Bible in 90 Days
नहेम्याहको प्रार्थना
1 यी नहेम्याह, हकल्याहका छोराका बचन हुन्; बीसौं बर्षको किसलेव[a] महीनामा आर्ट-जारसेज राजा थिए। म राजधानी शहर शुशनमा[b] थिएँ। 2 अनि मेरा एकजना भाइ हनानी केही अन्य मानिसहरू सहित यहूदाबाट म कहाँ आए। मैले तिनीहरूलाई बाँकिरहेका यहूदी कुलहरूका बारेमा सोधें जो काराबासबाट उम्केका थिए। अनि यरूशलेमको बारेमा मैले सोधें।
3 तिनीहरूले मलाई भने, “यहूदा प्रदेशमा, देश निर्वासनबाट बाँचेकाहरू जो थिए, तिनीहरू अत्यन्त कष्ट र अपमानमा छन्। अनि यरूशलेमको पर्खाल भत्केकोछ, त्यसका द्वारहरू आगोले जलेका छन्।”
4 जब मैले यी शब्दहरू सुनें म बसें र रोएँ। मैले धेरै दिन अफसोस मनाएँ अनि स्वर्गका परमेश्वरको अघि उपवास प्रार्थना गरे। 5 मैले भनें,
“परमप्रभु, स्वर्गका परमेश्वर, महान र भययोग्य परमेश्वर उहाँको करारमा विश्वास योग्य हुनुहुन्छ। जसले उहाँलाई प्रेम गर्छन् र उहाँका आदेशहरू पालन गर्छन्।
6 “तपाईंको सेवक म र तपाईंका सेवक इस्राएलका मानिसहरूले हजुरको विरोधमा गरेको पाप स्वीकार गरे रातदिन तपाईंलाई प्रार्थना गरिरहेकोछु दया गरी कान थापियोस् अनि आखाँहरू उघारियोस् म र मेरो पुर्खाहरूले पनि पाप गरेकाछौं। 7 हामी इस्राएलीहरूले तपाईं प्रति दुष्ट कार्य गरेका छौं अनि हामी तपाईंका सेवक मोशालाई दिनुभएको आज्ञा पालन गरेका छैनौ।
8 “तपाईंले तपाईंका सेवक मोशालाई दिनुभएको आदेश याद गर्नु होस् जब तपाईंले भन्नुभयो, ‘यदि तिमीहरू अविश्वासनीय छौ, भने म तिमीहरूलाई राष्ट्रहरू माझ छरपष्ट पारिदिने छु। 9 तर यदि तिमीहरू म कहाँ फर्की आयौ भने र तिमीहरूले सावधानी साथ मेरा आदेशहरू पालन गर्यौ भने। तब तिनीहरूका कैदी मानिसहरू पृथ्वीको जहीं कहीं भएता पनि म तिनीहरूलाई त्यहाँ भेला गर्नेछु। अनि म तिनीहरूलाई त्यो स्थानमा ल्याउनेछु जुन मैले मेरो नाउँ राख्न चुनेको छु।’
10 “ती मानिसहरू तपाईंका सेवक हुन् जसलाई तपाईंले आफ्ना महानशक्ति अनि सुदृढ हातद्वारा मुक्त गरिदिनु भयो। 11 हे मेरा परमप्रभु तपाईंका कान तपाईंको सेवकको प्रार्थना र तपाईंका समस्त सेवकहरूको प्रार्थना सुन्न ध्यानमय रहुन् जसले तपाईंलाई सम्मान गर्न चाहन्छन्, यी मानिसहरूलाई दया देखाएर तपाईंको सेवक मलाई सफलता दिनुहोस्।”
म त्यसबेला राजाको दाखरस दिने सेवक थिएँ।
राजाले नहेम्याहलाई यरूशलेममा पठाउनु भयो
2 बीसौं बर्षको नीशान महीना आर्ट-जारसेज शासनको समय जब उनको अघि दाखरस ल्याएको थियो। मैले दाखरस लिएँ अनि राजालाई दिएँ। आज भन्दा अघि म उहाँको उपस्थितिमा उदासी भएको थिइनँ। 2 यसर्थ राजाले मलाई भन्नुभयो, “तिम्रो अनुहार किन नराम्रो देखिइरहेको छ यद्यपि तिमी विरामी छैनौ? मलाई लाग्छ यो केवल हृदयको दुःख हो अरू केही पनि होइन।”
तब म अत्यन्तै डराएँ। 3 मैले राजालाई भने, “राजा सदैव जीवित रहुन्। मेरो अनुहार किन उदास नहुनु जब त्यो शहर जहाँ मेरो पिता-पुर्खाहरू गाढिएका थिए। त्यो भग्नावशेष मात्र छ अनि त्यसका द्वारहरू आगोले नष्ट भएकाछन्।”
4 तब राजाले मलाई भन्नुभयो, “त्यो के हो जो तिमी चाहन्छौ।”
तब मैले स्वर्गका परमेश्वरसित प्रार्थना गरें 5 र राजालाई भनें, “यदि राजालाई खुशी लाग्छ भने तथा यदि तपाईंको सेवकले तपाईंलाई खुशी तुल्याएको भए मलाई यहूदामा पठाइदिनु होस् जहाँ मेरो पिता-पुर्खाहरू गाडिएकाछन्। म त्यसको पुनःर्निर्माण गर्नसकुँ।”
6 तब राजाले उनको छेउमा बसेकी रानी साथ मलाई भन्नुभयो, “तिम्रो यात्रा कति लामो हुन्छ अनि तिमी कहिले फर्कन्छौ?”
यसर्थ मलाई पठाउन राजा खुशी हुनु भयो, जब मैले उनलाई कतिलामो समयको निम्ति म जान्छु सो बताएँ। 7 तब मैले राजालाई भनें, “यदि यसले राजालाई खुशी पार्छ भने यूफ्रेटिस नदी पश्चिमका राज्यपालहरूलाई सम्बोधित पत्रहरू मलाई दिइयोस्, ताकि तिनीहरूले मलाई यहूदा नपुगुन्जेल नदी पारी सम्म जान दिनेछन्। 8 अनि राजाको जङ्गलका रक्षक असापलाई दिने असापको ठेगाना भएको पत्र मलाई दिइयोस्, जसद्वारा उसले मलाई मन्दिरको किल्लाका द्वाराहरू, शहरका पर्खालहरू। अनि मेरो घर बनाउनका निम्ति काठहरू दिनेछन्।”
अनि राजाले मलाई मैले जे मागेको थिएँ दिनु भयो किनभने परमेश्वर म प्रति दयालू हुनु हुन्थ्यो।
9 यसकारण म यूफ्रेटिस नदी पश्चिमका राज्यपाल कहाँ गएँ, अनि तिनीहरूलाई राजाका पत्रहरू दिएँ। राजाले मेरो साथ सैनिक अधिकारीहरू अनि घोडसवारहरू पठाउनु भएको थियो। 10 जब होरोनीको सम्बलत अनि अम्मोनी अधिकारी तोबियाहले यस बारेमा सुने, तिनीहरू दुःखी भए र रिसाए किन भने तिनीहरूले सोचे इस्राएलीहरूलाई सहायता गर्न कोहि आएकोछ।
नहेम्याहले यरूशलेमको पर्खाल पत्ता लगाए
11-12 यसकारण म यरूशलेममा आएँ अनि तीन दिन म त्यहाँ थिएँ। त्यसपछि केही मानिसहरू सित म राती हिँडे। मेरो परमेश्वरले मेरो हृदयमा यरूशलेमको निम्ती गर्नु पर्ने जे कुरा हाल्नु हुँदैछ त्यो मैले कसैलाई भनेको थिइन। म चढिरहेको पशुबाहेक कुनै पशुहरू मसित थिएनन्। 13 राती म बेंसीद्वार अनि अजीङ्गरे कुवा सामुन्ने भएर घुर्याने-मूल ढोका सामुन्ने गएँ अनि म यरूशलेमको भत्किएको पर्खाल अनि त्यसका आगोले नष्ट पारेको ढोकाहरू जाँच गर्दै थिएँ। 14 त्यस पछि म फोहोरा-मूल ढोका अनि राजाको पोखरीमा गएँ तर म चढिरहेको पशु पार भएर जाने ठाउँ थिएन। 15 यसकारण म बेंसी भएर राती गएँ, अनि मैले पर्खाल हेरिरहेको थिएँ म फर्किएर बेंसीको द्वार भित्र पसें अनि त्यही बाटो फर्कें। 16 अधिकारीहरूलाई थाहा भएन म कहाँ गएको थिएँ वा मैले के गर्दै थिएँ, मैले अझसम्म यहूदीहरू, महा-पूजाहारीहरू अथवा बाँकीरहेका अधिकारीहरू जो काम गरिरहेका थिए कसैलाई भनेको थिइनँ।
17 तब मैले तिनीहरूलाई भने, “तिमीहरूले हामीहरूमा परेको कष्ट हेर यरूशलेम कस्तो ध्वंशावशेषमा छ अनि यसका ढोकाहरू आगोद्वारा जलेका छन्। आऊ, हामी यरूशलेमको पर्खालको पुनःनिर्माण गरौं, जसमा कि हामी अझ अपमान बेइज्जतको बस्तु रहने छैनौं।”
18 मैले तिनीहरूलाई भनें, कसरी मेरो निम्ति परमेश्वर दयालु हुनभयो। अनि राजाले मलाई के भन्नु भएको थियो। तब तिनीहरूले भने, “हामी पुनःनिर्माण शुरू गरौं।” यसरी यो महान कार्यको तयारीको निम्ति तिनीहरूले स्वयंलाई उत्साहित तुल्याए। 19 जब होरोनी सम्बलत, अम्मोनी अधिकारी, अधिकारी तोबियाह र अरबी गेशेमले सुने तिनीहरूले हामीलाई गिल्ला गरें र भने, “तिमीहरूले यो के गरिरहेका छौ? के का निम्ति तिमीहरू राजाको विरोध गरीरहेछौ?”
