Print Page Options
Previous Prev Day Next DayNext

Bible in 90 Days

An intensive Bible reading plan that walks through the entire Bible in 90 days.
Duration: 88 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यशैया 29:1-41:18

यरूशलेमसित परमेश्वरको प्रेम

29 परमेश्वरले भन्नुहुन्छ, “अरीएलमा हेर! अरीएल। त्यो शहर, जहाँ दाऊदले छाउनी बनाएका थिए। त्यहाँ बार्षिक चाड़हरू र उत्सवहरू भइरहन्थ्यो। तर म अरीएललाई दण्ड दिन्छु। म त्यो शहरलाई दु:ख र विलापले परिपूर्ण पर्ने छु। तर सधैँ मेरी अरीएल भईरहनेछे।

“अरीएल मैले तिम्रो वरिपरि सैनिकहरू तैनाथ पारें र राखें। मैले तिम्रो विरूद्ध विशाल युद्ध आह्वान गरें तिमी पराजित भयौ। अनि भूईंमा ढल्यौ। अब, म भूईंबाट प्रेतको आवाज जस्तो तिम्रो आवाज सुन्दछु तिम्रो शब्दहरू मैलाबाट आउने सुक्खा आवाज जस्तो छ।”

त्यहाँ धूलोका कणहरू जस्तै धेरैजना विदेशीहरू छन्। त्यहाँ हावामा उड्ने फूलको पराग जस्तै धेरै क्रुर मानिसहरू छन्। अचानक तिमीकहाँ नै आउनेछन्। सेनाहरूका परमप्रभुले तिमीहरूलाई भूईंचालो, बज्रपात र डरलाग्दो होहल्लाद्वारा दण्ड दिनु हुन्छ। भूवँरी, आँधी-बेहरी र आगो थिए, जसले जलाउँछन अनि नष्ट पार्छ। धेरै-धेरै जातिहरू अरीएलको विरूद्ध युद्ध गर्न तयार भए यो एक भयानक सपना जस्तो थियो। सैनिकहरूले अरीएललाई घेरेर दण्डित गरे। तर यो पनि सैनिकहरूको लागि सपना जस्तै भयो। तिनीहरूले मन पराएको केही भेटेनन्। यो एक जना भोको मानिसले भोजनको सपना देखे जस्तै थियो। जब त्यो मानिस ब्यूँझिन्छ, ऊ भोकै हुनेछ। यो एकजना तिर्खाएको मानिसले देखेको पानीको सपना जस्तै हुनेछ। जब मानिस ब्यूँझन्छ, ऊ तिर्खाएकै हुन्छ। यो सियोनको विरोधमा लड्ने प्रत्येक राष्ट्रको लागि साँचो हो, ती राष्ट्रहरू सन्तुष्ट थिएनन्।

आश्चर्यचकित र छक्क पर!
    तर दाखरस पिएर होइन तिमी घरमरिदै लड्नेछौ।
10 परमप्रभुले तिमीहरूमा गहीरो निद्रा ल्याइदिनु भएको छ।
    परमप्रभुले तिमीहरूका आँखाहरू बन्द गरिदिनु हुनेछ। (अगमवक्ताहरू नै तिमीहरूको आँखाहरू बन्नेछ।)
    परमप्रभुले तिमीहरूका टाउकाहरू छोपि दिनुहुनेछ। (अगमवक्ताहरू तिमीहरूका शिर हुनेछन्।)

11 यी कुरारू घट्ने छन् म तिमीहरूलाई भन्छु, तर तिमीहरूले मलाई बुझ्ने छैनौ। मेरा शब्दहरू त्यस्ता शब्दहरू हुन् जो पुस्तकमा बन्द र मोहर लगाएको छ। तिमीले त्यो पुस्तक त्यस मानिसलाई दिनसक्छौ जसले पढ्न सक्छ, अनि त्यस मानिसलाई त्यो पुस्तक पढ्नु भन। तर त्यस मानिसले भन्नेछ, “म त्यो पुस्तक पढ्न सक्तिनँ, यो बन्दछ र म खोल्न सक्तिनँ” 12 अथवा तिमीले त्यो पुस्तक त्यस मानिसलाई दिन सक्छौ जसले पढ्न सक्दैन्। अनि त्यस मानिसलाई पढ भनेर भन। त्यस मानिसले भन्नेछ, “म यो पुस्तक पढ्न सक्तिन किनभने म पढ्न जान्दिनँ।”

13 मेरो मालिकले भन्नुहुन्छ, “ती मानिसहरूले मलाई प्रेम गर्छु भन्छन्। तिनीहरूले मलाई मुखबाट शब्दहरू निकालेर सम्मान दर्शाउँछन्। तर तिनीहरूका हृदय मबाट धेरै टाढा छ। तिनीहरूले मप्रति दर्शाएका आदर अनि गौरव केही होइन तिनीहरूले केवल मानव विधिहरू स्मरण गरेका मात्र हुन्। 14 यसैले म तिनीहरूलाई लगातार प्रभाव पूर्ण र अचम्म लाग्दा कामहरू गरेर चकित पारिरहन्छु। तिनीहरूका ज्ञानी मानिसहरूले आफ्ना विवेकहरू हराउनेछन्। तिनीहरूमा बुझ्ने क्षमता हुँदैन।”

15 ती मानिसहरू धेरै कुराहरू परमप्रभुबाट लुकाउने कोशिश गर्दछन्। तिमीहरूले सोच्दछन् कि परमप्रभुले बुझ्नु हुन्न्। तिनीहरूले आफ्नो दुष्ट कार्यहरू अँध्यारोमा गर्नेछन्, तिनीहरूले आफैंलाई भन्ने छन्, “कसैले पनि हामीलाई देख्न सक्तैन। हामी को हौं भनेर पनि कसैले चिन्दैन।”

16 तिमी अन्योलमा पर्नेछौ। तिमी माटो र कुमालेलाई बराबर हो भन्ने सोच्छौ। तिमी सोच्छौ एउटा चीज जुन बनाइन्छ त्यसले आफ्नो सृष्टिकर्तालाई भन्न सक्छ, “तिमीले मलाई बनाएनौ।” यो आफूलाई सृष्टि गर्नेलाई भनिरहेको भाडाँ जस्तै हो, “तिमी बुझ्दैनौं।”

उत्तम समय आइरहेछ

17 यो सत्य हो। केही समय पछि कर्मेल पर्वत झैं लबानोनले मलिलो माटो पाउनेछ अनि कर्मेल पर्वतको खेतहरू बाक्ला बन जस्तै हुनेछन्। 18 बहिराले पुस्तकको शब्दहरू सुन्नेछ। अन्धाले अन्धकारमय कुहिरोबाट देख्नेछ। 19 परमप्रभुले दीन, दुःखीहरूलाई खुशी बनाउनु हुनेछ। ती दु:खी मानिसहरूले इस्राएलको परम-पवित्रतामा आनन्द मानाउनेछन्।

20 दुष्ट र निर्दयी मानिसहरूको अन्त भएपछि यस्तो घटना हुनेछ। जब ती मानिसहरूले नराम्रा कामहरू गर्दै आनन्द लुटिरहेको दिनहरू समाप्त भएपछि यस्तो घटना हुनेछ। 21 (ती मानिसहरूले असल मानिसहरूका बारेमा झूटो कुरा गर्नेछन्। तिनीहरूले मानिसहरूलाई न्यायालयमा पुर्याउनँ खोज्दछन्। ती निर्दोष मानिसहरूलाई नाश पार्न चाहन्छ।)

22 यसैले परमप्रभु याकूबका परिवारसित बात मार्नु हुन्छ। उहाँ उही परमप्रभु हुनुहुन्छ जसले अब्राहामलाई स्वतन्त्र पार्नु भयो। परमप्रभु भन्नुहुन्छ, “अब याकूब लज्जित र व्याकुल हुनेछैन् न त तिनीहरूको अनुहार पहेंलो हुनेछ। 23 उसले आफ्नो छोरा-छोरीहरू देख्नेछ अनि उसले मलाई मेरो नाउँ पवित्र छ भन्नेछ। ती केटा-केटीलाई मैले आफ्ना हातहरूले बनाएँ। अनि ती केटा-केटीहरूले याकूबका पर-मपवित्र एकदमै विशेष प्रकारको रहेछ भन्नेछन्। ती केटा-केटीहरूले इस्राएलका परमेश्वरलाई मान्ने छन्। 24 धेरै जना मानिसहरूले बुझेनन् यसैले तिनीहरूले गल्ती कामहरू गरे। ती मानिसहरूले बुझेनन्, तर तिनीहरूले आफ्नो शिक्षा पाउनेछन्।”

इस्राएलले परमेश्वरमा विश्वास गर्नुपर्छ, मिश्रलाई होइन

30 परमप्रभुले भन्नुभयो, “ती केटा-केटीहरूलाई हेर। तिनीहरूले मेरो आज्ञा पालन गर्दैनन्। तिनीहरू योजनाहरू तयार गर्छन् तर तिनीहरूले मलाई सहायता माग्दैनन्। तिनीहरूले अन्य जातिहरूसँग सम्झौता गर्छन्, तर मेरो आत्माले ती सम्झौताहरू चाहँदैनन्। ती मानिसहरूले स्वयं नै पापमाथि पापहरू थुपार्दछन्। ती केटा-केटीहरू सहायता माग्नलाई मिश्रतिर झर्दैछन् यदि त्यसो गर्नु सही थियो? तर तिनीहरू मसँग सहायता माँगेनन्। तिनीहरूले आशा गर्छन् कि मसँग फिरऊनले तिनीहरूलाई बचाउँछ। मिश्रले तिनीहरूलाई सुरक्षा गरोस् भन्ने चाहन्छन्।

“तर म तिमीहरूलाई भन्छु, मिश्रमा लुक्दैमा तिमीहरूलाई सहायता मिल्छ भन्ने छैन्। मिश्र तिमीहरूलाई बचाउन सक्ने योग्यको छैन्। तिमीहरूका अगुवाहरू सियोनमा गइसके र तिमीहरूका राजदूतहरू हानेसमा गए। तर तिनीहरू निराश हुने छन्। तिनीहरू एक अर्का जातिमाथि भरपरि रहेका छन् जसले तिनीहरूलाई सघाउन सक्तैनन्। मिश्र काम न दामको छ मिश्रले साथ दिने छैन। मिश्रको कारणले लाज र गिल्ला पार्नेछ।”

यहूदालाई परमेश्वरको सन्देश

नेगव क्षेत्रका पशुहरूको निम्ति एउटा शोक सन्देश नेगव एउटा भयानक ठाउँ हो।

यो ठाउँ सिंहहरू, विषालु सर्पहरू र उडने सर्पहरूले भरिएकोछ। तर केही मानिसहरू नेगव भएर यात्रा गर्छन्, तिनीहरू त्यस ठाउँमा गइरहेकाछन् जुन ठाउँले तिनीहरूलाई सघाउन सक्तैन्। तिनीहरूले आफ्नो धन-सम्पत्ति गधाहरूको पिठ्यूँमाथि चढाएकाछन्। तिनीहरूले आफ्ना बहुमूल्य खजानाहरू ऊँटहरूको पिठ्यूँमाथि चढाएकाछन्। यसको तात्पर्य हो अरू राष्ट्रहरूमाथि भर पर्ने मानिसहरूलाई यसले सहयोग गर्दैन। त्यो मिश्र एकदमै व्यर्थको जाति हो। मिश्रको सहयोग व्यर्थको छ। यसैले मैले मिश्रलाई भनें, “केही पनि नगरी बस्ने राहाब हो।”

अब संकेतको रूपमा यो लेख, ताकि सबै मानिसहरूले यो देख्न सकुन्। अनि यो एउटा पुस्तकमा लेख। यो लिखित रूपमा अन्तिम दिनको लागि राख। यो निकट भविष्यमा साक्षी बनिनेछ।

यी मानिसहरू त्यस्ता छोराछोरीहरू जस्ता हुन् जसले आफ्ना माता पितालाई टेर्दैनन्। तिनीहरूले परमप्रभुको शिक्षाहरू मान्नलाई अस्वीकार गर्दैछन्। 10 तिनीहरूले अगमवक्ताहरूलाई भने, “ती हामीले गर्नु पर्ने कामहरूमाथि दृष्टि नराख। हामीलाई सत्य नबताऊ। हामीलाई राम्रो कुराहरू भन जसले हामीलाई स्वस्थ्य अनुभव हुन सकोस्। हाम्रा लागि असल कुराहरू मात्र हेर। 11 ती कुराहरूलाई हेर्न छाडिदेऊ जुन साँच्चि नै हुनेछ। हाम्रो बाटोबाट निस्की हाल अनि इस्राएलका परम-पवित्रको बारेमा भन्न छोड।”

