Print Page Options
Previous Prev Day Next DayNext

Bible in 90 Days

An intensive Bible reading plan that walks through the entire Bible in 90 days.
Duration: 88 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 इतिहास 35:16 - एज्रा 10:44

16 यसरी त्यस दिन राजा योशियाहले आदेश गरे अनुसार परमप्रभुको आराधनाका निम्ति हरेक कुरा गरिए। निस्तार चाड मनाइयो अनि परमप्रभुको वेदीमा होम-बलिहरू अर्पण गरिए। 17 इस्राएलका मानिसहरूले, जो त्यहाँ थिए, निस्तार चाड अनि अखमीरे रोटीको चाड सात दिन सम्म मनाए। 18 निस्तार चाड, अगमवक्ता शमूएलको समय देखि यता यस्तो प्रकारले इस्राएलमा मनाइएको थिएन। इस्राएलका कुनै पनि राजाहरूले यो जस्तो निस्तार चाड कहिले मनाएका थिएनन्। राजा योशियाह, पूजाहारीहरू, लेवीहरू अनि यहूदा र इस्राएलका मानिसहरूले जो त्यहाँ थिए यरूशलेमका सबै मानिसहरू साथ अत्यन्त विशेष रूपले निस्तार चाड मनाए। 19 तिनीहरूले यो निस्तार चाड योशियाहको शासन कालको अठाह्रौं बर्षमा मनाए।

योशियाहको मृत्यु

20 योशियाहले मन्दिरका निम्ति ती सबै असल कुराहरू गरे। पछि, मिश्र देशका राजा नेको यूफ्रेटिस नदीको कर्कमीश शहर विरूद्ध लडाईं गर्न सेना लिएर आए। राजा योशियाह नेको विरूद्ध लड्न गए। 21 तर नेकोले योशियाह कहाँ दूतहरू पठाए।

तिनीहरूले भने, “राजा योशियाह, यो युद्ध तपाईंको समस्या होइन। म तपाईंको विरूद्ध लड्न आएको होइन्। म मेरा शत्रुहरू सित लड्न आएको हुँ। परमेश्वरले मलाई चाँडो गर भन्नु भयो। परमेश्वर मेरो पक्षमा हुनुहुन्छ, यसर्थ मलाई दिकदारी नगर्नुहोस्। यदि तपाईंले म विरूद्ध लडाई गर्नु भयो भने, परमेश्वरले तपाईंलाई नष्ट गर्नु हुनेछ।”

22 तर योशियाह हटेनन्। तिनले नेकोसित लड्ने निश्चय गरे, यसर्थ तिनले आफ्नो रूप बद्ले अनि लडाईं लड्न गए। योशियाहले परमेश्वरको आदेशबारे नेकोले भनेका कुरा सुनेनन्। 23 योशियाह युद्धमा भएको बेला काँढले लाग्यो। तिनले आफ्ना सेवकहरूलाई भने, “मलाई यहाँबाट लैजाऊ, म नराम्रो रूपले घाइते भएकोछु।”

24 यसर्थ सेवकहरूले योशियाहलाई तिनको रथबाट बाहिर निकाले अनि तिनलाई तिनले आफूसित लडाईमा ल्याएको अर्को रथमा हाले। तब तिनीहरूले योशियाहलाई यरूशलेम लगे। राजा योशियाहको यरूशलेममा मृत्यु भयो। योशियाहलाई त्यो चिहानमा गाडियो जहाँ तिनका पुर्खाहरूलाई गाडिएका थिए। यहूदा अनि यरूशलेमका समस्त, मानिसहरू अति दुःखीत थिए किनभने योशियाहको मृत्यु भएको थियो। 25 यिर्मयाहले योशियाहका निम्ति केही शोक-गीतहरू लेखे अनि गाए। अनि पुरूष एवं स्त्री गायकहरू आज सम्म ती शोक-गीतहरू गाउँदै छन्। यो इस्राएलका मानिसहरूले सदैव गर्ने केही कुरा बन्यो-तिनीहरू योशियाहका निम्ति शोक-गीत गाउँछन्। ती गीहरू शोक-गीतहरू नाउँको पुस्तकमा लेखिएका छन्।

26-27 योशियाहले तिनी राजा हुँदा आफ्नो शासनकालको शुरू देखि अन्त सम्म गरेका सबै अन्य कुराहरू इस्राएल अनि यहूदाका राजाहरूको इतिहास नाउँको पुस्तकमा लेखिएका छन्। त्यो पुस्तकले परमप्रभु प्रति तिनको भक्ति अनि तिनले परमप्रभुको व्यवस्था कसरी पालन गरे सो देखाउँदछ।

यहोआहाज यहूदाका राजा

36 यहूदाका मानिसहरूले यहोआहाजलाई यरूशलेममा नयाँ राजा हुनका लागि चुने। यहोआहाज योशियाहका छोरा थिए। यहोआहाज तेईस बर्षका थिए जब तिनी यहूदाका राजा भए। तिनी यरूशलेममा तीन महीनासम्म राजा थिए। तब मिश्र देशका राजा नेकोले यहोआहाजलाई कैदी बनाए। नेकोले यहूदाका मानिसहरूलाई 100 तोडा चाँदी अनि एक तोडा सुन दण्डको रूपमा तिर्न लगाए। नेकोले यहोआहाजका भाइलाई यहूदा अनि यरूशलेमका नयाँ राजा हुन भनी चुने। यहोआहाजका भाइको नाउँ एल्याकीम थियो। तब नेकोले एल्याकीमलाई नयाँ नाउँ दिए। तिनले उसको नाउँ यहोयाकीम राखे। तर नेकोले यहोआहाजलाई मिश्र देश लगे।

यहोयाकीम यहूदाका राजा

यहोयाकीम पच्चीस बर्षका थिए जब तिनी यहूदाका नयाँ राजा भए। तिनी यरूशलेममा एघार बर्षसम्म राजा रहे। यहोयाकीमले ती कुराहरू गरेनन् जो परमप्रभुले तिनीद्वारा गरिएका चाहनु हुन्थ्यो। तिनले परमप्रभु तिनका परमेश्वरको विरूद्ध पाप गरे।

बाबेलका राजा नबूकदनेस्सरले यहूदा माथि आक्रमण गरे तिनले यहोयाकीमलाई कैदगरे अनि काँसाका साङ्गलाहरूले बाँधे। तब नबूकदनेस्सरले राजा यहोयाकीमलाई बाबेलमा लगे। नबूकदनेस्सरले परमप्रभुको मन्दिरबाट केही चीज-बीजहरू लगे। तिनले ती चीज-बीजहरू बाबेल लगे अनि तिनीहरूलाई तिनले आफ्नै निवास स्थानमा राखे। अन्य कुराहरू जो यहोयाकीमले गरे, भयानका पाप जो तिनले गरे अनि ती हरेक कुरा जो गरेकोमा तिनी दोषी छन्, यी सबै कुराहरू इस्राएल अनि यहूदाका राजाहरूका इतिहास नाउँका पुस्तकमा लेखिएका छन्। यहोयाकीन यहोयाकीमका स्थानमा नयाँ राजा भए। यहोयाकीन यहोयाकीमका छोरा थिए।

यहोयाकीन यहूदाका राजा

यहोयाकीन अठाह्र बर्ष उमेरको हुँदा तिनी यहूदाका राजा भए। तिनी तीन महीना दशदिनसम्म यरूशलेममा राजा रहे। यहोयाकीनले परमप्रभुको विरूद्ध पाप गरे। 10 बसन्तकालमा राजा नबूकदनेस्सरले यहोयाकीनलाई ल्याउनु भनी केही सेवकहरू पठाए। तिनीहरूले यहोयाकीनलाई अनि परमप्रभुको मन्दिरबाट केही मूल्यवान सम्पत्तिहरू बाबेलमा ल्याए। नबूकदनेसरले सिदकियाहलाई यहूदा अनि यरूशलेमका नयाँ राजा हुन चुने। सिदकियाह यहोयाकीनका एक आफन्त थिए।

सिदकियाह यहूदाका राजा

11 सिदकियाह एक्काईस बर्षका थिए जब तिनी यहूदाका राजा भए। तिनी एघार बर्षसम्म यरूशलेममा राजा थिए। 12 सिदकियाहले ती कुराहरू गरेनन् जो परमप्रभुले तिनीद्वारा गरिएका चाहनु हुन्थ्यो। सिदकियाहले परमप्रभुको विरूद्ध पाप गरे। अगमवक्ता यर्मियाले परमप्रभुबाट प्राप्त भएका संन्देशहरू भने। तर सिदकियाहले स्वयंलाई विनम्र तुल्याएनन् अनि यर्मियाले भनेका कुराहरू पालन गरेनन्।