20 मैले तिनीहरूलाई भनें “स्वर्गका परमेश्वरले हामीलाई सफलता प्रदान गर्नुहुनेछ। हामी उहाँका सेवकहरू पुनःर्निर्माण शुरूगर्नेछौ, तर तिमीहरूको भाग, (कानूनी) अधिकार वा सनातनी दाबी[c] यरूशलेम माथि छैन।”
पर्खाल बनाउने कर्मचारीहरू
3 एल्यासीब, प्रधान पूजाहारी अनि उनका सहयोगी पूजाहारीहरू काम गर्न गए, अनि तिनीहरूले भेंडा-ढोका[d] फेरि बनाए। तिनीहरूले यसलाई परमप्रभुप्रति समर्पण गरे अनि तिनीहरूले यसका ढोकाहरू लगाए। तिनीहरूले यसको हन्मेआ बुर्जा देखी हननेलको बुर्जा सम्म समर्पण गरे।
2 यरीहोका मानिसहरूले पर्खालको अर्को भाग उसको छेउमा बनाए, अनि इम्रीका छोरा जक्कूरले तिनीहरू छेउको पर्खालको अर्को भाग बनाए।
3 हस्सनाका छोराहरूले माछा ढोका बनाए। तिनीहरूले त्यसका बीमहरू बनाए अनि त्यसका ढोकामा चुकुलहरू अनि बारहरू लगाए।
4 तिनीहरूको छेउमा अर्को हक्कोसका छोरा उरियाहका छोरा मरेमोतले पर्खालको अर्को अंशको मर्मत गरे।
तिनीहरूको छेउमा अर्को मशेजेबेलका छोरा बेरेक्याहका छोरा मशुल्लामले मर्मत गरे।
अनि तिनीहरूको छेउमा अर्को बानाका छोरा, सादोकले मर्मत गरे।
5 तिनीहरूको छेउमा तकोका मानिसहरूले मर्मत गरे तर तिनीहरूका अग्रजहरूले राज्यपालहरूका निम्ती काम गर्न अस्वीकार गरे।
6 पासेहका छोरा योयादा अनि बसोदयाहका छोरा मशुल्लमले पूरानो ढोका मर्मत गरे। तिनीहरूले यसको छप्पर मर्मत गरे ती ढोकाहरूमा चुकुल अनि बारहरू लगाए।
7 तिनीहरूको छेउमा गिबोनी मलत्याह अनि मेरोनोती यादानले गिबोनका मानिसहरू अनि नदी यूफ्रेटिस प्रदेश पश्चिम प्रदेशको राज्यपाल अधिकारमा मिस्पाका मानिसहरू सहित मर्मत गरे।
8 उसको छेउमा सुनार[e] हर्हयाहका छोरा उज्जीएलले, मर्मत गरे। अनि उसको छेउमा हनन्याह, एकजना अत्तर बनाउनेले मर्मत गरे। अनि तिनीहरूले यरूशलेमको चौंडा पर्खालको भाग पुनःर्निर्माण गरे।
9 तिनीहरूको छेउमा हूरका छोरा रपायाह यरूशलेमको आधा जिल्लाका शासकहरूले मर्मत गरे।
10 तिनीहरूको छेउमा यदायाह, हरूमापका छोराले आफ्नै घरको सामुन्ने मर्मत गरे। अनि तिनको छेउमा हशबियाहको छोरा हत्तूशले मर्मत गरे। 11 हारीमका छोरा मल्कियाह अनि पहात-मोआबका छोरा मश्शूबले दोस्रो अंश अनि चूल्होको बुर्जा मर्मत गरे।
12 तिनको छेउमा हल्लोहेशका छोराले शल्लूम यरूशलेमको आधा जिल्लाका शासकहरूले आफ्ना छोरीहरूसित मर्मत गरे।
13 हानून अनि जानोहमा बस्ने मानिसहरूले बेंसीको-ढोका मर्मत गरे। तिनीहरूले त्यसलाई फेरि बनाए अनि त्यसका ढोकाहरूमा चुकुल र बारहरू बनाए। तिनीहरूले घुर्याने-मूल-ढोका सम्म 500 गज पर्खाल मर्मत गरे।
14 रेकाबका छोरा मल्कियाह बेत हक्केरेम जिल्लाका शासकहरूले घुर्याने-मूलढोका मर्मत गरे। तिनले यसको पुनःर्निर्माणगरे अनि त्यसका ढोकाहरूमा चुकुल र बारहरू लगाए।
15 कोल-होजेका छोरा शल्लूम, मिस्पा जिल्लाका शासकहरूले फोहोरा मूल-ढोका मर्मत गरे। तिनले यसको पुनःर्निर्माणअनि छप्पर लगाए अनि त्यसका ढोकाहरूको, चुकुलहरू अनि बारहरू लगाए। तिनले राजाको बगैंचा छेऊ शेलाहको तलाउ पर्खाल पनि दाऊद शहर देखि तलतिर गएको खुड्किलाहरू सम्म मर्मत गरे।
16 तिनको पछि नहेम्याह अज्जबूका छोरा, बेत-सूरको आधा जिल्लाका शासकहरूले दाऊदको चिहान देखि पारीको स्थान कृत्तिम तलाउ अनि योद्धाहरूको छाउनीसम्म मर्मत गरे।
17 तिनको पछि लेवीहरूले मर्मत गरे। बानीका छोरा रहूमले अनि तिनको छेउमा हशाबियाह कोलाका आधा जिल्लाका शासकहरूले उसको जिल्लाको निम्ति मर्मत गरे।
18 तिनको पछि तिनीहरूका भाइहरूले मर्मत गरे र हेनादादका छोरा बिन्नुईले जो कोलाका आधा जिल्लाका शासक थिए।
19 अनि तिनको छेउमा येशूअका छोरा एजेर मिस्पाका शासकहरूले शस्त्रगार चढने ठाँउ पारी अर्को अंश देखि कोण ढिस्कासम्म मर्मत गरे। 20 तिनको छेउमा जब्बैका छोरा बारूकले कठिन परिश्रम गरे अनि प्रधान पूजाहारी एल्यासीबको मन्दिरको ढोकासम्म मर्मत गरे। 21 तिनको पछि हक्कोसका छोरा उरियाहका छोरा मेरेमोतले एल्यासीबको मन्दिरको ढोका देखि एल्यासीबको मन्दिरको अखदिरीसम्म मर्मत गरे। 22 तिनको पछि वरिपरिका क्षेत्रका बस्ने पूजाहारीहरूले मर्मत गरे।
23 तिनीहरू पछि बिन्यामीन अनि हश्शूबले मन्दिर देखि पारी मर्मत गरे। तिनीहरू पछि हननियाहका छोरा, मासेयाहका छोरा अजर्याहले आफ्नो मन्दिरको छेउमा मर्मत गरे।
24 तिनको छेउमा हेनादानका छोरा बिन्नूईले अजर्याहको मन्दिर देखि दिस्कना अनि कुनासम्म अर्को अंश मर्मत गरे।
25 तिनको छेउमा उज्जैका छोरा पालालले बाङ्गीएको एउटा ठाउँ देखि लिएर राजाको घर देखि निस्कीएको बुर्जा जोडीएको ठाउँसम्म निर्माण गरे यो रक्षकहरूको माथिल्लो बुर्जा थियो। त्यसको छेउमा परोशका छोर पदायाले मर्मत गरे।
26 अनि मन्दिरका सेवकहरू जो ओपेलमाथि बस्थे तिनीहरूले पूर्वपट्टिको पानीद्वारा अनि बाहिर निस्केको बुर्जासम्म मर्मत गरे।
27 उनी पछि तेकोईका मानिसहरूले बाहिर निस्केको ठूलो बुर्जादेखि लिएर ओपेलको पर्खालसम्म मर्मत गरे।
28 पूजाहारीहरूले अश्व-मल-ढोका माथि प्रत्येकले आफ्नो घरको सामुन्ने मर्मत गरे। 29 तिनीहरूको छेउमा हम्मेरका छोरा सादोकले आफ्नो घरको सामुन्ने मर्मत गरे। तिनीहरूको पछि शकन्याहको छोरा शमायाहले मर्मत गरे जसले पूर्व द्वारको रक्षा गर्थे तिनले मर्मत गरे। 30 तिनीको पछि शेलेम्याहका छोरा हनन्याह र सालाबका जन्तरे छोरा हानन्याहले अर्को अंश मर्मत गरे।
तिनको पछि बेरेकियाका छोरा मशुल्लमले उसको घरको सामुन्ने मर्मत गरे। 31 तिनको पछि मल्किया, सुनारले मन्दिरको सेवकहरू अनि व्यपारीका घरहरूसम्म माथिल्लो कोठाको कुनासम्म मर्मत गरे। 32 अनि कुनाको माथिल्लो कोठा र भेंडा-ढोकाको माझ सुनार र व्यापारीहरूले मर्मत गरे।
सम्बल्लात अनि तोबियाह
4 हामीहरूले पर्खाल निर्माण गरिरहेका जब सम्बलतले सुने, अनि तिनी अत्यन्तै क्रोधित भए। तिनी यहूदीहरू प्रति हाँसे। 2 अनि तिनका बन्धुहरू अनि सामरियाका सेनाहरू समक्ष तिनले भने, “ती कमजोर यहूदीहरू के गरिरहेछन्? के तिनीहरूले त्यो पर्खालेको पुनःर्निर्माण गर्न सक्छन्? के तिनीहरूले बलिदान गर्नेछन्? के तिनीहरूले एकदिनमा शेष गर्नेछन्? के तिनीहरूले रद्दीको राशका ढुङ्गहरूलाई जलिसकेको भएता पनि जिउँदो तुल्याउन सक्छन्?”
3 अम्मोनी तोबियाह उनको छेउमा थिए, अनि भने, “तिमीहरू के बनाउँदैछौ, त्यसमाथि एउटा फ्याउरो पनि चढ्यो भने तिमीहरूले बनाएको ढुङ्गाको पर्खाल टुक्रा-टुक्रा भई भत्कनेंछ।”
4 मैले भनें, “हाम्रा परमेश्वर! हाम्रो प्रार्थना सुन्नु होस्। यी मानिसहरूले हाम्रो गिल्ला गर्छन् किनभने हामीहरू तुच्छ भएका छौं। तिनीहरूको गिल्लाले तिनीहरू आफैंले कष्ट भोगुन्। तिनीहरूलाई बन्दी भए झैं तिनीहरू टाढा-टाढा पुग्नु परोस्। 5 तिनीहरूको दोष नढाकि दिनुहोस् अनि तिनीहरूको पाप तपाईंको दृष्टिदेखि मेटिन नदिनुहोस्। किनभने तिनीहरूले निर्माण कर्त्ताहरूलाई अपमान गरेका छन्।”
6 यसरी हामीले पर्खाल निर्माण गर्यौ र आधा उचाइँसम्म सम्पूर्ण पर्खाललाई जोडिदियौं। मानिसहरू काम गर्न उत्सुक थिए।
7 जब सम्बलत, तोबियाह, अरबीहरू अम्मोनीहरू अनि अश्दोदीका मानिसहरूले यरूशलेमका पर्खालहरूको मर्मत कार्य अघि बढिरहेछ अनि भत्किरहेका अंशहरूलाई मर्मत गरिरहेका छन्, भनी सुने तिनीहरू अत्यन्त क्रोधित भए। 8 यसकारण तिनीहरू सबै साथै आएर यरूशलेमको विरूद्ध लडने अनि यसलाई खलबल गर्ने योजना बनाए 9 तर हामिले हाम्रो परमेश्वर सित प्रार्थना गर्यौं अनि हामीले तिनीहरूका कारणले पर्खालको रक्षका निम्ती दिन-रात रक्षकहरू नियुक्त गर्यौं।
10 तर यहूदाका मानिसहरूले भने, “कर्मीहरू थकित हुँदैछन्। त्यहाँ अत्यन्त धेरै फोहर मैलाहरू छन्। हामी आफैंले मात्र पर्खालको पुनःर्निर्माणगर्न कहिले पनि सक्ने छैनौं। 11 अनि हाम्रा शत्रुहरूले भने, ‘तिनीहरूले यहूदीहरू हामीहरू तिनीहरूको माझ आएर तिनीहरूलाई मारेर काम नरोकेसम्म केही पनि जान्ने अनि देख्ने छैनन्।’”
