Bible in 90 Days
इस्राएल भूमि फेरि निर्माण गरिने छ
36 “हे मानिसको छोरो, मेरो निम्ति इस्राएलको पर्वतहरूसित भन। इस्राएलको पर्वतहरू परमप्रभुको वचन सुन भन। 2 तिनीहरूलाई भन कि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, ‘शत्रुले तिम्रो बारेमा यसो भन्यो हेर अब ती प्राचीन पर्वतहरू हाम्रो हुनेछन्।’
3 “यसकारण मेरो लागि इस्राएलको पर्वतहरूलाई भन। कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘शत्रुले तिमीलाई उजाड बनायो। उनीहरूले तिमीलाई चारै तिरबाट कुल्चियो। उनीहरूले यस्तो गरे यसकारण तिमी अरू राष्ट्रको अधिकारमा गयौ। तब तिम्रो बारेमा मानिसहरूले कुरा अनि कानेखुसी गरे।’”
4 यसकारण, हे इस्राएलका पर्वतहरू हो! परमप्रभु मेरा मालिकको वचन सुन। परमप्रभु मेरा मालिक पर्वतहरू, डाँडाहरू, धाराहरू, बेंसीहरू, खोल्साहरू, उजाड भएका भग्नावेशषहरू अनि छोडिएको शहरहरू जुन चारैतिरबाट अरू राष्ट्रहरूद्वारा लुटिएको अनि हाँसो उडाएको छ भन्छन्। 5 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म सबै बाँकी रहेका राष्ट्रहरू र सबै एदोमकाहरूको विरूद्ध मेरो तीव्र ईच्छा र अनुभव मेरो पक्षमा बोलोस् तिनीहरूले मेरो देश आफ्नो लागि लिए अनि त्यस समयमा तिनीहरूको हृदय खुशी थियो। तिनीहरूले मेरो भूमिलाई यति साह्रो घृणा गरे कि तिनीहरूले यसलाई लुटिनु पर्ने जग्गाको रूपमा हेरे।”
6 “यसकारण, इस्राएल देशको विषयमा यसो भन। पर्वतहरू, पहाडहरू, खोलाहरू, अनि बेंसीहरूलाई यसो भन कि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, ‘म आफ्नो डाह अनि क्रोधलाई मेरो आफ्नो निम्ति बोल्न दिनेछु। किनभने यी राष्ट्रहरूबाट तिमीले अपमानको पीडा अनुभव गरेकाछौ।’”
7 यसकरण, मेरो स्वामी परमप्रभु यसो भन्नुहुन्छ, “म प्रतिज्ञा गर्छु कि तिम्रो चारैतिरको राष्ट्रहरूले अपमानको कष्ट भोग्नेछन्।
8 “तर इस्राएलको पर्वतहरू, तिमीले तिम्रो रूखहरूलाई हाँगाहरू फैलाउनु अनि फलहरू इस्राएलकामेरो मानिसहरूका निम्ति फलाउनु पर्छ। मेरो मानिसहरू चाँडै आउँनेछन्। 9 म तिमीसित छु। म तिमालाई सहायता गर्नेछु। मानिसहरूले तिम्रो जमीन जोत्नेछन्। बिऊ उमार्नेछन्। 10 तिमीमाथि असंख्य मानिसहरू हुनेछन्। इस्राएलको सारा परिवार अनि सबै मानिसहरू त्यहाँ बस्नेछन्। शहरहरूमा मानिसहरू बस्नेछन्। नष्ट भएका नयाँ स्थान जस्तै बनाइनेछन्। 11 म तिमीलाई धेरै मानिसहरू अनि जनावरहरू दिनेछु। तिनीहरू बढ्नेछन् अनि त्यसका बच्चाहरू हुनेछन्। म पहिलो जस्तै मानिसहरू तिमीमा बस्नलाई ल्याउनेछु र तिम्रोलागि पहिले भन्दा अझ राम्रो गर्नेछु। तब तिमीले थाहा पाउनेछौ, म नै परमप्रभु हुँ। 12 हो, म मेरो मानिस, इस्राएललाई तिम्रो जमीनमा डोह्रयाउनेछु। तिनीहरूले तिमीमाथि अधिकार गर्नेछन् अनि तिमी तिनीहरूका हुनेछौ। तिमीले तिनीहरूलाई फेरि कहिल्यै बाँझो देख्ने छैनौं।”
13 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “हे इस्राएल देशका मानिसहरू तिमीहरूसित नराम्रो प्रकारले बोल्छन्। उनीहरू भन्छन्, तिमीले आफ्नो मानिसहरू नष्ट पार्यौ। तिनीहरू भन्छन् कि तिमीले तिनीहरूका नानीहरू टाढा लिएर गयौ। 14 अब भविष्यमा तिमीले मानिसहरू नष्ट गर्नेछैनौ। तिमीले भविष्यमा नानीहरू टाढो लिएर जानेछैनौ।” परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो। 15 “म ती अरू राष्ट्रहरूलाई तिमीलाई अझ अपमान गर्न दिनेछैन। तिमीहरू तिनीहरूद्वारा अवहेलित हुनेछौ। तिमीहरूले तिमीहरूको मानिसहरूलाई अब उसो नष्ट गर्ने छैनौ।” परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो।
परमप्रभु उहाँको आफ्नो नाउँ रक्षा गर्नुहुन्छ
16 त्यसपछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 17 “हे मानिसको छोरो! इस्राएलको परिवार आफ्नो देशमा बसेका थिए। मेरो लागि तिनीहरू रजस्वला भएका स्त्रीहरू जस्तै थिए। तिनीहरूको दुष्ट कामहरूको कारण अशुद्ध भए। 18 तिनीहरूले जब त्यो देशमा मानिसहरूको हत्या गरे, त्यस जमीनमाथि रगत फैलाए। उनीहरूले आफ्नो मूर्तिहरूले देश मैला बनाए। यसकारण मैले तिनीहरूलाई देखाँए कि म कति क्रोधित थिएँ। 19 मैले उनीहरूलाई राष्ट्रहरूमा तितर-बितर पारें अनि सबै देशमा फैलाएँ। मैले उनीहरूलाई त्यही दण्ड त्यस कामको लागि दिएँ जुन उनीहरूले गरेका थिए। 20 उनीहरू ती राष्ट्रहरूमा गए अनि ती देशहरूमा उनीहरूले मेरो बदनाम गरे। त्यहाँ राष्ट्रहरूले उनीहरूको विषयमा कुरा गरे। तिनीहरूले भने, ‘ती परमप्रभुका मानिसहरू हुन् तर तिनीहरूले उहाँको भूमि छोडनु पर्यो।’
21 “इस्राएलका मानिसहरूले मेरो पवित्र नाम सबै तिर बदनाम गरे। मैले आफ्नो नामका निम्ति दु:ख अनुभव गरे। 22 यसकारण इस्राएलका घरानालाई भनें कि परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, ‘हे इस्राएलका घराना हो, तिमी जहाँ पनि गयौ मेरो पवित्र नामको बद्नाम गर्यौ। अब म केही गर्न गइरहेछु। म यो तिम्रो निम्ति गर्दिनँ। इस्राएल, म यो आफ्नो पवित्र नामको खातिर गर्नेछु। 23 म ती राष्ट्रहरूलाई देखाउँछु कि मेरो महान नाम साँच्चै पवित्र छ। तब ती राष्ट्रहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ।’” परमप्रभु मेरा मालिकले यसो भन्नु भएको थियो।
24 परमेश्वरले भन्नुभयो, “म तिमीलाई ती राष्ट्रहरूबाट बाहिर निकालेर एकै ठाँउमा जम्मा गर्छु अनि तिमीलाई तिम्रो आफ्नो देशमा ल्याउँछु। 25 त्यसपछि म तिमीहरूमाथि शुद्ध पानी छर्किदिनेछु अनि तिमीहरूलाई शुद्ध पार्छु। म तिमीहरूका सारा अशुद्धिहरू धुन्छु अनि ती घृणित मूर्तिहरूबाट उत्पन्न अशुद्धिहरू धुन्छु।”
26 परमेश्वरले भन्नुभयो, “म तिमीहरूमा एउटा नयाँ आत्मा पनि भर्छु अनि तिम्रो सोचाई पनि बद्लि गरिदिन्छु। म तिम्रो शरीरबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय दिन्छु। 27 म तिमीहरूभित्र मेरो आत्मा हालिदिनेछु। म तिमीलाई बद्ली गर्छु जसद्वारा तिमी मेरो विधिहरू पालन गर्नेछौ। तिमी सावधानीसित मेरो नियमहरूको पालन गर्नेछौ। 28 त्यसपछि तिमी त्यो देशमा बस्ने छौ जुन मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको थिएँ। तिमीहरू मेरो प्रजा हुनेछौ अनि म तिमीहरू परमेश्वर हुनेछु।” 29 परमेश्वरले भन्नुभयो, “म तिमीहरूलाई बचाउँछु अनि तिमीहरूलाई अशुद्ध हुनबाट पनि जोगाउँछु। म अन्नलाई उम्रिनँको लागि आज्ञा दिन्छु। म तिमीहरूको विरूद्ध अनिकाल ल्याउँने छैन। 30 म तिमीहरूको रूखहरूमा ज्यादा भन्दा ज्यादा फल अनि खेतमा धेरै अन्न उमारिदिन्छु। त्यसपछि तिमी अरू देश झैं भोकै बस्ने लाज फेरि कहिल्यै अनुभव गर्नेछैनौ। 31 तिमीहरूले त्यो नराम्रो काम याद गर्नेछौ जुन तिमीहरूले गर्यौ, तिमीहरूले याद गर्नेछौ त्यो काम राम्रो थिएन। त्यसपछि तिमीहरू आफ्नो पापहरू अनि जुन डरलाग्दा काम गर्यौ त्यसको लागि तिमी स्वंय आफूलाई घृणा गर्नेछौ।”
32 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म चाहन्छु कि तिमी यो याद राख मैले तिमीहरूको भलाईका निम्ति यो काम गरेको होइन। म त्यो आफ्नो राम्रो नामको निम्ति गर्दैछु। इस्राएलको परिवार, तिमीहरू आफ्नो बस्ने ढुङ्गामा लज्जित अनि व्याकुल हुनु पर्ने।”
33 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “जुन दिन म तिमीहरूका सबै पापहरूबाट तिमीहरूलाई शुद्ध पार्छु। म मानिसहरूलाई फेरि तिमीहरूको शहरहरूमा ल्याउँछु, यो नष्ट भएको शहरहरू फेरि बनाइनेछन्। 34 उजाड भएको जमीन फेरि जोतिनेछ। यहाँबाट भएर जाने प्रत्येकलाई यो सर्वनाशको थुप्रो देखाइने छैन। 35 उनीहरूले भन्नेछन्, ‘बितेको दिनमा यो देश नष्ट भएको थियो। तर अब यो अदनको बगैंचा जस्तो भएकोछ। त्यो सर्वनाश अनि उजाड थियो, तर अब त्यो सुरक्षित भयो अनि त्यसमा मानिसहरू बस्छन्।’”
36 परमेश्वरले भन्नुभयो, “तब तिमीहरूको चारैतिरको राष्ट्रहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ अनि म फेरि ती स्थानहरू पूनःर्निर्माण गर्नेछु। मैले भूमिहरूमा रूखहरू रोपें जुन चाहिँ उजाड थियो। म परमप्रभु हुँ। मैले यी सबै भनें अनि मैले सबै गरें।”
37 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छु “म यो पनि चाहन्छु कि इस्राएलको घरानाकहाँ आओस् अनि यी कुराहरू तिनीहरूका निम्ति मागुन्। म तिनीहरूलाई असंख्य मानिसहरू बनाउँछु। तिनीहरू भेंडा़को बगालहरू जस्तै हुन्छन्। 38 यरूशलेममा विशेष चाडहरूको अवसरमा पवित्र बनाएको भेंडा़ अनि बाख्राहरू भरिने छ। यस्तै प्रकारले शहरहरू अनि नष्ट भएका भूमिहरू मानिसको भीडले भरिन्छ। त्यतिबेला मानिसहरूले सम्झनेछन् म परमप्रभु हुँ।”
सुकेका हाडहरूको दर्शन
37 परमप्रभुको शक्ति ममाथि आयो। परमप्रभुको आत्माले मलाई शहर बाहिर लिएर गयो अनि तल एउटा बेंसीको बीचमा राखिदियो। बेंसी मरेको मानिसको हाडहरूले भरिएको थियो। 2 बेंसीमा असंख्य हाडहरू थिए, परमप्रभुले मलाई हाडहरूको चारैतिर घुमाउनु भयो। मैले देखें हाडहरू साह्रै सुकेका थिए।
3 त्यसपछि परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “हे मानिसको छोरो! के यी हाडहरू जीवित हुनसक्छ?”