यरूशलेम ध्वंश भयो

13 सिदकियाह राजा नबूकदनेस्सरको विरूद्ध गए। अतीतकालमा नबूकदनेस्सरले सिदकियालाई नबूकदनेसर प्रती विश्वासी रहनु भनी प्रतिज्ञा गर्न वाध्य तुल्याएका थिए। सिदकियाहले परमेश्वरको नाउँ लिए अनि नबूकदनेसर प्रति विश्वासी रहने प्रतिज्ञा गरे। तर सिदकियाह ढीट थिए अनि तिनले आफ्नो जीवन बद्लने एवं फर्केर आउने इस्राएलका परमप्रभु परमेश्वरको आज्ञा पालन गर्ने कुरा अस्वीकार गरे। 14 पूजाहारीहरूका अगुवाहरू अनि यहूदाका मानिसहरूका प्रमुखहरूले पनि धेरै पापहरू गरे अनि परमप्रभु प्रति झन बढ्ता अविश्वसनीय बने। तिनीहरूले अन्य राष्ट्रहरूका नराम्रा उदाहरण अनुशरण गरे। ती अगुवाहरूले परमप्रभुको मन्दिरलाई अशुद्ध पारे। परमप्रभुले यरूशलेममा मन्दिरलाई पवित्र तुल्याउनु भएको थियो। 15 परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरले आफ्ना मानिसहरूलाई चेताउनी दिनका निम्ति बारम्बार अगमवक्ताहरू पठाउनु भयो। परमप्रभुले यसो गर्नु भयो किनभने उहाँ तिनीहरू अनि आफ्ना मन्दिर प्रति दुःखीत हुनुहुन्थ्यो। परमप्रभु तिनीहरूलाई वा आफ्ना मन्दिरलाई नष्ट गर्न चाहनु हुन्न थियो। 16 तर परमेश्वरका मानिसहरूले परमेश्वरका अगमवक्ताहरूलाई हाँसोका पात्र बनाए। तिनीहरूले परमेश्वरका अगमवक्ताहरूका कुरा सुन्न अस्वीकार गरे। तिनीहरूले परमेश्वरका संन्देशहरूलाई तिरस्कार गरे। यसकारण परमेश्वर आफ्ना मानिसहरू प्रति क्रोधित हुनुभयो अनि त्यसलाई रोक्नका निम्ति केही थिएन। 17 यसर्थ परमेश्वरले बाबेलका राजालाई यहूदा अनि यरूशलेमका मानिसहरू माथि आक्रमण गर्न निम्ति ल्याउनु भयो। बाबेलका राजाले युवाहरूलाई मन्दिरमा भएको समयमा पनि मारिदिए। यहूदा अनि यरूशलेमका मानिसहरू प्रति तिनको केही दया-माया थिएन। बाबेलका राजाले युवा अनि बृद्ध मानिसहरूलाई मारे। तिनले पुरूष अनि स्त्रीहरूलाई मारे। तिनले रोगी अनि स्वस्थ्य मानिसहरूलाई मारे। परमेश्वरले यहूदा अनि यरूशलेमका मानिसहरू दण्ड दिनु नबूकदनेसरलाई अनुमति दिन भयो। 18 नबूकदनेस्सरले परमेश्वरको मन्दिरका सबै चीज-बीजहरू चाहे त्यो ठूलो होस् वा सानो होस् बाबेलतिर लगे। तिनले मन्दिरबाट, राजाबाट अनि राजाका अधिकारीहरूबाट सबै मूल्यवान चीजहरू लगे। 19 नबूकदनेस्सर अनि तिनका सेनाले परमेश्वरको मन्दिर जलाई दिए। तिनीहरूले यरूशलेमको पर्खालहरू भत्काए अनि राजाको महल अनि उसका अधिकरीहरूका भवनहरू जलाईदिए। तिनीहरूले यरूशलेमको प्रत्येक बहूमुल्य चीजहरू लगे अथवा नष्ट गरिदिए। 20 नबूकदनेसरले ती मानिसहरूलाई बाबेल फर्काइ लगे जो अझ जीवित थिए अनि तिनीहरूलाई दास हुन बाध्य तुल्याए। ती मानिसहरू फारस राज्यले बाबेल राज्यलाई परास्त नगरे सम्म दासको रूपमा बाबेलमा बसे। 21 यस प्रकारले यर्मिया अगमवक्ताको माध्यमबाट परमप्रभुले इस्राएलका मानिसहरू प्रति भन्नु भएका कुराहरू साँच्चै घट्न गयो। परमप्रभुले यर्मियाद्वारा भन्नु भएको थियोः “यो स्थान सत्तरी बर्षसम्म शून्य उजाड भूमि रहनेछ। यो शबात विश्रामको क्षति पूर्तिको रूपमा हुनेछ जो मानिसहरूले गरेनन्।”

22 कोरेस फारसको राजा रहेको पहिलो बर्ष परमप्रभुले कोरेसलाई विशेष घोषणा गर्न लगाउनु भयो। उहाँले यसो गर्नु भयो जसद्वारा परमप्रभुले यिर्मयाह अगमवक्ता मार्फत दिनु भएका वचनका कुराहरू साँच्चै नै घटित् हुने छन्। कोरेसले आफ्नो राज्यका हरेक स्थानमा संन्देशवाहकहरू पठाए। तिनीहरूले यो संन्देश बोकेः

23 कोरेस, फारसका राजा भन्छन्:

“परमप्रभु, स्वर्गका परमेश्वरले मलाई सम्पूर्ण पृथ्वीको राजा बनाउनु भएको छ। उहाँले मलाई उहाँका निम्ति यरूशलेममा एउटा मन्दिर निर्माण गर्ने जिम्मा दिनु भएको छ। अब तिमीहरू सबै, जो परमेश्वरका मानिसहरू हौ, यरूशलेममा जानका निम्ति स्वतन्त्र छौ। अनि परमप्रभु तिम्रा परमेश्वर तिमीहरू साथ रहुन्।”

कोरसले कैदिहरूलाई फर्कनमा मद्दत गरे

फारस देशमा कोरेस राजाले साशन गरेको प्रथम बर्षमा[a] अगमवक्ता यर्मियाहद्वारा बोलिएको परमप्रभुको वचन पूर्ण गर्नका निम्ति परमप्रभुले फारसका राजा कोरेसलाई उनको राज्य भरि घोषणा गर्ने प्रेरणा दिनु भयो। कोरेसले त्यो घोषणा लेखे अनि आफ्नो राज्य को सबै स्थानमा पढिदिए। त्यसमा यो भनिएको थियोः

“फारसका राजा कोरेस यो भन्नुहुन्छः

परमप्रभु, स्वर्गका परमेश्वरले पृथ्वीका सम्पूर्ण राज्यहरू मलाई दिनु भएको छ, अनि उहाँले यहूदाका यरूशलेममा उहाँको निम्ति एक मन्दिर निर्माण गर्न मलाई नियुक्त गर्नु भएको छ। उहाँका समस्त मानिसहरू मध्ये को तिमीहरूसित छन? तिनीहरूका परमेश्वर तिनीहरूका साथ रहुन्। अनि परमप्रभु, इस्राएलका परमेश्वर, जो परमेश्वर यरूशलेममा रहनुहुन्छ र उहाँको मन्दिर निर्माण गर्न यहूदाको मानिसहरू यरूशलेममा जान सक्छन्। जो यहूदाहरू बस्ने सबै भूमिहरूमा बस्छन् जो फर्किएर आए तिनीहरूलाई सुन र चाँदी, सामाग्री अनि पशुहरू इच्छा अनुसारका भेटीहरू दिएर यरूशलेममा परमेश्वरको मन्दिर निर्माको निम्ति सहायता गरोस्।”

तब यहूदा अनि बिन्यामिन कुलका अगुवाहरू अनि पूजाहारीहरू र लेवीहरू जानलाई तयार भए। प्रत्येक व्यक्तिलाई परमेश्वरले यरूशलेममा परमप्रभु को मन्दिर निर्माण गर्न जानको निम्ति प्रेरणा दिनु भयो। तिनीहरू का समस्त छिमेकीहरूले चाँदीद्वारा निर्मित वस्तुहरू, सुन, माल-सामान अनि पशु-प्राणिहरूको साथै मूल्यवान भेटीहरू सहित सबै किसिमका स्वेच्छिक अर्पणहरू प्रदान गरेर तिनीहरूलाई सहयोग गरे। राजा कोरेसले परमप्रभुको मन्दिरका ती भाँडा-वर्त्तनहरू पनि ल्याए जो नबूकदनेसरले यरूशलेमबाट लगेका थिए। अनि आफ्ना देवताहरू को मन्दिरमा राखेका थिए। फारसका राजा कोरेसले ती सामान कोषाध्यक्ष मिथ्रेदयलाई सुम्पिदिए। अनि मिथ्रेदयले यहूदाका राजकुमार शेशबस्सरको निम्ति गन्ती गरिदिए।

यो तिनीहरूले परमेश्वरको मन्दिरमा ल्याएको सामानको विवरण थियोः सुनका 30 वटा बटुकाहरू, चाँदीका 1,000 वटा बटुकाहरू, 29 वटा छुरीहरू, 10 सुनका 30 वटा सानो बटुकाहरू, अन्य स-साना 410 वटा चाँदीका बटुकाहरू, अन्य 1,000 वटा भाँडाहरू।

11 त्यहाँ जम्मा 5,400 सुन अनि चाँदीका वस्तुहरू थिए। शेशबस्सरले यी सबै चीज-बीजहरू बाबेलवाट कैदीहरूलाई यरूशलेममा ल्याउँदा ल्याएका थिए।

फर्कि आएका कैदिहरूको सूची

त्यस प्रदेशका यी मानिसहरू कैदबाट फर्केका थिए। जसलाई बाबेलका राजा नबूकदनेस्सरले कैदी बनाएर बाबेलमा लगेका थिए। तिनीहरू प्रत्येक आफ्नै शहर यरूशलेम अनि यहूदामा फर्किए। यी मानिसहरू ती हुन्: यरूबाबेल, येहूअ, नहेम्याह, सरायाह, रेलायाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्बै अनि रहूम अनि बानाह। साथ थिए। इस्राएलीहरू जो एक साथ फर्कि आएका थिए ती पुरूषहरूको नामको सूची यही होः

परोशका सन्तानहरू2,172
शपत्याहका सन्तानहरू372
आरहका सन्तानहरू775
पहत-मोआबका सन्तानहरू येशूअ अनि योआब परिवारबाट2,812
एलामका सन्तानहरू1,254
जत्तू का सन्तानहरू945
जक्कैका सन्तानहरू760
10 बानीका सन्तानहरू642
11 बेबैका सन्तानहरू623
12 अज्गादका सन्तानहरू1,222
13 अदोनीकामका सन्तानहरू666
14 बिग्गैका सन्तानहरू2,056
15 आदीनका सन्तानहरू454
16 आतेरका सन्तानहरू हिजकियाका परिवारबाट98
17 बेजैका सन्तानहरू323
18 योराका सन्तानहरू112
19 हाशूमका सन्तानहरू223
20 गिब्बारका सन्तानहरू95
21 बेतलेहेमका सन्तानहरू123
22 नतोपाहका मानिसहरू56
23 अनातोतका मानिसहरू128
24 बेत-अज्माबेतका मानिसहरू42
25 किर्यात-आरीम, कपीरा अनि बेरोतका मानिसहरू743
26 रामा अनि गिबा शहरका मानिसहरू621
27 मिक्मासका मानिसहरू122
28 बेतेल अनि ऐका मानिसहरू223
29 नेबोका मानिसहरू52
30 मग्बीशका मानिसहरू156
31 अर्कोशहर एलाम का मानिसहरू1,254
32 हारीम शहरका मानिसहरू320
33 लोब, हादीद अनि ओनो का मानिसहरू725
34 यरीहो का मानिसहरू345
35 सेनाह शहरका मानिसहरू3,630

36 यी पूजाहारीहरूः

यदायाहका सन्तानहरू योशूअका घरबाट973
37 इम्मेरका सन्तानहरू1,052
38 पहशूरका सन्तानहरू1,247
39 हारीमका सन्तानहरू1,017

40 लेवीहरूः

येशूअ अनि कदमीएलका होदबियाहका सन्तानहरू74

41 गायकहरूः

आसापका सन्तानहरू128

42 मन्दिरका द्वारपालहरूका सन्तानः

शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता, अनि शोबैका सन्तानहरू।139

