Bible in 90 Days
झूटा अगमवक्ताहरूका विरूद्ध न्याय
9 अगमवक्ताहरूलाई सन्देश
अन्तस्करणमा मेरो हृदय भाँचेको छ।
मेरो सबै हड्डीहरू कामिरहेकाछन्।
यो परमप्रभुको र उहाँको पवित्र वचनको कारणले हो।
म मतवाला मानिस जस्तै भएकोछु।
10 यहूदाका भूमि यस्ता मानिसहरूले भरिएकोछ
जो व्यभिचारीहरू छन्।
यसर्थ परमप्रभुले यस भूमिलाई श्राप दिनुभयो।
अनि खर्क मरुभूमिमा परिणत भएकोछ।
अगमवक्ताहरू दुष्ट छन्।
ती अगमवक्ताहरूले आफ्ना प्रभाव
र शक्ति गल्ती गरी प्रयोग गर्दछन्।
11 “अगमवक्ता अनि पूजाहारी दुवै पापीहरू छन्।
तिनीहरूको दुष्ट्याईं मैले मेरो मन्दिरमा देखेकोछु।
यो सन्देश परमप्रभुबाट आएको हो।
12 यसकारण, म तिनीहरूलाई मेरो सन्देश दिन रोक्नेछु।
तिनीहरूको बाटो अन्धकारले ढाकेको चिप्लो हुनेछ
अनि तिनीहरू कालो अन्धकारमा झर्नेछन्।
म ती पूजाहारीहरू
र अगमवक्ताहरूमाथि
विपद ल्याइ सजाय दिनेछु।”
यो परमप्रभुबाट आएको सन्देश हो।
13 “मैले सामरियामा अगमवक्ताहरूलाई
अगमवाणी दिएर नराम्रो काम गरिरहेकोछु।
बाल देवताको नाउँमा तिमीहरूले इस्राएलका मानिसहरूलाई पथभ्रष्ट गराए।
14 मैले यहूदाका अगमवक्ताहरू डरलाग्दो कामहरू गरिरहेको देखेकोछु।
तिनीहरूलाई व्यभिचारपूर्ण कर्ममा लिप्त छन्।
तिनीहरू झूटो बोल्छन् अनि दुष्ट मानिसहरूलाई सहयोग दिन्छन्।
त्यही कारणले मानिसहरूले दुष्ट काम गर्न रोकिदैनन्।
तिनीहरू सदोमका मानिसहरू जस्ता छन्।
अब यरूशलेम मेरो निम्ति गोमोरा जस्तै भएकोछ।”
15 यसकारण सेनाहरूका परमप्रभुले ती अगमवक्ताहरूका बारेमा भन्नुहुन्छ
“म ती अगमवक्ताहरूलाई तितो भोजन खाने
र विष हालेको पानी पिउने बनाउनेछु
किनभने यरूशलेमका अगमवक्ताहरू देखि
सम्पूर्ण देश नै दूषित पार्दैछन्।”
16 सेनाहरूका परमप्रभु भन्नुहुन्छ
“ती अगमवक्ताहरूका कुरामा ध्यान नदेऊ
ती अगमवक्ताहरूले तिमीहरूलाई मूर्ख बनाउने कोशिश गरिरहेकाछन्।
ती अगमवक्ताहरूले जुन दर्शनहरू बताइरहेका छन्
ती सब तिनीहरूको आफ्नै सृष्टिहरू हुन्।
तिनीहरूले ती दर्शनहरू परमप्रभुबाट प्राप्त गरेका होइनन्।
17 कतिपय मानिसहरूले परमेश्वरबाट आएको सन्देशलाई उपेक्षा गर्दछन्।
अत ती अगमवक्ताहरूले ती मानिसहरूलाई
बेग्ला बेग्लै सन्देश दिन्छन्।
तिनीहरूले मलाई जसले निन्दा गर्छन् तिनीहरूलाई भन्छन्,
परमप्रभुले भन्नुहुन्छ, ‘तिमीले शान्ति पाउँछौ।’
तिनीहरूले ज-जसको हृदय कठोर छ तिनीहरूलाई भन्छन्,
‘तिमीहरूमाथि अनिष्ट हुने छैन्।’
18 तर ती मध्ये कुनै पनि अगमवक्ताहरू दैवीय महासभामा उभिने होइन।
ती मध्ये कसैले पनि परमप्रभुको संदेश
न देखेको छन्, सुनेको नै छ।
19 अब परमप्रभुबाट हुने दण्ड तूफान जस्तो आउने छ।
परमप्रभुको क्रोध आँधी-तूफान जस्तो हुनेछ।
यो ती दुष्ट मानिसहरूका टाउकोहरूमाथि भुमरीको झोक्का ठोकिनेछ।
20 आफ्ना मनले चिताएको योजनाहरू सिद्ध नहोउन्जेल
परमप्रभुको रीस थामिने छैन।
आउने दिनहरूमा
तिमीहरूले त्यो छर्लङ्ग बुझ्नेछौ।
21 मैले ती अगमवक्ताहरूलाई पठाएको होइन।
तर तिनीहरू भागेर गए।
तिनीहरूसँग बोलेको छैन।
तर तिनीहरूले अगमवाणी दिए।
22 तर यदि तिनीहरू मेरो महासभामा बसेका भए,
तिनीहरूले मेरो यहूदाका मानिसहरूलाई मेरो सन्देशहरू भन्ने थिए।
तिनीहरूले ती मानिसहरूलाई नराम्रो कामहरू
गर्न देखि रोक्न सक्थे।”
23 “म परमेश्वर हुँ, जो नजिक छु,”
परमप्रभु भन्नुहुन्छ,
“म त्यो परमेश्वर होइन जो टाढोमा छ।
24 मैले देख्न सक्तिन भन्ने विचारमा
एउटा मानिसले आफैंलाई लुकाउनँ सक्ला।
तर यो मूर्खता हो।
के म स्वर्ग र पृथ्वी भर्दिनँ र?”
परमप्रभुले यसो भन्नुभयो: 25 “त्यहाँ त्यस्ता अगमवक्ताहरू छन् जसले मेरो नाउँ झूटा प्रचार गरिरहेछन्। तिनीहरू भन्छन्, ‘मैले सपना देखेको छु। मैले सपना देखेको छु।’ मैले तिनीहरूले त्यस्तो कुराहरू गरेको सुनें। 26 कहिले सम्म यी अगमवक्ताहरूले झूटो र आफ्नो माया प्रचार गरिरहने? 27 ती अगमवक्ताहरूले मेरो नाउँ मानिसहरूबाट भुलाउनु प्रयास गरिरहेकाछन् जसरी आफ्ना पिता-पुर्खाहरूले सपनाहरू भनेर भुलेका थिए। तिनीहरूका पिता-पुर्खाहरूले बाल देवतालाई पूजे। 28 पराल गहुँ भन्दा भिन्दै हुन्छ। अगमवक्ताहरूले जसकहाँ सपना छ त्यही सपना विषयमा बोलुन्। जसकहाँ मेरा वचनहरू छन् साँचो गरी भनुन। 29 मेरो सन्देश आगो जस्तै छ।” यो सन्देश परमप्रभुबाट आएको हो, “यो मार्तोल जस्तो छ जसले ढुङ्गा चुरचुर पारेर फुटाउँदछ।”
30 “यसर्थ म झूटा अगमवक्ताहरूको विरूद्धमा छु।” यो सन्देश परमप्रभुको हो “ती अगमवक्ताहरूले मेरा शब्दहरू एका-अर्काबाट चोरिरहेका छन्। 31 म झूटो अगमवक्ताहरूको विरूद्ध छु।” यो सन्देश परमप्रभुको हो, “तिनीहरूले आफ्नै शब्दहरू चलाउँछन् र मेरोबाट आएको सन्देश भनेर बाहना गर्दछन्। 32 म झूटा अगमवक्ताहरूका विरूद्ध छु जसले झूटो सपनाहरू प्रचार गर्छन्।” यो परमप्रभुको सन्देश हो। “तिनीहरूले मेरा मानिसहरूलाई झूटो शिक्षा दिदैं कुबाटो तिर लैजादैछन्। न त मैले तिनीहरूलाई पठाएँ न मेरो पक्षमा बोल्नु भनी आदेश दिएँ। तिनीहरूले कदापि यहूदाका मानिसहरूलाई सहयोग गर्न सक्तैनन्।” यो परमप्रभुको सन्देश हो।
परमेश्वरबाट उदास सन्देश
33 “यहूदाका मानिसहरू अथवा अगमवक्ताहरू, अथवा पूजाहारीहरूले तिमीलाई सोध्न सक्छ, ‘परमप्रभुले के-के भारी बोकाउनु भयो?’ तब तिमीहरूले तिनीहरूलाई उत्तर दिन्छौ र भन्छौ, ‘तिमीहरू अत्यन्तै गह्रौं बोझ हौ र म तिमीहरूलाई फ्याँक्नेछु।’ यो परमप्रभुको सन्देश हो।
34 “यदि अगमवक्ता अथवा पूजाहारी अथवा कुनै मानिसले परमप्रभुको बोझ विषयमा कुरा गर्छ भने, ‘म उसका परिवार र उसलाई सजाय दिनेछु।’ 35 यो कुरा तिमीहरू एकार्कालाई भन्नेछौ ‘परमप्रभुले के जवाफ दिनुभयो?’ अथवा ‘उहाँले के भन्नुभयो’? 36 तर तिमीले फेरि ‘परमप्रभुको बोझ’ भन्ने छैनौ किनभने ‘बोझ’ प्रत्येकको आफ्नै शब्द बनिएको हो। तर तिनीहरूलाई भन, ‘तिनीहरूले जीवित परमेश्वर, सेनाहरूका परमप्रभु हाम्रा परमेश्वरको वचन बङग्याएको छौ।’
37 “यदि परमप्रभुको सन्देश तिमी सिक्न चाहन्छौ भने, अगमवक्तालाई सोध, ‘परमप्रभुले तिमीलाई के जवाफ दिनु भयो?’ अथवा ‘परमप्रभुले के भन्नुभयो?’ 38 तर तिमीले नभन परमप्रभुबाट के भारी बोझ थियो। यदि तिमीले यो शब्द प्रयोग गर्यौ भने परमप्रभुले तिमीलाई यी शब्दहरू भन्नु हुनेछ ‘तिमीले मेरो वचनलाई परमप्रभुको भारी नभन्नु पर्थ्यो। मैले तिमीलाई यो शब्द नभन्नु भनें। 39 मैले तिमीहरू र तिम्रा पिता-पुर्खाहरूलाई दिएको शहर र तिमीलाई माथि उचालेर म देखि पर फ्याँक्ने छु। 40 म तिनीहरूमाथि सदा-सर्वदा रहने लाज ल्याउनेछु। आफ्नो बेइज्जिती तिमीहरू कहिल्यै भुल्ने छैनौं।’”
असल र खराब नेभाराहरू
24 परमप्रभुले उहाँको मन्दिर अघाडी राखिएको दुइ डालो नेभारा देखाउनु भयो। (मैले यो दर्शन यहूदाका राजा यहोयाकीमका छोरा बाबेलका राजा नबूकदनेस्सरले यरूशलेमबाट निर्वासिन गराएर लगे पछि देखेको हो। यहोयाकीन र तिनका अधिकारीहरूलाई निपुण शिल्पकार र धातुकारहरूसितै लगियो।) 2 एउटा डालोभित्र धेरै असल नेभाराहरू थिए। ती नेभाराहरू त्यस्ता थिए जुन समय अघाडि नै पाकेका थिए। तर अर्का डालोमा कुहेको नेभाराहरू थिए। तिनीहरू खान लायकका थिएनन्।
3 परमप्रभुले मलाई सोध्नु भयो, “तिमीले के देख्दै छौ यर्मिया?”