मैले उत्तर दिएँ, “परमप्रभु मेरो मालिक! यस प्रश्नको उत्तर तपाईंले मात्र जान्नु हुन्छ।”
4 परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “ती हाडहरू विषयमा मेरो लागि केही भन। ती हाडहरूसँग भन, ‘सुकेका हाडहरू! परमप्रभुको वचन सुन। 5 परमप्रभु मेरो मालिक तिमीहरूसित यो भन्नु हुन्छ, म तिमीहरूमा सास आउँन दिनेछु अनि तिमी जीवित हुनेछौ। 6 म तिमीहरूमाथि नसा अनि माँसपेशीहरू लगाउँछु अनि म तिमीहरूलाई मासु र छालाले छोपिदिन्छु। त्यसपछि म तिमीहरूमा प्राण संचार गरिदिन्छु अनि तिमी फेरि जीवित भएर उठ्नेछौ। त्यतिबेला तिमीहरूले सम्झने छौ म नै परमप्रभु तिम्रा मालिक हुँ।’”
7 यसकारण मैले परमप्रभुको लागि त्यही कुरा गरेको जस्तो गर्न खोजें। जति बेला मैले केही भन्न आँटेको थिएँ प्रचण्ड ध्वनी सुनें! हाडहरू चल्नु थाले अनि हाडहरू, हाडहरूसित जोडिन थाले। 8 मेरो आँखा अघाडी नसा, मांसपेशीहरू, मासु अनि छालाले हाडहरूलाई छोप्न शुरू गर्यो। तर शरीरहरू हल्लिएन, तिनीहरूमा प्राण थिएन।
9 तब परमप्रभु मेरा मालिकले मसँग भन्नुभयो, “मेरा लागि हावालाई अगमवाणी गर। हे मानिसको छोरो! मेरा निम्ति हावासित कुरा गर। हावासित भन कि परमप्रभु मेरा मालिकले यसो भन्नुहुँदैछ, ‘हावा सबै दिशाबाट आऊ अनि ती लाशहरूलाई जीवन दिइनेछ। तिनीहरू भित्र सास भरि दिनेछु अनि तिनीहरू फेरि जीवित हुनेछन्।’”
10 उहाँले जस्तो बताउनु भएको थियो मैले त्यही प्रकारले हावासित कुरा गरें। अनि लाशहरूमा प्राण आयो। तिनीहर जीवित भए अनि उभिए। त्यहाँ धेरै मानिसहरू थिए, अनि त्यहाँ एउटा एकदमै ठूलो सैनिक बनियो।
11 त्यसपछि परमप्रभु मेरा मालिकले मलाई भन्नुभयो, “हे मानिसको छोरो! यी हाडहरू इस्राएलको पुरै घराना जस्तै हुन्। इस्राएलका मानिसहरू भन्छन्, ‘हाम्रो हाडहरू सुकेका छन् हाम्रो आशा समाप्त भयो। हामी पूर्ण रूपले नष्ट गरिएकाछौ।’ 12 यसकारण उसित मेरो निम्ति कुरा गर। उसलाई भन परमप्रभु अनि मालिक यसो भन्नु हुन्छ, ‘मेरो मानिसहरू, म तिमीहरूका चिहानहरू खन्छु अनि तिमीहरूलाई बाहिर ल्याउँछु। त्यसपछि म तिमीहरूलाई इस्राएलको भूमिमा ल्याउँछु। 13 मेरो मानिसहरू, म तिमीहरूका चिहानहरू खन्छु अनि तिमीहरूका चिहानहरूबाट तिमीहरूलाई बाहिर ल्याउँछु। त्यस बेला तिमी सम्झने छौ कि म नै परमप्रभु हुँ। 14 म आफ्नो आत्मा तिमीहरूमा हालि दिनेछु अनि तिमीहरूलाई फेरि जीवित पार्छु। त्यसपछि तिमीहरूलाई म तिमीहरूको देशमा फेरि ल्याउँछु। त्यसपछि तिमीहरूले थाहा पाउनेछौ म परमप्रभु हुँ। तिमीहरूले जान्नेछौ मैले यो कुरा भनें अनि यस्तो हुने पारें।’” परमप्रभुले यसो भन्नु भएको भयो।
यहूदा अनि इस्राएल फेरि एक हुने
15 परमप्रभुको वचन फेरि मकहाँ आयो! उहाँले भन्नुभयो, 16 “हे मानिसको छोरा! एउटा लौरो ल्याऊ अनि त्यसमा यो वचन लेख ‘यो लौरो यहूदा अनि त्यसको मित्र इस्राएलको मानिसहरूका निम्ति हो।’ त्यसपछि अर्को लौरो ल्याऊ अनि त्यसमा, ‘एप्रैमको यो लौरो, यूसुफ अनि त्यस मित्र इस्राएलको मानिसहरूका निम्ति हो।’ 17 त्यसपछि दुइवटै लौरोहरू एउटा ठाँउमा जोड। तिम्रो हातमा एउटा लौरो हुनेछ।
18 “तिम्रा मानिसहरूलाई यो स्पष्ट पार्नका निम्ति भन्छु कि यसको अर्थ के हो? 19 तिनीहरूलाई भन कि परमप्रभु अनि मालिक भन्नु हुन्छ, ‘म यूसुफको लौरो लिन्छु जुन इस्राएलको मानिसहरूको हो, जो एप्रैम अनि उसको मित्रको हातमा छ। त्यसपछि म त्यो लौरो यहूदाको लौरोसित राख्छु अनि त्यसलाई एउटै लौरो बनाउँछु। मेरो हातमा त्यो एउटा लौरो हुनेछ।’
20 “तिनीहरूको आँखाको अघाडी लौरोहरू आफ्नो हातमा समात। तिमीहरूले लौरोहरूमा त्यो नामहरू लेखेका थियौं। 21 मानिसहरूलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ ‘म इस्राएलका मानिसहरूलाई त्यो राष्ट्रहरूबाट ल्याउँछु, जहाँ उनीहरू गएका छन्। म उनीहरूलाई चारैतिरबाट एकत्रित पार्छु। अनि तिनीहरूलाई तिनीहरूको आफ्नो देशमा ल्याउँछु। 22 म तिनीहरूलाई इस्राएलको पर्वतहरूको देशमा एउटा राष्ट्र बनाउँछु। उनीहरू सबैको एउटा राजा हुनेछ त्यो दुइवटा राष्ट्रहरू बनिने छैन्। त्यो भविष्यमा राज्यमा बाँडिने छैन्। 23 तिनीहरू तिनीहरूको मूर्तिसित लगातार तिनीहरू आफैंलाई अशुद्ध बनाउने छन् अनि डरलाग्दा प्रतिमा अथवा केही अरू अपराध। तर म तिनीहरूलाई रक्षा गर्नेछु अनि तिनीहरू सबैलाई ती भूमिहरूदेखि जम्मा गर्नेछु जहाँ तिनीहरूले पाप गरेका थिए।
24 “‘मेरो दास दाऊदले तिनीहरूमाथि राज गर्नेछन् तिनीहरू सबै एउटा मात्र गोठाला हुनेछ। उनीहरू मेरो नियमहरूको साहारामा बस्नेछन् अनि मेरो विधिहरू पालन गर्नेछन्। तिनीहरूले मेरो काम गर्नेछन् म जे भन्छु त्यहीं गर्नेछन्। 25 तिमीहरू त्यो भूमिमा बस्नेछन् जुन मैले आफ्नो दास याकूबलाई दिएको थिएँ। तिनीहरूका पिता-पुर्खाहरू त्यो त्यस ठाँउमा बस्थे अनि मेरा मानिसहरू त्यहाँ बस्नेछन्। त्यो उनीहरूको नानीहरू अनि तिनीहरूको नाता-नातिनीहरू सदा-सर्वदा त्यहीं बस्नेछन् अनि मेरो दास दाऊद तिनीहरूको अगुवा भएर सदा-सर्वदा त्यहाँ बस्नेछ। 26 म तिनीहरूसित एक शान्ति करार बाँध्नेछु। यो सन्धि सधैँ रहिरहनेछ। म तिनीहरूलाई तिनीहरूको देश दिनेछु। म तिनीहरूको संख्या वृद्धि गर्नेछु। म मेरो पवित्र स्थानलाई तिनीहरूको विषयमा सदा-सर्वदा राख्नेछु। 27 मेरो पवित्र पाल त्यहाँ उनीहरूको बीच हुन्छ। हो, म तिनीहरूको परमेश्वर अनि उनीहरू मेरो मानिसहरू हुनेछन्। 28 तब अरू राष्ट्रहरूले जान्नेछन् कि म परमप्रभु हुँ अनि तिनीहरूले यो जान्नेछन् कि म मेरो पवित्र भूमि सधैँ इस्राएलमा राखेर, म तिनीहरूलाई मेरा विशेष मानिसहरू बनाउँदैछु।’”
गोगको विरूद्धमा समाचार
38 परमप्रभुको यो वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो! मागोगा देशमा गोगतिर ध्यान देऊ। त्यो मेशेक अनि तूबल राष्ट्रहरूको सर्वाधिक महत्वपूर्ण प्रमुख हो। गोगको विरूद्धमा मेरो लागि केही भन। 3 उसलाई भन कि स्वामी परमप्रभु भन्नुहुन्छ, ‘गोग तिमी मेशेक अनि तूबल राष्ट्रको सर्वाधिक महत्वपूर्ण प्रमुख हौं। तर म तिम्रो विरूद्धमा छु। 4 म तिमीलाई समात्छु अनि तिम्रो समस्त सेनालाई फर्काई ल्याउँछु। तिम्रो सेनाको सबै मानिसहरूलाई फर्काई ल्याउँछु। म सबै घोडा अनि घोडसवारहरूलाई फर्काई ल्याउँछु। म तिम्रो मुखमा बल्छी लगाउँनेछु अनि तिमीहरू सबैलाई फर्काई ल्याउँछु। सबै सैनिकले आफ्नो तरवारहरू अनि ढालहरू सहित आफ्नो सैनिक पोशाक लगाउँनेछन्। 5 फारस, कूश अनि पूतको सैनिक उनीहरूसँग हुन्छन्। ती सबैले तिनीहरूको ढाल तथा शिरमा टोप धारण गरको हुन्छ। 6 त्यहाँ गोमेर उसको सबै सैनिकहरूसित हुनेछ। त्यहाँ तोगर्माको राष्ट्र सबै सैनिक समूहसँग हुनेछ जो उत्तर दिशाको टाडो ठाँउबाट आउँछ। त्यहाँ तिमीहरूसित धैरे राष्ट्रहरूका मानिसहरू हुनेछन्।
7 “‘तयार हौ, तिमी आफूलाई तयार पार अनि त्यो जो सेनाले तिमीहरूसँग एकता तिनीहरूलाई पनि गराइएकोछ। तिमीले निगरानी राख्नु पर्छ अनि तयार रहनु पर्छ। 8 लामो समय पछि म तिमीलाई सम्झनेछु। अब अन्तिम बर्षहरूमा तिमी त्यो प्रदेशमा आउनेछौ जुन युद्ध पछि पुनःर्निर्माण हुन्छ। मानिसहरू फेरि धेरै राष्ट्रहरूबाट भेला गराइएका छन्। बितेको दिनहरूमा इस्राएलको पर्वत घरी-घरी नष्ट गरिएको थियो। तर यी मानिसहरू राष्ट्रहरूबाट फर्किएकाछन् तिनीहरू सबै सुरक्षासाथ जीउनेछन्। 9 तर तिमी तिनीहरूमाथि आक्रमण गर्न आउँनेछौ। तिमी तुफान जस्तै आउँनेछौ। तिमी देशलाई ढाक्दै गर्जने बादल जस्तै आउँछौ। तिमी अनि धेरै राष्ट्रहरूलाई तिम्रो सैनिकहरूको समूह, यी मानिसहरूमाथि आक्रमण गर्न आउँनेछन्।’”
10 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ “त्यस समय तिम्रो मनमा एउटा विचार आउनेछ। तिमीले एउटा नराम्रो योजना बनाउन शुरू गर्नेछौ। 11 तिमीले भन्छौ, ‘म त्यो देशमा आक्रमण गर्न जानेछु जसको शहर बिना पर्खालको छ। सुरक्षित छौं भनी उनीहरू सम्झन्छन् उनीहरूको रक्षाका निम्ति चारैतिर पर्खाल छैन। उनीहरूको दैलोमा ताला छैन, उनीहरूको दैलो पनि छैन। 12 म तिनीहरूलाई लुट्नेछु अनि सबै बहुमूल्य चीजहरू तिनीहरूबाट लिन्छु। म ती स्थानहरूको विरूद्धमा लड्छु जे नष्ट भइसकेकोछ, तर अब मानिसहरू त्यहाँ बस्न थालेकाछन्। म तिनीहरूको विरूद्ध जानेछु जो अन्य राष्ट्रहरूबाट जम्मा भएका छन्। अब तिनीहरू पशु र सम्पतिको मालिक भएका छन्। उनीहरू संसारको केन्द्रमा बस्छन्।’
13 “शेबा, ददान अनि तर्शीशका सबै व्यापारीहरू अनि सबै शहरहरू जजससित तिनीहरू व्यापार गर्छन, तिमीलाई सोध्नेछन्, ‘के तिमी बहुमूल्य चीजहरूमाथि अधिकार जमाउनु आएका हौ? के तिमी आफ्नो सैनिकहरूको समूहसित ती राम्रो चीजहरू सुन, चाँदी, गाई-वस्तु तथा सम्पत्ति लिएर जान आएका हौ? के तिमी ती सबै बहुमूल्य चीजहरू लिन आएका हौ?’”
