Print Page Options
Previous Prev Day Next DayNext

Bible in 90 Days

An intensive Bible reading plan that walks through the entire Bible in 90 days.
Duration: 88 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
अय्यूब 25-41

बिल्ददले अय्यूबलाई जवाफ दिंदछ

25 तब शुहबाट आएका बिल्ददले जवाफ दिएः

“परमेश्वर शासक हुनु हुन्छ।
    उहाँले मानिसहरूलाई त्रासित पार्नुहुन्छ र तिनीहरूले उहाँलाई आदर गर्छन्।
    उहाँले माथि आफ्नो स्वर्गिय राज्यमा शान्ति कायम राख्नु हुन्छ।
परमेश्वरले सबै मानिसहरूको निम्ति सूर्य उदय गराउनु हुन्छ।
    कसैले पनि उहाँका ताराहरूलाई गन्न सक्दैनन्।
परमेश्वरको तुलनामा कोही मानिस पनि धर्मी मानिन सकिँदैन।
    कुनै पनि मानिस कहिल्यै साँच्चो शिद्ध हुन सक्तैन।
परमेश्वरको दृष्टिमा, जुन पनि शुद्ध र चम्किलो छैन,
    अनि ताराहरू पनि शुद्ध छैनन्।
मानिसहरू कम्ती नै शुद्ध हुन्छन्,
मानिसहरू कीराहरू जस्ता हुन,
    मानिसहरू महत्वहीन कीराहरू जस्ता छन।”

अय्यूबले बिल्ददलाई जवाफ दिंदछ

26 तब अय्यूबले जवाफ दिएः

“बिल्दद, यस थकित अनि उदास मानिसलाई तिमीले साँच्चि नै ठूलो सहयोग गर्यौ।
    के तिमी साँच्चै सोच्छौ कि तिमीले त्यो मानिसलाई,
    जसको बहुबलमा केही शक्ति छोडिएको छैन त्यसलाई बचाएका छौ?
तिम्रो परार्मश त्यस मानिसको लागि हो जसको ज्ञान छैन।
    के तिमीले धेरै अर्न्तज्ञान हासिल गरेकाछौ भनी सोच्छौ?
कसले तिमीहरूलाई यस्ता कुराहरू भन्न सहयोग गर्यो?
    कसको आत्माले तिमीलाई उत्साह प्रदान गर्यो?

“मरेकाहरूका आत्माहरू
    डरले पृथ्वी मुनि पनि काम्दछ।
तर परमेश्वरले त्यो मृतलोक भित्र देख्न सक्नुहुन्छ।
    मृत्यु परमेश्वर देखि लुक्न सकेको छैन।
परमेश्वर उत्तर आकाशको शुन्य अन्तरिक्षमा लम्पसार हुनुभयो।
    परमेश्वरले पृथ्वीलाई शुन्यतामा झुण्ड्याउनु भयो।
परमेश्वरले पानीलाई बाक्लो बादलहरूले छोप्नु हुन्छ।
    तर परमेश्वरले त्यो गह्रुँङ्गो चीजले बादलहरू फुटाउनु हुन्न।
परमेश्वरले पूर्णिमाको चन्द्रमालाई छोपी दिनुहुन्छ।
    उहाँले आफ्नो बादलहरू त्यसतर्फ फैलाउनु हुन्छ अनि त्यस माथि लुकाउनु हुन्छ।
10 जहाँ अँध्यारो र उज्यालोको सङ्गम हुन्छ
    त्यहाँ परमेश्वरले क्षितिज जस्तै परिधि कोर्नु भयो।
11 आकाशलाई थामी राख्ने आधारहरू डरले काम्छ
    जब परमेश्वरले तिनीहरूलाई चेतावनी दिनुहुन्छ।
12 परमेश्वरको शक्तिले समुद्र शान्त हुन्छ।
    परमेश्वरको ज्ञानले राहाबलाई नष्ट पार्नु भयो।
13 परमेश्वरको स्वासले आकाश सफा हुन्छ।
    परमेश्वरको हातले भाग्न तयार भएका सर्पलाई नाश गरिदिनु हुन्छ।
14 यी परमेश्वरले गर्नु भएको अचम्मका केही कुराहरू मात्र हुन।
हामी परमेश्वरले गर्नु भएको कानेखुशी मात्र सुन्छौं।
    परमेश्वर कति महान र शाक्तिशाली हुनुहुन्छ भनेर,
    कसैले पनि वास्तविक रूपमा बुझ्न सक्तैन।”

27 तब अय्यूबले आफ्नो उत्तर भनि रह्यो:

“परमेश्वर जीवित हुनु भए झैं, कसले मबाट न्याय खोसेको छ!
    सर्वशक्तिमान परमेश्वर,
जसले मेरो जीनव तिक्त बनाउनु भयो,
तर जबसम्म जीवन म भित्र रहन्छ
    अनि परमेश्वरको जीवनको स्वास मेरो नाकमा रहन्छ।
तब मेरो ओठहरूले परमेश्वरको विषयमा गल्ती कुराहरू भन्नेछैन,
    अनि मेरो जिब्रोले कहिल्यै कपटपूर्ण कामहरू गर्न सक्तैन।
म तिमीहरू ठीक छौ कहिल्यै स्वीकार गर्दिन कि भनी
    म नमरूञ्ञेलसम्म लगातार भनी रहने छु कि म निर्दोष छु।
मैले गरेका उचित कुरालाई म बलियो गरी समाती रहनेछु
म ठीकसँग बाच्नँलाई कहिल्यै चुक्ने छैन।
    जबसम्म म बाँच्दछु मेरो चेतनाले मलाई कहिल्यै सताउने छैन।
मेरो शत्रुहरू दुष्ट मानिसहरूले जस्तै सजाय पाउन्।
    जो मानिस मेरो विरोधमा उठ्छ, त्यसको मृत्यु खराब मानिसको जस्तै होस्।
जुन मानिसले परमेश्वरको पर्वाह राख्दै त्यो मानसि मर्दा त्यसको केही आशा हुँदैन।
    जब परमेश्वरले उसको प्राण लानु हुन्छ उसका निम्ति केही आशा रहँदैन।
त्यस दुष्ट मानिसले जब कष्ट पाउनेछ अनि उ चिच्याएर परमेश्वरलाई गुहार माग्दछ।
    तर परमेश्वरले उसको चित्कारमा ध्यान दिनु हुनेछैन।
10 त्यस मानिसले सर्वशक्तिमान परमेश्वरसँग कुरागर्दै आनन्द लिन सक्नुपर्थ्यो।
    त्यस मानिसले सदा नै परमेश्वरलाई प्रार्थना गर्नुपर्थ्यो।

11 “म तिमीहरूलाई परमेश्वरको शक्तिको बारेमा प्रवचन दिनेछु।
    म सर्वशक्तिमान परमेश्वरको योजनाहरूलाई लुकाउने छैन।
12 तिमीहरूले परमेश्वरको शक्ति आफ्नैं आँखाले देख्यौ।
    यसकारण किन तिमीहरू त्यस्ता अर्थहीन कुराहरू गर्छौ?

13 “परमेश्वरले दुष्ट मानिसहरूको लागि यही उपाय गर्नुभयो।
    सर्वशक्तिमान परमेश्वरबाट यस्तै पाइन्छ।
14 दुष्ट मानिसका धेरै छोरा-छोरीहरू हुन सक्लान् तर उसका छोरा-छोरीहरू युद्धमा मारिनेछ।
    दुष्ट मानिसहरूका छोरा-छोरीहरूले प्रशस्त भोजन पाउनेछैनन्।
15 उसका सारा छोरा-छोरीहरू रूढीले मर्नेछन्
    अनि तिनीहरूका विधवाहरू दुःखी हुने छैनन्।
16 दुष्ट मानिसहरूले प्रचुर चाँदी पाउनँ सक्ला तर त्यो उसको लागि मैला बराबर हुनेछ।
    उसले धेरै लुगाहरू पाउन सक्ला तर त्यो उसको लागि माटोको थुप्रो बराबर हुनेछ।
17 तर असल मानिसहरूले ती लुगाहरू लगाउने छ
    अनि निर्दोष मानिसहरूले त्यो चाँदी पाउने छन्।
18 दुष्ट मानिसले एउटा घर बनाउन सक्ला तर त्यो दीर्घकालीन रहनेछैन।
    त्यो माकुराको जालो जस्तो हुने छ अथवा प्रहरीको तम्बु जस्तो हुनेछ।
19 दुष्ट मानिस सुत्न जाँदा धनी हुन सक्छ।
    तर जब ब्यूँझिन्छ उसले ती उसका सारा धनहरू हराएको हुनेछन्।
20 ऊ भयभीत हुनेछ, यो बाढी बतास आए जस्तो हुनेछ,
अनि सारा सामान बगाएर लगे जस्तो हुनेछ।
हटात आएको बाढीले जस्तो उसलाई कष्टले लपेट्नें छ,
    अनि उसलाई राति नै आँधीले उडाई लैजानेछ।
21 पूर्वको बतासले उसलाई उडाएर लैजानेछ, अनि ऊ सदालाई जाने छ,
    बतासले उसको घरबाट नै कसिंगर झैं उडाएर लैजाने छ।
22 दुष्ट मानिस बतासको शक्तिबाट भाग्ने कोशिश गर्ला
    तर निर्दयी तूफान ऊमाथि आइलाग्नेछ।
23 जब दुष्ट मानिस भाग्छ मानिसहरूले थप्पडी मार्नेछन्।
    जब त्यो घरबाट भाग्छ तिनीहरूले सुइसेलो मार्नेछन्।”

ज्ञानले के गर्छ

28 “त्यहाँ सुन र चाँदीका खानीहरू छन्
    र त्यहाँ त्यस्तो ठाउँ पनि छ जहाँ मानिसहरूले सुन पगालेर खाँटी बनाउँछन्।
मानिसहरूले जमीन खनेर फलाम निकाल्छन
    ढुङ्गाहरू पगालेर ताँमा निकाल्छन्।
कर्मीहरूले गुफामा प्रकाश लैजान्छन्।
    तिनीहरूले गुफा भित्र खोज तलाश गर्दछन्।
    ऊ पृथ्वीको अँथ्यारो गहिरोभित्र खानीको खोजी गर्छन्!
मानिसहरूले बसो-बास गरेको जग्गा भन्दा धेरै टाडोमा,
अथवा मानिसहरूको पाइला कहिल्यै नपराको ठाउँमा,
कर्मीहरूले खानी पइल्याउने बाटो खन्छन्।
    तिनीहरू गहिरो भित्र डोरीमा झुण्डिएर सुरूङ्ग खन्छन्।
जमीन माथि अन्न उम्रन्छ।
    तर जमीन मुनि भिन्नै छ,
    मानौं प्रत्येक कुरा आगोले पग्लिए जस्तै छ।
जमीन मुनि बहुमूल्य धातुहरू
    अनि काँचो सुनको कणहरूछन।
जङ्गली चरा-चुरूङ्गीहरूले जमीन मुनिको बाटोहरूको बारेमा जान्दैनन्।
    बाजले पनि कहिल्यै त्यस्ता बाटोहरू देखेको हुँदैन।
जङ्गली पशुहरू त्यस्ता बाटोहरूमा हिँडेका छैनन।
    सिंहले पनि त्यो बाटो हिडेको छैन्।
कर्मीहरूले कडा ढुङ्गाहरू खन्छन्।
    तिनीहरूले पर्वतहरू खनेर उदाङ्गे पारिदिएकाछन्।
10 कर्मीहरूले चट्टानहरू काटेर सुरूङ्ग बनाएका छन्।
    तिनीहरूले चट्टानमा बहुमूल्य खनिज पदार्थ देखेका छन्।
11 कर्मीहरूले पानी रोक्नको लागि बाँध बनाउँछन्।
    तिनीहरूले लुकेका चीजहरू बाहिर प्रकाशमा ल्याउँछन्।

