Print Page Options
Previous Prev Day Next DayNext

Bible in 90 Days

An intensive Bible reading plan that walks through the entire Bible in 90 days.
Duration: 88 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
इजकिएल 12:21-23:39

21 तब परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो, 22 “हे मानिसको छोरो, इस्राएल देशको विषयमा मानिसहरूले यो उखान किन सुनाउँछन:

‘विपत्ति चाँढै आउँदैन,
    दर्शन कहिल्यै हुँदैन।’

23 “ती मानिसहरूसँग भन कि परमप्रभु तिनीहरूका मलिकले यो उखान पढ़न बन्द गरिदिनु हुन्छ। तिनीहरू इस्राएलको बारेमा यो कुरा कहिल्यै पनि भन्दैनन्। अब तिनीहरू यो उखान सुनाउँछन्:

‘विपत्ति चाढै आउँछ,
    दर्शन पूरा हुनेछ।’

24 “यो सत्य हो कि इस्राएलमा कहिल्यै पनि झूटो दर्शन हुँदैन। अब यस्तो जादु गर्नेहरू भविष्यमा हुँदैनन्, जसले यस्तो अगमवाणी गर्छ त्यो साँच्चो हुँदैन। 25 किनभने म परमप्रभु हुँ। अनि म त्यही भन्छु, जुन मलाई भन्न मन लाग्छ! अनि त्यही घट्नेछ अनि म घट्ना काललाई लामो तान्न दिनेछैन। ती विपत्तिहरू चाँडै आउँदैछन् तिम्रो आफ्नो जीवनकाल मानै। विद्रोही मानिसहरू! जब म केही भन्छु त्यो पूरा गरेर नै छाड्छु।” परमप्रभु मेरो मालिकले यी सबै कुरा भन्नुभयो।

26 तब परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 27 “हे मानिसको छोरा, इस्राएलका मानिसहरू सोच्छन् जे दर्शन म तिमीलाई दिन्छु त्यो भविष्यमा घट्नेछ। तिनीहरू सम्झन्छन् जुन विपत्तिहरूको विषयमा तिमी कुरा गर्छौ त्यो आज भन्दा धेरै बर्ष पछि घट्नेछ। 28 यसकारण तिमीले उनीहरूलाई भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक भन्नु हुन्छ म अझ ज्यादा ढीलो गर्न सक्तिन्, यदि म हुनेछ भन्छु, त्यो भएरनै छाड्नेछ।’” परमप्रभु मेरो मालिकले यी सबै कुरा भन्नुभयो।

13 त्यसपछि परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो, तिमीले इस्राएलको अगमवक्ताहरूसित मेरो विषयमा कुरा गर्नु पर्छ। ती अगमवक्ताहरूसित मेरो विषयमा कुरा गर्नु पर्छ। ती अगमवक्ताहरूले वास्तवमा मेरो निम्ति कुरा गरेकोछैन्। ती अगमवक्ताहरू त्यही भन्छन जुन उनीहरूले भन्न खोज्दैछन्। यसकारण तिमीले उसँग कुरा गर्नु पर्छ। उसँग यो कुरा भन, ‘परमप्रभुबाट प्राप्त भएको यो वचन सुन! परमप्रभु मेरो मालिक यो वचन दिनुहुन्छ। मूर्ख अगमवक्ताहरू! तिमीहरूमाथि आपत आई लाग्ने छ। तिमीहरू आफ्नो आत्माको अनुशरण गरि रहेका छौ। तिमीहरूसँग त्यो भनेका छैनन् जुन तिमीले साँच्चै दर्शनहरूमा देख्छौ।

“‘इस्राएलीहरू तिमीहरूका अगमवक्ताहरू त्यो सुनसान भत्केको ठाउँहरूमा बस्ने स्यालहरू जस्तै भएकाछन्। तिमीहरूले शहरको भत्केको पर्खालको नजिक सैनिकहरू बस्न दिएनौ। तिमीहरूले इस्राएलको परिवारको रक्षाको निम्ति पर्खालहरू बनाएनौ। यसकारण परमप्रभुको निम्ति जब तिमीहरूलाई दण्ड दिने समय आउँछ त्यतिबेला तिमीहरू युद्धमा हार्नेछौ।

“‘झूटा अगमवक्ताहरूले भने, तिनीहरूले दर्शन देखेकाछन्। तिनीहरूले तिनीहरूको तन्त्र मन्त्र गरेर भने कि घट्नाहरू हुन्छन्। तर तिनीहरूले झूटो बोले। तिनीहरूले भने परमप्रभुले तिनीहरूलाई पठाउनु भयो तर तिनीहरूले झूटो बोले। झूटोलाई साँच्चो बनाउँने प्रयास आजसम्म पनि गर्दैछन्।

“‘झूटा अगमवक्ताहरू! जुन दर्शन तिमीहरूले देख्यौ, त्यो सत्य थिएन। तिमीले आफैं जादू गर्यौ अनि भन्यौ केही घट्ने वाला छ तर तिमीले मानिसहरूसँग झूटो भन्यौ। तिमी भन्छौ यो परमप्रभुले भन्नुभएको हो, तर मैले तिमीहरूसँग कुरै गरिनँ।’”

यसकारण परमप्रभु मेरो मालिक अब साँच्चै केही बोल्नुहुन्छ उहाँ भन्नुहुन्छ, “तिमीले झूटो भन्यौ। तिमीहरूले दर्शनमा जे देखेको थियौ, त्यो सत्य होइन्। यसकारण म अब तिमीहरूको विरूद्धमा छु।” परमप्रभु मेरो मालिकले यो कुरा भन्नुभयो। परमप्रभुले भन्नुभयो, “म ती अगमवक्ताहरूलाई दण्ड दिनेछु जसले असत्य दर्शन देखे अनि झूटा बोले। म तिनीहरूलाई आफ्नो मानिसदेखि अलग पार्नेछु। तिनीहरूको नाम इस्राएलको परिवारको सूचिमा रहनेछैन्। तिनीहरू फेरि इस्राएल प्रदेशमा कहिल्यै जाने छैनन्। त्यसपछि तिमीले जान्ने छौ कि म परमप्रभु अनि मालिक हुँ।

10 “ती झूटो अगमवक्ताहरूले घरिघरि मानिसहरूसँग झूटो भने। अगमवक्ताहरूले भने शान्ति हुन्छ अनि त्यहाँ कुनै शान्ति भएन। मानिसहरूको पर्खाल दृढ गर्नेुछ अनि युद्धको तयारी गर्नुछ। तर भत्केको पर्खालमा एउटा पातको तहको लेप लगाइरहेछन्। 11 तिनीहरूलाई भन म असिना र पानी पठाउँनेछु। प्रचण्ड आँधी-बेह्री चल्नेछ अनि बाढी आउनेछ, अनि पर्खाल ढल्नेछ। 12 पर्खाले तल ढल्नेछ। मानिसहरूले अगमवक्ताहरूलाई सोध्नेछन्, ‘त्यो चूना लगाएको के भयो, जुन तिमीले पर्खालमा लगाएका थियौ?’” 13 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म क्रोधित छु, म तिमीहरूको विरूद्ध आँधी-बेह्री पठाउँछु। म क्रोधित छु अनि म घनघोर बर्षा पठाउँछु। म क्रोधित छु अनि आकाशबाट असिना खसाउँनेछु। अनि तिमीहरूलाई पूर्ण रूपमा नष्ट पार्नेछु। 14 तिमी पर्खालमा चुना लगाउँछौ। तर म पूरै पर्खाल नष्ट पारिदिनेछु। म त्यसलाई भत्काई दिनेछु। पर्खाल तिमीमाथि ढल्नेछ अनि तिमीले जान्नेछौ म नै परमप्रभु हुँ। 15 अब म पर्खालमाथि अनि मानिसहरूमाथि मेरो क्रोध छाडिदिनेछु जसले यसलाई लेप लगाए। तब तिमीलाई भन्नेछु, ‘अब कुनै पर्खाल रहेन र कुनै मजदूरले यसमाथि लेप लगाउनेछैन्।’

16 “यो सबै इस्राएलको झूटो अगमवक्तहरूको निम्ति हुनेछ। ती अगमवक्ताहरू यरूशलेमका मानिसहरूसँग बात गर्छन। ती अगमवक्ताहरू भन्छन् शान्ति हुन्छ तर कतै शान्ति छैन्।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।

17 परमप्रभुले भन्नुभयो, “हे मानिसको छोरो! इस्राएलमा स्त्री अगमवादिनीहरू खोज। त्यो स्त्री अगमवादिनीहरू मेरो निम्ति बोल्दैनन्। तिनले त्यही भन्छन, जुन तिनीहरूलाई भन्न मन पर्छ। यसकारण तिमीले मेरो लागि उसको विरूद्ध बोल्नु पर्छ। तिमीले यसो भन्नु पर्छ। 18 ‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ: विपत तिमी स्त्रीहरूमाथि आइलाग्नेछ। तिमीहरूले प्रत्येक मानिसको पाखुराहरूमा जादूको पाटा सिलाइ दिन्छौ। तिमीले मानिसको शिरमा बाँध्न फेटा बनाउँछौ। तिमीहरू भन्छौ कि ती चीजहरूमा मानिसहरूको जीवन नियन्त्रण गर्ने तन्त्र-मन्त्रको शक्ति छ।” के तिमी सोच्छौ कि तिमीहरू आफ्नो आत्माहरू जीवित राख्न र मेरो मानिसहरूका आत्माहरूलाई मार्नु सक्छौ। 19 तिमी नै एकजना हौ जसले मानिसहरूलाई म महत्वहीन हुँ भनी सोच्न लगाउँछौ। तिमीहरू एक मुठी जौ र रोटीको केही टुक्राको लागि तिनीहरूलाई मेरो विरूद्धमा हिडाउँछौ। तिमीहरू मेरो मानिसहरूसँग झूटो बोल्छौ। तिनीहरू झूटो सुन्न मन पराउँछन्। तिमीहरू ती मानिसलाई मार्छौ जसलाई जीवित रहन्छ अनि तिमीहरू त्यस्ता मानिसहरूलाई जीवित राख्न चाहन्छों जसलाई मार्नु जरूरी छ। 20 यसकारण परमप्रभु मेरो मालिक तिमीहरूसित यसो भन्नुहुन्छ म ती जादूका बूटीहरूको विरूद्धमा छु जो मानिसहरूलाई फँसाउँन तिमी प्रयोग गर्छौ, तर म तिनीहरूलाई स्वतन्त्र पार्नेछु। म ती बूटीहरू तिनीहरूका पाखुराबाट चुडाइदिनेछु अनि तिमीहरूलाई मुक्त गराइदिनेछ। तिनीहरू जालबाट मुक्त गरिएका पंक्षीहरू जस्तै हुनेछन्। 21 म तिमीहरूको घुम्टो च्यातिदिनेछु अनि मेरो मानिसहरूलाई तिम्रो शक्तिबाट बचाउँनेछु। तिनीहरू तिम्रो जालबाट भाग्नेछन् अनि तिमीले बुझ्नेछौ म नै परमप्रभु हुँ।’

22 “‘स्त्री अगमवादिनीहरू तिमीहरू झूटो बोल्छौ। तिम्रो झूटले राम्रो मानिसहरूलाई दु:ख पुर्याउँछ म ती राम्रो मानिसहरूलाई दु:ख दिन चाहँदिन। तिमी नराम्रो मानिसलाई सहायता गर्छौ अनि तिनीहरूलाई उत्साहित पार्छौ। तिमी तिनीहरूलाई आफ्नो जीवन बद्लि गर भन्दैनौ। तिमी तिनीहरूको जीवन रक्षा गर्दैनौ। 23 तिमीले अब भविष्यमा व्यर्थको दर्शनहरू देख्ने छैनौ। तिमीले भविष्यमा जादू गर्ने छैनौ। म मेरो मानिसलाई तिमीहरूको शक्तिदेखि बचाउँने छु अनि तिमीहरूले थाह पाउनेछौ, म नै परमप्रभु हुँ।’”

14 इस्राएलका केही बुढा-प्रधानहरू मकहाँ आए। तिनीहरू मसँग बात गर्न बसे। परमप्रभुको वचन मकहाँ आयो उहाँले भन्नुभयो, “हे मानिसको छोरो! यी मानिसहरू तिमीसित बात गर्न आएकाछन्। तिनीहरू चाहन्छन् तिमीले मसँग सल्लाह लिउन्। तर ती मानिसहरूले आज सम्म आफ्ना घिनलाग्दो मूर्तिहरू राखेकै छन्। तिनीहरू ती चीजहरू राख्छन् जसले तिनीहरूलाई पाप गराउँछन्। तिनीहरू आज सम्म त्यही मूर्ति पूजा गरिरहेकाछन्। यसकारण, तिनीहरू मकहाँ सल्लाह लिन किन आउँछन्? के मैले उनीहरूको प्रश्नहरूको उत्तर दिनुपर्छ? अँहँ! तर म तिनीहरूलाई उत्तर दिन्छु। तिमीले तिनीहरूलाई भन्नु पर्छ, ‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ यदि कोही इस्राएलीहरू अगमवक्ताकहाँ जान्छ अनि मदेखि सल्लाह माग्छ भने यदि त्यो मानिसले उसका मूर्तिहरू राखेकोछ भने त्यो मानिसको प्रश्नको उत्तर म आफैं दिनेछु। यदि उसले ती चीजहरू जसले तिनीहरूलाई पाप कर्महरू गराउन उकास्छ अनि यदि उसले मूर्तिहरूको पूजा गर्छ भने म उसित कुरा गर्नेछु। किनकि म तिनीहरूको हृदय छुन चाहन्छु। म देखाउन चाहन्छु कि म तिनीहरूलाई प्रेम गर्छु, यद्यपि तिनीहरूले मलाई आफ्नो घिनलाग्दो मूर्तिहरूको निम्ति छोडिदिए।’

“यसकारण इस्राएलका परिवारसँग यी सब भन। तिनीहरूलाई भन, ‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ! मकहाँ फर्केर आऊ अनि आफ्नो घिनलाग्दो मूर्तिहरू छोडिदेऊ। ती सबै डरलाग्दा झूटो देवताहरूबाट तिमी फर्क यदि कुनै इस्राएलीहरू अथवा इस्राएलमा बस्ने विदेशीहरू सल्लाह माग्नको निम्ति मकहाँ आए म उसलाई उत्तर दिनेछु। यदि उसले घिनलाग्दो मूर्तिहरू राखे ता पनि म उसलाई उत्तर दिन्छु। यदि उसले ती चीजहरू राख्छ जसले उसलाई पाप गराउँछ। यदि उसले तब सम्म ती मूर्तिहरूको पूजा गर्छ। म उसलाई यस्तो उत्तर दिन्छु। म त्यस मानिसको विरोधी हुनेछु। उसलाई नष्ट गरिदिन्छु। त्यो अरू मानिसहरूको निम्ति उदाहरण बनिनेछ। मानिसहरूले उसको हाँसो उडाउँनेछन्। म तिनीहरूलाई आफ्नो मानिसहरूबाट बाहिर निकल्नेछु। त्यसपछि तिमीले जान्ने छौ म नै परमप्रभु हुँ। यदि अगमवक्ता धेरै मूर्ख भई आफ्नो उत्तर दियो भने म उसलाई देखाई दिन्छु कि ऊ कति मूर्ख छ, म उसको विरूद्ध आफ्नो शक्ति प्रयोग गर्छु। म उसलाई नष्ट गरिदिन्छु अनि आफ्ना मानिसहरूलाई इस्राएलबाट बाहिर निकाल्नेछु। 10 यस्तै प्रकारले त्यो मानिस जुन राय लिन आएको थियो अनि अगमवक्ता जसले उत्तर दियो दुवैले एउटै दण्ड पाउँनेछन्। 11 किनकि यसप्रकारले त्यो अगमवक्ताले मेरो मानिसहरूलाई मदेखि टाढो लिएर जान बन्द गरिदिन्छ। यसप्रकारले मेरा मानिसहरूले आफ्नो पापबाट अपवित्र हुनु बन्द गरिदिन्छन्। तब तिनीहरू मेरो विशेष मानिस हुनेछन अनि म तिनीहरूको परमेश्वर बनिन्छु।’” परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो।