43 यिनीहरू मन्दिरका सेवकहरूः

सीहाका सन्तान, हसूपका सन्तान र तब्बाओतका सन्तानहरू।

44 केरोसका सन्तान, सीआका सन्तान र पादोनका सन्तानहरू।

45 लबानका सन्तान, हगाबाका सन्तान र अक्कूबका सन्तानहरू।

46 हागाबका सन्तान, शल्मैका सन्तान र हानानका सन्तानहरू।

47 गिदूदेलका सन्तान, गहरका सन्तान र रायाका सन्तानहरू।

48 रसीनका सन्तान, नकोदका सन्तान र गज्जामका सन्तानहरू।

49 उज्जाका सन्तान, पासेदका सन्तान र बेसैका सन्तानहरू।

50 अस्नाका सन्तान, मेनिमका सन्तान र नोपिसीमका सन्तानहरू।

51 बक्बूकका सन्तान, हकूपाका सन्तान र हर्हुरका सन्तानहरू।

52 बस्लूतका सन्तान, महीदका सन्तान र हर्शाका सन्तानहरू।

53 बर्कोसका सन्तान, सीसराका सन्तान र तेमहका सन्तानहरू।

54 नसीहका सन्तान अनि हतीपाका सन्तानहरू।

55 सुलेमानका सेवकहरूका सन्तानहरूः

सोतैका सन्तान र हस्सोपेरेतका सन्तान अनि परूदाका सन्तानहरू।

56 यालाका सन्तान, दर्कोनका सन्तान र गिददेलाका सन्तानहरू।

57 शपत्याहका सन्तान, हत्तीलका सन्तान र पोकरेत हसबायीमका सन्तान अनि आमीका सन्तानहरू

58 समस्त मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूको संख्या 392 थियो।

59 निम्न लिखित मानिसहरू तेल-मेलह, तेल-हर्शा, करूब, आदान अनि एम्मेर शहरहरूबाट यरूशलेममा आएका हुन्, तर तिनीहरूका आफ्ना परिवार अनि छोरा-छोरीहरू इस्राएलका थिए भनी प्रमाण दिन सकेनन्।

60 दलायाहका सन्तान, तोबियाहका सन्तान, अनि नकोदका सन्तानहरू652

61 अनि पूजाहारीहरूका परिवारः

हबायाहका, सन्तानहरू, हक्कोसका सन्तान अनि बर्जिलैका सन्तानबाट (एक व्यक्ति जसले गिलादी बर्जिलैका छोरीलाई विवाह गरेका थिए, अनि तिनीहरू कै नाउँद्वारा सम्बोधन गरिथ्यो।)

62 यी मानिसहरूले तिनीहरूको परिवारिक इतिहास खोजे तर तिनीहरूले पाउन सकेनन्। यसैकारणले तिनीहरूले पूजाहरीगिरी हुनबाट अशुद्ध झैं निकालिदिए। 63 राज्यपालले तिनीहरूलाई भने कि जब सम्म ऊरीम अनि तुम्मिम उपयोग गर्न सक्ने पूजाहारी त्यहाँ हुँदैन। कुनै पनि महा-पवित्र चीज तिनीहरूले खान सक्ने छैनन्।

64-65 जन समुहका तिनीहरूका सेवक सेविकाहरू 7,337 पुरूष सेवक अनि स्त्री सेविकाहरू बाहेक जम्मा 42,360 मानिसहरू थिए। अनि तिनीहरू सित 200 पुरूष र स्त्री गायक-गायिकाहरू पनि थिए। 66-67 तिनीहरूका। 736 घोडाहरू, 245 खच्चरहरू, 435 ऊँटहरू अनि 6,720 गधाहरू थिए।

68 सन्तानका केहि अगुवाहरू, जब यरूशलेम मा परमप्रभुको मन्दिरमा आइपुगे। त्यो स्थानमा परमेश्वर को मन्दिरलाई पुनःर्निर्माण गर्न स्वेच्छाले भेटीहरू प्रदान गरे। 69 तिनीहरूको योग्यतानुसार तिनीहरूले, यस कार्यका निम्ति कोष-भण्डारलाई 500 किलो ग्राम सुन, 3,000 किलो ग्राम चाँदी, अनि पूजाहारीको निम्ती 100 अङ्ग वस्त्रहरू दिए।

70 पूजाहारीहरू, लेवीहरू, केहि अन्य मानिसहरू, गवैयाहरू, द्वारपालहरू अनि मन्दिरका सेवकहरू आफ्ना शहरहरूमा बस्थे अनि सबै इस्राएलीहरू आफ्ना शहरहरूमा बस्थे।

वेदीको पुर्नस्थापना

जब सातौं महीना आयो अनि इस्राएलका मानिसहरू तिनीहरूको शहरहरूमा थिए, समस्त मानिसहरू यरूशलेममा एकै साथ भेला भए। योसादाकको छोरा येशूअ अनि तिनका सँगी पूजाहारी र शालतीएलका छोरा यरूबाबेल अनि तिनका मानिसहरूले इस्राएलका परमेश्वरको बेदी पुनःर्निर्माण गर्न शुरू गरे, जसमा कि तिनीहरूले, परमेश्वरका मानिस मोशाको निर्देशनमा लेखिए जस्तै गरी त्यसमा होमबलिहरूको बलिदान अर्पण गर्न सकुन्।

तिनीहरूले त्यो वेदी त्यसको खास घडेरीमा निर्माण गरे किनभने तिनीहरू आफ्ना वरिपरिका मानिसहरूसित डराएका थिए। अनि तिनीहरूले त्यसमा विहान बेलुकी दुवै पटक अर्पणहरू होमबलिहरू अर्पण गरे। तब तिनीहरूले छाप्रो बासको चाड नियममा लेखिए अनुसार मनाए। तिनीहरूले चाडको प्रत्येक दिनको निम्ति आवश्यक अनुसार ठीक संख्यामा होमबलि अर्पण गरे। अनि त्यसपछि तिनीहरूले नियमित होमबलिहरू र तोकिएका दिनमा परमप्रभुका तोकिएका सबै पवित्र उत्सवका निम्ति अर्पणहरू चढाए। अनि तिनीहरूले परमप्रभुलाई स्वेच्छाले बलिदानहरू अर्पण गरे। सातौं महिनाको पहिलोदिन परमप्रभुलाई होमबलि चढाउन शुरू गरे।

मन्दिरको पुनःर्निर्माण

यद्यपि तिनीहरूले त्यसबेला सम्म परमप्रभुको मन्दिरको जग बसाएका थिएनन्। तब तिनीहरूले (मानिसहरू जो फर्की आएका थिए) डकर्मीहरूलाई सिकर्मीहरूलाई पैसा दिए भोजन, पिउने पदार्थ अनि भद्राक्षेको तेल सीदोन र सोरका मानिसहरूलाई दिए जसद्वार तिनीहरूले लबानोन समुद्रद्वारा योप्पामा देवदारका मूढाहरू ल्याउनेछन्। फारसका राजा कोरेसको अनुमति लिएर यसो गरियो।

दोस्रो बर्षको दोस्रो महिनामा शालतीएलका छोरा यरूबाबेल अनि योशादाकका छोरा येशूअले आफ्ना अन्य मानिसहरू, पूजाहारीहरू, लेवीहरू कैदबाट यरूशलेममा परमप्रभुको मन्दिरमा आए पछि यरूशलेम आउनेहरूले एकसाथ काम शुरू गरे। परमप्रभुको मन्दिर निर्माण कार्यको निरीक्षकको रूपमा काम गर्नका निम्ति 20 बर्ष अधिक उमेरका लेवीहरूलाई नियुक्त गरे। येशूअ, तिनका छोराहरू अनि तिनका दाज्यू-भाइहरू, कदमीएल अनि तिनका छोराहरू (यहूदाका सन्तानहरू) बिन्नूई होदबियाहका छोराहरू अनि नातीहरू र तिनीहरूका भाइहरू-लेवीहरूसँग परमेश्वको मन्दिरमा काम गर्नेहरूको निरक्षण गर्न सहमत भए। 10 जब निर्माणकर्त्ताहरूले परमप्रभुको मन्दिरको जग बसाए तब पूजाहारीहरूले आफ्ना विशेष वस्त्र लगाएर हातमा तुरही लिए अनि लेवीहरूले आफ्ना झ्याम्टाहरूको साथ, इस्राएलका राजा दाऊदको निर्देश अनुसार परमप्रभुको स्तुति गर्न आफ्नो स्थान ग्रहन गरे। 11 आनि तिनीहरूले प्रत्युत्तर गीतहरू, स्तुतिगीत अनि परमप्रभुको स्तुति गरे:

“किनभने, उहाँ भलो हुनुहुन्छ।
    किनभने इस्राएलप्रति उहाँको विश्वासमय प्रेम सदा-सर्वदा रहिरहन्छ।”

अनि समस्त मानिसहरू परमप्रभुको स्तुति गर्न जोडले कराए, किनभने परमप्रभुको मन्दिरको जग बसालिएको थियो।

12 अनि धेरै अगुवा पूजाहारीहरू, लेवीहरू अनि कुलका अगुवाहरू जसले अघिको मन्दिर देखेका थिए, ती रोए। 13 जब तिनीहरूले यो मन्दिरको जग बसालिएको देखे। यद्यपि धेरै खुशीले जोडसँग कराए। यसर्थ कसैले पनि खुशीको कराई अनि रूवाइको आवाज छुट्याउन सकेनन्। किनभने मानिसहरूले यति साह्रो हल्ला मच्चाइरहेका थिए कि त्यो आवाज टाढा-टाढा सम्म सुनिन्थ्यो।

मन्दिर पुनःर्निर्माण गरेकोमा शत्रुहरूको विद्रोह

1-2 जब यहूदा अनि बिन्यामीनका शत्रुहरूले सुने कि कैदीहरूले परमप्रभु, इस्राएलका परमेश्वरको मन्दिर पुनःर्निर्माण गर्दैछन्। तिनीहरू यरूबाबेल कुलका अगुवाहरू कहाँ आए अनि तिनीहरूलाई भने, “हामीहरूलाई निर्माण गर्न र तिमीहरूलाई सहायता गर्न देऊ, तिमीहरूले जस्तै हामी पनि तिमीहरूका परमेश्वरको प्रार्थना गर्छौं अनि हामीहरू अश्शूरका राजा एसरहद्‌दोनको समयदेखि बलिदान अर्पण गरिरहेका छौं जसले हामीहरूलाई यहाँ ल्याए।”