मैले जवाफ दिएँ, “डालोमा म नेभाराहरू देख्दै छु। एउटा डालोमा नेभाराहरू एकदमै असल छन् अनि अर्को डालोमा एकदमै नराम्रा नेभाराहरू छन् जो खान लायक छैनन्।”
4 तब परमप्रभुको यो सन्देश मकहाँ आयो 5 परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ, “यहूदाका मानिसहरूलाई आफ्ना देशबाट कैदी झैं लगियो। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बाबेलमा लगे। तिनीहरू असल नेभाराहरू जस्ता छन्। 6 म तिनीहरूलाई दया देखाउनेछु। म तिनीहरूलाई यहूदाको भूमिमा फर्काई ल्याउनेछु। म तिनीहरूलाई विकास गराउनेछु, नष्ट हुन दिँदिन। म तिनीहरूलाई चुडाउँदिन तर तिनीहरूलाई जगाउँछु ताकि तिनीहरूको विकास हुन सकोस्। 7 म तिनीहरूलाई म नै परमप्रभु हुँ भनेर चिन्ने योग्यता दिन्छु। तिनीहरू मेरा मानिसहरू हुनेछन् अनि म तिनीहरूका परमेश्वर हुँ, किनभने तिनीहरू पूर्ण-हृदयहरूले म तर्फ फर्कनेछन्।
8 “तर यहूदाका राजा सिदकियाह कुहेको नेभारा जस्तौ हुनेछ जुन खान लायक हुँदैन। सिदकियाह, उसका अधिकारीहरू, यरूशलेममा छाडिएका मानिसहरू जो यो देशमा रहिरेका छन् अनि तिनीहरू जो मिश्रमा बसिरहेका छन् तिनीहरू कुहेको नेभाराहरू जस्तै हुन्। 9 म तिनीहरूलाई जम्मै राज्यहरूमा डरलाग्दो र नराम्रो चीज बनाउनेछु। मैले तिनीहरूलाई जहाँ-जहाँ छरपस्ट पारेकोछु त्यहाँ तिनीहरूलाई अपमान, गिल्ला र श्राप का निम्ति पात्र बनाउँनेछु। 10 म तरवार, अनिकाल अनि रूढी तिनीहरूका निम्ति पठाउनेछु। जब सम्म तिनीहरू निमटन्न हुँदैनन् तिनीहरू र तिनीहरूका पिता-पुर्खालाई मैले दिएको देशमा तरवार, अनिकाल र देशान पठाउनेछु। त्यस पछि मेलै तिनीहरू र तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको जग्गामा तिनीहरू रहने छैनन्।”
यर्मियाको प्रवचन
25 यो सन्देश जुन यर्मियाकहाँ आयो त्यो यहूदाका सबै मानिसहरूको विषयमा सम्बन्धित छ। यो योशियाहको पुत्र यहोयाकीम यहूदाको राज-सिंहासनमा बसेको चौथो बर्षमा भएको हो। यो नबूकदनेस्सरले बाबेलको राजमुकुट पहिरिएको प्रथम बर्षमा भएको हो। 2 यसैले त्यही अगमवक्ता यर्मियाले यहूदाका जम्मै मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई भनेः
3 यहूदाका राजा आमोनका पुत्र योशियाहको राज्यकालको तेह्रौं बर्षदेखि आजको दिनसम्म अर्थात् तेइस बर्षसम्म परमप्रभुको वचन मकहाँ आयो र मैले घरिघरि तिमीहरूलाई भनिरहेकोछु। तर तिमीहरूले यसलाई ध्यान नै दिएनौ। 4 परमप्रभुले घरिघरि आफ्ना दास अगमवक्ता तिमीहरूकहाँ पठाउनु भएकोछ। तिमीहरूले तिनीहरूको कुरा सुनेनौ अथवा तिनीहरूलाई कुनै ध्यानै दिएनौ।
5 ती अगमवक्ताहरूले भने, “तिमीहरूले आफ्ना जीवन शैली परिर्वतन गर। कुकर्महरू गर्नदेखि आफूलाई पर राख। जीवन परिवर्तन गर र यस देशमा जुन परमप्रभुले तिमी र तिमीहरूका पिता-पुर्खाहरूलाई सदा-सर्वदाका निम्ति दिनु भएकोछ त्यहाँ बसो बासो गर। 6 अन्य देवताहरूको पछि नलाग। तिनीहरूका सेवा वा पूजा नगर। मानिस निर्मित मूर्तिहरू पूजा नगर। यसले मलाई रीस उठाउनेछ। यदि तिमीहरूले मानेनौ भने तब म तिमीहरूलाई नोक्सान गर्नेछु।”
7 परमप्रभुले भन्नुहुन्छ, “तर तिमीहरूले मेरो कुरा मानेनौ। तिमीहरूका मूर्तिहरूले मलाई उत्तेजित पार्यौं अनि आफैंमा नोक्सान ल्यायौ।”
8 यसकारण सेनाहरूका परमेश्वरले यसो भन्नुहुन्छ, “तिमीहरूले मेरो सन्देशहरूमा ध्यानै नदिएका हुनाले, 9 म उत्तरका सबै कुलहरूका मानसिहरूलाई र मेरो दास बाबेलका राजा नबूकदनेस्सरलाई ल्याउनेछु, र तिनीहरूलाई यो देश र यसका बासिन्दा र यसका चारैतिरका सबै जातिहरूको विरूद्धमा ल्याउनेछु। म ती सारा देशहरूलाई बिलकुलै ध्वंस गर्नेछु। म ती भूमिहरू सदालाई सूख्खा मरुभूमि जस्तो बनाई दिने छु अनि तिनीहरूलाई डरलाग्दो गाली र एक स्थायी अपमानको पात्रमा परिणत गर्नेछु। 10 म ती ठाउँहरू हर्ष र उत्साहका खुशीहरूलाई शेष पारिदिनेछु। त्यहाँ अब-उप्रान्त नव दुल्हा-दुल्हीका खुशी र आनन्दका दिनहरू हुने छैन। म मानिसहरूले पिस्ने जाँतोका आवाज सम्म उठाउँनेछु। म बत्तीको उज्यालोलाई लगिदिनेछु। 11 त्यो सम्पूर्ण क्षेत्र नै मरुभूमि जस्तो उजाड हुनेछ। यी सबै जातिहरूका मानिसहरूले सत्तरी बर्ष सम्म बाबेलका राजाको सेवा गर्नेछन्।
12 “तर सत्तरी बर्ष बिती सके पछि म बाबेलका राजालाई दण्ड दिनेछु। म बाबेलका जातिहरूलाई पनि दण्ड दिने छु।” यो परमेश्वरको सन्देश हो “म बाबेलवासीहरूको भूमिलाई पनि उनीहरूको पापहरूको कारण दण्ड दिनेछु। म त्यो भूमि सदाको लागि बाँझो बनाई दिनेछु। 13 मैले त्यस देशको विषयमा जे भनेकोछु र यर्मियाले विरोधमा यसको जे अगमवाणी गरेकोछ अनि पुस्तकमा जे लेखिएकोछ म त्यो देशकोको विरूद्ध सबै ल्याउनेछु। 14 बाबेलका मानिसहरूले धेरै राज्यहरू र महाराजहरूको सेवा गर्नु पर्नेछ। तिनीहरूले गरेको अनिष्ट कामका निम्ति तिनीहरूलाई सजाय दिइनेछ।”
संसारका राज्यहरू माथि न्याय
15 परमप्रभु, इस्राएलका परमेश्वरले मलाई यी कुराहरू भन्नुभयो “यर्मिया, यो कचौरोको दाखरस मेरो हातबाट लेऊ। यो मेरो क्रोधको दाखरस हो। म तिमीलाई विभिन्न जातिहरूमा पठाई रहेछु। ती जातिहरूलाई यही प्यालाबाट पियाऊ। 16 तिनीहरूले यो पिउँनेछन्। त्यसपछि तिनीहरू धरमराउनेछन् र पागल मानिस जस्तो व्यवहार गर्नेछन। तिनीहरूले तरवारको कारण त्यसो गर्छन् जुन तिनीहरूको विरूद्ध म पठाउँदैछु।”
17 यसर्थ मैले परमेश्वरको हातबाट त्यो कचौरा दाखरस लिएँ। म ती जातिहरूमा गएँ अनि त्यो कचौराबाट मैले दाखरस पियाँए। 18 मैले यो दाखरस यरूशलेम र यहूदाका शहरहरूमा खनाइदिएँ। मैले यहूदाका राजाहरू र अगुवाहरूलाई त्यो कचौराबाट दाखरस पिउँन लगाँए। तिनीहरू आज जस्तो देखन्छन, मरुभूमि झैं उजाड, डरलाग्दो चीज अनि खिल्ली र श्रापको पात्र बनाउन मैले तिनीहरूलाई पिलाएँ।
19 मैले मिश्रका राजा फिरऊन, तिनका अधिकारीहरू, महत्वपूर्ण नायकहरू, उनका सबै मानिसलाई परमप्रभुको रीसको दाखरस पिउनु लगाँए।
20 मैले अरबका जम्मै बासिन्दाहरू, ऊजका सबै राजाहरू, पलिश्तीहरूका सबै राजाहरू जसमा अश्कलोन, गाजा, एक्रोन, अश्दोदमा बाँकी रहेका जम्मै मानिसलाई परमप्रभुको रीसको दाखरस पिउनु लगाँए।
21 अनि मैले एदोम, मोआब र अम्मोनिहरूका सबै राजाहरू पनि गाभिन्छन्, सबैलाई परमप्रभुको रीसको दाखरस पिउनु लगाँए।
22 मैले सोर र सीदोनका सबै राजाहरू र जम्मै मानिसलाई परमप्रभुको रीसको दाखरस पिउनु लगाँए।
अनि समुद्रका टापुहरूका राजाहरूलाई यो पिउन लगाँए। 23 ददान, तेमा र बूजका अनि कनपट सम्म केश काट्ने मानिसहरूलाई मैले यो पिउन बाध्य गराँए। 24 मैले अरब देशका र सीमान्तका सारा राजाहरू जो मरुभूमिमा बस्छन्, 25 जिम्री, एलाम र मादैका सारा राजाहरूलाई पनि यो पिउन लगाँए। 26 मैले सारा उत्तरका राजाहरू नजिक र टाढामा भएका राज्यहरूलाई यो पिउनु लगाँए। मैले सबै पृथ्वीका राजाहरूलाई परमप्रभुको क्रोधको कचौराबाट दाखरस पिउन लगाँए। तर “शीशकका”[a] राजाले पनि अन्य जातिहरूले पिए पश्चात पिउनेछन्।
27 “यर्मिया! सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले के भन्नुहुन्छ, ती जातिहरूलाई भनिदेऊ यसकारण परमप्रभुले भन्नुहुन्छ, ‘पिऊ, मात, वान्त गर र लड अनि नउठ किनभने म तिमीहरूका माझमा तरवार पठाइरहेछु।’
28 “ती मानिसहरूले तिम्रो हातबाट कचौरा लिन अस्वीकार गर्छन। तिनीहरूले यसलाई पिउन अस्वीकार गर्छन। तर तिमीले तिनीहरूलाई भन्नेछौ, ‘सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुहुन्छ तिमीहरूले अवश्य नै यो कचौराबाट पिउनेछौ। 29 मैले यरूशलेममाथि जसलाई मेरो नाउँले कहलाइन्छ अनि सायद तिमीहरूले दण्ड पाउँदैनौ भनेर सोचिरहेका होलाऊ, विपत्ति ल्याउन थालिसकेकोछु। म पृथ्वीमा भएका सारा मानिसहरू प्रति आक्रमण गर्न तरवारलाई बोलाउनेछु।’” यो सेनाहरूका परमप्रभुबाट आएको सन्देश हो।
30 “यर्मिया! तिनीहरूलाई भन्छन्:
‘परमप्रभु उँभोबाट गर्जनु हुन्छ।
उहाँ आफ्नो पवित्र मन्दिरबाट गर्जनु हुन्छ।
परमप्रभु उहाँको भूमिका मानिसहरूलाई जोरसित गर्जनु हुन्छ।
उहाँ दाखरस बनाउनेले अङ्गुर किच्याउँदा गरेको आवाज झैं चिच्चयाउनु हुन्छ।
ती चिच्चयाहटहरू पृथ्वीका सबै बासिन्दाहरू सम्म पुग्छ।
31 त्यो हल्लाको प्रतिध्वनि,
पृथ्वीको आखिर सम्म पुग्छ।
पृथ्वीका मानिसहरूका विरूद्धमा
परमप्रभुको एउटा अभियोग छ।
उहाँले मानिसहरूलाई न्याय
र दुष्टहरूलाई तरवारले मार्नु हुनेछ।’”
परमप्रभु भन्नुहुन्छ।
32 यसकारण सेनाहरूका परमप्रभु भन्नुहुन्छ,
“हेर, महा-सर्वनाश एक देशदेखि अर्को देशमा फैलिनेछ।
पृथ्वीको सुदूर कुनाहरूबाट
एक सर्वनाशक आँधी आइरहेछ।”
33 परमप्रभुले मार्नु भएको मानिसहरूको लाशहरू पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म छरिएर रहनेछ। मर्नेहरूका निम्ति शोक मनाउने कोही हुँदैन। लाशहरू बटुलिदैन न त दफन नै गरिन्छ। ती लाशहरू खेतमा गोबर झैं छरपस्ट रहन्छन्।