14 परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरा! मेरा निम्ति गोगलाई भन। उसलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘तिमी हाम्रो मानिसहरूलाई आक्रमण गर्नु आउँनेछौ। जब कि उनीहरू शान्तिपूर्वक अनि सुरक्षित बसिरहेका छन्। 15 तिमी टाढो उत्तरको आफ्नो ठाँउबाट आउँछौ अनि तिमी बहुसंख्यक मानिसहरूलाई साथमा लिएर आउँछौ। ती सबै घोडसवार हुनेछन्। तिमी एउटा विशाल अनि शक्तिशाली सेना हुनेछौ। 16 तिमी मेरा मानिस इस्राएलको विरूद्ध युद्ध गर्न आउँनेछौ। तिमी देशलाई ढाक्ने गर्जिने बादल हुनेछौ। म पछिबाट आफ्नो देशको विरूद्ध युद्ध गर्नु तिमीलाई ल्याउँछु। त्यसपछि राष्ट्रहरूले मलाई सम्मान गर्नेछन् अनि जान्नेछन् कि म पवित्र हुँ। उनीहरूले देख्नेछन् कि म तिम्रो विरूद्ध के गर्छु।’”
17 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “अतीतमा मैले तिम्रो विषयमा जे भनेको थिएँ त्यस समय मानिसहरूले याद गर्नेछन्। उनीहरूले याद गर्नेछन् मैले आफ्ना दासहरू इस्राएलको अगमवक्ताहरूको उपयोग गरें। उनीहरूले याद गर्नेछन् इस्राएलका अगमवक्ताहरूले मेरो निम्ति अतीतमा कुरा गरे अनि भने कि म तिमीलाई उनिहरू विरूद्ध युद्ध गर्न ल्याउँछु।”
18 परमप्रभु मेरो मालिकले भन्नुभयो, “त्यस समय गोग, इस्राएल देश विरूद्ध युद्ध गर्नु आउँनेछ। म आफ्नो क्रोध प्रकट गर्नेछु। 19 क्रोध अनि उत्तेजनामा म यो प्रतिज्ञा गर्छु, म प्रतिज्ञा गर्दैछु कि इस्राएलमा एउटा ठूलो भूइँचालो आउँछ। 20 त्यस समय सबै जीवित प्राणी डरले काम्ने छन्, समुद्रका माछाहरू, आकाशका चराहरू, खेतका जङ्गली पशुहरू अनि ती जमीनमा घस्रने सबै सानो-सानो प्राणीहरू डरले काम्नेछन्। पर्वत झर्नेछ अनि डाँडाहरू भत्किनेछ। प्रत्येक पर्खाल जमीनमा झर्नेछ।”
21 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “इस्राएलको पर्वतहरूमा, म गोगको विरूद्ध सबै किसिमको डर उत्पन्न गर्छु। त्यसको सैनिक यति भयभीत हुन्छन् कि तिनीहरूले एका अर्कामाथि आक्रमण गर्नेछन् अनि आफ्नो तरवारले एउटाले अर्कालाई मार्नेछन्। 22 म गोगलाई रोग अनि मृत्युको दण्ड दिन्छु। म गोग अनि धेरै राष्ट्रहरूको सैनिकमाथि असिना, आगो अनि गन्धकको बर्षा बर्षाउनेछु। 23 त्यसपछि म देखाउँछु कि म कति महान छु, म प्रमाणित गर्छु कि म पवित्र छु। धेरै राष्ट्रहरूले मैले यो कुरा गरेको देख्नेछन् अनि जान्नेछन् कि म को हुँ। तब उनीहरूले थाहा पाउने छन् कि म परमप्रभु हुँ।
गोग अनि उसको सेनाको मृत्यु
39 “हे मानिसको छोरो! गोगको विरूद्ध मेरा निम्ति केही भन। उसलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘गोग, तिमी मेशेक अनि तूबल देशहरूको सर्वाधिक महत्वपूर्ण प्रमुख हौ। तर म तिम्रो विरोधमा छु। 2 म तिमीलाई समातेर फर्काई ल्याउँछ। म तिमीलाई उत्तरको डाडाँबाट ल्याउँछु। म तिमीलाई इस्राएलको पर्वतहरूको विरूद्ध युद्ध गर्नका निम्ति ल्याउँछु। 3 तर म तिम्रो धनुलाई तिम्रो देब्रे हातबाट तल खसालिदिन्छु। म तिम्रो दाहिने हातबाट तिम्रो काँड तल झारिदिन्छु। 4 तिमी इस्राएलको पर्वतमा मारिनेछौ। तिमी तिम्रो सैनिक समूह अनि तिमीसित भएको अरू सबै राष्ट्रहरू युद्धमा मारिनेछन्। म तिमीलाई हरेक किसिमको पंक्षीहरू, जुन मांसहारी छन्, तथा सबै जङ्गली पशुहरूको भोजनको रूपमा दिन्छु। 5 तिमी खुल्ला मैदानमा मारिनेछौ। मैले यो भनिदिएकोछु।’” परमप्रभु मेरा मालिकले ती कुराहरू भन्नुभयो।
6 परमेश्वरले भन्नुभयो, “म मागोग अनि ती मानिसहरूलाई जुन समुद्रको किनारमा सुरक्षित बस्छन्, तिनीहरूको विरूद्ध आगो पठाइदिनेछु। त्यसपछि उनीहरूले थाहा पाउँनेछन् कि म नै परमप्रभु हुँ। 7 म मेरो पवित्र नाम मेरो इस्राएलका मानिसहरूलाई प्रकट गराउँछु। म मेरो पवित्र नाम मानिसहरू अघि अझ धेरै नष्ट पार्ने दिनेछैन। राष्ट्रहरूले थाहा पाउनेछन कि म परमप्रभु हुँ। तिनीहरूले जान्नेछन् कि म इस्राएलमा एकमात्र पवित्र छु। 8 त्यो समय आउने छ। यो घटने छ।” परमप्रभुले यी कुराहरू भन्नुभयो। “यो त्यही दिन हो, जुन दिनको विषयमा म भन्दैछु।
9 “त्यस समय, इस्राएलको शहरमा बस्ने मानिसहरू ती खेतहरूमा जानेछन्। उनीहरूले शत्रुको हात-हतियारहरू जम्मा पार्नेछन् अनि जलाउनेछन्। ती सबै ढालहरू, धनु-काँडहरू अनि भालाहरू जलाउने छन्। उनीहरूले हात-हतियारहरू दाउराको रूपमा सात बर्ष सम्म प्रयोग गर्नेछन्। 10 तिनीहरू मैदानबाट दाउरा जम्मा गर्दैनन् अथवा जङ्गलमा दाउराहरू काट्नु पर्नेछैन्, किनकि त्यो हात-हतियारहरू प्रयोग दाऊराको रूपमा गरिनेछ। ती बहुमूल्य चीजहरू सैनिकहरूबाट खोस्नेछन् जुन तिनीहरूले चोर्न चाहन्थे। ती सैनिकहरूबाट राम्रो चीजहरू लिन्छन् जसले तिनीहरूबाट राम्रो चीजहरू लिएका थिए।” परमप्रभु मेरा मालिकले भन्नभयो।
11 परमेश्वरले भन्नुभयो, “त्यस समय गोगलाई गाडन इस्राएलमा एउटा ठाँउ छान्नेछु। त्यो खार समुद्रको पूर्वमा यात्रीहरूको बेंसीमा गाडिनेछ। यसले यात्रीहरूको बाटो रोक्नेछ। किनकि गोग अनि त्यसको सारा सेनाहरू त्यस ठाँउमा गाडिनेछन्! मानिसहरूले यसलाई ‘गोगको सेनाहरूको बेंसी भन्नेछन्।’ 12 इस्राएलका परिवारले तिनीहरूको भूमि शुद्ध गर्नका निम्ति सात महीना सम्म गाड्ने छन्। 13 देशका साधारण मानिसहरूले शत्रुको सैनिकहरूलाई गाडनेछन्। इस्राएलका मानिसहरू त्यसदिन प्रसिद्ध हुनेछन् जुन दिन म आफ्नो सम्मान पाउँछु।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।
14 परमेश्वरले भन्नुभयो, “मानिसहरूले मजदूरहरूलाई ती मरेको सैनिकहरू गाडनको निम्ति पूरा समय सम्म नोकरी दिनेछन्। यस्तो प्रकारले तिनीहरूले देशलाई पवित्र पार्नेछन्। ती मजदूरहरूले सात महीना सम्म काम गर्नेछन्। उनीहरू लाशहरू खोज्दै चारै तिर जानेछन्। 15 ती मजदूरहरू चारै तिर खोज्दै घुम्नेछन्। यदि तिनीहरूले कुनै हड्डी देखे भने त्यसको छेउमा एउटा चिन्ह लगाइराख्नेछन् जब सम्म खाडल खन्ने मानिस आउँदैन गोगको सैन्यको बेंसीमा हड्डी जब सम्म गाडिदैन त्यतिन्जेल सम्म चिह्र रहनेछ। 16 त्यो मृतक मानिसहरूको नगर चिहान (हामोनाह) कहलाइनेछ। यस्तो प्रकारले उनीहरूले देशलाई शुद्ध पार्नेछन्।”
17 परमप्रभु मेरा मालिकले यसो भन्नुभयो, “हे मानिसको छोरो! मेरो लागि पंक्षीहरू, अनि जङ्गली पशुहरूसँग केही भन। त्यसलाई भन, ‘यहाँ आऊ। यहाँ आऊ, एक ठाँउमा भेला हौ। आऊ यो बलि खाऊ जुन मैले तिमीहरूको निम्ति तयारी बनाई रहेको छु। त्यो इस्राएलको पर्वतमा एउटा विशाल बलिदान हुनेछ। आऊ, मासु खाऊ अनि रगत पिऊ। 18 तिमीले शक्तिशाली सैनिकहरूको मासु खानेछौ। तिमीहरूले संसारको प्रमुखहरूको रगत पिउनेछौ। तिनीहरू तिमीहरूका निम्ति भेंडा़हरू अनि बोकाहरू अनि बाशानका मोटो साढेहरू जस्तै हुन्। 19 तिमी जति चाहन्छौ त्यति बोसो खान सक्छौ अनि तिमीले रगत त्यसबेला सम्म पिउन सक्छौ जति बेला सम्म तिम्रो पेट भरिदैन्। तिमीले मेरो बलि खानेछौ अनि पिउनेछौ जुन मैले तिम्रा निम्ति मारे। 20 मेरो टेबलमा तिमीले खानुका निम्ति अत्यन्तै ज्यादा मासु पाउनेछौ। त्यहाँ घोडा अनि रथ सवारहरू, शक्तिशाली सैनिक अनि अरू सबै लडने मानिस हुनेछन्।’” परमप्रभु मेरा मालिक यसो भन्नुभयो।
21 परमेश्वरले भन्नुभयो, “म अरू राष्ट्रहरूलाई देखाउनेछु, मैले के गरें। उनीहरूले राष्ट्रलाई सम्मान गर्न शुरू गर्नेछन्। उनीहरूले मेरो शक्ति देख्नेछन जुन मैले शत्रुको विरूद्ध उपयोग गरे। 22 तब त्यस दिन पछि इस्राएलका घरानाले जान्नेछन् कि म नै परमेश्वर तिनीहरूका परमप्रभु हुँ। 23 अनि राष्ट्रहरूले यो थाहा पाउनेछन् कि इस्राएलको परिवारलाई किन बन्दी जस्तै बनाएर अन्य जातिहरूमा लगें। तिनीहरूले जान्नेछन् मेरो मानिस, मेरो विरूद्धमा उठे। यसैकारण मैले उनीहरूलाई टाढो लगें। मैले तिनीहरूको शत्रुहरू तिनीहरूलाई हराउन दिएँ। यसकारण, मेरा मानिसहरू युद्धमा मारिए। 24 उनीहरूले पाप गरे अनि आफैंलाई अपवित्र बनाए। यसकारण मैले उनीहरूलाई त्यो कामको निम्ति दण्ड दिएँ, जुन उनीहरूले गरे। यसकारण मैले मेरो अनुहार तिनीहरूबाट लुकाएँ।”