12 तब परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 13 “हे मानिसको छोरो! म आफ्नो त्यो राष्ट्रलाई दण्ड दिन्छु जसले मलाई छोड्छ अनि मेरो विरूद्ध पापहरू गर्छ। म तिनीहरूको भोजनको आपूर्ति बन्द गरिदिन्छु। म अनिकाल उत्पन्न गरिदिन सक्छु अनि त्यस देशबाट मानिस अनि पशुहरू बाहिर गरिदिन सक्छु। 14 म त्यस देशलाई दण्ड दिन्छु त्यहाँ नूह, दानियल अनि अय्यूब नै किन नबसुन्, उनीहरू आफ्नो जीवन आफ्नो धार्मिकताद्वारा बचाउन सक्छन् तर तिनीहरूले सम्पूर्ण देशलाई बचाउँन सक्तैनन्।” परमप्रभु मेरा मालिकले यी सबै कुरा भन्नुभयो।

15 परमेश्वरले भन्नुभयो, “अथवा म त्यो पुरै देशमा जङ्गली जनावरहरू पठाइदिन्छु अनि ती जनावरहरूले सबै मानिसहरूलाई मार्न सक्छन। जङ्गली जनावरहरूको कारणले त्यस देश भएर कसैले पनि यात्रा गर्नसक्तैनन्। 16 यदि नूह, दानियल अनि अय्यूब त्यहाँ बस्थे भने म ती तीनै जनालाई बचाउने थिएँ। ती तीनै जना स्वंयले आफूलाई बचाउँनु सक्छन्। तर म मेरो तीनैजना स्वंयले आफूलाई बचाउँनु सक्छन्। तर म मेरो जीवनको शपथ खाएर भन्छु कि तिनीहरूले आफ्नो बाहेक अरूको जीवनसितै आफ्नो छोरा-छोरी पनि बचाउँन सक्ने थिएनन्। त्यो नराम्रो देश नष्ट गरिनेछ।” परमप्रभु मेरो मालिकले यी सबै कुरा भन्नुभयो।

17 परमेश्वरले भन्नुभयो, “अथवा त्यस देशको विरूद्ध लड्नका निम्ति म शत्रुका सेना पठाउँन सक्छु। ती सैनिकले त्यो देश नष्ट पारिदिन्छन्। म त्यस देशको सबै मानिसहरू अनि जनावरहरूलाई बाहिर निकालिदिन्छु। 18 यदि नूह, दानियल अनि अय्यूब त्यहाँ बस्थे भने ती तीनजना राम्रो मानिसहरूलाई बचाउँथें। ती तीन जनाले आफ्नो जीवन स्वंय बचाउँन सक्छन्। म मेरो जीवनको शपथ खाएर भन्छु कि अरू मानिसहरूको जीवन तिनीहरूले बचाउँन सक्तैंनन् यहाँ सम्म कि आफ्नो छोरा-छोरीको जीवन पनि बचाउँन सक्ने थिएन। त्यो देश सम्पूर्ण रूपमा नष्ट गरिइनेछ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।

19 परमेश्वरले भन्नुभयो, “अथवा म त्यस देशको विरूद्ध रूढी (महामारी) पठाउँन सक्छु। म तिनीहरूमाथि आफ्नो क्रोध बर्षाउन सक्छु। म सबै मानिस अनि जनावरहरूलाई त्यस देशबाट हटाउन सक्छु। 20 यदि नूह, दानियेल अनि अय्यूब त्यहाँ बस्थे भने पनि म ती तीनजना राम्रो मानिसहरूलाई बचाउँथें किनकि ती तीनैजना राम्रा मानिसहरू हुन्। ती तीनैजना आफ्नो जीवन स्वंय बचाउन सक्छन्। तर म आफ्नो जीवनको शपथ खाएर भन्छु अरू मानिसहरूको जीवन तिनीहरूले बचाउँन सक्तैंनन्, यहाँ सम्म ताकि आफ्ना छोरा-छोरीको जीवन पनि बचाउँनु सक्तैनन।” परमप्रभु मेरो मालिकले यी सबै कुरा भन्नुभयो।

21 त्यसपछि परमप्रभु मेरो मालिकले भन्नुभयो, “यसैकारण सोच यरूशलेमका निम्ति यो कति नराम्रो हुन्छ, म त्यस शहरको विरूद्ध यी चारैवटा दण्ड पठाइदिन्छु! म शत्रुका सेना, अनिकाल, महामारी, अनि जङ्गली जनावरहरू त्यस शहरको विरूद्ध पठाउँछु। म त्यस देशको सबै मानिसहरू अनि जनावरहरूलाई बाहिर निकालिदिन्छु। 22 केही मानिसहरू त्यो देशबाट भाग्नेछन्। तिनीहरू आफ्ना छोरा-छोरी लिएर तिमीहरूकहाँ सहायताको लागि आउनेछन्। तब तिमीहरूले थाहा पाउनेछौ कि यी मानिसहरू साँच्चै कति नराम्रा छन्। म जुन आपत यरूशलेममा ल्याउँनेछु त्यो न्याय संगत हो भन्ने तिमीलाई विश्वास गराइनेछ अनि तिमीहरूले सान्तवना पाउनेछौ। 23 तिमीहरूले तिनीहरूको बस्ने ढङ्ग अनि तिनीहरूले गर्ने नराम्रो काम देख्नेछौ। त्यसपछि तिमीले सम्झने छौ कि तिनीहरूलाई दण्ड दिने उचित कारण मसँग थियो।” परमप्रभु मेरो मालिकले यो कुराहरू भन्नुभयो।

15 तब परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो! के दाखको बोटको दाउरा जङ्गलको कुनै अर्को रूखको काठको सानो हाँगाभन्दा अधिक राम्रो हुन्छ? अँहँ। के तिमीहरू दाखको बोटको दाउरा कुनै काममा उपयोग गर्न सक्छौ? अँहँ! के तिमीहरू त्यसबाट केही चीज बनाउँनको निम्ति काठ निकाल्न सक्छौ? अँहँ! यो आगो बाल्नु मात्र प्रयोग गरिन्छ। सुकेको दाउरा छेउबाट बल्छ? बल्दैन, बीचको भाग आगोले जलेर कालो हुन्छ, तर दाउरा पूर्ण रूपमा जल्दैन्। के तिमी त्यो जलेको दाउराबाट कुनै चीज बनाउँन सक्छौ? यदि बल्नु भन्दा पहिला तिमीले त्यस दाउराको केही चीज बनाउँन सक्छौ भने पनि निश्चय नै त्यो जलिसके पछि त्यसबाट केही बनाउँन सक्तैनौ! यसैले दाखको बोटको दाउराको टुक्रा जङ्गलको ती कुनै पनि दाउराको टुक्राको बराबर छ। मानिसहरू त्यो दाउराको टुक्रा आगोमा हाल्छन् अनि आगोले त्यसलाई जलाउँछ। त्यस्तै प्रकारले, म यरूशलेमका मानिसहरूलाई आगोमा फ्याँक्छु!” परमप्रभु मेरो मालिकले यो सबै कुराहरू भन्नुभयो। “म तिनीहरूलाई दण्ड दिनेछु, अनि तिनीहरू आगोबाट उम्के तापनि त्यसले तिनीहरूलाई अझै जलाउनेछ। अनि तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्। मैले तिनीहरूलाई दण्ड दिएँ भनेर जान्नेछन्। म त्यस देशलाई पुरै नष्ट गर्नेछु किनभने झुठ्ठा देवताहरूको आरधना गर्न तिनीहरूले मलाई धोका दिए।” यो सबै कुरा परमप्रभु मेरो मालिकले भन्नुभयो।

16 त्यसपछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो! यरूशलेमका मानिसलाई त्यो डरलाग्दो नराम्रो कामको लागि जनाइदेऊ जुन तिनीहरूले गरेकाछन्। तिमीले भन्नु पर्छ, ‘परमप्रभु मेरो मालिक यरूशलेमका मानिसहरूलाई यो संदेश दिनुहुन्छ, आफ्नो इतिहास हेर! तिमी कनानमा जन्मेका थियौ। तिम्रो बाबु एक एमोरी अनि आमा हित्ती हुन। यरूशलेम जुन दिन उत्पन्न भयो, तिम्रो नाभीको नाल काट्ने कोही पनि थिएन। कसैले पनि तिम्रो शरीरमा नुन मलिदिएन, अनि तिमीलाई सफा तुल्याउन कसैले पनि नुहाई दिएन। कसैले तिमीलाई लुगा लगाई दिएनन्। यरूशलेम, तिमी एक्लै थियौ। कसैले पनि तिमीप्रति दया देखाएन, न त कसैले तिमीलाई हेरचाह नै गर्यो। हे! यरूशलेम तिमी जन्मिएको दिन, तिम्रो आमा-बाबुले तिमीलाई खेतमा राखिदिए। जब तिमी जन्मियौ तिमी रगतमा लपेटिएका थियौ।

“‘त्यसपछि म (परमेश्वर) त्यताबाट गएँ। मैले त्यहाँ तिमीलाई रगतमा लटपटिएको अवस्थामा भेट्टाएँ। तिमी रगतमा लटपटिरहेको थियौ, तर मैले भनें “जीवित होऊ!” हो, तिमी रगतमा लटपटिएको थियौ, अनि मैले भनें, “जीवित हौऊ!” मैले तिमीलाई खेतमा बिरूवा सियारे जस्तै सेवा गरेर बढाएँ। तिमी बढ्दै गयौ। तिमी जवान स्त्री बनियौ, तिम्रो मासिक-धर्म आरम्भ भयो, तिम्रो स्तन बढ्यो, तिम्रो कपाल बढ्न थाल्यो। तर त्यसबेला सम्म तिमी वस्त्रहीन र नाङ्गै थियौ। मैले तिमी प्रति दृष्टि घुमाएँ। मैले देखें तिमी प्रेमको लागि तयार थियौ। यसकारण मैले तिमीलाई लुगा लगाई दिएँ अनि तिम्रो नग्नता छोपिदिएँ। मैले तिमीसित विवाह गर्ने वचन दिएँ। मैले तिमीसँग वाचा बाँधे र शपथ खाएँ अनि तिमी मेरी भयौ।’” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो। “‘मैले तिमीलाई पानीले नुहाई दिएँ। मैले तिम्रो रगत धोई दिएँ अनि तिम्रो शरीरमा तेल मालिश गरिदिएँ। 10 मैले तिमीलाई एउटा राम्रो लुगा अनि नरम छालाको जुत्ता दिएँ। मैले तिमीलाई एउटा मिहीन मलमलको अनि एउटा रेशमको लुगा दिएँ। 11 तब मैले तिमीलाई केही गर-गहना दिएँ। मैले तिम्रो हातहरूमा चुरा लगाइ दिएँ अनि तिम्रो गलामा माला लगाइदिएँ। 12 मैले तिमीलाई नाकमा एउटा मुन्द्री, कानमा झुम्का अनि शिरमा राम्रो शिरपेच लगाइदिएँ। 13 तिमी सुन, चाँदीको गर-गहना अनि रेशमको लुगामा बुट्टा गरेको लगाउँदा सुन्दर देखियौ। तिमीले राम्रो खाना खायौ। तिमी अत्याधिक सुन्दरी थियौ अनि तिमी रानी बनियौ 14 तिम्रो सुन्दरताले गर्दा तिमी विख्यात भयौ। यो सब यसकारण भयो किनकि मैले तिमीलाई ज्यादा राम्री बनाए।’” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।

15 परमेश्वरले भन्नुभयो, “तर तिमीले आफ्नो सौन्दर्यतामा भरोसा गर्न आरम्भ गर्यौं। तिमीले आफ्नो यशको उपयोग गर्यौं अनि तिमीले मलाई धोका दियौ। तिमीले एउटा वेश्याले जस्तो व्यवहार गर्यौं अनि तिमीले त्यस्तो प्रत्येकसित गर्यौ जो तिम्रो छेउमा आयो। तिमीले तिनीहरू सबैलाई आफ्नो शरीर अर्पित गर्यौं। 16 तिमीले आफ्नो सुन्दर लुगा लियौ अनि त्यसको प्रयोग आफ्नो पूजाको स्थानमा सजाउन गर्यौं। तिमीले त्यस ठाँउमा एउटा वेश्याले जस्तो काम गर्यौ। तिमीले आफूलाई प्रत्येक मानिससँग अर्पित गर्यौ जो त्यहाँ आयो! 17 तब मैले दिएको सुन्दर गर-गहना लियौ अनि त्यो सुन-चाँदी मानिसहरूको मूर्तिहरू बनाउँनमा प्रयोग गर्यौ। तिमीले तिनीहरूलाई वेश्याले झैं पूज्यौ। 18 त्यसपछि तिमीले सुन्दर लुगा लियौ अनि ती मूर्तिलाई लगाई दियौ। तिमीले सुगन्धि धूप अनि बत्ती लियौ जुन मैले तिमीलाई दिएको थिएँ, अथवा त्यसलाई ती देवमूर्तिहरू अगाडी चढायौ। 19 मैले तिमीलाई रोटी, मह अनि भद्राक्षको तेल दिएँ। तर तिमीले त्यो खाना आफ्नो मूर्तिलाई दियौ। तिमीले ती आफ्नो असत्य देवताहरूलाई प्रसन्न पार्नका निम्ति सुगन्धको रूपमा भेटी चढायौ। तिमीले ती झूटा देवताहरूसँग वेश्या जस्तो व्यवहार गर्यौं।” परमप्रभु मेरो मालिकले यो कुरा भन्नुभयो।

20 परमेश्वरले भन्नुभयो, “तिमीले मेरोलागि जन्मेको सबै छोरा-छोरीहरू मूर्तिहरू अघि बलि चढायौ। के तिम्रा मूर्तिहरूसित यस्तो वेश्यावृति गर्नु सानो कुरो हो? 21 तिमीले मेरो छोराहरूको हत्या गर्यौ अनि तिनीहरूलाई ती झूटा देवताहरूकोमा चढायौं। 22 तिमीले मलाई छोड्यौ अनि त्यो डरलाग्दा काम गर्यौ। तिमीले आफ्नो समयको कहिल्यै पनि याद गरेनौ जब तिमी बाल्यावस्थामा थियौ तिमीले याद गरेनौ, जतिबेला मैले तिमीलाई भेट्टाँए त्यति बेला तिमी नाङ्गै थियौं अनि रगतमा लटपटिरहेको थियौं।