परमेश्वरबाट मात्र यहूदालाई सहायता आउँदछ

12 इस्राएलका परम-पवित्र भन्नुहुन्छ, “परमप्रभुबाट आएका सन्देश स्वीकार गर्न तिमीहरू मानेनौ। तिमीहरू लडाइँ गर्न र झूटोको सहायतामा बाँच्न चाहन्छौ। 13 तिमीहरू ती कुराहरूको दोषी छौ। यसकारण तिमीहरू चर्किएको अग्लो पर्खाल जस्तो छौ। त्यो पर्खाल अचानक ढल्नेछ र टुक्रा-टुक्रा हुनेछ। 14 तिमी ठूलो माटाको टुक्रिएको हाँडी जस्तो छौ। ती टुक्राहरू बेकामका हुनेछन्। ती टुक्राहरूद्वारा न त तिमीहरू बल्दै गरेको आगो ल्याउन सक्छौ न त कुवाबाट पानी ओसार्न सक्छौ।”

15 परमप्रभु मेरा मालिक, इस्राएलका परमपवित्र यही भन्नुहुन्छ, “यदि तिमी मकहाँ फर्किन्छौ भने तिमी सुरक्षित हुनेछौ। अनि ममाथि गरेको भरोसाले तिमीलाई मकहाँ ल्याउने शक्ति हुनेछ। ताकि तिमी शान्तिमा रहन सक्छौ।”

तर तिमीहरू त्यसो गर्न चाँहदैनौ। 16 तिमीहरू भन्छौ, “होइन, हामीलाई भाग्नकालागि घोडाहरू चाहिन्छन्।” त्यो सत्य हो तिमीहरू घोडाहरूमा चढेर भाग्नेछौ। तर तिम्रो शुत्र चाँडै तिम्रो पछि लाग्नेछ अनि तिमीलाई भेटनेछ। 17 एकजना शत्रुले तिमीहरूलाई धम्की दिन्छ र तिमीहरू हजारौं जना भाग्नेछौ। पाँचजना शत्रुहरूले डर देखाउँदा तिमीहरू सबै भाग्नेछौ। तिमीहरूका सेनाले एउटा खाली चीज मात्र त्यहाँ छाडी जानेछ त्यो पहाडमाथि झण्डा गाड्ने एउटा खम्बा हुनेछ।

परमेश्वरले आफ्ना मानिसहरूलाई सहयोग गर्नुहुन्छ

18 परमप्रभुले तिमीहरूप्रति यही अनुग्रह दर्शाउनु चाहनु हुन्छ। परमप्रभुले प्रतीक्षा गरिरहनु भएको छ। परमप्रभु उठेर तिमीहरूलाई सान्त्वना दिन चाहनु हुन्छ। परमप्रभु परमेश्वर निष्पक्ष हुनुहुन्छ, अनि प्रत्येक मानिस जसले परमप्रभुको साथ पर्खन्छ उसलाई आशीर्वाद हुनेछ।

19 परमप्रभुका मानिसहरू यरूशलेम र सियोन पर्वतमा बस्नेछन्। तिमीहरू लगातार रूने छैनौ। परमप्रभुले तिमीहरू रोएको सुन्नु हुनेछ अनि सान्तवना दिनु हुनेछ। परमप्रभुले तिम्रो विलाप सुन्नु हुनेछ, अनि उहाँले तिमीलाई सहयोग गर्नुहुनेछ।

20 अतीतमा, मेरो मालिकले तिमीहरूलाई दु:ख र कष्ट दिनुभयो। त्यो तिमीहरूले खाएको रोटी र पानी जस्तो थियो। तर परमेश्वर तिमीहरूका गुरू हुनुहुन्छ, अनि उहाँ तिमीहरूबाट लगातार लुकेर बस्नु हुनेछैन्। तिमीहरूले आफ्ना गुरूलाई आफ्नै आँखाले हेर्न पाउनेछौ। 21 तब यदि तिमीहरूले गल्ती काम गर्छौ भने वा गल्तीबाटो नै गयौ भने, तिमीहरूले एक आवाज सुन्नेछौ तिमीहरूको आफ्ना आवाज पछाडी, “यो तिमीहरूको दाहिने बाटो हो। तिमीहरू यही बाटो जानुपर्छ।”

22 तिमीहरूले सुन र चाँदीले मूर्तिहरूलाई ढाकिदिएका छौ। ती झूटो देवताहरूले तिमीहरूलाई फोहरी बनाई दिए। तर तिमीहरूले ती झूटो देवताहरूलाई आराधना गर्न रोक्न सक्छौ। तिमीहरूले ती झूटो देवताहरूलाई फोहर मैला, कसिङ्गर जस्तै टाढा फाली दिनेछौ।

23 त्यस समय, परमप्रभुले तिमीहरूका निम्ति बर्षा पठाई दिनुहुनेछ। तिमीहरूले भूमिमा बिऊहरू रोप्नेछौ, अनि त्यस भूमिले तिमीहरूका निम्ति खाद्यान्न उप्जाई दिनेछ। तिमीहरूले प्रशस्त बाली पाउनेछौ। आफ्ना पाल्तु पशुहरूका लागि त्यस भूमिले प्रशस्त मात्रामा खाद्यन्न दिनेछ। त्यहाँ तिमीहरूका भेंडाका लागि विस्तृत र्खक हुनेछ। 24 तिमीहरूका गोरू र गधाहरूले आवश्यक अनुसार सबै प्रकारको दाना पाउनेछन्। पशुहरूका निम्ति दाना यति विध्न हुन्छ कि पशुहरूलाई दाना दिंदा पनि तिमीहरू फरूवा र बेल्चाहरू चलाउँछौ। 25 प्रत्येक पहाड र पर्वतसित पानी भरिएको भन्ज्याङ हुनेछन्। यी कुराहरू धेरै संख्यामा मानिसहरू मारिए पछि अनि भूमिमा धरहराहरू ढलेपछि मात्र हुनेछन्।

26 त्यस समयमा चन्द्रमाको प्रकाश सूर्यको प्रकाश भन्दा चहकिलो हुनेछ। घामको प्रकाश अहिलेको भन्दा सात गुणा बढी चहकिलो हुनेछ। एक दिनको घामको प्रकाश एक साताको प्रकाश जति हुनेछ। यी कुराहरू त्यति बेला हुनेछ जब परमप्रभुले आफ्नो मानिसहरूको घाउहरूमा पट्टी लगाउनु हुनेछ अनि निको पार्नुहुनेछ।

27 हेर! परमप्रभुको नाउँ सुदूर जग्गाबाट आइरहेछ। उहाँको क्रोध यस्तो आगो झैं छ जो धुवाँको कालो मुस्लोसित मिसिए जस्तै छ। परमप्रभुको मुख क्रोधले भरिएको छ र उहाँको जिव्रो ज्वाला जस्तो छ। 28 परमप्रभुको सास एउटा महानदी समान छ जुन त्यतिन्जेल सम्म बढिरहनेछ, जब सम्म त्यो घाँटी सम्म पुग्दैन्। परमप्रभुले राष्ट्रहरूमाथि न्याय गर्नुहुनेछ। परमप्रभुको न्याय गराई राष्टहरूलाई विनाश चाल्नीमा चाले झैं हुनेछ। परमप्रभुले तिनीहरूलाई आफ्नो मुट्ठीमा ल्याउनु हुनेछ। त्यो काबु पशुलाई रत्याउनु लगाइएको लगाम जस्तै हुनेछ। त्यसले तिनीहरूलाई विनास तिर डोर्याउनेछ।

29 त्यस समय, तिमीहरूले खुशीको गीतहरू गाउने छौ। त्यो समय ती रातहरू झैं हुनेछ जब तिनीहरू आफ्नो उत्सव मनाउन शुरू गर्छौ। त्यतिबेला तिमीहरू ती मानिसहरू झैं खुशी हुनेछौ। जो इस्राएलको चट्टान परमप्रभुको पर्वतमा जाँदा बाँसुरीको धुन सुनेर खुशी भएका थिए।

30 परमप्रभुले उहाँको महान वाणी सुन्न मानिसहरूलाई विवश पार्नु हुनेछ। परमप्रभुले आफ्नो रिसले शक्तिशाली पाखुरा तल झरेको हेर्न मानिसहरूलाई बिवश पार्नु हुनेछ। त्यो पाखुरा सम्पूर्ण कुराहरू जलाई दिने भयानक आगो सरह हुनेछ। परमप्रभुको शक्ति बर्षा र असिना बर्साउने भयानक तूफान जस्तो हुनेछ। 31 परमप्रभुको आवाज सुनेपछि अश्शूर डराउने छ। परमप्रभुले अश्शूरलाई राजदण्डले हिर्काउँनु हुनेछ। 32 परमप्रभुले अश्शूरलाई हिर्काउँदा त्यो खैंजडी र वीणाहरू बजाइएको जस्तो हुनेछ। परमप्रभुका ठूला पाखुराले अश्शूरलाई हराउनु हुनेछ।

33 धेरै पहिले देखि नै तोपेतलाई तयार पारिएको छ। यो राजाको लागि तयार छ। यो एकदम गहिरो र चौंडावाला थियो। त्यहाँ दाउराको थाक र आगो छ। अनि परमप्रभुको सास बलिरहेको गन्धकको तूफान जस्तै आउने छ अनि यो बल्नेछ।

इस्राएल परमेश्वरको शक्तिमा आश्रित हुनपर्छ

31 मिश्रतिर सहायता माग्न गइरहेको मानिसहरूलाई हेर। मानिसहरूले घोडाहरू मागिरहेका छन्। घोडाहरूले तिनीहरूलाई बचाउनेछ भनेर सोच्दछन्। मिश्रबाट आएका रथहरू र घोडचढी सैन्यहरूले तिनीहरूलाई रक्षा गर्नेछ भनेर आशा गरिरहेछन्। मानिसहरूले सोच्दछन कि विशाल सैनिक हुँदा उनीहरू सुरक्षित हुनेछन्। मानिसहरूले इस्राएलका परम-पवित्रलाई भरोसा गर्दैनन्। मानिसहरू परमप्रभुसँग सहायता माग्दैनन्। तर, उहाँ परमप्रभु हुनुहुन्छ जो ज्ञानी हुनुहुन्छ। अनि परमप्रभुले नै उनीहरूका बिरूद्ध कष्ट ल्याइदिनु हुन्छ। मानिसहरूले परमप्रभुको आज्ञालाई परिवर्तन गर्न सक्तैनन्। परमप्रभु उठ्नु हुनेछ र दुष्ट मानिसहरूका बिरूद्ध लड्नु हुनेछ। अनि परमप्रभु ती मानिसहरूका विरूद्ध लड्नु हुनेछ जसले दुष्ट मानिसहरूलाई सघाउन सहायता गर्छन्।

मिश्रका जनताहरू केवल मानिसहरू मात्र हुन् परमेश्वर होइनन्। मिश्रबाट आएका घोडाहरू केवल पशुहरू मात्र हुन् आत्मा होइनन्। परमप्रभुले आफ्नो हात फैलाउनु हुनेछ र सहायता गर्नेहरू पराजित हुनेछन्। अनि सहायता चाहने मानिसहरू पतन हुनेछन्। ती सबै मानिसहरूसँगै नाश हुनेछन्।

परमप्रभुले मलाई भन्नुभयो “जब एउटा सिंह अथवा सिंहको बच्चाले खानलाई पशु पक्रन्छ, सिंह मृत पशुको छेऊमा उभिन्छ अनि गर्जन्छ। त्यसबेला कसैले पनि ठूलो सिंहलाई डर देखाउन सक्तैनन्। यदि मानिसहरू आएर कराए पनि सिंह डराउँदैन। मानिसहरू ठूलो स्वरमा कराए पनि सिंह भाग्दैन।”

यस्तै प्रकारले, सेनाहरूका परमप्रभु सियोन पर्वतमा झर्नु हुनेछ। परमप्रभुले त्यस पर्वतमाथि लडाईँ गर्नु हुनेछ। चराहरू आफ्ना गुँडहरूमाथि उडीरहे जस्तै गरी सेनाहरूका परमप्रभुले यरूशलेमलाई बचाउनु हुन्छ। परमप्रभुले उसलाई बचाउनु हुन्छ। परमप्रभुमाथिबाट जानुहुनेछ र यरूशलेमलाई बचाउनु हुनेछ।