25 यसकारण परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “अब म याकूबको परिवारमा सुदिन फर्काई ल्याउनेछु। मैले पुरै इस्राएलको परिवारमाथि दया गरेकोछु। म आफ्नो पवित्र नामको निम्ति म जोशिलो हुनेछु। 26 मानिसहरू आफ्नो लाज अनि मेरो विरूद्धमा सारा समय भुल्नेछन्। उनीहरू आफ्नो देशमा सुरक्षित रहनेछन्। कसैले पनि तिनीहरूलाई भयभीत पार्नेछैन्। 27 म मेरो मानिसहरूलाई अन्य देशहरूबाट ल्याउनेछु। तिनीहरूलाई म शत्रुहरूको देशमा भेला पार्नेछु। त्यति बेला धेरै राष्ट्रहरूले थाहा पाउनेछन् कि म कति पवित्र छु। 28 तिनीहरूले सम्झनेछन कि म परमप्रभु तिनीहरूको परमेश्वर हुँ। किनकि मैले तिनीहरूलाई घरबाट निकालें अनि अरू देशहरूमा बन्दीको रूपमा पठाएँ। त्यसपछि मैले तिनीहरूलाई एकै ठाँउमा भेला पारें अनि तिनीहरूको आफ्नो देशमा फेरि लिएर आएँ। 29 म इस्राएलको घरानामाथि मेरो आत्मा खन्याउनेछु अनि त्यसपछि, म फेरि आफ्ना मानिसहरूबाट टाढा जानेछैन।” परमप्रभु मेरा मालिकले यी सबै कुराहरू भन्नुभयो।
नयाँ मन्दिर
40 हामीहरूलाई देश निकाला गरिएको पच्चीसौं बर्षको दशौं महीनाको दशौं दिनमा, परमप्रभुको शक्ति मकहाँ आयो। यो यरूशलेम पक्राऊ परे पछिको चौधौं बर्षको दिन थियो। एक दर्शनमा परमप्रभुले मलाई त्यहाँ लिएर जानु भयो।
2 दर्शनमा परमेश्वरले मलाई इस्राएल लिएर जानु भयो। उहाँले मलाई एउटा अति अल्गो पर्वतको छेउमा झार्नु भयो। पर्वतमा एउटा भवन थियो, जुन शहरको समान देखिन्थ्यो। 3 परमप्रभुले मलाई त्यहाँ लिएर जानु भयो। त्यहाँ एउटा मानिस थियो जो चम्काएको काँस जस्तै चम्किरहेको देखिन्थ्यो। त्यस मानिसले एउटा लुगा नाप्ने फिता अनि एउटा नाप्ने टाँगो आफ्नो हातमा लिएको थियो, त्यो मूल-ढोकामा उभिएको थियो। 4 त्यस मानिसले मलाई भन्नुभन्यो! “हे मानिसको छोरो, आफ्नो आँखा अनि कानको प्रयोग गर। यी चीजहरूप्रति ध्यान देऊ अनि मेरो भनाई सुन। जुन म तिमीलाई देखाउँछु, त्यसमा ध्यान देऊ। किनकि तिमीलाई यहाँ ल्याएको हो, यसकारण म तिमीलाई यी चीजहरू देखाउँनु सक्छु। तिमीले इस्राएलको परिवारलाई त्यो सबै बताउँनु जुन तिमीले यहाँ देख्दैछौ।”
5 मैले एउटा पर्खाल देखें जसले मन्दिर चारैतिरबाट घेरेको थियो। त्यो मानिसको हातमा चीजहरू नाप्ने एउटा टाँगो थियो। त्यो टाँगो छ हातको लामो थियो। प्रत्येक हात एक हात र चार औंला लम्बाई थियो। यसकारण त्यस मानिसले पर्खालको चौंडाई मोटो नाप्यो। त्यो एक हात चौंडाईको थियो। त्यस मानिसले पर्खालको उचाई नाप्यो। यो एक टाँगो अग्लो थियो।
6 त्यसपछि त्यो मानिस पूर्वी द्वारपट्टि गयो। त्यो मानिस त्यसको खुड्किलोमाथि चढ्यो अनि मूल-ढोकाको सङ्घार नाप्यो। त्यो एक टाँगो बराबर चौंडाको थियो। 7 रक्षकको कोठा एक टाँगो लामो अनि एक टाँगो चौंडाई थियो। कोठाको बीचको पर्खालको मोटाई पाँच हात थियो। मन्दिरतिर फर्काएको दलानको ढोकाको सङ्घार एक टाँगो लामो थियो। 8 तब त्यस मानिसले मन्दिरसँगको मूल-ढोकाको प्रशेव कक्ष नाप्यो जुन यो एक टाँगो चौंडाको थियो। 9 यो आठ हात लामो थियो। तब त्यस मानिसले मूल-ढोकाको दलान नाप्यो। त्यो आठ हात थियो। त्यस मानिसले मूल-ढोकाको द्वारको स्तम्भहरू नाप्यो। हरेक द्वार स्तम्भ दुइ हात चौंडाईको थियो। दलानको दैलो भित्रपट्टि थियो। 10 मूल-ढोकाको प्रत्येक भित्तामा तीन-तीनवटा सानो-सानो कोठाहरू थिए। उसले प्रत्येक कोठा नाप्यो। ती कोठाहरू र दुवैतिरका स्तम्भहरू एकै नापका थिए। 11 त्यस मानिसले मूल-ढोकाको दैलोको चौंडाइ नाप्यो। यो दश हात चौंडा अनि तेह्र हात लामो थियो। 12 प्रत्येक कोठाको छेउमा एउटा पर्खाल थियो, कोठा वर्गाकार थियो अनि प्रत्येक भित्ताको चौंडा छ हात थियो। 13 त्यस मानिसले मूल-ढोकाको एउटा कोठाको छानाबाट अर्को कोठाको छाना सम्म नाप्यो। त्यो एउटा ढोकाबाट आर्को ढोका सम्म पच्चीस हात लामो थियो। 14 त्यस मानिसले प्रवेश द्वार पनि नाप्यो। यो बीस हात चौंडाको थियो। प्रवेश द्वारको चारैतिर चोक थियो। 15 प्रवेश द्वारको मूल-ढोका पुरै बाहिरपट्टि देखि मूल-ढोकाको भित्र सम्म नाप्दा पचास हात थियो। 16 रक्षाको कोठाहरूको सबै भागमा भित्र अनि चोकमा स-साना झ्यालहरूथिए। झ्यालहरूको चौंडा भागहरू द्वारतिर फर्केका थिए। ढोकाको प्रत्येक द्वार स्तम्भमा खजूरका बोटहरू खोपिएका थिए।
बाहिरी चोक
17 तब त्यो मानिसले मलाई बाहिरी चोकमा ल्यायो। पक्का बाटोको छेउमा तीसवटा कोठाहरू थिए। मैले कोठाहरू अनि ढुङ्गा छापिएकोबाटो देखें। 18 पक्का बाटो ढोकाहरूको छेउबाट गएको थियो। पक्का बाटो त्यति नै फराकिलो ढोकाहरू जस्तै थियो। यो तल्लो पक्का बाटो थियो। 19 त्यसपछि त्यो मानिसले तलको मूल-ढोकाको छेउको भित्रपट्टिबाट लिएर चोकको पर्खाल छेउको भित्रीपट्टि सम्म नाप्यो। त्यो एक सय हात पूर्व अनि उत्तरमा थियो।
20 तब त्यस मानिसले उत्तर द्वारको लम्बाई अनि चौंडाई नाप्यो। त्यो बाहिर चोकको चारैतिरको भित्तामा थियो। 21 यसको हरेक पट्टि तीन-तीन वटा कोठा थियो। यसको द्वार स्तम्भ अनि दलानको नाप एकै थियो, जुन पहिला मूल-ढोकाको थियो। मूल-ढोका पचास हात लामो अनि पच्चीस हात चौंडा थियो। 22 यसको झ्यालहरू यसको दलान अनि यसको खजूरको बोटहरूले सिँगारेका चित्रका नापहरू त्यहीं थियो जुन पूर्व पट्टिको मूल-ढोकामा थियो। मूल-ढोका सम्म सातवटा खुट्किला थिए। मूल-ढोकाको दलान भित्र थियो। 23 भित्री चोकमा उत्तरको मूल-ढोका सम्म पुग्ने एउटा मूल-ढोका थियो। यो पूर्वको मूल-ढोका बराबर थियो। त्यस मानिसले एउटा मूल-ढोकाबाट अर्को मूल-ढोका सम्म नाप्यो। यो एउटा मूल-ढोकादेखि अर्को मूल-ढोका सम्म सय हात थियो।
24 तब त्यो मानिसले मलाई दक्षिण पर्खालतिर लिएर गयो। मैले दक्षिणमा एउटा ढोका देखें। त्यस मानिसले छेवैको पर्खालहरू अनि दलान नाप्यो। त्यो नाप त्यति नै थियो जति अरू मूल-ढोकाहरूको थियो। 25 यसको चारैतिर अरू मूल-ढोकाहरूको जस्तै झ्यालहरू थिए। मूल द्वारको नाप पचास हात लामो अनि पच्चीस हात चौंडा थियो। 26 सातवटा खुड्किलाले यो मूल-ढोका सम्म पुर्याउँथ्यो। यसको दलान भित्र थियो। हरेक पट्टि एक-एकवटा द्वार स्तम्भमा खजूरको नक्शा थियो। 27 भित्र चोकमा दक्षिणपट्टि एउटा मूल-ढोका थियो। त्यस मानिसले दक्षिण पट्टिको एउटा मूल-ढोकाबाट अर्को मूल-ढोका सम्म नाप्यो। यो एक सय हातको थियो।
भित्री चोक
28 त्यसपछि त्यो मानिसले मलाई दक्षिण मूल-ढोकाबाट भित्री चोकमा लिएर गयो। दक्षिणको मूल-ढोकाको नाप त्यति नै थियो जति अरू मूल-ढोकाहरूको थियो। 29 कोठाका छेउको पर्खालहरू अनि दलानको नाप बराबर थियो जति अरू मूल-ढोकाहरूको थियो। झ्यालहरू, मूल-ढोका अनि दलानको चारैपट्टि थियो। मूल-ढोकाकोहरू नाप पचास हात लामो अनि पच्चीस हात चौंडा थियो। 30 त्यसको चारैतिर त्यहाँ एउटा प्रवेश कोठा थियो। दलानहरू पच्चीस हात लामो अनि पाँच हात चौंडाको थियो। 31 प्रवेश कोठा बाहिर पट्टिको आँगन तिर थिए। यसको द्वार-स्तम्भहरूमाथि खजूरका बोटहरूका चित्र खोपिएको थियो। त्यहाँ जानलाई आठवटा खुड्किला थिए।
32 त्यो मानिसले मलाई पूर्व पट्टिबाट भित्री चोकमा ल्यायो। उसले मूल-ढोका नाप्यो। त्यस मूल-ढोकाको नाप त्यही थियो। जुन अरू मूल-ढोकाको थियो। 33 पूर्वी द्वारको कोठाहरू, द्वार-स्तम्भहरू अनि दलानको नाप त्यही थियो जुन अरू मूल-ढोकाको थियो मूल-ढोका अनि दलानको चारैतिर झ्यालहरू थिए। पूर्वी मूल-ढोका पचास हात लामो अनि पच्चीस हात चौंडा थियो। 34 त्यसको प्रवेश कोठा बाहिरको आँगनतिर थिए। प्रत्येक स्तम्भमा खजूरको बोटको चित्रहरू खोपिएको थिए। यसको सिँढीमा आठवटा खुड्किला थिए।
35 त्यसपछि त्यो मानिसले मलाई उत्तरी द्वारमा ल्यायो। उसले त्यो नाप्यो। त्यसको नाप त्यही थियो जुन अरू मूल-ढोकाहरूको थियो अर्थात, 36 यसको कोठाहरू, द्वार-स्तम्भहरू अनि दलान त्यस्तै थिए। मूल-ढोकाको चारैतिर झ्यालहरू थिए। यो पचास हात लामो अनि पच्चीस हात चौंडाको थियो। 37 बाहिरको आगनतिर दलान थियो। प्रत्येक भित्तामाथि खजूरको बोटको चित्रहरू थिए अनि यसको सिँढीमा आठवटा खुड्किला थिए।
बलिदान तयार गर्ने कोठाहरू
38 एउटा कोठा थियो जसको ढोका मूल-ढोकाको प्रवेश कक्षको छेउमा थियो। यो त्यहाँ थियो जहाँ पूजाहारीले होमबलिको निम्ति पशुहरूलाई नुहाई दिन्थे। 39 मूल-ढोकाको प्रवेश द्वारको दुवै पट्टि दुइ-दुइवटा टेबल थियो। पापका निम्ति होमबलि, दोषबलि अनि पापबलि अपराधका निम्ति भेटिको पशुहरू त्यही टेबलमाथि मारिन्थ्यो। 40 दलानको बाहिर जहाँ उत्तरी मूल-ढोका खोलिन्छ, त्यहाँ दुइवटा टेबल थियो अनि मूल-ढोकाको प्रवेश कक्षको अर्को तिर दुइवटा टेबल थियो। 41 मूल-ढोकाभित्र चारवटा टेबल थियो। चारवटा टेबल मूल-ढोकाको बाहिर थियो। सबै मिलाएर आठवटा टेबल थियो। पूजारीहरूले यी टेबलहरूमा बलिका निम्ति पशुहरू मार्थे। 42 होमबलिका निम्ति काटिएको ढुङ्गाको चारबाट टेबल थिए। यी टेबलहरू डेढ हात लामो, डेढ हात चौंडा अनि एक हात अल्गो थियो। पूजाहारीले होमबलि अनि बलिदानका निम्ति जुन पशुहरू मार्थे, उसले मार्ने हतियारहरू त्यो टेबलमा राख्थे। 43 चार औंला चौंडा भएको बीट पुरै टेबलमा लगाएको थियो। भेटीका निम्ति मासु टेबलमाथि राखिन्थ्यो।