34 हे गोठालाहरू हेर, विलाप गर! हे बथानका नायकहरू हो,
खरानीमा लडीबडी गर।
किनभने तिमीहरूका हत्या हुने र चिच्चाउने,
अनि तितर-बितर हुने समय आएको छ।
तिमीहरू झर्नेछौ र दामी जग झैं फुट्नेछौ।
35 गोठालाहरूले आफै लुक्ने ठाँउ पाउने छैनन्।
बथानका मालिकहरूले भाग्न सक्तैनन्।
36 म गोठालाहरूका हाऊ-हाऊ शब्दहरू
र बथानका मलिकहरूका चित्कार सुन्छु।
परमप्रभुले तिनीहरूको खर्क नै नष्ट पार्नु भयो।
37 शान्तमय खर्कहरू नष्ट गरिए।
परमप्रभुको भीषण क्रोधले यस्तो गरेको हो।
38 परमप्रभु हिंस्रक सिंह ओडारबाट निस्केको जस्तै हुनुहुन्छ।
परमप्रभुको बल्दै गरेको रीस र अत्याचारीहरूको रीसले,
तिनीहरूको देश उजाड निर्जन बनिएकोछ।
मन्दिरमा यर्मियाको पाठ
26 योशियाहका छोरो यहूदाका राजा यहोयाकीमको शासनकालको शुरूमा यो वचन परमप्रभुबाट आयो। 2 परमप्रभुले भन्नुभयो “यर्मिया, परमप्रभुको मन्दिर चोकमा तिमी उभ र यो वचन भन। मन्दिरमा आराधना गर्न आउने यहूदाका सबै बासिन्दाहरूलाई भन। मैले भनेको प्रत्येक कुरा उनीहरूलाई भन। मेरो सन्देशको कुनै भाग पनि नछोड। 3 यो हुनसक्छ, तिनीहरूले सुन्नेछन् अनि मेरो सन्देश पालन गर्नेछन् र तिनीहरू खराब काम गर्नुबाट रोकिनेछन्। यदि तिनीहरू परिर्वतन भए भने म मेरो तिनीहरूलाई तिनीहरूको दुष्टकर्मका निम्ति सजाय दिन जुन योजना तयार पारेकोछु त्यो बदलिनेछु। 4 तिमीले तिनीहरूलाई भन्नेछौ, ‘यही नै परमप्रभु भन्नुहुन्छ यदि तिमीहरूले मेरा कुराहरू सुनेनौ अनि मैले तिमीहरू अघि राखेको शिक्षाहरू। 5 मेरा दास अगमवक्ताहरू जसलाई मैले तिमीहरूकहाँ समय समयमा पठाएको थिए तर तिनीहरूका वचनहरू अनुशरण गरेनौ, तिमीहरूले तिनीहरूको कुराहरू सुनेनौ। 6 तब म यो मन्दिरलाई शिलोह[b] जस्तै बनाउनेछु अनि पृथ्वीभरिको मानिसहरूका निम्ति यो शहर एक श्राप झैं बनाउनेछु।’”
7 पूजाहारीहरू, अगमवक्ताहरू अनि सारा मानिसहरूले यर्मियाले परमेश्वरको मन्दिरमा भनेको ती शब्दहरू सुने। 8 परमप्रभुले दिनुभएको आदेश अनुसार यर्मियाले सबै कुराहरू मानिसहरूलाई भनी समाप्त गरे। तब पूजाहारीहरू, अगमवक्ताहरू र सारा मानिसहरूले यर्मियालाई समाते अनि भने, “तिमी निश्चय नै मर्नेछौ। 9 कसरी तिमीले परमप्रभुको नाउँमा यति नराम्रो कुरा गर्ने आँट गर्यौ? कसरी परमप्रभुको यो मन्दिर शीलोहमा ध्वंस भए जस्तो हुनेछ भन्ने आँट कसरी गर्यौ? कुन आँटले तिमीले यरूशलेम निर्जन मरुभूमि झैं हुनेछ भन्यौ?” परमप्रभुको मन्दिरमा सबै मानिसहरू यर्मियाको विरूद्ध भेला भए।
10 जब यहूदाका शासकहरूले ती अप्रिय घटनाहरूको बारेमा कुराहरू सुने तिनीहरू राजाको राजदरवारबाट बाहिर निस्के। तिनीहरू परमेश्वरको मन्दिर भएतिर उक्लिए। त्यहाँ, तिनीहरूले नयाँ प्रवेशद्वारमा आफ्ना ठाउँ लिए। 11 त्यसपछि पूजाहारीहरू र अगमवक्ताहरूले शासकहरू र सारा अन्य मानिसहरूलाई यसो भने। तिनीहरूले भने, “यर्मिया मारिनु पर्छ। उनले यरूशलेमको बारेमा नराम्रो कुराहरू भने। तपाईंहरूले उनले त्यस्तो कुराहरू भनेको सुनेकाछौं।”
12 तब यर्मियाले यहूदाका सबै प्रशासकहरू र मानिसहरूसँग बात गरे। “परमप्रभुले मलाई यो मन्दिर र शहर बारे यी सबै कुराहरू जो तिमीहरूले सुन्यौ, भन्न पठाउनु भयो। 13 तिमीहरूले आफ्नो मन अनि कार्य बद्लिन नै पर्छ। तिमीहरूले आफ्नो परमप्रभु परमेश्वरको आज्ञा पालन गर्नु नै पर्छ। यदि तिमीहरूले त्यसो गर्यौ भने उहाँले आफ्नो मनलाई बद्लनु हुनेछ र खराब कामहरू जो उहाँले तिमीहरूका विरूद्ध उद्घोषणा गर्नु भएको छ त्यो टर्नेछ। 14 मेरो विषयको कुरा र म तिमीहरूकै हातमा छु। तिमीहरूलाई जे ठीक लाग्छ त्यही गर। 15 तर यदि तिमीहरूले मलाई मार्यौ भने, एउटा कुराको लागि निश्चित हौ। कि तिमीहरू एक निर्दोष मानिसको हत्यारा हुनेछौ। तिमीहरूले यो शहर र यसमा बस्ने सबै मानिसहरूलाई दोषी बनाउँनेछौ। किनभने उहाँ परमप्रभु नै हुनुहुन्छ, जसले मलाई ती वचनहरू तिमीहरूलाई भन्न पठाउनु भयो जो तिमीहरूले सुन्यौ।”
16 त्यसपछि सबै प्रशासकहरू र मानिसहरू बोले। ती मानिसहरूले पूजाहारीहरू र अगमवक्ताहरूलाई भने, “यर्मियालाई मार्नु हुँदैन। जति कुराहरू यर्मियाले हामीलाई भने ती सबै परमप्रभु हाम्रा परमेश्वरबाट आएको हो।”
17 तब कतिपय बूढा-पाकाहरू उठे र सबै मानिसहरूलाई भने। 18 तिनीहरूले भने, “यहूदाका राजा हिजकियाहको शासनकालमा मारसेतबाट मीका नाउँ भएका एकजना अगमवक्ता आएका थिए। मीकाले यहूदाका सबै मानिसहरूलाई यी कुराहरू भने, ‘सेनाहरूका परमप्रभु भन्नुहुन्छ:
सियोन ध्वंस हुने छ।
यो जोतेको खेतझैं हुनेछ।
यरूशलेम ढुङ्गाको थाक हुनेछ।
परमप्रभुको मन्दिर भएको डाँडा जगंल,
र बनमाराहरूको रित्तो डाँडा[c] बनिनेछ।’
19 “यहूदाका राजा हिजकियाहले मीकालाई मारेनन्। यहूदाका कुनै मानिसले मीकालाई मारेन। हिजकियाह परमप्रभुदेखि डराए अनि उहाँको दया याचना गरे। अनि परमप्रभुले तिनीहरूको विरोधमा भन्नु भएको कुराहरू विषयमा आफ्नो मन बद्लिनु भयो। तर हामीहरूले हाम्रो आफ्नो जीवनमाथि महाविपद ल्याउन आँटेकाछौं।”
20 विगतमा त्यहाँ शमायाहको छोरो उरियाह नाउँ गरेका किर्यत्यारीमबाट आएका एकजना मानिस थिए। उसले यर्मियाले झैं यो शहर र यस भूमि विरूद्धमा परमप्रभुको सन्देश प्रचार गरे। 21 राजा यहोयाकीम र उनका सैनिक अधिकारीहरू अनि यहूदाका प्रमुखहरूले ऊरियाहले गरेको प्रचार सुने। तिनीहरू क्रोधित भए। राजा यहोयाकीमले ऊरियाहलाई मार्न चाहन्थे। तर ऊरियाहले त्यो कुरा चाल पाए। ऊरियाह डराए र मिश्र देशमा भागेर गए। 22 तर राजा यहोयाकिमले एलनातान नाउँ भएका एक मानिस र अन्य मानिसहरूलाई मिश्रमा पठाए। एलनातान अकबोरको छोरा थियो। 23 तिनीहरूले ऊरियाहलाई मिश्रबाट ल्याए अनि यहोयाकीमलाई सुम्पिए। यहोयाकीमले ऊरियाहलाई तरवारले मार्नु भन्ने हुकुम दिए। ऊरियाहको मृत शरीर साधारण मानिसहरू गाड्ने चिहानमा फ्याँकिदिए।
24 अब शापानको छोरो अहीकामले यर्मियालाई सुरक्षा दिए। यसर्थ तिनले तिनलाई मानिसहरूको हातबाट बचाए।
परमेश्वरले नबूकदनेस्सरलाई शासक बनाउनु भयो
27 यहूदामा सिदकियाहको शासनकालको चौथो बर्षमा[d] परमप्रभुको यो वचन यर्मियाकहाँ अयो। सिदकियाह योशिहका छोरो थिए। 2 परमप्रभुले भन्नुभयो, “यर्मिया, यी फीता र डण्डहरूबाट एउटा जुवा बनाऊ र तिम्रो काँधमा लगाऊ। 3 त्यसपछि एदोम, मोआब, अम्मोन, सोर र सीदोमका राजाहरूकहाँ यी राजाहरूका दूतहरू जो यहूदाका राजा सिदकियाहलाई भेट्न यरूशलेममा आएका छन् तिमीहरूको माध्यम यी समाचार पठाऊ। 4 तिनीहरूका मालिकहरूलाई यी खबरहरू पुर्याऊ भनी तिनीहरूलाई भन तिनीहरूलाई भन, ‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ तिम्रा मालिकहरूलाई भन कि 5 मैले पृथ्वीमा सारा पशुहरू बनाएँ। यो मैले मेरो महान शक्ति र बलिष्ठ पाखुराले गरें। म यो पृथ्वी जसलाई चाहन्छु, त्यसैलाई दिन सक्छु। 6 अहिले तिमीहरूका सबै देशहरू मैले बाबेलका राजा नबूकदनेस्सरलाई दिएको छु। उनी मेरा दास हुन्। मैले जङ्गली पशुहरू सम्मलाई पनि उसको आज्ञा पालन गर्ने बनाउँछु। 7 सारा जातिहरूले नबूकदनेस्सर, उनको छोरो र उनको नातिको सेवा गर्नेछन्। त्यसपछि बाबेल परास्त हुने समय आउनेछ। धेरै राज्यहरू र महान राजाहरूले बाबेललाई आफ्नो कमारो बनाउँनेछन्।
8 “‘तर अहिले केही जातिहरू यस्ता हुनेछन् कि तिनीहरू बाबेलका राजा नबूकदनेस्सरलाई सेवा गर्न अस्वीकार गर्नेछन्। यदि कुनै जातिले आफ्नो घिच्रोमा जुवा राख्न अस्वीकार गरे म त्यसलाई तरवार, अनिकाल र डरलाग्दो बीमारहरू मार्फत सजाय दिनेछु,’” यो परमप्रभुबाट आएको सन्देश हो। “‘जब सम्म त्यो जातिलाई उसको पक्षबाट ध्वंश पार्दिन तब सम्म म यसो गर्नेछु। 9 यसर्थ तिमीहरू अगमवक्ताहरू जोखाना हेर्नेहरू, दर्शन देख्नेहरू, ज्योतिषिहरू र जादूगरी गर्नेहरू जसले तिमीहरूलाई भन्छन्, “तिनीहरूले बाबेलका राजाको सेवा गर्नेछैनौ,” तिनीहरूलाई ध्यान नदेऊ। 10 तर ती मानिसहरूले तिमीहरूलाई झूटो अगमवाणी दिनेछन् यसले गर्दा म तिमीहरूलाई तिनीहरूका देशबाट टाढो लखेट्नेछु र तिमीहरू मर्नेछौ।
11 “‘ती जातिहरू ज-जसले बाबेलका राजाको सार्वभौमिकतालाई ग्रहण गर्नेछ। अनि उसको सेवा गर्नेछ, जब सम्म चाहन्छन् म तिनीहरूलाई तिनीहरूकै भूमिमा विकास हुन दिन्छु,’” परमप्रभुले घोषणा गर्नुहुन्छ।
12 मैले सिदकियाह यहूदाका राजालाई भनें, “सिदकियाह तिमीले बाबेलका राजाको जुवा तिम्रो घिच्रोमा राख्नै पर्छ, यदि तिमीले बाबेलका राजा र उसको मानिसहरूका अस्वीकार गर्यौ भने तिमी बाँच्नेछौ। 13 यदि तिमीले बाबेलका राजालाई सेवा गर्न राजी भएनौ भने तिमी र तिम्रा मानिसहरू शत्रुको तरवार भोक अनि भयानक रोगहरूबाट मर्नेछौ। बाबेलका राजालाई सेवा गर्न अस्वीकार गर्ने कुनै पनि जातिको सम्बन्धमा परमप्रभुले यसो भन्नुभयो। 14 तर तिमीहरूलाई झूटो अगमवक्ताहरूले भनिरहेका छन् ‘तिमीहरू बाबेलका राजालाई सेवा गर्नेछैनौ।’