इस्राएलका नानीहरूले परमेश्वरको विरूद्ध विद्रोह गरे। तिमीहरू परमेश्वरकहाँ फर्केर आउनै पर्नेछ। तब मात्र मानिसहरू ती सुन र चाँदीले बनिएका मूर्तिहरू पूज्न छाड्नेछन्। तिमीहरूले ती मूर्तिहरू बनाएर साँच्चि नै पाप कमायौ।

यो साँच्चो हो अश्शूर तरवारले पराजित हुने नै छ। तर त्यो तरवार मानिसको तरवार हुने छैन्। अश्शूर परमप्रभुको तरवारदेखि भागि जाने छ। तर युवकहरूलाई समातेर नोकर बनाइने छ। तिनीहरूका सुरक्षाको ठाउँ नष्ट हुने छ। तिनीहरूका अगुवाहरू पराजित हुनेछन् र झन्डा छाडेर भाग्नेछन्।

परमप्रभुले यी सबै कुराहरू भनी सक्नु भयो। परमप्रभुको अग्नि स्थान सियोनमाथि छ। परमप्रभुको सियोन र भट्टी यरूशलेम हो।

अगुवाहरू असल र शिष्ट हुनु पर्छ

32 यो कुरा ध्यान दिएर सुन जो म भन्छु। राजा सदाचारी हुनु पर्छ जसले दया ल्याउन सक्छ। अगुवाहरूले मानसिहरूलाई नेतृत्व दिंदा निष्पक्ष निर्णय लिनु पर्छ। यदि यस्तो हुन्छ भने राजा हावा पानीबाट लुक्ने ठाउँ हुनुहुनेछ अनि सुक्खा जमीनमा पानीको धारा हुनुहुनेछ। यस गरम ठाउँमा ठूलो चट्टानको शीतल छाँया हुनेछ। मानिसहरू राजासँग सहायता माग्नलाई त्यतातिर जान्छन् अनि मानिसहरूले साँच्चै नै उहाँका कुरा सुन्नेछन्। मानिसहरू जो अहिले अन्यौलमा परेका छन्, पछि तिनीहरू बुझ्न सक्ने योग्यका हुनेछन्। जुन मानिसहरूले स्पष्ट बोल्न सक्दैनन् तिनीहरू अब स्पष्ट र छिटो बोल्नेछन्। मूर्ख मानिसहरूलाई महान मानिसहरू भनिने छैन्। मानिसहरूले तिनीहरूलाई आदर गर्दैनन्। जसले गुप्त रूपमा योजना बनाउँछन्।

मूर्ख मानिसहरूले मूर्ख कुराहरू नै गर्छन्, अनि उसको हृदयमा दुष्ट कामहरू गर्ने योजनाहरू हुँदछ। मूर्ख मानिसहरूले ती कुराहरू नै गर्न चाहन्छन् जुन गल्ती छ। मूर्ख मानिसहरूले गरीब मानिसहरूलाई भोजन गर्न दिदैन्। मूर्ख मानिसहरूले परमप्रभुको बारेमा अधार्मिक कुराहरू भन्दछन्। मूर्ख मानिसहरूले तिर्खाएका मानिसहरूलाई पानी पिउन दिंदैनन्। त्यस मूर्ख मानिसले पापलाई हतियार जस्तो चलाउँदछ। उसको योजनाहरूले गरीब मानिसहरूबाट सबै थोकहरू लुट्ने बाटो बनाउँदछ। त्यो मूर्ख मानिसले गरीब मानिसहरूको विषयमा झूटो कुराहरू गर्दछ। अनि त्यस्ता झूटो कुराहरूबाट गरीब मानिसहरू निष्पक्ष रूपबाट न्याय पाउनदेखि वञ्चित हुँदछन्।

तर असल अगुवाको योजनाहरू राम्रो काम गर्नलाई नै हुँदछ। अनि ती असल कुराहरूले नै उसलाई असल अगुवा बनाउँदैछ।

कठिन समय

तिमीहरू माझ कतिपय स्त्रीहरूलाई अहिले शान्ति छ। तिमीहरूले सुरक्षित अनुभव गरिरहेका छौ। तर तिमीहरूले उभिएर मैले भनेका कुराहरू सुन्नु पर्छ। 10 तिमी स्त्री मानिसहरूले अहिले सुरक्षित अनुभव गरिरहेका छौ, तर एक बर्ष पछि तिमीहरू कष्टमा पर्ने छौ। किनभने तिमीहरूले आउने बर्षमा दाखहरू बटुल्न सक्ने छैनौ। त्यहाँ बटुल्नलाई दाखहरू नै हुनेछैन्।

11 स्त्रीहरू, तिमीहरू अहिले शान्त छौ, तर तिमीहरू भयभीत हुन पर्ला। स्त्रीहरू हो अहिले तिमीहरू शान्त अनुभव गरिरहेका छौ तर तिमीहरू चिन्तित हुन पर्नेछ। तिमीहरूको राम्रो लुगाहरू खोली देऊ अनि शोकको लुगाहरू लगाऊ। आफ्ना कम्मरमा वरिपरि ती लुगाहरू बेर। 12 ती शोकमा लगाउने लुगाहरू आफ्ना दु:खहरूले भरिएका छातीमा लगाऊ। डाको छोडेर विलाप गर, किनभने तिमीहरूका खेतहरू रित्ता छन्। तिमीहरूका दाखका बोटहरूले एकपल्ट फल दिए तर अहिले तिनीहरू रित्ता छन्। 13 मेरा मानिसका जमीनका लागि डाँको छोडेर रोऊ। किनभने त्यहाँ काँढा र सिउँडी मात्र उम्रनेछ। ती शहरको निम्ति अनि सबै घरहरूको निम्ति बिलाप गर जुन एक पल्ट आनन्दले भरिपूर्ण थिए।

14 मानिसहरूले प्रमुख शहर छोडेर जानेछन्। तिनीहरूले राजमहल र रक्षा धरहराहरू छोड्नेछन्। मानिसहरू घरहरूमा बस्ने छैनन्। तिनीहरू ओडारहरूमा बस्नेछन्। जंगली गधाहरू र भेंडा़हरू शहरमा बस्नेछन् अनि त्यहाँ घाँस खान पशुहरू जानेछन्।

15 जब परमप्रभुले माथिबाट आफ्नो आत्मा दिनु हुँदैन तब सम्म हुनेछ। अब त्यस देशमा धर्म छैन्। यो मरुभूमि सरह भएको छ। 16 तर भविष्यमा त्यो मरुभूमि कर्मेल जस्तै मलिलो जमीन हुनेछ। न्याय निष्पक्ष हुनेछ। अनि मलिलो खेत हरियो जङ्गल सरह हुनेछ। त्यहाँ धार्मिकता हुनेछ। 17 त्यो धार्मिकता शान्ति र सुरक्षा सदाका निम्ति रहनेछ। तिनीहरू चुपचाप शुन्य र शान्तिमय ठाउँमा बस्ने छन्। 18 मेरा मानिसहरू एकदमै सुरक्षित अनि शान्तिपूर्ण ठाउँमा बस्नेछन्।

19 तर यी कुराहरू हुन अघि नै वन-पतन हुनै पर्छ। त्यो शहर परास्त हुनै पर्छ। 20 तिनीहरू कतिपय मानिसहरूले खोलाको छेउछाउमा बिऊहरू रोप्नेछन्। आफ्ना गोरू र गधाहरूलाई स्वतंत्र रूपमा त्यहाँ चर्न र खान दिनेछन्। तिमीहरू एकदम खुशी हुनेछौ।

दुष्टले दुष्टता मात्र उत्पन्न गर्छ

33 हेर, तिमीहरू युद्ध गर्छौ र मानिसहरूका चीजबीजहरू लुटपीट पार्छौ, तर ती मानिसहरूले तिमीहरूबाट केही पनि लुट्दैनन्। तिमीहरू मानिसहरूको विरूद्ध जानेछौ, तर ती मानिसहरू तिमीहरूका विरूद्ध कहिल्यै उभिने छैनन्। यसर्थ तिमीहरूले जब चोर्न छोड्नेछौ, अरू मानिसहरूले चोरी गर्न थाल्नेछन्। जब तिमीहरू मानिसहरूको विरूद्ध उभिन छोड्नेछौ अरू मानिसहरू तिमीहरूका विरूद्ध उभिन थाल्नेछन्।

हे परमप्रभु, हामीमा अनुग्रह गर्नुहोस्।
    हामी तपाईंको सहायतकोलागि पर्खिरहेका छौं।
परमप्रभु, हामीलाई प्रत्येक बिहान शक्ति प्रदान गर्नुहोस,
    कष्टमा हाम्रो उद्धार हुनुहोस।
तपाईंको प्रभावपूर्ण सोरले मानिसहरूलाई भयभीत पार्दछ।
    अनि तिनीहरू तपाईंदेखि भाग्नेछन् तपाईंको महानताले जातिहरूलाई भगाउँछ।

तिमीहरूले युद्धमा चोरेका चीजबीजहरू तिमीहरूबाट खोसिनेछन्। धेरै-धेरै मानिसहरू आउनेछन् र तिमीहरूको धन सम्पत्ति लुटेर लानेछन्। यो त्यस्तो समय हुनेछ जब सलहहरू आएर तिमीहरूका सबै अन्नहरू खानेछन्।

परमप्रभु महान हुनुहुन्छ। उहाँ एकदम उच्च ठाउँमा बस्नुहुन्छ। परमप्रभुले सियोनलाई न्याय अनि धार्मिकताले भरिपूर्ण पार्नुहुनेछ।

यरूशलेम तिमी सम्पन्न छौ। तिनी ईश्वरी ज्ञान र बुद्धिले सम्पन्न छौ। तिमीहरू मुक्तिले समृद्ध छौ। तिमीहरू परमप्रभुको आदर गर्छौ, अनि त्यसैले तिमीहरू समृद्ध छौ। यसर्थ तिमीहरू जान्न सक्छौ तिमीलाई यस्तै भइरहनेछ।

तर ध्यान दिएर सुन्। वीर मानिसहरू बाहिर रोइरहेकाछन्। ती सन्देशवाहकहरू जसले शान्ति ल्याउँछन् तिनीहरू डाको छोडेर रोइरहेकाछन्। बाटोहरू नष्ट भएका छन्। कोही पनि गल्लीहरूमा हिँडेका छैनन्। मानिसहरूले जुन सन्धि गरेका थिए त्यसलाई भङ्ग गरिदिएकाछन्। मानिसहरूले गवाहीहरूले दिएको प्रमाण अस्वीकार गरेकाछन्। कसैले पनि अरूलाई आदर गर्दैनन्। यो भूमि रोगी भएको छ। लबानोन शर्ममा परेर ओइलायो र शारोन खाडी सुक्खा र रित्तो भएको छ। बाशान र कर्मेलले एकपल्ट सुन्दर पातहरू उब्जाउने थियो तर अहिले ती पातहरू उब्जन बन्द भएका छन्।

10 परमप्रभु, भन्नुहुन्छ, “अब म उभिनेछु र मेरो महानता देखाउँछु। अब म मानिसहरूकालागि महत्वपूर्ण हुनेछु। 11 तिमीहरूले अनुचित कामहरू गर्यौ। ती कुराहरू पराल जस्ता हुन्। तिनीहरू केही काम लाग्ने छैनन्। मेरो आत्मा आगो जस्तो हुनेछ अनि यसले तिमीलाई जलाउनेछ। 12 मानिसहरू त्यतिबेला सम्म जल्नेछन् जब सम्म उनीहरूका हड्डीहरू जलेर सेतो चूना जस्तो हुँदैन्। मानिसहरू चाँडै काँढाहरू र सुख्खा घाँसहरू जस्तै बालिनेछन्।

13 “टाढा देशहरूमा हुने मानिसहरू, मैले गरेका ती कुराहरू सुन्। मानिसहरू जो मेरा नजिकमा छौ मेरो शक्तिको बारेमा बुझ।”

14 सियोनमा भएका पापीहरू त्रासित छन्। ती मानिसहरू जसले नराम्रा कामहरू गर्छ उनीहरू डरले काम्दछ। तिनीहरूले भने, “के हामी मध्ये कोही यस आगोबाट छिर्न सक्छौं जसले खरानी बनाउँछ? यस आगोको छेउमा बस्न सक्छौ जसले पोल्दछ?”