12 “तर मानिसहरूले ज्ञान कहाँ पाउनँ सक्छन्?
    बुद्धि पाउन हामी कहाँ जान सक्छौं?
13 हामी जान्दैनौं ज्ञान कति बहुमूल्य वस्तु हो।
    पृथ्वीमा भएका मानिसहरूले जमीन खनेर ज्ञान भेट्न सक्तैनन्।
14 गहिरो महासागरले भन्छ, ‘ज्ञान यहाँ मसित छैन।’
    समुद्रले भन्छ ‘ज्ञान यहाँ मसित छैन।’
15 तिमीहरूले शुद्ध सुन दिएर पनि ज्ञान किन्न सक्तैनौ।
    यस संसारमा ज्ञान किन्नलाई प्रशस्त चाँदी छैन।
16 तिमीहरूले ओपीरका सुन अथवा बहुमूल्य ढुङ्गा
    अथवा बहुमूल्य रत्नहरूले पनि ज्ञान किन्न सक्तैनौ।
17 ज्ञान सुन अथवा स्फटिकभन्दा बहुमूल्य हो।
    सुनमा कुँदिएका बहुमूल्य गहनाहरूले पनि ज्ञान किन्न सकिंन्दैन।
18 ज्ञान मूगा अनि बिल्लोर जस्ता मणिहरू भन्दा बहुमूल्य हो।
    ज्ञान मानिक मणिहरू भन्दा अत्यन्त मुल्यवान हुन्छ।
19 कूश देशको पुष्पराज ज्ञानभन्दा बहुमूल्य होइन।
    तिमीहरू खाट्टी सुनले पनि किन्न सक्तैनौ।

20 “यसकारण ज्ञान कहाँबाट आउँदछ?
    हामीले कहाँबाट बुद्धिको मूल पाउन सक्छौ?
21 ज्ञान पृथ्वीमा भएका सबै प्राणपूर्ण जीवहरूदेखि गोप्य रहँदछ।
    आकाशमा उड्ने चराहरूलेसम्म ज्ञानलाई देख्न सक्तैन।
22 मृत्यु र विनाशले भन्दछ, ‘हामीमा ज्ञान छैन।
    हामीले त्यसका विषयमा उड़न्ता कुराहरू मात्र सुनेका छौं।’

23 “केवल परमेश्वरले मात्र ज्ञानको बाटो जान्नु हुन्छ।
    परमेश्वरले मात्र ज्ञान कहाँ छ जान्नुहुन्छ।
24 परमेश्वरले मात्र पृथ्वीको अन्तसम्म देख्न सक्नु हुन्छ
    परमेश्वरले आकाश मुनि सबै थोक देख्नुहुन्छ।
25 परमेश्वरले बतासलाई शक्ति दिनु भएको छ।
    र समुद्रको सीमाना बाँधि दिनुभयो।
26 पानी कहाँ बर्षाउनु पर्छ परमेश्वरले मात्र निर्णय गर्नु हुन्छ।
    अनि कहाँ चट्याङ्गहरू फ्याँकिनु पर्छ त्यो निर्णय पनि उहाँले गर्नु हुन्छ।
27 त्यस समय परमेश्वरले ज्ञान देख्नु भयो अनि यस विषयमा सोच्नु भयो।
    ज्ञान कति महत्वपूर्ण छ परमेश्वरले बझ्नु भयो अनि परमेश्वरले ज्ञान अनुमोदन गर्नुभयो।
28 अनि परमेश्वरले मानिसहरूलाई भन्नुभयो, ‘परमेश्वरको डर र सम्मान नै ज्ञान हो।
    खराब कामहरूबाट आफूलाई अलग राख्नु बुद्धि हो।’”

अय्यूबले क्रमशः आफ्नो कुरा भन्दछन्

29 अय्यूबले क्रमशः आफ्नो कुराहरू भनिरहेछः

“केही महीना अघि वितेको जीवन म चाहन्छु।
    त्यस समयमा परमेश्वरले ममाथि नजर राख्नु भयो अनि मेरो हेरचाह गर्नुभयो।
त्यसबेला, परमेश्वरको प्रकाश ममाथि छायो ताकि म अन्धकारमा हिंड्न सक्थें।
    परमेश्वरले मलाई ठीक बाँच्ने बाटो देखाई दिनु भयो।
म ती दिनहरूको कामना गर्दछु जब म सफल थिएँ, अनि परमेश्वर मेरो हितैषी मित्र हुनुहुन्थ्यो।
    ती दिनहरूमा परमेश्वरले मेरो घरलाई आशिष दिनुभयो।
म ती दिनहरूको कामना गर्छु जब सर्वशक्तिमान परमेश्वर मसँग हुनुहुन्थ्यो
    अनि मेरा बाल-बच्चाहरू मेरै वरिपरि थिए।
जीवन त्यतिबेला अत्यन्तै राम्रो थियो।
    म मेरो खुट्टाहरू नौनीले धुन्थें, अनि मसँग प्रशस्त दामी तेलहरू थिए।

“त्यस्ता दिनहरू थिए जब म शहरको द्वारमा जान्थें
    अनि शहरका मुखियाहरूसँग सभा-गृहमा बस्दथें।
सारा मानिसहरूले मलाई त्यहाँ आदर गर्दथे युवाहरूले म आउँदै गरेको देख्दा पाइला सारेर मलाई बाटो छोडिदिन्थे।
    आफ्नो श्रद्धा म प्रति प्रर्दशन गर्नलाई वृद्ध मानिसहरू बसेको ठाउँबाट उठ्दथे।
जनसमूहका नेताहरू बोल्न बन्द गर्दथे
    अनि हातहरू मुखमा राखेर अन्य मानिसहरूलाई चुपचाप बस्न लगाउँथे।
10 प्रमुख नेताहरू पनि बोल्दा आफ्ना आवाजहरू सानो पार्दथे।
    हो, मानौ तिनीहरूका जिब्रोहरू मुखको तालुमा टाँसिएको झैं भान हुन्थ्यो।
11 मैले के भन्दैछु ती कुराहरू मानिसहरूले ध्यान दिएर सुन्थे, अनि मेरो बारेमा असल कुराहरू गर्थे।
    मैले गरेका कुराहरूलाई तिनीहरू विचार्थे अनि तिनीहरूले मेरो प्रशंसा गर्थे।
12 किनभने जब गरीब मानिसले गुहार्थ्यो, म सहायता गर्थें।
    अनि माता-पिता नभएका नानीहरू र रक्षाहीनहरूको म हेरचाह गर्थें।
13 मर्दै गरेका मानिसले मलाई आशीर्वाद दिन्थे
    दुःख पाएका विधवाहरूलाई म सहयोग गर्थें।
14 धार्मिकता मेरो लागि पोषाक थियो,
    निष्पक्षता मेरो लुगा र फेटा थियो।
15 म अन्धा मानिसहरूको लागि आँखा थिएँ,
तिनीहरू जहाँ जान रूचाउथें म त्यतै डोर्याउँथे।
    म लङ्गडो मानिसहरूका लागि खुट्टा थिएँ,
    तिनीहरू जहाँ चाहन्छन् त्यतै बोकेर लान्थें।
16 म गरीबहरूको लागि पिता समान थिएँ।
    यदि मैले नजानेको विषयका कुनै मामला मेरो सामु आए,
    मैले त्यस मामलाको विषयमा विस्तृत रूपमा खोजी गर्ने गर्थें।
17 म दुष्ट मानिसहरूलाई आफ्नो शक्ति दुरउपयोग गर्न रोक्थें
    अनि म उसलाई गल्ती तरीकाले जे लिने चेष्टा गरेको हुन्थ्यो,
    त्यो फर्काउन लगाउथें।

18 “मेरै परिवार भित्र बुढो हुँदै म
    धेरै लामो बाँचुला भनेर सधैँ सोच्दथें,
19 म सोच्थें म स्वास्थ्य र शक्तिशाली हुँ,
स्वास्थ्य पालुवा जस्तै प्रशस्त पानी भएको जराहरू जस्तै,
    अनि शीतले भिजेका हाँगाहरू जस्तो हुँ।
20 प्रत्येक नयाँ दिन उज्जवल,
    नयाँ उत्तेजनापूर्ण सम्भावनाहरू हुने होलान भनी म सोच्थें।

21 “बितेका दिनहरूमा मानिसहरूले मेरो कुरामा ध्यान दिन्थे।
तिनीहरू मेरो सल्लाह सुन्दा चुपचाप रहन्थे।
    बोलिसके पछि मेरो कुरा सुन्नेहरूमा कसैको केही बोल्न रहँदैनथ्यो।
22 मैले बोल्दा मानिसहरूले मेरो कुरालाई ध्यान दिइरहेका हुन्थे तिनीहरू अरू केही भन्ने थिएनन्।
    मेरो शब्दहरू तिनीहरूका कानहरूमा मन्द गतिमा पर्थे।
23 मेरो प्रवचनको निम्ति मानिसहरू मलाई पर्खन्थे, मानौ तिनीहरूले बर्षालाई पर्खिरहेछन्।
    तिनीहरूले मेरो शब्दहरू बसन्तको बेलामा बर्षाको पानी पिए झौं पिउँथे।
24 जब म ती मानसिहरूसित हाँसे तिनीहहरूले यो विश्वास गर्न सकेनन्।
    मेरो आनन्दित अनुहारले उनीहरूलाई हतोत्साही गरेन।
25 म तिनीहरूकै मुखिया भए तापनि म ती मानिसहरूसँग रहन चाहन्थें।
    दुःखी मानिसहरूलाई सान्तवना दिंदै म तिनीहरूका छाउनीका समूहमा राजा झैं थिएँ।
30 “तर अहिले ती मानिसहरू जो म भन्दा जवान छन् मेरो खिल्ली उडाई रहेछन्।
    अनि तिनीहरूका पिताहरू यति व्यर्थका थिए कि,
    म तिनीहरूलाई कुकुरहरूसँग मेरो भेंडाको रक्षा गर्नलाई राख्थें।
ती जवान मानिसहरूका पिताहरू यति कमजोर थिए कि,
तिनीहरूले मलाई सघाउन सक्थेनन्।
    तिनीहरू बृद्ध र थकित थिए, तिनीहरूका मांसपेशीहरू कमजोर भइसकेका थिए।
तिनीहरू मृत मानिसहरू जस्ता थिए,
तिनीहरू खान नपाएर भोकै थिए।
    यसैले तिनीहरू मरुभूमिको सूख्खा धुलोहरू खान्थें।
तिनीहरूले जङ्गलमा नूनिलो झारका पालुवाहरू तान्दथिए,
    तिनीहरूले काँसका जराहरू खान्थे।
तिनीहरू अन्य मानिसहरूबाट खेदिन्छन्।
    मानिसहरू तिनीहरूलाई चोर ठानेर चिच्याउछन्।
तिनीहरू सूख्खा नदीका किनारहरूमा,
    पहाडका गुफाहरू र जमीनका प्वालहरूमा बाच्नुँ पर्छ।
झाडीहरूमा तिनीहरू चिच्याउँछन्,
    अनि काँढे झाडीहरूमा सँग-सँगै अल्झेकाछन्।
तिनीहरू नाउँ नभएका महत्वहीन मानिसहरूका झुण्डहरू हुन्,
    जो आफ्नो देशबाट जबरजस्ती निकालिए।

“अहिले ती मानिसहरूका छोराहरूले मेरो हाँसो उडाउनु मेरो बारेमा गीत गाउँछन्।
    मेरो नाउँ तिनीहरूका लागि ठट्टाको शब्द भएको छ।
10 ती जवान मानिसहरूले मलाई घृणा गर्दछन्, तिनीहरू मदेखि टाढा रहन्छन।
    तिनीहरू सोच्छन् कि तिनीहरू म भन्दा राम्रा छन्।
    तिनीहरूले मेरो मुखमा पनि थुक्छन्।
11 परमेश्वरले मेरो धनुबाट ताँदो लानु भयो र मलाई कमजोर बनाउनु भयो।
    ती मानिसहरूले आफैं थामिदैनन् बरू क्रोधित भएर मेरो विरोधमा जान्छन्।
12 ती युवकहरूले दाहिनेपट्टि आक्रमण गर्छन्। तिनीहरूले मेरो खुट्टामा हिर्काएर मबाट अलग पार्न खोज्छन्।
    म एक आक्रमण भईरहेको शहर जस्तो अनुभव गर्छु
    तिनीहरूले मेरो भित्ताहरूमा मैलो फ्याँकेर मलाई आक्रमण गरी नष्ट बनाउँछन्।
13 भाग्न नसकोस् भनी मेरो बाटो छेक्छन।
तिनीहरूले मलाई ध्वंश गर्नमा सफल भए।
    तिनीहरू कसैलाई सहयोग गर्न चाँहदैनन्।
14 तिनीहरूले भित्तामा प्वाल बनाउँछन् तिनीहरू त्यस प्वालबाट खचाखच आउँछन
    अनि ढुङ्गाहरू फोर्दै ममाथि पर्छन्।
15 म डरले कामिरहेछु हावाले केही चीज उडाई लगे जस्तो गरी ती युवकहरू मेरो खेदो लाउँछन्।
    मेरो सुरक्षा बादल जस्तो विलिन हुँदछ।