12 जब यहूदी जो हाम्रो शत्रुहरूको बीचमा बस्थे आए तिनीहरूले दोहोर्याई-दोहोर्याई भने, “हाम्रो शत्रुहरूले हामीहरूलाई चारैतिरबाट आक्रमण गर्नेछन्।”
13 तब मैले मानिसहरूलाई पर्खालको पछि सब भन्दा तल्लो खुल्ला ठाउँमा राखें र तल्लो खुल्ला भूमिहरूमा पठाएँ। मैले मानिसहरूलाई तिनीहरूको परिवार अनुसार तरवार, भाला अनि धनुहरूसित तैनाथ गराएँ। 14 सबै कुरा हेरे पछि मैले तुरन्तै मुख्य अधिकारीहरू र अन्य मानिसहरूलाई भने, “तिनीहरूसित भयभीत न होऊ। यादगर हाम्रा परमप्रभु महान् अनि शक्तिशाली हुनुहुन्छ। एका-अर्काको सम्मुख आफ्ना भाइहरू, आफ्ना छोरा-छोरीहरू अनि, आफ्ना पत्नीहरू र घरका निम्ती लडाईं गर।”
15 जब हाम्रा शत्रुहरूले तिनीहरूका सबै योजनाहरू हामीलाई थाहा भएको छ भनी सुने, अनि परमेश्वरले तिनीहरूको योजना ध्वंश पारीदिनु भयो। हामी सबै आ-आफ्ना काम गर्न पर्खाल तिर आयौं। 16 त्यस दिन देखि मेरा आधा सेवकहरू पर्खालको काममा जुटे अनि आधाले ढाल, भाला, धनु अनि देह-कवच धारण गरे। अनि अगुवाहरू यहूदाका समस्त मानिसहरूको पछि उभिए। 17 भारी बोक्नेहरूले एकहातले भार थामी अर्कोहातले हतियार समाती काम गरे। 18 प्रत्येक निर्माण-कर्ताहरूले निर्माण गर्दै गर्दा आफ्नो तरवार एक छेउमा बाँधेका थिए। अनी जसले तुरही फुक्थ्यो मेरो छेउमा थियो। 19 मैले मुख्य मानिसहरू, अधिकारीहरू अनि अन्य मानिसहरूलाई भने, “काम अत्यन्त ठूलो भएकोछ अनि हामी पर्खालमा एक अर्कादेखि फराकिलो रूपमा छुट्टिएका छौं। 20 जब तिमीहरूले तुरहीको आवाज सुन्छौ हामीसँग त्यहाँ भेला होऊ। हाम्रा परमेश्वर हाम्रो निम्ति लडिदिनु हुनेछ।”
21 यसरी बिहानको पहिलो किरण फैलिए देखि राती तारा ननिस्केसम्म आधा मानिसहरूले भाला समातेर हामीले लगातार काम गरि रह्यौ।
22 त्यस समयमा मैले मानिसलाई यो पनि भनें, “हरेक मानिसहरू अनि उनीहरूको सेवकहरूले यरूशलेममानै रात बिताओस् जसमा कि तिनीहरू हाम्रा निम्ती रातका रक्षक अनि दिनका कर्मी हुन सक्छन्।” 23 यसरी न त मैले, न मेरा साथी सङ्गीहरूले न मेरा सेवकहरूले न त मेरो अनुशरण गर्ने रक्षक मानिसहरूले कहिले हाम्रा बस्त्रहरू खोल्यौं। हरेकले आफ्ना दाहिनेहातमा आफ्ना हतियार राखे।
नहेम्याहले गरीबहरूलाई सहायता गरे
5 अहिले साधारण मानिस अनि तिनीहरूका पत्नीहरूले आफ्ना सहदर यहूदीहरूको विरूद्धमा विरोध जनाउन थाले। 2 कोही भन्दै थिए, “हामी आफ्ना छोरा अनि छोरीहरूसित धेरै छौं। यसर्थ हामीलाई केही अन्न दिनु होस् जसद्वारा हामी खाएर जीवित रहन सकौं।”
3 अरूहरू भन्दै थिए, “हामी हाम्रा खेतहरू, दाखबारीहरू अनि हाम्रा घरहरू बन्दक[f] राख्दैछौ जसमा कि अनिकालको समयमा हामीले अन्न पाउन सकौं।”
4 अझ अरूहरू भन्दै थिए, “हामीले हाम्रा खेतहरू अनि दाख बारीहरूमाथि, राजाको तिरो तिर्नका निम्ति ऋणलिनु परेकोछ। 5 अनि अहिले जस्तो हाम्रो देशका मानिसहरूमा रगत मासु छ। हाम्रो पनि त्यस्तै हो। हाम्रा छोराहरू तिनीहरूका जस्तै छन् अनि हेर हामी हाम्रा छोरा-छोरीहरूलाई कमारा-कमारी दिन वाध्य भएका छौं अनि हाम्रा छोरीहरूलाई कमारी बनाई सकिएको छ। हामी तिनीहरूको मुक्तिको लागि केही गर्न सक्तैनौ कारण हाम्रो खेती र अङ्गुर बगान अहिले अर्काको भएकोछ।”
6 जब मैले तिनीहरूको उजूर अनि यी वचनहरू सुनें म अत्यन्त क्रोधित भएँ 7 मैले त्यस विषयमा सोचें मैले मुख्य मानिसहरू अनि अधिकारीहरूलाई दोष दिएँ र तिनीहरूलाई भने, “तिमीहरूले तिमीहरूका आफ्नै मानिसहरूबाट ब्याज एकत्रित गरिरहेका छौ।” तब मैले तिनीहरूसित एउटा ठूलो जमघट परिमाण गर्न बोलाए। 8 मैले तिनीहरूलाई भनें, “हामीले सकेसम्म हाम्रा यहूदी दाज्यू-भाइहरू जो अन्य जातिहरूकहाँ दास झैं बेचिएका थिए फर्काएर ल्याका छौं। तर अहिले तिमीहरूले तिमीहरूका दाज्यू-भाइहरूलाई दासहरू जस्तै बेचिएका छौं। फेरि स्वतन्त्र बनाउन तिनीहरूलाई हामीले किन्नु पर्छ।”
तिनीहरूले जावाफ दिन एउटा शब्द पनि पाएनन्। 9 तब मैले भनें, “तिमीहरूले जे गरिरहेछौ। त्यो राम्रो छैन। तिनीहरू हाम्रा शत्रु राष्ट्रहरूको नजरबाट बाँच्नका निम्ती हाम्रा परमेश्वरप्रति सम्मानपूर्वक बाँच्नु पर्छ। 10 म मेरो दाज्यू-भाइहरू अनि मेरो सेवकहरूले तिनीहरूलाई पैसा बाँकी दियौं। हामीले ऋणको ब्याज लिन छाड्यौं। 11 तिनीहरूका खेत र दाखबारी, तिनीहरूका भद्राक्षबारी अनि तिनीहरूका घरहरू आजनै तिनीहरूलाई फिर्ता गर। अनि धनको मासिक ब्याज, अन्न, दाखरस अनि तेल जो तिमीहरूले तिनीहरूबाट लियौ फर्काइदेऊ।”
12 तब तिनीहरूले भने, “हामी सबै कुरा फिर्ता दिने छौं। अनि हामी तिनीहरूबाट केही माग्ने छैनौं। हामी तपाईंले भन्नु भएजस्तै गर्ने छौं।”
यसकारण मैले पूजाहारीहरूलाई बोलाएँ, अनि तिनीहरूले अहिले भने अनुसार गर्नु पर्छ, भनी मैले तिनीहरूलाई शपथ दिलाएँ। 13 मैले मेरो खाष्टोको छेउ टक्टकाएँ र भने, “परमेश्वरले यसरीनै, यो शपथपालन नगर्नेहरू हरेकलाई घर अनि सम्पत्तिबाट टक्टकाएर निकाली दिऊन्। यसरी व्यक्तिलाई टक्टक्याइयोस् र रित्तो तुल्याइयोस्।”
त्यस पछि सम्पूर्ण समूहले भने, “आमीन!” अनि तिनीहरूले परमप्रभुको स्तुति गरे।
14 अनि मानिसहरूले शपथलिए जस्तै गरे। अझ यहूदा देशको प्रशासक नियुक्त भएको दिन देखि राजा अर्ट-जारसेजको शासनकालको बिशौं बर्ष देखि बत्तीशौं बर्ष, (करिब बाह्र बर्ष) सम्म मैले अनि मेरा नजिकका आफन्तहरूले प्रशासकको भोजन भोग गरेनौं। 15 पहिलेका राज्यपाल जो मेरो अघि थिए, मानिसहरू माथि गह्रौ बोझ लदाएको थिए। अनि आधा किलोग्राम चाँदीसित तिनीहरूबाट खाद्य अनि दाखरस पनि लिएका थिए। तिनीहरूका सेवकहरू अघिका मानिसहरू माथि कठोर शासन गरेका थिए। तर मैले यस्ता कुराहरू गरिन किन भने म परमेश्वरसित डराउँथे। 16 त्यसको सट्टा म स्वयंले पर्खाल निर्माण गर्न लगाएँ अनि हामीहरूले कुनै भूमि प्राप्त गरेनौं। मेरा समस्त मानिस र सेवकहरू काम गर्नका निम्ती त्यहाँ भेला भएका थिए।
17 मेरो टेबलमा हाम्रा वरिपरिका राष्ट्रहरूबाट आएका मानिसहरू सहित एक सय पचासजना यहूदी अधिकारीहरू थिए। 18 प्रत्येक दिन एउटा गोरू छःवटा चुनिएका भेंडाहरू अनि केही पंक्षिहरू मेरो खर्चमा तयार गरिन्थ्यो। अनि प्रत्येक दश दिनमा धेरै मात्रमा सबै किसिमका दाखरसको प्रबन्ध गरिन्थ्यो, तर यी सबै भएता पनि मैले प्रशासकको खाद्य खोजिन किनकि यी मानिसहरूमाथी कामको भारै भार थियो। 19 हे मेरा परमेश्वर मेरो भलाईको निम्ति यी मानिसहरूका निम्ती मैले गरेका सबै याद गरी दिनुहोस्।
धेरै कष्टहरू
6 जब यी कुरा सम्बलत, तोबियाह, अरबी गेशेम अनि हाम्रा अन्य शत्रुहरूलाई भनियो कि मैले पर्खाल पुनःर्निर्माण गरे। अनि त्यहाँ कुनै खाली छाडिएन यद्यपि त्यससमय मैले ढोका फाटकहरूमा ढोकाहरू लगाएको थिइनँ। 2 सम्बलत अनि गेशेमले यो खबर म कहाँ पठायो, “आऊ अनि हामी किपहीराम ओनोमा भेट गरौं।” तर तिनीहरूले मलाई हानि गर्ने योजना गरिरहेका थिए।
3 यसकारण मैले तिनीहरूकहाँ सन्देशवाहकहरू पठाएँ जसले भने, “मैले एउटा मुख्य काम गरिरहेछु। यसर्थ म तिमीहरूकहाँ आउन सक्तिनँ। काम रोकेर म किन तिमीहरूकहाँ आउँनु?”
4 तिनीहरूले त्यही सन्देश मलाई चारपल्ट पठाए, अनि मैले तिनीहरूलाई त्यही प्रकारले उत्तर दिएँ। 5 तब सम्बलतले त्यही प्रकारले उनको सेवकलाई म भएकहाँ पाँचौ पल्ट यस्तै प्रकारले उसको हातमा एउटा खुल्ला पत्र पठाए। 6 त्यसमा यो लेखिएको थियो,
“राष्ट्रहरूमाझ यो भनिएकोछ अनि गेशेमले पनि त्यो सत्य हो भन्छ कि तिमीले अनि यहूदीहरूले विद्रोह गर्ने योजना गरिरहेछौ, यसैकारणले गर्दा तिमीले पर्खाल निर्माण गरिरहेछौ। अनि यी भनाई अनुसार तिमी नयाँ राजा हुन लागेकाछौ। 7 तिमीले अगमवक्ताहरू नियुक्त गरेका छौ, यरूशलेममा तिम्रो सम्बन्धमा घोषणा गर्नका निम्तीः ‘यहूदामा एक राजा छन्!’