23 “ती सबै नराम्रा चीजहरू पछि, हे यरूशललेम! यो तिमीलाई एकदमै नराम्रो हुन्छ।” परमप्रभु मेरा मालिकले यो कुराहरू भन्नुभयो। 24 “ती सबै कुराहरू पछि तिमीले त्यो असत्य देवताको पूजा गर्न उच्च स्थानहरू बनायौ। तिमीले प्रत्येक बाटोको चोकमा झूटो देवताको पूजाका निम्ति उच्चस्थान बनायौ। 25 तिमीले प्रत्येक दोबाटोमा आफ्नो उच्च स्थान बनायौ। तिमीले आफ्नो सुन्दरतालाई तुच्छ देखायौ। तिमीले प्रत्येक बाटो भएर हिँड्ने मानिसहरूलाई फँसाउनका निम्ति यसो गर्यौं। तिमीले आफ्नो खुट्टा देखियोस् भनी फरियामाथि उठायौ अनि त्यसपछि तिमीले ती मानिसहरूसँग वेश्याहरूले झैं व्यवहार गर्न थाल्यौ। 26 तब तिमी त्यो छिमेकी मिश्रकहाँ गयौं, जसको लिङ्ग एकदमै ठूलो थियो। तिमीले मलाई उत्तेजित पार्नको लागि त्योसँग धेरै पल्ट शारीरिक सम्बन्ध स्थापित गर्यौं। 27 यसकारण मैले तिमीलाई दण्ड दिएँ। मैले तिमीलाई दिएको जमीनको एक भाग लिएँ। मैले तिमीलाई तिनीहरूको हातमा सुम्पिदिएँ जसले तिमीलाई घृणा गर्छन्। तिम्रो ब्यावहारले गर्दा पलिश्तीहरूका छोरीहरू पनि लज्जित भए। 28 त्यसपछि तिमीले अश्शूरहरूसित शारीरिक सम्बन्ध गर्यौ। तर तिमीलाई पर्याप्त भएन। तिमी कहिल्यै पनि सन्तुष्ट भएनौ। 29 यसकारण तिमी कनान पट्टि फर्कियौ अनि त्यसपछि बाबेल पट्टि। तब पनि तिमी सन्तुष्ट भएनौ। 30 तिमी साह्रै कमजोर छौ। तिमीले ती सबै मानिसहरू र राज्यहरूलाई पाप गर्न लगायौ। तिमीले ठीक एउटी वेश्याले जस्तै काम गर्यौ।” यी कुराहरू परमप्रभु मेरो मालिकले भन्नुभयो।

31 “तिमीले प्रत्येक दोबाटोहरूमा उच्च स्थानहरू बनायौ। अनि तिमीले बाटोको हरेक गल्लीको कुनामा पूजाको स्थान बनायौ। अनि वेश्याले झैं, त्यसबाट फाइदा हुने चासो पनि गरिनौ। 32 तिमी व्यभिचारी स्त्री हौ। तिमीले आफ्नो पतिको भन्दा विदेशीहरूसँग शारीरिक संम्बन्ध राख्न ज्यादा राम्रो मान्यौ। 33 प्राय वेश्याहरू शारीरिक सम्बंधको लागि मानिसलाई ज्याला तिर्नु बाध्य गर्दछन्। तर तिमीले आफ्नो प्रेमीहरू लोभाउन स्वंय भेटी दिन्छौ, अनि तिनीहरूलाई शारीरिक सम्बंधको निम्ति आमन्त्रित गर्छौ। तिमीले आफ्नो चारैतिर सबैलाई आफूसँग शारीरिक सम्बंधको लागि आमन्त्रित गर्यौ। 34 तिमी प्राय सबै वेश्याहरूको ठीक विपरीत छौ। प्राय वेश्याहरू पुरूषहरूलाई ज्याला तिर्नको लागि बाध्य गर्छन्। तर तिमीले पुरूषहरूलाई आफूसँग शारीरिक सम्बन्धको ज्याला तिर्ने गर्छौ।”

35 हे वेश्या! परमप्रभुको वचन सुन। 36 परमप्रभु मेरो मालिकले यो कुरा भन्नुहुन्छ “तिमीले तिम्रो पैसा खर्च गरायौ अनि आफ्नो प्रेमीहरू तथा झूटा देवताहरूलाई आफ्नो नाङ्गो शरीर हेर्न दियौं तथा तिमीसित शारीरिक सम्बन्ध गर्नदियौ। तिमीहरूले तिनीहरूको नानीहरू मार्यौ अनि तिनीहरूको रगत बगायौ। त्यो ती झूटा देवताहरूलाई तिम्रो भेटी थियो। 37 यसकारण, म तिम्रो सबै प्रेमीहरूलाई एकै ठाँउमा जम्मा गर्छु। म ती सबैलाई ल्याउँछु जोसँग तिमीले प्रेम गर्यौ तथा जुन मानिसहरूलाई घृणा गर्यौ। म ती सबैलाई एकै साथ लिएर आउँछु अनि तिनीहरूलाई तिम्रो नग्नता देखाउँछु। तिनीहरूले तिम्रो पुरै नग्नता देख्नेछन्। 38 त्यसपछि म तिमीलाई दण्ड दिन्छु। म तिमीलाई कुनै हत्यारिनी अनि त्यस स्त्रीलाई जस्तै दण्ड दिन्छु जसले व्यभिचारी पाप गरेकी छे। तिमी त्यस्तै दण्डित हुनेछौ मानौ कुनै क्रोधित तथा ईंर्ष्यालु पतिले आफ्नी पत्नीलाई दण्ड दिए जस्तै। 39 म तिमीलाई ती सबै प्रेमीहरूलाई प्राप्त गर्न दिन्छु। तिनीहरूले तिम्रो सबै उच्च स्थानहरू नष्ट पारिदिनेछन्। तिनीहरूले तिम्रो पूजा स्थानहरू जलाई दिनेछन्। तिनीहरूले तिम्रो लुगाहरू च्याति दिनेछन् तथा तिम्रो सुन्दर गर-गहनाहरू लिनेछन्। तिनीहरूले तिमीलाई वस्त्रहीन अनि नाङ्गै छोडिदिनेछन् जस्तो तिमीलाई मैले भेट्टाएको बेलामा थियौ। 40 तिनीहरूले आफूसँग विशाल जनसमूह लिएर आउनेछ, अनि तिमीलाई मार्नका निम्ति ढुङ्गा हान्नेछन् त्यसपछि तिमीलाई टुक्रा-टुक्रा पार्नेछन्। 41 अनि तिनीहरूले तिम्रो घरहरू आगोले जलाई दिनेछन् अनि तिमीलाई धेरै स्त्रीहरूको सामुने दण्ड दिनेछन्। म तिमीलाई तिम्रो वेश्यावृति देखि रोक्नेछु र तिमीले अरू ज्याला पाउने छैनौ। 42 त्यसपछि म क्रोधित अनि डाही हुन छोडिदिनेछु। म शान्त हुनेछु। म फेरि क्रोधित हुनेछैन। 43 यी सबै कुराहरू किन हुन्छन्? किनकि तिमीले त्यो याद राखेनौ कि तिमीमाथि जवानी हुँदा के गर्यौ। तिमीले त्यो सबै नराम्रो पापहरू गर्यौ अनि मलाई क्रोधित बनायौ। यसकारण ती नराम्रो कामको निम्ति मैले तिमीलाई दण्ड दिनु पर्यो। तर तिमीले अझै ज्यादा डरलाग्दो योजनाहरू बनायौ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।

44 “तिम्रो विषयमा कुरा गर्ने सबैसित अर्को एउटा कुरा पनि होला। तिनीहरू भन्छन, ‘जस्तो आमा त्यस्तै छोरी।’ 45 तिमी आफ्नो आमाको छोरी हौ। तिमीले आफ्नो पति र नानीहरूलाई ध्यान दिँदैनौ। तिमी ठीक आफ्नो बहिनी बराबर छौ। तिमी दुवै जनाले आफ्नो पति र नानीहरूलाई घृणा गर्छौ। तिमीहरू ठीक आफ्नो आमा-बाबु जस्तो छौ। तिम्रो आमा हित्ती अनि बाबु एमोरी थिए। 46 तिम्रो ठूलो दिदी सामरिया थिई ऊ तिम्रो उत्तरदिशामा आफ्नो छोरीहरूसँग बस्थी अनि तिम्रो सानो बहिनी सदोम थिई। ऊ आफ्नो छोरीहरूसँग (शहरहरू) तिम्रो दक्षिणमा बस्थी! 47 तिमीले त्यो सबै डरलाग्दा पाप काम गर्यौ जुन तिनीहरूले गरे। तर तिमीले त्यो काम पनि गर्यौ जुन तिनीहरूले गरेको भन्दा नराम्रो थियो। 48 म परमप्रभु अनि मालिक हुँ। म सदा जीवित छु अनि आफ्नो जीवनको शपथ खाएर भन्छु कि तिम्रो बहिनी सदोम अनि उसको छोरीहरूले कहिल्यै पनि त्यति नराम्रो काम गरेनन् जति तिम्रो छोरीहरूले गरे।”

49 परमप्रभुले भन्नुभयो, “तिम्रो बहिनी सदोम अनि उसको छोरीहरू घमण्डी थिए। तिनीहरूसित आवश्यकता भन्दा ज्यादा खाने कुरा थियो अनि तिनीहरूसित समय पनि ज्यादा थियो। तिनीहरूले दीन अनि असहाय मानिसहरूलाई सहायता गर्दैनथिए। 50 सदोम अनि उसको छोरीहरू अत्याधिक घमण्डी भए र मेरो अघि डरलाग्दा पाप गर्न थाले। जब मैले ती कामहरू गरेको देखें, मैले दण्ड दिएँ।”

51 परमेश्वरले भन्नुभयो, “सामरियाले तिमीले गरेको पाप भन्दा आधा मात्र पाप गर्यो। सामरियाले भन्दा अधिक डरलाग्दा पाप तिमीले गर्यौ! आफ्नो बहिनीहरूले भन्दा अधिक डरलाग्दा पाप गर्यौ! सदोम अनि सामरियाको तुलना गर्दा तिनीहरूलाई तिमी भन्दा राम्रो लाग्छ। 52 यसकारण तिमी लज्जित हुनुपर्छ। तिमीले तिम्रो दिदी बहिनीहरूलाई तिमी भन्दा धार्मिक देखिने बनायौ। तिमीले भयंकर पापहरू गरेकीछौ यसकारण तिमी लज्जित हुनुपर्छ।”

53 परमेश्वरले भन्नुभयो, “मैले सदोम अनि त्यसको चारैतिरको शहरहरू नष्ट पारिदिएँ। मैले सामरिया अनि त्यसको चारैतिरको शहरहरू नष्ट पारें। यरूशलेम म तिमीलाई नष्ट पार्नेछु। तर म ती शहरहरू फेरि बनाउँनेछु। यरूशलेम म तिमीलाई फेरि बनाउँनेछु। 54 म तिमीलाई आराम दिनेछु। त्यसबेला तिमीले डरलाग्दा पापहरू याद गर्नेछौ जुन तिमीले गरेका थियौ अनि तिमी लज्जित हुनेछौ। 55 यस्तो प्रकारले तिमी अनि तिम्रो बहिनीहरू फेरि बनाइनेछन्। सदोम अनि उसको चारैतिरको शहरहरू, सामरिया अनि त्यसको चारैतिरको शहरहरू तथा तिमी अनि तिम्रो चारैतिरको शहरहरू फेरि बनाइनेछन्।”

56 परमेश्वरले भन्नुभयो, “बितेका दिनहरूमा तिमी घमण्डी थियौ अनि तिम्रो बहिनी सदोमको हाँसो उडाउँथ्यौ। तर तिमीले त्यस्तो फेरि गर्न सक्तैनौ। 57 तिमीलाई सजाय दिनु भन्दा पहिला आफ्नो छिमेकीहरूद्वारा हाँसो उडाउन शुरू गर्नु भन्दा पहिला तिमीले त्यो गरेकी थियौ। एदोमको छोरीहरू तथा पलिश्तीले अहिले तिम्रो हाँसो उडाइरहेकाछन्। 58 अब तिमीले जुन भयङ्कर पाप गर्यौ त्यसका निम्ति कष्ट उठाउँनु पर्छ।” परमप्रभुले यी कुराहरू भन्नुभयो।

59 परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो, “तिमीले आफ्नो विवाहको प्रतिज्ञा भङ्ग गर्यौ। तिमीले हाम्रो करारको आदर गरेनौं। 60 तर मलाई त्यो करार याद छ जुन त्यस समय गरिएको थियो, जुन समय तिमी नानी थियौ। मैले तिमीसँग करार गरेको थिएँ जुन सधैँ रहने थियों। 61 म तिम्रो बहिनीहरू तिमी भएकहाँ ल्याउँनेछु अनि म तिनीहरूलाई तिम्रो छोरीहरू बनाउँनेछु। यो हाम्रो करारमा थिएन, तर म यो तिम्रा निम्ति गर्नेछु। त्यति बेला तिमी ती डरलाग्दा पापहरू याद गर्नेछौ, जुन तिमीले गर्यौ अनि तिमी लज्जित हुनेछौ। 62 यसकारण म तिमीसित मेरो करार बाँध्नेछु र तिमीले जान्नेछौ कि म नै परमप्रभु हुँ। 63 तिमीले गरेका ती सबै नराम्रा कर्महरूको निम्ति मैले क्षमा दिएँ। अब तिमीले त्यो सम्झना गर्ने छौ अनि लज्जित हुनेछौ। तिमीले केही पनि भन्न सक्ने छैनौ।” परमप्रभु मेरो मालिकले ती सबै कुराहरू भन्नुभयो।

17 त्यसपछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो, इस्राएलका घरानालाई यो कथा सुनाऊ! तिनीहरूलाई प्रश्न गर यसको अर्थ के हो? तिनीहरूलाई भन, यो त्यही हो जुन परमप्रभु मेरा मालिकले भन्नुहुन्छु:

“‘एउटा विशाल चील विशाल पखेंटासित लबानोन आउँदैछ।
    चीलको धेरै रंगहरू भएको लामो-लामो प्वाँखहरू थिए।
    त्यो लबानोनमा आयो अनि देवदारू रूखको टुप्पा लग्यो।
त्यो गरूडले त्यो विशाल देवदारूको (लबानोन) रूखको टुप्पो,
    चुडाँयो अनि कनान लिएर गयो।
गरूडले व्यापारीको शहरमा त्यो रोप्यो।
त्यसपछि गरूड़ले केही बिऊहरू,
    (केहीभाग मानिसहरू) कनानबाट गयो।
त्यसले त्यो मलिलो जमीनमा रोप्यो।
    त्यसले प्रशस्त पानी भएको छेउमा रोप्यो।
बिऊ उम्रियो अनि त्यो दाखको बोट बनियो।
    यो बोट राम्रो थियो।
बोट अग्लो थिएन।
    तर यो एउटा ठूलो क्षेत्रभरि ढाक्ने गरी फैलियो।
दाखको काण्ड बढ्यो
    अनि लामो भएर हाँगाहरू र पातहरू पलायो।
त्यसपछि अर्को ठूलो पखेंटा भएको गरूडले दाखको बोट देख्यो।
    गरूडको लामो पखेंटा थियो।
दाखको बोटले चाहन्थ्यो कि यो नयाँ गरूडले उसको देख रेख गरोस्।
    यसकारण त्यसले आफ्नो जराहरू त्यो गरूड भए पट्टि फैलायो।
यसको हाँगाहरू गरूड भएको पट्टि फैलिन थाल्यो।
    यसको हाँगाहरू त्यो खेतदेखि टाढो सम्म फैलिन थाल्यो,
जहाँ यो रोपेको थियो।
    दाखको बोटले चाहन्थ्यो नयाँ गरूडले उसलाई पानी हालोस्।
दाखको बोट अर्को मलिलो खेतमा सारियो।
    यो प्रशस्त पानी भएको भूमिमा रोपिएको थियो।
यसले हाँगाहरू अनि फल दिन सक्थ्यो।
    यो एउटा साह्रै राम्रो दाखको बोट हुन सक्थ्यो।’”

परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो,
“के तिमी सम्झन्छौ कि बोट सफल हुन्छ? अँहँ!
    नयाँ गरूडले बोटलाई जमीनदेखि उखेलिदिन्छ
अनि पक्षीले बोटलाई जरासँगै उखेलिदिन्छ।
    त्यसले सबै दाख खान्छ।
त्यसपक्षि नयाँ पातहरू सुक्छ अनि मर्छ।
    त्यो बोट एकदमै कमजोर हुन्छ।
त्यो बोटलाई जरैसँग उखाल्नका निम्ति शक्तिशाली अस्त्र-शस्त्र
    अथवा शक्तिशाली देशको आवश्यकता पर्दैन।
10 के त्यो बोट त्यहाँ बढ्छ जहाँ रोपेको छ? अँहँ!
    गरम पूर्वीय बतास चल्ने छ; अनि बोट सुकेर मर्नेछ।
    यो त्यहीं मर्छ जहाँ रोपेको थियो।”

11 परमप्रभुको वचन मकहाँ आयो उहाँले भन्नुभयो, 12 “यो कुराको व्याख्या इस्राएलका मानिसहरूको बीचमा गर, तिनीहरू सधैँ मेरो विरूद्धमा जान्छन्। तिनीहरूलाई यो भन, पहिलो गरूड (नबूकदनेस्सर) बाबेलको राजा हो। ऊ यरूशलेममा आयो अनि राजा तथा अन्य प्रमुखहरूलाई लिएर गयो। उसले तिनीहरूलाई बाबेल लिएर आयो। 13 त्यसपछि नबूकदनेस्सरले राजाको परिवारको एउटा मानिससँग सन्धि गर्यो। नबूकदनेस्सरले त्यस मानिसलाई शपथ गर्नका निम्ति वाध्य पार्यो। यस प्रकार त्यस नबूकदनेस्सरले मानिसलाई राजभक्त राख्ने शपथ गर्यो। नबूकदनेस्सरले यो मानिसलाई यहूदाको नयाँ राजा बनायो। त्यसपछि उसले सबै शक्तिशाली मानिसलाई यहूदाबाट बाहिर निकाल्यो। 14 यस प्रकार यहूदा एक दुर्बल राज्य बनियो, जुन राजा नबूकदनेस्सरको विरूद्ध उठ्न सक्तैनथ्यो। यहूदाको नयाँ राजासँग नबूकदनेस्सरले जुन संधि गरेको थियो त्यो पालन गर्नका निम्ति त्यो मानिस बाध्य भयो। 15 तर यो नयाँ राजाले कुनै न कुनै प्रकारले नबूकदनेस्सरको विरूद्ध विद्रोह गर्ने प्रयत्न गर्यो। उसले सहायताको लागि मिश्रमा राजदूतहरू पठायो। नयाँ राजाले धेरै घोडा अनि सैनिक मागे। यस्तो दशामा के तिमी सम्झन्छौ कि यहूदाको राजा सफल हुन्छ? के तिमी सम्झन्छौ कि नयाँ राजासँग प्रयाप्त शक्ति हुन्छ अनि उसले करार भङ्ग गरी दण्डबाट बाँच्न सक्छ?”

16 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म आफ्नो जीवनको शपथ खाएर वचन दिन्छु कि यो नयाँ राजा बाबेलमा मर्नेछ। नबूकदनेस्सरले त्यो मानिसलाई यहूदाको नयाँ राजा बनायो। तर त्यो मानिसले नबूकदनेस्सरसँग भएको शपथ तोड्यो। यो नयाँ राजाले त्यो सन्धि तोड्यो। 17 मिश्रको राजा यहूदाको राजाको रक्षा गर्नमा समर्थ हुँदैन। उसले धेरै संख्यामा सैनिक पठाउँन सक्छ, तर मिश्रको महान शक्तिले यहूदाको रक्षा गर्न सक्तैन। नबूकदनेस्सरको सेनाहरूले शहरमा अधिकार गर्नका निम्ति कच्चा बाटो अनि माटोको पर्खाल बनाउँछन्। धेरै संख्यामा मानिसहरू मर्नेछन्। 18 तर यहूदाको राजा बाँचेर निक्लन सक्तैन। किनकि उसले आफ्नो सन्धिको उपेक्षा गर्यो। उसले नबूकदनेस्सरलाई दिएको शपथ भङ्ग गर्यो।” 19 परमप्रभु मेरो मालिकले यो प्रतिज्ञा गर्नुभयो “म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म यहूदाको राजालाई दण्ड दिन्छु। किनकि उसले मेरो चेताउनीहरूको उपेक्षा गर्यो। उसले हाम्रो करार भङ्ग गर्यो। 20 म आफ्नो जाल फैलाउँछु अनि ऊ त्यसमा फँस्नेछ। म उसलाई बाबेलमा ल्याउँछु अनि हाम्रो मामला त्यहीं फैसला हुनेछ, किनभने उसले मलाई धोका दियो। 21 म उसको सेनाहरू नष्ट पारिदिन्छु। म उसको सर्वश्रेष्ट सैनिकहरू नष्ट पारिदिन्छु अनि बाँचेका मानिसहरूलाई हावामा उडाइदिन्छु। तब तिमीले जान्नेछौ कि म नै परमप्रभु हुँ अनि मैले यो कुराहरू तिमीसित गरें।”

22 परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो:

“म लामो देवदार वृक्षको एउटा हाँगा लिन्छु।
    म बृक्षको टुप्पाको एउटा सानो हाँगा लिन्छु।
    अनि म स्वंय त्यसलाई अग्लो पर्वतमा रोप्छु।
23 म स्वंयले यसलाई इस्राएलको अग्लो पर्वतमा रोप्नेछु।
    यो हाँगा एउटा सुन्दर रूखमा परिणत हुनेछ।
यसको हाँगा निक्लन्छ अनि यसले फल दिन्छ,
देवदारको रूखमा परिणत हुन्छ।
    अनि यसका हाँगामा सबै प्रकारका चराहरूले गुँड बनाउँनेछन्।

24 “तब अर्को वृक्षले थाहा पाउँछ कि
    म अग्लो रूखलाई भूईंमा लडाई दिन्छु
    अनि म सानो रूखलाई बढाउँछु।
त्यसलाई लामो बनाउँछु म हरियो रूखलाई सुकाई दिन्छु।
    म सुकेको रूखलाई हरियो बनाई दिन्छु
म परमप्रभु हुँ।
    यदि मैले गर्छु भने पछि त्यो निश्चय गर्नेछु।”

18 परमप्रभुको वचन मकहाँ आयो, “तिमीहरूले इस्राएलको भूमिमा बस्ने मानिसहरूको विषयमा यो उखान दोहर्याइरहेका छौ। तिमी भन्छौ:

‘आमा-बाबुहरूले अमिलो अङ्गुर खाए,
    तर नानीहरूले अमिलो स्वाद पाए।’”

तर परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि इस्राएलका मानिस अब भविष्यमा यो उखानलाई कहिल्यै साँच्चो सम्झँदैनन्! म सबै मनिसहरूलाई एउटै व्यवहार गर्छु। यो महत्वपूर्ण हुँदैन कि त्यो आमा-बाबु होस् अथवा सन्तान। जसले पाप गर्छन् ती मानिसहरू मर्नेछन्!

“यदि कोही मानिस राम्रो हुन चाहन्छ भने उसलाई जुन न्याय र सही छ त्यो गर्न देऊ। त्यो धर्मी मानिस पहाडमाथि जाँदैन अनि असत्य देवताहरूलाई चढाएको खानाबाट कुनै भाग पनि बाँढ्दैन। त्यो इस्राएलको नराम्रो देवताहरूको मूर्तिहरूको स्तुति गर्दैन। उसले आफ्नो छिमेकीको पत्नीसँग व्यभिचारको पाप गर्दैन्। उसले आफ्नो पत्नीसँग उसको रजस्वलाको समयमा शारीरिक सम्बन्ध राख्दैन। असल मानिसले मानिसहरूबाट लाभ उठाउँदैन्। यदि कसैले उदेखि ऋण लिन्छ भने उसले बन्धक राखेर ऋण दिन्छ र ऋणी मानिसले ऋण चुक्ता गर्दा बन्धकी फकाई दिन्छ। राम्रो मानिसले भोको मानिसहरूलाई खाना दिन्छ अनि नाङ्गो मानिसहरूलाई लुगा दिन्छ। यदि कसैले ऋण लिनु चाह्यो भने राम्रो मानिसले उसलाई ऋण दिन्छ, उसले त्यो ऋणको ब्याज लिंदैन। राम्रो मानिस कुटिल हुनु सक्तैन। ऊ प्रत्येक मानिससँग राम्रो व्यवहार गर्छ, उसलाई मानिसहरूले विश्वास गर्छन्। ऊ मेरो विधिहरूको पालन गर्छ। उसले मेरो निर्णयहरू सम्झन्छ अनि राम्रो एवं विश्वासनीय हुन सिक्छ। किनकि ऊ राम्रो मानिस हो, यसकारण ऊ जीवित रहन्छ।

10 “तर त्यस मानिसको कुनै छोरा यस्तो हुन सक्छ, जो ती राम्रो कामहरूमध्ये कुनै पनि गर्दैन। त्यसले चीजहरू चोर्न सक्छ तथा मानिसहरूको हत्या गर्न सक्छ। 11 छोरोले यी नराम्रो कामहरूमध्ये कुनै पनि काम गर्न सक्छ। ऊ पहाडहरूमा जान सक्छ अनि झूटो देवताहरूलाई चढाएको भोजनबाट हिस्सा बाँड्न सक्छ। त्यो पापी छोरोले आफ्नो छिमेकोको पत्नीसँग व्यभिचार कर्म गर्न सक्छ। 12 उसले गरीब र असहाय मानिससँग नराम्रो व्यवहार गर्न सक्छ। उसले मानिससँग अनुचित लाभ उठाउन सक्छ। उसले बन्धक राखेको बस्तु ऋण चुक्ता भइसक्दा पनि नफर्काउन सक्छ। त्यो पापी छोरोले नराम्रो मूर्तिहरूसित प्रार्थना गर्न सक्छ अथवा अर्को डरलाग्दो पाप पनि गर्न सक्छ। 13 कुनै मानिसलाई त्यो पापी छोरोबाट ऋण लिने आश्यकता पर्न सक्छ, तर ऊ त्यो मानिसलाई ऋणको ब्याज तिर्नु बाध्य पार्छ। यसकारण त्यो पापी छोरो जीवित रहँदैन। उसले भयङ्कर पाप गर्यो। यसकारण त्यो मारिन सक्छ अनि आफ्नो मृत्युको निम्ति स्वंय उत्तरदायी हुन्छ।

14 “सम्भवत त्यो पापी छोरोको पनि एउटा छोरा हुनुसक्छ। तर यो छोरोले आफ्नो बाबुद्वारा गरिएको पाप कर्महरू देख्न सक्छ अनि ऊ आफ्नो बाबु जस्तै हुन मान्दैन। राम्रो मानिसले मानिसहरूसित राम्रो व्यवहार गर्छ। 15 त्यो मानिस पहाडहरूमा जाँदैन्, झूटो देवताहरूलाई चढाएको खानामा भाग लिँदैन। त्यसले इस्राएलको झूटो मूर्तिहरू सित प्रार्थना गर्दैन। ऊ आफ्नो छिमेकीको पत्नीसँग व्यभिचारी पाप गर्दैन्। 16 त्यो राम्रो छोराले मानिसहरूबाट अनुचित लाभ उठाउँदैन्। यदि कुनै मानिसले उसबाट ऋण लियो भने त्यो राम्रो मानिसले चीज बन्धक राख्छ अनि त्यस मानिसलाई ऋण दिन्छ अनि जब त्यो मानिसले ऋण भुक्तान गर्छ त्यतिबेला त्यो राम्रो मानिसले बन्धक राखेको चीज फर्काउँछ। राम्रो मानिसले भोकाएकोलाई भोजन दिन्छ अनि तिनीहरूलाई वस्त्र पनि दिन्छ जसलाई त्यसको आवश्यकता छ। 17 उसले गरीबलाई सहायता गर्छा यदि कुनै मानिस ऋण लिन चाहन्छ भने त्यो राम्रो छोरोले ऋण दिन्छ अनि उसले त्यसको ब्याज लिँदैन। राम्रो छोराले मेरो नियमहरू पालन गर्छ अनि मेरो नियमहरू अनुसार चल्छ। त्यो राम्रो छोरा आफ्नो आमा बाबुको पापले मर्दैन। त्यो राम्रो छोरा बाँचिरहन्छ। 18 उसको बाबुले मानिसहरूबाट फाइदा उठाउन सक्छ अनि तिनीहरूहबाट चीजहरू पनि चोर्न सक्छ। उसले केही राम्रो काम गर्न सक्तैन्। किनभने त्यो बाबु आफ्नो पापहरूले गर्दा मर्छ। तर छोरोलाई उसको बाबुको पापको निम्ति दण्ड दिनु हुदैन।

19 “तिमी सोध्न सक्छौ, ‘छोराले बाबुको पापहरूका निम्ति किन दण्डदायी हुँदैन?’ यसको कारण यो हो कि छोरा राम्रो छ अनि उसले राम्रो काम गरेकोछ! उसले एकदमै सावधानीसँग मेरो नियमहरू पालन गरेको छ। यसकारण ऊ बाँचिरहन्छ। 20 जुन मानिसले पाप गर्छ, त्यही मानिस मारिन्छ। एउटा छोरो आफ्नो बाबुको पापले दण्डित हुँदैन। अनि अर्को बाबु आफ्नो छोरोको पापको लागि दण्ड पाउँदैन। एउटा धर्मी मानिसको धार्मिकता केवल उसको निजी हुन्छ अनि नराम्रो गरेको फल पनि उसकै मात्र हुन्छ।

21 “यस्तो स्थितिमा यदि कुनै नराम्रो मानिसले आफ्नो जीवन क्रम परिर्वतन गर्छ भने त्यो बाँच्नेछ। पाप कर्म छोडे पछि त्यो मानिस मर्दैन। त्यसले धेरै सावधानीसँग मेरो विधिहरू पालन गर्न आरम्भ गर्ने गर्छ। ऊ न्यायशील अनि राम्रो हुन सक्छ। 22 परमेश्वरले उसले गरेको सबै पापहरू याद राख्नु हुँदैन। परमेश्वरले केवल उसको धार्मिकता मात्र याद राख्नु हुन्छ, यसकारण त्यो मानिस जीवित रहन्छ।”