16 “अहिले मेरो जीवन प्रायः बितिसक्यो, अनि म चाँडै मर्नेछु।
    पीडित दिनहरूले मलाई पक्रेकोछ।
17 मेरो हड्डीहरू पीडाले राती दुख्छ।
    मलाई कष्टले चपाउन कहिल्यै छाड्दैन।
18 परमेश्वरले मेरो कोटको कलरमा समात्नु हुन्छ
    अनि बटारेर रूप बिगारिदिनु हुन्छ।
19 परमेश्वरले मलाई हिलोमा जाकि दिनु भयो
    र म धूलो र खरानी जस्तै भएकोछु।

20 “हे परमेश्वर,
    सहायताको लागि मैले पुकारें,
म उठें र प्रार्थना गरें,
    तर तपाईंले मलाई ध्यान दिनु भएन।
21 हे परमेश्वर, तपाईंले मसित निष्ठूरताले व्यवहार गर्नु हुन्छ।
    मलाई सताउन तपाईं शक्ति प्रयोग गर्नुहुन्छ।
22 हे परमेश्वर, तपाईं मेरो लागि निष्ठुर हुनु भयो।
    मलाई नष्ट पार्न तपाईं आफ्नो शक्ति प्रयोग गर्नु हुन्छ।
23 मलाई थाहा छ कि तपाईंले मलाई मृत्यु तिर लैजानु हुन्छ,
    त्यस ठाँउमा, जहाँ अन्तमा सबै प्राणि जानै पर्छ।

24 “तर, निश्चय जो मानिस सर्वनाश भएकोछ अनि सहायता माग्दैछ,
    त्यसलाई कसैले पनि नोक्सान पुर्याउँदैन।
25 तपाईं जान्नु हुन्छ मानिसहरूको कष्टमा म रोएँ।
    तपाईं जान्नु हुन्छ गरीब मानिसहरूको लागि मेरो हृदय साहै दुःखीत थियो।
26 जब मैले राम्रो चीज खोजें बद्लामा नराम्रो पाएँ।
    जब मैले उज्यालो खोजें, अंध्यारो आयो।
27 म भित्र कष्ट कहिल्यै रोकिँदैन
    अनि दुःख भर्खरै शुरू भएको छ।
28 म सधैँ दुःखी र उदासीन छु कुनै चैन छैन।
    म सहायताको लागि सभामा उभिन्छु।
29 म जङ्गली कुकुर जस्तै
    र मरुभूमिको शुतुरमुर्ग जस्तै एक्लो भएको छु।
30 मेरो छाला जलेकोछ र उप्किँदैछ।
    ज्वरोले मेरो शरीर तातो छ।
31 मेरो वीणाले करूणाको लय निकाल्छ
    मेरो बाँसुरीले दुःखको आवाज निकाल्छ।

31 “मैले आफ्नो आँखासित सम्झौता गरेको छु कि
    व्याविचारको दृष्टीकोणले म कुनै तुरूणीलाई हेर्नेछैन।
परमेश्वरले स्वर्गबाट ठहराउनु भएको भाग कुन चाँहि हो?
    उँभोबाट सर्वशक्तिमानले दिनुभएको इनाम!
परमेश्वरले दुष्टको निम्ति नाश पठाउनु हुन्छ,
    खराब गर्नेहरूको लागि विपत्ति पठाउनु हुन्छ।
मेरो चाल परमेश्वरले जान्नु हुन्छ
    मेरो हरेक पाइला उहाँले देख्नुहुन्छ।

“यदि झूटो कुरोसित मेरो केही सरोकार भएको भए
    र छली चालमा म फँसेको भए,
न्यायको तराजुमा परमेश्वरले मलाई तौलिउन्,
    उहाँले नै जान्नुहुनेछ कि म निर्दोष छु।
यदि मेरो पाइला कुमार्ग तिर लम्कीएको भए,
    यदि मेरो मनले आँखाको इच्छा अनुसार गल्ती गरेको छ भने
    अथवा मेरो हातमा मैला टाँसिएको छ भने,
मैले रोपेको अन्न अर्कोले खाओस्,
    र मेरा बाली जरै समेत उखेलियोस्!

“यदि मेरो मन कुनै स्त्रीले मोहित पारेको रहेछ भने
    अथवा मेरा छिमेकीहरूको ढोकामा म ढुकिबसेको छु भने,
10 मेरी पत्नीले अर्को मानिसको लागि खाना तयार पारोस्,
    र अरू मानिसहरू उसित सुतोस्।
11 किनभने सम्भोग लाजलाग्ने कुरा हो,
    न्यायको सामुन्ने एउटा अपराध हो।
12 त्यो त नाश गर्ने आगो हुनेछ,
    मेरो सम्पूर्ण कुरा यसले उखेल्छ।

13 “मैले मेरो दास वा दासीको बिन्ती इन्कार गरेको भए,
    तिनीहरूले मकहाँ आफ्नो उजुर ल्याउँदा मैले त्यो इन्कार गरेको भए,
14 परमेश्वरको अघाडी जाँदा म के गर्ने?
    उहाँले सबै कुरा सोध्दा मैले के जवाफ दिने?
15 परमेश्वरले मलाई मेरी आमाको गर्भमा रच्नुभयो,
र तिनीहरूलाई पनि तिनीहरूकी आमाको गर्भमा रच्नुभयो।
    परमेश्वरले हामीहरूलाई आफ्नी आमाको गर्भमा नै रूप दिनुभएको हो।

16 “गरीबहरूलाई सहायता गर्न मैले इन्कार गरेको छैन,
    विधवाहरूलाई चाहिएको कुराहरू दिन मैले इन्कार गरेको छैन।
17 म स्वार्थी भएको छैन, मैले टुहुराहरूलाई भोकै राखेको छैन।
18 तर मेरो युवा अवस्थादेखि, टुहुराहरूलाई बाबु जस्तै भएर हुर्काएँ,
    मेरो बाल्य अवस्थादेखि मैले विधवाहरूलाई वास्ता गरें।
19 जब म मानिसहरू पीडित भएको देख्छु किनभने तिनीहरूसँग लगाउने लुगा थिएनँ।
    अथवा पोशाक बिहीन एक गरीब मानिसलाई देखें,
20     मैले सधैँ तिनीहरूलाई लगाउने लुगाहरू दिएँ।
मैले आफ्नै भेंडाको ऊन ओडाई दिएर तिनीहरूलाई न्यानो पारें
    अनि तिनीहरूले हृदयबाट नै मलाई आशीर्वाद दिए।
21 फाटकमा न्यायकर्ताहरूले टुहुराहरूको विरूद्धमा मेरो पक्ष लिनेछन् भनी जान्दा-जान्दै पनि
    मैले कहिल्यै तिनीहरूमाथि डर देखाउन हात उठाइनँ।
22 यदि मैले त्यस्तो कहिल्यै गरे भने
    तब मेरो पाखुरा त्यसको जोर्नीबाट फुस्किनेछ र कुमबाट तल झर्नेछ।
23 तर मैले त्यस्तो नराम्रो काम गरिनँ।
    म परमेश्वरको दण्डदेखि त्रासित छु।
    उहाँको महिमाले मलाई भयभीत पार्छ।

24 “मैले कहिले पनि आफ्नो धनमा भरोसा गरिनँ।
    मैले धनलाई कहिल्यै पनि भनिनँ कि तिमी मेरो आशा हौ।”
25 म धनी थिएँ,
    तर धनले मेरो घमण्ड बढाएन।
मैले प्रशस्त धन कमाएँ,
    तर त्यसले मलाई सुखी बनाएन।
26 मैले कहिल्यै पनि उज्वल घाम
    र सुन्दर जूनलाई पूजिनँ।
27 मेरो हृदय गुप्तरूपमा वहकाइएको थिएन
    अनि मेरो हात घाम र जून पूज्न कहिल्यै चुमिनँ।
28 त्यो पनि पाप हो त्यसले दण्ड दिनै पर्छ।
    यदि मैले तिनीहरूलाई पूजेको भए, म सर्वशक्तिमान परमेश्वर प्रति विश्वासी हुने थिइन।

29 “जब मेरो शत्रुहरू नष्ट भए
    म कहिले खुशी भइनँ।
शत्रुहरूमाथि नराम्रो आई लाग्दा
    मैले तिनीहरूलाई खिसी गरिनँ।
30 शत्रुलाई सरापेर मेरो मुखलाई पाप कार्य गर्ने दिइनँ।
    अनि तिनीहरूको मृत्युको लागि इच्छा गरिन।
31 मेरा घरका सबै मानिसहरू जान्दछन कि
    मैले परदेशीहरूलाई सधैँ भोजन खुवाएँ।
32 परदेशीहरू गल्लीमा सुत्न नपरोस् भनी
    मैले तिनीहरूलाई आफ्नो घरमा बोलाएँ।
33 अन्य मानिसहरूले आफ्नो अपराधहरू लुकाउने कोशिश गर्छन्
    तर मैले मेरो दोष कहिल्यै लुकाइनँ।
34 मानिसहरूले के भन्लान भन्ने कुरामा म डराएँ।
त्यस्तो भयले मलाई कहिल्यै नराम्रो कार्य गर्न दिएन।
    मैले कहिल्यै बाहिर जान अस्वीकार गरिनँ।
    मानिसहरूको ममाथिको घृणादेखि म कहिल्यै डराइनँ।

35 “अहो! कसैले मेरो कुरामा ध्यान दिओस् भन्ने म कामना गर्छु।
    मलाई मेरो कुरा व्याख्या गर्न दिइओस्।
म इच्छा राख्छु कि सर्वशक्तिमान परमेश्वरले मलाई जवाफ दिउन्।
    म इच्छा गर्छु कि मैले जे कु-कर्म गरें त्यस विषयमा उहाँले के सोच्नु हुन्छ लेखुन्।
36 तब म त्यो चिन्ह स्वरूप मेरो घाँटी वरिपरि बाँध्नेछु
    म त्यसलाई मुकुट झैं आफ्नो शिरमा लगाउनेछु।
37 यदि परमेश्वरले त्यसो गर्नुभयो भने, तब मैले गरेका सारा कुराहरू म व्याख्या गर्न सकूँला।
    म परमेश्वर नजिक मुखिया सरह आफ्नो शिर उच्च गरेर आउँन सकौं।

38 “मैले कसैबाट जमीन चोरिनँ
    कसैले पनि मलाई त्यसले चोर्यो भनेर दोष लगाउन सक्तैन।
39 मैले सधैँ किसानहरूलाई खाद्यन्नको निम्ति पैसा दिएँ, जो मैले भूमिबाट प्राप्त गरें
    अनि कहिल्यै पनि अर्काको दखलमा भएको जमीन खोस्ने प्रयास गरिनँ।
40 यदि मैले सर्वदा त्यस्तो दुष्ट कामहरू गरेको भए गहुँ र जौं उम्रिनुको सट्टामा
    काँडा र झारहरू मेरो खेतमा उम्रियोस्।”

अय्यूबको प्रवचन समाप्त भयो।

इलीहुले तर्क थप्दछ

32 त्यसपछि अय्यूबका तीनैजना साथीहरूले अय्यूबलाई जवाफ दिन छाडे। तिनीहरूले जवाफ दिन छाडे किनभने अय्यूब निर्दोष थिएँ भनी विश्वास्त थियो। तर त्यहाँ बारकेलका छोरो एलीहू भन्ने एक जवान केटो थियो। बारकेल बज नाउँका एउटा मानिसका वंशका थिए। एलीहू रामका परिवारका थियो। एलीहू अय्यूबसँग अत्यन्त क्रोधित भयो। किनभने अय्यूबले स्वयं परमेश्वर भन्दा अझ धार्मिक हुँ भन्दै थियो। एलीहू अय्यूबका तीनजना साथीहरूसँग पनि क्रोधित थियो। किनभने अय्यूबका साथीहरूले अय्यूबका प्रश्नहरूको ठीक जवाफ दिन सकेनन्। तिनीहरूले अय्यूब गल्ती थियो भनेर प्रमाण गर्न सकेनन्। अय्यूब र तिनका साथीहरू सबै एलीहू भन्दा जेठा थिए। यसकारण सबैले भनी सकुन्जेल उसले पर्खियो। त्यसपछि उसले पनि बोल्न सक्छु भन्ने अनुभव गर्यो। अनि जब एलीहूले देखे कि अय्यूबका साथीहरूले उनलाई उत्तर दिनु असमर्थ थिए, त्यो रिसायो। यसकारण उसले भन्न थाल्यो। उसले भन्योः