“तिनीहरू तिमीहरूसित झूटो बोलिरहेकाछन्। यसकारण तिमीहरूले तिनीहरूको कुरा नसुन।” 15 परमप्रभु भन्नुहुन्छ, “मैले त्यस्ता अगमवक्ताहरूलाई पठाएको होइन, तर तिनीहरू मेरो नाउँमा झूटो अगमवाणी कहिरहेका छन्। यसकारण यहूदाका मानिसहरूलाई सुदूर ठाँउमा पठाँउनेछु। तिमीहरू सड्नेछौ अनि त्यसरी नै ती अगमवक्ताहरू जसले तिमीहरूकहाँ अगमवाणी कहने तिनीहरू पनि नष्टछन्।”
16 तब मैले ती पूजाहारीहरू अनि ती प्रजालाई सूचना दिएँ, “परमप्रभु भन्नुहुन्छ ‘ती झूटा अगमवक्ताहरूको कुरा नसुन जसले बाबेलबाट परमप्रभुको मन्दिरमा जम्मै समानहरू झट्टै फर्काईंदैछ।’ तिनीहरूले झूटो बोलिरहेका छन्। 17 ती अगमवक्ताहरूका कुरामा ध्यान नदेऊ। बाबेलका राजालाई सेवा गर अनि बाँच। यो शहर किन नष्ट होस्? 18 यदि ती मानिसहरू अगमवक्ता हुन भने अनि परमप्रभुको वचन तिनीहरूसँग छ भने, तिनीहरूले परमप्रभुलाई, राजाको महलमा रहेका, परमप्रभुको मन्दिरमा रहेका, र यरूशलेममा रहेका जुन चीजहरू अहिले सम्म छोडिएकाछन् बाबेलमा ल्याउन नसकियोस भनी प्रार्थना गरून्।”
19 सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “ती चीजहरूको बारेमा जुन अझै यरूशलेममा छाडिएका छन् त्यहाँ मन्दिरमा विशाल काँसाको स्तम्भहरू, गुडने आधारहरू र अन्य चीजहरू छन्। बाबेलका राजा नबूकदनेस्सरले ती सबैहरू यरूशलेममा छाडे। 20 बाबेलका राजा नबूकदनेस्सरले जब यहोयाकीमको छोरा यहूदाका राजा यहोयकीन र यहूदा र यरूशलेमका जम्मै भारादारहरूलाई देश निष्कासन गरी बाबेलमा लगेका थिए, त्यस समय ती समानहरू बाबेल लगेनन्। 21 सेनाहरूका, परमप्रभु, इस्राएलका परमेश्वर, परमेश्वरका मन्दिरमा छाडिएका अनि राजाका महल र यरूशलेममा छाडिएका चीजहरूको बारेमा भन्नुहुन्छ ती सम्पूर्ण समानहरू पनि बाबेल तर्फ लगिए। 22 ‘ती सारा समानहरू बाबेलमा लगिन्छ र जब सम्म तिनीहरूको निम्ति आउँदिन तब सम्म ती समानहरू त्यही रहन्छ।’ यो सन्देश परमप्रभु भन्नुहुन्छ, ‘तब म ती समानहरू फर्काई ल्याउँनेछु। म ती समानहरू यो ठाउँमा फर्काई राख्नेछु।’”
हनन्याह झूटो अगमवक्ता
28 त्यही साल नै जब सिदकियाह यहूदाका राजा भएको चौथो बर्षको पाँचौ महीनामा अज्जूरको छोरो अगमवक्ता हनन्याहले परमप्रभुको मन्दिरमा सबै पूजाहारीहरू र अन्य मानिसहरूको उपस्थितिमा मसित भने। हनन्याह गिबोनका बासिन्दा थिए। हनन्याहले भने, 2 “सेनाहरूका परमप्रभु इस्राएलका मानिसहरूका परमेश्वरले भन्नुहुन्छ ‘बाबेलका राजाले यहूदाका मानिसहरूको काँधमा राखेको जुवा म भाँच्नेछु। 3 दुइ बर्ष बित्दा नबित्दै म बाबेलका राजा नबूकदनेस्सरले परमप्रभुको मन्दिरबाट जति सरसामानहरू लगेका थिए ती सबै फर्काई ल्याउनेछु। 4 म यहोयकीमका छोरो यहूदाका राजा यहोयाकीनलाई यस ठाउँमा फर्काइ ल्याउने छु। म ती सारा यहूदाका मानिसहरूलाई फर्काई ल्याउनेछु जसलाई नबूकदनेस्सरले आफ्ना घरहरू छोड्न बाध्य गराएर बाबेलतिर पठाएका थिए।’ परमप्रभु भन्नुहुन्छ, ‘यसकारण म बाबेलका राजाको जुवा भाँचिदिनेछु।’”
5 तब अगमवक्ता यर्मियाले पूजाहारीहरू र अन्य मानिसहरू जो परमप्रभुको मन्दिरमा उभिरहेका थिए तिनीहरूको सम्मुख अगमवक्ता हनन्याहलाई जवाफ दिए। 6 अगमवक्ता यर्मियाले हनन्याहलाई भने, “आमेन। म आशा गर्दछु परमप्रभुले साँच्चि नै त्यो गर्नु हुनेछ परमप्रभुले तिमीले बोलेका वचनहरू पूरा गर्नु हुनेछ। म आशा गर्दछु परमप्रभुले उहाँको मन्दिरबाट जम्मै सामानहरू र मानिसहरू पनि बाबेलबाट यस ठाउँमा फर्काई ल्याउनु हुनेछ।
7 “हनन्याह तर मैले भनेका कुराहरू सुन। मैले भनेका कुराहरू तिमीहरू सबै मानिसहरूले सुन। 8 हनन्याह त्यहाँ तिमी र म अगमवक्ता हुन भन्दा धेरै अघि नै अगमवक्ताहरू थिए। तिनीहरूले युद्ध, अनिकाल, भयानक रूढी धेरै देशहरू र महान राज्यहरूमा आउनेछ भनेर प्रचार गरेका थिए। 9 तर यदि एकजना अगमवक्ताले शान्तिको अगमवाणी दिन्छ र उसको अगमवाणी सत्य हुन्छ तब मानिसहरूले जान्ने छन् कि परमप्रभुले उसलाई नै पठाउनु भएको हो।”
10 यर्मियाले आफ्नो काँधमा जूवा भिरि रहेका थिए। तब अगमवक्ता हनन्याहले यर्मियाको काँधबाट जूवा निकाली दिए। हनन्याहले त्यो जुवा भाँचिदिए। 11 तब हनन्याह अरू जम्मै मानिसहरूको उपस्थितिमा जोरले कराए अनि भने, “त्यो यो हो जुन परमप्रभु भन्नुहुन्छ, ‘त्यसरी नै नबूकदनेस्सर बाबेलका राजाको जुवा म सबै जातिहरूको काँधबाट दुइ बर्ष भित्रमा भाँचि दिन्छु।’”
त्यस पछि अगमवक्ता यर्मियाले परमप्रभुको मन्दिर छोडे अनि बाहिर गए।
12 जब हनन्याहले अगमवक्ता यर्मियाको काँधबाट जुवा निकालेर भाँचिदिए परमप्रभुको वचन यर्मियालाई आयो। 13 परमप्रभुले यर्मियालाई भन्नुभयो, “जाऊ अनि परमप्रभुले जे भन्नुहुनछ हनन्याहलाई भन, ‘तिमीले काठको जुवाहरू भाँचिदियौ। तर म काठको सट्टामा फलामको जुवाहरू बनाउनेछु। 14 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, म सारा जातिहरूका काँघमा फलामको जुवा लगाइदिनेछु ताकि तिनीहरूले बाबेलका राजा नबूकदनेस्सरको सेवा गरून्। तिनीहरू राजा नबूकदनेस्सरका दास-दासीहरू हुनेछन्। म उसलाई जङ्गली जनावर माथि पनि राज गर्ने क्षमता प्रदान गर्नेछु।’”
15 तब अगमवक्ता यर्मियाले अगमवक्ता हनन्याहलाई भने, “सुन हनन्याह! परमेश्वरले तिमीलाई पठाएको होइन। तर तिमीले यहूदाका मानिसहरूलाई झूटो कुरामा विश्वास गर्नलगायौ। 16 यसकारण परमप्रभु यसो भन्नुहुन्छ, ‘चाँडै म तिमीलाई यस पृथ्वीबाट हटाई दिनेछु, हनन्याह। तिमी यही बर्ष मर्नेछौ। किनभने तिमीले मानिसहरूलाई परमेश्वरको विरूद्ध भड्कायौ।’”
17 अगमवक्ता हनन्याह त्यही बर्षको सातौं महीनामा मरे।
बाबेलका कैदीहरूलाई एक पत्र
29 अगमवक्ता यर्मियाले यरूशलेमबाट बूढा-प्रधानहरू, पूजाहारीहरू, अगमवक्ताहरू अनि यहूदाका सबै मानिसहरू जसलाई नबूकदनेस्सरले यरूशलेमबाट बाबेलमा ल्याएका थिए तिनीहरूलाई एउटा पत्र पठाए। 2 (यो पत्र राजा यहोयाकीन, राजमाता, नपुंसकहरू अनि यहूदा र यरूशलेमका शासकहरू, कारीगरहरू, लोहारहरू जसलाई यरूशलेमबाट ल्याएका थिए सबैलाई पठाए।) 3 यहूदाका राजा सिदकियाहले शापानका छोरो एलासा र हिल्कियाहका छोरो गर्मयाहलाई बाबेलका राजा नबूकदनेस्सरकहाँ पठाए। यर्मियाले ती मानिसहरूलाई बाबेलमा पत्र लैजानु भने। पत्रको अर्न्त विषय यस्तो थियो:
4 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले यरूशलेम देखि बाबेल सम्म कैद भएका ती मानिसहरूलाई यी कुराहरू भन्नु भएको थियो 5 “घरहरू बनाऊ र त्यसमा बस्। बारीहरू बनाऊ र बिरूवाहरू रोप र फलहरू खाऊ। 6 विवाह-बारी गरेर छोरा-छोरीहरू जन्माऊ। आफ्ना छोराहरूको लागि बुहारीहरू रोज। त्यसो गर्दा तिनीहरूले पनि छोरा-छोरीहरू जन्माउनेछन्। त्यहाँ सन्तान बढाऊ, नघटाऊ। 7 शहरमा पनि असल कार्यहरू गर जसका निम्ति मैले तिनीहरूलाई पठाएँ। जहाँ तिमीहरू बसिरहेकाछौ त्यस शहरका निम्ति परमप्रभुसित प्रार्थना गर। किनभने यदि त्यहाँ शान्ति छाए तिमीहरू पनि शान्तिसित बस्नु सक्छौ।” 8 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ “तिमीहरूका अगमवक्ताहरू र मंत्र-तंत्रगर्नेहरूले तिमीहरूलाई धोका नदिऊन्। तिनीहरूले देखेका सपनाका कुराहरूमा ध्यानै नदेऊ। 9 तिनीहरूले मेरो नाउँमा झूटो अगमवाणी कहिरहेका छन्। अनि तिनीहरूले भनिरहेका छन्। तर मैले तिनीहरूलाई पठाएको होइन।” यो सन्देश परमप्रभुबाट आएको छ।
10 परमप्रभु यो भन्नुहुन्छ “बाबेल सत्तरी बर्ष सम्म शक्तिशाली रहनेछ। त्यसपछि म तिमीहरूकहाँ आउनेछु र तिमीहरूलाई यस ठाउँमा फर्काई ल्याउने मेरो प्रतिज्ञा पूरा गर्नेछु। 11 म यसो भन्छु किनभने तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू म जान्दछु।” यो परमप्रभुबाट आएको सन्देश हो, “मसँग तिमीहरूको लागि राम्रो योजनाहरू छ। म तिमीहरूलाई चोट पुर्याउने योजना बनाउँदिन। मैले तिमीहरूलाई आशा र असल भविष्य दिने योजना गरेको छु। 12 त्यसपछि तिमीहरूले मलाई बोलाउनेछौ, मकहाँ आऊ अनि मलाई प्रार्थना गर। म तिमीहरूलाई प्रार्थनाको उत्तर दिनेछु। 13 तिमीहरूले मलाई खोज्नेछौ। अनि जब तिमीहरू आफ्ना तनमन लगाएर मलाई खोज्नेछौ, तिमीहरूले मलाई पाउनेछौ। 14 म तिमीहरूलाई भेट गर्न अनुमित दिनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो “म तिमीहरूलाई कैदबाट छुटाई ल्याउनेछु। म तिमीहरूलाई सबै जाति-जातिहरू र ठाउँ-ठाउँहरूदेखि भेला गर्नेछु जहाँ मैले तिमीहरूलाई पठाएको थिएँ।” यो परमप्रभुबाट आएको सन्देश हो। “अनि तिमीहरूलाई यस ठाँउमा फर्काई ल्याउनेछु।”