23 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म नराम्रो मानिसहरू मर्न दिन चहाँदिन। म तिनीहरू आफ्नो जीवनको दुष्ट चालबाट फर्केको चाहन्छु ताकि तिनीहरू बाँच्न सकुन्।

24 “यस्तो पनि हुन सक्छ कि राम्रो मानिस राम्रो रहन छोड्न सक्छ। ऊ आफ्नो जीवन बद्लिन सक्छ अनि त्यो डरलाग्दा पापहरू गर्न आरम्भ गर्न सक्छ जुन नराम्रा मानिसहरूले भूतकालमा गरे। यसकारण त्यो राम्रो मानिस बदलिएर नराम्रो बनियो भने परमेश्वरले त्यस मानिसले गरेको राम्रो कामहरू याद राख्नुहुन्न। परमेश्वरले यही याद राख्नुहुनेछ कि त्यो मानिस उसको विरूद्ध गयो अनि उसले पाप गर्न थाल्यो। यसैकारण त्यो मानिस आफ्नो पापको कारण मर्नेछ।”

25 परमेश्वरले भन्नुभयो, “तिमीले भन्न सक्छौ कि ‘परमेश्वर हाम्रो मालिक न्यायपूर्ण हुनुहुन्न।’ तर हे इस्राएलका परिवारहरू सुन! मेरो मार्गहरू अन्याय सँगत छैन। तिमीहरूकै मार्गहरू अन्याय सँगत छन्। 26 यदि एउटा धर्मी मानिस बद्लिन्छ अनि पापी बनिन्छ भने उसले आफूले गरेको नराम्रो कामको कारण मर्नु पर्छ। 27 यदि कुनै पापी बद्लिन्छ अनि राम्रो तथा न्याय-प्रिय बनिन्छ भने उसले आफ्नो प्राण बँचायो! उ जीवित बाँच्छ! 28 त्यो मानिसले देख्यो कि ऊ कति नराम्रो थियो अनि मकहाँ आयो। उसले ती नराम्रो पापहरू गर्न छोडिदियो जुन उसले भूतकालमा गरेको थियो यसकारण ऊ बाँच्नेछ। ऊ मर्नेछैन!”

29 इस्राएलका मानिसहरूले भने, “परमप्रभु हाम्रा मालिक न्यायपूर्ण हुनुहुन्न।”

परमेश्वरले भन्नुभयो, “मेरा मार्गहरू अन्यायी छैनन्। यो त तिमीहरूका मार्गहरू हुन जुन न्याय सङ्गत छैनन्। 30 किनकि इस्राएलको परिवारलाई, म प्रत्येक मानिससँग त्यही प्रकारले न्याय गर्नेछु जस्तो त्यो मानिसले कर्म गर्ने छ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो “यसकारण मसित आऊ! पाप गर्न छोड! ती डरलाग्दा चीजहरूले (मूर्ति) तिमीलाई पाप गर्नु नलाओस्। 31 ती सबै डरलाग्दा चीजहरू जुन तिमीले बनायौ, फ्याँकि देऊ, तिनीहरूले तिमीलाई खाली पाप गराउँछ। आफ्नो हृदय र आत्मा बद्लिगर! इस्राएलका मानिसहरू, तिमी आफूलाई किन मर्न दिन चाहन्छौ? 32 म तिमीलाई मार्न चाहँदिन। दया गरि फर्केर आऊ अनि बाँच!” यो सबै कुरा परमप्रभु मेरो मालिकले भन्नुभयो।

19 परमेश्वरले मलाई भन्नुभयो, “तिमीले इस्राएलको नेताहरूको विषयमा दु:खको गीत गाउनु पर्छ:

“‘कस्तो सिंहिनी तिम्री आमा?
    ऊ सिंहहरू बीच एउटा सिंहिनी थिई।
ऊ जवानसिंहहरूको बीच ढल्केर बस्थी
    अनि आफ्नो डमरूहरूलाई हुर्काउने गर्थी।
ती डमरूहरूमध्ये एउटालाई त्यसले हुर्काई।
    त्यो एउटा शक्तिशाली बलियो सिंह बनियो।
त्यसले शिकार गर्न सिक्यो।
    त्यसले एउटा मानिसलाई मार्यो अनि खायो।

“‘जाति-जातिहरूले त्यसले गर्जेको सुने
    अनि तिनीहरूले त्सलाई आफ्नो जालमा फँसाए।
तिनीहरूले त्यसको मुखमा बल्छी लगाए
    अनि जवान सिंहलाई मिश्र देशमा लिएर आए।

“‘आमा सिंहिनीलाई आशा थियो कि त्यो डमरू प्रमुख बन्नेछ।
    तर अहिले तिनका सबै आशा हराए।
यसकारण आफ्नो डमरूहरू मध्ये उसले अर्को एउटा लिई।
    त्यसलाई उसले एउटा सिंह हुने प्रशिक्षण दिई।
त्यो जवान सिंहहरूसँग शिकार गर्न गयो।
    त्यो जवान सिंह एउटा बलवान सिंह भयो।
उसले आफ्नो शिकार पक्रन सिक्यो।
    उसले एउटा मानिस मार्यो अनि त्यसलाई खायो।
उसले महलहरूमा आक्रमण गर्यो, उसले शहरहरू नष्ट पार्यो।
    त्यो देशको प्रत्येक मानिस त्यति बेला साह्रै डराउँथे,
    जतिबेला त्यसको गर्जन सुन्थे।
त्यसपछि उसको चारैतिर भएका राष्ट्रहरूले जाल फिँजाए
    अनि तिनीहरूले त्यलाई खाल्डामा पारे।
तिनीहरूले त्यसलाई खोरमा हाले अनि बन्द गरिदिए।
    तिनीहरूले त्यसलाई आफ्नो जालमा बन्द गरे
    यसप्रकारले तिनीहरूले त्यसलाई बाबेलको राजाकहाँ लिएर गए।
अब त्यसको गर्जन तिमीहरूले,
    इस्राएलको पर्वतमा सुन्नेछैनौ।

10 “‘तिम्री आमा पानीको छेउको
    दाखको बोट जस्तै थिई।
त्योसँग प्रशस्त पानी थियो।
    यसकारण त्यसले फल लाग्ने हाँगाहरू उत्पन्न गरी।
11 त्यसपछि उसले एउटा ठूलो हाँगा उत्पन्न गर्यो,
    त्यो हाँगा टेक्ने लौरो जस्तो थियो।
    त्यो हाँगा राजाको राजदण्ड जस्तो थियो।
बोट अग्लो अनि अग्लो हुँदै गयो।
    यसको धेरै हाँगाहरू थिए अनि त्यसले बादलहरू छुन थाल्यो।
12 तर बोटलाई जरैसँग उखेलिदियो,
    अनि त्यसलाई जमीनमा फ्याँकि दियो।
गरम पूर्वीय बतास चल्न थाल्यो अनि त्यसको फलहरू सुकाई दियो,
    शक्तिशाली हाँगाहरू भाँचिए अनि त्यसलाई आगोमा फ्याँकि दियो।

13 “‘तर त्यो दाखको बोट अब मरुभूमिमा रोपियो,
    यो एकदमै सुक्खा र पानी नभएको ठाउँ थियो।
14 विशाल हाँगामा आगो फैलियो,
    आगोले त्यसको हाँगाहरू र फलहरू भस्म पारयो।
यसकारण, कुनै हाँगाको शक्तिशाली लौरो रहेन।
    कुनै राजाको राजदण्ड थिएन।’

यो मृत्युको बारेमा दु:खको गीत थियो अनि यो मृत्युको बारेमा दु:खको गीतको रूपमा गाइयो।”

20 एकदिन परमप्रभुलाई एउटा प्रश्न गर्न इस्राएलका बूढा-प्रधानहरू मध्ये कतिजना मकहाँ आए। यो पाँचौं महीनाको दशौं दिन अनि देशबाट निकालिएको सातौं बर्ष थियो। बूढा-प्रधानहरू मेरो अघि बसेका थिए।

त्यसपछि परमप्रभुको वचन मकहाँ आयो, उहाँले भन्नुभयो, “हे मानिसको छोरो, इस्राएलका बूढा- प्रधानहरूसँग कुरा गर। तिनीहरूलाई भन, ‘परमप्रभु मेरो मालिकले, यो कुरा बताउनु हुन्छ के तिमीहरू मेरो सल्लाह माग्न आएका हौ? यदि तिमीहरू आएका हौ भने म तिमीलाई यो दिँदिन। परमप्रभु मेरा मालिकले यो कुराहरू भन्नुभयो।’ हे मानिसहरूको छोरो! के तँ तिनीहरूको न्याय गर्नेछस्? के तँ तिनीहरूको न्याय गर्नेछस्? तिमीले तिनीहरूलाई ती डरलाग्दा पापहरूको विषयमा बताउनु पर्छ जुन तिनीहरूका पिता-पुर्खाहरूले गरेका थिए। तिमीले तिनीहरूलाई भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ जुन दिन मैले इस्राएललाई छाने, मैले आफ्नो हात याकूबको परिवारको विरूद्ध उठाएँ अनि मैले तिनीहरूलाई मिश्रमा भाकल गरें। मैले आफ्नो हात उठाएँ अनि भनें, “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।” त्यसदिन मैले तिमीलाई मिश्रबाट बाहिर ल्याउँने प्रतिज्ञा गरेको थिएँ अनि मैले तिमीलाई त्यस प्रदेशमा ल्याँए जुन मैले तिमीलाई दिँदै थिएँ। त्यो एउटा राम्रो देश थियो जुन धेरै राम्रो चीजहरूले भरिएको थियो। यो सबै देशहरू मध्ये ज्यादै राम्रो थियो।

“‘मैले इस्राएलको परिवारसित तिनीहरूको डरलाग्दा मूर्तिहरू फ्याँकि दिनु भनें। मैले त्यो मिश्रको नराम्रो प्रतिमाहरूसित तिनीहरूलाई नराम्रो नहुनको लागि भनें। “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।” तर तिनीहरू मेरो विरूद्ध भए अनि मेरो एक शब्द पनि सुनेनन्। तिनीहरूले आफ्नो डरलाग्दा मूर्तिहरू फ्याँकेनन्। उनीहरूले आफ्नो नराम्रो मूर्तिहरू मिश्रमा छोडेनन्। यसकारण मैले तिनीहरूलाई मिश्रमा नष्ट गर्ने निर्णय गरें अर्थात् आफ्नो क्रोधको पूरै शक्तिको अनुभव गर्न खोजें। तर मैले तिनीहरूलाई नष्ट गरिनँ। मैले मानिसहरूलाई पहिला नै भनिसकेको थिएँ कि म आफ्नो मानिसहरूलाई भित्रबाट बाहिर लिएर जान्छु। म आफ्नो राम्रो नाम बद्नाम गर्न चाहँदिन। यसकारण मैले तिनीहरूको सामु इस्राएलीहरूलाई नष्ट गरिनँ। 10 मैले इस्राएलको परिवारलाई मिश्रबाट बाहिर ल्याएँ। मैले तिनीहरूलाई मरुभूमिमा लिएर गएँ। 11 त्यसपछि मैले तिनीहरूलाई आफ्नो नियम दिएँ। मैले उनीहरूलाई सारा नियमहरू बताएँ। यदि कोही मानिसले यो नियमहरू पालन गर्यो भने ऊ बाँच्नेछ। 12 मैले प्रत्येक सात दिने दिनहरूको विश्राम विषयमा तिनीहरूलाई बताएँ। मेलै तिनीहरूलाई मेरो पवित्र दिन तिनीहरू अनि मेरो बीचको एक विशेष संकेत जस्तै दिएँ। म परमेश्वर हुँ अनि मैले तिनीहरूलाई आफ्नो बिशेष मानिसहरू बनाँउदै छु भनी तिनीहरूलाई बताई दिएँ।

13 “‘तर इस्राएलको परिवार मरुभूमिमा मेरो विरूद्धमा उठ्यो। तिनीहरूले मेरो नियमहरू अनुशरण गरेनन्। तिनीहरूले मेरो विधिहरू पालन गर्न अस्वीकार गरे। मानिसहरू जसले यी विधिहरू पालन गर्छन ती जीवित रहनेछन्। तर तिनीहरूले मेरो विशेष विश्रामका दिनहरू यस्तो व्यवहार गरे मानौं यसको केही तात्पर्य नै छैन। मैले मरुभूमिमा तिनीहरूलाई नष्ट गर्ने निर्णय गरें। आफ्नो क्रोधको पूरै शक्तिको अनुभव तिनीहरूलाई गराउन खोजें। 14 तर मैले तिनीहरूलाई नष्ट गरिनँ। अन्य राष्ट्रले मलाई इस्राएललाई मिश्रबाट बाहिर ल्याउँदै गरेको देख्यो। म आफ्नो राम्रो नाम समाप्त गर्न चाहँदिन। यसकारण मैले ती राष्ट्रहरूको सामने इस्राएललाई नष्ट गरिनँ। 15 मैले मरुभूमिमा ती मानिसहरूसित एउटा शपथ ग्रहण गरें। मैले शपथ खाएँ कि मैले तिनीहरूलाई त्यस प्रदेशमा ल्याउँदिन। जुन म उनलाई दिंदैछु। त्यो धेरै चीजहरूले भरिएको छ। एउटा राम्रो प्रदेश थियो। यो सबै देश भन्दा ज्यादा सुन्दर थियो।

16 “‘मैले त्यसो गरें कारण इस्राएलका मानिसहरूले मेरा नियमहरू पालन गर्नु इन्कार गरे! तिनीहरूले मेरो विधि-विधानहरूको अनुशरण गरेनन्। तिनीहरूले मेरो विश्राम दिनहरूमा यस्तो गरे मानौं तिनीहरूलाई कुनै महत्व थिएन। तिनीहरूले यो सबै काम गरे यसकारण किनभने तिनीहरूको हृदय तिनीहरूको मूर्तिहरूलाई सर्मपण गरेका थिए। 17 तर मलाई तिनीहरू प्रति दया जाग्यो, यसकारण मैले तिनीहरूलाई नष्ट गरिन्। 18 मैले तिनीहरूको नानीहरूसँग कुरा गरें, “मैले तिनीहरूलाई भनें, आफ्नो आमा-बाबु जस्तो नहुनु। तिनीहरूको नराम्रो मूर्तिहरूबाट आफूलाई नराम्रो नबनाऊ। तिनीहरूको नियमको अनुशरण नगर। तिनीहरूको आदेशहरू पालन नगर। 19 म परमप्रभु हुँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मेरो विधिहरू पालन गर। मेरो विधिहरू मान। त्यो काम गर जुन म गर भन्छु। 20 यो प्रर्दशित गर कि मेरो विश्रामको दिन तिम्रो निम्ति महत्वपूर्ण छ। याद राख कि तिनीहरू तिम्रो र हाम्रो बीच विशेष प्रतीक होस्। म परमप्रभु हुँ अनि यो पवित्र दिनले यो संकेत गर्छ कि म तिमीहरूका परमेश्वर हुँ।”