“अब यी शब्दहरू राजालाई भनिनेछ, यसर्थ अब हामीसित आऊ। भेटगरौं।”
8 मैले यो सन्देश तिनीलाई पठाएँ, “तिमीले भनेका यस्ताकुरा कहिले भएको छैन। किनभने तिमीले आफ्नो हृदयमा यी कुराहरू उत्पन्न गरिरहेछौ।”
9 किनभने तिनीहरू आफ्ना काम गरिरहन हतोत्साहित हुनेछन्, “अनि काम समाप्त हुने छैन। भन्ने सोंचेर तिनीहरूले हामीलाई भयभीत तुल्याउने कोशिश गर्दैछौ।”
तर मैले प्रार्थाना गरें, “हे परमेश्वर मलाई सुदृढ तुल्याउनुहोस्।”
10 एकदिन म शमायाह दलायाहका छोरा मेहेतबेलका नातिको घरमा गएँ। अनि तिनी आफ्ना घर छाड्न समर्थन थिएनन्। तिनले भने, “हामी परमेश्वरको मन्दिर भित्र भेट गरौं हामी मन्दिरको ढोकाहरू बन्द गरौं, किनभने तिनीहरू तिमीलाई मार्न राती आउँदैछन्।”
11 तर मैले भने, “के म जस्तो मानिस भाग्नु? तिमीलाई त्यो थाहा छ म जस्तो एउटा साधारण मानिस मृत्युमा नलगिए सम्म मन्दिर भित्र जान सक्दैन। म जाने छैन्।”
12 मैले बुझें कि परमेश्वरले तिनलाई यहाँ पठाउनु भएको होइन तर तिनले यो अगमवाणी मेरो विरूद्ध भनेका हुन् किन भने सम्बलत अनि तोबियाहले उसलाई घूस दिएका रहेछन्। 13 उसलाई यसकारण घूस थिइरहेकोछ कि म भयभीत होस् अनि उसले दिएको सुझाव अनुसार काम गरोस् र पाप गरोस्। तब मलाई अपमान गर्नका निम्ति तिनीहरूसित मेरो नराम्रो नाउँ हुनेछ।
14 हे परमेश्वर तिनीहरूले जे गरे, त्यसका निम्ती सम्बलत, तोबियाहलाई अनि नोअदियाह अगमवक्ता अनि अन्य अगमवक्ताहरू जसले मलाई भयभीत तुल्याउने कोशिश गरिरहेका थिए तिनीहरूलाई दण्ड दिनुहोस्।
पर्खाल बनाई सकियो
15 यसरी एलूल महिनाको 25औं दिनमा निमार्ण पूरा भयो। सो बनाउँन 52 दिन लाग्यो। 16 जब हाम्रा सबै शत्रुहरूले सुने अनि हाम्रा वरिपरिका सबै राष्ट्रहरूले देखे तिनीहरूले आफ्ना आत्मा विश्वास गुमाए। यो कार्य हाम्रा परमेश्वरले गर्नु भएको हो भनी तिनीहरूले बुझें।
17 ती दिनहरूमा यहूदाका मुख्य मानिसहरूले तोबियाहलाई धेरै पत्रहरू पठाइरहेका थिए, अनि तोबियाहका पत्रहरू तिनीहरूकहाँ आइरहेका थिए। 18 किनकि यहूदामा धेरैजनाले तिनीप्रति स्वामिभक्त हुने प्रतिज्ञा गरेका थिए। किन भने तिनी आरहका छोरा शकन्याहका ज्वाईं थिए, अनि तिनका छोरा यहोहानानले, बेरेक्याहका छोरा मशुल्लमकी छोरीलाई विवाह गरेका थिए। 19 तिनीहरूले उसको असल कार्यको प्रतिवेदन पनि तिनी समक्ष दिइरहेका थिए। अनि तिनीहरूले भनिरहेका थिए, मैले के गरिरहेको थिएँ। तोबियाहले मलाई भयभीत तुल्याउन पत्रहरू पठाए।
7 जब पर्खालको पुनःर्निर्माण भयो, अनि मैले ठीक ठाउँमा ढोकाहरू लगाएँ, द्वारपाल, गवैया अनि लेवीहरूलाई पूजाहरी नियुक्त गरें। 2 तब मैले मेरो भाइ हनानीलाई किल्लाको सेना नायक हनन्याह सहित यरूशलेमको जिम्मा दिएँ किनभने हनानी एक ईमान्दार थिए अनि तिनले परमेश्वरलाई अन्य धेरै मानिसहरूले भन्दा अधिक सम्मान गर्थे। 3 मैले तिनीहरूलाई भने, “यरूशलेमको द्वारहरू घाम पूर्णरूपले उदय नहुन्जेल खोल्नु हुँदैन, अनि घाम अस्ताउनु भन्दा अघि बन्द गर्नु पर्छ। यरूशलेमका बासिन्दाहरूलाई रक्षा गर्न कसैलाई तिनीहरूको खामातिर अनि कसैलाई आफ्नै घरको रक्षा गर्न नियुक्त गर।”
फर्केर आएका कैदिहरूको सूची
4 यरूशलेम फराकिलो अनि ठूलो थियो, तर त्यस मित्र मानिसहरू कम थिए, अनि पुनःर्निर्माण घरहरू प्रशस्त थिएनन्। 5 यसकारण परमेश्वरले मलाई मुख्य मानिसहरू, अधिकारीहरू अनि साधारण मानिसहरूलाई कुल अनुसार नाउँ लेख्नु भनि प्रेरणा दिनु भयो। मैले कैदबाट फर्की आउने कुलहरूको विवरण[g] पुस्तक पाँए। मैले त्यसमा यो लेखेको पाएँ।
6 यी मानिसहरू त्यो प्रदेशका मानिसहरू हुन् जो कैदीबाट आएका हुन, जसलाई बाबेलका राजा नबूकदनेस्सरले कैद गरेर लगेका थिए। (तिनीहरू हरेक आ-आफ्ना शहर यरूशलेम अनि यहूदामा फर्के।) 7 तिनीहरू यरूबाबेल, येशूअ, नहेम्याह, अजर्याह, राम्याह, नहमानी, मोर्दकै, बिल्शान, मिसपेरेत, बिग्बै, नहूम अनि बानाका साथ आए। इस्राएलका मानिसहरूको सूचीः
8 परोशका कुलहरू | 2,172 |
9 शपत्याहका कुलहरू | 372 |
10 आरहका कुलहरू | 652 |
11 पहात-मोआबका कुलहरू अर्थात येशूअ अनि योआबका कुलहरू | 2,818 |
12 एलामका कुलहरू | 1,254 |
13 जत्तूका कुलहरू | 845 |
14 जक्कैका कुलहरू | 760 |
15 बिन्नूईका कुलहरू | 648 |
16 बेबैका कुलहरू | 628 |
17 अज्गादका कुलहरू | 2,322 |
18 अबोनीकामका कुलहरू | 667 |
19 बिग्बैका कुलहरू | 2,067 |
20 अदीनका कुलहरू | 655 |
21 आतेरका अर्थात हिज्याहका कुलहरू | 98 |
22 हशूमका कुलहरू | 328 |
23 बेसैका कुलहरू | 324 |
24 हारीमका कुलहरू | 112 |
25 गिबोनका कुलहरू | 95 |
26 बेतलेहेम अनि नेतोपात शहरहरूका मानिसहरू | 188 |
27 अनातोत शहरका मानिसहरू | 128 |
28 अज्मावेत शहरका मानिसहरू | 42 |
29 किर्यात्यारीम, कापीरा अनि बेरोत शहरहरूका मानिसहरू | 743 |
30 रामा अनि नेबा शहरहरूका मानिसहरू | 621 |
31 मिक्मास शहरका मानिसहरू | 122 |
32 बेतेल अनि ऐ शहरहरूका मानिसहरू | 123 |
33 अर्को नेबो शहरको मानिसहरू | 52 |
34 अर्को एलाम शहरको मानिसहरू | 1,254 |
35 हारीम शहरका मानिसहरू | 320 |
36 यरीहो शहरका मानिसहरू | 345 |
37 लोद, हादीद अनि ओनो शहरहरूका मानिसहरू | 721 |
38 सना शहरका मानिसहरू | 3,930 |
39 पूजाहारीहरूः
यदायाहका कुलहरू अर्थात | 973 |
40 इम्मेरका कुलहरू | 1,052 |
41 पशहूरका कुलहरू | 1,247 |
42 आरीमका कुलहरू | 1,017 |
43 लेवीहरूः
येशूअका कुलहरू अर्थात होदबाका परिवारका कदूमीएलका कुल | 74 |
44 गवैयाहरूः
आसापका कुलहरू | 148 |
45 द्वारपालहरूः
शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता अनि शेबैका कुलहरू | 138 |
46 मन्दिरका सेवकहरूः
सीहा, हसूपा, तब्बाओत।
47 केरोस, सीआ, पादोन।
48 लबान, हगाबा, सल्मै।
49 हानान, गिदूदेलका, गहर।
50 रायाह, रसीन, नेकादा।
51 गज्जाम, उज्जा, पसेह।
52 बेसै, मुनीम, नापीश।
53 बक्बुक, हकूपा, हर्हूर।
54 बस्लीत, महीदा हर्शा।
55 बर्कोस, सीसरा, तेमह।
56 नसीह, अनि हतीम। यिनीहरू सबै मन्दिरका सेवकहरू हुन्।
57 सुलेमानका सेवकहरूका कुलहरूः सोतैइ, सोपेरेत, परीदा
58 याला, दर्कोन, गिददेल।
59 शपत्याह, हत्तीलका, पोकेरेत, हसेबायीम अनि आमोन।
60 शबै मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूका कुलहरू | 392 |
61 मानिसहरू यरूशलेममा तेल-मेलेह, तेल-हर्शा, हरूब, अद्दोन अनि इम्मेरबाट आएका थिए। तर आफ्ना कुलहरू इस्राएलका थिए भनी प्रमाण गर्न तिनीहरू सामर्थ भएनन्।
62 दलायह, तोबियाह अनि नकोदाका कुलहरू | 642 |
63 पूजाहारीहरूमा होबायाह, हक्कोस अनि बर्जिलैका सन्तानहरू थिए।
(त्यो मानिसहरू जसले गिलादबाटको बर्जिलैकी छोरीहरूलाई विवाह गरे, जसलाई उसको नाउँद्वारा बोलायो।)
64 तिनीहरूले आफ्नो कुलहरूका विवरण अधिकारिय सूचीमा खोजे तर पाएनन्, पूजाहारीहरूबाट तिनीहरू निम्ति अशुद्ध ठहरीए। 65 प्रशासकले तिनीहरूलाई भने तिनीहरूले पवित्र भोजनबाट केही खानु हुँदैन जबसम्म एकजना पूजाहारी उठ्दैन, जसले ऊरीम अनि तुम्मीम उपयोग गर्न सक्छ।
66-67 सबै समूहको एकत्रित संख्या 42,360 थियो। तिनीहरूका पुरूष अनि दासी-स्त्रीहरू बाहेक जसको संख्या 7,337 थियो। अनि तिनीहरूका 245 पुरूष अनि स्त्री गायकहरू पनि थिए। 68-69 त्यहाँ 435 ऊँटहरू र 736 घोडाहरू थिए अनि 6,720 गधाहरू र 245 खच्चरहरू थिए।
70 केही कुलहरूका प्रमुखहरूले निर्माण धन दान गरे। राज्यपालले खजानामा प्राय 19 पाउण्ड सुनदान गरे अनि पूजाहारीहरूका निम्ति 50 कचौरा अनि 530 वटा पहिरने कपडा दिए। 71 केही कुलहरूका प्रमुखहरूले निर्माण कोषका कामको निम्ति प्रायः 375 पाउण्ड सुन प्रदान गरे। अनि प्रायः 1 1/3 टन चाँदी प्रदान गरे। 72 अनि अन्य मानिसहरूले प्रायः 375 पाउण्ड सुन अनि प्रायः 1 1/4 टन चाँदी अनि पूजाहारीहरूका निम्ती 67 कपडाहरू दान गरे।
