो विधिहरू पालन गर्नेछन्। तिनीहरूले मेरो नियमहरू पालन गर्नेछन्, तिनीहरूले त्यो काम गर्नेछन् जुन म गर्न लगाउँछु। तिनीहरू साँच्चै मेरो प्रजा हुनेछन् अनि म तिनीहरूका परमेश्वर हुनेछु।’”
21 त्यसपछि परमेश्वरले भन्नुभयो, “तर यस समय उहाँको हृदय डरलाग्दा कुहिएको मूर्ति भइसकेको छ। मैले ती मानिसहरूलाई तिनीहरूको नराम्रो कामको निम्ति दण्ड दिनुपर्छ जुन तिनीहरूले गरेका छन्।” मेरा स्वामी परमप्रभु मेरा मालिकले यी सबै कुराहरू भन्नुभयो। 22 तबपछि करूब स्वर्गदूतले आफ्नो पखेंटा फट्फटायो अनि हावामाथि उड्यो। पाङ्ग्रा तिनीहरूसितै गयो। इस्राएलका परमेश्वरको महिमा तिनीहरूमाथि थियो। 23 परमप्रभुको महिमामाथि हावामा उठ्यो अनि उसले यरूशलेम छोडि दियो। अनि केही क्षणको लागि यरूशलेमको पूर्वी पहाडमा गएर बस्यो। 24 तब वतासले मलाई हावामाथि उठायो अनि फेरि बाबेल पुरायो, ती मानिसहरूकहाँ पुरायो जुन मानिसहरूलाई इस्राएल छोड्नुको निम्ति बाध्य गराइएको थियो। त्यसपछि दर्शनमा परमेश्वरको आत्मा हावामा उठाउनुभयो अनि मलाई छोडियो। मैले ती सबै चीजहरू परमेश्वरको दर्शनमा देखें। 25 त्यसपछि मैले निर्वासित मानिसहरूसँग कुरा गरें। मैले ती सबै कुराहरू बताएँ जुन परमप्रभुले मलाई देखाउनु भएको थियो।
12 त्यसपछि परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो, तिमी विद्रोही मानिसहरूसँग बस्छौ। तिनीहरू सधैँ मेरो विरूद्धमा गएका छन्। हेर्नको निम्ति तिनीहरूका आँखा छन्, जे जति मैले तिनीहरूको निम्ति गरें। तर तिनीहरूले त्यो देख्दैनन्। सुन्ने कान छन्, जे जति मैले तिनीहरूलाई गर्नु भनें तिनीहरूले सुनेनन्। किनकि ती विद्रोहीहरू हुन्। 3 यसकारण, हे मानिसको छोरो! आफ्नो समान तयार पार। यस्तो व्यावहार गर मानौ तिमी कुनै टाढो देशमा गइरहेकोछौ। यो यस्तो प्रकारले गर कि मानिसहरूले हेरेको हेरेकै छन सम्भव छ तिनीहरूले तिमीमाथि ध्यान दिनेछन्, तर ती मानिसहरू एकदमै विद्रोही हुन्।
4 “दिउँसोको समयमा तिमी आफ्नो समान यस्तो प्रकारले बाहिर निकाल कि मानिसहरूले तिमीलाई हेरेको हेरेकै होउन्। त्यसपछि साँझमा यस्तो देखावटी गर कि तिमी टाढा देशमा एउटा बन्दी जस्तै जाँदैछौ। 5 मानिसको आँखाको अगाडी पर्खालमा प्वाल बनाऊ अनि त्यो पर्खालको प्वालबाट बाहिर जाऊ। 6 राती आफ्नो समान काँधमा राख अनि त्यस स्थान छोडीदेऊ। आफ्नो मुख छोप, जसद्वारा तिमीले देख्न नपरोस् कि तिमी कहाँ गई रहेकाछौ। यो काम तिमीले यस्तो प्रकारले गर कि कसैले देख्न नसकोस्। किनकि म तिमीलाई इस्राएलको परिवारको लागि एउटा उदाहरणको रूपमा प्रयोग गर्दैछु।”
7 यसैकारण उहाँले आज्ञा गरे अनुसार गरें। दिउँसो मैले आफ्नो समान उठाएँ अनि यस्तो देखावटी गरे मानौ म कुनै टाढो देश जाँदैछु। त्यो साँझ मैले आफ्नो हातको प्रयोग गरें अनि भित्तामा प्वाल बनाएँ। राती मैले आफ्नो समान काँधमा राखें अनि गएँ। मैले यो सब यसप्रकारले गरें कि सबैले मलाई देखोस्।