21 “‘तर ती नानीहरू मेरो विरूद्ध भए। तिनीहरूले मेरा व्यवस्थाहरू पालन गरेनन्। तिनीहरूले मेरो आदेशहरू मानेनन्। तिनीहरूले त्यो काम गरेनन् जुन मैले भनें, त्यो राम्रो नियम थियो। यदि कसैले उहाँको नियम पालन गर्छ त्यो जीवित रहन्छ। तिनीहरूले मेरो विश्रामको विशेष दिनहरूमा यस्तो काम गरे मानौ तिनीहरूले त्यसको महत्व राख्दैन्। यसकारण मैले तिनीहरूलाई मरुभूमि पूर्ण रूपमा नष्ट गर्ने निश्चय गरें जसबाट तिनीहरूले मेरो क्रोधको पुरै शक्ति अनुभव गर्न सकुन्। 22 तर मैले आफैंलाई रोकें। अन्य राष्ट्रहरूले मलाई इस्राएललाई मिश्रबाट बाहिर ल्याउँदै गरेको देखे। जसबाट मेरो नाम अपवित्र नहोस्। यसकारण मैले ती अन्य देशहरूको सामुन्ने इस्राएललाई नष्ट गरिनँ। 23 यसकारण मैले मरुभूमिमा तिनीहरूलाई अझै एउटा वचन दिएँ। मैले तिनीहरूलाई विभिन्न राष्ट्रहरूमा तितर-बितर हुने अनि दोस्रो अनेकौं देशहरूमा पठाउने प्रतिज्ञा गरें।

24 “‘इस्राएलका मानिसहरूले मेरो आदेशको पालन गरेनन्। तिनीहरूले मेरो नियमहरू पालन गर्न अस्वीकार गरे। तिनीहरूले मेरो विश्रामको विशेष दिनहरूमा यस्तो गरे मानौ तिनीहरू त्यसको महत्व राख्दैनन्। तिनीहरूले आफ्नो पिता-पुर्खाहरूको अपवित्र मूर्तिहरूको पूजा गरे। 25 यसकारण मैले तिनीहरूलाई त्यो नियम दिए, जुन राम्रो थिएन। मैले तिनीहरूलाई त्यो आदेश दिए जसद्वारा तिनीहरूले जीवन प्राप्त गर्नु सक्ने थिएनन्। 26 मैले तिनीहरूले आफ्नो भेटीद्वारा आफैंलाई अपवित्र बनाउँन दिएँ। तिनीहरूले आफ्नो प्रथम सन्तान सम्म बलि चढाउँन थाले। यस्तो प्रकारले मैले तिनीहरूलाई नष्ट गर्न चाहें। त्यसपछि तिनीहरूले थाहा पाए म नै परमप्रभु हुँ।’ 27 यसकारण हे मानिसको छोरो! अब इस्राएलको परिवारलाई भन, ‘तिनीहरूसँग परमप्रभु मेरो मालिकले यो कुराहरू भन्नु हुन्छ इस्राएलका मानिसहरूले मेरो विरूद्ध अपवित्र कुराहरू भने अनि मेरो विरूद्ध नराम्रो योजनाहरू बनाए। 28 तर यस्तो हुँदा हुँदै पनि मैले तिनीहरूलाई त्यो देशमा ल्याएँ जुन मैले तिनीहरूलाई दिन्छु भनि प्रतिज्ञा गरेको थिएँ। तिनीहरूले ती पहाडहरू अनि हरियो वृक्षहरूलाई देखे यसकारण तिनीहरूलाई त्यो सबै स्थानहरूमा पूजा गर्न गए। तिनीहरूले आफ्नो बलिदान अनि क्रोध भेटी[a] ती सबै स्थानहरूमा चढाए। तिनीहरूले आफ्नो त्यो बलिदान चढाए जुन मधुर सुगन्धवाला थियो अनि तिनीहरूले आफ्नो पेय भेटी पनि ती स्थानमा चढाए। 29 मैले इस्राएलको मानिसहरूलाई सोधें, तिनीहरू त्यो उच्च-स्थानमा किन गई रहेछन्। यसरी आज सम्म पनि त्यसलाई अल्गो ठाउँ भनिन्छ।’”[b]

30 परमेश्वरले भन्नुभयो, “इस्राएलका मानिसहरूले त्यो सबै अपवित्र कामहरू गरे। यसकारण इस्राएलका मानिसहरूसित कुरा गर। तिनीहरूलाई भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ तिमीहरूले त्यो कामहरू गरेर आफैंलाई अपवित्र बनायौ जुन तिम्रो पिता-पुर्खाहरूले गरेका थिए। तिमीले एउटी वेश्याको जस्तो काम गर्यौं। तिमी ती डरलाग्दा देवताहरूसित मलाई छोडेर गयौ जसको पूजा तिमीहरूका पिता-पुर्खाहरूले गर्थे। 31 तिमीले त्यसरी नै उपहारहरू चढाइरहेछौ। तिमीले आफ्नो नानीहरूलाई आगोमा (असत्य देवताहरूको उपहार स्वरूप) हालिरहेकाछौ। तिमीले आफूलाई आज पनि अपवित्र मूर्तिहरूद्वारा अपवित्र बनाइरहेकाछौ। के तिमी साँच्चै सोच्छौ कि म तिमीलाई मकहाँ आएर आफ्नो सल्लाह माग्न दिन्छु? म परमप्रभु अनि मालिक हुँ। म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म तिम्रो प्रश्नको उत्तर दिँदिन अनि तिमीलाई सल्लाह पनि दिँदिन। 32 तिमी भन्छौ तिमी अन्य देशहरू जस्तै हुने इच्छा गर्छो। तिमी त्यो राष्ट्रको मानिसहरू जस्तै बस्ने इच्छा गर्छौ। तिनीहरू जस्तै काठ अनि ढुङ्गाको पूजा गर्छौ। तिमीले आफ्नो लागि जो सोच्छौ त्यो कदापि हुँदैन।’”

33 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म तिमीहरूमाथि राजाले जस्तै शासन गर्छु। म आफ्नो शक्तिशाली हातहरू उठाउँछु अनि तिमीहरूलाई दण्ड दिन्छु। म तिमीहरू विरूद्ध आफ्नो क्रोध प्रकट गर्छु! 34 म तिमीहरूलाई ती अन्य राष्ट्रहरूबाट निकाल्नेछु। जहाँ तिमीहरूले अरू राष्ट्रका मानिसहरूको माझ छरिएर बसेकाछौ म तिमीहरूलाई बटुल्नेछु। म मेरो शक्तिशाली हात उठाएर यसो गर्नेछु अनि तिमीहरूलाई दण्ड दिनेछु। म मेरो क्रोध तिमीहरूका विरूद्ध खन्याउनेछु। 35 म तिमीलाई मरुभूमिमा लिएर जान्छु, जहाँ अन्य राष्ट्रका मानिहरू बस्छन्। हामी आमने सामने खडा हुनेछौ अनि हाम्रो मुद्दा निर्णय गरिनेछ। 36 म तिमीसँग त्यस्तै न्याय गर्नेछु जस्तो मैले तिम्रो पिता-पुर्खाहरूसित मिश्रको मरुभूमिमा गरेको थिएँ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।

37 “म तिमीलाई मेरो टाँगमुनी छिर्न लगाउनेछु अनि मसित रहेको करार मान्न बाध्य गराउँछु। 38 म जो मेरो विरूद्धमा खडा हुन्छ अनि जसले मेरो विरूद्ध पाप गरेको छ तिनीहरू सबैलाई टाढा पठाउँनेछु। म तिनीहरू सबैलाई तिमीहरूको जन्म-भूमिबाट टाढा पठाउँनेछ। तिनीहरू इस्राएल भूमिमा फेरि कहिल्यै फर्केर आउँने छैनन्। तब तिमीले जान्ने छौ म नै परमप्रभु हुँ।”

39 हे इस्राएलका परिवार! अब सुन, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “यदि कुनै मानिसले तिमीहरूको अपवित्र मूर्तिहरूको पूजा गर्ने इच्छा गर्यो भने, त्यसलाई जान देऊ अनि पूजा गर्न देऊ। तर पछि त्यसले नसोच्नु कि तिमीले मदेखि कुनै सल्लाह पाउँछु। तिमीले मेरो नाम भविष्यमा अझै ज्यादा अपवित्र पार्न सक्नेछैनौ। त्यस समय होइन, जब तिमी आफ्नो अपवित्र मूर्तिलाई भेटी दिन जारी राख्छौ।”

40 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “मानिसहरू मेरो पवित्र पर्वत-इस्राएलको अग्लो पर्वतमा मेरो सेवाको निम्ति आउनुपर्छ। इस्राएलको पुरै परिवार आफ्नो भूमिमा हुनेछन्, त्यहाँ तिनीहरूको देश हुनेछ। त्यो त्यही ठाउँ हो जहाँ तिमीहरू मलाई सल्लाह माग्नु आउनु सक्छौ अनि मलाई भेटी चढाउनु तिमीहरू त्यस स्थानमा आउँनु पर्छ। तिमीहरूले आफ्नो फसलको पहिलो भाग त्यो स्थानमा ल्याउनु पर्छ। तिमीहरूले आफ्नो सबै पवित्र भेटी त्यहीं ल्याउनु पर्छ। 41 तब तिमीहरूको सुगन्धित बलिदानहरूमा म प्रसन्न हुनेछु। यो सबै त्यस बेला हुनेछ जब म तिमीलाई फर्काई ल्याउँनेछु। मैले तिमीहरूलाई विभिन्न राष्ट्रहरूमा छरपष्ट पारें। तर म तिमीहरूलाई फेरि एकै ठाँउमा भेला गर्छु अनि फेरि तिमीहरूलाई आफ्नो विशेष मानिसहरू बनाउँनेछु अनि सबै राष्ट्रले यो देख्नेछन्। 42 तब तिमीले बुझ्छौ म नै परमप्रभु हुँ यो तिमीहरूले त्यस बेला थाहा पाउँछौ जब म तिमीहरूलाई इस्राएलमा लिएर आउँछु। यो त्यही देश हो जुन मैले तिमीहरूको पिता-पुर्खाहरूलाई दिने वचन दिएको थिएँ। 43 त्यो देशमा तिमीहरूले ती अशुद्ध पापहरू याद गर्नेछौ। जसले तिमीहरूलाई दोषी बनायो अनि तिमीहरू लज्जित भयौ। 44 हे इस्राएलको परिवार! तिमीहरूले धेरै दुष्ट कामहरू गर्यौ। तिमीहरूलाई त्यो अपवित्र अभ्यासहरूको निम्ति नष्ट गरिनेछ। तर आफ्नो नामको खातिर म तिमीहरूलाई त्यो दण्ड दिनेछैन जसको पात्र तिमीहरू छौ। त्यसपछि तिमीले थाहा पाउनेछौ कि म परमप्रभु हुँ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।

45 तब परमप्रभुको यो वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 46 “हे मानिसको छोरो! ध्यान दिएर दक्षिणपट्टि हेर अनि यहूदाको दक्षिण भाग नेगेव हेर। नेगेवको जङ्गलको[c] विरूद्ध अगमवाणी गर। 47 नेगेव जङ्गललाई भन, ‘परमप्रभुको समाचार सुन। परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नु भयो ध्यान देऊ, म तिम्रो जङ्गलमा आगो लगाउनेछु। आगोले प्रत्येक वृक्ष अनि प्रत्येक सुख्खा वृक्षलाई नाश पार्नेछ। त्यसको दन्केको ज्वाला निभ्नेछैन। दक्षिणबाट उत्तर सम्म सम्पूर्ण देश आगाले जलाइनेछ। 48 त्यसपछि मानिसहरूले थाह पाउनेछन् कि मैले अर्थात परमप्रभुले आगो लगाएको हो। यो आगो निभाउन सक्तैंन।’”

49 त्यसपछि मैले भनें, “हे परमप्रभु मेरो मालिक! यदि मैले यो कुराहरू मानिसहरूलाई भने-भनें उनीहरूले सम्झन्छन् कि मैले कथा सुनाउँदैछु। तिनीहरूले सोच्दैनन् कि यो साँच्चो हुनेछ।”

21 यसकारण परमप्रभुको वचन फेरि मकहाँ आयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो, यरूशलेमपट्टि ध्यान देऊ अनि त्यसको पवित्र स्थानहरूको विरूद्ध केही भन। मेरो निम्ति इस्राएल देशको विरूद्ध केही भन। इस्राएल देशलाई भन, ‘परमप्रभुले यी कुराहरू भन्नुभएको छ म तिमीहरूको विरूद्धमा छु! म आफ्नो तरवार म्यानबाट बाहिर निकाल्छु! तिमीहरूबाट दुवै राम्रो नराम्रो सबै मानिसहरू काटेर हटाउनेछु। म राम्रो अनि नराम्रो दुवै मानिसहरू तिमीहरूबाट काटेर हटाउँछु। म आफ्नो तरवार म्यानबाट बाहिर निकाल्छु अनि दक्षिणबाट उत्तर सम्मका सबै मानिसहरूको विरूद्ध उपयोग गर्छु। तब सबै मानिसहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ अनि तिनीहरूले थाहा पाउँनेछन् कि मैले नै तरवार म्यानबाट बाहिर निकाले। मेरो तरवार फेरि म्यानमा पस्ने छैन जबसम्म यो शेष हुदैन।’”

परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो, दु:खमा परेको मानिसको जस्तो दु:खको आवाज निकाल। मानिसहरूको छेउमा कराऊ। तब तिनीहरूले तिमीलाई सोध्ने छन्, ‘तिमी किन दु:खको आवाज निकालिरहेका छौ?’ त्यस बेला तिमीले भन्नुपर्छ, ‘किनभने कष्टदायक समाचार आउँदै छ। प्रत्येकको हृदय डरले पग्लिने छ। सबै हातहरू कमजोर हुनेछन्। हरेकको आत्मा कमजोर हुनेछ। हरेकको घुँडा पानी जस्तै हुनेछ।’ ध्यान देऊ त्यो नराम्रो समाचार आउँदै छ। यी घटनाहरू घट्नेछन्।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभएको हो।

तरवार तयार छ

परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो, मेरो निम्ति यी कुराहरू गर। यी कुराहरू भन, ‘परमप्रभु मेरो मालिक यी कुराहरू भन्नुहुन्छ:

“‘ध्यान देऊ, एउटा तरवार, एउटा धारिलो तरवार हो,
    अनि तरवारमा सान लगाइएको छ।
10 तरवार ज्यान लिनको निम्ति धारिलो बनाइएको छ।
    बिजुली जस्तै चम्काउनलाई यसमा सान लगाएर टल्काइएको छ।
मेरो छोरा, तिमी त्यो लौरो देखि टाढो भाग्यौ जसले तिमीलाई दण्ड दिन्थ्यो।
    तिमीले त्यो काठको लौरोबाट दण्डित हुन अस्वीकार गर्यौ।
11 यसकारण तरवारलाई टल्काइएको हो।
    अब यो प्रयोग गर्न सकिन्छ।
तरवार धारिलो बनाइएको छ अनि सान लगाइएको छ।
    अब यो मार्नेको हातमा दिइसकेको छ।