73 जब सातौं महीना आयो अनि पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू मन्दिरका सेवकहरू अनि समस्त इस्राएलीहरू पनि आफ्ना शहरहरूमा बसे।
एज्राले व्यस्थाको किताब पढे
8 समस्त मानिसहरू पानी मूलद्वार अघि चोकमा एकत्रित भए। तिनीहरूले शास्त्री एज्रालाई मोशाको व्यवस्थाको पुस्तक ल्याउनु भने, जो परमप्रभुले इस्राएललाई दिनु भएको थियो। 2 यसर्थ पूजाहारी एज्राले व्यवस्थाको पुस्तक समूहको समक्ष ल्याए, जो पुरूष अनि स्त्री दुवै, हरेक जसले सुनेका कुरा बुझ्न सक्थे तिनीहरूद्वारा गठन भएको थियो। यो सातौं महीनाको पहिलो दिन थियो। 3 एज्राले व्यवस्थाको पुस्तकलाई पानी-मुलढोका अघिको चोकमा फर्केर विहान देखि मध्यदिनसम्म पुरूष, स्त्री अनि अन्य सबैले बुझ्न सक्नें गरि पढियो। सबै मानिसहरूले ध्यानपूर्वक व्यवस्थाको पुस्तकको कुराहरू सुने।
4 शास्त्री एज्रा एक काठको मचानमा उभिए जो त्यसै अवसरको निम्ति बनाएको थियो। उसको दाहिने तिर मत्तित्याह, शेमा, अनायाह, उरियाह, हिल्कियाह अनि मासेयाह उभिएका, थिए। उसको देब्रेतिर पदायाह, मीशाएल, मल्कियाह, हशूम, हशवदा, जकर्याह अनि मशुल्लाम उभिएको थिए।
5 एज्राले सबै मानिसहरूले देख्ने गरी पुस्तक खोले किनभने उनी तिनीहरू भन्दा माथि उभिएका थिए। यसरी उसले व्यवस्थाको पुस्तक खोल्दा सबै मानिसहरू उभिए। 6 एज्राले परमप्रभु महान् परमेश्वरको स्तुति गरे। अनि सबै मानिसहरूले आफ्ना हात उठाउँदै उत्तरदिए, “आमीन! आमीन!” तब तिनीहरू सबै परमप्रभुको अघि भुइँमा निहुरीए।
7 लेवीहरूको कुल समूहबाट येशूअ, बानी, शेरेबियाह, यामीन, अक्कूब, सब्बतै, होदियाह, मासेयाह, केलीता, अजर्याह, योजाबाद, हानान, अनि पलायाह मानिसहरूलाई व्यवस्थाको शिक्षा दिए जब मानिसहरू चाँहि आफ्ना स्थानमा उभिरहेका थिए। 8 तिनीहरूले परमेश्वरको व्यवस्थाको पुस्तक स्पष्ट सित पढे अनि के पढिएको थियो मानिसहरूलाई बुझ्न सहायता गरे।
9 नहेम्याह, जो राज्यपाल थिए, एज्रा पूजाहारी, अनि शास्त्री अनि मानिसहरूलाई निर्देश गरिरहेका लेवीहरूले सबै मानिसहरूलाई भने, “यो दिन तिमीहरूका परमप्रभु परमेश्वरका निम्ति पवित्र दिन हो। उदास नहोऊ अनि विलाप नगर।” किनभने सबै मानिसहरू व्यवस्थाका वचनहरू सुन्दा रोइरहेका थिए।
10 उसले तिनीहरूलाई भने, “जाऊ अनि मीठो भोजन खाऊ, र स्वादिष्ट दाखरस पिऊ अनि तिनीहरूलाई भाग पठाऊ जसले तयार गरेका छैनन्, किनभने यो दिन हाम्रा मालिकको निम्ति पवित्र छ। अनि उदास नोहोऊ किनभने परमप्रभुमा आनन्द नै तिम्रो शक्तिहो।”
11 लेवीहरूले भने, “शान्त होऊ, किनभने यो पवित्र दिन हो। उदास नहोऊ।”
12 त्यस पछि सबै मानिसहरूले खान-पिन गरे र भोजनका भागहरू पठाइदिए अनि खूबै आनन्दसित उत्सब मनाउन गए। किनकि तिनीहरूले परमेश्वरका वचनहरू बुझे जो तिनीहरूलाई याद गराइदिएको थियो।
13 महीनाको दोस्रो दिनमा समस्त मानिसका प्रमुखहरू, पूजाहारी अनि लेवीहरू व्यवस्थाका वचनहरू अध्ययन गर्न शास्त्री एज्रा कहाँ भेला भए।
14-15 तिनीहरूले व्यवस्थामा यो लेखिएको पाए कि मोशा मार्फत परमप्रभुले आदेश दिनु भएको थियो, सातौं महीनाको चाडको समयमा इस्राएलका मानिसहरू छाप्रोमा-बास बस्नु पर्छ, अनि तिनीहरूले यी वचनहरू तिनीहरूका सबै शहरहरू अनि यरूशलेममा घोषणा गरे अनि फैलाए, “पार्वत्य देशतिर जाऊ अनि भद्राक्ष जङ्गली भद्राक्ष, मेहंदी, खजुर अनि पातहरू भएका अन्य बृक्षहरूका हाँगाहरू ल्याऊ व्यावस्थामा लेखिए झैं आश्रय छाप्राहरू बनाउनु।”
16 यसर्थ मानिसहरू गए र हाँगाहरू लिएर आए, अनि तिनीहरू स्वयंका निम्ति छाप्रोहरू बनाए, हरेकले आफ्ना छतमा अनि परमेश्वरको मन्दिरको पानी-मूलढोका चोक एप्रेम मूल ढोकाको। 17 सम्पूर्ण समूहका मानिसहरू जो कैदबाट आएका थिए अस्थाई छाप्राहरू निर्माण गरे र त्यसमा बसे किनभने इस्राएकीहरूले नूनका छोरा यहोशूको समयदेखि त्यसदिनसम्म त्यसो गरेका थिएनन्। तिनीहरू धेरै खुशी थिए।
18 उत्सवको पहिलो दिनदेखि लिएर आखरी दिनसम्म एज्राले परमेश्वरको व्यवस्थको पुस्तक बाट पढे। तिनीहरूले सातदिनसम्म उत्सव मनाए। अनि आठौं दिनमा व्यवस्थामा लेखिए झैं समापन समारोह गरे।
इस्राएली मानसिहरूले आफ्ना पाप स्वीकार गरे
9 अब, यो महीनाको चौबीसौं दिनमा इस्राएलका मानिसहरू उपवास बसे एकत्रित भए र भाङ्ग्रा लगाए अनि तिनीहरूले आफैं माथि धूलो हाले। 2 इस्राएली कुलहरूले स्वयंलाई समस्त विदेशीहरूबाट अलग गरे। तिनीहरू उभिए अनि आफ्ना पापहरू र आफ्ना पुर्खाहरूका भूल स्वीकार गरे। 3 तिनीहरू आफ्ना स्थानमा उभिए अनि एक चौथाइ दिनसम्म तिनीहरूका परमेश्वरको व्यवस्थाको पुस्तक बाट पाठ गरे।
4 तब येहूअ बानी, कदूमीएल, शबन्याह, बुन्नी, शेरेब्याह बानी, अनि कनानी सहित लेवीहरूको सिंढींमा उभिए अनि तिनीहरू ठूलो स्वरमा परमप्रभु तिनीहरूका परमेश्वरसँग कराए। 5 तब लेवी येशूअ, कद्मीएल, बानी, हशबियाह, शबन्याह, होदियाह, शेबानिया अनि पतहियाहले भने:
“उठ अनि परमप्रभु तिम्रा परमेश्वरको स्तुति गर।
किनभने उहाँ शुरू देखि अन्त सम्म जीवित हुनुहुन्छ।
तपाईंको महिमित नाउँको स्तुति होस।
यद्यपि यो सम्पूर्ण आशीष अनि प्रशंसा भन्दा आश्चर्यजनक छ।
6 तपाईं परमेश्वर हुनुहुन्छ,
हे परमप्रभु तपाईंले मात्र सर्वोच्च स्वर्ग
अनि त्यसमा तारा-मण्डल बनाउनु भयो।
तपाईंले पृथ्वी
अनि यसमा भएका हरेक बस्तुहरू सागरहरू
अनि त्यसमा भएका
हरेक बस्तुहरू बनाउनु भयो।
तपाईंले ती सबैलाई जीवन प्रदान गर्नु भयो,
अनि स्वर्गका तारा-मण्डलले
तपाईंको आराधना गर्छन्।
7 तपाईं परमप्रभु परमेश्वर हुनुहुन्छ
जसले अब्रामलाई चुन्नु भयो,
अनि कल्दीहरूको ऊरबाट बाहिर ल्याउनु भयो,
अनि उसलाई अब्राहाम नाउँ दिनुभयो।
8 तपाईंले जान्नु भयो कि उनी तपाईंका भक्त थिए
यसर्थ तपाईंले ऊसित
कनानीहरू, हित्तीहरू, एमोरीहरू, परिज्जीहरू, यबूसीहरू र गिर्गाशीहरूको भूमि
उसका सन्तानलाई दिन्छु भनि करार बाँध्नु भयो।
तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नु भयो
किनभने तपाईं धर्मी हुनुहुन्छ।
9 तपाईंले मिश्रदेशमा हाम्रा पुर्खाहरूको यातना देख्नु भयो,
अनि लाल समुद्रमा तपाईंले सहायताका निम्ति उनीहरूको पुकारा सुन्नु भयो।
10 तपाईंले चिन्हहरू र आश्चर्यमय कुराहरू
फिरऊन मिश्रदेशका राजा
अनि तिनका समस्त सेवकहरू अनि तिनका देशका समस्त मानिसहरूको विरूद्ध गर्नुभयो,
किनभने तिनीहरूले हाम्रा पुर्खाहरूलाई,
अत्याचार गरेको तपाईंलाई थाहा थियो।
तपाईं अहिले सम्म रहनु भए झैं प्रसिद्ध हुनुभयो।
11 तपाईंले तिनीहरू समक्ष समुद्रलाई विभाजन गरिदिनु भयो,
अनि तिनीहरू सूख्खा जमीन भएर हिंडी समुद्र पार भए।
तर तिनीहरूलाई खेद्ने फिरऊनका सेनालाई पानीमा ढुङ्गालाई फ्याँकिदिए जस्तै
तपाईंले फ्याँकिदिनु भयो।
12 तपाईंले तिनीहरूलाई दिउँसो बादलको खामो
अनि राती आगोको ज्वाला सहित
तिनीहरू हिँड्नु पर्ने बाटो
उज्यालो पारी डोर्याउनु भयो।
13 तपाईं सीनै पर्वतमाथि झर्नु भयो
अनि तिनीहरूलाई उचित न्याय
र साँचो शिक्षा तिनीहरूसित स्वर्गबाट बोल्नुभयो
अनि तपाईंले तिनीहरूलाई
असल आदेश र आज्ञाहरू दिनुभयो।
14 अनि तपाईंले तिनीहरूलाई तपाईंको पवित्र विश्रामको दिनको बारेमा भन्नुभयो,
अनि तपाईंले तिनीहरूलाई तपाईंका सेवक मोशाको मार्फत आज्ञा अनि एक व्यवस्था दिनुभयो।
15 तपाईंले तिनीहरू भोककाएको बेला
तिनीहरूको निम्ति स्वर्गबाट रोटी दिनुभयो,
अनि तिनीहरू तिर्खाएको बेला
चट्टानबाट पानी दिनुभयो
तपाईंले तिनीहरूलाई
जाऊ अनि गएर तिनीहरूलाई
दिन्छु भनी वचन दिएको भूमि
अधिकारमा लेऊ भन्नुभयो।
16 तर ती हाम्रा पुर्खाहरू अट्टेरी थिए
अनि तपाईंका आदेश पालन गरेनन्।
17 तिनीहरूले आज्ञा पालन गर्न अस्वीकार गरे,
अनि तपाईंले तिनीहरूमाझ गर्नुभएको चमत्कार तिनीहरूले सम्झेनन्।
तिनीहरू घमण्डी भए
अनि मिश्र देशमा दासत्वमा फर्किजानलाई एक अगुवा नियुक्त गरे।
“तपाईं क्षमाशील परमेश्वर हुनुहुन्छ,
दयालु अनि कृपालु
र धीरजी प्रेमपूर्ण हुनुहुन्छ।