तर यरूबाबेल येशूअ अनि इस्राएलका अन्य कुलका अगुवाहरूले तिनीहरूलाई भने, “हाम्रो परमेश्वरको मन्दिर निर्माण गर्न हामीलाई तिमीहरूले सहायता गर्नुपर्दैन। किनभने फारसका राजा कोरेसले हामीलाई आदेश गर्नु भए अनुसार परमप्रभु, इस्राएलका परमेश्वरको निम्ति हामीले मात्र मन्दिरको निर्माण गर्ने छौ।”

यस प्रकारले ती वरिपरिका मानिसहरूले यहूदाका मानिसहरूलाई हतोत्साहित पारे अनि मन्दिर निर्माण गर्न तिनीहरूलाई भयभीत तुल्याए। फारसका राजा कोरेसको समयभरि, राजा दाराले शासन नगरे सम्म ती यहूदी मानिसहरू।

अहासूरसको शासनकालको शुरूमा तिनीहरूले यहूदा अनि यरूशलेममा बस्ने यहूदीहरूको विरूद्ध एउटा अभियोग पत्र लेखेर पठाए।

यरूशलेम पुनःर्निमार्ण गरेकोमा शत्रुहरूको विरूद्ध

अनि आर्ट-जारसेज[b] समयमा बिश्लाम, मित्रदात, ताबेल अनि आफ्ना अन्य सहयोगीहरूले फारसका राजा आर्ट-जारसेजलाई कागजमा लेखेको पत्र आरामी लिपिमा[c] थियो, अनि अरामी भाषामा नै अनुवाद गरिएको थियो।

उच्च आयुक्त रहूम, अनि शिम्शै, सचिवले यरूशलेमको विरूद्ध राजा आर्ट-जारसेजलाई एक पत्र यसरी लेखेः

उच्च आयुक्त रहूम अनि शिम्शै सचिव र तिनिहरूका अन्य सहयोगिहरू, न्यायधीशहरू, आयुक्तहरू, फारसीहरू, एरेकहरू, बाबेल अनि शूशनका मानिसहरू अथवा एलामीहरू अनि अन्य मानिसहरू जसलाई महान अनि प्रख्यात अस्सूरबनिपालले तिनीहरूका देशबाट निकालेका थिए। 10 अनि सामरियाको शहरहरू र प्रदेशका नदीपारि अन्य स्थानमा बसेका थिए। यो तिनीहरूले उनलाई पठाएका पत्र को एक प्रतीलिपि हो।

11 राजा आर्ट-जारसेज प्रति,

तपाईंका सेवकहरू नदी पारिको प्रदेशका मानिसहरूद्वारा।

12 अबः राजालाई यो थाहा होला कि यहूदीहरू जो तपाई बाट हामी कहाँ आएका थिए यरूशलेम गएका छन्। तिनीहरूले बागी अर्थात दुष्ट शहर पुनःर्निर्माण गरिरहेछन्। तिनीहरूले पर्खालहरू पुनःर्निर्माण गरिरहेछन् तिनीहरूले जग निर्माण गरिरहेछन्।

13 अब, राजालाई यो कुरा थाहा होस् कि यदि त्यो शहरको पुनःर्निर्माण भयो भने र त्यसका पर्खालहरू पूर्ण भए भने तिनीहरूले कुनै किसिमका तिरोहरू तिर्नेछैनन्। आखिरमा यसले राज्यसत्ता प्रति हानी पुर्याउनेछ।

14 अहिले, हामीले राजा प्रति स्वामीभक्त हुने वचन दिएकाछौं। यसकारण राजाप्रति अपमान भएको हेर्नु हाम्रो निम्ति उचित होइन। यसैकारण हामीले राजालाई सूचित गर्न यो समाचार पठाएका छौं।

15 जसमा कि तपाईका पिता-पुर्खाहरूका अभिलेखमा खोजि गरियोस्। यी अभिलेखहरूमा तपाईंले यो पाउनुहुनेछ अनि जान्नु हुनेछ कि त्यो एक बागी शहर हो। एक शहर जसले राजाहरू अनि देशहरूप्रति घात पुर्याउँछ। धेरै अघि देखिनै त्यो देश भित्र विद्रोह भईराइराखेको छ। यसैकारणले गर्दा त्यो शहर ध्वंश भएको थियो।

16 हामी राजालाई यो सूचित गर्दछौं, कि त्यो शहरको पुनःर्निर्माण भयो अनि त्यसका पर्खालहरूको निर्माण भयो भने यूफ्रेटिस नदीको पश्चिमी सीमानापारी तपाईं को अधिकार रहने छैन।

17 राजाले यो सन्देश पठाएः

रहूम, उच्च आयुक्त अनि शिम्शै सचिव अनि तपाईंहरूका अन्य सरकारी मानिसहरू जो सामरियामा बस्छन् नदी पारिका अन्य प्रदेशहरू प्रतिः

अभिवादन:

18 अबः तिमीहरूले हामिलाई पठाएको पत्र मेरा समक्ष पढियो र अनुवाद गरियो। 19 मैले एक आदेश दिएँ अनि खोज-तलाश गरियो तिनीहरूले यो थाहा पाए कि त्यो शहरले धेरै अधि देखि राजाहरूको विरूद्ध राजद्रोह गरेकोछ। त्यहाँ अनाज्ञाकारि राजद्रोहीहरूको उपस्थित छ। 20 त्यहाँ यरूशलेममा शक्तिशाली राजाहरू थिए अनि जसले नदी पारिका समस्त प्रदेशहरू नियन्त्रण गरे। अनि सबै किसिमका तिरोहरू तिनीहरूलाई तिरिन्थ्यो।

21 अब, यी यहूदी मानिसहरूलाई काम रोक्नु भनि आदेश देऊ जसमा कि मैले त्यसो गर्ने आज्ञा नदिएसम्म त्यो शहरको पुनःर्निर्माण गरिनेछैन। 22 यस कुरालाई नल्याइयोस्। त्यसमा सावधान रहनु जसद्वारा राजकीय-रूचीप्रति अझ अधिक क्षति हुनेछैन।

23 रहूम, सचिव शिम्शै अनि तिनीहरूका सरकारी मानिसहरू राजा आर्ट-जारसेज समक्ष पत्र पढिनुका साथै तिनीहरू तुरून्तै यरूशेलममा यहूदीहरू कहाँ गए। अनि बल एवं शक्तिद्वारा तिनीहरूले कामदारलाई काम बन्द गर्न लगाए।

मन्दिरको काम स्थगित

24 तब यरूशलेममा परमेश्वरको मन्दिर निर्माण कार्य रोकियो अनि त्यो कार्य फेरी फारसका राजा दाराको शासन कालको दोस्रो बर्ष[d] नभए सम्म शुरू भएन।

अहिले अगमवक्ता हाग्गै अनि इद्दोको छोरा जकर्याहले यहूदा अनि यरूशलेमका यहूदीहरूलाई इस्राएलका परमेश्वर-जो तिनीहरूमा थिए। परमेश्वरको नाउँमा अगम वाणी गरे। तब शालतीएलका छोरा यरूबाबेल अनि योशादाकका छोरा येशूअ यरूशलेममा मन्दिर पुनःर्निर्माण गर्न अग्रसर भए। परमेश्वरका अगमवक्ताहरू तिनीहरूको साथ थिए। अनि तिनीहरूलाई सहयोग गरे। त्यसबेला यूफ्रेटिस नदि पारि पश्चिमको प्रदेशमा राज्यपाल थिए। तात्तेनै शत्तर-बोज्नै अनि तिनीहरूका सहयोगीहरूले तिनीहरू कहाँ आए अनि तिनीहरूलाई सोधेः “यो मन्दिरको पुनःर्निर्माण गर्न अनि पुनःस्थापना गर्नु भनी तिमीहरूलाई कसले अनुमति दियो?” त्यसपछि तिनीहरूलाई यो पनि भने, “ती मानिसहरूका नाउँ के-के हुन् जसले यो भवन निर्माण गरिरहेकाछन्?”

तर परमेश्वरले यहूदीहरूका अगुवाहरूलाई हेरिरहनु भएको थियो। अनि दारालाई वृत्तान्त पठाइएको बेला तिनीहरूलाई कामगर्नबाट तिनीहरूले रोकेनन्, अनि यस सम्बन्धि एक लिखित आदेश फिर्ता पठाउँनु भयो।

यो नदी पारि यूफ्रेटिस नदीको पश्चिम को प्रदेशका राज्यपाल तत्तनै अनि शत्तर-बोज्नै र तिनीहरूका सहकारिहरू, नदीपारीको प्रदेशका निरीक्षकहरूले राजा दारालाई पठाएको पत्रको प्रति हो। तिनीहरूले तिनलाई एक वृत्तान्त पठाए अनि त्यसमा यी कुराहरू लेखिएको थियोः

राजा दारा प्रति,

सम्पूर्ण अभिवादन!

यो कुरा राजालाई अवगत होस् कि हामी महान परमेश्वरको मन्दिर यहूदा प्रदेशमा गयौ, अनि विशाल शिला खण्डद्वारा यसको पुनःर्निर्माण हुँदैथियो, काठका बीमहरू पर्खालहरूमा लगाइँदै थियौ यो काम सरासरी गरिदै थियो। तिनीहरूको हातबाट राम्ररी काम भईरहेको थियो।

तब हामीले यी अगुवाहरूलाई यसप्रकारले प्रश्न गर्यौं हामीले तिनीहरूलाई भन्यौ, “तिमीहरूलाई यो परमेश्वरको मन्दिर पुनःर्निर्माण गर्न अनि यो पर्खालको काम पुरा गर्न कसले अनुमति दियो?” 10 हामीले तिनीहरूलाई उनीहरूको नाउँहरू पनि सोध्यौ जसद्वारा हामी तपाईंलाई यो सूचित गर्न सकौं कि हामी ती मानिसहरूका अगुवाहरू को-को थिए नाउँ लेख्न सकौं।