पूजाहारीहरूको कोठाहरू
44 भित्री चोकको मूल-ढोकाको बाहिर दुइवटा कोठाहरू थिए। एउटा उत्तरी मूल-ढोकासँग थियो। यसको दलान दक्षिणपट्टि थियो। अर्को कोठा दक्षिण मूल-ढोका पट्टि थियो। यसको दलान उत्तरपट्टि थियो। 45 त्यस मानिसले मलाई भन्यो, “त्यो कोठा, जसको दलान दक्षिणपट्टि छ, यो त्यहाँ काम गरिरहेका अनि मन्दिरको सेवा गरिरहेका पूजाहारीहरूको लागि हो। 46 तर त्यो कोठा जसको दलान उत्तरपट्टि छ, त्यो त्यहाँ काम गरिरहेका पूजाहारीहरूका निम्ति हो जो आफ्नो काममा छन् अनि वेदीको सेवा गर्नेहरूका निम्ति हो। यी सबै पूजाहारीहरू सादोकका सन्तानहरू हुन्। सादोकको वंशज नै लेवी कुलका एक मात्र मानिस हो, जो परमप्रभुको सेवा आफैंसित बलि ल्याएर गर्न सक्छ।”
47 त्यस मानिसले भित्रि चोक नाप्यो। चोक पूर्ण वर्गाकारको थियो। त्यो एक सय हात लामो अनि एक सय हात चौंडाको थियो। वेदी मन्दिरको छेउमा थियो।
मन्दिरको दलान
48 त्यो मानिसले मलाई मन्दिरको दलानमा लिएर गयो अनि त्यसको हरेक द्वार-स्तम्भ नाप्यो। यहाँ प्रत्येक पट्टि पाँच हात थियो। मूल-ढोका चौध हात चौंडाईको थियो। मूल-ढोका छेउको पर्खाल तीन हात प्रत्येक पट्टि थियो। 49 दलान बीस हात लामो अनि बाह्र हात चौंडाको थियो। दलान सम्म दश खुडकिलाहरू थिए। द्वार-स्तम्भको सहायताको लागि दुवैतिर स्तम्भ थियो।
मन्दिरको पवित्र स्थान
41 त्यो मानिसले मलाई मन्दिरको बाहिरी पवित्र स्थानमा ल्यायो। उसले यसको प्रत्येक स्तम्भ नाप्यो। त्यो सबैतिर छ हात मोटो थियो। 2 प्रवेश-द्वारको दश हात चौंडा थियो। त्यसको बाहिरी छेउ चारैतिर पाँच हात थियो। त्यस मानिसले बाहिरी पवित्र स्थान नाप्यो। यो चालिस हात लामो अनि बीस हात चौंडा थियो।
मन्दिरको महा-पवित्र स्थान
3 तब त्यो मानिस भित्र गयो अनि प्रत्येक द्वार-स्तम्भ नाप्यो। प्रत्येक द्वार-स्तम्भ दुइ हात बाक्लो थियो। प्रवेशद्वारको छ हात चौंडा थियो। प्रवेशद्वारको प्रत्येक पट्टिको पर्खाल सात हात फराकिलो थियो। 4 त्यसपछि त्यो मानिसले कोठाको लम्बाई नाप्यो। त्यो बीस हात लामो अनि बीस हात चौंडा थियो। त्यस मानिसले मलाई भन्यो, “यो चाहिँ महापवित्र स्थान हो।”
मन्दिरका चारैतिर अरू कोठाहरू
5 त्यसपछि त्यो मानिसले मन्दिरको पर्खाल नाप्यो। यो छ हात बाक्लो थियो। छेउको कोठा चार हात चौंडा मन्दिरको चारै तिर थियो। 6 छेउको कोठामा तीनवटा विभिन्न तला थियो। त्यो एक अर्कोमाथि थियो। हरेक तलाहरूमा तीस कोठा थियो। छेउको कोठा चारैतिरको पर्खालमा अडिएको थियो। यसकारण मन्दिरको पर्खाल स्वंय कोठाहरूमा अडाएको थिएन। 7 मन्दिरको चारैतिरको जोडिएको कोठाहरू, तल्लो तला भन्दा ज्यादा फराकिलो थियो। यस्तो हुनुको करण तल्लो तलाको भन्दा मन्दिरको अन्य प्रत्येक तला सानो थियो। त्यसैले अघिल्लो कोठाहरूको सतह तल्लो कोठाहरूको भन्दा फराकिलो थियो। सब भन्दा तल्लो तलामा जाने सिँढी बीचको तलाबाट गएको थियो।
8 मैले यो पनि देखें कि मन्दिरको चारैतिर जगहरू बसालिएका थिए। छेउको कोठाहरूको जग पुरा एक टाँगो अर्थात् छ हात लामो थियो। 9 छेउको कोठाको बाहिरी पर्खाल पाँच हात बाक्लो थियो। त्यहाँ मन्दिरको छेउको कोठाहरूको बीचमा एउटा खुल्ला क्षेत्र थियो। 10 अनि पूजाहारीको कोठाहरूको बीच खुल्ला क्षेत्र बीस हात मन्दिरको चारै तिर थियो। 11 छेउको कोठाहरूको दैलो आधार उठाएको आधारमा खोलिन्थ्यो एउटा दैलो उत्तर पट्टि फर्केको थियो अनि अर्को दक्षिणपट्टि फर्केको थियो। उठाएका आधारमाथि सबै छेउहरू पाँच हात चौंडा थियो।
12 पश्चिम पट्टिको भवनको चोकको छेउको मन्दिरको चौंडा सत्तरी हात थियो। भवनको भिताको चारैतिर पाँच हात बाक्लो थियो। त्यसको लम्बाइचाहिं नब्बे हात थियो। 13 त्यसपछि त्यो मानिसले मन्दिर नाप्यो। मन्दिर एक सय हात लामो थियो। भवन अनि यसको भित्तासँगको चोक पनि एक सय हात लामो थियो। 14 मन्दिरको पूर्व अनि चोकहरूको चौंडा सय हात थियो।
15 त्यस मानिसले त्यो भवनको लम्बाई नाप्यो जसको चोक मन्दिरको पछि फर्केको थियो तथा जसको भित्ताहरू दुवैपट्टि थियो। यो एक सय हात लामो थिए।
महापवित्र स्थानको भित्री कोठा अनि चोकको दलानको कोठा काठले ढाकिएको थियो। 16 सबै झ्यालहरू अनि ढोकाहरू वरिपरि काठले मोहोरिएको थियो। ढोकाबाट मन्दिरको काठको फल्याक भूइँदेखि झ्यालहरू सम्म थियो। भित्ताको भाग देखि 17 ढोकामाथि सम्म थिए।
भित्री कोठादेखि बाहिरसम्म काठमा चौखट लगाएको थियो। मन्दिरकोबाटोको भित्री कोठा तथा बाहिरी कोठामा करूब स्वर्गदूत र खजूरको चित्र खोपिएको थियो। 18 दूईटा करूब स्वर्गदूतको बीचमा एउटा खजूरको बोट थियो। प्रत्येक करूब स्वर्गदूतको दुइवटा चेहेरा थिए। 19 दुइवटा मध्ये एउटा खजूरको बोट तिर हेरिरहेको अनुहार मानिसहरूको जस्तो थियो। अर्को चाँहि खजूरको बोटलाई हेरिरहेको अनुहार सिंहको जस्तो थियो। मन्दिरको चारैतिर सबै यस्तै खोपिएको थियो। 20 बीचको कोठाको पवित्र स्थानको सबै भित्तामा करूब स्वर्गदूतहरू तथा खजूरको बोटको चित्र खोपिएको थियो।
21 पवित्र स्थानको द्वार-स्तम्भ वर्गाकार थियो। महापवित्र स्थानको अघाडी पट्टि केही चीज थियो। 22 त्यो वेदी जस्तो काठले बनाएको थियो। यो तीन हात अल्गो अनि दुइ हात लामो थियो। यसको कुनाहरू, त्यसका आधार अनि पाटाहरू काठको थिए। त्यस मानिसले मलाई भन्यो, “यो चाहिँ परमप्रभुको सामुन्ने राखिएको टेबल हो।”
23 बाहिर पवित्र स्थान अनि महा-पवित्र स्थानको दुइपाटे द्वार थियो। 24 एउटा द्वार दुइवटा सानो सानो ढोकाले बनिएको थियो। प्रत्येक द्वार साँच्चै हल्लिएको द्वार जस्तै थियो। 25 बाहिरी पवित्र स्थानका ढोकामा करूब स्वर्गदूतहरू अनि खजूरको बोटको चित्र खोपेको थियो। त्यो त्यस्तै थियो जस्तो भित्तामा खोपिएको थियो। बाहिरको दलानको बाहिरी भागमा कोठाको चित्र थियो। 26 अनि दलानको दुवैपट्टि झ्यालहरूको भित्तामा दलानको माथिल्लो छतमा तथा मन्दिरको चारैतिरको कोठामा खजूरको बोटको चित्र थियो।
पूजाहारीहरूको कोठा
42 तब त्यो मानिसले मलाई बाहिरी चोकमा लिएर गयो जो उत्तरतिर फर्केको थियो। उसले ती कोठाहरूमा लिएर गयो जुन भवनको चोकको पारिपट्टि थियो। 2 भवनको 100 हात लामो अनि 50 हात चौंडा थियो। मानिसहरू यसको उत्तर पट्टिको आँगनबाट प्रवेश गर्थे। 3 भवन तीन तला अग्लो अनि बरण्डाहरू थिए। भवन अनि मन्दिरको बीचमा भित्री आँगन 20 हात लामो थियो। अर्कोपट्टि कोठा बाहिर चोकको ढुङ्ग ओछ्याएको पिडीतिर फर्केका थियो। 4 त्यस कोठाको अर्को तिर एउटा लामो भित्री बाटो थियो। त्यो भित्र पुग्थ्यो। यो दश हात चौंडा, एक सय हात लामो थियो। यो भवनको उत्तर पट्टि थियो। 5-6 माथिको कोठा अत्यन्तै साँघुरो थियो किनकि बरण्डाले बीच अनि तल्लो तलाको भन्दा बेशीठाँउ ओगटेको थियो। कोठा तीन तलामाथि थियो। बाहिरी चोकको जस्तै त्यसको स्तम्भ थिएन। यसकारण माथिल्लो कोठा बीचको कोठा अनि तल्लो तलाको कोठाहरू भन्दा ज्यादा पछाडी थियो। 7 त्यहाँ बाहिर एउटा भित्ता थियो। त्यो कोठाहरूको सामान्तरमा थियो। यो बाहिरी चोक सम्म जान्थ्यो। यो कोठाहरूको छेउ-छेउमा थियो। यो पचास हात बढेको थियो। 8 बाहरी चोकपट्टि फर्केको कोठाहरू पचास हात लामो अनि मन्दिर तिर फर्केका कोठाहरू एक सय हात लामा थिए। 9 यो कोठाहरूको बीचमा प्रवेशद्वार थियो। जुन बाहिरी चोकबाट पूर्व सम्म जान्थ्यो। 10 बाहिरी भित्ताको आरम्भमा दक्षिणपट्टि भवनको चोकको छेउ अनि भवनको भित्ताको बाहिर कोठाहरू थिए।
11 यी कोठाहरूको छेउमा एउटा ठूलो द्वार थियो। त्यो उत्तर कोठाहरूको छेउमा थियो। दक्षिणको द्वारको लम्वाई, चौंडाइ त्यति नै नापको थियो जति उत्तरको थियो। दक्षिणको नाप द्वार, रूपाकृत्ति अनि प्रवेश द्वारको दृष्टिबाट उत्तरका द्वारहरूको बराबर थियो। 12 दक्षिणी कोठाहरूको तल एउटा द्वार थियो यो लामो भित्रीबाटो सम्म पुग्थ्यो। दक्षिणको कोठाको पारी एउटा छुट्याउने पर्खाल थियो।