8 भोलि पल्ट बिहान मैले परमप्रभुको वचन प्राप्त गरें। उहाँले भन्नुभयो, 9 “हे मानिसको छोरो, के इस्राएलका ती विद्रोहीहरूले तिमीलाई सोधे तिमीले के गर्दैछौ भनेर? 10 तिनीहरूलाई भन कि परमप्रभु तिनीहरूका मालिकले यो कुरा बताउनु भयो। यो दु:खको संन्देश यरूशलेमका बूढा-प्रधानहरू अनि यरूशलेममा बस्ने इस्राएलका सबै मनिसहरूको विषयमा हो। 11 तिनीहरूलाई भन, ‘म तिमीहरू सबैका लागि उदाहरण हुँ। मैले जे-जे गरें त्यो तिमीहरू सबैको निम्ति वास्तविक हुनेछ।’ तिनीहरू कैदीहरू जस्तो जान बाध्य हुनेछन्। 12 तिमीहरूका अगुवाहरूले आफ्नो सामन उस्कै काँधमा लैजानेछन्। उसले भित्तामा प्वाल बनाई गुप्त रूपमा भागेर जाने छन्। उसले आफ्नो मुख छोप्नेछ ताकि ऊ कहाँ जादैछ आफ्नो आँखाले देख्दैन। 13 उसले भाग्ने कोशिश गर्नेछ, तर म (परमेश्वरर) उसलाई समातिहाल्नेछु। ऊ मेरो जालमा फँस्नेछ अनि म उसलाई कल्दीहरूको देश बाबेलमा लिएर जानेछु। तर उसले यो देख्न सक्तैंन त्यो त्यहाँ मर्नेछ। 14 म राजाका मानिसहरूलाई बाध्य गर्नेछु कि तिनीहरू इस्राएलको चारै तिर विदेशमा बस्न। म उनको सेनालाई तितर-बितर पार्नेछु अनि शत्रुको सेना उनको पछि लाग्नेछ। 15 त्यसपछि तिनीहरूले बुझ्छन् कि म नै परमप्रभु हुँ। तिनीहरूले सम्झनेछन् कि मैले नै तिनीहरूलाई देशबाट तितर-बितर पारें। तिनीहरूले सम्झने छन् कि मैले तिनीहरूलाई अरू देशहरूमा जान बाध्य पारें।
16 “तर म कतिपय मानिसहरूलाई जीवित राख्नेछु। तिनीहरू रोग, अनिकाल र युद्धद्वारा मर्ने छैनन्। म तिनीहरूलाई यसकारण जीवित राख्नेछु कि तिनीहरू अन्य मानिसहरूसँग त्यो घिनलाग्दो कामको बारेमा भन्न नसकुन् जुन तिनीहरूले मेरो विरूद्ध गरे। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् म नै परमप्रभु हुँ।”
17 तब फेरि परमप्रभुको वचन मकहाँ आयो र त्यसले भन्यो, 18 “हे मानिसको छोरो, तिमीले यस्तो गर्नुपर्छ मानौं तिमी भयभीत छौ। तिमी जब खान्छौ काम्नु पर्छ। तिमीले पानी पिउँदा चिन्तित अनि भयभीत भए झैं हुनुपर्छ। 19 तिमीले यी साधारण जनतासित भन्नुपर्छ। तिमीले भन्नुपर्छ, ‘परमप्रभु हाम्रो मालिक यरूशलेमको बासिन्दाहरू अनि इस्राएलको अन्य भागका मानिसहरूसँग यसो भन्नुहुन्छ। मानिसहरू, तिमीहरूले खाना खाँदा अफसोसमा पार्नुपर्छ। तिमीहरू पानी पिउँदा साह्रै भयभीत हुनेछौ। किनकि त्यहाँ बसो-बास गर्नेहरूको हिंसाले गर्दा तिमीहरूको देशको सबै सामानहरू नष्ट हुनेछ। 20 तिमीहरूको शहरमा यति बेला धेरै मानिसहरू बस्दैछन् तर त्यो शहर नष्ट भएर जान्छ। तिम्रो पुरै देश नष्ट भएर जानेछ। त्यसपछि तिमीले बुझ्नेछौ कि म नै परमप्रभु हुँ।’”
© 2004, 2010 Bible League International