यसकारण तपाईंले तिनीहरूलाई त्याग्नु भएन,
18 जब तिनीहरूले स्वयंका निम्ति धातु निर्मित बाछा को मूर्ति बनाए।
अनि तिनीहरूले भने, ‘यो तिमीहरूको देवता हो,
जसले तिमीहरूलाई मिश्रदेश बाहिर ल्याए,
जब तिनीहरूले तपाईंको विरूद्ध डरलाग्दा कुराहरू गरे।’
19 तर तपाइको महान
करूणाको कारणले गर्दा,
तपाईंले तिनीहरूलाई
मरुभूमिमा छोडनु भएन,
बादलको खामोले तिनीहरूलाई
दिनको यात्रामा अगुवाई गर्न रोक्नु भएन
अनि आगोको ज्वालाले
राती तिनीहरू हिंडनु पर्ने बाटो
उज्यालो तुल्याउन छोडनु भएन।
20 तपाईंले तिनीहरूलाई शिक्षा दिन तपाईंको उत्तम जोश प्रदान गर्नुभयो।
तपाईंले तिनीहरूको मुखबाट तपाईंको स्वर्गीय भोजन खोस्नु भएन,
अनि तिनीहरूको तिर्खामा तपाईंले तिनीहरूलाई पानी दिनुभयो।
21 तपाईंले चालीस बर्षसम्म उज्जाड स्थानमा तिनीहरूको हेरचाह गर्नुभयो,
त्यहाँ तिनीहरूलाई केही अभाव थिएन।
तिनीहरूका वस्त्रहरू मक्किएनन्
र तिनीहरूका खुट्टाहरू पनि सुनिएनन्।
22 तपाईंले तिनीहरूलाई राज्यहरू अनि मानिसहरू दिनुभयो।
तपाईंले तिनीहरूलाई यी सीमा-भूमिको रूपमा प्रदान गर्नुभयो।
तिनीहरूले हेशबोनका राजा सीहोनको देश
अनि बाशानका राजा ओगको भूमि अधिकारमा लिए।
23 तपाईंले तिनीहरूका सन्तानहरूलाई
आकाशका ताराहरू जस्तै अनगिन्ती तुल्याई दिनुभयो।
तपाईंले तिनीहरूलाई त्यो भूमिमा ल्याउनु भयो
जुन भूमिमा तिनीहरूका पुर्खाहरूलाई
प्रवेश गर्ने, अधिकारदिनु भएको थियो।
24 केटा-केटीहरू प्रवेश गरे
र त्यो भूमि अधिकारमा लिए।
अनि तपाईंले तिनीहरू समक्ष
त्यस भूमिका कनानीहरूलाई
परास्त गर्नुभयो।
25 तपाईंले तिनीहरूका राजाहरू अनि भूमिका मानिसहरू सहित ती तिनीहरूको नियन्त्रण अधिकारमा दिनुभयो,
तिनीहरूको खुशी अनुसार ‘जे गरे पनि गरुन्’ भनी।
तिनीहरूले किल्ला बन्दी गरेका शहरहरू अनि मलिलो भूमि अधिकारमा लिए।
तिनीहरूले हरेक असल वस्तुले भरिपूर्ण घरहरू, खनि सकेका कुवा, दाख वारी
अनि भद्राक्षका वृक्षहरू र अनेक फलका बृक्षहरू लिए।
यसरी तिनीहरूले पेट भरून्जेल खाए र मोटाभए
तिनीहरूले तपाईंको महान भला पनको आनन्द लिए।
26 तर तिनीहरू अनाज्ञाकारी भएर तपाईंको विरूद्ध विद्रोह गरे
अनि तपाईंको व्यवस्था आफ्ना पिठ तिर फ्याँके,
तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे
जसले तिनीहरूलाई तपाईं कहाँ फर्काई ल्याउका निम्ति
तिनीहरूलाई चेतावनी दिएका थिए।
तिनीहरूले तपाईंको विरूद्धमा डरलाग्दा कामहरू गरे।
27 यसर्थ तिनीहरूलाई तपाईंले
उनीहरूको शत्रुहरूलाई सुम्पि दिनुभयो।
अनि शत्रुहरूले तिनीहरूलाई नराम्रो प्रकारले सताए,
तिनीहरूको आफ्तको समयमा तपाईंको सहायताका निम्ति पुकारा गरे
अनि तपाईंले स्वर्गबाट तिनीहरूको रोदन सुन्नुभयो।
तपाईंको महान कृपाको कारण
तिनीहरूको लागि उद्धारकर्त्ताहरू प्रदान गर्नुभयो।
28 जसले तिनीहरूलाई तिनीहरूका शत्रुको शक्तिबाट बँचाए।
तर तिनीहरूले आफ्नो शत्रुहरूबाट छुटकार पाउन साथ
फेरि त्यही गरे जसलाई तपाईंले नराम्रो ठान्नु भएको थियो।
यसकारण तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुका हातमा छाडिदिनुभयो।
जसमा कि तिनीहरूमाथि शत्रुहरूले शासन गरून् भनी, तर फेरि तिनीहरूले तपाईं प्रति रोदन गरे।
तपाईंले फेरि तिनीहरूका कुरा स्वर्गबाट सुनिदिनु भयो
अनि तपाईंको महा कृपाद्वारा धेरैपल्ट तिनीहरूको उद्धार गरि दिनुभयो।
29 तपाईंको व्यवस्था तर्फ तिनीहरूलाई
फर्काउनका निम्ति
तपाईंले चेतावनी दिनुभयो।
तर तिनीहरू अट्टेरी भए
र तपाईंका आदेशको पालन गरेनन्।
तिनीहरूले तपाईंको व्यवस्थाको विरूद्ध पाप गरे।
जुन व्यावस्थाले ती पालन गर्ने व्यक्तिहरूका निम्ति
जीवन ल्याउँदछ।
तिनीहरू ढीठ, अनिच्छुक
अनि अनाज्ञाकारी बने।
30 “तपाईं धेरै बर्षसम्म तिनीहरू प्रति धीरजीरहनु भयो,
अनि तपाईंले तिनीहरूलाई तपाईंका अगमवक्ताहरूद्वारा
तपाईंको आत्माले चेतावनी दिनुभयो।
तर तिनीहरूले सुनेनन्
यसर्थ तपाईंले तिनीहरूलाई
विदेशी राष्ट्रहरूलाई सुम्पिदिनुभयो।
31 “तर, तपाईंको महा-कृपाले गर्दा
तिनीहरूलाई तपाईंले पूर्णरूपले ध्वंश गर्नुभएन,
अनि तपाईंले तिनीहरूलाई त्याग्नुभएन,
किनकि तपाईं अनुग्रहमय र दयालु परमेश्वर हुनुहुन्छ।
32 अब, हे परमेश्वर, महान परमेश्वर,
शक्तिशाली अनि भय योग्य परमेश्वर,
जसले उहाँका करार प्रेममय विश्वाससँग पालन गर्नुहुन्छ,
हाम्रो कष्टहरूलाई साधारण नसम्झनु
त्यो कठिनाई हामीमाथि आएको थियो,
हाम्रा राजाहरूले,
हाम्रा पूजाहारीहरूले,
हाम्रा अगमवक्ताहरूले, हाम्रा पिता-पुर्खाहरूले
तपाईंका सम्पूर्ण मानिसहरूले
अश्शूरका राजाहरूको समय देखि लिएर
आज सम्म सहे।
33 हामी माथि घटेका
समस्त घटना प्रति
तपाईं न्याय हुनु भएकोछ
यद्यापि हामीले दुष्ट कार्यहरू गर्यौ।
34 हाम्रा राजाहरू, हाम्रा अगुवाहरू, हाम्रा पूजाहारीहरू
अनि हाम्रा पुर्खाहरूले तपाईंको व्यवस्थाको पालन गरेनन्।
अनि तिनीहरूले तपाईंका आदेश र तपाईंले दिनु भएको चेतावनी प्रति ध्यान दिएनन्।
35 तिनीहरू आफ्नै देशमा हुँदा पनि,
तपाईंले दिनुभएको महान समृद्धिमा आनन्द भोग गरिरहँदा पनि,
तपाईंले तिनीहरूलाई दिनुभएको पूरा मलिलो भूमिमा हुँदा पनि
तपाईंको सेवा गरेनन्,
अनि आफ्ना कु-कर्मबाट फर्केनन्।
36 हेर्नुहोस, हामी आज दास छौं हो,
हामी त्यस भूमिमा दासछौं
जो तपाईंले हाम्रा पुर्खाहरूलाई
त्यसका फलहरू अनि असल कुराहरू
खान भनी प्रदान गर्नु भएको थियो।
37 भूमिको प्रशस्त फसलहरू राजाहरूका अधिनमा छ
जसको अधिनमा हामीलाई हाम्रो पापको कारणले राखिदिनु भयो।
तिनीहरूले हाम्रो शरीरहरू
अनि हाम्रा पशुहरू माथि तिनीहरूको इच्छा अनुसार शासन गरे,
अनि हामीहरू ठूलो कष्टमा पारिरहेका छौं।
38 यी सबै हुँदा हुँदै पनि
हामी लिखित रूपमा बाचा बाँध्छौं।”
10 अनि मोहर लाएको कागज पत्रमा सही छापलगाउने हाम्रा अगुवाहरू, यी थिए:
लेवीहरू र हाम्रा पूजाहारी हकल्याहका छोरा राज्यपाल नहेम्याह सिदूकियाह, 2 सारयाह, अजर्याह, यिर्मयाह, 3 पशहूर, अमयाह, मल्कियाह, 4 हत्तूश, शबन्याह, भल्लूह, 5 हारीम, मरेमोत, ओबदियाह। 6 दानियल, गिन्नतोन, बारूक, 7 मशुल्लाम, अजर्याह मियामीन, 8 माज्याह, बिल्गै अनि शमायाहका नाउँछन्। यी पूजाहारीहरू थिए जसको नाउँ मोहर लगाएको कागज पत्रमा छ।
9 यी लेवीहरू थिए, जसले यसमा हस्ताक्षर गरेः
अजन्याहका छोरा येशूअ, हेनाददको छोरा-छोरीहरू बिन्नूइ, कदमीएल, 10 अनि तिनीहरूका सँगी लेवीहरूः शबन्याह, होदियाह, कलीता, पलायाह, हानान, 11 मीका, रहोब, हशब्याह, 12 जक्कूर, शेरेब्याह, शबन्याह, 13 होदियाह, बानी अनि बनीनू।
14 यी मानिसहरूका अगुवाहरू हुन् जसले सन्धी हस्ताक्षर गरेः
परोश, पहत-मोआब, एलाम, जत्तू, बानी, 15 बन्नी, अज्गाद, बवै, 16 अदोनियाह, बिग्बै, आदीन, 17 आतेर, हिज्कियाह, अज्जूर, 18 होदियाह, हाशूम, बेसै, 19 हारीत, अनातोत, नोबै, 20 मग्पीआश, मशुल्लाम, हेजीर, 21 मशेजबेल, सादोक, यद्दु, 22 पलत्याह, हानान, अनायाह, 23 होशे, हनन्याह, हश्शूब, 24 हल्लोहेश, पिल्हा, शेबेक, 25 रहूम, हशब्ना, मासेयाह, 26 अहियाह, हानान, आनान। 27 मल्लूक, हारीम, अनि बाना।
28-29 बाँकीरहेका मानिसहरू, पूजाहारीहरू लेवीहरू, द्वारपालहरू, गायकहरू, मन्दिरका सेवकहरू, परमेश्वरको व्यवस्था पालन गर्नको निम्ति वरिपरि भूमिका मानिसहरू बाट स्वयंलाई पृथक गरेका मानिसहरू, तिनीहरूका पत्नी र छोरा-छोरीहरू, बुझ्न सक्ने सबै जना तिनीहरूका आफन्त, तिनीहरूका अगुवाहरूसँग मिलेर बाँच्नको लागि सराप अनि शपथ लिए, परमप्रभुले उहाँका दास मोशालाई दिएको वचन पालन् गर्दै परमप्रभु हाम्रा मालिकका सबै आदेशहरू अनि उहाँका न्याय र नियमहरू सावधानी पूर्वक पालन गर्ने सराप अनि शपथ लिए।
30 “हामी वचन दिन्छौं कि यो मूमिमा हाम्रा छोरीहरूलाई पत्नीको रूपमा अन्य मानिसहरूलाई दिने छैनौं। अनि हामी तिनीहरूका छोरीहरूलाई हाम्रा छोराहरूका पत्नीको रूपमा लिने छैनौं।