13 त्यस मानिसले मलाई भन्यो, “चोकको पारिपट्टि दक्षिणको कोठाहरू अनि उत्तरको कोठाहरू पवित्र कोठाहरू हुन्। ती पूजाहारीहरूले यी कोठाहरूमा अति पवित्र भोजन खाए। तिनीहरूले महा-पवित्र भेंटी त्यहाँ खाए। किनकि यो स्थान पवित्र हो। महा-पवित्र भेटीहरू यी हुन अन्नबलि, पापबलि र दोषबलि। 14 पूजाहारी पवित्र स्थानमा प्रवेश गर्छन। तर बाहिर चोकमा जानु भन्दा पहिला ऊ आफ्नो वस्त्र पवित्र स्थानमा राख्नुपर्छ। किनकि त्यो वस्त्र पवित्र छ। यदि पूजाहारीले चाह्यो भने ऊ त्यो मन्दिरको त्यस ठाँउमा जान सक्छ जहाँ अरूहरू बस्छन्। त्यसैले तिनीहरू त्यो कोठामा जानु पर्छ अनि अरू लुगा लगाउनुपर्छ।”
आँगनको बाहिरी भाग
15 त्यो मानिसले जब मन्दिर भित्रको क्षेत्रको नाप लिई सकेको थियो, त्यति बेला त्यो मूल-ढोकाबाट मलाई बाहिर ल्यायो जुन पूर्वपट्टि थियो। उसले बाहिर चारैतिर नाप्यो। 16 त्यस मानिसले टाँगोले पूर्वपट्टि नाप्यो। यो पाँच सय हात लामो थियो। 17 त्यसले उत्तरपट्टि नाप्यो। त्यो पाँचसय हात लामो थियो। 18 उसले दक्षिणपट्टि नाप्यो। त्यो पाँच सय हात लामो थियो। 19 त्यो पश्चिम पट्टि गयो अनि त्यहाँ नाप्यो। त्यो पाँच सय हात लामो थियो। 20 उसले मन्दिरको चारै पट्टि नाप्यो। त्यो भित्ता चारैतिर गएको थियो। भित्ता पाँच सय हात लामो अनि पाँच सय हात चौंडाको थियो। यसले पवित्र क्षेत्रलाई अपवित्र क्षेत्रबाट अलग राखेको थियो।
परमप्रभु उहाँका मानिसहरूको बीचमा बस्नु हुन्छ
43 त्यो मानिसले मलाई मूल-ढोका सम्म लिएर गयो जुन मूल-ढोका सम्म पूर्व पट्टि खुल्ला थियो। 2 त्यहाँ पूर्वबाट परमप्रभु इस्राएलको परमेश्वरको महिमा तल आयो। परमेश्वरको आवाज समुद्रको गर्जन बराबर उच्च थियो। परमेश्वरको महिमाबाट भूमि उज्जवल भयो। 3 दर्शन त्यस्तै थियो जब उहाँ शहर ध्वंश पार्न आउँदा मैले देखेको थिएँ। दर्शन त्यही थियो जुन मैले कबार नदीको किनारमा देखको थिएँ। मैले मेरो शिर भूइँतिर निहुराएर लम्पसार भएँ। 4 परमप्रभुको महिमा मन्दिरमा मूल-ढोकाबाट आयो जुन पूर्वमा खोलिएको थियो।
5 त्यसपछि आत्माले मलाईमाथि उठायो अनि भित्री चोकमा लिएर गयो। परमप्रभुको महिमाले मन्दिर भरियो। 6 मैले मन्दिरभित्र कोही बोल्दै गरेको सुनें। मानिस मेरो छेउमा उभिरहेको थियो। 7 मन्दिरमा एउटा आवाजले मलाई भन्यो, “हे मानिसको छोरो! यो ठाउँ मेरो सिंहासनको ठाउँ मेरो पैतालाको लागि हो, म यस ठाँउमा इस्राएलका मानिसहरूसित सदा-सर्वदा रहनेछु। इस्राएलका सन्तानले मेरो नाम फेरि नष्ट गर्ने छैनन्। राजाहरू अनि तिनीहरूका मानिसहरूले व्यभिचार पापहरू गरेर अथवा तिनीहरूको राजाहरूको मृत शरीरहरू यस ठाउँमा गाडेर मेरो नामलाई बदनाम गर्नेछैन। 8 तिनीहरूले मेरो नाम आफ्नो सँघार मेरो सङ्घारसित बनाएर तथा आफ्नो द्वार-स्तम्भ मेरो द्वार-स्तम्भसँग बनाएर लज्जित पार्नेछैनन्। बितेका दिनहरूमा एउटा भित्ताले मात्र मलाई तिनीहरूबाट अलग गरेको थियो। यसकारण तिनीहरूले जति-जति बेला पाप अनि ती डरलाग्दा कामहरू गरे त्यस बेला मेरो नाम बदनाम गरे। यसकारण म क्रोधित भएँ अनि तिनीहरूलाई नष्ट गरे। 9 अब तिनीहरूलाई व्यभिचार पापहरू टाढो हटाउन देऊ अनि आफ्नो राजाहरूको लाश मबाट टाढा लानु देऊ। तब म तिनीहरू बीच सदैव रहन्छु।
10 “अब हे मानिसको छोरो! इस्राएलका परिवारलाई यस मन्दिरको विषयमा भन्। तब तिनीहरू आफ्नो पापहरू प्रति लज्जित हुनेछन्। तिनीहरूले मन्दिरको योजनाको बारेमा सिकनेछन्। 11 यदि तिनीहरूले गरेको नराम्रो कर्महरूमा लज्जित हुन्छन् भने मन्दिरको ढाँचा विषयमा बुझाइदेऊ। त्यो कसरी निमार्ण गरिन्छ यसको प्रवेशद्वारहरू कस्तो हुनेछ, निस्कने द्वारहरू अनि सबै आकृतिहरू जो त्यसमा हुनेछन् ती सबै तिनीहरूले सिकुन्। तिनीहरूलाई यसको सबै नमूनाहरू अनि विधिहरूको विषयमा सिकाऊ अनि तिनीहरू लेखिदेऊ जसबाट ती सबै तिनीहरूले देख्न सकुन्। त्यसपछि तिनीहरू मन्दिरको सबै नमूनाहरू अनि सबै विधिहरू पालन गर्नेछन्। तब तिनीहरूले ती सबै गर्न सक्छन्। 12 मन्दिरको नियम यस्तो छ पर्वतको टाकुराका सारा क्षेत्र अति पवित्र हुनेछ। यो मन्दिरको नियम हो।
वेदी
13 “वेदीको नाप हात भन्दा लामो नाप प्रयोग गरेर यस प्रकरको छ वेदीको आधार वरिपरि त्यहाँ मैला नाली थियो त्यो चारै तिर एक हात गहिरो अनि एक हात चौंडा थियो। यसको टाउकोमा चारैतिर एक बित्ता अल्गो बीट थियो। यही प्रकारले वेदीको उचाईमा, यस्तो थियो। 14 तल्लो किनार सम्म जगको नाप दुइ हात थियो। यो एक हात चौंडा थियो। सानो किनारबाट ठूलो किनार सम्म यसको नाप चार हात थियो। यो एक हात चौंडा थियो। 15 वेदीमा आगोको स्थान चार हात अग्लो थियो। वेदीको चारै किनार सींङको आकारको थियो। 16 वेदीमा आगोको स्थान बाह्र हात लामो अनि बाह्र हात चौंडाको थियो। यो पुरै वर्गाकार थियो। 17 किनार पनि वर्गाकार थियो, चौध हात लामो अनि चौध हात चौंडा। यसको किनार चारैपट्टि आधा हात गहिरो थियो। वेदी सम्म जाने खुड्किला पूर्व दिशामा थियो।”
18 त्यसपछि त्यो मानिसले मलाई भन्यो, “हे मानिसको छोरो! परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ ‘वेदीका निम्ति यी नियमहरू छन्। जुन दिन होमबलि दिइन्छ यसमाथि रगत छर्किनु पर्नेछ। 19 त्यस दिन तिमी सादोकको परिवारको मानिसहरूलाई एउटा नयाँ बाछा पापबलिको रूपमा दिनेछु। यो मानिस लेवी कुल समूहको हो। तिनीहरू पूजाहारी हुनेछन। तिनीहरूले भेटी मानिसहरूकहाँ ल्याउँछन् अनि यस्तो प्रकारले मेरो सेवा गर्छन्।’” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो। 20 “तिमीले बाछाको अलिकति रगत लिनु अनि वेदीको चारै सींङहरूमा, किनारको चारै कुनामा अनि पट्टीको चारैतिर लगाऊ। यस्तो प्रकारले तिमीले वेदीलाई पवित्र पार्छौ। 21 तिमीले बाछालाई पापबलिको रूपमा लिनेछौ। गोरू पवित्र क्षेत्र बाहिर, मन्दिरको विशेष स्थानमा पालिनेछ।
22 “अर्को दिन तिमीहरूले एउटा निष्खोट बोको बलिदान दिनेछौ। यो पापबलि हुनेछ। पूजाहारीले वेदीलाई त्यस्तै प्रकारले शुद्ध पार्नेछ जस्तो प्रकारले उसले बाछालाई शुद्ध पार्यो। 23 जब तिमीहरूले वेदीलाई शुद्ध पारी सकेको हुन्छौ तब तिमीहरूले एउटा निष्खोट बाछा अनि एउटा निष्खोट भेंडा़को पाठो बलिदान चढाउनु आवश्यक पर्छ। 24 त्यसपछि पूजाहारीले त्यसमा रगत छर्किनेछ। त्यसपछि पूजाहारीले बाछा अनि थुमा परमप्रभुलाई होमबलिको रूपमा बलि चढाउनेछ। 25 तब एउटा बोका सात दिन सम्मकोलागी प्रत्ये दिन पापबलिका निम्ति तयार पार। तिमीले एउटा नयाँ बहर अनि एउटा भेंडा़ तयार पार्नेछौ। बहर र बाछी निष्खोट हुनुपर्छ। 26 पूजाहारीहरूले वेदीको प्रायश्चित सात दिन सम्म गरेर यसलाई शुद्ध पार्दै सेवाकोलागि तयार राख्नु पर्छ। 27 यसको सँग-सँगै सात दिन वेदी तयार पार्ने अनि यसलाई परमेश्वरलाई समर्पित गर्ने, पुरा हुन्छ। आठौं दिन अनि यसको अघाडी पूजाहारीले तिमीहरूका होमबलि अनि मेलबालि वेदीमा चढाउन सक्छ। त्यसपछि म स्वीकार गर्छु।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।
बाहिरी मूल-ढोका
44 त्यसपछि त्यस मानिसले मलाई फेरि पवित्र स्थानको बाहिरी मूल-ढोका जहाँ दलानको मुख पूर्वपट्टि थियो लिएर गयो। हामी मूल-ढोका-बाहिर थियौं अनि बाहिरी मूल-ढोका बन्द थियो। 2 परमप्रभुले मलाई भन्नुभयो, “यो मूल-ढोका बन्द हुन्छ। यो खोलिने छैन। कोही पनि यसबाट प्रवेश गर्न सक्ने छैन। किनकि इस्राएलको परमप्रभु यसबाट प्रवेश गरिसक्नु भएकोछ। यसकारण यो बन्द हुनुपर्छ। 3 मानिसहरूको शासक परमप्रभुसित भोजन गर्नेछन् यो द्वारमा बस्नेछन्। तिनी मूल-ढोकामा दलानको द्वारबाट प्रवेश गर्छन अनि त्यही बाटोबाट बाहिर जान्छन्।”
मन्दिरको पवित्रता
4 त्यसपछि त्यो मानिसले मलाई उत्तरी द्वारबाट मन्दिरको छेउमा ल्यायो। मैले परमप्रभुको महिमाले परमप्रभुको मन्दिर भरिँदै गरेको देखें। मैले आफ्नो शिर पृथ्वीमा राख्दै प्रणाम गरें। 5 परमप्रभुले मलाई भन्नुभयो, “हे मानिसको छोरो, धेरै सावधानीसित हेर। तिम्रो आँखा अनि कानको प्रयोग गर। यी चीजहरू तिर हेर। म तिमीलाई मन्दिरको विषयमा सबै नियम र विधिहरू बताउँछु। सावधानी पूर्वक मन्दिरको प्रवेशद्वार अनि पवित्र स्थानबाट सबै निस्कनेद्वारहरू हेर। 6 तब बागी इस्राएलका घरानालाई यो खबर देऊ उनीहरूलाई भन, परमप्रभु मेरो मालिक भन्नुहुन्छ, ‘हे इस्राएलको घराना हो, मैले तिमीहरूले गरेका भयंकर कुराहरू आवश्यकता भन्दा ज्यादा सहें। 7 तिमीहरूले विदेशीहरूलाई मेरो मन्दिरमा ल्यायौ, तिनीहरूको साँच्चै खतना भएको थिएन। तिनीहरू पूर्णरूपले मप्रति समर्पित थिएनन्। यस्तो प्रकारले तिनीहरूले मलाई अपवित्र पारेका थिए। तिमीले आफ्नो करार भङ्ग गर्यौ, भयंकर पाप काम गर्यौ अनि त्यसपछि तिमीले मलाई रोटीको भेटी, बोसो अनि रगत चढायौ। यसरी मेरो मन्दिरलाई अशुद्ध पार्यौ। 8 तिमीले मेरा पवित्र चीजहरूको हेरचाह गरेनौ। अँहँ, तिमीहरूले विदेशीहरूलाई मेरो पवित्र स्थानको उत्तरदायी बनायौं।’”