15 असल, धार्मिक मानिसहरू जसले पैसाको लागि अरूलाई चोट पुर्याउन चाहँदैनन्, तिनीहरू यस आगोबाट छिरेर पनि बाँच्न सक्छन्। तिनीहरूले घुसहरू लिन स्वीकार गर्दैनन तिनीहरू अरूलाई हत्या गर्ने योजनाहरू फर्केर पनि हेर्दैनन्। 16 ती मानिसहरू उच्च ठाउँहरूमा सुरक्षित बस्ने छन्। तिनीहरूले सधैँ भोजन र पानी पाउनेछन्। तिनीहरू उच्च चट्टाने किल्लाहरूमा सुरक्षित बस्नेछन्।

17 तिमीहरूले आफ्ना आँखाहरूले राजालाई उहाँको आफ्नो सुन्दरतामा देख्नेछौ। तिमीहरूले महान देश देख्नेछौ। 18-19 तिमीहरूले पहिलेका दु:ख र यातनाहरूको बारेमा सोच्नेछौ। तिमीहरूले सोच्नेछौ, “कहाँ छन् ती अन्य देशहरूबाट आएका मानिसहरू? तिनीहरूले बोलेको भाषा हामी बुझ्न सक्दैनौ। अरू जग्गाबाट आएका ती अधिकारीहरू र कर उठाउनेहरू कहाँ गएका छन्? जसले हाम्रा सतर्कता संरक्षण गरे ती गुप्तचर कहाँ छन? तिनीहरू सबै गए। तिमीहरूले फेरि तिनीहरूलाई देख्ने छैनौं।”

परमेश्वरले यरूशलेमको रक्षा गर्नु हुनेछ

20 सियोनमा हेर, हाम्रा धार्मिक चाडहरूको शहर। यरूशलेममा हेर-त्यो विश्रामको सुन्दर ठाँउ यरूशलेम एउटा पाल लगाइएको ठाउँ जस्तै हो जुन कहिल्यै उखेलिने छैन्। खाँबाहरू जसलाई उसले समातेर राखेको छ त्यो कहिल्यैमाथि तानिने छैन्। उसका कीलाहरू कहिल्यै चुँडिने छैन्। 21-23 किनभने सेनाहरूका परमप्रभु त्यहाँ हुनुहुन्छ। त्यो जग्गा खोला र फैलिएको नदीहरूको ठाउँ हो। तर त्यहाँ कुनै पनि शत्रुहरूका नाँउहरू र शक्तिशाली जहाजहरू छैनन्। तिमीहरू जो त्यस नाँउहरूमा काम गरिरहेछौ तिमीहरू डोरीहरू सहित ती कामबाट भाग्न सक्छौ। तिमीहरू एकदम दरिलो खम्बा बनाउनँ सक्दैनौ। तिमीहरू पालहरू खोल्न सक्ने हुँदैनौ। किनभने परमप्रभु नै हाम्रा न्यायकर्ता हुनुहुन्छ। परमप्रभुले हामीलाई व्यवस्था गरिदिनु हुन्छ। परमप्रभु नै हाम्रा राजा हुनुहुन्छ। उहाँले नै हामीलाई बचाउनु हुन्छ। यसैले परमप्रभुले हामीलाई प्रशस्त धन सम्पत्ति दिनु हुन्छ। लङ्गडा मानिसहरूले पनि युद्धमा ठूलो सम्पत्ति जित्नेछ। 24 त्यहाँ बस्नेहरू कसैले पनि भन्ने छैन, “म बिरामी छु।” त्यहाँ बस्ने मानिसहरू ती मानिसहरू हुन् जसका पापहरू क्षमा गरिएको छ।

परमेश्वरले आफ्नो शत्रुहरूलाई दण्ड दिनुहुन्छ

34 सारा जाति जातिका मानिसहरू हो नजिकै आओ र ध्यान दिएर सुन्। तिमीहरू सबैले एकदम ध्यान दिएर सुन्नुपर्छ। पृथ्वीमाथि भएका सबै मानिसहरूले यी कुराहरू सुन्नुपर्छ। परमप्रभु ती सारा जातिहरू र आफ्ना शत्रुहरूमाथि क्रोधित हुनुहुन्छ। परमप्रभुले ती सबैलाई नाश गर्नु हुनेछ। उहाँ नै तिनीहरूका मृत्युको कारण हुनुहुनेछ। तिनीहरूका मारिएकाहरू बाहिर फ्याँकिने छन्। तिनीहरूका लाशहरूबाट नराम्रा दुर्गन्धहरू आउनेछ, अनि रगतहरू पर्वततिर झर्दै बग्नेछ। आकाश किताब पढिसके पछि बन्द गरे जस्तै हुनेछ। अनि ताराहरू झर्नेछन् जसरी दाखका रूखहरू र जैतूनका रूखहरूबाट पातहरू झर्दछ। आकाशमा भएका सारा ताराहरू झर्नेछन्। परमप्रभु भन्नुहुन्छ, “यस्तो घट्ने नै छ जब मेरो तरवार आकाशमा रगतले लत्‌पत् हुन्छ।”

हेर! परमप्रभुको तरवारले एदोमलाई काट्नेछन् परमप्रभुले ती मानिसहरूलाई अपराधी ठहराउनु भएकोछ। अनि तिनीहरू मर्नु नै पर्छ। किनभने परमप्रभुलाई भेंडा़ र बाख्राको प्रशस्त बलि लिइसक्नु भएको छ। परमप्रभुले निर्णय लिनु भएको छ कि बोज्रा र एदोममा संहारको समय आउनु नै पर्छ। यसकारण भेंडा़हरू, गोरूहरू, बाछाहरू र भैंसीहरू मारिनेछन्। जमीन तिनीहरूको रगतले भरिने छ। फोहर-मैला पनि तिनीहरूका बोसोले छोपिनेछ।

ती कुराहरू हुने नै छन्, किनभने परमप्रभुले दण्ड दिने समय निर्णय गरिसक्नु भयो। परमप्रभुले बर्ष पनि चुनिसक्नु भयो। मानिसहरूले सियोनले गरेका कामहरूको परिणाम भोग्नु नै पर्नेछ। एदोमका नदीहरू अलकत्रा जस्तो तातो हुनेछ। एदोमको धूलो जलिरहेको गन्धक जस्तो हुनेछ। 10 दिन-रात आगो बलिनैरहनेछ। कसैले पनि त्यो आगो थाम्न सक्तैन। एदोमबाट धूवाँ निरन्तर निस्कानेछ। त्यो ठाउँ सदा-सर्वदाको लागि नष्ट हुनेछ। कोही पनि त्यस ठाउँबाट कहिल्यै यात्रा गर्न सक्ने छैनन्। 11 चराहरू र पशुहरूका आफ्नै ठाउँ हुनेछ। लाटाकोसेरोहरू, उल्लुहरू र कागहरू त्यहाँ बस्ने छ। त्यो ठाउँलाई “रित्तो मरुभूमि” भनिनेछ। 12 त्यस ठाउँका असल नागरिकहरू र अगुवाहरू सबै गई सके। अनि त्यहाँ शासन गर्नलाई केही पनि छाडिएको छैन।

13 ती सुन्दर घरहरूमा काँढाहरू र वन-झारहरू उम्रिनेछ। जङ्गली कुकुरहरू र लाटकोसेरोहरू ती घरहरूमा बस्ने छन्। जङ्गली पशुहरूले त्यहाँ बासस्थान बनाउनेछन्। ठूला-ठूला चराहरू त्यहाँ उम्रेका घाँसहरूमा बस्नेछन्। 14 जङ्गली बिरालोहरू त्यहाँ ब्वाँसोहरूसँग बस्ने छन्। अनि जङ्गली बाख्राहरूले आफ्ना साथीहरूलाई बोलाउनेछन्। रातका पशुहरूले त्यस ठाउँको हेरचाह गर्दै त्यहाँ विश्राम गर्ने ठाउँ पाउँनेछ। 15 सर्पहरूले त्यहाँ आफ्नो बासस्थान बनाउने छन्। सर्पहरूले कालो ठाउँहरूमा अण्डाहरू पार्नेछन्। अण्डाहरू फुटेर त्यहाँबाट स-साना सर्पहरू घस्रिँदै निस्कनेछन्। चराहरू जसले मरेका चीजहरू खान्छन् आइमाईहरू आफ्ना साथीहरूसँग भेट्न आए जस्तै भेला हुनेछन्।

16 परमप्रभुको पुस्तकमा हेर! पढ, त्यहाँ के लेखिएको छ। केही पनि हराएको छैन्। यो पुस्तकमा लेखिएको छ कि ती पशुहरू भेला हुनेछन्। परमेश्वरले भन्नुभयो उहाँले तिनीहरूलाई त्यहाँ एकै साथ भेला गर्नुहुनेछ। यसकारण परमेश्वरको आत्मा तिनीहरूसँग मिल्नेछ। 17 तिनीहरूलाई के गर्नु पर्ने परमेश्वरले निर्णय गर्नुहुनेछ। तब परमेश्वरले तिनीहरूको निम्ति ठाउँ तयार पार्नुहुनेछ। परमेश्वरले धर्का कोरेर तिनीहरूलाई आफ्नो ठाउँ देखाई दिनुहुनेछ। यसैले पशुहरूले आफ्नो ठाउँ बनाउने छन्। तिनीहरू त्यहाँ सधैँका लागि बस्नेछन्।

परमेश्वरले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुहुनेछ

35 खडेरीले डडेको भूमिमा त्यस समयमा पानीको खोला बग्नेछ। सुख्खा जग्गाहरूमा पानीको कुवाहरू हुनेछन्। जुन ठाउँ एक समय पशुहरूको अधीनमा थियो त्यहाँ अग्ला-अग्ला जल वृक्षहरू हुनेछन्। मरुभूमि फुलेका फूलहरूले भरिपूर्ण हुनेछ अनि यसले आफ्नो खुशीयाली दर्शाउनेछ। यो यस्तो प्रफुल्लित हुँदछ कि मरुभूमि खुशीले नाचिरहेकोछ। मरुभूमि लबानोनको बगैंचा जस्तो हुनेछ। यस्तो हुने नै छ किनभने मानिसहरूले परमप्रभुको महिमा देख्नेछन्। मानिसहरूले हाम्रो परमप्रभुको सुन्दरता देख्नेछन्।

कमजोर पाखुराहरू फेरि बलियो पार। कमजोर गोडाहरू दरिलो पार। मानिसहरू भयभीत र अन्योलमा परेका छन्। ती मानिसहरूलाई भन, “बलियो होऊ, नडाराऊ!” हेर, तिमीहरूका परमेश्वर आउनु हुनेछ अनि शत्रुहरूलाई दण्ड दिनुहुनेछ। उहाँ आएर तिमीहरूलाई पुरस्कार दिनु हुनेछ। परमप्रभुले तिमीहरूलाई बचाउनु हुनेछ। तब अन्धा मानिसहरूले फेरि पनि देख्न सक्नेछन्। तिनीहरूका आखाँहरू खोलिने छन्। तब बहिराले पनि सुन्न सक्ने छन्। तिनीहरूका कानहरू खोलिने छ। लङ्गडा मानिसहरू मृग जस्तो नाच्ने छन्। अनि बोल्न नसक्ने लाटा मानिसहरूले पनि आफ्ना स्वरले खुशीको गीतहरू गाउनेछन्। यो त्यति बेला हुनेछ जब मूलको पानी मरुभूमिमा बर्षिन थाल्ने छ। झरनाहरू सकेको ठाउँहरूमा बहनेछ। बल्दै गरेको तातो भूमिमा पानीको धाराहरू हुनेछ। सुखा ठाउँहरूमा इनारहरू हुनेछन्। भूईंबाट पानी बग्नेछ। त्यहाँ अग्ला जलीय रूखहरू उम्रिनेछन् जहाँ एक समय पशुहरूले शासन गरेका थिए।

त्यसबेला, त्यहाँ एउटा मुलबाटो बनिनेछ र त्यसलाई “पवित्र मार्ग” भनिनेछ। दुष्ट मानिसहरूलाई त्यहाँ हिंड्ने अनुमति दिइने छैन्। कुनै मूर्ख त्यस बाटोबाट हिंड्न पाउने छैन्। खाली असल मानिसहरू त्यस मार्ग भएर हिँड्ने छन्। त्यस बाटोमा कुनै प्रकारको खतरा हुने छैन्। त्यहाँ मानिसहरूलाई घात पार्ने कुनै सिंहहरू हुने छैन्। त्यस बाटोमा कुनै प्रकारको हिंस्रक पशुहरू हुने छैन्। परमेश्वरले मानिसहरूको लागि त्यो बाटो जोगाई राख्नु भएको हो।