“म जवान मानिस मात्र हुँ अनि तिमीहरू बूढा मानिसहरू हौ।
    यसकारण मेरो विचार तिमीहरूलाई पोखाउन म भयभीत भएँ।
म स्वयंले सोचें, ‘बूढा मानिसहरू पहिला बोल्नु पर्छ।
    बूढा मानिसहरू धेरै लामो बाँचे यसकारण तिनीहरूले धेरै कुराहरू सिके।’
तर परमेश्वरको ‘आत्माले’ मानिसलाई ज्ञानी बनाउँछ।
    सर्वशक्तिमान परमेश्वरको ‘आत्माले’ मानिसहरूलाई बोल्न सक्ने बनाउँछ।
बृद्ध मानिसहरू मात्र ज्ञानी हुँदैनन्।
    बृद्ध मानिसहरूले मात्र ठीक कुरा बुझ्छन् भन्ने छैन।

10 “यसकारण दया गरेर मेरो कुरामा ध्यान देऊ।
    अनि मैले के सोच्दछु त्यो भन्नेछु।
11 जब तिमीहरू बोल्यौ मैले खुब धीरजसाथ पर्खें।
    मैले ती जवाफहरूमा ध्यान दिएँ जुन तिमीहरूले अय्यूबलाई दियौ।
12 तिमीहरूले भनेका कुराहरू मैले होशियारी साथ सुने।
    तिमीहरू कसैले पनि अय्यूब गल्ती छ भनी प्रमाण दिएनौ।
    तिमीहरू बीच कसैले पनि उसको बहश विरूद्ध सन्तुष्टपूर्ण जवाफ दिएनौ।
13 तिमीहरू तीनजना मानिसहरूले भन्न सकेनौ कि तिमीहरूले ज्ञान प्राप्त गरेका छौ।
    परमेश्वरले अय्यूबको तर्कहरूको जवाफ दिनु नै पर्छ, मानिसहरूले होइन।
14 अय्यूबले मलाई आफ्नो तर्कहरू प्रस्तुत गरेन,
    यसकारण तिमीहरूले प्रयोग गरेका तर्कहरू म प्रयोग गर्ने छैन।

15 “अय्यूब, ती मानिसहरूले साहस हराए।
    तिनीहरूसँग अब भन्ने केही कुरा छैन।
    तिनीहरूले प्रस्तुत गर्ने जवाफ केही छैन।
16 अय्यूब, तिमीलाई जवाफ दिनलाई मैले तीनजना मानिसहरूलाई पर्खें,
    तर तिनीहरू चुपचापछन्।
    तिनीहरूले तिमीसँग आलोचना गर्न छाडे।
17 यसैले अब तिमीलाई म जवाफ दिनेछु।
    हो, म के सोच्दछु त्यही तिमीलाई भन्नेछु।
18 म कुरै कुराहरूले भरिएकोछु कि
    म बोल्नै पर्छ नत्र म पड्किनेछु।
19 म नयाँ दाखरस हालेको छालाको थैलो जस्तै छु जुन खोलिएकै छैन।
    म त्यो नयाँ दाखरस राख्ने थैलो जस्तो छु जुन फुटेर खोलिन तैयार छ।
20 यसकारण म बोल्नै पर्छ तब मात्र म शान्तिको सास फेर्ने छु।
    मैले बोल्नै पर्छ र अय्यूबको तर्कहरूको जवाफ दिनेछु।
21 मैले अय्यूबसँग त्यस्तै व्यवहार गर्नुपर्छ जसरी म अन्य मानिसहरूलाई गर्दथे।
    म उसलाई राम्रो कुराहरू भन्ने कोशिश गर्ने छैन म त्यही भन्नेछु जुन मैले भन्नु पर्छ।
22 म अन्य मानिस सरह कसैलाई निको व्यवहार गर्न सक्तिन।
    यदि मैले त्यसो गरें भने परमेश्वरले मलाई दण्ड दिनु हुनेछ।

33 “अब अय्यूब, मेरो कुरा ध्यान दिएर सुन।
    ती कुराहरू होशियारी साथ सुन जुन म भन्छु।
म बोल्न तयार छु।
मेरो हृदय निष्कपट छ, यसैले म सरल शब्दहरू बोल्ने छु।
    ती विषय म सत्य बोल्ने छु जुन म जान्दछु।
परमेश्वरको आत्माले मलाई बनाउनु भयो।
    मेरो जीवन सर्वशक्तिमान परमेश्वरबाट आउँछ।
अय्यूब, मेरो कुरा ध्यान दिएर सुन। अनि तिमी सक्छौ भने मलाई जवाफ देऊ।
    तिम्रो जवाफ तयार पार ताकि तिमी मसँग तर्क गर्न सक्षम हुनेछौ।
परमेश्वरको समक्ष तिमी र म बराबर छौं
    परमेश्वरले हामी दुवैलाई बनाउँन माटो प्रयोग गर्नु भयो।
अय्यूब म देखि नडराऊ
    म तिमीमाथि निष्ठूर हुने छैन।

“तर अय्यूब,
    तिमीले भनेको मैले सुनें।
तिमीले भन्यौः ‘म शुद्ध छु म निर्दोष छु,
    मैले केही गल्ती काम गरिनँ म दोषी छैन।
10 मैले गल्ती काम गरिनँ, तर परमेश्वर मेरो विरूद्ध हुनुहुन्छ।
    परमेश्वरले मलाई शत्रुलाई झैं व्यवहार गर्नु भयो।
11 परमेश्वरले मेरो खुट्टामा साङ्गलीहरू लगाई दिनु भयो,
    परमेश्वरले मेरो प्रत्येक कार्यमा नियालेर हेर्नुहुन्छ।’

12 “तर अय्यूब, तिमी यसविषयमा गल्ती छौ अनि तिमी गल्ती छौ भनी त्यो म प्रमाण गर्नेछु।
    किनभने परमेश्वर मानिसहरू भन्दा अत्यन्तै महान हुनुहुन्छ।
13 अय्यूब, तिमीले परमेश्वरसित तर्क गरिरहेका छौ।
    तिमीले सोच्छौ कि परमेश्वरले तिमीलाई प्रत्येक विषयमा व्याख्या दिनुपर्छ।
14 परमेश्वरले विभिन्न प्रकारले बोल्न सक्नु हुन्छ,
    यस्तो तरिका कि मानिसहरू यसलाई बुझ्दैनन्।
15 हुन सक्छ परमेश्वर मानिसहरूसँग सपनामा बोल्नुहुन्छ,
    अथवा राती दर्शनमा जब तिनीहरू गहिरो निद्रामा हुन्छन्।
16 तिनीहरू एकदमै भयभीत हुन्छन्
    जब तिनीहरूले परमेश्वरको चेतावनी सुन्छन्।
17 परमेश्वरले तिनीहरूलाई गल्ती कामहरू गर्न रोक्नुहुनेछ,
    अनि अहंकारी हुनदेखि रोक्नुहुनेछ।
18 परमेश्वरले मानिसहरूलाई सावधान गर्नुहुनेछ तब उहाँले तिनीहरूलाई मृत्युको मुखबाट बचाउन सक्नु हुन्छ।
    परमेश्वरले मानिसहरूलाई विनाशबाट बचाँउनुहुन्छ।

19 “दुःखी अथवा, ओछ्यानमा सुतिरहनु पर्ने कष्ट दिएर
    अनि उसका हडडीहरू सधैँ रहने बनाई परमेश्वरले एकजना मानिसलाई अनुशासित पार्न सक्नुहुन्छ।
20 तब त्यस मानिसले खान सक्तैन्।
    त्यस मानिसलाई एकदम ज्यादा पीडा भइरहन्छ कि उसले भोजन पनि राम्रो हेर्न सक्तैन।
21 उसको शरीर जीर्ण हुँदै जान्छ
    अनि उ हाड र छाला मात्र हुन्छ।
22 त्यो मानिस मृत्युको ठाउँमा पुग्दछ
    अनि उसको जीवन सम्मुखिन हुन्छ।
23 परमेश्वसँग हजारौं दूतहरूछन्। हुन सक्छ ती मध्ये कुनै एकजनाले त्यस मानिसलाई नियाली रहेको हुन्छ।
    त्यो दूत त्यो मानिससित बोल्छ अनि साँच्चो कुरा भन्छ।
24 त्यो दूत त्यस मानिस माथि कृपालु हुनसक्छ
    अनि परमेश्वरलाई भन्छ, ‘मृत-लोकदेखि यस मानिसलाई बचाउनु होस्।
    उसको पापको मूल्य चुकाउने तरिका मैले पाएको छु।’
25 तब त्यो मानिसको शरीर फेरि जवानीपन आउनेछ र बलियो हुनेछ।
त्यो मानिस पहिले जस्तो तन्नेरी थियो त्यस्तै नै हुनेछ।
26 त्यो मानिसले परमेश्वरलाई प्रार्थना गर्ने छ अनि परमेश्वरले उसको प्रार्थनाको जवाफ दिनुहुनेछ।
    त्यो मानिस आनन्दले चिच्याउने छ
    अनि परमेश्वरलाई महिमा गर्नेछ, उसले फेरि असल जीवन बाँच्नेछ।
27 तब त्यो मानिसले मानिसहरू अघि आफ्नो दोष स्वीकार गर्नेछ।
    उसले भन्नेछ, ‘मैले पाप गरें, मैले असललाई खराब बनाएँ।
    तर परमेश्वरले मलाई मेरो कर्म अनुसारको दण्ड दिनु भएन।
28 परमेश्वरले मृतलोकदेखि मलाई बचाउनु भयो।
    अब फेरि मेरो जीवनमा आनन्द भोग गर्न सक्छु।’

29 “परमेश्वरले त्यस मानिसको लागि घरि-घरि ती कुराहरू गर्नुहुन्छ।
30 त्यस मानिसलाई सावधान गराउन अनि उसको आत्मालाई मृतलोक देखि बचाउनलाई,
    ताकि त्यस मानिसले आफ्नो जीवनमा आनन्द भोग गर्न सकोस्।

31 “अय्यूब, मेरो कुरा होशियारीले सुन,
    शान्त हौ र मलाई बोल्न देऊ।
32 तर अय्यूब, यदि तिमी मसँग सहमत हुँदैनौ भने तब अघि बढ र भन।
    मलाई उत्तर देऊ,
    किनभने तिम्रो निम्ति के राम्रो हो त्यो म चाहन्छु।
33 तर अय्यूब, यदि तिमीलाई केही भन्नु छैन भने मेरो कुरामा ध्यान देऊ।
    शान्त हौ, अनि म तिमीलाई ज्ञानको उपदेशहरू दिनेछु।”

34 तब एलीहूले फेरि बोल्न शुरू गर्यो। उसले भन्योः

“तिमीहरू ज्ञानी पुरूषहरू मैले भनेको कुराहरूमा ध्यान देऊ।
    तिमी चतुर मानिसहरू मप्रति ध्यान देऊ।
जसरी जिब्रोले चाखेर खानेकुराको स्वाद परीक्षण गरिन्छ
    त्यसरी नै कानले पनि शब्दहरू सुनेर परीक्षण गरिन्छ।
यसकारण यी तर्कहरूको परीक्षण गरौं,
अनि के ठीक हो त्यसको निर्णय हामी आफैं गरौं।
    हामी आफैं हाम्रा निम्ति के असल हो जानौं।
अय्यूब भन्छन्, ‘म निर्दोष छु।
    अनि मप्रति परमेश्वर निष्पक्ष हुनुहुन्न।
म निर्दोष छु तर मलाई झूटो मानिएकोछ।
    म निर्दोष छु तर म नराम्रो प्रकारले व्यथित छु।’