31 “यदि यस भूमिका मानिसहरूले बेच्ने कुराहरू वा कुनै अन्न बेच्नका निम्ति विश्रामको दिनमा ल्याए हामी तिनीहरूबाट विश्रामको दिनमा अथवा अन्यकुनै पवित्र छुट्टिका दिनमा किन्ने छैनौ। हामी सातौं बर्षको बालीहरू त्याग गर्नेछौ। अनि ऋणका निम्ति बन्दककी राखेको कुनै पनि बस्तु फिर्ता दिने छौं।
32 “हाम्रा परमेश्वरको मन्दिरको सेवाका निम्ति बर्षमा एक तिहाई शेकेल चाँदी प्रदान गर्ने अनुबन्धन गर्दछौं। 33 त्यो पैंसा रोटीको पंक्तिहरू किन्नको निम्ति खर्च हुनेछ र अन्नबलि प्रत्येक दिन होमबलिहरू, विश्राम-दिन, औंसी, ठहराइएका चाडहरू, पवित्र चीजहरू, इस्राएललाई शुद्ध गर्ने पाप बलिहरू अनि सबै अरू कुराहरू परमेश्वरको मन्दिरका निम्ति आवश्यक पर्छ।
34 “हामी पूजाहारीहरू लेवीहरू अनि मानिसहरूले व्यवस्थामा लेखिए अनुसार परमप्रभु हाम्रा परमेश्वरको वेदिमा जलाउनका निम्ति प्रत्येक बर्ष तोकिएको समयमा कुलहरूले परमेश्वरको मन्दिरमा ल्याउनु पर्ने काठ अर्पण को सम्बन्धमा चिट्टा लगाए।
35 “हामीहरूले पनि प्रत्येक बर्षको पहिलो फसलको अन्नहरू अनि प्रत्येक वृक्षका पहिलो गरेका छौ।
36 “व्यवस्थामा लेखे झैं हामी पनि हाम्रा पहिलो जन्मेको छोराहरू र हाम्रा पशुहरू अनि हाम्रो पहिलो जन्मेको गाई भेंडा बाख्राहरू हाम्रा परमेश्वरको मन्दिरमा सेवा गर्ने पूजाहारीहरू कहाँ ल्याउने प्रतिज्ञा गर्यौं।
37 “हामीले परमेश्वरको मन्दिरको भण्डारकोठामा, पूजाहारीहरूका निम्ति पहिलो मुछेको पिठोको डत्ला अनि हाम्रा भेटी-प्रत्येक वृक्षका फल नयाँ दाखरस अनि तेल ल्याउँने छौं। अनि हामी लेवीहरूका निम्ति पनि आफ्ना फसलका दशौ खण्ड पनि ल्याउने छौ। लेवीहरू ति हुन् जसले हामीले काम गर्ने सबै शहरहरूमा दशौं खण्ड सँग्रह गर्छन्। 38 अनि पूजाहारी जो हारूनका सन्तानहरू हुन, तिनीहरूले दशांश सँग्रह गर्छन्। अनि लेवीहरूले परमेश्वरको मन्दिरको भण्डार गृहमा दशौं भाग ल्याउँछन्। 39 किनभने इस्राएलका मानिसहरू अनि लेवीहरूले अन्नको भेटी ल्याउनु पर्छ नयाँ दाखरस भेटी अनि तेलको भेटी भण्डार कक्षमा ल्याउनु पर्छ। जहाँ पवित्र भाँडा वर्त्तनहरू छन्, जहाँ कार्यमा रहेका पूजाहारीहरू, द्वाररक्षकहरू अनि गवैयाहरू छन्।
“हामीले हाम्रो परमेश्वरको मन्दिरलाई तुच्छ सम्झनु हुँदैन।”
नयाँ मानिसहरू यरूशलेममा भित्र हिंडन थाले
11 मानिसका अगुवाहरू यरूशलेममा बसे अनि बाँकी रहेका मानिसहरूले प्रत्येक दशजनामा एकजनालाई यरूशलेममा बस्नका निम्ति ल्याउन चिट्टा लगाए। अनि रहेका दशै अंशमा नौ अंश अन्य शहरूमा बसे। 2 मानिसहरूले सइच्छाले यरूशलेममा बस्न चाहनेहरूलाई आशीष दिए।
3 यिनीहरू ग्रामीण अगुवाहरू हुन् जो यरूशलेममा बस्थे। तर यहूदाको शहरहरूमा, सबैजना तिनीहरूको शहरहरूमा आफ्ना सम्पत्तिमा बस्थे इस्राएलका केही मानिसहरू, इस्राएल पूजाहारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूका सन्तानहरू। 4 अनि कोही यहूदाका मानिसहरू अनि कोही बिन्यामीनका मानिसहरू यरूशलेममा बसे।
यी यहूदाका सन्तानहरू थिए जो यरूशलेममा बसेः
अतायाहरू, उज्जियाहका छोरा, (अमर्याहको छोरा, शपत्याहको छोरा, महलेलका छोरा पेरेसका कुलका।) 5 कोल-होजेका छोरा, हजायाहका छोरा, अदायाहका छोरा, योयारीबका छोरा, जकर्याहका छोरा एउटा शीलोनीहरूको सन्तान। 6 यरूशलेममा बस्ने पेरेसक कुलहरूमा जम्मा 468 साहसी मानिसहरू थिए।
7 यी बिन्यामीनका कुलहरू थिए जो यरूशलेममा बसेः
मशुल्लामका छोरा, सल्लू, (योएदका छोरा, पदायाहका छोरा, कोलायाहका छोरा, वासेयाहका छोरा, इतीएलका छोरा), 8 यशायियाहका छोरा अनि तिनको पछि गब्बै अनि सल्लै, 9 जिंक्रीका छोरा योएललाई तिनीहरू अनि यहूदामाथि अधिकारी नियुक्त गरियो, अनि हासेन्आका छोरा शहरका दोस्रो प्रमुख अधिकारी थिए।
10 पूजाहारीहरू मध्येबाटः
योयारीबको छोरा, यदायाह, याकिन, 11 सरायाहका, हिल्कियाहका छोरा, (मशुल्लामका छोरा, सादोकका छोरा, मरायोतका छोरा, अहीतूबका छोरा), 12 परमेश्वरको मन्दिरका निरीक्षक अनि तिनीहरूका सहयोगी भए जो परमेश्वरको मन्दिरको निरिक्षक थिए 822 अदायाह यरोहामका छोरा, जकर्या मल्कियाहका 13 अनि तिनका सहयोगीहरू जो कुलका अगुवाहरू थिएः 242 अमाशै, अजैलका छोरा, अहजैका छोरा, मेशिल्लेमोतका छोरा, इम्मेरका छोरा 14 अनि तिनका सहयोगीहरू साहसी योद्धाहरूः 128 तिनीहरू माथिका अधिकारी हग्गेदोलीमका छोरा जब्दीएल थिए।
15 लेवीहरूबाट यिनीहरू यरूशलेममा बसेः
शमायाह हश्शूबका छोरा, अज्रीकामका छोरा हशबियाहका छोरा बुन्नीका छोरा। 16 अनि शब्बतै र योजाबाद, लेवीहरूका दुइजना अगुवाहरू जो परमेश्वरको मन्दिरको बाहिर कामका जिम्मामा थिए 17 अनि मतन्याह मीकाका छोरा, जब्दीका छोरा आसापका छोरा, स्तुतिका अगुवा जसले प्रार्थनामा धन्यवाद ज्ञापन गरे, अनि बकबुक्याह तिनका सहयोगीहरूमा दोस्रो अनि अब्दा शम्मूअका छोरा गालालका छोरा यदूतूनका छोरा। 18 पवित्र शहर यरूशलेममा भएका समस्त लेवीहरू जम्मा 284
19 यी यरूशलेममा बस्ने द्वारपालकहरू थिए।
अक्कूब, तल्मीन अनि तिनीहरूका आफन्तहरू जसले द्वारको हेरचाह गर्थे 172 जना थिए।
20 इस्राएलका रहेका मानिसहरू, पूजाहारीहरू अनि लेवीहरू यहूदाका सबै शहरहरूका आफ्ना पुर्खाका भूमिमा बसे। 21 मन्दिरका सेवकहरू ओपेल पहाडमा बसे अनि सीहा र गिश्पा मन्दिरका सेवकहरूको जिम्मा मा थिए।
22 यरूशलेममा मुख्य अधिकारी लेवीहरू उज्जीय बानीको छोरा, हशबियाहका छोरा, मतन्याहको मीकाका छोरा, आसापका सन्तानहरू, गवैयाहरू थिए जो परमेश्वरको मन्दिरको कामहरूका जिम्मामा थिए। 23 किनभने तिनीहरूको सम्बन्धमा राजकीय आदेश थियो अनि प्रतिदिन गायकहरूको सेवाको आवश्यक्ता थियो। 24 पतहियाह मशजबेलका छोरा, यहूदाका छोरा जेरहको कुल मानिसहरू सम्बन्धी सबै कुरामा राजाका सल्लाहकार थिए।
25 गाउँहरूमा तिनीहरूमा खेतहरू सहितः यहूदाका केही मानिसहरू किर्यत-अर्बा र त्यसका वरिपरिका स-साना गाउँहरू, दीबोन अनि त्यसका वरिपरिका स-साना गाउँहरू अनि यकब्सेल अनि यसका वरिपरिका स-साना गाउँहरू 26 येशूअमा, मोलादा, बेत्पलेत। 27 हसर्शूआल, बेर्शेवा अनि त्यसका वरिपरिका स-साना गाउँहरू। 28 सिकलगा, मकोना अनि त्यसका वरिपरिका स-साना गाउँहरू। 29 एरिमोन, सोराह, यर्मूत, 30 जानोह, अद्दूलाम अनि तिनीहरूका गाउँहरू लाकीश अनि त्यसका खेतहरू अजेका अनि त्यसका वरिपरिका स-साना गाउँहरू। यसरी तिनीहरू बेर्शेबा देखि लिएर हिन्नोमको बेंसीसम्म अधिकार गरेर बसे।
31 बिन्यामीनका केही मानिसहरू गेबा, मिकमाश, अय्या, बेतेल अनि त्यसका वरिपरिका स-साना गाउँहरूमा बसे। 32 अनातोत, नोब, अनन्याह, 33 हासीर, रामा, गित्तैम, 34 हादीद, सबोईम, नबलत, 35 लोद र ओनो, गे-हाराशिम ओनोमा बसे, 36 केही यहूदाय लेवी समूह बिन्यामीनलाई सुम्पियो।
पूजारि र लेवीहरू
12 यी पूजाहारीहरू अनि लेवीहरू हुन्। जो कैदबाट यरूशलेममा यरूबाबेल शालतीएलका छोरा अनि येशूअसित आएः
सरायाह, यिर्मयाह, एज्रा,
2 अमर्याह मल्लूक, हत्तूश,
3 शकन्याह, रहूम, मरेमोत,
4 इद्दो, गिन्नतोन, अबियाह,
5 मियामीन, माथह, बिल्गा,
6 शमायाह, योयारीव, यदायाह,
7 सल्लू, अमोक, हिल्कियाह अनि यदायाह।
येशूअको समयमा यिनीहरू पूजाहारीहरू अनि तिनीहरूका सहयोगीहरू अगुवाहरू थिए।
8 लेवीहरू येशू, बिन्नूई, कदूमीएल, शेरेबियाह, यहूदा अनि मत्तन्याह थिए। अनि उनका सहयोगीहरू धन्यवाद ज्ञापन गीतका जिम्मामा थिए। 9 तिनीहरूका सहयोगीहरू बक्बुवयाह उन्नी, सेवामा तिनीहरू देखि पारि खडा भए। 10 येशूअ योयाकीम्का पिता थिए। योयाकीम एल्याशीबका पिता थिए। एल्याशीब योयादाका पिता थिए। 11 योयादा जोनाथनका पिता थिए। जोनाथन यदूतूनका पिता थिए।
12 योयाकीमको समयमा यी पूजाहारीहरू कुलका अगुवाहरू थिएः
सरायाहको कुलका अगुवा मरायाह थिए।
यिर्मयाहको कुलका अगुवा हनन्याह थिए।
13 एज्राको कुलका अगुवा मशुल्लाम थिए।
अमर्याहको कुलका अगुवा यहोहानान थिए।
14 जोनाथन मल्लूदाको कुलका अगुवा थिए।
यूसुफ शकन्याहको[h] कुलका अगुवा थिए।