10 परमेश्वरले आफ्ना मानिसहरूलाई स्वतन्त्र पारिदिनु हुनेछ। अनि ती मानिसहरू उहाँकहाँ फर्केर आउनेछन्। मानिसहरू खुशी हुने छन् जब उनीहरू सियोनभित्र आउने छन्। मानिसहरू सदा-सर्वदाको लागि खुशी हुनेछन्। तिनीहरूको खुशी उनीहरूको शिरको मुकुट हुनेछ। तिनीहरूको रमाहट र आनन्दले तिनीहरूलाई भरिपूर्ण पार्नेछ। शोक र उदासीनताको दिनहरू टाढा-टाढा भाग्नेछन्।

अश्शूरहरूले यहूदामा आक्रमण गर्दछ

36 हिजकियाह राजा भएको चौधौं बर्षमा अश्शूरका राजा सनहेरीब यहूदाका मुख्य शहरहरूको विरूद्ध लडाईं लड्न गए। सनहेरीबले ती शहरलाई पराजित गरे। सनहेरीबले आफ्ना कप्तानसँग विशाल सेनाहरू यरूशलेममा राजा हिजकियाहकहाँ पठाए। कप्तान र उनका सेनाहरू लाकीश छाडेर यरूशलेम तिर गए। तिनीहरू माथिल्लो झाडीको जलमार्ग नजिक रोकिए। (माथिल्लो पोखरी धोबीको खेत जाने बाटोतर्फ पर्छ।)

यरूशलेमबाट तीन जना पुरूषहरू कप्तानसँग कुरा गर्न गए। तिनीहरू हुन हिल्कियाहको छोरो एल्याकीम, आसापको छोरो योआ अनि शेब्ना। एल्याकीम राजदरबारका प्रशासक थिए। योआ लेखापाल थिए। अनि शेब्ना दरबारको सचिव थिए।

कप्तानले तिनीहरूलाई भने, “हिजिकियाहलाई, महाराज, अश्शूरका राजाले यसो भन्छन्,

“‘तिमीहरूले सहायताको लागि केमा भरोसा गरिरहेकाछौ? म तिमीहरूलाई भन्दछु यदि तिमीहरूले शक्ति र युद्धको योजनामा भरोसा गर्दछौ, यो व्यार्थ हो। तिनीहरू खोक्रा शब्दहरू बाहेक केही होइनन्। अब म तिमीहरूलाई सोध्दछु, तिमीहरूकोमाथि भरोसा गरेर मेरो विरूद्धमा विद्रोह गरिरहेका छौ? के तिमीहरू सहयोगको लागि मिश्रमाथि भर परिरहेकाछौ? मिश्र एउटा भाँचिएको लौरो जस्तो छ। यदि तिमीहरू सहायताको लागि त्यता ढल्किन्छौ भने, त्यसले केवल तिमीहरूलाई चोट पुर्याउनेछ र तिम्रो हातमा दुलो पारिदिनेछ। मिश्रका राजा फिरऊनमाथि कसैले पनि भरोसा राख्न सक्दैन्।

“‘तर तिमीहरू यसो भन्न सक्छौ, “हामी आफ्ना परमप्रभु परमेश्वरबाट सहायता पाउने भरोसा गरिरहेछौ।” तर म जान्दछु हिजकियाहले ती वेदीहरू र उच्च स्थानहरू नष्ट पारे जहाँ मानिसहरूले परमप्रभुलाई पूज्दथे। अनि हिजकियाहले यहूदा र यरूशलेमका मानिसहरूलाई भने, “तिमीहरूले यहाँ यरूशलेमको एउटा बेदीमा आराधना गर्नुपर्छ।”

“‘यदि तिमीहरू अझ लडाइँ गर्न चाहन्छौ भने मेरो मालिक, अश्शूरका राजाले तिमीहरूसँग यो सम्झौता गर्नेछन्। यदि तिमीहरूले युद्धको लागि घोड-सवारहरू पाउन सक्छौ भने म दुइ हजार घोडाहरू दिने वचन दिन्छु। तर त्यसो हुँदा पनि तिमीहरूले मेरो मालिकका निम्न स्तरका अधिकारीहरू सम्मलाई पराजित गर्न सक्दैनौ। यसकारण किन तिमीहरू लगातार मिश्रका रथहरू र घोड-सवारी सेनाहरूमा भर पर्छौ?

10 “‘अहिले के तिमीहरू सोच्दछौ कि म परमप्रभुको सहयोग बिना यो देश ध्वंश गर्न आएको थिएँ? होइन! परमप्रभुले मलाई भन्नुभयो, “यो देशको विरूद्ध उठ्, जा र नष्ट पार।”’”

11 तब एल्याकीम, शेब्ना र योआहले रबशाकेलाई भने, “दया गरेर हामी प्रति अरामी भाषामा बोल्नु होस्। हामी त्यो भाषा बुझ्छौ। हामीसित यहूदी भाषामा नबोल्नु होस्। यदि तिमीले हाम्रो भाषा प्रयोग गर्यौ भने शहरका पर्खालहरूमा भएका मानिसहरूले पनि बुझ्नेछन्।”

12 तर रबशाकेले भने, “के मेरा मालिकले तिमीहरू र तिमीहरूका मालिकहरूसित मात्र बोल्न पठाएको होइन्। मेरो मालिकले ती मानिसहरूसँग पनि बोल्न पठाए जो पर्खालहरूमाथि बसिरहेका छन्। ती मानिसहरूसँग खाद्य र पानी सम्म छैन, तिमीहरूले जस्तै तिनीहरूले आफ्नै दिशा खानेहरू र आफ्नै पिसाब पिउनेछन्।”

13 तब रबशाके यहूदी भाषामा साह्रो चिच्याए अनि यसो भने, 14 “अश्शूरका महाराजाको यो सन्देश सुन:

“‘हिजकियाहले तिमीहरूलाई मूर्ख नबनाओस। उसले आफ्नो शक्तिले तिमीहरूलाई बचाउँन सक्दैन्। 15 हिजकियाहमाथि भरोसा नगर जब उसले भन्दछ, “परमप्रभुमा भरोसा गर! परमप्रभुले निश्चय हामीलाई बचाउँनु हुनेछ। परमप्रभुले अश्शूरका राजालाई यो शहर परास्त गर्न दिनुहुने छैन।”

16 “‘हिजकियाहबाट ती शब्दहरू नसुन्। अश्शूरका महाराजाको कुरा सुन्। अश्शूरका राजाले भन्दछ, “हामीले एउटा सम्झौता गर्नुपर्छ। तिमीहरू शहरबाट मकहाँ आउनु पर्छ। तब मात्र प्रत्येक मानिसले आफ्नो घर जानलाई स्वतन्त्र हुनेछ। प्रत्येक मानिसले आफ्ना दाखको बोटबाट स्वतन्त्र रूपले दाख खान पाउनेछ। अनि प्रत्येक मानिसले स्वतन्त्र रूपमा आफ्नो नेभाराको बोटबाट फल खान पाउने छ। प्रत्येक मानिसहरूले आफ्ना इनारबाट स्वतन्त्र रूपमा पानी पिउन पाउने छ। 17 जबसम्म म आउँदिन तिमीहरूले त्यसो गर्न सक्छौ अनि तिमीहरू प्रत्येकलाई त्यस भूमिमा लिएर जाँदिन जो तिमीहरूकै आफ्नो जस्तै छ। त्यस नयाँ देशमा तिमीहरूले राम्रो अन्न र नयाँ दाखरस, रोटी अनि अङ्गुरका लहराहरू पाउनेछौ।”

18 “‘हिजकियाहलाई कष्ट पुर्याउन नदेऊ। हिजकियाह भन्दछ, “परमप्रभुले हामीलाई बचाउनु हुने छ।” तर म तिमीहरूलाई सोध्छु, के अन्य जातिहरूका देवताहरूले तिनीहरूको देशलाई अश्शूरका राजाबाट बचाउन सक्यो? अँहँ। 19 हमात र अर्पादका देवताहरू कहाँ छन? तिनीहरू परास्त भए। सपर्बेमका देवताहरू कहाँ छन्? तिनीहरू परास्त भए! के तिनीहरूले शक्तिद्वारा सामरियालाई बचाए? अँहँ। 20 के अन्य देवताहरूले अरू देशहरूमा मबाट आफ्ना ठाउँहरू बचाए? अँहँ! के परमप्रभुले मबाट यरूशलेम बचाउन सक्नुहोला त?’”

21 तर यरूशलेमका मानिसहरू एकदम चुपचाप थिए। तिनीहरूले एक शब्द पनि कप्तानलाई भनेनन् किनभने राजा हिजकियाहले तिनीहरूलाई हुकुम दिएका थिए। उनले भने, “उसलाई केही पनि नभन।”

22 त्यसपछि राजदरबारका व्यवस्थापक (हिल्कियाहको छोरो एल्याकीम), राजकीय सचिव शेब्ना अनि धर्मशास्त्री आसापको छोरो योआ हिजकियाह कहाँ गए। तिनीहरूले शोकव्यक्त गर्न आफ्ना लुगाहरू च्याते अनि हिजकियाहलाई प्रत्येक कुरा भने जो अश्शूरका कप्तानले भनेका थिए।

हिजकियाहले परमेश्वरलाई सहयोग मागे

37 राजा हिजकियाहले ती कुराहरू ध्यानपूर्वक सुने। त्यसपछि उनले आफ्ना लुगाहरू च्याते अनि आफ्नो शोक प्रकट गरे। त्यसपछि उनले शोक वस्त्रहरू लगाए, अनि परमप्रभुको मन्दिर गए।

हिजकियाहले राज-दरबारका व्यवस्थापक एल्याकीम राजकीय सचिव शेब्ना अनि पूजाहारीहरूका बूढा-प्रधानहरूलाई आमोसको छोरा अगमवक्ता यशैयाकहाँ पठाए। तिनीहरूले यस्ता लुगाहरू लगाएका थिए जसले तिनीहरूको शोक र खिन्नता प्रकट गर्दथ्यो। ती मानिसहरूले यशैयालाई भने, “राजा हिजकियाहले आदेश गरे कि आजको दिन दु:ख र शोकको विशेष दिन हो। यो अत्यन्तै शोकमय दिन हुनेछ। यो यस्तो दिनु हुनेछ जब एउटा बालक जन्मनेवाला छ। तर शक्तिको अभावमा जन्म लिन सक्तैन्। सेनापतिको मालिक, अश्शूरका राजाले उसलाई जीवित परमेश्वरको बारेमा अनिष्ट कुराहरू भन्नलाई पठाए। हुन सक्छ परमप्रभु तपाईंका परमेश्वरले ती कुराहरू सुन्नु भएकोछ। शायद परमप्रभुले शत्रुको गल्ती छ भनेर प्रमाण गर्नु हुनेछ। यसकारण छाडिएका ती मानिसहरूका लागि प्रार्थना गर जो अझ जीवित छन्।”

राजा हिजकियाहका अधिकारीहरू यशैयाकहाँ गए। यशैयाले तिनीहरूलाई भने, “यो सन्देश तिमीहरूका मालिक हिजकियाहलाई देऊ। परमप्रभु भन्नुहुन्छ, ‘कप्तानहरूका कुराहरू सुनेर तिमीहरू नडराऊ! अश्शूर राजा बाट मेरो बारेमा आएका ती “केटाहरूले” जुन अनिष्ट चीजहरू भने त्यो विश्वास नगर। हेर, म अश्शूरको विरूद्ध एउटा आत्मा पठाउने छु। अश्शूरका राजाले चेताउनी स्वरूप उसको देश कष्टमा पर्नेछ। यसकारण ऊ आफ्नो देशमा फर्केर जानेछ। त्यसबेला, म उसलाई उसको आफ्नो देशको तरवारले मार्नेछु।’”

अश्शूरका सेनाले यरूशलेम छोड्दछन्

अश्शूरका राजाले एक विवरण प्राप्त गरे। विवरणमा भनिएको थियो, “तिर्हाकाह, कूशका राजा, तिमीहरूसँग लडाईं गर्न आइरहेछ।” यसर्थ, अश्शूरका राजाले लाकीश त्यागेर लिब्नामा गए। कप्तानले त्यस्तो सुने, अनि ऊ लिब्ना शहरमा गए जहाँ अश्शूरका राजा युद्ध गरिरहेका थिए।