“के त्यहाँ अय्यूब जस्तै अन्य मानिस कोही छ?
    यदि तिमीहरूले अय्यूबलाई अपमान गरे उसले त्यो पानी झैं पिउँछ।
दुष्ट मानिसहरूसँग अय्यूबको मित्रता छ।
    अय्यूब दुष्टहरूसित रहन चाहन्छ।
म किन त्यसो भन्छु? किनभने अय्यूब भन्दछ,
यदि उसले परमेश्वरलाई खुशी पार्ने कोशिश गर्दछ भने,
    ‘कुनै पनि मानिसले केही पनि उपलब्ध गर्दैन।’

10 “तिमीहरू बुझ्न सक्छौ यसैले मेरो कुरा ध्यान दिएर सुन।
    परमेश्वरले त्यस्तो अहित काम कहिल्यै गर्नु हुँदैन।
    सर्वशक्तिमान परमेश्वरले त्यस्तो दुष्ट्याँई गर्नु हुँदैन।
11 मानिसहरूले गरेका कर्महरूको फल परमेश्वरले दिनु हुनेछ।
    परमेश्वरले कर्म जस्तो छ त्यस्तै फल दिनुहुनेछ।
12 यो सत्य हो, परमेश्वरले गल्ती काम गर्नु हुँदैन।
    सर्वशक्तिमान परमेश्वरले न्याय कहिल्यै पनि विगार्नु हुँदैन।
13 कसैले पनि परमेश्वरलाई पृथ्वीको अधिकारीको रूपमा चुन्न सक्तैन,
कसैले पनि परमेश्वरलाई सारा संसारको उत्तरदायी बनाउन सक्तैन
    परमेश्वरले सारा थोक सृजना गर्नुभयो अनि उहाँ सधैँ नियन्त्रणमा रहनु भयो।
14 यदि परमेश्वरले मानिसहरूबाट आफ्नो आत्मा
    र स्वास लैजान चाहनुहुन्छ भने,
15 तब पृथ्वीमा भएका सम्पूर्ण मानिसहरू मर्नेछन्।
    सारा मानिसहरू फेरि धूलो हुनेछन्।

16 “यदि तिमीहरू बुद्धीमानी छौ भने
    मैले भनेका कुरामा ध्यान दिएर सुन।
17 कुनै मानिस जसले निष्पक्ष मन पराउँदैन शासक हुन सक्तैन।
    अय्यूब के तिमी उहाँको दोषलाई न्याय गर्नु सक्छौ?
    परमेश्वर बलियो र धर्मी हुनुहुन्छ।
18 परमेश्वर जसले राजाहरूलाई भन्नुहुन्छ, ‘तिमीहरू महत्वहीन छौ।’
    परमेश्वरले मुखियाहरूलाई भन्नुहुन्छ ‘तिमीहरू दुष्ट हौ।’
19 परमेश्वरले अन्य मानिसहरूलाई जतिको प्रेम मुखियाहरूलाई गर्नुहुन्न।
    अनि जतिको प्रेम गरीब मानिसहरूलाई गर्नुहुन्छ त्यतिको प्रेम धनीहरूलाई गर्नुहुन्न।
    किनभने परमेश्वरले प्रत्येक मानिसलाई बनाउनु भयो।
20 मानिसहरू अचानक मर्न सक्छ मध्य रातमा मानिसहरू विमार हुन्छन्
    अनि मरेर जान्छन्।
    कुनै स्पष्ट कारणै बिना शक्तिशाली मानिसहरू पनि मर्छन्।

21 “मानिसहरूले के गर्दछ भनेर परमेश्वर नियाल्नु हुन्छ।
    मानिसहरूको प्रत्येक पाइलाका चाललाई परमेश्वर जान्नु हुन्छ।
22 अनिष्ट कर्म गर्ने मानिसहरूले
    परमेश्वरबाट लुक्ने अँध्यारो पाउँदैनन।
23 न्यायको लागि परमेश्वरको सामुन्ने जान
    मानिसले समय निर्धारण गर्दैन, (त्यो अधिकार परमेश्वरको हो)।
24 यदि शक्तिशाली मानिसहरूले पनि अनिष्ट कामहरू गरे भने
    परमेश्वरले तिनीहरूलाई प्रश्न गर्ने आवश्यकै छैन।
परमेश्वरले तिनीहरूलाई सामान्य रूपले नष्ट गर्नु हुनेछ
    अनि अन्य मानिसहरूलाई मुखिया चुन्नु हुनेछ।
25 यसकारण परमेश्वरले मानिसहरूले के गर्दछ भनेर जान्नु हुन्छ।
    यही कारणले गर्दा परमेश्वरले दुष्टहरूलाई पराजित गर्नुहुन्छ अनि रात रातमा नै ध्वंश गर्नुहुन्छ।
26 परमेश्वरले दुष्ट मानिसहरूलाई दण्ड दिनु हुन्छ किनभने तिनीहरूले अनिष्ट कामहरू गरेका हुन्छन।
    अनि परमेश्वरले ती मानिसहरूलाई दण्ड दिनु हुनेछ कारण अन्य मानिसहरूले पनि त्यस्तो घटना देख्न सक्छन्।
27 किनभने दुष्ट मानिसहरूले परमेश्वरको आज्ञा पालन गर्न छाडे।
    अनि परमेश्वरले गर्नु भएको कामहरूलाई ती दुष्ट मानिसहरूले पर्वाह गर्न छाडे।
28 ती दुष्ट मानिसहरूले दीन दुःखी मानिसहरूलाई दुःख दिन्छन्,
अनि परमेश्वरलाई गुहार्नका लागि बाध्य गराउँछन्।
    परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ।
29 तर परमेश्वरले तिनीहरूलाई सहयोग नदिने निर्णय लिनुभयो भने,
कसैले पनि परमेश्वरको दोषको न्याय गर्न सक्तैन।
    यदि परमेश्वरले आफूलाई मानिसहरूदेखि लुकाउनु हुन्छ भने
तब कसैले पनि उहाँलाई भेट्न सक्ने छैन।
    परमेश्वर प्रत्येक मानिस र जाति माथिका शासक हुनुहुन्छ।
30 अनि यदि शासकले पाप गर्न मानिसलाई प्रेरित गर्छन् भने
    तब उसलाई आफ्नो शक्तिबाट बंन्चित गराई दिनु हुन्छ।

31 “त्यो हुनेछ जबसम्म उसले परमेश्वरलाई भन्दैन्
    ‘म दोषी हुँ, अबोप्रान्त म पाप गर्ने छैन।
32 परमेश्वर, मैले तपाईंलाई नदेखे तापनि कृपया मलाई बाँच्नलाई ठीक शिक्षा दिनु होस्।
    यदि मैले गल्ती काम गरेको रहेछु भनें म फेरि त्यस्तो गर्ने छैन।’
33 अय्यूब, तिमी चाहन्छौ कि परमेश्वरले तिमीलाई पुरस्कार दिउन्।
    तर तिमी परिवर्तन हुन अस्वीकार गर्छौ।
अय्यूब, यो तिम्रो निर्णय हो, मेरो होइन।
    मलाई बताऊ तिमी के सोच्छौ।
34 एक ज्ञानी मानिसले मेरो कुरा ध्यानले सुन्ने छ
    ज्ञानी मानिसले भन्नेछ,
35 ‘अय्यूबले मूर्ख मानिसले जस्तो बोल्दैछ।
    अय्यूबले भनेका कुराहरूमा कुनै सार्थक नै छैन।’
36 मेरो विचारमा अय्यूबले अझ बढी दण्ड पाउनु पर्ने हो।
    किनभने अय्यूबले हामीलाई एकजना दुष्ट मानिसकै व्यवहारले जवाफ दिए।
37 अय्यूबले आफ्ना अन्य पापहरूसँग बिद्रोह थप्यो।
    अय्यूबले हाम्रो सम्मुख बसेर र हामीलाई अपमान गर्छ साथै परमेश्वरको विषयमा ठट्टा गर्छ।”

35 एलीहू लगातर बोलीरहे र उसले भन्योः

“अय्यूब, तिमीले यस्तो भन्नु राम्रो होइन,
    ‘म परमेश्वर भन्दा अझ सही छु।’
अनि अय्यूब, तिमी परमेश्वरलाई सोध
    ‘यदि उसले परमेश्वरलाई खुशी पार्ने चेष्टा गरे त्यो मानिसलाई के लाभ हुन्छ?
    यदि मैले पाप गरिनँ भने मलाई के लाभ हुनेछ?’

“अय्यूब, म तिमीलाई जवाफ दिन चाहन्छु अनि तिम्रा साथीहरू पनि तिमीसँग यहाँ छन्।
अय्यूब, आकाशमाथि हेर, माथि बादलाई हेर,
    त्यो तिमी भन्दा माथि छन्।
अय्यूब, यदि तिमीले पाप गर्यौ भने यसले परमेश्वरलाई घात पार्दैन।
    यदि तिमीले अपराधहरू गर्यौ भने त्यसले परमेश्वरलाई केही असर पार्दैन।
अनि अय्यूब, तिमी असल छौ भने त्यसले परमेश्वरलाई सहयोग गर्दैन्।
    परमेश्वरले तिमीदेखि केही पनि पाउनु हुन्न।
अय्यूब, तिमीले सु-कर्म अथवा कु-कर्म जे गर्छौ
त्यसले तिमी जस्तै अन्य मानिसहरूलाई प्रभाव पार्दछ।
    तर ती कर्महरूले परमेश्वरलाई सहयोग अथवा आघात केही पुर्याउँदैन।

“यदि दुष्ट मानिसहरूलाई नोक्सान परिरहेको छ भने तिनीहरू गुहारको लागि चिच्याउँछन।
    तिनीहरू शक्तिशाली मानिसहरूबाट बाँच्न गुहार माग्छन्।
10 तर ती दुष्ट मानिसहरू परमेश्वरलाई गुहार्दैनन्।
तिनीहरूले भन्ने छैनन् ‘परमेश्वर कहाँ हुनुहुन्छ जसले मलाई सृष्टि गर्नुभयो?
    परमेश्वर कहाँ हुनुहुन्छ? जब मानिसहरू दुःखमा पर्छन् परमेश्वरले तिनीहरूलाई सहायता गर्नुहुन्छ।’
11 परमेश्वरले हामीलाई चराचुरूङ्गी र जनावरहरू भन्दा ज्ञानी बनाउनु भयो।
    यसकारण उहाँ कहाँ हुनुहुन्छ?

12 “अथवा यदि ती दुष्टहरूले परमेश्वरलाई गुहार मागे भने,
परमेश्वरले तिनीहरूलाई जवाफ दिनु हुने छैन।
    किनभने तिनीहरू साह्रै घमण्डी छन्।
    अझ पनि तिनीहरू नै महत्वपूर्ण हौं भनेर सोच्दछन्।
13 यो सत्य हो, परमेश्वरले तिनीहरूका महत्वहीन विन्ती सुन्नु हुने छैन।
    सर्वशक्तिमान परमेश्वरले तिनीहरू प्रति ध्यानै दिनुहुने छैन।
14 यसकारण अय्यूब, परमेश्वरले तिमीलाई ध्यान दिनुहुन्न
    जब तिमी भन्दछौ कि उहाँलाई देखिनँ।
तिमी परमेश्वरको आगमनको आशा गरिरहेका छौ ताकि
    तिमी आफैं निर्दोष प्रमाण गर्न सक्छौ।

15 “अय्यूब, सोच कि परमेश्वरले दुष्ट मानिसहरूलाई दण्ड दिनु भएन,
    उसले सोच्दछ कि परमेश्वरले पापमाथि ध्यानै दिनु भएन।
16 यसकारण अय्यूबले आफ्नो महत्वहीन कुराहरू भनिरहे।
    अय्यूबले अझै महत्वपूर्ण मानिस जस्तो अभिनय गरिरहे। अय्यूबले के भनिरहेको छ त्यो उसले आफैं जान्दैन भनी बुझ्न सजिलै छ।”

36 एलीहू लगातार बोलिरह्यो। उसले भन्योः

“मसँग केही बेर धैर्यधारण गरी बस
    परमेश्वरसँग केही कुराहरू छन् जुन मसँग गर्न चाहनुहुन्छ।
म मेरो ज्ञान सबैजनासँग बाँड्छु।
    अनि म प्रमाण गर्छु कि मलाई बनाउनुहुने परमेश्वर धर्मी हुनुहुन्छ।
अय्यूब म सत्य कुरा भनिरहेछु।
    म के विषयमा भनिरहेछु त्यो म जान्दछु।

“परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ,
    तर उहाँले मानिसहरूलाई घृणा गर्नु हुन्न।
परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ
    तर उहाँ अत्यन्त ज्ञानी पनि हुनुहुन्छ।
परमेश्वरले दुष्ट मानिसहरूलाई बाँच्न दिनुहुन्न।
    परमेश्वरले सधैँ दीन-दुःखी मानिसहरूलाई समान व्यवहार गर्नुहुन्छ।
परमेश्वरले धर्मी मानिसहरूमाथि पहरा दिनु रोकिनु हुनेछैन।
    उहाँले राजाहरूलाई सिंहासनमा चीरकालको लागि राख्नु हुन्छ
    अनि तिनीहरूको उन्नति गराउनु हुन्छ।
यसैले मानिसहरू दण्डित भए भने,
    यदि तिनीहरू साङ्गलो र डोरीहरूले बाँधिए भने,
    अनि तिनीहरूले गरेका कर्महरूको विषयमा परमेश्वरले भन्नु हुनेछ।
परमेश्वरले तिनीहरूलाई भन्नु हुनेछ तिनीहरूले के गल्ती गरेका छन्,
    अनि तिनीहरूले अपराधहरूमा गर्व गर्छन।
10 परमेश्वरले तिनीहरूलाई उहाँले दिएको चेताउनी धैर्य साथ सुन्न वाध्य गराउनु हुनेछ।
    उहाँले तिनीहरूलाई गल्ती कर्महरू गर्न बन्द गर भन्नुहुनेछ।
11 यदि ती मानिसहरूले परमेश्वरको कुराप्रति ध्यान दिए,
र उहाँको आज्ञा पालन गरे परमेश्वरले तिनीहरूलाई सफल बनाउनु हुनेछ,
    अनि तिनीहरू सुखी जीवन बाँच्नेछन्।
12 तर तिनीहरूले परमेश्वरको आज्ञा पालन गरेनन् भने तिनीहरू ध्वंश हुने छन्।
    तिनीहरू मूर्खहरू जस्तै मर्नेछन्।

13 “मानिसहरू जसले परमेश्वरको पर्वाह गर्दैनन् तिनीहरू सधैँ रीस गर्छन्।
    परमेश्वरले तिनीहरूलाई दण्ड दिए तापनि तिनीहरू परमेश्वरलाई प्रार्थना गर्न अस्वीकार गर्छन्।
14 अपमानित जीवनदेखि थोकेकाहरू जस्तै
    तिनीहरू आफ्ना जवानीपन मै मर्छन्।
15 तर परमेश्वरले मानिसहरूलाई उहाँमाथि ध्यान दिओस् भनी चेतना दिनको लागि कष्ट दिनुहुन्छ।
    उहाँले तिनीहरूको कष्ट निवारण गरिदिनु हुन्छ।

16 “अय्यूब, परमेश्वरले तिमीलाई सहयोग गर्नु हुनेछ,
परमेश्वरले तिमीलाई सङ्कटहरूदेखि छुटकारा दिनुहुनेछ
    परमेश्वरले तिमीलाई जीवन सजिलो दिनुहुनेछ।
    परमेश्वरले तिम्रो टेबलमा प्रशस्त भोजनहरू राखिदिनु हुनेछ।
17 तर तिमी हैरान छौ कि तिमी दुष्ट भएको कारण परमेश्वर तिमीप्रति अन्यायी हुनु भएको छ।
तिमी खाली अदालत जान र न्याय माग्ने कुरा सोचिरहन्छौ।
18 तिम्रो रीसले परमेश्वरलाई खिसी गर्न तिमीलाई वहकाउन नदेऊ।
    सही बाटोबाट महा-प्रलोभनले तिमीलाई खिंच्न नदेऊ।
19 के तिम्रो चित्कारले अथवा तिम्रो अथक चेष्टाहरूले
    तिमीलाई कष्टबाट बाहिर निकाल्छ?
20 जो मानिसहरू राती भित्र लुक्न चाहन्छन यसर्थ तिनीहरूलाई भेट्नु रात आओस् भनी कामना गर्छन्।
    तिनीहरू सोच्छन् कि तिनीहरू परमेश्वरको आँखा छल्न सक्छन्।
21 अय्यूब, तिमीले धेरै कष्ट भोग्यौ।
    गल्ती नगर्नुको लागि होशियार बन, खराब कर्म नगर।

22 “हेर, परमेश्वरको शक्तिले उसलाई महान बनायो।
    परमेश्वर नै महान गुरू हुनुहुन्छ।
23 कसैले पनि परमेश्वरलाई के गर्नु पर्ने भनेर बताउनु पर्दैन।
    कसैले पनि परमेश्वरलाई ‘तपाईंले खराब काम गर्नु भयो’ भनी भन्न सक्तैन।
24 उहाँले गर्नुभएको कामको लागि उहाँको प्रशंसा गर्नु नभूल।
    मानिसहरूले परमेश्वरको प्रशंसा गर्दै धेरै गीतहरू लेखेका छन्।
25 परमेश्वरले के गर्नु भयो प्रत्येकले देख्न सक्छन्।
    धेरै टाढो देशका मानिसहरूले पनि ती कुराहरू देख्न सक्छन्।
26 हो, परमेश्वर महान् हुनुहुन्छ तर हामी उहाँको महानता बुझ्न सक्तैनौं।
    हामी जान्दैनौं कि परमेश्वर कहिले देखि हुनुहुन्छ।

27 “परमेश्वरले पृथ्वीबाट पानी लैजानु हुन्छ
    अनि यसलाई तुषारो र बर्षामा परिवर्तन गर्नुहुन्छ।
28 यसकारण बादलले पानी बर्षाउँछ
    अनि धेरै पानी मानिसहरूमाथि पर्छ।
29 परमेश्वरले आकाशमा बादल कसरी फैलाउनु हुन्छ
    अथवा मेघ कसरी गर्जाउनु हुन्छ, कसैले पनि बुझ्न सक्तैन।
30 हेर, परमेश्वरले पृथ्वीमाथि प्रकाश फैलाउनु भयो
    समुद्रको गहिरो भागसम्म ढाक्नु भयो।
31 मानिसहरूमाथि नियन्त्रण राख्न
    अनि तिनीहरूलाई प्रशस्त भोजन दिन परमेश्वरले यसो गर्नु हुन्छ।
32 परमेश्वरले उज्यालो आफ्नो हातमा अँठ्याउनु हुन्छ,
    र उहाँले जहाँ चाहनुहुन्छ त्यहाँ टाँसिने आदेश गर्नु हुन्छ।
33 आकाशको गर्जनले आँधी कहाँ आउदैछ सो बताउँछ।
    यसर्थ गाई वस्तुले पनि बुझ्छ कि आँधी-बेहरी कहाँ आउँदैछ।

37 “चट्याङ् र आँधिबेहरीले मलाई भयभीत पार्छ,
    छातीभित्र मुटु ढुक-ढुक गर्छ।
सबैले सुन! परमेश्वरको आवाज चट्याङ् जस्तो सुनिन्छ।
    परमेश्वरको मुखबाट आउने मेघ गर्जन सुन।
परमेश्वरले आकाशको वारपार आफ्नो बिजुली चम्काउनु हुन्छ
    अनि यसले सम्पूर्ण पृथ्वी नै चम्काउँछ।
बिजुली चम्केपछि परमेश्वरको गर्जन आवाज सुन्न सकिन्छ।
    परमेश्वर अद्भूत आवाजले गर्जनु हुन्छ।
जब बिजुली चम्कन्छ परमेश्वरको आवाज गर्जन्छ।
परमेश्वरको गर्जन आवाज चमत्कारमय हुन्छ।
    उहाँले महान कर्महरू गर्नु हुन्छ जुन हामी बुझ्न सक्तैनौं।
परमेश्वरले हिंऊलाई भन्नुहुन्छ,
    ‘पृथ्वीमा झर’
अनि परमेश्वरले बर्षालाई भन्नु हुन्छ,
    ‘पृथ्वीमाथि खनिईं।’
परमेश्वरले सृष्टी गर्नु भएका सबै मानिसहरूले,
उहाँले के गर्नु सक्नु हुन्छ थाहा गरून् भनी उहाँले
    त्यसो गर्नु हुन्छ, त्यो उहाँको प्रमाण हो।
जनावरहरू आ-आफ्ना ओडारतिर भाग्छन् अनि त्यहाँ बस्छन्।
भुँवरी दक्षिणबाट चल्छ।
    चिसो हावा उत्तरबाट आउँछ।
10 परमेश्वरको स्वासले वरफ बनाउँछ,
    अनि समुद्रहरू जमाउँछ।
11 परमेश्वरले बादलमा पानी भर्नुहुन्छ,
    अनि गर्जने मेघ फैलाउनु हुन्छ।
12 परमेश्वरले बादललाई पृथ्वी वरिपरि बहन आदेश दिनुहुन्छ।
    बादलहरूले परमेश्वरकै आज्ञा अनुसार काम गर्दछ।
13 बाढी ल्याई मानिसहरूलाई सजाय दिन
    अथवा पानी बर्षाई तिनीहरूमाथि प्रेम दर्शाउन परमेश्वरले बादल ल्याउनु हुन्छ।

14 “अय्यूब, एक मिनेट उभिएर सुन,
    परमेश्वरले गर्नु भएको ती अनौठा कुराहरू बारे सोच।
15 अय्यूब, के तिमी जान्दछौ परमेश्वरले कसरी बादललाई वशमा राख्नुहुन्छ?
    के तिमी जान्दछौ परमेश्वरले कसरी बिजुली चम्काउनुँ हुन्छ?
16 के तिमी जान्दछौ कसरी बादलहरू आकाशमा झुण्डिन्छन्?
    परमेश्वरले बनाउनु भएका अनौंठो सृजनाहरू मध्ये बादल खाली एकमात्र उदाहरण हो।
    अनि परमेश्वरले ती सबै कुराहरू विषयमा जान्नु हुन्छ।
17 तर अय्यूब, तिमीले ती कुराहरू जान्दैनौ।
जब तातो हावा दक्षिणबाट आउँदछ तिमीलाई पसिना आएर शरीरका लुगाहरू टाँसिन्छन्,
    अनि प्रत्येक चीज जस्ताको त्यस्तै शान्त रहनेछ।
18 अय्यूब, के तिमीले परमेश्वरलाई आकाश फैलाउन सहयोग गर्न सक्छौ,
    अनि यसलाई पित्तल जस्तो चम्काउन सक्छौ?

19 “अय्यूब, बताऊ हामीले परमेश्वरलाई के भन्नु पर्छ!
    तिम्रो अज्ञानताले गर्दा के भन्नु पर्ने हो हामी सोच्न सक्तैनौ।
20 म परमेश्वरलाई भन्ने छैन कि म उहाँसँग बोल्न चाहन्छु।
    त्यो ध्वंश गराई माग्नु बराबर हुनेछ।
21 एउटा मानिसले घाम हेर्न सक्तैन।
    बादलहरू हावाले उडाई लगिसके पछि यो आकाशमा अत्यन्त उज्यालो र चम्किलो हुन्छ।
22 अनि परमेश्वर पनि त्यस्तै हुनुहुन्छ।
    पवित्र पर्वतबाट परमेश्वरको सुनौलो महिमा चम्कन्छ परमेश्वरको वरिपरि त्यहाँ उज्यालो हुँदछ।
23 सर्वशक्तिमान परमेश्वर महान हुनुहुन्छ।
हामी परमेश्वरलाई बुझ्न सक्तैनौं।
    परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ, तर उहाँ हाम्रो लागि असल र उचित हुनुहुन्छ।
    परमेश्वरले हामीलाई घात पुर्याउन चाहनुहुन्न।
24 त्यसैकारण मानिसहरूले परमेश्वरलाई श्रद्धा गर्छन्।
    तर परमेश्वरले घमण्डी मानिसहरूलाई आदर गर्नुहुन्न,
    किनभने तिनीहरू आफैंलाई ज्ञानी ठान्दछन्।”

परमेश्वर अय्यूबसित बोल्नु हुन्छ

38 तब परमेश्वर भुँवरीबाट अय्यूबसित बोल्नु भयो। परमेश्वरले भन्नुभयोः

“त्यो अज्ञानी मानिस को हो?
    जसले यस्ता मूर्ख कुराहरू गरिरहेको छ।”
अय्यूब, कम्मर कस, मेरो प्रश्नको उत्तर दिनलाई तैयार बस।