11 तिनीहरूले हामीलाई यस प्रकारले जवाफ दिएः

“हामी स्वर्ग अनि पृथ्वीका परमेश्वरका सेवकहरू हौं हामीले त्यो मन्दिरको पुनःर्निर्माण गरिरहेराछौं जो धेरै बर्ष अघि बनिएको थियो जसलाई इस्राएलका एक महान राजाले निर्माण गरी पूर्ण गरेका थिए। 12 किनभने हाम्रा पूर्खाहरूले स्वर्गका परमेश्वरलाई क्रोधित तुल्याएका हुनाले उहाँले तिनीहरूलाई बाबेलका राजा नबूकदनेस्सर, चलदियनको हातमा सुम्पिनु भयो, अनि तिनले यो मन्दिरलाई तोडि दिए र बाबेलमा कैदी बनाए ती मानिसहरूलाई लगे। 13 तर बाबेलका राजा कोरेस को प्रथम बर्षमा, यो परमेश्वरको मन्दिरलाई पुनःर्निर्माण गर्ने आदेश दिए। 14 परमेश्वरको मन्दिरमा भएका सुन र चाँदीका भाँडा-वर्तन, थालहरू जो नबकदनेस्सरले यरूशलेमको मन्दिरबाट हटाएर बाबेलको मन्दिरमा राखेका थिए, राजा कोरेसले ती सबै बाबेलको मन्दिरबाट निकाले अनि शेशबज्जर नाउँ गरेका मानिसलाई दिए,” जसलाई तिनले प्रशासक नियुक्त गरेका थिए।

15 अनि कोरेसले शेशबज्जरलाई भने, “यो बस्तुहरू लैजाउ यरूशलेमको मन्दिरमा राख अनि परमेश्वरको मन्दिरको, त्यसको खास स्थानमा पुनःर्निर्माण होस्।”

16 त्यसपछि शेशबज्जर आए अनि यरूशलेममा परमेश्वरको मन्दिरको जग बसाले। त्यस समयदेखि अहिलेसम्म यसको पुनःर्निर्माण कार्य चलिरहेको छ, तर अझ सम्म पूर्ण भएकोछैन।

17 अब, यदि राजालाई इच्छा लाग्छ भने बाबेलको राज अभिलेखमा खोज-तलाश गरियोस कि यरूशलेममा परमेश्वरको त्यो मन्दिरको पुनःर्निर्माण गर्ने आदेश राजा कोरेसले दिएका थिए भन्ने कुरा सत्य हो कि होइन भनी हेर्नलाई अनि त्यस पछि यस विषयमा राजाले उनको इच्छा हामी कहाँ पठाउन्।

दाराको आदेश

तब राजा दाराले एक आदेश जारिगरे अनि तिनीहरूले बाबेलमा जहाँ कोष भण्डार गरिएका थिए, त्यहाँ अभिलेखाको खोज-तलाश गरे। तर मादी प्रदेशमा राज वासस्थान-एक्बातानामा एक मुठा चर्मपत्र भेट्टाए त्यसमा यस्तो लेखिएको थियोः

स्मारिकाः राजा कोरेसको प्रथम बर्षमा, राजा कोरेसले यरूशलेममा परमेश्वरको मन्दिर सम्बन्धी एक आदेश दिए।

मन्दिर त्यस स्थानमा पुनःर्निर्माण होस् जहाँ तिनीहरूले बलिदानहरू अर्पण गर्थे अनि यसको घडेरीमा जग उचालियोस्। यसको उचाइ 90 फीट चौंडाई 90 फिट हुनेछ। विशाल शिला खण्डका तीन पत्र अनि काठका बीम एक पत्र सहित त्यसको खर्च राज कोषबाट दिइनेछ। परमेश्वरको मन्दिरका सुन, चाँदी, भाँडा-वर्त्तनहरू पनि जो नबूकदनेस्सरले यरूशलेमको मन्दिरबाट लगेका थिए, अनि बाबेलमा ल्याएका थिए फर्काइ ल्याउनु पर्छ, र यरूशलेमको मन्दिर त्यसको आफ्नो स्थानमा राखिनु पर्छ। अनि त्यसलाई परमेश्वरको मन्दिरमा राखिनु पर्छ।

अब तिमी, यूफ्रेटिस नदीपारी, पश्चिमको प्रदेशका प्रशासक तत्तनै अनि शत्तर-बोज्नै, अनि तिनीहरूका सरकारी मानिसहरू, नदीपारीको प्रदेशका निरीक्षकहरू, त्यहाँबाट टाढा बस परमेश्वरको मन्दिरको काममा दिक्दारी नदेऊ। यहूदीहरूका प्रशासक अनि यहूदीहरूका धर्मगुरूलाई त्यसको खास स्थानमा परमेश्वरको र मन्दिर पुनःर्निर्माण गर्न देऊ।

अब, परमेश्वरको त्यो मन्दिर को पुन:र्निर्माण गर्दा यी यहूदी धर्मगुरूहरूका निम्ति तिमीहरूले के गर्नु पर्छ त्यस सम्बन्धमा यो आदेश दिन्छु; परमेश्वरको मानिस निर्माण कार्यमा यी मन्दिरको खर्च पूर्णरूपले राज कोषबाट-नदीपारीको प्रदेशका तिरोहरूबाट-तिरीनेछ, जसमा कि तिनीहरूले काम रोक्न नसकुन। बाछाहरू, भेंडाहरू वा धुपहरू स्वर्गका परमेश्वरका निम्ति के चीज खाँचो छ गहुँ, नून, दाखरस वा तेल जे पनि यरूशलेमका पूजाहारीहरूले निवेदन गरून्। 10 ती दिइनेछ। नबिराइकन तिनीहरूलाई दिइयोस् जसमा कि तिनीहरूले सुबास युक्त बलिदानहरू स्वर्गका परमेश्वरलाई अर्पण गर्न सकुन् अनि राजा र उनका। छोराहरूको जीवनका निम्ति प्रार्थना गरून्।

11 म आदेश दिन्छु, कि यदि कसैले यो आदेशको अवहेलना गरे उसको घरबाट एउटा खम्बा निकालेर उसलाई यसमा ठाडै झुण्डाउनु पर्छ र पिट्नु पर्छ अनि त्यसको घरलाई भग्नावशेषको राश तुल्याउनु पर्छ।

12 आफ्नो नाउँलाई त्यहाँ बसाउनु हुने यरूशलेमका परमेश्वरको त्यो मन्दिर नष्ट गर्नका निम्ति यो आदेशलाई अवज्ञा गर्ने प्रयास गर्ने कुनै राजा वा मानिसलाई परास्त गरून्।

म, दाराले यो आदेश गरेकोछु। यसलाई सावधानी पूर्वक चाँडो पालन गरियोस्।

मन्दिरको निर्माको समाप्ति र समर्पण

13 तब, यूफ्रेटिस नदीको पश्चिमको प्रदेशका प्रशासक तत्तनै, अनि शत्तर-बोज्नै र तिनीहरूका सरकारी मानिसहरूले राजा दाराले आदेश दिए जस्तै गरे। 14 यहूदीहरूका धर्मगुरूहरू अगमवक्ता हाग्गै अनि इद्दोका छोरा जकर्याह अगमवक्ताको रेखदेखमा निर्माण कार्य सफलता पुर्वक गर्दै गए। इस्राएलका परमेश्वरको आदेश कोरेस, दारा 15 अनि आर्ट-जारसेज फारसका राजाहरूको आदेशद्वारा तिनीहरूले निर्माण कार्य पूर्ण गरे। यसरी यो मन्दिर राजा दाराको शासनकालको छैटौं बर्षको[e] अदार[f] महीनाको तेस्रो दिन पूर्ण गरियो।

16 त्यस पछि इस्राएलका मानिसहरू, अनि लेवीहरू र अन्य फर्किआएका कैदीहरूले परमेश्वरको यो मन्दिरको समर्पणको उत्सव खूबै हर्षसाथ मनाए।

17 परमेश्वरको मन्दिरको समर्पणको निम्ति तिनीहरूले 100 साढे, 200 भेंडा, 400 थुमा अनि समस्त इस्राएलको पवित्रिकरण-अर्पणका निम्ति, इस्राएलका प्रत्येक कुलबाट एक-एक गरी 12 वटा बोका अर्पण गरे। 18 तिनीहरूले यरूशलेममा परमेश्वरको मन्दिरमा सेवाका निम्ति मोशाको पुस्तकमा लेखिए अनुसार पूजाहारीहरूलाई र तिनीहरूका विभागमा अनि लेवीहरूलाई तिनीहरूका वर्गमा स्थापित गरे।

निस्तार चाड

19 यहूदीहरू जो कैदबाट फर्केर आएका थिए, तिनीहरूले पहिलो महीनाको चौधौ दिनमा निस्तार चाड मनाए। 20 किनभने सबै पूजाहारीहरू अनि लेवीहरूले स्वयंलाई शुद्ध पारेका थिए। तिनीहरू सबै स्वच्छ थिए। यसकारण तिनीहरूले कैदबाट फर्केर आउने सबै यहूदीहरू अनि तिनीहरूका पूजाहारीहरू, अनि तिनीहरूस्वयंका निम्ति निस्तार थुमा मारे। 21 कैदबाट फर्केर आउने इस्राएली मानिसहरूले निस्तार भोज खाए जसरी परमप्रभु इस्राएलका परमेश्वरको आराधना गर्नका निम्ति जसले स्वयंलाई देश तथा राष्ट्रहरूको अस्वच्छ पनबाट अलग पारेर तिनीहरूसित मिल्नेहरूले गरेका थिए। 22 तिनीहरूले सात दिनसम्म खुबै आनन्द सित अखमिरी रोटीको उत्सव मनाए। किनभने परमप्रभुले तिनीहरू प्रति अश्शूरका राजाको[g] मन परिवर्त्तन गरिदिनु भएर, तिनीहरूलाई खुशी तुल्याएका थिए, जसद्वारा तिनले परमप्रभु, इस्राएलका परमेश्वरको मन्दिरको कार्यमा सहयोग दिए।

एज्रा यरूशलेमा आए

फारसका राजा आर्टा-जारसेजको को शासनकालमा, यी कुराहरू पछि एज्रा बाबेलबाट यरूशलेममा आए। एज्रा सरायाहका छोरा, अजर्याहका छोरा, हिल्कियाहका छोरा। हिल्किया शल्लूमका छोरा, शल्लूम सादोकका छोरा, सादोक। अहीतूबका छोरा, अहीतूब अमर्याहका छोरा, अमर्याह, अजर्याहका छोरा, अजर्याह मरायोतका छोरा। मरायोत, जरहियाहका छोरा, जरहियाह उज्जीका छोरा थिए। उज्जी बुक्कीका छोरा थिए। बुक्की अबीशूअका छोरा थिए, अबीशूअ पीनहासका छोरा थिए, पीनहास एलाजारका छोरा थिए, एलाजार मुख्य पूजाहारी हारूनका छोरा थिए।