उनले हिजकियाहकहाँ दूतहरू पठाए। 10 उनले भने, “तिमीले यहूदाका राजा हिजकियाहलाई यी कुराहरू भन्नै पर्छ:

‘तिमीहरूले विश्वास गर्ने ईश्वरद्वारा मूर्ख नबन। यसो नभन, “परमेश्वरले अश्शूरका राजाद्वारा यरूशलेमलाई परास्त गराउनु दिनु हुने छैन।” 11 अश्शूरका राजाहरूले अन्य सारा देशहरूलाई के गरे भनेर सुनेकाछौ। तिनीहरूले तिनीहरूलाई पूर्ण रूपले नष्ट पारी दिए। के तिमीहरू सुरक्षित हुनेछौ? अँहँ। 12 के ती मानिसहरूका देवताहरूले तिनीहरूलाई बचाउनु भयो? अँहँ। मेरा पुर्खाहरूले तिनीहरू सबैलाई ध्वंश पारिदिए। तिनीहरूले गोजान, हारान, रेसेपमा बस्ने मानिसहरू अनि तलस्सारमा बस्ने एदेन वंशीहरूलाई नष्ट पारे। 13 हमातका राजा कहाँ छन्? अर्पादका राजाकहाँ छन्? सपर्वेमका राजा कहाँ छन्? हेना र इब्बाका राजाहरू कहाँ छन्? तिनीहरू सबैलाई ध्वंश पारियो।’”

हिजकियाहले परमेश्वरसँग प्रार्थना गरे

14 हिजकियाहले दूतहरूका हातबाट चिट्ठी लिए अनि पढे। त्यसपछि हिजकियाह परमप्रभुको मन्दिरमा गए। हिजकियाहले चिट्ठी खोले र परमप्रभुको समक्ष राखिदिए। 15 हिजकियाहले परमप्रभुसित प्रार्थना गर्दै भने, 16 “हे सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर, तपाईं राजा सरह करूब दूतहरूमाथि बस्नु हुन्छ। तपाईं, अनि तपाईं मात्र, परमेश्वर हुनुहुन्छ जसले पृथ्वीमा भएका सारा राज्यहरूमाथि शासन गर्नु हुन्छ। तपाईंले स्वर्गहरू र पृथ्वी बनाउनु भयो। 17 हे परमप्रभु, दया गरेर मेरो कुरा ध्यान दिएर सुन्नु होस्। परमप्रभु, आफ्ना आखाँहरू खोल्नु होस् यस सन्देशमा हेर्नुहोस। हे जीवित परमेश्वर! सनहेरीबबाट तपाईंलाई निन्दा गर्न पठाएका शब्दहरू सुन्नुहोस्। 18 हे परमप्रभु! यो सत्य हो, अश्शूरका राजाहरूले जम्मै जातिहरू नाश गरे। 19 अश्शूरका राजाहरूले ती जातिहरूका सबै देवताहरू जलाई दिए। तर तिनीहरू वास्तविक रूपमा देवताहरू थिएनन्। तिनीहरू खाली मानिसहरूले बनाएका काठ र ढुङ्गाहरूका मूर्तिहरू थिए। यसैकारण अश्शूरका राजाहरूले तिनीहरूलाई नाश गर्न सके। 20 तर तपाईं परमप्रभु हाम्रो परमेश्वर हुनुहुन्छ। यसैले कृपा गरेर हामीलाई अश्शूरका राजाबाट बचाउनु होस्। तब सारा जातिहरूले जान्ने छन् कि तपाईं हाम्रो परमप्रभु हुनुहुन्छ, अनि तपाईं मात्र परमेश्वर हुनुहुन्छ।”

परमेश्वरको हिजकियाहलाई जवाफ

21 तब आमोसका छोरो यशैयाले हिजकियालाई यो समाचार पठाए। यशैयाले भने, “परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूले त्यो समाचार जुन सन्देश अश्शूरका राजा सनहेरीबबाट आएको थियो। त्यस बारेमा मलाई प्रार्थना गर्यौ।’

22 “सनहेरीबको बारेमा यो परमप्रभुको सन्देश हो:

‘सियोनकी कन्या-छोरी सोच्छे तिमी महत्वपूर्ण छैनौ।
    उसले तिमीलाई खिसी गर्छे।
यरूशलेमकी छोरीले तिमीहरूलाई हाँसोको पात्र बनाउँछे।
    र तिम्रो पछि तिम्रै खिल्ली उडाउँछे।
23 तिमीले कसलाई अपमान गर्यौ र हाँसोको पात्र बनायौ?
    तिमीहरूले कसको विरोधमा आवाज उठायौ?
तिमीहरू इस्राएलका परम-पवित्रको विरूद्ध थियौ।
    तिमीहरूले आफूलाई उहाँ भन्दा महान सोच्यौ।
24 तिमीहरूले आफ्ना अधिकारीहरू परमप्रभु,
    मेरा मालिकलाई अपमान गर्न पठायौ।
तिमीले भन्यौ, “म अत्यन्त शक्तिशाली छु।
    मसँग धेरै-धेरै रथहरू छन्।
म आफ्नो शक्तिले लबानोनलाई परास्त गर्छु।
    म लबानोनको उच्चतम पर्वतहरूमा चढें।
मैले लबानोनका सबै ठूलो रूखहरू काटेर ढालें।
    म ती उच्च पर्वत र जङ्गलको गहिरो भागहरूभित्र थिएँ।
25 मैले इनारहरू खनें र नयाँ ठाउँहरूबाट पानी पिएँ।
    मैले मिश्रका नदीहरू सुक्खा पारी दिएँ
    अनि त्यस देशमाथि कुल्चेर हिडें।”

26 ‘त्यही त तिमीले भनेको हो तर तिमीले मैले के भनें सुनेनौ।
    मैले धेरै अघि योजना बनाएको थिएँ।
मैले यो प्राचीनकालदेखि नै योजना बनाएको थिएँ
    अनि अहिले मैले यसलाई गराएँ।
मैले तिमीलाई शक्तिशाली शहरहरू ढाल्ने
    अनि तिनीहरूलाई भग्नावशेष परिणत गर्ने अनुमति दिएँ।
27 त्यस शहरहरूमा शक्ति थिएन
    तिनीहरू भयभीत र अन्योलमा थिए।
तिनीहरू खेतमा भएका घाँस
    र पालुवाहरू जस्ता काटिन लागेका थिए।
तिनीहरू हुर्किनु भन्दा अघिनै ओइलाई जाने
    घरका छानाहरूमा उम्रिएका घाँसहरू सरह भए।
28 म तिम्रा सारा युद्धहरूका विषयमा जान्दछु।
    तिमीले कहिले आराम गर्यौ त्यो म जान्दछु,
तिमी कहिले युद्ध तर्फ गयौ त्यो म जान्दछु
    तिमी कहिले युद्धबाट घरमा फर्कियौ म जान्दछु।
    म यो पनि जान्दछु कि तिमी मसित कहिले खिन्न भयौ।
29 हो, तिमी मसित खिन्न थियौ।
    मैले तिम्रो अंहकारी अपमानहरू सुनें
यसैले मैले तिम्रो नाकमा अंकुसे राखी दिएँ।
    अनि मैले तिम्रो मुखमा लगाम लगाई दिएँ।
त्यस पछि मैले तिमीलाई फनक्क घुमाएँ
    र जहाँबाट आएका थियौ त्यतै डोर्याएँ।’”

हिजकियाहलाई परमप्रभुको सन्देश

30 त्यसपछि परमप्रभुले हिजकियाहलाई भन्नुभयो, “म तिमीलाई यी शब्दहरू सत्य हुन भनी देखाउने एउटा यस्तो संकेत दिने छु। तिमी बिऊ छर्न अयोग्य थियौ। यसैले यो बर्ष तिमी बिऊ नछरी उम्रिएको नै खानेछौ। तर तीन बर्षमा तिमी आफैंले रोपेको अन्न खानेछौ। तिमीहरू ती अन्नहरू उमार्नेछौ अनि तिमीसित खानलाई प्रचूर अन्न हुनेछ। तिमी अङ्गुरका विरूवा रोप्नेछौ अनि त्यसको फल खानेछौ।

31 “यहूदाका कुलबाट आएका सन्तानहरू जो भागेको थिए र जीउँदै छाडिएका थिए ती बढ़न थाल्नेछन्। ती मानिसहरू पालुवाहरू जस्ता हुन जसले आफ्ना जराहरू गहिरो प्रकारले भूईंमा गाडिएका छन् र भूईँमाथि फल फलाउँदछन्। 32 केही मानिसहरू मात्र जिउँदो रहनेछन् अनि यरूशलेम बाहिर जानेछन्। केही बाँचेकाहरू सियोन पर्वतबाट आउनेछन्।” यस्तो सेनाहरूका परमप्रभुको जोश प्रेम कै कारण हुनेछ।

33 यसकारण परमप्रभुले अश्शूरका राजाको बारेमा भन्नुहुन्छ:

“उनी यस शहर भित्र आउने छैनन्,
    उनले यस शहरमा काँड हान्ने छैनन्।
उनले आफ्नो ढालहरू यो शहरको लागि ल्याउने छैनन्
    उनले यो शहरका पर्खालहरूमा धावा बोल्नलाई कुनै प्रकारको गढ बनाउने छैनन्।
34 उनी जुन बाटो आएका थिए,
    त्यही बाटो फर्केर जान्छन्।
    उनी यस शहरभित्र आउने छैनन, भनेर परमप्रभु भन्नुहुन्छ।
35 म यस शहरको सुरक्षा गर्नेछु र बचाउनेछु,
    यो म मेरै निम्ति र मेरो दास दाऊदको लागि गर्नेछु।”

36 त्यस रात, परमप्रभुका दूत गएर अश्शूरहरूको छाउनी एक लाख पचासी हजार मानिसहरूलाई मारे। जब बाँचेका मानिसहरू बिहान ब्यूँझे तिनीहरूले आफ्ना वरिपरी मृत शरीरहरू देखे। 37 यसैले अश्शूरका राजा, सनहेरीब, निनवेमा गए अनि त्यहाँ बसे।

38 एकदिन सनहेरीब आफ्नो देवता निस्रोकको मन्दिरमा उसको पूजा गरिरहेका थिए। त्यस बेला उनका दुइजना छोरा अद्रमेलेक र शरेसेरले तिनलाई तरवारले मारे। त्यसपछि छोराहरू अरातर तिर भागे। यसैले सनहेरीबको छोरो एसर्हददोन अश्शूरका नयाँ राजा भए।

हिजकियाह विरामी परेका

38 त्यसबेला, हिजकियाह बिमार भए अनि मृत्युको मुख सम्म पुगे। आमोसको छोरो अगमवक्ता यशैया उनलाई हेर्न गए। यशैयाले राजालाई भने, “तिमीलाई यी कुराहरू भन्नु परमप्रभुले मलाई भन्नुभयो ‘तिमी चाँडै मर्नेछौ। यसैले तिमीले तिम्रो सन्तानहरूलाई तिमी मरे पछि के गर्नु पर्ने बताउनु पर्छ। तिमी निको हुने छैनौ।’”

हिजकियाह भित्तातिर फर्किए जुन मन्दिर सम्मुख पर्दथ्यो र प्रार्थना गर्न थाले। उनले भने “हे परमप्रभु! याद गर्नुहोस कि मैले तपाईंलाई आफ्नो साँच्चो हृदयबाट पूर्ण रूपले सेवा गरेकोछु। मैले ती कुराहरू गरे जुन तपाईंले असल हुन भन्नुभयो।” तब हिजकियाह धुरू-धुरू रोए।

यशैयाले यो वचन परमप्रभुबाट प्राप्त गरे, “हिजकियाकहाँ जाऊ अनि उसलाई भन कि, परमप्रभु तिम्रो पिता-पुर्खा दाऊदका परमेश्वरले भन्नुहुन्छ, ‘मैले तिम्रो प्रार्थना सुनें अनि मैले तिम्रो आँशुहरू देखें। म तिम्रो आयु पन्ध्र बर्ष बढाईदिनेछु। म तिमी र तिम्रो यस शहरलाई अश्शूरका राजाबाट बचाउने छु। म यस शहरको रक्षा गर्नेछु।’”