12 “‘हे मानिसको छोरो! चिच्याऊ अनि कराऊ। किनकि तरवारको प्रयोग मेरा मानिसहरू अनि इस्राएलको सबै शासकहरूको विरूद्धमा हुन्छ। ती अगुवाहरू मेरो मानिसहरूसितै तरवारद्वारा मारिनेछन्। यसकारण, तिमीले आफ्नो छाती पीट। 13 किनकि यो परीक्षा मात्र होइन तिमीले काठको लौरोद्वारा दण्डदायी हुन अस्वीकार गर्यौ यसकारण त्यसको अतिरिक्त तिमीलाई दण्ड दिनको निम्ति म के प्रयोग गरूँ? हो, तरवार नै’” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।

14 परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरा! ताली बजाऊ अनि मेरो निम्ति मानिसहरूलाई यी कुराहरू भन,

“तरवार दुइ पल्ट आवोस्, या तीन पल्ट!
    यो तरवार मानिसहरू मार्नुका निम्ति हो।
यो तरवार हो, ठूलो नर-संहारका निम्ति!
    यो तरवारले मानिसहरूलाई काट्नेछ!
15 तिनीहरूको हृदय डरले पग्लिनेछ,
    अनि धेरै मानिसहरू लड्नेछन्,
धेरै ज्यादा मानिसहरू आफ्नो नगर-द्वारमा मर्नेछन्।
    तरवार बिजुलि जस्तै चम्कनेछ।
    यो मानिसहरू मार्नको निम्ति सान लगाएर टल्काइएको हो।
16 हे तरवार! धारिलो हो!
    तरवार दाहिनेपट्टि काट
    सीधै छेउमा काट देब्रे पट्टि काट,
जाउ प्रत्येक स्थानमा जहाँ तेरो धारले जानका निम्ति छानेकोछ।

17 “तब म ताली बजाउनेछु,
    अनि म मेरो क्रोध देखाउनु बन्दा गर्नेछु।
म, परमप्रभुले नै भनेको हुँ।”

यरूशलेम सम्मको बाटो छान

18 परमप्रभुको वचन फेरि मकहाँ आयो, 19 “हे मानिसको छोरो! दुइवटा बाटोको नक्शा बनाऊ त्यो बाबेलका राजाले तरवार इस्राएलमा ल्याउन छाने। दुवै बाटोहरू एउटै भूमिमा आउनु पर्छ। एउटा संकेत शहरको शुरूमा लगाउनु पर्छ। 20 जुन बाटो तरवारले प्रयोग गर्छ त्यसलाई देखाउन संकेत प्रयोग गर। एउटा बाटोले रब्बा अम्मोनी शहर अनि अर्को यहूदा यरूशलेमको बलियो शहर तिर लैजान्छ। 21 यसले स्पष्ट पार्छ कि बाबेलको राजाले त्यो बाटोको योजना बनाउँदैछ, जसद्वारा उसले त्यस क्षेत्रमा आक्रमण गर्न सकोस्। बाबेलको राजा त्यो बिन्दु सम्म आइपुगिसकेकोछ जहाँ दुइवटा बाटो छुटिन्छ। बाबेलको राजाले जादूको संकेतको प्रयोग भविष्य जान्नुको निम्ति गरेको हो। उसले केही बाण हल्लायो, उसले परिवारको मूर्तिहरूसँग प्रश्न गर्यो, उसले मारेको जनावरको कलेजो हेर्यो।

22 “संकेतले उसलाई दाहिनेपट्टिको बाटोबाट यरूशलेम पुग्छ भन्ने बताउँदैछ! उसले आफूसँग नष्ट गर्ने हतियार ल्याउने योजना बनाएको छ। उसले आदेश दिनेछ अनि उसको सैनिकले ज्यान मार्न शुरू गर्नेछन्। उसले युद्ध घोषणा गर्छ। त्यस समयमा उसले शहरको चारैतिर माटोको पर्खाल बनाउँनेछ। उसले पर्खाल सम्म पुग्ने एउटा माटोको बाटो बनाउँनेछ। उसले शहरमा आक्रमण गर्नका निम्ति काठको धरहराहरू बनाउँनेछ। 23 इस्राएलका मानिसहरूको निम्ति त्यो जादूको चिन्हको केही अर्थ हुँदैन। तिनीहरूले त्यो वचनको पालन गर्छन जुन तिनीहरूलाई दिइएको छ। तर परमप्रभुले तिनीहरूको पाप याद राख्नु हुनेछ। अनि इस्राएलीहरू कैदी हुनेछन्।”

24 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “तिमीले तिमीहरूको कुकर्महरू स्मरणीय पारेकाछौ। तिम्रो पापहरू पुरै प्रकाशमा आएको छ। तिमीले मलाई तिमी दोषी थियो भन्ने याद गर्न बाध्य गरायौ। यसकारण शत्रुले तिमीलाई आफ्नो हातमा लिनेछ। 25 अनि इस्राएलका दुष्ट शासकहरू! तिमीहरू मारिनेछौ, तिम्रो दण्डको समय आई सक्यो। अब अन्त छेउमा छ!”

26 परमप्रभु मेरो मालिक यो संदेश दिनुहुन्छ, “फेटा उठा। मुकुट उठा! परिवर्तनको समय आइपुग्यो। महत्वपूर्ण चीजहरू तल ल्याइनेछ अनि जो मानिसहरू महत्वपूर्ण छैनन् तिनीहरू महत्वपूर्ण बनिनेछन्। 27 म त्यो शहरहरू पूर्णरूपमा नष्ट पार्नेछु। तर यो त्यस बेला सम्म हुँदैन जब सम्म उपयुक्त मानिस राजा हुँदैन। त्यसपछि म बाबेलको राजालाई शहरमाथि अधिकार गर्नदिन्छु।”

अम्मोनको बिरूद्धमा अगमवाणी

28 परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरो, मेरो निम्ति मानिसहरूलाई भन, ‘परमप्रभु मेरो मालिकले यी कुराहरू अम्मोनका मानिसहरू अनि तिनीहरूको लज्जित देवतासँग भन्नुहुन्छ:

“‘ध्यान देऊ, एउटा तरवार!
    एउटा तरवार म्यानबाट बाहिर छ।
    तरवार टल्काइएको छ!
तरवार मार्नको निम्ति तयार छ!
    बिजुली जस्तो चम्काउनका निम्ति यसलाई टल्काइएको थियो!

29 “‘तिम्रो दर्शन व्यर्थ छ।
    तिम्रो जादूले तिमीलाई सहायता गर्नेछैन।
    यो झूठ्ठो अगमवाणी हो।
अब ती दुष्ट मानिसहरूको घाँटीमा तरवार राखिन्छ।
    तिनीहरू चाँडै मर्नेछन्।
अन्त्यको दिन आइपुगेको छ।
    तिनीहरूको पापको अन्तिम समय आइसकेकोछ।

बाबेलको बिरूद्धमा अगमवाणी

30 “‘अब तिम्रो तरवार (बाबेललाई) म्यानभित्र राख। बाबेल! म तिमीसित न्याय त्यही गर्छु तिमी जहाँ बसेकाछौ। अथवा त्यहीं देश जहाँबाट तिमी उत्पन्न भएका थियौ। 31 म तिम्रो विरूद्ध आफ्नो क्रोध खन्याउँछु। मेरो क्रोधले तिमीलाई तातो हावाले जस्तै जलाउँनेछ। म तिमीलाई क्रूर मानिसहरूको हातमा सुम्पिन्छु। ती मानिसहरू मानिसहरूलाई मार्नु सिपालु छन्। 32 तिमी आगोका निम्ति दाउरा जस्तै हुनेछौ। तिम्रो रगत पृथ्वीमा बग्नेछ, फेरि मानिसले तिमीलाई कहिल्यै याद गर्ने छैनन्। म परमप्रभुले यो भनेको हुँ।’”

इजकिएल यरूशलेमको बिरूद्धमा बोल्छन

22 परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो! के तिमी न्याय गर्छौ? के तिमी हत्याराहरूको शहरसित न्याय गर्छौ? के तिमी तिनीहरूसित त्यो डरलाग्दो कुराहरूको विषयमा भन्छौ जुन तिनीहरूले गरे? तिमीले भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ शहर हत्याराहरूले भरिएको छ। यसकारण यसको निम्ति दण्डको समय आइसकेको छ। त्यसले आफ्नो निम्ति अपवित्र मूर्तिहरू बनायौ अनि यी अपवित्र मूर्तिहरूले तिनीहरूलाई अपवित्र बनायो।

“‘यरूशलेमका मानिसहरू, तिमीहरूले धेरै मानिसहरू मार्यौ। तिमीहरूले अपवित्र मूर्तिहरू बनायौं। तिमीहरू दोषी छौ अनि तिमीहरूलाई दण्ड दिने समय आइसकेको छ। तिम्रो अन्त आइसकेको छ। अन्य राष्ट्रहरूले तिम्रो हाँसो उडाउनेछन्। ती देशहरू तिमीमाथि हाँस्नेछन्। टाढा अनि नजिकका मानिसहरूले तिम्रो हाँसो उडाउने छन्। तिमीले आफैंलाई बदनाम गर्यौ। तिमी उपद्रोले भरीएका छौ।

“‘हेर! यरूशलेममा प्रत्येक शासकले आफूलाई शक्तिशाली बनाएकोछ जसद्वारा तिनीहरूले अन्य मानिसहरूलाई मार्न सक्छन्। यरूशलेमका मानिसहरूले आफ्नो आमा बाबुको सम्मान गर्दैनन्। तिनीहरूले शहरहरूमा विदेशीहरूलाई सताउँछन तिनीहरूले टुहुरा-टुहुरी अनि विधवाहरूलाई पनि त्यो स्थानमा ठग्छन्। तिमीहरूले पवित्र चीजलाई घृणा गर्छौ। तिमीहरूले मेरो विश्रामको दिनलाई यस्तो मान्छौ मानौं त्यस दिनको कुनै महत्व छैन्। यरूशलेमका मानिसहरू अरू मानिसहरूको विषयमा झूटो बोल्छन्। यिनीहरूले यी निर्दोष मानिसहरूलाई मार्नका निम्ति गर्छन। मानिसहरू डाँडाहरूमाथि मूर्तिहरूलाई अपर्ण गरेका भोजहरू खान जान्छन्।

“‘यरूशलेममा मानिसहरूले धेरै व्यभिचारी पापहरू गर्दैछन्। 10 यरूशलेमका मानिसहरू आफ्नो पिताको पत्नीसँग व्यभिचार गर्छन्। यरूशलेमका मानिसहरू रजस्वलको समयमा पनि स्त्रीहरूसँग अशुद्ध सम्भोग गर्छन्। 11 कसैले आफ्नो छिमेकीको पत्नीसित यस्तो डरलाग्दो पाप गर्छ। कसैले आफ्नो आफन्तहरूसँग पनि शरीरिक सम्बन्ध राख्छन् अनि उसलाई अपवित्र बनाउँछन् अनि कसैले आफ्नो बाबुकी छोरी अर्थात बहिनीसँग शारीरिक सम्बन्ध राख्छन्। 12 यरूशलेममा तिमीहरूले, मानिसहरू मार्नको निम्ति पैसा लिन्छौ। तिमीहरूले ऋण दिन्छौ अनि त्यो ऋणको ब्याज लिन्छौ। तिनीहरू नाफा लिनकालागि आफ्ना छिमेकीहरूलाई दबाउँछौ। अनि तिमीहरूले मलाई बिर्सेकाछौ।’” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।

13 परमेश्वरले भन्नुभयो, “‘अब हेर! म तिनीहरूलाई देखेर ताली बजाउँनेछु। मानिसहरूलाई धोका दिएको अनि हत्या गरेकोमा तिमीहरूलाई दण्ड दिन्छु। 14 के त्यसपछि तिमी वीर बन्छौ? जति बेला म तिमीहरूलाई ढण्ड दिन आउँनेछु के तिमी प्रयाप्त बलियो भएका हुन्छौ? अँहँ म परमप्रभु हुँ। मैले यो भनिदिएँ अनि म त्यति गर्छु जुन मैले गर्छु भनें! 15 म तिमीलाई जाति जातिहरूको बीचमा पार्नेछु। म तिमीहरूलाई जाति-जातिहरूको बीचमा तितर-बितर पार्नेछु। म सबै अशुद्धता तिमीबाट निकालिदिनेछु। 16 तर यरूशलेम तिमी अपवित्र हुन्छौ अनि अरू देशहरूले यो घटना देख्नेछ। त्यसपछि तिमीले थाहा पाउने छौ म नै परमप्रभु हुँ।’”

इस्राएल बेकामको मरुभूमि जस्तै छ

17 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

18 “हे मानिसको छोरो, तामा, फलाम, जस्ता, अनि सीसा चाँदीको तुलनामा बेकार छ। कारीगरले चाँदीलाई शुद्ध पार्न आगोमा हाल्छ। चाँदी गल्छ अनि कारीगरले यसलाई मैलाबाट अलग पार्छ। इस्राएल देश बेकारको मैला जस्तो भएको छ। 19 यसैकारण परमप्रभु मेरो मालिक यसो भन्नु हुन्छ, ‘तिमीहरू सबै बेकारको मैला जस्तो भएकाछौ। त्यसकारण म तिमीहरूलाई यरूशलेम भित्र भेला गराउनेछु। 20 कारीगरले चाँदी, काँसा, फलाम, सीसा अनि जस्तालाई आगोमा हाल्छ। आगो एकदमै ठूलो बनाउँनको निम्ति फुकिन्छ। त्यसपछि यो धातुहरू सबै गल्न थाल्छ। यस्तै प्रकारले म तिमीलाई आफ्नो आगोमा हालेर पगाल्छु। त्यो मेरो आगो चाँहि क्रोध हो। 21 म तिमीलाई त्यो आगोमा हाल्छु अनि म आफ्नो क्रोधको आगो फुक्छु अनि तिमी पग्लिन थाल्छौ। 22 चाँदी आगोमा पग्लिन्छ अनि कारीगरले चाँदी हाल्छ अनि पगाल्छ। यस्तै प्रकारले शहरमा तिमी पग्लिन्छौ। त्यसपछि तिमीले थाहा पाउनेछौ कि म नै परमप्रभु हुँ अनि तिमीले सम्झनेछौ कि म नै तिम्रो विरूद्ध आफ्नो क्रोध निकाल्दैछु।’”

इजकिएल यरूशलेमको विरूद्ध बोल्छन्

23 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 24 “हे मानिसको छोरो! यरूशलेमसित कुरा गर। उसलाई भन, तिमी भूमि हौ जुन सफा पारिएको छैन्। जब म क्रोधित हुन्छ तिमीमाथि पानी पर्नेछैन। 25 यरूशलेममा अगमवक्ताहरूले नराम्रो योजना बनाइरहेछ ऊ त्यो सिंह जस्तो भएको छ, जब त्यसले आफूले पक्रेको जनावर खान्छ त्यस समय गर्जन्छ। ती अगमवक्ताहरूले धेरै जीवनहरू नष्ट गरेका छन्। तिनीहरूले धेरै बहुमूल्य चीहहरू राखेका छन्। तिनीहरूले यरूशलेममा धेरै स्त्रीहरूलाई विधवा बनाए।