एज्रा बाबेलबाट यरूशलेम आए अनि तिनी मोशाको व्यवस्थाको विषयमा राम्रो ज्ञान भएका शिक्षक[h] थिए। जो परमप्रभु इस्राएलका परमेश्वरले इस्राएललाई दिनु भएको थियो। अनि राजाले एज्रालाई उसले चाहेका हरेक बस्तु दिए किनकि परमप्रभु उसका परमेश्वरले उसलाई सहायता गर्दै थिए। इस्राएलका केही मानिसहरू केही पूजाहारीहरू, लेवीहरू गवैयाहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू। राजा आर्ट-जारसेजको शासनको सातौं बर्षमा यरूशलेम सम्म आए। उनी यरूशलेममा राजाको सातौं बर्षको पाँचौं महिनामा आए किनभने उनले पहिलो महिनाको पहिलो दिनमा मा नै बाबेल छाडे अनि पाँचौ महिनाको पहिलो दिनमा यरूशलेम आए किनभने उनलाई उनका परमेश्वरले सहायता गर्दै थिए। 10 किनकि एज्राले स्वयंलाई परमप्रभुको शिक्षाको अध्यायन गर्नमा अनि त्यसलाई व्यवहारमा प्रयोग गर्नमा इस्राएलमा त्यसका सम्बन्धि अध्यादेशहरू अनि कानून सिकाउनमा आफूलाई समर्पण गरेका थिए।

राजा आर्ट-जारसेजले एज्रालाई पत्र पठाए

11 यो पत्रको प्रतिलिपि हो, जो राजा आर्ट-जारसजले पूजाहारी लेखक अनि परमप्रभुबाट विधिका गूरू, एज्रा अनि उसका नियमहरू इस्राएललाई दिएका थिए।

12 राजा आर्ट-जारसेज बाट,

स्वर्गका परमेश्वरको व्यवस्थाका शिक्षक, पूजाहारी एज्रा प्रतिः

अभिवादन!

13 अब-म यो आदेश दिंदछु कि मेरो राज्यमा कोहि पनि इस्राएलका मानिसहरू वा तिनीहरूका पूजाहारीहरू वा लेवीहरू स्वेच्छाले तिमीसित यरूशलेममा जान चाहन्छन् भने जानसक्छन्।

14 म राजा अनि मेरा सातजना सल्लाहकारहरूले तिमीलाई यहूदा अनि यरूशलेममा पठाएका छौं। गएर हेर तिम्रा मानिसहरूले कसरि परमेश्वरको व्यावस्था पालन गरिरहेका छन्। जुन व्यावस्था तिमीसँग छ।

15 तिमीलाई राजा र उनका सल्लाहकारहरूले इस्राएलका परमेश्वर, जसको मन्दिर यरूशलेममा छ, मुक्त रूपले अर्पण गरेका सुन र चाँदीहरू लिन पठाएका छन् साथै यरूशलेममा तिनीहरूका परमेश्वरको मन्दिरको निम्ति मानिसहरू अनि पूजाहारीहरूले गरेका 16 स्वेच्छिक अर्पणहरू सहित बाबेल प्रदेश भरि तिमीले प्राप्त गर्न सकेका सुन र चाँदीहरू लानु।

17 त्यसकारण, तिमीले यो पैसाले निर्दिष्ट रूपमा साँढे, भेंडा, थुमाहरू अनि अन्नवलि एवं अर्घबलि किन्नु पर्छ, अनि तिमीले ती यरूशलेममा तिम्रो परमेश्वरको मन्दिरको बेदीमा अर्पण गर्नुपर्छ। 18 बाँकी रहेका सुन अनि चाँदीद्वारा तिम्रो परमेश्वर को इच्छा अनुसार तिमी अनि तिम्रा यहूदी भाइहरूका निम्ति के गर्दा राम्रो हुन्छ त्यही गर्न सक्ने छौ। 19 तिम्रा परमेश्वरकको उपासनाका निम्ति तिमीलाई प्रदान गरिएका भाँडा-वर्त्तनहरू तिमीले यरूशलेमको मन्दिरमा परमेश्वरको समक्ष राख्नुपर्छ। 20 अनि तिम्रा परमेश्वरको मन्दिरका निम्ति चाहिएका अन्य चीज-बीजहरू, जसको प्रबन्ध गर्ने जिम्मावारी तिम्रोहो तिमीले राज खजानाबाट प्रबन्ध गर्न सक्नेछौ।

21 म, राजा आर्ट-जारसेजले यो आदेश पनि ती कोषाध्यक्षहरूलाई दिदंछु जो यूफ्रेटिस नदीपारिका प्रदेशमा छन् कि पूजाहारी, स्वर्गका परमेश्वरका एक विद्वान एज्राले जे भने पनि त्यसलाई पूर्ण परिश्रम सहित गर। 22 3,400 किलो ग्राम चाँदी, 250 मूरी गहुँ, 22,000 लीटर दाखरस 22,000 लीटर भद्राक्षेको तेल अनि चाहिएजती नुन समेत पूर्णरूपले तुरून्तै दिनु। 23 स्वर्गका परमेश्वरले गर्नु भएको जेसुकै आदेश पनि पूर्णरूपले तुरून्तै गर्नु। परमेश्वरको मन्दिरको निम्ति सम्पूर्ण परिश्रमले गर्नु जसमा कि परमेश्वरको क्रोध राजा अनि उनका छोराहरूका राज्य माथि पर्न नपरोस्।

24 हामी तिमीहरूलाई सुचित गर्छौं, कि समस्त पूजाहारीहरू लेवीहरू, गायकहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू अनि परमेश्वरको यो मन्दिरका अन्य सेवकहरूले कुनै प्रकारका तिरो तिर्नु पर्ने छैन। 25 अनि एज्रा, तिमीसित भएका तिम्रा परमेश्वरका ज्ञान अनुसार तिमीले नदीपारीको प्रदेशका मानिसहरूको न्याय गर्न न्यायकर्त्ता अनि हाकिमहरूको नियुक्ति गर्नु जसले तिम्रो परमेश्वरको व्यवस्था जान्दछन्। अनि जसले जानदैनन्, तिनीहरूलाई तिमीले सिकाउने छौ। 26 जसले तिम्रा परमेश्वरका व्यवस्था अनि राजाका व्यवस्थाको पालन गर्देन त्यसमाथि मृत्यु वा देश निकाला वा जरिमाना कि त कारावास पूर्णरूपले पूर्ण परिश्रमद्वारा तुरून्तै न्याय गरियोस्।

एज्राबाट परमेश्वरको महिमा

27 परमप्रभु, हाम्रा पुर्खाका परमेश्वरको स्तुति गर! उहाँले राजा र यरूशलेमका परमप्रभुको मन्दिरलाई यस प्रकारले सम्मानित गर्ने तुल्याए। 28 अनि उहाँले मलाई राजा, तिनका सल्लाहकार अनि राजाका प्रमुख अधिकारीहरूका उपस्थितिमा उहाँको प्रेम दर्शाए। परमप्रभु, मेरा परमेश्वरले मलाई सहायता गरिरहनु भएको हुनाले म उत्साहित भएको छु। अनि मसँग यरूशलेमसम्म जानका निम्ति इस्राएलका अगुवाहरूलाई एकत्रित गरें।

एज्रासँग फर्केर आउने अगुवाहरूको सूची

यी तिनीहरूका विस्थापित कुल वंशाका अगुवाहरू हुन् जो राजा आर्ट-जारसेज को शासनकालमा मसँग बाबेलदे आएकाथिए।

पीनहासका कुलका; गेर्शोम, ईतामारका कुलबाट; दानियेल दाऊदका कुलबाटः हात्तूश;

शकन्याहका कुलबाट; परोश, जकर्याह, अनि तिनीसित सूची भएका 150 मानिसहरू थिए;

पहत-मोआबका कुलबाट; जरहियाहका छोरा एल्याहोएनै अनि तिनीसित 200 मानिसहरू;

जत्तूका कुलहरूबाटः यहजीएलका छोरा शकन्याह अनि तिनीसित 300 मानिसहरू।

आदीनका कुलबाटः जोनाथनका छोरा एबेद अनि तिनीसित 50 मानिसहरू।

एलमाका कुलबाटः अतल्याहका छोरा यशयियाह अनि तिनीसित 70 मानिसहरू।

शपत्याहका कुलबाटः मीकाएलका छोरा जबदियाह अनि तिनीसित 80 मानिसहरू।

योआबका कुलबाटः यहीएलका छोरा ओबदिया अनि तिनीसित 218 मानिसहरू।

10 बानीका कुलबाटः योसिपियाका छोरा शलोमीत अनि तिनीसित 160 मानिसहरू।

11 बेबैका कुलबाटः बेबैका छोरा जकर्याह अनि तिनीसित 28 मानिसहरू।

12 अज्गादका कुलबाटः हक्कातानका छोरा योहानान अनि तिनीसित 110 मानिसहरू।

13 आखिरी चाँहि अदोनीकाम, सन्तानबाट थिए तिनीहरूका नाउँ: एलीपेलेत, यीएल र शमायाह तिनीसित 60 मानिसहरू थिए।

14 बैग्बै कुलबाटः उत्तै, जब्बूद अनि तिनीहरू सित 70 मानिसहरू थिए।

यरूशलेमा फर्कीएका

15 मैले तिनीहरूलाई नदीको छेउमा भेला गरें जो अहवातर्फ बग्छ, हामी त्यहाँ छाउनी लगएर तीन दिनसम्म बस्यौं। मैले ती मानिसहरू अनि पूजाहारीहरूलाई हेरे तर मैले त्यहाँ कुनै लेवीहरूलाई देखिनँ। 16 यसकारण मैले एलाजार, अरीएल, शमायाह, एल्नातान, यारीब, एल्नातान, नातान, जकर्याह र अश्शूलाम, जो अगुवाहरू अनि योयारीब र एल्नातानहरूलाई बोलाएँ तिनीहरू बुज्झकि मानिस थिए। 17 अनि मैले तिनीहरूलाई कासिपियाह नामक स्थानमा अगुवा इद्दो कहाँ पठाएँ। इद्दो र तिनका दाज्यू-भाइहरू अनि कसिपियाह स्थानको मन्दिरका सेवकहरूलाई के भन्नु पर्ने सो भने जसद्वारा तिनीहरूले हामी कहाँ हाम्रा परमेश्वरको मन्दिरको निम्ति कर्मीहरू ल्याउन सकोस्। 18 किनभने हाम्रा परमेश्वरले हामीलाई सहयाता गर्नु भयो, तिनीहरूले हामीकहाँ एक वुद्धिमान मानिस, लेवीको छोरा महलीका कुलहरूका। इस्राएलका छोरा जस्तै शरेबियाह र तिनका छोराहरू भाइहरू एवं अन्य मानिसहरू। 19 अनि शरेबियाह तिनीसित मरारीका सन्तानहरूका यशैयार तिनका भाइ र छोराहरू। 20 अनि मन्दिरका सेवकहरू जसलाई दाऊद अनि राजकुमारहरूले लेवीहरूलाई सहायता गर्न नियुक्त गरेका थिए। 220 जना मन्दिरमा सेवकहरू पठाए। ती सबै का नाउँ सूचीमा लेखिए।