15 तिमीहरूले भनेका छौ, “तर परमप्रभुले हामीलाई यहाँ बाबेलमा अगमवक्ताहरू दिनु भएको छ।” 16 तर तिमीहरूका आफन्तहरू जो बाबेलमा लागिएका थिएनन् तिनीहरूको विषयमा परमप्रभु यी कुराहरू भन्नुहुन्छ। म अहिले त्यो राजा जो दाऊदको राजसिंहासनमा बसेका छन् र ती मानिसहरू जो अझ सम्म यरूशलेम शहरमा छन् तिनीहरूको विषयमा भन्दैछु। 17 सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “म तरवार, अनिकाल, र भयानक रूढीहरू ती मानिसहरूका विरूद्ध पठाउँदैछु जो यरूशलेममा बसिरहेका छन्। तिनीहरूलाई खान नसकिने कुहेका नेभाराहरू जस्ता बनाउने छु। 18 म तिनीहरूलाई तरवार, अनिकाल अनि भयानक रूढीहरूले खेद्नेछु। म तिनीहरूलाई पृथ्वीका राजधानीहरूको सामुन्ने डरलाग्दो दृश्य बनाइदिनेछु, समस्त जातिहरू जहाँ म तिनीहरूलाई पठाउँछु त्यहाँ श्राप, डर, घृणा, खिसी र निन्दाको पात्र बनाउनेछु। 19 यरूशलेममा बस्ने ती मानिसहरूले मेरो कुराहरू प्रति ध्यान नँदिंदा मैले तेस्तो अनिष्ट कुराहरू तिनीहरू प्रति हुन दिएको हो।” यो परमेश्वरबाट आएको सन्देश हो। “किनभने तिनीहरूले मेरा वचनहरू सुनेनन् जब मैले सेवक, अगमवक्ताहरू घरिघरि तिनीहरूकहाँ पठाएँ। तिनीहरूले कुनै ध्यान नै दिएनन्।” मेरो सन्देश परमप्रभुबाट आएको हो। 20 “तिमीहरू कैदीहरू हौ। मैले तिमीहरूलाई यरूशलेमबाट बाबेल जानलाई वाध्य पारें। यसकारण परमप्रभुबाट आएको सन्देशलाई ध्यान दिएर सुन।”
21 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर कोलायाहको छोरो आहाब र मासेयाहको छोरो सिदकियाहको बारेमा भन्नुहुन्छ “यी दुइ जना मानिसहरू मेरो नाउँमा तिमीहरूकहाँ झूटो प्रचार गरिरहेका छन्। यसर्थ दुवै अगमवक्ताहरूलाई बाबेलका राजा नबूकदनेस्सरलाई म सुम्पने छु अनि उनले तिनीहरूलाई तिमीहरूकै सामुन्ने मार्नेछन्। 22 सम्पूर्ण यहूदी कैदीहरूले तिनीहरूलाई श्राप दिनेछन्। ‘परमप्रभुले तिमीहरूलाई सिदकियाह र आहाबलाई जस्तै व्यवहार गरून् जसलाई बाबेलका राजाले आगोमा डढाएको थियो।’ 23 ती दुवैजना अगमवक्ताहरूले इस्राएलमा खराब कामहरू गरे। तिनीहरूले आफ्ना छिमेकीकी पत्नीहरूसँग व्यभिचार गरे अनि तिनीहरूले मेरो नाउँमा झूटो बोले। म जान्दछु तिनीहरूले के गरे। म आफैं साक्षी छु।” मैले तिनीहरूलाई त्यसो गर भनेर आज्ञा दिएको छैन।
शमायाहलाई परमप्रभुको सन्देश
24 नेहेलामबाट शमायाहलाई तिमीले भन्नु पर्छ। 25 सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “शमायाह, तिमीले आफ्नै नाउँमा यरूशलेममा रहेका सबै मानिसहरूलाई चिट्ठी पठाएका छौ तिमीले मासेयाहको छोरो सपन्याहलाई चिट्ठीहरू पठायौ। तिमीले बाँकी सबै पूजाहारीहरूलाई पनि चिट्ठीहरू पठायौ। 26 शमायाह, तिमीले सपन्याहलाई चिट्ठीमा भनेकाछौ, ‘सपन्याह, परमेश्वरले तिमीलाई यहोयादाको ठाउँमा पूजाहारी बनाएका छौ। तिमीले परमप्रभुको मन्दिरको परिदर्शन गर्नु पर्छ अनि जसले पागल झैं कर्म गर्छ र अगमवाणी दिन्छ त्यसता कुनै पनि मानिसलाई पक्रनु पर्छ। तिमीले त्यसलाई ठिँगुरोमा ठोक्नु पर्छ र उसको घिच्रोमा साङ्गलोले बाँध्नु पर्छ। 27 अहिले यर्मियाले अगमवक्ता जस्तो व्यवहार गरिरहेछ। यसर्थ उसलाई तिमी किन नपक्रने? 28 यर्मियाले यसो भन्दै यो समाचार हामीलाई बाबेलमा पठाएका थिए, तिमीहरू बाबेलमा धेरै समय सम्म बस्नेछौ। यसकारण घरहरू बनाऊ र त्यही बस्। जमीन कमाऊ र त्यसका उब्जनी खाऊ।’”
29 पूजाहारी सपन्याह पूजाहारीले यर्मियालाई पत्र पढेर सुनाए। 30 तब परमेश्वरबाट यर्मिया कहाँ वचन आई पुग्यो 31 “यर्मिया, यो सन्देश बाबेलमा रहेका कैदीहरूलाई पठाऊ यसकारण नहेलाम परिवारका शमायाहको बारे परमप्रभु यसो भन्नुहुन्छ, ‘शमायाहले तिमीलाई अगमवाणी दिएको छ तर मैले उसलाई पठाएको होइन। शमायाहले तिमीहरूलाई झूटा कुराहरूमा भरोसा गरायो। 32 यसकारण परमप्रभु भन्नुहुन्छ म उसको परिवार र उसलाई सजाय दिनेछु। म पूर्णरूपले उसको परिवारलाई नष्ट पारि दिनेछु। अनि उसले असल कुराहरूमा जुन म मेरो मानिसहरूका निम्ति गर्नेछु देख्नु पाउने छैन।’” यो परमप्रभुको सन्देश हो “‘म शमायाहलाई दण्ड दिनेछु किनभने उसले मानिसहरूलाई परमप्रभुको विरूद्ध भडकाएको छ।’”
आशाका वचनहरू
30 परमेश्वरबाट यो वचन यर्मियाकहाँ आएको हो। 2 परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभयो “यर्मिया, मैले भनेका सबै कुराहरू एउटा पुस्तकमा लेख। 3 यसो गर किनभने समय आउनेछ जब म यहूदा र इस्राएलका मेरा मानिसहरूलाई कैदबाट छुटाउनेछु अनि तिनीहरूलाई त्यस देशमा ल्याउनेछु जुन मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको थिएँ। तब मेरो मानिसहरू यो देशमा मालिक बनिनेछन्।”
4 परमेश्वरले यो सन्देश इस्राएल अनि यहूदाका मानिसहरूका बारेमा भन्नु भएको हो। 5 उहाँले भन्नुभयो,
“मानिसहरू डरले रोएका हामीले सुनिरहेका छौ।
मानिसहरू तर्सेका छन्, त्यहाँ शान्ति छैन।
6 “यो प्रश्न सोध, र यसलाई हेर:
के एकजना पुरूषले नानी जन्माउनु सक्छ? निश्चय सक्तैन।
तब म किन प्रत्येक लोग्ने मानिसलाई भूँडीमाथि हात राखी निहुरिएर,
प्रसव पीडामा परेकी स्त्री भूँडीमाथि हात राखी बसेकोझैं झैं देख्छु।
किन हरेक मानिसको अनुहार मरेको मानिस झैं पहेंलो भएको छ?
7 “हाय! त्यो आउने समय कति डरलाग्दो हुनेछ!
कुनै समय पनि त्यस्तो डरलाग्दो हुने छैन।
याकूबको निम्ति यो अति दु:खको दिन हुनेछ,
तर याकूबलाई बचाइनेछ।
8 “त्यस समयमा,” परमप्रभु सर्व-शक्तिमान परमेश्वर भन्नुहुन्छ, “म तिमीहरूको काँधबाट जुवाहरू निकालिदिन्छु अनि भाँचिदिनेछु। तिमीहरूलाई बाँधेको बन्धन फुकाइदिनेछु। बिदेशीहरूले अब कहिल्यै तिनीहरूलाई दास बनाउनेछैन। 9 तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई अनि तिनीहरूका राजा दाऊदलाई सेवा गर्नेछन्। म त्यो तिनीहरूको राजा पठाइदिनेछु।
10 “यसकारण हे याकूब मेरो दास! नडराऊ।”
यो परमप्रभुबाट आएको सन्देश हो।
“हे इस्राएल! नडराऊ!
म तिमीलाई ती सुदूरका देशहरूबाट
जोगाएर ल्याउँछु
अनि तिमीहरूका सन्तानहरूलाई
कैदी बनाउने देशहरूबाट जोगाउनेछु।
याकूब फर्कनेछ,
अनि फेरि शान्ति पाउनेछ
र मेरा मानिसहरूलाई भय देखाउनु शत्रु रहेनछैन।
11 हे इस्राएल र यहूदका मानिसहरू,
म तिमीहरूसँग छु।”
यो परमेश्वरबाट आएको सन्देश हो।
“म तिमीहरूको रक्षा गर्नेछु।
मैले तिमीहरूलाई जुन देशहरूमा तितर-बितर पारें
ती सब नष्ट पार्नेछु,
तर तिमीहरूलाई नष्ट पार्दिन।
यद्यपि तिमीहरूले तिमीहरूको अनिष्ट कर्मको लागि,
सजाय भोग्ने पर्नेछ,
तर म तिमीहरूलाई ठीकसित अनुशासित पार्ने छु।”
12 परमप्रभु परमेश्वर भन्नुहुन्छ,
“तिमीहरूको घाउ गहिरो र जाति हुनलाई निकै चर्को पर्छ।
13 तिमीहरूका निम्ति बोलिदिने कोही छैन।
तिमीहरूको घाउ निको पार्न कुनै औषधी पाँउदैनौ।
14 तिमीहरूका प्रेमीहरूले[e]
तिमीहरूलाई भूलेका छन्,
अनि अहिले तिमीहरूको चिन्ता गर्दैनन्।
म तिमीहरूलाई शत्रु सरह घात पुर्याउनेछु।
तिमीहरूका धेरै दुष्टकर्महरू
र अनगन्ती पापहरूको कारणले
म तिमीहरूलाई कडा दण्ड दिनेछु।
15 इस्राएल र यहूदा तिमीहरूका कष्टदायक,
घाउका निम्ति किन रोइरहेका छौ?
त्यसको कुनै उपचार नै छैन।
मैले तिमीहरूको धेरै दुष्ट कार्यहरू,
र अनगन्ती पापहरूको कारणले,
तिमीहरूलाई यस्तो पारेको छु।
16 यसकारण ती सबै ज-जसले तिमीहरूलाई
नष्ट पार्छन् तिनीहरूलाई पनि नष्ट परिनेछ।
तिम्रा शत्रुहरू सबैलाई कैद गराइन्छ।
ती जाति-जातिहरू ज-जसले तिमीहरूलाई नष्ट बनाएका छन्।
तिनीहरू आफै नष्ट हुनेछन्।
ती सबै ज-जसले तिमीहरूलाई लुटेका छन्
अरूले तिनीहरूलाई लुटनेछन्।
17 अनि म तिमीहरूका स्वास्थ्य निको पारिदिनेछु।
अनि म तिमीहरूका घाउ निको पार्ने छु” यो परमप्रभुको सन्देश हो,
“किनभने अन्य मानिसहरूले तिमीहरूलाई कसैले पनि सियोनको वास्ता गर्दैन भन्दै
बहिष्कार गरिएको भनेका छन्।”
18 परमप्रभु भन्नुहुन्छ:
“हेर, याकूबका मानिसहरूको भाग्य पुर्नहाल गर्न म जाँदैछु।
डेराहरूप्रति दयाममा दया नगर।
मेरो याकूबको पालहरूमाथि दया रहने छ।
ध्वंश भएको ठाउँमा शहर फेरि बनिनेछ।
अनि राजाको महल ठीक ठाउँमा नै बनिनेछ।
19 तिनीहरूबाट धन्यवादको स्तुतिगान,
र आनन्दको स्वर गुन्जिनेछ।
म तिमीहरूलाई धेरै छोरा-छोरीहरूका निम्ति,
आशीर्वाद दिनेछु।
तिमीहरू कम्ती हुनेछैनन्।
म तिनीहरूमा गौरव ल्याउनेछु
र तिनीहरूलाई कैसेले तिरस्कार गर्नु पाउने छैनन्।
20 तिनीहरूका बाल-बच्चाहरूले उहिलेका जस्तो समय पाउनेछन्।
तिनीहरूको समुदाय मेरो अघि स्थापित हुनेछ।
जसले तिनीहरूमाथि अत्याचार गर्छ,
म तिमीहरूलाई दण्ड भोगाउनेछु।
21 तिनीहरू मध्येकै एक मानिस तिनीहरूका शासक हुनेछ।
त्यो मानिस उसका मानिसहरूबाट हुनेछ।
म उसलाई मेरो नजिक ल्याउनेछु
र ऊ मेरो नजिक आउनेछ।
यदि मैले उसलाई नबोलाएँ कसले मेरो अघि आउने सहास गर्छ,
परमप्रभु भन्नुहुन्छ।
22 तिमीहरू मेरो प्रजा हुनेछौ।
अनि म तिमीहरूका परमेश्वर हुनेछु।”
23 हेर! परमप्रभुको आँधी!