“तिमी कहाँ थियौ[a] जब मैले पृथ्वी सृष्टि गरें?
    यदि तिमी यो जान्दछौ भने मलाई जवाफ देऊ।
यदि तिमी साह्रै चतुर छौ भने, संसार यति ठूलो हुनुपर्छ भनेर कसले निर्णय गर्यो?
    कसले संसारलाई नापजोख गर्यो?
पृथ्वीको आधारशिला के हो?
    कसले यसमा प्रथम ढुङ्गा राख्यो?
जब त्यसो गरियो, बिहान ताराहरूले एकैसाथ गाए
    अनि दूतहरू आनन्दले कराए।

“अय्यूब, जब समुद्र पृथ्वीमा गहिरोबाट बग्यो
    त्यसलाई रोक्न कसले द्वारहरू बन्द गर्यो?
त्यसबेला यसलाई मैले बादलहरूले ढाकें
    अनि अँध्यारोमा लपेटें।
10 मैले समुद्रको सीमा बाँधें
    अनि बन्द द्वारहरूको पछिल्तिर राखें।
11 मैले समुद्रलाई भनें, ‘तँ यतिसम्म आउन सक्छस, अरू बेढी होइनँ।
    यसरी तिम्रो अहंकारी छालहरू रोकिनेछ।’

12 “अय्यूब, के तिमीले आफ्नो जीवनमा कहिल्यै बिहानलाई शुरू हुने आज्ञा दिएको थियौ
    अथवा दिनलाई शुरू हुने आज्ञा गर्यौ?
13 अय्यूब, के तिमीले कहिले बिहानको उज्यालोलाई पृथ्वी समात भन्यौ
    अनि दुष्ट मानिसहरूलाई लुकेका ठाउँहरूमा भयभीत पार्यौ।
14 बिहानको उज्यालोले पहाडहरू
    र खाल्डाहरू देखिन सजिलो गराइदिन्छ
जब दिनको उज्यालो पृथ्वीमा आउँछ,
    ती ठाउँहरूका आकारहरू लुगाको मुजाहरू जस्तै हुन्छन्।
नरम माटोले टाँचाको मुनि आकार लिए जस्तै
    पृथ्वीले आकार धारण गर्छ।
15 दुष्ट मानिसहरूले उज्यालो मन पराउँदैनन्।
    किनभने जब उज्यालो फैलिन्छ ती दुष्ट मानिसहरूले खराब कर्म गर्न वाधा पाउँछन्।

16 “अय्यूब, तिमी कहिले समुद्रको गहिरो भागमा पुगेको छौ जहाँबाट समुद्र शुरू हुन्छ?
    तिमी कहिले समुद्रको सतहमा हिंडेकाछौं?
17 अय्यूब तिमीले मृत्युको कालो ठाउँमा डोर्याउने द्वारहरू कहिले देखेका छौ?
    तिमीले मृत्युलोकमा लैजाने द्वारहरू देखेका छौ?
18 अय्यूब, पृथ्वी कति विस्तृत छ के तिमी साँच्चै जान्दछौ?
    यदि तिमी यी सारा कुराहरू जान्दछौ भने मलाई भन।

19 “अय्यूब, प्रकाश कहाँबाट आउने गर्छ?
    अन्धकार कहाँबाट आउँछ?
20 अय्यूब, के तिमी प्रकाश र अन्धकार कहाँबाट आए तिनीहरू त्यतैतिर फर्काउनँ सक्छौ?
    के तिमी जान्दछौ कसरी त्यस ठाउँमा जान पर्छ?
21 निःसन्देह तिमी ती कुराहरू जान्दछौ अय्यूब, तिमी धेरै बृद्ध र ज्ञानी छौ।
    जब मैले ती कुराहरू बनाउदै थिए तिमी त्यहीं थियौ?

22 “अय्यूब, तिमी कहिले त्यो भण्डार भित्र गएका छौ
    जहाँ मैले हिऊँ र असिना राख्छु?
23 मैले हिऊँ र असिना सङ्कट र लडाइँ,
    युद्धको समयको लागि बचाएर राखेको छु।
24 तिमी त्यस ठाउँमा कहिले गएका छौ जहाँबाट घाम उदाउँछ
    र जहाँबाट पूर्वी हावा पृथ्वीमा बहन्छ?
25 अय्यूब, कसले आकाशमा हात्तीसुँढे पानी पार्न नहरहरू खने?
    कसले आँधी वेरी आउने बाटो बनाए?
26 कसले मानिसहरू नबस्ने ठाउँमा पानी पर्ने बनायो?
27 त्यो रित्तो ठाउँ पनि पानीले भूमिलाई प्रशस्त भिजाउँछ
    अनि घाँस उम्रन थाल्दछ।
28 के बर्षाको पिता छ
    जसले शीतका थोपाहरू उब्जाउँदछ?
29 के हिंऊको आमा छ?
    जसले असिनालाई जन्म दिन्छ?
30 पानी ढुङ्गा भन्दा पनि कडा हुन्छ
    अनि महासागरको सतह जम्छ।

31 “अय्यूब, के तिमी सप्तऋषि तारालाई बाँध्न सक्छौ?
    के तिमी मृगशीराको बन्धन खोल्न सक्छौ?
32 के तिमी ठीक समयमा ताराको झुण्डलाई प्रकट गराउन सक्छौ?
    अथवा के तिमी भालूको बच्चाहरूलाई[b] गुफाबाट निकाल्न सक्छौ?
33 के तिमीले आकाश नियन्त्रण गर्ने नियमहरू जान्दछौ?
    के तिमीले तिनीहरूलाई पृथ्वी शासन गर्ने बनाउन सक्छौ?

34 “अय्यूब के तिमी बादलाई चिच्याउन सक्छौ
    अनि आफूलाई पानीले छोप भनी आदेश दिन सक्छौ?
35 के तिमीले चट्याङलाई आदेश दिन सक्छौ?
    के यो तिम्रो छेउमा आएर भन्न सक्छ, ‘हामी यहाँ छौ, तपाईं के चाहनु हुन्छ महाशय?’
    के तिमी जहाँ चाहन्छौ बिजुलीलाई पठाउन सक्छौ?

36 “अय्यूब, मानिसहरूलाई ज्ञानी कसले बनायो?
    कसले ज्ञान तिनीहरूको हृदयमा पसायो?
37 त्यस्तो ज्ञान कस्को छ जसले बादल गन्न सक्छ
    अनि कसले डिम्का लगाएर बादलबाट पानी पार्न सक्छ?
38 यसैले धूलो हिलो बनिन्छ
    र मैला ढिकाहरू एकसाथ टाँसिन्छ।

39 “अय्यूब के तिमीले सिंहहरूको लागि भोजन पाउँछौ?
    के तिमी तिनीहरूका भोका बच्चाहरूलाई खुवाउन सक्छौ?
40 ती सिंहहरू आफ्ना गुफामा लुकीरहेका छन्।
    आफ्नो शिकारमाथि आक्रमण गर्न घाँसमाथि थ्याच्च बसी तयार भएका छन्।
41 जब त्यसका बच्चाहरू अति भोकाएर परमेश्वरलाई पुर्कादा,
    भोजनको खोजीमा डुलिरहेको कागलाई कसले खुवाउँछ?

39 “अय्यूब, के तिमी जान्दछौ घोरलहरू कहिले जन्मन्छन्?
    के तिमीले नियालेको छौ कहिले मृगले आफ्नो बच्चा ब्याउँछ?
के तिमी जान्दछौ कति महिनासम्म घोरलले र मृगले आफ्ना पेटमा बच्चाहरू बोकी हिँड्नु पर्छ?
    के तिमी जान्दछौ कति महिनामा तिनीहरूले ब्याउँछन्?
जब तिनीहरूलाई प्रसव वेदना हुन्छ
    तिनीहरू निहुरिन्छ र बच्चा ब्याउँछन्।
ती पाठाहरू खुल्ला मैदानमा खेल्दै हुर्किन्छन्।
    त्यसपछि तिनीहरूले आफ्ना आमाहरू छाड्दछन अनि कहिले फर्केर आउँदैनन्।

“अय्यूब, कसले जङ्गली गधाहरूलाई छाडी दियो?
    कसले तिनीहरूका डोरीहरू खोली दियो अनि कसले तिनीहरूलाई स्वतन्त्र गरे?
मैले ती जङ्गली गधाहरूलाई मरुभूमिमा घर भए झैं छोडिदिएँ।
    मैले तिनीहरूलाई बस्नको लागि नुन भएको ठाउँमा छोडिदिएँ।
जङ्गली गधाहरू होहल्लालाई घीन गर्छ
    अनि कसैले पनि तिनीहरूलाई नियन्त्रण गर्न सक्तैन।
जङ्गली गधाहरू पहाड पर्वत तिर बस्छन्
    त्यो तिनीहरूको चौउर नै हो
    जहाँ तिनीहरूले हरियो घाँस खोज्दछ।

“अय्यूब, के जङ्गली साँढेले तिम्रो सेवा गर्न राजी हुन्छ?
    के त्यो तिम्रो अन्न भण्डार हेरचाह गर्न राती बस्छ?
10 के एउटा जङ्गली साँढेले तिमीलाई गलामा डोरी बाँध्न दिन्छ
    ताकि तिमीले खेत जोत्न सक्छौ?
11 एउटा जङ्गली साँढे अति बलियो हुन्छ।
    तर तिम्रो काम गराउँनलाई त्यसमाथि विश्वास गर्न सक्छौ?
12 के खलाबाट धन उठाई ढुकुटीमा लान
    त्यो आउँछ भन्ने भरोसा गर्न सक्छौ?

13 “शतुरमुर्गा उत्तेजित भई आफ्ना पखेंटाहरू फरफराउँछ तर शतुरमुर्गा उड्न सक्तैन।
    यसको पखेंटाहरू र प्वाँखहरू साँरसको जस्तो हुँदैन।
14 शतुरमुर्गाले भूइँमा अण्डाहरू पार्दछ
    अनि बालुवामा न्यानो होस् भनि तिनीहरूलाई छोडिराख्छ।
15 शतुरमूर्गले कोही त्यसको फुलहरूमाथि हिँड्छ
    अथवा कुनै पशु त्यसमाथि हिडेर फुटाई देला भनि कुनै पर्वाह नै गर्दैन।
16 शतुरमूर्गले आफ्ना चल्लाहरूलाई
    आफ्नो होइन भने झैं त्याग्छे।
    त्यसले आफ्नो महत्वपूर्ण परिश्रमको कुनै पर्वाह नै गर्दिन।
17 किनभने मैले शतुरमूर्गलाई बुद्धि दिइनँ।
    शतुरमुर्गा लठेप्रो हुन्छ अनि त्यसलाई त्यस्तै लाटो बनाइदिएँ।
18 तर जब शतुरमूर्ग दगुर्नलाई उठ्छे, ऊ घोडा र घोड सवारलाई तुच्छ ठान्छ,
    किनभने ऊ कुनै पनि घोडा भन्दा छिटो दर्गुछ।

19 “अय्यूब के तिमीले घोडालाई बल दियौ?
    के तिमीले त्यसको घाँटीमाथि रौंहरू राख्यौ?
20 के तिमीले घोडालाई सलह जस्तो उफ्रेर टाढा जाने योग्य बनायौ?
    घोडा जोडले हिन्‌हिनाउँछ अनि मानिसहरूलाई त्रसित पार्दछन्।
21 घोडा खुशी हुन्छ किनभने त्यो बलियो छ।
    त्यसले आफ्नो खुट्टाले मैदानमा खोर्सिन्छ र युद्धभूमि तर्फ चाँडो दर्गुछ।
22 घोडाले डरको हाँसो उडाउँछ, त्यो डराउँदैन्।
    त्यो युद्धभूमिबाट चम्पट लाउँदैन।
23 काँडको तरकस त्यसको छेउमा धर्रर आवाज गर्छ
    र त्यहाँ भाला र हतियारहरू घाममा टल्किन्छन्।
24 घोडा एकदम उत्तेजित हुन्छ त्यो मैदानमा चाँडो दर्गुछ।
    जब त्यसले बिगुल बजेको सुन्दछ त्यो रोकिन सक्तैन।
25 जब बिगुलको आवाज गुन्जिन्छ घोडा कराउँछ,
    छिटो-छिटो उसले टाडैबाट युद्ध सुँध्ने गर्छ।
    उसको कप्तानहरूले कराउँदै दिएको आदेशहरू अनि युद्धभूमिका अन्य सबै आवाजहरू सुन्दछ।