26 “पूजाहारीहरूले मेरो ब्यावस्था भङ्ग गरेका छन्। तिनीहरूले मेरो पवित्र चीजहरू अपवित्र बनाएका छन्। तिनीहरूले पवित्र र अपवित्र वस्तुहरूमा भेद राख्दैनन् अनि तिनीहरूले मानिसहरूलाई सफा र मैला बीचको भिन्नता सिकाउँदैनन्। तिनीहरूले मेरो विश्रामको दिनलाई सम्मान गर्न अस्वीकार गरे। म तिनीहरूको बिचमा अपमानित भएकोछु।

27 “यरूशलेमका बूढा-प्रधानहरू आफूले पक्रेका पशुहरू खाँदै गरेका ब्वाँसाहरू जस्तै छन्। बूढा-प्रधानहरू फाइदा लिनको लागि मानिसहरूलाई आक्रमण गर्छन् अनि मार्छन्।

28 “अगमवक्ताहरूले मानिसहरूलाई चेताउनी दिदैनथे तिनीहरूले सत्यलाई लुकाउँथे। तिनीहरू त्यो कारीगार जस्तै हुन जसले पर्खाल दृढ बनाउँदैन केवल दूलोमा लेप लगाइदिन्छ। तिनीहरूको ध्यान केवल झूटोमाथि हुन्छ। तिनीहरूले आफ्नो जादूको प्रयोग भविष्य जान्नका निम्ति गर्छन्। तर तिनीहरू खाली झूटो बोल्छन्। तिनीहरू भन्छन्, ‘परमप्रभु मेरो मालिकले यो कुरा भन्नुभयो।’ तर तिनीहरू खाली झूटो बोलिरहेछन् परमप्रभुले तिनीहरूसँग बात गर्नुभएन।

29 “सामन्य जनता एका-अर्कामा लाभ उठाउँछन्। तिनीहरू एका-अर्कालाई धोका दिन्छन अनि चोरी गर्छन। तिनीहरू गरीब अनि असहाय मानिसहरूसँग यस्तो व्यवहार गर्छन्। तिनीहरूले विदेशीहरूलाई पनि धोका दिन्छन्, मानौं तिनीहरूको विरूद्ध कुनै नियम छैन्।

30 “देश रक्षाकोलागि पर्खाल बनाउन अथवा त्यही भत्केको भागमा उभिन एकजना मानिस मैले तिनीहरूको माझमा खोजें धाँदोमा उभिएर प्रार्थना गर्ने मानिस तर जसले त्यस्तो गर्न सक्थ्यो कुनै मानिस पनि पाउनँ सकिनँ। 31 यसकारण म आफ्नो क्रोध प्रकट गर्छु, म तिनीहरूलाई पूर्ण रूपमा नष्ट गर्छु! अपवित्र कामको निम्ति म तिनीहरूलाई दण्ड दिन्छु। जुन तिनीहरूले गरे। यो सब तिनीहरूको दोष हो।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।

23 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो! सामरिया र यरूशलेमको विषयमा यो कथा सुन! त्यहाँ दुइ बहिनी थिए! तिनीहरू एउटै आमाका छोरीहरू थिए। तिनीहरू मिश्रमा त्यस बेला वेश्या भए जब सानो बहिनी एकदमै सानो थिई। मिश्रमा तिनीहरूले पहिलो प्रेम गरे अनि मानिसहरूले आफ्नो हातले तिनीहरूको स्तनलाई छुए। ठूली दिदीको नाम ओहोला थियो अनि उसको बहिनीको नाम ओहोलिबा थियो। तिनीहरू मेरो पत्नीहरू भए अनि हामीहरूका छोरा-छोरीहरू भए। (ओहोला चाहिँ सामरिया हो अनि ओहोलिबा चाहिँ यरूशलेम हो।)

“त्यसपछि ओहोला पतिब्रता रहिन तर एउटी वेश्या जस्तो हुन गई। उसले आफ्नो प्रेमिहरू प्रति मात्र चाख राख्न थाली। उसले अश्शूरको सैनिकलाई तिनीहरूको वैजनी वस्त्र देखी तिनीहरू घोडाहरूमा चढ्ने सबै जवान मानिसहरूले मन पराउँथे। तिनीहरू राजपालहरू अनि अधिकारीहरू थिए। अनि ओहोलाले आफूलाई ती सबै मानिसहरूलाई सुम्पी दिए। ती सबै अश्शूरको सेनाहरूमा विशिष्ट छानिएका सैनिकहरू थिए। अनि ती सबैसित मोहित भई! ऊ ती अपवित्र मूर्तिहरूसित अपवित्र भई। यसको अतिरिक्त उसले मिश्रसित आफ्नो प्रेम-ब्यापार छोडी। मिश्रले त्योसित त्यस बेला प्रेममा फस्यो जब ऊ कुमारी थिई। मिश्र उसको स्तन छुने पहिलो प्रेमी थियो। मिश्रले तिनीमाथि आफ्नो झूटो प्रेम गर्थ्यो। यसकारण मैले त्यसको प्रेमीहरूलाई त्यसको कुमारी अवस्था भोग गर्न दिएँ। उसले अश्शूरहरूलाई चाहन्थी, यसकारण मैले उसलाई तिनीहरूसित छोडि दिएँ। 10 तिनीहरूले त्यसलाई बलात्कार गरे। तिनीहरूले त्यसको नानीहरू लिए अनि तिनीहरूलाई तरवारले मारे। तिनीहरूलाई दण्ड दिएँ अनि स्त्रीहरूले अहिले सम्म त्यसको कुरा गर्छन्।

11 “उसको सानो बहिनी ओहोलिबाले यी घटनाहरू घटेको देखी। तर ओहोलिबाले आफ्नो दिदी भन्दा ज्यादा पाप गरी। ऊ ओहोलिबा भन्दा अझ खराब वेश्या भई। 12 ऊ अश्शूरको राज्यपालहरू अनि अधिकारीहरूलाई चाहन्थी। उसले वैजनी सुन्दर वस्त्र घोडसवार सैनिकहरूलाई चाहन्थी। तिनीहरू सबै मनपर्दो जवान मानिसहरू थिए। 13 मैले देखें ती दुवै स्त्रीहरू एउटै गल्ती गरे आफ्नो जीवन नष्ट गरिरहेका थिए।

14 “ओहोलिबा म प्रति धोकेबाज भई। बाबेलमा उसले मानिसहरूको चित्र पर्खालमा कोरिएको देखी। त्यो कल्दी मानिसहरूको रातो वस्त्र लगाएको चित्र थियो। 15 तिनीहरूले कम्मरमा पेटी अनि शिरमा लामो फेटा बाँधेका थिए। तिनीहरू सबै रथको अधिकारी जस्ता देखिन्थे। तिनीहरू सबै बाबेलको जन्मभूमिमा उत्पन्न पुरूष जस्तो ज्ञात हुन्थ्यो। 16 ओहोलिबाले तिनीहरूलाई चाहन्थी। उसले तिनीहरूलाई आमन्त्रित गर्नका निम्ति स्वर्गदूत पठाई। 17 यसकारण बाबेलवासीहरू त्यसको ओछ्यानमा सहवास गर्न आए र आफ्नो कामवासनाले त्यसलाई अशुद्ध पारे। तिनीहरूबाट भ्रष्ट भए पछि वाक्क भएर त्यसको मन तिनीहरू देखि हट्यो।

18 “ओहोलिबाले त्यो धोकेबाज हो भनी सबलाई देखाई उसले यति ज्यादा मानिसहरूलाई आफ्नो नाङ्गो शरीरको प्रयोग गर्न दिई कि मलाई ऊ प्रति त्यसै घृणा उत्पन्न भयो, जस्तो उसको बहिनी प्रति भएको थियो। 19 ओहोलिबाले घरि-घरि मलाई धोका दिइरही अनि उसले आफ्नो प्रेम-ब्यापार याद गरि जुन उसले युवावस्थामा मिश्रमा गरेकी थिई। 20 उसले आफ्नो प्रेमीको गधाको जस्तो लिंग अनि वीर्य चाहिँ घोडाको झैं निस्केको सम्झना गरी।

21 “ओहोलिबा, तिमीले आफ्नो ती दिनहरू याद गर्यौ जब तिमी युवती थियौ, जब तिम्रो प्रेमीले तिम्रो स्तन छुन्थे अनि युवावस्थाका स्तन माडेका थिए। 22 यसकारण ओहोलिबा, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ ‘तिमीले आफ्नो प्रेमीहरूलाई घृणा गर्न थाल्यौ। तर म तिम्रो प्रेमीहरूलाई भन्छु कि तिनीहरूले तिमीलाई चारै तिरबाट घेर्नेछन्। 23 म ती सबै मानिसहरूलाई बाबेलमा विशेष गरी कल्दीहरूलाई ल्याउँनेछु। म पकोद शोअ अनि कोअबाट मानिसहरूलाई ल्याउनेछु अनि ती सबैलाई अश्शूरबाट ल्याउँछु। यस्तै प्रकार म सबै शासकहरू अनि अधिकारीहरूलाई ल्याउँछु। तिनीहरू सबै योग्य, रथहरूको विशेष योग्यताको निम्ति छानिएका घोडसवार थिए। 24 तिनीहरूको भीड तिम्रोमा आउनें छ। तिनीहरू आफ्नो घोडामा अनि आफ्नो रथहरूमा आउनेंछन्। तिनीहरू धेरै संख्यामा हुनेछन्। तिनीहरूसित भाला, तिनीहरूको ढाल अनि तिनीहरूको शिरमा सुरक्षा कवच हुनेछ। तिनीहरू तिम्रो चारै तिर जम्मा हुनेछन्। म तिनीहरूलाई बताउनेछु कि तिनीहरूले मसँग के गरे अनि तिनीहरूले आफ्नो तर्फबाट तिनीहरूलाई दण्ड दिनेछन्। 25 म तिमीहरूलाई मेरो ईँर्ष्या शक्ति तिमीहरूको विरूद्ध देखाउनेछु। तिनीहरू अत्यन्तै क्रोधित हुनेछन् अनि तिमीहरूलाई चोट पुर्याउनेछन्। तिनीहरूले तिम्रो नाक अनि कान काट्नेछन्। तिनीहरूले तिमीहरूलाई तरवारले मार्नेछन्। त्यसपछि तिनीहरूले तिम्रो नानीहरू लिएर जानेछन् अनि तिनीहरूले ती नानीहरू जलाई दिनेछन्। 26 तिनीहरूले तिम्रो राम्रो लुगा गर-गहनाहरू लिनेछन। 27 अनि म तिम्रो मिश्रसित व्याविचार कार्यहरू रोकिदिनेछु। तिमीहरूले फेरि कहिल्यै तिनीहरूतिर फर्केर हेर्नेछैनौ। तिमीले फेरि कहिल्यै मिश्रलाई याद गर्ने छैनौ।’”

28 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म तिमीलाई ती मानिसहरूको हातमा दिँदैछु जसलाई तिमीले घृणा गर्छौ। म तिमीलाई ती मानिसहरूको हातमा दिन्छु जसलाई तिमीले घृणा गर्न थालेको थियौ। 29 अनि तिनीहरूले देखाउँनेछन् कि तिनीहरूले तिमीलाई कति घृणा गर्नेछ। तिनीहरूले तिम्रो प्रत्येक चीज लानेछन् जुन तिमीले कमाएकीछौ। तिनीहरूले तिमीलाई खाली हात र नाङ्गो छोडिदिन्छन्। मानिसहरूले तिम्रो पाप, वेश्यापना अनि लाज तिम्रो भक्तिहीन स्पष्ट देख्ने छन्। 30 यी चीजहरू तिमीमाथि आइलाग्यो किनभने तिमी आफैंले आफैंलाई वेश्या झैं राष्ट्रहरूको पछि गएर कलंकित बनायौ अनि तिमीहरूका घिनलाग्दा मूर्तिहरूले फोहोर बनायौ। 31 तिमीले आफ्नो दिदी कै चालमा हिँड्‌यौ अनि त्यसरी नै गरिरह्यौ। तिमीहरू आ-आफैंले विषको कचौरा लियौं अनि त्यो आफ्नो हातमा उठाएर राख्यौ। तिमीले आफ्नो दण्ड स्वंयम कमायौ।” 32 परमप्रभु मेरो मालिकले यसो भन्नुहुन्छ:

“तिमीले आफ्नो दिदीको बिषको कचौरा पिउँनेछौ।
    यो विषको कचौरा लामो-गहिरो छ।
त्यो कचौरामा धेरै बिष छ।
    मानिसहरू तिमीप्रति हाँस्नेछन्,
    अनि हाँसो उडाउँनेछन्।
33 तिमी मतवाला मानिस जस्तै लडबडाउनेछौ।
    तिमी ज्यादै अस्थीर हुनेछौ।
यो नष्ट अनि सर्वनाश हो।
    यो त्यही कचौरा जस्तै हो,
    जुन तिम्रो दिदी सामरियाले पिएकी थिई।
34 तिमीले त्यही कचौराबाट विष पिउँनेछौ।
    तिमीले त्यसको अन्तिम थोपा सम्म पिउँनेछौ।
तिमीले कचौरा फ्याँकेर त्यसलाई टुक्रा-टुक्रा बनाउनेछौ
    अनि तिमीले आफ्नो छाती जथा भावी पिट्नेछौ।
यो हुनेछ किनकि म परमप्रभु अनि मालिक हुँ,
    अनि मैले यी कुराहरू भनें।

35 “यस्तो प्रकारले परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो, ‘यरूशलेम, तिमीले मलाई बिर्सियौ। तिमीले मलाई फ्याँकि दियौ अनि पछाडी छोडिदियौ। यसकारण तिमीले मलाई छोडेको अनि वेश्या झैं बाँचेकोमा तिमीले दण्ड भोग्नु पर्नेछ। तिम्रो दुष्ट्याँईका निम्ति तिमीले दण्ड भोग्नुपर्छ।’”

ओहोला अनि ओहोलीबाको विरूद्ध निर्णय

36 परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “हे मानिसको छोरो, के तिमी ओहोला अनि ओहोलिबाको न्याय गर्छौ? तब तिनीहरूलाई ती भयंकर कुराहरू भन जुन तिनीहरूले गरेका छन्। 37 तिनीहरूले व्यभिचारी पाप गरे। तिनीहरूले हत्या जस्तो अपराध गरे। तिनीहरूले वेश्या जस्तो काम गरे, तिनीहरूले आफ्नो अपवित्र मूर्तिहरूको लागि मलाई छोडिदिए। तिनीहरूले तिनीहरूको नानीहरूलाई बलिदान दिए जो मेरा निम्ति जन्माएका थिए। तिनीहरूले आफ्नो मूर्तिहरूलाई भोजन दिनका निम्ति यसो गरे। 38 तिनीहरूले मेरो विश्रामको दिन अनि पवित्र स्थानहरूमा यस्तो काम गरे मानौं त्यसको कुनै महत्व छैन। 39 तिनीहरूले मूर्तिको लागि आफ्नो नानीहरूलाई मारे अनि मेरो पवित्र स्थानमा गए अनि त्यसलाई अपवित्र बनाए। तिनीहरूले यो मेरो मन्दिरभित्र यस्तो गरे।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International