उहाँको क्रोध बाहिर जान्छ!
यो गर्जिरहेको आँधी हो!
त्यो दुष्ट मानिसको शिरमा बज्रिनेछ।
24 परमप्रभुको क्रोध तबसम्म शेष हुदैन
जबसम्म उहाँले गर्नु भएको योजना सम्पन्न गर्नु हुन्न।
त्यो दिन कहिले आउनेछ।
पछिका दिनहरूमा तिमीहरूले यो सब बुझ्नेछौ।
नयाँ इस्राएल
31 परमेश्वरले यी कुराहरू भन्नुभयो, “त्यस बेला म इस्राएलका घरनामा परमप्रभु हुनेछु। अनि तिनीहरू मेरो प्रजा हुनेछन्।”
2 परमप्रभुले यी कुराहरू भन्नुभयो:
“मानिसहरू जो शत्रुको तरवारबाट जोगिएका छन्,
तिनीहरूले मरुभूमिमा पनि विश्राम पाउँनेछन्
अनि इस्राएल त्यहाँ शान्तिको खोजीमा जानेछ।”
3 टाढाबाट परमप्रभु आफ्ना मानिसहरू अघि
देखा पर्नु हुन्छ।
परमप्रभु भन्नुहुन्छ, “मैले तिमीहरूलाई त्यस्तो प्रेमले प्रेम गरें,
जुन सर्वदा रहीरहन्छ।
यसर्थ मैले तिमीहरूलाई,
मेरो विश्वासयोग्यता कायम राखेको छु।
4 हे कुमारी इस्राएल! म तिमीलाई पुन:र्निर्माण गर्नेछु।
तिमी पुन एक राजधानी हुनेछौ।
तिमीहरूले फेरि आफ्नो खैंजडी उठाउने छौ,
अनि तिमीहरू अन्य मानिसहरूसँग नाच्नेछौ।
5 तिमीहरूले दाखरसको खेती
फेरि सामरियाको पहाड वरिपरि लाउनेछौ।
जसले खेती लाउनेछन् तिनीहरूले दाखको फल खानेछन्।
6 त्यहाँ त्यस्तो समय हुने छ जब चौकीदारले यो सन्देश जोडले भन्ने छ,
‘आऊ, सियोन माथितिर जाँऊ परमप्रभु हाम्रो परमेश्वरलाई पूज्नको लागि।’
एप्रैमको पहाडी देश सम्मका चौकीदाहरूले त्यो सन्देश जोडले भन्नेछन्।”
7 परमप्रभु भन्नुहुन्छ:
“आनन्दित हौ अनि याकूबका निम्ति गाऊ।
इस्राएलको राज्यहरूमा महानताका निम्ति हल्ला गर।
प्रशंसाको गीत गाऊ अनि यसो भन्दै चिच्याऊ
‘हे परमप्रभु! तपाईंका मानिसहरू जो इस्राएलबाट जीवित छोडिएका छन्
तिनीहरूलाई सुरक्षा गर्नु होस्।’
8 हेर, म तिनीहरूलाई उत्तरबाट
र टाढो-टोढो देशहरूबाट ल्याउनेछु
अनि भेला पार्नेछु।
तिनीहरू मध्ये कतिपय मानिसहरू अन्धा र लङ्गडाहरू छन्।
कतिपय स्त्रीहरू गर्भवती छन्,
अनि तिनीहरू मध्ये कति जना प्रसव पीडामा छन्।
तर धेरै-धेरै मानिसहरू फर्की आउनेछन्।
9 तिनीहरू रूँदै आउनेछन्।
तर म तिनीहरूलाई सान्त्वना दिनेछु र पानीको झरनातिर डोर्याई लानेछु।
म तिनीहरूलाई सोझो बाटो डोर्याउनेछु
ताकि तिनीहरू लड्ने छैनन्।
म तिनीहरूलाई यस्तो पथ डोर्याउँने छु
किनभने इस्राएलको निम्ति म पिता हुँ,
अनि एप्रैम मेरो जेठो छोरो हो।
10 “हे जातिहरू हो, परमप्रभुबाट आएको वचनलाई ध्यान लगाएर सुन
यो सन्देश समुद्र, उत्तर र सुदूर भूमिहरूमा फिँजाऊ,
‘परमप्रभुले इस्राएलका मानिसहरूलाई जताततै तितर-बितर पार्नु भएकोछ,
तर उहाँले उनीहरूलाई फेरि भेला गरेर ल्याउनु हुनेछ
र भेंडा़ गोठालाले आफ्नो भेंडा़ बथानहरू सुरक्षा गरे झैं सुरक्षा गर्नुहुनेछ।’
11 परमप्रभुले याकूबलाई मोल तिरेर उकास्नु हुन्छ
र याकूब भन्दा बलियाहरूबाट उद्धार पार्नु हुन्छ।
12 इस्राएलका मानिसहरू सियोनको टाकुरामा आउने छन् र खुशीले चिच्याउने छन्।
तिनीहरूका अनुहारहरू परमप्रभुको उदारताले चम्किनेछ।
असल कुराहरूका बारे जुन परमेश्वरले तिनीहरूलाई दिनुहुन्छ।
परमेश्वरले तिनीहरूलाई अन्न, नयाँ दाखरस,
भद्राक्षेको तेल, थुमाहरू र गाई-गोरूहरू दिनु हुनेछ।
तिनीहरूको हृदय पानीले भिजेको बारी जस्तो हुनेछ।
इस्राएलका मानिसहरूलाई संकष्टहरूले अब पिरोलिने छैनन्।
13 तब इस्राएलका तरूणीहरू आनन्दले मग्न हुँदै नाँच्नेछन्।
अनि जवान र बूढा मानिसहरू त्यो नाचगानमा सम्मिलित हुने छन्।
म तिनीहरूका उदासीपनलाई हर्ष र अनन्दामा परिवर्तन गरिदिन्छु।
म इस्राएलका मानिसहरूलाई शोकको सट्टामा आनन्द र सान्त्वना दिनेछु।
14 म पूजाहारीहरूलाई असल असल कुराहरूले परिपूर्ण पार्नेछु।
मेरा मानिसहरू मैले दिएका उपहारहरूले सन्तुष्ट हुनेछन्।”
परमप्रभुले यी कुराहरू भन्नुभयो।
15 परमप्रभु भन्नुहुन्छ:
“रामामा एउटा चर्को रूवाई शोकको आवाज सुनियो।
एकदमै नराम्रो रूवाई र दुःखको आवाज।
राहेल आफ्ना नानीहरूका लागि रूनेछिन,
राहेललाई सान्त्वना दिनु सकिदैन,
किनभने उनका नानीहरू मरेका छन्।”
16 तर परमप्रभु भन्नुहुन्छ “रून बन्द गर,
र आफ्ना आँखाहरू आँसुले नभर।
तिमीहरू तिमीहरूको कामको निम्ती पुरष्कृत हुनेछौ।
किनभने तिम्रो काम फलवन्त हुनेछ।
तिनीहरू आफ्ना शत्रुको देशबाट फर्किनेछन्।
17 तिमीहरूको आशा छ।”
यो परमप्रभुबाट आएको सन्देश हो।
“तिमीहरूका नानीहरू आफ्नै देशमा फर्कनेछन्।
18 मैले एप्रैमले यसो भन्दै रोएको सुनेकोछु।
‘हे परमप्रभु तपाईंले साँच्चि नै मलाई दण्ड दिनुभयो,
अनि मैले शिक्षा पाएँ।
म बाछा जस्तै थिएँ, जसलाई सिकाउनु सकिदैन।
मलाई फर्काई ल्याउनु होस्,
अनि म तपाईंकहाँ फर्की आउनेछु।
तपाईं मेरो लागि साँच्चि कै परमप्रभु परमेश्वर हुनुहुन्छ।
19 परमप्रभु, म तपाईं देखि भडकिएर टाढा भएँ।
तर आफूले गरेका अनिष्ट कुराहरूबाट मैले शिक्षा पाएँ।
यसकारण मैले मेरो हृदय र जीवन बद्लिएँ
आफू युवावस्थामा हुँदा आज्ञानतावश गरेको कामहरूले गर्दा
म लज्जित र व्याकुल भएँ।’”
20 परमप्रभु भन्नुहुन्छ,
“तिमीहरू जान्दछौ कि एप्रैम मेरो प्यारो छोरो हो,
म त्यो बालकलाई विशेष प्रेम गर्छु,
हो, मैले प्राय एप्रैमलाई निन्दा गरें,
तर म अझ उसैको बारेमा सोच्दछु,
म उसलाई साँच्चै माया गर्छु।
अनि म साँच्चि नै उसलाई सान्त्वना दिन चाहनन्छु।”
21 “बाटो देखाउने चिन्हहरू र दिशा निर्देशकहरू ठीक गर।
घरतिर डोर्याउने बाटोमा चिन्ह लगाऊ।
बाटो नियाल।
आफूले छाडेका बाटे याद गर।
हे कन्ये इस्राएल! घर फर्क।
आफ्ना शहरहरू तिर फर्केर आऊ।
22 हे अविश्वासी छोरी,
कहिलेसम्म तिमी मबाट यता उता गरिरहन्छौ?