21 त्यहाँ अहवा नदीको छेउमा, हामीहरू अनि हाम्रा केटा-केटीहरू र हाम्रा सबै सम्पत्तिहरूको निरापद यात्राको निम्ति उहाँसित विन्ती गर्नलाई हामी परमेश्वरको समक्ष स्वयंलाई विनम्र तुल्याउन सकौं भनी उपवासको घोषणा गर्यौं। 22 किनभने यात्रामा हामीलाई शत्रुहरूबाट सुरक्षित राख्नको निम्ति राजासँग सैनिक अनि घोडसवारहरूको माग गर्नमा लज्जित थियौं। किनभने हामीले राजालाई भनेको थियौं, “हाम्रा परमेश्वरले ती सबैलाई सहायता गर्नु हुन्छ, जो उहाँ प्रति विश्वास गर्छन् तर उहाँ तिनीहरू प्रति अति क्रोधित हुनुहुन्छ, जो उहाँदेखि टाढा हुन्छन्।” 23 यसर्थ हामीले यसका निम्ति उपवास बस्यौं र हाम्रा परमेश्वर प्रति प्रार्थना गर्यौं अनि उहाँले हाम्रो प्रार्थनाको उत्तर दिनु भयो।

24 त्यसपछि मैले शेरेब्याह र हबिशयाह अनि तिनीहरूका भाइहरू मध्ये दशजना पूजाहारीहरू सहित 12 जना अगुवाहरूलाई चुनें। 25 त्यसपछि राजा र तिनका सल्लाहकारहरू र अधिकारीहरू त्यहाँ उपस्थित भएका इस्राएलका सबै मानिसहरूले हाम्रा परमेश्वरको मन्दिरका निम्ति अर्पण गरेका सुन, चाँदी र भाँडा-वत्तर्नहरू तौलेंर मैले तिनीहरूलाई दिएँ। 26 मैले तौलिएँ र तिनीहरूलाई 22,100 किलो ग्राम चाँदी 100 चाँदीका भाडाहरू 3,400 किलो ग्राम ओजनको, 3,400 किलोग्राम सुन 27 सुनका 20 वटा कचौराहरू जसको ओजन 8 1/2 किलो ग्राम थियो। 28 तब मैले ती बाह्र पूजाहारीहरूलाई भनें, “तिमीहरू अनि यी चीजहरू परमप्रभुको निम्ति पवित्र छौ। मानिहरूले तिमीहरूका पिता-पुर्खाका परमेश्वरलाई सुन र चाँदीहरू दिए। 29 यिनीहरू को खूबै होशियारी सित रक्षा गर। जब सम्म तिमीहरूले पूजाहारीहरू अनि लेवीहरूका अगुवाहरू अनि यरूशलेममा इस्राएल कुलका प्रमुखहरू समक्ष परमप्रभुको मन्दिरको कोठाहरू भित्र तौलँदैनौं।”

30 यसर्थ पूजाहारीहरू र लेवीहरूले जोखिएका ती सुन-चाँदी र अरू महत्वपूर्ण सामानहरू यरूशलेममा, हाम्रा परमेश्वरको मन्दिरमा ल्याउनका निम्ति प्राप्त गरे।

31 हामीले यरूशलेम जानका निम्ति पहिलो महिना[i] को बाह्रौं दिनमा अहावा नदी छोड्यौं। अनि हाम्रा परमेश्वर हामीसित हुनुहुन्थ्यो र उहाँले हामीलाई शत्रुहरूको शक्ति र चोरहरूबाट बाटोमा सुरक्षित गर्नुभयो। 32 अनि हामी यरूशलेम आइपुग्यौं। त्यहाँ हामीले तीनदिन विश्राम गर्यौ। 33 चौथो दिनमा हामीले हाम्रा परमेश्वरको मन्दिरमा ती चाँदी अनि सुन अनि सामानहरू जोख्यौं र ती पूजाहारी उरियाहका छोरा मरेमोत साथै पीनहासका छोरा एलाजार अनि तिनीहरूसित लेवीहरू, येशूअका छोरा योजाबाद अनि बिन्नुईका छोरा नोअदियाहलाई दियौ। 34 हरेक वस्तुको संख्याद्वारा ओजन जाँच गरि अनि त्यस समयमा ठोस ओजन टिपियो।

35 तब कैदबाट फर्केर आउने यहूदीहरूले इस्राएलका परमेश्वरलाई समस्त इस्राएलका निम्ति होमबलि अर्पण गरे 12 वटा साँढे, 96 वटा भेंडा, 77 वटा थुमा अनि पाप बलिका निम्ति 12 वटा बोकाहरू यी सबै परमप्रभुका निम्ति होमबलि थिए।

36 तिनीहरूले राजाका आदेश पनि राज अधिकारीहरू अनि नदीपारीका प्रशासकहरूलाई दिए। तब तिनीहरूले यी अधिकारीहरूले प्रशासकहरू अनि इस्राएलका मानिसहरूले परमेश्वरको मन्दिरलाई सहयोग दिए।

विदेशी जातिहरूसँग विवाह

यी कुराहरू गरेपछि अगुवाहरू म कहाँ आए र भने, “इस्राएलका मानिसहरू पूजाहारी अनि लेवीहरू भूमिका मानिसहरूबाट स्वयं पृथक भएका छैनन्। ती इस्राएलका मानिसहरूले कनानी, हित्ती, परिज्जी, यबूसी, अम्मोनी, मोआबी, मिश्री अनि एमोरीसँग घिनलाग्दा कार्य गरेकाछन्। किनभने तिनीहरूले आफू स्वयं अनि आफ्ना छोराहरूका निम्ति तिनीहरूले वरिपरीका छिमेकिका छोरीहरूलाई पत्निको रूपमा राखेकाछन्। अनि तिनीहरूले पवित्र मानिसहरूलाई भूमिका अरू मानिसहरूसित मिलाएका छन्। अधिकारीहरू र अगूवाहरूले परमेश्वर प्रति अविश्वसनीय कार्यमा अगुवाइ गरेकाछन्।” जब यो वचन मैले सुनें मेरो पहिरन च्यातें अनि मैले मेरो शिरका केश र दाह्री उखेलें म अति आघातको अवस्थामा बसें। तब सबै मानिसहरू मकहाँ आए, जो इस्राएलका परमेश्वरको वचनद्वारा डरले काँमेका थिए। तिनीहरू भयभीत थिए किनभने मानिसहरू जो कैदमा थिए, तिनीहरू परमेश्वर प्रति अविश्वसनीय थिए। अनि म साँझ बलिदान नहुज्जेल शोकाकुल अवस्थामा बसें।

तब साँझको बलिदानको समयमा लज्जीत अवस्थामा बसिरहेको देखि म उठें अनि च्यातिएका पहिरन अङ्ग वस्त्र सहित म घुँडा टेकेरे निहुरिए र परमप्रभु मेरो परमेश्वर तर्फ मैले मेरा हात फैलाएँ र मैले भने:

“हे मेरो परमेश्वर, तपाईं प्रति मेरो अनुहार उठाउनु होस्, हे परमेश्वर, म अत्यन्तै लज्जित एवं घबराहट् छु तपाईंलाई माथिहेर्न। किनभने हाम्रो पापहरू हाम्रो शिर जतिकै उच्च भएर बढेका छन्। अनि हाम्रो अपराधहरू धेरै भएकाछन्। हाम्रा पापको कारणले आज हामी, हाम्रा राजाहरू अनि हाम्रा पूजाहारीहरू। विदेशी राजाहरूबाट तरवार, कैद, लुटमार अनि लाज र हीनता बोझद्वारा दण्डित् भएकाछौं।

“अनि अहिले क्षणभरका निम्ति हाम्रा परमप्रभु परमेश्वरले हामी प्रति दया दर्शाउनु भएको छ। हामीमध्ये केहीलाई कैदी बाट उम्कन दिनु भएर अनि आफ्नो पवित्रस्थानमा हामीलाई सुरक्षित स्थान दिनुभएर जसमा कि हाम्रा परमेश्वरले हामीलाई नयाँ आशा दिनुहुन्छ, अनि हाम्रो दासत्वबाट हामीलाई नयाँ जीवन दिनु हुन्छ। किनभने हामी दासहरू हौं तर हाम्रा परमेश्वरले हामीलाई हाम्रो दासत्वबाट छाड्नु भएको छैन। हामीलाई नयाँ जिवन दिनु भएर हाम्रा परमेश्वरको मन्दिर पुनःर्निर्माण गर्न अनि त्यसको जीर्णोद्वार गर्नका निम्ति यहूदा एवं यरूशलेममा हामीलाई संरक्षणशील पर्खाल[j] दिनु भएर फारसका राजा समक्ष उहाँले हामीलाई प्रेम, भक्तिभाव र दया दर्शाउनु भएको छ।

10 “तर अब हाम्रा परमेश्वर, यसपछि हामी के भन्न सक्छौं? किनभने हामीले तपाईंका आदेशहरू ल्याएका छौं। 11 जो तपाईंले तपाईंका सेवकहरू अगमबक्ताहरूद्वारा दिनु भयो। जब तपाईंले भन्नु भयोः ‘त्यो भूमि जसलाई अधिकारमा लिन तिमीहरू प्रवेश गरिरहेछौ, मानिसहरूको दुष्ट कार्यले गर्दा त्यो भूमि भ्रष्ट भएका छन्। तिनीहरूले त्यो भूमि एक छेऊ देखि अर्को छेऊ सम्म कुकर्म अनि अशुद्धताले भरिएका छन्। 12 त्यो भुमिमा तिनीहरू एकछेउ देखि अर्कोछेउ सम्म आफ्ना दुष्कर्मद्वारा आफ्ना अस्वच्छ पनाद्वारा मरेका थिए। यसर्थ आफ्ना छोरा-छोरीहरूको लागि तिनीहरूका छोरा-छोरीहरूसँग पति-पत्नीको रूपमा तिनीहरूको कल्याण अथवा सफलताको चाहना कहिल्यै नगर जसद्वारा तिमीहरू शक्तिशाली हुनेछौ।’

13 “अनि तिमीहरूले त्यस भूमिको असल कुराहरूको उपभोग गर्न सक्ने छौ र तिमीहरूले सदाको निम्ति यसलाई पैतृक सम्पत्ति को रूपमा आफ्ना छोरा-छोरीहरू तथा सन्तानलाई दिन सक्ने छौ। आखिरमा हाम्रो दुष्टकर्म अनि महा-दोषको कारणले त्यो हामीमाथि आइपरेको भएता पनि तपाईं, हाम्रा परमेश्वरले हाम्रो पाप प्रति। 14 उचित भन्दा कमदण्ड दिनु भएकोछ तपाईंले हामीलाई यसरी बाँच्नेहरूको एक समूह दिनु भए पछि के हामिले फेरि तपाईंको आदेश भङ्ग गर्नु, अनि यी इच्छा विपरित कार्य गर्ने मानिसहरू सित अन्तर-जातिय विवाह गर्नु? के हामीलाई नष्ट गर्नका निम्ति तपाईं क्रोधित हुनुहुन्न। जसमा कि त्यहाँ कोही पनि रहने छैन?