9 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “एउटा विदेशी जसको खतना भएको छैन, मेरो मन्दिरमा आउँनु हुँदैन। ती विदेशीहरू पनि जो इस्राएलको परिवारहरू बीच स्थायी रूपले बसेका छन् तिनीहरूको पनि खतना अवश्य हुनुपर्छ अनि मप्रति पूर्ण समर्पित हुनुपर्छ, त्यस पश्चात ऊ मेरो मन्दिरमा आउनु पनि सक्छ। 10 अतीतमा लेवीहरूले मलाई त्यस बेला छोडिदिए जतिबेला इस्राएलीहरू मेरो विरूद्धमा गएका थिए। इस्राएलले मलाई आफ्नो मूर्तिहरू अनुशरण गर्नको लागि छोडिदियो। लेवीहरू आफ्नो पापको निम्ति दण्डित हुनेछन्। 11 लेवीहरू मेरो पवित्र स्थानको सेवा गर्नका निम्ति छानिएका थिए। तिनीहरूले मन्दिरको मूल-ढोकाको चौकीदारी गरे। तिनीहरूले मन्दिरको सेवा गरे। तिनीहरूले बलिहरू तथा होमबलिहरूको पशुहरू मानिसहरूका निम्ति मारे। तिनीहरू मानिसहरूको सहायता गर्न अनि तिनीहरूको सेवाका निम्ति छानिएका थिए। 12 तर लेवीहरू मेरो विरूद्ध पाप गर्न मानिसहरूलाई सहायता गरे। तिनीहरूले मानिसहरूलाई आफ्नो मूर्तिहरू पूजा गर्न लगाए। यसकारण म तिनीहरू विरूद्ध प्रतिज्ञा गर्दैछु, ‘तिनीहरू आफ्नो पापका निम्ति दण्डदायी हुनेछन्।’” परमप्रभु मेरा मालिकले यो कुराहरू गर्नुभयो।
13 “यसकारण लेवीहरूले बलिहरू मकहाँ पूजाहारीहरूले जस्तो ल्याउदैनन्। तिनीहरू मेरो कुनै पवित्र चीजसँग अथवा महा-पवित्र वस्तुको छेउमा जाँदैनन्। तिनीहरूले तिनीहरूको लाज बोक्नु पर्छ किनभने तिनीहरूले डरलाग्दा कामहरू गरेकाछन्। 14 तर म तिनीहरूलाई मन्दिर हेरचाह गर्ने काम दिनेछु। तिनीहरूले मन्दिरको काम गर्नेछन् अनि ती सबै काम गर्नेछन् जुन यहाँ गरिन्छ।
15 “सबै पूजाहारीहरू लेवी कुल समूहका हुन्। तर जब इस्राएलका मानिसहरू मेरो विरूद्धमा फर्के त्यतिबेला केवल सादोक परिवारका पूजाहारीहरूले मात्र मेरो पवित्र ठाँउको हेरचाह गरे। यसकारण सादोकको परिवारले मलाई भेटी ल्याउने छ। तिनीहरू मेरो अघाडी उभिनेछन् अनि आफ्नो बलि चढाएको पशुहरूको बोसो अनि रगत मलाई भेटी चढाउनेछन्।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो। 16 “तिनीहरू मेरो पवित्रस्थानमा प्रवेश गर्नेछन्। तिनीहरू मेरो टेबलको छेउमा मेरो सेवा गर्न आउँनेछन्। तिनीहरूले ती चीजहरूको हेरचाह गर्नेछन् जुन मैले तिनीहरूलाई दिएँ। 17 जब तिनीहरू भित्री चोकको मूल-ढोकामा प्रवेश गर्नेछन् त्यतिबेला तिनीहरूले बहुमूल्य लुगा लगाउनेछन्। जब तिनीहरू चोकको मूल-ढोकाभित्र मन्दिरको सेवा गर्छन, त्यस बेला तिनीहरूले ऊनीको लुगा लगाउँछन्। 18 तिनीहरूले टाउकोमा सूतीको फेटा लगाउनेछन् अनि कम्मरमा सूतीको भित्री लुगा लाउनुपर्छ। तिनीहरूले त्यस्तो लुगा लगाउँदैनन् जसबाट पसिना आउँछ। 19 तिनीहरूले मेरो सेवा गर्दा लगाएको लुगा बाहिरी चोकमा मानिसहरूको छेउमा जानु भन्दा पहिला खोल्छन्। त्यसपछि तिनीहरूले त्यो लुगा पवित्र कोठाहरूमा राख्छन्। तब तिनीहरूले अर्को लुगा लगाउँछन्। यस्तो प्रकारले तिनीहरूले मानिसहरूलाई त्यो पवित्र लुगा छुन दिँदैनन्।
20 “ती पूजाहारीहरूले आफ्नो शिरको केश खौराउँने छैनन् तर तिनीहरूले केश लामो हुन दिनेछन्। पूजाहारीहरूले आफ्नो शिरको केश छोट्याउँनु मात्र सक्छन्। 21 कुनै पनि पूजाहारीले त्यस समय दाखरस पिउन सक्नेछैनन् जति बेला तिनीहरू भित्री चोकमा जान्छन्। 22 पूजाहारीहरूले विधवा अथवा त्यागेकी स्त्रीसँग विवाह गर्न हुँदैन। तिनीहरूले इस्राएलको वंशका कन्याहरूसँग विवाह गर्नु पर्छ, अथवा त्यस्तो विधवासँग विवाह गर्न सक्छन् जसको पति पूजाहारी थियो।
23 “पूजाहारीहरूले मेरा मानिसहरूलाई पवित्र चीजहरू अनि अपवित्र चीजहरूको अन्तरको विषय शिक्षा दिनु पर्छ। तिनीहरूले मेरा मानिसहरूलाई जुन शुद्ध अनि अशुद्ध छन्, त्यसको जानकारी दिनुमा सहायता दिन्छन्। 24 पूजाहारीहरू न्यायलायमा न्यायाधीश हुन्छन्। तिनीहरूले मानिसहरूसँग न्याय गर्दा मेरो नियमहरू अनुशरण गर्छन। तिनीहरू मेरो विशेष व्यवस्थाको समयमा मेरो नियम विधि-विधानहरू पालन गर्नेछन्। तिनीहरूले मेरो विशेष विश्रामको दिनको सम्मान गर्नेछन् अनि त्यसलाई पवित्र राख्नेछन्। 25 तिनीहरू मानिसहरूको लाशहरूको छेउमा जानु हुदैन किनभने यसले तिनीहरूलाई अशुद्ध बनाउँछ। तर ती त्यस बेला आफूलाई अपवित्र गर्न सक्छन् यदि मर्ने मानिस बाबु-आमा, छोरा-छोरी, दाजू-भाइ अथवा अविवाहित दिदी-बहिनी हुन्छन्। 26 शुद्ध गरिए पछि पूजाहारीहरूले सात दिन सम्म प्रतिक्षा गर्नुपर्छ। 27 त्यसपछि यो पवित्र स्थानमा आउँन सक्छन्। तर जुन दिन त्यो भित्री चोकको पवित्र स्थानमा सेवा गर्नु जान्छन् उसले पापबलि आफ्नो निम्ति चढाउनु पर्छ।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।
28 “लेवीहरूको आफ्नो जमीनको विषयमा तिनीहरूको पैतृक सम्पत्ति म नै हुँ। इस्राएलमा लेवीका परिवारलाई कुनै पनि सम्पत्ति दिनुहुँदैन। म नै तिनीहरूको अधिकारी हुनेछु। 29 तिनीहरूले अन्नबलि, पापबलि र दोषबलि खानका निम्ति पाउनेछन्। जे जति इस्राएलका मानिसहरूले परमप्रभुलाई दिन्छ्न, त्यो तिनीहरूको हुनेछ। 30 प्रत्येक तयारी फसलको प्रथम भाग पूजाहारीहरूका निम्ति हुनेछ। तिमीले आफ्नो मुछेको पिठोको प्रथम भाग पनि पूजाहारीहरूलाई दिनु। यसले तिमीहरूको घरानामा आशीर्वाद बर्षाउँने छ। 31 पूजाहारीहरूले त्यो पंक्षी अथवा पशुहरूलाई खानु हुँदैन जसको स्वभाविक मृत्यु भएकोछ अथवा जङ्गली पशुहरूद्वारा टुक्रा-टुक्रा पारिएको हो।
पवित्र कामको उपयोगमा जमीन भागबन्डा
45 “जब तिमीहरू पैतृक सम्पत्तिकोलागि जमीन भाग गर्छौ, त्यस समय जमीनको एक टुक्रा छुट्याऊ त्यो परमप्रभुको पवित्र हिस्सा हुनेछ। त्यो जमीन 25,000 हात लामो, अनि 10,000 हात चौंडाको होस्। त्यो जमीन पवित्र हुनेछ। 2 पाँच सय हात वर्गाकार क्षेत्र मन्दिरको निम्ति हुन्छ। मन्दिरको चारैतिर पचास हात चौंडाको एउटा खुल्ला क्षेत्र हुनेछ। 3 त्यस अति पवित्र-स्थानमा तिमीले 25,000 हात[a] लामो अनि 10,000 हात[b] चौंडा नाप्नेछौ। मन्दिर यस क्षेत्रमा हुन्छ। मन्दिरको क्षेत्र महापवित्र स्थान हुनेछ।
4 “यो पवित्र भागको भूमि मन्दिरको सेवक पूजाहारीहरूको लागि हुन्छ जहाँ तिनीहरू परमेश्वरको सामुने सेवा गर्न आउँछन्। त्यो जमीन पूजाहारीहरूको घर अनि मन्दिरको लागि हुन्छ। 5 दोस्रो क्षेत्र 25,000 हात लामो अनि 10,000 हात चौंडा ती लेवीहरूका निम्ति हुन्छ जो मन्दिरमा सेवा गर्छन्। यो जमीन पनि लेवीहरूको बस्ने शहरको निम्ति हुनेछ।
6 “तिमीले शहरलाई 5,000 हात चौंडा अनि 25,000 हात लामो क्षेत्र दिनु। यो पवित्र क्षेत्रको सहारा हुन्छ। यो इस्राएलको पुरै परिवारको निम्ति हुन्छ। 7 पवित्र स्थानको दुवै छेउको एक हिस्सा अनि शहरको दुवैतिरबाट शासकले जमीन लिनेछ। यो पवित्र क्षेत्र अनि शहरको क्षेत्रको बीचमा हुन्छ। यो त्यही चौंडाईको हुन्छ जुन चौंडाई परिवार समूहरको भूमिको हुन्छ। यो लगातार पश्चिम सीमानाबाट पूर्वी सीमाना सम्म जानेछ। 8 यो भूमि इस्राएलको शासकको सम्पत्ति हुन्छ। यस्तो प्रकारले शासकले मेरो मानिसहरूको भावी जीवन कष्टमय बनाउन आवश्यक पर्दैन। तर त्यो भूमि इस्राएलीहरूको निम्ति तिनीहरूको परिवार समूहलाई दिइन्छ।”
9 परमप्रभु मेरा मालिकले यसो भन्नुहुन्छ, “इस्राएलको शासकहरू धेरै भए। निर्दयी हुनु, मानिसहरूबाट समान चोर्न छोड। राम्रो बन अनि असल काम गर। हाम्रो मानिसहरूलाई घरदेखि बाहिर अनिच्छामा जान विवश नपार।” परमप्रभु मेरा मालिकले भन्नुभयो।
10 “मानिसहरूलाई ठग्नु बन्द गर। सही बाटो अनि नापहरूको प्रयोग गर। 11 एपा (सूख्खा चीजहरूको नाप) अनि बाथ (द्रब्य पदार्थको नाप) एकै समान हुनु पर्छ। एक बाथ अनि एपा दुवै होमरको दशांश भाग बराबर हुनुपर्छ। त्यो नाप होमरमा आधारित हुन्छ। 12 एक शेकेल बीस गेराको बराबर हुनुपर्छ। एक मीना साठ्ठी शेकेलको बराबर हुनुपर्छ। यो बीस शेकेल जम्मा, पच्चीस शेकेल जम्मा पन्ध्र शेकेल बराबर हुनुपर्छ।
13 “यो विशेष भेटी हो, जुन तिमीहरूले दिनु पर्छ:
एपाको छैटौं भाग गहूँको हरेक होमर
छ बुशल गहूँ लागि एपाको छैटौं भाग जौंको हरेक होमर;
14 बाथको दशौं भाग भद्राक्षेको तेल हरेक कोर भद्राक्षेको तेलको लागि लेऊ।
याद राख एक होमर बराबर दश बाथ हुन्छ अनि एक कोर बराबर दश बाथ हुन्छ!