“परमेश्वरले पृथ्वीमा एउटा नयाँ कुरो सृजना गर्नुहुन्छ,
एक स्त्रीले लोग्ने मानिसलाई सुरक्षा दिनेछे।”
23 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ “म ती मानिसहरूलाई फर्काई ल्याउनेछु, जसलाई कैदी बनाएर टाढा लगिएका थिए। त्यस बेला, यहूदाको देशमा भएका मानिसहरू अनि यसका शहरहरूले पुन: एकपल्ट यी शब्दहरू प्रयोग गर्नेछन्। ‘हे धार्मिकताको वासस्थान, हे पवित्र पर्वत, परमेश्वरको आशिष तिमीहरूमा रहोस्।’
24 “मानिसहरू यहूदामा र यसका शहरहरूमा एक साथ बस्नेछन्, खेतीवाल अनि जो आफ्नो भेंडा़का बथानहरूसित वरिपरि घुमिहिँड्छन्। 25 थाकेकाहरूलाई म आराम र कमजोरहरूलाई बल दिनेछु।”
26 यो सुन पछि म, उठेर चारैतिर हेरे। त्यो निद्रा आनन्दमय थियो।
27 “हो दिनहरू आईरहेछ,” यो परमेश्वरको सन्देश “जब म इस्राएल र यहूदाका परिवारलाई उन्नति साथ भनेर मद्दत गर्नेछु। म तिनीहरूका नानीहरू र पशु प्राणीहरू बढाउनेछु। 28 बितेका दिनमा, मैले तिमीहरूलाई उखाल्न, तल झार्न, च्यात-च्युत पार्न, नष्ट पार्न र नोक्सान गर्न नियालें। तर अहिले तिनीहरूलाई निमार्ण गर्न र तिनीहरूको र जग बासाउनँ म तिनीहरूलाई नियाली रहेछु।” यो परमप्रभुबाट आएको सन्देश हो।
29 “ती दिनहरूमा, मानिसहरूले भन्ने छैनन्:
‘पिता-पुर्खाहरूले अमीलो अङ्गुर खाए,
अनि नानीहरूले अमीलो स्वाद पाए।’
30 तर हरेक मानिस आफ्नो दुष्टताको कारणले मर्नेछ। त्यो मानिस जसले अमीलो अङ्गुरहरू खाँदछ र अमीलै स्वाद पाउँदछ।”
नयाँ करार
31 परमप्रभुले ती कुराहरू भन्नुभयो, “त्यो समय आईरहेछ जब म यहूदा र इस्राएलका परिवारहरूसँग नयाँ करार स्थापित गर्नेछु। 32 यो उनीहरूका पिता-पुर्खाहरूसँग मैले गरेको करार जस्तो हुनेछैन। मैले त्यसबेला त्यो करार गरेको थिएँ जब मैले तिनीहरूलाई तिनीहरूको हात समातेर मिश्रबाट निकाली ल्याएको थिएँ। म तिनीहरूका मालिक थिएँ तापनि तिनीहरूले मेरो करार भङ्ग गरेका थिए।” यो सन्देश परमप्रभुको थियो।
33 “म भविष्यमा यही करार इस्राएलका मानिसहरूसित गर्नेछु। म मेरो शिक्षाहरू तिनीहरूका विवेकमा राख्नेछु अनि तिनीहरूका हृदयमा लेख्नेछु। म तिनीहरूका परमप्रभु हुनेछ अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्। 34 तिनीहरूका शाखा-सन्तानहरू र छिमेकीहरूलाई परमेश्वरको बारेमा सिकाउनु पर्दैन् किनभने मानिस ठूलो होस् अथवा सानो, प्रत्येकले मलाई चिन्छ।” यो परमप्रभुबाट आएको सन्देश हो। “म तिनीहरूको कुकर्महरू क्षमा गरिदिनेछु, म तिनीहरूका पापहरूलाई याद गर्ने छैन।”
परमप्रभुले इस्राएललाई कहिल्यै त्याग्नु हुने छैन
35 उहाँले दिनमा सूर्य उदाउने गराउनु हुन्छ,
अनि रातमा चन्द्र र ताराहरू उदाउने गराउनु हुन्छ।
उहाँले समुद्रलाई उत्तेजित र छालहरूलाई गर्जने पार्नु हुन्छ।
सेनाहरूका परमप्रभु उहाँको नाउँ हो।
परमप्रभुले यी कुराहरू भन्नुभयो:
36 परमप्रभुले यी कुराहरू भन्नुहुन्छ,
“यदि मैले मेरो आफ्नो नियन्त्रण सूर्य, चन्द्र, तारा र समुद्रमाथि हटाएँ भने मात्र
इस्राएलका भावी सन्तानहरू एक जातिमा परिणत हुन रोक्नेछन्।”
37 परमप्रभु भन्नुहुन्छ “म इस्राएलका भावी सन्ताहनरूलाई कहिल्यै अस्वीकार गर्नेछैन।
त्यो त्यसबेला मात्र घट्न सक्ला यदि मानिसहरूले माथि आकाश नाप्न सक्यो भने,
अनि पृथ्वी मुनीका सारा रहस्यहरू जान्न सक्यो भने।
त्यसबेला मात्र म इस्राएलका सन्तानहरूलाई,
तिनीहरूले गरेको कुकर्महरूका निम्ति अस्वीकार गर्नेछु।”
यो सन्देश परमेश्वरबाट आएको थियो।
नयाँ यरूशलेम
38 यो सन्देश परमप्रभुबाट आएको हो, “ती दिनहरू आईरहेछन् जब यरूशलेमको शहर परमप्रभुको लागि पुनःर्निर्माण गरिनेछ। हनानेलको धरहरादेखि कुनाको प्रवेशद्वारसम्म नै सम्पूर्ण शहर पुनःर्निर्माण गरिनेछ। 39 जोखिने रेखा कुना त्यहाँदेखि सोझै गारेब डाँडासम्म जानेछ अनि त्यहाँबाट घुमेर गोर्हा नाउँका ठाउँसम्म जानेछ। 40 समस्त बेंसी जहाँ लाशहरू र खरानी फ्याँकिन्छन् परमप्रभुको लागि पवित्र हुनेछ। पूर्वका सबै मैदानहरू किंद्रोन खोल्चाबाट घोडे ढोकाको कुनासम्म नै परमप्रभुका निम्ति पवित्र हुनेछ। त्यो भूमि फेरि कहिल्यै उखालिने र भत्काइने छैन।”
यर्मियाले नयाँ क्षेत्र किन्छ
32 यहूदामा सिदकियाहको शासनकालको दशौं बर्षमा यो सन्देश परमप्रभुबाट यर्मियाहकहाँ आयो। सिदकियाहको दशौं बर्ष नबूकदनेस्सरको राज्यकालको अठारौं बर्ष थियो। 2 त्यस बेला, बाबेलका राजाका सैन्याले यरूशलेमको शहर वरिपरि घेरा हालेर राखेका थिए अनि यर्मियालाई प्रहरीको चोकमा कैद गरिएको थियो जुन चोक यहूदाका राजाको महल थियो। 3 यहूदाका राजा सिदकियाहले यर्मियालाई त्यस ठाउँमा यसो भन्दै थुनेका थिए “परमप्रभुले यो शहर बाबेलका राजालाई दिनुहुनेछ अनि उसले यसलाई नियन्त्रणमा राख्छ भनी तिमीले किन अगमवाणी गरेको? 4 यहूदाका राजा सिदकियाह बाबेलका सैन्यदेखि बाँच्ने छैन। तर नि:सन्देह उसलाई बाबेलका राजाकहाँ सुम्पिइनेछ। अनि सिदकियाह बाबेलका राजा सँग आमने-सामने बोल्ने छ। सिदकियाहले उसलाई आफ्नै आँखाले देख्नेछ। 5 बाबेलका राजाले सिदकियाहलाई बाबेलमा लैजानेछ। जहाँ मैले कार्वाही नगरून्जेल सम्म ऊ रहेनछ। यहूदाका सैन्यले बाबेलका सैन्यसित लडाइँ गर्नेछन् तर तिनीहरू सफल हुँदैनन्।” यो परमप्रभुबाट आएको सन्देश हो।
6 कैदमा भएको बेला यर्मियाले भन्यो, “यो सन्देश परमप्रभुबाट मकहाँ आयो। 7 ‘यर्मिया, तिम्रो काका शल्लूमको छोरो हनमेल तिमीकहाँ आउँदैछ। हनमेलले तिमीलाई एउटा प्रस्ताव दिनेछ कि “तिमीले अनातोत शहरको छेउमा भएको क्षेत्र किन्नु पर्नेछ कारण हनमेल उसको एकदम निकट सन्तान हो। अनि हनमेलको त्यो ठाँउ किन्ने जिम्मावारी र अधिकार तिम्रो हो।”’
8 “तब परमप्रभुले भन्नु भए अनुसार नै घटना हुन गयो। मेरो काकाको छोरो हनमेल मकहाँ प्रहरीको चोकमा आयो। हनमेलले मलाई भन्यो, ‘यर्मिया, बिन्यामीन क्षेत्रभित्र अनातोत शहरको छेउमा भएको मेरो जमीन किन्नुहोस्। त्यो जमीन तपाईंकै लागि किन्नुहोस् यो किन्ने यसलाई विमुक्त पार्ने अधिकार तपाईंको हो। यो तपाईंकै लागि किन्नु होस्।’”
यसर्थ मैले जाने कि यो सन्देश परमप्रभुबाट थियो। 9 मैले मेरो काकाको छोरो हनमेलबाट अनातोतमा जमीन किनें। मैले उसको लागि सत्र शेकेल[f] चाँदी ओजन गरें। 10 मैले जमीनको तमसुकमा सही गरें। अनि मोहर लगाए तमसुक मसित रह्यो। मैले कतिपय मानिसहरू त्यो जमीन किन्दा साक्षी बस्नेहरू पनि पाएँ। मैले चाँदीहरू मापदण्ड अनुसार ओजन गरें। 11 तब तमसुक लिएँ दुवै व्यवहार र शर्तहरू सहित मोहर लगाएको अनि मोहर नलगाइएको तमसुकको प्रतिलिपि मैले लिएँ। 12 अनि मैले बारूकलाई दिएँ। बारूक नेरियाहको छोरो हो। मोहर लगाइएको तमसुकमा मैले जमीन किन्दा गरिएको सबै शर्तहरू समावेश थियो। जब मेरो काकाको छोरा हनमेल र अन्य मानिसहरू त्यहाँ थिए मैले बारूकलाई त्यो तमसुक दिएँ। ती साक्षीहरूले पनि तमसुकमा सही गरे। त्यहाँ चोकमा यहूदाका धेरै मानिसहरू थिए अनि तिनीहरूले मैले बारूकलाई तमसुक दिएको देखें।
13 मैले ती सबै मानिसहरूकै समक्ष बारूकलाई भने, 14 “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तमसुकको दुवै प्रतिलिपिहरू मोहर लगाइएको अनि मोहर नलगाइएको तिनीहरूलाई माटोको भाँडामा राख यसो गर ताकि यो जमीनका तमसुकहरू लामो समय सम्म सुरक्षित हुनेछ।’ 15 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ ‘भविष्यमा मेरो मानिसहरूले फेरि एकपल्ट घरहरू खेत दाखका खेतहरू र यस बारीहरू किन्नेछन्।’”
16 नेरियाहको छोरो बारूकलाई त्यो जमीनको तमसुक दिइसके पछि मैले परमप्रभुसँग प्रार्थना गरें:
17 “हे परमप्रभु परमेश्वर, तपाईंले तपाईंको महान-शक्तिद्वारा अनि तपाईंले विस्तृत स्वर्ग र पृथ्वी बनाउनु भयो अनि तपाईंको लागि केही असम्भव छैन। 18 हे परमप्रभु, तपाईं हजारौं मानिसहरूका लागि कृपालु हुनुहुन्छ, तर तपाईंले पिता-पुर्खाहरूको पापको दण्ड नानीहरूलाई दिनुभयो। हे महान एवं शक्तिशाली परमेश्वर, तपाईंको नाउँ सेनाहरूका परमप्रभु हो। 19 तपाईंको विचार महान छ अनि महान कर्महरू गर्नुहुन्छ। हे परमप्रभु! तपाईंले मानिसहरूले जे गर्छन् त्यो हेर्नु हुन्छ अनि तिनीहरूको कर्म अनुसार फल दिनुहुन्छ। 20 हे परमप्रभु! तपाईंले शक्तिशाली र मिश्र भूमिमा गर्नुभयो अहिले सम्म इस्राएलमा र अन्य मानिसहरूको बीचमा आश्चर्यचकित कर्महरू गरिरहनु भएको छ। तपाईं आफैंले आज प्रसिद्ध पार्नु भएकोछ। 21 तपाईंले आफ्नो अलौकिक शक्ति प्रयोग गरी मिश्रबाट इस्राएलका मानिसहरू ल्याउनु भयो। तपाईंले यी कुराहरू तपाईंका शक्तिशाली हात विस्तृत पाखुरा अनि कार्यहरूद्वारा यस्तो गर्नुभयो।
22 “परमप्रभु, तपाईंले यो देश इस्राएलका मानिसहरूलाई दिनुभयो। यो त्यही देश हो जुन तपाईंले धेरै अघि तिनीहरूका पिता-पुर्खाहरूलाई सुम्पिने वचन दिनु भएको थियो। यो अति असल देश हो। यो धेरै कुराहरू भएको राम्रो देश हो। 23 इस्राएलका मानिसहरू यस देशमा आए अनि त्यसलाई बनाए। तर तिनीहरूले तपाईंको आज्ञा पालन गरेनन् अथवा तिनीहरूले तपाईंको शिक्षा अनुशरण गरेनन् अथवा तपाईंको आज्ञा पालन तिनीहरूले गरेनन्। यसकारण तपाईंले इस्राएलका मानिसहरूमाथि यी सारा सङ्कटहरू ल्याउनु भयो।