यो परमप्रभुबाट संकत हो जसले देखाउँदछ कि उहाँले भन्नु भएका कुराहरू नै गर्नु हुनेछ। “हेर, दश पाइला पछि हट्नुलाई म छाँया बनाउँदैछु जुन अहाजको पाइलाहरूमाथि[a] छ। जब घाम ती सिडीहरूमा चम्कन्थ्यो त्यो छाँयाले दिनको समय बताउँथ्यो।”

हिजकियाहको गीत

यो हिजकियाहबाट पठाईएको चिट्ठी हो जुन उनी आफ्नो बिमारी अवस्थाबाट निको भए पछि लेखेका हुन:

10 मैले स्वयंलाई भनें, “म बूढो भई बाँच्ने छु।
    तर त्यतिबेला मेरो उमेर पातालको प्रवेशद्वारहरूबाट जाने भइसकेको हुनेछ।
    अब मैले मेरो सबै समयहरू यहाँ बिताएँ।”
11 यसकारण मैले भने, “म परमप्रभु याहलाई[b]
यस संसारमा फेरि बाँचिरहेको देख्ने छैन,
    म पृथ्वीमा मानिसहरू बाँचिरहेको देख्ने छैन।
12 मेरो घर, मेरो गोठालाको तम्बु, भत्काई रहेछन्
    अनि मबाट टाढा सारिरहेछन्, म मानिसहरूले लुगा तानबाट,
    तान्दै सिलाउनलाई काटे जस्तै शेष भइरहेछु।
    तपाईँले मेरो जीवन यति चाँडै शेष पारिदिनु भयो।
13 सारा रात सिंह गर्जे जस्तै म साह्रो रोएँ,
    तर मेरा आशाहरू धुलो पारिदिए सिंहले हड्डीहरू चपाए जस्तै।
    तिमीले मेरो जीवन यति चाँडै शेष पारिदियौ।
14 म ढुकुर जस्तै रोएँ, म चरा जस्तै रोएँ
    मेरा आँखाहरू थकित भए
तर मैले लगातार स्वर्ग तिर हेरिरहे।
    हे मेरो मालिक!
म अत्यन्त खिन्न भएँ
    मलाई साथ दिने वचन दिनुहोस्।”
15 के म भन्न सक्छु?
    के घटना हुनेछ मेरो मालिकले मलाई भन्नुभयो।
    अनि मेरो मालिकले नै त्यस्तो घट्ना गराउनु हुनेछ।
यस्तो विपत्तिहरू मेरो आत्मामा छँदै थियो
    यसकारण अब मेरो जीवनभर विनम्र हुनेछु।
16 हे मेरो मालिक! मेरो आत्मा बलियो पार्नलाई,
यी दु:खका दिनहरू देखाउनुहोस।
    मेरो आत्मालाई बलियो र स्वस्थ बनाउनलाई सघाउनुहोस।
मलाई असल हुनलाई सघाउनु होस्।
    मलाई फेरि बाँच्नलाई साथ दिनुहोस्।

17 हेर! मेरा कष्टहरू गए।
    अब मलाई शान्ति छ।
तपाईंले मलाई असाध्य प्रेम गर्नुभयो।
    तपाईंले मलाई चिहानमा सड्न दिनु भएन,
तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो।
    तपाईंले मेरो सबै पापहरू टाढा फालिदिनु भयो।
18 मृत मानिसहरूले तपाईंको स्तुति-गान गाउन सक्तैन्।
    पातालमा भएका मानिसहरूले तपाईंको गुण गाउँदैनन्।
मृत मानिसहरूले उनीहरूलाई नै सघाउन तपाईंमा भर पर्दैन्।
    तिनीहरू धर्तीको प्वालभित्र जान्छन् अनि कहिल्यै बोल्न सक्तैनन्।
19 जो मानिसहरू म जस्तै जीउँदा छन्,
    के आज ती मानिसहरूले तपाईंको गुण गाउनेछन्?
    पिताले तिनका छोरा छोरीहरूलाई भन्न सक्नु पर्दछ कि तपाईं विश्वासयोग्य हुनुहुन्छ।
20 यसैले म भन्दछु, “परमप्रभुले मलाई बचाउनु भएको छ।
    यसैले हामी परमेश्वरको मन्दिरमा आफ्नो जीवनभरि गीत गाउनेछौ,
    अनि संङ्गीत बनाउने छौं।”

21 तब यशैयाले हिजकियाहलाई भने, “तिमीले नेभारा पिँधेर धूलो पार अनि त्यो आफ्नो घाउमा लगाऊ, तब तिमी निको हुनेछौ।”

22 तर हिजकियाहले यशैयालाई सोधे, “त्यस्तो के संकेत छ परमप्रभुबाट ता कि म निको हुनेछु? त्यस्तो के संकेत छ जसले म परमप्रभुको मन्दिर जाने समर्थताको प्रमाण गर्दछ?”

बाबेलबाट सन्देशवाहकहरू

39 त्यसबेला बलदानको छोरो मरोदक बलदान बाबेलका राजा थिए। मरोदकले चिट्ठी र एक उपहार हिजकियाहलाई पठाए। मरोदकले त्यसो गरे किनभने हिजकियाह बिमार भएको सुनेका थिए। ती कुराहरूले हिजकियाहलाई आनन्द पुरायो। यसकारण हिजकियाहले मानिसहरूलाई आफ्नो भण्डारबाट सारा बहुमूल्य वस्तुहरू देखाए। हिजकियाले तिनीहरूलाई सुन, चाँदी बहुमूल्य मसलाहरू र मूल्यवान अत्तरहरू देखाए। हिजकियाहले तिनीहरूलाई युद्धमा चलाएका तरवारहरू र ढालहरू देखाए। हिजकियाहले तिनीहरूलाई सबै चीजहरू देखाए। जुन उनले सुरक्षित राखेका थिए। हिजकियाहले आफ्ना घर अनि राज्यमा भएका सम्पूर्ण चीजहरू तिनीहरूलाई देखाए।

त्यसपछि अगमवक्ता यशैया राजा हिजकियाहकहाँ गए र उनलाई सोधे, “यी मानिसहरूले के भने? तिनीहरू कहाँबाट आएका हुन्?”

हिजकियाहले भने, “तिनीहरू सुदूर देशबाट मलाई हेर्न भनी आएका थिए। तिनीहरू बाबेलबाट आएका हुन्।”

यसैले यशैयाले उनलाई सोधे, “तिनीहरूले तिम्रो घरमा के देखे?”

हिजकियाहले भने, “तिनीहरूले मेरो राजमहलका सम्पूर्ण चीजहरू हेरे। मैले तिनीहरूलाई जम्मै सम्पत्तिहरू देखाएँ।”

त्यसपछि यशैयाले हिजकियाहलाई यसो भने, “सेनाहरूका परमप्रभुबाट आएको यी शब्दहरू ध्यान लगाएर सुन। ‘समय आइरहेछ आज सम्म तिमी र तिम्रो पुर्खाहरूले बचत गरेर राखेको सारा सम्पत्तीहरू बाबेलमा बोकेर लैजानेछ। केही पनि छोड्ने छैन्।’ यी कुराहरू सेनाहरूका परमप्रभुले भन्नुभयो। बेबिलोनिहरूले तिम्रो आफ्नै छोराहरू पनि लैजानेछन्। अनि तिम्रो छोराहरू बाबेलका राजाका महलमा कारिन्दाहरू हुनेछन्।”

हिजकियाहले यशैयालाई भने, “परमप्रभुबाट आएको यो सन्देश राम्रो हो।” (हिजकियाहले यसो भनेको कारण थियो, “त्यहाँ खास शान्ति र सुरक्षा हुनेछ जब म राजा हुन्छु।”)

इस्राएलको दण्ड समाप्त हुनेछ

40 तिमीहरूका परमेश्वरले भन्नुहुन्छ,
    “मेरा मानिसहरूलाई सान्त्वना देऊ, सान्त्वना देऊ।
नम्र भएर यरूशलेमलाई भन,
    ‘तिमीहरूको सेवाको अवधि सकिएको छ।
    तिमीहरूले आफ्नो पापको प्रायश्चित गरिसकेका छौ।’
परमप्रभुले यरूशलेमलाई उसले गरेको एउटा पापकोलागि
    दुइपल्ट दण्ड दिनु भएकोछ।”

सुन, कोही मानिस चिच्याइरहेको छ!
“मरुभूमिमा परमप्रभुका लागि एउटा बाटो तयार गर।
    मरुभूमिमा हाम्रो परमेश्वरको लागि चिल्लो बाटो बनाऊ।
प्रत्येक बेंसी पूर्ण गर प्रत्येक पर्वत
    र पहाडलाई मैदान बनाऊ।
बाङ्गो-टेढो परेका बाटोहरू सोझो बनाऊ।
    खस्रो मैदानलाई चिल्लो बनाऊ।
तब, परमप्रभुको महिमा प्रकट गरिनेछ।
    अनि सँग-सँगै सारा मानिसहरूले परमप्रभुको महिमा देख्नेछन्।
हो, परमप्रभु, स्वयंले यी कुराहरू भन्नु भएको थियो!”

एउटा आवाजले भन्यो, “बोल।”
    यसकारण मानिसले भन्यो, “मैले के भन्नु पर्छ?”
त्यो आवाजले भन्यो, “तिनीहरू सबै घाँस जस्ता हुन्।
    तिनीहरूको धर्म जङ्गली फूल जस्तै हो।
परमप्रभुबाट एक प्रवाहपूर्ण वायु घाँसमाथि बहनेछ
    अनि घाँस मर्नेछ र फुल झर्नेछ।
    हो, जम्मै मानिसहरू घाँस जस्तै हुन्।
घाँस मर्दछ र जङ्गली फूलहरू झर्दछ।
    तर हाम्रो परमेश्वरको वचन निरन्तर रहिरहन्छ।”

मुक्ति परमेश्वरको सुसमाचार

सियोन, भन्नलाई तिमीसँग सुसमाचारहरू छन्।
    तिमी अल्गो पर्वतमाथि जाऊ र चिच्याउँदै सुसमाचार प्रचार गर।
हे यरूशलेम! भन्नलाई तिमीसँग सुसमाचार छन्।
    नडराऊ, कराएर बोल।
यी समाचार यहूदाका सारा शहरहरूमा भन
    “हेर, यहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ।”
10 परमप्रभु मेरा मालिक पराक्रमसाथ आइरहनु भएकोछ।
    उहाँ सबै मानिसहरूमाथि शासन गर्न बल प्रयोग गर्नुहुनेछ।
परमप्रभुले आफ्ना मानिसहरूको राम्रो कर्मकोलागि,
    पुरस्कार ल्याउनु हुनेछ।
11 असल गोठालेले झैं परमप्रभुले आफ्ना मानिसहरूको हेरचाहा गर्नुहुन्छ।
    साना पाठो आफ्नो पाखुरामा च्यापे झैं उहाँले आफ्ना भेंडा़हरू एकत्रित पार्नुहुनेछ।
    तिनीहरूका आमाहरू उहाँको पछाडि हिंड्नेछन्।

परमेश्वरले संसार बनाउनु भयो, उहाँले यसमा शासन गर्नु हुन्छ

12 कसले आफ्नो हातको हत्केलामा भरेर समुद्र नाप्यो?
    कसले आफ्नो हात प्रयोग गरेर आकाशलाई नाप्यो?
कसले डालो चलाए पृथ्वीका सारा कणहरू नाप्नलाई?
    पर्वतहरू र पहाडहरू नाप्नलाई कसले नाप्ने यन्त्र चलायो?
    यी सबै नाप्ने परमप्रभुमाथि थिए।
13 कसैले पनि परमप्रभुको आत्मालाई उसले के गर्नु पर्ने, बताएनन्।
    कसैले पनि उहाँले गरेको कार्य कसरी गर्नु पर्छ बताएनन्।
14 के परमप्रभुले कसैबाट सहयोग माग्नु भयो?
    के कसैले परमप्रभुलाई निष्पक्ष हुनु सिकाए?
के कसैले परमप्रभुलाई ज्ञान सिकायो?
    के कसैले परमप्रभुलाई समझको मार्ग देखायो? होइन!
    पहिल्यैबाट परमप्रभुलाई ती कुराहरूको ज्ञान थियो।
15 हेर, यस संसारमा सारा जातिहरू गाग्रीमा रहेको एक थोपा पानी सरह छन्।
    यदि परमेश्वरले टाढा-टाढाका सबै जातिहरूलाई एकसाथ आफ्नो जोख्ने तराजुमा राख्नुभयो भने,
    पनि तिनीहरू मसिना धूलोका कणहरू जस्तै हुनेछन्।
16 लबानोनमा भएका जम्मै रूखहरूले पनि,
    परमप्रभुको लागि दाउरा प्रशस्त हुँदैन्।
अनि लबनोनका जम्मै पशुहरू,
    होमबलिका तिम्ति प्रशस्त हुँदैन्।
17 परमेश्वरसँग तुलना गर्दा संसारका सारा देश केही पनि होइनन्।
    परमेश्वरसँग तुलना गर्दा सबै जातिहरू अत्यन्त तुच्छ रहन्छन्।