15 दुइसय भेंडा़हरूबाट एउटा भेंडा़ इस्राएलको असल पानी लगाएको खर्कबाट ल्याऊ।
“यो भेंडा़ अन्नबलि, होमबलि अनि मेलबलि मानिसहरूलाई प्रायश्चित गर्नको निम्ति प्रयोग गरिन्छ।” परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ।
16 “देशको हरेक मानिसले इस्राएलको शासकका निम्ति यो भेटी दिन्छ। 17 तर शासकले विशेष पवित्र दिनमा आवश्यक चीज दिनुपर्छ। शासकलाई होमबलि, अन्नबलि अनि अर्घबलिको व्यवस्था उत्सवको दिन औंसीहरूको चाडहरू, शबाथहरूका निम्ति अनि इस्राएलको परिवारको सबै विशेष उत्सवका निम्ति गर्नुपर्छ। शासकले सबै पापबलि, अन्नबालि, होमबलि, मेलबलि त्यसले इस्राएलको परिवारलाई पवित्र पार्नको निम्ति प्रयोग गरिन्छु।”
18 परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो, “पहिलो महीनाको पहिलो दिनमा तिमीहरूले एउटा निष्खोट बहर लिनुपर्छ। तिमीले यो बहरको प्रयोग मन्दिरलाई शुद्ध पार्नको निम्ति गर्नु पर्छ। 19 पूजाहारीले पाप बलिबाट केही रगत लिन्छ, यसलाई मन्दिरको द्वार-स्तम्भ, वेदीको चारै कुनाको किनार अनि भित्री चोकको मूल-ढोकाको स्तम्भमा लगाउँछ। 20 तिमीले यही काम महीनाको सातौं दिनमा त्यो मानिसको निम्ति गर्नेछौ जसले अन्जानमा अथवा नजानी पाप गरेकोछ। यस्तो प्रकार तिमीले मन्दिरको निम्ति प्रायश्चित गर्नेछौ।
निस्तार-चाडको उत्सवको समयमा भेटी
21 “पहिलो महीनाको चौधौं दिनमा तिमीहरूले निस्तार चाड अवश्यै मनाउनु पर्छ। आखमिरी रोटीको उत्सव त्यस समयमा आरम्भ हुन्छ। त्यो उत्सव सात दिन सम्म लगातार चलिरहनेछ। 22 त्यस समय शासकले एउटा गोरू आफ्नोलागि तथा इस्राएलको मानिसहरूको निम्ति भेटी दिन्छ। गोरू पापबलिको निम्ति हुन्छ। 23 उत्सवको सात दिनको अवधिमा शासकले निष्खोट सातवटा गोरू, सातवटा भेंडा़बलि चढाउँछ। यो परमप्रभुको निम्ति होमबलि हुन्छ। शासकले उत्सवको सात दिन प्रत्येक दिन एउटा बोका भेटी पापबलिको निम्ति चढाउनु पर्छ। 24 शासकले प्रत्येक एउटा गोरूसँग अनि प्रत्येक एउटा भेंडा़सित एक एपा अन्न भेंटी चढाउनु पर्छ। शासकहरूले एक हीना[c] तेल हर एपा अन्नको लागि दिनुपर्छ। 25 शासकले यही कार्य झुप्रो-वासको चाड सात दिन सम्म गर्नुपर्छ। यो उत्सव सातौं महीनाको पन्ध्रौं दिनमा आरम्भ हुन्छ। यसमा पापबलि, होमबलि, अन्नबलिहरू अनि तेल बलि हुनेछ।”
शासक अनि उत्सवहरू
46 परमप्रभु मेरो मालिकले यसो भन्नुहुन्छ, “भित्री चोकको पूर्वी मूल-ढोका कामको छ दिन सम्म बन्द हुन्छ। तर यो शबाथको दिन र औंसीको दिन खोलिनेछ। 2 शासक मूल-ढोकाको प्रवेश कक्षबाट भित्र आउँछ अनि त्यस स्तम्भको छेउमा उभिनु पर्छ। तब पूजाहारीहरूले शासकको होमबलि अनि मेलबलि चढाउँछन। शासकले मूल-ढोकाको सङ्घारमा आराधना गर्नुपर्छ। त्यसपछि ऊ बाहिर जानेछ। तर मूल-ढोका साँझ सम्म बन्द हुँदैन। 3 देशका मानिसहरू पनि परमप्रभुको सम्मुख जहाँ मूल-ढोका शबाथको दिन अनि औंसीको दिन खोलिन्छ, त्यहीं आराधना गर्छन।
4 “शासकले शबाथ दिन होमबलि चढाउनु पर्छ। उसले निष्खोट छवटा थुमा अनि निष्खोट एउटा भेंडा़ दिनुपर्छ। 5 उसले एक एपा अन्नबलि भेंडा़सँग दिनु पर्छ। शासकले त्यति नै अन्नबलि भेंडा़सँग दिनसक्छ, जति उसले दिन चाहन्छ। उसले एक हीन भद्राक्षको तेल हरेक एपा अन्नसित दिनुपर्छ।
6 “औंसीको दिन उसले जवान निष्खोट एउटा गोरू भेटीका निम्ति दिनुपर्छ। उसले निष्खोट छ वटा थुमा अनि एउटा भेंडा़ अनि खोटरहित एउटा भेंडा़ भेटी दिन्छ। 7 शासकले गोरूसँग एक एपा अन्नबलि अनि साँढे, भेंडा़सँग उसले जति धेरै अन्नबलि दिन चाहन्छ दिन सक्छ शासकले प्रत्येक एपा अन्नको निम्ति एक हीन भद्रक्षाको तेल दिनुपर्छ।
8 “शासक पूर्वी मूल-ढोकाको दलानबाट मन्दिरको क्षेत्रमा आउनुपर्छ अनि उसले जति धेर अन्नबलि दिनु चाहन्छ ऊ त्यही बाटो जानुपर्छ।
9 “जब साधारण मानिसहरू परमप्रभुको अघि विशेष उत्सवमा आउँछन्, त्यस बेला जुन मानिस पूजा गर्न उत्तर मूल-ढोकाबाट प्रवेश गर्छ, ऊ दक्षिण मूल-ढोकाबाट जान्छ। जुन मानिस दक्षिण मूल-ढोकाबाट प्रवेश गर्छ, ऊ उत्तर मूल-ढोकाबाट जान्छ। कोही पनि त्यही बाटोबाट फर्कदैन। प्रत्येक सिधै बाहिर जानु पर्छ। 10 जब मानिसहरू भित्र जान्छन् शासक पनि भित्र जान्छ। जति बेला तिनीहरू बाहिर आउँछन् तब शासक पनि बाहिर आउँछ।
11 “उत्सवहरू अनि विशेष बैठकको अवसरमा एक एपा अन्नबलि प्रत्येक जवान गोरूसँग चढाउनु पर्छ। एक एपा अन्नबलि प्रत्येक भेंडा़सँग चढाउनु पर्छ। थुमाहरूसित अन्नबलि निम्ति जस्तै शासकले जति सक्दो दिनुपर्छ। उसले एक हीन तेल प्रत्येक अन्नबलिको लागि दिनुपर्छ।
12 “जब शासकले परमप्रभुलाई स्वेच्छा भेटी, होमबलि, मेलबलि, अथवा स्वेच्छा भेटी चढायो भने उसको निम्ति पूर्वको मूल-ढोका खुल्नेछ। तब उसले उसको होमबलि अनि मेलबलि शबाथको दिनमा[d] जस्तै चढाउँछ। ऊ गए पछि मूल-ढोका बन्द हुन्छ।
प्रत्येक दिनको भेटीहरू
13 “तिमीले एक बर्षको दोष रहित एउटा थुमा दिनुपर्छ। यो प्रतिदिन परमप्रभुलाई होमबलि हुन्छ। प्रत्येक बिहान तिमीले यो दिनु पर्छ। 14 तिमीले प्रत्येक बिहान भेंडा़सँग अन्नबलि पनि चढाउनु पर्छ। तिमीले एपाको छैटौं भाग पिठो अनि हीनको एक तिहाईं भाग तेल त्यो पिठोलाई राम्रो गरी भिजाउँनको लागि दिनुपर्छ। यो परमप्रभुको अन्नबलि हुनेछ। 15 यस्तो प्रकारले उसले सदैव थुमा अन्नबलिसित तेल, होम बलिका निम्ति प्रत्येक बिहान दिईरहनु पर्छ।”
शासकका निम्ति उत्तराधिकारीको नियमहरू
16 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “यदि शासकले आफ्नो जमीनको कुनै भाग आफ्नो छोरालाई भेटीको रूपमा दिन्छ भने त्यो उसको हुनेछ। यो उसको सम्पत्ति हो। 17 तर यदि कोही शासक आफ्नो जमीनको कुनै भाग आफ्नो दासलाई भेटीको रूपमा दिन्छ भने त्यो भेटी उ स्वतन्त्र हुने तिथि सम्म उसको हुन्छ। दास स्वतन्त्र भए पछि भेटी शासकलाई फिर्ता जान्छ। केवल राजाको छोराहरूले मात्र उसको जमीन भेटीको रूपमा आफूसँग राख्न सक्छ। 18 अनि शासकले मानिसहरूको जमीनको कुनै पनि भाग लिँदैन अनि तिनीहरूलाई जमीन छोड्न बाध्य पनि गर्दैन। उसले आफ्नो जमीनको केही भाग आफ्नो छोराहरूलाई दिनु पर्छ। यस्तो प्रकारले हाम्रो मानिस आफ्नो जमीनबाट वंचित हुनुको लागि विवश गरिने छैनन्।”
विशेष भान्सा-घर
19 त्यो मानिसले मलाई द्वारबाट मूल-ढोकाको छेउमा लिएर गयो। उसले मलाई पूजाहारीहरूको उत्तरको पवित्र कोठा तिर लिएर गयो। मैले त्यहाँ पश्चिम पट्टि धेरै टाढो एउटा स्थान देखें। 20 त्यस मानिसले मलाई भन्यो, “यही त्यो ठाउँ हो जहाँ पूजाहारीहरूले दोषबलि अनि पापबलि चढाउँछन्। कारण तिनीहरूलाई ती भेटीहरू बाहिर चोकमा लिएर जाने आवश्यकता पर्दैन। यस्तो प्रकारले तिनीहरूले ती पवित्र चीजहरू बाहिर ल्याउँदैनन्, जहाँ साधारण मानिसहरू हुन्छन्।”
21 त्यसपछि त्यो मानिसले मलाई बाहिर चोकमा ल्यायो। उसले मलाई चोकको चारै कुनामा लिएर गयो। चोकको प्रत्येक कुनामा एउटा सानो चोक थियो। 22 चोकको कुनामा साना-साना चोकहरू थिए। प्रत्येक सानो चोक चालीस हात लामो अनि तीस हात चौंडाको थियो। चारै कुनाको नाप बराबर थियो। 23 भित्र यी सानो चोकको चारैतिर ईंटाको भित्ता थियो। प्रत्येक चोकहरूमा खाना पकाउने ठाउँहरू बनिएको थिए। 24 त्यस मानिसले मलाई भन्यो, “यिनीहरू भान्सा-घरहरू हुन, जहाँ मन्दिरको सेवा गर्नेहरूले मानिसहरूका निम्ति बलि पकाउँछन्।”
मन्दिरबाट पानी बगिरहेकोछ
47 त्यो मानिसले मन्दिरको द्वारमा मलाई फेरि लिएर गयो। मैले मन्दिरको पूर्वी सङ्घारको मुन्तिरबाट पानी आउँदै गरेको देखें। पानी मन्दिरको दक्षिण सीमाको मुन्तिरबाट वेदीको दक्षिणबाट बगिरहेको थियो। 2 त्यो मानिसले मलाई उत्तर मूल-ढोकाबाट बाहिर ल्यायो अनि बाहिरी मूल-ढोकाको पूर्वको चारैतिर लिएर गयो। मूल-ढोकाको दक्षिण पट्टि पानी बगिरहेको थियो।
3 त्यो मानिस पूर्वपट्टि हातमा नाप्ने डोरी लिएर बढ़यो। उसले 1,000 हात नाप्यो। तब उसले मलाई त्यस ठाँउबाट पानीमा हिँडेर जान लगायो। त्यहाँ मैले तरेको पानी मेरो गोलीगाँठा सम्म थियो। 4 उसले अझ 1,000 हात नाप्यो। तब त्यस ठाँउमा मलाई पानीमा हिँड्नु ल्यायो। त्यहाँ पानी घुँडा-घुँडा जति गहिरो थियो। तब उसले अझ 1,000 हात नाप्यो। अनि मलाई पानीमा हिँड्नु लगायो। त्यहाँ पानी कम्मर-कम्मर गहिरो थियो। 5 त्यस मानिसले अझ 1,000 हात नाप्यो। तर त्यहाँ पानी तर्न नसकिने गहिरो थियो। पानी त्यहाँ खोलामा परिणत भएको थियो। त्यहाँ पौडी खेल्नलाई प्रशस्त पानी थियो। खोला यति गहिरो थियो कि त्यहाँबाट तर्न सकिँदैनथ्यो। 6 तब त्यस मानिसले मलाई भन्यो, “हे मानिसको छोरो! के तिमीले जुन चीजहरू देख्यौ त्यसप्रति ध्यान दियौं?”
तब त्यो मानिसले मलाई खोलाको किनारमा फर्काई ल्यायो। 7 म खोलाको किनारतिर फर्किने बित्तैकै मैले खोलाको दुवै तिर धेरै रूखहरू देखें। 8 त्यस मानिसले मसँग भन्यो, “यो पानी पूर्वको अराबा बेंसीतर्फ तल बग्दैछ पानी खारा समुद्र सम्म पुग्छ। त्यो समुद्रमा पानी स्वच्छ अनि ताजा हुन्छ। 9 यो पानीमा धेरै माछाहरू छन् अनि यो पानी जहाँ जान्छ त्यहाँ धेरै पशुहरू बास गर्छन्। 10 तिमी जालहारीहरूलाई लगातार एन-गदीबाट एन-एग्लैम सम्म उभिएको देख्न सक्छौ। तिमी तिनीहरूले आफ्नो माछाको जाल फ्याँकेको देख्नसक्छौ अनि कति प्रकारको माछाहरू समातेको देख्नसक्छौ। खारा समुद्रमा त्यतिनै प्रकारको माछाहरू छन्, जति प्रकारको महा-समुद्रमा छन्। 11 तर दलदल अनि खाल्डाको प्रवेश क्षेत्र सानो बनाउँनु सकिँदैन। त्यो नुनको लागि छोडिन्छ। 12 हरेक प्रकारको फलदार वृक्षहरू नदीको दुवै किनारमा उम्रिन्छन्। यसको पातहरू कहिल्यै सुक्दैन पनि मर्दैन पनि। यी वृक्षहरूमा फल लाग्न कहिल्यै पनि छोड्दैन। वृक्षले प्रत्येक महिनामा फल दिन्छ। किनकि रूखहरूको लागि पानी मन्दिरबाट आउँछ। त्यो रूखको फलहरू भोजन बनिन्छ अनि त्यसको पातहरू औषधी बनिन्छ।”
© 2004, 2010 Bible League International