24 “अनि अहिले, बाबेलवासीहरूले त्यो शहर कब्जा गर्न घेरेर राखेकाछन्। तिनीहरूले आफ्ना तरवारहरूद्वारा अनिकाल फैलाएर अनि भयानक रोगहरू फैलाएर यरूशलेममाथि विजय प्राप्त गर्नेछन्। त्यो शहर अहिले बाबेल सेनाहरूको आक्रमणमा छ। हे परमप्रभु! तपाईंले यस्तो होस् भन्नु भएकोले यस्तो भएकोछ।
25 “हे परमप्रभु मेरो मालिक यो शहर कल्दीहरूको भए ता पनि यी सबै घटनाहरू घटिसके। तर अहिले मलाई भनिरहनु भएको छ। तर मलाई तपाईं भनी रहनु भएको छ, ‘यर्मिया, जमीन चाँदीले किन् अनि कतिपय मानिसहरूलाई साक्षी चुन।’ तपाईंले यो मलाई यस्तो भन्नुहुन्छ। बाबेलका सेनाले त्यो शहर अधीन पार्न तैयार भैरहेको बेला।”
26 त्यसपछि परमप्रभुको वचन यर्मियाकहाँ आई पुग्यो 27 “यर्मिया, म परमप्रभु हुँ। म सबै जीवधारीका परमेश्वर हुँ। के मेरो निम्ति कुनै कुरा असम्भव छैन।” 28 परमप्रभुले तब भन्नुभयो, “म यरूशलेम शहर बाबेलका सेना र बाबेलका राजा नबूकदनेस्सरलाई सुम्पिरहेको छु। ती सेनाले शहर आफ्नो अधीनमा लिनेछन्। 29 बाबेल सेनाले यरूशलेम शहरमाथि आक्रमण गरिरहेकाछन् तिनीहरू भित्र पस्नेछन् र आगो लाउनेछन्। तिनीहरूले जलाएर नै यो शहर भत्काउनेछन्। शहरमा यस्ता मानिसहरू छन् जो झूटा देवता बाललाई छानामाथि बाल्छन् अनि अर्घ बलिहरू अर्पण गर्छन् अनि मलाई रीस उठाउँछन्। बाबेल सेनाले यी घरहरू जलाएर खरानी पार्नेछन्। 30 मैले इस्राएलका र यहूदाका मानिसहरूलाई नियालेकोछु। प्रत्येक कुरा जे तिनीहरूले गरेकाछन् त्यो पाप हो। तिनीहरूले बालक अवस्थामा हुँदैदेखि पाप कामहरू गरेकाछन्। इस्राएलका मानिसहरूले मलाई अति रीस उठाएका छन्। तिनीहरूले मलाई रीस उठाए किनभने तिनीहरूले आफ्नै हातद्वारा बनाएको मूर्तिहरू पूज्ने गर्छन्।” यो परमप्रभुबाट आएको सन्देश हो। 31 “यरूशलेम शहर बनिएको समयदेखि अहिलेसम्म यस शहरका मानिसहरूले मलाई क्रोधित बनाए। यो शहरले मलाई क्रोधित पार्यो यसर्थ मेरो दृश्यबाट यसलाई हटाउनै पर्छ। 32 म यरूशलेमलाई नष्ट गरिदिनेछु किनभने इस्राएल र यहूदाका मानिसहरूले पापमय कर्महरू गरेका छन्। यरूशलेम र यहूदाका मानिसहरूले तिनीहरूका राजाहरूले, शासकहरूले, तिनीहरूका पूजाहारीहरूले र अगमवक्ताहरूले लगाएत सम्पूर्ण मानिसहरूले मलाई क्रोधित पारेकाछन्।
33 “ती मानिसहरूले मलाई पिठ्यूँ देखाए। मैले तिनीहरूलाई घरि-घरि शिक्षा दिन कोशिश गरें तर तिनीहरूले चाहेनन् मैले तिनीहरूलाई सुधार्ने प्रयास गरें, मेरो कुरामा ध्यानै दिएनन् तिनीहरूले मेरो अनुशासन ग्रहण गरेनन्। 34 ती मानिसहरूले दिक्क लाग्दा मूर्तिहरू मेरो मन्दिरमा सजाए अनि त्यसलाई दूषित पारे।
35 “बेन-हिन्नोमको बेंसीमा ती मानिसहरूले मोलेकलाई आफ्ना छोरा-छोरीहरू बलि चढाएर झूटा देवता बाललाई पूज्न उच्च स्थानको निर्माण गरे। मैले तिनीहरूलाई कहिले पनि त्यस्तो भयानक कार्यहरू गर भनेर आज्ञा गरिनँ यहूदाका मानिसहरूले यस्तो पापपूर्ण कामहरू गर्छन् भनेर कहिल्यै पनि मेरो मनमा लागेको थिएन।
36 “तिमीहरू भनिरहेका छौ, ‘बाबेलका राजाले तरवारले अनिकाल र रूढीले यरूशलेम आफ्नो अधीनमा पार्ने छ।’ तर परमप्रभु इस्राएलका परमेश्वर यो शहरको विषयमा भन्नुहुन्छ, 37 ‘म तिनीहरूलाई तिनीहरूको भूमिमा फर्काई ल्याउनेछु। म ती मानिसहरूसँग रीसाएको समयमा तिनीहरूलाई तितर-बितर पारेको ठाउँहरूबाट भेला पार्नेछु। तर म तिनीहरूलाई यो ठाउँमा फर्काई ल्याउनेछु। म ती मानिसहरूलाई त्यस्तै पार्नेछु। म तिनीहरूको जीवनलाई शान्त र सुरक्षित बनाउनेछु। 38 तिनीहरू मेरो मानिसहरू हुनेछन् अनि म तिनीहरूका परमप्रभु हुनेछु। 39 म तिनीहरूलाई संयुक्त हृदय र पथ दिनेछु ताकि तिनीहरू र आफ्ना आफ्ना बाल-बच्चाको भलाईको निम्ति मलाई सधैँ सम्मान गर्नेछन्।
40 “‘म तिनीहरूसित एक स्थायी करार गर्नेछु। यो करार बमोजिम म तिनीहरूको सधैँ भलाई गर्नेछु। तिनीहरूले मलाई आदर गर्ने बनाउनेछु। यसकारण तिनीहरूले मलाई कहिल्यै त्याग्ने छैनन्। 41 तिनीहरूलाई भलाई गर्नुमा म खुशी रहेनछु। म निश्चय तिनीहरूलाई यस देशमा रोप्ने छु र हुर्काउने छु। म आफ्नो जम्मै हृदय र मनले त्यसो गर्ने छु।’”
42 यसकारण परमप्रभु भन्नुहुन्छ “मैले तिनीहरूमाथि ठूलो विपत्ति ल्याएँ। त्यसरी नै मैले जो प्रतिज्ञा गरेको छु तिनीहरूको लागि उपकारी थोकहरू ल्याउँनेछु। 43 तिमीहरूले भनिरहेका छौ कि ‘बाबेलका सेनाले यो देश परास्त गर्यो अनि यो ता मानिस र पशुहरू बिना एक मरुभूमि भएको छ।’ तर याद गर मानिसहरूले एकपल्ट फेरि यस ठाउँमा जमीन किन्नेछन्। 44 तिनीहरूले पैसाहरू दिएर खेतहरू किन्नेछन्। तिनीहरूले जमीनको तमसुकमा हस्ताक्षर गर्नेछन् र साक्षीहरूको उपस्थिसित मोहर लगाउनेछन्। मानिसहरूले फेरि साक्षीहरूको उपस्थितिमा बिन्यामीनको देशमा यरूशलेम वरिपरिका ठाउँहरूमा, यहूदाको शहरहरूमा पहाडी देशमा, पश्चिमी बेंसीहरू अन्तर्गत, अनि नेगेबमा जमीनहरू किन्ने छन्। त्यस्तो हुने नै छ किनभने म तिनीहरूलाई पुर्नस्थापना गर्नेछु।” यो परमप्रभुको सन्देश हो।
परमेश्वरको प्रतिज्ञा
33 परमप्रभुको सन्देश दोस्रो पल्ट यर्मियाकहाँ आयो। यर्मिया अझ प्रहरीहरूका चोकमा बन्द थियो। 2 “परमप्रभुले पृथ्वी बनाउनु भयो अनि यसलाई सुरक्षित राख्नु भयो। उहाँको नाउँ परमप्रभु हो। परमप्रभु भन्नुहुन्छ, 3 ‘यहूदा, मलाई प्रार्थना गर, अनि म जवाफ दिनेछु। म तिमीलाई महत्वपूर्ण गुप्त कुराहरू भन्नेछु। यी कुराहरू तिमीले पहिले कहिले सुनेका छैनौ।’ 4 परमप्रभु, इस्राएलका परमेश्वर हुनुहुन्छ: ‘परमेश्वरले ती कुराहरू यरूशलेमका घरहरू, जुन घेरामचान र लडाइँको प्रतिरोधमा नष्ट भएको थियो त्यस बारेमा र यहूदाका जग्गाहरू र राजाको महलहरू बारेमा भन्नुहुन्छ।
5 “‘यस शहरको दुष्टकर्मले गर्दा म अब उसो यसको रक्षा गर्ने छैन। यरूशलेमको विरूद्ध युद्ध गर्न बाबेलका सेनाहरू आउनेछ र मेरो क्रोधले मारेको लाशहरूले यो शहर भनिनेछ।
6 “‘तर म शहरमा पुनः आरोग्यता र स्वस्थ्य ल्याउनेछु। म तिनीहरूलाई सुस्वास्थमा राख्नेछु। म शान्ति र सुरक्षा ल्याउनेछु। 7 म यहूदा र इस्राएलबाट लुटिएका समानहरूको पुन बहाली गराउनेछु। म तिनीहरूलाई विगतको जस्तै बनाई दिनेछु। 8 मेरो विरोधमा तिनीहरूले गरेको पाप धोई पखाल्नेछु। तिनीहरूले मेरो विरूद्ध गरेको सबै पाप र विद्रोहहरू क्षमा गर्नेछु। 9 जब मैले गरेको भलाइ कार्यहरू यस शहरका बसिन्दाहरूले सुन्छन्। तब पृथ्वीका जम्मै जातिहरू अघि यस शहरले मकहाँ प्रशंसा र महिमा ल्याउनेछ। जब ती जातिहरूले मैले यो शहरवासीहरूका निम्ति गरेको शान्ति र उन्नतिका कुराहरू सुन्छन तिनीहरू भयभीत हुनेछन् अनि काम्नेछन्।’
10 “यसकारण परमप्रभु भन्नुहुन्छ, ‘तिमीहरू भनिरहेकाछौ, हाम्रो देश मानिस र पशुहरू बिनाको उजाड ठाउँ हो।’ अहिले यरूशलेमका गल्लीहरू र यहूदाका शहरहरू मानिसहरू र पशुहरू बिना ध्वंस भएको छ। 11 तर चाँडै यो ठाउँमा आनन्दको मिठो, दुलहा-दुलहीहरूको खुशीयाली र परमप्रभुमा प्रशंसाको आवाजहरूले गुन्जयमान हुनेछ। ती मानिसहरूले भन्ने छन्,: ‘सेनाहरूका परमप्रभुको प्रशंसा गर। परमेश्वर भलो हुनुहुन्छ। उहाँ सधैँ कृपालु हुनुहुन्छ।’ तिनीहरूले मन्दिरमा धन्यवाद बलि चढाउनेछन् कारण यस ठाउँबाट जे-जे लुटिएको थियो म त्यो पुनः बहाली गराउनेछु अनि अघि जस्तो थियो त्यस्तै बनाउनेछु।” परमप्रभु भन्नुहुन्छ।
12 सेनाहरूका परमेश्वर भन्नुहुन्छ, “मानिसहरू अथवा पशु प्राणीहरू नभएर अहिले यो ठाउँ उराठलाग्दो छ। तर यहूदाका सबै शहरहरूमा भेंडा़ गोठालाहरूले भेंडा़ बथानहरू चराउने र ती बथानहरूले थकाई मार्ने खर्कहरू हुनेछन्। 13 पहाडी देशमा, पश्चिमी बेंसीमा, नेगेबमा, बिन्यामीनको शहरहरूमा, अनि यरूशलेम र यहूदाको वरिपरि सबै शहरहरूमा भेंडा़का बथानहरू हुनेछन् अनि भेंडा़ गोठालाहरू र भेंडा़हरू गन्ती गर्नेछन्,” परमप्रभु भन्नुहुन्छ।
असल शाखा
14 यो परमप्रभुबाट आएको सन्देश हो “मैले इस्राएल र यहूदाका मानिसहरूको लागि विशेष प्रतिज्ञा गरेकोछु, समय आइरहेछ, म ती वचनहरू पूरा गर्नेछु। 15 त्यसबेला, म दाऊदको परिवारमा एउटा धार्मिकताको शाखा उत्पन्न गराउनेछु। उसले यो देशमा न्याय ल्याउनेछ। 16 यो शाखाको समयमा यहूदाका मानिसहरू सुरक्षित हुने छन् अनि तिनीहरू यरूशलेममा मुक्त रहनेछन्। यो शाखाको नाउँ हो: ‘परमप्रभु हाम्रा धार्मिकता हुनुहुन्छ।’”
17 परमप्रभु भन्नुहुन्छ, “दाऊदको परिवारबाट एकजना मानिस सधैँ सिंहासनमा बस्नेछ र इस्राएलका परिवारमाथि शासन गर्नेछ। 18 अनि पूजाहारीहरू जो लेवी परिवारहरूबाट हुनेछन् तिनीहरू त्यहाँ मेरो अघि होमबलिहरू, अन्न बलिहरू र अरू बलिहरू चढाउन उभिन्छन्।”
19 यो सन्देश परमप्रभुबाट यर्मिया कहाँ आयो। 20 परमप्रभु भन्नुहुन्छ, “मसँग रात र दिनको करार छ। त्यो सदा-सर्वदा चलिरहनेछ। यदि तिमीहरूले यसलाई परिवर्तन गर्न सक्छौ भने ताकि दिन र रात आफ्नो तोकिएको समयमा नआवोस्। 21 तब तिमीहरूले मेरा सेवक दाऊद र लेवीसँग पनि मेरो करार बद्लिन सक्छौ। दाऊदका सन्तानहरू अब राजा हुनेछैनन् र लेवीका परिवारबाट पूजाहारी हुनेछैनन्। 22 तर म मेरो दास दाऊदका सन्तानहरूलाई र लेवीका परिवारहरूलाई जसले मेरो सेवा गरिरहेका छन् तिनीहरूको संख्या वृद्धि गराउनेछु। तिनीहरूको सन्तानको संख्या आकाशमा ताराहरू र सागरको किनारमा बालुवाको कण झैं अनगन्ती हुनेछ।”
© 2004, 2010 Bible League International