15 “हे परमप्रभु इस्राएलका परमेश्वर तपाई असल हुनुहुन्छ! किनभने आज हामी बाँच्नेहरूको समुहमा छाडिएका छौं। यो दोष को कारण कोही पनि तपाईंको समक्ष निर्दोष घोषित हुन नसकेता पनि हामी दोष सहित यहाँ तपाईंका समक्ष छौं।”

मानिसहरूले आफ्ना पापहरू मानिलिए

10 जब एज्राले स्वयं रूँदै परमेश्वरको मन्दिर अघि बसेर प्रार्थना गरे र दोष स्वीकार गरे त्यसबेला इस्राएली पुरूष, स्त्री र केटा-केटीहरूको ठूलो भिड तिनीकहाँ भेला भए। किनभने मानिसहरू जोडले रोइरहेका थिए। शकन्याह, यहीएलको छोरा, एलामका कुलहरू मध्ये एक-ले एज्रालाई भने, “हामी हाम्रा परमेश्वरप्रति विश्वासहीन भएको छौं। त्यस भूमिका विदेशी स्त्रीहरूसित विवाह गरेर। अब, यस विषयमा इस्राएलका निम्ति अझ आशा छ। यसर्थ अब यी समस्त पत्नीहरू अनि तिनीहरूका छोरा-छोरीहरूलाई मेरा मालिक एज्रा को अनि हाम्रा परमेश्वरको आदेश र आदर गर्नेहरूको सल्लाह अनुसार पठाउनका निम्ति व्यवस्था अनुसार हाम्रा परमेश्वर सित हामी एक करार गरौं। उठ, किनभने यो तिम्रो जिम्मेवारिको कुरा हो अनि हामी तिम्रोसाथ छौं। यसो गर्ने साहस गर।”

यसर्थ एज्रा उठे र उनले पूजाहारीहरू लेवीहरू अनि इस्राएलका समस्त मानिसहरूका अगुवाहरूलाई, जे गर्ने सल्लाह भएको छ। त्यही गर्ने शपथ दिलाए। तिनीहरूले त्यसै गर्ने शपथ गरे। त्यसपछि एज्रा परमेश्वरको मन्दिर सामुनेबाट पर गए अनि उनी एल्यासीबका छोरा योहानानको कोठामा गए अनि उनले त्यहीं रात बिताए। उनले त्यहाँ रोटी खाएनन्, अनि पानी पनि पिएनन्, किनभने कैदी बाट फर्केर आउनेहरूको अविश्वासीपनले गर्दा उनी अझ आफशोस गर्दै थिए। तिनीहरूले कैदीबाट फर्केर आउने सबैलाई यरूशलेममा भेला हुनु भनि यहूदा अनि यरूशलेम भरि घोषणा गरे। तीन दिन भित्रमा जो आउदैन, अधिकारी अनि धर्मगुरूको निर्णय अनुसार उसले आफ्नो सम्पूर्ण सम्पत्ति गुमाउन सक्ने छन्। अनि उसलाई फर्केर देशनिकालाहरूको समूहबाट अलग गरिनेछ।

यसर्थ तीन दिन भित्रमा यहूदा अनि बिन्यामीनका समस्त मानिसहरू यरूशलेममा भेला भए। यो नवौं महिनाको बिसौं दिन थियो। समस्त मानिसहरू परमेश्वरको मन्दिरको खुल्ला स्थानमा बसेका थिए। अनि त्यस वृष्टिको कारणले तिनीहरू डरले काम्दै थिए। 10 तब पूजाहारी एज्रा उठे अनि तिनीहरूलाई भने, “विदेशी स्त्रीहरू विवाह गरेर तिमीहरू अविश्वसनीय भएका छौ यसरी इस्राएलमा अपराध बढाएका छौ। 11 यसर्थ अब हाम्रा पिता-पुर्खाका परमेश्वर प्रति अपराध स्वीकार गर अनि उहाँको इच्छा अनुसार कार्य गर। तिमीहरूले स्वयंलाई त्यस भूमिका मानिसहरूबाट अनि तिमीहरूका विदेशी पत्नीहरूबाट अलग गर।”

12 सम्पूर्ण सभाले उच्च आवाजमा उत्तर दिए, “हजूर, तपाईंले भन्नु भए अनुसार हामीले गर्नु पर्छ। 13 तर यहाँ धेरै मानिसहरू छन् अनि यो बर्षा ऋतु हो। यसर्थ हामी बाहिर उभिन सत्तैनौं। यो काम एक वा दुइ दिनको होइन, किनभने हामीले धेरै ठूलो अपराध गरेका छौं। 14 हाम्रा अधिकारीहरू, प्रमुखहरूले सम्पूर्ण सभाको प्रतिनिधित्व गरून् अनि हाम्रा शहरका सबैजना जसले विदेशी स्त्रीहरू विवाह गरेका छन्। तिनीहरूसित प्रत्येक शहरका धर्मगुरू अनि त्यहाँका न्यायकर्त्ताहरू नियोजित समयमा आउन्, जब सम्म यस विषयमा हाम्रा परमेश्वरको जल्दो क्रोध हामीबाट टाढा हट्दैन।”

15 केवल असाहेलका छोरा जोनाथन अनि, टिकभाहका छोरा याजयाहले विरोध गरे। अनि मशुल्लाम, शब्बतै लेवीले तिनीहरूलाई समर्थन गरेनन्।

16 फर्केका कैदीहरूले यसो गरे। पूजाहारी एज्राले कुलका प्रमुखहरूलाई आफ्ना कुलका विभागको प्रतिनिधित्व गर्नका निम्ति थरि-थरिका मानिसहरू चुने अनि ती सबैलाई नाउँद्वारा पदस्थ गरेका थिए। दशौं महिनाको को पहिलो दिन तिनीहरू विषय अध्ययन गर्न बसे। 17 तिनीहरूले ती सबै मानिसहरू, जसले विदेशी स्त्रीहरू विवाह गरेका थिए। त्यो काम अर्को बर्षको पहिलो महिनाको पहिलो दिन सम्ममा पुरा गरे।

मानिसहरूको सूची जसले विदेशी स्त्रीहरू सँग विवहा गरेका थिए

18 विदेशी स्त्रीहरू विवाह गर्ने पूजाहारीका सन्तान मध्ये यिनीहरू भेट्टीएः

योशादाकका छोरा येशुअको सन्तान अनि तिनका भाइहरूका सन्तानबरूः मासेयाह, एलाजार, यारीब अनि गदल्याह। 19 तिनीहरू सबैले आफ्ना पत्नीहरूलाई छो़ड-पत्र दिने वचन दिए अनि तिनीहरू प्रत्यकले आफ्ना बथानबाट एउटा भेंडा आफ्ना दोषका निम्ति दोष बलि अर्पण गरे।

20 इम्मेरका कुलहरूबाटः हनानी अनि जबदियाह।

21 हारीमका कुलहरूबाटः मासेयाह, एलियाह, शमायाह, यहीएल, र उज्जियाह।

22 पशहूरका कुलहरूबाटः एल्योएनै, मासेयाह, इश्माएल, नतनेल, योजाबाद अनि एलासा।

23 लेवीहरू मध्येः

योजाबाद, शिमी, केलायाह, पतहियाह, यहूदा अनि एलाजार।

24 गवैयाहरू मध्येः एल्याशीब।

द्वारपालहरू मध्येः शल्लूम, तेलेम अनि ऊरी।

25 अनि रहेका, अन्य इस्राएली मध्येः

परोशका कुलहरूकाः सम्याह, यिज्याह, मल्किया, मिय्यामीन, एलाजार, मल्कियाह, बनायाह।

26 एलामका कुलहरूबाटः मत्तन्याह, जकर्याह, यहीएल, अब्दी, यरेमोत अनि एलिया।

27 जत्तूका कुलहरूबाटः एल्योएनै, एल्याशीव, अत्तन्याह, यरेमोत, जरबाद अनि अजीजा।

28 बेबैका कुलहरूकाः यो मानिसहरू येहोहानान, हनन्याह, जब्बै अनि अत्लै।

29 बानीका कुलहरूबाटः मशूल्लाम, मल्लूक, अदायाह, याशूब, शाल अनि यरेमोत।

30 पहत-मोआबका कुलहरूबाटः अद्ना, केलाल, बनायाह, मासेयाह, मत्तन्याह, बज्लेल बिन्नूई अनि मनश्शे।

31 हारीमको कुलहरूबाट यी मानिसहरूः एलाजार, यिश्शियाह, मल्कियाह, शमायह, शिमेओन। 32 बिन्यामिन, मल्लूह, अनि शमर्याह।

33 हाशूमका कुलहरूबाट यी मानिसहरू मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्शे अनि शिमी।

34 बानीका कुलहरूबाट यी मानिसहरूः मादे, अम्राम, अनि ऊएल। 35 बनायाह, बेदयाह कलूही। 36 बन्याह, मरेमोत, एल्याशीब। 37 मत्तन्याह, मत्तनै अनि यासू।

38 बिन्नूईको कुलहरूबाट यी मानिसहरूः 39 शिमी, शेलेम्याह, नातान, अदाया, 40 मक्नादबै, शाशै, शारै, 41 अज्रेल शेलेम्याह, शमर्याह, 42 शल्लूम, अमर्याह अनि योसेफ।

43 नेबोका कुलहरूबाट यी मानिसहरूः यीएल, मत्तियाह जाबाद, जीबना, इद्दै योएल अनि बनायाह।

44 यी सबै मानिसहरूले विदेशी स्त्रीहरूलाई विवाह गरेका थिए, अनि तिनीहरू कसैको पत्नीहरूसँग छोरा-छोरीहरू थिएनन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International