26 “अय्यूब, के तिमीले बाजलाई पखेंटा फिंजाएर दक्षिणतर्फ उड्न सिकायौ?
27 के तिमीले गिद्धलाई आकाश माथि उड्न सिकायौ।
    के तिमीले त्यसलाई उच्च पर्वतहरूमा त्यसको गुँड बनाउन सिकायौ?
28 गिद्ध पर्वत र शिखरमा बस्दछ।
    चट्टान नै गिद्धको किल्ला हो।
29 गिद्धले आफ्नो शिकार उच्च किल्लाबाट नियाल्दछ।
    गिद्धले एकदम टाढामा भएको शिकार देख्न सक्छ।
30 जहाँ मरेका सिनुहरू हुन्छन त्यहाँ गिद्धहरू एकत्रित हुने गर्छन।
    अनि बच्चाहरूले रगत चुस्दछ।”

40 परमेश्वरले अय्यूबलाई जवाफ दिंदै भन्नुभयोः

“अय्यूब, तिमीले सर्वशक्तिमान परमेश्वरलाई दोषारोपण गरेका छौ।
    तिमीले गल्ती काम गर्यौ भनेर मलाई दोषी ठान्यौ।
    अब, त्यो मानिस जसले परमेश्वरलाई सही बनाउन चाहन्छ, मलाई जवाफ देऊ।”

तब अय्यूबले परमेश्वरलाई जवाफ दिंदै भनेः

“म तपाईंसित बात गर्ने अत्यन्तै तुच्छ हुँ।
    म तपाईंलाई के भन्न सक्छु?
म तपाईंलाई जवाफ दिन सक्तिनँ।
    म आफ्नो मुखमा हात राखी बस्नेछु।
मैले एकपल्ट बोलें, तर म फेरि बोल्ने छैन।
    मैले दुइपल्ट बोलें, तर अब म केही पनि बोल्ने छैन।”

तब फेरि तूफानबाट परमप्रभु परमेश्वर अय्यूबसित बोल्नुभयोः

“अय्यूब, आफैंलाई सम्हाल,
    अनि मैले सोधेको प्रश्नहरूको जवाफ दिन तयार होऊ।

“अय्यूब, के तिमी सोच्दछौ कि मैले अन्याय गरेको छु?
    तिमी भन्छौ कि गल्ती कामहरू गरेर म दोषी भएँ यसकारण तिमी निर्दोष भएर देखा पर्यौ।
के तिम्रो पाखुराहरू परमेश्वरको पाखुरा भन्दा बलियो छ?
    परमेश्वरको आवाज जस्तै तिम्रो आवाज छ जुन मेघ गर्जन जस्तो ध्वनि छ?
10 यदि तिमी परमेश्वर जस्तो छौ भने तब तिमी घमण्ड गर्न सक्दछौ।
    यदि तिमी परमेश्वर जस्तो छौ भने तब तिमीले महिमा र सम्मान लुगा जस्तै लगाउन सक्छौ।
11 यदि तिमी परमेश्वर जस्तै छौ भने तब तिमीले आफ्नो क्रोध देखाउनँ सक्छौ।
    ती घमण्डी मानिसहरूलाई सजाय दिन सक्छौ।
12 हो, अय्यूब! ती घमण्डी मानिसहरूलाई हेर अनि तिनीहरूलाई नम्र बनाऊ।
    ती दुष्ट मानिसहरूलाई जहाँ उभिएका छन् त्यहीं धूलो पारि देऊ।
13 सारा घमण्डी मानिसहरूलाई फोहोरमा गाडी देऊ।
    तिनीहरूको शरीरहरू बेरेर चिहानहरूमा राखी देऊ।
14 अय्यूब, यदि तिमीले यी सबै कुराहरू गर्न सक्छौ भने तब म पनि तिम्रो प्रशंसा गर्नेछु।
    अनि तिमीले आफ्नै शक्तिद्वारा आफैंलाई बचाउन सक्षम छौ भनेर म स्वीकार्नेछु।

15 “अय्यूब, जलगैंडा[c] लाई हेर।
    मैले जलगैंडा बनाएँ अनि मैले तिमीलाई बनाएँ।
    जलगैंडाले गाईले झैं घाँस खान्छ।
16 जलगैंडासँग शरीरमा एकदम ज्यादा ताकत छ।
    उसको भुँडीको मांसपेशीहरू एकदम शक्तिशाली छन।
17 जलगैंडाको पुच्छर देवदारको रूख जस्तै कडा छ।
    उसको खुट्टाको माँसपेशीहरू एकदम बलिया छन्।
18 जलगैंडाका हड्डीहरू पित्तल जस्ता दह्रिला छन्।
    उसको खुट्टाहरू फलामका बारहरू जस्ता छन्।
19 जलगैंडा एकदम अद्भूत जन्तु हो जसलाई मैले बनाएँ।
    तर म त्यसलाई पराजित गर्न सक्छु।
20 जलगैंडाले पशुहरू चर्ने पहाडहरूमा उम्रने
    घाँस खान्छ।
21 जलगैंडा कमलको उद्भिद् मुनि पल्टिन्छ।
    जलगैंडा झार पातको दलदलमा लुक्दछ।
22 कमल फूलको बोटले आफ्नो छाँयामा जलगैंडालाई लुकाउँदछ।
    त्यो नदीको छेउमा उम्रने लहरे रूखहरू मुनि बस्दछ।
23 यदि नदीमा बाढी आए जलगैंडा भाग्दैन।
    यदि यर्दन नदी उसको अनुहारमा परे पनि त्यो डराउँदैन।
24 कुनै मानिसले पनि जलगैंडालाई अंकुसे लगाई पक्रन सक्तैन
    अनि पासो लगाउन सक्तैन।

41 “अय्यूब, तिमीले वृहत जन्तुलाई माछा पक्रने बल्छीले समात्न सक्छौ?
    त्यसको जिब्रोमा डोरीले बाँध्न सक्छौ?
त्यसको नाकबाट तिमी डोरी छिराउन सक्छौ?
    अथवा बङ्गरामा बल्छी छिराउन सक्छौ?
के लेबीयथानले तिमीलाई ‘मलाई जान दिनुहोस्’ भनेर बिन्ती गर्नेछ?
    के ऊ तिमीसँग नम्र भाषामा बोल्ने छ?
के लेबीयथानले ‘तिम्रो सेवा सधैँ गर्छु’ भनेर
    समझौता र वाचा खाएको छ?
के तिमी चरा-चुरूङ्गीहरूसँग खेले जस्तो लेबीयथानसँग खेल्न सक्छौ?
    के तिमी ऊमाथि डोरी लगाउनेछौ ताकि तिम्रो नोकर्नी केटीहरू त्योसँग खेल्न सक्छे?
के जालहारीले तिमीदेखि लेबीयथान किन्ने कोशिश गर्नेछ?
    के तिनीहरूले त्यसलाई काटेर टुक्रा-टुक्रा पारेर व्यापारीहरूलाई बेच्छन्?
के तिमी लेबीयथानको छाला अथवा टाउको भित्र भालाहरू फ्याँक्न सक्छौ?

“अय्यूब, यदि तिमीले कहिले लेबीयथान माथि हात राखेकोछौ भने तिमीले फेरि त्यस्तो कहिल्यै गर्ने छैनौ।
    अब हुने युद्धको बारेमा बिचार गर।
के तिमीले लेबीयथानलाई पराजित गर्न सक्छु भनेर सोच्दछौ?
    ठीकै छ यसलाई भूल! त्यहाँ आशा छैन।
    खाली त्योतिर हेरी रहँदा तिमी भयभीत हुनेछौ।
10 कुनै मानिस पनि त्यस्तो वीर छैन्, जसले त्यसलाई उठाउँछ।
    र त्यसलाई रिस उठाउँछ।

“ठिक, त्यसरी नै मेरो विरूद्ध पनि कुनै मानिस उठ्न सक्तैन।
11 म कोहीसँग पनि ऋणी छैन।
    स्वर्ग मुनी भएका सबै कुराहरू मेरो हुन्।

12 “अय्यूब, म तिमीलाई लेबीयथानको खुट्टाहरू बारे बताउनेछु,
    उसको शक्ति अनि सुन्दर आकार बारेमा बताउनेछु।
13 कसैले पनि उसको छाला छेड्न सक्तैन।
    उसको छाला ढाल बराबर छ।
14 कसैले पनि लेबीयथानलाई जबरजस्ती गरेर मुख खोल्न सक्तैन।
    उसको मुखमा भएको दाँतहरूले नै मानिसहरूलाई तर्साउँछ।
15 त्यसको ढाड बलियो गरी जोडिएका
    ढालहरू झैं बलियो छ।
16 ती ढालहरू एकमाथि अर्को गर्दै यस्तो टाँसिएका छन्
    कि त्यसबाट हावासम्म छिर्न सक्तैन।
17 ढालहरू जोडिएका छन् तिनीहरू एकसाथ कस्सिएर समेटिएका छन्
    कि तिनीहरू तानिएर चुँडिन सक्तैनन्।
18 जब लेबीयथानले हाच्छियूँ काढ्छ यो आगो दन्केको ज्वाला जस्तो हुन्छ।
    उसको आँखाहरू प्रातःकालको ज्योति जस्तो हुन्छन।
19 आगोको अगुल्टोहरू बलेको जस्तै
    ज्वाला उसको मुखबाट बाहिर आउँदछ।
20 पानी उम्लिरहेको भाँडाबाट तातो वाफहरू निस्के जस्तो
    लेबीयथानको नाकबाट धुवाँ निस्कन्छ।
21 अनि आगोको झिल्काहरू मुखबाट उछिटिन्छ
    लेबीयथानको सासले कोईला जलाउँदछ।
22 लेबीयथानको घिच्रो साह्रै बलियो हुन्छ,
    विपदहरू त्यो देखि डराएर भाग्दछन्।
23 त्यसको छालामा कतै पनि नरम भाग हुँदैन
    त्यो फलाम जस्तो कडा हुन्छ।
24 लेबीयथानको मुटु ढुङ्गा जस्तो हुन्छ।
त्यससँग डर भनेको रत्तिभर हुँदैन।
    यो गह्रुँ पिंध्ने जाँतोको तल्लोपट्टिको ढुङ्गा जस्तो हुन्छ।
25 जब लेबीयथान उठ्छ, बलिष्ठ मानिसहरू पनि डराउँदछन्।
    जब लेबीयथानले पुच्छर हल्लाउँदछ तिनीहरू भाग्छन।
26 तरवार, भाला अनि झीरहरूले लेबीयथानलाई हिर्काइन्छ
    तर ती सबै उछिट्टिएर फर्किन्छन त्यस्ता हतियारहरूले त्यसलाई कतै आघात पुर्याउन सक्तैन।
27 लेबीयथानले पराल टुक्राए जस्तै सहजै फलाम भाँचिदिन्छ।
    त्यसले सडेको काठ जस्तै पित्तल भाँच्छ।
28 काँडले लेबीयथानलाई भगाउन सक्तैन।
    ढुङ्गाहरू पनि उसका निम्ति पराल झैं हुन्छन्।
29 जब काठको मुँग्रोले त्यसलाई हिर्काउछ त्यो यसलाई परालले छोए जस्तो अनुभव गर्छ
    त्यो हाँस्दछ जब मानिसहरूले त्यसमाथि भालाहरू बर्षाउँछन्।
30 लेबीयथानको भुँडीको छाला फुटेका माटाका भाँडाहरूको तीखो टुक्राहरू जस्ता हुन्छन।
    उसले हलोले झैं जमीन फुटाउँछ।
31 लेबीयथानले समुद्रको पानीलाई भाँडा उम्लिरहेको पानी झैं घोल्छ।
    त्यसले पानीका फोका भाँडामा उम्लिएको तेल जस्तै बनाउँछ।
32 जब लेबीयथान पौडिन्छ त्यसले आफू पछाडि बाटो छाड्दछ।
    त्यसले पानीलाई घोल्छ अनि आफू पछाडी सेतो फींज छोड्छ।
33 लेबीयथान जस्तो जनावर पृथ्वीमा छैन
    त्यो भयरहित बनाइएको प्राणी हो।
34 लेबीयथानले घमण्डी पशुहरूलाई तल हेर्दछ।
त्यो सारा जङ्गली जनावरहरू माथि राज गर्ने राजा हो।
    अनि म, परमेश्वरले, लेबीयथान सृष्टी गरें।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International