परमेश्वर कस्तो हुनुहुन्छ, मानिसहरूले कल्पना गर्न सक्तैनन्

18 के तिमी परमेश्वरलाई अन्य केही थोकसँग तुलना गर्न सक्छौ? अँहँ!
    के तिमी परमेश्वरको प्रतिरूप बनाउन सक्छौ? अँह।
19 तर कतिपय मानिसहरूले ढुङ्गा र काठबाट मूर्तिहरू बनाउँछन्
    अनि तिनीहरूलाई देवताहरू भन्छन्।
एकजना कारीगरले मूर्ति बनाउँदछ
    त्यसपछि अर्को कारीगरले त्यसलाई सुनले ढाकिदिंदछ।
    अनि चाँदीको सिक्रीहरूले त्यसलाई बाँधिदिँदछ।
20 अनि त्यसको आधारको लागि उसले नकुहिने विशेष प्रकारको काठ छान्छ।
    त्यस पछि उसले काठको खास काम गर्ने कर्मी खोज्दछ।
अनि त्यस कारीगरले “देवता” तयार पार्दछ,
    जुन हल्लिएर लड्ने छैन।
21 निश्चय तिमीहरू वास्तविकतालाई जान्दछौ, होइन र?
    निश्चय तिमीहरूले सुनेका छौ।
    निश्चय कसैले तिमीहरूलाई धेरै पहिल्यै भनीसकेको छ।
    निश्चय तिमीहरू जान्दछौ कसले पृथ्वी बनाएको हो।
22 परमप्रभु नै साँच्चो परमेश्वर हुनुहुन्छ।
उहाँ पृथ्वीको परिधि भन्दा माथि विराजमान हुन हुन्छ,
    अनि उहाँसँग तुलना गर्दा मानिसहरू फट्याङ्ग्रा बराबर मात्र हुन्।
उहाँले लुगाको टुक्रा बेरे जस्तो आकाशलाई बेर्नु भयो।
    बस्नलाई पाल टाँगे जस्तो उहाँले आकाशलाई फिँजाउनु भयो।
23 उहाँ शासकहरूलाई महत्वहीन पार्नु हुन्छ।
    उहाँले पृथ्वीका न्यायधीशहरूलाई सम्पूर्ण रूपले अयोग्य बनाउनु हुन्छ।
24 ती शासकहरू माटोमा रोपिएका बिरूवाहरू जस्ता छन्
    तर तिनीहरूले माटोमा जराहरू हाल्नु अघि नै
परमेश्वरले “बिरूवाहरू” माथि फुक्नु भयो भने
    तिनीहरू सुक्खा र मृत हुन्छन
    अनि हावाले तिनीहरूलाई पराल झैं उडाइदिन्छ।
25 परम-पवित्र परमेश्वरले भन्नुहुन्छ,
“के कसैसँग तिमीहरू मेरो तुलना गर्न सक्छौ? अँह।
    मेरो बराबर कोही पनि छैन।”

26 माथि आकाशमा हेर ती ताराहरू कसले रचे?
    कसले ती सारा “सैन्यहरू” आकाशमा रचे?
प्रत्येक ताराको नाउँ कसले जान्दछ?
    साँच्चो परमेश्वर अत्यन्त बलवान
र शक्तिशाली हुनुहुन्छ,
    यसैले कुनै पनि तारा हराउँदैनन्।

27 हे याकूबका मानिसहरू! यो सत्य हो।
    इस्राएल यसलाई तिमीहरूले विश्वास गर्नै पर्छ।
यसैले तिमी किन भन्छौ, “मेरो जीवन शैली परमप्रभुले देख्न सक्नुहुन्न्।
    परमेश्वरले मलाई भेट्न सक्नुहुन्न र दण्ड दिन सक्नुहुन्न्।”

28 नि:सन्देह तिमी जान्दछौ र सुनेकाछौ कि
    परमप्रभु परमेश्वर अत्यन्तै बुद्धिमानी हुनुहुन्छ।
मानिसहरूले प्रत्येक कुरो सिक्नु सक्तैनन्, उहाँले जान्नु हुन्छ।
    परमप्रभु थाक्नु हुन्न र आरामको खाँचो पनि पर्दैन।
परमप्रभुले पृथ्वीमा सुदूर स्थानहरू बनाउनु भयो
    परमप्रभु सनातनका परमेश्वर हुनुहुन्छ।
29 परमप्रभुले दुर्वल मानिसहरूलाई बलियो पार्न सहयोग गर्नु भयो।
    उहाँले नै दुर्वल मानिसहरूलाई शक्तिशाली बनाउनु हुन्छ।
30 जवान मानिसहरू थाक्छन र आरामको खाँचो पर्दछ,
    तन्देरी केटाहरू पनि ढुन्मुनिदै लड्छन्।
31 तर तिनीहरू जसले परमप्रभुमाथि भरोसा गर्दछ
    ऊ अझ बलियो हुन्छ अनि चीलहरू जस्तै आकासिन्छ।
ती मानिसहरू दुर्वल नभई दगुर्छन्।
    ती मानिसहरू थकित नभई हिँड्छन्।

परमप्रभु अमर सृष्टिकर्ता हुनुहुन्छ

41 परमप्रभुले भन्नुहुन्छ,
“टाढामा भएका देशहरू, शान्त बन र मकहाँ आऊ।
    जातिहरू बालवान होऊ।
मकहाँ आऊ र बोल।
    हामी साथ-साथै भेट्नेछौं,
    अनि को ठीक हो भनेर निर्णय गर्नेछौं।
जो मानिस पूर्वबाट आइरहेको छ उसलाई कसले जगायो?
    उसले धार्मिकतालाई उसँग हिँड्न बोलाउँछ।
उसले आफ्नो तरवार चलाउँछ र जातिहरू परास्त गर्छ।
    तिनीहरू धूलो जस्ता हुन्छन्।
उसले आफ्नो धनु चलाउँछ र राजाहरूलाई जित्छ
    अनि तिनीहरू हावाले पराल उडाए झैं भाग्दछन्।
उसले सैन्यहरूको खेदो गर्दछ र कहिल्यै घाइते हुँदैन्।
    ऊ कहिल्यै नपुगेका ठाउँहरू पुग्दछ।
कसले यी कुराहरू हुने गरायो, कसले यो गर्यो?
    कसले प्रारम्भदेखि सारा मानिसहरूलाई बोलायो?
म, परमप्रभुले, यी कुराहरू गरें।
    म, परमप्रभु नै प्रथम मानिस हुँ,
    अनि जब पृथ्वीमा सारा थोकहरू समाप्त हुन्छन् म यहाँ हुनेछु।
तिमीहरू सबै सुदूर ठाउँहरू हेर, अनि डराऊ।
    तिमीहरू सबै सुदूर ठाउँहरू,
पृथ्वीमाथि डरले कम्पित हौ।
    यहाँ मकहाँ आऊ र ध्यान दिएर सुन्‌।”
    अनि तिनीहरू आए।

“कर्मीहरू एकार्कामा सहयोग गर्छन् आपस साथ निभाउँदछन्। तिनीहरू बलियो हुनलाई परस्परमा प्रेरणा दिन्छन्। एकजना कर्मीले मूर्ति बनाउनलाई काठ काट्छ। त्यस मानिसले सुनारलाई प्रेरणा दिन्छ। अर्को एकजना कर्मीले मार्तोल पिटेर धातुलाई चिल्लो पार्दछ। त्यसपछि त्यस कर्मीले लीही चलाउनेलाई प्रेरित गर्दछ। यो अन्तिम कर्मीले भन्दछ, ‘यो काम असल हो, धातु आउने छैन।’ त्यसपछि भूईँमा नखसोस् भनेर त्यसलाई काँटी ठोकेर दरिलो बनाउँदछ ताकि त्यो कहिल्यै नढलोस्। अनि त्यो कहिल्यै नहल्लियोस्।”

परमप्रभुले मात्र हामीलाई बचाउन सक्नु हुन्छ

परमप्रभु भन्नुहुन्छ “तिमी इस्राएल मेरो दास हौ,
    याकूब मैले तिमीलाई रोजें।
    तिमी आब्राहाम परिवारका हौ।
    अनि म आब्राहामलाई प्रेम गर्दछु।
तिमी टाढा देशमा थियौ,
    तर म तिमीकहाँ पुगें,
मैले तिमीलाई त्यो टाढा ठाउँबाट बोलाएँ।
    मैले भने, ‘तिमी मेरो दास हौ।’
तिमीलाई रोजें।
    अनि मैले तिमीलाई रद्ध गरिनँ।
10 सुर्ता नगर, म तिमीसितै छु।
    नडराऊ, म तिम्रै परमेश्वर हुँ।
म तिमीलाई बलियो बनाउनेछु।
म तिमीलाई सहायता दिनेछु,
    म तिमीलाई मेरो धार्मिकताको दाहिने हातले समाल्नेछु।
11 हेर, कतिपय मानिसहरू तिमीसँग रिसिएका छन्।
    तर तिनीहरू लज्जित हुनेछन्।
    तिम्रा शत्रुहरू हराउनेछन् र विलाई जानेछन्।
12 तिमीले ती मानिसहरूलाई खोज्नेछौ जो तिम्रो विरोधीहरू थिए,
    तर तिमीले तिनीहरूलाई भेट्टाउनँ सक्ने छैनौ।
ती मानिसहरू जो तिम्रो विरूद्ध लडे
    तिनीहरू पूर्ण रूपमा बिलाई जानेछन्।
13 म परमप्रभु तिम्रो परमेश्वर हुँ।
    मैले तिम्रो दाहिने हात समाति रहेकोछु।
अनि म तिमीलाई भन्दछु नडराऊ।
    म तिम्रो साथमा हुनेछु।
14 हे बहुमूल्य यहूदा, नडराऊ!
    मेरा इस्राएलका प्रिय मानिसहरू, भयभीत न हौ,
    म साँच्चि नै तिमीहरूलाई सघाउने छु।”

परमप्रभु स्वयंले ती कुराहरू भन्नु भएको थियो।

“इस्राएलका पवित्र परमप्रभु जसले तिमीलाई बचाए,
    उहाँले ती कुराहरू भन्नुभयो।
15 हेर, म तिमीलाई एक झाँट्ने उपकरण बनाउनेछु।
त्यो उपकरण धेरै तीखा दाँतहरू भएका हुनेछन्,
    कृषकहरूले यो अन्न कुट्नलाई चलाउने छन्,
    यसकारण तिनीहरूले अन्न देखि खोस्टा अलग्गै पार्नेछन्।
    तिमी पर्वतहरूमाथि कुल्चिँदै हिँड्नेछौ र तिनीहरूलाई धूलोपीठो पार्नेछौ।
16 तिमीले तिनीहरूलाई बतासमा फ्याँकी दिनेछौ,
    अनि तिनीहरूलाई उडाएर लैजाने छ र छरपष्ट पारिदिने छ।
तब तिमी परमप्रभुमा रमाहट हुनेछौ।
    तिमी इस्राएलका पवित्र परमप्रभुसँग गर्व गर्नेछौ।

17 “गरीब र दीन-दु:खी मानिसहरूले पानी खोज्नेछन्,
    तर तिनीहरूले पाउने छैनन् र पनि तिनीहरू प्यासी छैनन्।
    तिनीहरूको जिब्राहरू सुख्खा छन्।
म तिनीहरूक प्रार्थनाको प्रत्युत्तर दिनेछु।
    म तिनीहरूलाई त्यसै छोडने छैन र मर्न दिने छैन्।
18 म सुख्खा पहाडहरूमा नदीहरू बगाइ दिनेछु।
    म झर्नाको मूल फुटाएर बेंसीहरूमा बगाउने छु।
म पानीले भरिपूर्ण पार्नेछु, मरुभूमिलाई तलाउमा परिर्वतन गर्नेछु।
    त्यहाँ सुख्खा भूमिहरूमा झर्नाको पानी हुनेछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International