15 अदूना हारीमको कुलका अगुवा थिए।
हेल्कै मरेमोत[i] परिवार अगुवा थिए।
16 इद्दोको कुलका अगुवा जकर्याह थिए।
गिन्नतोनको कुलका अगुवा मशुल्लाम थिए।
17 अबियाहको कुलका अगुवा जिक्री थिए।
मिन्यामीन अनि मोअद्याहका कुलहरूकाअगुवा पिल्तै थिए।
18 बिल्गाको कुलका अगुवा शम्मू थिए।
शमायाहको कुलका अगुवा यहोनात थिए।
19 योयारीबका कुलका अगुवा मत्तनै थिए।
यदायाहको कुलका अगुवा उज्जी थिए।
20 सल्लूको कुलका अगुवा कल्लै थिए।
आमोकको कुलका अगुवा एबेर थिए।
21 हिल्कियाको कुलका अगुवा हशबियाह थिए।
यदायाहको कुलका अगुवा नतनेल थिए।
22 एल्याशीब, योयादा, योहानान अनि यद्दूका समयमा लेवीका नाउँहरू कुलका अगुवाहरूका रूपमा लेखिएका थिए अनि पूजाहारीहरूका नाउँ पनि फारसीको शासनकालमा लेखिएका थिए। 23 लेवीहरूका कुलका अगुवाहरूका नाउँ एल्याशीबका छोरा योहानानको समयसम्म विवरण पुस्तकमा लेखिएका थिए। 24 लेवीहरूका अगुवाहरू हशब्याह, शेरेबिया, येशूअ, कद्मीएलका छोरा अनि तिनीहरूका सहयोगीहरू थिए जो तिनीहरू देखिपारि उभिए परमेश्वरका व्यक्ति दाऊदको आदेश अनुसार परमेश्वरको स्तुति गर्न अनि धन्यवाद ज्ञापन गर्नका निम्ति एक भागले अर्कोलाई उत्तरदिए।
25 मतन्याह, बक्बुक्याह, ओबदियाह, मशुल्लाम, तल्मोन अनि अक्कूब द्वारपालहरू थिए। जो द्वारहरूमा भएका भण्डार कक्षको छेउमा थिए। 26 यिनीहरूले योयाकीम येशूअका छोरा, योसादका छोराको समयमा अनि प्रशासक नहेम्याह अनि पूजाहारी र शिक्षक एज्राको समयमा सेवा गरे।
यरूशलेम पर्खाल को समर्पण
27 जब यरूशलेमको पर्खाललाई समर्पण गरियो। सबै ठाउँका लेवीहरूलाई भेला गरेर तिनीहरूलाई खुशीयाली सहित यरूशलेममा ल्याइयो, धन्यवाद ज्ञापन गर्ने, गायकहरू झ्याम्टा, साराङ्गी अनि वीणाहरू सहित समर्पण समारोह मनाउनका निम्ति आए।
28-29 गवैयाहरूलाई यरूशलेम वरिपरिका जिल्लाहरू अनि नतोपातीका गाउँहरू दुवै तिरबाट एकत्र गरियो। अनि बेत-गिलगाल, गेबार बेत-अज्मोतका खेतहरूबाट पनि एकत्र गरियो। किनकि गवैयाहरूले स्वयंका निम्ति यरूशलेम वरिपरिका गाउँहरू निर्माण गरेका थिए।
30 पूजाहारीहरू अनि लेवीहरूले आफैंलाई शुद्धपारे अनि ती मानिसहरूले द्वार र पर्खालहरूलाई पनि शुद्ध पारे।
31 त्यस पछि मैले यहूदाका अगुवाहरूलाई पर्खाल माथि ल्याएँ, अनि दुइ विशाल गायकहरूको समूहलाई धन्यवाद ज्ञापन गर्न नियुक्त गरें। एक समूह गायकदल दाहिनेतिर कसिङ्गरे द्वारतर्फको पर्खाल माथि गए। 32 अनि तिनीहरूपछि होशियाह अनि यहूदाका आधा अगुवाहरू गए। 33 अजर्याह, एज्रा, मशुल्लम, 34 यहूदा, बिन्यमीन, शमायाह अनि तुरहीसहित यिर्मयाह पनि गए। 35 केही पूजाहारीहरू अनि जकर्याह जोनाथनका छोरा, शमायाहका छोरा, मत्तन्याहका छोरा जक्कूरका छोरा आसापका छोरा। 36 अनि तिनका सहयोगीहरू शमायाह, अज्रेल, मिललै, गिललै, माऐ, नतनेल, यहूदा अनि हनानी परमेश्वरका जन दाऊका वाद्य-यन्त्रहरू सहित गए। अनि शास्त्री शिक्षक एज्रा तिनीहरूका अघि अघि गए। 37 अनि तिनीहरू फोहरा-मूल-ढोकामा गए। त्यस पछि तिनीहरू पर्खालको सिंढी भएर सिधै दाऊद शहरको सिंढी माथि गए र दाऊदको घरबाट नाघेर पानी मुल-ढोका तिर गए।
38 दोस्रो समूहका धन्यवाद ज्ञापन गाउनेदल देब्रेतर्फ गए। म र मानिसहरूका अन्य आधा अगुवाहरूले तिनीहरूलाई पर्खालको टुप्पो भएर भट्टी धरहरा 39 पार गरी एप्रैमी मूल ढोका पारी फराकिलो पर्खाल तिर पुरानो शहरको ढोका मतस्य र मूल-ढोका हननेलको बुर्जा, भेंडा-ढोकासम्म बुर्जा भएर भेंडा द्वारसम्म अनुशरण गर्यौ। अनि तिनीहरू रक्षक ढोकामा रोकिए। 40 ती धन्यवाद ज्ञापन गर्ने दुइ दल गवैयाहरूले परमेश्वरको मन्दिरमा आफ्ना ठाउँहरू ग्रहण गरे यसकारण म अनि मेरा मानिसहरूका आधा अधिकारीहरू। 41 साथै पूजाहारीहरू एल्याकीम, मासेयाह, मिन्यामीन, मीकायाह, एल्योएनै, जकर्याह अनि हनन्याहले तुरही सहित हामिले 42 मासेयाह, शमायाह, एलाजार, उज्जी, यहोहानान, मल्कियाह, एलाम अनि एजेरले तिनीहरूका ठाउँहरू ग्रहण गर्यौं।
गवैयाहरूले गाए अनि यिज्रहियाह अगुवा थिए। 43 त्यस दिन तिनीहरूले धेरै बलिदान अर्पण गरे र आनन्द मनाए किनभने परमेश्वरले तिनीहरूलाई महान खुशी प्रदान गर्नु भएको थियो स्त्री एवं केटा-केटीहरूले पनि आनन्द मनाए, हामीले यरूशलेममा मनाएको उत्सव टाढासम्म सुनियो।
44 त्यस समय मानिसहरूले अगौटे फलहरूको भेटी अनि दशौं अंशको जम्मा गर्ने कोठाका अधिकारीहरू नियुक्त गरे। यो कुरा शहरका जमीनहरूबाट जम्मा गरियो। व्यवस्थामा भने झैं यी कुराहरू पूजाहारीहरू अनि लेवीहरूलाई दिइने छन्। किनभने यहूदाका मानिसहरूले पूजाहारी र लेवीहरूसित मन्दिरमा सेवागरेको निम्ति धन्यवादी थिए। 45 दाऊद अनि उनका छोरा सुलेमानको आदेश अनुसार तिनीहरूले तिनीहरूको परमेश्वरको सेवा अनि शुद्धीकरण गरे। 46 यसरी नै गायकहरू अनि द्वारपालहरूले गरे। (धेरै समय अघि, दाऊद अनि आसापको समयमा परमेश्वरलाई धन्यवाद दिने अनि स्तुतिगर्ने गवैयाहरूका अगुवाहरू थिए।)
47 यसर्थ यरूबाबेल अनि नहेम्याहका समयमा समस्त इस्राएलले प्रत्येक दिन चाहिए जतिको अंश गवैयाहरूका निम्ति केही अंश छुट्याए अनि लेवीहरूले केही अंश हारूनका कुलको निम्ति छुट्याए।
नहेम्याहको अन्तिम आज्ञा
13 त्यसदिन तिनीहरूले मानिसहरूलाई मोशाको पुस्तक बाट पढि दिए अनि तिनीहरूले त्यसमा यो लेखिएका पाए, कि कुनै अम्मोनी वा मोआबीहरू परमेश्वरको उपासना गर्न कहिल्यै जमघटमा पस्नु हुँदैन। 2 किनभने तिनीहरूले इस्राएलीहरूलाई रोटी र पानीद्वारा स्वागत जनाएका थिएनन् र तिनीहरूलाई श्राप दिनलाई तिनीहरूको विरूद्ध बालामलाई ज्यालामा ल्याएका थिए। तर परमेश्वरले श्रापलाई वरदानमा परिणत गरिदिनुभयो। 3 जब तिनीहरूले व्यवस्था सुने तिनीहरू हरेक विदेशीलाई इस्राएलबाट पृथक गरे।
4-5 यसको अघि पूजाहारी एल्याशीबालाई परमेश्वरको मन्दिरका सेवकहरूको जिम्मामा राखेका थिए। तिनी तोबियाहका (अम्मोनी) वैवाहिक सम्बन्ध थियो। अनि तिनीले तोबियहाको निम्ति एक विशाल कोठाको व्यवस्था गरिदिएका थिए। पहिले तिनीहरूले त्यहाँ अन्नबलि, धूप, मन्दिरका भाँडा-वर्त्तनहरू अनि अन्नका दशांश, नयाँ दाखरस अनि तेल जम्मा गर्न प्रयोग गरेका थिए। त्यो दिन तिनीहरूलाई लेवी, गवैया, द्वारपाल अनि पूजाहारीहरूले आदेश दिएका थिए।
6 यी सबै भएको बेला म यरूशलेममा थिइनँ। किनकि बाबेलका राजा आर्ट-जारसेजको 32औं बर्षमा म राजाकहाँ फर्केर गएको थिएँ। आखिरमा मैले राजाबाट अनुमति मागें। 7 अनि म यरूशलेम फर्कें। तब परमेश्वरको मन्दिरको आँगनमा तोबियाहको निम्ति एउटा कोठाको प्रबन्ध गरिदिएको एल्याशीबाको दुष्कर्म मैले थाहा पाएँ। 8 म यस विषयमा अत्यन्त क्रोधित भएँ यसर्थ, मैले तोबियाहका सबै घरेलु मालसामान आँगनमा फ्याँकिदिएँ। 9 तब कोठालाई रीतिपूर्वक शुद्ध गर्ने मैले आदेश गरे। अनि त्यहाँ मैले धूपसहित र अन्नबलि परमेश्वरको मन्दिरका भाँडा-वर्त्तनहरू फर्काएँ।
10 तब लेवीहरूको अंश तिनीलाई दिइएको थिएन, भनी मैले थाहा पाएँ। यसर्थ लेवीहरू अनि गायकहरू जसले सेवा गरेका थिए। आफ्ना खेततिर फर्केका थिए। 11 मैले अधिकारीहरूलाई, “परमेश्वरको मन्दिरको किन उपेक्षा गरिएकोछ?” भनी हप्काएँ। त्यस पछि मैले तिनीहरूलाई भेला गरें। अनि तिनीहरूलाई फेरि काममा फर्काएँ। 12 तब समस्त यहूदाले अन्नको दशांश, नयाँ दाखरस अनि तेल भण्डार कक्षमा ल्याएँ।
13 त्यसपछि मैले भण्डार कक्षमा कोषाध्यक्षको रूपमा पूजाहारी शेलेम्याह, शिक्षक सादोक अनि लेवी पदायहलाई नियुक्त गरें र हनान जाक्कूरका छोरा, मत्तन्याहका छोरालाई पनि तिनीहरूका सहायकको रूपमा नियुक्त गरे। किनकि तिनीहरू विश्वास योग्य थिए अनि यो यसकारण आफ्ना सहायकलाई अंश दिन तिनीहरूको कार्य भयो।
14 हे मेरो परमेश्वर यसका निम्ति मलाई याद गरिदिनुहोस्। मैले परमेश्वरको मन्दिर अनि यसको सेवाका निम्ति गरेका मेरो असल कर्मलाई नभुलि दिनुहोस्।
© 2004, 2010 Bible League International